विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई) खण्ड सात
जब तिमीहरू कुनै ख्रीष्टविरोधीलाई भेट्छौ, तब त्यसलाई कसरी व्यवहार गर्नुपर्छ? कतिपय अगुवालाई झूटा अगुवा वा ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिएको छ र तिनीहरूलाई बर्खास्त गरिएको छ। तिनीहरूमध्ये एकका हकमा भन्दा, केही समयपछि दाजुभाइ-दिदीबहिनीहरूले उसमा केही कार्य सामर्थ्य छ, यसबीच उसले पश्चात्ताप गरेको छ र राम्रो काम गरिरहेको छ भनेर रिपोर्ट गरे। उसले व्यवहारमा राम्रो प्रदर्शन गरिरहेको हो कि वा उसले मनमोहक रूपमा बोलिरहेको हो, वा ऊ आफ्नो भूमिकामा अझै अनुशासित बनेको हो भन्ने कुरा निश्चित रूपमा अलिक स्पष्ट भएन। दाजुभाइ-दिदीबहिनीहरूले उसले राम्रो काम गरिरहेको छ भनेर भनेका हुनाले, र केही कामका लागि जनशक्तिको कमी रहेको हुनाले, उसले केही काम गर्नुपर्छ भन्ने बन्दोबस्त गरियो। अनि परिणामस्वरूप, दुई महिनापछि नै, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले फेरि रिपोर्ट गरे: “उसलाई तुरुन्तै बर्खास्त गर्नुहोस्—उसले हामीलाई असहनीय रूपमा दमन गरिरहेको छ। यदि उसलाई बर्खास्त गरिएन भने, हामी आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैनौँ।” तिनीहरू कुनै पनि हालतमा उसलाई प्रयोग गर्न सहमति जनाउँदैनथे; बरु तिनीहरूले जोसुकैलाई अगुवाका रूपमा चयन गर्न सक्थे, तर त्यो व्यक्ति चाहिँ हुनुहुन्थेन। ऊ उही पुरानो नीच व्यक्ति थियो—उसले राम्रो खेल खेल्यो, तर वास्तवमा ऊ अलिकति पनि परिवर्तन भएको थिएन। यहाँ के भइरहेको थियो? उसको प्रकृति पूर्ण रूपमा खुलासा भएको थियो। तँलाई के लाग्छ, यो मामला कसरी सम्हाल्नुपर्छ? दाजुभाइ-दिदीबहिनीहरूले यस्तो कडा प्रतिक्रिया दिएकाले, तिनीहरूले साँच्चै नै अलि समझशक्ति पाएछन् भन्ने कुरा प्रमाणित हुन्छ। उसले कतिपय मानिसलाई बहकाएको थियो, र माथिले उसलाई तह लगाएपछि, केही व्यक्ति उसको प्रतिरक्षा गर्न आए, र पछि केहीले उसले पश्चात्ताप गरिसकेको छ भनेर भने। त्यसकारण, उसलाई फेरि बढुवा दिइयो, र केही समयपछि, उसलाई पूर्ण रूपमा प्रकट गरियो। अब दाजुभाइ-दिदीबहिनीहरूले उसको भित्री रूप छर्लङ्गै देखिसकेका थिए, र उसलाई हटाउन तिनीहरू एकजुट भएका थिए। यी मानिसहरूले अब समझशक्ति प्राप्त गरिरहेका छन् भन्ने माथिले देख्यो। तिनीहरूलाई मलजल गरिएको व्यर्थ भएको थिएन। त्यसकारण, तिनीहरू सबैले उसलाई प्रयोग गर्न सहमति नजनाएकाले, माथिले उसलाई बर्खास्त गरे। तिनीहरूको समझशक्ति कहाँबाट आयो? (सत्यता बुझाइबाट।) हो—तिनीहरूले सत्यता बुझेका थिए। सत्यता बुझाइबाट समझशक्ति आउँछ। के अझै पनि सत्यता र परमेश्वरले त्यहाँ शासन गरिरहनुभएको थिएन र? (थियो।) तिनीहरूले समयमै समझशक्ति पाए: उसलाई बर्खास्त गरिएपछि, दाजुभाइ-दिदीबहिनीहरूले उसको नियन्त्रण भोग्न छोडे। उसको दमनमा मानिसहरूले धेरै कष्ट भोगेका थिए। ऊसँग कुनै मानवता थिएन। उसले उचित काम गरेको थिएन, बरु दाजुभाइ-दिदीबहिनीहरूलाई कर्तव्य निर्वाह गर्नमा बाधा दिएको थियो—उसले आफ्नो शक्ति दुरुपयोग गर्दै तिनीहरूलाई कुल्चिमिल्ची गरेको थियो। त्यसमा कसले सहमति जनाउँछ? मूर्खले—त्यस्तोले मात्र जनाउँछ! जब त्यस्ता मानिसहरूलाई बर्खास्त गरिन्छ, तब के तिनीहरूलाई यसबारे कुनै अनुभूति हुन्छ? पछिल्लोपटक, त्यस व्यक्तिलाई माथिले बर्खास्त गर्यो; यसपटक, उसलाई दाजुभाइ-दिदीबहिनीहरूले हटाए, मञ्चबाट चिच्याउँदै लखेटे—यो जाने तरिका त्यति मनमोहक होइन! उसले सुरुमा पद पाउन चाहेको थियो। तर भयो चाहिँ के भने, उसले कुनै पद प्राप्त गरेन, बरु ऊ एकैचोटि गर्लम्मै गिर्यो, र उसलाई उसको मूल रूपमा पुर्याइयो। के उसले आत्मचिन्तन गर्नुपर्थेन र? (पर्थ्यो।) यदि ऊ सामान्य व्यक्ति, गम्भीर रूपमा भ्रष्ट स्वभाव मात्रै भएको व्यक्ति भएको भए, के उसले पनि आत्मचिन्तन गर्नु पर्दैनथ्यो र? (पर्थ्यो।) एक प्रकारको व्यक्ति हुन्छ, जो चिन्तन गर्दै गर्दैन। तिनीहरू आफू सही छु, आफूले जे गरे पनि सही हुन्छु भन्ने सोच्छन्; तिनीहरू तथ्यहरू स्वीकार गर्दैनन्, सकारात्मक कुराहरू स्वीकार गर्दैनन्, र तिनीहरू अरूले गरेको मूल्याङ्कन स्वीकार गर्दैनन्। यी मानिसहरू ख्रीष्टविरोधीको स्वभाव सार भएका मानिस हुन्। ख्रीष्टविरोधीहरूलाई मात्रै आत्मचिन्तन गर्न आउँदैन। यसको सट्टा तिनीहरू केबारे चिन्तन गर्छन्? “अम्! मेरो भाग्य चम्किने दिन अवश्य आउनेछ। पख तिमीहरू मेरो पकडमा आउनेछौ—त्यसपछि म तिमीहरूलाई कसरी सास्ती दिनेछु, त्यो तिमीहरू देख्नेछौ!” के तिनीहरूले त्यसो गर्ने मौका पाउनेछन् र? (पाउनेछैनन्।) तिनीहरूको मौका सकिसकेको छ। दाजुभाइ-दिदीबहिनीहरूले झन्-झन् धेरै सत्यता बुझ्दै जाँदा, र तिनीहरूले विभिन्न मानिसका विभिन्न सबै स्थिति चिन्न, र खासगरी ख्रीष्टविरोधीहरू चिन्न सकेपछि, ख्रीष्टविरोधीले दुष्कर्म गर्ने ठाउँ झन्-झन् सानो हुँदै जान्छ, र तिनीहरूसँग त्यसो गर्ने अवसर झन्-झन् कम हुँदै जान्छ। तिनीहरूलाई फर्केर आउने प्रयास गर्न सजिलो हुनेछैन। तिनीहरू माथिले समझशक्तिबारे अलिक कम प्रचार गरोस् र तिनीहरू वास्तवमा को हुन् भनेर पत्ता नलगाओस् भन्ने आशा गर्छन्। जब तिनीहरू त्यस्ता सत्यताहरूबारे सङ्गति सुन्छन्, तब तिनीहरूलाई सबै कुरा सकियो भन्ने थाहा हुन्छ, र तिनीहरू आफू फर्केर आउने कुनै आशा छैन भन्ने सोच्छन्। तिनीहरूको चिन्तन यस्तो हुँदैन: “तिनीहरूले खुलासा र पहिचान गरिरहेको कुरा सही छ—यसले पूर्ण रूपमा