विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन) खण्ड दुई

पूरक:

सियाओजियको जीवनमा एक दिन

अब अर्को विषयमा जाऔँ। यो के हुनुपर्छ? मैले सायद एउटा कथा सुनाउनुपर्छ। कथाहरूले सत्यता र मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्डलाई पनि छुन्छन्। सत्यता र मानव व्यवहारको मापदण्डसँग यस कथाको के सम्बन्ध छ भन्‍ने कुरालाई सुन। यसले सियाओजियको जीवनमा एक दिनका बारेमा बताउँछ। हाम्रो नायक सियाओजिय हो, र कथाको अनुमानित समयावधि कति हो? (एक दिन।) एक दिन। कतिपय मानिसहरूले भन्न सक्छन्, “के एक दिनका घटनाहरू पनि बताउन लायक हुन्छन्?” खैर, यो के भनिन्छ भन्‍ने कुरामा निर्भर गर्दछ। यदि यो सबै व्यर्थको गफ अनि सही र गलतको कुरा मात्र हो भने, यो बताउन लायक हुँदैन। तर यदि यसले सत्यतालाई छुन्छ भने एक दिनको त के कुरा—एक मिनेटको घटना पनि बताउन लायक हुन्छ, होइन र? (सही हो।)

सियाओजिय पछ्याउने कुरामा जोसिलो र आफ्नो कर्तव्य पूरा गर्ने सम्बन्धमा उत्साही व्यक्ति हो, र ऊ एक दिन बिहान सबेरै उठ्नेबित्तिकै उसको कथा सुरु हुन्छ। उठेपछि, परमेश्‍वरको वचन पढेर, आफ्नो भक्ति भावको अभ्यास गरेपछि, सियाओजिय बिहानको नास्ताको लागि गयो अनि उसले एक कचौरा दलिया र केही तरकारीहरू लियो। त्यसपछि उसले केही अन्डा देख्यो र सोच्यो: “मैले दुइटा लिनुपर्छ। दिनको दुइटा अन्डाले पर्याप्त पोषण दिन्छ।” तर हात बढाउँदै गर्दा ऊ हिचकिचायो, “दुइटा लिऊँ कि एउटा? यदि अरूले मैले दुइटा लिएको देखे भने त नराम्रो हुनेछ। यो त धेरै लोभी हुनु हो, र अरूले मलाई खन्चुवा ठान्‍नेछन्। एउटा मात्र लिनु राम्रो हुन्छ।” उसले फेरि हात बढाएर एउटा अन्डा लिनु अघि आफ्नो हात पछाडि ल्यायो। त्यति नै बेला, अर्को व्यक्ति अन्डा लिन आयो र उसले त्यसो गर्दा सियाओजियको मुटुको धड्कन थामियो। उसले सोच्यो: “वास्तवमा, अन्डा नखानु नै उत्तम हुन्छ। मसँग दलिया र तरकारी छँदै छ, साथै केही बफाइएका रोटीहरू छन्, र त्यसले बिहानको नास्ता पुगिहाल्छ। म त्यति लोभी हुनु हुँदैन। अनि अन्डा खाने चाहना नै किन गर्नुपर्‍यो? यदि अरूले देखे भने कति नराम्रो हुन्छ। के त्यो आराममा लिप्त हुनु हुनेथिएन र? म एउटा पनि खानेछैनँ।” यस्तो सोच्दै, सियाओजियले अन्डा फिर्ता राख्यो, अनि केही मिनेटपछि बिहानको नास्ता सकेर आफ्नो कर्तव्य पूरा गर्न थाल्यो। उसले एकपछि अर्को कार्य पूरा गर्दै गर्न बाँकी कार्यहरूमा आफूलाई व्यस्त राख्यो। समय चाँडै बित्छ, र आँखा झिमिक्क नगर्दै दिउँसोको खाना खाने समय हुन्छ। अरू सबै खाना खान गए, तर सियाओजियले आफ्नो घडी हेर्‍यो र दिउँसोको १२:४० बजेको देख्यो। “एकै छिन। अरू सबै खाना खान जाँदा मैले खाना खान हतार गर्नु हुँदैन। यदि म अरू सबैसँग हतारिएर गएँ भने, के म तिनीहरू जस्तै हुनेछैनँ र, अनि खन्चुवा झैँ देखिनेछैनँ र? म अलिकति अझै पर्खनेछु।” उसले आफूले गरिरहेको कार्यलाई जारी राख्यो, तर उसको पेटले उसलाई साथ दिएन र गुडगुडाउन थाल्यो। उसले आफ्नो पेट च्याप्यो र ध्यान नै नदिई कम्प्युटरमा हेर्‍यो र यस्तो सोच्यो: “म साह्रै भोकाएको छु! आज दिउँसोको खाना के छ? के मासु छ होला? मैले अलिकति मासु खान पाए त निकै राम्रो हुनेथियो!” उसले सोच्दै गर्दा उसको पेट कराइरह्‍यो र निकै मुस्किलका साथ, अरू सबै दिउँसोको खाना खाएर नफर्कुञ्जेल पर्खेर बस्‍यो। कसैले उसलाई भन्यो: “तिमीले किन दिउँसको खाना खाएनौ? चाँडो गरेर जाऊ, खाना चिसो हुँदैछ।” सियाओजियले भन्‍यो, “केही छैन। मैले आफ्नो कार्य पूरा गरिसकेको छैनँ। सकिएपछि जान्छु।” “के तिमीले खाएपछि कार्य जारी राख्दा राम्रो हुनेथिएन र?” “ठिकै छ। म चाँडै सिध्याउनेछु।” त्यसैले, सियाओजियले आफ्नो भोक सह्‍यो र आफ्नो कामलाई जारी राख्यो। वास्तवमा, ऊ अब निकै भोकाएको थियो र काम जारी राख्ने मनस्थितिमा थिएन, तर अझ पनि उसले आफ्नो भोक सह्यो र आफ्नो ढोँगलाई कायम राख्यो। केही समयपछि उसले फेरि आफ्नो घडी हेर्‍यो, दिउँसोको १:३० बजेको देख्यो, अनि सोच्यो: “अब ठिक छ। म सायद अब दिउँसको खाना खान जानुपर्छ।” ऊ उठेर खान जानै लागेको थियो, एउटी बहिनीले उसलाई खानाको किस्ती ल्याइन् र भनिन्: “धेरै ढिलो भयो! तिमी दिउँसोको खाना खान किन गएनौ? तिमी चाहे जति व्यस्त भए पनि, तिमीले खाना खानैपर्छ, र यदि तिमीले समयमै खाना खाएनौ भने तिमीलाई पेटको समस्या हुनेछ।” उसले जवाफ दियो: “ठिकै छ। काम सकिएपछि खानेछु।” “तिमी जानुपर्दैन। मैले तिम्रो खाना ल्याइदिएकी छु, त्यसैले छिटो खाऊ।” “केको हतार? मलाई अझै भोक लागेको छैन।” उसले आफू भोको नभएको कुरा भन्दै गर्दा उसको पेट मेघ गर्जेको जस्तो आवाज निकालेर गडगडायो। आफ्नो पेट समात्यो, सङ्‍कोच मानेर मुस्कुरायो, र त्यो बहिनीलाई भन्यो: “मलाई फेरि खाना ल्याइदिने चिन्ता नगर।” “तर यदि मैले ल्याइनँ भने, खाना चिसो भएर फेरि तताउनुपर्ने हुन्छ। यसलाई एक पटक फेरि तताइसकिएको छ।” “त्यसो भए ठिकै छ, धन्यवाद!” मुख रसाउँदै, सियाओजियले बहिनीबाट आफ्नो खाना लियो। किस्तीलाई हेर्दै, ऊ निकै खुसी भयो: दुइटा बफाइएका रोटी, तरकारी, मासु र सूप। बफाइएका रोटीहरू देख्दा सियाओजियले अर्को कुरा सोच्यो र उसले बहिनीलाई भन्यो: “म दुई ओटा रोटी खान सक्दिनँ। म आजकल अति नै व्यस्त छु, राम्रोसँग सुत्न सक्दिनँ, र मलाई त्यति भोक पनि लाग्दैन। तिमीले मलाई दुई वटा रोटी दिँदा त खेर जाँदैन र? एउटा फिर्ता लैजाऊ।” “ठिकै छ। यदि तिमीले साँच्चै ती खान सकेनौ भने यसलाई फिर्ता पठाउन सक्छौ,” बहिनीले जानु अघि जवाफ दिई। सियाओजियले मनमनै सोच्यो: “चाँडो जाऊ। मलाई अति भोक लागिरहेको छ।” उसले कचौरा उठायो, वरिपरि कसैलाई नदेखे पनि अझै अलिकति लजाउँदै, उसले सावधानीपूर्वक एक चुस्की लियो। त्यसपछि उसले मासुलाई हेर्‍यो, “वाह! बिस्तारै भुटेर पकाइएको सुँगुरको मासुको बास्ना म मीलौँको दूरीबाट थाहा पाउन सक्थेँ। तर मैले यसलाई तुरुन्तै खान सक्दिनँ, किनकि मैले पहिला तरकारी खानु पर्छ। यदि मैले तरकारीले पेट भरेँ भने मैले मासु कम खानेछु, नत्र मैले आधा कचौरा मासु खाइसक्नेछु र त्यो त लाजमर्दो हुनेथिएन र?” उसले त्यसो गर्नु अघि एक पल सोच्यो। उसले बफाइएका रोटी र तरकारीहरू चपायो, र सूप पियो। खाना खाँदै गर्दा, उसलाई अलिकति मासु खान मन लाग्यो, त्यसैले उसले भुटेको सुँगुरको मासुको एक चौटा लियो। मुखमा ल्याउँदै, उसले आफ्ना आँखा चिम्लिएर त्यसको ध्यानपूर्वक स्वाद लियो, “कति स्वादिलो! मासु साँच्चै मीठो छ, तर म धेरै खानु हुन्न। केवल एक गाँस भए पुग्छ, त्यसपछि अझ बढी तरकारी अनि सूप।” उसले बफाइएका रोटी खान जारी राख्यो, तर तरकारी खाँदै गर्दा उसले मासुलाई एक टक हेरिरह्यो, “के मैले यो मासु खाऊँ? यो यति स्वादिष्ट छ, यसलाई नखानु साँच्चै दुःखको कुरा हुनेछ।” उसको मुख फेरि रसाउन थाल्यो र उसले सोच्यो, “मलाई थाहा छ! म रोटीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिनलाई झोलमा चोप्नेछु। के त्यो मासु खाएजस्तै हुँदैन र? यसरी अरूले मैले मासु खाइरहेको छैन भनी देख्न सक्नेछन्, तर अझै पनि मैले मासुको स्वाद पाउनेछु। कति राम्रो!” यस्तो सोचेर, उसले बफाइएका केही रोटीलाई झोलमा चोप्यो, अनि निकालेर खायो, त्यो स्वादिष्ट र लगभग मासु नै जस्तो थियो। सियाओजियले त्यसपछि तुरुन्तै पूरै रोटीलाई टुक्रा-टुक्रा पारेर झोलमा डुबायो…। दस मिनेटभन्दा पनि कम समयमा, उसले त्यो सबै खाइसकेको थियो, साथै सूप पनि सिध्यायो। उसले दोस्रो रोटी खाने आफ्नो चाहना मारेर र आफूलाई रोकेर, एउटा बफाइएको रोटी मात्र खाएको थियो। योजनाअनुसार सबै परिकार सकिएपछि, सियाओजिय लगभग अघायो र उसलाई थप खाना चाहिन्छ जस्तो लागेन। त्यसपछि उसले सोच्यो: “ओहो, साह्रै भोकाएझैँ गरेर यति चाँडो-चाँडो खानु वास्तवमै उचित होइन। म वास्तवमै निकै भोकाएको थिएँ, तर मानिसहरूले मलाई त्यसरी देख्‍नु राम्रो होइन। मैले बिस्तारै खानुपर्छ। तर अहिले खाइसकेपछि त अब म के गर्न सक्छु र? ठीक छ, मसँग एउटा उपाय छ। म यसलाई दश मिनेटभित्र फिर्ता पठाउनेछु।” उसले आफ्नो घडी समात्यो र त्यसलाई हेर्‍यो, “पाँच मिनेट … दस … पन्ध्र … ठिक छ, दुई बज्यो। एकदम राम्रो, यसलाई फिर्ता पठा!” खुसी हुँदै, उसले बाँकी रहेको भुटेको सुँगुरको मासु र बफाइएको रोटी फिर्ता पठायो।

