विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई) खण्ड पाँच

कतिपय मानिस आफ्‍नो काममा कसैले हस्तक्षेप गर्ने र सुपरिवेक्षण गर्नेवाला छ भन्‍ने सुन्दा, कस्तो मनोवृत्ति राख्छन्? “सुपरिवेक्षण गर्नु ठिकै हो। म सुपरिवेक्षण स्विकार्छु। सोधपुछ गर्नु पनि ठिकै हो—तर यदि तपाईँले मलाई साँच्‍चै सुपरिवेक्षण गर्नुभयो भने, मेरो काम अघि बढाउने कुनै उपाय हुनेछैन। मेरो हात बाँधिएको हुनेछ। यदि तपाईँ सधैँ हैकम जमाउनुहुन्छ र मलाई लागुकर्ता बनाउनुहुन्छ भने, म काम गर्न सक्दिनँ। ‘नाइके एउटा मात्रै हुन सक्छ।’” के यो सिद्धान्त होइन र? यो ख्रीष्टविरोधीहरूको सिद्धान्त हो। यसो भन्‍ने व्यक्तिमा कस्तो स्वभाव हुन्छ? के यो ख्रीष्टविरोधीको स्वभाव हो? “नाइके एउटा मात्रै हुन सक्छ” भन्‍नुको अर्थ के हो? तिनीहरूले माथिले सोधपुछ गर्दा त्यो सहन गर्दैनन्। यदि माथिले सोधपुछ गरेन भने, के तेरा कार्यहरूले सत्यता उल्लङ्घन गर्दैनन्? के सोधपुछको कारण तैँले कुनै गलत काम गर्नेछस्? के माथिले तेरो काममा बाधा दिनेछ? मलाई भन् त, काम राम्रो होस् भनेर कि नराम्रो होस् भनेर माथिले मार्गदर्शन दिन्छ, यसबारे सोधपुछ गर्छ, र यसको सुपरिवेक्षण गर्छ? (काम राम्रो होस् भनेर।) त्यसोभए, किन कतिपय मानिस ती सुधार गरिएका परिणामहरू स्वीकार गर्दैनन्? (तिनीहरू ख्रीष्टविरोधी स्वभावद्वारा नियन्त्रित हुन्छन्।) ठिक भन्यौ। यो तिनीहरूको ख्रीष्टविरोधी स्वभाव हो—तिनीहरू आफूलाई रोक्न सक्दैनन्। कसैले तिनीहरू जिम्मेवार रहेको कामबारे सोधपुछ गर्नेबित्तिकै, तिनीहरू रिसाउँछन्। तिनीहरूलाई तिनीहरूका हितहरू, साथै तिनीहरूको हैसियत र शक्ति अरूको हातमा सुम्पिइनेछ भन्‍ने लाग्छ। त्यसकारण, तिनीहरूलाई असहज हुन्छ। तिनीहरूलाई आफ्ना योजना र प्रक्रियाहरू भताभुङ्ग भएका छन् भन्‍ने लाग्छ। अनि के त्यसले तिनीहरूलाई फाइदा गर्नेछ त? यदि माथिले कसैलाई बढुवा दिन्छ र त्यस व्यक्तिलाई तिनीहरूसँग सहकार्य गर्न लगाउँछ भने, तिनीहरू सोच्छन्, “मैले यस व्यक्तिलाई प्रयोग गर्ने कुनै योजना बनाएको थिइनँ, तर माथिले ऊ असल छ भनेर जिद्दी गर्दै उसलाई बढुवा दियो। मलाई यो राम्रो लागेको छैन। मैले ऊसँग सहकार्य गरेर कसरी सँगै काम गर्ने? यदि माथिले उसलाई प्रयोग गर्‍यो भने, म त काम छोड्‍नेछु!” तिनीहरू मुखले त यसो भन्छन्, तर के तिनीहरूले वास्तवमा आफ्नो हैसियत त्याग्‍न सक्छन् त? तिनीहरूले सक्दैनन्—तिनीहरूले गरिरहेको कुरा त मुकाबला हो। के तिनीहरूले आफ्नो हैसियत खतरामा पार्ने, आफूलाई उजागर नगर्ने, आफ्नो वर्तमान परिदृश्य बिगार्ने जोकोहीलाई काम गर्न दिनेछन् त? अहँ, दिनेछैनन्। उदाहरणका लागि, जब माथिले कसैलाई बढुवा वा बर्खास्त गर्छन्, तब तिनीहरू के सोच्छन्? “कस्तो ठूलो धोका! तिनीहरूले मलाई समेत सोधेनन्। अरू सबै कुरा छोडौँ, म अझै पनि अगुवा नै हुँ—तिनीहरू किन मलाई पहिले केही बताउँदैनन्? किन, मेरो कुनै महत्त्व छैन जस्तो व्यवहार गरिएको!” आखिर तँ को होस्? के त्यो तेरो काम हो? पहिलो कुरा त, यो तेरो क्षेत्र होइन, दोस्रो कुरा, यी मानिसहरू तँलाई पछ्याउँदैनन्, त्यसकारण किन तँ तिनीहरूका लागि यति महत्त्वपूर्ण हुनुपर्छ? के त्यो सत्यताअनुरूप हुन्छ? कुन सत्यता? व्यक्तिलाई बढुवा दिने वा बर्खास्त गर्नेबारे माथिका सिद्धान्तहरू छन्। माथिले किन कसैलाई बढुवा दिन्छन्? किनभने कामका लागि तिनीहरूको आवश्यकता हुन्छ। माथिले किन कसैलाई बर्खास्त गर्छन्? किनभने कामका लागि अब तिनीहरूको आवश्यकता पर्दैन—तिनीहरू काम गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई बर्खास्त गर्दैनस्, र माथिलाई समेत त्यसो गर्न दिँदैनस् भने, के तँ बेसमझ भइरहेको हुँदैनस् र? (हो।) कतिपयले भन्छन्, “माथिले कसैलाई बर्खास्त गर्नु—त्यो मेरो लागि कति लाजमर्दो कुरा हो। यदि तिनीहरूले कसैलाई बर्खास्त गर्न खोजेका छन् भने, तिनीहरूले मलाई सुटुक्क बताउनुपर्छ, र म आफै त्यो काम गर्नेछु। त्यो मेरो काम हो; त्यो मेरो कामको भाग हो। यदि मैले तिनीहरूलाई बर्खास्त गरेँ भने, यसले म मानिसहरूप्रति कति सचेत छु, र म वास्तविक काम गर्न सक्छु भन्‍ने कुरा सबैलाई देखाउनेछ। त्यो कति सम्मानको कुरा हुनेथ्यो!” के तिमीहरू यस्तो सोच्छौ? कतिपय मानिस राम्रो नाम र आत्मसम्मान चाहन्छन्, र यस्तो स्पष्टीकरण दिन्छन्। के त्यसले काम गर्छ? के त्यो उचित हुन्छ? एक हिसाबमा, परमेश्‍वरको घरले सत्यता सिद्धान्तहरूअनुसार आफ्नो