विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन) खण्ड चार

कतिपय मानिसहरू छन्, जसले परमेश्‍वरमा विश्‍वास गरे पनि, उहाँका लागि स्वेच्छाले र खुसीसाथ आफूलाई समर्पित गर्दैनन्, बरु मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आशिष्‌हरू प्राप्त गर्न श्रम गर्ने बारेमा मात्रै सोच्छन् तर सत्यतातर्फ लागिपर्न इच्छुक हुँदैनन्। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूले प्रायजसो झाराटारुवा व्यवहार गर्छन् र सतर्कता अपनाउँदैनन्, र तिनीहरू केही परिणामहरू हासिल गर्नमै सन्तुष्ट हुन्छन् ताकि तिनीहरूलाई ननिकालियोस्। तर मानिसहरूले परमेश्‍वरमा साँच्चै विश्‍वास गरे पनि वा नगरे पनि र उहाँप्रति आफूलाई समर्पित गरे पनि वा नगरे पनि, उहाँले मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनुहुन्छ। तैँले सत्यता नबुझेकोले वा आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा व्यवहार गरेकोले परमेश्‍वरले तँलाई निन्दा गर्नुहुनेछैन। तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस् र तैँले साँच्चै पश्‍चात्ताप गर्न र सही जीवन मार्ग लिन सक्छस् कि सक्दैनस् भनेर हेर्नका लागि परमेश्‍वरले तँलाई निरन्तर छानबीन गर्नुहुनेछ। यो कुरा तेरो रोजाइको तरिकामा निर्भर हुन्छ। कतिपय मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्न थाल्दा कुनै सत्यता बुझेका थिएनन्, तर तिनीहरूले बारम्बार प्रवचन सुनेकाले र बारम्बार भेला भएर सङ्गति गरेकाले, तिनीहरूले बिस्तारै सत्यता बुझ्न पुग्छन्। तिनीहरूको हृदय झन्-झन् उज्यालो हुँदै जान्छ, र तिनीहरूले आफूमा धेरै कुराको कमी छ, आफूमा सत्यता पटक्कै छैन, र आफूले कर्तव्य निर्वाह गर्दा त्यसमा कुनै सिद्धान्त नै हुँदैन, र तिनीहरूले आफ्नै इच्छा अनुसार केही काम मात्रै गर्छन् भन्‍ने देख्‍नेछन्। तिनीहरूलाई यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुँदैन भन्‍ने लाग्छ, र तिनीहरूको हृदय पछुतोले भरिन्छ। तिनीहरू सत्यतातर्फ लागिपर्न थाल्छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा झन्-झन् राम्रा परिणामहरू हासिल गर्छन्। यसरी नै, एकातिर, तिनीहरूले जीवन प्रवेश प्राप्त गर्छन्, र अर्कोतिर, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न बिस्तारै मानकअनुरूपका बन्दै जान्छन्। यो आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यतालाई स्वीकार गर्न सक्‍ने व्यक्ति हो। सत्यताप्रतिको उसको बुझाइ क्रमिक रूपमा स्पष्ट हुँदै जाँदा, उसले आफ्नै भ्रष्टताका प्रकटीकरणहरू स्पष्ट रूपमा देख्‍न सक्छ। उसले परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्नो हृदयमा परमेश्‍वरमा भर पर्न सक्छ, आफ्नो भ्रष्टता फाल्न, सत्यता अभ्यास गर्न, र सत्यता पछ्याउने मार्ग लिन इच्छुक हुन सक्छ। यो आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा हुने जीवनको क्रमिक वृद्धि हो। परमेश्‍वरलाई पछ्याउने सबैले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न पुग्छन्। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्दैन भने, के त्यस्तो परिवर्तन आउन सक्छ? निश्‍चित रूपमा आउँदैन। कतिपय मानिसहरू अत्यन्तै अहङ्कारी र अभिमानी हुन्छन्। जब तिनीहरू परमेश्‍वरका घरमा आउँछन्, विशेष गरी आफ्नो कर्तव्य पूरा गरेपछि, यसको हद स्पष्ट हुन्छ। तिनीहरूले आफ्नो हात बाँधेर वा कम्मरमा हात राखेर, अवज्ञा र असन्तुष्टि देखाउँछन्। तिनीहरू किन यति अहङ्कारी हुन्छन्? तिनीहरू हृदयमा यसो भन्छन्: “परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य पूरा गर्नका लागि, मैले संसार, आफ्‍नो परिवार, र आफ्‍नो जागिर त्यागेको छु। के यो मूल्य अति उच्च होइन र? मैले परमेश्‍वरका लागि धेरै कुरा त्यागेको छु। के परमेश्‍वरले मलाई केही क्षतिपूर्ति दिनुपर्दैन र? यसको साथै, समाजमा रहेको मेरो हैसियत र आम्दानीअनुसार, के परमेश्‍वरको घरले मलाई कम्तीमा पनि उस्तै व्यवहार गर्नु पर्दैन र? अहिले मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुनाले, के परमेश्‍वरले मलाई केही विशेष निगाह दिन सक्नुहुन्न र? म विशेष प्रतिभा भएको व्यक्ति हुँ, साधारण मानिसहरूभन्दा निकै राम्रो छु। परमेश्‍वरका घरमा मैले हैसियत पाउनुपर्छ। यदि अरूले अगुवाइ गर्न सक्छन् भने, म पनि अगुवाइ गर्न सक्छु। मेरो हैसियत अरूको भन्दा निम्न हुनु हुँदैन, र मैले साधारण मानिसहरूको भन्दा उच्च व्यवहारको आनन्द उठाउन पाउनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, के परमेश्‍वरले मलाई, मैले आशिष्‌हरू प्राप्त गर्नेछु र भविष्यमा मेरो गन्तव्य असल हुनेछ भन्‍ने कुरामा आश्‍वासन दिन सक्नुहुन्छ?” तिनीहरूको हृदयमा भएका सोचहरूबाट, हामी के देख्‍न सक्छौँ भने, तिनीहरू परमेश्‍वरसँग सौदा गर्न आएका हुन्छन्, इमानदारीका साथ उहाँप्रति आफूलाई समर्पित गर्नका लागि होइन। तिनीहरू पनि पावलले जस्तै सोच्छन्, परमेश्‍वरका आशिष्‌हरूको बदलामा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन्। तर तिनीहरूको समझ पावलको भन्दा निकै खराब हुन्छ—त्यो पावलको भन्दा निकै निकृष्ट हुन्छ। म किन यसो भन्छु? किनभने पावलले सुसमाचार प्रचार गर्ने क्रममा, कैयौँ वर्ष साँच्‍चै नै धेरै कष्ट भोगेको थियो, र उसले सुसमाचार प्रचार गरेको परिणाम साधारण मानिसहरूको भन्दा निकै राम्रो थियो। कम्तीमा पनि, उसका पाइलाहरूले युरोपको धेरैजसो क्षेत्रमा यात्रा गरे; उसले युरोपभरि धेरै मण्डलीहरू स्थापना गर्‍यो। यस सन्दर्भमा, साधारण ख्रीष्टविरोधीहरूलाई पावलको समझ र उसको श्रमसँग तुलना गर्न सकिँदैन। तर मैले भर्खरै उल्लेख गरेको व्यक्ति, आफ्नो कर्तव्य पूरा गरेपछि अत्यन्तै अहङ्कारी बन्छ। के त्यो समझको अति नै कमी हुनु होइन र? ऊ अत्यन्तै समझहीन हुन्छ, र डाँकुले जस्तै, एक पटक आशिष्‌हरू प्राप्त गर्ने मौका पाएपछि त्यसलाई छोड्नै सक्दैन। त्यस्ता मानिसहरूले सधैँ जानाजान रूपमा परमेश्‍वरका घरमा चर्चामा आउने अवसरहरू खोजिरहेका हुन्छन्, चाहे त्यो टोली अगुवा वा सुपरिवेक्षक बन्‍नु मात्रै किन नहोस्। छोटकरीमा भन्दा, परमेश्‍वरका घरमा आउँदा, तिनीहरू साधारण अनुयायी बन्‍न अनिच्छुक हुन्छन्। तिनीहरू साधारण सृजित प्राणी हुन्, तिनीहरू अरू सबै जीवित प्राणीहरू जस्तै साधारण सृजित प्राणी हुन् भनेर चाहे जसले स्विकार्न सके पनि, तिनीहरूले चाहिँ यो दृष्टिकोणलाई कहिल्यै स्वीकार गर्नेछैनन्—तिनीहरूले कहिल्यै आफूलाई यसरी अन्यायमा पर्न दिनेछैनन्। तिनीहरू आफूले विशेष व्यवहार पाउनुपर्ने र परमेश्‍वरले तिनीहरूलाई विशेष अनुग्रह र आशिष्‌हरू दिनुपर्ने विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरका घरमा हैसियतका विशेष फाइदाहरूको आनन्द पनि उठाउन चाहन्छन्। तिनीहरू परमेश्‍वरको घरलाई तिनीहरूको प्रतिभामा शङ्का गर्न दिँदैनन्, र मानिसहरूलाई तिनीहरूको कामबारे सोधपुछ गर्न त झनै दिँदैनन्—तिनीहरूले परमेश्‍वरका लागि सबै कुरा त्यागेका हुनाले र तिनीहरू उहाँप्रति पूर्ण रूपमा बफादार भएका हुनाले सबैले तिनीहरूमा पूर्ण आस्था राख्नुपर्छ। के यो बेमनासिब अनुरोध होइन र? के यस व्यक्तिमा कुनै समझ हुन्छ? त्यस्ता मानिसहरू कति जना हुन्छन्? मण्डलीको कति प्रतिशत हुन सक्छ? त्यस्ता मानिसहरूले सधैँ आफूसँग केही क्षमता र प्रतिभा छ भन्‍ने सोच्छन्, त्यसकारण आफू निकै तेजस्वी भएको धाक लगाउँछन्। त्यसोभए, यो तथाकथित प्रतिभाको अर्थ के हो? यसको अर्थ तिनीहरूले ठूल्ठूला कुरा गर्न सक्छन्, धेरै बकवाद गर्न सक्छन्, तिनीहरूले जोसँग कुरा गरिरहेका छन् त्यस आधारमा आफ्नो बोल्ने शैली परिवर्तन गर्न सक्छन्, र तिनीहरूमा साधारण मानिसहरूको भन्दा बढी छल गर्ने सीप हुन्छ। तिनीहरू यो प्रतिभा र क्षमता हो भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरूले यो क्षमतालाई रवाफ देखाउन र बहकाउन प्रयोग गर्न चाहन्छन्। साँचो प्रतिभा भनेको के हो? त्यसको अर्थ विशेष सीपहरू हुनु हो। जब परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो, तब उहाँले विभिन्‍न प्रकारका मानिसहरूलाई फरक-फरक सीपहरू दिनुभयो। कतिपय मानिसहरू साहित्यमा राम्रा हुन्छन्, कतिपय मानिसहरू चिकित्सामा राम्रा हुन्छन्, कतिपय मानिसहरू सीपहरूको अध्ययन गर्नमा राम्रा हुन्छन्, कतिपय मानिसहरू वैज्ञानिक अनुसन्धान गर्नमा राम्रा हुन्छन्, र इत्यादि। मानिसहरूका विशेषज्ञताहरू परमेश्‍वरले दिनुभएको हुन्छ र ती धाक देखाउने कुरा होइनन्। व्यक्तिसँग जस्तोसुकै विशेषज्ञता भए पनि, यसको अर्थ उसले सत्यता बुझ्छ भन्‍ने हुँदैन, र यसको अर्थ ऊसँग सत्यता वास्तविकता छ भन्‍ने त निश्‍चित रूपमा नै हुँदैन। मानिसहरूमा निश्‍चित विशेषज्ञताहरू हुन्छन्, र यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरूले यी विशेषज्ञताहरूलाई आफ्नो कर्तव्य पूरा गर्नका लागि प्रयोग गर्नुपर्छ। यो परमेश्‍वरका लागि स्वीकार्य कुरा हो। निश्‍चित विशेषज्ञताबारे धाक लगाउनु वा परमेश्‍वरसँग सौदा गर्न यसको प्रयोग गर्न चाहनु—यो समझको अत्यन्तै कमी हुनु हो। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई निगाह गर्नुहुन्‍न। कतिपय मानिसहरूले निश्‍चित सीप जानेका हुन्छन्, र त्यसकारण जब तिनीहरू परमेश्‍वरका घरमा आउँछन्, तब तिनीहरूलाई आफू अरूभन्दा एक तह माथि छु भन्‍ने लाग्छ, तिनीहरूले विशेष व्यवहारको आनन्द लिन चाहन्छन्, र तिनीहरूलाई आफूसँग जीवनभरिका लागि हातमुख जोड्ने आधार छ भन्‍ने लाग्छ। तिनीहरू यो सीपलाई एक प्रकारको पुँजी मान्छन्—कस्तो अहङ्कार! त्यसोभए, तैँले यी वरदान र विशेषज्ञताहरूलाई कसरी हेर्नुपर्छ? यदि परमेश्‍वरका घरमा यी कुराहरू उपयोगी छन् भने, ती तेरो कर्तव्य पूरा गर्ने औजारहरू मात्रै हुन्। सत्यतासँग तिनको कुनै सरोकार हुँदैन। तँसँग जतिसुकै वरदान र प्रतिभाहरू भए पनि, ती मानव विशेषज्ञताहरू मात्रै हुन् र सत्यतासँग तिनको कुनै सरोकार हुँदैन। तँसँग वरदान र विशेषज्ञताहरू हुनुको अर्थ तैँले सत्यता बुझ्छस् भन्‍ने हुँदैन, र तिनको अर्थ निश्‍चय नै तँसँग सत्यता वास्तविकता छ भन्‍ने हुँदैन। यदि तैँले आफ्नो कर्तव्य पूरा गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि आफ्ना वरदान र विशेषज्ञताहरूलाई प्रयोग गरिस् भने, तिनलाई सही ठाउँमा प्रयोग गरिएको हुन्छ, र तिनको प्रयोगलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। तर यदि तैँले आफ्नो वरदान र विशेषज्ञताहरूलाई धाक लगाउन, आफ्नै गवाही दिन, र स्वतन्त्र राज्य निर्माण गर्न प्रयोग गर्छस् भने, तैँले ठूलै पापहरू गरेको हुनेछस्, र तँ परमेश्‍वरको प्रतिरोध गर्ने ठूलो अपराधी बन्‍नेछस्। वरदानहरू परमेश्‍वरले दिनुभएको हुन्छ। यदि तैँले तिनलाई आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको गवाही दिन प्रयोग गर्न सक्दैनस् भने, तँ अत्यन्तै अविवेकी हुनेछस् र तँमा समझको कमी हुनेछ, र तँ परमेश्‍वरप्रति अत्यन्तै ऋणी हुनेछस्—यो भयानक विद्रोहीपन हो! तर तैँले आफ्नो वरदान र विशेषज्ञताहरूलाई जति नै राम्ररी प्रयोग गरे पनि, यसको अर्थ तँसँग सत्यता वास्तविकता छ भन्‍ने हुँदैन। सत्यताको अभ्यास गर्नु र सिद्धान्त अनुसार व्यवहार गर्नु भनेको तँसँग सत्यता वास्तविकता हुनु हो। वरदान र प्रतिभाहरू सधैँ वरदान र प्रतिभाहरू नै हुन्छन्। सत्यतासँग तिनको कुनै सरोकार हुँदैन। तँसँग चाहे जति धेरै वरदान र प्रतिभाहरू भए पनि, र तेरो प्रतिष्ठा चाहे जति नै उच्च भए पनि वा तेरो हैसियत जति नै उच्च भए पनि, यसको अर्थ तँसँग सत्यता वास्तविकता छ भन्‍ने कहिल्यै हुनेछैन। वरदान र प्रतिभाहरू कहिल्यै पनि सत्यता बन्‍नेछैनन्। सत्यतासँग तिनको कुनै सरोकार नै हुँदैन। तर ख्रीष्टविरोधीहरू यसरी सोच्दैनन्, र तिनीहरू यी कुराहरूलाई नै ठूलो महत्त्व दिन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूसँग अभिनय गर्ने प्रतिभा हुन्छ। परमेश्‍वरको घरमा छायाङ्कन गरिएको चलचित्रमा मुख्य भूमिका निर्वाह गरेपछि, तिनीहरूले धाक लगाउन थाल्छन्। तिनीहरूलाई मेकअप लगाउन सहयोग गर्ने तीन जना मानिसहरू समेत तिनीहरूका आवश्यकताहरू पूरा गर्न पर्याप्त हुँदैनन्। तिनीहरू पहिले साधारण व्यक्ति थिए, तर अहिले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका हुनाले, अभिनेताको रूपमा आफ्नो कर्तव्य पूरा गरेपछि, तिनीहरूले स्वाङ पार्न थाल्छन्। के तिनीहरू मृत्युसँग खेलिरहेका हुँदैनन् र? मलाई लाग्छ तिनीहरूले ठ्याक्कै त्यही गरिरहेका हुन्छन्! तिनीहरू देख्दा विशेष लाग्दैनन्, र तिनीहरूको अभिनय क्षमता औसत हुन्छ। तिनीहरू निश्‍चित