सियाओजिय फर्किँदा २ बजेर कटिसकेको थियो। उसका दाजुभाइ र दिदीबहिनीहरू दिउँसोको विश्रामका लागि गएका थिए, र उसले एक्लै गर्ने काम केही थिएन, त्यसैले उसलाई वास्तवमै पट्यार लागेको थियो। उसले सोच्यो: “के म पनि एक निद्रा सुतूँ? खाना खाएपछि एक निद्रा सुत्नु सधैँ राम्रो नै हुन्छ। तर हुँदैन, यदि अरू सबै सुतेको बेला म सुतेँ भने, यसले मलाई के बनाउँछ? म सुत्न मिल्दैन। मैले पर्खनुपर्छ। तर कसरी जागा बसूँ? म उभिइरहेँ भने सुत्‍न सक्नेछैन, तर यदि म खडा भएर रहिरहेँ भने त कोही अचानक भित्र आयो भने ऊ तर्सिनेछ। अहँ, म उभिन मिल्दैन। ठिकै छ, त्यसोभए म मेरो कम्प्युटरको अगाडि त्यतिकै बस्‍नेछु। यदि कसैले मलाई देखेमा, उसले मैले काम गरिरहेको छु भन्ठान्नेछ, तर वास्तवमा त मैले विश्राम लिइरहेको हुनेछु। कस्तो राम्रो उपाय।” त्यसैले ऊ कम्प्युटरलाई वाल्ल परेर हेर्दै त्यसको अगाडि सामान्य रूपमा बस्यो, तर पाँच मिनेटभित्र ऊ निदायो र किबोर्डमाथि घुर्न थाल्यो। चालीस मिनेटपछि, सियाओजिय अचानक आफ्नो गहिरो निद्राबाट ब्युँझियो र उफ्रियो, “के म उभिइरहेको छैनँ? म कसरी निदाएँ?” उसले समय हेर्‍यो, अबेर हुँदै थियो र कोही नभएको बेला ऊ आफ्नो मुख धुन गयो। शौचालयमा आफैँलाई देखेर, उसले भन्‍यो “ओहो, लौन! मेरो अनुहार त किबोर्डको छापले भरिएको छ! यसरी त म कसरी अरूसामु देखा पर्न सक्छु?” उसले हतारमा आफ्नो अनुहार रगड्यो, माड्यो र थपथपायो, र ऊ निकै बेर शौचालयमा बस्यो। त्यसपछि उसले ऐनामा हेर्‍यो र किबोर्डका छापहरू धेरैजसो हराएको देख्यो र आफ्नो मनमा रमायो: “यसलाई ध्यान दिएर नहेर्ने हो भने कसैले पनि थाहा पाउनेछैन।” यसपछि उसले आफ्नो कपाल कोर्‍यो र आफ्नो कठालो मिलायो, उसले अचानक महसुस गर्‍यो कि उसको हल्का रङको सर्टको कठालो अलि चिपचिपे थियो र नजिकबाट नियाल्दा उसका बाहुलाहरू पनि अलिक फोहोर थिए। उसले मनमनै सोच्यो, “मैले लुगा नधोएको वा नफेरेको केही दिन भयो, तर नधुनुका पनि केही फाइदा छन्। अलिकति फोहोरले कहिल्यै कसैलाई चोट पुर्‍याउँदैन, र अलिकति मैलाले मलाई असर गर्दैन। जे होस्, अलिकति फोहोरी हुँदा त झन् बढी आध्यात्मिक देखिन्‍न र?” उसले सरासर आफ्नो सर्टको कठालो र बाहुलाहरू बाहिर फर्कायो र फोहोरी भागहरू देखिने गरी ज्याकेटका बाहुलाहरू सुर्क्यो। निकै सन्तुष्ट भएर, ऊ प्रसन्‍न भयो र शान्तिपूर्वक शौचालयबाट बाहिर निस्कियो। केही समयपछि धेरैजसो मानिसहरू आ-आफ्ना ठाउँमा बसेर काममा व्यस्त हुन थाले। जब सियाओजियले अरू सबैलाई त्यहाँ देख्यो, उसले भन्यो: “तिमीहरूले त लामो झप्को लिएनौ! तिमीहरूले वास्तवमै कष्ट भोग्‍न र मूल्य तिर्न सक्छौ! मैले त झप्कोसमेत लिइनँ, तर अनुहारमा अलिकति पानी छर्किनु अघि एक मिनेटका लागि मेरा आँखालाई विश्राम मात्र दिएँ। नत्रता मसँग कुनै ऊर्जा नै हुने थिएन।” कसैले पनि जवाफ दिएन। उसलाई निकै पट्यार लाग्यो, त्यसैले उसले पनि काम गर्न थाल्यो। उसले दिउँसोको खानामा धेरै सूप पिएकोले, ऊ बारम्बार शौचालय जान चाहन्थ्यो तर यस्तो सोच्दै आफ्नो आवेगको प्रतिरोध गर्‍यो: “यदि म गएँ भने, मानिसहरूले मलाई अल्छी ठान्नेछैनन् र? त्यस्तो छवि त राम्रो होइन, त्यसैले म जान मिल्दैन।” त्यसैले उसले अरू कोही शौचालयमा नगएसम्म सहेर बस्यो, अनि उसले मौका देख्यो। ऊ यस्तो सोच्दै तुरुन्तै लाइनमा सामेल भयो, “भिडलाई पछ्याउनु धेरै राम्रो हो, किनकि कसैले मेरो बारेमा केही भन्‍नेछैन।”

त्यो दिउँसोको समय व्यस्त रह्यो। सियाओजियले उक्त व्यक्तिसँग सङ्‍गति गर्दै, त्यस व्यक्तिलाई प्रश्नहरू सोध्दै, स्रोतहरू खोज्दै, अनि आफ्ना कर्तव्यसँग सम्बन्धित सबै प्रकारका कार्यहरू गर्दै धेरै काम गर्‍यो। सबै दौडधुपपछि, अन्ततः बेलुकाको खाना खाने समय भयो। यस पटक सियाओजिय अरूभन्दा अलिकति मात्र ढिलो भएको थियो, तर उसले लगभग समयमै खाना खाएर सक्कायो। बेलुकाको खानापछिको अवधि सियाओजियका लागि दिनको सबैभन्दा खुसीको समय हुन्थ्यो, किनभने यो एक मात्र समय थियो जुन बेला उसले शान्त भएर कुनै आत्मनिन्दा वा अरूको आलोचनाविना, तर शान्त हृदयका साथ आफूलाई मन परेको कफी पिउन सक्थ्यो। किन? किनभने ऊसँग कफी पिउने पर्याप्त कारणहरू थिए, जुन अरू सबैका नजरमा पूर्ण रूपमा जायज कारणहरू थिए। त्यसैले त्यो उसको सबैभन्दा खुसीको समय थियो। कफी बनाउँदा, उसले मनमनै बडबडायो, “ह्या, आज फेरि ओभरटाइम काम गर्नुपर्ने भयो। कति समयका लागि भन्‍नेसमेत मलाई थाहा छैन। यो कफीले मलाई कति लामो समयसम्म जागा राख्न सक्छ होला।” मानौँ कि सबैलाई यो सुनाउनका लागि, उसले भर्खर उमालेको कफीलाई टेबुलमा जोडले राख्यो, “अनि के त? म मेरो कफी पिउँदैछु, तिमीले यस बारे के गर्नेवाला छौ?” उसले आफू वरिपरि भएकाहरूलाई झलक्क हेर्‍यो। कसैले पनि उसलाई हेरिरहेको थिएन, तर उसले केही भएको छैन जसो गरी आफ्नो गिलास उठायो र यस्तो सोच्दै कफीको एक चुस्की लियो: “सबैले कफी मीठो छ भन्छन्, र यो वास्तवमै छ। यसको स्वाद हरेक दिन फरक हुन्छ, अनि फरक अनुभव प्रदान गर्दछ। यो अद्भुत छ!” खुसी हुँदै, उसले गर्वसाथ आफ्नो कफीको चुस्की लियो, त्यसपछि खाली मनले आफ्नो साँझको कामलाई हेर्‍यो। उसको मनमा मूलतः कुनै लक्ष्य थिएन, अनि त्यो व्यस्त दिनपछि उसले थकित महसुस गर्‍यो, तर जबरजस्ती बल गरिरह्यो। ऊ उँघ्‍न मिल्थेन, अनि आफू थकित भएको वा आफ्नो काम वा कर्तव्य सम्हाल्ने सम्बन्धमा उसमा लापरवाह, गैरजिम्मेवार वा अनादरपूर्ण मनोवृत्ति थियो भन्‍ने कुरा अरूलाई देख्‍न दिन सक्थेन। उसले आफूलाई जबरजस्ती जागा राख्यो र काम जारी राख्न आफ्नो कम्प्युटर अगाडि बस्यो, अनि स्वतः एकपछि अर्को गर्दै कफी पियो। ऊ जति धेरै कफी पिउँथ्यो, त्यति सजग र जागा महसुस गर्थ्यो। सियाओजियले बेला-बेला आफ्नो घडी हेर्थ्यो, “एक बजिसकेको छ, तर मैले आफैसँग तीन बजेसम्मको लक्ष्य राखेको हुनाले म सुत्‍न मिल्दैन। म बिहान २:५० मा पनि सुत्‍न मिल्दैन, किनकि त्यसो गर्नु त आफ्नो प्रतिज्ञा भङ्‍ग गर्नु हुनेथ्यो र मसँग परमेश्‍वरलाई दिने कुनै स्पष्टीकरण हुनेथिएन। यो एउटा सृजित प्राणीले पूरा गर्नुपर्ने प्रतिज्ञा हो, त्यसैले मैले यसको सम्मान गर्नुपर्छ। मैले म बिहान ३ बजे सुत्छु भनेर भनेँ, त्यसैले मैले टन्नै कफी पिउनु परे तापनि, म बिहान ३ बजे नै सुत्नेछु।” त्यसैले, उसले कफी पियो र मानसिक रूपमा आफैँलाई बाँध्दै र नियन्त्रण गर्दै, आफ्नो थकानको प्रतिरोध गर्‍यो। तीन बजे, सियाओजियलाई एउटा महत्त्वपूर्ण काम गर्नु थियो, त्यसैले उसले आफ्नो फोन लियो र एउटा सन्देश पठायो जसमा यस्तो लेखिएको थियो: फलानी बहिनी, म सियाओजिय हुँ। मसँग तिम्रा लागि एउटा महत्त्वपूर्ण सम्झौटो छ; भोलि बिहान १० बजे समूह भेला छ भन्‍ने कुरा नबिर्सनू। यसमा सहभागी हुनु अनिवार्य छ, र ढिलो नगर्नू। हस्ताक्षर गर्ने: सियाओजिय। सन्देश पठाएपछि राहत महसुस गर्नाका साथ-साथै, सियाओजियले यो पनि सोच्यो: “यसलाई पठाउनु त एउटा कुरा हो, तर यदि तिनले यो प्राप्त गरिनन् भने के हुन्छ? के मैले तिनलाई सन्देश पठाएको छु