परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १६४
अहिलेको लागि, परमेश्वरको सार सम्बन्धी बुझाइमा केन्द्रित-तिमीहरूको दृष्टिकोणको लागि सिक्न, निश्चित गर्न, महसुस गर्न र अनुभव गर्नको लागि...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वर व्यावहारिक परमेश्वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने सबै सत्यहरू व्यावहारिक छन्। जे उहाँका वचनहरू होइनन् ती शून्य, अस्तित्वहीन, र अनुचित हुन्छन्। आज, परमेश्वरका वचनहरूमा मानिसहरूलाई मार्गनिर्देशित गर्न पवित्र आत्मा हुनुहुन्छ। यदि मानिसहरूले वास्तविकतामा प्रवेशको खोजी गर्नुछ भने, उनीहरूले वास्तविकता खोज्नुपर्छ, र वास्तविकता जान्नुपर्छ, त्यसपछि उनीहरूले वास्तविकता अनुभव गर्नुपर्छ, र वास्तविकतालाई जीवनमा उतार्नुपर्छ। मानिसहरूले वास्तविकतालाई जति बढी थाहा पाउँछन्, त्यति नै अरूका वचनहरू वास्तविक हुन् वा होइनन् त्यसलाई पहिचान गर्न उनीहरू सक्षम हुन्छन्; मानिसहरूले वास्तविकतालाई जति बढी थाहा पाउँछन्, उनीहरूसँग त्यति नै कम धारणाहरू हुन्छन्; मानिसहरूले वास्तविकतालाई जति बढी अनुभव गर्छन्, त्यति नै उनीहरूले वास्तविकताको परमेश्वरका कामहरू थाहा पाउँछन्, र उनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरूबाट मुक्त हुन उनीहरूलाई त्यति नै सजिलो हुन्छ; मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, त्यति नै बढी उनीहरूले परमेश्वरलाई चिन्छन् र त्यति नै बढी उनीहरूले शरीरलाई घृणा गर्छन् र सत्यलाई प्रेम गर्छन्; र मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरू उत्ति नै परमेश्वरका आवश्यकताहरूको मापदण्डहरूको नजिक आउँछन्। परमेश्वरद्वारा प्राप्त गरिएका मानिसहरू वास्तविकताको स्वामित्वमा भएका मानिसहरू हुन्, जसलाई वास्तविकता थाहा छ, र जसले वास्तविकताको अनुभवद्वारा परमेश्वरका यथार्थ कामहरू जानेका हुन्छन्। तँ जति बढी व्यावहारिक तरिकाले परमेश्वरसँग सहकार्य गर्छस् र आफ्नो शरीरलाई अनुशासनमा राख्छस्, तैँले त्यति नै बढी पवित्र आत्माको काम प्राप्त गर्नेछस्, तैँले त्यति नै बढी वास्तविकता प्राप्त गर्नेछस्, र त्यति नै बढी परमेश्वरले तँलाई प्रकाश दिनुहुनेछ, र यसरी परमेश्वरको यथार्थ कामहरूको तेरो ज्ञान महान् बन्नेछ। यदि तँ पवित्र आत्माको विद्यमान प्रकाशमा जिउन सक्षम छस् भने, अभ्यासको विद्यमान मार्ग तेरो लागि अझै प्रष्ट हुनेछ, र विगतका धार्मिक धारणाहरू र पुराना अभ्यासहरूबाट आफूलाई अलग्याउन तँ अझै बढी सक्षम हुनेछस्। आजको मुख्य विषय भनेको यथार्थता हो: मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूको सत्यको ज्ञान उत्तिकै प्रस्ट हुन्छ, र परमेश्वरको इच्छाको उनीहरूको बुझाइ त्यत्तिकै महान् हुनेछ। वास्तविकताले सबै शाब्दिक अर्थहरू र सिद्धान्तहरूलाई पराजित गर्न सक्छ, यसले सबै