परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १९७
जब आत्मिक संसारको कुरा आउँछ, यदि यसका विभिन्न प्राणीहरूले कुनै गलत कार्य गर्छन् वा तिनीहरूले आफ्नो काम सही तरिकाले गर्दैनन्, तब तिनीहरूको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिसहरूले परमेश्वरमा विश्वास गर्ने, परमेश्वरलाई प्रेम गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्वरका आत्मा छोएर र त्यसबाट उहाँको सन्तुष्टि प्राप्त गरेर र उनीहरूको हृदयको प्रयोग गरेर परमेश्वरका वचनसँग सन्निकट रहनु र त्यसकारणले परमेश्वरका आत्माद्वारा प्रेरित हुनु हो। यदि तँ सामान्य आत्मिक जीवन प्राप्त गर्न चाहन्छस् र परमेश्वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तैँले सबैभन्दा पहिले आफ्नो हृदय उहाँलाई अर्पित गर्नुपर्छ। उहाँको सामुन्ने तैँले आफ्नो हृदय शान्त बनाएपछि मात्र र तेरो पूरा हृदय उहाँमा अर्पित गरेपछि मात्र तँ स्वाभाविक आत्मिक जीवन विकसित गर्न क्रमशः सक्षम हुनेछस्। यदि परमेश्वरमा मानिसहरूको विश्वासमा उनीहरूले आफ्नो हृदय उहाँमा अर्पित गर्दैनन् र यदि उनीहरूको हृदय उहाँमा छैन भने र उहाँको अभिभारालाई उनीहरूले आफ्नै अभिभाराको रूपमा लिँदैनन् भने, उनीहरूले गर्ने सबै कुरा परमेश्वरलाई बेइमान गर्ने काम, धार्मिक मानिसहरूको नमूनाको काम हो र उनीहरूले परमेश्वरको प्रशंसा प्राप्त गर्न सक्दैनन्। यस प्रकारको व्यक्तिबाट परमेश्वरले केही पनि प्राप्त गर्न सक्नुहुन्न। यस प्रकारका व्यक्तिले परमेश्वरको घरमा अनावश्यक र प्रयोगहीन सजावट जस्तै, परमेश्वरको काममा प्रतिभारको रूपमा मात्र काम गर्न सक्छ। परमेश्वरले यस प्रकारको व्यक्तिलाई कुनै कामको लागि पनि प्रयोग गर्नुहुन्न। यस प्रकारको व्यक्तिमा पवित्र आत्माको कामको लागि कुनै अवसर नहुने मात्र होइन, ऊ पूर्णता हुनुमा समेत कुनै मूल्य हुँदैन। यस प्रकारका व्यक्ति, सच्चाइमा जिउँदो लास हो। यस्ता मानिसहरूमा पवित्र आत्माले प्रयोग गर्न सक्ने केही कुरा पनि हुँदैन, तर यसको विपरीत, उनीहरू सबै शैतानद्वारा हडपिएका र पूरै भ्रष्ट बनेका छन्। परमेश्वरले यी मानिसहरूलाई निष्कासन गर्नुहुनेछ। हाल, मानिसहरूको प्रयोग गर्दा पवित्र आत्माले उनीहरूका ती भागहरू, जुन काम पूरा गर्नको लागि वाञ्छनीय हुन्छन्, तिनीहरू प्रयोग मात्र गर्नुहुन्न, उहाँले उनीहरूका अवाञ्छनीय भागहरूलाई सिद्ध बनाउने र परिवर्तन गर्ने पनि गर्नुहुन्छ। यदि तेरो हृदय परमेश्वरमा अर्पित गर्न सकिस् र उहाँको सामुन्ने शान्त रहन सकिस् भने, पवित्र आत्माद्वारा प्रयोग हुने, पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश प्राप्त गर्ने, अवसर र योग्यता पाउनेछस् र अझ बढी, पवित्र आत्माको लागि तेरा कमजोरीहरूलाई राम्रो बनाउने अवसर