परमेश्वरका दैनिक वचनहरू: परमेश्वर देखा पर्नु र उहाँको काम | अंश ७०
धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू बन्धनमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो जटिल हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित त्यस्तो हृदय हुन्छ जसले परमेश्वरलाई आदर र प्रेम गर्दछ। परमेश्वरलाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि अर्थात् शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू बन्धनमा परेपछि पृथ्वीमा मानिसको जीवन समस्यारहित हुनेछ र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने, त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन र तैंले कसैको बारेमा चिन्ता लिइरहनुपर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरूजस्तै हुनेछन्; अझ पनि शरीरमा नै भए पनि ऊ स्वर्गदूतजस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा। आज मानिस सजाय र न्यायबाट भएर जान्छ; के तँ मानिसले गर्ने त्यस्ता अनुभवहरू अर्थहीन छन् भनी सोच्छस्? के सजाय र न्यायको काम विनाकारण गर्न सकिन्छ? मानिसलाई सजाय दिनु र न्याय गर्नु भनेको उसलाई अतल कुण्डमा फाल्नु हो, जसको अर्थ उसका भाग्य र सम्भावनाहरू खोस्नु हो भनेर यसभन्दा पहिले भनिएको थियो। यो एउटा कुराका लागि हो: मानिसलाई शुद्ध पार्नु। मानिसलाई जानाजानी अतल कुण्डमा हालिँदैन, त्यसपछि परमेश्वरले ऊबाट आफ्ना हातहरू धुनुहुन्छ। यसको साटो, यो, मानिसभित्रको विद्रोहीपन निराकरण गर्नलाई हो, यसैले कि अन्त्यमा मानिसभित्रका थोकहरू शुद्ध हुन सकून्, यसरी उसले परमेश्वरको सत्य ज्ञान पाउन सकोस् र पवित्र व्यक्तिजस्तो हुन सकोस्। यदि यसो गरियो भने, सबै कुरा पूरा हुनेछ। वास्तवमा, जब मानिसभित्रका निराकरण गर्नुपर्ने थोकहरूको निराकरण गरिन्छ र मानिसको गवाही जोडदार हुन्छ, तब शैतान पनि पराजित हुनेछ र मानिसभित्र सुरुदेखि नै रहेका केही कुराहरू शुद्ध नभए पनि शैतान पराजित भएपछि यसले उप्रान्त समस्या पैदा गर्नेछैन र त्यो बेला मानिस पूर्ण रूपमा शुद्ध पारिएको हुनेछ। मानिसले त्यस्तो जीवनको अनुभव कहिल्यै गरेको छैन तर जब शैतानलाई पराजित गरिएपछि, सबै कुरा मिलाइनेछ अनि ती सबै तुच्छ कुराहरूको समाधान गरिनेछ र एक पटक त्यो मुख्य समस्या समाधान गरेपछि अरू सबै समस्याहरू समाप्त हुनेछन्। परमेश्वर पृथ्वीमा देहधारण गरी आउनुभएको यो अवधिमा जब उहाँले पृथ्वीमा मानिसहरूको माझमा व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुन्छ, तब उहाँले गर्नुहुने सबै कामहरू शैतानलाई हराउनका लागि गरिन्छ र उहाँले मानिसमाथि विजय हासिल गरेर अनि तिमीहरूलाई सम्पूर्ण बनाएर शैतानलाई हराउनुहुनेछ। जब तिमीहरूले जोडदार गवाही दिन्छौ, यो पनि शैतानको पराजयको चिह्न हुनेछ। पहिले मानिसलाई जितिनेछ र शैतानलाई पराजित गर्नको लागि अन्त्यमा उसलाई पूर्ण रूपमा सिद्ध बनाइन्छ। तापनि, सारमा शैतानको पराजयको साथसाथै यो कष्टको रित्तो समुद्रबाटको सारा मानवजातिको मुक्ति पनि हो। काम सम्पूर्ण ब्रह्माण्डमा गरिओस् वा चीनमा गरिओस्, ती सबै शैतानलाई हराउन र सम्पूर्ण मानवजातिलाई मुक्ति दिनका लागि गरिन्छ, ताकि मानिस विश्रामको स्थानमा प्रवेश गर्न सकोस्। देहधारी परमेश्वर, यो सामान्य देह, शैतानलाई हराउनकै निम्ति हो। शरीरमा आउनुभएका परमेश्वरको काम आकाशमुनि उहाँलाई प्रेम गर्नेहरू सबैको मुक्तिका निम्ति हो, यो सम्पूर्ण मानवजातिलाई