भूमिका निर्वाह गर्नका लागि मात्रै उपयुक्त हुन्छन्, त्यसकारण तिनीहरूलाई अर्को भूमिका दिइन्छ—के यो तिनीहरूलाई उचाल्नु होइन र? आफ्नो कर्तव्य पूरा गर्ने मौका दिँदा, तिनीहरूले धाक समेत लगाउँछन्। अभिनय गर्दा, तिनीहरूले मानिसहरूलाई चिया ल्याउन र पानी हाल्न लगाएर सेवा गर्ने हुकुम दिन्छन्, जसले गर्दा देख्‍ने सबै दाजुभाइ-दिदीबहिनीहरूलाई रिस उठ्छ। मैले भनेँ, “तिनीहरूलाई सफा गरेर हटाइदेओ!” त्यसकारण मण्डलीले तिनीहरूलाई सफा गरेर हटायो। के यी मानिसहरू निकालिनु पर्दैन र? तिनीहरूलाई लाग्यो कि मण्डलीले तिनीहरूविना चलचित्रहरू नै बनाउन सक्दैन, त्यसकारण तिनीहरूले स्वाङ पार्ने आँट गरे। तिनीहरूले यस्तो परिणामको अपेक्षा गरेका थिएनन्। यो तिनीहरूको प्रकृतिले गर्दा भएको थियो। त्यस्ता मानिसहरू ज्ञान, प्रतिभा, सिकाइ, र अनुभवलाई कदर गर्छन्। तिनीहरू यी कुराहरूलाई अति नै महत्त्व दिन्छन्, तर सबैभन्दा बहुमूल्य कुरालाई अर्थात् सत्यतालाई बेवास्ता गर्छन्। तिनीहरूलाई परमेश्‍वरका घरमा सत्यताले शासन गर्छ भन्‍ने कुरा थाहा हुँदैन। यदि तिनीहरूले सत्यता पछ्याएनन् भने, तिनीहरूको ज्ञान चाहे जति नै उच्च भए पनि वा तिनीहरूको वाक-कौशल जति नै राम्रो भए पनि, तिनीहरू खडा रहन सक्दैनन्। ढिलोचाँडो, तिनीहरूलाई प्रकट गरिनेछ र हटाइनेछ। के मानिसहरूलाई यो सानो धर्मसिद्धान्त बुझ्न सजिलो हुन्छ? धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका तर यो कुरा छर्लङ्ग देख्‍न नसक्‍ने मानिसहरू मूल्यहीन अलमल्ल मानिसहरू मात्रै हुन्। यदि तिनीहरू अलिक समझदार भएका भए, तिनीहरू त्यति अहङ्कारी हुनेथिएनन्। त्यस्ता मानिसहरू आफैलाई खुलासा गरिरहेका दियाबलस र शैतानहरू हुन्। अहिले, मैले यो मामलालाई सीधै औँल्याएँ ताकि तिमीहरूले पनि यसलाई स्पष्ट रूपमा बुझ्न सक; ताकि तिमीहरूले यो मामलालाई अलिक खुट्ट्याएर यसलाई स्पष्ट रूपमा देख्‍न सक। यदि मैले यसलाई प्रस्ट रूपमा नऔँल्याएको भए, के तिमीहरूले यसलाई यसरी खुट्टयाउन सक्‍नेथियौ? के तिमीहरूले तिनीहरूलाई निकाल्न सक्‍नेथियौ? मानिसहरूले समस्या देख्‍न सक्दैनन्, त्यसकारण मैले सीधै बताउनुपर्छ। यदि मैले सीधा कुरा गरिनँ भने, समस्या समाधान हुन सक्दैन। तिमीहरूले बुझ्ने केही धर्मसिद्धान्तहरूमा मात्रै भरोसा गरेर, कुनै पनि समस्या समाधान गर्न सकिँदैन।

ख्रीष्टविरोधीहरू सधैँ आफूमा विशेष प्रतिभा भएको ठान्छन्। तिनीहरू आफू कलेजबाट स्नातक प्राप्त हुन् जो गहन रूपमा शिक्षित र ज्ञानको धनी छन् भन्ने सोच्छन्। तिनीहरू आफ्नो ज्ञान र आफूले सिकेका आत्मिक सिद्धान्तहरूलाई निकै बहुमूल्य ठान्ने र महत्त्व दिने गर्छन्, र यी कुराहरूलाई सत्यताझैँ व्यवहार समेत गर्छन्। त्योभन्दा बढी त, तिनीहरू प्रायजसो, आफूलाई सही लाग्ने यो ज्ञान र अनुभव लिन्छन्, र यसलाई आफ्ना वरिपरिका मानिसहरूलाई निर्देशन दिन, बहकाउन, वा विचारहरूलाई आकार दिनका लागि प्रयोग गर्छन्। विशेष गरी, तिनीहरू आफ्नो “गौरवशाली” विगतका बारेमा बारम्बार कुरा गर्छन्, जुन कुरालाई तिनीहरूले अरूलाई मनाउन र विश्‍वस्त पार्न, र आफ्‍नो सम्मान र आराधना गर्ने तुल्याउन प्रयोग गर्छन्। अनि तिनीहरूका यी “गौरवशाली” विगतहरू के-के हुन् त? तिनीहरूमध्ये कतिले यसो भन्‍नेछन्: “म कुनै बेला विश्‍वविद्यालयको प्राध्यापक थिएँ। मेरा सबै विद्यार्थीहरू स्नातकोत्तर वा विद्यावारिधिका विद्यार्थीहरू थिए। जब-जब म प्रशिक्षण दिन्थे, तब एउटा सिट पनि खाली हुँदैनथियो; हरेक विद्यार्थी पूर्ण रूपमा चुपचाप बस्थे, आफ्नो आँखामा श्रद्धा र आदरका साथ मलाई हेरिरहेका हुन्थे। मलाई घबराहट समेत हुँदैनथ्यो। यो सब कति भव्य र प्रभावशाली थियो! म यस्तो प्रतिभा र साहस लिएर जन्मेको थिएँ।” अरूले भन्‍नेछन्: “मैले १४ वर्षको उमेरमा नै ड्राइभिङ सिकेँ। मैले अहिले सवारी चलाएको ४० वर्षभन्दा बढी समय भयो र मेरो सवारी चलाउने सीप उत्कृष्ट छ।” तिनीहरूले यसो भन्‍नुको अर्थ के हो? तिनीहरूको अर्थ यो हो: “तिमीहरूले सवारी चलाएको केही दिन मात्रै भएको छ। तिमीहरूलाई के थाहा छ? म जस्तो अनुभवी चालकले, आफ्नो जीवनभरि सवारी चलाएको छु। मसँग हरप्रकारका अनुभवहरू छन्। भविष्यमा, तिमीहरूले केही बुझेनौ भने मलाई सोध्नुपर्छ। तिमीहरूले मैले भनेको कुरा सुन्नैपर्छ।” जब ख्रीष्टविरोधीहरूसँग कुनै प्रकारको सीप हुन्छ, तब तिनीहरूले आफूलाई उल्लेखनीय ठान्छन्, तिनीहरूले आफूलाई रहस्यमय बनाउँछन्, र तिनीहरूले आफ्नै देखावट गर्छन् र आफ्नै बारेमा गवाही दिन्छन्, यसरी अरूलाई आफ्नो आदर र आराधना गर्ने तुल्याउँछन्। जब यस्ता मानिसहरूसँग थोरै सामर्थ्य वा कुनै वरदान हुन्छ, तब त्यसले तिनीहरूलाई आफू अरूभन्दा असल छु भनी सोच्ने तुल्याउँछ, र तिनीहरूले अरूलाई अगुवाइ गर्ने आकाङ्क्षा राख्छन्। जब अरू मानिसहरू उत्तरहरू खोज्‍न तिनीहरूकहाँ आउँछन्, तब ख्रीष्टविरोधीहरूले उनीहरूलाई माथि बसेर व्याख्या दिन्छन्, र यदि त्यसपछि पनि ती मानिसहरूले बुझेनन् भने, तिनीहरूले यो उनीहरूको क्षमता कमजोर भएकोले हो भनेर बताउँछन्, तैपनि वास्तवमा, स्पष्ट व्याख्या प्रदान नगर्नेहरू ख्रीष्टविरोधीहरू आफै हुन्छन्। उदाहरणका लागि, कसैले बिग्रेको मेसिन मर्मत गर्न नसकेको देखेर, ख्रीष्टविरोधीले यसो भन्‍नेछ: “यो काम कसरी गर्ने भन्‍ने तिमीलाई अझै पनि कसरी थाहा भएन? के मैले तिमीलाई यो कसरी गर्ने भनेर पहिले नै बताइसकेको छैनँ र? मैले यो कुरा निकै स्पष्ट रूपमा व्याख्या गरेको थिएँ, तैपनि तिमीले अझै बुझेका छैनौ। तिम्रो क्षमता साँच्चै कमजोर छ। मैले तिमीलाई यो कसरी गर्ने भनेर सिकाउँदा तिमी हरेक पटक नै सिक्न असफल हुन्छौ।” तैपनि जब त्यो व्यक्तिले उसलाई मेसिन मर्मत गर्न आग्रह गर्छ, तब उसले यसलाई निकै लामो समयसम्‍म हेर्नेछ र उसलाई पनि त्यो कसरी मर्मत गर्ने भन्‍ने थाहा हुनेछैन, र उसले त्यो मर्मत गर्न आउँदैन भन्ने तथ्यलाई पनि त्यस व्यक्तिबाट लुकाउँछ। त्यस व्यक्तिलाई पठाएपछि, ख्रीष्टविरोधीले सुटुक्क अनुसन्धान गर्नेछ र मेसिन कसरी मर्मत गर्ने भनेर पत्ता लगाउने प्रयास गर्नेछ, तर उसले अझै पनि यसलाई ठीक गर्न सक्‍नेछैन। उसले मेसिनलाई खोलखाल गरेर टुक्रा-टुक्रा पार्नेछ, त्यसलाई पूर्णतः अस्तव्यस्त बनाउनेछ र त्यसलाई फेरि जोड्न सक्नेछैन। त्यसपछि, अरूले देख्‍नेछन् भन्‍ने डरले, उसले