मेरो स्थितिलाई झल्काउँछ। म कसरी परिवर्तन हुनुपर्छ? यदि मैले यसरी नै आफूलाई आचरणमा ढालिरहेँ भने, के त्यो मेरो लागि अन्त्य हुनेछैन र? मलाई अवश्यै हटाइनेछ। प्रधान स्वर्गदूतको बाटो हिँडेर परमेश्वरको विरोध गर्नुको के फाइदा हुन्छ र?” के तिनीहरू यस्तो मनन गर्छन्? (गर्दैनन्।) तिनीहरू यस्तो मनन गर्दैनन्, र तिनीहरू अवश्य नै आत्मचिन्तन गर्ने र आफूलाई चिन्न खोज्ने पनि गर्दैनन्; बरु, तिनीहरू पश्चात्ताप गर्नुभन्दा मर्नु निको ठान्छन्। तिनीहरूको प्रकृति त्यही हो। तैँले जसरी सत्यता सङ्गति गरे पनि, यसले तिनीहरूलाई जागृत वा पश्चात्ताप गराउँदैन। के पश्चात्तापविना कुनै उम्कने ठाउँ हुन्छ र? (हुँदैन।) तिनीहरू पश्चात्ताप गर्दैनन्। तिनीहरू आफ्नो बाटो नमिठो अन्त्यसम्मै, आफैले खोजेको विनाशसम्मै पछ्याउँछन्, जुन ख्रीष्टविरोधीहरूको प्रकृतिले नियन्त्रित गर्ने कुरा हो।
हामी यो पूरै समय ख्रीष्टविरोधीहरू चिन्ने विषयमा कुरा गरिरहेका छौँ। ख्रीष्टविरोधीहरू यस्तो कुरा सुन्दा कस्तो अनुभूति गर्छन्, तिमीहरूलाई के लाग्छ? भेला हुने बेलामा, तिनीहरू असहनीय यातना महसुस गर्छन्, र हृदयमा तिनीहरू प्रतिरोधी हुन्छन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? (हुन्।) जब भ्रष्ट स्वभाव भएको सामान्य व्यक्तिले आफूमा ख्रीष्टविरोधी स्वभाव छ भन्ने थाहा पाउँछ, तब ऊ थप कुरा सुन्न र बुझ्न धेरै इच्छा गर्छ, किनभने उसले त्यो बुझेपछि परिवर्तन पछ्याउन सक्छ। उसलाई यदि आफूले बुझेन भने, बाटो बिराउनेछु, र एक दिन ख्रीष्टविरोधीहरूको बाटोमा पाइला चाल्न सक्नेछु, जहाँ आफूले ठूलो दुष्कर्म गर्नेछु, विनाशको बाँध खोलिनेछ, र यसरी मुक्ति पाउने मौका गुमाउनेछु, र बरबाद हुनेछु भन्ने लाग्छ। उसलाई यो कुराको डर हुन्छ। ख्रीष्टविरोधीको मानसिकता फरक हुन्छ। तिनीहरू अरू सबैलाई समझबारे बोल्न र त्यस्ता प्रवचनहरू सुन्नबाट रोक्नेबाहेक केही पनि गर्न चाहँदैनन्; उनीहरू सबै जना भ्रमित र समझहीन होऊन्, र तिनीहरूको बहकाउमा परून् भन्ने चाहन्छन्। तिनीहरूलाई त्यही कुराले खुसी तुल्याउँछ। ख्रीष्टविरोधीको सबैभन्दा ठूलो इच्छा के हो? शक्ति लिनु। के तिमीहरू शक्ति लिन चाहन्छौ? (चाहँदैनौँ।) हृदयमा होइन, तर कहिलेकाहीँ मानसिक रूपमा यो मन पर्ने कुराका रूपमा आउँछ, त्यसकारण वास्तवमा यो तँलाई गर्न मन लाग्ने कुरा हो। तँभित्र त्यस्तो व्यक्ति नबन्ने, त्यो बाटो नलिने व्यक्तिगत इच्छा, र भित्री तृष्णा हुन सक्छ, तर जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, तब तेरो भ्रष्ट स्वभावले तँलाई ढलपल पार्छ र चलाउँछ। तँ आफ्नो हैसियत र प्रभाव कसरी जोगाउने, आफूले कति जना मानिसहरूलाई नियन्त्रण गर्न सक्छु, अरूको आदर पाउन कसरी अख्तियारसाथ बोल्ने भनेर सोच्दै आफ्नो दिमाग खियाउँछस्। जब तैँले सधैँ यी कुराहरूबारे विचार गरिरहेको हुन्छस्, तब तेरो हृदय उप्रान्त तेरो नियन्त्रणमा हुँदैन। यसलाई कुन कुराले नियन्त्रण गरिरहेको हुन्छ? (भ्रष्ट स्वभावले।) हो—यसलाई शैतानको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ। व्यक्तिले आफ्ना देहगत हितहरूको चासोहरूबारे दिनभर मनन गर्ने गर्छ; उसले सधैँ अरूसँग सङ्घर्ष गरिरहेको हुन्छ, र यी सङ्घर्ष गर्ने क्रममा, उसले केही पनि प्राप्त गर्दैन, र यो उसका लागि अत्यन्तै पीडादायी हुन्छ—ऊ देह र शैतानका लागि मात्रै जिउँछ। यसरी व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्वरका लागि जिउने आफ्नो सङ्कल्प तय गर्छ, र त्यसपछि परिस्थितिहरू आइपर्दा फेरि हैसियत र हितहरूका लागि सङ्घर्ष गर्छ: घरि यता, घरि उता हुने सङ्घर्ष, जसले उसलाई भित्रैदेखि थकाइ दिन्छ, र जसबाट उसले केही पनि प्राप्त गर्दैन। मलाई भन त, के त्यो जिउने थकाइलाग्दो तरिका होइन र? (हो।) तिनीहरू दिनप्रतिदिन यसरी नै जिउँछन्, र तिनीहरूलाई थाहै नभई, दशकौँ बितिसकेको हुन्छ। कतिपय मानिसले परमेश्वरमा विश्वास गरेको दशबीस वर्ष भइसकेको हुन्छ—तर तिनीहरूले कति सत्यता प्राप्त गरेका हुन्छन्? तिनीहरूको भ्रष्ट स्वभाव कति परिवर्तन भएको हुन्छ? तिनीहरू हरेक दिन कसका लागि जिउँछन्? तिनीहरू के कुरामा व्यस्त हुन्छन्? तिनीहरूले केका लागि आफ्नो दिमाग खियाउँछन्? यो सबै देहका लागि हुन्छ। परमेश्वरले भन्नुभएको छ, “मानिसको हृदयका विचारहरूको हरेक कल्पना निरन्तर दुष्ट मात्र हुन्छ।” के यी वचनहरूमा कुनै गल्ती छ? यसलाई चाख; यसको स्वाद लिएर हेर। जब तँ यी वचनहरूबारे विचार गर्छस्, जब यी वचनहरू अनुभव गर्छस्, तब के तँ डराउँदैनस् र? तैँले यसो भन्न सक्छस्, “मलाई केही डर त लाग्छ नै। बाहिरी रूपमा, म दिनभरि मूल्य चुकाउँछु; म आफूलाई त्याग्छु, र समर्पित हुन्छु, र कष्ट भोग्छु। मेरो देहले त्यही गर्छ—तर मेरो हृदयका सबै विचार दुष्ट छन्। ती सबै सत्यताविरुद्ध जान्छन्। मैले गर्ने धेरै कुरामा, मेरो सुरुवाती विन्दु, मेरो मनसाय, र मेरा उद्देश्यहरू विशुद्ध रूपमा आफ्नै कल्पनाअनुसार दुष्टता गर्नेबारे छन्।” त्यस्तो व्यवहार गर्दा त्यसबाट के आउँछ? दुष्ट कार्यहरू। तब के परमेश्वरले तिनीहरूलाई सम्झनुहुनेछ? कतिपयले यसो भन्न सक्छन्, “मैले परमेश्वरमा विश्वास गरेको बीस वर्ष भयो। मैले सबै कुरा त्यागेको छु—र पनि, परमेश्वर यो कुरा याद गर्नुहुन्न।” तिनीहरू दुःखी हुन्छन्, तिनीहरू पीडामा हुन्छन्। तिनीहरूलाई केले पीडा दिन्छ? यदि परमेश्वर मानिससँग साँच्चै नै कठोर बन्नुभयो भने, मानिससँग