काम गर्छ; अर्को हिसाबमा, यसले परिस्थितिहरू जेजस्ता छन् त्यहीअनुसार काम गर्छ। कुनै पनि आदेशको स्तर उपेक्षा गर्ने कुरै आउँदैन, विशेषगरी माथिले गर्ने बढुवा र बर्खासीहरू, वा कुनै कार्य परियोजनाका लागि माथिले दिने मार्गदर्शन र निर्देशनहरूको हकमा भन्दा—त्यस्तो अवस्थामा, यस आदेशको स्तर उपेक्षा गर्ने त झनै कुरा आउँदैन। त्यसोभए, ख्रीष्टविरोधीहरू किन यी “दोषहरू” खोजी गर्छन् त? एउटा कुराचाहिँ निश्‍चित छ: तिनीहरूले सत्यता बुझेका हुँदैनन्, त्यसकारण तिनीहरू आफ्नो मानव मस्तिष्क र संसारमा उपलब्ध ती प्रक्रियाहरूद्वारा परमेश्‍वरको घरको काम मूल्याङ्कन गर्छन्। त्यसबाहेक, तिनीहरूको मुख्य उद्देश्य आत्मसुरक्षा गर्नु हुन्छ, र तिनीहरूलाई आफूप्रति गर्व हुनैपर्छ। तिनीहरू आफूले गर्ने सबै कुरामा नरम र चलाख हुन्छन्; तिनीहरू आफू मुनिका मानिसहरूलाई उनीहरूमा कुनै कमीकमजोरी वा त्रुटिहरू छन् भनेर देखाउन सक्दैनन्। तिनीहरूले कति हदसम्म देखावटी रूप कायम राख्‍नेछन्? कुन हदसम्‍म भने अरूले तिनीहरूलाई कुनै भ्रष्टता वा कमीकमजोरी नभएको, त्रुटिरहित व्यक्तिका रूपमा हेर्नेछन्। अरूले तिनीहरूलाई माथिले प्रयोग गर्नु उचित हुन्छ र दाजुभाइ-दिदीबहिनीहरूले छनौट गर्नुपर्छ—तिनीहरू सिद्ध व्यक्ति हुन् भन्ने ठान्छन्। के तिनीहरू परिस्थिति यस्तै होस् भन्‍ने चाहँदैनन् र? के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र? (हो।) हो, त्यो ख्रीष्टविरोधी स्वभाव नै हो।

हाम्रो भर्खरैको सङ्गति ख्रीष्टविरोधीहरूको एउटा प्राथमिक व्यवहारबारे थियो—तिनीहरूले अरूलाई आफ्नो काममा हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न दिँदैनन्। परमेश्‍वरको घरले तिनीहरूको काम अनुगमन गर्न, वा यसबारे थप जान्‍न, वा यसको सुपरिवेक्षण गर्न जुनसुकै बन्दोबस्तहरू गरे पनि, तिनीहरूले त्यसलाई रोक्न र इन्कार्न हरकिसिमका तरकिबहरू प्रयोग गर्नेछन्। उदाहरणका लागि, जब माथिले कतिपय मानिसलाई कुनै परियोजना दिन्छ, तब केही समय बित्छ र पनि कुनै प्रगति हुँदैन। तिनीहरूले यसमा काम गरिरहेका छन् कि छैनन्, वा यो कसरी अघि बढिरहेको छ, वा हस्तक्षेप गर्नुपर्ने कुनै कठिनाइ वा समस्याहरू छन् कि छैनन् भनेर माथिलाई बताउँदैनन्। तिनीहरू कुनै प्रतिक्रिया दिँदैनन्। कतिपय कामहरू जरुरी हुन्छन् र त्यसमा ढिलाइ गर्न सकिँदैन, तैपनि तिनीहरू लामो समयसम्‍म काम नसकी ढिलासुस्ती गरिरहन्छन्। त्यसपछि माथिले सोधपुछ गर्नैपर्छ। जब माथिले सोधपुछ गर्छ, तब ती मानिसहरूलाई सोधपुछ असहनीय रूपमा लाजमर्दो लाग्छ, र तिनीहरू हृदयदेखि प्रतिरोध गर्छन्: “मलाई यो काम दिइएको दस दिन मात्रै भएको छ। मैले यसमा राम्रोसित हातसमेत हालेको छैन र पनि माथिले सोधपुछ गर्न थालिसक्यो। मानिसहरूप्रति तिनीहरूका मापदण्डहरू अत्यन्तै उच्च छन्!” तिनीहरू सोधपुछमा गल्तीहरू खोजिरहेका हुन्छन्। यसमा के समस्या छ? मलाई भन त, के माथिबाट सोधपुछ हुनु सामान्य कुरा होइन र? यसको एउटा भाग भनेको कार्य प्रगतिको अवस्था, साथै समाधान गरिनुपर्ने कठिनाइहरू के-के हुन् भन्‍नेबारे थप जान्ने इच्छा हो; यसका साथै, यो तिनीहरूले काम सुम्पेका मानिसहरूको क्षमता कस्तो छ, र तिनीहरूले वास्तवमा समस्याहरू समाधान गर्न र काम राम्ररी गर्न सक्छन् कि सक्दैनन् भन्‍नेबारे थप जान्ने इच्छा पनि हो। माथिले वास्तविक तथ्यहरू जान्न चाहन्छन्, र प्रायजसो त्यस्ता परिस्थितिहरूमा सोधपुछ गरिरहन्छन्। के त्यो तिनीहरूले गर्नुपर्ने कुरा होइन र? तँलाई समस्याहरू कसरी समाधान गर्ने थाहा छैन र तैँले काम सम्हाल्न सक्दैनस् कि भन्‍ने चिन्ता माथिलाई हुन्छ। त्यसकारण तिनीहरू सोधपुछ गर्छन्। कति मानिसहरू त्यस्ता सोधपुछको निकै प्रतिरोध गर्छन् र तिनीहरूलाई यसप्रति घृणा लाग्छ। तिनीहरू मानिसहरूलाई सोधपुछ गर्न दिन अनिच्छुक हुन्छन्, र मानिसहरूले सोधपुछ गरे भने, तिनीहरू प्रतिरोधी हुन्छन् र तिनीहरूमा शङ्का हुन्छ, र सधैँ मनमनै विचार गर्छन्, “तिनीहरूले किन सधैँ सोधपुछ गरिरहेका र थप जान्न खोजिरहेका हुन्छन्? के तिनीहरूले मलाई भरोसा नगरेकाले र मलाई तुच्छ ठानेकाले हो? यदि तिनीहरूले मलाई भरोसा गर्दैनन् भने, मलाई प्रयोग गर्नु हुँदैन!” तिनीहरू कहिल्यै पनि माथिका सोधपुछ र सुपरिवेक्षणलाई बुझ्दैनन्, बरु तिनको प्रतिरोध गर्छन्। के यस्ता मानिसहरूमा समझ हुन्छ? तिनीहरू किन माथिलाई आफूसित सोधपुछ गर्न र सुपरिवेक्षण गर्न दिँदैनन्? यसका साथै, तिनीहरू