विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई) खण्ड छ

एकपटक एक व्यक्तिले परमेश्‍वरका भेटीहरू गुप्त रूपले दुरुपयोग गर्‍यो, जुन गम्भीर समस्या थियो, यो साधारण अपराध थिएन; यो उसको प्रकृति सारको समस्या थियो। जब ऊ कतिपय मामला सम्हाल्दा गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्थ्यो, तब ऊ आफूसँग पैसा र शक्ति छ भन्‍ने मानिसहरूलाई सोच्न लगाउन देखावा गरिरहन्थ्यो। परिणामस्वरूप, मानिसहरूले उसलाई पैसा सापट मागे। यस व्यक्तिले तिनीहरूलाई इन्कार गरेन मात्र होइन, बरु उल्टै तिनीहरूलाई पैसा ऋण दिनेसमेत वचन दियो, र त्यसपछि परमेश्‍वरको घरविरुद्ध छली तरकिब प्रयोग गरेर त्यसो गर्‍यो। यस व्यक्तिमा गम्भीर समस्या थियो। तैँले यस्तो ठूलो मामला आइपर्दा माथि रिपोर्ट गर्नुपर्छ, र तथ्यहरू व्याख्या गर्नुपर्छ; तैँले श्रेय पाउन र आत्मसम्मान जोगाउनको खातिर परमेश्‍वरका भेटीहरू प्रयोग गर्दै मानिसहरूसँग व्यवहार गर्नु हुँदैन। परमेश्‍वरको डर मान्ने हृदय भएको समझदार व्यक्तिले यस्ता कुराहरू सामना गर्दा तिनलाई यसरी नै सम्हाल्छ। तर के ख्रीष्टविरोधीहरू त्यसो गर्छन् त? तिनीहरूलाई किन ख्रीष्टविरोधी भनिन्छ? किनभने तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदै हुँदैन; तिनीहरू आफूले चाहेअनुसार काम गर्छन्, र परमेश्‍वर, सत्यता, र परमेश्‍वरका वचनहरूलाई बेवास्ता गर्छन्। तिनीहरूसँग परमेश्‍वरप्रति कुनै साँचो समर्पण हुँदैन, र तिनीहरू आफ्नै हित, आफ्नै ख्याति, प्राप्ति, र हैसियतलाई सबैभन्दा महत्त्व दिन्छन्। तिनीहरू मण्डली अगुवा र कामदारहरूलाई बहकाएर गैरविश्‍वासीहरूलाई पैसा ऋण दिन छलपूर्ण माध्यमहरू प्रयोग गर्छन्। के त्यो तिनीहरूको पैसा हो र? एक-दुई शब्दमै, तिनीहरू सापटी दिन्छन्—के त्यो परमेश्‍वरका भेटीहरूलाई उपहार बनाउनु होइन र? यो ख्रीष्टविरोधीहरूले गर्ने कुरा हो, र कतिपयले वास्तवमै यस्ता कुराहरू गरेका छन्। तिनीहरूले यस्तो काम गर्न सक्‍नका लागि, तिनीहरूको स्वभाव दुस्साहसी, अत्यन्तै अहङ्कारी र निकै अन्तर्घाती पनि हुनुपर्छ। के पनि प्रस्टै छ भने तिनीहरू मूर्ख, हुनसम्मको पटमूर्ख हुन्—तिनीहरू आफूले खनेको खाडलमा आफै पर्छन्। मलाई भन त, त्यस्ता मानिसहरूलाई कसरी तह लाउनुपर्छ? (तिनीहरूलाई निष्कासित गर्नुपर्छ।) त्यति मात्र? निष्कासन मात्र? कसले ती घाटाहरू पूर्ति गर्छ? तिनीहरूलाई क्षतिपूर्ति गर्न लाउनुपर्छ, त्यसपछि निष्कासित गर्नुपर्छ। ख्रीष्टविरोधीहरूले त्यस्तो काम गर्न सक्‍ने हुँदा, के तिनीहरू निर्लज्ज हुँदैनन् र? तिनीहरू प्रधान स्वर्गदूतभन्दा कसरी फरक हुन्छन् र? प्रधान स्वर्गदूतले लाजलज्जाविना भन्‍नेथ्यो, “स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने म नै हुँ—मानवजाति त मैले नियन्त्रण गर्ने कुरा हुन्!” यसले मानवजातिलाई मनलागी ढङ्गले कुल्चीमिल्ची पार्छ र भ्रष्ट तुल्याउँछ। जब ख्रीष्टविरोधीले शक्ति लिन्छ, तब त्यसले भन्छ, “तिमीहरू सबैले मलाई विश्‍वास गर्नुपर्छ र मलाई पछ्याउनुपर्छ। यहाँ म शासन गर्छु, र म नै अन्तिम निर्णय गर्छु। सबै मामलामा मलाई सोध, र मण्डलीको पैसा मकहाँ ल्याओ!” कति मानिसहरू भन्छन्, “हामीले तपाईंलाई मण्डलीको पैसा किन दिनुपर्‍यो?” अनि ख्रीष्टविरोधीले भन्छ, “म अगुवा हुँ। यसको व्यवस्थापन गर्नु मेरो अधिकारको कुरा हो। मैले भेटीलगायत सबै कुरा व्यवस्थापन गर्नुपर्छ!” अनि त्यसपछि, तिनीहरू सबै कुरा आफ्‍नो नियन्त्रणमा लिन्छन्। ख्रीष्टविरोधीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो जीवन प्रवेशमा केकस्ता समस्या वा कठिनाइहरू छन्, वा तिनीहरूलाई कुनकुन प्रवचनका पुस्तकहरू र परमेश्‍वरका वचनहरूको कमी छ भन्‍नेबारे वास्ता गर्दैनन्। तिनीहरूले वास्ता गर्ने भनेको त मण्डलीको पैसा कसले सुरक्षित राख्छ, र त्यो कति छ, र त्यसलाई कसरी प्रयोग गर्ने भन्‍ने मात्र हो। यदि माथिले त्यो मण्डलीको आर्थिक स्थितिबारे सोधपुछ गर्‍यो भने, तिनीहरूले मण्डलीको पैसा हस्तान्तरण नगर्ने मात्र होइनन्—तिनीहरू माथिलाई तथ्यहरूसमेत थाहा पाउन दिँदैनन्। किन तिनीहरू त्यसो गर्दैनन्? किनभने तिनीहरू मण्डलीको पैसा हिनामिना गर्न र आफ्नै लागि लिन चाहन्छन्। ख्रीष्टविरोधीहरूलाई भौतिक कुरा अनि पैसा, र हैसियतप्रति सबैभन्दा बढी चासो हुन्छ। तिनीहरू बाहिरी रूपमा जसरी बोल्छन्, त्यस्ता हुँदैनन्, “म परमेश्‍वरमा विश्‍वास गर्छु। म संसारको पछि लाग्दिनँ, र म पैसाको लोभ गर्दिनँ।” तिनीहरू आफूले बोलेजस्तो हुँदै हुँदैनन्। तिनीहरू किन आफ्ना सबै शक्तिले हैसियत पछ्याउने र त्यसलाई कायम राख्‍ने गर्छन्? किनभने तिनीहरू आफ्‍नो अधिकारभित्र पर्ने सबै कुरा खासगरी पैसा र भौतिक कुराहरू प्राप्त गर्न, वा नियन्त्रण र कब्जा गर्न चाहन्छन्। तिनीहरू यो पैसा र यी भौतिक कुराहरू आफ्नो हैसियतबाट आएका लाभ हुन् जस्तो गरी आनन्दसाथ प्रयोग गर्छन्। तिनीहरू नाम र तथ्य दुवैमा शैतानको प्रकृति सार भएका प्रधान स्वर्गदूतका खाँटी सन्तान हुन्। हैसियत पछ्याउने र पैसालाई महत्त्व दिने सबै मानिसको स्वभाव सारमा निश्‍चय नै समस्या हुन्छ। यो कुरा तिनीहरूमा ख्रीष्टविरोधी स्वभाव हुनुजस्तो सरल कुरा होइन: तिनीहरू अत्यन्तै महत्त्वाकाङ्क्षी हुन्छन्। तिनीहरू परमेश्‍वरको घरको पैसा नियन्त्रण गर्न चाहन्छन्। यदि तिनीहरूलाई कुनै कामको जिम्मेवारी दिइयो भने, सर्वप्रथम तिनीहरू अरूलाई हस्तक्षेप गर्न दिँदैनन्, न त माथिको सोधपुछ वा सुपरिवेक्षण नै स्वीकार गर्छन्; यसबाहेक, जब तिनीहरू कुनै पनि कामको सुपरिवेक्षक हुन्छन्, तब आफ्नो शान देखाउने, आफूलाई जोगाउने, र आफूलाई उचाल्ने उपायहरू खोज्छन्। तिनीहरू सधैँ सबैभन्दा माथि उठ्न, र अरूमाथि शासन र नियन्त्रण गर्ने मानिस बन्‍न चाहन्छन्। तिनीहरूले उच्च हैसियत प्रयोग गर्न र त्यसका लागि प्रतिस्पर्धा गर्न, र