विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन) खण्ड तीन

ख्रीष्टविरोधीहरूले कसरी अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँछन् भन्ने कुराको विश्लेषण

ई. ख्रीष्टविरोधीहरूले अलिकति अनुभव र ज्ञान प्राप्त गरेपछि आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्नुको विश्लेषण

यसअघि, हामीले ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको आठौँ बुँदाका बारेमा सङ्गति गरेका थियौँ—तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँछन्। बुँदा आठलाई जम्‍मा चार वटा उप-विषयहरूमा विभाजित गरिएको छ। हामीले प्रथम तीन वटा उप-विषयहरूबारे सङ्गति गरिसकेका छौँ, त्यसोभए चौथो उप-विषय के हो त? (ख्रीष्टविरोधीहरूले अलिकति अनुभव र ज्ञान प्राप्त गरेपछि, र केही पाठहरू सिकेपछि आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्छन्।) यो आठौँ बुँदाको चौथो उप-विषय हो। अवश्य नै, यसमा आठौँ बुँदाको विषयवस्तुका प्रकटीकरणहरूको एउटा पक्ष पनि समावेश हुन्छ—ती सम्बन्धित छन्। यो विषय के हो? तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँछन्। हामी यो उप-विषयलाई विभाजित गरेर यसबारेमा क्रमिक रूपमा कुरा गरौँ। क्रमगत रूपमा, अनुभव, ज्ञान, र पाठहरू भनेका के हुन्? कस्ता मानिसहरूसँग ती कुराहरू हुन्छन्? कस्तो प्रकारका मानिसहरू ती कुराहरूद्वारा आफूलाई सुसज्जित गर्न मन पराउँछन्? कस्तो प्रकारका मानिसहरूले आफूलाई सत्यताद्वारा भन्दा यी कुराहरूद्वारा सुसज्जित गर्नमा जोड दिन्छन्? कस्तो प्रकारका मानिसहरूले यी कुराहरूलाई सत्यता मान्छन्? सुरुमा, एउटा कुरा त निश्‍चित छ: यी मानिसहरूको क्षमता जस्तोसुकै भए पनि, र तिनीहरूको बोध जस्तोसुकै भए पनि, तिनीहरूले ज्ञानलाई अत्यन्तै प्रेम गर्छन्, र ज्ञानप्रतिको तिनीहरूको प्रेम सत्यता वास्तविकताप्रतिको प्रेमभन्दा बढी हुन्छ। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूले पछ्याउने उद्देश्य र दिशा भनेको केही तथाकथित अनुभव र ज्ञान प्राप्त गर्नु हो। तिनीहरू आफूलाई सशक्त बनाउन र आफूलाई सजाउनका लागि यो ज्ञान र अनुभव प्रयोग गर्न चाहन्छन् ताकि तिनीहरू अझै चाखलाग्दो, अझै सुरुचिपूर्ण, अझै सुसंस्कृत, र अझै बढी सम्मान र आराधना पाउन सक्‍ने बन्‍न सकून्। यो ज्ञान र अनुभवका साथ, तिनीहरूले आफ्नो जीवन अझै बहुमूल्य, अझै अर्थपूर्ण, र आत्मविश्‍वासले भरिएको हुन्छ भन्ठान्छन्। तिनीहरूको दृष्टिकोणमा, तिनीहरू आफूलाई यो ज्ञानद्वारा अनि ईश्‍वरशास्त्रसँग र सामान्य समझ, ज्ञान, र पाठहरूका विभिन्‍न पक्षहरूसँग सम्बन्धित भनाइहरूले सुसज्जित गर्नका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूले आफूलाई यी कुराहरूद्वारा सुसज्जित गरेर, परमेश्‍वरका घरमा र मानिसहरूको यो समूहमा स्थान ओगट्न सकिन्छ भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, तिनीहरूले हरेक दिन हृदयमा जे सोच्छन्, जे आराधना गर्छन्, र जे पछ्याउँछन्, त्यो सबै ज्ञान, अनुभव, र इत्यादिसँग सम्बन्धित हुन्छ।

सुरुमा हामी कस्ता प्रकारका ज्ञान, अनुभव, र पाठहरू छन्, साथै यीमध्ये कुन-कुनलाई सत्यताको मूर्त रूप भएको ढोँग गर्नु हो भनेर भन्‍न सकिन्छ भन्ने हेरौँ। पहिलो, सत्यतासँग यी कुराहरूको कुनै सम्बन्ध छैन, ती सत्यताअनुरूप छैनन्, र ती सत्यताको विपरीत छन् भनेर निश्‍चयका साथ भन्‍न सकिन्छ। यी कुराहरू मानिसहरूका धारणाहरूअनुसार सही हुन सक्छन्, तिनीहरूका धारणाहरूअनुसार सकारात्मक र सुन्दर अनि राम्रा हुन सक्छन्। तर वास्तवमा, परमेश्‍वरका नजरमा, यी कुराहरू सत्यतासँग सम्बन्धित हुँदैनन्, र आधारभूत रूपमा, यी कुराहरू मानिसहरूले सत्यताप्रति गर्ने निन्‍दाको स्रोत, परमेश्‍वरप्रति मानिसहरूको प्रतिरोध र उहाँबारे तिनीहरूका धारणाहरूको जड र स्रोत समेत हुन्। अनुभव, ज्ञान, र पाठहरू—के यी कुराहरू प्राप्त गर्ने मानिसहरूको उमेर र लिङ्गमा भिन्‍नता हुन्छ? (अहँ, हुँदैन।) सम्भवतः हुँदैन। कतिपय मानिसहरूसँग वरदानहरू हुन्छन्। वरदानहरू के हुन्? उदाहरणका लागि, कतिपय मानिसहरूले कुनै प्रतिपादित सिद्धान्त वा भनाइ सुनेपछि र त्यस्तो प्रतिपादित सिद्धान्तको चुरो वा आधारभूत अवधारणाहरू बुझेपछि, तिनीहरूको मस्तिष्कले तुरुन्तै प्रतिक्रिया दिन्छ। तिनीहरूले तुरुन्तै त्यस्तो प्रतिपादित सिद्धान्त वा भनाइलाई कसरी व्याख्या गर्ने र यसलाई तिनीहरूले अरूसँग कुरा गर्न प्रयोग गर्ने आफ्नै भाषामा कसरी रूपान्तरण गर्ने भन्‍ने कुरा जान्दछन्। यी कुराहरू सुनेपछि, तिनीहरूले ती कुराहरू तुरुन्तै याद गर्छन्; यो अत्यन्तै गहिरो बुझाइ भएको भने होइन, बरु तिनीहरूमा उत्कृष्ट स्मरणशक्ति मात्र हुन्छ, जुन एक किसिमको विशेष वरदान नै हो। के यस्तो वरदान भएको कोही हुन्छ? (हुन्छ।) यस्ता मानिसहरू पनि हुन्छन् जसले, तैँले एउटा कुरा भनेपछि, त्यो कुरालाई प्रयोग गरेर अर्कै कुराबारे आकलन गर्न सक्छन्। तिनीहरूलाई कुनै विषयको