विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन) खण्ड एक

पूरक: पूर्वीय र पाश्चात्य परम्परागत संस्कृतिको विश्लेषण

मलाई भन, सत्यता के हो? के हामीले यस विषयमा पहिले नै सङ्‍गति गरेका छैनौँ र? (हो, गरेका छौँ।) ल त्यसोभए, तिमीहरूका आफ्नै शब्दहरूमा सत्यता के हो भनेर मलाई बताओ। (सत्यता भनेको सबै मानिस, घटना र कामकुराहरू नाप्‍ने सिद्धान्त र मापदण्ड हो।) राम्रो। अरू कोही छ? के यसलाई व्यक्त गर्ने अर्को तरिका छ? आफ्नो जवाफ दिन कुन धर्मसिद्धान्तका शब्दहरू प्रयोग गर्ने, वा परमेश्‍वरका वचनहरूका कुन पङ्‍क्ति रोज्‍ने भन्‍ने बारेमा नसोच, केवल तिमीहरूका आफ्नै वास्तविक अनुभवबाट शब्दहरू प्रयोग गरेर र व्यावहारिक बुझाइबाट जवाफ देओ। ती त्यति गहन नभए पनि ठिकै छ। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरका वचनहरू सत्यता हुन्‌।” यो सही भए तापनि, यदि तँ यी वचनहरू बोल्न मात्र सक्षम छस्, तर तिनको वास्तविक अर्थ बुझ्दैनस् भने, ती तेरा लागि धर्मसिद्धान्त मात्र हुन्। अब एक कदम अगाडि बढौँ—सत्यता के हो? परमेश्‍वरका वचनहरू के हुन्? परमेश्‍वरका वचनहरूको सार के हो? के सत्यता भनेको मानिसहरूले सोच र विचारद्वारा उत्पन्‍न गर्ने मापदण्ड हो? (अहँ, होइन।) के सत्यता भनेको मानिसहरूले गरेका अनुभव र प्राप्त गरेका ज्ञानको समष्टि हो, वा एक प्रकारको सामाजिक संस्कृति, वा एक निश्‍चित सामाजिक सन्दर्भभित्र उत्पादित परम्परागत संस्कृति हो? (अहँ, होइन।) त्यसोभए, के सत्यता भनेको मानिसहरूले आफ्ना आत्मआचरण र कार्यहरूका निम्ति आफैँले सारांश गर्ने सिद्धान्तहरू हो? (अहँ, होइन।) त्यसोभए, यो ठ्याक्कै के हो त? यहाँ बोलिएका सिद्धान्तहरूलाई हामीले कसरी निर्दिष्ट गर्न सक्छौँ, ताकि तिनको एउटा निश्‍चित अर्थ होस् र मानिसहरूले त्यो सुन्‍ने बित्तिकै त्यो सत्यता हो भन्‍ने थाहा पाऊन्? हामीले मानिसहरूले त्यसलाई सारांशित र सटीक महसुस गर्ने गरी कसरी व्यक्त गर्न सक्छौँ? (मानिसको लागि परमेश्‍वरका मागहरू सबै सत्यता हुन्।) मानिसका लागि परमेश्‍वरका मागहरू सबै सत्यता हुन्, त्यो त सही छ, तर तैँले त्यसलाई अझ सटीक तरिकाले कसरी भन्‍न सक्छस्? (सत्यता सबै सकारात्मक कुराहरूको वास्तविकता हो।) यो पहिला बारम्बार भनिएको थियो। हामीले बारम्बार भनेका छौँ कि परमेश्‍वरका वचनहरू, उहाँले मानिसबाट गर्नुहुने मागहरू र सबै सकारात्मक कुराहरूको वास्तविकता सत्यता नै हो—अरू के छ? (सत्यता भनेको मानिसहरूले कसरी मामिलाहरू सम्हाल्नुपर्छ र आफैँलाई कस्तो आचरणमा ढाल्नुपर्छ भन्‍ने कुराको मापदण्ड र मार्ग हो।) सत्यता भनेको मानिसहरूले कसरी मामिलाहरू सम्हाल्नुपर्छ र आफैँलाई कस्तो आचरणमा ढाल्नुपर्छ भन्‍ने कुराको मापदण्ड र मार्ग हो, यो पनि सही हो। अब यी सबै पक्षहरूलाई एकसाथ राख् र सत्यतालाई एक सारांशित वाक्यमा परिभाषित गर्। (परमेश्‍वर सत्यता हुनुहुन्छ।) परमेश्‍वर सत्यता हुनुहुन्छ; यो अलि धेरै फराकिलो, धेरै सामान्य भयो। यो अझ विशिष्ट हुनु आवश्यक छ, ताकि मानिसहरूले यसलाई सुन्दा, तिनीहरूलाई यो सटिक परिभाषा हो भन्‍ने महसुस होस्, तिनीहरूले यो खोक्रो नभई एकदम ठोस र व्यावहारिक छ, र उचित सुनिन्छ भन्‍ने महसुस गरून्। यसलाई फेरि सारांशमा प्रस्तुत गर्ने प्रयास गर्; तैँले यसलाई अझ सटीक रूपमा ठ्याक्कै कसरी व्यक्त गर्न सक्थिस्? (माथिले पहिल्यै नै, सङ्‍गति गर्नुभएको छ कि सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो।) के त्यसलाई सारांशमा व्यक्त गरिएको छैन? (हजुर, छ।) सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो। यसलाई मापदण्डका रूपमा किन परिभाषित गर्ने? हामीले यस “मापदण्ड” शब्दलाई शाब्दिक अर्थमा कसरी बुझ्नुपर्छ? (एक सटीक सिद्धान्तका रूपमा।) एक सटीक सिद्धान्त वा नियमका रूपमा; यसलाई प्रावधान पनि भन्‍न सकिन्छ। त्यसोभए, “मापदण्ड” ले केलाई जनाउँछ? (एउटा मानकलाई।) यसले एउटा मानक, सटीक नियम र सिद्धान्तलाई जनाउँछ। यसलाई हामी मापदण्ड भन्छौँ। मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड—यदि यी परिभाषाहरू सही छन् भने, यो मापदण्ड केसँग सम्बन्धित छ त? यहाँ यसले केलाई जनाउँछ? यो पहिले परिभाषित गरिए जस्तै छ: मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड। सत्यता यही हो। अब, कसैले त्यो वाक्य पढ्दा, के उसले, “हाम्रो परम्परागत संस्कृति पनि त सत्यता हो” भनेर सोच्‍न सक्ला? के यसलाई सत्यताको श्रेणीमा राख्‍न सकिन्छ? (होइन, सकिन्‍न।) सकिन्‍न। के तिनीहरूले यसो भन्‍न सक्छन्, “हामीसँग एउटा प्राज्ञिक अनुसन्धानको निष्कर्ष छ र त्यो नै सत्यता हो,” वा “हाम्रा मानिसहरूसँग संस्कृति वा अनुभव वा असल नैतिक मानक छ त्यो पनि सत्यता नै हो”? के सत्यतालाई यसरी परिभाषित गर्न सकिन्छ? (अहँ, सकिन्‍न।) हामीले सत्यतालाई परिभाषित गर्न यी कुराहरू किन प्रयोग गर्न