परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९३

सबै मानिसहरूमा हुने साधारण समस्या चाहिँ यो हो कि उनीहरूले सत्यता बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्नलाई असफल हुन्छन्। एकातिर उनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, भने अर्कोतिर उनीहरूको विवेक अति नै अपर्याप्‍त हुन्छ; उनीहरू दैनिक जीवनका धेरै अप्ठ्याराहरू के-के हुन् भन्‍ने कुरा देख्‍न असक्षम छन्, अनि कसरी ठीकसँग अभ्यास गर्ने भन्‍ने कुरा थाहा छैन। किनभने मानिसहरूका अनुभवहरू अति सतही हुन्छन्, उनीहरूको क्षमता अति कमजोर हुन्छ, र जुन नापमा उनीहरूले सत्यता बुझ्छन्, त्यो सीमित छ, उनीहरूले आफ्ना दैनिक जीवनमा सामना गर्ने कठिनाइहरूको समाधान गर्न उनीहरूसँग कुनै उपाय छैन। उनीहरूले मुखले मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्, र आफ्नो दैनिक जीवनमा परमेश्‍वरलाई ल्याउन असमर्थ छन्। यसो भन्‍न सकिन्छ, परमेश्‍वर चाहिँ परमेश्‍वर नै हुनुहुन्छ, जीवन चाहिँ जीवन नै हो, र यो चाहिँ मानिसहरूको आफ्नो जीवनमा परमेश्‍वरसँग कुनै सम्बन्ध नभएको जस्तै हो। प्रत्येक व्यक्तिले यस्तै विचार गर्छन्। यसरी, वास्तवमा परमेश्‍वरमा विश्‍वास गरेर पनि मानिसहरूलाई उहाँले आफ्नो बनाउनु भएको वा र सिद्ध तुल्याउनु भएको हुँदैन। वास्तवमा, परमेश्‍वरको वचनले पूर्ण अभिव्यक्ति नपाएको होइन, तर केवल उहाँको वचन ग्रहण गर्ने मानिसको क्षमता अति नै अपर्याप्‍त भएको हो। कसैले भन्‍न सक्छ कि परमेश्‍वरको मौलिक अभिप्रायहरू अनुसार प्रायः कसैले पनि काम गर्दैन; बरु, आफ्नै अभिप्रायहरू, आफूहरूले विगतमा पक्रिराखेका धार्मिक धारणाहरू र काम गर्ने आफ्नै तरिका अनुसार उनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन्। थोरै व्यक्तिहरू परमेश्‍वरको वचनलाई ग्रहण गरेर उनीहरू रूपान्तरण भएका हुन्छन् र उहाँको इच्छा अनुसार काम गर्न थाल्छन्। त्यसको सट्टामा, तिनीहरू आफ्नै गलत विश्‍वासमा लागिरहन्छन्। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, उनीहरूले धर्मको परम्परागत नियमहरूमा आधारित भएर त्यसो गर्छन्, र उनीहरू पूर्ण रूपले जिउनको लागि बनाइएका आफ्नै दर्शनशास्त्रमा आधारित भएर जिउँछन् र अरूसँग अन्तरक्रिया गर्छन्। कसैले भन्‍न सक्छ कि दश जना मानिसहरू मध्ये नौ जनाको अवस्था यस्तै हुन्छ। थोरै मानिसहरूले मात्र परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि अर्को योजना बनाएर नयाँ पात पलाउन थाल्छन्। मानवजातिले परमेश्‍वरको वचनलाई सत्यताको रूपमा कदर गर्न वा सत्यताको रूपमा लिन, र व्यवहारमा उतार्न असफल भएका छन्।