एउटा पक्षबारे जानकारी प्रस्तुत गरिएपछि, तिनीहरूले यसलाई अरू क्षेत्रहरूमा लागु गर्न सक्छन्। तिनीहरू छलफल भइरहेको विषयलाई प्रयोग गरेर आफ्ना विचारहरू अघि सार्न निकै सिपालु हुन्छन्। तिनीहरू बाहिरी कुरा र प्रतिपादित सिद्धान्तहरू—यी तार्किक र भाषागत कुराहरूमा अत्यन्तै सिपालु हुन्छन्। भन्‍नुको अर्थ, तिनीहरू अरूलाई वशमा पार्न अनि विश्‍वस्त गराउनका लागि शब्दहरूको खेल खेल्‍न र प्रतिपादित सिद्धान्तहरू प्रयोग गर्नमा अब्बल हुन्छन्। यस्तो वरदान भएका केही मानिसहरू छन्। तिनीहरू निकै वाक्पटु, अत्यन्तै तीव्र रूपमा सोच्न र प्रतिक्रिया दिन सक्ने हुन्छन्। सत्यताको एउटा पक्ष सुनेपछि, तिनीहरूले आफ्नो तुच्छ चलाकी र वरदानद्वारा, सत्यताको यो पक्षलाई एक प्रकारको ज्ञान र सिकाइका रूपमा बुझ्छन्, त्यसपछि अरूसँग सङ्गति गर्न र तथाकथित मलजल र रखवारीको काम गर्न यस्तो सिकाइको प्रयोग गर्छन्। यसले मानिसहरूमा कस्तो प्रभाव पार्छ? के कुनै असल परिणामहरू आउँछन्? (अहँ, आउँदैनन्।) किन? (यो व्यावहारिक छैन, र मानिसहरूले यो सुन्दा तिनीहरूसँग अभ्यास गर्ने कुनै मार्ग हुँदैन।) यी मानिसहरूले भनेका कुरा सुनेपछि, अरूले के सोच्छन् भने तिनीहरूले भनेको सबै कुरा सही छ, एउटा पनि शब्द गलत छैन र एउटा पनि शब्द सिद्धान्तहरू विपरीत छैन—त्यो सबै सही छ। तर, तिनलाई अभ्यास गर्दा, तिनीहरूलाई यी शब्दहरू खोक्रा छन्, अभ्यास गर्दा कुनै उद्देश्य वा दिशा छैन, र यी शब्दहरूलाई अभ्यासका सिद्धान्तहरूका रूपमा प्रयोग गर्न सकिँदैन भन्‍ने लाग्छ। त्यसोभए, यी शब्दहरू के हुन् त? (धर्मसिद्धान्तहरू।) ती एक प्रकारका धर्मसिद्धान्त, एक प्रकारका ज्ञान हुन्। ख्रीष्टविरोधीहरूका यस्ता प्रकटीकरणहरू अत्यन्तै स्पष्ट र विशिष्ट हुन्छन्। तिनीहरूले सत्यतालाई ज्ञान, शैक्षिक कुरा, र प्रतिपादित सिद्धान्तका रूपमा लिन्छन्। कुराहरू आधा मात्रै बुझेर पनि, तिनीहरू सधैँ अरूलाई यो वा त्यो गर्न माग गर्छन्। जब अरूले बुझ्दैनन् र ख्रीष्टविरोधीहरूलाई विस्तृत रूपमा व्याख्या गर्न आग्रह गर्छन्, तब तिनीहरूले स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन् बरु खण्डन गरेर प्रतिक्रिया दिन्छन्: “तिमी सत्यतालाई प्रेम गर्दैनौ। यदि तिमीले सत्यतालाई प्रेम गर्थ्यौ भने, तिमीले मैले भनेको कुरा बुझ्न सक्नेथ्यौ र तिमीसँग अभ्यासको मार्ग हुनेथ्यो।” यो सुनेपछि, अन्योलमा परेका र समझशक्तिहीन कतिपय मानिसहरूले यस्तो सोच्छन्, “ठीक भन्‍नुभयो। यदि मैले साँच्‍चै नै सत्यतालाई प्रेम गरेको भए, मैले तिनीहरूका वचनहरू बुझ्न सक्नेथिएँ।” समझशक्ति नभएका मानिसहरूलाई यो व्यक्तिले भनेको कुरा सही हो—तिनीहरूले सत्यता बुझेका छैनन् भन्‍ने लाग्छ। तिनीहरूले जिम्मेवारी आफै लिन्छन् र यसरी ख्रीष्टविरोधीहरूद्वारा बहकिएर बाटो बिराउँछन्।

अब अनुभवका बारेमा कुरा गरौँ। अनुभव भनेको लामो समयसम्म अनुभव गरेर सारांश गरिएको विधि हो। के दुई दिन काम गरेका मानिसहरूसँग कुनै अनुभव हुन्छ? (हुँदैन।) त्यसोभए १०-२० वर्ष काम गरेका मानिसहरूसँग त अवश्य नै अनुभव हुन्छ। कतिपय मानिसहरूलाई तिनीहरूले धेरै वर्ष काम गरेको कारण तिनीहरूसँग अनुभव छ, निश्‍चित मामलाहरू आइपर्दा तिनीहरूले के गर्नुपर्छ, निश्‍चित प्रकारका मानिसहरूसँग कसरी व्यवहार गर्ने, र कुन प्रकारका मानिसहरूलाई कस्ता किसिमका धर्मसिद्धान्तहरू बताउने भन्‍ने कुराबारे तिनीहरूलाई सबै थाहा छ भन्‍ने लाग्छ। फलस्वरूप, कुनै दिन तिनीहरूलाई थाहा नभएको नयाँ घटना घट्दा, तिनीहरू आफ्नो विगतका २० वर्षको कामका विवरणहरू खोतल्छन्, तीबारे मनन गर्छन्, त्यसपछि यी विगतका भनाइ र अभ्यासहरूलाई अन्धाधुन्ध रूपमा लागु गर्छन्। तिनीहरूले यसरी व्यवहार गर्दा, सत्यता नबुझ्नेहरूले अझै पनि तिनीहरूले गरिरहेको कुरा सत्यताअनुरूप नै छ भन्‍ने सोच्छन्, जबकि सत्यता बुझ्नेहरूले हेरेर यसो भन्छन्, “यो व्यक्ति अन्धाधुन्ध रूपमा काम गरिरहेको छ। उसको काममा कुनै सिद्धान्त नै छैन; ऊ पूर्ण रूपमा अनुभवमा मात्रै भर पर्छ र उसले परमेश्‍वरको अभिप्राय बुझ्दैन, न त उसले परमेश्‍वरको घरका हितहरूको रक्षा अनि मानिसहरूसँग व्यवहार गर्नेबारे परमेश्‍वरको घरका सिद्धान्तहरूअनुरूप व्यवहार कसरी गर्ने भन्‍ने कुरा नै बुझ्छ। उसले अन्धाधुन्ध रूपमा प्रावधानहरू लागु गरिरहेको हुन्छ।” यहाँ एउटा समस्या छ। यदि औसत व्यक्तिले छोटो समयका लागि मात्रै काम गरेको छ भने, ऊसँग यसो भन्‍ने पुँजी नहुन सक्छ, “मसँग अनुभव छ; मलाई डर लाग्दैन। मैले कैयौँ वर्ष काम गरेको छु। मैले कस्तो प्रकारको व्यक्ति भेटेको छैनँ, अनि मैले कस्ता-कस्ता मामलाहरू सम्हालेको छैनँ र?” तर यी मानिसहरूले यसो भन्‍ने आँट गर्छन्। तैँले धेरै कामकुरा र धेरै फरक-फरक प्रकारका मानिसहरूको सामना गरेको भए पनि, के तैँले हरेक मामलालाई सम्हाल्दा र हरेक व्यक्तिसँग व्यवहार गर्दा सत्यता सिद्धान्तहरूअनुसार नै काम गरिरहेको हुन्छस् भनेर ग्यारेन्टी दिन