परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३७६

परमेश्‍वरतिर हेर्नु र सबै कुराहरूमा उहाँमाथि भर पर्नु नै सबैभन्दा बुद्धिमानी कुरा हो। सर्वसाधारण मानिसहरूले यसलाई चिन्दैनन्। सबै मानिसहरूले आफूले जति धेरै भेलाहरूमा सहभागिता जनायो, जति धेरै प्रवचनहरू सुन्यो, ब्रदर-सिस्टरहरूसँग जति धेरै सङ्गति गर्‍यो, जति धेरै त्याग गर्‍यो, जति धेरै कष्ट भोग्यो, र जति धेरै मूल्य चुकायो, तिनीहरूले त्यति नै परमेश्‍वरको अनुमोदन र मुक्ति प्राप्त गर्छन् भन्‍ने सोच्छन्। यसरी अभ्यास गर्नु नै सबैभन्‍दा बुद्धिमानी कुरा हो भन्‍ने तिनीहरूले सोच्छन्, तर तिनीहरूले सबैभन्‍दा ठूलो कुरा अर्थात् परमेश्‍वरको बाटो हेर्नु र उहाँको भरोसा गर्नुलाई बेवास्ता गर्छन्। तिनीहरूले सानातिना मानव चलाकीलाई बुद्धिको रूपमा हेर्छन्, तर तिनीहरूका कार्यहरूले हासिल गर्नुपर्ने सबैभन्दा ठूलो प्रभावलाई बेवास्ता गर्छन्। यो एउटा भूल हो। व्यक्तिले जति धेरै सत्यता बुझे पनि, व्यक्तिले जति नै धेरै कर्तव्य निर्वाह गरेको भए पनि, ती कर्तव्यहरू निर्वाह गर्ने क्रममा उसले जति धेरै अनुभव प्राप्त गरेको भए पनि, व्यक्तिको कद जति ठूलो वा सानो भए पनि, वा व्यक्ति जस्तोसुकै वातावरणमा भए पनि, व्यक्तिले परमेश्‍वरतर्फ नहेरी र उसले गर्ने सबै कुरामा उहाँमा भर नपरी केही पनि गर्न सक्दैन। यो सबैभन्दा बुद्धिमानी कुरा हो। म किन यसलाई सबैभन्दा बुद्धिमानी कुरा भन्छु त? यदि कसैले धेरै सत्यता बुझेको छ भने पनि, यदि उसले परमेश्‍वरमा भरोसा गर्दैन भने के त्यस कामद्वारा केही हुनेछ र? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, र तिनीहरूले धेरै परीक्षा अनुभव गरेका हुन्छन्, तिनीहरूमा केही व्यावहारिक अनुभव हुन्छ, तिनीहरूले केही सत्यता बुझेका हुन्छन्, र तिनीहरूसँग सत्यताका केही व्यावहारिक ज्ञान हुन्छ, तर तिनीहरू परमेश्‍वरमा भर पर्न जान्दैनन्, न त तिनीहरूले कसरी उहाँतिर हेर्ने र उहाँमा कसरी भर पर्ने भन्‍ने नै जानेका हुन्छन्। के त्यस्ता मानिसहरूसँग बुद्धि हुन्छ? तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्, र आफैलाई बुद्धिमान् ठान्नेहरू हुन्; तिनीहरू परमेश्‍वरसित डराउँदैनन् र दुष्टतादेखि टाढा बस्दैनन्। कतिपय मानिसहरू भन्छन्, “मैले धेरै सत्यताहरू बुझेको छु र सत्यता वास्तविकता धारण गरेको छु। सिद्धान्तअनुसार काम गरे भइहाल्छ नि। म परमेश्‍वरप्रति बफादार छु, र उहाँको नजिक कसरी जानुपर्छ सो म जान्दछु। मेरो जीवनमा परिस्थितिहरू आइपर्दा मैले सत्यताको अभ्यास गर्नु नै पर्याप्त हुँदैन र? परमेश्‍वरलाई प्रार्थना गर्नु वा परमेश्‍वरको बाटो हेर्नु जरुरी छैन।” सत्यता अभ्यास गर्नु सही कुरा हो, तर त्यस्ता समय र परिस्थितिहरू धेरै हुन्छन् जहाँ मानिसहरूले कुन सत्यता वा के-कस्ता सत्यता सिद्धान्तहरूको कुरा छोइँदै छ भनी जान्दैनन्। व्यावहारिक