किन प्रतिरोधी र अवज्ञाकारी हुन्छन्? यहाँ समस्या के हो? तिनीहरू आफ्नो कर्तव्य निर्वाह प्रभावकारी छ कि छैन वा यसले कार्य प्रगतिमा बाधा दिन्छ कि दिँदैन भन्‍ने कुरालाई वास्ता गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्दैनन्, बरु आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरू कामका परिणाम वा प्रभावकारिताबारे कुनै विचार गर्दैनन्, र परमेश्‍वरको घरका हितहरूबारे पटक्‍कै विचार गर्दैनन्, झन् परमेश्‍वर के अभिप्राय राख्‍नुहुन्छ र के मापदण्ड दिनुहुन्छ भन्‍ने कुरा विचार गर्नु त परै जाओस्। तिनीहरूको सोचाइ यस्तो हुन्छ, “आफ्‍नो कर्तव्य निर्वाह गर्ने मेरा आफ्नै तरिका र तालिकाहरू छन्। मबाट धेरै माग गर्ने वा कामकुराहरू विस्तृत रूपमा गर्नुपर्ने मापदण्डहरू दिने नगर। मैले आफ्नो कर्तव्य निर्वाह गर्नु नै पर्याप्त कुरा हो। मैले अत्यन्तै थकित हुनु वा अत्यन्तै धेरै कष्ट भोग्‍नु हुँदैन।” तिनीहरू आफ्ना कामबारे थप जान्‍नका लागि माथिले गरेका सोधपुछ र प्रयासहरू बुझ्दैनन्। तिनीहरूको यस बुझाइको कमीमा के कुराको अभाव छ? के यो समर्पणको अभाव होइन र? के यो जिम्मेवारीबोधको अभाव हुनु होइन र? बफादारिताको अभाव? यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा साँच्‍चै नै जिम्मेवार र बफादार थिए भने, के तिनीहरूले आफ्नो कामबारे माथिले गरेका सोधपुछहरू इन्कार गर्नेथिए र? (थिएनन्।) तिनीहरूले यो कुरा बुझ्न सक्थे। यदि तिनीहरू साँच्‍चै नै यो कुरा बुझ्‍न सक्दैनन् भने, एउटा मात्र सम्भावना हुन्छ: तिनीहरू आफ्नो कर्तव्यलाई आफ्नो पेशा र जीविकोपार्जनका रूपमा हेर्छन्, र यसबाट फाइदा लिन्छन्, अनि आफूले निर्वाह गर्ने कर्तव्यलाई सधैँ इनाम प्राप्त गर्ने सर्त र सौदाबाजीका रूपमा लिन्छन्। तिनीहरू माथिलाई टार्नका लागि प्रतिष्ठाको काम मात्रै अलिअलि गर्छन्, र परमेश्‍वरको आज्ञालाई आफ्नो कर्तव्य र दायित्वका रूपमा लिने कुनै प्रयास गर्दैनन्। त्यसकारण, जब माथिले तिनीहरूको कामबारे सोधपुछ गर्छ वा यसको सुपरिवेक्षण गर्छ, तब तिनीहरूमा घृणा गर्ने, प्रतिरोधी मानसिकता उत्पन्न हुन्छ। के यस्तै हुँदैन र? (यस्तै हुन्छ।) यो समस्या कहाँबाट आएको हो? यसको सार के हो? त्यो के हो भने, कार्य परियोजनाप्रतिको तिनीहरूको मनोवृत्ति नै गलत हुन्छ। तिनीहरूले कामको प्रभावकारिता र परमेश्‍वरको घरका हितहरूबारे सोच्‍नुको सट्टा देहगत सहजता र आराम, अनि आफ्नै हैसियत र आत्मसम्मानबारे मात्रै विचार गर्छन्। तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्ने प्रयास पटक्‍कै गर्दैनन्। यदि तिनीहरूमा साँच्‍चै नै अलिकति विवेक र समझ भएको भए, तिनीहरूले माथिका सोधपुछ र सुपरिवेक्षणलाई बुझ्न सक्थे। तिनीहरूले हृदयदेखि यसो भन्‍न सक्थे, “माथिले सोधपुछ गर्नु राम्रो कुरा हो। नत्र त मैले सधैँ आफ्नै इच्छाअनुसार काम गरिरहेको हुन्थेँ, जसले गर्दा कामको प्रभावकारितामा बाधा पर्नेथ्यो, वा काम नै बरबादसमेत हुनेथ्यो। माथिले सङ्गति र जाँचपड्ताल गर्छन्, र यसले वास्तवमै वास्तविक समस्याहरू समाधान गरेको छ—यो कति राम्रो कुरा हो!” यसले तिनीहरू जिम्मेवार व्यक्ति हुन् भन्‍ने देखाउँछ। यदि तिनीहरूले काम आफै लिए भने, यदि कुनै गल्ती वा त्रुटि भयो, र यसले परमेश्‍वरको घरको काममा कुनै क्षति ल्यायो र त्यसलाई समाधान गर्ने कुनै उपाय हुनेछैन भने, त्यो तिनीहरूले लिन नसक्‍ने जिम्मेवारी हुनेछ भनेर तिनीहरूलाई डर लाग्छ। के त्यो जिम्मेवारीबोध होइन र? (हो।) यो जिम्मेवारीबोध हो, र यो तिनीहरूले आफ्नो बफादारी पूरा गरिरहेको सङ्केत पनि हो। अरूलाई आफ्नो कामबारे सोधपुछ गर्न नदिने मानिसहरूको मनमा के हुन्छ? “यो काम मेरो मामला हो, काम जिम्‍मा लिने व्यक्तिका रूपमा हेर्दा कुरा यही हो। म आफ्‍नो मामलामा आफै निर्णय गर्छु; मसँग अरू कोही संलग्‍न हुनुपर्दैन!” तिनीहरू विभिन्‍न कुराहरूबारे आफै सोचविचार गर्छन्, र आफ्नो व्यक्तित्वले तय गरेअनुसार आफूले चाहेको कुरा गर्छन्। तिनीहरू आफूलाई जुन कुराले फाइदा गर्छ त्यही गर्छन्, र कसैलाई पनि यी कुराहरूबारे सोध्ने अनुमति हुँदैन—कसैलाई पनि वास्तविक अवस्थाबारे जान्‍ने अनुमति हुँदैन। यदि तैँले तिनीहरूलाई “त्यो काम कस्तो भइरहेको छ?” भनेर सोधिस् भने, तिनीहरूले “पख्‍नोस्” भन्‍नेछन्। त्यसपछि यदि तैँले “के प्रगति भइरहेको छ?” भनेर सोधिस् भने, तिनीहरूले “सक्‍न लाग्यो” भन्‍नेछन्। तैँले तिनीहरूलाई