परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५२

भविष्यमा, तँलाई आशीर्वाद दिइनेछ कि सराप दिइनेछ भन्ने कुरा तिमीहरूको आजको कार्य र व्यवहारको आधारमा नै निर्णय गरिनेछ। यदि तिमीहरू परमेश्‍वरबाट सिद्ध पारिन चाहन्छौ भने, यो अहिले नै, यस युगमा हुनुपर्दछ; भविष्यमा अर्को अवसर हुनेछैन। परमेश्‍वरले तिमीहरूलाई अहिले सिद्ध पार्ने साँचो चाहना गर्नुहुन्छ, र यो बोल्ने तरिकाको कुरा होइन। भविष्यमा, तिमीहरूका अगाडि जस्तोसुकै परीक्षाहरू आइपरे पनि, जे घटनाहरू घटे पनि वा तिमीहरूले जुन विपत्तिहरूको सामना गर्नुपरे पनि, परमेश्‍वरले तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ; यो एक निश्चित र निर्विवाद तथ्य हो। यो कहाँ देख्न सकिन्छ? युगहरू र पुस्ताहरूका परमेश्‍वरको वचनले आजसम्म यत्तिको उचाइ प्राप्त गरेको छैन भन्‍ने तथ्यमा यसलाई देख्‍न सकिन्छ। यो सबैभन्दा माथिल्लो क्षेत्रमा प्रवेश गरिसक्यो, र सम्पूर्ण मानवतामा पवित्र आत्माको आजको काम अभूतपूर्व छ। विगतका पुस्ताका कुनै पनि मानिसहरूले सायदै यस्तो अनुभव गरेका थिए; येशूको युगमा पनि, आजको प्रकाशहरू अस्तित्वमा थिएनन्। तिमीहरूका निम्ति बोलिएका वचनहरू, तिमीहरूले बुझेका कुराहरू, र तिमीहरूको अनुभव सबै नयाँ शिखरमा पुगेको छ। परीक्षा र सजायको बीचमा, तिमीहरूले छोडेर जाँदैनौ, र परमेश्‍वरको कामले अभूतपूर्व महिमा प्राप्त गरेको पर्याप्त प्रमाण यही नै हो। यो मानिसले गर्न सक्ने काम होइन, न त यो मानिसले कायम गर्ने कुरा नै हो; बरु, यो त परमेश्‍वर स्वयम्‌को काम हो। तसर्थ, परमेश्‍वरको कामको धेरै वास्तविकताबाट, यो देख्न सकिन्छ कि परमेश्‍वर मानिसलाई सिद्ध बनाउन चाहनुहुन्छ, र उहाँ पक्कै पनि तिमीहरूलाई पूर्ण गर्न सक्षम हुनुहुन्छ। यदि तिमीहरूसँग यो अन्तर्दृष्टि छ, र तिमीहरू यो नयाँ खोजी गर्छौ भने, तिमीहरूले येशूको दोस्रो आगमनको लागि पर्खनेछैनौ; यसको सट्टामा, अहिलेको युगमा तिमीहरूलाई पूर्ण बनाउनको लागि परमेश्‍वरलाई अनुमति दिनेछौ। त्यसकारण, तिमीहरू प्रत्येकले कुनै मेहनत नछोडी अथक प्रयास गर्नु पर्छ ताकि तिमीहरू परमेश्‍वरबाट सिद्ध हुन सक।

अब, तैँले नकारात्मक कुराहरूमा कुनै ध्यान दिनु हुँदैन। पहिले, तँलाई नकारात्मक महसुस गराउने कुरालाई आफूबाट टाढा राख् र त्यसलाई वास्ता नगर्। जब तैँले समस्याहरूको सामना गरिरहेको हुन्छस्, त्यस्तो हृदयले त्यसो गर् जसले अघि जाने बाटो खोजी गर्दछ र महसुस गर्दछ, त्यस्तो हृदय जो परमेश्‍वरमा समर्पित हुन्छ। जब तिमीहरूले आफूभित्र कुनै कमजोरी भेट्टाउँछौ तर त्यसले आफूलाई नियन्त्रण गर्न दिँदैनौ, बरु, आफूले गर्नुपर्ने कामहरू पूरा गर्छौ, तब तिमीहरूले एउटा सकारात्मक कदम चालेका छौ। उदाहरणको लागि, तेरा पाका दाजुभाइ-दिदीबहिनीहरूको धार्मिक धारणाहरू छन्, तर तँ परमेश्‍वरको वचनमा प्रार्थना गर्न, समर्पित हुन, यसलाई खान र पिउन, र भजन गाउन सक्षम छस्…। भन्‍नुको अर्थ, तैँले गर्न सक्ने जेसुकै कुराका लागि, तैँले पूरा गर्न सक्ने जुनसुकै कामका लागि तैँले आफैलाई आफ्‍ना सबै बलका साथ समर्पण गर्नु पर्छ। निष्क्रिय रूपमा प्रतीक्षा नगर्। तेरो कर्तव्य पूरा गर्ने क्रममा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुनु पहिलो चरण हो। त्यसपछि, जब तँ सत्यलाई बुझ्न सक्छस् र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश पाउँछस्, तब तँ उहाँद्वारा सिद्ध पारिनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२०

बृहत् र सूक्ष्‍म दृष्टिकोणहरूबाट परमेश्‍वरको अख्तियारलाई बुझ्ने परमेश्‍वरको अख्तियार अद्वितीय छ। यो परमेश्‍वर स्वयम्‌को चारित्रिक...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९५

अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९८

आज, म चीनमा परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२९

राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्‍वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्