परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८०

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ! ए, सारा मानवजाति, मेरो आफ्नै सृष्टि! अन्त्यमा तिनीहरू फेरि ज्योतिमा रही जीवनमा फर्केर आएका छन्, अस्तित्वको लागि जग भेट्टाएका छन् र हिलोमा सङ्घर्ष गर्न छोडेका छन्। ए, सृष्टिका असङ्ख्य थोकहरू जसलाई म मेरा हातमा समात्छु! तिनीहरू मेरा वचनद्वारा कसरी नयाँ बन्न सक्दैनन्? ज्योतिमा तिनीहरू आफ्ना काम कसरी गर्न सक्दैनन् र? पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड र दुःखी छैन। स्वर्ग र पृथ्वी, शून्यताद्वारा अब अलग छैनन्, ती फेरि कहिल्यै अलग नहुने गरी एक भएर जोडिएका छन्। हर्षोल्‍लासको यो अवसरमा, उमङ्गको यस क्षणमा, मेरो धार्मिकता र मेरो पवित्रता सारा ब्रह्माण्डमा फैलिएको छ, र सारा मानवजातिले नरोकिकन तिनको ज्यादै गुणगान गर्छन्। स्वर्गका सहरहरू आनन्दले हाँस्दैछन्, र पृथ्वीको राज्य खुसीले नाच्दैछ। यसबेला, को रमाइरहेको छैन, अनि को रोइरहेको पनि छैन? पृथ्वी त्यसको सुरुको अवस्थामा स्वर्गको स्वामित्वमा हुन्छ, र स्वर्ग पृथ्वीसँग एक भएको छ। मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने डोरी हो, र मानिसको पवित्रता र नवीकरणको कारण, स्वर्ग उप्रान्‍त पृथ्वीबाट लुकाइएको छैन, र पृथ्वी अब स्वर्गप्रति मौन छैन। मानिसहरूका अनुहारमा प्रसन्नताको मुस्कान छाएको छ र तिनीहरूका हृदयमा असीमित मिठास लुकेको छ। मानिसले मानिससँग झगडा गर्दैन, न त मानिसले एकअर्कासित मुक्का प्रहार गर्छ। के मेरो ज्योतिमा अरूसित मिलापमा नबस्ने कोही छन्? के मेरो दिनमा मेरो नाउँको बदनाम गर्ने कोही छन्? सबै मानिसहरूले आफ्ना श्रद्धालु नजर मतिर लगाउँछन्, र तिनीहरूले आफ्नो हृदयमा मलाई गुप्तमा पुकार्छन्। मैले मानवजातिका सबै कार्यलाई जाँचेको छु: शुद्ध पारिएका मानिसहरूमध्ये कोही पनि मप्रति अनाज्ञाकारी छैनन्, कसैले पनि ममाथि दोष लाउँदैनन्। सबै मानिस मेरो स्वभावले भरिएका छन्। सबै मानिस मलाई चिन्न आइरहेका छन्, मेरो नजिक आउँदैछन् र मेरो भक्ति गरिरहेका छन्। म मानिसको आत्मामा दृढ भएर खडा हुन्छु, मानिसको नजरमा म सर्वोच्च शिखरमा उभिएको छु, र म मानिसको नसाको रगतमा बहन्छु। मानिसको हृदयमा भएको आनन्दपूर्ण प्रशंसाले पृथ्वीका सबै ठाउँ भरिन्छ, हावा तेज र ताजा छ, बाक्लो कुहिराहरूले अब जमिनलाई ढाक्दैनन्, र सूर्य अति उज्ज्वल भएर चम्कन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १८

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२६

आफ्नो विश्‍वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्‍वरलाई करमा पार्न खोज्छन्, उहाँलाई...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९१

आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी यस पृथ्वीमा उसले सामान्य मानव जीवन पाउनुभन्दा अघि उसले खोजी गर्ने कुराहरू हुन् र शैतानलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७२

तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३५

तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्‍वास गर्छौ कि यदि...