परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०८

यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरमा फर्किनै पर्छ। यसको जगमा अन्य मानिसहरूसँग पनि तेरो सम्बन्ध स्वाभाविक हुनेछ। यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, अन्य मानिसहरूसँग तेरा सम्बन्धहरू कायम राख्न तैँले जे गरे पनि, तैँले जति कठिन परिश्रम गरे पनि वा तैँले जति शक्ति प्रयोग गरे पनि, यी सबै मानिसको जीवन जिउने सम्बन्धी दर्शनशास्त्रसँग सम्बन्धित हुनेछन्। तैँले मानवीय दृष्टिकोण र मानवीय दर्शनद्वारा मानिसहरूका बीचमा तेरो प्रतिष्ठा कायम गरिरहेको छस् ता कि मानिसहरू तेरो प्रशंसा गरून्, तर मानिसहरूसँग सामान्य सम्बन्ध स्थापित गर्न तैँले परमेश्‍वरका वचनलाई पालन गरिरहेको छैनस्। यदि तैँले मानिसहरूसँगको तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस् तर परमेश्‍वरसँग स्वाभाविक सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँको आज्ञापालन गर्न सिक्न तत्पर छस् भने, प्राकृतिक रूपमै सबै मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य हुनेछन्। यसप्रकार, ती सम्बन्धहरू शरीरमा होइन, तर परमेश्‍वरका प्रेमका आधारमा स्थापित हुन्छन्। त्यहाँ झण्डै शून्य शारीरिक अन्तरक्रिया हुन्छ, तर आत्मामा सङ्गति, पारस्परिक प्रेम, पारस्परिक सान्त्वना, र एक-अर्काको लागि प्रबन्ध हुन्छ। यी सबै परमेश्‍वरलाई सन्तुष्ट पार्ने हृदयको जगमा गरिन्छ। जीवन जिउने सम्बन्धी मानवीय सिद्धान्तमा आधारित भएर यी सम्बन्धहरू कायम राखिँदैन, तर परमेश्‍वरको लागि अभिभारा बोकेर प्राकृतिक तरिकाले नै स्थापित हुन्छ। यसको लागि मानव निर्मित प्रयत्न आवश्यक पर्दैन। तैँले परमेश्‍वरको वचन सिद्धान्त अनुसार अभ्यास मात्र गर्नु आवश्यक हुन्छ। के तँ परमेश्‍वरको इच्छाप्रति विचारशील हुन इच्छुक छस्? के तँ परमेश्‍वरको सामुन्ने “कारण विनाको” व्यक्ति हुन इच्छुक छस्? के तँ परमेश्‍वरलाई आफ्‍नो हृदय पूर्णरूपमा अर्पित गर्न र मानिसहरूका बीचमा रहेको हैसियतलाई उपेक्षा गर्न इच्छुक छस्? तँसँग सम्पर्कमा भएका सबै मानिसहरू मध्ये कोसँग तेरो उत्कृष्ट सम्बन्ध छ? कोसँग तेरो खराब सम्बन्ध छ? के मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य छन्? के तँ सबै मानिसहरूलाई समान रूपले व्यवहार गर्छस्? के अन्य मानिसहरूसँगका तेरा सम्बन्धहरू तेरो जीवन जिउने दर्शनमा आधारित भएर कायम रहेका छन् कि तिनीहरू परमेश्‍वरका प्रेमको जगमा बनेका छन्? जब कुनै व्यक्तिले उनीहरूको हृदय परमेश्‍वरमा अर्पित गर्दैनन् तब उनीहरूको आत्मा कुण्ठित, लाटो र अचेत बन्छ। यस प्रकारका व्यक्तिले परमेश्‍वरका वचनहरू कहिले पनि बुझ्‍नेछैन र परमेश्‍वरसँग कहिले पनि सामान्य सम्बन्ध हुनेछैन; यस प्रकारको व्यक्तिको स्वभाव कहिले पनि परिवर्तन हुनेछैन। आफ्नो स्वभाव परिवर्तन गर्नु भनेको परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय अर्पित गर्ने र परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्ने प्रक्रिया हो। परमेश्‍वरको कामले व्यक्तिलाई सक्रिय रूपमा प्रवेश गर्न दिन सक्छ साथै उनीहरूलाई उनीहरूका नकारात्मक पक्षहरूबारे ज्ञान प्राप्त गरेपछि तिनलाई हटाउन सक्षम बनाउँछ। जब तँ आफ्‍नो हृदय परमेश्‍वरमा अर्पित गर्ने बिन्दुमा पुग्छस्, तब तँ आफ्‍नो आत्माभित्रका प्रत्येक सूक्ष्म चाललाई बुझ्‍न सक्षम हुनेछस् र परमेश्‍वरबाट प्राप्त प्रत्येक अन्तर्दृष्टि