ती टुक्रा-टाक्रीहरू लुकाउनेछ। के कतिपय कामहरू गर्न नआउनु लाजमर्दो कुरा हो? के सबै काम गर्न सक्‍ने कोही छ? केही कामहरू गर्न नआउनु लाजमर्दो कुरा होइन। तँ साधारण व्यक्ति मात्रै होस् भन्‍ने नबिर्सी। कसैले पनि तँलाई आदर वा आराधना गर्दैन। साधारण व्यक्ति भनेको त्यही हो: एक साधारण व्यक्ति। यदि तँलाई कुनै काम गर्न आउँदैन भने, गर्न आउँदैन भनेर भन् न। तँ किन आफूलाई ढाकछोप गर्ने प्रयास गर्छस्? यदि तैँले जहिल्यै आफूलाई ढाकछोप गरिरहेको हुन्छस् भने मानिसहरूले तँसँग घिन मान्नेछन्। ढिलो-चाँडो, तेरो कुरा खुलासा हुनेछ, र त्यस बेला, तैँले आफ्नो गरिमा र निष्ठा गुमाउनेछस्। यो ख्रीष्टविरोधीको स्वभाव हो—उसले जहिल्यै आफूलाई सबै कुराको ज्ञान भएको, सबै कुरा गर्न सक्ने, सबै कुरामा सक्षम र योग्य व्यक्तिको रूपमा लिन्छ। के यसले उसलाई समस्यामा पार्नेछैन र? यदि ऊसँग इमानदार मनोवृत्ति भएको भए उसले के गर्नेथियो? उसले यसो भन्नेथियो: “म यो प्राविधिक सीपमा दक्ष छैनँ; मसँग अलिकति अनुभव मात्रै छ। मैले आफूले जानेका सबै कुरा लागु गरेँ, तर हामीले सामना गरिरहेका यी नयाँ समस्याहरू मैले बुझेको छैनँ। त्यसकारण, यदि हामी आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छौँ भने हामीले केही पेसागत ज्ञान सिक्‍नुपर्छ। पेसागत ज्ञानमा निपुण भएमा यसले हामीलाई आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्ने तुल्याउनेछ। परमेश्‍वरले हामीलाई यो कर्तव्य सुम्पनुभएको छ, त्यसकारण यसलाई राम्ररी पूरा गर्ने जिम्मेवारी हाम्रो हो। हामीले आफ्नो कर्तव्यको जिम्मेवारी वहन गर्ने मनोवृत्तिका आधारमा यो पेसागत ज्ञान सिक्‍नुपर्छ।” यो नै सत्यताको अभ्यास गर्नु हो। ख्रीष्टविरोधीको स्वभाव भएको व्यक्तिले यसो गर्नेथिएन। यदि कुनै व्यक्तिमा अलिकति समझ छ भने, उसले यसो भन्‍नेछ: “मलाई यति मात्रै थाहा छ। तिमीले मलाई सम्मान गर्नु पर्दैन, र मैले स्वाङ पार्नु पर्दैन—के त्यसले कामकुरालाई झन् सहज बनाउनेछैन र? सधैँ आफूलाई ढाकछोप गर्नु दुःखदायी कुरा हो। यदि हामीलाई कुनै कुरा थाहा छैन भने, हामीले सँगै सिक्न सक्छौँ अनि हाम्रो कर्तव्य राम्ररी पूरा गर्न सामञ्जस्यताका साथ सहकार्य गर्न सक्छौँ। हामीसँग जिम्मेवार मनोवृत्ति हुन जरुरी छ।” यो देख्दा, मानिसहरूले यसो सोच्नेथिए, “यो व्यक्ति हामीभन्दा असल छ; उसलाई समस्या आइपर्दा, उसले अन्धाधुन्ध आफूलाई आफ्नो सीमाभन्दा बाहिर जबरजस्ती धकेल्दैन, न त उसले यसलाई अरूको काँधमा थोपरिदिने वा जिम्‍मेवारीबाट पन्छिने नै गर्छ। बरु, उसले यस कुराको जिम्‍मेवारी आफै लिन्छ र यसलाई गम्भीर र जिम्मेवार मनोवृत्तिका साथ व्यवहार गर्छ। यो एउटा असल व्यक्ति हो जो आफ्नो काम र कर्तव्यप्रति गम्भीर र जिम्मेवार छ। ऊ भरोसायोग्य छ। परमेश्‍वरको घरले उसलाई यो महत्त्वपूर्ण कार्य सुम्पेर ठीक गर्‍यो। परमेश्‍वरले साँच्‍चै नै मानिसहरूको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ!” यसरी आफ्नो कर्तव्य पूरा गरेर, तिनीहरूले आफ्नो सीप सुधार्नेछन् र सबैको अनुमोदन प्राप्त गर्नेछन्। यो अनुमोदन कसरी आउँछ? पहिलो कुरा, तिनीहरूले आफ्नो कर्तव्यलाई गम्भीर र जिम्मेवार मनोवृत्तिका साथ व्यवहार गरिरहेका हुन्छन्; दोस्रो कुरा, तिनीहरू एउटा इमानदार व्यक्ति बन्‍न सक्छन्, र तिनीहरूसँग व्यावहारिक र अध्ययनशील मनोवृत्ति हुन्छ; तेस्रो कुरा, तिनीहरूसँग पवित्र आत्माको मार्गदर्शन र अन्तर्दृष्टि हुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। त्यस्तो व्यक्तिसँग परमेश्‍वरको आशिष् हुन्छ; विवेक र समझ भएको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा यही हो। उसमा भ्रष्ट स्वभाव, कमी र कमजोरीहरू हुने भए पनि, र उसलाई धेरै कुरा कसरी गर्ने भन्‍ने थाहा नहुने भए पनि, ऊ अझै पनि अभ्यासको सही मार्गमा हुन्छ। उसले आफूलाई ढाकछोप गर्ने वा छल गर्ने गर्दैन; उसमा आफ्नो कर्तव्यप्रति गम्भीर र जिम्मेवार मनोवृत्ति हुन्छ, र सत्यताको तृष्णा गर्ने र त्यसप्रति भक्तिको मनोवृत्ति हुन्छ। ख्रीष्टविरोधीहरूले कहिल्यै यी कुराहरू गर्न सक्‍नेछैनन् किनभने तिनीहरूको सोच्ने तरिका सत्यतालाई प्रेम गर्ने र पछ्याउने मानिसहरूको भन्दा सधैँ फरक हुनेछ। तिनीहरू किन फरक तरिकाले सोच्छन्? किनभने तिनीहरूभित्र नै शैतानको प्रकृति हुन्छ; तिनीहरू शैतानको स्वभाव अनुसार जिउँछन् र सधैँ प्रतिष्ठा र हैसियत पछ्याउँछन्, र निरन्तर शक्ति हासिल गर्ने आफ्नो उद्देश्य पूरा गर्ने आशा राख्छन्। तिनीहरू सधैँ युक्ति र चलाकीहरूमा संलग्‍न हुन विभिन्‍न माध्यमहरू प्रयोग गर्न खोज्छन्, मानिसहरूलाई साम, दाम, दण्ड, भेदमार्फत बहकाएर आफ्‍नो आराधना गर्न र आफूलाई पछ्याउन लगाउँछन्। त्यसकारण, मानिसहरूको आँखामा छारो हाल्‍नका लागि, तिनीहरूले आफूलाई ढाकछोप गर्ने, चलाकी गर्ने, झूट बोल्ने, र छल गर्ने, अरूलाई तिनीहरू सबै कुरामा सही छन्, तिनीहरू सबै कुरामा सक्षम छन्, र तिनीहरूले जे पनि कुरा गर्न सक्छन्; तिनीहरू अरूभन्दा चलाख छन्, तिनीहरू अरूभन्दा बुद्धिमानी छन्, तिनीहरूले अरूले भन्दा बढी बुझ्छन्; तिनीहरू सबै कुरामा अरूभन्दा सिपालु छन्, र तिनीहरू हरेक हिसाबमा अरूभन्दा माथि छन्—तिनीहरू कुनै पनि समूहमा सर्वोत्कृष्ट छन् भन्‍ने कुरा विश्‍वास दिलाउन हर प्रकारका तरिकाहरू खोज्छन्। तिनीहरूमा यस्तो खाँचो हुन्छ; ख्रीष्टविरोधीहरूको स्वभाव यही हो। यसरी, तिनीहरूले आफू जे होइन त्यसको ढोँग गर्न सिक्छन्, र यस्ता विभिन्न अभ्यास र प्रकटीकरणहरू पैदा गर्छन्।