सक्दैनौँ? यी कुराहरूको सत्यतासँग कुनै सरोकार नै छैन भनेर हामी किन भन्छौँ? (परमेश्‍वरको आराधनासँग तिनको कुनै सरोकार हुँदैन।) सही हो। ती मानिसहरूका आत्मआचरणसँग सम्बन्धित हुन सक्छन्, तर ती परमेश्‍वरको आराधनासँग सम्बन्धित छैनन्। तिनीहरूले बताउने आत्मआचरणले केलाई जनाउँछ? तिनका मानक र नियमहरू के हुन्? शैतानबाट आउने असल व्यवहार। ती परमेश्‍वरको आराधनाका बारेमा होइनन्, ती त शैतानको आराधना र प्रतिरक्षाका बारेमा हुन्। ती मानव कल्पना र धारणाहरू, अनि मानिसहरूले असल नैतिकता वा व्यवहारका रूपमा विश्‍वास गर्ने कुराहरूबाट सारांशित गरिएका, आत्मआचरणसम्बन्धी भनाइ वा संस्कृतिहरूको एउटा सङ्ग्रह हुन्। तिनमा सत्यता वा परमेश्‍वरको आराधना समावेश छैन—परमेश्‍वरको आराधनासँग तिनको कुनै सरोकार छैन।

चिनियाँ मानिसहरूले एउटा परम्परागत संस्कृतिलाई सङ्‍क्षेपमा प्रस्तुत गरेका छन् जुन चिनियाँ मानिसहरूका लागि मात्र उपयुक्त छ, र यसलाई पश्चिमाहरूले स्वीकार गर्न सक्दैनन्। पश्चिमाहरूका आफ्नै राष्ट्रिय नायकहरू, नैतिक अखण्डताका राष्ट्रिय भावनाहरू, र राष्ट्रिय संस्कृतिहरू छन्, तर यदि तिनीहरूले आफ्ना संस्कृतिहरू पूर्वमा ल्याए भने, के त्यहाँका मानिसहरूले ती स्वीकार गर्नेथिए? (अहँ, तिनीहरूले गर्नेथिएनन्।) यी पनि त्यसैगरी स्वीकृत हुनेथिएनन्। तसर्थ, मानिसहरूले यी संस्कृतिहरूलाई जतिसुकै उच्च रूपमा हेरे तापनि, वा यी परम्पराहरूलाई जति नै महान् ठाने तापनि, के ती र सत्यताका बिचमा कुनै सम्बन्ध छ? (अहँ, छैन।) कुनै सम्बन्ध छैन। उदाहरणका लागि, पूर्वमा एक प्रकारको परम्परागत संस्कृति छ जसले के भन्छ भने लाटोकोसेराहरू शुभ जनावरहरू होइनन्। मानिसहरू के भन्छन्? “तिमीहरूले रुने लाटोकोसेरोको होइन, तर हाँस्‍ने लाटोकोसेरोको डर मान्‍नुपर्छ। तिनको आवाज सुन्यौ भने, खराब कुराहरू हुने अनिवार्य हुन्छ।” पूर्वीय परम्परागत संस्कृतिमा, लाटोकोसेरालाई अपशकुन र अशुभ मानिन्छ। त्यसोभए, के पूर्वीयहरूले यस “अशुभ” जनावरलाई मन पराउँछन्? (अहँ, मन पराउँदैनन्।) यो घृणा केमा आधारित छ? यो पूर्वीय परम्परागत संस्कृति, र पुस्तौँ-पुस्तादेखि हस्तान्तरण भएको कुरामा आधारित छ, जसले भन्छ “लाटोकोसेरोको आवाज सुन्‍नु परिवारमा कसैको मृत्यु हुने पूर्वसङ्‍केत हो।” यो मानिसहरूद्वारा सारांशकृत गरिएको नियम, वा मानव कल्पना, वा संयोग हुन सक्छ, अनि त्यसपछि लाटोकोसेरो खराब हुन्छ भनेर मानिसहरूले आफ्नो हृदयमा विश्‍वास गर्न थाले। तिनीहरूले सोच्छन् कि कसैले पनि तिनको आराधना गर्नुहुँदैन वा तिनीहरूलाई शुभ जनावरहरूको रूपमा व्यवहार गर्नुहुँदैन, अनि, यदि तिनीहरूले लाटोकोसेरो देखे भने, तिनीहरूले त्यसलाई तुरुन्तै खेदाउनुपर्छ, र त्यसलाई स्वागत गर्नुहुँदैन। के यो एक प्रकारको संस्कृति होइन र? (हजुर, हो।) यस प्रकारको संस्कृति सकारात्मक वा नकारात्मक जे भए तापनि, यो एक प्रकारको लोक विरासत हो। अहिलेका लागि, यो सही छ कि गलत भन्‍ने कुरा नगरौँ, र केवल यति भनौँ कि यस प्रकारको संस्कृतिलाई पूर्वको हरेक व्यक्तिले समर्थन गर्छ, विशेष गरी चीनमा। त्यहाँका हरेक व्यक्तिले आफ्नो हृदयमा लाटोकोसेराहरू खराब हुन् र ती शुभ जनावरहरू होइनन् भन्‍ने विश्‍वास गर्छन्, त्यसैले यदि तिनीहरूले त्यसलाई देखे भने त्यसबाट पन्छिन हतार गर्छन्। तर पश्‍चिममा, कतिपय मानिसहरू लाटोकोसेराहरू एक प्रकारका शुभ जनावर हुन् भन्‍ने विश्‍वास गर्छन्, र लाटोकोसेरोका मूर्ति र चित्रहरूलाई सजावटको रूपमा प्रयोग गर्छन्। सबै प्रकारका बुट्टेदार कलाकृति र कुल चिह्‍नहरूमा पनि लाटोकोसेराका डिजाइनहरू हुन्छन्, र तिनलाई शुभ जनावरहरूका रूपमा लिइन्छ। शुभ जनावर हुनुको अर्थ के हो? यसको अर्थ यो हो कि यस जनावरले तेरा निम्ति सौभाग्य ल्याउन सक्छ, र तैँले त्यसको आवाज सुनेपछि वा त्यसलाई देखेपछि दुर्भाग्यको सामना गर्नुपर्नेछैन। पश्‍चिममा यो एक प्रकारको लोकप्रिय परम्परागत संस्कृति हो। हामी यीमध्ये कुन संस्कृति सही हो र कुन गलत हो भनेर मूल्याङ्कन् गर्ने छैनौँ; हामी यसको आलोचना गर्नेछैनौँ। तर यस मामिला मार्फत हामी देख्‍न सक्छौँ कि परमेश्‍वरले सृष्टि गर्नुभएको एउटै जनावरप्रति पूर्व र पश्‍चिममा फरक विचार र धारणाहरू छन्, र साथै, ती पूर्ण रूपमा भिन्‍न छन्। पूर्वीय मानिसहरूले यसलाई असल कुराको रूपमा लिँदैनन् र लाटोकोसेरो चाहे हाँसोस् कि रोओस्, यो तिनीहरूका लागि राम्रो मानिँदैन, जबकि पश्चिमी मानिसहरूले चाहे त्यो रोए पनि वा हाँसे पनि शुभ हो, अनि त्यसलाई देखे मात्र पनि सौभाग्य मिल्न सक्छ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरूले लाटोकोसेरालाई शुभ जनावरका रूपमा लिन्छन्। यी दुई दृष्टिकोणहरू र लाटोकोसेरोसँग व्यवहार गर्ने तरिका परम्परागत संस्कृतिबाट आउँछन्: एउटाले लाटोकोसेरोलाई अशुभ मान्छ अनि अर्कोले शुभ मान्छ। अहिले यसलाई हेर्दा, कुनचाहिँ सत्यतासँग मेल खान्छ र कुन खाँदैन त? (दुवै सत्यतासँग मेल खाँदैनन्।) तिमीहरू त्यो दाबी केमा आधारित गरिरहेका छौ? (दुवै विचार परमेश्‍वरबाट आउँदैनन्।) त्यो सही हो। जब मानिसहरूले लाटोकोसेराहरू शुभ जनावरहरू होइनन् भन्छन्, तिनीहरूले त्यो केका आधारमा भनिरहेका हुन्छन्? यो पूर्वीय परम्परागत संस्कृति हो; तिनीहरूले जुन कुरालाई शुभ वा अशुभ ठान्छन्, वा जुन कुराले विपत्ति, दुर्भाग्य, वा सौभाग्य ल्याउँछ भन्ठान्छन्, त्यसलाई परम्परागत संस्कृतिअनुसार मापन गरिन्छ। यो कल्पना र धारणाहरूबाट प्रतिपादन हुने कुराहरूलाई हेर्ने एउटा तरिका हो, जसबाट यस प्रकारको संस्कृति उत्पन्‍न हुन्छ। पश्‍चिमाहरूले यस प्रकारको जनावरले मानिसहरूमा सौभाग्य ल्याउन सक्छ भन्‍ने विश्‍वास गर्छन्, र निस्सन्देह, यो त्यसलाई अशुभ भनेर मान्‍नु र हेर्नुभन्दा अलिक असल र प्रगतिशील हुन्छ। यसले मानिसहरूलाई यो राम्रै जनावर हो भन्‍ने महसुस गराउँछ, र कम्तीमा पनि तिनीहरूले यसलाई देखेपछि शान्त र स्थिर महसुस गर्नेछन्, जुन अशुभ महसुस गर्नु भन्दा त राम्रो हो। तर यसलाई यसरी बुझेर तैँले के पाउन सक्छस्? के लाटोकोसेराहरूले साँच्चै तेरा निम्ति सौभाग्य ल्याउन सक्छन्? (अहँ, सक्दैनन्।) यदि तँ चीनमा जन्मेको भए, के लाटोकोसेराहरूले साँच्चै तेरो किस्मत निर्धारण गर्न सक्थे? त्यो पनि सक्दैनथे। त्यसोभए, यसबाट तैँले के देख्‍न सक्छस्? यस जनावरले तेरा निम्ति दुर्भाग्य वा सौभाग्य ल्याउन सक्छ भन्‍ने कुरामा तैँले विश्‍वास गरे वा नगरे तापनि, यो केवल मानव विश्‍वास र धारणा हो, तथ्य होइन। यसले के प्रमाणित गर्छ? (परम्परागत संस्कृति भनेको सत्यता होइन।) सही भनिस्; कुनै संस्कृति पनि सत्यता होइन। त्यसोभए तैँले लाटोकोसेराहरूलाई सत्यतासँग मेल खाने तरिकाले कसरी व्यवहार गर्नुपर्छ? यसले मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्डलाई छुन्छ। यहाँ मापदण्ड के हो? अर्थात्, तैँले त्यस जीवलाई कस्तो दृष्टिकोणबाट हेर्नुपर्छ, र जब त्यो तेरो अगाडि देखा पर्छ त्यसलाई तैँले कस्तो व्यवहार गर्नुपर्छ, चाहे त्यो रोइरहेको होस् वा हाँसिरहेको होस्—यी कुराहरूमा मापदण्ड समावेश हुन्छ। त्यो मापदण्ड के हो? (सत्यता।) त्यो मापदण्ड सत्यता हो। लाटोकोसेरोसँग कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा आउँदा, तैँले त्यसलाई केमा आधारित गर्नुपर्छ? (परमेश्‍वरका वचनहरूमा।) र यस प्रकारको जीवलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेमा परमेश्‍वरको वचनले के भन्छ? उहाँका वचनहरूले निर्दिष्ट रूपमा यसो भन्दैनन्, “तैँले लाटोकोसेराहरूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ र यस विषयमा पूर्वाग्रही हुन मिल्दैन। तैँले लाटोकोसेराहरू अशुभ हुन्छन् भन्‍न मिल्दैन, न त तिनले तेरा निम्ति सौभाग्य ल्याउनेछन् नै भन्‍न मिल्छ। तैँले लाटोकोसेराहरूलाई वस्तुनिष्ठ र निष्पक्ष रूपमा व्यवहार गर्नुपर्छ।” परमेश्‍वरले यो भन्‍नुभएन। त्यसोभए, लाटोकोसेराहरू बारे तेरा विचारहरूलाई मापदण्डअनुसार, सत्यताअनुसार बनाउनका निम्ति तँसँग हुनुपर्ने आधार के हो त? (परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो भन्‍ने तथ्य।) परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो भन्‍ने तथ्य नै तेरो आधार हुनुपर्छ, यो नै सत्यता हो। परमेश्‍वरका हातमा यावत् थोकको प्रकार्य, मिसन र अस्तित्वको मूल्य हुन्छन्। अरू के हुनसक्छ? (यावत् थोक परमेश्‍वरको दृष्टिकोणबाट असल छन्।) सही, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोक असल छन्, तिनको अस्तित्वको मूल्य छ र ती अस्तित्वमा हुनु आवश्यक छ। कुनै कुरा परमेश्‍वरबाट नै आएसम्म र त्यो उहाँद्वारा नै बनाइएको भएसम्म, त्यो कहिल्यै अनावश्यक हुनेछैन। “कहिल्यै अनावश्यक नहुनु” को अर्थ के हो? यसको अर्थ यही हो कि यसले मानिसहरूमा अनायास दुर्भाग्य ल्याउनेछैन। के एउटा सानो लाटोकोसेरोले साँच्चै तेरा निम्ति अनायास दुर्भाग्य ल्याउन सक्छ र? के त्यसले लाटोकोसेरोलाई अति शक्तिशाली बनाउने थिएन र? कुन उच्च हुन्छ: मानिस कि लाटोकोसेरो? मानवहरू यावत् थोकका भण्डारेहरू हुन्, र तिनीहरूले लाटोकोसेराहरूको नियतिलाई नियन्त्रण गर्छन् भन्‍नु अझ सही हुन्छ, र तिनीहरूले सबै लाटोकोसेराहरूलाई त्यत्तिकै मेटाउन सक्छन्। लाटोकोसेराहरूले मानिसको नियति परिवर्तन गर्नु असम्भव छ। त्यसोभए, यस जीवलाई गरिने कस्तो किसिमको व्यवहार सत्यतासँग मेल खान्छ त? परमेश्‍वरका वचनहरूअनुसार यसलाई गरिने व्यवहार। परमेश्‍वरले यावत् थोकहरू, सबै विभिन्‍न जीवहरू र मानिसहरूलाई पनि सृष्टि गर्नुभयो। लाटोकोसेराहरू जीवहरू हुन्, त्यसैले हामीले तिनलाई त्यही दृष्टिकोणले व्यवहार गर्नुपर्छ जुन दृष्टिकोणअनुसार हामी सबै सृजित प्राणीहरूलाई व्यवहार गर्छौँ। पहिलो कुरा, हामीले यसको बाँच्ने नियमहरूलाई त्यत्तिकै