परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७५
परमेश्वरमाथिको मानिसको विश्वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पत्रुसले परमेश्वरका वचनको शोधनमार्फत र परमेश्वरले तिनलाई प्रदान गर्नुभएका विभिन्न परीक्षाहरूभित्रबाट आफैलाई चिन्न अनि आफूमा प्रकट भएको कुरा जाँच्न खोजे। जब पत्रुसले आफैलाई साँचो रूपमा बुझे, तब तिनले मानिसहरू कति गहन रूपमा भ्रष्ट भएका छन्, उनीहरू परमेश्वरको सेवा गर्नका निम्ति कति धेरै बेकम्मा र अयोग्य छन्, र उनीहरू परमेश्वरको सामु जिउन योग्य छैनन् भन्ने बुझे। त्यसपछि पत्रुस परमेश्वरको सामु लम्पसार परे। धेरै अनुभव प्राप्त गरेपछि, पत्रुसले यस्तो अनुभूति गरे, “परमेश्वरलाई चिन्नु नै सबैभन्दा अनमोल कुरा हो! यदि म उहाँलाई चिन्नुभन्दा पहिले नै मरेँ भने, त्यो दुःखको कुरा हुनेछ; परमेश्वरलाई चिन्नु नै सबैभन्दा महत्त्वपूर्ण, अर्थपूर्ण कुरा हो। यदि मानिसले परमेश्वरलाई चिन्दैन भने, ऊ जिउन योग्य हुँदैन, ऊ पशुसरह हुन्छ, र ऊसित जीवन हुँदैन।” पत्रुसको अनुभव यो अवस्थामा पुगिसक्दा, तिनले आफ्नो स्वभाव चिनिसकेका थिए र तिनले यसबारेमा तुलनात्मक रूपमा राम्रो बुझाइ प्राप्त गरिसकेका थिए। सायद पत्रुसले आजका मानिसहरूले जस्तो यसको स्पष्ट वर्णन गर्न सकेनन्, तापनि उनी साँच्चै यो अवस्थामा पुगेका थिए। त्यसकारण, सत्यता पछ्याउने बाटोमा हिँड्नु र परमेश्वरद्वारा सिद्धता प्राप्त गर्नका लागि मानिसले परमेश्वरका वाणीहरूबाट आफ्नो स्वभावलाई चिन्नु आवश्यक हुन्छ, साथै आफ्नो स्वभावका विभिन्न पक्षहरू बुझ्नु र शब्दहरूमा त्यसको सही वर्णन गर्नु, स्पष्ट र सरल रूपमा बोल्नु आवश्यक हुन्छ। यो मात्रै आफूलाई साँचो रूपमा चिन्नु हो, र यसरी मात्रै परमेश्वरले चाहनुभएको परिणाम तैँले प्राप्त गरेको हुन्छस्। यदि तेरो ज्ञान अहिलेसम्म यस बिन्दुमा पुगेको छैन, तर तैँले आफैलाई चिनेको दाबी गर्छस् र तैँले जीवन प्राप्त गरेको छस् भनी भन्छस् भने, के तैँले सेखी गरिरहेको हुँदैनस् र? तैँले आफैलाई चिन्दैनस्, न त परमेश्वरको अगाडि तँ के होस्, तैँले मानव हुनुका मापदण्डहरू साँच्चै पूरा गरेको छस् कि छैनस् वा तँभित्र अझै पनि कसरी धेरै शैतानिक तत्त्वहरू छन् भन्ने कुरा नै जान्दछस्। तँ कसको होस् भन्ने विषयमा तँ अझै पनि अस्पष्ट छस्, र तँसँग अझै पनि आफ्नै बारेमा कुनै ज्ञान छैन—त्यसैले परमेश्वरको सामु तँसँग कसरी तर्कशक्ति हुनसक्छ? जब पत्रुसले जीवनको खोजी गरिरहेका थिए, तिनले परीक्षाहरूको अवधिमा आफूलाई जाँच्न र आफ्नो स्वभाव बदल्नमा आफ्नो ध्यान केन्द्रित गरे, र तिनले परमेश्वरलाई चिन्ने प्रयास गरे। अनि अन्त्यमा तिनले सोचे, “मानिसहरूले जीवनमा परमेश्वरको ज्ञान खोज्नुपर्छ; उहाँलाई चिन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि म परमेश्वरलाई