अनुभव भएकाहरू सबैले यो जान्दछन्। उदाहरणको लागि, जब तैँले कुनै समस्याको सामना गर्छस्, त्यस बेला तँलाई त्यो समस्याले कुन सत्यतालाई छुन्छ वा सान्दर्भिक सत्यतालाई कसरी अभ्यास वा प्रयोग गर्नुपर्छ भन्‍ने थाहा नहुन सक्छ। यस्तो बेला तैँले के गर्नुपर्छ? तँसित व्यावहारिक अनुभव जति धेरै भए पनि, तैँले सबै परिस्थितिहरूमा सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनस्। तैँले जति धेरै समय परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तैँले जति धेरै कुराको अनुभव गरेको भए पनि, तैँले काटछाँट वा अनुशासनको जति धेरै अनुभव गरेको भए पनि, र तैँले सत्यतालाई बुझे पनि, के तैँले तँ नै सत्यता होस् भनेर भन्‍ने आँट गर्छस्? के तैँले तँ नै सत्यताको स्रोत होस् भनेर भन्‍ने आँट गर्छस्? कतिपय मानिसहरू भन्छन्, “मलाई वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तकमा भएका प्रसिद्ध वाणीहरू र खण्डहरू सबै कण्ठ छ; मैले परमेश्‍वरमा भर पर्नु वा उहाँको बाटो हेर्नु आवश्यक छैन। जब समय आउँछ, म परमेश्‍वरका यी वचनहरूमा भर परेर नै सफल हुनेछु।” तैँले कण्ठ गरेका वचनहरू स्थिर छन्, तापनि तैँले सामना गर्ने वातावरणहरू साथै तेरा स्थितिहरू गतिशील छन्। तैँले शब्‍द र सिद्धान्तहरू बोल्‍न सक्छस्, तर तेरो जीवनमा कुनै कुरा आइपर्दा तैँले त्यसबाट केही गर्न सक्दैनस्, जसले तैँले सत्यता बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। शब्द र सिद्धान्तहरू सुनाउन तँ जति नै सिपालु भए पनि, तैँले सत्यता बुझेको छस् भन्‍ने हुँदैन, तैँले सत्यताको अभ्यास गर्न सक्‍नु त परको कुरा हो। यसैले यहाँ सिक्नुपर्ने एउटा महत्त्वपूर्ण पाठ छ। अनि यो पाठ के हो त? त्यो यही हो कि मानिसहरूले सबै कुरामा परमेश्‍वरतर्फ फर्कनुपर्छ, र त्यसो गरेर तिनीहरूले परमेश्‍वरमाथिको निर्भरता हासिल गर्न सक्छन्। परमेश्‍वरको इच्‍छामा भरोसा गरेर मात्रै तिनीहरूले पछ्याउने मार्ग र पवित्र आत्‍माको काम प्राप्त गर्नेछन्। नत्र, तैँले केही कुरा सही रूपमा र सत्यताको उल्लङ्घन नगरी गर्न सक्छस्, तर यदि तँ परमेश्‍वरमा भर पर्दैनस् भने, तेरा कार्यहरू केवल मानिसका असल कार्य मात्र हुन्छन् र ती कार्यहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍दैनन्। मानिसहरूमा सत्यताको त्यस्तो सतही बोध हुने भएकोले, विभिन्न परिस्थितिहरूको सामना गर्दा तिनीहरूले नियमहरू पालना गरिरहने र उही सत्यता प्रयोग गर्दै दृढतापूर्वक शब्द र सिद्धान्तहरूमै अल्झिरहने सम्‍भावना हुन्छ। तिनीहरूले सत्यता सिद्धान्तहरूसँग आम रूपमा मिल्‍ने गरी धेरै मामिलाहरू पूरा गर्न सक्छन्, तर त्यसमा परमेश्‍वरको मार्गनिर्देशन देख्न सकिँदैन, न त पवित्र आत्माको काम नै देख्न सकिन्छ। यहाँ एउटा गम्भीर समस्या छ, त्यो के हो भने, मानिसहरूले आफ्नो अनुभवमा र आफूले बुझेका नियमहरूमा र कुनै-कुनै