विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन) खण्ड पाँच
सुसमाचार फैलाउनेको काममा विभिन्न परियोजनाहरू संलग्न हुन्छन् जसका लागि मानिसहरूले फरक-फरक सीप र पेसाहरू अध्ययन गर्नु र सिक्नुपर्ने हुन्छ; तर, कतिपय मानिसहरूले परमेश्वरको अभिप्राय बुझ्दैनन् र सजिलै बाटो बिराउँछन्। तिनीहरूले अलिकति पनि सत्यता नस्विकारी पेसागत ज्ञान र सीपहरू मात्रै अध्ययन गर्छन्। यो कस्तो प्रकारको व्यक्ति हो? (वरदानहरूमा केन्द्रित हुने ख्रीष्टविरोधीको स्वभाव भएको व्यक्ति।) ठीक भन्यौ। हामीले खुलासा गरिरहेको व्यक्ति यही प्रकारको हो; यस्तो व्यक्तिमा ख्रीष्टविरोधीको स्वभाव हुन्छ र, गम्भीर अवस्थामा, ऊ ख्रीष्टविरोधी हुन्छ। तिनीहरूले यो अवसरलाई प्रयोग गरेर यी कुराहरू सिक्न, र त्यसपछि यो पेसा वा सीप जानेका सबैमध्ये सर्वोत्कृष्ट बन्न चाहन्छन्, यस क्षेत्रमा सबैभन्दा शिक्षित र निपुण बन्न चाहन्छन् ताकि अरूहरू हरेक कुराका लागि तिनीहरूमा भर परून्, र तिनीहरूले यस समूहभित्र अगुवाको भूमिका लिँदै गर्दा सत्यता अभ्यास गर्नुको सट्टा अरूहरूले तिनीहरूकै कुरा सुनून्। समस्या त्यसैमा छ। कस्ता प्रकारका मानिसहरू यस्ता हुन्छन्? ती मानिसहरू जो हरप्रकारका ज्ञान, सिकाइ, र अनुभवहरूको अध्ययन गर्न र त्यसद्वारा आफूलाई सुसज्जित गर्न खोज्छन्; जो सबथोक गर्न आफ्नो क्षमता, प्रतिभा, र वरदानमा भर पर्छन्। ढिलो-चाँडो, तिनीहरू सबै त्यस्तो मार्गमा हिँड्नेछन्। यो अपरिहार्य कुरा हो। यो पावलको मार्ग हो। तँ जुनसुकै क्षेत्र वा विधामा भए पनि, तैँले अलि बढी ज्ञान, अनुभव प्राप्त गरेको वा पाठहरू सिकेको छस् भन्ने कुरा तैँले सत्यता बुझ्छस् वा तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भनी प्रदर्शन गर्न पर्याप्त हुँदैन, र यसको अर्थ तैँले सत्यता प्राप्त गरेको छस् भन्ने निश्चय नै हुँदैन। त्यसोभए, यसलाई के कुराले पर्याप्त रूपमा प्रदर्शन गर्छ त? यी पेसागत सीपहरू अध्ययन गर्ने क्रममा, यस्तो प्रकारको कर्तव्य पूरा गर्ने सम्बन्धी सिद्धान्तहरू, साथै यो कर्तव्य पूरा गर्ने सम्बन्धी परमेश्वरको घरका माग गरिएका मानकहरू राम्रोसँग बुझ्नुले। कतिपय मानिसहरूलाई तैँले पेसागत ज्ञान सिक्न लगाउने जति बढी प्रयास गर्छस् तिनीहरू त्यति बढी प्रतिरोधी बन्छन्, र तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नु असम्भव छ भन्ने लाग्छ, र तिनीहरू यस्तो समेत भन्छन्, “परमेश्वरमा विश्वास गर्नु भनेको त गैरविश्वासी संसारबाट अलग हुनेबारे हुनुपर्ने हो, त्यसोभए हामीले किन गैरविश्वासी संसारको सीप र ज्ञान सिक्नुपर्ने?” तिनीहरू सिक्न चाहँदैनन्। यो अल्छीपन हो। तिनीहरू आफ्नो कामप्रति जिम्मेवार मनोवृत्ति राख्दैनन्, तिनीहरूमा बफादारीको कमी हुन्छ, र तिनीहरू त्यस्तो मामलामा कुनै मेहनत लगाउन नै अनिच्छुक हुन्छन्। पेसागत ज्ञान र सीपहरू सिक्नुको उद्देश्य भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु हो। तैँले अझै सामना गर्नुपर्ने ज्ञान र सामान्य समझ धेरै छन् जुन तैँले सिक्नुपर्ने छ। यो परमेश्वरले मानिसलाई गर्नुहुने माग र दिनुहुने आज्ञा हो। त्यसकारण, यी कुराहरू सिक्नु व्यर्थ हुनेछैन; यो सबै आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका खातिर हो। कतिपय मानिसहरू के सोच्छन् भने त्यस्ता सीपहरू सिकेपछि, तिनीहरूले परमेश्वरको घरमा टेको पाउनेछन्। के यस्तो सोचाइले समस्या ल्याउँदैन र? यो दृष्टिकोण गलत छ। के यो मार्ग हिँड्न सक्ने कोही छ त? जति धेरै शक्ति, त्यति नै ठूलो कामको दायरा हुन्छ, यस प्रकारको व्यक्तिलाई जति ठूलो जिम्मेवारी दिइन्छ, ऊ त्यति नै ठूलो खतरामा हुन्छ। यो खतरा कसरी उत्पन्न हुन्छ? अवश्य नै, तिनीहरूमा भ्रष्ट स्वभावहरू, र ख्रीष्टविरोधीको स्वभाव भएकोले उत्पन्न हुन्छ। कामहरू गर्दा, तिनीहरूले कसरी कार्य गर्ने र झारा टार्ने भन्नेमा मात्रै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले सिद्धान्तहरू खोज्दैनन्। तिनीहरूले, आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामार्फत, परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू अझै बढी बुझ्छन् वा अझै बढी बोध गर्छन्। तिनीहरूले सिद्धान्तहरू खोज्दैनन्, न त तिनीहरू आफूले प्रकट गर्ने भ्रष्टता, आफूमा उत्पन्न हुने गलत विचारहरू, वा आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तिनीहरू पर्ने गलत स्थितिको जाँच वा पुनरावलोकन नै गर्छन्। तिनीहरू बाहिरी अभ्यासहरूमा मात्रै ध्यान केन्द्रित गर्छन्, आफ्नो कर्तव्यमा चाहिने विभिन्न प्रकारका ज्ञानहरूको महारथ हासिल गर्न र तीद्वारा आफूलाई सुसज्जित गर्नमा मात्रै ध्यान दिन्छन्। तिनीहरू के विश्वास गर्छन् भने, एउटा व्यक्ति जुनसुकै कामको क्षेत्रमा भए पनि, ज्ञानले सबै कुरालाई अगुवाइ गर्छ; यदि तिनीहरूसँग ज्ञान छ भने तिनीहरू समूहमा बलियो बन्नेछन् र स्थापित हुनेछन्; अनि तिनीहरू जुनसुकै समूहमा भए पनि, उच्च तहको ज्ञान र उच्च शैक्षिक डिग्री भएका मानिसहरूको हैसियत उच्च हुन्छ। उदाहरणका लागि, अस्पतालमा, अस्पताल प्रमुख सामान्यतया त्यस पेसाका सबै पक्षहरूमा सर्वोत्कृष्ट हुन्छ र ऊसँग सबैभन्दा बलियो प्राविधिक सीपहरू हुन्छन्, र त्यस्ता मानिसहरूले परमेश्वरका घरमा पनि अवस्था त्यही हो भन्ने सोच्छन्। के कुराहरूलाई बुझ्ने यो तरिका सही हो? अहँ, होइन। यो कुरा यो भनाइ विरुद्ध जान्छ: “परमेश्वरका घरमा सत्यताले शासन गर्छ।” त्यस्ता मानिसहरूले के विश्वास गर्छन् भने परमेश्वरका घरमा ज्ञानले शासन गर्छ, जोसँग ज्ञान र अनुभव छ, जोसँग पर्याप्त वरिष्ठता र पर्याप्त पुँजी छ, ऊ नै परमेश्वरका घरमा स्थापित हुनेछ, र सबैले उसको कुरा सुन्नैपर्ने