यसबारे विचार गर: आफू जे होइन त्यही नै हो भनी ढोँग गर्न मन पराउने मानिसहरूमा कस्तो स्वभाव हुन्छ? तिनीहरू आफू के भएको ढोँग गर्छन्? तिनीहरू दियाबलस वा नकारात्मक व्यक्ति भएको ढोँग गर्दैनन्; तिनीहरू उच्च, असल, सुन्दर, र दयालु, मानिसहरूले सम्‍मान र प्रशंसा गर्न लायक भएको ढोँग गर्छन्—तिनीहरू मानिसहरूले प्रशंसा गर्न वा अनुमोदन गर्न लायक भएको ढोँग गर्छन्। तिनीहरू सबै कुरा जानेको र बुझेको ढोँग गर्छन्; तिनीहरू आफूसँग सत्यता भएको, आफू सकारात्मक व्यक्तित्व भएको, र सत्यता वास्तविकता भएको ढोँग गर्छन्। के यो आफ्नै विनाशको खोजी गर्नु होइन र? के तिनीहरूमा त्यो वास्तविकता हुन्छ? के तिनीहरूमा त्यो सार हुन्छ? हुँदैन। तिनीहरूसँग त्यस्ता कुरा नभएकै कारण तिनीहरूले ढोँग गरिरहेका छन् भनेर भनिएको हो। त्यसोभए, के तिनीहरूसँग सत्यता वास्तविकता भएकोले तिनीहरू सत्यताको मूर्त रूप हुन् भनेर कसैले भन्‍नेछ? के यो अभिव्यक्तिमा दम छ? (अहँ, छैन।) यदि तँसँग केही सत्यता वास्तविकताहरू भए पनि, तँ कुनै पनि हालतमा सत्यताको मूर्त रूप होइनस्। त्यसकारण, जो सत्यताको मूर्त रूप भएको ढोँग गर्छ ऊ अहङ्कारी व्यक्ति हो र बेतुके किसिमको व्यक्ति हो! आफूसँग अलिकति मात्र सत्यता वास्तविकता भएको तैपनि सत्यताको मूर्त रूप भएको ढोँग गर्ने आँट गर्ने व्यक्ति, विशाल र असीमित सागर हुँ भनेर दाबी गर्ने पानीको एउटा थोपा जस्तै हो। के यो अहङ्कारको पराकाष्ठा होइन र? के यो दुस्साहसी निर्लज्जता होइन र? कुनै व्यक्तिसँग, सत्यताको मूर्त रूप हुँ भन्‍ने ढोँग गर्नका लागि, त्यसो गर्ने पुँजी हुनुपर्छ। अनि ख्रीष्टविरोधीहरूले सत्यताको मूर्त रूप भएको ढोँग गर्न के प्रयोग गर्छन्? मैले भर्खरै उल्लेख गरेकै कुराहरू हुन्—ज्ञान, अनुभव, र पाठहरू। यसमा मानिसहरूले सिकाइमार्फत प्राप्त गर्ने विशेष सीप र प्रतिभाहरू साथै तिनीहरूले जन्मजात रूपमा लिएर आएका वरदानहरू समावेश हुन्छन्। कतिपय मानिसहरूसँग भाषाहरू बोल्ने वरदान हुन्छ, जब कि अरूमा प्रचार गर्ने वरदान वा वाक-कौशल हुन्छ। अरूले केही विशेष पेसागत सीपहरू सिकेका वा तिनमा निपुणता हासिल गरेका हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू नृत्य, सङ्गीत, ललित कला, भाषा, वा साहित्यमा अति उत्कृष्ट हुन्छन्; जबकि अरू राजनीतिमा सिपालु हुन्छन्, जसको अर्थ तिनीहरू मानिसहरूसँग चालबाजी गर्नमा निकै सिपालु हुन्छन्, तिनीहरू कूटनीतिमा अब्बल हुन्छन्, र इत्यादि। छोटकरीमा भन्दा, यसमा जीवनका सबै क्षेत्रका विशेष प्रतिभा भएका मानिसहरू समावेश हुन्छन्। विशेष प्रतिभा वा वरदानहरू भएका यी मानिसहरूसँग समाजमा निश्‍चित हैसियत वा निर्धारित कर्म-क्षेत्र हुन्छ नै भन्‍ने जरुरी छैन। कतिपय मानिसहरू स-साना ठाउँमा जिउँछन्, तैपनि तिनीहरूले विगतदेखि वर्तमानसम्मका विभिन्‍न मामिलाहरूका बारेमा स्पष्ट र तार्किक रूपमा, र निकै कुशल तरिकाले बोल्न सक्छन्। यदि यी विशेष प्रतिभा भएका मानिसहरूमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तिनीहरू परमेश्‍वरका घरमा आउँदा यथास्थितिसँग सन्तुष्ट हुनेछैनन्; तिनीहरूले निश्‍चित महत्त्वाकाङ्क्षा र चाहनाहरू पाल्नेछन्, र तिनीहरूलाई क्रमिक रूपमा प्रकाश गरिनेछ।

ख्रीष्टविरोधीहरूले अलिकति अनुभव र ज्ञान प्राप्त गरेपछि, र केही पाठहरू सिकेपछि आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्छन् भन्‍ने विषयवस्तुको सन्दर्भमा, हामीले भर्खरै त्यस्ता ज्ञान, अनुभव, र पाठहरूको दायराबारे छलफल गरेका छौँ। अनि यो छलफल के कुरामा केन्द्रित थियो? (ढोँग गर्नु।) ठीक भन्यौ। यसको चुरो कुरा भनेको ख्रीष्टविरोधीहरूले आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्नु हो। ज्ञान, अनुभव, पाठहरू—यीमध्ये कुनै पनि कुरा सत्यता होइनन्; सत्यतासँग यी कुराको बिलकुलै सरोकार हुँदैन। यी कुराहरू सत्यताको विरुद्धमा समेत जान्छन् र परमेश्‍वरद्वारा निन्दित हुन्छन्। उदाहरणका लागि, ज्ञानलाई लिऊँ, के इतिहासलाई ज्ञानको रूपमा गनिन्छ? (गनिन्छ।) मानव इतिहास, निश्‍चित देश वा जातीय समूहहरूको इतिहास, आधुनिक इतिहास, प्राचीन इतिहास, वा निश्‍चित अनौपचारिक इतिहासहरूबारे रहेका ज्ञान र इतिहासका पुस्तकहरू कसरी आए? (ती मानिसहरूद्वारा लेखिएका थिए।) त्यसोभए, के मानिसहरूले लेखेका कुराहरू वास्तविक इतिहाससँग मिल्छन्? के मानिसहरूका अवधारणा र विचारहरू परमेश्‍वरका कार्यहरूका सिद्धान्त, मार्ग, र माध्यमहरूसँग बाझिँदैनन् र? के मानिसले बोलेका यी वचनहरू साँचो इतिहाससँग सम्बन्धित छन्? (छैनन्।) तीबीच कुनै सम्बन्ध छैन। त्यसकारण, इतिहासका पुस्तकहरूमा समावेश भएका अभिलेखहरू चाहे जति नै सटीक भए पनि, ती ज्ञान मात्रै हुन्। ती इतिहासकारहरू चाहे जति नै वाक्पटु भए पनि, र तिनीहरूले यी इतिहास चाहे जति नै तार्किक र स्पष्ट रूपमा सुनाए पनि, ती कुराहरू सुनेपछि तँ के निष्कर्षमा पुग्‍नेछस्? (हामीले ती घटनाहरूका बारेमा थाहा पाउनेछौँ।) हो, तिमीहरूले ती घटनाहरूका बारेमा थाहा पाउनेछौ। तर के तिनीहरूले तँलाई ती इतिहास सुनाउनुको उद्देश्य ती घटनाहरूका बारेमा जानकारी दिनु मात्रै हो त? तिनीहरूसँग एउटा निश्‍चित विचार हुन्छ, जसद्वारा तिनीहरू तँमा विचारहरू लाद्न चाहन्छन्। अनि तिनीहरूको विचार लाद्ने काम केमा केन्द्रित हुन्छ? हामीले विश्लेषण र चिरफार गर्नुपर्ने कुरा नै यही हो। म एउटा उदाहरण दिन्छु ताकि तिनीहरू मानिसहरूलाई के कुराद्वारा विचार लाद्न चाहन्छन् भनेर तिमीहरूले बुझ्न सक्छौ। प्राचीन समयदेखि आजसम्मको इतिहासलाई पुनरावलोकन गरेपछि, मानिसहरूले अन्तिममा एउटा भनाइ निकालेका छन्; तिनीहरूले मानव इतिहासमा एउटा तथ्य अवलोकन गरेका छन्, जुन यस्तो छ: “जित्नेहरूलाई राजाका रूपमा जयजयकार गरिन्छ, जबकि हार्नेहरूलाई अपराधी करार गरिन्छ।” के यो ज्ञान हो? (हो।) यो ज्ञान ऐतिहासिक तथ्यहरूबाट आउँछ। के परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुने तरिका र माध्यमहरूसँग यो भनाइको कुनै सम्बन्ध छ? (छैन।) वास्तवमा, यो तिनको विपरीत छ; यो तीसँग बाझिन्छ र तिनको विरुद्धमा जान्छ। त्यसोभए, तँलाई यो भनाइद्वारा विचार लादिएको छ, र यदि तैँले सत्यता बुझ्दैनस्, वा तँ गैरविश्‍वासी होस् भने, यो सुनेपछि तैँले के सोच्छस् होला? तैँले यस भनाइलाई कसरी लिनेथिइस्? सर्वप्रथम, यी इतिहासकार वा इतिहासका पुस्तकहरूले यस प्रकारका सबै घटनाहरूलाई सूचीबद्ध गर्छन्, र यो भनाइको सटीकतालाई पुष्टि गर्न पर्याप्त प्रमाण र ऐतिहासिक घटनाहरू प्रयोग गर्छन्। सुरुमा, तैँले यो भनाइ पुस्तकबाट मात्रै सिकेको हुन सक्छस्, र तँलाई यस भनाइबारे जानकारी मात्र हुन्छ। तँ यी घटनाहरूबारे सचेत नभएसम्म तैँले यसलाई एउटा स्तर वा निश्‍चित हदसम्म मात्रै बुझेको हुन सक्छस्। तर तैँले एक पटक यी ऐतिहासिक तथ्यहरू सुनेपछि, यो भनाइप्रतिको तेरो पहिचान र स्वीकार गहन बन्‍नेछ। तैँले यस्तो त अवश्य नै भन्‍नेछैनस्, “कतिपय कुराहरू त्यस्ता हुँदैनन्।” बरु, तैँले यसो भन्‍नेछस्, “वास्तविकता यस्तै हुन्छ; प्राचीन