घमन्ड गर्ने केही कुरा हुनेछैन। यो सबै परमेश्वरको अनुग्रह, उहाँको कृपा हो—परमेश्वर मानिसप्रति अत्यन्तै सहनशील हुनुहुन्छ। यसबारे विचार गर: परमेश्वर अत्यन्तै पवित्र, अत्यन्तै धर्मी, अत्यन्तै सर्वशक्तिमान् हुनुहुन्छ, र उँहा आफ्ना अनुयायीहरूले दिनभर पूर्ण रूपमा दुष्ट विचार, र सत्यताविरुद्धका विचार, र पूर्णतया हैसियत, ख्याति, र लाभसम्बन्धी हितका कुराहरूबारे विचार गरेको हेर्नुहुन्छ। के परमेश्वरले आफ्ना अनुयायीहरूले आफूलाई यसरी विरोध गरेको र धोका दिएको सहनुहुनेछ? अवश्य नै सहनुहुनेछैन। यी विचार, सोचाइ, अभिप्राय, र मनसायहरूको प्रभुत्वमा परेका मानिसहरू परमेश्वरविरुद्ध विद्रोह र विरोध गर्दै खुलेआम काम गर्छन्, र यस क्रममा तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेको र परमेश्वरको काममा सहकार्य गरिरहेको घमन्ड गर्छन्। परमेश्वर यो सब देख्नुहुन्छ, र पनि उहाँले यो सब सहनैपर्छ। उहाँ यसलाई कसरी सहनुहुन्छ? उहाँले सत्यता प्रदान गर्नुहुन्छ; उहाँ मलजल र खुलासा गर्नुहुन्छ; उहाँ अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, अनि मार्गदर्शन, सजाय र अनुशासन प्रदान गर्नुहुन्छ—अनि जब त्यो अनुशासन कडा हुन्छ, उहाँले आश्वासन पनि प्रदान गर्नुपर्छ। त्यो सबै गर्नका लागि परमेश्वर कति धैर्यसील हुनुपर्छ! उहाँ यी मानिसहरूको विभिन्न भ्रष्ट स्वभाव देख्नुहुन्छ, तिनीहरूका सबै फरक-फरक प्रकटीकरण, व्यवहार, र विचारहरू दुष्ट छन् भन्ने तथ्य देख्नुहुन्छ—र पनि, उहाँले यसलाई सहन सक्नुहुन्छ। मलाई भन त, के मानिसले यसो गर्न सक्थ्यो? (सक्थेन।) आमाबुबाले छोराछोरीलाई देखाउने धैर्यता वास्तविक हुन्छ, तर परिस्थितिहरू असहनीय बनेपछि तिनीहरूले उनीहरूलाई त्याग्न वा उनीहरूसँगको सम्बन्धसमेत तोड्न सक्छन्। अनि, परमेश्वरले व्यक्तिप्रति प्रदान गर्ने धैर्यता चाहिँ कस्तो हुन्छ नि? तँ जिउने हरेक दिन परमेश्वर तँलाई आफ्नो धैर्यता प्रदान गर्नुहुन्छ। उहाँ यति धैर्यवान् हुनुहुन्छ। त्यो धैर्यताभित्र के हुन्छ? (प्रेम।) प्रेम मात्रै होइन—उहाँ तँबाट अपेक्षा पनि गर्नुहुन्छ। त्यो अपेक्षा के हो? उहाँले गर्ने कामको उद्देश्य नतिजा र फसल निकाल्न, र मानिसलाई उहाँको प्रेम चखाउनका लागि हो। के मानिसमा त्यस्तो प्रेम हुन्छ? हुँदैन। थोरै सिकाइ र शिक्षा पाएपछि, थोरै वरदान वा विशेष सिप पाएपछि, व्यक्तिले आफूलाई अरूभन्दा उच्च स्थानमा छु भन्ने ठान्छ, र साधारण मानिसहरू उसको नजिक आउन सक्दैनन् भन्ने सोच्छ। मानिसको घृणित पक्ष यही हो। के परमेश्वर यसरी नै व्यवहार गर्नुहुन्छ त? उहाँ यसको विपरीत व्यवहार गर्नुहुन्छ: यस्तो अकल्पनीय रूपमा फोहोरी, गहन रूपमा भ्रष्ट भएको मानवजाति नै परमेश्वरले मुक्ति दिने मानिसहरू हुन्; यति मात्र होइन, उहाँ तिनीहरूसँगै बस्नुहुन्छ, तिनीहरूको आमनेसामने रही तिनीहरूसँग कुरा गर्नुहुन्छ र तिनीहरूलाई साथ दिनुहुन्छ। मानिसले त्यसो गर्न सक्दैन।
यसपछिको सङ्गति अर्को एउटा थप समस्याबारे छ। कति मानिसहरू गवाही दिँदा यसो भन्छन्, “मेरो जीवनमा परिस्थितिहरू आउँदैपिच्छे, म परमेश्वरको प्रेम र उहाँको अनुग्रह सम्झन्छु, र भावुक बन्छु। यी कुराहरू सम्झँदा म आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्न छोड्छु।” धेरैजसो मानिसलाई यो अभिव्यक्ति राम्रो छ, यसले साँच्चै नै भ्रष्ट स्वभावको प्रकटीकरणको समस्या समाधान गर्न सक्छ भन्ने लाग्छ। के यी वचनहरू साँच्चै उचित छन् त? अहँ, छैनन्। परमेश्वरको प्रेम, उहाँको सर्वशक्तिमान्ता, मानिसप्रतिको उहाँको सहनशीलता, र उहाँले मानिसमा गर्ने सबै कामले व्यक्तिलाई उत्प्रेरित मात्र गर्न सक्छ—उसको त्यो उत्प्रेरित हुने भाग मानवता, विवेक र समझ हो; तैपनि, त्यसले मानिसको भ्रष्ट स्वभाव हटाउन सक्दैन, न त त्यसले मानिसको पछ्याइको उद्देश्य र दिशा नै परिवर्तन गर्न सक्छ। यही कारणले त परमेश्वर आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ: उहाँ मानिसको भ्रष्ट स्वभावको समस्या समाधान गर्न सत्यता व्यक्त र प्रदान गर्नुहुन्छ। परमेश्वरले गर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? उहाँ सत्यता व्यक्त र सत्यता प्रदान गर्नुहुन्छ, अनि उहाँ मानिसलाई न्याय र सजाय दिनुहुन्छ। उहाँले तँलाई आफ्ना व्यवहारहरू वा उहाँले गर्ने कुराहरूद्वारा तेरो पछ्याइको दिशा र उद्देश्य परिवर्तन गर्न उत्प्रेरित गर्न चाहनुहुन्न। उहाँ त्यसरी काम गर्नुहुन्न। परमेश्वरले मानिससँग जति धैर्यशील छु, वा आफूले मानिसलाई जति ठूलो मूल्य चुकाएर मुक्ति दिन्छु भनेर भन्नुभए पनि, यो कुरा जसरी भन्नुभए पनि, उहाँ मानिसहरूलाई मुक्ति दिने आफ्नो अभिप्राय मात्र बुझाउन चाहनुहुन्छ। मानिसहरू उहाँको कुरा सुनेर कति उत्प्रेरित भएका छन् भन्ने कुराका आधारमा तिनीहरूको हृदय कोमल बनाउन र तिनीहरूलाई परिवर्तन हुन सक्षम पार्न उहाँ यी कुराहरू भन्नुहुन्न। त्यो गर्न सकिँदैन। किन सकिँदैन? मानिसको भ्रष्ट स्वभाव नै उसको प्रकृति सार हो, र त्यो प्रकृति सार नै मानिसहरूले बाँच्नका लागि भर पर्ने जग हो। यो अलिकति प्रोत्साहित गरेर परिवर्तन हुने खराब चलन वा बानी होइन; व्यक्ति खुसी भएपछि, वा केही मात्रामा ज्ञान प्राप्त गरेपछि वा धेरै पुस्तक पढेपछि परिवर्तन हुन्छ भन्ने होइन। त्यो असम्भव छ। कसैले पनि मानिसको प्रकृति परिवर्तन गर्न सक्दैन। सत्यता स्विकारेर अनि प्राप्त गरेर मात्रै व्यक्ति परिवर्तन हुन