जेसुकै सोधे पनि, तिनीहरूले एकदुई शब्द मात्रै बोल्‍नेछन्। तिनीहरूले एकपल्टमा एक-दुई शब्द मात्रै बोल्नेछन्, र त्योभन्दा बढी बोल्‍नेछैनन्—तिनीहरूले एउटै पनि सटीक र निश्‍चित वाक्य बताउनेछैनन्। के तिमीहरूलाई यस्ता मानिसहरूसँग कुरा गर्नु दिक्‍क लाग्दो हुन्छ भन्‍ने लाग्दैन र? तिनीहरू तँलाई थप केही पनि भन्‍न चाहँदैनन् भन्‍ने कुरा स्पष्टै छ। यदि तैँले थप प्रश्‍नहरू सोधिस् भने, तिनीहरू अधीर हुन्छन्: “तपाईँ सानो कुराबारे सोधिरहनुहुन्छ, मानौँ मैले काम पूरा गर्नै सक्दिनँ—मानौँ म कामको योग्‍यै छैनँ!” तिनीहरू मानिसहरूलाई प्रश्‍न गर्न दिनै चाहँदैनन्। अनि यदि तैँले तिनीहरूलाई प्रश्‍न गरिरहिस् भने, तिनीहरूले भन्‍नेछन्, “म तपाईँका लागि के हुँ, तपाईँको खटनमा बस्ने गधा वा घोडा हुँ? यदि तपाईँ मलाई भरोसा गर्नुहुन्‍न भने, मलाई प्रयोग नगर्नुहोस्; यदि तपाईँ मलाई प्रयोग गर्नुहुन्छ भने, तपाईँले मलाई भरोसा गर्नुपर्छ—र मलाई भरोसा गर्नुको अर्थ हो, तपाईँले सधैँ सोधपुछ गरिरहनु हुँदैन!” तिनीहरूमा यस्तो मनोवृत्ति हुन्छ। के तिनीहरूले कार्यक्रमहरूलाई आफ्नो कर्तव्यका रूपमा लिइरहेका हुन्छन्? (हुँदैनन्।) ख्रीष्टविरोधीहरू कामलाई आफ्नो कर्तव्यका रूपमा लिँदैनन्, बरु आशिष् र इनाम प्राप्त गर्ने साधनका रूपमा लिन्छन्। तिनीहरू श्रम गर्नमा मात्रै पनि सन्तुष्ट हुन्छन्, जसलाई तिनीहरू आशिष्‌सँग साट्न चाहन्छन्। त्यसैले तिनीहरू झाराटार्ने मनोवृत्तिले काम गर्छन्। यसको एउटा पक्ष के हो भने, तिनीहरू आफ्नो मर्यादा र आत्मसम्मान जोगाउन अरूलाई आफ्नो काममा हस्तक्षेप गर्न दिन चाहँदैनन्। तिनीहरू आफूले निभाउने कर्तव्य र आफूले गर्ने काम व्यक्तिगत रूपमै आफ्नो स्वामित्वका कुरा हुन् र ती आफ्नै व्यक्तिगत मामला हुन् भन्‍ने ठान्छन्। त्यसैले तिनीहरू अरूलाई हस्तक्षेप गर्न दिँदैनन्। यसको अर्को पक्ष के हो भने, यदि तिनीहरूले काम राम्ररी गरे भने, यसको श्रेय दाबी गर्न र इनाम माग्‍न सक्छन्। यदि कसैले हस्तक्षेप गर्‍यो भने, यो श्रेय तिनीहरू एक्लैको हुँदैन। तिनीहरूलाई अरूले तिनीहरूको श्रेय खोस्लान् भन्‍ने डर लाग्छ। त्यसैले तिनीहरू आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न कदापि दिँदैनन्। के ख्रीष्टविरोधी मानिसहरू स्वार्थी र दुष्ट हुँदैनन् र? तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेका भए पनि, यो तिनीहरूले आफ्नो व्यक्तिगत मामला सम्हालिरहेको जस्तै हुन्छ। तिनीहरू आफूले काम गर्दा त्यो जसरी अघि बढे पनि, अरूलाई हस्तक्षेप गर्न वा सहभागी हुन दिँदैनन्। यदि तिनीहरूले काम राम्ररी गरे भने, त्यसको श्रेय आफूलाई मात्रै दिन्छन्, तर अरू कसैलाई पनि त्यो श्रेय र कार्य नतिजाहरूको भागीदारी दाबी गर्न दिँदैनन्। के त्यो समस्याजनक कुरा होइन र? यो कस्तो स्वभाव हो? यो शैतानको स्वभाव हो। जब शैतानले काम गर्छ, तब यसले कसैलाई पनि हस्तक्षेप गर्न दिँदैन, यसले गर्ने सबै कुरामा हैकम जमाउन र सबै कुरालाई आफ्नो नियन्त्रणमा राख्‍न चाहन्छ, र कसैले पनि सुपरिवेक्षण वा सोधपुछ गर्न सक्दैन। यदि कसैले हस्तक्षेप गर्‍यो वा कोही बीचमा आयो भने, त्यो त झन् स्वीकार्य हुँदै हुँदैन। ख्रीष्टविरोधीले यसरी नै व्यवहार गर्छ; तिनीहरूले जे गरे पनि, कसैलाई सोध्‍ने अनुमति हुँदैन, र तिनीहरूले पर्दापछाडि जसरी काम गरे पनि, हस्तक्षेप गर्ने अनुमति कसैलाई हुँदैन। ख्रीष्टविरोधीको व्यवहार यस्तै हुन्छ। एक हिसाबमा तिनीहरूमा अत्यन्तै अहङ्कारी स्वभाव भएकाले र अर्को हिसाबमा तिनीहरूमा समझको कमी भएकाले तिनीहरू यस्तो व्यवहार गर्छन्। तिनीहरूमा समर्पणको पूर्ण अभाव हुन्छ, र तिनीहरू कसैलाई पनि तिनीहरूको सुपरिवेक्षण वा तिनीहरूको कामको निरीक्षण गर्न दिँदैनन्। यी कार्यहरू साँच्‍चै नै दुष्टका काम हुन्, जुन सामान्य व्यक्तिको कामभन्दा पूर्ण रूपमा फरक हुन्छन्। काम गर्ने जोकोहीलाई अरूसँगको सहकार्य चाहिन्छ, उसलाई मानिसहरूको सहयोग, सुझाव, र सहकार्यको आवश्यक पर्छ, र यदि कसैले सुपरिवेक्षण वा नियाल्छ भने पनि त्यो नराम्रो कुरा होइन, त्यो आवश्यक कुरा हो। कामको एउटा भागमा गल्तीहरू भए, र नियाल्‍ने मानिसहरूले ती पत्ता लगाए, अनि तिनलाई तुरुन्तै समाधान गरियो, र काममा भएका घाटाहरू पूर्ति गरियो भने, के यो ठूलो सहयोग हुँदैन र? त्यसकारण, जब बाठा मानिसहरू काम गर्छन्, तब तिनीहरूलाई अरू मानिसहरूले सुपरिवेक्षण, अवलोकन, र सोधपुछ गरेको मन पर्छ। यदि