परमेश्‍वरको घरको हरेक भाग, र विशेषगरी यसको पैसा नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूलाई पैसाप्रति विशेष प्रेम हुन्छ। जब तिनीहरू पैसा देख्छन्, तब तिनीहरूको तीन नेत्र बल्छ; तिनीहरू आफ्नो दिमागमा सधैँ पैसाबारे र यसका लागि मेहनत गर्नेबारे सोचिरहेका हुन्छन्। यी सबै ख्रीष्टविरोधीहरूका चिन्ह र सङ्केतहरू हुन्। यदि तैँले तिनीहरूसँग सत्यतामा सङ्गति गरिस्, वा दाजुभाइ-दिदीबहिनीहरूको अवस्था जान्‍ने प्रयास गरिस्, र तिनीहरूमध्ये कति जना कमजोर र नकारात्मक छन्, तिनीहरू प्रत्येकले कर्तव्यमा केकस्ता परिणामहरू प्राप्त गरिरहेको छ, र तिनीहरूमध्ये कोको कर्तव्यका निम्ति उपयुक्त छैनन् भन्‍नेजस्ता प्रश्‍नहरू गरिस् भने, ख्रीष्टविरोधीहरूले चासो दिनेछैनन्। तर जब परमेश्‍वरका भेटीहरूको कुरा आउँछ—पैसा कति छ, यसको सुरक्षा कसले गरिरहेको छ, यसलाई कहाँ राखिएको छ, यसको पासकोड के हो, भन्‍नेकुरा आदि—तिनीहरूलाई सबैभन्दा बढी चासो लाग्‍ने कुरा यही हुन्छ। ख्रीष्टविरोधीलाई यी कुराहरूमा असाधारण ज्ञान हुन्छ। तिनीहरूले यी कुराहरू राम्ररी जानेका हुन्छन्। यो पनि ख्रीष्टविरोधीको सङ्केत हो। ख्रीष्टविरोधीहरू मिठा शब्दहरू बोल्न सिपालु हुन्छन्, तर तिनीहरू वास्तविक काम गर्दैनन्, बरु सधैँ परमेश्‍वरका भेटीहरूबाट आनन्द लिनेबारे सोचिरहन्छन्। मलाई भन त, के ख्रीष्टविरोधीहरू अनैतिक हुँदैनन्? तिनीहरूमा कुनै मानवता हुँदैन—तिनीहरू पूर्ण रूपमा दियाबलस हुन्। आफ्नो काममा, तिनीहरू सधैँ अरूको हस्तक्षेप, सोधपुछ, र सुपरिवेक्षण गर्न दिँदैनन्। ख्रीष्टविरोधीहरूको आठौँ प्रकटीकरणभित्रको तेस्रो व्यवहार यही हो।

केही समयअघि, एउटा देशको एउटा मण्डलीले भवन किन्यो, र यसलाई नवीकरण गर्नुपर्ने भयो, र संयोग के भयो भने त्यस देशको मण्डली अगुवा ख्रीष्टविरोधी थिई जसले अझै आफ्नो साँचो रूप देखाइसकेकी थिइन। त्यस ख्रीष्टविरोधीले कसैले नचिनेको एउटा व्यक्तिलाई नवीकरणको काम दिई, र ऊसँग उसको सम्‍बन्ध कस्तो थियो भन्‍ने कुरा कसैलाई थाहा थिएन। परिणामस्वरूप, त्यो दुष्ट व्यक्तिले त्यस परिस्थितिको फाइदा उठायो, र नवीकरणको काममा खर्च गर्नै नपर्ने धेरै पैसा खेर गयो। त्यो घरसँगै केही उपयोगी फर्निचरहरू आएका थिए, तर ती सबै हटाएर र त्यसको ठाउँमा नयाँ फर्निचर खरिद गरियो। त्यसपछि हटाइएका ती पुराना फर्निचर त्यो दुष्ट व्यक्तिले पैसाका लागि बेचिदियो। ती वास्तवमा भाँचिएका थिएनन्—तिनलाई अझै प्रयोग गर्न सकिन्थ्यो—तर त्यो दुष्ट व्यक्तिले पैसा कमाउन, र परिस्थितिको फाइदा उठाउन नयाँ फर्निचर किन्‍न थप रकम खर्च गर्‍यो। के त्यस ख्रीष्टविरोधीलाई यी कुराबारे थाहा थियो? थाहा थियो। त्यसोभए, उसले किन त्यसलाई त्यसरी व्यवहार गर्न अनुमति दिई? किनभने तिनीहरूको सम्बन्ध अवश्य नै अस्वाभाविक किसिमको थियो। कतिपय मानिसले समस्या देखे र तिनीहरूले यो कसरी अघि बढिरहेको छ भनेर हेर्न निर्माण कार्यबारे अनुगमन र जाँच गर्न लागेका थिए। तिनीहरूले निर्माण कार्य हेर्छौँ भनेर भन्‍नेबित्तिकै, त्यो ख्रीष्टविरोधी चिन्तित भई र अत्तालिई, अनि उसले भनी: “हुँदैन! अन्तिम म्याद अझै आइसकेको छैन—कसैले पनि हेर्न मिल्दैन!” उसको जबाफ अत्यन्तै कडा, अत्यन्तै संवेदनशील थियो—के यसभित्र केही कुरा भइरहेको थियो? (थियो।) अब अलिक सचेत भएका ती मानिसहरूले यस विषयमा छलफल गरे: “यसरी हुँदैन। उसले हामीलाई निर्माणकार्य हेर्न दिँदिन। यहाँ अवश्य नै समस्या छ; हामीले गएर यो स्थल हेर्नुपर्छ।” तर काम पूरा भएर हस्तान्तरण गर्ने बेला नभएसम्म ख्रीष्टविरोधीले यसलाई देखाउने थिइन। मलाई भन त, के ती मानिसहरू भ्रमित भएका थिएनन् र? त्यस ख्रीष्टविरोधीले निर्माणकार्य हेर्न नदिनुको अर्थ त्यहाँ केही भइरहेको थियो भनेर प्रमाण थियो। तिनीहरूले तुरुन्तै माथिलाई रिपोर्ट गर्नुपर्थ्यो, वा उसलाई संयुक्त रूपमा हटाउनुपर्थ्यो, वा गएर जबरजस्ती निर्माणकार्य निरीक्षण र जाँच गर्नुपर्थ्यो। त्यो तिनीहरूको जिम्मेवारी थियो। यदि तिनीहरूले त्यो जिम्मेवारी लिन सक्दैनथे भने, त्यसको अर्थ तिनीहरू व्यर्थका, र अयोग्य कायर थिए। ती अयोग्य कायरहरू अडिग रहन सकेनन्। यो तिनीहरूको आफ्नै घरको समस्या थिएन, त्यसकारण तिनीहरूले यसलाई बेवास्ता गरे। तिनीहरू त्यति स्वार्थी र गैरजिम्मेवार थिए। अनि जब काम पूरा भएर हस्तान्तरण गरियो, तब मैले एउटा भिडियोबाट त्यहाँ समस्या रहेछ भन्‍ने देखेँ। मैले के समस्या देखेँ? एउटा बैठक कोठाको बीचमा एउटा टेबल थियो, र यसको वरपर झकिझकाउ कार्यालयहरूमा प्रयोग गरिनेजस्तै छालाका कुर्सीहरू थिए। म बस्‍ने कुर्सीहरू सबै साधारण कुर्सी हुन्, त्यसकारण के ती साधारण मानिसहरूले त्यस्ता झकिझकाउ कुराहरू प्रयोग गर्नुपर्छ त? (पर्दैन।) ती दुईले राखेका फर्निचर त्यस्ता खालका थिए, र त्यहाँका मानिसहरूलाई ती सिटहरूमा बस्दा निकै खुसी लाग्यो। समस्या पत्ता लगाएपछि, मैले त्यस बेइमानलाई कल गरेँ र त्यस विषयमा अनुसन्धान गर्न थालेँ। सबैतिर र हरेक कोठामा जाँच गर्दा, धेरै समस्या रहेको र धेरै आर्थिक घाटा भएको कुरा पर्दाफास भयो। घरका पहिलेका केही फर्निचर प्रयोग गर्न लायक थिए, तैपनि त्यो दुष्ट व्यक्तिले ती निकालेर बेच्‍यो र पैसा लुँड्यायो; यति मात्र होइन, उसले ती महँगा र नयाँ फर्निचरहरू किन्दा पनि थप पैसा लुँड्यायो; त्यसबाहेक, त्यसले मण्डलीमा राख्‍न नहुने केही उपकरणहरू पनि मण्डलीमा राखिदियो। त्यो दुष्ट व्यक्तिले कसैसँग सल्लाह नलिई यो काम गरेको थियो। जब उसले यसो गर्‍यो, तब के त्यस ख्रीष्टविरोधीलाई यसबारे थाहा थियो? उसलाई पक्‍कै पनि थाहा थियो। ऊ हरेक दिन काम गर्ने ठाउँमा जान्थी, र त्यो कुरा देखेपछि, उसले कुनै रिपोर्ट गरिन, बरु उल्टै उसले गरेको फजुल खर्चमा सहमति जनाई। कस्तो दुस्‍साहस! के ऊ परमेश्‍वरको विश्‍वासी हो त? परमेश्‍वरमा २० वर्ष विश्‍वास