सक्छस्? वास्तवमा, यो कुरा तैँले ग्यारेन्टी दिन दुस्साहस गर्ने कुरा होइन। तर अनुभव र पुरानो ढर्रालाई सत्यताका रूपमा लिनेहरूका हकमा भन्दा, यदि कसैले तिनीहरूविरुद्ध आपत्ति जनायो भने, तिनीहरूले यसो भन्छन्: “मैले कैयौँ वर्षदेखि काम गरिरहेको छु। मैले तिमीले हिँडेका बाटोहरूभन्दा धेरै त पुल नै तरेको छु, तैपनि तिमी मसँग असहमत हुने दुस्साहस गर्छौ? घर गएर प्रार्थना गर, किन गर्दैनौ!” तिनीहरूका अगाडि, कसैले पनि “होइन” शब्द बोल्ने, फरक रायहरू अघि सार्ने, वा असहमति व्यक्त गर्ने आँट गर्दैन। यो कस्तो व्यवहार हो? यो त अनुभवलाई सत्यता मान्नु र आफू सत्यताको मूर्त रूप भएको विश्‍वास गर्नु हो। कतिपयले यस्तो भन्छन्: “म आफूलाई सत्यताको मूर्त रूप मान्दिनँ—त्यस्तो उपाधि बोक्‍ने आँट कसले गर्छ? परमेश्‍वर मात्रै सत्यता हुन्। मैले कहिल्यै पनि त्यसरी व्यवहार गरेको छैनँ, न त मैले कहिल्यै त्यस्तो सोचेको नै छु।” व्यक्तिगत रूपमा भन्दा, तैँले त्यसरी सोच्दैनस्, न त तैँले त्यसरी व्यवहार गर्ने अभिप्राय नै राख्छस्। तर वस्तुगत रूपमा भन्दा, तेरो काम गर्ने तरिका, तेरो व्यवहार, र तेरो कार्यहरूको सारले अन्ततः तँलाई आफूलाई सत्यताको मूर्त रूप ठान्‍ने व्यक्तिका रूपमा चित्रण गर्छ। तँ किन मानिसहरूलाई तेरा सुझावहरू अक्षरशः पालन गर्न लगाउँछस्? यदि तँ आफूलाई परमेश्‍वर ठान्दैनस् र तँ साधारण व्यक्ति मात्रै होस् भने, के तँ अरूलाई तेरो पालन गर्न लगाउन योग्य छस् त? (अहँ, छैनँ।) एउटा परिस्‍थितिमा मात्रै, अर्थात् तैँले सत्यता बुझ्छस् भने मात्रै मानिसहरूले तँलाई पालन गर्न मिल्छ—यदि तँ सत्यता बुझ्ने व्यक्ति होस् भने मात्रै। तर फेरि पनि, यदि तँ सत्यता बुझ्ने व्यक्ति होस् नै भने पनि, तँ साधारण व्यक्ति मात्रै होस्, र के साधारण व्यक्ति सत्यताको मूर्त रूप हुन सक्छ? (अहँ, सक्दैन।) यदि कसैले परमेश्‍वरले बोल्नुभएका सबै वचनहरू र मानिसहरूले बुझून् भनी माग गर्नुहुने सबै सत्यताहरू बुझ्न सक्छ भने, के त्यो व्यक्ति सत्यताको मूर्त रूप बन्‍न सक्छ? (अहँ, सक्दैन।) कतिपयले भन्छन्: “तिनीहरू सिद्ध नपारिएकाले यस्तो भएको हुन सक्छ। पत्रुस सिद्ध पारिएको मानिस थियो। के पत्रुसलाई सत्यताको मूर्त रूप भन्‍न मिल्छ?” सिद्ध पारिनुले व्यक्तिलाई सत्यताको मूर्त रूप बनाउँदैन, किन थाहा छ? (सारमा भिन्‍नता हुन्छ।) सारमा भिन्‍नता हुन्छ; यो यसको एउटा पक्ष हो। मानिस सत्यताको मूर्त रूप बन्‍न सक्छ कि सक्दैन—यो हामीले छलफल गर्नैपर्ने मामला हो। मानिस सत्यताको मूर्त रूप हुन सक्दैन भनेर किन भनिन्छ? के सत्यताको मूर्त रूप सारसँग सम्बन्धित प्रश्न मात्रै हो त? कतिपय मानिसहरूले भन्छन्: “मानिस सृजित प्राणीका रूपमा जन्मिन्छ, र जो स्वर्गमा हुनुहुन्छ उहाँ अन्तर्निहित रूपमा नै सृष्टिकर्ता हुनुहुन्छ। हामीले यस मामलामा बहस गर्नै पर्दैन—परमेश्‍वर सधैँ सत्यताको मूर्त रूप रहनुहुनेछ। त्यसोभए के ख्रीष्टले सत्यता बुझ्‍नुहुने भएकोले र उहाँसँग सत्यता भएकोले उहाँ सत्यताको मूर्त रूप हुनुभएको हो? यदि हामीले परमेश्‍वरबाट सबै सत्यता प्राप्त गरेका छौँ भने, के हामीलाई पनि सत्यताको मूर्त रूप भन्‍न मिल्छ?” अरूले भन्छन्: “मिल्दैन। मलाई लाग्थ्यो कि जब मानिसहरूले धेरै सत्यताहरू बुझ्छन्, तब तिनीहरू ख्रीष्ट र परमेश्‍वर बन्‍न सक्छन्। अहिले मलाई यो सार प्रतिस्थापन गर्न नसकिने र अपरिवर्तनीय छ भन्‍ने थाहा भयो।” तिनीहरूको बुझाइ यो विन्दुमा पुगेको हुन्छ। त्यसोभए, के तिमीहरूले यो कुरालाई अझै गहन रूपमा बुझ्न सक्छौ? मैले तिमीहरूलाई सङ्गति दिइसक्दा तिमीहरूले यो कुरा बुझ्नुपर्छ। हामीले सत्यताको मूर्त रूपका बारेमा कुरा गरिरहँदा, यो “मूर्त रूप” भनेको चाहिँ के हो? यो शब्द अलिक अमूर्त छ, त्यसकारण यसलाई सरल शब्दहरूमा व्याख्या गरौँ। परमेश्‍वर स्वयम्‌ नै सत्यता हुनुहुन्छ, र उहाँसित सबै सत्यताहरू छन्। परमेश्‍वर सत्यताको स्रोत हुनुहुन्छ। हरेक सकारात्मक कुरा र हरेक सत्यता परमेश्‍वरबाटै आउँछ। उहाँ यावत् थोक र घटनाको सहीपन र गलतपनको विषयमा न्याय गर्न सक्नुहुन्छ; उहाँले भइसकेका कुराहरू, अहिले भइरहेका कुराहरू, र मानिसलाई अझै थाहा नभएका भविष्यका कुराहरूमाथि न्याय गर्न सक्नुहुन्छ। परमेश्‍वर मात्रै सबै कुराको सहीपन र गलतपनका बारेमा न्याय गर्न सक्‍ने न्यायकर्ता हुनुहुन्छ, र यसको अर्थ सबै थोकको सहीपन र गलतपनलाई परमेश्‍वरले मात्र न्याय गर्न सक्नुहुन्छ भन्‍ने हुन्छ। उहाँलाई सबै कुराका मापदण्डहरू थाहा छ। उहाँले कुनै पनि समय र स्थानमा सत्यताहरू व्यक्त गर्न सक्‍नुहुन्छ। परमेश्‍वर सत्यताको मूर्त रूप हुनुहुन्छ, मतलब उहाँ स्वयम्‌मा सत्यताको सार छ। यदि मानिसले धेरै सत्यता बुझ्छ र ऊ परमेश्‍वरद्वारा सिद्ध पारिन्छ भने पनि, के सत्यताको मूर्त रूपसँग उसको कुनै सरोकार हुन्छ? हुँदैन। यो निश्‍चित छ। जब मानिसलाई सिद्ध पारिन्छ, तब परमेश्‍वरको वर्तमान काम र परमेश्‍वरले मानिसबाट माग गर्नुहुने