सक्छ—मानिसहरूलाई परिवर्तन गर्न सक्ने कुरा सत्यता मात्रै हो। यदि तँ आफ्नो जीवन स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले सत्यता पछ्याउनैपर्छ, र सत्यता पछ्याउनका लागि तैँले परमेश्वरले बोल्नुहुने विभिन्न सत्यताबारे स्पष्ट बुझाइ प्राप्त गर्दै सुरुवात गर्नैपर्छ। कतिपय मानिसलाई यदि कसैले धर्मसिद्धान्त बुझेको छ भने, उसले पक्कै सत्यता बुझेको हुन्छ भन्ने लाग्छ। योभन्दा गलत कुरा हुनै सक्दैन। यदि तैँले परमेश्वरमाथिको विश्वासको धर्मसिद्धान्त बुझेको छस् र केही आत्मिक सिद्धान्तहरू प्रस्तुत गर्न सक्छस् भने, सत्यता बुझेको छस् भन्ने होइन। अब यसबारे विचार गर्: सत्यताले वास्तवमा केलाई जनाउँछ? म किन सधैँ सत्यता नबुझ्ने मानिसहरू धेरै छन् भनेर भन्छु? तिनीहरूलाई यस्तो लाग्छ, “यदि मैले परमेश्वरका वचनहरूको अर्थ बुझ्न सकेँ भने, सत्यता बुझेको छु,” र “परमेश्वरका सबै वचन सही छन्; ती सबैले हाम्रो हृदय छुन्छन्, त्यसकारण ती हाम्रो साझा भाषा हुन्” भन्ने हुन्छ। मलाई भन् त, यो अभिव्यक्ति सही छ कि छैन? सत्यता बुझ्नु भनेको वास्तवमा के हो? तिनीहरू सत्यता बुझ्दैनन् भनेर हामी किन भन्छौँ? हामी सुरुमा सत्यता के हो भन्नेबारे थोरै भए पनि कुरा गर्नेछौँ। सत्यता सबै सकारात्मक कुराहरूको वास्तविकता हो। त्यसोभए, यी सकारात्मक कुराहरूको वास्तविकता मानिससँग कसरी सम्बन्धित हुन्छ? (परमेश्वर, मेरो बुझाइअनुसार त व्यक्तिले सत्यता बुझेपछि यो प्रकट हुने तरिका के हो भने, उसले जुनसुकै मानिस, घटना र कामकुराहरू सामना गरे पनि, ऊसँग सिद्धान्तहरू हुन्छन् र तिनलाई कसरी सम्हाल्ने भन्ने उसलाई थाहा हुन्छ, र ऊसँग अभ्यास गर्ने मार्ग हुन्छ; सत्यताले उसका कठिनाइहरू समाधान गर्न सक्छ र यो उसको जीवनको वास्तविकता बन्न सक्छ। परमेश्वरले भर्खरै के भन्दै हुनुहुन्थ्यो भने, व्यक्तिले धर्मसिद्धान्त बुझ्नु सत्यताको बुझाइ होइन—उसलाई आफूले सत्यता बुझेको छु जस्तो लाग्छ, तर ऊ आफ्नो वास्तविक जीवनमा आइपर्ने कुनै पनि समस्या र कठिनाइहरू समाधान गर्न सक्दैन। ऊसँग त्यसका लागि कुनै मार्ग हुँदैन; ऊ विभिन्न कुरालाई सत्यतासँग जोड्न सक्दैन।) सत्यता नबुझ्नु भनेको यही हो। भर्खरै भनिएको एउटा कुरा एकदमै सही हो: सत्यता के हो? (सत्यताले मानिसहरूलाई अभ्यास गर्ने मार्ग भेट्टाउन, र सिद्धान्तअनुसार काम गर्न मद्दत गर्न सक्छ; यसले मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छ।) ठिक भन्यौ। आफूलाई सत्यता सिद्धान्तहरूसँग तुलना गर्नु र तीअनुसार अभ्यास गर्नु—त्यो नै मार्ग हो। यसले त्यही नै सत्यताको बुझाइ हो भन्ने प्रमाणित गर्छ। यदि तैँले धर्मसिद्धान्त मात्रै बुझेको छस्, र तँलाई कुनै कुरा आइपर्दा, यसलाई लागू गर्न सक्दैनस्, र सिद्धान्तहरू भेट्टाउन सक्दैनस् भने, त्यो सत्यता बुझ्नु होइन। सत्यता के हो त? सत्यता सबै कुरा गर्ने सिद्धान्त र मापदण्डहरू हुन्। होइन र? (हो।) जब म तिमीहरूले सत्यता बुझेका छैनौ भनेर भन्छु, तब मैले तिमीहरूले प्रवचन सुनेपछि धर्मसिद्धान्त मात्रै जानेका हुन्छौ भनेर भनिरहेको हुन्छु। यसभित्र रहेका सत्यताका सिद्धान्त र मापदण्डहरू केके हुन्, वा तिमीहरूको जीवनमा आइपर्ने केकस्ता घटनाहरू सत्यताको त्यो पक्षसँग सम्बन्धित हुन्छन्, वा कुन-कुन स्थितिहरू त्यससँग सम्बन्धित हुन्छन् भन्ने तिमीहरूलाई थाहा हुँदैन, न त तिमीहरूलाई सत्यताको त्यो पक्ष कसरी लागू गर्ने भन्ने नै थाहा हुन्छ। तिमीहरूलाई तीमध्ये कुनै कुरा पनि थाहा हुँदैन। उदाहरणका लागि, मानौँ तिमीहरूले एउटा प्रश्न सोध्यौ। तिमीहरूले यो प्रश्न सोध्नुको अर्थ तिमीहरूलाई सम्बन्धित सत्यता थाहा छैन भन्ने हो। के यसबारे सङ्गति गरेपछि तिमीहरू यो कुरा बुझ्नेछौ? (बुझ्नेछौँ।) सङ्गतिपछि तैँले अलिअलि बुझेको हुन सक्छस्, तर यदि तेरो जीवनमा फेरि यस्तै घटना घट्दा तैँले कुरा बुझ्दैनस् भने, त्यो सत्यताको साँचो बुझाइ होइन। तँलाई त्यो सत्यताका सिद्धान्त र मापदण्डहरूबारे केही थाहा छैन; तँलाई ती कुराहरूबारे कुनै बोध छैन। यसमा कुनै एउटा सत्यता हुन सक्छ, जुन तँलाई आफूले बुझेको छु जस्तो लाग्न सक्छ—तर योसित सम्बन्धित वास्तविकताहरू केके हुन्, र यो मानिसका कुन-कुन स्थितिहरूप्रति लक्षित छ भन्ने हकमा कुरा गर्नुपर्दा, यदि तैँले त्यो सत्यता बुझेको छस् भने, के तँ आफ्नो स्थितिलाई त्यससँग तुलना गर्न सक्छस्? यदि सक्दैनस्, र तेरो साँचो स्थिति के हो भनेर तँलाई कहिल्यै थाहा हुँदैन भने, के तँसँग सत्यताको बुझाइ हुन्छ? (हुँदैन।) यो सत्यताको बुझाइ होइन। जब सत्यता र सिद्धान्तहरूको कुनै पक्षको कुरा आउँछ, तब यदि तँलाई कुन मामला र कुन स्थितिहरू त्यो सत्यतासँग सम्बन्धित छन्, र कुन प्रकारका मानिसहरू वा तेरा आफ्नै कुन-कुन स्थितिहरू त्यो सत्यतासँग सम्बन्धित छन् भन्ने थाहा छ, र तैँले ती कुराहरू समाधान गर्न त्यो सत्यता प्रयोग गर्न पनि सक्छस् भने, त्यसको अर्थ तैँले सत्यता बुझेको छस् भन्ने हो। यदि तँलाई प्रवचन सुन्दा नै बुझेजस्तो लाग्छ, तैपनि तँलाई सङ्गति गर्न लगाइयो भने, आफूले सुनेका वचनहरू मात्रै सुगा रटाइ भन्छस्, तर विभिन्न स्थिति र वास्तविक परिस्थितिहरूका सन्दर्भमा भने यसबारे बोल्न र व्याख्या गर्न सक्दैनस् भने, के त्यो सत्यताको बुझाइ हो? होइन, त्यो सत्यताको बुझाइ होइन। त्यसोभए, के तिमीहरू प्रायः सत्यता बुझ्छौ, कि बुझ्दैनौ? (बुझ्दैनौँ।) किन बुझ्दैनौ? किनभने धेरैजसो सत्यताको