मानवीय कल्पनाहरूमा भर परेर धेरै कुराहरू गर्छन्। परमेश्‍वरको निम्ति साँचो प्रार्थना हासिल गर्नु र तिनीहरूले गर्ने सबै कुरामा साँचो रूपमा परमेश्‍वरको बाटो हेर्नु र उहाँमा भर पर्नु कठिन हुन्छ। व्यक्तिले परमेश्‍वरका अभिप्रायहरू बुझे पनि, परमेश्‍वरको अगुवाइ र सत्यता सिद्धान्तहरूअनुसार काम गर्दा प्राप्त हुने प्रभाव हासिल गर्नु गाह्रो हुन्छ। यसैकारण म भन्छु कि सबैभन्दा बुद्धिमानी कुरा भनेको परमेश्‍वरतिर हेर्नु र सबै कुरामा उहाँमाथि भर पर्नु हो।

मानिसहरूले सबै कुरामा परमेश्‍वरतिर हेर्ने र उहाँमा निर्भर हुने अभ्यास कसरी गर्न सक्छन्? कतिपय मानिसहरू भन्छन्, “म जवान छु, मेरो कद सानो छ, र मैले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै समय भएको छैन। कुनै कुरा आइपर्दा परमेश्‍वरलाई हेर्ने र उहाँमा भरोसा गर्ने अभ्यास कसरी गर्ने मलाई थाहा छैन।” के यो समस्या हो? परमेश्‍वरमा विश्‍वास गर्दा सामना गर्नुपर्ने धेरै कठिनाइहरू छन्, र तैँले धेरै सङ्कष्ट, परीक्षा, र पीडाहरू सामना गर्नुपर्ने हुन्छ। यी सबै कुराको लागि कठिनाइपूर्ण समयबाट पार पाउन परमेश्‍वरतर्फ हेर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ। यदि तैँले परमेश्‍वरतर्फ हेर्ने र उहाँमा भरोसा गर्ने अभ्यास गर्न सक्दैनस् भने, तैँले कठिनाइहरूबाट पार पाउन सक्‍नेछैनस्, र तैँले परमेश्‍वरलाई पछ्याउन सक्‍नेछैनस्। परमेश्‍वरतर्फ हेर्नु अनि उहाँमा भरोसा गर्नु खोक्रो सिद्धान्त होइन, न त यो परमेश्‍वरमा विश्‍वास गर्ने मन्त्र नै हो। बरु, यो त महत्त्वपूर्ण सत्यता हो, परमेश्‍वरमा विश्‍वास गर्न र पछ्याउनको लागि तँमा हुनैपर्ने सत्यता हो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरतर्फ हेर्ने र उहाँमा भरोसा गर्ने कुरा ठूलो घटना घट्दा मात्र लागू हुन्छ। उदाहरणको लागि, सङ्कष्ट, परीक्षा, पक्राउ, र सतावट सामना गर्दा, वा कर्तव्यमा कठिनाइहरू झेल्दा, वा काटछाँट गरिँदा मात्रै परमेश्‍वरतर्फ हेर्नु र परमेश्‍वरमा भर पर्नुपर्छ। व्यक्तिगत जीवनका सानातिना कुराहरूका हकमा परमेश्‍वरतर्फ हेर्नु र परमेश्‍वरमा भर पर्नु जरुरी हुँदैन, किनभने परमेश्‍वरले ती कुरालाई वास्ता गर्नुहुन्‍न।” के यो अभिव्यक्ति सही छ? अवश्य छैन। यहाँ विचलन छ। ठूलाठूला मामलाहरूमा परमेश्‍वरतर्फ हेर्नु अत्यावश्यक हुन्छ, तर के तैँले सिद्धान्तहरूविना जीवनका नगण्य र सानातिना कुराहरूलाई सामना गर्न सक्छस्? लुगा लगाउने र खाना खानेजस्ता मामलाहरूमा, के तैँले सिद्धान्तहरूविना काम गर्न सक्छस्? अवश्य सक्दैनस्। के मानिसहरू र मामलाहरूलाई सामना गर्दा यो विना काम गर्न सक्छस्? अवश्य सक्दैनस्। दैनिक जीवन र नगण्य मामलाहरूमा समेत, मानव स्वरूपमा जिउनको लागि तँमा कम्तीमा पनि सिद्धान्तहरू हुनुपर्छ। सिद्धान्तहरू संलग्‍न हुने समस्याहरू सत्यतासँग सम्‍बन्धित समस्याहरू हुन्। के