संयोगले गल्ती भयो, र यी मानिसहरूले यो गल्ती औँल्याइदिन सके, अनि गल्तीलाई तुरुन्तै सुधार गरियो भने, के यो निकै चाहिएको परिणाम होइन र? यस संसारमा अरूको सहयोग नचाहिने कोही पनि छैन। अटिजम वा डिप्रेसनमा परेका मानिसहरू मात्रै एकलै बस्‍न र अरू मानिसहरूसँग सम्पर्कमा वा सञ्‍चारमा नबसी रहन मन पराउँछन्। जब मानिसहरूलाई अटिजम वा डिप्रेसन भएको हुन्छ, तब तिनीहरू सामान्य हुँदैनन्। तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन्। यदि मानिसहरूको मन र समझ सामान्य छ, र तिनीहरू अरूसँग कुराकानी गर्न चाहँदैनन् र तिनीहरू आफूले गर्ने कुनै पनि कुरा अरूले थाहा नपाऊन् भन्छन्, तिनीहरू विभिन्‍न कुरा लुकेर, गुप्त रूपमा, पर्दापछाडि गर्न चाहन्छन् भने, र अरूको कुरा पटक्‍कै सुन्दैनन् भने, त्यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्, होइनन् र? तिनीहरू ख्रीष्टविरोधी हुन्।

एकपटक, मैले एउटा मण्डलीको अगुवालाई भेट्दा, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य कसरी निर्वाह गरिरहेका छन् भनेर सोधेँ। मैले सोधेँ, “के मण्डलीमा अहिले मण्डली जीवनमा बाधा दिने कोही छ?” उसले के भन्यो, अनुमान गर्न सक्छस्? “सब ठिक छ; तिनीहरू सबै राम्रै छन्।” मैले सोधेँ, “फलानी बहिनीले आफ्‍नो कर्तव्य कसरी निर्वाह गरिरहेकी छे?” उसले भन्यो, “राम्ररी गरिरहेकी छे।” त्यसपछि मैले सोधेँ, “उसले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो?” उसले भन्यो, “ठिकै छ।” मैले भनेँ, “यो टेबल यहाँ हुनु हुँदैन; यसलाई सार्नुपर्छ।” उसले भन्यो, “म यसबारे विचार गर्नेछु।” मैले भनेँ, “के यस जग्गामा पानी हाल्‍ने बेला भएको छैन र?” उसले भन्यो, “हामी यस विषयमा सङ्गति गर्नेछौँ।” मैले भनेँ, “तैँले यो वर्ष यस जग्गामा रोपेको फसल यही हो। के तैँले अर्को वर्ष पनि यही रोप्नेछस्?” उसले भन्यो, “हाम्रो निर्णयकर्ता समूहको एउटा योजना छ।” उसले दिएका उत्तरहरू यस्तै थिए। उसलाई सुन्दा तँलाई कस्तो लाग्छ? के तँ उसको कुनै कुरा बुझ्छस्? के तैँले कुनै जानकारी प्राप्त गर्छस्? (कुनै पनि गर्दैनौँ।) उसले तँलाई मूर्ख र बाहिरी व्यक्ति ठानेर अलमलाइरहेको छ भन्‍ने कुरा तैँले तुरुन्तै थाहा पाउन सक्छस्। बाहिरी व्यक्ति वास्तवमा को हो भन्‍ने कुरा उसलाई थाहै हुँदैन; गैरविश्‍वासीहरू यसलाई “पाहुना भएर घरधनीले जस्तो व्यवहार गर्नु” भनेर भन्छन्। उसलाई आफ्नो पहिचान नै थाहा हुँदैन। मैले भनेँ, “तिमीहरू यहाँ धेरै जना बसोबास गर्छौ, र हावा राम्रोसँग खेल्दैन। तिमीहरूले पङ्खा लगाउनुपर्छ, नत्र यहाँ धेरै गर्मी हुनेछ, र मानिसहरू गर्मीले ढल्नेछन्।” उसले भन्यो, “हामी यसबारे कुरा गर्नेछौँ।” मैले उसलाई भनेका सबै कुराका लागि पनि उसले त्यसबारे कुरा गर्नुपर्थ्यो, सङ्गति गर्नुपर्थ्यो, र सोच्नुपर्थ्यो। मैले जेजस्ता बन्दोबस्तहरू गरे पनि, जेजस्ता कुराहरू भने पनि, उसका लागि यसको कुनै अर्थ थिएन। उसका लागि, ती बन्दोबस्त वा आदेशहरू थिएनन्, र उसले तिनलाई लागू गरेन। त्यसैले उसले मेरा वचनहरूलाई के ठान्यो? (उसलाई विचार गर्न दिइएका सुझावहरू।) के मैले उसलाई विचार गर्न सुझाव दिइरहेको थिएँ त? होइन—मैले उसलाई उसले के गर्नुपर्छ, के गर्न जरुरी छ भनेर भनिरहेको थिएँ। के उसले मैले भनेको कुरा बुझिरहेको थिएन र? यदि उसले बुझिरहेको थिएन भने, ऊ आफ्‍नो पहिचान के हो वा आफूले निर्वाह गरिरहेको कर्तव्य के हो भन्‍ने थाहा नभएको मूर्ख व्यक्ति थियो। त्यहाँ घरभित्र एयर कन्डिसनविना वा झ्याल नखोली धेरै मानिस बसिरहेका थिए। उसले त पङ्खासमेत जडान गरेको थिएन, र यसका आधारमा ऊ कति बुद्धिमान हुन सक्छ र? ऊ तुरुन्तै घर गइहाल्नुपर्छ—ऊ कसिङ्गर हो, र परमेश्‍वरको घरलाई कसिङ्गर चाहिँदैन। मानिसहरूलाई कुनै पनि कुराबारे सबै थाहा हुँदैन, तर तिनीहरूले सिक्न सक्छन्। मैले नबुझेका केही कुरा छन्, त्यसकारण म ती कुरा अरूसँग छलफल गर्छु: “यसलाई सम्हाल्ने राम्रो तरिका के हो जस्तो तिमीहरूलाई लाग्छ? तिमीहरू स्वतन्त्र रूपमा सुझावहरू दिन सक्छौ।” यदि कतिपय मानिसले कुनै तरिका सर्वोत्तम हो भन्‍ने सोचे भने, म भन्छु, “ठिक छ, तैँले भनेअनुसार नै गरौँ न त। आखिर, हामीले के गर्नुपर्छ भनेर मैले अझै सोचेको छैनँ। हामी तैँले भनेकै कुरा गर्नेछौँ।” के त्यो सामान्य मानवताको सोचाइ होइन र? अरूसँग मिलेर बस्नु भनेको यही हो। अरूसँग मिलेर काम गर्दा, मानिसहरूले को श्रेष्ठ छ वा को नीच