विभिन्‍न मानकहरूका सम्बन्धमा ऊसँग सही मूल्याङ्कन र अभ्यासका विधिहरू हुनेछ, र उसले परमेश्‍वरका अभिप्रायहरूलाई पूर्ण रूपमा बुझ्‍नेछ। तिनीहरूले परमेश्‍वरबाट के आउँछ र मानिसबाट के आउँछ सोबीचको भिन्‍नता, साथै सही के हो र गलत के हो सोबीचको भिन्‍नता छुट्याउन सक्छन्। तर पनि मानिसहरूका निम्ति अप्राप्य र अस्पष्ट रहने कुराहरू, अर्थात् परमेश्‍वरले तिनीहरूलाई बताउनुभएपछि मात्रै तिनीहरूले जान्‍ने केही कुराहरू छन्। के मानिसले अज्ञात कुराहरू, अर्थात् परमेश्‍वरले अझसम्म उसलाई नबताउनुभएका कुराहरू जान्‍न वा भविष्यवाणी गर्न सक्छ? कदापि सक्दैन। अझ भन्‍ने हो भने, यदि मानिसले परमेश्‍वरबाट सत्यता प्राप्त गऱ्यो, सत्यता वास्तविकता प्राप्त गऱ्यो, र धेरै सत्यताहरूको सार जान्यो, र सही र गलत छुट्ट्याउन सक्यो भने पनि, के ऊसित सबै कुरालाई नियन्त्रण र शासन गर्ने क्षमता हुन्छ र? तिनीहरूसँग यो क्षमता हुँदैन। परमेश्‍वर र मानिसबीचको भिन्नता नै त्यही हो। सृजित प्राणीहरूले सत्यताको स्रोतबाट मात्र सत्यता प्राप्त गर्न सक्छन्। के तिनीहरूले मानिसबाट सत्यता प्राप्त गर्न सक्छन्? के मानिस सत्यता हो? के मानिसले सत्यता प्रदान गर्न सक्छ? सक्दैन, र भिन्नता त्यसैमा छ। तैँले सत्यता प्राप्त गर्न मात्र सक्छस्, प्रदान गर्न सक्दैनस्—त्यसोभए, के तँलाई सत्यता भएको व्यक्ति भनेर भन्‍न मिल्छ? के तँलाई सत्यताको मूर्त रूप भनेर भन्‍न मिल्छ? कदापि मिल्दैन! सत्यताको मूर्त रूपको वास्तविक सार के हो? यो सत्यता प्रदान गर्ने स्रोत हो, सबै थोकमाथिको शासन र सार्वभौमिकताको स्रोत हो, र यो यावत् थोक र घटनाहरूको न्याय गर्ने एकमात्र मानक र मापदण्ड पनि हो। सत्यताको मूर्त रूप यही नै हो। ख्रीष्टविरोधीहरूले यो बुँदालाई स्वीकार गर्न प्रायः इन्कार गर्छन्। तिनीहरू विश्‍वास गर्छन् कि ज्ञान भनेको सामर्थ्य हो, अनुभव भनेको मानिसहरूले शक्तिशाली बन्‍नहेतु आफूलाई सुसज्जित गर्ने हतियार हो, र जब मानिसहरूसँग अनुभव, ज्ञान, र यी पाठहरू हुन्छन्, तब तिनीहरूले सबै कुरा नियन्त्रण गर्न सक्छन्। तिनीहरूले मानिसहरूको भाग्य नियन्त्रण गर्न, मानिसहरूका सोचलाई नियन्त्रण गर्न र प्रभाव पार्न, र मानिसहरूको व्यवहारमा समेत प्रभाव पार्न सक्छन्। वा, कतिपय मानिसहरूले सोच्नेछन् कि यी कुराहरूले मानिसहरूलाई सिकाउन, मानिसहरूको मन परिवर्तन गर्न, र मानिसहरूका स्वभावहरू परिवर्तन गर्न सक्छन्। यी कस्ता प्रकारका सोचहरू हुन्? (ख्रीष्टविरोधीहरूका सोचहरू।) यी ख्रीष्टविरोधीहरूका सोचहरू हुन्। परमेश्‍वरले किन मानवजातिको भाग्यमाथि सार्वभौमिकता राख्‍न सक्नुहुन्छ? परमेश्‍वर सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ, र उहाँका वचनहरू सबै सकारात्मक कुराहरूको वास्तविकता हुन्। परमेश्‍वरको सार के हो? उहाँको सार सत्यता हो, र त्यसैले उहाँले मानवजातिको भाग्यमाथि सार्वभौमिकता राख्‍न सक्नुहुन्छ। ख्रीष्टविरोधीहरूले यो बुँदा देख्दैनन् वा चिन्दैनन्, यसलाई स्वीकार त झनै गर्दैनन्। तिनीहरू मानिसहरूबाट, ज्ञानबाट, र समाजबाट आएका र दुष्ट मानवजातिले बढवा दिने कुराहरूलाई सत्यताका रूपमा लिन्छन्, र तिनीहरूले मानिसहरूलाई बहकाउन, मानिसहरूलाई नियन्त्रण गर्न, अनि मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूमाझ स्थान प्राप्त गर्न यी कुराहरू प्रयोग गर्ने प्रयास गर्छन्। तिनीहरूले मानिसहरूलाई बहकाउनुको उद्देश्य के हो? यी कुराहरू अध्ययन गर्ने र आफूलाई यी कुराहरूद्वारा सुसज्जित गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हो? मानिसहरूलाई तिनीहरूको पालन गर्ने र कुरा सुन्ने तुल्याउनु हो। मानिसहरूलाई आफ्नो कुरा सुन्ने तुल्याउनुको पछाडि तिनीहरूको उद्देश्य के हो? (उनीहरूलाई नियन्त्रण गर्नु।) ठीक भन्यौ, तिनीहरूको उद्देश्य भनेको उनीहरूलाई नियन्त्रण गर्नु हो। यसको अर्थ जब तिनीहरूले केही शब्दहरू बोल्छन्, तब मानिसहरूले तिनीहरूलाई पालन गर्नेछन् र मानिसहरू तिनीहरूको चालबाजीमा पर्नेछन्, र यसरी तिनीहरूका औजार र दास बन्नेछन्। मानिसहरूले तिनीहरूको दृष्टिकोण र तिनीहरूका तथाकथित अनुभव, ज्ञान, र पाठहरूलाई स्वीकार गर्ने हुनाले, यी मानिसहरूले त्यसपछि तिनीहरूको आराधना गर्छन्। के तिनीहरूको आराधना गर्नुको अर्थ तिनीहरूको कुरा सुन्नु हो? (हजुर, हो।) के तिनीहरूको कुरा सुन्नु भनेको यी मानिसहरू सजिलै चालबाजीमा पर्न सक्छन् भन्‍ने होइन र? के ख्रीष्टविरोधीहरू सफल भएका हुँदैनन् र? (हो, तिनीहरू सफल भएका हुन्छन्।) एकपटक कसैले तिनीहरूको कुरा सुनेपछि, के यसको अर्थ तिनीहरू परमेश्‍वरबाट टाढा लगिएका छन् भन्‍ने होइन र? (हजुर, हो।) यसले ख्रीष्टविरोधीहरूलाई खुसी तुल्याउँछ; तिनीहरूको उद्देश्य यही हो। वास्तवमा, तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूले आफू सत्यताको मूर्त रूप भएको र आफू सत्यता भएको कुरामा स्पष्ट रूपमा विश्‍वास गर्दैनन्, तर तिनीहरूले