परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश ३४
अब्राहामलाई परमेश्वरको प्रतिज्ञा (छनौट गरिएका खण्डहरू) उत्पत्ति २२:१६-१८ यहोवाले भन्नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले तिमीहरूलाई धेरै चेतावनीहरू दिएको छु र तिमीहरूलाई जित्ने मनसाय भएका धेरै सत्यहरू तिमीहरूलाई प्रदान गरेको छु। अहिले सम्ममा, तिमीहरू सबैले तिमीहरू विगतमा भन्दा अत्यन्तै धेरै समृद्ध भएको महसुस गर्छौ, तिमीहरूले व्यक्ति कस्तो हुनुपर्छ भन्ने बारेका धेरै सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले धेरै हदसम्म विश्वसनीय मानिसहरूसँग हुनुपर्ने सामान्य सुझबुझ प्राप्त गरेका छौ। यी सबै ती कटनी हुन् जुन तिमीहरूले धेरै वर्षको अन्तरालमा जम्मा गरेका हौ। म तिमीहरूका उपलब्धिहरूलाई इन्कार गर्दिन, तर मैले खुलस्त रूपमा यो पनि भन्नुपर्छ कि यी धेरै वर्षहरूको अन्तरालमा तिमीहरूले म विरुद्ध गरेका असंख्य अवज्ञाहरू र विद्रोहहरूलाई पनि नकार्दिनँ, किनभने तिमीहरू माझमा एक जना पनि सन्त छैन। तिमीहरू शैतानले भ्रष्ट पारेका मानिसहरू हौ भन्नेमा कुनै अपवाद छैन; तिमीहरू ख्रीष्टका शत्रुहरू हौ। आजको मितिसम्ममा तिमीहरूका अपराधहरू र अवज्ञाहरू अनगिन्ती भएका छन्, त्यसैले मैले तिमीहरूलाई निरन्तर सताइरहेको छु भन्ने कुरालाई विरलै मात्र अनौठो मान्न सकिन्छ। म यस्तो तरिकाले तिमीहरूसँग सह-अस्तित्वमा रहन सक्दिन—तर तिमीहरूको भविष्यको निम्ति, तिमीहरूको गन्तव्यहरूको निम्ति, म, यहाँ र अहिले, फेरि एक पटक म तिमीहरूलाई झिज्याउँछु। म आशा गर्छु कि तिमीहरूले मलाई सन्तुष्ट पार्नेछौ र अझ भन्ने हो भने, तिमीहरूले मेरा हरेक वाणीहरूमा विश्वास गर्न सक्नेछौ र मेरा वचनहरूको गहन तात्पर्य बुझ्नेछौ। मैले जे भन्छु त्यसमा शङ्का नगर, मेरा वचनहरूलाई मन लागे टिप्ने अनि मन लागे हुत्ताइफाल्ने त झन् गर्दै-नगर; म यस कार्यलाई सहन सक्दिन। मेरा वचनहरूलाई जाँच नगर, र तिनीहरूलाई हल्का रूपले लिने वा मैले सधैँ तिमीहरूलाई प्रलोभनमा पार्दैछु भन्ने कुरा गर्दै-नगर, वा त्योभन्दा खराब रूपमा, मैले तिमीहरूलाई जे भने त्यसलाई गलत छ भनेर त झन् भन्दै नभन। यी कुराहरूलाई पनि म सहन सक्दिन। तिमीहरूले, मेरा वचनहरूलाई कहिल्यै पनि सराहना नगर्ने अनि मलाई सधैँ उपेक्षा गर्ने कार्य गर्दै, मलाई र मैले भनेका कुराहरूलाई शङ्काको दृष्टिले व्यवहार गर्ने भएकोले म तिमीहरू प्रत्येकलाई पूर्ण गम्भीरताका साथ भन्छु: मैले जे भन्छु त्यसलाई दर्शनशास्त्रसँग नजोड; मेरा वचनहरूलाई छलीहरूको झूटसँग नजोड। अवहेलनाको साथमा मेरा वचनहरूको प्रत्युत्तर दिने कार्य त झन् गर्दै-नगर। शायद भविष्यमा कसैले पनि तिमीहरूलाई मैले जे भन्दैछु त्यो भन्न सक्नेछैन वा तिमीहरूसँग यति उदारताका साथ बोल्न सक्नेछैन, अर्थात् यी बुँदाहरूमा यति धैर्यताका साथ तिमीहरूलाई डोर्याउने कुरा त परै जाओस्। तिमीहरूले राम्रो समयको सम्झना गर्दै आउने ती दिनहरू बिताउनेछौ, वा घ्वाँ-घ्वाँ जोडले रुँदै वा पीडामा अइयाअइया भन्दै बस्नेछौ, वा तिमीहरू सत्य वा जीवनको एक त्यान्द्रो समेत बन्दोबस्त नभइकनै अन्धकार रातमा बाँचिरहेका हुनेछौ वा केवल निराशाका साथ प्रतीक्षा गरिरहेका हुनेछौ, वा तिमीहरूले सम्पूर्ण विवेक गुमाएकोमा अत्यन्तै नमीठो अफसोस मान्दै बसिरहेका हुनेछौ…। वास्तवमा तिमीहरूमध्ये कोही पनि यी सम्भावनाहरूबाट उम्कन सक्दैनौ। किनभने तिमीहरूमध्ये कसैले पनि परमेश्वरलाई साँचो रूपले आराधना गर्ने स्थान ओगट्दैनौ बरु तिमीहरूका विश्वास, तिमीहरूका आत्मा, प्राण, र शरीरमा जीवन र सत्यतासँग कुनै सम्बन्ध नै नभएका र वास्तवमा तिनका विपरीत हुने धेरै कुराहरू मिसाउँदै आफैलाई दुराचार र दुष्टताको संसारमा डुबाउँछौ। त्यसकारण तिमीहरूको लागि म के आशा गर्छु भने तिमीहरूलाई ज्योतिको पथमा ल्याउन सकियोस्। मेरो एकमात्र आशा भनेको तिमीहरू आफ्नो बन्दोबस्ती, आफ्नो हेरविचार आफैले गर्न सक्षम होऊ अनि तिमीहरूले तिमीहरूका व्यवहार र अपराधहरूप्रति उदासीनता प्रकट गर्दै तिमीहरूको गन्तव्यमा मात्र धेरै जोड नेदेऊ भन्ने हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अब्राहामलाई परमेश्वरको प्रतिज्ञा (छनौट गरिएका खण्डहरू) उत्पत्ति २२:१६-१८ यहोवाले भन्नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको...
परमेश्वरलाई नबुझ्नेहरूले कहिल्यै पनि पूर्ण रूपमा परमेश्वरको आज्ञापालन गर्न सक्दैनन्। यस्ता मानिसहरू अनाज्ञाकारिताका छोराहरू हुन्। तिनीहरू...
परमेश्वरलाई थुप्रै वर्षदेखि पछ्याइरहेको र वर्षौंदेखि उहाँका वचनहरूको भरणपोषणमा आनन्द मनाएको व्यक्तिको हकमा, यदि परमेश्वरको बारेमा...
आफ्नो विश्वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्वरलाई करमा पार्न खोज्छन्, उहाँलाई...