हकमा भन्दा, तिमीहरूले ती सुनेपछि धर्मसिद्धान्त मात्र बुझेका हुन्छौ। तिमीहरूले गर्न सक्ने भनेकै यसलाई प्रावधानहरूका रूपमा पालना गर्नु मात्र हो; यसलाई कसरी लचिलो तरिकामा लागू गर्ने भनेर तिमीहरूलाई थाहै हुँदैन। जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, तब तँ आश्चर्यचकित हुन्छस्; जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, तब तँ आफूले बुझेको त्यो सानो सिद्धान्त ठाउँको ठाउँ लागू गर्न सक्दैनस्—त्यो व्यर्थ हो। त्यो सत्यताको बुझाइ हो कि होइन? (होइन।) सत्यता नबुझ्नु भनेको त्यही हो। यदि तैँले सत्यता बुझेको छैनस् भने, के हुन्छ? तँ माथि उक्लने प्रयास गर्नुपर्छ, र यसलाई पत्ता लगाउन कष्ट उठाउनुपर्छ। तेरो मानवतामा हुनैपर्ने केही कुरा छन्: तँ आफूले सिक्ने र गर्ने कुरामा होसियार र सावधान हुनैपर्छ। यदि तँ सत्यता पछ्याउन चाहन्छस् तर तँसँग सामान्य मानिसहरूको विवेक र समझ छैन भने, तैँले कहिल्यै पनि सत्यता बुझ्न सक्नेछैनस्, र तेरो विश्वास भ्रमित हुन्छ। यो तेरो क्षमतामा निर्भर हुँदैन; यो तँमा यस्तो मानवता छ कि छैन भन्ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तँसँग यस्तो मानवता छ भने, तेरो क्षमता मध्यम भए पनि, तँ अझै पनि आधारभूत सत्यताहरू बुझ्न सक्छस्। कम्तीमा यसले सत्यतालाई छुन्छ। अनि यदि तँसँग निकै राम्रो क्षमता छ भने, तैँले बुझ्ने कुरा सत्यताका गहन स्तरका कुराहरू हुन सक्छन्, र त्यस्तो अवस्थामा तँ यसमा अझै गहन रूपमा प्रवेश गर्न सक्नेछस्। यो तेरो क्षमतासँग सम्बन्धित हुन्छ। तर यदि तेरो मानवतामा होसियारी र सावधानीको मनोवृत्ति छैन, र तँ सधैँ अस्पष्ट र अनिश्चित, भ्रमित, सधैँ अन्धकार स्थितिमा हुन्छस् भने—सबै मामलामा अन्धकारमय, अस्पष्ट, र झाराटारुवा हुन्छस् भने, तेरो लागि, सत्यता सधैँ प्रावधान र धर्मसिद्धान्त हुनेछ। तैँले यो प्राप्त गर्न सक्नेछैनस्। मैले यसो भनेको सुनेपछि, के तिमीहरूलाई अहिले सत्यता पछ्याउनु गाह्रो छ भन्ने लाग्छ? यसमा केही हदसम्म कठिनाइ छ, तर यो धेरै हदसम्म पनि हुन सक्छ, वा थोरै हदसम्म पनि हुन सक्छ। यदि तैँले विचार गरिस् र प्रयत्न गरिस् भने, कठिनाइको हद घट्नेछ, र तैँले केही सत्यताहरू प्राप्त गर्नेछस्; यदि तँ सत्यतामा कुनै प्रयत्न लगाउँदैनस्, बरु धर्मसिद्धान्त र बाहिरी अभ्यासहरूमा मात्रै प्रयत्न लगाउँछस् भने, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्।
के तिमीहरूले यी सत्यताहरूबारे मेरो व्यवस्थित सङ्गतिमार्फत केही कुराको सार छर्लङ्ग देखेका छौ? के तिमीहरूले केही बुझ्यौ? के कुनै कलेजको पाठ्यक्रमको ज्ञानमा भन्दा सत्यताको सानो अंशमा बढी विस्तृत कुरा हुँदैनन् र? (हुन्छन्।) अत्यन्तै धेरै विस्तृत कुरा हुन्छन्। मानिसहरूले ती विस्तृत कुराहरू कण्ठ गर्न र बुझ्न सक्छन् भने, केही वर्षको प्रयासमै, निरन्तर अभ्यास र व्यावहारिक अनुभवद्वारा ती बोध गर्न सक्छन्। व्यक्तिले कुनै शैक्षिक विषय सिक्दा, समय र ऊर्जा खर्च गरेर र त्यसमा ध्यान दिएर मात्रै पनि त्यो बिस्तारै सिक्न सक्छ। तर सत्यता बुझ्नका लागि, आफ्नो मस्तिष्क प्रयोग गरेर मात्रै हुँदैन—तैँले आफ्नो हृदय पनि प्रयोग गर्नुपर्छ। यदि तैँले हृदयमा परमेश्वरका वचनहरू मनन गरिनस् वा हृदयमा तिनलाई अनुभव गरिनस् भने, सत्यता बुझ्न सक्नेछैनस्। आत्मिक बुझाइ भएका, विवेकशील, र बुझ्ने क्षमता भएका मानिसहरू मात्रै सत्यतासम्म पुग्न सक्छन्; आत्मिक बुझाइ नभएका, कमजोर क्षमता भएका, र बुझ्ने क्षमता नभएका मानिसहरू कहिल्यै पनि सत्यतासम्म पुग्न सक्दैनन्। के तिमीहरू लापरवाह मानिस हौ कि एकदमै राम्रो ध्यान दिने मानिस हौ? (हामी लापरवाह मानिस हौँ।) के त्यो खतरनाक कुरा होइन र? के तिमीहरू राम्रो ध्यान दिने हुन सक्छौ? (सक्छौँ।) यो राम्रो कुरा हो; मलाई त्यस्तो कुरा सुन्न मन पर्छ। सधैँ सक्दिनँ भनेर नभन—तैँले प्रयास नगरेसम्म कसरी थाहा हुन्छ र? तैँले यो काम गर्न सक्नुपर्छ। तिमीहरूको पछ्याइप्रतिको तिमीहरूको वर्तमान सङ्कल्प र मनोवृत्ति हेर्दा, तिमीहरूले आधारभूत सत्यताहरू बुझ्ने आशा छ। यो हासिल गर्न सम्भव छ। यदि व्यक्ति आफ्नो हृदय प्रयोग गर्न र मूल्य चुकाउन इच्छुक छ, अनि उसले आफ्नो हृदयमा सत्यताका लागि कडा परिश्रम गर्छ भने, पवित्र आत्माले काम गर्नुहुनेछ र उसलाई सिद्ध पार्नुहुनेछ। यदि उसले आफ्नो हृदयमा सत्यताका लागि मेहनत गर्दैन भने, पवित्र आत्माले काम गर्नुहुनेछैन। याद गर: व्यक्तिले सत्यता बुझ्नका लागि, सक्रिय रूपमा प्रयास गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ, तर यसबाट चाहेको परिणाम आधा मात्र हासिल हुन सक्छ, यसबाट त्यो भाग मात्रै हासिल हुन सक्छ, जसमा मानिसहरूले आफ्नो तर्फबाट गर्नुपर्ने कामकुरा गर्नुपर्ने हुन्छ। अर्को आधा भाग सत्यता बुझ्ने कार्यको महत्त्वपूर्ण भाग हो, जुन कुराको कमी मानिसहरूमा हुन्छ, र यसलाई हासिल गर्न तिनीहरूले पवित्र आत्माको काम र सिद्धतामा भरोसा गर्नुपर्छ। ज्ञान प्राप्त गर्न र विज्ञानबारे सिक्न मेहनतमा भर पर्नु नै पर्याप्त हुने भए पनि, सत्यता बुझ्नका लागि त्यसले काम गर्दैन भन्ने कुरा तिमीहरूले बिर्सनु हुँदैन। मस्तिष्कमा मात्रै भरोसा गर्नु व्यर्थ हुन्छ—मान्छेले आफ्नो हृदय प्रयोग गर्नैपर्छ, र मूल्य चुकाउनैपर्छ। मूल्य चुकाएर के हासिल हुन्छ? पवित्र आत्माको काम। तर पवित्र आत्माको कामको जग के हो? व्यक्तिको दिमाग