नष्ट गर्न सक्दैनौँ। उदाहरणका लागि, लाटोकोसेराहरूको बानी र विशेषता भनेको दिनमा सुत्‍नु अनि रातमा शिकार गर्नु र सक्रिय हुनु हो। यदि तैँले कुनै एउटा घाइते लाटोकोसेरोलाई फेला पारिस् र तैँले त्यसलाई दया गरेर भित्र ल्याइस् भने, तैँले त्यससँग कस्तो व्यवहार गर्नुपर्छ? (त्यसका बानीहरूअनुसार।) सही हो, तैँले त्यसका बाँच्‍ने नियमहरूको सम्मान गर्नुपर्छ। त्यसलाई रातमा सुत्‍न लगाउने, अनि त्यो सुतेन भने त्यसलाई निद्राको औषधि खुवाउने बारे नसोच्। यो गलत हो। यदि त्यसले राती सधैँ हल्ला गर्छ र तेरो विश्रामलाई बाधा दिन्छ भने, तैँले त्यसलाई तँलाई बाधा नदिने गरी कतै सार्न सक्छस्, तर तैँले त्यसका जिउने नियमहरूलाई अवरोध गर्न मिल्दैन वा त्यसको बाँच्‍ने तरिकालाई उल्लङ्घन गर्न मिल्दैन। के यो त्यसलाई व्यवहार गर्ने सही तरिका होइन? (हजुर, हो।) परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकहरूप्रति तेरो दृष्टिकोण यही हुनुपर्छ। सुरुमा, सही दृष्टिकोण राख्‍नु। कुनै पनि कार्य गर्दा तैँले उठाउनुपर्ने पहिलो कदम यही हो। दोस्रो, तैँले कामकुरा गर्दा वा मामिलाहरू सम्हाल्दा यो सही दृष्टिकोण प्रयोग गर्नैपर्छ, ताकि तैँले जे गर्छस् त्यो सत्यतासँग मेल खाओस्। यी मापदण्डहरू हुन्। स्पष्ट रूपमा भन्‍नुपर्दा, मापदण्डहरू सटीक नियम र कानूनहरू हुन्। उदाहरणका लागि, जब बिरालोले मुसो देख्छ, त्यसले मुसो समात्‍न चाहन्छ। मानौँ तैँले मुसाहरू पनि परमेश्‍वरका सृष्टिहरू हुन् भनी सोच्छस् र बिरालोलाई रोक्न चाहन्छस्, अनि त्यसलाई मुसो समात्‍नबाट रोक्न चाहन्छस्—के यो गलत हो? (हजुर, हो।) तँलाई यो दृष्टिकोण कस्तो लाग्छ? (यसले नियमको उल्लङ्घन गर्छ।) यो प्रकृतिको नियम विरुद्धमा हुन्छ। कतिपय मानिसहरूले पानीमा माछा देख्दा यस्तो सोच्छन्, “सबैले भन्छन् कि पानीविना माछा बाँच्‍न सक्दैन। तर म यसलाई पानीबाट बाहिर निकालेर यसलाई जमिनमा जिउने बनाउनका लागि यथासम्भव प्रयास गर्नेछु।” यसको परिणामस्वरूप माछा एकैछिनमा मर्छ। यसलाई के भनिन्छ? (निरर्थक।) यो निरर्थक हो। लाटोकोसेराहरूको छलफलमार्फत, के तिमीहरूले मापदण्डहरू के हुन् र ती केमा आधारित हुन्छन् भनेर थोरबहुत बुझ्‍न सक्षम भएका छौ? (ती परमेश्‍वरका वचनहरूमा आधारित हुन्छन्।) सही भन्यौ, ती परमेश्‍वरका वचनहरूमा आधारित छन्। त्यसोभए, तिमीहरूले भविष्यमा लाटोकोसेराहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? यदि, कुनै साँझ, तेरो झ्याल छेउमा लाटोकोसेरो रोइरह्यो भने, तैँले त्यसलाई कसरी सम्हाल्नुपर्छ? हामीलाई कम्तीमा यो त थाहा छ कि त्यसको रुने अधिकार छ, र हामीले त्यसलाई त्यो अधिकार दिनुपर्छ। यदि त्यसले धेरै हल्ला गर्‍यो भने, तैँले त्यसलाई लखेट्न सक्छस्, तर भोलिपल्ट दुर्भाग्य सामना गरिनेछ कि भनेर चिन्ता लिनु आवश्यक छैन। यो सोच्‍नु अनावश्यक हो, किनकि मानिसको भाग्य, जीवन र मृत्यु सबै परमेश्‍वरका हातमा र उहाँको सार्वभौमिकताका अधीनमा हुन्छन्। मानिसहरूले सत्यता बुझ्दैनन्, त्यसैले तिनीहरू सजिलैसँग कामकुराहरूप्रति पूर्वाग्रही हुन्छन् अनि कल्पना र धारणाहरूसमेत राख्न सक्छन्, वा केही हदसम्म अन्धविश्‍वासी बन्‍न सक्छन्। यसले मानिसहरूलाई धेरै कामकुरा बारे गलत विचारहरू राख्ने तुल्याउँछ, र सत्यता सिद्धान्तहरू अनुरूप कार्य गर्न वा सबै कुरामा मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड पूरा गर्न असफल बनाउँछ। यसको कारण के हो? (सत्यता नबुझ्‍नु।) सत्यता नबुझेका कारण यस्तो हुन्छ।

जब कतिपय पूर्वीय मानिसहरू पश्‍चिमाहरूका सम्पर्कमा आउँछन्, उनीहरूले तिनीहरूका विशिष्ट विशेषताहरू देख्छन्—तिनीहरूका उठेका नाकका डाँडीहरू, तिनीहरूका ठूला आँखाहरू, तिनीहरूका कपालका विविध रङहरू, र तिनीहरू सबै कति शालीन देखिन्छन्—अनि अचेत रूपमै तिनीहरूप्रति ईर्ष्या वा प्रशंसाको भावना विकास गर्छन्। त्यसपछि, निरन्तर सम्पर्कमार्फत, उनीहरूले पश्चिमी संस्कृतिलाई निरन्तर रूपमा स्वीकार गर्छन्। उनीहरू त्यसलाई किन स्वीकार गर्न सक्षम हुन्छन्? उनीहरूका हृदयमा भएको ईर्ष्या र तिनीहरूजस्तै बन्‍ने इच्छाका कारण। उनीहरू सोच्छन् कि स्वरूपहरू सबै परमेश्‍वरले निर्धारण गर्नुहुन्छ र तिनलाई परिवर्तन गर्न सकिँदैन, तर यदि उनीहरूको खान-पान, पहिरन, वस्तुहरू प्रयोग गर्ने तरिका, साथै उनीहरूको बोल्ने शैली, सोच्ने तरिका र संस्कृति जस्ता कुराहरू पश्‍चिमी जीवनशैलीसँग मेल खाने हो भने उनीहरू प्रतिष्ठित हुनेथिए। यस्तो विचार तँलाई कस्तो लाग्छ? के यो सबैसँग हुन्छ? (हो, हुन्छ।) कतिपय पूर्वीय मानिसहरू पश्‍चिमाहरूको नक्कल गर्न मन पराउँछन् र उनीहरूले नक्कल गर्ने पहिलो कुरा भनेको कफी पिउनु हो। उनीहरूलाई पूर्वीयहरूले चिया पिउनु अति नै अपरिष्कृत जस्तो लाग्छ, त्यसैले उनीहरू पश्‍चिमाहरूबाट कफी पिउन सिक्छन्। विशेष गरी, कतिपय पूर्वीयहरूले कैयौँ पश्‍चिमाहरू हरेक बिहान आफ्नो कफीको कप समातेर काम गर्न दौडिरहेको देख्छन्, र समय बित्दै जाँदा उनीहरूले पनि यसो गर्न सिक्छन्, कहिलेकाहीँ आफू वास्तवमै व्यस्त नहुँदासमेत यसो गर्छन्। यसलाई नक्कल भनिन्छ। पूर्वीयहरूको वास्तवमा यो बानी हुँदैन, तर उनीहरू पश्‍चिमाहरूको चलन राम्रो, उच्च र परिष्कृत हुन्छ भन्ठान्छन्। उनीहरू विश्‍वास गर्छन् कि, यदि उनीहरूसँग यो बानी छैन भने, उनीहरूले यसलाई सिक्नुपर्छ र नक्कल गर्नुपर्छ, र यदि उनीहरूले यो बानी सिक्छन् र यसअनुसार जिउँछन् भने, उनीहरू पक्कै पनि पश्‍चिमाहरूको श्रेणीमा सामेल हुनेछन् र आफू तिनीहरूमध्ये एक बन्‍नेछन् भन्ठान्छन्। यो पश्‍चिमाहरूप्रति एक किसिमको आराधना हो। यदि तँलाई वास्तवमै केही मनपर्छ भने, त्यसलाई निश्‍चय नै अध्ययन गर्, तर यदि तँ अरूसामु रोब देखाउन देखावटका रूपमा यस प्रकारको चलन सिक्दैछस् भने, त्यो नक्कल हो। यदि कसैले सत्यतालाई बुझ्दैन भने, उसले गर्ने कुनै पनि कुरामा कुनै मापदण्ड हुनेछैन र ऊ टाउको नभएको झिँगाझैँ लक्ष्य र दिशाविहीन हुनेछ। जब उसले पश्‍चिमाहरूलाई देख्छ, उसले पश्‍चिमाहरूले कसरी व्यवहार गर्छन् भनी अध्ययन गर्नेछ; जब उसले संसारमा के कुरा प्रचलित छ भन्‍ने कुरा देख्छ, उसले त्यसको अध्ययन गर्नेछ। गैर-विश्‍वासीहरू यस्ता हुन्छन्, र यदि परमेश्‍वरमा विश्‍वास गर्ने कुनै व्यक्तिले पनि त्यस्तै गर्छ भने, ऊ कस्तो किसिमको व्यक्ति हो? (एक अविश्‍वासी।) सही भनिस्। के ऊसँग काम गर्ने कुनै मानक वा सिद्धान्तहरू हुन्छन्? (अहँ, हुँदैनन्।) उसँग कुनै सिद्धान्त हुँदैन। किन? किनभने उसले सांसारिक प्रचलन र दुष्टतालाई मन पराउँछ; उसले परमेश्‍वरको प्रशंसा गर्दैन, उसले आफ्नो हृदयमा सत्यतालाई प्रेम गर्दैन, र उसले सत्यतालाई स्वीकार र त्यसको खोजी गर्दैन। त्यस्ता मानिसहरू सबै अविश्‍वासीहरू हुन्। किनभने यस प्रकारको व्यक्तिमा यी सारहरू हुन्छन्, यदि उसले मण्डलीमा परमेश्‍वरका वचनहरू पढिरहेको र प्रवचनहरू सुनिरहेको भए तापनि, उसले अझै पनि मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड फेला पार्न कहिल्यै सक्नेछैन। यसको तात्पर्य यो हो कि उसले कहिल्यै सत्यता प्राप्त गर्न सक्दैन। के त्यो सही होइन र? (हजुर, हो।) अरूले कफी पिउने कार्य नक्कल गर्नुले व्यक्तिको प्राथमिकताहरू, उसले लिने मार्ग र उसका कार्यहरूका सिद्धान्तहरू प्रकट गर्न सक्छ। मलाई बताओ, के चिया पिउनु सत्यता हो, वा कफी पिउनु सत्यता हो? (दुवै सत्यतासँग सम्बन्धित छैनन्।) सही भन्यौ। त्यसोभए, सत्यता के हो त? केही मानिसहरू भन्छन्: “परमेश्‍वरबाट आउने सबै कुरा सत्यता हो। मौसमी चीजहरू खानु तिमीहरूका लागि असल हो भन्‍ने परमेश्‍वरका वचनहरू सत्यता हुन्‌।” यो सही हो। सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो। त्यसोभए, आत्मआचरणको मापदण्डमा के समावेश हुन्छ? यसले आत्मआचरणसँग सम्बन्धित सत्यताको हरेक पक्षलाई छुन्छ। कार्यहरूको मापदण्डमा चाहिँ के हुन्छ? यो तैँले कामकुराहरूलाई सम्हाल्‍ने शैली र माध्यम हो। भन्‍नुपर्ने आवश्यकता नै छैन, हामी सबैलाई परमेश्‍वरको आराधना गर्ने मापदण्ड थाहा छ। यस मापदण्डको दायराले यी कुराहरूलाई जनाउँछ, र ती सबैमा सत्यता समावेश हुन्छ। मानौँ कसैले यसो भन्छ, “तिमीलाई चिया किन मन पर्दैन?” अनि तैँले भन्छस्, “के मैले चिया मन नपराउनु सत्यतासँग मेल खाँदैन र?” अर्को व्यक्तिले भन्छ: “तिमी पश्‍चिममा छौ, त्यसोभए तिमीले किन कफी पिउन सिकेका छैनौ? कफी नपिउनु त बेस्वादको कुरा भयो!” अनि तैँले भन्छस्, “के तिमी मेरो निन्दा गर्न खोज्दैछौ? के कफी नपिउनु पाप हो? के ‘स्वाद’ सत्यता हो? स्वादको मूल्य कति हो?” त्यो त पूर्ण रूपमा मूल्यविहीन हुन्छ, होइन? सत्यता नबुझ्नु भनेको वास्तवमा मूल्यविहीन हुन्छ! यस उदाहरणमार्फत मानिसहरूले के बुझ्नुपर्छ? तिनीहरूले यी मानिस, घटना र कामकुराहरूप्रति कस्ता विचार राख्नुपर्छ, अनि परमेश्‍वरले माग गर्नुभएअनुसार ती सँग कसरी व्यवहार गर्नुपर्छ भनेर बुझ्नुपर्छ, ताकि उहाँले माग गर्नुभएका मानकहरू पूरा होऊन्। यी सबै कुराहरूबाट मानिसहरूले के बुझ्नु र खोज्‍नुपर्छ? सबै प्रकारका कामकुराहरू सम्हाल्न तिनीहरूले पछ्याउनुपर्ने मापदण्ड।