समयदेखि आजसम्मको इतिहासलाई हेर्दा, मानवजाति यसरी नै विकसित भएको छ—जित्नेहरूलाई राजाका रूपमा जयजयकार गरिन्छ, जबकि हार्नेहरूलाई अपराधी करार गरिन्छ!” जब तैँले यस मामिलालाई यसरी बुझ्छस्, तब तैँले आफ्नो आत्मआचरण करियर, र तेरो दैनिक जीवन, साथै तेरो वरिपरिका मानिस, घटना, र कामकुराहरूप्रति के-कस्ता दृष्टिकोण र मनोवृत्तिहरू राख्‍नेछस्? के त्यस्तो बुझाइले तेरो मनोवृत्ति परिवर्तन गर्नेछ? (गर्नेछ।) सबैभन्दा बढी, यसले नै परिवर्तन गर्नेछ। त्यसोभए, यसले तेरो मनोवृत्तिलाई कसरी परिवर्तन गर्नेछ त? के यसले तेरो जीवनको दिशा र संसारसँग व्यवहार गर्ने तेरा विधिहरूलाई मार्गदर्शन र परिवर्तन गर्नेछ? सायद तैँले यसअघि यस्तो विश्‍वास गर्थिस् होला, “सद्भाव खजाना हो; धैर्यता सान हो” र “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” अब, तैँले यस्तो सोच्नेछस्, “‘जित्नेहरूलाई राजाका रूपमा जयजयकार गरिन्छ, जबकि हार्नेहरूलाई अपराधी करार गरिन्छ,’ त्यसकारण यदि म अधिकारी बन्‍न चाहन्छु भने, मैले फलानो-फलानोलाई ध्यान दिएर ख्याल गर्नुपर्छ। तिनीहरू मेरा पक्षमा छैनन्, त्यसकारण मैले तिनीहरूलाई बढुवा दिनु हुँदैन—तिनीहरू बढुवा पाउन योग्य नै किन नहुन्।” तैँले कामकुराहरूबारे यसरी सोच्दै जाँदा, तेरो मनोवृत्ति परिवर्तन हुनेछ—र त्यो तुरुन्तै परिवर्तन हुनेछ। यो परिवर्तन किन आउँछ? किनभने तैँले “जित्नेहरूलाई राजाका रूपमा जयजयकार गरिन्छ, जबकि हार्नेहरूलाई अपराधी करार गरिन्छ” भन्‍ने विचार र दृष्टिकोणलाई स्वीकार गरेको छस्। धेरै तथ्यहरू सुन्नाले तेरो लागि वास्तविक मानव जीवनमा यो दृष्टिकोणको सहीपनलाई थप पुष्टि मात्रै गर्नेछ। तैँले आफ्नो भावी जीवन र सम्भावनाहरूलाई पछ्याउनका लागि यो दृष्टिकोणलाई आफ्ना कार्य र आत्मआचरणमा लागु गर्नुपर्छ भन्‍ने कुरा तँलाई गहन रूपमा विश्‍वास हुनेछ। त्यसपछि के यो विचार र दृष्टिकोणले तँलाई परिवर्तन गरेको हुनेछैन र? (हुनेछ।) अनि यसले तँलाई परिवर्तन गर्दै गर्दा, यसले तँलाई भ्रष्ट पनि तुल्याइरहेको हुनेछ। कुरो त्यही हो। त्यस्तो ज्ञानले तँलाई परिवर्तन गर्छ र भ्रष्ट तुल्याउँछ। त्यसकारण, यस मामलाको जडलाई हेर्दा, यी इतिहासहरू जति नै सटीक रूपमा प्रस्तुत गरिएका भए पनि, ती अन्ततः यो भनाइमा सारांशित हुन्छन्, र तेरो दिमाग यो विचारले भरिन्छ। यो ज्ञान सत्यताको मूर्त रूप हो कि शैतानको तर्क हो? (शैतानको तर्क।) ठीक भन्यौ। के मैले यसलाई पर्याप्त विवरणका साथ व्याख्या गरेको छु? (गर्नुभएको छ।) अब यो कुरा स्पष्ट भएको छ। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस् भने, दुई जुनीपछि पनि तैँले यो कुरा बुझ्नेछैनस्—तँ जति धेरै जिउँछस्, तँलाई त्यति नै आफू मूर्ख छु भन्‍ने लाग्नेछ, र तँलाई लाग्छ कि तँ पर्याप्त रूपमा निर्दयी छैनस्, र तँ अझै निर्दयी, अझै धूर्त, अझै कुटिल, अझै खराब र अझै दुष्ट व्यक्ति हुनुपर्छ। तैँले मनमनै यसो सोच्नेछस्: “यदि उसले मार्न सक्छ भने, मैले आगजनी गर्नुपर्छ। यदि उसले एक जनालाई मार्छ भने, मैले १० जनालाई मार्नुपर्छ। यदि उसले कुनै निशान नै नछोडी मार्छ भने, म मानिसहरूलाई थाहै नदिई हानि गर्नेछु—म तिनीहरूका सन्तानलाई पनि तीन पुस्तासम्‍म मलाई धन्यवाद दिने बनाउनेछु!” शैतानको दर्शन, ज्ञान, अनुभव, र पाठहरूले मानवजातिमा पारेको प्रभाव यही हो। वास्तवमा, यो त दुर्व्यवहार र भ्रष्टता मात्रै हो। त्यसकारण, यस संसारमा जुनसुकै प्रकारको ज्ञान प्रचार भइरहेको वा फैलिरहेको भए पनि, त्यसले तँमा एउटा विचार वा दृष्टिकोण लाद्नेछ। यदि तैँले यो कुरा खुट्ट्याउन सक्दैनस् भने, तँलाई विष दिइनेछ। समग्रमा, अब एउटा कुरा निश्‍चित छ: यो ज्ञान आम मानिसहरूबाट आए पनि वा आधिकारिक स्रोतहरूबाट आए पनि, यसलाई अल्पसङ्ख्यकले आदर गरे पनि वा बहुसङ्ख्यकले आदर गरे पनि—त्यसमध्ये कुनै पनि सत्यतासँग सान्दर्भिक हुँदैन। सत्यता नै सबै सकारात्मक कुराहरूको वास्तविकता हो। त्यसको सहीपन त्यसलाई स्वीकार गर्ने मानिसहरूको सङ्ख्याले निर्धारित गर्दैन। सकारात्मक कुराहरूको वास्तविकता आफै सत्यता हो। कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन, न त कसैले यसलाई इन्कार नै गर्न सक्छ। सत्यता सधैँ सत्यता नै हुनेछ।

हामी परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने तथ्यबारे कुरा गरौँ। परमेश्‍वरले मानवजातिलाई डोर्‍याउन थालेदेखि, उहाँले इतिहास र लेखा पनि राख्‍नुभएको छ। परमेश्‍वरले मानव इतिहासलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वर मानिसहरूले सत्यता देखून् भन्‍ने चाहनुहुन्छ, र मानिसहरूले कामकुराहरूका बारेमा गर्ने मूल्याङ्कन र निष्कर्षहरू सत्यता होइनन्। तर मानिसहरूले किन इतिहासलाई परमेश्‍वरका वचनहरू र सत्यताका आधारमा हेर्दैनन्? किनभने मानिसहरू सत्यताप्रति वितृष्ण हुन्छन्, सत्यतालाई घृणा गर्छन्, र सत्यतालाई अलिकति पनि पटक्कै स्वीकार गर्दैनन्। त्यसकारण तिनीहरूले भ्रामक, हास्यास्पद, र बेतुके सिद्धान्तहरूको एउटा शृङ्खला प्रतिपादन गर्न सक्छन्। उदाहरणका लागि, प्रभु येशू पवित्र आत्माद्वारा गर्भधारण गरिनुभएको थियो। यो सकारात्मक कुरा हो। तैपनि, यसबारे शैतानले के भन्छ? शैतानले पवित्र आत्माद्वारा गर्भधारण भएको तथ्यलाई स्वीकार गर्दैन, र प्रभु येशू अवैध सन्तान हुनुहुन्छ, उहाँ मानिसबाट जन्मनुभएको हो भनेर ईश्‍वरनिन्दा समेत गर्छ। शैतानले मानवजातिको सबैभन्दा फोहोरी शब्द, मानिसहरूले हेला र घृणा गर्ने अभिव्यक्तिलाई लिएर, त्यसलाई प्रभु येशूको जन्मको घटनामा लागु गर्छ। के यो तथ्यहरूलाई विकृत गर्नु होइन र? (हो।) पवित्र आत्माद्वारा हुने गर्भधारण परमेश्‍वरको काम हो। अनि त्यसले जस्तोसुकै रूप लिए पनि, परमेश्‍वरको कामबारे एउटा कुरा निश्‍चित छ: त्यो सत्यता हो, अपरिवर्तनीय सत्यता। त्यसोभए, शैतानले किन यस्तो स्पष्ट तथ्यलाई, परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको र गवाही दिनुभएको तथ्यलाई स्वीकार गर्दैन? शैतानले किन यसलाई बेवास्ता गर्छ र प्रभु येशूलाई मानिसबाट जन्मेको अवैध सन्तानको रूपमा समेत वर्णन गर्छ त? (त्यसले सत्यतालाई घृणा गर्छ, सकारात्मक कुराहरूलाई घृणा गर्छ।) त्यसले जानाजान परमेश्‍वरलाई बदनाम गरिरहेको छ! शैतानलाई यो तथ्यबारे