परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१८
प्रार्थनाबारे सबैभन्दा आधारभूत ज्ञान: १. मनमा जे आउँछ आँखा चिम्लेर त्यही नभन्। तेरो हृदयमा एक बोझ हुनुपर्दछ अर्थात् जब तँ प्रार्थना गर्छस्...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्वरको सेवा गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलाबा, उनीहरू उनीहरूका दुष्ट व्यवहार बमोजिम दण्डित हुनेछन्। परमेश्वर मानवले विश्वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूका आज्ञाकारीताको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्वरमा विश्वास राख्नेहरू परमेश्वरमा विश्वास नगर्ने मानिसहरू हुन् र परमेश्वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि दृश्य परमेश्वरमा विश्वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने दृश्य परमेश्वरप्रति अनाज्ञाकारी भइरहे र प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने कोही पनि, ऊ अन्तमा निष्कासन र विनाशको पात्र हुनेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्वरलाई मौखिक रूपमा चिन्ने कोही भविष्यमा अझ धेरै विनाश पारिने सम्भावनामा हुनेछ। परमेश्वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्वरप्रतिको अनाज्ञाकारीता र प्रतिरोध मध्येको एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्वरको प्रतिरोध गर्नु वा नगर्नु सो तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तैँले कहिलेकाहीँ कसरी बोल्छस् वा कस्तो व्यवहार गर्छस् सो कुरामा निर्भर हुँदैन। कसैलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको आचरण र उसको सत्यताको खोजीद्वारा प्रकट गरिने सारअनुसार निर्धारण गरिन्छ। एक अर्कामा उस्तै भएका उही काम गर्नेहरू र उही परिमाणको काम गर्नेहरू मानिसहरू माझ, मानव सारहरू असल भएकाहरू र सत्यता भएकाहरूलाई रहन दिइनेछन्, जबकि मानव सारहरू खराब भएका र दृश्य परमेश्वरको अवज्ञा गर्नेहरू विनाशका पात्रहरू हुनेछन्। मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव संवेग वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्चय नै कुनै पनि प्राणीको विरुद्ध झूटो दाबीहरू गर्नुहुन्न। हाल पनि मानवजातिको भावी गन्तव्यलाई नबुझ्ने र मैले भनेका कुराहरू विश्वास नगर्ने धेरै मानिसहरू छन्। ती विश्वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, भूतहरू हुन्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्
प्रार्थनाबारे सबैभन्दा आधारभूत ज्ञान: १. मनमा जे आउँछ आँखा चिम्लेर त्यही नभन्। तेरो हृदयमा एक बोझ हुनुपर्दछ अर्थात् जब तँ प्रार्थना गर्छस्...
तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्वरलाई...
शैतान र यहोवा परमेश्वरबीचको संवाद (छनौट गरिएका खण्डहरू) अय्यूब १:६-११ अहिले परमेश्वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो,...
चौथो कुरा, परमेश्वरले विभिन्न जातिहरूको बीचमा सीमाहरू तोक्नुभयो। पृथ्वीमा गोरा मानिसहरू, काला मानिसहरू, खैरा मानिसहरू र पहेँला मानिसहरू...