के तिमीहरूलाई परम्परागत संस्कृति वा राष्ट्रिय भावना “मापदण्ड” शब्दको योग्य हुन सक्छ जस्तो लाग्छ? (लाग्दैन।) उदाहरणका लागि, “मानव हुनु भनेको आफ्नै देशलाई प्रेम गर्नैपर्छ भन्‍ने हो”—के यो मापदण्ड हो? (अहँ, होइन।) “मानव हुनु भनेको आमाबाबुप्रतिको आफ्नो धर्म पूरा गर्नैपर्छ भन्‍ने हो”—के यो मापदण्ड हो? (अहँ, होइन।) कतिपयले यसो पनि भन्छन्, “महिलाहरू सद्गुणी हुनुपर्छ,” वा “महिलाहरूले तीन आज्ञापालन र चार सद्गुणहरू पालना गर्नुपर्छ,” तर के यी मापदण्डहरू हुन्? (अहँ, होइनन्।) “एउटा पुरूषले एउटै मात्र पत्‍नी राख्‍न सक्छ, र ऊ विश्‍वासयोग्य हुनैपर्छ”—के यो मापदण्ड हो? के यो सत्यता भनिन योग्य छ? (अहँ, छैन।) यो सही व्यवहार र नैतिकता हो, अनि मानवताभित्रको सबैभन्दा आधारभूत र मूलभूत कुरा हो, तर यो सत्यताको स्तरमा पुग्दैन। यो सामान्य मानवताको नैतिक र व्यवहारगत मापदण्डसँग मेल खान्छ, तर के यसलाई मापदण्ड मान्‍न सकिन्छ? मापदण्डले केलाई जनाउँछ? (सत्यतालाई।) मापदण्डले सत्यतालाई जनाउँछ, अनि सत्यताको स्तरमा नपुग्ने जुनसुकै कुरा तसर्थ मापदण्ड होइन। तिमीहरूले बुझ्छौ? के मैले भर्खरै उल्लेख गरेका परम्परागत संस्कृतिमा भएका, पुरुष र महिलाबाट गरिने मागहरू परमेश्‍वरका मागहरू हुन्? (अहँ, होइनन्।) त्यसोभए, परमेश्‍वरले पुरुषहरूबाट के माग गर्नुहुन्छ? बाइबलले के भन्छ? (कि तिनीहरूले आफ्ना परिवारलाई पाल्न श्रम गरून् र पसिना बगाऊन्।) यो परमेश्‍वरले पुरुषहरूबाट गर्नुहुने माग हो र यो पुरुषले गर्न सक्नुपर्ने सबैभन्दा आधारभूत कुरा हो। महिलाहरूका लागि परमेश्‍वरको नियम के छ? (कि तिनीहरूका चाहना तिनीहरूका पतिहरूप्रति हुनेछ।) परमेश्‍वरका वचनहरूले यही कुरा भन्‍ने भएकाले, यो सत्यता हो, र मानिसहरूले यसैलाई पालन गर्नुपर्छ। मानिसको परम्परागत संस्कृति वा नैतिक ग्रन्थहरूबाट आएका जुनसुकै कुरा, जति नै सही भए पनि, सत्यता होइन। म किन त्यसलाई सत्यता होइन भन्छु? (किनभने परमेश्‍वरले त्यसो भन्‍नुभएन।) परमेश्‍वरले जुन कुरा भन्‍नुहुन्‍न त्यो कुरा निश्‍चित रूपमा सत्यता होइन, र परमेश्‍वरका वचनहरूका मागहरूसँग कुनै सरोकार नराख्ने सबै कुरा निश्चित रूपमा नै सत्यता होइन। पूर्वीयहरूले महिलाहरूलाई परिभाषित गर्ने मानक के हुन्? तिनीहरू विश्‍वास गर्छन् कि असल महिलाहरू सबैभन्दा पहिला कोमल र सद्गुणी, सुसंस्कृत र परिष्कृत, आकर्षक र नाजुक हुनुपर्दछ, अनि विवाहपछि तिनीहरूले विना कुनै गुनासो, परिवारका अरू सबै, जवान तथा वृद्ध व्यक्तिको हेरचाह गर्नुपर्दछ। तिनीहरू दैलो-चटाइ हुन्। पूर्वीय मानिसहरूले सृजना गरेको महिलाहरूको छवि यही हो; यी महिलाहरूबाट माग गरिएका मानकहरू हुन्। अब हेरौँ पश्‍चिमाहरूले महिलाहरूबाट माग गर्ने मानकहरू के हुन्, अर्थात्, तिनीहरूले आफ्ना विचार र दृष्टिकोणहरूबाट के शिक्षा दिन्छन् र के वकालत गर्छन् त। पश्‍चिमाहरू विश्‍वास गर्छन् कि महिलाहरू स्वतन्त्र, आजाद र समान हुनुपर्छ—पश्‍चिमले वकालत गर्ने महिला अधिकारहरू मूलतः यिनै हुन्। यी अधिकारहरूमा महिलाहरूका लागि मूलभूत परिभाषा र माग हुन्छन्, अर्थात्, तिनले महिलाको जीवनशैली र स्वरूपका लागि आधारभूत अवधारणा प्रस्तुत गर्छन्। यो अवधारणा के हो? कि महिलाहरू दैलो-चटाइजस्तो समर्पित, दयनीय र सदाचारी हुनुपर्दैन। तिनीहरूले यसलाई खराब ठान्छन्, र महिलाहरू बलियो र निडर हुनुपर्छ भन्‍ने सोच्छन्। यी पश्‍चिमाहरूका हृदयमा महिलाहरूबाट माग गरिएका मानकहरू हुन्। तिनीहरू विश्‍वास गर्छन् कि महिलाहरू दैनिक रूपमा, कठिनाइहरूप्रति विनम्र रूपमा समर्पित भएर, अरूको हप्की वा हुकुमलाई पर्खेर बस्‍ने कठपुतलीहरूजस्तो हुनु आवश्यक छैन। तिनीहरूले यो आवश्यक छैन भन्‍ने ठान्छन्। पश्‍चिमाहरूले महिलाहरूलाई आफ्ना कार्यमा सक्रिय, स्वतन्त्र र साहसी हुनका निम्ति वकालत गर्छन्। निस्सन्देह, हामीले बुझ्‍ने कुरा तिनीहरूको सोचाइसँग पूर्ण रूपमा मिल्दो नहुन सक्छ, तर यो आधारभूत रूपमा पूर्वीय र पश्‍चिमी महिलाहरूबिचको मुख्य भिन्‍नता हो। यी दुई विचारहरूमध्ये कुन सही हो? (दुवै सही होइनन्।) वास्तवमा, यो कुरा सही र गलतको होइन। पूर्वीय सामाजिक पृष्ठभूमिअन्तर्गत, त्यस्तो समुदायभित्र, तँ त्यसरी नै जिउनुपर्छ। के तैँले चाहेको भए विद्रोह गर्न सक्थिस्? परिवारभित्र, यदि तैँले विद्रोह गरेमा तैँले मृत्युको जोखिम उठाउनुपर्छ। पश्‍चिममा, तँ पाश्‍चात्य महिलाजस्तै जिउन सक्छस्, तर तँ चाहे जसरी जिए पनि, जुन सामाजिक पृष्ठभूमिमा वा जुन समुदायमा जिए पनि, कुन विचार सत्यतासँग मेल खान्छ त? (तीमध्ये कुनै पनि सत्यतासँग मेल खाँदैनन्।) कुनै पनि विचार सत्यतासँग मेल खाँदैनन्, ती दुवैले त्यसलाई उल्लङ्घन गर्छन्। म किन यसो भन्छु? पूर्वीयहरू चाहन्छन् कि महिलाहरूले सधैँ असल व्यवहार गरून्, तीन आज्ञापालन र चार सद्गुणहरू अपनाऊन्, सद्गुणी र कोमल बनून्—कुन उद्देश्यका लागि? तिनीहरूलाई नियन्त्रण गर्न सजिलो बनाउनका लागि। यो पूर्वीय परम्परागत संस्कृतिबाट विकसित भएको घातक विचारधारा हो र यो वास्तवमा मानिसहरूका लागि हानिकारक छ, यसले अन्ततः महिलाहरूलाई दिशाविहीन रूपमा वा आफ्नै विचारहरूविना जीवन बिताउनमा डोऱ्याउँछ। यी महिलाहरूलाई आफूले के गर्नुपर्छ, कसरी गर्नुपर्छ वा कुन कार्यहरू सही वा गलत हुन् भन्‍ने थाहा हुँदैन। तिनीहरू आफ्नो परिवारका निम्ति आफ्नो जीवन अर्पणसमेत गर्छन्, तर अझ पनि आफूले पर्याप्त काम नगरेको महसुस गर्छन्। के यो महिलाहरूका निम्ति एक प्रकारको हानि हो? (हजुर, हो।) तिनीहरूका आफ्नै