सबैभन्दा बढी थाहा छ; त्यसले यस कुरालाई आत्मिक क्षेत्रमा स्पष्ट रूपमा देख्छ। त्यसोभए त्यसले किन यसो गर्छ? त्यसको मनसाय के हो, त्यसको अभिप्राय के हो? त्यसले किन यस्तो अभिव्यक्ति फैलाउँछ? त्यसले जानी-जानी परमेश्‍वरको कुप्रचार गरिरहेको र उहाँलाई बदनाम गरिरहेको छ। त्यसले परमेश्‍वरलाई बदनाम गर्नुको उद्देश्य के हो? मानिसहरूलाई येशू अवैध सन्तान हुनुहुन्छ भनेर विश्‍वास गर्ने, यो कुरा लाजमर्दो ठान्ने, र यसरी उहाँमा विश्‍वास नगर्ने तुल्याउनु हो। शैतानले सोच्छ, “यदि मानिसहरूले तपाईँमाथि कुनै आस्था राखेनन् भने, तपाईँले आफ्नो काम पूरा गर्न सक्‍नुहुनेछैन, होइन र?” वास्तवमा, सत्यता सधैँ सत्यता नै हुनेछ। त्यो बेला सम्पूर्ण मानवजातिले यसलाई इन्कार गरेको भए पनि, दुई हजार वर्षपछि, प्रभु येशूसँग अन्ततः संसारभरि उहाँका अनुयायीहरू र उहाँको प्रशंसा गर्ने मानिसहरू छन्, क्रूसलाई जताततै स्पष्ट रूपमा प्रदर्शन गरिन्छ, र शैतान असफल भएको छ। के शैतानको अभिव्यक्तिले काम गर्‍यो? (अहँ, गरेन।) त्यसकारण, त्यो सत्यता होइन; त्यो आधारहीन छ र उहाँलाई बदनाम गर्नु व्यर्थ हो। परमेश्‍वरले गर्नुभएको यो कुरा चाहे मानिसहरूका धारणा र कल्पनाहरूसँग मिले पनि वा नमिले पनि, वा यो मानवजातिको परम्परागत संस्कृति, भनाइ, वा नैतिकता विपरीत भए पनि नभए पनि, परमेश्‍वरले त्यो वास्ता गर्नुहुन्न। परमेश्‍वरले किन वास्ता गर्नुहुन्न त? यसले के कुरालाई छुन्छ? परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुने हुनाले, के शैतानका यी दुष्ट शब्दहरूले परमेश्‍वरको कामलाई नष्ट गर्न सक्छन्? तिमीहरूले यसलाई छर्लङ्ग देख्न सक्दैनौ, होइन र? (अहँ, हामी सक्दैनौँ।) मलाई भन, के सबै कुरा परमेश्‍वरका हातमा छैन र? (छ।) के शैतानको दुष्ट अभिव्यक्तिले, ती केही शब्दहरूले मात्रै, परमेश्‍वरको व्यवस्थापन योजनालाई नष्ट गर्न सक्छन्? के त्यो सम्भव छ? (अहँ, छैन।) शैतान सफल हुन चाहन्छ, तर के त्यसले त्यसो गर्न सक्छ? सत्यता सधैँ सत्यता नै हुनेछ। सत्यताको शक्ति यही हो। सत्यताको शक्ति त्यस्तो कुरा हो जसलाई कसैले पनि—शैतानले पनि—परिवर्तन गर्न सक्दैन। अहिले पनि, शैतानले त्यो अभिव्यक्ति फैलाउन जारी राख्छ। के यसले काम गर्छ? अहँ, गर्दैन। अनुग्रहको युगको काम सक्किएको छ; प्रभु येशूको सुसमाचार पृथ्वीको कुना-कुनासम्म फैलिएको छ र आखिरी दिनहरूको न्यायको नयाँ काम धेरै वर्षदेखि चलिरहेको छ। शैतान धेरै अघि नै असफल र अपमानित भइसकेको छ। त्यसोभए, के शैतान अहिले रिसाउनु र हतोत्साहित हुनुको कुनै अर्थ छ? अहँ, यसको कुनै अर्थ छैन। त्यसकारण, दृष्टिकोण जस्तोसुकै भए पनि, वा ज्ञानको स्तर चाहे जति नै उच्च भए पनि, वा दृष्टिकोण लागु गरिने र फैलाइने मानिसहरूको सङ्ख्या चाहे जति नै भए पनि, यो सबै व्यर्थ हुन्छ; यो टिक्नेछैन। परमेश्‍वरको कामलाई रोक्न सकिँदैन; शैतानले समेत यसलाई रोक्न सक्दैन। के केही नगण्य मानिसहरूले साँच्‍चै नै परमेश्‍वरको काम रोक्न सक्छु भन्‍ने सोच्छन्? त्यो त भ्रमपूर्ण कुरा हो! तिमीहरूमध्ये धेरै जना शैतानका भ्रामक विचारहरूलाई स्वीकार गर्दै, यी आधारहीन अफवाहहरू भोग्दै हुर्केका छौ; तिमीहरूको टाउको शैतानको तर्क, दर्शन, ज्ञान, र विज्ञान जस्ता कुराहरूले भरिएको थियो। अनि त्यसपछि के भयो? जब परमेश्‍वरका वचनहरू तिमीहरूकहाँ आए, तब तिमीहरूले अझै पनि परमेश्‍वरको आवाज सुन्यौ र तिमीहरू फर्केर परमेश्‍वरसामु आयौ। शैतानका अफवाह र दुष्ट शब्दहरू व्यर्थ भए। तिनले परमेश्‍वरको कामलाई अघि बढ्नबाट अलिकति पनि रोकेनन्। सबै देशमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न थालेका छन्। हरेक दिन, तिनीहरूले परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, प्रवचनहरू सुन्छन् र सङ्गति गर्छन्। तिनीहरूले परमेश्‍वरका लागि आफ्ना कर्तव्य पूरा गर्छन् र उहाँको गवाही दिन्छन्। शैतानले यसो भन्दै यसबारे मनन गर्छ, “मेरा कैयौँ भ्रामक शब्दहरूले किन काम गरिरहेका छैनन्? मैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन गर्न, पक्राउ गर्न, र दुर्व्यवहार गर्न धेरै कार्यहरू गरेको छु, तर पनि किन ती कुराले त्यति प्रभाव पारेका छैनन्? बरु किन परमेश्‍वरका विश्‍वासीहरूको सङ्ख्या बढिरहेको छ?” त्यसपछि त्यसले आफ्नो हृदयमा, परमेश्‍वर साँच्‍चै सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुरा थाहा पाउँछ, त्यसपछि त्यो पूर्ण रूपमा अपमानित हुन्छ—यसर्थ यो भनाइ लागु हुन्छ: “शैतान सधैँ परमेश्‍वरको हातबाट पराजित हुनेछ।” के यो तथ्य हो? (हो।) वास्तवमा सबै कुरा हासिल गर्न सक्‍ने परमेश्‍वरका वचनहरूले नै हो! शैतान र सबै दियाबलस राजाहरू परमेश्‍वरलाई सेवा प्रदान गरिरहेका छन्। परमेश्‍वरका हातमा तिनीहरू सेवा गर्ने वस्तुहरू र प्रतिभारहरू हुन्। के यी सेवा गर्ने वस्तुहरू र प्रतिभारहरूसँग हाम्रो कुनै सरोकार हुन्छ? (हुँदैन।) अहँ, हुँदैन। हामीले परमेश्‍वरमाथि विश्‍वास गर्नमा मात्रै ध्यान केन्द्रित गर्नुपर्छ, र हाम्रो तिनीहरूसँग कुनै सरोकार नै छैन। तिनीहरू राजा भए पनि वा अपराधी भए पनि, तिनीहरू शैतानका हुन् र तिनीहरूलाई नष्ट गरिनेछ। हामीले केवल परमेश्‍वरलाई आफ्नो सारा हृदयले पछ्याउनुपर्छ, शैतानलाई सधैँ धोका दिनुपर्छ, र परमेश्‍वरको पछि लाग्‍नुपर्छ, यति हो। यसो गर्नु सही हुन्छ।