सैद्धान्तिक नियम र विज्ञतालाई पराजित गर्न सक्छ, र मानिसहरूले वास्तविकतामा जति बढी ध्यान केन्द्रित गर्छन्, उनीहरूले परमेश्वरलाई त्यत्ति नै बढी साँचो प्रेम गर्छन्, र उहाँका वचनहरूको लागि भोका र प्यासी हुन्छन्। यदि तैँले वास्तविकतामा ध्यान केन्द्रित गरिस् भने, जीवन जिउने तेरो दर्शनशास्त्र, धार्मिक धारणाहरू, र प्राकृतिक गुण परमेश्वरको काम पछ्याउँदै स्वभाविक रूपमा हटेर जानेछ। वास्तविकताको खोजी नगर्ने, र वास्तविकताको ज्ञान नभएकाहरू अलौकिक कुराको खोजी गर्न सक्छन्, र उनीहरू सजिलै धोखामा पर्न सक्छन्। यस्ता मानिसहरूमा काम गर्ने कुनै माध्यम पवित्र आत्मासँग छैन, र त्यसैले उनीहरू रित्तो, र उनीहरूको जीवनको कुनै अर्थ छैन भन्ने महसुस गर्छन्।
पवित्र आत्माले तँमा केवल त्यसबेला काम गर्न सक्नुहुन्छ जब तैँले साँच्चै तालिम लिन्छस्, साँच्चै खोजी गर्छस्, साँच्चै प्रार्थना गर्छस्, र सत्यको खोजीको लागि कष्ट उठाउन तत्पर हुन्छस्। सत्यको खोजी नगर्नेहरूसँग शाब्दिक अर्थहरू र सिद्धान्तहरू, र रित्तो सैद्धान्तिक नियमहरू सिवाय केही पनि हुँदैन, र सत्य विहीनहरूसँग स्वाभाविक रूपमै परमेश्वरबारे धेरै धारणाहरू हुन्छन्। यस्ता मानिसहरू उनीहरूको दैहिक शरीरलाई आत्मिक शरीरमा बदल्न मात्र परमेश्वरको चाहना राख्छन् ताकि उनीहरू तेस्रो स्वर्गमा उक्लन सकून्। यी मानिसहरू कति मूर्ख छन्! यस्ता कुराहरू भन्ने सबैसँग परमेश्वरबारे, वा वास्तविकताबारे कुनै ज्ञान हुँदैन; यस्ता मानिसहरूले परमेश्वरसँग सहकार्य गर्नै सक्दैनन्, र निष्क्रिय रूपमा प्रतीक्षा मात्रै गर्न सक्छन्। यदि मानिसहरूले सत्य बुझ्नु छ, र सत्यलाई स्पष्ट रूपमा देख्नु छ, र यसको अतिरिक्त, यदि उनीहरू सत्यमा प्रवेश गर्नु छ र यसलाई व्यवहारमा लागू गर्नु छ भने, उनीहरूले साँच्चै तालिम गर्नुपर्छ, साँच्चै खोजी गर्नुपर्छ, र साँच्चै भोकाउनु र तिर्खाउनुपर्छ। जब तँ भोकाउँछस् र तिर्खाउँछस्, र जब तँ परमेश्वरसँग साँच्चै सहकार्य गर्छस्, परमेश्वरका आत्माले तँलाई निश्चय नै छुनुहुनेछ र तँभित्र काम गर्नुहुनेछ, जसले तँमा अझै बढी प्रकाश ल्याउनेछ, र तँलाई वास्तविकताको अझ बढी ज्ञान दिनेछ, र तेरो जीवनलाई ठूलो सहायता हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने
अहिलेको लागि, परमेश्वरको सार सम्बन्धी बुझाइमा केन्द्रित-तिमीहरूको दृष्टिकोणको लागि सिक्न, निश्चित गर्न, महसुस गर्न र अनुभव गर्नको लागि...
परमेश्वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू तैँले कुनै पनि...
सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ जब निनवेका मानिसहरूप्रति परमेश्वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी...
मानिसको भ्रष्ट स्वभावको प्रकाशको स्रोत मानिसको सुस्त विवेक, उसको घृणित प्रकृति, र उसको अस्वस्थ चेतनामा बाहेक अरू कही छैन; यदि मानिसको...