भन्‍ने तिनलाई थाहा छ? म अझ पनि सुत्‍न सक्दिनँ। तिनले प्रतिक्रिया दिन्छिन् कि दिन्‍नन् भनेर मैले पर्खेर हेर्नुपर्छ।” आधा घण्टा पर्खिएपछि पनि कुनै प्रतिक्रिया आएन र उसले सोच्यो: “के तिनी सुतिसकिन्? कसरी तिनी यति चाँडो सुतिसकिन्? कति बेकार, तीन बजे नै सुतिसकेकी।” त्यस बहिनीले बिहान ३:५० मा जवाफ नदिएसम्म उसले पर्ख्यो: मैले भोलि बिहान १० बजेका बारेमा बिर्सिएकी छैन। मलाई आशा छ कि तिमीले पनि बिर्सनेछैनौ, र समयमै आउनेछौ। सियाओजियले त्यो पढ्यो र सोच्यो, “ओहो, यी कस्तो प्रकारकी व्यक्ति हुन्? तिनी मभन्दा ढिलो कसरी सुत्‍न सक्छिन्?” तर उसले अब उप्रान्त सहन सकेन। “अब योभन्दा बढी कफी पिउनु हुँदैन! यदि मैले योभन्दा बढी पिएँ भने आज राती म पटक्कै सुत्नेछैनँ। म सुत्न जानुपर्छ, किनकि म बिहान ५:३०, ढिलोमा बिहान ६ बजे उठ्नुपर्छ। म मेरा अन्य दाजुभाइ र बहिनीहरूभन्दा ढिलो हुन मिल्दैन, किनकि तिनीहरू उठेपछि तिनीहरू सबैलाई मैले प्रार्थना गरिरहेको, परमेश्‍वरका वचनहरू पढिरहेको, अनि प्रवचनहरू सुनिरहेको देखाउनुपर्छ। त्यसैले म ढिलो उठ्न मिल्दैन। म चाँडै सुत्‍न जान नपाएको सबै यही सन्देशकै कारण हो। तर यसले फरक पार्दैन, अरूलाई म ढिलोसम्म जागा रहेको थाहा छ। यद्यपि मैले मेरो उद्देश्य हासिल गरेँ, र भोलि चार बजेसम्ममा सुतिसक्ने प्रयास गर्नेछु।” सियाओजियले सोच्‍ने प्रयास गर्दै गर्दा, उसले यति तन्द्रा महसुस गर्‍यो कि आफ्नो कोठामा जाँदा उसले आफ्नो कपडासमेत खोलेन। ऊ अर्ध-निद्रामै आफ्नो ओछ्यानमा पल्ट्यो, तर अझै पनि आफूलाई जबरजस्ती सम्झायो: बिहान अन्डा नखा, दिउँसोको खानाका लागि केवल एउटा बफाइएको रोटी मात्र खा, भुटेको सुँगुरको मासु नखा, बिहान ३ बजे सुत्, सन्देशहरू पठाउन अझै बाँकी छ…। सियाओजियले सोच्या-सोच्यै गऱ्यो र अन्तमा अचल भएर थकान, धपेडी, सपना र भ्रान्तिमा निदायो। र यो नै सियाओजियको जीवनमा एक दिन थियो।

मलाई बताओ, त्यो सबै के थियो? सधैँ त्यसरी ढोँग गर्नु सियाओजियका निम्ति थकाइलाग्दो हुन्थेन र? (हो, हुन्थ्यो।) रोबोटहरू दिनभर उस्तै काम गर्दा थाक्दैनन्, किनकि तिनीहरूसँग कुनै बोध वा अनुभूति हुँदैन, तर मानिसहरूका लागि यो थकाइ‍लाग्दो हुन्छ। सियाओजिय यति थकित हुँदा पनि किन त्यसरी जियो? उसले किन त्यसो गर्‍यो? के ऊसँग कुनै योजना थियो? (हो, थियो।) उसको योजना केको वरिपरि घुमेको थियो? (अरूसामु देखावट गर्नु।) के देखावट गरेर उसलाई कुनै फाइदा हुन्थ्यो? (त्यसले उसलाई मानिसहरूले सम्मान दिने तुल्याउन सक्थ्यो।) त्यसले उसलाई मानिसहरूले सम्मान दिने तुल्याउन सक्थ्यो। के सियाओजियको व्यवहार तिमीहरूका निम्ति परिचित छ? कस्ता प्रकारका मानिसहरूले त्यसरी व्यवहार गर्छन्? (फरिसीहरूले।) सही हो। फरिसीहरूले असल व्यवहार, र मानिसहरूका धारणाहरूसँग अनुरूप हुने व्यवहार र अभ्यासहरू अपनाउँछन्, अनि आफू असल देखिन र मानिसहरूबाट आराधना गरिनका निम्ति तिनलाई अरूको अगाडि प्रदर्शन गर्छन्। तिनीहरूले मानिसहरूलाई भ्रममा पार्ने आफ्नो लक्ष्य प्राप्त गर्न यो विधि प्रयोग गर्छन्। यसरी नक्कली व्यवहार गर्नु र अरू मानिसहरूसामु देखावट गर्न हर प्रकारका असल व्यवहारमा संलग्‍न हुनुको मुख्य प्रकृति के हो? त्यसको मुख्य प्रकृति ढोँग, छलछाम हो, भ्रममा पार्नु हो—अरू केही छ? (नक्कली आत्मिकता।) सियाओजियको दिनमा कति वटा कुराहरूमा स्वभावहरू सामेल थिए र जुन जालसाजी गर्न सक्षम सबैको साझा विशेषता हो? अन्डा, बफाइएका रोटी, भुटेको सुँगुरको मासु खानु, र कफी पिउनु। यी सबै बाह्य कुराहरू हुन्, तर तैँले तीभित्र के सार देख्‍न सक्छस्? ढोँग र आत्म-नियन्त्रण। केको ढोँग? (कष्ट भोगेको ढोँग।) मानिसहरूले कष्ट भोग्नुलाई असल कुराका रूपमा हेर्छन् कि खराब कुराका रूपमा? (असल कुरा।) कष्ट भोग्नु असल व्यवहार हो जसको सबैले उच्च प्रशंसा गर्छन्। मानिसहरू यसलाई के भन्ठान्छन्? तिनीहरूले यसलाई सत्यताको अभ्यास भन्ठान्छन्। त्यसैले, सियाओजियले कष्ट भोग्‍न र मूल्य तिर्न हिचकिचाएन। उसको कष्टमा के कुरा समावेश थियो? राम्रो खाना नखाने र अबेरसम्म जागा रहने, सबेरै उठ्ने र आफ्नो शरीरलाई ताडना दिने। यी प्रकारका कष्टको प्रकृति के हो? ती सबै ढोँग हुन्। उसले सत्यता वा धार्मिकताका लागि होइन, तर अरूबाट सम्मान र श्रद्धा पाउनका लागि, अनि आफ्नो राम्रो मान र प्रतिष्ठाका लागि कष्ट भोग्यो। के उसले सत्यताका लागि कष्ट भोग्यो? (अहँ, होइन।) उसका कुन-कुन कार्यहरू सत्यता सिद्धान्तहरू अनुरूप थिए, र सत्यताका खातिर आफैविरुद्ध गरिएको विद्रोह अनि व्यक्तिगत स्वार्थहरूको त्याग थिए? के त्यस्तो केही थियो? (थिएन।) उसको कष्टको प्रकृति कस्तो थियो? के त्यो सत्यता अभ्यास गर्नु थियो? के त्यो उसको सत्यताप्रति प्रेमको प्रकटीकरण थियो? (अहँ, थिएन।) त्यसो भए, त्यो के थियो त? (पाखण्ड।) त्यो पाखण्ड थियो, त्यो सत्यताप्रति वितृष्ण हुनु थियो, त्यो छलकपट, ढोँग, जालसाजी र भ्रममा पार्नु थियो; ती विशुद्ध रूपमा उसका आफ्नै कल्पना र धारणाहरूमा आधारित कार्य र छनौटहरू थिए, अनि ती उसको आफ्नै स्वार्थमा केन्द्रित थिए र सत्यतासँग त्यसको कुनै सरोकार थिएन। उसले सत्यता खोजी गरिरहेको थिएन, त्यसैले उसका कार्यहरू पनि सत्यता थिएनन्; तिनको सत्यतासँग बिलकुलै सरोकार नभएको मात्र होइन, ती उसको हृदयको गहिराइमा रहेको मानवताको सामान्य आवश्यकताहरूसँग पनि पूर्ण रूपमा विपरीत थिए। के अन्डा खानु पाप हो? (अहँ, होइन।) तर सियाओजियले अन्डा खानुलाई लोभी हुनुका रूपमा हेर्‍यो। अन्डा परमेश्‍वरले मानिसको लागि सृष्टि गर्नुभएको एक किसिमको खाना हो। यदि तँसँग ती खाने माध्यम छ भने, त्यसो गर्नु लोभी हुनु होइन, तर यदि तँसँग ती खाने माध्यम छैन, अनि तैँले अरूको अन्डा चोरेर खान्छस् भने, त्यो चाहिँ लोभी हुनु हो। सियाओजियले यस मामलालाई कसरी परिभाषित गर्‍यो? उसले के विश्‍वास गर्‍यो भने अन्डा खानु लोभी हुनु हो, र यदि अरूले देखे भने त त्यो झन् बढी लोभी हुनु हो। उसले सोच्यो कि यदि उसले कसैले नदेख्ने गरी, अरूले थाहै नपाउने गरी, अन्डा खान सक्यो भने, त्यो लोभी हुनु हुनेथिएन। लोभ नाप्‍ने उसको मानक के थियो? त्यो कसैले देख्छ कि देख्दैन भन्‍नेमा आधारित थियो। के उसले त्यसलाई परमेश्‍वरका वचनहरूमा आधारित गर्थ्यो? गर्थेन, त्यो उसको आफ्नै व्यक्तिगत विचार थियो। वास्तवमा, अन्डा खाने यस मामलामा अरूको कुनै सोच वा विचार हुन्छ? (अहँ, हुँदैन।) यो विशुद्ध रूपमा सियाओजियले आफैँले रचेको मत थियो। बिहानको खानाका लागि अन्डा खानु भनेको लोभी हुनु, आराममा लिप्त हुनु, र देहलाई ख्याल गर्नु हो भन्‍ने उसले विश्‍वास गर्थ्यो। त्यसो भए, उसको विचारका आधारमा, अन्डा खानेहरू सबै आराममा लिप्त भइरहेका र देहलाई ख्याल गरिरहेका हुँदैनन् र? उसको तात्पर्य यो थियो: “तिमीहरू सबैले अन्डा खाँदा, तिमीहरूले देहलाई ख्याल गरिरहेका हुन्छौ। म देहलाई ख्याल गर्दिनँ, म आफैँलाई रोक्‍न सक्छु, त्यसैले म अन्डा खान्‍नँ। मेरो अगाडि नै अन्डा राख, मैले तिनलाई टिपिसकेपछि पनि फिर्ता राख्‍न सक्छु। मेरो सङ्‍कल्प र निश्‍चयता यस्तै छ, र म सत्यतालाई त्यति प्रेम गर्छु। के तिमीहरूले त्यसो गर्न सक्थ्यौ? यदि सक्थेनौ भने, तिमीहरूले सत्यतालाई प्रेम गर्दैनौ।” उसले आफ्नो विचारलाई केका रूपमा लियो? सही र गलत मापन गर्ने मानकका रूपमा। के यो जालसाजी थिएन? (हो, थियो।) यो जालसाजी थियो।