गरेपछि पनि, ऊ यति घृणित थिई, र उसले यस्तो काम गरी—ऊ कस्तो व्यक्ति हो? ऊ त व्यक्ति नै होइन! गैरविश्‍वासीहरूमाझ रहेका असल मानिसहरूले पनि त्यसो गर्दैनन्; कस्तो अनैतिकता! माथिले निर्माणकार्यबारे उसलाई हरेकपटक सोध्दा, उसले माथिको आँखामा छारो हाल्‍न आफूले नजानेजस्तो नाटक गरी, र कुराहरू ढाकछोप गरी र लुकाई, अनि अन्त्यमा धेरै समस्या पैदा भए। त्यसोभए, के उसलाई निष्कासित गरेर घाटा क्षतिपूर्ति गर्नका लागि पैसा कमाउन जागिर खोज्‍न लाउनु अतिशय हुनेथ्यो? (हुनेथिएन।) मलाई भन त, त्यस ख्रीष्टविरोधीले पैसा फर्काउन सके पनि, के उसले यस जीवनमा शान्ति पाउनेथी? के उसले सहज समय पाउन सक्थी? मलाई त लाग्छ उसले आफ्नो सारा जीवन कष्ट भोगेर बिताउनुपर्नेछ। यदि उसको व्यवहारले यस्तो अवस्था ल्याउनेछ भनेर उसलाई थाहा थियो भने, त्यो बेला उसले आखिर किन यस्तो काम गरी त? आखिर उसले किन त्यसो गरी? यो उसले परमेश्‍वरमा विश्‍वास गरेको एक-दुई वर्ष मात्रै भएको कुरा पनि थिएन र उसलाई उहाँको घरका नियमहरू थाहा नभएको, वा परमेश्‍वरको डर मान्ने हृदय हुनु भनेको के हो, वा बफादारी भनेको के हो भन्‍ने कुरा थाहा नभएको पनि होइन—उहाँमा विश्‍वास गरेको यति धेरै वर्षपछि पनि, ऊ पटक्‍कै परिवर्तन भएकी थिइन, र उसले थोरै सेवा दिन सकेकी भए पनि, उसले अझै यस्तो दुष्कर्म गरी! यति घृणित भएकामा, उसलाई निश्‍चय नै हटाइनुपर्छ र ऊ श्रापित हुनुपर्छ!

ख्रीष्टविरोधीहरूको कार्य शैलीमा एउटा कुरा आम हुन्छ: तिनीहरूले जुनसुकै काम गरिरहेको भए पनि, अरूलाई हस्तक्षेप वा सोधपुछ गर्न दिँदैनन्। तिनीहरूले सधैँ कुरा लुकाउन र ढाकछोप गर्न चाहन्छन्। तिनीहरूसित कुनै गुप्‍त योजना हुनैपर्छ; त्यसैले तिनीहरू मानिसहरूलाई आफ्नो कामका समस्याहरू पत्ता लगाउन दिँदैनन्। यदि तिनीहरूले सत्यता र सिद्धान्तहरूअनुरूप, र सफा विवेकले सिधा र स्पष्ट तरिकाले काम गर्ने हो भने, तिनीहरूले केबारे चिन्ता गर्नुपर्छ र? त्यसमा केचाहिँ उल्लेख गर्न नसकिने हुन्छ र? तिनीहरू किन अरूलाई सोधपुछ र हस्तक्षेप गर्न दिँदैनन्? तिनीहरूलाई केको चिन्ता लाग्छ? तिनीहरूलाई केको डर लाग्छ? स्पष्टतया, तिनीहरूले केही न केही योजना बनाएका हुन्छन्—यो अत्यन्तै स्पष्ट कुरा हो! ख्रीष्टविरोधीहरू कुनै पारदर्शिताविना काम गर्छन्। जब तिनीहरूले कुनै खराब काम गरेका हुन्छन्, तब यसलाई लुकाउने र ढाकछोप गर्ने तरिकाहरू सोच्छन्, देखावटी झूटहरू बनाउँछन्, र स्पष्ट छलमा संलग्‍नसमेत हुन्छन्। यसका परिणामहरू केके हुन्? परमेश्‍वर सबै कुरा छानबीन गर्नुहुन्छ, र अरू मानिसलाई केही समयका लागि कुनै कुराबारे थाहा नहुने भए पनि, र तिनीहरू केही समयका लागि बहकाउमा पर्न सके पनि, परमेश्‍वरले यो सब प्रकाश गर्ने दिन आउने नै छ। परमेश्‍वरको नजरमा, सबै कुरा स्पष्ट हुन्छ, सबै कुरा प्रकट हुन्छ। तैँले परमेश्‍वरबाट कुनै कुरा लुकाउनु व्यर्थ छ। उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, र जब उहाँ तेरो प्रकाश गर्ने निर्णय गर्नुहुन्छ, तब सबै कुरा स्पष्टसित उदाङ्गो हुनेछन्। आत्मिक बुझाइ नभएका, र प्रधान स्वर्गदूतको प्रकृति भएका ती मूर्खहरू, अर्थात् ख्रीष्टविरोधीहरू मात्रै यस्तो विश्‍वास गर्छन्, “यदि मैले कडाइसाथ कुराहरू ढाकछोप गरेँ, र तपाईँलाई हस्तक्षेप वा सोधपुछ गर्न दिइनँ, र तपाईँलाई यी कुराहरू सुपरिवेक्षण गर्न दिइनँ भने तपाईँलाई केही थाहा हुनेछैन—अनि यो मण्डली पूर्ण रूपमा मेरो नियन्त्रणमा हुनेछ!” तिनीहरूलाई आफूले राजाका रूपमा शासन गरेमा, परिस्थिति नियन्त्रण गर्न सकिन्छ भन्‍ने लाग्छ। के परिस्थिति वास्तवमै र साँच्‍चिकै यस्तै हुन्छ त? तिनीहरूलाई परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने थाहा हुँदैन; तिनीहरूको चलाकीपन स्वघोषित हुन्छ। परमेश्‍वर सबै कुरा छानबीन गर्नुहुन्छ। उदाहरणका लागि, मानौँ तैँले आज दुष्कर्म गरेको छस्। परमेश्‍वरले यसबारे छानबीन गर्नुहुन्छ, तर उहाँ तँलाई प्रकाश गर्नुहुन्न—उहाँले तँलाई पश्‍चात्ताप गर्ने मौका दिइरहनुभएको हुन्छ। भोलि फेरि तँ दुष्कर्म गर्छस्, र फेरि पनि तैँले यसबारे लेखा दिँदैनस् वा पश्‍चात्ताप गर्दैनस्; परमेश्‍वर तँलाई अझै मौका दिनुहुन्छ, र तैँले पश्‍चात्ताप गर्छस् कि भनेर प्रतीक्षा गर्नुहुन्छ। तर यदि तैँले पश्‍चात्ताप गरिनस् भने, परमेश्‍वर तँलाई त्यो मौका दिन चाहनुहुन्न। उहाँले तँलाई घृणा र तिरस्कार गर्नुहुनेछ, र हृदयबाटै तँलाई मुक्ति दिन चाहनुहुनेछैन, र उहाँले तँलाई पूर्ण रूपमा त्याग्‍नुहुनेछ। त्यस्तो अवस्थामा, उहाँले तँलाई केही मिनेटमै प्रकाश गर्नु हुनेछ, र तैँले ढाकछोप गर्न वा यसलाई रोक्‍न जेजसरी प्रयास गरे नि, त्यो व्यर्थ हुनेछ। तेरो हात जति नै ठूलो भए नि, के त्यसले आकाश छेक्‍न सक्छ र? तँ जति नै सक्षम भए नि, के तँ परमेश्‍वरको नजर छोप्‍न सक्छस् र? (सक्दिनँ।) ती मानिसका मूर्ख विचारहरू हुन्। जहाँसम्‍म सर्वशक्तिमान् परमेश्‍वर वास्तवमा कति सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुरा छ, यो कुरा मानिसहरूले पहिले नै उहाँका वचनहरूमा केही मात्रामा अनुभव गर्न सकेका छन्। त्यसबाहेक, ठूलो दुष्कर्म गरेका र परमेश्‍वरको विरोध गर्ने यो भ्रष्ट मानवजातिका सबै सदस्यले प्रत्यक्ष रूपमा विभिन्‍न दण्ड सामना गरेका छन्, र यो कुरा देख्‍ने सबै जना पूर्ण रूपमा विश्‍वस्त हुन्छन्, र यसलाई प्रतिशोध मान्छन्। गैरविश्‍वासीहरूले समेत परमेश्‍वरको धार्मिकताले कुनै उल्लङ्घन सहँदैन भनेर देख्‍न सक्छन्, त्यसकारण उहाँमा विश्‍वास गर्नेहरूले यो कुरा अझै बढी देख्‍न सक्नुपर्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि अमापनीय छ। मानिसले यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैन। एउटा गीत नै छ—त्यसले के भन्छ? (“परमेश्‍वरका कार्यहरू मापन गर्न सकिँदैन।”) यो