अधिकारहरू, तिनीहरूले उपभोग गर्नुपर्ने अधिकारहरू खोसिँदा, तिनीहरूले प्रतिरोधसमेत गर्दैनन्। तिनीहरूले किन प्रतिरोध गर्दैनन्? तिनीहरूले भन्छन्: “प्रतिरोध गर्नु गलत हो, यो सद्गुण होइन। फलानो-फलानोलाई हेर त, तिनीहरूले मभन्दा धेरै गरेका छन् र धेरै कष्ट भोग्छन्, तैपनि कहिल्यै गुनासो गर्दैनन्।” तिनीहरूले किन यस्तो सोच्छन्? (तिनीहरू परम्परागत सांस्कृतिक सोचबाट प्रभावित छन्।) यो यही परम्परागत संस्कृति हो जसले तिनीहरूभित्र गहिरो जरा गाडेको छ, र तिनीहरूलाई ठूलो कष्ट दिएको छ। तिनीहरूले यस्तो प्रकारको यातना कसरी सहन सक्छन्? तिनीहरूलाई राम्रोसँग थाहा छ कि यस्तो प्रकारको यातना पीडादायी हुन्छ, यसले तिनीहरूलाई असहाय महसुस गराउँछ र तिनीहरूको हृदयलाई चोट पुऱ्याउँछ, त्यसोभए तिनीहरूले यसलाई कसरी अझै पनि सहन सक्छन् त? यसको वस्तुगत कारण के हो? कि तिनीहरूको सामाजिक पृष्ठभूमि यही नै हो, त्यसैले तिनीहरू उम्कन सक्दैनन्, तर केवल विनम्रतापूर्वक यसैमा चित्त बुझाउँछन्। तिनीहरूले आत्मपरक रूपमा पनि यस्तै महसुस गर्छन्। तिनीहरूले सत्यता, वा महिलाहरूले कसरी इज्जतका साथ जिउनुपर्छ भनी, वा महिलाहरूले जिउने सही तरिका बुझ्दैनन्। तिनीहरूलाई कसैले पनि यी कुराहरू बताएको छैन। तिनीहरूलाई थाहा भएसम्म, महिलाहरूको आत्मआचरण र कार्यहरूको मापदण्ड के हो? परम्परागत संस्कृति। तिनीहरू सोच्छन् कि पुस्तौँ-पुस्तादेखि हस्तान्तरित भइआएको कुरा सही हुन्छ, र यदि कसैले त्यसको उल्लङ्घन गर्छ भने, उसको विवेकको निन्दा गरिनुपर्छ। तिनीहरूको “मापदण्ड” यही हो। तर के यो मापदण्ड वास्तवमा सही छ? के यसलाई उद्धरण चिन्हहरूभित्र राखिनुपर्छ? (हो, राखिनुपर्छ।) यो मापदण्ड सत्यतासँग मेल खाँदैन। यस्तो प्रकारको सोच र दृष्टिकोणको नियन्त्रणअन्तर्गत कसैको व्यवहार चाहे जति नै अनुमोदित वा अनुकूल भए तापनि, के यो वास्तवमा मापदण्ड हो? होइन, किनकि यो सत्यता र मानवता विरुद्ध जान्छ। लामो समयदेखि, पूर्वीय महिलाहरूले आफ्नो सम्पूर्ण परिवारको हेरचाह गर्नुपरेको छ, र तिनीहरू सबै साना मामुली मामलाहरूका लागि जिम्मेवार भएका छन्। के यो न्यायसङ्‍गत छ? (अहँ, छैन।) त्यसोभए तिनीहरूले कसरी त्यो सहन सक्छन् त? किनभने तिनीहरू यस प्रकारको सोच र दृष्टिकोणद्वारा बाँधिएका छन्। यसलाई सहन गर्ने तिनीहरूको क्षमताले सङ्‍केत गर्दछ कि, भित्री रूपमा, तिनीहरू ८०% निश्‍चित छन् कि यो नै सही कार्य हो, र यदि तिनीहरूले सहे मात्र भने, तिनीहरू परम्परागत संस्कृतिका मानकहरू पूरा गर्न सक्षम हुनेछन्। त्यसैले, तिनीहरू त्यस दिशातिर, ती मानकहरूतिर दौडिरहेका छन्। यदि, भित्री रूपमा, तिनीहरूले यो गलत हो र यसो गर्नु हुँदैन, यो मानवतासँग मेल खाँदैन, र यो मानवता र सत्यता विरुद्ध जान्छ भन्‍ने सोचे भने, के तिनीहरूले अझै त्यसो गर्न सक्नेथिए? (अहँ, सक्नेथिएनन्।) तिनीहरूले ती मानिसहरूबाट टाढा जाने र तिनीहरूका दास नबन्‍ने उपाय सोच्नुपर्ने हुन्थ्यो। तर धेरैजसो महिलाहरूले यसो गर्ने आँट गर्ने थिएनन्—तिनीहरूले के सोच्छन्? यही कि तिनीहरू आफ्नो समुदाय बिना बाँच्‍न त सक्थे, तर यदि तिनीहरूले छोडेर जाने हो भने तिनीहरूले भयानक कलङ्‍क बोक्नुपर्ने र निश्‍चित परिणामहरू भोग्नुपर्ने हुन्थ्यो। यसलाई मूल्याङ्‍कन गरेपछि, तिनीहरू सोच्छन् कि यदि तिनीहरूले त्यसो गरे भने, तिनीहरूका सहकर्मीहरूले तिनीहरू कसरी सद्गुणी थिएनन् भनेर कुरा काट्नेथिए, समाजले तिनीहरूलाई निश्‍चित तरिकाले निन्दा गर्नेथियो र तिनीहरूका बारेमा निश्‍चित रायहरू राख्‍नेथियो, अनि यी सबले गम्भीर परिणामहरू निम्त्याउनेथिए। अन्तमा, तिनीहरूले यसबारे विचार गर्छन् र यस्तो सोच्छन्, “यसलाई सहिदिनु नै राम्रो हुन्छ। अन्यथा, निन्दाको भारले मलाई थिच्‍नेछ!” पुस्तौँ-पुस्तादेखि पूर्वीय महिलाहरू यस्तै छन्। यी सबै असल कार्यहरू पछाडि तिनीहरूले के सहनुपर्छ? तिनीहरूको मानवीय मर्यादा र अधिकारको हनन्। के यी विचार र दृष्टिकोणहरू सत्यतासँग मेल खान्छन्? (अहँ, खाँदैनन्।) ती सत्यतासँग मेल खाँदैनन्। तिनीहरू आफ्नो मर्यादा र मानव अधिकारबाट वञ्‍चित भएका छन्, र तिनीहरूले आफ्नो निष्ठा, आफ्नो स्वतन्त्र जीवन र सोच्‍ने स्थान, अनि बोल्‍ने र आफ्ना चाहनाहरू व्यक्त गर्ने अधिकारहरू गुमाएका छन्—तिनीहरूले गर्ने सबै कुरा ती घरका मानिसहरूका लागि हुन्छ। तिनीहरूले यसो गर्नुको उद्देश्य के हो? परम्परागत संस्कृतिले महिलाहरूबाट माग गर्ने मानकहरू पूरा गर्न, र अरू मानिसहरूबाट प्रशंसा प्राप्त गर्न, असल पत्‍नी र असल मानिस कहलिन। के यो एक किसिमको यातना होइन? (हजुर, हो।) यस्तो सोचाइ उचित हुन्छ कि विकृत? (यो विकृत हुन्छ।) के यो सत्यतासँग मेल खान्छ? (अहँ, खाँदैन।) परमेश्‍वरले मानवजातिका लागि स्वतन्त्र इच्छा सृष्टि गर्नुभयो, अनि यस स्वतन्त्र इच्छाबाट आउने सोचहरू के हुन्? के ती मानवतासँग मेल खान्छन्? यी सोचहरू