सियाओजियले देखाएको अर्को प्रकटीकरण भनेको दिउँसोको खाना खाने समय हुँदा ऊ खान गएन। उसले यसको सट्टामा के गर्‍यो? (उसले यसलाई स्थगित गर्‍यो।) उसले आफ्नो भोकलाई दबायो र खान जाने स्थगित गर्‍यो। तर किन? (अरूलाई देखाउन।) उसले नाटक देखाइरहेको थियो, र अरूलाई देखाउनका लागि यस्तो गरिरहेको थियो। उसले अरूले यसबाट के देखुन् र बुझुन् भन्‍ने चाहन्थ्यो? उसले अरूलाई देखाउन चाहन्थ्यो कि उसले कति कष्ट सहन सक्थ्यो, र आफ्नो काममा ऊ कति लगनशील, बफादार, गम्भीर र जिम्मेवार थियो! ऊ साँच्चै नै असाधारण मानव हो भनेर अरूले देखुन् भन्‍ने चाहन्थ्यो! तब उसले आफ्नो लक्ष्य हासिल गरेको हुनेथियो; उसले चाहेको मूल्याङ्कन त्यही थियो। उसका लागि त्यो मूल्याङ्कनको अर्थ के थियो? त्यो उसको जीवन, उसको जीवनको मेरुदण्ड थियो। के यो सत्यताप्रतिको प्रेम हो? (अहँ, होइन।) त्यसोभए, ऊजस्ता मानिसहरूलाई के मन पर्छ? तिनीहरू देखावट गर्न, षड्यन्त्र गर्न र युक्ति निकाल्ने काममा संलग्‍न हुन, र मुखौटा लगाएर अरूलाई छल्न हिचकिचाउँदैनन्, तिनीहरूले कति कष्ट भोग्‍न सक्छन् भनेर देखाउँदै, उनीहरूबाट यस्ता टिप्पणीहरू प्राप्त गर्छन्: “तिमीले साँच्चै कष्ट सहन सक्छौ। तिमी परमेश्‍वरलाई साँचो प्रेम गर्ने मानिस हौ, र तिमी आफ्नो कर्तव्य बफादारीका साथ पूरा गर्छौ।” तिनीहरू खास तथ्यहरू लुकाउन, परमेश्‍वरलाई छल्न र अन्य मानिसहरूलाई ठग्न, अरूबाट असल शब्द वा अनुकूल मूल्याङ्कन प्राप्त गर्न झूटा स्वरूप र चालहरूको प्रयोग गर्न हिचकिचाउँदैनन्। यो कस्तो किसिमको स्वभाव हो? (दुष्ट स्वभाव।) यो दुष्ट हो। तिनीहरू ढोँग गर्न, र देखावट गर्न र चालहरू चल्न माहिर हुन्छन्! त्यो केवल खाना हो, शान्तिपूर्वक खान जानुमा के समस्या छ र? कुन जीवित व्यक्तिले खाँदैन? के समयमै खानु पाप हो र? के कोही भोकाएको बेला खाना खोज्‍नु पाप हो? (अहँ, होइन।) यो त शारीरिक आवश्यकता हो; यो व्यवहारिक छ। यी मानिसहरूले सबै व्यवहारिक आवश्यकताहरूलाई अव्यवहारिक ठान्छन् र तिनको निन्दा गर्छन्। तिनीहरूले केलाई बढावा दिन्छन् त? तिनीहरूले निरन्तर शारीरिक ताडनालाई, साँचो तथ्यहरू लुकाउनुलाई, र देखावटी व्यवहार प्रस्तुत गर्नुलाई बढावा दिन्छन् ताकि तिनीहरूले कसरी कष्ट भोग्‍छन्, तिनीहरूले कसरी आराममा लिप्त हुनबाट जोगिन्छन्, र तिनीहरूले कुनै पनि मूल्य कसरी तिर्छन्, र आफ्नो कामका लागि आफ्नो समय, ऊर्जा, र आफूसँग भएको सबै कुरा अर्पण गर्छन् भन्‍ने कुरा अरूले देख्‍न सकुन्। तिनीहरूले मानिसहरूले यही देखुन् भन्‍ने चाहन्छन्। के तिनीहरूले वास्तवमा यसै गर्छन्? अहँ, गर्दैनन्। तिनीहरूले झूटा स्वरूपहरूद्वारा अरूलाई बहकाउँछन्, र यो दुष्ट स्वभावको प्रकटीकरण हो। तिनीहरू खाना खाने जस्ता महत्त्वहीन कुरामा यति हदसम्म जान्छन्—तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के सामान्य मानवता भएको व्यक्तिले यसै गर्नुपर्छ? (अहँ, पर्दैन।) पर्दैन। यो त अत्यन्तै कपटी हो! कुनै सानो मामलामा यति धेरै देखावट गर्ने व्यक्तिका बारेमा सुन्दा अधिकांश मानिसहरूले यसलाई अनुमोदन गर्नेथिए कि विकर्षण महसुस गर्नेथिए? (तिनीहरूले विकर्षण महसुस गर्नेथिए।) के तिमीहरूले कहिल्यै यस्तो व्यवहार गर्न सक्थ्यौ? (कहिलेकाहीँ।) यतिकै गम्भीरतापूर्वक? (होइन।) भोक भनेको सहन कठिन हुने अनुभूति हो, तर केही मानिसहरू यो कष्ट सहन सक्षम हुन्छन्। यदि तैँले तिनीहरूलाई परमेश्‍वरका वचनहरूमा समर्पित हुन, उहाँका वचनहरूमा मिहिनेत लगाउन, परमेश्‍वरका वचनको सिद्धान्तहरूअनुसार कार्य गर्न, र इमानदारीपूर्वक बोल्न आग्रह गरिस् भने, तिनीहरूलाई यो धेरै कठिन र गाह्रो लाग्‍नेछ। यी मानिसहरूका लागि, आफ्नै स्वार्थ र घमन्ड त्याग्‍नु स्वर्ग आरोहण गर्नुभन्दा कठिन हुनेथियो, तर जे मूल्य तिर्नुपरे पनि, तिनीहरू परमेश्‍वरका वचनहरूलाई पन्छाउन, आफ्नै कल्पनाहरूअनुसार कार्य गर्न, र आफ्नै शारीरिक स्वार्थहरूको सुरक्षा गर्न इच्छुक हुन्छन्। के यो सत्यतालाई प्रेम नगर्नुको प्रकटीकरण होइन? (हजुर, हो।) यो एउटा पक्ष हो।

सियाओजियले अरू कस्ता प्रकटीकरणहरू प्रस्तुत गर्‍यो? उसलाई अत्यन्तै निद्रा लागेको थियो तर ऊ सुत्न गएन। मलाई बताओ, यदि कसैलाई निद्रा लाग्छ र केही समयको लागि सुत्न जान्छ, वा छोटो झप्की लिन्छ, र त्यसपछि उसले कामका लागि बढी बल पाउँछ भने, के यो व्यावहारिक होइन र? (हजुर, हो।) यो व्यावहारिक हो। के कसैले सियाओजियलाई सुतेकोमा निन्दा गर्नेथियो र? (अहँ, गर्नेथिएन।) त्यसोभए, यदि कसैले पनि उसको निन्दा गर्नेथिएन भने ऊ किन यति डरायो त? उसलाई के को डर थियो? (कुनै कुराको खुलासा होला कि भन्‍ने।) सही हो, ऊ कुनै कुराको खुलासा होला कि भनेर डराएको थियो। आफ्ना कल्पनाहरूमा, उसले के विश्‍वास गर्‍यो भने उसलाई सबैले उच्च मान्थे, सबैले ऊ कष्ट सहन निकै सक्षम थियो र असाधारण रूपले भक्त थियो भन्‍ने सोच्थे। उसले के महसुस गर्‍यो भने यदि उसको साँचो रूप खुलासा भयो भने, अनि सबैले ऊ त्यस्तो प्रकारको व्यक्ति नभएको कुरा पत्ता लगाए भने, उसको सम्पूर्ण असल छवि ध्वस्त हुनेथियो। उसले यस्तो हुन्छ भन्‍ने सोच सहन सकेन, अनि त्यसैले उसले आफूलाई झप्की लिनबाट समेत रोक्यो। ऊ आफैसँग त्यति कठोर थियो। ऊ कस्तो प्रकारको व्यक्ति हो? के ऊ मानसिक रूपमा बिरामी छैन? यस्ता मानिसहरूले प्रायः प्रवचनहरू सुन्छन्, परमेश्‍वरका वचनहरू पढ्छन् र सङ्गति गर्न भेला हुन्छन्, त्यसोभए तिनीहरूले सत्यतामा ध्यान केन्द्रित किन गर्दैनन्? सत्यताका सिद्धान्तहरूमाथि विचार गर्नु तेरा लागि ठूलो कुरा हो। परमेश्‍वरका वचनहरू के भन्छन् हेर्: के परमेश्‍वरका वचनहरूमा मानिसहरूले झप्की लिने बारेमा कुनै घोषणाहरू छन् र? (अहँ, छैनन्।) परमेश्‍वरले यस मामलाबारे कुनै घोषणा गर्नुभएन, न त उहाँले यसको उल्लेख नै गर्नुभयो। सामान्य मानवताको सोच भएको जो कोहीलाई यसलाई कसरी सम्हाल्ने भनेर थाहा हुनुपर्छ। निन्द्रा लाग्दा एक झप्को लिनु व्यावहारिक नै हुन्छ। तातो गर्मीका दिनमा दिउँसो आराम गर्नु व्यावहारिक नै हुन्छ। विशेष गरी, कतिपय वृद्ध मानिसहरू, जसले आफ्नो शरीर, ऊर्जाको स्तर, र यस्तै अन्य कुराको सन्दर्भमा पछि पर्छन्, दिउँसोको खाना पछि केही समय सुत्नु आवश्यक हुन्छ। यो तिनीहरूको जीवनशैलीका बानीहरूमा होइन, तर तिनीहरूको शारीरिक आवश्यकताहरूमा आधारित छ। परमेश्‍वरले तेरो आफ्नै काम र वातावरणअनुसार दैनिक खान-पान, परिश्रम र विश्राम सम्हाल्न दिनका लागि तँलाई सामान्य मानवताको जागरूकता, सचेतना र प्रतिक्रियाहरू दिनुभएको छ; तैँले आफैँलाई दुर्व्यवहार गर्नु हुँदैन। उदाहरणका लागि, मानौँ तैँले राजसी भोजन खाँदैनस् अनि यसो भन्छस्, “परमेश्‍वरले मानिसहरूलाई राम्रा खानेकुरा खान दिनुहुन्न; सधैँ राम्रा खानेकुरा खानाले मानिसहरूलाई लोभी बनाउँछ।” परमेश्‍वरले यसो कहिल्यै भन्नुभएन र उहाँले मानिसहरूबाट यस प्रकारको माग राख्नुहुन्न। तर सियाओजियले यही सोच्यो र उसले परमेश्‍वरले पनि सायद यही सोच्नुहुन्छ भन्ठान्यो। उसले सोच्यो कि यदि कोही अति चाँडो सुत्छ भने, त्यो आराममा लिप्त हुनु हो र परमेश्‍वरलाई त्यो मन पर्दैन। के यो सत्यतालाई नबुझ्नु होइन? (अँ, हो।) सियाओजियले सत्यता नबुझ्दा, उसले त्यसलाई खोज्न सक्थ्यो, तर उसले त्यसो गरेन, उसले केवल आफ्नै व्यक्तिपरक इच्छाअनुसार काम गऱ्यो। उसले यसलाई कुन हदसम्म लग्यो? उसले एकै दिनमा तीन-चार कप कफी पियो, ताकि ऊ अबेरसम्म जागा रहन सकोस्। कतिपय मानिसहरू भन्छन्: “मैले विगतका केही वर्षहरूमा आफ्नो कर्तव्य पूरा गर्दा धेरै कफी पिएको छु ताकि मैले परमेश्‍वरको घरको काम गर्न सकूँ।” यदि अर्को व्यक्तिले यसो भन्छ, “तिमीलाई कफी पिउन कसले लगायो? के तिमीले नै यसलाई पिउने छनौट गरेका होइनौ?” भने, तिनीहरूले मनमनै यसो सोच्नेछन्, “म किन कफी पिउँछु तिमीलाई थाहा छ? यो अबेरसम्म जागा रहनलाई