परमेश्‍वरको सार हो, उहाँको पहिचान र सारको साँचो प्रकटीकरण हो। तेरा अड्कल वा अनुमानहरू आवश्यक छैनन्। तैँले यी वचनहरूमा विश्‍वास गरे मात्रै पुग्छ—त्यसपछि तैँले त्यस्ता मूर्ख कामकुरा गर्नेछैनस्। सबै मानिस आफूलाई चलाख ठान्छन्; तिनीहरू पातले आँखा छोप्छन् र भन्छन्, “मलाई देख्‍न सक्‍नुहुन्छ?” परमेश्‍वर भन्‍नुहुन्छ, “मैले तँलाई पूरै देख्‍न सक्‍ने मात्र होइन, म तेरो हृदय पनि देख्‍न सक्छु, र तँ मानव संसारमा कतिचोटि आएको छस् भनेर पनि देख्‍न सक्छु,” अनि मानिसहरू तीनछक्‍क पर्छन्। आफूलाई चलाख नठान्; यस्तो नसोच्, “परमेश्‍वरलाई यसबारे थाहा छैन, र उहाँलाई त्यसबारे थाहा छैन। कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूले देखेनन्। कसैलाई थाहा छैन। मेरो आफ्नै सानो युक्ति छ। म कति चलाख छु हेर त!” सत्यता नबुझ्ने वा परमेश्‍वर सबैमाथि सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास नगर्ने यस संसारका कुनै पनि मानिस चलाख हुँदैन। तिनीहरूले जे भने नि वा जे गरे नि, अन्त्यमा त्यो सबै गलत हुन्छ, त्यो सबै सत्यता उल्लङ्घन गर्ने, त्यो सबै परमेश्‍वरको प्रतिरोध गर्ने हुन्छ। चलाख त एक प्रकारको व्यक्ति मात्रै हुन्छ। त्यो कस्तो प्रकारको हो? त्यो परमेश्‍वर सबै कुरा छानबीन गर्नुहुन्छ, उहाँ सबै कुरा देख्‍न सक्नुहुन्छ, र उहाँ सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्ने प्रकारको व्यक्ति हो। त्यस्ता मानिसहरू अत्यन्तै चलाख हुन्छन्, किनभने तिनीहरू आफूले गर्ने सबै कुरामा परमेश्‍वरप्रति समर्पित हुन्छन्; तिनीहरूले गर्ने सबै कुरा सत्यताअनुरूप हुन्छ, त्यो सबलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्छ, र आशिष् दिनुहुन्छ। व्यक्ति चलाख छ कि छैन भन्‍ने कुरा ऊ परमेश्‍वरमा समर्पित हुन सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ; यो उसले भनेको र गरेको कुरा सत्यताअनुरूप छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो विचार छ भने: “यस विषयमा मलाई यस्तो लाग्छ, र मलाई त्यही गर्न मन लाग्छ, किनभने यसले मलाई फाइदा पुर्‍याउँछ—तर म अरूलाई यो कुरा बताउन चाहन्नँ, न त म तिनीहरूले यसबारे थाहा पाऊन् भन्‍ने नै चाहन्छु”—के यो सोच्ने सही तरिका हो? (होइन।) त्यो सोच्ने सही तरिका होइन भन्‍ने महसुस गरेपछि तैँले के गर्नुपर्छ? तैँले आफूलाई पाठ सिकाउन, आफूलाई मज्‍जाले थप्‍पड हान्‍नुपर्छ। यदि तैँले भनिनस् भने, के तँलाई परमेश्‍वरले थाहा पाउनुहुनेछैन भन्‍ने लाग्छ? वास्तवमा तैँले त्यो विचार गरिरहेको बेला परमेश्‍वर तेरो हृदय जान्‍नुहुन्छ। उहाँ कसरी जान्‍नुहुन्छ? परमेश्‍वरले मानिसको प्रकृति सार देख्‍नुभएको छ। त्यसोभए, उहाँ किन यस विषयमा तँलाई खुलासा गर्नुहुन्न? उहाँले खुलासा नगरे पनि, तैँले आफै क्रमिक रूपमा यो कुरा बुझ्न सक्‍नेछस्, किनभने तैँले उहाँका धेरै वचन खाएको र पिएको छस्। तँसँग विवेक र समझ, दिमाग, र सामान्य सोचाइ छ; तैँले आफै सही के हो र गलत के हो भनेर पत्ता लगाउन सक्नुपर्छ। तँ मूर्ख छस् कि छैनस् भनेर हेर्न परमेश्‍वरले तँलाई बिस्तारै राम्रोसित विचार गर्ने समय र मौका दिइरहनुभएको छ। केही दिनसम्म यस विषयमा विचार गरेपछि तैँले परिणामहरू देख्‍नेछस्: त्यसपछि तैँले तँ मूर्ख र अबुझ होस्, र तैँले यो मामला परमेश्‍वरबाट लुकाउने प्रयास गर्नु हुँदैन भन्‍ने कुरा जान्‍नेछस्। सबै विषयमा, तैँले सबै कुरा परमेश्‍वरको अघि उदाङ्गो पार्नुपर्छ र तँ खुलस्त हुनुपर्छ—यो एकमात्र सर्त र अवस्था हो जुन परमेश्‍वरको अगाडि कायम राखिनुपर्छ। तँ खुलस्त नहुँदा पनि, तँ परमेश्‍वरको अगाडि खुला हुन्छस्। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, तँ यसबारे खुलस्त हुन्छस् कि हुँदैनस् भन्ने कुरा उहाँलाई थाहा हुन्छ। यदि तँ त्यसको वास्तविकतालाई देख्‍न सक्दैनस् भने के अत्यन्तै मूर्ख छैनस् र? त्यसोभए, तँ कसरी बाठो व्यक्ति हुन सक्छस् त? परमेश्‍वरको अघि आफूलाई उदाङ्गो पारेर। तँलाई थाहा छ, परमेश्‍वर सबै कुरा छानबीन गर्नुहुन्छ र सबै कुरा जान्‍नुहुन्छ, त्यसैले आफूलाई चलाख नठान्, अनि उहाँले थाहा पाउनुहुन्‍न होला भन्‍ने नसोच्; परमेश्‍वरले गोप्य रूपमा मानिसहरूको हृदय नियाल्नुहुने हुनाले, बाठा मानिसहरू अझ खुलस्त, अझ शुद्ध र इमानदार हुनुपर्छ—यसो गर्नु बुद्धिमानी काम हो। सधैँ आफू चलाख छु भन्‍ने लाग्नु; सधैँ आफ्ना ससाना रहस्यहरू लुकाएर राख्‍ने इच्छा गर्नु; सधैँ अलि गोपनीयता कायम राख्‍ने प्रयास गर्नु—के त्यो सोच्ने सही तरिका हो? अरूसँग त्यस्तो व्यवहार गर्नु ठिकै हुन्छ, किनभने कतिपय मानिस सकारात्मक चरित्रका हुँदैनन् र तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। यस्ता मानिसहरूसँग तैँले केही कुरा लुकाउन सक्छस्। तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो नपार्। उदाहरणका लागि, मानौँ तैँले घृणा गर्ने व्यक्ति छ, र तैँले उसको पिठ्यूँपछाडि उसका बारेमा नराम्रो कुरा बोलेको छस्। के तैँले उसलाई यसबारे बताउनुपर्छ? पर्दैन—त्यस्तो कुरा फेरि नगर्नु मात्रै पनि पर्याप्त हुन्छ। यदि तैँले यसबारे कुरा गरिस् भने, यसले तिमीहरूबीचको सम्बन्धमा असर गर्नेछ। तँलाई आफू असल छैनँ, भित्री रूपमा फोहोरी र दुष्ट छु, अरूप्रति डाहा गर्छु, ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्न अरूको पिठ्यूँपछाडि कसैको चरित्र हत्या गर्दै खराब कुरा बोलेको छु भन्ने आफ्नो हृदयमा थाहा हुन्छ—कस्तो नीचता! तँ आफू भ्रष्ट छु भन्‍ने कुरा स्वीकार गर्छस्; तँलाई आफूले गरेको कुरा गलत हो, र आफ्नो प्रकृति दुष्ट छ भन्ने थाहा हुन्छ। त्यसपछि तँ परमेश्‍वरसामु आएर उहाँलाई प्रार्थना गर्छस्: “हे परमेश्‍वर, मैले गुप्त रूपमा जे गरेँ त्यो दुष्ट र नीच कुरा थियो—मलाई क्षमा दिनुहोस्, मलाई अगुवाइ गर्नुहोस्, र मलाई