जित्नका लागि हो र त्यसबाहेक शैतानलाई पराजित गर्नका लागि पनि हो। परमेश्वरका सबै व्यवस्थापन कार्यका मुख्य कुराहरू सारा मानवजातिलाई मुक्ति दिनको लागि शैतानलाई पराजय गर्ने कार्यबाट अलग गर्न सकिँदैन। यो धेरै जस्तो काममा किन तिमीहरूलाई गवाही दिने कुरा गरिन्छ? यो गवाही कोतिर निर्देशित हुन्छ? के यो शैतानतिर निर्देशित हुँदैन? यो गवाही परमेश्वरका निम्ति दिइन्छ र यो परमेश्वरको कामले यसको प्रभाव प्राप्त गरेको गवाही दिनका निम्ति दिइन्छ। गवाही दिनु शैतानलाई हराउने कामसँग सम्बन्धित छ; यदि शैतानसँग लडाइँ गर्नुपर्ने थिएन भने, मानिसले गवाही दिनुपर्ने थिएन। शैतानलाई पराजित गर्नै पर्ने र त्यसको साथै मानिसलाई मुक्ति दिनु पर्ने भएकोले परमेश्वरले मानिससँग शैतानको अगि गवाही दिने माग गर्नुहुन्छ, जसलाई उहाँले मानिसलाई मुक्ति दिन र शैतानसँग युद्ध गर्नको लागि प्रयोग गर्नुहुन्छ। फलस्वरूप, मानिस मुक्तिको पात्र र शैतानलाई पराजित गर्ने साधन दुवै हो, त्यसैले मानिस परमेश्वरको सम्पूर्ण व्यवस्थापन कार्यको केन्द्र हो भने शत्रु शैतान केवल विनाशको पात्र हो। तैँले केही गरेको छैनस् जस्तो तँलाई लाग्न सक्छ तर तेरो स्वभावमा भएको परिवर्तनको कारण गवाही दिइएको छ र त्यो गवाही शैतानतिर निर्देशित हुन्छ र मानिसलाई दिइएको हुँदैन। मानिस त्यस्तो गवाहीको आनन्द लिने योग्यको छैन। उसले परमेश्वरले गर्नुभएको काम कसरी बुझ्न सक्छ? परमेश्वरको लडाइँको पात्र शैतान हो; मानिसचाहिँ केवल मुक्तिको पात्र मात्र हो। मानिससँग शैतानिक भ्रष्ट स्वभावहरू छन् र यो काम बुझ्न असक्षम छ। यो शैतानको भ्रष्टताको कारणले यो मानिसमा अन्तर्निहित रूपमा छैन तर शैतानद्वारा निर्देशित हुन्छ। आज, परमेश्वरको मुख्य काम शैतानलाई हराउनु हो अर्थात् मानिसहरूलाई पूर्ण रूपमा जित्नु हो, यसैले कि मानिसले शैतानको सामु परमेश्वरलाई अन्तिम गवाही दिन सकोस्। यसरी, सबै कुराहरू पूरा हुनेछन्। धेरैजसो अवस्थाहरूमा, तेरो नाङ्गो आँखाको लागि के देखिन सक्छ भने, केही पनि गरिएको छैन तर वास्तवमा, काम पहिलेबाटै पूरा भइसकेको हुन्छ। मानिस पूरा भएका सबै कामहरू देख्न सकियोस् भन्ने चाहन्छ, तैपनि तिमीहरूका निम्ति देख्न सक्ने नबनाई मैले मेरो काम पूरा गरेको छु, किनकि शैतान अधीनमा पारिएको छ, जसको अर्थ त्यो पूर्ण रूपमा पराजित भएको छ, परमेश्वरको सबै ज्ञान, शक्ति र अख्तियारले शैतानलाई हराएको छ। यो हामीले धारण गर्नैपर्ने गवाही हो तर यो मानिसमा स्पष्ट व्यक्त नगरिए पनि, यो नाङ्गो आँखाले नदेखिए पनि शैतान पहिलेबाटै हारिसकेको छ। यो कामको सम्पूर्णता शैतानविरुद्ध निर्देशित छ र शैतानसितको लडाइँको कारण यो पूरा गरिन्छ। यसरी, धेरै यस्ता कुराहरू छन् जुन मानिसले सफल भइरहेको भनी देख्दैन तर जुन परमेश्वरको आँखामा, धेरैअघि नै सफलतापूर्वक पूरा भइसकेका थिए। यो परमेश्वरका सबै कामको एक भित्री सत्यता हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह...
प्रारम्भमा, परमेश्वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्वरले अझै कुनै काम गर्नुभएको...
सबै थोक र जीवित प्राणीहरूमाथि सृष्टिकर्ताको नियन्त्रण र प्रभुत्व छ भन्ने तथ्यले सृष्टिकर्ताको अख्तियारको साँचो अस्तित्वको बारेमा बताउँछ...
मानिसलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्छ र उसलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ (छनौट गरिएको खण्ड) मानिसलाई...