होइन, यो त तौल घटाउनलाई हो। के तिमीलाई त्यो थाहा थिएन? तर म तिमीलाई त्यो बताउन सक्दिनँ, किनभने त्यसपछि तिमीलाई थाहा हुनेछ। यदि तिमी मभन्दा पातलो भयौ भने के म पातलो देखिनेछु र?” यो वास्तवमै तुच्छ हुनु हो, होइन र? यसमा कुन दृष्टि र विचारधारा समावेश छन्? के यसमा सामान्य मानवताको कुनै बुझाइ वा चेतना छ? (अहँ, छैन।) होइन, यसभित्र बुद्धिमत्ताको लडाइँ, युक्ति र षड्यन्त्रहरू, ढोँग, जालसाजी र भ्रामक कुराहरू मात्र समेटिएका छन्। त्यसमा बस् यत्ति नै हुन्छ। यो त कुनै घटना घट्दा तुच्छ हुनु हो। तिनीहरूले आफ्ना साँचो विचार र सोचहरू कुनै पनि व्यक्तिलाई बिलकुलै बताउँदैनन्, सबैलाई थाहा पाउन वा परमेश्‍वरलाई देख्न त झनै दिँदैनन्। तिनीहरूको मानसिकता यस्तो हुँदैन, “म आफैँलाई उदाङ्गो राख्ने गर्छु। मेरा कार्यहरू मेरा सोचहरूअनुरूप हुन्छन्, र म यस्तै व्यक्ति हुँ।” तिनीहरूको मानसिकता निश्चय नै यस्तो होइन, त्यसोभए त्यो के हो त? तिनीहरूको अरूसामु भएको छवि भव्य, भक्तिपूर्ण वा पर्याप्त रूपमा आत्मिक नहोला भन्‍ने डरले तिनीहरूले सकेसम्म लुकाउँछन् र ढोँग गर्छन्।

सियाओजिय किन अबेरसम्म जागा रहन चाह्यो? धेरै प्रकारका कामका लागि राति अबेरसम्म जागिरहनु पर्दैन र मानिसहरूलाई राति १० बजेपछि प्रायः निद्रा लाग्छ। यदि तिनीहरूले काम गरिरहे पनि, त्यो प्रभावकारी हुनेथिएन, किनभने मानिसहरूसँग सीमित ऊर्जा हुन्छ। तर सियाओजियले सधैँ आफूलाई बाध्य पाऱ्यो, उसलाई त्यो प्रभावकारी हुँदैन भन्‍ने कुरा राम्रोसँग थाहा भए तापनि, उसले त्यसको प्रभावकारितालाई वास्ता गरेन। उसले सुत्नु अघि किन सन्देश पठायो? (अरूले याद गरून् भनेर।) अरूलाई ऊ तीन बजे सुत्न गएको कुरा देख्ने तुल्याउन। तँ रातभरि नसुते पनि, अन्ततः निद्रा लाग्ने तँलाई नै होइन र? अनि के यो तैँले आफैँमाथि निम्त्याएको हुनेछैनस् र? कतिपय मानिसहरू अबेरसम्म जागा रहन्छन् र बिहान ३ बजे सन्देश पठाउँछन्। जब प्रापकले बिहान ४ बजे जवाफ दिन्छ, आफू अझ ढिलो सुत्छन् भनी देखाउन तिनीहरूले बिहान ५ बजेसम्म कुरेर जवाफ दिन्छन्। यसरी तिनीहरूले आफैँलाई यातना दिन्छन् र एक-अर्कालाई हानि पुऱ्याउँछन्, अनि अन्तमा तिनीहरूमध्ये कोही पनि रातभर सुत्न पाउँदैनन्। के तिनीहरू लापरवाह मूर्खहरूको जोडी होइनन् र? यो कस्तो प्रकारको व्यवहार हो? यो मूर्ख व्यवहार हो। यस प्रकारको व्यवहार कहाँबाट आउँछ? यो सबै एउटा भ्रष्ट स्वभावबाट आउँछ। अहिलेलाई, हामी यो व्यवहार कुन भ्रष्ट स्वभावबाट उद्धृत हुन्छ भनेर हेर्नेछैनौँ, हामी यो कति बेतुका छ मात्र भन्‍नेछौँ। यी मानिसहरूले अभ्यास गर्नका लागि परमेश्‍वरका कुनै पनि वचनहरूलाई चुनेर यस प्रकारको बेतुका व्यवहार र अभ्यासलाई परिवर्तन गर्न सक्थे। उहाँका कुनै पनि वचनहरूले तिनीहरूलाई शान्तिपूर्वक र सुरक्षित रूपमा जिउन सक्षम बनाउन सक्थ्यो, र तिनीहरूको जीवनलाई अझ यथार्थपरक र व्यावहारिक बनाउन सक्थ्यो। तिनीहरू परमेश्‍वरको वचनअनुसार जिउने छनौट किन गर्दैनन्? तिनीहरूले आफैँलाई किन यसरी यातना दिन्छन्? तिनीहरूले आफैले रोपेका बिउको फल पाइरहेका छैनन् र? (हजुर, हो।) यस्तो व्यक्तिले जतिसुकै कष्ट भोगे पनि, त्यो सधैँ व्यर्थ हुनेछ र उसले जतिसुकै कष्ट सहे पनि, त्यसको परिणाम उसले नै बेहोर्नेछ। कतिपय मानिसहरू भन्छन्: “मैले यत्तिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छु र म २० वर्षदेखि अगुवा रहिआएको छु। म सधैँ अबेरसम्म जागा रहेँ र सुतिनँ, र अन्तमा, म स्नायु दुर्बलता पीडित भएँ।” म भन्छु: “तेरो स्नायु दुर्बलता त तैपनि ठीकै छ। यदि तैँले आफैँलाई मूर्खतापूर्वक यातना दिन र त्यस्तो व्यवहार गर्न जारी राखिस् भने, मनोविकार धेरै टाढा छैन।” यदि कोही रातमा सुत्दैन, सधैँ तनावमा रहन्छ र उसको शरीरले असामान्य रूपले काम गर्छ भने के ऊ स्वस्थ हुन सक्छ? उसले आफैँमाथि यो निम्त्यायो। मानौँ कि तैँले उसलाई भन्छस्, “त्यसो गरेर हुँदैन। आफ्नो कामलाई दिनमा गर्ने बन्दोबस्त गरेर आफ्नो उत्पादकता बढाउने सक्दो कोसिस गर। सबैले कामका बारेमा छलफल गर्दा, बकबक कम गर र महत्त्वहीन कुराहरूका बारेमा धेरै कुरा नगर। तिमीले छलफलका मुख्य बुँदाहरू, केन्द्रीय कुरा र विषयवस्तु बोध गर्नुपर्छ, र यो सकिएपछि, सबैजना आफ्नै कार्य गर्नतिर लाग्‍नुपर्छ। घुमाइ-फिराइ कुरा गरी नबस, र अल्याङटल्याङ नगर।” उसले तेरो कुरा सुन्नेछैन। ऊ आफैँलाई व्यक्त गर्नमा सिपालु छैन, तर उसले अनुभवहरूलाई सारांश गर्दैन, केवल समय बरबाद गर्नका निम्ति बिहानको एक-दुई बजेसम्म अर्थहीन कुरा गर्छ, न त आफू सुत्छ, न त अरूलाई सुत्न दिन्छ। के यो अरूलाई यातना दिनु र हानि पुऱ्याउनु होइन? अन्तमा, उसले सोच्छ, “परमेश्‍वर, तपाईँले देख्नुभयो, हैन? तीन बज्दा पनि म सुतेको थिइनँ!” परमेश्‍वरले देख्नुभयो। उहाँले ऊ बाहिरबाट कस्तो देखिन्छ भन्‍ने कुरा मात्र होइन, तर उसको भित्री हृदय पनि देख्नुभयो, र उहाँ भन्नुहुन्छ: “तेरो हृदय फोहोरी छ। तँ व्यर्थको यातनामा रातभरि जागा बस्छस्, तर परमेश्‍वरले यसलाई कहिल्यै सम्झनुहुनेछैन। सुत्ने समय हुँदा, तँ सुत्दैनस्, तर बरु जागा रहन आफैँलाई बाध्य पार्छस्। तैँले यो कष्ट आफैँमाथि ल्याएको होस्!” जब मानिसहरूलाई निद्रा लाग्छ, तिनीहरूका पलकहरू प्राकृतिक रूपमै बन्द हुन्छन्। यो एक प्राकृतिक प्रवृत्ति हो, त्यसैले यदि तँ सधैँ प्राकृतिक प्रवृत्ति र प्रकृतिका नियमहरूको विरुद्ध जान्छस् भने, तँ कष्ट भोग्न लायक छस्। परमेश्‍वरले तँलाई व्यर्थको कष्ट वा प्रकृतिका नियमहरूको उल्लङ्घन, वा सिद्धान्तहरू वा सत्यताको उल्लङ्घनले निम्त्याएको कष्ट सहन लगाउनुहुनेछैन। यदि तैँले यस प्रकारका कष्टहरू सहने जिद कस्छस् भने, त्यस्तै होस्। कतिपय मानिसहरूले कुनै व्यक्ति ३ बजेसम्म सुत्दैन भन्‍ने सुन्दा, यस्तो सोच्छन्, “के ऊ म जस्तै छैन र? ठिकै छ, भविष्यमा म बिहान ३:३० बजे सुत्नेछु।” त्यसपछि तिनीहरूले कुनै व्यक्ति बिहान ३:३० बजे सुत्छ भन्‍ने सुन्छन्, त्यसैले तिनीहरू बिहान ४ बजे सुत्न चाहन्छन्। के यो मानसिक रोग होइन र? तैँले कुनै पनि कुरामा प्रतिस्पर्धा गर्न सक्थिस्, अनि सबैभन्दा अबेर को सुत्छ भनेर प्रतिस्पर्धा गर्ने छनौट गर्छस्—यसको अर्थ तँ मानसिक रूपमा असामान्य छस्। के त्यस्ता मानिसहरूमा बुझाइको समस्या हुन्छ? (हो, हुन्छ।) तिनीहरूले सत्यतालाई बुझ्न सक्दैनन्। जब तँसँग समय हुन्छ, बाहिरी व्यवहार, ढोँग र जालसाजी जस्ता कुराहरूमा मेहनत गर्न, आफ्नो दिमाग खियाउन र सोचविचार गर्न बन्द गर्। त्यसोभए, तैँले केमा मेहनत लगाउनुपर्छ त? परमेश्‍वरका वचनहरूले कसरी मानवजातिको भ्रष्ट प्रकृति र दुष्ट स्वभावलाई खुलासा गर्छन्, अनि कसरी उहाँले लापरवाही गर्ने मानिसहरूको खुलासा गर्नुहुन्छ, हेर्। मानिसलाई खुलासा गर्ने परमेश्‍वरका यी वचनहरूसँग आफैँलाई तुलना गर्नमा मेहनत लगा, परमेश्‍वरले खुलासा गर्नुभएका कति ओटा प्रकटीकरणहरू तँसँग छन्, र तीमध्ये कति ओटालाई तैँले प्रायः गर्ने अनि प्रकट गर्ने गर्छस् भन्‍ने बारेमा चिन्तन गर्। यी कुराहरूलाई सारांश गर्नु निकै राम्रो कुरा हो! कुनै व्यक्तिले सधैँ केही अण्डा वा बफाइएका रोटी, वा झोलमा चीजहरू चोप्ने कुरामा मिहिनेत लगाउनु कत्ति घृणास्पद कुरा हो! त्यो के हो? यो तुच्छ हुनु र बुद्धिको अभाव हुनु हो। त्यस्तो व्यक्ति के हो? (मूर्ख।) सही भन्यौ। जहिल्यै पनि कति अण्डा खाने, वा सधैँ राति जागा बस्नलाई कफी पिउने भनेर सोचिरहने मानिसहरूको कुरा गर्दा, तिनीहरूलाई खानाप्रति मोहग्रस्त मूर्खहरू भन्नु अतिशयोक्ति हुँदैन। तिनीहरू कुन क्षेत्रहरूमा मूर्ख हुन्छन्? यी मानिसहरू मूर्ख छन् भनेर हामी