हुन्छ। के यो दृष्टिकोण गलत छैन र? कतिपय मानिसहरूले अचेत रूपमा यसरी सोच्न र व्यवहार गर्न सक्छन्; तिनीहरू यसलाई पछ्याउँछन्, र सायद एक दिन तिनीहरूले ठक्कर खानेछन्। तिनीहरूले किन ठक्कर खान सक्छन्? के सत्यतालाई प्रेम नगर्ने वा नपछ्याउने, सत्यतालाई पूर्ण रूपमा बेवास्ता गर्ने व्यक्तिले आफूलाई बुझ्न सक्छ? (सक्दैन।) अनि आफूलाई नबुझ्दा-नबुझ्दै, तिनीहरूले आफूलाई टन्नै ज्ञानले सुसज्जित गरेका हुन्छन्, परमेश्वरको घरका लागि केही मूल्य चुकाएका हुन्छन् र केही योगदानहरू गरेका हुन्छन्—तिनीहरूले यी कुराहरूलाई केमा परिणत गरेका छन्? तिनीहरूले तिनलाई पुँजीमा परिणत गरेका छन्। अनि तिनीहरूका लागि, यो पुँजी के हो? यो तिनीहरूले सत्यता अभ्यास गरेको अभिलेख हो, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेको र तिनीहरूले सत्यतालाई बुझेको प्रमाण हो। तिनीहरूले यी कुराहरूलाई त्यसैमा परिणत गरेका छन्। हरेक व्यक्तिको हृदयमा, सत्यतालाई बुझ्नु र सत्यता वास्तविकतामा प्रवेश गर्नुलाई असल र सकारात्मक कुराका रूपमा लिइएको हुन्छ। अवश्य नै, यस्तो व्यक्तिका नजरमा पनि त्यो साँचो नै हुन्छ। तर, ऊ ज्ञानलाई सत्यता भनेर झुक्किएको हुनु दुर्भाग्य हो। तैपनि, उसले अझै पनि यो गल्तीबारे राम्रो नै महसुस गर्छ। यो खतराको लक्षण हो। कस्तो व्यक्तिले यस्तो व्यवहार गर्नेछ? आत्मिक बुझाइ नभएका मानिसहरू सबैले यस्तो व्यवहार गर्नेछन्, अनजानमा गलत मार्गमा लाग्नेछन्। अनि तिनीहरू यसमा लाग्न थालेपछि, तैँले तिनीहरूलाई पछाडि तान्न सक्नेछैनस्। यदि तैँले तिनीहरूसँग सत्यताबारे सङ्गति गरिस्, तिनीहरूको स्थिति औँल्याइस्, र तिनीहरूको खुलासा गरिस् भने, तिनीहरूले बुझ्नेछैनन्, र यसलाई आफूसँग जोडेर हेर्न सक्नेछैनन्। यो आत्मिक बुझाइको गम्भीर कमी हो। त्यस्तो व्यक्तिले स्वभाविक रूपमा आफ्नो ज्ञान, अनुभव, र पाठहरूलाई सत्यताका रूपमा लिन्छ। अनि उसले यी कुराहरूलाई एक पटक सत्यताका रूपमा लिएपछि, अन्ततः एउटा निश्चित परिस्थिति उत्पन्न हुनेछ। यो अपरिहार्य कुरा हो। मानौँ परमेश्वरले एउटा कुरा भन्नुहुन्छ र यस्तो व्यक्तिले अर्को कुरा भन्छ—तिनीहरूको दृष्टिकोण पक्कै पनि फरक हुनेछ। त्यसोभए, यस्तो व्यक्तिले कसको दृष्टिकोणलाई सही ठान्नेछ? उसले आफ्नै दृष्टिकोण सही भएको विश्वास गर्नेछ। त्यसोभए, के ऊ परमेश्वरमा समर्पित हुन सक्नेछ त? (सक्नेछैन।) उसले के गर्नेछ? उसले आफ्नै दृष्टिकोण पक्रिरहनेछ र परमेश्वरले भन्नुभएका कुराहरूलाई इन्कार गर्नेछ। यसो गर्दा, के उसले आफूलाई सत्यताको मूर्त रूप ठानिरहेको हुँदैन र? (हुन्छ।) उसले के सोच्छ भने, उसले पनि बौद्धमार्गीले जस्तै, बल्ल आत्म-संवर्धनमा सफलता हासिल गरेको छ; उसले परमेश्वरलाई इन्कार गर्दै गर्दा, अरूलाई ऊप्रति परमेश्वरलाई जस्तै व्यवहार गर्न लगाउँछ, र आफू सत्यताको मूर्त रूप बनेको भन्ठान्छ। त्यो कस्तो बेतुके कुरा! उदाहरणका लागि, मानौँ कुनै व्यक्ति ज्ञानको निश्चित क्षेत्र वा कार्यक्षेत्रमा विशेष रूपमा पोख्त छ। यस क्षेत्रमा अनाडी भएको हुनाले, म तिनीहरूलाई यस क्षेत्रसँग सम्बन्धित प्रश्नहरू सोध्छु, तर जब म प्रश्न सोध्छु, तब तिनीहरूले धाक लगाउन थाल्छन्। यो कस्तो प्रकारको व्यक्ति हो? मलाई भन, के मैले तिनीहरूलाई प्रश्नहरू सोध्नु गलत हो? (होइन।) त्यसोभए, म किन तिनीहरूलाई प्रश्नहरू सोध्छु त? किनभने कतिपय मामलाहरू काम र पेसासँग सम्बन्धित हुन्छन्, र मैले ती नबुझ्ने हुनाले, मैले अरू कसैलाई सोध्नुपर्छ। यसको साथै, मलाई थाहा छ कि तिनीहरूसँग अनुभव छ र तिनीहरूले यी मामलाहरू बुझेका छन्। मैले तिनीहरूलाई प्रश्नहरू सोध्नु पूर्ण रूपमा उचित हुन्छ। के मेरो अभिप्राय र विधि सही छ? (छ।) यसमा केही गलत त नहुनुपर्ने हो, होइन र? त्यसोभए, त्यो व्यक्तिले यस मामलालाई व्यवहार गर्ने सही तरिका के हो? उसले आफूले बुझेका सबै कुरा मलाई बताउनुपर्छ। अनि त्यसपछि, उसले यसबारे कसरी सोच्नुपर्छ? यसबारे सोच्ने सही तरिका के हो? गलत तरिका के हो? सामान्य र विवेकी व्यक्तिले यसबारे कसरी सोच्नेथियो? ख्रीष्टविरोधीको स्वभाव भएको व्यक्तिले यसबारे कसरी सोच्नेथियो? मैले बुझेको छैन भन्ने सुन्दा कतिपय मानिसहरूले यसो भन्छन्, “अहो, तपाईँले बुझ्नुभएको छैन! हामीलाई यो काम गर्न कति गाह्रो भयो तपाईँलाई थाहा नै छैन! तपाईँलाई यो कुरा थाहा छैन र तपाईँले यो कुरा बुझ्नुहुन्न!” जब तिनीहरू कुरा गर्छन्, तब तिनीहरूले धाक लगाउन थाल्छन्। अनि यो धाक लगाउनुले के सङ्केत गर्छ? एउटा समस्या छ भन्ने सङ्केत गर्छ। यी मानिसहरू प्रायजसो अत्यन्तै परिष्कृत र भक्त हुन्छन्, तर तिनीहरूले किन अचानक धाक लगाउन थाल्छन्? (तिनीहरूले अलिकति ज्ञान बुझ्ने र अलिकति अनुभव प्राप्त गरेका कारण तिनीहरूले आफू सत्यता भएको ठान्छन्।) ठीक भन्यौ। यसअघि, अरूले तिनीहरूलाई प्रश्न गर्दा, तिनीहरूलाई त्यो ठूलो कुरा लाग्दैनथियो। तर जब म तिनीहरूलाई एउटा प्रश्न गर्छु, तब तिनीहरूले सोच्छन्, “के तपाईँ सत्यता हुनुहुन्न र? के तपाईँले सबै कुरा बुझ्नुपर्ने होइन र? तपाईँले कसरी त्यस्तो कुरा बुझ्न सक्नुभएन? यदि तपाईँले यो कुरा बुझ्नुहुन्न भने, म त तपाईँभन्दा माथि छु।” तिनीहरू अलिकति धाक लगाउन चाहन्छन्। के तिनीहरूले यही सोचिरहेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरू सम्मानित महसुस गर्दैनन्, बरु तिनीहरूबाट एक प्रकारको शैतानी स्वभाव बिस्फोट हुन्छ। अचानक, तिनीहरूलाई आखिरमा पृथ्वी र स्वर्गमाझ आफू अत्यन्तै शक्तिशाली भएको भन्ने लाग्छ! के यो गलत बुझाइ होइन र? के तिनीहरू लट्ठक होइनन् र? (हुन्।) मलाई पनि त्यस्तै लाग्छ। लट्ठकले मात्रै यो तरिकाले सोच्नेछ। के तिनीहरूले यस क्षेत्रबारे अलिकति मात्रै