मानिसहरूले ती समस्याहरू आफै समाधान गर्न सक्छन्? अवश्‍य सक्दैनन्। त्यसकारण, तैँले परमेश्‍वरतर्फ हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। तैँले परमेश्‍वरको अन्तर्दृष्टि पाएपछि र सत्यता बुझेपछि मात्र यी सानातिना समस्याहरू समाधान गर्न सक्छस्। यदि तिमीहरूले परमेश्‍वरतर्फ हेरेनौ र परमेश्‍वरमा भरोसा गरेनौ भने, के तिमीहरूलाई सिद्धान्तहरूसँग सम्‍बन्धित यी समस्याहरू समाधान गर्न सकिन्छ जस्तो लाग्छ? सहजै त अवश्य सकिँदैन। के भन्‍न सकिन्छ भने मानिसहरूले स्पष्‍ट रूपमा देख्‍न नसक्‍ने र मानिसहरूले सत्यताको खोजी गर्नुपर्ने सबै कुरामा तिनीहरूले परमेश्‍वरतर्फ हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। सत्यताद्वारा समाधान गर्नुपर्ने कुनै पनि समस्या जति ठूलो होस् या सानो, त्यसको लागि परमेश्‍वरतर्फ हेर्नुपर्छ र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। यो अत्यावश्यक छ। मानिसहरूले सत्यता बुझे पनि र आफै समस्याहरू समाधान गर्न सके पनि, यी बुझाइ र समाधानहरू सीमित र सतही मात्र हुन्छन्। यदि मानिसहरूले परमेश्‍वरतर्फ हेर्दैनन् र परमेश्‍वरमा भरोसा गर्दैनन् भने, तिनीहरूको प्रवेश कहिल्यै पनि गहन हुन सक्दैन। उदाहरणको लागि, यदि तँ आज बिरामी छस्, र यसले तेरो कर्तव्यपालनमा असर गर्छ भने, तैँले यस विषयमा प्रार्थना गर्दै यसो भन्‍नुपर्छ, “हे परमेश्‍वर, आज मलाई सन्चो छैन, मलाई खान मन हुँदैन, र यसले मेरो कर्तव्यपालनमा असर गरिरहेको छ। मैले आफूलाई जाँच्‍नुपर्छ। म बिरामी हुनुको वास्तविक कारण के हो? के म आफ्‍नो कर्तव्यमा बफादार नभएकोले परमेश्‍वरले मलाई अनुशासनमा राखिरहनुभएको हो? हे परमेश्‍वर, बिन्ती छ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” तैँले यसरी पुकार्नैपर्छ। परमेश्‍वरतर्फ हेर्नु भनेको यही हो। तैपनि, जब तैँले परमेश्‍वरतर्फ हेर्छस्, तब तैँले औपचारिकता र नियमहरू मात्रै पछ्याउने गर्नु हुँदैन। समस्याहरू समाधान गर्न तैँले सत्यता खोजी गर्दैनस् भने, तैँले कामकुरामा ढिलाइ गराउनेछस्। परमेश्‍वरलाई प्रार्थना गरेपछि र परमेश्‍वरतर्फ हेरेपछि पनि तैँले बिनाकुनै ढिलाइ आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्दै आफ्‍नो जीवन जसरी जिउनुपर्ने हो त्यसरी जिउनुपर्छ। यदि तँ बिरामी छस् भने, तैँले डाक्टरलाई भेट्नुपर्छ, र यो उचित कुरा हो। यसको साथै, तैँले प्रार्थना गर्नुपर्छ, आफ्‍नो बारेमा मनन गर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी अभ्यास गर्नु मात्रै पूर्ण रूपमा उचित हुन्छ। कतिपय कुराहरूका हकमा, यदि मानिसहरूलाई ती काम उचित रूपमा कसरी गर्ने भन्‍ने थाहा छ भने, तिनीहरूले ती काम गर्नुपर्छ। मानिसहरूले यसरी नै सहकार्य गर्नुपर्छ। तैपनि, यी मामलाहरूमा चाहेको प्रभाव र उद्देश्य पूर्ण रूपमा हासिल गर्न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा परमेश्‍वरको बाटो हेर्ने र उहाँमा भरोसा गर्ने कार्यमा निर्भर हुन्छ। मानिसहरूले स्पष्ट रूपमा देख्‍न नसक्‍ने र तिनीहरू आफैले सम्‍हाल्‍न नसक्‍ने समस्याहरूका हकमा, तिनीहरूले तिनलाई समाधान गर्न अझै बढी परमेश्‍वरतर्फ हेर्नुपर्छ र सत्यताको खोजी गर्नुपर्छ। यस्तो गर्नसक्‍ने क्षमता नै सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुरा हो। परमेश्‍वरतर्फ हेर्दा सिक्‍नुपर्ने पाठहरू धेरै छन्। परमेश्‍वरतर्फ हेर्ने प्रक्रियामा, तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्, र तँसित मार्ग हुनेछ, वा यदि परमेश्‍वरको वचन तँकहाँ आयो भने, कसरी सहकार्य गर्ने भन्‍ने तँलाई थाहा हुनेछ, वा सायद परमेश्‍वरले तँलाई पाठहरू सिकाउन केही परिस्थितिहरू बन्दोबस्त गर्नुहुनेछ, अनि यी कुरामा परमेश्‍वरका असल इच्‍छाहरू हुन्छन्। परमेश्‍वरतर्फ हेर्ने प्रक्रियामा, तैँले परमेश्‍वरको मार्गदर्शन र अगुवाइ देख्‍नेछस्, र यी कुराहरूले तँलाई धेरै पाठहरू सिक्‍न र परमेश्‍वरबारे अझै राम्ररी बुझ्‍न सहयोग गर्नेछन्। परमेश्‍वरतर्फ हेरेर हासिल गरिने प्रभाव यही हो। त्यसकारण, परमेश्‍वरतर्फ हेर्नु भनेको परमेश्‍वरलाई पछ्याउने मानिसहरूले प्राय सिक्‍नुपर्ने पाठ हो, र यो तिनीहरूले आफ्‍नो जीवनकालमा अनुभव गरेर कहिल्यै नसकिने कुरा हो। अत्यन्तै सतही अनुभव भएका धेरै मानिसहरू छन् र तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्‍न सक्दैनन्, त्यसकारण तिनीहरू सोच्छन्, “म आफैले गर्न सक्‍ने सानातिना कुराहरू धेरै छन् र ती काममा मैले परमेश्‍वरतर्फ हेर्नु पर्दैन।” यो गलत कुरा हो। कतिपय सानातिना कुराहरूले ठूला कुराहरू निम्त्याउँछन्, र कतिपय सानातिना कुरामा परमेश्‍वरका अभिप्रायहरू लुकेका हुन्छन्। धेरै मानिसहरूले सानातिना कुराहरू बेवास्ता गर्छन्, र परिणामस्वरूप, यिनै सानातिना कुराहरूको कारण तिनीहरूलाई ठूलो बाधा पुगेको हुन्छ। सानोठूलो दुवै कुरामा साँचो रूपमा परमेश्‍वरको डर मान्‍ने हृदय भएकाहरूले परमेश्‍वरतर्फ हेर्छन्, परमेश्‍वरलाई प्रार्थना गर्छन्, सबै कुरा परमेश्‍वरलाई सुम्पन्छन्, त्यसपछि तिनीहरूलाई परमेश्‍वरले कसरी अगुवाइ र मार्गदर्शन गर्नुहुन्छ त्यो हेर्छन्। यस्तो अनुभव प्राप्त गरेपछि, तैँले सबै कुरामा परमेश्‍वरतर्फ हेर्न सक्छस्, र तैँले यसको जति धेरै अनुभव गर्छस्, तँलाई त्यति नै बढी सबै कुरामा परमेश्‍वरतर्फ हेर्नु अत्यन्तै व्यावहारिक हुन्छ भन्‍ने लाग्छ। कुनै मामलामा जब तैँले परमेश्‍वरतर्फ हेर्छस्, तब सायद परमेश्‍वरले तँलाई भावना, स्पष्ट अर्थ, अथवा स्पष्ट निर्देशनहरू नदिन सक्‍नुहुन्छ, तर उहाँले तँलाई यस मामलासँग एकदमै मिल्ने सान्दर्भिक विचार बुझ्‍न सहयोग गर्नुहुनेछ, अनि यसरी परमेश्‍वरले तँलाई फरक तरिकाले अगुवाइ गरिरहनुभएको र तँलाई मार्ग दिइरहनुभएको हुन्छ। यदि तैँले यो कुरा