किन भन्छौँ? (तिनीहरूले भोग्ने कष्ट पूर्ण रूपमा मूल्यहीन हुन्छ।) यो पक्कै पनि मूल्यहीन हुन्छ। तँ किन त्यस्ता बचकाना कुराहरू गर्न चाहन्थिस् र? के तँ जीवनभर अन्डा नखानुले तँलाई सत्यता बुझ्न सक्षम तुल्याउनेछ भन्‍ने सोच्छस्? के यस्तो व्यवहार गर्नु मूर्खता होइन? (हजुर, हो।) मूर्ख कार्यहरू नगर्। कस्ता प्रकारका मानिसहरूले मूर्खतापूर्ण कार्यहरू गर्ने सम्भावना हुन्छ? (आत्मिक बुझाइ नभएका मानिसहरू।) के यी मानिसहरूसँग सत्यता बुझ्ने क्षमता हुन्छ? (अहँ, हुँदैन।) कतिपय मानिसहरू भन्छन्: “तिनीहरूको क्षमता असल छ, र तिनीहरूले निकै कुशलतापूर्वक प्रचार गर्न सक्छन्।” तिनीहरूले कुशलतापूर्वक प्रचार त गर्लान्, तर कार्य गर्ने समय आउँदा तिनीहरू किन बचकाना गतिविधिहरूमा संग्लग्न हुन्छन् त? तिनीहरूले किन यस्तो अपरिपक्व र बेतुके तरिकाले व्यवहार गर्छन् त? यहाँ के हुँदैछ? तिनीहरू एउटा तरिकाले कुरा गर्छन् तर अर्को तरिकाले व्यवहार गर्छन्। तिनीहरूले जे बोल्छन् त्यो तिनीहरूको धर्मसिद्धान्तको बुझाइ हो, अनि तिनीहरूले जे गर्छन्, ती तिनीहरूले साँच्चै बुझ्ने र स्वीकार गर्न सक्ने कुराहरू हुन्छन्। भित्र गहिराइमा, के तिनीहरूले प्रचार गर्ने धर्मसिद्धान्तहरूलाई तिनीहरूले समर्थन वा अनुमोदन गर्छन्? (अहँ, तिनीहरूले अनुमोदन गर्दैनन्।) तिनीहरूले ती कुराहरूलाई सत्यता, वा तिनीहरूले अभ्यास गर्नुपर्ने र पालन गर्नुपर्ने मापदण्डहरूका रूपमा अनुमोदन गर्दैनन्। वास्तवमा, तिनीहरूले आफ्नो हृदयमा भएका युक्ति र धारणाहरू, नक्कली विचार र अभ्यासहरू, अनि अरूले राम्रो ठानेका व्यवहारहरू नै अभ्यासका मापदण्ड र मार्गहरू हुन् भनी विश्‍वास गर्छन्। यदि त्यस्ता मानिसहरूले आफूलाई कहिल्यै सुल्टाएनन् भने के त्यस्ता मानिसहरू बरबाद हुनेछैनन् र? के तिनीहरूले मुक्तिको कुनै मौका पाउनेछन्? आशा निकै कम छ।

मलाई बताओ, के तातो घाममा छाता ओढ्नु वा परालको टोपी लगाउनु व्यावहारिक हुन्छ? (हजुर, व्यावहारिक हुन्छ।) घाममा काम गर्ने मानिसहरूले टोपी लगाएनन् भने तिनीहरू चाँडै डढ्नेछन्, त्यसैले त्यसो गर्नु पूर्ण रूपमा व्यावहारिक हुन्छ। कतिपय मानिसहरू यसरी सोच्दैनन्, र यसो भन्छन्: “परालको टोपी लगाउनु? के त्यो मेरो अपमान हुँदैन र? के म टोपी लगाउन सक्छु? म कष्टसँग डराउँदिन, न त छाला खैरो होला भनेर नै डराउँछु। वास्तवमा, त्यो त स्वास्थ्यकर हुन्छ।” यदि तिनीहरूले साँच्चै यस्तै सोच्छन् भने, यो समस्या होइन, तर मुख्य कुरा के हो भने, कतिपय मानिसहरूले भित्र गहिराइमा यसरी सोच्दैनन्। तिनीहरू सोच्छन्, “तिमीहरू आफैलाई हेर, तिमीहरूले परालको टोपी लगाउँछौ किनकि तिमीहरू गर्मी दिनमा छाला खैरो होला वा घामले डढिएला कि भनेर डराउँछौ। म त लगाउनेछैन! छाला खैरो हुनु वा घामले डढ्नुमा डराउनुपर्ने के छ र? परमेश्‍वरले ती कुराहरू मन पराउनुहुन्छ, त्यसैले मलाई अरू मानिसहरूले के सोच्छन् भन्‍ने कुराको वास्ता छैन!” यसो भन्‍ने मानिसहरूका बारेमा तँ के सोच्छस्? के तँलाई तिनीहरू अलिकति छली, अलिकति नक्कली लाग्छ? वास्तवमा, तिनीहरूले टोपी लगाउन नमान्नुको पछाडि एउटा उद्देश्य हुन्छ, जुन मानिसहरूलाई तिनीहरू कष्ट भोग्‍न सक्षम छन् र साँच्चै आत्मिक छन् भनेर देखाउनु हो। यस प्रकारको पाखण्डी व्यवहार घृणास्पद हुन्छ! के यति राम्ररी ढोँग गर्ने मानिसहरूले आफ्ना कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? के तिनीहरूले आफ्ना कर्तव्यका लागि कष्ट भोग्‍न र मूल्य तिर्न सक्छन्? एक पटक तिनीहरूको छाला खैरो भएपछि वा तिनीहरू घामले डढेपछि, के तिनीहरूले गुनासो गर्ने अनि परमेश्‍वरलाई दोष दिने गर्नेछैनन् र? पाखण्डी फरिसीहरूले कहिल्यै सत्यता अभ्यास गर्दैनन्, तर आत्मिक भएको अभिनय गर्छन्। के तिनीहरूले साँच्चै नै कष्ट भोग्‍न र मूल्य तिर्न सक्थे? पाखण्डीहरूको सारका आधारमा, तिमीहरूले देख्‍न सक्छौ कि तिनीहरूसँग सत्यताप्रति कुनै प्रेम छैन, र तिनीहरू कष्ट भोग्‍न वा त्यसका लागि मूल्य तिर्न झनै सक्षम छैनन्। अझ के भने, तिनीहरूले सत्यताका वचनहरू जतिसुकै सुने तापनि, तिनलाई कहिल्यै सत्यताका रूपमा सुन्ने वा बुझ्ने गर्दैनन्, बरु तिनलाई एक प्रकारको आत्मिक मतका रूपमा लिन्छन् र प्रचार गर्छन्। मानिसहरू किन परमेश्‍वरमा विश्‍वास गर्छन्, उहाँ किन मानिसहरूलाई सत्यता प्रदान गर्न चाहनुहुन्छ, मानिसहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्ने प्रक्रिया कस्तो हुन्छ, यसको महत्त्व के हो, अनि परमेश्‍वरले भन्नुहुने मुक्तिको खास अर्थ के हो भन्‍ने कुरा यस प्रकारका पाखण्डीहरूले बुझ्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि सत्यताहरू बुझ्दैनन्। यदि मण्डलीमा सत्यतालाई प्रेम नगर्ने तर नक्कली हुन मन पराउने कुनै पाखण्डी छ भने, ऊ साँच्चै नै फरिसी हो। उसले आफ्नो हृदयमा व्यवहार, रूप र मानिसहरूको मूल्याङ्कनमा ध्यान दिन्छ, र जतिसुकै सत्यताहरू सुने तापनि उसले तिनलाई कहिल्यै अभ्यास गर्दैन। उसले भनेका सबै कुरा सही हुन्छ, र उसले सबै प्रकारका धर्मसिद्धान्तहरू बोल्न सक्छ, तर उसले आफूले प्रचार गर्ने कुरा अभ्यास गर्दैन। यदि कोही वास्तवमै उसको साथ-साथै हिँडिरहेको हुन्छ भने, के त्यो उही किसिमको व्यक्ति हो? (हजुर, हो।) सामान्य सोच भएको व्यक्तिले यस पाखण्डीका प्रकटीकरणहरूलाई कसरी हेर्नेछ? उसले यसो सोच्‍नेछ, “उसको अभ्यासको विधि गलत छ, होइन र? त्यो किन यति अनौठो छ? खाना खाने समय हुँदा, उसले गएर खानुपर्ने मात्र हो, त्यसोभए किन उसले त्यो कार्य यति घुमाइ-फिराइ गर्छ?” उसले भन्‍नेछ कि त्यो व्यक्ति अनौठो छ, उसले अरूभन्दा फरक तरिकाले, विकृत तरिकाले कुरा बुझ्छ—र ऊ त्यस व्यक्तिबाट प्रभावित हुनेछैन। तर यदि कोही व्यक्ति यो पाखण्डीजस्तै छ, र बाहिरी व्यवहार र मानिसहरूका रायलाई विशेष ध्यान दिन्छ भने, उसले त्यस व्यक्तिसँग तुलना र प्रतिस्पर्धा गर्नेछ। यो त सियाओजियले बिहान ३ बजे सन्देश पठाए जस्तै र प्रापकले बिहान ४ बजे यस्तो सोचेर जवाफ दिएजस्तै हो: “तिमीले मलाई बिहान ३ बजे सन्देश पठायौ, त्यसैले म बिहान ४ बजे जवाफ दिनेछु,” र त्यसपछि सियाओजियले सोच्यो, “तिमीले मलाई बिहान ४ बजे जवाफ पठायौ, त्यसैले म बिहान ५ बजे मेरो जवाफ दिनेछु।” समय बित्दै जाँदा, यसरी प्रतिस्पर्धा गर्दै जाँदा, सबैजना बिस्तारै पाखण्डी बन्छन्। यदि एउटा मण्डलीको अगुवा यस प्रकारको व्यक्ति हो, र दाजुभाइ र दिदीबहिनीहरूमा सुझबुझको कमी छ भने, तिनीहरू खतरामा हुन्छन्, तिनीहरू कुनै पनि समयमा भ्रममा पर्न सक्छन्। म किन यसो भन्छु? सत्यता नबुझ्‍ने व्यक्तिलाई अरूको बाहिरी असल व्यवहारद्वारा बहकाउन र प्रभावित गर्न सजिलो हुन्छ। किनभने उसलाई के सही हो भन्‍ने थाहा हुँदैन, उसले आफ्नो धारणामा यस्तो व्यवहार असल हुन्छ भन्‍ने विश्‍वास गर्छ। यदि अरू कसैले ती व्यवहारहरू गरे भने, त्यो व्यक्ति त्यसपछि उसको श्रद्धाको पात्र बन्‍नेछ, र उसले त्यो व्यक्ति अगुवा हुनुपर्छ, सिद्ध पारिनुपर्छ, र परमेश्‍वरद्वारा प्रेम गरिएको हुनुपर्छ भन्‍ने सोच्‍नेछ। उसले यस प्रकारको व्यवहारलाई अनुमोदन गर्नेछ, र त्यसलाई आफ्नो हृदयको गहिराइमा मान्यता दिनेछ। यदि उसले यसलाई मान्यता दियो भने के हुनेछ? उसले त्यस व्यक्तिलाई पछ्याउनेछ। यदि तिनीहरू दुवै अगुवाहरू हुन् भने, तिनीहरूले एक-अर्कासँग तुलना र प्रतिस्पर्धा गर्नेछन्। एक पटक, विभिन्‍न देशका मण्डलीहरूका अगुवाहरू र कामदारहरू अनलाइन भेला भए। म अनलाइन गएर केही बेर सुनेपछि, मलाई केही कुरा ठिक छैन जस्तो लाग्यो। मैले सोचेँ, “यी मानिसहरू यहाँ के गर्दैछन्? के तिनीहरू प्रचार गर्दैछन्?” परिस्थिति