बुझेका हुँदैनन् र? मानिसहरूलाई थाहा नभएका धेरै कुरा हुन्छन्; तिनीहरूमा अलिकति आत्म-सचेतना हुनु पर्ने हो। कतिपय मानिसहरूलाई कपडाका बारेमा अलिकति ज्ञान हुन्छ र तिनीहरूले त्यसलाई छोएर मात्रै पनि यो कस्तो प्रकारको हो भनेर लगभग भन्न सक्छन्। यदि तैँले तिनीहरूलाई, “लाग्छ, तपाईँलाई त कपडाका बारेमा थाहा छ” भनेर तारिफ गरिस् भने, तिनीहरूले यस्तो जवाफ दिनेछन्: “ठीक भन्नुभयो। तपाईँहरूले यसबारे सिक्नुभएको छैन, त्यसैले तपाईँहरूलाई यसबारे थाहा हुने कुरै भएन। मैले त यसका बारेमा सिकेको छु, त्यसकारण म यस विषयमा तपाईँहरूभन्दा विज्ञ छु। मैले तपाईँलाई हेला गरेर भनेको होइन, तर तपाईँले अझै धेरै अध्ययन गर्नुपर्छ।” के यो निकै घिनलाग्दो कुरा होइन र? अनि यस्ता मानिसहरू पनि छन् जसले थोरै समय मात्र खाना पकाएका हुन्छन् अनि यति परिकार बनाउन सक्छु र यति प्रकारका खाना पकाउन सक्छु भनेर धाक लगाउन थाल्छन्। कतिपय मानिसहरूले केही समय ग्रामीण स्वास्थ्य सेवकका रूपमा काम गरेका हुन्छन्। जब तिनीहरूका दाजुभाइ-दिदीबहिनी हल्का बिरामी पर्छन् र तिनीहरूलाई मालिस गरिदिन वा अकुपञ्चर वा कपिङ उपचार गरिदिन भन्छन्, र त्यसले रोग निको पार्न सक्छ कि सक्दैन भनेर सोध्छन्, तब तिनीहरूले प्रतिक्रिया दिन्छन्: “के तपाईँहरूलाई यसको उपचार यति सजिलै हुन्छ जस्तो लाग्छ? तपाईँहरूले यस्तो कुरा बुझ्नु नै भएको छैन। चिकित्सा पेसामा भएका हामी सबैलाई मानव शरीर जटिल छ भन्ने थाहा छ। परमेश्वरले मानिसलाई सृष्टि गर्नुका पछाडि रहस्यहरू छन्। त्यसकारण, अकुपञ्चर वा कपिङ प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा परिस्थितिमा निर्भर हुन्छ।” वास्तवमा, तिनीहरूलाई पनि एकदमै कम थाहा हुन्छ। तिनीहरूले कुनै पनि स्वास्थ्य समस्यालाई स्पष्ट रूपमा व्याख्या गर्न वा कैयौँ रोगहरूको उपचार गर्न सक्दैनन्। तर, आफ्नो इज्जत बचाउनका खातिर, तिनीहरूले अझै पनि स्वाङ पार्छन्, ढोँग गर्छन् र विज्ञ झैँ व्यवहार गर्छन्। यी फरक-फरक प्रकारका मानिसहरूको प्रकटीकरणले के देखाउँछ भने भ्रष्ट मानिसहरू सबैमा शैतानको स्वभाव र ख्रीष्टविरोधीको स्वभाव हुन्छ। तैपनि, यस्ता अझै गम्भीर मामलाहरू पनि छन् जसमा मानिसहरूले आफूलाई अन्तिमसम्मै ढाकछोप गर्ने र ढोँग गर्ने गर्छन्। अरूले चाहे तिनीहरूको प्रशंसा गरे पनि वा नगरे पनि, तिनीहरूले आफूभित्र कालो सोच पालेका हुन्छन्। यो सोच के हो? “म मेरो साँचो पहिचान र मेरा साँचो क्षमताहरूका बारेमा कहिल्यै कसैलाई थाहा दिनेछैनँ।” उदाहरणका लागि, यदि तिनीहरू ग्रामीण स्वास्थ्य सेवक मात्रै हुन् भने पनि, तिनीहरूले सधैँ अरूलाई तिनीहरू प्रसिद्ध डाक्टर हुन् भनेर सोच्न लगाउने प्रयास गर्छन्, र तिनीहरू ग्रामीण स्वास्थ्य सेवक हुन्, वा तिनीहरूले वास्तवमा रोगहरूको उपचार गर्न सक्छन् कि सक्दैनन् भनेर कसैले थाहा पाओस् भन्ने चाहँदैनन्। तिनीहरूलाई अरू मानिसहरूले आफ्नो परिस्थितिको सत्यता थाहा पाउँछन् भन्ने डर लाग्छ। अनि तिनीहरूले कुन हदसम्म आफूलाई ढाकछोप गर्छन् त? यतिसम्म कि तिनीहरूको सम्पर्कमा आउने सबैले तिनीहरूले कहिल्यै गल्ती गर्दैनन् र तिनीहरूमा कुनै कमीकमजोरीहरू छैनन् भन्ने सोच्छन्; तिनीहरूले सिकेको सबै कुरामा तिनीहरू पोख्त छन् र अरूलाई चाहिने जेसुकै कुरा गर्न सक्छन् भन्ने सोच्छन्। यदि अरूले तिनीहरूलाई खाना पकाउन आउँछ कि आउँदैन भनेर सोधे भने, तिनीहरूले सक्छु भनेर भन्नेछन्। तिनीहरूलाई मञ्चु-हानको भोज तयार गर्न सक्छौ कि सक्दैनौ भनेर सोधियो भने, तिनीहरूलाई मनमनै “त्यो त म गर्न सक्दिनँ” भन्ने लागे पनि, फेरि सोधियो भने तिनीहरूले “सक्छु!” भनेर जवाफ दिनेछन्। तैपनि, जब तिनीहरूलाई गर्न लगाइन्छ, तिनीहरूले इन्कार गर्ने बहाना निकाल्छन्। के यो छल होइन र? तिनीहरू सबै कुरा जान्दछु, सबथोक गर्न सक्छु, जे पनि गर्न सक्षम छु भन्ने ढोँग गर्छन्—के तिनीहरू लट्ठक होइनन् र? तर ख्रीष्टविरोधीहरू चाहे लट्ठक भए पनि वा तिनीहरूमा अलिकति क्षमता, केही सक्षमता, वा वरदान भए पनि, तिनीहरूमा के कुरा साझा हुन्छ? यो सबै कुरा बुझेको ढोँग गर्ने, आफू सत्यता भएको ढोँग गर्ने तिनीहरूको चाहना। तिनीहरूले सीधै आफू सत्यता भएको दाबी नगरे पनि, तिनीहरूले आफू सबै सकारात्मक कुराहरूको वास्तविकता भएको, आफूले सबै कुरा गर्न सक्ने ढोँग गर्न चाहन्छन्। त्यसोभए, के यसको तात्पर्य, तिनीहरू सत्यताको मूर्त रूप हुन् भन्ने होइन र? तिनीहरूले आफू सत्यताको मूर्त रूप भएको, आफूले भन्ने सबै कुरा सही भएको, त्यो सत्यता भएको विश्वास गर्छन्।
कतिपय मानिसहरूलाई माथिले विशेष कार्य खटाएको हुन्छ। यो थाहा पाएपछि, तिनीहरूले मनमनै सोच्छन्: “यो कार्य माथिले मलाई सुम्पेको हो, त्यसकारण मेरो शक्ति अझै ठूलो भएको छ। अब मसँग आफ्नो प्रतिभा र शक्ति प्रदर्शन गर्ने अवसर हुनेछ। म आफूभन्दा मुनिका मानिसहरूलाई म कति शक्तिशाली छु भन्ने देखाउनेछु।” दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले यसो भन्दै हुकुम दिन्छन्: “गएर यो गर!” त्यो कसरी गर्ने भनेर सोध्दा, तिनीहरूले यसो भन्छन्: “गर्ने कि नगर्ने? नगर्ने भए, म तिमीलाई तह लाउँछु! यो माथिबाट आएको आदेश हो। के तिमीले यो कार्यलाई रोकेर तिनीहरूलाई चिढ्याउन जोखिम लिन सक्छौ? जब माथिले जबाफदेहिता खोज्छ, तब यसको जिम्मेवारीको जोखिम कसले लिन सक्छ?” दाजुभाइ-दिदीबहिनीहरूले प्रतिक्रिया दिन्छन्: “हामी यसलाई जथाभावी रूपमा अघि बढाएर आफूलाई उचित लागेको जुनसुकै शैली लागु गर्नुको सट्टा, यसलाई बुझ्न र यो गर्नका लागि सिद्धान्तहरू खोजी गर्न मात्र चाहन्छौँ। सबै कुरा सिद्धान्तहरूअनुसार गरिनुपर्छ। मामला जेसुकै भए पनि, वा यो चाहे जति नै जरुरी वा महत्त्वपूर्ण भए पनि; यो जसले सुम्पेको भए पनि, सिद्धान्तहरू पालना गर्नु एउटा अपरिवर्तनीय सत्यता हो। यो हाम्रो कर्तव्य हो र हामी जिम्मेवार हुन जरुरी छ। सिद्धान्तहरू खोजी गर्नु नै परमेश्वरले हामीबाट गर्नुहुने माग हो। हामी जिम्मेवार मनोवृत्तिका साथ स्पष्टीकरण खोजिरहेका र मागिरहेका छौँ। यसमा केही गलत छैन। तपाईँले हामीलाई यो मामला प्रस्ट पार्नुपर्छ।” तैपनि, तिनीहरूले यसो भनेर जबाफ फर्काउँछन्: “यस मामलाबारे भन्नुपर्ने कुरा के छ र? के माथिले भनेको कुरा गलत हुन सक्छ? छिटो गरिसक!” यसप्रति दाजुभाइ-दिदीबहिनीहरूले जबाफ दिन्छन्: “माथिले यसो भनेको हुनाले, हामी अवश्य नै यसलाई झट्टै गर्नेछौँ। तर यो कसरी गर्नुपर्छ भनेर के तपाईँ हामीलाई स्पष्ट रूपमा बताउन सक्नुहुन्छ? के कुनै विशिष्ट नियम वा निर्देशनहरू छन्?” तिनीहरूले भन्छन्: “जसरी उचित लाग्छ त्यसरी नै गर। माथिले दिएका निर्देशनहरू त्यति विस्तृत थिएनन्। आफै पत्ता लगाऊ!” यो कस्तो व्यक्ति हो? एक क्षणका लागि, हामी तिनीहरूले यसो गर्नुको मनसाय वा मूल कारणलाई बिर्सौँ; बरु, सुरुमा, हामी तिनीहरूको स्वभाव जाँचौँ। के तिनीहरूको यो तरिका असल छ? (छैन।) तिनीहरूले कसरी यस्तो तरिका सोच्न सके? के यो सामान्य तरिका हो? (अहँ, होइन।) यो सामान्य होइन। के यो तिनीहरूको मानसिक स्थितिको समस्या हो कि तिनीहरूको स्वभावको समस्या हो? (तिनीहरूको स्वभावको समस्या हो।) ठीक भन्यौ, तिनीहरूको स्वभाव समस्याग्रस्त छ। “उचित समय पर्खनु” भन्ने एउटा अभिव्यक्ति छ। यसको अर्थ के हो भने विगतमा, तिनीहरूले आफ्नो शक्ति विस्तार गर्ने सही मौका कहिल्यै पाएनन्; तैपनि, अहिले यस्तो मौका आएको हुनाले, तिनीहरूले यसलाई छोपेर कार्य गर्ने बहानाका रूपमा प्रयोग गर्नेछन्। यो कस्तो प्रकारको स्वभाव हो? तैँले माथिबाट जुनसुकै कर्तव्य प्राप्त गरे पनि, तेरो कार्यका सिद्धान्तहरू परिवर्तन हुन सक्दैनन्। जब माथिले तँलाई परियोजना वा कार्य सुम्पन्छ, तब यो केवल तँलाई सुम्पिएको एउटा आज्ञा हो। त्यसलाई पूरा गर्नु पनि तेरो कर्तव्य हो। तर, माथिबाट आज्ञा पाएपछि र कार्य लिएपछि, के तैँले पूर्ण अधिकारप्राप्त राजदूत र सत्यता सम्बन्धी विज्ञ भएको दाबी गर्न सक्छस्? के तँसँग अब अरूलाई आदेश दिने र मनपरी गर्ने अख्तियार हुन्छ? के तँलाई आफ्ना रुचिहरू पछ्याउने, आफ्ना प्राथमिकताहरू अनुसार र मनपरी तरिकाले काम गर्ने अनुमति हुन्छ? के माथिले प्रत्यक्ष रूपमा तँलाई कुनै काम सुम्पनु अनि तैँले सामान्य रूपमा गरे जस्तै आफ्नो सामान्य कर्तव्य पूरा गर्नुको बीचमा कुनै भिन्नता छ? कुनै भिन्नता छैन; ती दुवै तेरा कर्तव्य हुन्। दुवै तेरा कर्तव्य भएकाले, के कामकुरा गर्ने सिद्धान्तहरू परिवर्तन भएका हुन्छन्? अहँ, हुँदैनन्। त्यसकारण, तैँले आफ्नो कर्तव्य चाहे जहाँबाट प्राप्त गरे पनि, तेरो कर्तव्यको सार र प्रकृति उस्तै हुन्छन्। मैले यसो भन्नुको अर्थ के हो? यसको अर्थ तैँले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि सिद्धान्तहरू अनुसार कार्य गर्नैपर्छ भन्ने हुन्छ। यसको अर्थ यो होइन कि माथिले प्रत्यक्ष रूपमा तँलाई कुनै काम सुम्पियो भन्दैमा, तैँले मनपरी रूपमा कार्य गर्न सक्छस्, र तैँले गर्ने कुनै पनि कुरा सही र जायज हुनेछ। यदि तँसँग केही क्षमताहरू छन् भने पनि, के तँ सत्यता सिद्धान्तहरू खोजी गर्ने मार्गबाट बाहिर जान सक्छस्? तँ अझै पनि एउटा भ्रष्ट मानव नै होस्। तँ परमेश्वर बनेको छैनस्; तँ विशेष समूहमा छैनस्। तँ अझै पनि तँ नै हुन्छस्, र तँ सधैँ मानव नै हुनेछस्। बाइबलमा, धेरै मानिसहरूलाई परमेश्वरले व्यक्तिगत रूपमा बोलाउनुभएको थियो: मोशा, नोआ, अब्राहाम, अय्यूब र अरू धेरै। परमेश्वरसँग बोलेका मानिसहरू पनि धेरै छन्; तर, यीमध्ये एक जनाले पनि आफूलाई विशेष व्यक्तित्व वा विशेष समूहको सदस्य ठानेनन्। यी मानिसहरूमध्ये, कतिले परमेश्वर आगोको ज्वालामा देखा पर्नुभएको व्यक्तिगत रूपमा देखे, अरूले आफ्नै कानले परमेश्वरको वाणी सुने, कतिले उहाँका दूतहरूले परमेश्वरका वचनहरू सुनाएको सुने, जबकि अरूले व्यक्तिगत रूपमा परमेश्वरका परीक्षाहरू प्राप्त गरे। अनि के तिनीहरूका बीचमा कोही यस्तो थियो जसलाई परमेश्वरले साधारण मानवभन्दा फरक ठान्नुभयो? (थिएन।) थिएन। परमेश्वरले त्यसलाई त्यो तरिकाले हेर्नुहुन्न। तर यदि तैँले त्यसरी बुझेको छस् र आफूलाई सधैँ विशेष व्यक्तित्वका रूपमा हेर्छस् भने, तँमा कस्तो स्वभाव छ? (ख्रीष्टविरोधीको स्वभाव।) यो साँच्चै नै ख्रीष्टविरोधीको स्वभाव हो, जुन डरलाग्दो छ! यदि परमेश्वरले तेरो शिरमा हात राखेर तँलाई ईश्वरीय शक्तिद्वारा समर्थित चमत्कारहरू गर्ने शक्ति दिनुभयो वा निश्चित कार्यहरू पूरा गर्ने शक्ति दिनुभयो भने पनि, तँ सधैँ मानव नै रहनेथिइस्; तँ सत्यताको मूर्त रूप बन्न सक्थिनस्। यसको अर्थ के हो? यसको अर्थ तैँले सत्यता विरुद्ध जान र मनपरी गर्न परमेश्वरको नाम प्रयोग गर्ने अधिकार कहिल्यै पाउनेछैनस् भन्ने हुन्छ, जुन प्रधान स्वर्गदूतको व्यवहार हो। कहिलेकहीँ, परमेश्वरले विशेष कामकुराहरू गर्न, विशेष कार्यहरू निर्वाह गर्न, वा विशेष घटना वा कार्यहरू सञ्चार गर्न निश्चित मानिसहरूलाई सुम्पन विशेष विधि वा विशेष माध्यमहरू प्रयोग गर्नुहुन्छ। किनभने परमेश्वरले यी मानिसहरू यस्तो काम वहन गर्न सक्षम छन्, तिनीहरूले परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको काम पूरा गर्न सक्छन्, तिनीहरू परमेश्वरले भरोसा गर्न लायक छन् भन्ने विश्वास गर्नुहुन्छ—यसबाहेक अरू केही होइन। यदि तिनीहरूलाई परमेश्वर स्वयम्ले व्यक्तिगत रूपमा आज्ञा दिनुभएको भए पनि, तिनीहरूले परमेश्वरको मुखबाट आएका वाणीहरू सुनेका भए पनि, वा परमेश्वरसँग कुरा गरेका भए पनि, तिनीहरू साधारण