चिन्दिनँ भने, म मरेपछि शान्तिमा विश्राम गर्न सक्दिनँ। मैले उहाँलाई चिनेपछि, यदि परमेश्वरले मलाई मर्नुपर्छ भनी भन्नुभयो भने, मलाई सबैभन्दा ठूलो सन्तुष्टि मिलेको अनुभूति हुनेछ। म अलिकति पनि गुनासो गर्नेछैनँ, र मेरो सम्पूर्ण जीवन पूर्ण हुनेछ।” पत्रुसले परमेश्वरमा विश्वास गर्न थाल्नासाथ उनी यस स्तरको बुझाइ प्राप्त गर्न वा तुरुन्तै यस बिन्दुमा पुग्न सक्षम भएनन्; बरु उनले धेरैपटक परीक्षाहरूमार्फत गुज्रनुपर्यो। तिनले परमेश्वरलाई चिन्नुको महत्त्वलाई अनुभूति गर्नुभन्दा पहिले, तिनको अनुभव एक निश्चित विन्दुसम्म पुग्नुपर्थ्यो, र तिनले आफूलाई पूर्ण रूपमा बुझ्नुपर्थ्यो। त्यसकारण, पत्रुसले लिएको मार्ग सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने अनि सिद्ध तुल्याइने मार्ग थियो। तिनको निश्चित अभ्यास मुख्य रूपमा यही पक्षमा केन्द्रित थियो।
परमेश्वरमाथिको आफ्नो विश्वासमा, तिमीहरू अहिले कुन मार्गमा हिँडिरहेका छौ? यदि तँ पत्रुसले जसरी जीवन, आफैबारेको बुझाइ र परमेश्वरसम्बन्धी ज्ञानको खोजी गर्दैनस् भने, तँ पत्रुसको मार्गमा हिँडिरहेको छैनस्। आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिषहरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिषहरू प्राप्त गर्नका लागि, मैले सबै कुरा परमेश्वरको लागि त्याग्नुपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिषहरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्चित छ कि उनीहरूको बुझाइमा केही वचन र धर्मसिद्धान्त मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्वरप्रतिको उनीहरूको बफादारीतालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्वरद्वारा मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिषहरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्चित हुनेछ। पावलले यही कल्पना गरेका थिए र तिनले यही कुरा खोजेका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्नुपर्छ, र त्यो प्राप्त गरेपछि भीडबाट माथि उठ्न, अधिकृतहरू बन्न र प्रतिष्ठा पाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्ने सांसारिक मानिसहरू जस्तै हो। उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्त्वाकाङ्क्षालाई पूरा गर्न र आफ्ना व्यवसायहरू र पारिवारिक अभ्यासलाई समृद्धिको एक निश्चित तहसम्म ल्याउन सक्छन्। के सबै गैर-विश्वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: “आफैलाई परमेश्वरको निम्ति अर्पण गर्न मैले सबै कुरा त्याग्नुपर्छ। म परमेश्वरको सामु वफादार हुनैपर्छ र आखिरमा, मैले अवश्य नै ठूला इनाम र ठूला मुकुट पाउनेछु।” सांसारिक थोकहरूको पछि लाग्ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ। उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र