बुझेपछि, तिनीहरू प्रार्थना गरिरहेका थिए भनी मैले महसुस गरेँ। तिनीहरूले किन त्यसरी प्रार्थना गरिरहेका थिए भनेर मैले मनन गरेँ। त्यो त डरलाग्दो सुनिन्थ्यो, यस्तो लाग्थ्यो कि तिनीहरूले आफ्ना दाह्रा देखाउँदै थिए र आफ्ना नङ्ग्राहरू हल्लाउँदै थिए। त्यो आफैँमा ठूलो कुरा त होइन, त्यसोभए मुख्य समस्या के थियो त? तिनीहरू परमेश्‍वरको सामु होइन, आफ्ना आँखा खोलेर प्रार्थना गरिरहेकाझैँ देखिन्थे, अनि आफ्ना हृदयका कुरा भनिरहेका थिएनन्। बरु, तिनीहरू बोल्नमा सबैभन्दा कुशल कोचाहिँ छ, कसले बढी धर्मसिद्धान्तहरू सुनाउन सक्छ र कसले सबैभन्दा व्यापक र गहन रूपमा बोल्यो भनेर प्रतिस्पर्धा गरिरहेका थिए। यो एउटा अखाडामा भएको खेल जस्तो सुनिन्थ्यो, र निश्‍चय नै परमेश्‍वरसँग गरिने प्रार्थना जस्तो सुनिन्थेन। के यी मानिसहरू खतम भएका छैनन् र? के तिनीहरू बरबाद भएका छैनन् र? यस्ता मानिसहरूले अगुवाहरूका रूपमा सेवा गर्दा, तिनीहरूभन्दा मुनिकाहरूले कति कष्ट सहनुपर्ने हुन्छ? के तिनीहरूभन्दा मुनिका मानिसहरूलाई हानि भइरहेको हुँदैन र? प्रत्येक व्यक्तिले कम्तीमा २० मिनेटसम्म उत्साहपूर्वक प्रार्थना गर्‍यो, र कुनै पनि एक व्यक्तिले भेलाहरूमा प्रभुत्व जमाउनु हुँदैन, र मानिसहरूले ५ देखि १० मिनेटसम्मका लागि मात्र सङ्गति गर्न सक्छन् भनेर माथिले तोकेका भए पनि, तिनीहरूले अझै पनि निर्लज्ज रूपमा प्रार्थना गर्न धेरै समय लगाए। पछि, मैले यति धेरै भेलाहरू बिहानदेखि रातिसम्म किन चल्छन् भन्‍ने बल्ल बुझेँ: यी तथाकथित अगुवाहरूले प्रार्थना गर्नका निम्ति मात्र, एकपछि अर्को गर्दै, लामो समय लिन्छन्, जबकि तिनीहरूभन्दा मुनिकाहरूले कष्ट भोग्छन्। यी झूटा अगुवाहरू वादविवाद गर्न, गनगन गर्न त्यहाँ हुन्थे, कतिपय त यति असङ्‍गत थिए कि तिनीहरूले कुनै कुरा पहिले बोलेका थिए कि थिएनन् भन्‍नेसमेत बिर्सन्थे। तिनीहरूका निम्ति, आफूले अरूले भन्दा लामो बोलेसम्म सबै ठिक हुन्थ्यो। म अन्योलमा थिएँ: जब कुनै व्यक्तिले प्रार्थना गर्छ, उसले आफ्ना आँखा चिम्लेर परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, त्यसोभए तिनीहरूका आँखा किन खुला थिए? आफ्ना आँखा खुल्लै राखेर अरू मानिसहरूले कसरी प्रार्थना गरिरहेका छन् भनेर हेर्दा के त्यसले तिनीहरूका मनलाई साँच्चै बाधा पुर्‍याएन? विशेष गरी अरूले कसरी प्रार्थना गरिरहेका थिए र तिनीहरूले कुन शब्दहरू प्रयोग गरिरहेका थिए भनेर सोच्नुपर्दा, अनि उनीहरूभन्दा उच्च हुने चाहना राख्दै—के यस्ता कुराहरूले भरिएको हृदयले परमेश्‍वरलाई प्रार्थना गर्नु र हृदयबाट बोल्नु सम्भव हुन्छ? के यो असामान्य समझ होइन? के यी सबै झूटा अगुवा र झूटा कामदारहरूका झूटो आत्मिकताका प्रकटीकरणहरू होइनन् र? सबैजना सँगै भेला हुनु, र परमेश्‍वरका वचनहरू पढ्नु, र सत्यताबारे सङ्गति गर्नु राम्रो कुरा हो, तर कतिपय मानिसहरूले यस्तो रिपोर्ट गरेका छन्: “ओहो, तपाईँलाई केही थाहा छैन। जब ती अगुवाहरू भेला भएर प्रार्थना गर्छन्, यस्तो लाग्छ कि तिनीहरूले धर्मशास्त्र भट्ट्याइरहेका छन्; तिनीहरू एउटै कुराका बारेमा कुरा गरिरहन्छन्, र हरेक पटक हामी भेला हुँदा यस्तै हुन्छ। त्यो सुनेर म वाक्क भइसकेको छु।” यस प्रकारका भेलाहरूले मानिसहरूलाई कसरी सुधार्छ? झूटा अगुवाहरू र कामदारहरू जहिल्यै यसो गर्छन्; के तिनीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार हुन सक्छन्? तिनीहरू मानिसहरूलाई सत्यता बुझाउन मद्दत गर्न सत्यताबारे सङ्गति गर्ने कुरामा ध्यान दिँदैनन्, न त सत्यताबारे सङ्‍गति गरेर समस्या समाधान गर्ने कुरामा नै ध्यान दिन्छन्; बरु, तिनीहरू धर्मको झूटो आत्मिकतामा संलग्‍न हुन्छन्। के यो मानिसहरूलाई बहकाउनु होइन? यहाँ के समस्या छ? तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू, र उहाँले मानिसहरूबाट गर्नुहुने मागहरू पटक्कै बुझ्दैनन्। तिनीहरू केवल धार्मिक अनुष्ठानमा संलग्‍न हुन्छन् र देखावट गर्छन्! अझ नराम्रो कुरा, तिनीहरू अरूको खुलासा गर्न, अरूलाई आक्रमण गर्न र निन्दा गर्नका निम्ति प्रार्थनाको प्रयोग गर्छन्, जबकि कतिपयले आफूलाई जायज तुल्याउन प्रार्थनाको प्रयोग गर्छन्। तिनीहरूका प्रार्थनाहरू परमेश्‍वरका कानका लागि भएजस्ता देखिन्छन्, तर वास्तवमा ती मानिसहरूका लागि हुन्। तसर्थ, यी मानिसहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय अलिकति पनि हुँदैन, तिनीहरू सबै परमेश्‍वरको घरको कामलाई बाधा दिइरहेका अविश्‍वासीहरू हुन्। यी झूटा अगुवाहरूले आफ्ना प्रार्थनाहरूमा कति धेरै कुरूपता प्रकट गर्छन्। कतिपयले यस्ता कुरा गर्दै प्रार्थना गर्छन्: “परमेश्‍वर, कतिपय मानिसहरूले मलाई गलत बुझेका छन्। मेरो कार्यको मनसाय त्यस्तो थिएन। म तपाईँलाई प्रार्थना गर्दैछु, म नकारात्मक महसुस गर्दिनँ, र अन्य मानिसहरूले जे मन लाग्छ त्यही सोच्न सक्छन्।” कतिपयले धर्मसिद्धान्तहरू बोल्छन्, र अरूले चाहिँ कसले बढी प्रवचनहरू सुन्छ, कसले सबैभन्दा बढी भजनका शब्दहरू वा परमेश्‍वरका वचनहरू सम्झन्छ, कसको प्रार्थना सबैभन्दा धेरै समयसम्म टिक्छ, बोल्नमा सबैभन्दा कुशल को छ, वा कोसँग प्रार्थना गर्ने सबैभन्दा विविध तरिकाहरू छन्, र को धेरै प्रकारका प्रार्थनामा संलग्न हुन्छ भन्‍ने कुरामा प्रतिस्पर्धा गर्छन्। के यो प्रार्थना हो? (अहँ, होइन।) यो के हो? यो निर्लज्ज रूपमा दुष्टता गर्नु हो! यो सत्यतासँग खेलबाड गर्नु र त्यसलाई कुल्चीमिल्ची गर्नु हो, परमेश्‍वरको अपमान र ईश्‍वरनिन्दा गर्नु हो! यी दियाबलस र अविश्‍वासीहरूले प्रार्थनाद्वारा जे पनि भन्‍ने दुस्साहस गर्छन्—मलाई भन, के तिनीहरू साँचो विश्‍वासीहरू हुन्? के तिनीहरूमा अलिकति पनि भक्तिभाव छ? (अहँ, छैन।) अगुवाका रूपमा यस्ता मानिसहरूको हैसियत हटाइएपछि तिनीहरू नकारात्मक बन्छन्, तिनीहरू आफैँबारे पटक्कै चिन्तन गर्दैनन्, तर जताततै गुनासो गर्छन्: “मैले परमेश्‍वरका निम्ति आफ्नो काममा निकै कष्ट भोगेँ, तैपनि तिनीहरूले अझै पनि मैले कुनै वास्तविक काम गरेको छैनँ र म झूटो अगुवा हुँ भने, अनि मलाई बर्खास्त गरे। अझ के भने, कति मानिसहरूले मैले जति विस्तृत रूपमा धर्मसिद्धान्तहरू बोल्न सक्छन्? म जत्तिकै प्रेमिलो कति छन्? मैले आफ्नो परिवार र करियर छोडेँ, र हरेक दिन मण्डलीमा मेरा दाजुभाइ र दिदीबहिनीहरूसँग भेला भएर बिताएँ, एक पटकमा चार-पाँच दिनसम्म प्रवचन दिएँ। तिनीहरूले मलाई त्यत्तिकै कसरी बर्खास्त गर्न सके?” तिनीहरू अनाज्ञाकारी हुन्छन् र गुनासाहरू पालेर राख्छन्। त्यहाँ यस्तो दाबी फैलाउनेहरू पनि छन्: “परमेश्‍वरका घरमा अगुवा नबन। यदि तिमी अगुवाका रूपमा चुनियौ भने, तिमी समस्यामा पर्छौ, अनि तिमी बर्खास्त भएपछि तिमीले साधारण विश्‍वासी बन्ने मौकासमेत पाउनेछैनौ।” यी शब्दहरू के हुन्? ती सबैभन्दा वाहियात र बेतुका शब्दहरू हुन्, र ती परमेश्‍वरविरुद्धको अनाज्ञाकारीता, असन्तुष्टि र ईश्‍वरनिन्दाका शब्दहरू हुन् पनि भन्न सकिन्छ। के ती शब्दहरूको अर्थ त्यही होइन र? (हजुर, हो।) ती शब्दहरू भित्र के समावेश हुन्छ? आक्रमण—ती शब्दहरू सामान्य आलोचना होइनन्! जथाभाबी खराब कामहरू गरेर अनि कुनै पनि वास्तविक काम गर्न असफल भएका कारण यी मानिसहरूलाई बर्खास्त गरिएको थियो भनेर यी मानिसहरूले बताउँदैनन्, तर परमेश्‍वर तिनीहरूप्रति अधर्मी हुनुभयो, उहाँले आफ्ना कार्यहरूमा तिनीहरूको गौरवलाई ध्यानमा राख्नुभएन, र तिनीहरूले कस्तो महसुस गरे भन्‍ने कुरा र तिनीहरूको भावनात्मक लगानीलाई उहाँले बुझ्नुभएन भनी गुनासो गर्छन्। तिनीहरूको मानसिकता गैरविश्‍वासीको हो, तिनीहरू पूर्ण रूपमा सत्यता वास्तविकतारहित छन्!