त्यसरी नै सोच्ने र व्यवहार गर्नेचाहिँ गर्छन्। तिनीहरू किन त्यसरी सोच्ने र व्यवहार गर्ने गर्छन्? तिनीहरू आफ्नो ज्ञान, अनुभव, र आफ्नो वरदानबाट आएका सबै कुरा सही हुन् भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्न र दह्रो गरी आफ्नो काबुमा राख्नका लागि यी कुराहरू प्रयोग गर्न चाहन्छन्। तिनीहरूका केही ज्ञान, अनुभव, र पाठहरू स्पष्ट रूपमा नै मानिसहरूलाई छलछाम गर्ने उद्देश्य बोकेका दुष्ट शब्दहरू हुन्। केहीमा चाहिँ युक्ति, धूर्त साजिस र षड्यन्त्रहरू लुकेका हुन्छन्, यद्यपि यो कुरा स्पष्ट भने हुँदैन, र ती कुरा छर्लङ्ग देख्‍न नसक्‍नेहरू बहकाइनेछन्। बहकिनुका परिणामहरू के-के हुन्? मानिसहरू परमेश्‍वरबाट धेरै टाढा जान्छन् र त्यसउप्रान्त सत्यता बुझ्दैनन्, मानव ज्ञान, अनुभव, र पाठहरूलाई सत्यताका रूपमा लिन्छन् र परमेश्‍वरका वचनहरूलाई पन्छाउँछन्। मानिसहरूलाई परमेश्‍वरका वचनहरू निकै अस्पष्ट लाग्छ, तर तिनीहरूले यो ज्ञान र अनुभवबारे निकै चासो राख्छन् र यसलाई सम्मान गर्छन्, र त्यसलाई अभ्यास र लागु गर्नमा निकै मेहनत समेत लगाउँछन्। ख्रीष्टविरोधीहरूका कार्यहरूको उद्देश्य यही हो। यदि तिनीहरूमा मानिसहरूसँग चालबाजी गर्ने, मानिसहरूलाई नियन्त्रण गर्ने, र आज्ञाकारी बनाउने त्यस्तो महत्त्वाकाङ्क्षा नभएको भए, के तिनीहरूले आफूलाई यी कुराहरूद्वारा सुसज्जित गर्नेथिए त? तिनीहरूले त्यसतर्फ कुनै मेहनत लगाउनेथिएनन्। तिनीहरूको एउटा उद्देश्य हुन्छ; तिनीहरूको उद्देश्य बोध अत्यन्तै स्पष्ट हुन्छ। यो स्पष्ट उद्देश्य के हो? (मानिसहरूलाई नियन्त्रण गर्नु।) यो मानिसहरूलाई नियन्त्रण गर्नु हो। चाहे तिनीहरूले मानिसहरूको एउटा पूरै समूहलाई नियन्त्रण गरे पनि वा तिनीहरूमध्ये केहीलाई मात्रै नियन्त्रण गरे पनि, के तिनीहरूले सैद्धान्तिक आधारविना कसैलाई नियन्त्रण गर्न सक्नेथिए त? तिनीहरूले सुरुमा मानिसहरूका धारणा र कल्पनाहरूसँग सबैभन्दा बढी मिल्ने र मानिसहरूको स्वादका लागि सबैभन्दा उपयुक्त हुने सोच र सिद्धान्तहरू खोज्नुपर्छ, र मानिसमाझ तिनलाई फैलाउनका लागि हरसम्भव प्रयोग गर्नुपर्छ। यसको अर्थ मानिसहरूको मगज धुलाइ गर्नु, तिनीहरूका विचारहरूमा काम गर्नु, तिनीहरूमा निरन्तर विचार हालिदिनु, र मानिसहरूलाई यी सोच र दृष्टिकोणहरू सुन्ने, तीसँग परिचित हुने, र तिनलाई स्वीकार गर्ने तुल्याउनु हो। वास्तवमा, मानिसहरूमा निष्क्रिय रूपमा विचार हालिदिइन्छ र निष्क्रिय रूपमा मगज धुलाइ गरिन्छ, र तिनीहरूले अचेत रूपमा नै यी विचारहरूलाई स्वीकार गर्छन्। मानिसहरूमा सही र गलत छुट्याउने भित्री क्षमता नहुने भएकोले, सत्यता बुझ्नुभन्दा अघि, तिनीहरूसँग यी कुराहरूको प्रतिरोध गर्ने क्षमता हुँदैन—तिनीहरूमा यसका लागि कुनै प्रतिवस्तु हुँदैन। जब मानिसहरूले यी भ्रमपूर्ण विचारहरूलाई स्वीकार गर्छन्, तब तिनीहरू तुरुन्तै तिनको कब्जामा पर्छन्। “कब्जामा पर्छन्” भन्‍नुको अर्थ के हो? यसको अर्थ यी दृष्टिकोणहरूलाई स्वीकार गरेपछि, मानिसहरू यी कुराहरू सही छन् भन्‍ने कुरामा विश्‍वास गर्न झन् बढी जिद कस्छन् र आफूलाई र अरूलाई विश्‍वस्त गराउन यी विचारहरू निरन्तर प्रयोग गर्छन्। तिनीहरूलाई बहकाइएको र नियन्त्रण गरिएको हुन्छ, र मानिसहरूलाई बहकाउँदा शैतानले यसरी नै आफ्नो उद्देश्य हासिल गर्छ।

संसारमा केही विशेष पेशागत सीपहरू सिकेका कतिपय मानिसहरू, वा समाजमा निश्‍चित सामाजिक हैसियत भएका मानिसहरूले, परमेश्‍वरका घरमा आएपछि एउटा साझा सोच राख्छन्, जसले तिनीहरूमा एउटा आम प्रकटीकरण उत्पन्न गर्छ। यो सोच के हो? तिनीहरू आफूलाई समाजका कुलीन वर्ग भन्ठान्छन्। कुलीन वर्ग भनेका के हुन्? तिनीहरू समूहमा विलक्षण देखिने मानिसहरू हुन्। तिनीहरूले केही विशेष उच्च शिक्षा प्राप्त गरेका हुन्छन्, र तिनीहरूको प्रतिभा, क्षमता, र वरदान अरूको भन्दा एक स्तर माथि हुन्छ। अरूको भन्दा एक स्तर माथि हुनु भनेको के हो? यसको अर्थ के हो भने, मानिसहरूको समूहमाझ, तिनीहरूको सोचाइ, बुद्धि, र वाक्पटुता उत्कृष्ट हुन्छ, र तिनीहरूमा निश्‍चित कामकुराहरू र सीपहरू बुझ्ने विशेष क्षमता हुन्छ। अरूको भन्दा एक स्तर माथि हुनु भनेको यही हो, र यी मानिसहरूलाई समाजका कुलीन भनेर चिनिन्छ। हरेक देशले यस्तो व्यक्तिलाई संवर्धन गर्छ। तिनीहरूलाई संवर्धन गर्नुको उद्देश्य के हो? देशलाई छिटो विकसित गराउनु। जब त्यस्ता मानिसहरूले आफूलाई विभिन्‍न पदहरूमा अर्पित गर्छन्, तब जीवनका सबै क्षेत्रहरूको विकासको गति बढ्छ। समाजमा त्यस्ता मानिसहरूको हैसियत उच्च हुन्छ कि न्यून हुन्छ? (उच्च।) तिनीहरूको हैसियत पक्कै पनि साधारण हुँदैन। तिनीहरूसँग केही विशेष प्रतिभाहरू हुन्छन्, तिनीहरूले केही विशेष ज्ञान सिकेका हुन्छन्, र केही विशेष शिक्षा प्राप्त गरेका हुन्छन्। तिनीहरूको क्षमता, प्रतिभा, र सिकेको ज्ञान साधारण मानिसहरूको भन्दा उच्च हुन्छ। यदि यी मानिसहरू मण्डलीमा आए भने, तिनीहरूको मानसिकता कस्तो