व्यक्तिभन्दा फरक हुनेछैनन्; न त तिनीहरू साधारण सृजित प्राणीबाट अद्वितीय वा उच्च सृजित प्राणीमा नै उचालिनेछन्। त्यो कहिल्यै हुनेछैन। त्यसकारण, मानवजातिका बीचमा, परमेश्वरका घरमा, व्यक्तिको प्रतिभा, पहिचान, हैसियत, अनुभव, वा पाठहरू जस्ता कुराहरू चाहे जति नै विशेष भए पनि, तिनलाई सत्यताको मूर्त रूपमा रूपान्तरण गर्न सकिँदैन। यदि कसैले जथाभाबी त्यस्तो भएको ढोँग गर्छ भने, त्यो व्यक्ति निस्सन्देह रूपमा ख्रीष्टविरोधी हो। कतिपय मानिसहरूले कहिलेकहीँ यस्तो स्वभाव प्रकट गरे पनि, तिनीहरूले अझै पनि सत्यतालाई स्वीकार गर्न र पश्चात्ताप गर्न सक्छन्। त्यस्ता मानिसहरूमा ख्रीष्टविरोधीको स्वभाव हुन्छ र तिनीहरू ख्रीष्टविरोधीको मार्गमा हिँड्छन्; तिनीहरूसँग अझै पनि मुक्ति पाउने आशा हुन्छ। तर, यदि कसैले निरन्तर आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्छ, आफू सही छु भन्ने विश्वास गरिरहन्छ र पश्चात्ताप गर्न इन्कार गर्छ भने, ऊ साँचो ख्रीष्टविरोधी हो। जो ख्रीष्टविरोधी हो, उसले सत्यताको एउटा अंश पनि स्वीकार गर्नेछैन। तिनीहरूलाई प्रकाश गरेर हटाइयो भने पनि, तिनीहरूले अझै पनि आफूलाई चिन्न सक्दैनन्; न त तिनीहरू साँचो रूपमा पछुताउन नै सक्छन्। कतिपय अगुवा र कामदारहरूसँग ख्रीष्टविरोधीको स्वभाव मात्रै हुन्छ। तिनीहरूले कार्य गर्ने सिद्धान्तहरू र तिनीहरूले छनौट गर्ने मार्गहरू ख्रीष्टविरोधीका उही हुन्। तिनीहरूसँग पनि चेतनाको कमी हुन्छ र तिनीहरूले सत्यता बुझ्दैनन्, तिनीहरूलाई आफ्ना कार्यहरूको प्रकृति र परिणामहरूका बारेमा थाहा हुँदैन, र तिनीहरूले मनमानी ढङ्गले व्यवहार गर्छन्। तर, तिनीहरूलाई के कुराले छुट्याउँछ भने तिनीहरूमध्ये केहीले अझै पनि मैले भनेको कतिपय कुरालाई स्वीकार गर्न सक्छन्। मेरा वचनहरूले अझै पनि तिनीहरूलाई उत्प्रेरित गर्न र तिनीहरूका लागि चेतावनीका रूपमा काम गर्न सक्छन्। तिनीहरूमा ख्रीष्टविरोधीको स्वभाव भए पनि, तिनीहरूले अझै पनि केही सत्यता स्वीकार गर्न सक्छन्; तिनीहरूले केही काटछाँट स्वीकार गर्न सक्छन्, तिनीहरूले साँच्चै पछुताउन र केही हदसम्म पश्चात्ताप गर्न सक्छन्। यसले तिनीहरूलाई ख्रीष्टविरोधीहरूबाट अलग गर्छ। यिनीहरू ख्रीष्टविरोधीको स्वभाव मात्रै भएका मानिसहरू हुन्। ख्रीष्टविरोधीको प्रकृति सार हुनु र ख्रीष्टविरोधीको स्वभाव हुनुको बीचमा एउटा समानता हुन्छ। ती आधारभूत रूपमा एउटै हुन्, र ख्रीष्टविरोधी र ख्रीष्टविरोधीको स्वभाव भएको व्यक्तिका बीचमा रहेको साझा विशेषता भनेको तिनीहरू दुवैमा ख्रीष्टविरोधीको स्वभाव हुन्छ। तर, यीमध्ये कतिपय मानिसहरूले सत्यतालाई स्वीकार गर्न र साँच्चै पछुताउन सक्छन्। त्यस्तो व्यक्ति ख्रीष्टविरोधी होइन, तर बरु ख्रीष्टविरोधीको स्वभाव भएको व्यक्ति हो। ख्रीष्टविरोधी र ख्रीष्टविरोधीको स्वभाव भएकाहरूको बीचमा हुने भिन्नता यही हो। सत्यतालाई अलिकति पनि स्वीकार गर्न नसक्ने र साँचो रूपमा नपछुताउने जोकोही व्यक्ति साँचो ख्रीष्टविरोधी हो। सत्यतालाई स्वीकार गर्न सक्ने र साँच्चै पछुताउने जोकोही व्यक्ति ख्रीष्टविरोधीको स्वभाव भएको व्यक्ति हो र उसलाई मुक्ति दिन सकिन्छ। तैँले यी दुई प्रकारका मानिसहरूलाई स्पष्ट रूपमा खुट्ट्याउन सक्नुपर्छ र अन्धाधुन्ध चित्रण गर्नु हुँदैन। तिमीहरू कुन प्रकारका मानिसहरू हौ? कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “मलाई किन म ख्रीष्टविरोधी जस्तैभएझैँ लाग्छ? त्यसमा कुनै भिन्नता छैन जस्तो देखिन्छ।” यो अनुभूति सही हो, कुनै प्रस्ट भिन्नता छैन। यदि तैँले सत्यतालाई स्वीकार गर्न र साँचो रूपमा पछुताउन सक्छस् भने, भिन्नता त्यही मात्रै हो; मानवताको हिसाबमा पनि यसमा भिन्नता छ। अर्थात्, ख्रीष्टविरोधी दुष्ट व्यक्ति हो। अर्कोतर्फ, ख्रीष्टविरोधीको स्वभाव भएको व्यक्ति दुष्ट व्यक्ति होइन; उसमा भ्रष्ट स्वभाव भएको मात्रै हो। भिन्नता त्यही मात्रै हो। तिनीहरूका भ्रष्ट स्वभावहरूमा कुनै भिन्नता हुँदैन, यस हिसाबमा तिनीहरू सबै उस्तै हुन्छन्, र तिनीहरू सबैको साझा कुरा यही हो। परमेश्वरका वचनहरूले खुलासा गरेका भ्रष्ट मानवजातिका विभिन्न अवस्थाहरू पूर्ण रूपमा सही छन् र ती वास्तविकताबाट अलिकति पनि विचलित छैनन्। जब परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरू सबैलाई उस्तै महसुस हुन्छ; तिनीहरू सबैसँग एउटै बुझाइ हुन्छ, र तिनीहरूका अनुभवका गहिराइमा मात्रै भिन्नता हुन्छ। तिनीहरू सबैले आफ्नो अहङ्कार र समझको कमीलाई पहिचान गर्छन्। तिनीहरू सबैले आफूमा अत्यन्तै धेरै भ्रष्ट स्वभावहरू छन्, मानवजातिमा रहेको शैतानको भ्रष्टता अत्यन्तै गहिराइसम्म जान्छ, र मानवजातिलाई मुक्ति दिन परमेश्वरलाई सजिलो छैन भन्ने कुरा बुझ्न सक्छन्। यति धेरै कुरा भनिएको भए पनि, भन्नुपर्ने कुरा अझै धेरै छ। तिनीहरू सबैले मानवजाति दरिद्र र दयनीय, अन्धो र अज्ञानी छ भन्ने कुरा पहिचान गर्छन्। तिनीहरू सबै जना मानवजातिलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको शैतानले नै हो, मानवजातिको भ्रष्टता र दुष्टताको मूल कारण शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउने र नियन्त्रण गर्ने भएकोले हो भन्नेबारे सचेत हुन्छन्। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मानवजाति शैतानको विषले कलङ्कित बन्यो, यसरी तिनीहरूमा शैतानको स्वभाव विकास भयो र तिनीहरूले सामान्य मानवको चेतना, विवेक, र समझ गुमाए। मानिसहरूमा सही र गलत बीच भिन्नता छुट्याउने क्षमताको कमी भयो। यदि परमेश्वरले मानवजातिका लागि व्यवस्थाहरू स्थापित नगर्नुभएको भए, मानिसहरूलाई थाहा हुनेथिएन कि कसैलाई कुटपिट गर्नु वा मार्नु; वा चोर्नु वा व्यभिचारी हुनु सही हो कि गलत हो। तिनीहरूले आफ्नो कार्य जायज छ र तिनीहरूले त्यस्तै तरिकाले व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्नेथिए। तर, परमेश्वरले व्यवस्थाहरू र आज्ञाहरू जारी गर्नुभएपछि, मानिसहरू यी कुराहरू गर्नु पाप हो भनी सचेत बने; तिनीहरूको चेतना अलि बढी सामान्य बन्यो। अवश्य नै, यो चेतनाको सबैभन्दा सतही स्तर मात्रै थियो, जुन तिनीहरूले सत्यता बुझेपछि स्वतः झन् गहन बन्दै जानेथियो। अहिले, यदि मानिसहरूले अझै धेरै सत्यताहरू बुझ्न, आफूलाई चिन्न, आफ्नो उचित स्थान भेट्टाउन, र आफ्नो क्षमता, अवधारणा, र सत्यतालाई बुझ्ने सक्षमताको हदलाई सटीक रूपमा मापन गर्न सक्छन् भने, र यदि तिनीहरूले सत्यतालाई मानकका रूपमा प्रयोग गर्न र परमेश्वरप्रति भ्रष्ट मानिसहरूले राख्ने विभिन्न मनोवृत्तिहरूमध्ये कुन सकारात्मक छन् र कुन छैनन्, र कुन धारणा र कल्पनाहरू हुन्, र कुन सत्यताअनुरूप छन् भन्ने कुरा पत्ता लगाउनका लागि परमेश्वरका वचनहरूमा भर पर्न सक्छन् भने, तिनीहरूको चेतना अझै सामान्य बन्नेछ। त्यसकारण, सत्यताले मात्रै मानिसहरूलाई नयाँ जीवन दिन सक्छ। तर, यदि तैँले आफूलाई ज्ञानले सुसज्जित गर्छस्, निश्चित अभ्यासहरूलाई जोड दिन्छस्, र सधैँ धाक लगाउँछस्, सधैँ आफूलाई प्रदर्शन गर्छस्, र सधैँ त्यो अलिक अस्पष्ट, महत्त्वहीन ज्ञान वा सिकाइको रवाफ देखाउँछस् र सत्यता पछ्याउँदैनस् भने, के तँ यो नयाँ जीवन प्राप्त गर्न सक्षम हुनेछस्? अहँ, त्यो भ्रमपूर्ण कुरा हुनेछ। तैँले त्यो प्राप्त नगर्ने मात्र होइन, तर तैँले मुक्तिको अवसर पनि गुमाउनेछस्, र त्यो अत्यन्तै खतरनाक कुरा हो!
तिमीहरूमध्ये प्रत्येकले सत्यताबारे धेरै प्रवचनहरू सुनेका छौ र अहिले तिमीहरूले विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउने क्षमता धेरथोर प्राप्त गरेका छौ। तिमीहरूले दुष्ट मानिसहरू र खराब मानिसहरूलाई खुट्ट्याउन सक्ने भए पनि, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई अझै पनि खुट्ट्याउन सक्दैनौ। अहिले, परमेश्वरको घरले अलिकति पनि सत्यता स्वीकार नगर्ने, अझै पनि मनमानी ढङ्गले व्यवहार गरेर परमेश्वरको घरका काममा बाधा र अवरोध ल्याउने सबैलाई मण्डलीबाट बिस्तारै पखालिरहेको छ। यसले के देखाउँछ भने परमेश्वरको काम यो चरणमा पुगेको छ, र परमेश्वरका चुनिएका मानिसहरू बिउँझन थालेका छन्। विगतमा, जब म निश्चित मानिसहरूको सम्पर्कमा आउँथेँ, तब मैले जहिले पनि तिनीहरूबाट एक प्रकारको “गन्ध” निस्केको महसुस गर्थेँ। कस्तो प्रकारको गन्ध? त्यो नजिक आउनुभन्दा पहिले नै रौँ ठडाएर कराउने जङ्गली पशु र हिंस्रक जनावरहरूको गन्ध जस्तै हुन्थ्यो। मानिसहरूले पनि पशुहरू जस्तै निश्चित व्यवहारहरू देखाउँछन्। यी व्यवहारहरू कसरी उत्पन्न हुन्छन्? ती मानिसहरूसँग भएका भ्रष्ट शैतानी स्वभावहरूबाट आएका हुन्छन्। मैले “गन्ध” भन्नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने तिनीहरूका आँखामा हेर्दा तैँले इमानदारी देख्दैनस्; बरु, तैँले रित्तो र भट्किरहेको टोलाइ भेट्छस्। तिनीहरूलाई तँलाई बुझ्न सक्दैनन् जस्तो लाग्छ त्यसकारण तँलाई हेर्दा तिनीहरूको नजर भट्किन्छ। तैँले तिनीहरूले बोल्ने शब्दहरूमा पनि कुनै सच्चाइ भेट्टाउन सक्दैनस्, किनभने तिनीहरूभित्र कुनै सच्चाइ हुँदैन। मैले तिनीहरूसँग कुनै सच्चाइ हुँदैन भन्नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने तिनीहरूले चाहे जोसँग अन्तरक्रिया गरे पनि, तिनीहरूभित्र एउटा प्रतिरक्षाको बाँध हुन्छ। तैँले तिनीहरूको हेराइबाट, तिनीहरूको बोल्ने लहजाबाट, र तिनीहरूको बोली वचनको शैलीबाट यो प्रतिरक्षाको बाँधलाई पत्ता लगाउन सक्छस्। तिनीहरूको गन्ध यस्तै प्रकारको हुन्छ; यसले कस्तो महसुस गराउँछ भने तिनीहरूले धेरै प्रवचनहरू सुनेका भए पनि, तिनीहरूले अझै पनि सत्यता बुझेका छैनन्, न त तिनीहरू मुक्तिको मार्गमा नै हिँड्न थालेका छन्। तैँले तिनीहरूसँग सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि वा मानवजातिको भ्रष्ट स्वभावलाई जसरी खुलासा गरे पनि; तैँले जति निष्कपट रूपमा तिनीहरूलाई व्यवहार, भरणपोषण, रखवारी, वा सहयोग गरे पनि, तैँले तिनीहरूबाट निष्कपट मनोवृत्ति प्राप्त गर्नेछैनस्। त्यसोभए, तिनीहरूभित्र के लुकेको हुन्छ? रक्षात्मकता, शङ्का—यी सबैभन्दा आम कुराहरू हुन्; यसको साथै, एक प्रकारको आत्म-सुरक्षा र सधैँ उच्च ठानिनुपर्ने चाहना पनि हुन्छ। त्यसकारण, तिनीहरूका शब्दहरू, तिनीहरूको हेराइ, तिनीहरूको अनुहारको हाउभाउ, ती सबै कुराले धेरै अस्वाभाविक कुरा प्रकट गर्छन्। अर्थात्, तैँले तिनीहरूको हेराइ र हाउभाउबाट जे देख्छस्, त्यो तिनीहरूले भित्री रूपमा सोचिरहेको कुराभन्दा फरक हुन्छ। छोटकरीमा भन्दा, व्यक्ति चाहे डरपोक भए पनि, वा सतर्क भए पनि, वा ऊभित्र कठिनाइहरू भए पनि, यदि तैँले तिनीहरूको सच्चाइ देख्न सक्दैनस् भने, के त्यो समस्याको कुरा हुनेथिएन र? (हुनेथियो।) वास्तवमै, यो एउटा समस्या हो। त्यसोभए, हामी कसरी भन्न सक्छौँ? हामी तिनीहरूको व्यवहार वा बोल्ने शैलीबाट थाहा पाउन सक्छौँ। तिनीहरू आफ्नो मनमा जे छ त्यो भन्दैनन्; बरु, तिनीहरू आफूलाई उचित लाग्ने शब्दहरू छनौट गर्छन् र आफूले पहिले नै विचार गरिसकेका कुराहरूका बारेमा तँसँग सङ्गति गर्छन्। यो गैरविश्वासीहरूको आत्म-रक्षाको एउटा युक्ति हो। जब तिनीहरूमाथि कुनै कुरा आइपर्छ, तब सुरुमा तिनीहरू दुम्सीले जस्तो काँडा ठड्याएर आफ्नो सुरक्षा गर्छन्। तिनीहरूको सत्यता, तिनीहरूका क्षमता र प्रतिभाहरू, तिनीहरूले गरेका गल्तीहरू, तिनीहरूको अन्यौलता—तिनीहरूको छल र पाखण्ड समेत—ती सबै तिनीहरूको मेरुदण्डमा बेरिएका हुन्छन्, बाहिरी संसारबाट लुकाइएका हुन्छन्, र मबाट समेत लुकाइएका