तिमीहरू भेलाहरूमा प्रायः कति समयसम्म प्रार्थना गर्छौ? के त्यसले सबैको धेरै समय लिन्छ? के तिमीहरूका प्रार्थनाहरूले कहिल्यै मानिसहरूलाई दिक्क पार्छ? कतिपय मानिसहरूले प्रार्थना गर्न धेरै समय लगाउँछन्, र तिनीहरूलाई सुनेर सबै वाक्क-दिक्क महसुस गर्छन्, तैपनि यी मानिसहरूले अझै पनि आफूलाई सबैभन्दा आत्मिक ठान्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका धेरै वर्षहरूमा प्राप्त गरेको र फत्ते गरेको काम यही नै हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई केही घण्टा प्रार्थना गरेपछि पनि थकाइ लाग्दैन, जुन अवधिमा तिनीहरू उही पुराना, असान्दर्भिक कुराहरू दोहोऱ्याउँछन्, ती सबै शब्द र धर्मसिद्धान्तहरू, र आफूलाई थाहा भएका नाराहरू, वा अरूबाट सुनेका कुराहरू, वा आफूले सृजना गरेका कुराहरू बोल्छन्। तिनीहरूले सबैजना वाक्क-दिक्क भए वा नभए पनि, र उनीहरूलाई त्यो मन परे पनि वा नपरे पनि यसो गर्छन्। के तिमीहरू यसरी नै प्रार्थना गर्छौ? मलाई बताओ, छोटो प्रार्थना गर्नु सही हो कि लामो? (त्यहाँ सही वा गलत भन्‍ने हुँदैन।) सही हो। तैँले यीमध्ये कुन सही हो वा कुन गलत हो भनेर निर्णय दिन सक्दैनस्, तैँले केवल आफ्नो हृदयको आवश्यकताअनुसार परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। कहिलेकाहीँ प्रार्थनाका निम्ति कुनै समारोहको आवश्यकता पर्दैन, जबकि कहिलेकाहीँ आवश्यकता पर्छ; यो वातावरण र घटेको घटनामा निर्भर गर्दछ। यदि तँलाई प्रार्थना गर्न केही समय लाग्न सक्छ जस्तो लाग्छ भने, आफ्ना व्यक्तिगत मामिलाहरूका बारेमा परमेश्‍वरलाई निजी रूपमा प्रार्थना गर्। भेलाहरूमा ती सबैबारे प्रार्थना गरेर सबैको समय लिने काम नगर्। यसलाई समझ भनिन्छ। आफ्नो गौरव र प्रतिष्ठाका खातिर, कतिपय मानिसहरूले यसलाई ध्यान दिँदैनन्। त्यो अज्ञानी हुनु र समझको अभाव हुनु हो। के समझको अभाव भएका मानिसहरूलाई कुनै लाज हुन्छ? तिनीहरूलाई यो पनि थाहा छैन कि तिनीहरूले प्रार्थना गरेको देख्दा सबै वितृष्ण हुन्छन्। के यति थोरै अनुभूति वा सचेतनासमेत नभएका मानिसहरूले सत्यता बुझ्न सक्छन् त? सक्दैनन्। मानिसले अभ्यास गरोस् भनी परमेश्‍वरले माग गर्नुहुने सत्यता सिद्धान्तहरू सबै उहाँका वचनहरूमा छन्, र सत्यता अभ्यासका सम्बन्धमा परमेश्‍वरले सङ्‍गति गर्नुहुने सबै वचनहरूमा सिद्धान्तहरू समावेश छन् र तिनलाई मानिसहरूले होसियारीका साथ मनन गर्नुपर्ने हुन्छ। सत्यतालाई अभ्यास गर्ने बारेमा परमेश्‍वरका वचनहरूमा कैयौँ सिद्धान्तहरू छन्; हर प्रकारका मामिला, परिस्थिति र सन्दर्भहरूमा कसरी अभ्यास गर्ने भन्‍ने सिद्धान्तहरू तथा मार्गहरू छन्, मुख्य कुराचाहिँ तिमीहरूसँग आत्मिक बुझाइ छ कि छैन, र बुझ्‍ने क्षमता छ कि छैन भन्‍ने हो। यदि कसैसँग यो बुझ्ने क्षमता छ भने, तिनीहरूले सत्यता बुझ्न सक्छन्। तर यदि तिनीहरूसँग छैन भने, परमेश्‍वरका वचनहरू जतिसुकै विस्तृत भए तापनि, तिनीहरूले प्रावधानहरू मात्र बुझ्‍नेछन्, र यो सत्यता बुझ्नु होइन। त्यसकारण, परमेश्‍वरले तँलाई एउटा सिद्धान्त दिनुहुन्छ ताकि तैँले त्यसलाई विभिन्‍न परिस्थितिहरूमा समायोजन गर्न सक्छस्। उहाँका वचनहरू सुनेर र उहाँलाई चिनेर, विभिन्‍न अनुभवहरू र सङ्‍गतिमार्फत, साथै पवित्र आत्माको अन्तर्दृष्टिमार्फत, तैँले उहाँले बोल्नुहुने सिद्धान्तहरूको एउटा पक्ष, अनि एक किसिमको मामिलाका लागि उहाँले माग गर्नुहुने मापदण्डहरू बुझ्‍नेछस्। तब तैँले सत्यताको त्यस पक्षलाई बुझेको हुनेछस्। यदि परमेश्‍वरले सबै कुरा विस्तृत रूपमा व्याख्या गर्नुपरेको भए, र मानिसहरूलाई यो वा त्यो मामलामा कसरी कार्य गर्ने भनेर भन्‍नुपरेको भए, उहाँले बोल्नुहुने सिद्धान्तहरू व्यर्थ हुनेथिए। यदि परमेश्‍वरले यो विधि प्रयोग गर्नुभयो, र मानवजातिलाई एकपछि अर्को कुराका लागि प्रावधानहरू बताउनुभयो भने, मानिसहरूले अन्ततः के प्राप्त गर्नेथिए? केवल केही अभ्यास र व्यवहारहरू। तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू वा उहाँका वचनहरूलाई कहिल्यै बुझ्‍नेथिएनन्। यदि मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्दैनन् भने, तिनीहरूले सत्यतालाई कहिल्यै पनि बुझ्‍न सक्नेछैनन्। के यो यस्तै होइन? (हजुर, हो।) के तिमीहरू सत्यता बुझ्न सक्षम छौ? धेरैजसो मानिसहरू सक्दैनन्, र आत्मिक बुझाइ भएका र सत्यतालाई प्रेम गर्ने थोरैले मात्र यसलाई साँच्चै हासिल गर्न सक्छन्। त्यसोभए, यो हासिल गर्न सक्षम हुनेहरूका लागि पूर्व-सर्तहरू के हुन्? यदि तिनीहरूसँग आत्मिक बुझाइ, बुझ्‍ने क्षमता छ, तिनीहरू निष्कपटताका साथ पछ्याउँछन्, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन् भने तिनीहरूले यसलाई हासिल गर्न सक्छन्। यसलाई हासिल गर्न नसक्ने बाँकी रहेकाहरूको कुरा आउँदा, एक हिसाबले, यो तिनीहरूको क्षमता वा बुझाइमा भएको समस्याहरूका कारण हो, र अर्कोचाहिँ, यो समयको समस्या हो। यो आफ्नो जीवनको २० को दशकमा रहेका मानिसहरू जस्तै हो—यदि तैँले तिनीहरूलाई ५० वर्षका मानिसहरूले हासिल गर्न सक्ने र हासिल गर्नुपर्ने कुरा हासिल गर्न आग्रह गरिस् भने, के यो तिनीहरूलाई आफ्नो क्षमताभन्दा बाहिरको कुरा गर्न बाध्य पार्नु होइन र? (हजुर, हो।) अब सोच्, कुनै व्यक्तिको सत्यतालाई बुझ्ने सक्षमता केसँग सम्बन्धित हुन्छ? (तिनीहरूको क्षमतासँग।) यो तिनीहरूको क्षमतासँग सम्बन्धित हुन्छ। अरू के हुनसक्छ? (तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्‍ने कुरासँग।) तिनीहरूको पछ्याइसँग यसको निश्‍चित सम्बन्ध हुन्छ। कतिपय मानिसहरू वास्तवमा आफ्नो बुझाइ, दिमागको गति र बौद्धिकताका हिसाबले पर्याप्त छन्, र सत्यतालाई बुझ्‍न सक्छन्, तर तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् वा पछ्याउँदैनन्। तिनीहरूले आफ्नो हृदयमा सत्यताप्रति केही पनि महसुस गर्दैनन्, र तिनीहरूले यस सम्बन्धमा कुनै मेहनत नै लगाउँदैनन्। यस्ता मानिसहरूका लागि, सत्यता सधैँ कुनै अस्पष्ट र पहिचान गर्न नसकिने कुरा हुनेछ, र तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे तापनि, त्यो बेकार हुनेछ।

ल त, मैले मेरा कथाहरू भनेर सिध्याएँ। के यी कथाहरूको कथावस्तु र सामग्रीले तिमीहरूलाई केही सत्यताहरू बुझ्न मद्दत गर्न सक्छन्? (सक्छन्।) म किन यी कथाहरू भन्छु? यदि यी कथाहरू मानिसहरूका जीवनका परिस्थितिहरू, तिनीहरूले प्रकट गर्ने स्वभावहरू, र वास्तविक जीवनका तिनीहरूका सोचहरूसँग असम्बन्धित भएका भए के यी कथाहरू भन्नु आवश्यक हुनेथियो? (हुनेथिएन।) आवश्यक हुनेथिएन। हामीले छलफल गरेका कुराहरू सबै आम घटनाहरू हुन् र मानिसहरूले आफ्नो जीवनमा प्रायः प्रकट गर्ने कुराहरू हुन्, र ती मानव स्वभाव, विचार र सोचहरूसँग सम्बन्धित छन्। यदि, यी कथाहरू सुनेपछि, तिमीहरूलाई ती केवल कथाहरू हुन्, ती थोरै रमाइला र हल्का रूपमा चाखलाग्दा छन् तर त्यति मात्र हो भन्‍ने सोच्छौ, र तिमीहरू तिनमा भएका सत्यताहरू बुझ्‍न असमर्थ छौ भने, ती तिमीहरूका लागि कुनै कामका हुनेछैनन्। तिमीहरूले यी कथाहरूबाट केही सत्यताहरू बुझ्नुपर्छ—यसले कम्तीमा पनि तिमीहरूको व्यवहारमा, विशेष गरी केही निश्चित कामकुराहरूप्रति तिमीहरूका विचारहरूमा, सुधारात्मक प्रभाव पार्नेछ, र तिमीहरूलाई आफ्नो बुझाइको विकृत विधिहरूबाट पछाडि फर्केर यस प्रकारका कुराहरूको शुद्ध बुझाइ प्राप्त गर्न सक्षम तुल्याउनेछ। यो तिमीहरूको व्यवहार परिवर्तन गर्नका लागि मात्र होइन, तर भ्रष्ट स्वभावहरूद्वारा सिर्जना गरिएका यी स्थितिहरूको जरैदेखि समाधान गर्नका लागि हो। के तिमीहरूले बुझ्यौ? अब, मुख्य विषयमा सङ्‍गति गरौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्