पर्याप्त रूपमा सावधान हुनैपर्छ; परमेश्वरले काम गर्नुभन्दा पहिले उसको हृदय पर्याप्त रूपमा शान्त र स्थिर हुनैपर्छ, अनि पर्याप्त रूपमा निष्कपट हुनैपर्छ। पवित्र आत्माको काम गूढ हुन्छ, र यसको स्वाद चाखेका मानिसहरूलाई यो कुरा थाहा हुन्छ। सत्यताप्रति बारम्बार प्रयास गर्ने मानिसहरूले प्रायजसो पवित्र आत्माको अन्तर्दृष्टि अनुभव गर्न सक्छन्, त्यसकारण कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूको अभ्यासको मार्ग सहज हुन्छ, र तिनीहरूको हृदयमा झन्-झन् बढी स्पष्टता हुन्छ। अनुभवविनाका मानिसहरू पवित्र आत्माको काम अनुभव गर्न सक्दैनन्, र तिनीहरूले कहिल्यै पनि सही मार्ग देख्न सक्दैनन्। तिनीहरूका लागि सबै कुरा धमिलो र अस्पष्ट हुन्छन्; सही मार्ग के हो तिनीहरूलाई थाहै हुँदैन। वास्तवमा सत्यता बुझ्न र अभ्यासको मार्ग स्पष्ट रूपमा देख्न गाह्रो छैन: यदि व्यक्तिको हृदयमा यी अवस्थाहरू छन् भने, पवित्र आत्माले काम गर्नुहुन्छ। तर यदि तेरो हृदय ती सर्तहरूबाट तर्किन्छ भने, तैँले पवित्र आत्माको काम पत्ता लगाउन सक्नेछैनस्। यो अमूर्त वा अस्पष्ट हुँदैन। तँ ती स्थितिहरूमा हुँदा र तेरो हृदय ती परिस्थितिहरूमा हुँदा, यदि तैँले खोजी गरिस्, प्रयास गरिस्, मनन गरिस्, र प्रार्थना गरिस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछ। तर यदि तँ भुलक्कड छस्, सधैँ हैसियतको पछि लाग्न अनि ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न चाहन्छस्, सधैँ फुर्ती लगाउन र बाहिरी रूपमा ध्यान दिन चाहना गर्छस् भने—यदि तँ सधैँ परमेश्वरबाट भागिरहेको, लुकिरहेको, टाढा भइरहेको, र उहाँलाई इन्कार गरिरहेको हुन्छस्, र उहाँप्रति खुला हृदयले खुलस्त भइरहेको हुँदैनस् भने—पवित्र आत्माले काम गर्नुहुनेछैन, उहाँले तँलाई ध्यान दिनुहुनेछैन, र तँलाई हप्कीसमेत दिनुहुनेछैन। पवित्र आत्माको हप्कीसमेत अनुभव नगरेको व्यक्तिले कति धेरै सत्यता बुझ्न सक्छ र? कहिलेकाहीँ, पवित्र आत्माले तँलाई कुनै काम गर्ने सही र गलत तरिका बताउनका लागि हप्की दिनुहुन्छ। जब उहाँ तँलाई त्यस्तो अनुभूति दिनुहुन्छ, तब अन्त्यमा तैँले त्यसबाट के प्राप्त गर्नेछस्? तैँले सही र गलत छुट्याउने क्षमता प्राप्त गर्नेछस्, र त्यो कुराबारे तँलाई एकै नजरमा स्पष्ट हुनेछ: “त्यो तरिका गलत छ—त्यो सिद्धान्तबाहिरको कुरा हो। म त्यसो गर्न सक्दिनँ।” त्यो कुरामार्फत, तैँले सिद्धान्तहरू के हुन्, र परमेश्वरको अभिप्राय के हो, र सत्यता वास्तविकता के हो भन्ने कुरा स्पष्ट रूपमा जान्नेछस्, र त्यसकारण तैँले आफूले के गर्नुपर्छ भन्ने कुरा थाहा पाउनेछस्। तर यदि पवित्र आत्माले काम गर्नुभएन भने, यदि उहाँले तँलाई यस्तो अनुशासन दिनुभएन भने, तँ त्यस्ता कुराहरूको हकमा सधैँ भ्रमित स्थितिमा, र अस्पष्ट नै रहनेछस्। जब ती कुराहरू तेरो जीवनमा आइपर्छन्, तब तँ अक्क न बक्क हुनेछस्; जब ती कुराहरू तेरो जीवनमा आइपर्छन्, तब तँलाई के भइरहेको छ भन्ने नै थाहा हुनेछैन, र तँ तेरो हृदयमा अत्यन्तै भ्रमित हुनेछस्—तँलाई आफूले के गर्नुपर्छ भन्ने कुरा नै स्पष्ट हुनेछैन। तँ चिन्ताले ग्रस्त हुन सक्छस्—तर पवित्र आत्माले किन काम गर्न पाउनुहुन्न? सायद तँभित्रका केही स्थिति सही छैनन्, र तैँले प्रतिरोध गरिरहेको छस्। तँ केद्वारा प्रतिरोध गर्छस्? यदि तँ कुनै गलत दृष्टिकोण वा धारणामा अडिग छस् भने, परमेश्वरले काम गर्नुहुनेछैन, बरु त्यो धारणा वा दृष्टिकोण गलत छ भन्ने तैँले त्यो महसुस नगरेसम्म पर्खिरहनुहुनेछ। पवित्र आत्मा त्यस जगबाट मात्रै काम गर्नुहुन्छ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब उहाँ तँलाई के सही र के गलत छ भनेर जानाजानी थाहा पाउन दिनमा मात्र सीमित रहनुहुन्न। बरु, उहाँ तँलाई बाटो के हो, दिशा र उद्देश्य के हो, र तेरो बुझाइ सत्यताबाट कति टाढा छ भन्ने कुरा स्पष्ट रूपमा देखाउनुहुन्छ। उहाँ तँलाई यो कुरा स्पष्ट रूपमा थाहा दिनुहुन्छ। के तिमीहरूले त्यस्ता कुराहरू अनुभव गरेका छौ? यदि कसैले परमेश्वरमा विश्वास गरेको दशबीस वर्ष भयो, तर पनि उसले त्यस्ता खास कुराहरू अनुभव गरेको छैन भने, ऊ कस्तो व्यक्ति हो? ध्यान नदिने व्यक्ति। यस्ताहरूले प्रायजसो मौखिक रूपमा दोहोर्याइने धर्मसिद्धान्त र थेगोहरू मात्रै प्रस्तुत गर्न सक्छन्, र तिनीहरूका ती केही रणनीति र सरल विधिद्वारा मात्रै समस्याहरू समाधान गर्न सक्छन्। यसका लागि, तिनीहरूले पक्कै थोरै प्रगति गर्छन्—तर तिनीहरूले कहिल्यै पनि सत्यता बुझ्नेछैनन्, र पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन। सत्यता पूर्ण रूपमा पहुँचबाहिर हुने त्यस्ता ध्यान नदिने मानिसहरूको हकमा भन्नुपर्दा, पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि दिनुभए पनि तिनीहरू यो बुझ्न सक्दैनन्। त्यसकारण, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न। किन गर्नुहुन्न? के परमेश्वरले पक्षपात गरिरहनुभएको हुन्छ? होइन। त्यसोभए यसको कारण के हो त? त्यो के हो भने, तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, र यो तिनीहरूको पहुँचबाहिर हुन्छ। पवित्र आत्माले काम गर्नुभए पनि तिनीहरू सत्यता बुझ्दैनन्; यदि तिनीहरूलाई कुनै कुरा सिद्धान्त हो भनेर भनियो भने, के तिनीहरूसँग त्यो कुरा बुझ्ने क्षमता हुन्छ त? हुँदैन। त्यसैले, परमेश्वर त्यसो गर्नुहुन्न। के तिमीहरूले यस्ता कुरा अनुभव गरेका छौ? सत्यता निष्पक्ष छ। तैँले यसलाई पछ्याउने क्रममा, यसलाई गहन रूपमा हेर्ने क्रममा, पवित्र आत्माले काम गर्नुहुनेछ, र तैँले यसलाई प्राप्त गर्नेछस्। तर यदि तँ अल्छी छस् र आरामको लालसा गर्छस्, र सत्यतामा प्रयत्न लाउन अनिच्छुक छस् भने, तँ जोसुकै भए पनि पवित्र आत्माले काम गर्नुहुनेछैन, र तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्। अब बुझ्यौ? के तिमीहरूले अहिले सत्यता पछ्याइरहेका छौ? जसले यसलाई पछ्याउँछ उसले यो प्राप्त गर्छ, र जसले अन्ततः सत्यता प्राप्त गर्छ ऊ खजाना बन्छ। यसलाई प्राप्त गर्न नसक्नेहरूले तिनीहरूको डाहा गर्न सक्छन्, तर केही हुनेछैन: यदि तिनीहरूले यो मौका गुमाए भने, कुरै सकिनेछ।
