परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३८९

पत्रुस धेरै वर्षसम्म मप्रति विश्‍वासयोग्य थियो, तापनि उसले कहिल्यै गनगन गरेन न त उसले कुनै गुनासो नै गर्‍यो; अय्यूब पनि उसको बराबरी थिएन, र युगौँयुगसम्म सन्तहरू समेत पत्रुसको तहसम्म पुग्‍न चुकेका छन्‌। शैतानले आफ्ना छली युक्तिहरू मञ्‍चन गर्दै गरेको समयमा उसले मेरो बारेमा जान्‍न मात्र खोजेन, मेरो बारेमा जान्‍न समेत सक्यो। यसले पत्रुसलाई सदैव मेरो इच्छाको धारमा रहेर धेरै वर्षसम्म मेरो सेवा गर्न अभिप्रेरित गर्‍यो र यही कारणले गर्दा, ऊ शैतानद्वारा कहिल्यै शोषित भएन। पत्रुसले अय्यूबको विश्‍वासबाट पाठ सिक्‍यो, तर अय्यूबका कमजोरीहरूलाई पनि प्रस्टै देख्‍यो। अय्यूबसँग ठूलो विश्‍वास भएको भए पनि, ऊसँग आत्मिक क्षेत्रका कुराहरूको बारेमा ज्ञानको अभाव थियो, त्यसैले उसले वास्तविकतासँग मेल नखाने धेरै कुराहरू भन्यो; यसले अय्यूबको ज्ञान सतही र सिद्धताको निम्ति असक्षम रहेको देखाउँछ। त्यसैले, पत्रुसले सदैव आत्माको बुझाइ हासिल गर्ने कुरामा ध्यान केन्द्रित गर्‍यो, र सदैव आत्मिक क्षेत्रका विविध पक्षहरूको अवलोकन गर्ने कार्यमा ध्यान दियो। परिणामस्वरूप, ऊ मेरो चाहनाका कुराहरू पत्ता लगाउन मात्र सक्षम भएन, उसले त शैतानका छली युक्तिहरूको बारेमा पनि थोरै ज्ञान हासिल गर्‍यो। यही कारणले गर्दा, मेरो बारेमा उसको ज्ञान युगौँयुगभरिका जोसुकैको भन्दा पनि ठूलो हुनपुग्यो।

पत्रुसले गरेको अनुभवबाट, यो देख्‍न कठिन छैन कि यदि मानिसहरूले मलाई जान्‍न चाहन्छन्‌ भने, तिनीहरूले आफ्नो आत्माभित्र नै सचेत भएर हेक्‍का राख्‍ने कुरामाथि जोड दिनुपर्छ। तैंले आफ्नो निश्‍चित मात्रा मलाई बाह्य रूपमा “समर्पण” गर् भनेर म भन्दिनँ; यो त गौण सरोकारको विषय हो। यदि तैंले मलाई चिन्दैनस्‌ भने, तैँले कुरा गर्ने विश्‍वास, प्रेम र निष्ठा सबै नै भ्रमहरू मात्र हुन्छन्; ती व्यर्थका बकबक हुन्छन्, र तँ मेरो सामुन्‍ने निकै ठूलो गर्व गर्ने तर आफैलाई नचिन्‍ने व्यक्ति बन्‍ने निश्‍चित हुन्छ। यसको मतलब, तँलाई फेरि एकपटक शैतानले पासोमा पार्नेछ र तँ आफैलाई मुक्त गर्न असमर्थ हुनेछस्; तँ अनन्त विनाशको पुत्र र विध्वंसको पात्र हुनेछस्। तापनि, यदि तँ मेरा वचनहरूप्रति मन्द र लापरवाही हुन्छस्‌ भने, तैंले निःसन्देह मेरो विरोध गर्छस्। यो वास्तविकता हो, र तैँले मबाट सजाय प्राप्त गरेका धेरै र विविध आत्माहरूलाई आत्मिक क्षेत्रको द्वारबाट चियाएर हेर्नु बेस होला। मेरा वचनहरूको सामना गर्दा, तिनीहरूमध्ये कोचाहिँ निष्क्रिय, लापरवाही, र स्वीकार नगर्ने खालको थिएन र? तिनीहरूमध्ये कोचाहीँ मेरा वचनहरूको निन्दा गर्ने व्यक्ति थिएन र? तिनीहरूमध्ये कसले चाहिँ मेरा वचनहरूमा खोट पत्ता लगाउने कोसिस गरेन र? तिनीहरूमध्ये कसले चाहिँ आफैलाई “रक्षा” गर्न मेरा वचनहरूलाई “प्रतिरक्षात्मक शस्‍त्र” को रूपमा प्रयोग गरेन र? तिनीहरूले मेरो बारेमा जान्‍ने माध्यमको रूपमा मेरा वचनहरूमा भएका विषयवस्तुहरूलाई प्रयोग गरेनन्, तर तिनलाई केवल खेल्ने खेलौनाहरूको रूपमा प्रयोग गरे। यसमा, के तिनीहरूले मलाई सीधै विरोध गर्दै थिएनन्‌ र? मेरा वचनहरू को हुन्? मेरो आत्मा को हो? मैले तिमीहरूलाई यस्ता प्रश्‍नहरू धेरैपटक सोधेको छु, तर के तिमीहरूले तीबारे कहिल्यै कुनै अझ उच्‍चतम‌ र स्पष्ट अन्तर्दृष्टि पाएका छौ? के तिमीहरूले कहिल्यै तिनलाई साँच्‍चै अनुभव गरेका छौ? म तिमीहरूलाई फेरि एकपटक स्मरण गराउँछु: यदि तिमीहरूले मेरा वचनहरूको बारेमा जान्दैनौ, वा तिनलाई स्वीकार गर्दैनौ, वा तिनलाई अभ्यासमा लगाउँदैनौ भने, तिमीहरू पक्‍कै पनि मेरो सजायका पात्रहरू बन्‍नेछौ! तिमीहरू पक्‍कै पनि शैतानका सिकारहरू बन्‍नेछौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ८

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७८

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२४

मानिसले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नुपर्छ र ऊ आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि,...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८५

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८

परमेश्‍वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु हो केही क्षणअघि, कसैले एउटा प्रश्‍न उठायो:...