हुन्छन्। तिनीहरू आफूलाई ढाकछोप गर्न र सजाउन अनि आफूलाई रक्षा गर्नका लागि पनि धेरै मेहनत लगाउँछन्। यी कुराहरू कहाँबाट आउँछन्? शैतानले भ्रष्ट तुल्याएपछि मानवजातिले यी कुराहरू प्राप्त गरेको हो। सुरुमा, परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभएपछि, तिनीहरूलाई अदनको बगैँचामा जिउन अगुवाइ गर्नुभयो; उहाँले तिनीहरूलाई तिनीहरूले कुन-कुन रूखको फल खानु हुन्छ, र कुन-कुन रूखको फल खानु हुँदैन भनेर बताउनुभयो। तिनीहरू परमेश्वरको अघि नाङ्गै थिए र सर्माउँदैनथिए। अनि तिनीहरूले यसबारे के सोच्थे? तिनीहरूले के सोच्थे भने, परमेश्वरले तिनीहरूलाई यसरी नै सृष्टि गर्नुभएको हो, परमेश्वरले तिनीहरूलाई जे दिनुभएको छ तिनीहरूसँग त्यही छ, र तिनीहरू परमेश्वरबाट लुक्नु पर्दैन—तिनीहरूले कहिल्यै त्यसो गर्ने सोच्दैनथिए। त्यसकारण, तिनीहरू परमेश्वरको अघि चाहे जस्तो देखिए पनि, तिनीहरू सधैँ खुला हृदयका थिए। तिनीहरूका आँखामा सच्चाइ देख्न सकिन्थ्यो; तिनीहरूको हृदयको गहिराइमा परमेश्वरको विरुद्धमा कुनै प्रतिरक्षा वा सुरक्षाको पर्खाल थिएन। तिनीहरूले परमेश्वरको अघि आफ्नो सुरक्षा गर्नु पर्दैनथियो, किनभने तिनीहरूलाई हृदयको गहिराइमा थाहा थियो कि परमेश्वरले तिनीहरूलाई कुनै खतरा पुऱ्याउनु हुन्न; तिनीहरू पूर्ण रूपमा सुरक्षित थिए। परमेश्वरले तिनीहरूलाई रक्षा, प्रेम, र कदर मात्र गर्नुहुनेथ्यो। परमेश्वरले तिनीहरूलाई कहिल्यै हानि गर्नुहुनेथिएन। मनको गहिराइमा, तिनीहरूको सबैभन्दा आधारभूत र ठोस विचार यही थियो। तर यो कुरा कहिले परिवर्तन हुन थाल्यो? (जब तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए।) असल र खराबको ज्ञान दिने रूखको फल खानु वास्तवमा प्रतीकात्मक छ। यसको अर्थ के हो भने, शैतानले पहिलो पटक हव्वालाई परीक्षामा पारेको क्षणदेखि नै, शैतानले बिस्तारै तिनीहरूलाई अलिअलि गर्दै परीक्षामा पारेको थियो जसले गर्दा तिनीहरूले पाप गरे, गलत काम गरे, र गलत मार्गमा हिँडे; त्यसपछि, शैतानको विष तिनीहरूमा प्रवेश गर्यो। त्यसको केही समयपछि नै, परमेश्वर आउनुभन्दा पहिले नै, तिनीहरू परमेश्वरबाट बारम्बार लुक्थे, र परमेश्वरले तिनीहरूलाई नभेट्नुहोस् भन्ने चाहन्थे। तिनीहरूले किन यसो गर्थे? तिनीहरूलाई परमेश्वरबाट दूरी बढेको महसुस हुन्थ्यो। अनि यो दूरी कसरी आयो? किनभने तिनीहरूभित्र केही फरक कुरा थियो। शैतानले तिनीहरूलाई निश्चित सोच र विचारहरू दिएको थियो; त्यसले तिनीहरूलाई एक प्रकारको जीवन दियो, जसले गर्दा तिनीहरूले परमेश्वरप्रति शङ्का गरे र रक्षात्मकता अपनाए। त्यसपछि तिनीहरूले तुरुन्तै आफूलाई नाङ्गै देख्दा परमेश्वर हाँस्नुहुनेछ कि भन्ने सोच्न थाले। यो विचार कहाँबाट आयो? (शैतानबाट।) शैतानले तिनीहरूलाई परीक्षामा पार्नुअघि तिनीहरूले किन यसरी सोचेनन्? त्यो बेलामा, तिनीहरूसँग परमेश्वरले दिनुभएको सबैभन्दा प्रारम्भिक जीवन थियो; तिनीहरूलाई परमेश्वर तिनीहरूमाथि हाँस्नुहुन्छ भन्ने डर थिएन, न त तिनीहरूसँग त्यस्ता सोचहरू थिए। तैपनि, शैतानको परीक्षामा परेपछि, सबै कुरा परिवर्तन हुन थाल्यो। सुरुमा, तिनीहरूले यस्तो सोचे, “हामी केही पनि लगाइरहेका छैनौँ। के परमेश्वर हामीलाई देखेर हाँस्नुहुनेछैन र? के यसको अर्थ हामीसँग कुनै लाज छैन भन्ने हो?” तिनीहरूका मनमा श्रृङ्खलाबद्ध प्रश्नहरू उब्जिए। अनि एकपटक यी विचारहरू उत्पन्न भएपछि, तिनीहरू परमेश्वरबाट नलुकी बस्न सकेनन्। तिनीहरू निश्चय नै मनमनै यस्तो सोच्थे, “परमेश्वर कहिले आउनुहुन्छ? यदि परमेश्वर आउनुभयो भने, मैले के गर्ने? म छिटो लुक्नुपर्छ!” तिनीहरूलाई सधैँ लुक्नुपर्ने खाँचो महसुस हुन थाल्यो। के यो भ्रष्ट स्वभाव हो? (हो।) शैतानको परीक्षा नै यो भ्रष्ट स्वभावको जड हो। परमेश्वरविरुद्ध रक्षात्मक रहँदा र उहाँबाट लुक्दा, के तिनीहरूले अझै पनि हृदयमा परमेश्वरमाथि भरोसा गर्नेथिए र? के तिनीहरू अझै पनि उहाँमा भर पर्नेथिए? (पर्नेथिएनन्।) त्यसोभए, के बाँकी रह्यो त? (रक्षात्मकता।) बाँकी रहेका कुराहरू रक्षात्मकता र सन्देह, साथै दूरी, डर, र शङ्का मात्रै थिए—यी सबै आए। तिनीहरूले यस्तो समेत सोच्थे, “के परमेश्वरले हामीलाई हानि गर्नुहुनेछ? हामी नाङ्गै छौँ र आफ्नो प्रतिरक्षा गर्न हामीसँग केही पनि छैन। के परमेश्वरले हामीलाई प्रहार गर्न सक्नुहुन्छ? के उहाँले हामीलाई मार्न सक्नुहुन्छ?” तिनीहरूमा परमेश्वरले नै तिनीहरूलाई जीवन दिनुभएको हो भन्ने सोच कहिल्यै आएन, र उहाँले अवश्य नै तिनीहरूलाई यति सजिलै मार्नुहनेथिएन। तिनीहरूको मन धमिलो थियो, तिनीहरू अन्योलमा परेका थिए। शैतानले मानवजातिलाई आजको दिनसम्म भ्रष्ट तुल्याउन जारी राखेको छ; परमेश्वरप्रतिको मानवजातिको मनोवृत्ति मानिसहरूको आँखामा देख्न सकिन्छ, र त्यो कहिल्यै परिवर्तन भएको छैन। निष्कपटता हराएको छ; परमेश्वरमाथिको साँचो विश्वास, भरोसा, र निर्भरता हराएको छ। यसको जड कहाँ हुन्छ? (शैतानको भ्रष्टतामा।) ठीक भन्यौ, यो शैतानको भ्रष्टतामा हुन्छ। शैतानले मानवजातिलाई भयानक रूपमा हानि गरेको छ! शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुभन्दा पहिलेको समय निकै राम्रो थियो भन्ने मानिसहरूले सोचे पनि, वास्तवमा, मुक्ति पाएपछि र सत्यता बुझेपछि र परमेश्वरलाई चिनेपछिको समयसँग तुलना गर्दा, त्यो बेलाका कामकुराहरू अझै पनि मुक्ति पाएपछि जत्तिको राम्रा थिएनन्। यदि तिमीहरूले रोज्न सक्थ्यौ भने, यीमध्ये कुन परिदृश्यलाई रोज्नेथियौ? (मुक्ति पाएपछिको समयलाई।) वास्तवमा, मानिसहरूले यीमध्ये कुनैलाई रोज्नु उचित हुँदैन; मानिसहरूले रोज्न मिल्दैन। यो परमेश्वरले निर्धारण गर्नुभएको कुरा हो, यो मानवजातिको भाग्य हो। शैतानले भ्रष्ट