तैँले पाउनेछस्। जब परमेश्वरलाई तँ आफ्नो हृदय अर्पित गर्छस्, सकारात्मक पक्षमा, तैँले अझ गहन प्रवेश गर्न पाउनेछस् र अन्तर्दृष्टिको उच्च तह प्राप्त गर्न सक्नेछस्। नकारात्मक पक्षमा, तँलाई तेरा आफ्नै गल्तीहरू र कमजोरीहरूको बढी जानकारी हुनेछ, परमेश्वरको इच्छा पूरा गर्ने खोजीमा तँ बढी उत्सुक हुनेछस् र तँ निष्क्रिय हुनेछैनस् बरु सक्रिय रूपमा प्रवेश गर्नेछस्। तसर्थ, तँ सही व्यक्ति बन्नेछस्। परमेश्वरका सामुन्ने तेरो हृदय शान्त रहन सक्षम छ भन्ने मान्दा, पवित्र आत्माबाट तैँले प्रशंसा प्राप्त गर्छस् वा गर्दैनस् र तैँले परमेश्वरलाई खुशी राख्छस् वा राख्दैनस् भन्ने कुराको कुञ्जी तँ सक्रिय रूपमा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्ने हो। जब पवित्र आत्माले कुनै व्यक्तिलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र उनीहरूको प्रयोग गर्नुहुन्छ, यसले उनीहरूलाई कहिल्यै पनि नकारात्मक बनाउँदैन बरु उनीहरूलाई सक्रिय रूपमा प्रगति गर्ने बनाउँछ। उक्त व्यक्तिमा कमजोरीहरू भए पनि उनीहरू ती कमजोरीहरूमा आधारित भएर उनीहरूको जीवन निर्वाह गर्ने मार्गबाट टाढा रहन सक्छन्। उनीहरूले आफ्नो जीवन वृद्धिको विलम्बलाई टार्न सक्छन् र परमेश्वरको इच्छालाई सन्तुष्ट पार्ने खोजीलाई निरन्तरता दिन्छन्। यो एउटा मापदण्ड हो। यदि तैँले यसलाई प्राप्त गर्न सकिस् भने, तैँले पवित्र आत्माको उपस्थिति प्राप्त गरेको यो पर्याप्त प्रमाण हो। यदि कुनै व्यक्ति सधैँ नकारात्मक छ, र यदि अन्तर्दृष्टि प्राप्त गरेपछि पनि र आफूलाई चिन्न सक्षम भए पछि पनि, उनीहरू नकारात्मक र निष्क्रिय नै रहे र खडा हुन र परमेश्वरसँग सहकार्य गर्न सकेनन् भने, यस्ता प्रकारका व्यक्तिले परमेश्वरको कृपा मात्र प्राप्त गर्छ तर उनीहरूसँग पवित्र आत्मा रहनुहुनेछैन। जब कुनै व्यक्ति नकारात्मक छ, यसको अर्थ उनीहरूको हृदय परमेश्वरतिर फर्किएको छैन र उनीहरूको आत्मा परमेश्वरका आत्माद्वारा प्रभावित भएको छैन। यो सबैले बुझ्नुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
जब आत्मिक संसारको कुरा आउँछ, यदि यसका विभिन्न प्राणीहरूले कुनै गलत कार्य गर्छन् वा तिनीहरूले आफ्नो काम सही तरिकाले गर्दैनन्, तब तिनीहरूको...
परमेश्वरको यस चरणको काममा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? वर्तमान समयमा परमेश्वरले मानिसहरूलाई जाँच्दैहुनुहुन्छ। उहाँले कुनै वचन...
आखिरी दिनहरूका मानिसहरूले परमेश्वरका वचनहरूमा मात्र उहाँको क्रोध देख्छन्, तर परमेश्वरको क्रोधलाई साँच्चै अनुभव गर्दैनन् सृष्टिको...
परमेश्वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न जुन मापदण्डहरूको प्रयोग गर्नुहुन्छ तिनका बारेमा धेरै विचारहरू छन् हरेक व्यक्तिले आफ्नै...