र ज्योतिको ज्ञान तँलाई हुनेछ। यसलाई समातेर राख्, र तँ पवित्र आत्माद्वारा सिद्ध पारिने बाटोमा बिस्तारै प्रवेश गर्नेछस्। परमेश्‍वरको सामुन्ने तेरो हृदय जति शान्त हुन सक्छ, तेरो आत्मा त्यति नै बढी संवेदनशील र कोमल हुनेछ र पवित्र आत्माले कसरी यसलाई चलाउनुहुन्छ त्यस बारेमा तेरो आत्माले जति बुझ्‍न सक्छ, तब परमेश्‍वरसँगको तेरो सम्बन्ध अझै बढी सामान्य हुनेछ। मानिसहरू बीचको सामान्य सम्बन्ध मानिसको प्रयत्नको माध्यमबाट होइन तर उनीहरूले आफ्नो हृदय परमेश्‍वरमा अर्पित गर्ने जगमा स्थापित भएको हुन्छ। उनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, मानिसहरूका बीचका अन्तर वैयक्तिक सम्बन्धहरू केवल शरीरका सम्बन्धहरू मात्र हुन्। ती साधारण होइनन्, बरु कामुकतामा लाग्‍नु हो। ती यस्ता सम्बन्धहरू हुन् जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, जसलाई उहाँले हेला गर्नुहुन्छ। यदि तँ भन्छस् तेरो आत्मा प्रभावित भएको छ, तर तँ सधैँ त्यस्ता मानिसहरूसँग सङ्गति गर्न चाहन्छस् जसलाई तँ मन पराउँछस्, जसको बारे तँ प्रशंसा गर्छस्, र यदि कुनै अर्को व्यक्तिले खोजिरहेको छ तर तँ उसलाई मन पराउँदैनस्, उनीहरूप्रति पूर्वाग्रह समेत राख्छस् र उनीहरूसँग निकट रहँदैनस् भने, यो तँ तेरा भावनाहरूको अधीनमा छस् र परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध रत्तीभर छैन भन्ने कुराको अझै बढी प्रमाण हो। तँ परमेश्‍वरलाई झुक्याउन र तेरो आफ्नै कुरूपता ढाकछोप गर्न कोसिस गरिरहेको छस्। तैँले केही ज्ञान बाँड्न सके पनि तैँले गलत मनसाय लिन्छस् भने, तैँले गर्ने सबै कुरा मानवको मापदण्डहरूमा मात्र उचित छ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न—तैँले देह अनुसार कार्य गरिरहेको छस्, परमेश्‍वरको अभिभारा अनुसार होइन। परमेश्‍वरको सामुन्ने यदि तैँले आफ्‍नो हृदयलाई शान्त राख्न सकिस् भने र परमेश्‍वरलाई प्रेम गर्ने ती सबैसँग स्वाभाविक अन्तरक्रिया गर्न सकिस् भने मात्रै तँ परमेश्‍वरको निम्ति प्रयोगयोग्य हुन्छस्। यसप्रकार, तँ अन्य व्यक्तिहरूसँग जसरी संलग्न भए पनि, यो जीवन जिउने सम्बन्धी सिद्धान्त अनुसार हुनेछैन, तर यो परमेश्‍वरको सामुन्ने उहाँको अभिभाराप्रति विचारशील हुँदै जिउनु हुनेछ। तिमीहरूका बीचमा यस्ता मानिसहरू कति छन्? के अन्य व्यक्तिहरूसँग तेरा सम्बन्धहरू वास्तवमै सामान्य छन्? के को जगमा ती निर्माण भएका छन्? तँभित्र जीवन जिउने सम्बन्धी सिद्धान्तहरू कति छन्? के ती त्यागिएका छन्? यदि तेरो हृदय परमेश्‍वरमा पूर्णरूपमा फर्किन सक्दैन भने, तँ परमेश्‍वरको होइनस्—तँ शैतानबाट आउँछस्, र अन्त्यमा तँ शैतानमा फर्कनेछस्। तँ परमेश्‍वरका मानिसहरूमध्ये एक जना हुन लायक छैनस्। यो सबैको लागि तेरो जागरूक सूझबुझको आवश्यकता पर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६१

यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३३

सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेर मात्रै व्यक्ति उहाँको क्षेत्रमा फर्कन सक्छ जब व्यक्तिसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५९

भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २२

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसको आवश्यकता बमोजिम थियो। उहाँको कार्य मानव जातिको उद्धार गर्नुथियो, तिनीहरूको पापको निम्ति क्षमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्