उनीहरू उस्तै प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, शिक्षा प्राप्त गर्न खोज्छन्, प्रतिष्ठा, र भीडभन्दा अलग हुन खोज्छन्। उनीहरूले परमेश्वरमा विश्वास गरे भने, ठूला मुकुट र ठूला आशिष्हरू पाउने कोसिस गर्नेछन्। परमेश्वरमा विश्वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो। तिमीहरू सबै अहिले कुन मार्गमा छौ? तैँले पावलको मार्ग अपनाउने योजना गरेको नभए पनि, तेरो प्रकृतिले नै तँ यस बाटोमा हिँड्छस्, र तँ आफै त्यस दिशामा जाँदैछस् भन्ने देखाउँछ। तैँले पत्रुसको मार्गमा पाइला टेक्न चाहे पनि, यदि कसरी त्यसो गर्ने भन्नेबारे तँ स्पष्ट छैनस् भने, तैँले नचाहेर पनि पावलको मार्ग अपनाउनेछस्: परिस्थितिको वास्तविकता यही हो। आजको समयमा व्यक्ति कसरी पत्रुसको मार्गमा हिँड्नुपर्छ? यदि तैँले पत्रुस र पावलका मार्गहरू बीचको भिन्नतालाई छुट्याउन सक्दैनस् भने, वा यदि तँ तीप्रति खासै परिचित छैनस् भने, तैँले पत्रुसको बाटोमा हिँड्छु भनेर जति नै दाबी गरे पनि, तेरा शब्दहरू बस खोक्रा हुन्छन्। सबभन्दा पहिले, तैँले पत्रुसको मार्ग के हो र पावलको मार्ग के हो भनेर स्पष्टसित बुझ्नुपर्छ। जब तैँले पत्रुसको मार्ग नै जीवनको पछि लाग्ने मार्ग हो, र सिद्धतामा पुग्ने एउटै मात्र मार्ग हो भनेर बुझ्छस्, तब मात्र तँ पत्रुसको मार्गमा हिँड्न, तिनले खोजी गरेजसरी नै खोजी गर्न, र तिनले अभ्यास गरेका सिद्धान्तहरू अभ्यास गर्न सक्छस्। यदि तैँले पत्रुसको मार्गलाई बुझ्दैनस् भने, तैँले लिने मार्ग पावलको मार्ग हुने निश्चित छ, किनकि तेरो निम्ति अर्को कुनै मार्ग हुनेछैन; तँसँग यस मामिलामा कुनै विकल्प हुनेछैन। सत्यता नबुझ्ने र सत्यता पछ्याउन नसक्ने मानिसहरूमा सङ्कल्प छ नै भने पनि उनीहरूलाई पत्रुसको बाटोमा हिँड्न गाह्रो हुनेछ। यो भन्न सकिन्छ कि परमेश्वरले अहिले तिमीहरूलाई मुक्ति र सिद्धताको मार्ग प्रकट गरिदिनु उहाँले तिमीहरूलाई अनुग्रह र उत्थान गर्नुभएको कुरा हो। तिमीहरूलाई पत्रुसको मार्गमा डोर्याउनुहुने उहाँ नै हुनुहुन्छ। परमेश्वरको मार्गदर्शन र अन्तर्दृष्टिविना, कसैले पनि पत्रुसको मार्ग लिन सक्नेछैन, र एकमात्र विकल्प भनेको पावलको विनाशका पाइलाहरू पछ्याउँदै पावलको मार्गमा झर्नु मात्र हुनेछ। त्यो बेला पावललाई त्यो बाटोमा हिँड्नु गलत हो जस्तो लागेको थिएन; तिनले यो बाटो नै सही हो भनी पूर्ण विश्वास गरेका थिए। तिनले सत्यता प्राप्त गरेनन्, र खास गरी तिनको स्वभावमा परिवर्तन आएन। तिनले आफैमा धेरै नै विश्वास गर्थे, र त्यसरी विश्वास गर्नुमा अलिकति पनि समस्या छैन भन्ने तिनलाई लागेको थियो। तिनी पूर्ण हिम्मतसाथ र पूर्ण आत्मविश्वाससाथ निरन्तर अगाडि बढिरहे। अन्त्यमा, तिनी कहिल्यै होसमा आएनन्। तिनले अझै पनि तिनी जिउनु भनेको ख्रीष्ट हो भन्ने सोचे। त्यसरी, पावल