हप्काउनुहोस्। म फेरि त्यस्तो कुरा नगर्न प्रयास गर्नेछु।” यसो गर्नु ठिक हो। तैँले मानिसहरूसँगको अन्तरक्रियामा केही चलाकी प्रयोग गर्न सक्छस्, तर परमेश्‍वरअघि आफूलाई खुलस्त गर्नु नै सबैभन्दा राम्रो हुन्छ, र यदि तँ अभिप्रायहरू लुकाएर राख्छस् र चलाकीहरू प्रयोग गर्छस् भने, समस्यामा पर्नेछस्। तँ आफ्‍नो मनमा सधैँ सोच्छस्, “परमेश्‍वरलाई मेरो बारेमा उच्च सोच राख्ने र मैले भित्र सोचेको कुरा थाहा नपाउने तुल्याउन म के भन्‍न सक्छु? भन्‍नुपर्ने सही कुरा के हो? मैले धेरै कुरा मसँगै राख्‍नुपर्छ, म झन् बढी होसियार हुनुपर्छ, मसँग विधि हुनुपर्छ; तब सायद परमेश्‍वरले मलाई उच्च ठान्‍नुहुनेछ।” के तँ तैँले सधैँ यसरी सोचिरहिस् भने परमेश्‍वरलाई थाहा हुनेछैन भन्‍ने सोच्छस्? परमेश्‍वर तैँले जे सोचे पनि थाहा पाउनुहुन्छ। यसरी सोच्‍नु थकाइलाग्दो हुन्छ। इमानदार र साँचो बोल्‍नु धेरै सरल हुन्छ, र यसले तेरो जीवन झन् सहज बनाउँछ। परमेश्‍वरले तँ इमानदार र शुद्ध छस्, तँ खुला हृदयको छस् भन्‍नुहुनेछ—र यो असीमित रूपमा अमूल्य हुन्छ। यदि तँसँग खुलस्त हृदय र इमानदार मनोवृत्ति छ भने, तँ धेरै टाढा गएर मूर्खतापूर्वक काम गर्दा पनि, परमेश्‍वरका निम्ति यो अपराध हुनेछैन; यो तँ यति धूर्त बन्‍नुभन्दा असल हुन्छ र तेरो निरन्तरको चिन्तन तथा प्रशोधनभन्दा असल हुन्छ। के ख्रीष्टविरोधीहरूले यी कुराहरू गर्न सक्छन्? (अहँ, सक्दैनन्।)

ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने सबै जना ख्रीष्टविरोधी स्वभावका मानिस हुन्, र ख्रीष्टविरोधी स्वभावका मानिसहरू हिँड्ने मार्ग ख्रीष्टविरोधीहरूको मार्ग हो—तैपनि ख्रीष्टविरोधी स्वभावका मानिस र ख्रीष्टविरोधीहरूबीच अलि भिन्‍नता हुन्छ। यदि कुनै व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव छ र ऊ ख्रीष्टविरोधीहरूको मार्ग हिँड्छ भने, त्यसले ऊ ख्रीष्टविरोधी नै हो भन्‍ने कुरा जनाउँदैन। तर यदि उसले पश्‍चात्ताप गर्दैन र सत्यता स्वीकार गर्न सक्दैन भने, ऊ ख्रीष्टविरोधी बन्‍न सक्छ। ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने मानिसहरूले अझै पनि पश्‍चात्ताप गर्ने आशा र मौका हुन्छ, किनभने तिनीहरू अझै ख्रीष्टविरोधी बनिसकेका हुँदैनन्। यदि तिनीहरूले धेरै किसिमका दुष्ट कामकुरा गरे र तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरियो, र तिनीहरूलाई तुरुन्तै निकालियो र निष्कासित गरियो भने, तिनीहरूले त्यसउप्रान्त पश्‍चात्ताप गर्ने मौका पाउनेछैनन्। यदि ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने व्यक्तिले अझै धेरै दुष्ट कामकुरा गरेको छैन भने, यसले कम्तीमा पनि ऊ अझै दुष्ट व्यक्ति होइन भन्‍ने देखाउँछ। यदि उसले सत्यता स्वीकार गर्न सक्छ भने, उसका लागि आशाको किरण बाँकी हुन्छ। यदि तिनीहरू सत्यता स्वीकार गर्दैनन् भने, चाहे जेसुकै होस्, तिनीहरूले हरकिसिमका दुष्कर्म नगरे पनि, मुक्ति पाउन तिनीहरूलाई एकदमै गाह्रो हुनेछ। किन ख्रीष्टविरोधीले मुक्ति पाउन सक्दैन? किनभने तिनीहरू सत्यता अलिकति पनि स्वीकार गर्दैनन्। परमेश्‍वरको घरले इमानदार व्यक्ति बन्‍नेबारे जसरी सङ्गति गरे पनि—व्यक्तिले कसरी खुलस्त र स्पष्ट बन्‍नुपर्छ, खुलेर भन्‍नुपर्ने कुरा भन्‍नुपर्छ, र छलमा संलग्‍न हुनु हुँदैन भन्‍नेबारे जसरी सङ्गति गरे पनि—तिनीहरू त्यो स्वीकार गर्न सक्दैनन्। तिनीहरू मानिसहरू इमानदार भए भने तिनीहरूलाई घाटा हुन्छ र सत्य बोल्नु मूर्खता हो भन्‍ने निरन्तर महसुस गर्छन्। तिनीहरू इमानदार व्यक्ति नबन्‍न एकदमै दृढ हुन्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति यही हो, जुन सत्यताप्रति वितृष्णा राख्ने र यसलाई घृणा गर्ने हुन्छ। यदि कसैले अलिकति पनि सत्यता स्वीकार गर्दैन भने, उसले कसरी मुक्ति पाउन सक्छ र? यदि ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने व्यक्तिले सत्यता स्वीकार गर्न सक्छ भने, ऊ र ख्रीष्टविरोधीबीच स्पष्ट भिन्‍नता हुन्छ। सबै ख्रीष्टविरोधी अलिकति पनि सत्यता स्वीकार नगर्ने मानिस हुन्। तिनीहरूले जति नै धेरै गलत वा दुष्ट कुराहरू गरेका भए पनि, मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूमा जति नै ठूलो घाटा ल्याएका भए पनि, कहिल्यै आत्मचिन्तन गर्नेछैनन् र आफूलाई चिन्‍नेछैनन्। तिनीहरूलाई काटछाँट गरिए पनि, तिनीहरू सत्यता पटक्‍कै स्वीकार गर्दैनन्; त्यसैले मण्डलीले तिनीहरूलाई दुष्ट मानिस, ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छ। ख्रीष्टविरोधीले बढीमा उसका कार्यहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन् र ती सत्यताअनुरूप छैनन् भन्‍ने कुरा मात्रै स्वीकार गर्नेछ, तर तिनीहरूले जानीजानी दुष्कर्म गर्छन्, वा जानीजानी परमेश्‍वरको विरोध गर्छन् भन्‍ने कुरा कहिल्यै स्वीकार गर्नेछैन। तिनीहरू गल्तीहरू मात्रै स्वीकार गर्छन्, तर सत्यता स्वीकार गर्दैनन्; त्यसपछि, तिनीहरू कुनै सत्यता अभ्यास नगरी पहिलेजस्तै दुष्कर्म गरिरहन्छन्। ख्रीष्टविरोधीले कहिल्यै सत्यता स्वीकार गर्दैन भन्‍ने तथ्यबाट के देख्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति वितृष्णा राख्नु र यसलाई घृणा गर्नु हो। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सधैँजस्तै परमेश्‍वरको विरोध गर्ने मानिस नै रहिरहन्छन्। अर्कोतर्फ, साधारण र भ्रष्ट मानवजाति सबैमा ख्रीष्टविरोधी स्वभाव हुन सक्छ, तर तिनीहरू र ख्रीष्टविरोधीहरूबीच भिन्‍नता हुन्छ। धेरै मानिस यस्ता पनि छन्, जो परमेश्‍वरका न्याय र खुलासाका वचनहरू सुनेपछि तिनलाई हृदयमा राख्‍न सक्‍छन्, र तिनका बारेमा बारम्बार मनन गर्न, र आत्मचिन्तन गर्न सक्‍छन्। त्यसपछि, तिनीहरूले यस्तो महसुस गर्न सक्छन्, “त्यसको मतलब, त्यो ख्रीष्टविरोधी स्वभाव हो; ख्रीष्टविरोधीहरूको मार्ग हिँड्नु भनेको त्यही हो। कस्तो गम्भीर समस्या! ममा ती स्थिति र व्यवहारहरू छन्; ममा त्यस्तो सार छ—म त्यस्तो व्यक्ति हुँ!” त्यसपछि तिनीहरू त्यो ख्रीष्टविरोधी स्वभाव कसरी त्याग्‍न र साँचो रूपमा पश्‍चात्ताप गर्न सकिन्छ भनेर विचार गर्छन्, र त्यसपछि तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्गमा नहिँड्ने सङ्कल्प गर्न सक्छन्। तिनीहरूले आफ्नो काम र जीवनमा मानिस, घटना, र परिस्थितिहरू अनि परमेश्‍वरको आज्ञाप्रतिको आफ्नो मनोवृत्तिमा आफ्नो कार्य र व्यवहारबारे मनन गर्न सक्छन्, र आफू किन परमेश्‍वरमा समर्पित हुन सक्दिनँ, किन आफू सधैँ शैतानी स्वभावअनुसार जिइरहेको हुन्छु, किन आफूले देह र शैतानविरुद्ध विद्रोह गर्न सक्दिनँ भन्‍नेबारे मनन गर्न सक्छन्। त्यसकारण, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नेछन्, र उहाँको न्याय र सजाय स्वीकार गर्नेछन्, र तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव र शैतानको प्रभावबाट मुक्ति दिन परमेश्‍वरलाई बिन्ती गर्नेछन्। तिनीहरूमा यसो गर्ने सङ्कल्प हुन्छ भन्‍ने तथ्यले तिनीहरू सत्यता स्वीकार गर्न सक्छन् भन्‍ने कुरा प्रमाणित गर्छ। त्यसैगरी तिनीहरू भ्रष्ट स्वभाव पनि प्रकट गर्छन्, र आफ्नै इच्छाअनुसार काम पनि गर्छन्; तर भिन्‍नता के हो भने, ख्रीष्टविरोधीले स्वतन्त्र राज्य स्थापना गर्ने महत्त्वाकाङ्क्षा र चाहनाहरू मात्रै राख्दैनन्—तिनीहरू त जेसुकै होस् सत्यता पनि स्विकार्दैनन्। यो ख्रीष्टविरोधीको मुख्य कमजोरी हो। अर्कोतर्फ, यदि ख्रीष्टविरोधी स्वभाव भएको व्यक्तिले सत्यता स्विकार्न, र परमेश्‍वरलाई प्रार्थना गर्न अनि उहाँमा भरोसा गर्न सक्छ भने, र यदि ऊ शैतानको भ्रष्ट स्वभाव त्याग्‍न, र सत्यता खोजी गर्ने मार्गमा हिँड्न चाहन्छ भने, त्यो प्रार्थना र त्यो सङ्कल्पले उसको जीवन प्रवेशमा केकस्ता तरिकाले फाइदा गर्छ? यसले कम्तीमा पनि उसलाई आत्मचिन्तन गर्न र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफूलाई चिन्‍न, र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न मद्दत गर्छ, ताकि ऊ मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य पूरा गर्न पुगोस्। यसले उसलाई फाइदा गर्ने एउटा तरिका त्यही हो। त्यसबाहेक, आफ्नो कर्तव्य निर्वाह गर्दा उसले प्राप्त गर्ने तालिमले गर्दा, ऊ सत्यता खोजी गर्ने मार्ग हिँड्न सक्छ। उसले जुनसुकै कठिनाइहरू सामना गरे पनि, सत्यता खोजी गर्न, सत्यता स्विकार्न र अभ्यास गर्न ध्यान दिन सक्छ; उसले क्रमिक रूपमा आफ्नो शैतानी स्वभाव त्याग्‍न, र परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्छ। त्यसरी अभ्यास गरेर उसले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ। ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूले कहिलेकाहीँ भ्रष्टता प्रकट गर्न सक्छन्, र तिनीहरूले नचाहेर पनि अझै आफ्नै ख्याति, प्राप्ति, र हैसियतको हितमा बोल्न र व्यवहार गर्न सक्छन्, र अझै पनि आफ्नै इच्छाअनुसार काम गर्न सक्छन्—तर आफूले भ्रष्ट स्वभाव प्रकट गरिरहेको छु भन्‍ने महसुस गर्नेबित्तिकै, तिनीहरू पछुतो मान्‍छन्, र परमेश्‍वरलाई प्रार्थना गर्छन्। यसले तिनीहरू सत्यता स्वीकार गर्न सक्‍ने, र परमेश्‍वरको काममा समर्पित हुने मानिस हुन् भन्‍ने कुरा प्रमाणित गर्छ; यसले तिनीहरूले जीवन प्रवेश पछ्याइरहेका छन् भन्‍ने कुरा साबित गर्छ। यस्ता व्यक्तिले जति नै वर्ष अनुभव गरेका भए पनि, र जति नै धेरै भ्रष्टता प्रकट गरेका भए पनि, तिनीहरू अन्ततः सत्यता स्वीकार गर्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। तिनीहरू परमेश्‍वरको काममा समर्पित हुने मानिसहरू हुन्। अनि तिनीहरूले यो सब गरेपछि, यसले तिनीहरूले पहिले नै साँचो मार्गमा आफ्नो जग बसालेका छन् भन्‍ने कुरा देखाउँछ। तर ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने कतिपय मानिस सत्यता स्वीकार गर्न सक्दैनन्। मुक्ति पाउन ख्रीष्टविरोधीहरूलाई जति गाह्रो हुन्छ, तिनीहरूलाई पनि त्यति नै गाह्रो हुन्छ। त्यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू सुन्दा केही महसुस गर्दैनन्, बरु उदासीन र भावशून्य हुन्छन्। जब सङ्गति ख्रीष्टविरोधी स्वभावको विषयतिर मोडिन्छ, तब तिनीहरू आफूमा ख्रीष्टविरोधी स्वभाव छ र आफू ख्रीष्टविरोधीहरूको मार्ग हिँडिरहेको छु भन्‍ने कुरा स्वीकार गर्छन्। तिनीहरू यसबारे निकै राम्रो कुरा गर्छन्। तर जब सत्यता अभ्यास गर्ने समय आउँछ, तब तिनीहरू त्यो गर्न इन्कार गर्छन्; अझै पनि तिनीहरू आफ्नै इच्छाअनुसार, आफ्नै ख्रीष्टविरोधी स्वभावमा भर परेर काम गर्छन्। यदि तैँले तिनीहरूलाई “तपाईँलाई आफूले ख्रीष्टविरोधी स्वभाव प्रकट गर्दा हृदयमा द्वन्द्व हुन्छ? आफ्नो हैसियत रक्षा गर्न बोल्दा, के तपाईँलाई आत्मग्लानि महसुस हुन्छ? जब तपाईँ ख्रीष्टविरोधी स्वभाव प्रकट गर्नुहुन्छ, तब के तपाईँ आत्मचिन्तन गर्नुहुन्छ र आफूलाई चिन्‍नुहुन्छ? आफ्नो भ्रष्ट स्वभावबारे थाहा पाएपछि के तपाईँलाई हृदयमा पछुतो हुन्छ? के त्यसपछि तपाईँ पश्‍चात्ताप गर्नुहुन्छ वा बद्लिनुहुन्छ?” भनेर सोधिस् भने, तिनीहरूले पक्कै पनि कुनै उत्तर दिँदैनन्, किनभने तिनीहरूले त्यस्तो कुनै कुरा अनुभव गरेका हुँदैनन्। तिनीहरू केही पनि भन्‍न सक्दैनन्। के यस्ता मानिसहरू साँचो पश्‍चात्ताप गर्न सक्छन्? अवश्य नै, यो काम सजिलो हुँदैन। साँचो रूपमा सत्यता खोजी गर्नेहरूलाई आफूभित्र रहेको ख्रीष्टविरोधी स्वभावको कुनै पनि प्रकटीकरणले पीडा दिन्छ, र तिनीहरू चिन्तित हुन्छन्; तिनीहरू यस्तो सोच्छन्: “मैले किन यो शैतानी स्वभाव त्याग्‍न सक्दिनँ? म किन सधैँ भ्रष्ट स्वभाव प्रकट गरिरहेको हुन्छु? मेरो यो भ्रष्ट स्वभाव किन यति जिद्दी र जटिल छ? सत्यता वास्तविकतामा प्रवेश गर्न किन यति गाह्रो छ?” यसले तिनीहरूको जीवन