हुन्छ? तिनीहरूको पहिलो सोच के हुन्छ? सुरुमा, तिनीहरूले सोच्छन्: “सिंहासनबाट गिरेको राजा पनि राजा नै हुन्छ। परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले संसार नपछ्याए पनि वा त्यहाँ ख्यातिको आनन्द नउठाए पनि, मैले प्राप्त गरेको विशेष शिक्षा, साथै मैले सिकेको ज्ञान र मलाई सुसज्जित गर्ने प्रतिभालाई हेर्दा, म तिमीहरूका बीचमा त अगुवा हुनुपर्छ। परमेश्‍वरका घरमा, म एउटा आधारस्तम्भ र खम्बा हुनुपर्छ। अगुवाइ र मार्गदर्शन गर्ने म नै हुनुपर्छ।” के तिनीहरूले यस्तै सोच्दैनन् र? यो सोचाइ केमा आधारित छ? यदि तिनीहरू निम्नस्तरीय किसान भएका भए, के तिनीहरूले यसरी सोच्ने आँट गर्नेथिए? (गर्नेथिएनन्।) किन? (तिनीहरूसँग पुँजी हुँदैन।) तिनीहरूसँग यसरी सोच्ने पुँजी हुँदैन। त्यसोभए, कस्तो प्रकारका मानिसहरूले यसरी सोच्न सक्छन्? तिनीहरू सबै निश्‍चित ज्ञान, प्रतिभा, वरदान, र तथाकथित क्षमता भएका मानिसहरू हुन्। जब तिनीहरू परमेश्‍वरका घरमा आउँछन्, तब तिनीहरूले सोच्छन्: “मैले संसारलाई पछ्याउन छोडिसकेँ। संसार अत्यन्तै दुष्ट छ, त्यसकारण म परमेश्‍वरका घरमा आउँछु र बरु त्यहाँ पछ्याउँछु। परमेश्‍वरका घरमा, मैले कम्तीमा पनि अगुवा वा कामदारको पद प्राप्त गर्न सक्छु।” के तिनीहरूले असल अभिप्रायहरू राखेका हुन्छन्? (हुँदैनन्।) तिनीहरूले किन असल अभिप्रायहरू राखेका हुँदैनन्? तिनीहरूले सिकेका कुराहरू र तिनीहरूको सामाजिक हैसियतले तिनीहरूलाई भयानक रूपमा हानि गर्छ। यदि तिनीहरूले सत्यता पछ्याएनन् भने, तिनीहरू आफ्नो जीवनमा त्यस्तो पदबाट कहिल्यै तल ओर्लनेछैनन्। तिनीहरूलाई सधैँ तिनीहरू आकाशमा उडिरहेका छन् भन्‍ने लाग्नेछ, तर वास्तवमा, परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, तिनीहरू कुनै पनि साधारण सृजित प्राणीभन्दा कहिँकतै फरक हुँदैनन्। तिनीहरूले सधैँ आफूलाई आकाशमा उडाइरहनेछन्। के यो खतरनाक कुरा होइन र? यदि तिनीहरू खसे भने, साह्रै नराम्ररी खस्छन्, र तिनीहरूको जीवन खतरामा पर्न सक्छ! त्यस्ता मानिसहरूलाई किन तिनीहरूसँग उच्च हैसियत हुनुपर्छ, तिनीहरूको आराधना गरिनुपर्छ, तिनीहरूको वरिपरि धेरै मानिसहरू हुनुपर्छ, सबै कुरामा तिनीहरूको परामर्श लिइनुपर्छ र तिनीहरूको राय सुनिनुपर्छ, सबै कुरामा तिनीहरूलाई सम्झनुपर्छ र तिनीहरूलाई प्राथमिकता दिइनुपर्छ भन्‍ने लाग्छ? तिनीहरू किन यति धेरै “गर्नुपर्छ” भन्‍ने कुराहरू सोच्छन्? किनभने तिनीहरूले आफ्नो सामाजिक हैसियत, ज्ञान, र आफूले सिकेका विशेष कुराहरूलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरूले सोच्छन्, “सत्यता चाहे जति नै धेरै वा जति नै उच्च रूपमा बोलिए पनि, मेरा यी कुराहरू अझै बहुमूल्य छन्; ती सत्यताभन्दा बहुमूल्य छन् र तिनलाई सत्यताले प्रतिस्थापन गर्न सक्दैन। समाजमा, म एउटा कम्पनीको मालिक हुँ। म हजारौँ मानिसहरूको व्यवस्थापन गर्छु। मेरो हातको एक इसारामा, सबैले मेरो कुरा सुन्नुपर्छ। मसँग यस्तो ठूलो शक्ति छ—त्यसकारण मेरो पद र हैसियत कस्तो होला भन्‍ने सोच त! परमेश्‍वरको घरका यी साना मानिसहरूका बीचमा, कतिजना मभन्दा उच्च छन्? वरिपरि हेर्दा, म त्यति धेरै विशेष मानिसहरू देख्दिनँ। यदि मैले तिनीहरूलाई व्यवस्थापन गर्ने हो भने, मेरा लागि त्यो समस्या नै हुनेथिएन; यो ठूलो कुरा नै हुनेथिएन!” मानौँ तैँले तिनीहरूलाई यसो भन्छस्: “ठीक छ। तिमीसँग यो महत्त्वाकाङ्क्षा हुनु राम्रो कुरा हो। म तिम्रो कामना पूरा गर्नेछु, म तिमीलाई मण्डली अगुवाका रूपमा सिफारिस गर्नेछु। तिमीले यी मानिसहरूलाई परमेश्‍वरसामु ल्याऊ ताकि तिनीहरूले परमेश्‍वरका वचनहरू कसरी पढ्ने र सत्यतालाई कसरी अभ्यास गर्ने भन्‍ने जानून्, र तिमीले कमजोर, नकारात्मक, र आफ्नो कर्तव्य पूरा नगर्नेहरूलाई सहयोग गर।” तिनीहरूले यसो भन्‍नेछन्: “त्यो सजिलो छ। व्यापारमा हुँदा, म मानिसहरूलाई तिनीहरूको सोच्ने तरिकाबारे परामर्श दिने जस्तो प्रकारका ती सबै काम गर्थेँ। यो कुरामा त म सिपालु छु।” मण्डलीका तीस जनाभन्दा बढी मानिसहरूलाई तिनीहरूको हातमा राखिएपछि के हुन्छ? दुई महिनाभन्दा कम अवधिमा, कमजोर मानिसहरू झन् कमजोर बन्छन्, नकारात्मक मानिसहरू झन् नकारात्मक बन्छन्, र सुसमाचार प्रचार गर्नेहरूले मानिसहरूलाई विश्‍वासमा ल्याउन सक्दैनन्। परमेश्‍वरको वचन कसरी पढ्ने भनी थाहा नभएका मानिसहरू भेलाको समय हुनेबित्तिकै उम्छन् र उप्रान्त माथिका प्रवचनहरू सुन्न समेत चाहँदैनन्। “के तिमी निकै सक्षम थिएनौ र?” भनी सोध्दा, तिनीहरूले भन्छन्: “हो, म मालिक थिएँ। मेरा क्षमताहरू प्रस्टै छन्!” तँ संसारमा जस्तोसुकै प्रकारको मालिक भए पनि, त्यो व्यर्थ हो। यदि तँ सत्यता बुझ्दैनस् भने, तँ मण्डलीको काम गर्ने साधारण मानिस होस्। यदि यी मानिसहरूलाई सुसमाचार कामको कार्यवाहक हुन दिइयो भने, तिनीहरू व्यर्थ र सतही औपचारिकताहरूमा मात्रै संलग्‍न हुनेछन्, तिनीहरूले कुनै परिणाम हासिल गर्नेछैनन्, र दर्जनौँ मानिसहरू भएको मण्डलीलाई राम्ररी मलजल गरिनेछैन। यहाँ के भइरहेको छ? त्यस्ता ज्ञानवान् मानिसहरू कुनै बेला समाजका संस्थागत मालिक र कार्यकारीहरू थिए, त्यसोभए परमेश्‍वरका घरमा आएपछि तिनीहरूले किन आफ्नो सीप प्रदर्शन गर्न सक्दैनन् त? (पवित्र आत्माले तिनीहरूलाई संरक्षण गर्नुहुन्न।) पवित्र आत्माले तिनीहरूलाई संरक्षण नगर्नु एउटा पक्ष हो, तर मुख्य कारण के हो? तिनीहरू सत्यता बुझ्दैनन्, त्यसकारण मानिसहरूको स्थिति, मानिसहरूका भ्रष्ट स्वभावहरू, मानिसप्रति परमेश्‍वरका मागहरू, मानिसको खुलासा गर्ने परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले बोल्नुहुने शैलीको कुरा आउँदा, तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ र तिनीहरू यी कामकुराहरूमा के भइरहेको छ भन्‍ने कुरा छर्लङ्ग देख्‍न सक्दैनन्, र तिनीहरूले अन्धाधुन्ध र सतही रूपमा मात्रै काम गर्छन्। तिनीहरूलाई के लाग्छ भने मण्डलीको काम संसारमा व्यापार चलाउनु जस्तै हो, र तिनीहरूले मानिसहरूको मनलाई प्रेरित गरे, र तिनीहरूको जोश जगाए भने, तिनीहरूले राम्रो काम गरेका हुनेछन्। तिनीहरूले के सोच्छन् भने, एक हिसाबमा, तिनीहरूले मानिसहरूलाई तिनीहरूको सोच्ने तरिकाबारे परामर्श दिनुपर्छ, र अर्को हिसाबमा, संसारमा कामकुराहरू सम्हाल्ने तिनीहरूको स्थापित तरिकाको राम्रो उपयोग गर्नुपर्छ, आफूभन्दा माथि रहेकाहरूलाई घुस दिने र आफूभन्दा तलकाहरूलाई किन्ने प्रयास गर्नुपर्छ। तिनीहरूले के विश्‍वास गर्छन् भने मानिसहरूलाई पैसा पाउने कुरा सुनिश्‍चित गरियो भने, तिनीहरूले सुन्नेछन् र पछ्याउनेछन्—तिनीहरूलाई यो त्यति सरल छ भन्‍ने लाग्छ। बाहिरी कुराहरूमा सत्यता समावेश हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्दा, व्यक्तिले गर्ने सबै कुरामा सत्यता र स्वभाव परिवर्तन समावेश हुन्छ। के तिनीहरूले संसारमा प्रयोग गरेका तिनै विधिहरू प्रयोग गर्दा तिनले काम गर्नेछन्? (हुनेछैन।) त्यसले काम गर्नेछैन। मानिसहरूको स्थितिलाई कसरी सम्हाल्ने, मानिसहरूको कमजोरीलाई कसरी सम्हाल्ने, मानिसहरूलाई कसरी राम्ररी सहयोग गर्ने, परमेश्‍वरबारे मानिसहरूका धारणाहरूलाई कसरी सम्हाल्ने, मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकाश गर्दा तिनीहरूले आफैलाई चिन्ने कसरी तुल्याउने, र मानिसहरूलाई कसरी इमानदार बन्‍न लगाउने भन्‍ने कुरा आउँदा, तिनीहरूलाई अत्तोपत्तो हुँदैन र तिनीहरूले बकवाद गर्ने र अन्धाधुन्ध प्रावधानहरू लागु गर्ने समेत गर्छन्। उदाहरणका लागि, यदि कसैले अदक्ष र आत्मिक बुझाइ नभएको कुरा भन्यो भने, तिनीहरूले यो व्यक्ति कमजोर क्षमता भएको व्यक्ति हो र उसले सत्यता पछ्याउँदैन भन्‍नेछन्। तिनीहरूले केवल अन्धाधुन्ध प्रावधानहरू लागु गर्छन्, र तिनीहरूले त्यो यति जथाभाबी रूपमा गर्छन् कि अरूसँग अघि बढ्ने कुनै बाटो नै हुँदैन, यसरी उनीहरूलाई बाधा पुऱ्याउँछन् र अनुत्प्रेरित तुल्याइदिन्छन्। आफ्नो कर्तव्य पूरा गर्नेहरूसँग उप्रान्त यसका लागि कुनै ऊर्जा नै बाँकी रहदैन, जबकि नकारात्मक हुनेहरू झन् बढी नकारात्मक बन्छन्। कतिपय मानिसहरूले के भन्छन् भने त्यस्तो व्यक्तिले आफ्नो मण्डलीको अगुवाइ गर्छ भने त तिनीहरू घरमै बसेर परमेश्‍वरका वचनहरू पढ्नु राम्रो हुनेथ्यो। यो के कारणले भयो? जब तिनीहरूले मण्डलीको अगुवाइ गर्छन्, तब तिनीहरूले मानिसहरूलाई अनुत्प्रेरित बनाउँछन्, जसले गर्दा तिनीहरू उप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न नै चाहँदैनन्। मानिसहरू किन विश्‍वास गर्न चाहँदैनन्? किनभने मानिसहरूसँग सुरुमा अलिक स्पष्ट दर्शन थियो, तर यस व्यक्तिका कार्यहरूले तिनीहरूलाई बाधा दिएको र अन्योलमा पारेको हुन्छ। सुरुमा नै यी मानिसहरूका हृदयमा कुनै सत्यता थिएन—धर्मसिद्धान्तहरूको बुझाइ मात्रै थियो। यो व्यक्तिले तिनीहरूलाई बाधा दिएपछि, तिनीहरू अझै अलमल्‍ल पर्छन्, र तिनीहरूले उप्रान्त पवित्र आत्माको काम अनुभूति गर्न सक्दैनन्। परमेश्‍वर स्वयम्‌को अस्तित्व पनि अलिक अस्पष्ट हुन्छ। त्यसोभए, मानिसहरूलाई यो विन्दुमा पुर्‍याउन तिनीहरूले कस्ता विधिहरू प्रयोग गर्छन्? उदाहरणका लागि, के “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो” भन्‍ने कथन साँचो हो? (हो।) तैँले यो कथनलाई प्रमाणित गर्न आफ्नो वास्तविक गहिरो अन्तर्दृष्टि, बुझाइ, र अनुभव प्रयोग गर्नुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले यो कथन साँचो हो र यो सही छ भन्‍ने कुरामा अझै दृढतापूर्वक विश्‍वास गर्न सकून् र मानवजाति परमेश्‍वरबाट आएको हो भन्‍ने कुरामा विश्‍वस्त हुन सकून्, यसरी परमेश्‍वरमाथिको तिनीहरूको आस्था बढोस्। कुनै व्यक्तिले परमेश्‍वरमा आस्था राखेपछि, जब उसले ताडना स्वीकार गर्छ वा केही कठिनाइ वा सतावट भोग्छ, तब उसको हृदयमा सामर्थ्य हुनेछ। यो एउटा तथ्य हो। तर यी मानिसहरू के भन्छन्? “एउटा टिभी कार्यक्रममा भनिएको थियो, मानवजाति १० करोड वर्ष