सत्यता पछ्याउने सबैभन्दा राम्रो समय अवधि कुन हो? त्यस्तो अवधि, जसमा परमेश्वरले देहमा काम गरिरहनुभएको हुन्छ, र तँसँग आमनेसामने कुराकानी र सङ्गति गरिरहनुभएको हुन्छ, अनि तँलाई मार्गदर्शन र सहयोग गरिरहनुभएको हुन्छ। त्यो सबैभन्दा राम्रो अवधि हो भनेर म किन भन्दै छु? किनभने देहधारी परमेश्वरको काम र वाणीले तँलाई पवित्र आत्माका अभिप्रायहरू बुझ्न, र पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भनेर जान्न पूर्ण रूपमा सक्षम पार्न सक्छ। देहधारी परमेश्वरले पवित्र आत्माको कामका सिद्धान्त, शैली, तरिका, र माध्यमहरू पूर्ण रूपमा बुझ्न सक्नुहुन्छ, र उहाँ तँलाई यसबारे बताउनुहुन्छ, ताकि तैँले आफै यसबारे छामछुम गर्दै सिक्नु नपरोस्। यो छोटो बाटो अपना, र तँ तुरुन्तै यसमा पुग्न सक्नेछस्। जब देहधारी परमेश्वरले बोल्न छोड्नुहुन्छ र आफ्नो काम समाप्त गर्नुभएको हुन्छ, तब तैँले आफै यसबारे छामछुम गर्दै सिक्नुपर्नेछ। यो देहधारी देहको स्थानमा खडा हुन सक्ने, र तँलाई के गर्ने, र कहाँ जाने, र कस्तो बाटो लिने भनेर स्पष्ट रूपमा बताउन सक्ने कोही पनि छैन। ती कुराहरू तँलाई बताउन सक्ने कोही छैन; कुनै व्यक्ति जति नै आत्मिक भए पनि, उसले त्यो गर्न सक्नेछैन। यसका उदाहरणहरू छन्। यो दुई हजार वर्षदेखि विश्वास गरिरहेका येशूका विश्वासीहरूको हकमा जस्तै हुन्छ: तिनीहरूमध्ये कतिले एक कदम पछि सरेर अहिले पुरानो करार पढ्न र व्यवस्था पालना गर्न थालेका छन्; अनि कतिले क्रूस बोक्ने गर्छन्, आफ्नो कोठामा दश आज्ञा झुन्ड्याउँछन्, र प्रावधान र आज्ञाहरू पालना गर्छन्। अन्त्यमा तिनीहरूले के प्राप्त गरेका छन्? पवित्र आत्माले काम गर्नुहुन्छ, तर यदि परमेश्वरका स्पष्ट वचनहरू छैनन् भने, मानिसहरू सधैँ छामछुम मात्र गरिरहेका हुन्छन्। स्पष्ट शब्दहरूको कमी हुनुको अर्थ के हो? यसको अर्थ मानिसहरूले छामछुम गर्ने कुरा टुङ्गोविनाको हुन्छ भन्ने हो। तैँले यसो गर्नु सही हो र त्यसो गर्नु गलत हो भन्दै तँलाई निश्चितता दिन सक्ने कोही छैन। तँलाई त्यो कुरा भन्न सक्ने कोही छैन। यदि पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभयो भने पनि, र तैँले यो सही हो भनेर विश्वास गरे पनि, के परमेश्वरले अनुमोदन गर्नुहुन्छ र? तँ आफै पनि निश्चित छैनस्, होइन र? (अहँ, हामी छैनौँ।) प्रभु येशूका ती वचनहरू उहाँले दुई हजार वर्ष पहिले छोडेर जानुभएको थियो र तिनलाई बाइबलमा अभिलेख गरियो—अहिले, दुई हजार वर्षपछि, प्रभुका विश्वासीहरूले उहाँको पुनरागमनका विषयमा हरकिसिमका व्याख्याहरू दिएका छन्, र यसको सही व्याख्या वास्तवमा के हो भन्ने कसैलाई थाहा छैन। त्यसकारण, कामको यो चरण स्विकार्नु तिनीहरूका लागि ठूलो तनाव हो। यसले के देखाउँछ? स्पष्ट रूपमा व्यक्त नगरिएका यी अस्पष्ट वचनहरूबारे, दश जनाले दशवटा, र सय जनाले, सयवटा व्याख्याहरू दिन्छन्। हरेकको आ-आफ्नै स्पष्टीकरण र तर्क हुन्छ। कुन व्याख्या चाहिँ सही हो? जबसम्म परमेश्वर बोल्नुहुन्न वा निष्कर्ष दिनुहुन्न, तबसम्म मानिसले भनेको केही पनि महत्त्वपूर्ण हुँदैन। तेरो सम्प्रदाय जति नै ठूलो भए पनि, यसको सदस्य जति नै धेरै भए पनि, के त्यो परमेश्वरका लागि कुनै महत्त्वको हुन्छ? (हुँदैन।) परमेश्वर तेरो शक्ति हेर्नुहुन्न। यदि संसारको एउटै व्यक्तिले पनि परमेश्वरले गर्ने कुरा स्विकार्न सक्दैन भने पनि, यो कुरा सही नै हुन्छ, र यो सत्यता नै हुन्छ। यो अनन्त र अपरिवर्तनीय तथ्य हो! सबै धर्म र सम्प्रदायले यसलाई यसरी र त्यसरी व्याख्या गर्छन्, र अन्त्यमा के हुन्छ? के तेरो व्याख्या उपयोगी हुन्छ त? (हुँदैन।) परमेश्वर यसलाई एउटै वाक्यले खण्डन गर्नुहुन्छ। तैँले यसलाई जेजसरी व्याख्या गरिरहे पनि, के परमेश्वरले तँलाई ध्यान दिनुहुनेछ? (दिनुहुनेछैन।) परमेश्वरले किन तँलाई ध्यान दिनुहुनेछैन? परमेश्वरले नयाँ काम गर्न थाल्नुभएको छ, र यो अहिले लगभग तीस वर्ष भएको छ। ती मानिसहरूले जति नै अहङ्कारी रूपमा कोलाहल मच्चाए पनि, के उहाँ तिनीहरूलाई ध्यान दिनुहुन्छ र? (दिनुहुन्न।) उहाँले कुनै ध्यान दिनुहुनेछैन। धर्मका मानिसहरूले भन्नेछन्: “तपाईँले तिनीहरूलाई ध्यान दिनुभएन भने, के ती मानिसहरूले मुक्ति पाउन सक्दैनन् र?” वास्तवमा परमेश्वरका वचनहरूले धेरै पहिले नै सबै कुरा स्पष्ट पारेका छन्, र उहाँ जे भन्नुहुन्छ त्यही हुन्छ। धार्मिक संसारसँग जति नै धेरै शक्ति भए पनि, यसको कुनै काम छैन; तिनीहरूको सङ्ख्या जति नै धेरै भए पनि, त्यसले तिनीहरूसँग सत्यता छ भन्ने प्रमाणित गर्दैन। परमेश्वर आफूले जे गर्नुपर्ने हो त्यही गर्नुहुन्छ; उहाँ आफूले जहाँ सुरु गर्नुपर्ने हो, त्यहीँ सुरु गर्नुहुन्छ; उहाँ आफूले जसलाई छनौट गर्नुपर्ने