छ, वा कसले प्रसिद्धि पाउँछ र कसले पाउँदैन, वा कसले विभिन्‍न कुराबारे हैकम चलाउँछ भनेर भिन्‍नता छुट्याउनु हुँदैन। यी भिन्‍नताहरू छुट्याउनु आवश्यक छैन—जसको तरिका सही र सत्यता सिद्धान्तहरूअनुरूप छ, उसैको कुरा सुन्‍नुपर्छ। के तिमीहरू यसो गर्न सक्छौ? (सक्छौँ।) कतिपय मानिस त्यस्ता हुँदैनन्। ख्रीष्टविरोधीहरू त्यस्ता हुँदैनन्—तिनीहरू हैकम चलाउन मात्रै जिद्दी गर्छन्। त्यो कस्तो कुरा हो? अरूले उठाएको कुरा उचित नै भए पनि तिनीहरू सुन्दैनन्; तिनीहरूलाई यो सही र उचित छ भन्‍ने थाहा हुन्छ, तर तिनीहरू अरूले प्रस्ताव गरेको कुनै पनि कुरा पालना गर्दैनन्—कुनै कुरा प्रस्ताव गर्ने तिनीहरू आफै हुन् भने मात्रै तिनीहरू खुसी हुन्छन्। यो सानो कुरामा पनि, तिनीहरूले श्रेष्ठताका लागि लडाइँ गर्छन्। त्यो कस्तो स्वभाव हो? ख्रीष्टविरोधी स्वभाव। तिनीहरूले हैसियत, ख्याति, र आत्मसम्मानलाई अति नै महत्त्व दिन्छन्। कति महत्त्व? तिनीहरूका लागि ती कुराहरू तिनीहरूको जीवनभन्दा महत्त्वपूर्ण हुन्छन्—आफ्‍नो ज्यान नै दिनुपरे पनि, तिनीहरूले आफ्नो हैसियत र प्रसिद्धि जोगाएरै छोड्नेछन्।

ख्रीष्टविरोधीहरू आफूले गर्ने कुनै पनि काममा अरू कसैको हस्तक्षेप, सोधपुछ, वा सुपरिवेक्षणलाई निषेध गर्छन्, र यो निषेध विभिन्‍न तरिकाले प्रकट भएको हुन्छ। एउटा चाहिँ इन्कार हो, जुन स्पष्ट र सरल हुन्छ। “मैले काम गर्दा हस्तक्षेप गर्न, सोधपुछ गर्न, र सुपरिवेक्षण गर्न छोड। मैले गर्ने जुनसुकै काम मेरो जिम्‍मेवारीमा हुन्छ, यो काम कसरी गर्ने मलाई थाहा छ र मलाई कसैले रेखदेख गरिरहनु पर्दैन!” यो सिधै गरिने इन्कार हो। अर्को प्रकटीकरण भनेको स्विकार्ने व्यक्तिजस्तो बन्‍नु हो, “हुन्छ, सङ्गति गरौँ र काम कसरी गर्ने हेरौँ न” भनी भन्‍नु, तर जब अरूले साँच्‍चै सोधपुछ गर्न थाल्छन् र आफ्‍नो काम बारे थप कुरा जान्‍न वा केही समस्या औँल्याउन र केही सुझाव दिन थाल्छन्, तब तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (तिनीहरू ग्रहणशील हुँदैनन्।) ठिक भन्यौ—तिनीहरू स्वीकार गर्न मान्दैनन्, अरूका सुझावहरू इन्कार गर्न तिनीहरू निहुँ र बहाना बनाउँछन्, तिनीहरू गलतलाई सही र सहीलाई गलत अर्थ्याउँछन्, तर वास्तवमा, तिनीहरूलाई हृदयमा आफूले जबरजस्ती तर्क गर्दै छु, अलङ्कृत शब्दहरू बोल्दै छु, आफूले भनेको कुरा सैद्धान्तिक मात्र हो, आफूले बोलेका शब्‍दहरू अरूले भन्‍ने कुराजति व्यावहारिक छैनन् भन्ने थाहा हुन्छ। तैपनि तिनीहरू आफ्‍नो हैसियत जोगाउन—अनि आफू गलत छु र अरू मानिस सही छन् भन्‍ने पूर्ण रूपमा जानेर पनि—अरूको सही कुरालाई गलत बनाउँछन्, र आफ्ना गलत कुरालाई सही बनाउँछन्, अनि यही कार्यलाई निरन्तरता दिइरहन्छन्, अनि यसरी सही र सत्यताअनुरूपका कामकुरा आफू भएको स्थानमा प्रस्तुत वा लागू गर्न दिँदैनन्। के तिनीहरूले मण्डलीको कामलाई खेल, ठट्टाका रूपमा लिइरहेका हुँदैनन् र? के तिनीहरूले सोधपुछ र सुपरिवेक्षण स्विकार्न इन्कार गरिरहेका हुँदैनन् र? तिनीहरूले तँलाई “मेरो काममा हस्तक्षेप गर्ने अनुमति तपाईँलाई छैन” भन्दै निर्लज्ज रूपमा यो “निषेध” व्यक्त गर्दैनन्। तिनीहरूले गर्ने कुरा त्यस्तो देखिँदैन, तर तिनीहरूको मानसिकता त्यस्तै हुन्छ। तिनीहरू निश्‍चित चालबाजी प्रयोग गर्छन्, र बाहिरबाट हेर्दा तिनीहरू निकै भक्त देखिन्छन्। तिनीहरूले भन्‍नेछन्, “अहिले हामीलाई सहयोग चाहिएको नै हो, त्यसैले अहिले तपाईँ यहाँ आउनुभएको हुनाले, हामीसँग अलिकति सङ्गति गर्नुहोस्!” तिनीहरूको उच्चतर तहका अगुवा तिनीहरूले साँच्‍चै यसो भनेका हुन् भन्‍ने विश्‍वास गर्छ, त्यसकारण उसले खास परिस्थितिहरूबारे जस्ताको तस्तै बताउँदै सङ्गति गर्छ। तिनीहरूले अगुवाको कुरा सुनेपछि यस्तो सोच्नेछन्: “ए, तिम्रो दृष्टिकोण त त्यस्तो पो रहेछ—ठिकै छ, तिमीलाई खण्डन गर्न र गलत साबित गर्न म तिमीसँग यस विषयमा विवाद गर्नेछु। म तिमीलाई लज्‍जित पार्नेछु।” के त्यो स्विकार्ने मनोवृत्ति हो? (होइन।) त्यसोभए यो कस्तो मनोवृत्ति हो त? यो तिनीहरूले गर्ने काममा अरूले हस्तक्षेप, सोधपुछ, वा तिनीहरूको सुपरिवेक्षण गरेको स्विकार्न नमान्‍नु हो। ख्रीष्टविरोधीहरू त्यसो गर्छन् भन्‍ने कुरालाई ध्यानमा राख्दा, किन तिनीहरू मानिसहरूअगाडि झूटो रूप धारण गर्छन् र स्वीकार्ने मनोवृत्ति देखाउँछन्? तिनीहरू यसरी मानिसहरूलाई छल गर्छन् भन्‍ने कुराले तिनीहरू कति धूर्त छन् भन्‍ने देखाउँछ। तिनीहरूलाई आफ्नो