पहिले कबिलामा बस्थे भन्‍ने पत्ता लागेको छ।” जब तिनीहरूले आफ्नो ज्ञान प्रदर्शन गर्छन् र यसरी इतिहासबारे कुरा गर्छन्, तब तिनीहरूलाई सुन्‍ने सबैजना अन्योलमा पर्छन्: “के मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो भनेर भनिँदैन र? यस्तो कुरा सुन्दा त, त्यस्तो लाग्दैन। के मानिस बाँदरबाट आएको हो?” हेर त, तिनीहरूले मानिसहरूलाई कहाँ लगेका छन्? के यो मानिसहरूलाई हानि गर्नु होइन र? (हो।) जब-जब तिनीहरूले मौका पाउँछन्, तब-तब तिनीहरूले आफ्नो ज्ञानको धाक लगाउँछन् र यी कुराहरूको धाक देखाउँदै इतिहास, दर्शन, र तिनीहरूले संसारमा सरकारी अधिकारीहरूसँग कसरी व्यवहार र मिलेमतो गर्छन् भन्‍ने बारेमा कुरा गर्छन्। जब तिनीहरूले यसरी धाक देखाउँछन्, र जब सानो कद, सानो आस्था र कमजोर रहेका केही दाजुभाइ-दिदीबहिनीहरूले यी कुराहरू सुन्छन्, तब तिनीहरूको हृदय कता जान्छ? (संसारतिर दौडिरहेको हुन्छ।) ठीक भन्यौ। त्यसको अर्थ के हुन्छ? तिनीहरूलाई सुम्पिएका यी मानिसहरूलाई तिनीहरूले बरबाद गरेका छन्। तिनीहरू स्पष्ट रूपमा नै अनाडी हुन्। तिनीहरूले जीवन प्रवेशका मामलाहरू नबुझ्ने मात्र होइन, तर तिनीहरूले आफ्नो काम के हो भन्‍ने कुरा पनि बुझेका हुँदैनन्, जीवनका आत्मिक मामलाहरू वा स्वभाव परिवर्तनहरूको कुरा त झनै बुझ्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि कुरा बुझेका हुँदैनन्, तैपनि अझै सत्यता बुझ्ने व्यक्ति हुँ भनेर ढोँग गर्छन् र परमेश्‍वरका चुनिएका मानिसहरूलाई अगुवाइ गर्ने गोठाला हुन चाहन्छन्। के यो बेतुके कुरा होइन र? यदि तैँले जीवनका आत्मिक मामलाहरू बुझ्दैनस् भने, तँ अगुवाका रूपमा छनौट हुँदा तैँले के गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ: “म एउटा अनाडी हुँ, र मैले कहिल्यै पनि मण्डलीको अगुवाइ गरेको छैनँ। मैले कामका प्रबन्धहरूले यस विषयमा के कुराहरू तोकेका छन् भनेर खोजी गर्नुपर्छ र हेर्नुपर्छ, र काम कसरी अघि बढाउनुपर्छ भनेर सङ्गति गर्नका लागि यो कुरा बुझेका मानिसहरू खोज्नुपर्छ, वा सत्यता बुझ्ने दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरूसँग सहकार्य गर्नुपर्छ।” के यो सही मनोवृत्ति हो? (हो।) तर कतिपय मानिसहरू यसो गर्दैनन्। तिनीहरू धाक लगाउँदै यसो भन्छन्, “तपाईँ मैले अरूसँग सहकार्य गरेको चाहनुहुन्छ—मभन्दा वरिष्ठ योग्यता कसको छ? मभन्दा माथिल्लो सामाजिक हैसियत कसको छ र? म समाजमा निकै चर्चित छु। मलाई भेट्ने जोकोहीले मलाई अलिकति भए पनि सम्मान त गर्नैपर्छ।” तिनीहरूले यसरी आफ्नो क्षमताबारे ठूला कुरा गर्छन् र त्यसको देखावट गर्छन्। जब तिनीहरूले यसरी मण्डलीको अगुवाइ गर्छन्, तब के दाजुभाइ-दिदीबहिनीहरूसँग अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्ने आशा हुन्छ? (हुँदैन।) हुँदैन। अनि परिस्थिति यस्तो भए पनि, यी मानिसहरूले अरूलाई अझै पनि सबै कुरा तिनीहरूकहाँ रिपोर्ट गर्न लगाउँछन्। यी दियाबलसहरू केही समयका लागि विश्‍वविद्यालय गए, र तिनीहरूसँग अलिकति ज्ञान हुन्छ, र परिणामस्वरूप तिनीहरूले समाजमा घमण्ड गर्ने र ठगी गर्ने, र हर प्रकारका खराब कुराहरू गर्ने आँट गर्छन्। तिनीहरूसँग केही बाँच्ने माध्यम हुन्छन्, त्यसकारण तिनीहरू केही कुरा हासिल गर्न परमेश्‍वरका घरमा आउन चाहन्छन्। हैसियत प्राप्त गर्न र आफ्ना पुर्खाहरूलाई महिमित तुल्याउनका लागि, तिनीहरू सत्यताको मूर्त रूप भएको ढोँग समेत गर्न चाहन्छन् ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूको कुरा सुनून् र तिनीहरूलाई पछ्याऊन्। तिनीहरूका लागि “सत्यताको मूर्त रूप” भन्‍नुको अर्थ के हो? त्यसको अर्थ, “मेरो हरेक सोचाइ, तरिका, र रायलाई तिमीहरू सबैले सत्यताका रूपमा पालना गर्नुपर्छ। मैले तेरा लागि एउटा नियम तय गरेको छु: सबै बिलहरू, चाहे त्यो पाँच डलरभन्दा कम मूल्यको किन नहोस्, मलाई रिपोर्ट गर्नैपर्छ।” अरूले भन्छन्: “पाँच डलरको बिल रिपोर्ट गर्नु पर्दैन। हामीसँग पनि अख्तियारको दायरा छ। के हामीले सिद्धान्तअनुसार काम गरे हुँदैन र?” तिनीहरूले के सोच्छन्? “त्यो कसरी ठीक हुन सक्छ? यो ठूलो मामला हो। म अगुवा हुँ। अन्तिम निर्णय गर्ने व्यक्ति म मात्रै हुँ!” तिनीहरूले यो कुरा नबोले पनि, तिनीहरू हृदयमा यस्तै सोच्छन्। तिनीहरू मानिसहरूलाई यसरी नै नियन्त्रण गर्छन्। तिनीहरूले खराब वा अरूलाई छल गर्ने जे पनि गर्न सक्छन्। जब तिनीहरूले अरूलाई छल र हानि गर्छन्, तब तिनीहरूले आँखा झिमिक्‍क समेत गर्दैनन्, तिनीहरूको हृदयको धड्कन एक पटक पनि रोकिँदैन, र तिनीहरूलाई भित्री रूपमा असहज महसुस हुँदै हुँदैन। परमेश्‍वरका घरमा पद दिइँदा, तिनीहरूले यो पद लिने आँट गर्छन्। तिनीहरूले एकपटक त्यो पद लिएपछि, हट्न नै चाहँदैनन् र अरूलाई पालन गराउनका निम्ति सत्यताको मूर्त रूप भएको नाटक गर्न चाहन्छन्। के त्यस्ता मानिसहरू अस्तित्वमा छन्? (छन्।)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्