कम्तीमा पनि मानवतासँग मेल खानुपर्छ। यसबाहेक उहाँले, मानिसहरूले आफ्नो जीवनको अवधिमा सबै मानिस, घटना र कामकुराहरूका बारेमा सही विचारहरू र बुझाइ प्राप्त गरेको, र त्यसपछि जिउने र परमेश्‍वरको आराधना गर्ने सही मार्ग रोजेको चाहनुभयो। यसरी जिइएको जीवन परमेश्‍वरले दिनुभएको थियो र त्यसको आनन्द लिइनुपर्छ। तर, मानिसहरू यी तथाकथित परम्परागत संस्कृतिहरू र नैतिक ग्रन्थहरूद्वारा आफ्नो जीवनभर प्रतिबन्धित, सीमित र विकृत हुन्छन्, र अन्ततः के बन्छन्? तिनीहरू परम्परागत संस्कृतिको कठपुतली बन्छन्। के मानिसहरूले सत्यता नबुझेका कारण यसो हुने होइन? (हजुर, हो।) के तिमीहरू भविष्यमा यही मार्गमा हिँड्न चाहनेथियौ? (अहँ, चाहनेथिएनौँ।) त्यसोभए, तैँले के गर्नुपर्छ? मानौँ कि तैँले यसो भन्छस्, “म तिनीहरूसँग लड्नेछु,” वा “म अब उप्रान्त तिनीहरूको सेवा गर्नेछैनँ। मसँग मानव अधिकारहरू छन्, र मसँग मेरो निष्ठा छ।” के यो ठीक छ? (अहँ, छैन।) यो ठीक छैन। यो त एक हदबाट सीधै अर्को हदमा पुग्नु हो, र त्यसो गर्नु परमेश्‍वरको गवाही दिनु वा उहाँलाई महिमित तुल्याउनु होइन। त्यसोभए तैँले कसरी कार्य गर्नुपर्छ? (सत्यता सिद्धान्तहरूअनुरूप कार्यहरू गर्नुपर्छ।) निस्सन्देह रूपमा, सिद्धान्तहरू अनुरूप कार्य गर्नु सही हो, र तैँले सबैलाई सिद्धान्तहरू अनुरूप व्यवहार गर्नुपर्छ, यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने तिनीहरूलाई दाजुभाइ र दिदीबहिनीहरूझैँ व्यवहार गर्नुपर्छ, र यदि तिनीहरूले गर्दैनन् भने तिनीहरूलाई गैर-विश्‍वासीहरूझैँ व्यवहार गर्नुपर्छ। आफैँलाई अन्याय गर्नु, आफ्नो निष्ठालाई विकृत तुल्याउनु, वा तिनीहरूका लागि आफ्नो जीवन बलिदान गरेर आफ्नो मर्यादा र अधिकारहरू त्याग्‍नु आवश्यक छैन। तिनीहरू यसको लायक छैनन्। यस संसारमा एक जना मात्र हुनुहुन्छ जसका लागि तैँले आफ्नो जीवन खर्च गर्नु योग्य हुन्छ। उहाँ को हुनुहुन्छ? (परमेश्‍वर।) किन? किनभने परमेश्‍वर सत्यता हुनुहुन्छ, र उहाँका वचनहरू मानिसहरूको अस्तित्व, आत्मआचरण र कार्यहरूका लागि मापदण्ड हुन्। जबसम्म तँसँग परमेश्‍वर, र परमेश्‍वरका वचनहरू छन्, तबसम्म तँ विचलित हुनेछैनस्, र तैँले आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तरिकामा तँ सटीक हुनेछस्। एक पटक व्यक्तिलाई मुक्ति दिइएपछि परमेश्‍वरका वचनहरूले उसमा पार्ने अन्तिम प्रभाव यही हो।

“सत्यता के हो?” भन्‍ने विषय अत्यन्तै ठूलो छ। हामीले भर्खरै केही उदाहरणहरू दियौँ, जसमध्ये एउटाचाहिँ लाटोकोसेरालाई कसरी व्यवहार गर्ने भन्‍ने थियो। अरू उदाहरणहरू के थिए? (पूर्वीयहरूले पश्‍चिमाहरूको कफी पिउने कार्यको नक्कल गरेको।) (महिलाहरूबाट पूर्वीय र पश्‍चिमाहरूले माग गर्ने मानकहरू।) यी सबैभन्दा स्पष्ट उदाहरणहरू हुन्। त्यसोभए, विभिन्‍न कामकुराहरूमा पूर्वीय र पश्‍चिमी मानिसहरूका विचारहरूमध्ये, मापदण्ड कुन चाहिँ हो त? (कुनै पनि होइन।) कुनैमा पनि सत्यता समावेश छैन, ती दुवै मानव विचार र रायहरू हुन्। अझ सटीक तरिकाले भन्‍नुपर्दा, ती दुवै त्रुटिपूर्ण दृष्टिकोण र भ्रमहरू हुन्। ती मापदण्डहरू होइनन्, ती मानिसहरूलाई हानि पुर्‍याउने शैतानका रणनीति, प्रतिपादित सिद्धान्त र दर्शनहरू हुन्। यस विषयमा यसरी सङ्गति गरेपछि, के तिमीहरूले यो कुरा अलि बढी बुझ्छौ? (हो, बुझ्छौँ।) यदि मैले यस बारेमा कुरा नगरेको भए, सायद कुनै दिन तिमीहरूले कफी पिएर र ह्यामबर्गर खाएर पश्‍चिमाहरूको नक्कल गर्दै तिनीहरूको अनुकरण गर्ने विचार गर्नेथियौ। के त्यो सिद्धान्तहरूअनुसार हुन्छ? यदि तैँले हरेक दिन पश्‍चिमी खाना खाइस् भने पनि, यदि तैँले सत्यतालाई पछ्याइनस् भने, यो सबै व्यर्थ हुनेछ, तँसँग अझै पनि कसरी आफूलाई आचरणमा ढाल्ने भन्‍ने कुराको मापदण्ड हुनेछैन। मुख्य कुरा के तैँले सत्यता खोजी गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छस् कि सक्दैनस् भन्‍ने हो—यो तेरा लागि फाइदाजनक छ। मेरो यो सङ्‍गतिमार्फत, के तिमीहरूमा सत्यता र मापदण्डहरूका बारेमा केही बुझाइ आएको छ? (हो, आएको छ।) के मानिसहरूको परम्परागत संस्कृति वा नैतिक मापदण्डभित्र सत्यता छ? (अहँ, छैन।) के नैतिक ग्रन्थहरूमा सत्यता छ? (अहँ, छैन।) के अब तिमीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरामा निश्‍चित हुन सक्छौ? (हो, हुन सक्छौँ।) उहाँका वचनहरू सत्यता हुन् भनी निश्चित भएपछि, तिमीहरूले यो ख्याल गर्नुपर्छ: परमेश्‍वरका वचनहरू के हुन्? उहाँका वचनहरूमा, माग गरिने सिद्धान्तहरू के हुन्? उहाँले मानिसलाई भन्‍नुभएका मापदण्डहरू के-के हुन्? परमेश्‍वरका वचनहरूसँग मेल खानका निम्ति तिनीहरूले ठ्याक्कै कसरी कार्य गर्नुपर्छ, अनि यसो गर्ने सही सिद्धान्तहरू के-के हुन्? तैँले खोज्‍नुपर्ने कुरा यही हो, तर अहिलेका लागि यस विषयमा यति नै।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्