अनुभूति गर्न र बुझ्‍न सक्छस् भने, तँलाई फाइदा हुनेछ। तैँले तुरुन्तै केही पनि बुझ्‍न सक्दैनस् होला, तर तैँले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहनुपर्छ र उहाँतर्फ हेरिरहनुपर्छ। यसो गर्नु गलत होइन, र ढिलोचाँडो तैँले अन्तर्दृष्टि पाउनेछस्। यसरी अभ्यास गर्नु भनेको नियमहरूको पालना गर्नु होइन। बरु, यो त आत्माका खाँचोहरू पूरा गर्नु हो, र मानिसहरूले यसरी नै अभ्यास गर्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्दा र उहाँको बाटो हेर्दा हरेकपटक नै अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त नगर्न पनि सक्छस्, तर मानिसहरूले यसरी अभ्यास गर्नैपर्छ, अनि यदि तिनीहरूले सत्यता बुझ्‍न चाहन्छन् भने, तिनीहरूले यसरी नै अभ्यास गर्नुपर्छ। यो जीवन र आत्माको सामान्य स्थिति हो, र यसरी मात्रै मानिसहरूले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सक्छन्, र त्यसरी तिनीहरूको हृदय परमेश्‍वरको नजिक हुन्छ। त्यसकारण के भन्‍न सकिन्छ भने परमेश्‍वरतर्फ हेर्नु भनेको मानिसहरूले हृदयमा परमेश्‍वरसँग गर्ने सामान्य अन्तरक्रिया हो। तैँले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सके पनि नसके पनि, तैँले सबै कुरामा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँको बाटो हेर्नुपर्छ। यो परमेश्‍वरको अघि जिउने आवश्यक मार्ग पनि हो। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्, तब तिनीहरूमा सधैँ परमेश्‍वरको बाटो हेर्ने मनस्थिति हुनुपर्छ। सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने मनस्थिति यही हो। कहिलेकाहीँ, परमेश्‍वरलाई हेर्नुको अर्थ निश्‍चित शब्दहरूको प्रयोग गरी परमेश्‍वरलाई केही गर्न अनुरोध गर्नु, वा उहाँलाई निश्‍चित अगुवाइ वा सुरक्षाको लागि अनुरोध गर्नु भन्‍ने हुँदैन। बरु, यसको अर्थ के हुन्छ भने जब मानिसहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले उहाँलाई इमानदारिताका साथ पुकार्न सक्छन्। त्यसो भए, मानिसहरूले उहाँलाई पुकार्दा परमेश्‍वरले त्यहाँ के गरिरहनुभएको हुन्छ त? जब कसैको हृदय उत्तेजित हुन्छ र तिनीहरूमा यस्तो विचार आउँछ: “हे परमेश्‍वर, म यो एक्लै गर्न सक्दिन, यो कसरी गर्ने मलाई थाहा छैन, र म कमजोर र नकारात्मक महसुस गर्छु…,” जब तिनीहरूमा यस्तो विचार उत्पन्न हुन्छ, के परमेश्‍वरलाई यसको बारेमा थाहा हुँदैन र? जब मानिसहरूमा यस्तो विचारहरू उत्पन्न हुन्छ, के तिनीहरूको हृदय इमानदार हुन्छ त? जब तिनीहरूले परमेश्‍वरलाई यसरी इमानदारिताका साथ पुकार्छन्, के परमेश्‍वर तिनीहरूलाई सहयोग गर्न ओर्लनुहुन्छ त? तिनीहरूले कुनै शब्‍द नबोलेको हुनसक्‍ने भए पनि, तिनीहरूले इमानदारिता देखाउँछन्, त्यसकारण तिनीहरूलाई सहायता गर्न परमेश्‍वर ओर्लनुहुन्छ। जब कसैले विशेष रूपमा कठिन समस्याको सामना गर्छ, जब तिनीहरूले शरण लिने