तुल्याउनुअघि, मानिसहरूले परमेश्वरमा भर पर्ने र उहाँलाई भरोसा गर्ने गरेका भए पनि, प्रथम मानवजातिले सत्यता बुझेको थिएन र परमेश्वर को हुनुहुन्छ भन्ने उसलाई थाहा थिएन। आजभोलि, मानिसहरूमा कम्तीमा पनि यसको अवधारणा त छ; तिनीहरूलाई मानवजाति परमेश्वरबाट आएको हो, तिनीहरू सृजित प्राणीहरू हुन् र परमेश्वर तिनीहरूको सृष्टिकर्ता हुनुहुन्छ भन्ने थाहा छ। तिनीहरूलाई सबथोक परमेश्वरको नियन्त्रणमा छ भन्ने थाहा छ। तर त्यो बेलाका मानिसहरूले यी कुराहरू बुझेका थिएनन्। तिनीहरू निकै सरल थिए, अर्थात् तिनीहरूलाई परमेश्वरले तिनीहरूलाई देख्नुहुन्छ वा तिनीहरूलाई देखेर हाँस्नुहुन्छ भन्ने डर लाग्दैनथियो, र तिनीहरूले सबै कुराका लागि परमेश्वरतर्फ हेर्थे। तिनीहरूका विश्वास यति सरल थिए। तैपनि, के तिनीहरूलाई परमेश्वर को हुनुहुन्छ भन्ने थाहा थियो? थिएन। त्यसकारण, मानवजातिका लागि परमेश्वरले गर्नुभएको सबै कामको गहन मूल्य र ठूलो महत्त्व छ। यो सबै असल छ। जब हामी परमेश्वरको विरुद्धमा मानवजातिले गरेको विद्रोहको इतिहासबारे कुरा गर्छौँ, तब के तिमीहरूलाई निकै दुःख महसुस हुन्छ? कुनै बेला घनिष्ठ रहेको मानवजाति र परमेश्वरबीचको सम्बन्धमा यति दूरी आएको छ। परमेश्वरले मानवजातिलाई निष्कपट रूपमा सुरक्षा दिनुहुन्छ र प्रेम गर्नुहुन्छ, तैपनि मानिसहरू परमेश्वरलाई शङ्का गर्छन्; तिनीहरू आफूलाई परमेश्वरबाट लुकाउँछन् र टाढा राख्छन्, र परमेश्वरलाई शत्रुका रूपमा समेत हेर्छन्। यसो भन्दा वास्तवमै साह्रै दुःख लाग्छ। तर हामी आफ्नो घृणा शैतानप्रति मात्रै केन्द्रित गर्न सक्छौँ; मानवजातिलाई यति भयानक रूपमा भ्रष्ट तुल्याउने शैतान नै हो। शैतानले मानवजातिलाई यो हदसम्म भ्रष्ट तुल्याएको भए पनि, परमेश्वरसँग मानवजातिलाई मुक्ति दिने तरिका हुन्छ। शैतानले चाहे जसरी बाधा दिए पनि, त्यसले मानवजातिलाई मुक्ति दिने परमेश्वरका काममा असर गर्नेछैन। यो परमेश्वरको सर्वशक्तिमान्ता हो, परमेश्वरको अख्तियार हो।
ख्रीष्टविरोधीहरूले अलिकति अनुभव र ज्ञान प्राप्त गरेपछि, र केही पाठहरू सिकेपछि आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्छन्। हामीले यस विषयबारे लगभग पर्याप्त सङ्गति गरिसकेका छौँ। यसबाट तिमीहरूले के-कस्ता जानकारी प्राप्त गरेका छौ त? तिमीहरूले के-कस्ता सत्यताहरू बुझ्यौ? (हामीले ज्ञानलाई महत्त्व दिनु हुँदैन।) यो एउटा पक्ष हो। अरू केही छन्? (मानवजाति कहिल्यै पनि सत्यता हुन सक्दैन र उसले परमेश्वर बनेको ढोँग गर्नु हुँदैन।) सत्यता भएको ढोँग गर्नु आफैमा सकारात्मक कुरा होइन। सत्यता भनेको व्यक्तिले ढोँग गर्न सक्ने कुरा होइन; यो त परमेश्वरको सार हो। परमेश्वरले तँलाई केही सत्यता प्रदान गर्नुहुन्छ—अनि अलिकति सत्यता प्राप्त गर्नु नै पनि पर्याप्त कुरा हो। तैपनि कतिपय मानिसहरू सत्यताको मूर्त रूप बन्न चाहन्छन्। यो असम्भव छ। त्यस्ता दाबीहरू पूर्ण रूपमा आधारहीन छन्। यसको साथै, यदि मानिसहरू परमेश्वरमा विश्वास गरेर मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूले व्यावहारिक रूपमा आफूलाई आचरणमा ढाल्न सिक्नुपर्छ र सिद्धता पछ्याउनु हुँदैन। “सिद्धता” भन्ने शब्द अस्तित्वमा हुन सक्ने भए पनि, सृजित मानवहरू सिद्ध बन्ने अवधारणा अप्राप्य छ। सिद्धता परमेश्वरमा मात्रै पाउन सकिन्छ। भ्रष्टताले भरिएका मानवहरूमध्ये, कोचाहिँ सिद्ध छ? परमेश्वरले सृष्टि गर्नुहुने सबै कुरा त्रुटिरहित हुन्छन्। हामी यसैलाई “सिद्धता” भन्छौँ। समुद्रका माछाहरू, आकाशका चराचुरुङ्गीहरू, पृथ्वीमा हिँड्ने पशुपक्षीका बारेमा ख्याल गर—ती सबै सिद्ध छन्। के तैँले कुनै नराम्रो प्राणी भेट्टाउन सक्छस्? त्यसपछि सबै जीवित प्राणीहरूले निर्माण गरेको जैविक साङ्लो छ—त्यो कति सिद्ध छ! भ्रष्ट मानवजातिले विनाश मात्रै गर्न सक्छ, जसले गर्दा यो असिद्ध, दोषपूर्ण, र त्रुटिपूर्ण हुन्छ। यो कति स्वार्थी र घृणास्पद कुरा हो! परमेश्वरले सृष्टि गर्नुहुने सबथोक असल हुन्छ। रूखका पात सबै आकारका हुन्छन्; ठूला र साना पशुहरू हर प्रकारका बनावटका हुन्छन्, र हरेकको आ-आफ्नै प्रकार्य हुन्छ। परमेश्वर मानवजातिको अत्यन्तै ख्याल गर्नुहुन्छ; तैपनि, शैतानले भ्रष्ट तुल्याएको कारण, मानवजाति यावत् थोकको हेरचाह गर्न असफल भएको छ। बरु, मानवजातिले कामकुरा बिगारेको छ र परमेश्वरको श्रमसाध्य अभिप्रायलाई बरबाद गरेको छ। मानवहरूले यो सब कुरालाई कदर गरेका छैनन्; बरु, तिनीहरूले यसलाई तीव्रताका साथ नष्ट पारेका छन्, सबै स्रोत-साधनहरूलाई चरम रूपमा दुरुपयोग र विनाश गरेका छन्। अनि यसको नतिजा के हुन्छ? अन्तिम परिणाम के हुन्छ? तिनीहरूले जे बिउ रोप्छन्, त्यही फल पाउँछन्! वातावरण नष्ट हुन्छ, खाद्य श्रृंङ्खलामा अवरोध पुग्छ, हावा प्रदूषित हुन्छ, र पानी दूषित हुन्छ। प्राकृतिक खाना बाँकी छैन; पिउनका लागि सफा पानी समेत छैन। त्यसकारण, शैतानले भ्रष्ट तुल्याएका मानवहरूमाझ “सिद्धता” भन्ने अवधारणा अस्तित्वमा नै हुँदैन। सत्यतालाई पछ्याउने नाममा आफूलाई सिद्ध भएको वा सिद्धताको खोजी गरिरहेको दाबी गर्ने कुनै पनि व्यक्तिले आधारहीन दाबी गरिरहेको हुन्छ—यो छली र भ्रामक झूट हो। तैपनि त्यस्ता भ्रष्ट मानवहरू सत्यताको मूर्त रूप भएको ढोँग गर्ने कामना राख्छन्! तिनीहरूले अत्यन्तै धेरै खराब कार्यहरू गरेका हुन्छन् तैपनि तिनीहरूले सत्यताको मूर्त रूप हुँ भनेर ढोँग गर्न सक्छु भन्ने सोच्छन्! के यसको अर्थ तिनीहरूको शैतानी प्रकृति अपरिवर्तित छ भन्ने होइन र? (हो।) सत्यता पटक्कै नहुनु, तैपनि सत्यताको मूर्त रूप भएको ढोँग गर्न चाहनु, यी शैतानको प्रकारका मानिसहरू कति लाजमर्दा हुन्छन्!
नोभेम्बर २०, २०१९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।