परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४२
परमेश्वरलाई गवाही दिनु भनेको मुख्य रूपले परमेश्वरको कामको बारेमा रहेको तेरो ज्ञान, परमेश्वरले मानिसहरूलाई कसरी जित्नुहुन्छ, उहाँले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले तिमीहरूमाझ धेरै कार्यहरू गरिसकेको छु, र पक्कै पनि, धेरै वाणीहरू पनि बोलेको छु। तर पनि आखिरी दिनहरूमा मेरा वचनहरू तथा मेरा कार्यले मेरो कार्यको उद्देश्य पूर्ण रूपमा परिपूर्ति गर्न नसकिरहेको जस्तो मलाई प्रतीत भएको छ। किनभने विगतका केही दिनहरूका मेरा कार्यहरू केही निश्चित व्यक्ति वा केही निश्चित मानिसहरूका लागि नभई मेरो अन्तर्निहित स्वभाव प्रदर्शन गर्नेतर्फ उन्मुख छ। तर पनि असंख्य कारणहरूले गर्दा—शायद समयको अभाव वा व्यस्त कार्यतालिकाका कारण, मेरो स्वभावबाट मेरो विषयमा मानिसहरूले कुनै पनि ज्ञान प्राप्त गरेका छैनन्। तसर्थ, म मेरो नयाँ योजना, मेरा अन्तिम कार्य प्रारम्भ गर्दछु, र मेरो कार्यको नयाँ पृष्ठ खोल्दछु, ताकि मलाई भेट्ने सबैले आफ्नो छाती पिट्नेछन् र मेरो अस्तित्वको कारण नरोकिई रोइकराइ र विलाप गर्नेछन्। यसको कारण भनेको म संसारमा मानवजातिको अन्त्य ल्याउँछु, र यो विन्दुपश्चात्, म मानवजातिको समक्ष मेरो सम्पूर्ण स्वभाव उजागर गर्दछु, ताकि मलाई चिन्ने सबै र मलाई नचिन्ने सबैले आ—आफ्ना आँखाबाट आनन्द लिन सकुन् र म वास्तवमै मानव संसारमा आएको छु, सबै कुराहरूको गुणन हुने पृथ्वीमा आएको छु भनेर हेर्न सकुन्। यो मेरो योजना हो, र मानवजातिको मेरो सृष्टिपछिको मेरो एकमात्र “स्वीकारोक्ति” हो। मेरो प्रत्येक चालमा तिमीहरू अविभक्त ध्यान देऊ, किनकी मेरो दण्ड एक पटक फेरि मानवजातिका उपर, मेरा सबै विरोधीहरूका उपर बज्रन्छ।
स्वर्गहरूसँगसँगै, म मैले गर्नुपर्ने कार्यको प्रारम्भ गर्छु। र त्यसैले म मेरो मार्ग मानिसहरूको बीचबाट निकाल्छु र मेरो गतिविधिहरूको बारेमा कहिल्यै कसैले नसोची वा मेरा वाणीहरूको बारेमा थाहा नपाइकनै, म पृथ्वी र स्वर्गबीच आवतजावत गर्छु। तसर्थ, मेरो योजना सहज रूपमा अघि बढ्छ। तिमीहरूको सबै इन्द्रियहरू यतिसम्म शून्य छन् कि मेरो कार्यका कदमहरूका बारेमा तिमीहरू अनभिज्ञ भएका छौ। तर तिमीहरूले मेरो अभिप्रायहरू थाहा पाउने त्यस्तो दिन पक्कै आउनेछ। आज, म तिमीहरूसँगै बाँच्छु र तिमीहरूसँगै सहन्छु, र मानवजातिले मप्रति बनाएको दृष्टिकोण मैले बुझ्न थालेको धेरै लामो समय भएको छ। म यसको विषयमा थप बोल्न चाहन्नँ, र यो पीडादायी विषयका उदाहरणहरूको चर्चा गरेर तिमीहरूलाई लज्जित बनाउन त झनै चाहन्नँ। म आशा