कोही हुँदैन, र जब तिनीहरूले खास रूपमा विवश भएको महसुस गर्छन्, तिनीहरूले आफ्नो एउटै आशा परमेश्‍वरमा राख्छन्। तिनीहरूको प्रार्थना कस्तो हुन्छ? तिनीहरूको मनस्थिति कस्तो हुन्छ? के तिनीहरू इमानदार हुन्छन्? त्यो बेला कुनै अपमिश्रण भएको हुन्छ? अन्तिम सहारा उहाँ मात्रै हुनुहुन्छ, अनि उहाँले तँलाई सहयोग गर्नुहुनेछ भनेर आशा गर्दै तैँले परमेश्‍वरमा भरोसा गरिस् भने मात्रै, तेरो हृदय इमानदार हुन्छ। तैँले त्यति धेरै कुरा नबताएको हुनसक्‍ने भए तापनि, तेरो हृदय पहिले नै उत्साहित भइसकेको हुन्छ। अर्थात्, तैँले तेरो इमानदार हृदय परमेश्‍वरलाई दिन्छस्, र परमेश्‍वरले तेरो कुरा सुन्‍नुहुन्छ। जब परमेश्‍वरले सुन्‍नुहुन्छ, उहाँले तेरा कठिनाइहरूलाई देख्‍नुहुनेछ, र उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तँलाई अगुवाइ गर्नुहुनेछ, र तँलाई सहयोग गर्नुहुनेछ। मानिसको हृदय कहिले सबैभन्दा इमानदार हुन्छ? उम्‍कने कुनै उपाय नहुँदा जब मानिसले परमेश्‍वरको बाटो हेर्छ तब यो सबैभन्दा बढी इमानदार हुन्छ। परमेश्‍वरको बाटो हेर्दा व्यक्तिमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा इमानदार हृदय हो। तँ साँचो रूपमा परमेश्‍वरको खाँचो पर्ने स्थितिमा हुनुपर्छ। भन्‍नुको अर्थ, मानिसहरूको हृदय कम्तीमा पनि इमानदार हुनुपर्छ, झाराटारुवा हुनु हुँदैन; तिनीहरूले मुख मात्र चलाउने, हृदय नचलाउने गर्नु हुँदैन। यदि तँ परमेश्‍वरसँग लटरपटर गर्दै जसोतसो कुराकानी त गर्छस्, तर तेरो हृदयमा स्पर्श भएको छैन भने, तैँले “मैले आफ्ना योजनाहरू बनाइसकेको छु, र परमेश्‍वर, म तपाईंलाई जानकारी मात्रै दिँदै छु। तपाईं सहमत भए पनि नभए पनि म ती लागू गर्ने नै छु। म अल्याङटल्याङ मात्रै गरिरहेको छु” भनेर भनिरहेको हुन्छस् भने, यो समस्या हो। तैँले परमेश्‍वरलाई धोका दिइरहेको र उहाँसँग खेल खेलिरहेको हुन्छस्, र यो परमेश्‍वरप्रतिको अनादरको अभिव्यक्ति हो। यसपछि परमेश्‍वरले तँलाई कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ र पन्छाउनुहुनेछ, र तँ पूर्ण रूपमा अपमानित हुनेछस्। यदि तैँले सक्रिय रूपमा परमेश्‍वरको खोजी गर्दैनस् र सत्यता सम्बन्धमा प्रयास गर्दैनस् भने, तँलाई हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरूलाई छर्लङ्गै देखेसँगै सुरु हुनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८०

आउनुहोस् हामी पहिलो भागबाट सुरु गरौं। जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले हिमाल, समथर मैदान, मरुभूमि, पहाड, नदी र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६१

अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२७

तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २३

आदमलाई परमेश्‍वरको आज्ञा उत्पत्ति २:१५-१७ अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्