वास्तविकता मानिसहरूले देख्लान् भन्‍ने डर हुन्छ। अहिले, विशेषगरी केही हदसम्म खुट्ट्याउने क्षमता भएका मानिसहरू पनि छन्, त्यसकारण यदि कुनै ख्रीष्टविरोधीले अरूको सुपरिवेक्षण र सहयोग सिधै इन्कार गर्‍यो भने, मानिसहरूले यसबारे बताउन र उसलाई छर्लङ्गै चिन्‍न सक्छन्। त्यसपछि उसले आफ्नो आत्मसम्मान र हैसियत गुमाउँछ, र भविष्यमा उसलाई अगुवा वा कामदारका रूपमा निर्वाचित हुन सजिलो हुँदैन। त्यसकारण, जब माथिल्लो तह अगुवाले उसको काम जाँच गर्छ, तब उसले यसलाई स्विकारेको बहाना गर्छ, मिठो र मक्ख पार्ने कुराहरू बोल्छ, सबैलाई यस्तो सोच्‍ने तुल्याउँछ, “हेर हाम्रो अगुवा कति भक्त छन्, कति धेरै सत्यता खोजी गर्छन्! हाम्रो अगुवाले हाम्रो जीवन र मण्डलीको कामको हेरचाह गरिरहेका छन्। उनले आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन्छन्। हामी अर्को निर्वाचनमा फेरि उनैलाई छनौट गर्नेछौँ।” तर हुनैलागेको के कुराचाहिँ कसैले देख्दैनन् भने, माथिल्लो तहको अगुवा गएपछि, तुरुन्तै त्यस ख्रीष्टविरोधीले यसो भन्‍नेछ: “काम जाँच गर्ने त्यस व्यक्तिले भनेको कुरा ठिकै थियो, तर यो हाम्रो मण्डलीका अवस्थासित मिल्छ नै भन्‍ने छैन। हरेक मण्डलीमा परिस्थिति फरक हुन्छ। हामी तिनीहरूले भनेको कुरा पूर्ण रूपमा लागू गर्न सक्दैनौँ—हामीले यसलाई हाम्रो वास्तविक परिस्थितिका आधारमा विचार गर्नुपर्छ। हामीले प्रावधानहरू एकएक गरी लागू गर्नु हुँदैन!” अनि यो नै सही हो भन्‍ने सोच्दै सबैले यो कुरा मान्छन्। के तिनीहरू बहकाउमा परेका हुँदैनन् र? ख्रीष्टविरोधीले गर्ने कामको एउटा पाटो भनेको मनमोहक शब्दहरू बोल्नु र अरूको सुपरिवेक्षण स्विकारेको बहाना गर्नु हो; त्यसपछि तुरुन्तै, उसले भित्री रूपमा अरूलाई बहकाउन र तिनीहरूको दिमाग भुट्न सुरु गर्छ। उसले यस दृष्टिकोणका दुवै भागलाई एकैपटक लागू गर्छ। के यस्ताहरूसँग चालबाजीहरू हुँदैनन् र? वास्तवमा धेरै हुन्छन्! बाहिरी रूपमा, तिनीहरू राम्रो बोल्छन् र स्विकारेको नाटक गर्छन्, र यसरी तिनीहरू सबैलाई तिनीहरू कामप्रति निकै जिम्मेवार छन्, तिनीहरूले आफ्नो पद र हैसियत त्याग्‍न सक्छन्, तिनीहरू निरङ्कुश होइनन्, बरु माथिले वा अरूले गर्ने सुपरिवेक्षण स्विकार्न सक्छन् भनेर विश्‍वास गराउँछन्—तिनीहरूले यसो गर्दा, दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्‍न कुराका फाइदा र हानिहरूबारे “स्पष्ट पार्छन्”, र विभिन्‍न परिस्थितिबारे पनि “स्पष्ट पार्छन्।” तिनीहरूको लक्ष्य के हुन्छ? अरू मानिसहरूको हस्तक्षेप, सोधपुछ, वा सुपरिवेक्षण स्वीकार नगर्नु, अनि आफ्नो अहिलेको काम गर्ने शैली उचित, सही, र परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूअनुरूप छन्, र कार्यका सिद्धान्तहरूसँग मिल्दो छन्, त्यसकारण अगुवाका रूपमा तिनीहरूले सिद्धान्तहरूअनुरूप व्यवहार गरिरहेका छन् भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई सोच्न लगाउनु। वास्तवमा मण्डलीका थोरै मानिसले मात्रै सत्यता बुझेका हुन्छन्; धेरैजसो मानिस निस्सन्देह सही र गलत छुट्याउन सक्दैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूको वास्तविकतालाई देख्‍न सक्दैनन्, जसले गर्दा स्वाभाविक रूपमै तिनीहरू ती ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्। उदाहरणका लागि, कतिपय मानिसले केही निश्‍चित कारणले निद्रा गुमाउँछन्। तिनीहरू रातभरि नसुती बस्छन्। यस्ता दुई प्रकारका मानिस हुन्छन्, र तिनीहरूले निद्रा गुमाएका छन् भन्‍ने कुरा दुई तरिकाले बाहिर देखा पर्छ। पहिलो प्रकारका मानिसहरू दिनको समयमा मौका पाउनेबित्तिकै सुतिहाल्छन्। तिनीहरू अरूलाई तिनीहरू सुतेका छैनन् भन्‍ने कुरा थाहै दिँदैनन्। यो एउटा परिस्थिति, कामकुरा यसरी हुने एउटा तरिका हो। यसको पछाडि कुनै अभिप्राय हुँदैन। अर्को प्रकारको व्यक्ति खाना खाँदा झुल्छ र सबैलाई भन्छ, “हिजो राति म सुत्दै सुतिनँ!” कसैले सोध्छ, “किन सुत्‍नुभएन?” अनि ऊ भन्छ, “अनलाइन भेला थियो, र मैले कामका केही समस्याहरू भेट्टाएँ। म ती कुराहरू समाधान गर्न रातभरि बसेँ।” यस्ताहरूले आफू रातभरि सुतेको छैन भन्दै निरन्तर घोषणा गरिरहन्छन्। के तिनीहरू रातभरि बस्न अनिच्छुक थिए? तिनीहरूले किन समूहसामु यो कुरा बखान गरिरहेका हुन्छन्? अनि के त्यो बखानभित्र केही कुरा लुकेको हुन्छ? तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरू आफूले के गरेँ भन्‍ने कुरा