उदाहरणको लागि, येशूमा विश्‍वासलाई लिऔं। चाहे कसैले भर्खरै विश्‍वास गर्न सुरु गरेको होस् वा धेरै समय पहिले देखि विश्‍वास गरेको होस्, उनीहरूसँग भएको प्रतिभालाई प्रयोग गरे र उनीहरूसँग भएका सीपहरू प्रदर्शन गरे। मानिसहरूले “परमेश्‍वरमा विश्‍वास” भन्‍ने यी दुई शब्दहरू आफ्नो सामान्य जीवनमा यत्तिकै थपिदिए, तैपनि उनीहरूको स्वभावमा केही परिवर्तन आएन, र परमेश्‍वरमा उनीहरूको विश्‍वास कत्ति पनि वृद्धि भएन। उनीहरूको खोज न तातो थियो न त चिसो नै थियो। उनीहरूले आफ्नो विश्‍वासलाई त्याग्‍ने कुरा गरेनन्, न त उनीहरूले परमेश्‍वरलाई सबै कुरा समर्पण गरे। उनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई साँचो प्रेम गरेनन् अथवा उहाँको आज्ञापालन गरेनन्। परमेश्‍वरमा उनीहरूको विश्‍वास साँचो र झूटो मिश्रित थियो, उनीहरूले यसलाई एउटा आँखा खुल्ला र एउटा आँखा बन्द गरेर नियाले, र आफ्नो विश्‍वास अभ्यास गर्नलाई इमान्दार थिएनन्। उनीहरूले यस्तो भ्रमपूर्ण अवस्थालाई निरन्तरता दिए, र आखिरमा अस्त व्यस्ततामै मरे। ती सबैको के अर्थ भयो त? आज, तैँले व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्नलाई सही मार्गमा पाइला राख्‍नुपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले आशिषहरू मात्रै खोज्नु हुँदैन, तर परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई चिन्‍न खोज्नुपर्छ। उहाँको प्रकाशद्वारा, तेरो आफ्नै व्यक्तिगत खोजीद्वारा, तैँले उहाँको वचन खान र पिउन सक्छस्, परमेश्‍वरको वास्तविक बुझाइको विकास गर्न, र परमेश्‍वरको साँचो प्रेम पाउन सक्छस्, जुन तेरो भित्री हृदयबाट आउँछ। अर्को शब्दमा, जब परमेश्‍वरको लागि तेरो प्रेम धेरै निष्कपट हुन्छ, र उहाँको लागि तेरो प्रेमलाई कसैले नाश पार्न सक्दैन अथवा कोही तेरो मार्गमा खडा हुन सक्दैन, यस समयमा तँ परमेश्‍वरको विश्‍वासको सही मार्गमा छस्। यसले प्रमाणित गर्दछ कि तँ परमेश्‍वरको होस्, किनभने तेरो हृदय अघिबाटै परमेश्‍वरको नियन्त्रणमा छ र अरू केही कुराले पनि तँलाई नियन्त्रण गर्न सक्दैन। तेरो अनुभवद्वारा, तैँले चुकाएको मूल्यद्वारा, र परमेश्‍वरको कार्यद्वारा उहाँको लागि अचुक प्रेम विकास गर्न तँ सक्षम भएको छस्—र जब तैँले यसो गर्छस्, तँ शैतानको प्रभावबाट स्वतन्त्र हुनेछस् र परमेश्‍वरको वचनको प्रकाशमा जिउनेछस्। जब तँ अन्धकारको प्रभावबाट स्वतन्त्र बन्छस् तब मात्र परमेश्‍वरले तँलाई आफ्नो बनाउनुभएको छ भनी भन्‍न सकिन्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा यो लक्ष्य खोज्न कोसिस गर्नुपर्छ। यो तिमीहरू प्रत्येकको कर्तव्य हो। तिमीहरू कोही पनि अहिलेको अवस्थामा सन्‍तुष्‍ट हुनु हुँदैन। तिमीहरू परमेश्‍वरको कामप्रति दोमनमा पर्नु हुँदैन, न त यसलाई तिमीहरूले हल्का रूपमा लिन सक्छौ। तिमीहरूले परमेश्‍वरको बारेमा पूर्ण श्रद्धाका साथ हरसमय विचार गर्नुपर्छ, र सबै कुराहरू उहाँको खातिर गर्नुपर्छ। र जब तिमीहरू बोल्छौ अथवा काम गर्छौ, तिमीहरूले परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्‍नुपर्छ। यसरी मात्रै तिमीहरू परमेश्‍वरको हृदय अनुसारको व्यक्ति बन्‍न सक्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८१

परमेश्‍वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३४

जसले मेरा वचनहरू पढेका छन् र ती पूरा हुनेछन् भनी विश्‍वास गर्छन्, तिनीहरू आशिषित् हुन्। म तँलाई बिलकुलै दुर्व्यवहार गर्नेछैन; म तैँले...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१०

हजारोँ वर्षसम्म फैलिएको प्राचीन संस्कृति र इतिहासको ज्ञानले मानिसको सोच र धारणा अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलोसँग बन्द गरिदिएको छ...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९

परमेश्‍वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू केही यस्ता मानिसहरू छन् जसको विश्‍वासलाई परमेश्‍वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्