हो, उसैलाई छनौट गर्नुहुन्छ। के उहाँ धार्मिक संसारको प्रभाव र बन्धनमा पर्नुहुन्छ र? (पर्नुहुन्न।) अलिकति पनि पर्नुहुन्न। यो परमेश्वरको काम हो। तैपनि, भ्रष्ट मानवजाति परमेश्वरसँग बहस गर्न, र उहाँलाई दिनभर व्याख्या दिन चाहन्छ—के यसको कुनै काम छ र? तिनीहरू आफूले चाहेअनुसार बाइबलका वचनहरूको अर्थसमेत लाउँछन्—तिनीहरू स्पष्ट रूपमै तिनलाई प्रसङ्गबाहिर लान्छन्, र परमेश्वर तिनलाई पूरा गर्नुहुन्छ भनेर प्रतीक्षा गर्दै जीवनभर तिनमै लागिरहनसमेत चाहन्छन्। तिनीहरूले सपना देखिरहेका छन्! यदि कसैले परमेश्वरका वचनहरूमा सत्यता खोजी गर्दैन, र सधैँ परमेश्वरलाई यो र त्यो काम गर्न अनुरोध गर्न चाहन्छ भने, के त्यो व्यक्तिसँग अझै समझ हुन्छ र? तिनीहरूले के गर्ने प्रयास गरिरहेका हुन्छन्? के तिनीहरू विद्रोह गर्न चाहन्छन्? के तिनीहरू परमेश्वरसँग लड्न चाहन्छन्? जब महाविपत्तिहरू आउँछन्, तब सबै जना चकित हुनेछन्; तिनीहरू रुनेछन् र चिच्याउनेछन्, तर केही अर्थ हुनेछैन। के यो यस्तै हुनेछैन र? यस्तै हुनेछ।
अहिले नै सबैभन्दा राम्रो समय अवधि हो—यही नै परमेश्वरले मानिसहरूलाई मुक्ति दिइरहनुभएको र तिनीहरूलाई सिद्ध पारिरहनुभएको समय हो। यो अवधि गुमाउने दिन नआउन्जेल पर्खेर नबस, अनि यस्तो नसोच: “परमेश्वरले भनेको त्यो कुराको अर्थ के हो? त्यो बेला सोधेको भए राम्रो हुनेथ्यो, अब त सोध्न पनि सक्दिनँ। त्यसोभए म प्रार्थना मात्रै गर्नेछु; पवित्र आत्माले काम गर्नुहुनेछ, र त्यो पनि उस्तै कुरा हो।” के उस्तै हुनेछ त? (हुनेछैन।) यदि त्यसो हुने भए त, दुई हजार वर्षदेखि प्रभुमा विश्वास गर्दै आएका यी मानिसहरू यस्ता हुँदै हुनेथिएनन्। दोस्रो सहस्राब्दीको पहिलो भागमा तथाकथित सन्तहरूले लेखेका वचनहरूलाई हेर् त—ती कति सतही छन्, कति दयनीय छन्! अहिले सबै धर्म र व्यक्तिगत सम्प्रदायहरूका मानिसहरूले गाउने भजनहरूको एउटा ठूलो पुस्तक छ, र ती भजनहरूले परमेश्वरको अनुग्रह र आशिष् पाउनेबारे मात्रै कुरा गर्छन्—ती दुई कुराबारे मात्रै बताउँछन्। के त्यो परमेश्वरको ज्ञान हो त? अहँ, होइन। के यसमा केही सत्यता छ त? (छैन।) तिनीहरूलाई परमेश्वर संसारका मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने मात्रै थाहा छ। संसारमा सधैँ एउटै भनाइ छ, जुन कहिल्यै परिवर्तन हुँदैन: “परमेश्वर प्रेम हुनुहुन्छ।” तिनीहरूलाई थाहा भएको एउटै वाक्य त्यही हो। त्यसोभए, परमेश्वर मानिसहरूलाई कसरी प्रेम गर्नुहुन्छ? परमेश्वर अहिले तिनीहरूलाई त्याग्नुहुन्छ र हटाउनुहुन्छ—के उहाँ अझै प्रेम हुनुहुन्छ? तिनीहरूको नजरमा हुनुहुन्न—अब उहाँ प्रेम हुनुहुन्न। यसरी तिनीहरू उहाँलाई निन्दा गर्छन्। त्यस मानिसले सत्यता पछ्याउँदैन र सत्यता बुझ्न सक्दैन भन्ने कुरा सबैभन्दा दयनीय कुरा हो। अहिले यस्तो ठूलो अवसर छ। परमेश्वर सत्यता व्यक्त गर्न र व्यक्तिगत रूपमा मानिसहरूलाई मुक्ति दिन देहधारी हुनुभएको छ। यदि तैँले सत्यता पछ्याइनस् र सत्यता प्राप्त गरिनस् भने, यो अत्यन्तै दयनीय कुरा हुनेछ। यदि तैँले सत्यता पछ्याएको थिइस्, र जोसले पछ्याएको थिइस्, तैपनि अन्त्यमा तैँले सत्यता बुझ्न सकिनस् भने, तँसँग शुद्ध विवेक हुनेथ्यो—कम्तीमा तैँले आफूलाई निराश तुल्याउनेथिइनस्। के तिमीहरूले अहिले आफ्नो पछ्याइ सुरु गरेका छौ? के कर्तव्य पूरा गर्नुलाई सत्यता पछ्याउनुका रूपमा गन्ती गर्न सकिन्छ? यो एकप्रकारको सहकार्यका रूपमा गन्ती हुन्छ, तर सत्यता पछ्याइ हासिल गर्ने हिसाबमा, र सत्यता पछ्याइको रूपमा गन्ती हुने हिसाबमा भने यो अझै त्यस स्तरमा पुगेको हुँदैन। यो त व्यवहारको एक रूप, एकप्रकारको कार्य मात्रै हो—यो त सत्यता पछ्याइको मनोवृत्ति हुनु हो। त्यसोभए, कुनै कुरा कसरी सत्यता पछ्याउने कार्यका रूपमा गन्ती हुन सक्छ त? तैँले यो कुरा सत्यता बुझेर सुरु गर्नुपर्छ। यदि तँ सत्यता बुझ्दैनस्, र कुनै पनि कुरालाई गम्भीरतापूर्वक लिँदैनस्, अनि कहिल्यै सत्यता खोजी नगरी वा सत्यता सिद्धान्तहरूमा ध्यान नदिई आफ्नो कर्तव्यमा झारा टार्छस्, र आफूखुसी गर्छस् भने, के तैँले सत्यता बुझ्न सक्नेछस्? यदि तँ सत्यता नै बुझ्दैनस् भने, कसरी सत्यता पछ्याउन सक्छस्? के त्यो साँचो होइन र? (हो।) सत्यता नपछ्याउनेहरू कस्ता मानिस हुन्? तिनीहरू मूर्ख हुन्। त्यसोभए, तँ कसरी सत्यता पछ्याउँछस्? तैँले यो कार्य सत्यता बुझेर सुरु गर्नुपर्छ। के सत्यता बुझ्नु कठिन हुन्छ? अहँ, हुँदैन। तैँले आफू सम्पर्कमा आउने वातावरण र आफूले निर्वाह गर्ने कर्तव्यबाट सुरु गर्, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास र तालिम गर्। यसो गर्दा, यसले तँ सत्यता पछ्याउने मार्ग हिँड्न थालेको छस् भन्ने देखाउँछ। सबैभन्दा पहिला, यी सिद्धान्तहरूबाट खोजी गर्न, मनन गर्न, प्रार्थना गर्न, र अलिअलि गर्दै अन्तर्दृष्टि प्राप्त गर्न थाल्—तैँले प्राप्त गर्ने त्यो अन्तर्दृष्टि नै तैँले बुझ्नुपर्ने सत्यता हो। पहिले आफ्नो कर्तव्य निर्वाहबाट सत्यता खोजी गर्, र सत्यता सिद्धान्तहरूअनुसारको कार्यलाई पछ्या। यी सबै कुरा: जीवनमा तैँले सामना गर्ने मानिस, घटना, र कामकुराहरू, र तेरो कर्तव्यको दायराभित्र पर्ने कुराहरू वास्तविक जीवनबाट अलग गर्न नसकिने हुन्छन्। ती कुराहरूबाट सुरु गर्, र सत्यता सिद्धान्तहरूको बुझाइ प्राप्त गर्—त्यसपछि तैँले जीवन प्रवेश पाउनेछस्।
अक्टोबर २३, २०१९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।