परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२२

परमेश्‍वरको काम र वचन तिमीहरूको स्वभावलाई बदली गराउने उद्देश्यको निम्ति हुन्; उहाँको लक्ष्य तिमीहरूलाई केवल उहाँको काम र वचन बुझ्ने वा जान्ने तुल्याउनु मात्रै होइन। त्यो पर्याप्त छैन। तँ बुझ्ने क्षमता भएको व्यक्ति होस्, त्यसैले तँलाई परमेश्‍वरको वचन बुझ्न कुनै कठिनता हुनु हुँदैन, किनभने परमेश्‍वरको अधिकांश वचन मानव भाषामा लेखिएको छ, अनि उहाँले धेरै सरल रूपमा बोल्नुहुन्छ। उदाहरणको निम्ति, तैँले जे बुझेको र अभ्यास गरेको परमेश्‍वर चाहनुहुन्छ सो जान्न तँ पूर्ण रूपले सक्षम छस्; यो बुझ्‍न सक्‍ने क्षमता भएको एउटा सामान्य व्यक्तिले गर्न सक्‍ने कुरा हो। निश्‍चित रूपमा, परमेश्‍वरले वर्तमान चरणमा बोलिरहनुभएका वचनहरू खास गरेर स्पष्ट तथा पारदर्शी छन्, अनि मानिसहरूले विचार नगरेका धेरै कुराहरू, साथै सबै प्रकारका मानव अवस्थाहरू परमेश्‍वरले औँल्याइरहनुभएको छ। उहाँका वचनहरू सर्व-व्यापक छन्, अनि पूर्णिमाको प्रकाश जस्तै स्पष्ट छन्। त्यसैले, अहिले मानिसहरूले धेरै विषयहरू बुझ्दछन्, तर अझै केही कुरा हराइरहेको छ—मानिसहरूले उहाँको वचनलाई अभ्यास गर्ने कुरा। मानिसहरूले सत्यताका सबै पक्षहरूलाई विस्तृत रूपमा अनुभव गर्नैपर्छ, तिनीहरूलाई जे उपलब्ध गराइन्छ त्यसलाई ग्रहण गर्नको निम्ति केवल पर्खिरहनुको सट्टा तिनीहरूले त्यसलाई अझै विस्तृत रूपमा छानबिन गर्ने र खोजी गर्ने गर्नुपर्छ; नत्रभने तिनीहरू परजीवीभन्दा अलि बढी मात्रै हुन्छन्। तिनीहरूले परमेश्‍वरको वचन जान्दछन्, तापनि त्यसलाई अभ्यास गर्दैनन्। यस्तो प्रकारको मानिसले सत्यतालाई प्रेम गर्दैनन् अनि आखिरमा तिनीहरूलाई हटाइनेछ। १९९० को दशकको पत्रुस जस्तै हो, जसको अर्थ तिमीहरूमध्ये हरेकले परमेश्‍वरको वचनलाई अभ्यास गर्नुपर्छ, तिमीहरूको अनुभवहरूमा साँचो प्रवेश हुनुपर्छ अनि परमेश्‍वरसँगको तिमीहरूको सहकार्यमा अझ धेरै र अझ ठूलो अन्तर्दृष्टि हासिल गर्नुपर्छ जुन तेरो आफ्नै जीवनको निम्ति सधैँभरि वृद्धि भएर जाने सहायता हुनेछ। यदि तिमीहरूले परमेश्‍वरका थुप्रै वचनहरू पढेका छौ तर केवल पाठको अर्थ मात्र बुझ्छौ अनि तिमीहरूमा परमेश्‍वरको वचनसम्बन्धमा आफ्ना व्यवहारिक अनुभवहरूमार्फत आउने प्रत्यक्ष ज्ञानको कमी छ भने तैँले परमेश्‍वरको वचन बुझ्ने छैनस्। जहाँसम्म तेरो सवाल छ, परमेश्‍वरको वचन जीवन होइन, केवल जीवनरहित अक्षरहरू हुन्। अनि यदि तँ केवल जीवनरहित अक्षरहरू पालना गर्दै जिउँछस् भने तैँले परमश्‍वरको वचनको सार राम्ररी बुझ्न सक्दैनस्, न त तैँले उहाँको इच्छा नै बुझ्नेछस्। तैँले उहाँको वचन तेरा वास्तविक अनुभवहरूमा अनुभव गर्छस् भने मात्र परमेश्‍वरको वचनको आत्मिक अर्थ आफै तँतर्फ खोलिनेछ, अनि अनुभवद्वारा मात्रै तैँले धेरै सत्यताहरूको आत्मिक अर्थ बुझ्न र परमेश्‍वरको वचनका रहस्यहरूको साँचो खोल्न सक्छस्। यदि तैँले यसलाई अभ्यासमा लगाउँदैनस् भने उहाँको वचन जतिसुकै स्पष्ट भएतापनि तैँले बुझेको कुरा सबै रित्ता अक्षरहरू र सिद्धान्तहरू हुन्छन् जुन तेरो निम्ति धार्मिक नियमहरू भएका छन्। के फरिसीहरूले गरेको यही नै होइन र? यदि तिमीहरूले परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्छौ भने यो तिमीहरूको निम्ति व्यवहारिक बन्छ; यदि तैँले यसलाई अभ्यास गर्न खोज्दैनस् भने परमेश्‍वरको वचन तेरो निम्ति तेस्रो स्वर्गको दन्त्यकथा भन्दा केही बढी मात्रै हुन्छ। वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको तिमीहरूले उहाँको वचनलाई अनुभव गर्नुको साथै उहाँद्वारा तिमीहरूलाई हासिल गरिने प्रक्रिया हो अथवा यसलाई अझ स्पष्टसित भन्नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँको वचनको ज्ञान र बुझाइ प्राप्त गर्नु र उहाँको वचनलाई अनुभव गर्नु र जिउनु हो; परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको वास्तविकता त्यही नै हो। यदि तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ अनि परमेश्‍वरको वचनलाई तिमीभित्र भएको केही कुरा जस्तै गरी अभ्यास गर्न नखोजीकनै अनन्त जीवनको आशा गर्छौ भने तिमीहरू मूर्ख हौ। यो त भोजमा गएर केवल भोजनलाई हेर्नु र स्वादिष्ट कुराहरूलाई केही नचाखेर तिनीहरूको नाम कण्ठस्थ गर्नु जस्तो मात्रै हुनेछ। के त्यस्तो मानिस मूर्ख हुँदैन र?

—वचन देहमा देखा पर्नुहुन्छ

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्