आखिरीसम्म त्यही ओह्रालो बाटोमा हिँडिरहे, अनि त्यस बेला अन्त्यमा तिनलाई दण्ड दिइयो, र तिनका निम्ति सबै कुरा समाप्त भयो। पावलको मार्गमा तिनी आफैलाई चिन्ने कुरा समावेश थिएन, स्वभावमा परिवर्तन गर्ने कुरा त निकै परको कुरा थियो। तिनले आफ्नै प्रकृतिको बारेमा कहिल्यै पनि विश्लेषण गरेनन्, न त तिनी के थिए भन्ने कुराको बारेमा नै तिनले कुनै ज्ञान प्राप्त गरे। तिनले यति मात्र जान्दथे कि येशूलाई गरिएको सतावटको मुख्य दोषी तिनी नै थिए। तर तिनले आफ्नै स्वभावको बारेमा अलिकति पनि ज्ञान प्राप्त गरेका थिएनन्, र आफ्नो काम समाप्त गरेपछि, तिनलाई वास्तवमा आफूले ख्रीष्टको रूपमा जिइरहेको छु र आफूले इनाम पाउनुपर्छ भन्ने लागेको थियो। पावलले गरेका काम केवल परमेश्वरका निम्ति गरिएको सेवा थियो। किनकि व्यक्तिगत रूपमा, पावलले पवित्र आत्माबाट केही प्रकाश प्राप्त गरेका भए पनि, तिनले एउटै पनि सत्यता वा जीवन हासिल गरेका थिएनन्। त्यसकारण, तिनलाई परमेश्वरले मुक्ति दिनुभएको थिएन। बरु, तिनलाई परमेश्वरले सजाय दिनुभएको थियो। पत्रुसको मार्गलाई किन सिद्धतामा पुऱ्याउने मार्ग भनेर भनिन्छ? किनकि, पत्रुसको अभ्यासमा तिनले जीवनलाई, परमेश्वरलाई चिन्न खोज्ने कार्यलाई, र आफैलाई चिन्ने कुरालाई विशेष जोड दिए। परमेश्वरको काम सम्बन्धी तिनको अनुभवबाट तिनले आफैलाई चिन्न सके, मानिसका भ्रष्ट अवस्थाहरूको ज्ञान प्राप्त गर्न सके, आफ्नै कमीहरूको बारेमा थाहा पाए, र मानिसहरूले अनुसरण गर्नुपर्ने सबैभन्दा मूल्यवान् कुरा पत्ता लगाए। तिनले परमेश्वरलाई साँचो प्रेम गर्न सके, तिनले परमेश्वरको ऋण कसरी चुकाउनुपर्छ भन्ने कुरा जाने, तिनले केही सत्यता प्राप्त गरे, र परमेश्वरले माग गर्नुभएका केही वास्तविकता तिनमा थियो। पत्रुसले आफ्ना परीक्षाहरूको अवधिमा बोलेका सबै कुराबाट यो बुझ्न सकिन्छ, कि तिनी वास्तवमा परमेश्वरलाई सबैभन्दा धेरै बुझ्ने व्यक्ति थिए। तिनले परमेश्वरको वचनबाट धेरै सत्यता बुझ्न सकेका हुनाले, तिनको मार्ग उज्यालो र चहकिलो हुँदै गयो, र झन्-झन् बढी परमेश्वरको अभिप्रायसँग मिल्दै गयो। यदि पत्रुसमा यो सत्यता नभएको भए, तिनले लिएको मार्ग त्यत्ति धेरै सही हुनेथिएन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरमाथिको मानिसको विश्वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो...
सबै प्रकारका मानिसहरूको अनुभवहरूले उनीहरूभित्र भएका कुराहरूको प्रतिनिधित्व गर्छन्। कुनै पनि आत्मिक अनुभव नभएको कसैले पनि सत्यताको ज्ञानको...
मानव जातिको कार्यको खातिर परमेश्वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्ना दिनहरू...
अहिले यी वचनहरू बोलिएका छन् भन्ने कुरालाई तैँले याद गर्नुपर्छ: पछि तैँले अझ ठूलो सङ्कष्ट र अझ ठूलो कष्ट अनुभव गर्नेछस्! सिद्ध तुल्याइनु...