मैले ज्ञान र अनुभवको एउटा उदाहरण दिएको छु, त्यसकारण तिमीहरूले अब यी कुराहरूलाई अझ बढी सटीक रूपमा बुझ्नुपर्छ। यी कुराहरूका बारेमा सङ्गति गर्नुको उद्देश्य के हो? एकातिर, तिमीहरूलाई ख्रीष्टविरोधीहरू खुट्ट्याउन र ख्रीष्टविरोधीहरूको स्वभावको यो पक्षलाई तिमीहरू आफै भित्र पहिचान गर्नका लागि पनि यी तथ्य र उदाहरणहरू प्रयोग गर्न सक्षम बनाउनु हो। अर्कोतिर, के यस्तो छलफलले कतिपय मानिसहरूलाई जथाभाबी व्यवहार गर्नबाट रोक्न सक्दैन र? (सक्छ।) विगतमा, निश्‍चित मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा अनुभव र पुरानो शैलीका तरिकाहरूमा भर पर्ने प्रवृत्ति हुन्थ्यो, र तिनीहरूले कामकुरा गर्ने आफ्नै तरिकालाई पक्रिरहन्थे, त्यसकारण तिनीहरूले परमेश्‍वरको घरका काममा बाधा र अवरोध पुऱ्याउँथे, र परिणामस्वरूप तिनीहरूलाई निराकरण गरिन्थ्यो। तिनीहरूले आफ्नो पुराना अभ्यास र अनुभवलाई अरू सबै कुराभन्दा मूल्यवान् ठान्थे, र सबैभन्दा महत्त्वपूर्ण कुराहरूलाई कहिल्यै ख्याल गर्दैनथिए: परमेश्‍वरले मानिसहरूलाई के भन्‍नुभएको थियो वा उहाँले तिनीहरूबाट के माग गर्नुभएको थियो, वा कसरी सत्यता सिद्धान्तहरू पालना गर्ने भन्ने कुराहरू। तिनीहरू जिद कसेर आफ्ना पुराना अभ्यासहरू पक्रिरहन्थे, साथै यसको आधारका रूपमा बेतुके तर्कको प्रयोग गर्थे: “हामीले सधैँ यसरी नै गरेका छौँ,” “हाम्रोतिर त यो सधैँ यसरी नै गरिएको छ। हाम्रा पुर्खाहरूले यसरी नै गरे।” तिनीहरूले किन सधैँ कुराहरूलाई यसरी जोड दिन्थे? यसले तिनीहरू नयाँ कुराहरूलाई स्वीकार गर्दैनन् भन्‍ने कुरा प्रमाणित गर्‍यो; तिनीहरू सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरूले यी पुराना तरिकाहरूको बोधोपन, पछौटेपन, र हास्यास्पद गुणलाई छर्लङ्ग देख्‍न सकेनन्। कामकुरा गर्ने नयाँ तरिकाहरू, अझै उन्‍नत, अझै सटीक, र अझै उचित तरिकाहरू छन् भन्‍नेबारे तिनीहरू अनभिज्ञ थिए। तिनीहरू सधैँ आफ्नो पुराना शैलीका तरिकाहरू पक्रिरहन्थे, आफ्नो पुरानो अनुभवमा भर पर्थे, ती निकै उन्‍नत छन् भन्‍ने सोच्थे; तिनीहरूले सत्यताको अभ्यास गरिरहेका छन् भन्‍ने सोच्थे। के यी बेतुके प्रकारका मानिसहरू होइनन् र? “हाम्रोतिर त यो सधैँ यसरी नै गरिएको छ,” “मैले पहिले गरेको तरिका,” “हामीले सधैँ यसरी नै गरेका छौँ”—के यी पुराना तरिकाहरू, यी पुरातनवादले सत्यता सिद्धान्तहरूलाई प्रतिस्थापन गर्न सक्छन्? के पुरानो शैलीमा कार्य गर्नुको अर्थ व्यक्तिले सत्यता अभ्यास गरिरहेको छ भन्‍ने हुन्छ? ती मानिसहरूले कुनै पनि कुरा बुझेका थिएनन्, न त तिनीहरूले कुनै कुरा छर्लङ्ग देख्‍न नै सके। के तिनीहरू पुराना शैली पक्रिरहने र जिद कस्ने पूराना रूढिवादीहरू होइनन् र? यस्ता मानिसहरूलाई सत्यता स्वीकार गर्न निकै गाह्रो हुन्छ! मलाई भन्, कुनै कुरा चाहे नयाँ भए पनि वा पुरानो भए पनि, तैँले त्यसलाई कसरी लिन्छस्? तैँले त्यसलाई कसरी सम्हाल्छस्? त्यसलाई सम्हाल्ने तेरो आधार के हो? यदि सबै जनासँग कुनै कुराबारे सीमित ज्ञान मात्र छ भने, तैँले यसलाई सही र सिद्धान्तहरूअनुरूप तरिकामा कसरी व्यवहार गर्छस्? तैँले सुरुमा यस क्षेत्रमा तुलनात्मक रूपमा विशेषज्ञता भएको व्यक्तिलाई सोध्नुपर्छ। तैँले ज्ञान भएको व्यक्ति भेट्टाएसम्म, तँसँग मार्ग हुनेछ। यदि तैँले ज्ञान भएको व्यक्ति भेट्टाउन सकिनस् भने, परामर्श खोज्न वा जानकारी खोज्न अनलाइन गएर समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छस्। अनि खोजी गर्ने क्रममा, तैँले अझै पनि परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँतर्फ हेर्नुपर्छ; परमेश्‍वरलाई अघि बढ्ने मार्ग खोलिदिन अनुरोध गर्नुपर्छ। हामी यसलाई के भन्छौँ? हामी यसलाई अभ्यासका सिद्धान्तहरू भन्छौँ। तिमीहरूमध्ये कतिले मनमनै सोच्छौ, “म यस क्षेत्रको अनुभवको थुप्रो भएको एउटा विशेषज्ञ हुँ। मैले यसो गरेर अवार्ड समेत प्राप्त गरेको छु, त्यसकारण मसँग यो पुँजी छ। यो काम मलाई सुम्पिएको हुनाले, म नै यसको प्रभारी हुँ। निर्णय गर्ने अख्तियार मसँग छ र सबै कुरा ममा निर्भर छ। सबैले मेरा हुकुमहरू मान्‍नुपर्छ र मलाई पालन गर्नुपर्छ। अरू कसैले भनेको कुराको कुनै महत्त्व हुँदैन र मसँग असहमत हुने जोकोही चुप लाग्नुपर्छ!” के यो सोचाइको तरिका सही हो? यो निश्‍चित रूपमा नै सही होइन। तेरो मनोवृत्ति र तैँले प्रकट गरिरहेको स्वभाव समस्याग्रस्त छन्। तेरो हृदयमा, तँलाई यो आज्ञा स्वीकार गर्दा तँसँग शक्ति प्रयोग गर्ने हक हुन्छ भन्ने लाग्छ। तँ निर्णयहरू लिन चाहन्छस् र अरू कसैले कुरा राख्न पाउँदैन। यस्तो लाग्छ कि तँलाई अन्य मानिसहरूको सहकार्य नै चाहिँदैन, वा सबैले आफ्नो विचार व्यक्त गर्नु आवश्यक नै छैन; सबै कुरा तैँले भनेअनुसार हुन्छ, यो सबै तेरो हातमा छ। यो कस्तो स्वभाव हो? के यो अत्यन्तै अहङ्कारी हुनु र समझको कमी हुनु होइन र? यो त ख्रीष्टविरोधीको स्वभाव हो। सायद तँ अरूको भन्दा अलिक राम्रो क्षमता भएको छस् होला, तँसँग यस विषयमा अलिक बुझाइ, र अलिक अनुभव छ होला। तैपनि, तँ एउटा कुराबारे स्पष्ट हुनुपर्छ: तँसँग भएका यीमध्ये कुनै पनि कुरा सत्यता होइनन्। यदि तँ आफूमा अलिक राम्रो क्षमता भएको, केही बुझाइ भएको, केही प्रतिभा भएको, र केही ज्ञान भएको विश्‍वास गर्छस्, र तैँले यी कुराहरूलाई सत्यताका रूपमा लिएको छस्, र आफू सत्यता भएको विश्‍वास गर्छस्, र सबैले तेरा हुकुमहरू पालना गर्नुपर्छ र तेरा प्रबन्धहरू पालना गर्नुपर्छ भन्‍ने सोच्छस् भने, के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? यदि तँ साँच्‍चै यही शैलीमा नै कार्य गर्छस् भने, तँ ख्रीष्टविरोधीभन्दा कम छैनस्। तैँले आफ्नो वरदानलाई सत्यता मान्दा त्यसमा के गल्ती हुन्छ र? तँसँग भएको क्षमता, बुझाइ, प्रतिभा, र ज्ञान गलत होइनन्। त्यसोभए, हामी यहाँ के कुराको चिरफार गरिरहेका छौँ त? हामी तेरो स्वभावलाई चिरफार गरिरहेका छौँ—यी कुराहरू पछाडि तैँले बोकेको भ्रष्ट स्वभाव; एउटा अहङ्कारी स्वभाव, आत्म-धर्मी स्वभाव। जब तैँले आफ्ना वरदानहरूलाई सत्यता मान्छस्, तब तँसँग यी वरदानहरू भएकाले तँसँग सत्यता छ भन्‍ने तैँले विश्‍वास गर्छस्। तैँले सत्यतालाई त्यस्ता वरदानहरूले प्रतिस्थापन गर्छस्, त्यसोभए यो कस्तो स्वभाव हो त? के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? ख्रीष्टविरोधीहरू सबैले आफ्ना विचार, आफ्ना सिकाइ, वरदान, र प्रतिभालाई सत्यता मान्छन्। तिनीहरू के सोच्छन् भने, तिनीहरूसँग यी वरदानहरू हुनु भनेको तिनीहरूसँग सत्यता हुनु हो। त्यसकारण तिनीहरूले अरूलाई तिनीहरूलाई पालन गर्न, तिनीहरूको हुकुम मान्‍न, र तिनीहरूको शक्ति पालन गर्न लगाउँछन्। ख्रीष्टविरोधीहरूले गल्ती गर्ने ठाउँ यहीँ हो। के तँसँग साँच्‍चै सत्यता छ? तँसँग परमेश्‍वरबारे साँचो बुझाइ छैन, न त तँसँग परमेश्‍वरको डर मान्ने हृदय नै छ, तँ परमेश्‍वरमा समर्पित हुने व्यक्ति त झनै होइनस्, र तँसँग अलिकति पनि सत्यता छैन, तैपनि तँ अहङ्कारी, अभिमानी, र आत्म-धर्मी छस्, र तँ आफूसँग सत्यता छ, र अरूले तँलाई पालन गर्नुपर्छ र तेरा हुकुमहरू मान्‍नुपर्छ भन्‍ने सोच्छस्। तँ साँचो ख्रीष्टविरोधी होस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्