अनुभव सतही छ, र तिनीहरूको भ्रष्ट स्वभाव पटक्‍कै समाधान भएको छैन भन्‍ने देखाउँछ। त्यसैले, कुनै कुरा आइपर्दा, तिनीहरूको हृदयमा यति चर्को युद्ध मच्चिन्छ, र त्यसैले तिनीहरूले त्यो यातनाको धक्का सहन्छन्। तिनीहरूले आफ्नो शैतानी स्वभाव त्याग्‍ने सङ्कल्प गरे पनि, पक्कै पनि हृदयमा यसविरुद्ध युद्धको अनुभव नगरी तिनीहरू अघि बढ्न सक्दैनन्—त्यो युद्धको स्थिति दिनप्रति दिन तीव्र हुँदै जान्छ। अनि आफूबारेको तिनीहरूको ज्ञान गहन हुँदै जाँदा, र आफू कति गहन रूपमा भ्रष्ट रहेछु भन्‍ने देख्दा, तिनीहरू सत्यता प्राप्त गर्न अझ बढी तृष्णा गर्छन्, र यसलाई अझै बढी बहुमूल्य ठान्छन्, अनि तिनीहरूले आफूलाई र आफ्नो भ्रष्ट स्वभावलाई चिन्‍ने क्रममा निरन्तर सत्यता स्विकार्न र अभ्यास गर्न सक्‍छन्। तिनीहरू क्रमिक रूपमा कदमा वृद्धि हुन्छन्, र तिनीहरूको जीवन स्वभाव साँच्‍चै परिवर्तन हुन थाल्छ। यदि तिनीहरूले यसरी नै अनुभव गर्ने प्रयास गरिरहे भने, तिनीहरूको परिस्थिति वर्षैपिच्छे झन्-झन् राम्रो हुँदै जान्छ, र अन्त्यमा तिनीहरूले देहलाई जित्न र आफ्नो भ्रष्टता त्याग्‍न, बारम्बार सत्यता अभ्यास गर्न, र परमेश्‍वरप्रति समर्पित हुन सक्‍छन्। जीवन प्रवेश पाउनु सहज छैन! यो त मर्नै लागेको व्यक्तिलाई बचाउनुजस्तै हो: व्यक्तिले पूरा गर्न सक्‍ने जिम्मेवारी भनेको सत्यतामा सङ्गति गर्नु, तिनीहरूलाई सहयोग गर्नु, र तिनीहरूलाई भरणपोषण गर्नु, वा काटछाँट गर्नु हो। यदि तिनीहरू यो स्वीकार गर्न र यसमा समर्पित हुन सक्छन् भने, तिनीहरूका लागि आशा हुन्छ; तिनीहरू उम्कन सक्‍ने भाग्यमानी हुन सक्छन्, र मृत्युको मुखबाट बच्‍छन्। तर यदि तिनीहरू सत्यता स्वीकार गर्न मान्दैनन्, र आफूबारे केही पनि जान्दैनन् भने, तिनीहरू खतरामा हुन्छन्। कति ख्रीष्टविरोधीहरू त तिनीहरूलाई हटाइएपछि एकदुई वर्ष बित्दा पनि आफूलाई चिन्दैनन्, र आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्। त्यस्तो अवस्थामा, तिनीहरूमा जीवनको कुनै सङ्केत बाँकी हुँदैन, र त्यो तिनीहरूले मुक्ति पाउने आशा गुमाइसकेको प्रमाण हो। के तिमीहरू आफूलाई काटछाँट गरिएको बेला, सत्यता स्वीकार गर्न सक्छौ? (सक्छौँ।) त्यसोभए आशा छ—त्यो राम्रो कुरा हो! यदि तैँले सत्यता स्वीकार गर्न सक्छस् भने, तँसँग मुक्ति पाउने आशा हुन्छ।

यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले धेरै बाधा पार गर्नुपर्छ। ती केकस्ता बाधाहरू हुन्? आफ्नो भ्रष्ट स्वभावसँगको निरन्तर लडाइँ, अनि शैतान र ख्रीष्टविरोधीहरूको स्वभावसँगको लडाइँ: त्यसले तँलाई नियन्त्रण गर्न चाहन्छ, र तँ त्यसबाट मुक्त हुन चाहन्छस्; त्यसले तँलाई बहकाउन चाहन्छ, र तँ त्यसलाई त्याग्‍न चाहन्छस्। यदि तँ यो कुरा थाहा पाएपछि पनि आफ्नो भ्रष्ट स्वभाव त्याग्‍न सक्दैनस् भने, व्याकुल हुनेछस् र पीडामा हुनेछस्, र तैँले प्रार्थना गर्नेछस्। कहिलेकाहीँ, जब तँ केही समय बितिसकेपछि पनि आफूले अझै शैतानको स्वभावको नियन्त्रण हटाउन नसकेको देख्छस्, तब तँलाई यो निराशाजनक लाग्‍नेछ, तर तैँले हरेस खानेछैनस्, बरु यति नकारात्मक र निराश भएर अघि बढ्नु हुँदैन——सङ्घर्ष गरिरहनुपर्छ भन्‍ने महसुस गर्नेछस्। कर्तव्य निर्वाह गर्ने र परमेश्‍वरको काम अनुभव गर्ने क्रममा, मानिसहरूमा फरक-फरक भित्री प्रतिक्रियाहरू हुन्छन्। छोटकरीमा भन्दा, जीवन भएकाहरू सत्यता खोजी गर्ने मानिस हुन्, र तिनीहरू भित्री रूपमा निरन्तर परिवर्तन भइरहेका हुन्छन्। तिनीहरूको सोचाइ र दृष्टिकोण, तिनीहरूको व्यवहार र अभ्यास, अनि तिनीहरूको मनको गहिराइमा रहेका अभिप्राय, विचार र सोचहरूसमेत निरन्तर परिवर्तन हुनेछन्। यसका साथै, तिनीहरूले सही र गलत के हो, र आफूले केकस्ता गलत कुराहरू गरेको छु, र कुनै सोच्ने तरिका सही हो कि गलत हो, र कुनै दृष्टिकोण सत्यताअनुरूप छ कि छैन, र कुनै तरिकाले काम गर्दा त्यसका सिद्धान्तहरू परमेश्‍वरका अभिप्रायअनुरूप छन् कि छैनन्, र तिनीहरू परमेश्‍वरमा समर्पित हुने, सत्यतालाई प्रेम गर्ने व्यक्ति हुन् कि होइनन् भन्‍ने कुरा झन्-झन् स्पष्ट रूपमा छुट्याउनेछन्। यी कुराहरू तिनीहरूको हृदयमा क्रमिक रूपमा झन्-झन् स्पष्ट हुँदै जानेछन्। त्यसोभए, यी परिणामहरूको प्राप्ति कुन जगमा निर्माण भएको हुन्छ? सत्यताहरू बुझ्दै जाँदा तिनलाई अभ्यास गर्ने र तिनमा प्रवेश गर्ने कार्यको जगमा। अनि, ख्रीष्टविरोधीहरू चाहिँ किन परिवर्तन हुन सक्दैनन्? के तिनीहरू सत्यता बुझ्न नसक्‍ने हुन्छन्? (होइन।) तिनीहरू बुझ्न त सक्छन्, तर अभ्यास गर्दैनन्, र सुनेर पनि लागू गर्दैनन्। तिनीहरूले यसलाई धर्मसिद्धान्तको रूपमा बुझिरहेका र स्वीकार गरिरहेका हुन सक्छन्, तर के तिनीहरू आफूले बुझ्न सक्‍ने ती थोरै धर्मसिद्धान्त र प्रावधानहरूसमेत अभ्यास गर्न सक्छन् त? अहँ, अलिकति पनि सक्दैनन्; यदि तैँले तिनीहरूलाई जबरजस्ती गरिस् भने पनि, र यदि तिनीहरूले थकित हुन्जेलसम्‍म प्रयास गरे भने पनि, तिनीहरू ती कुरा अभ्यास गर्न सक्दैनन्। त्यसैले तिनीहरूका लागि, सत्यतामा प्रवेश गर्नु आकाशको फल नै रहन्छ। ख्रीष्टविरोधीले इमानदार व्यक्ति बन्‍नेबारे जति नै धेरै कुरा गरे पनि, उसका प्रयासहरू जति नै धेरै ठूला भए पनि, ऊ अझै पनि एउटै इमानदार अभिव्यक्तिसमेत दिन सक्दैन; अनि उसले परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील बन्‍नेबारे जति नै धेरै कुरा गरे पनि, आफ्ना स्वार्थी र दुष्ट मनसायहरू त्याग्दैन। ऊ स्वार्थी दृष्टिकोणले नै काम गर्छ। जब उसले कुनै राम्रो कुरा, उसलाई फाइदा हुने कुनै कुरा देख्छ, तब ऊ भन्छ, “मलाई देऊ—यो मेरो हो!” ऊ आफ्नो हैसियतका लागि फाइदाजनक जे हुन्छ त्यही भन्छ, र आफूलाई जे कुरा फाइदाजनक हुन्छ त्यही गर्छ। ख्रीष्टविरोधीहरूको सार यही हो। तिनीहरूले क्षणिक मनोवेगको उत्कर्षमा, थोरै भए पनि सत्यता बुझेको छु भन्‍ने