गर्छु, तिमीहरूले के गरेका छौ भनेर आफ्नो हृदयभित्रै स्मरण गर्छौ जसबाट हामी अर्को पटक भेट्दा हामीले हाम्रो हिसाब मिलान गर्न सक्नेछौं। म तिमीहरूमध्ये कसैलाई पनि गलत आरोप लगाउन चाहन्नँ, किनभने मैले सधैँ न्यायसङ्गत, निष्पक्ष, र मर्यादित व्यवहार गरेको छु। पक्कै पनि, तिमीहरू इमानदार रहनेछौ र स्वर्ग र पृथ्वी वा तिमीहरूको विवेक विरुद्ध हुने कुनै पनि काम गर्नेछैनौ भन्ने पनि मैले आशा गरेको छु। तिमीहरूबाट मैले माग्न सक्ने कुरा यो मात्रै हो। धेरै मानिसहरू सहज परिस्थितिमा व्याकुल र बिरामी महसुस गर्छन् किनभने उनीहरूले धेरै क्रूर गल्तीहरू गरेका हुन्छन्, र धेरैलाई आफूले कहिल्यै एउटा पनि असल कार्य नगरेकोमा लज्जा बोध हुन्छ। तर पनि, आफ्ना पापहरूबाट लज्जा बोध हुँदै नहुनेहरू पनि छन् जो मेरो स्वभावको परीक्षा लिनका लागि, पूर्ण रूपमा उजागर हुन बाँकी उनीहरूको घृणित गुणहरू छोप्ने मुखौटालाई पूर्ण रूपमा उदाङ्गो बनाउँदै खराबबाट निकृष्ट बन्छन्। म कुनै एक व्यक्तिको कुनै कार्यका विषयमा चासो लिन्न र ध्यान पनि दिन्न। बरु, म मैले गर्नुपर्ने कार्य गर्दछु, जानकारी सङ्कलन गर्ने कार्य होस् वा भूमिको भ्रमण गर्ने वा मेरो रुचिभित्र पर्ने अन्य कुनै कार्य नै होस्। मुख्य समयहरूमा, न एक सेकेन्ड चाँडो न एक सेकेन्ड ढिलो, वास्तविक योजना मुताबिक मानिसमाझ म मेरो कामलाई अघि बढाउँछु, दुवै सहजता र स्थिरताका साथ। यद्यपि, मेरो कामको प्रत्येक कदममा, केही विलय हुन्छ, किनभने म उनीहरूको चाप्लुसीले भरिएको व्यवहार र उनीहरूको झूटो अधीनताको तिरस्कार गर्दछु। मेरा विरोधीहरूको त्याग निश्चित रूपमा हुनेछ, चाहे जानेर होस् वा नजानेर। संक्षिप्त रूपमा भन्नुपर्दा, मैले तिरस्कार गर्ने सबै जना मभन्दा परै रहनेछन्। भनी रहनु नपर्ला, मेरो घरमा बस्ने दुष्टलाई पनि म छोड्ने छैन। मानिसको दण्डको दिन नजिक आउँदै गरेकाले, म मेरो घरमा रहेका तिरस्कृत प्राणहरूको त्याग गर्न हतारो गर्ने छैन किनभने मेरो आफ्नै योजना छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरलाई गवाही दिनु भनेको मुख्य रूपले परमेश्वरको कामको बारेमा रहेको तेरो ज्ञान, परमेश्वरले मानिसहरूलाई कसरी जित्नुहुन्छ, उहाँले...
परमेश्वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के...
सुरुमा परमेश्वरद्वारा सृष्टि गरिएका आदम र हव्वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका...
यदि मानिसहरूले उनीहरूको विवेकका भावनाहरू मात्र सुन्छन् भने, तिनीहरूले परमेश्वरको प्रेमिलोपन महसुस गर्न सक्दैनन्। यदि तिनीहरू पूर्णतया...