महसुस गर्लान्। तिनीहरूमा जोस आउँछ, र तिनीहरू केही थेगोहरू फलाक्छन्: “मैले अभ्यास गर्नुपर्छ, म परिवर्तन हुनुपर्छ, र मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ!” तैपनि जब सत्यता अभ्यास गर्ने समय आउँछ, तब के तिनीहरू त्यसो गर्छन् त? गर्दैनन्। परमेश्‍वरले जे भन्‍नुभए पनि, उहाँले जति धेरै सत्यता र तथ्य प्रचार गर्नुभए पनि, र साथमा उहाँले जति धेरै वास्तविक उदाहरणहरू दिनुभए पनि, यसले ख्रीष्टविरोधीको मन छुन सक्दैन, न त यसले तिनीहरूको महत्त्वाकाङ्क्षालाई नै हल्लाउन सक्छ। यो ख्रीष्टविरोधीको विशेषता र सङ्केत हो। तिनीहरूले कुनै पनि सत्यता किमार्थ अभ्यास गर्दैनन्; जब तिनीहरू राम्रोसँग बोल्छन्, तब यो कुरा अरूलाई सुनाउनका लागि हुन्छ, र तिनीहरूले जति नै राम्रोसँग बोले पनि, त्यो आडम्बरी र खोक्रो कुरा मात्रै हुन्छ—तिनीहरूका लागि यो सिद्धान्त मात्र हो। त्यस्ता मानिसहरू वास्तवमा आफ्नो हृदयमा सत्यतालाई केकस्तो स्थान दिन्छन्? मैले ख्रीष्टविरोधीको प्रकृति सार के हो भनेर तिमीहरूलाई पहिले के बताएको छु? (सत्यतालाई घृणा गर्नु।) ठिक भन्यौ। तिनीहरू सत्यतालाई घृणा गर्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, आफ्नो दुष्टता, स्वार्थीपन र नीचता, अहङ्कार, क्रूरता, हैसियत र सम्पत्तिमाथिको कब्जा, र अरूमाथिको आफ्नो नियन्त्रण नै सर्वोच्च सत्यता र सर्वोच्च दर्शन हुन्, र ती कुराभन्दा उच्च अरू केही छैन। तिनीहरूले हैसियत प्राप्त गरेपछि र मानिसहरूलाई नियन्त्रण गर्न सकेपछि, तिनीहरूले आफूले चाहेको जेसुकै कुरा गर्न सक्छन्, र तिनीहरूका सबै महत्त्वाकाङ्क्षा र चाहना हासिल गर्न सकिने हुन्छन्। ख्रीष्टविरोधीको अन्तिम उद्देश्य यही हो।

ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्णा राख्छन् र यसलाई घृणा गर्छन्। के तँ सत्यताप्रति वितृष्णा राख्ने व्यक्तिलाई सत्यता स्विकार्न र अभ्यास गर्न लगाउन सक्छस्? (सक्दिनँ।) त्यसो गर्नु त सुँगुरलाई उड्न लाउनु वा ब्वाँसोलाई पराल खान लाउनुजस्तै हो—के त्यो तिनीहरूलाई असम्भव कुरा गर्न लाउनु होइन र? कहिलेकाहीँ तैँले ब्वाँसो भेडासँग बस्‍न बगालमा घुसेको देख्‍नेछस्। यो त भेडा खाने मौका कुर्दै चलाकी गर्नु मात्र हो। यसको प्रकृति कहिल्यै परिवर्तन हुनेछैन। त्यसैगरी, ख्रीष्टविरोधीले सत्यता अभ्यास गर्नु भनेको ब्वाँसोले घाँस खाएर भेडा खाने उसको जन्‍मजात इच्छा त्याग्‍नुजस्तै हो: यो असम्भव कुरा हो। ब्वाँसो मांसाहारी प्राणी हो। तिनीहरू भेडा खान्छन्—तिनीहरू सबै किसिमका पशुहरू खान्छन्। तिनीहरूको प्रकृति त्यही हो, र यसलाई परिवर्तन गर्न सकिँदैन। यदि कसैले यसो भन्छ, “म ख्रीष्टविरोधी हो कि होइन थाहा छैन, तर जब सत्यतामा सङ्गति गरिएको सुन्छु, तब मेरो हृदय रिसले चूर हुन्छ, र मलाई यसप्रति घृणा लाग्छ—र जसले मलाई काटछाँट गर्छ, उसलाई त म अझै बढी घृणा गर्छु,” तब के त्यो व्यक्ति ख्रीष्टविरोधी होइन र? (हो।) अनि कसैले भन्छ, “तिम्रो जीवनमा परिस्थितिहरू आइपर्दा, तिमीले समर्पित भएर सत्यता पछ्याउनुपर्छ,” र त्यो पहिलो व्यक्तिले भन्छ, “समर्पित त नापियो! तेस्तो बोल्दै नबोल!” त्यो कस्तो कुरा हो? के यो रिसको झोँक हो? (होइन।) यो कस्तो स्वभाव हो? (सत्यताप्रतिको घृणा।) तिनीहरू यसबारे कुरासमेत गर्दैनन्, र तैँले सत्यतामा सङ्गति गर्नेबित्तिकै, तिनीहरूको प्रकृति प्रकट हुन्छ, र तिनीहरू आफ्नो साँचो रूप देखाउँछन्। सत्यता खोजी गर्ने वा परमेश्‍वरमा समर्पित हुनेबारे कुनै पनि कुरा सुन्दा तिनीहरूलाई घृणा लाग्छ। तिनीहरूको तिरस्कार कति ठूलो हुन्छ? जब तिनीहरू यस्तो कुरा सुन्छन्, तिनीहरू विस्फोट हुन्छन्। तिनीहरूको शिष्टता हराउँछ; तिनीहरू आक्रोश पोखाउन डर मान्दैनन्। तिनीहरूको घृणा यति हदसम्‍म जान्छ। त्यसोभए के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) सत्यता दुष्टका लागि होइन; यो त विवेक र समझ भएका, सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिसहरूका लागि हो। यसका लागि यसलाई स्विकार्ने र अभ्यास गर्ने मानिसहरूको आवश्यकता पर्छ। अनि जहाँसम्‍म सत्यता र सकारात्मक कुराहरूप्रति अत्यन्तै शत्रुता गर्ने ख्रीष्टविरोधी सार भएका दुष्ट मानिसहरूको कुरा छ, तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरूले जति नै धेरै प्रवचन सुने पनि, तिनीहरू सत्यता स्वीकार वा अभ्यास गर्दैनन्। यो नसोच्, कि तिनीहरूले सत्यता नबुझेर सत्यता अभ्यास नगरेका हुन्, र यसबारे थप सुनिसकेपछि कुरा बुझ्नेछन्। यस्तो हुन असम्भव छ, किनभने सत्यताप्रति वितृष्णा राख्‍ने र यसलाई घृणा गर्ने सबै शैतानकोटिका मानिस हुन्। तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन्, र अरू कसैले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन। यो त प्रधान स्वर्गदूतले परमेश्‍वरलाई धोका दिएजस्तै हो: के तिमीहरूले कहिल्यै परमेश्‍वरले म प्रधान स्वर्गदूतलाई मुक्ति दिन्छु भनेर भन्‍नुभएको सुनेका छौ? परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन। त्यसोभए, परमेश्‍वरले शैतानलाई के गर्नुभयो? उहाँले त्यसलाई मध्य आकाशमा फ्याँक्नुभयो र पृथ्वीमा उहाँको सेवा गर्न लगाउनुभयो, र त्यसलाई त्यसले गर्नुपर्ने काम गर्न लगाउनुभयो। अनि जब त्यसले सेवा प्रदान गरिसक्छ, र जब परमेश्‍वरको व्यवस्थापन योजना पूरा हुन्छ, तब उहाँले त्यसलाई नष्ट गर्नुहुनेछ, र त्यो समाप्त हुनेछ। के परमेश्‍वरले यसबारे थप एउटा कुरा पनि बताउनुहुन्छ र? (बताउनुहुन्‍न।) किन बताउनुहुन्‍न? किनभने एउटा शब्दमा भन्दा यो व्यर्थ हुनेछ। यसबारे एउटा शब्द भन्नु पनि फाल्तु हुनेछ। परमेश्‍वरले यो कुरा छर्लङ्गै देख्‍नुभएको छ: ख्रीष्टविरोधीको प्रकृति सार कहिल्यै परिवर्तन हुन सक्दैन। यो यस्तै हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्