अरूलाई थाहा नहोला भन्‍ने डरले सम्पूर्ण संसारलाई आफ्‍नो कुरा बताउन चाहन्छन्। तिनीहरू आफूले कष्ट भोगेको, रातभरि नसुतेको, परमेश्‍वरमाथिको विश्‍वासमा मूल्य चुकाउन तयार रहेको, र आरामको लोभ नगर्ने गरेको कुरा सबैलाई थाहा होस् भन्‍ने चाहन्छन्। यसमार्फत, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको सहानुभूति र अनुमोदन प्राप्त गर्न चाहन्छन्। तिनीहरू यस्तो सतही कुरा प्रस्तुत गरेर मानिसहरूको हृदय फुस्ल्याउँछन्, र त्यसो गरेर अरूलाई आफ्‍नो आदर गर्ने बनाउँछन्, र मानिसहरूको हृदयमा प्रतिष्ठा हासिल गर्छन्। अनि तिनीहरूले हैसियत प्राप्त गरेपछि, अवश्य नै अख्तियारसाथ बोल्छन्। के तिनीहरूले अख्तियारसाथ बोल्दा, हैसियतसँग आउने विशेष व्यवहार पाउँदैनन् र? (पाउँछन्।) के तिनीहरूले यो मौका राम्ररी छोपेका छन् भन्‍ने तँलाई लाग्छ? के तिमीहरू आफू राती नसुतेको वा रातभरि बसेको कुरा अरूलाई बताउँछौ? (हामीले बताएका छौँ।) जब तिमीहरूले त्यसो गर्‍यौ, तब के यो अनजानमा थियो, कि यसपछाडि कुनै अभिप्राय थियो? तिमीहरूले कसैलाई यो कुरा अचानक बतायौ कि तिमीहरूले भव्य घोषणा र नाटक गरिरहेका थियौ? (यो अचानक भयो।) यसलाई अचानक बताउँदा, यसपछाडि कुनै अभिप्राय हुँदैन; यसले स्वभावको समस्यालाई सङ्केत गर्दैन। यो कुरा जानीजानी बोल्‍नु र अनजानमा बोल्नुको प्रकृतिमा अवश्य नै भिन्‍नता हुन्छ। जब कुनै ख्रीष्टविरोधीले काम गर्छ, तब उसले बाहिरी रूपमा अरूको हस्तक्षेप र सोधपुछ स्वीकार गरिरहेको जस्तो देखिए नि, वा उसले ती कुरा ठाडै इन्कार गरिरहेको भए नि—कुरा जे भए नि, उसले गरिरहेको कामपछाडि के मनसाय हुन्छ? तिनीहरूले हैसियत र शक्ति पक्रिरहेका हुन्छन्, र तिनीहरू यसलाई छोड्दैनन्। के तिनीहरूको मनसाय त्यही होइन र? (हो।) ठिक भन्यौ—तिनीहरूले मरीमरी प्राप्त गरेको शक्ति, मरीमरी प्राप्त गरेको हैसियत र प्रतिष्ठा ध्यान हटेको बेला यत्तिकै फुत्किन दिँदैनन्; तिनीहरू आफ्नो काममा हस्तक्षेप गरेर वा यसबारे सोधपुछ गरेर तिनीहरूको शक्ति र प्रभाव कमजोर बनाउन कसैलाई दिँदैनन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्: कर्तव्य निर्वाह गर्नु, कामको कार्यक्रम लिनु साँचो कर्तव्य होइन, र तिनीहरूले यसलाई दायित्वका रूपमा गर्नु पर्दैन; बरु, यो त निश्‍चित शक्ति प्राप्त गर्न, र केही मानिसलाई आफ्नो नियन्त्रणमा राख्‍नका लागि हो। तिनीहरू शक्ति पाएपछि आफूले अब कसैसँग सल्लाह लिनु पर्दैन, बरु अब आफूसँग इन्चार्ज बन्‍ने मौका र शक्ति हुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूको कर्तव्यप्रतिको मनोवृत्ति यस्तै हुन्छ।

अरू केही व्यक्ति माथिले तिनीहरूको कामबारे सोधपुछ गर्दा झारा मात्र टार्छन्। तिनीहरू सतही प्रस्तुति दिन्छन् र केही हल्काफुल्का मामिलाहरूबारे सोध्छन्, मानौँ तिनीहरू सत्यता खोजी गर्ने व्यक्ति हुन्। उदाहरणका लागि, यदि स्पष्ट रूपमा अवरोध र बाधा हुने कुनै घटना भयो भने, तिनीहरूले यो पैदा गर्ने व्यक्तिलाई तह लगाउनुपर्छ कि पर्दैन भनेर माथिलाई सोध्नेछन्। के त्यस्तो कुरा तिनीहरूको कामकै भाग होइन र? (हो।) यसबारे माथिलाई सोध्‍नुपछाडिको तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरू तँलाई तिनीहरूको देखावटी रूप देखाउन र तिनीहरू त्यस्ता कुराहरूसमेत सोध्छन् भने त्यो तिनीहरू निष्क्रिय छैनन्, तिनीहरूले काम गरिरहेका छन् भन्ने प्रमाण हो भनेर देखाउन चाहन्छन्। तिनीहरूले तँलाई बहकाउन देखावटी रूप मात्रै बनाइरहेका हुन्छन्। वास्तवमा तिनीहरूको हृदयमा केही वास्तविक समस्या हुन्छन्, र ती समाधान गर्न कसरी सत्यतामा सङ्गति गर्ने भनेर तिनीहरूलाई थाहा हुँदैन, न त कुन सिद्धान्तहरू अभ्यास गर्नुपर्छ भन्‍ने नै थाहा हुन्छ। मानिस र मामलाहरू सम्हाल्ने क्रममा केही कुरा तिनीहरूलाई अस्पष्ट हुन्छन्, तर तिनीहरू कहिल्यै तीबारे सोध्‍ने वा खोजी गर्ने गर्दैनन्। तिनीहरू हृदयमा यी कुराहरूबारे अनिश्‍चित हुने हुनाले, के तिनीहरूले यी कुराहरूबारे माथिलाई सोध्नुपर्दैन र? (पर्छ।) तिनीहरू यी कुराहरूबारे निश्‍चित हुँदैनन् र तिनको वास्तविकता छर्लङ्गै देख्‍न सक्दैनन्, बरु अन्धाधुन्ध काम गरिरहन्छन्—त्यसका परिणामहरू के हुनेछन्? के तिनीहरूले के हुनेछ भनेर भविष्यवाणी गर्न सक्छन्? के तिनीहरूले ती परिणामहरूको जिम्मेवारी लिन सक्छन्? अहँ, सक्दैनन्। त्यसोभए, तिनीहरू किन यी कुराहरूबारे सोध्दैनन्? तिनीहरूले नसोध्नुको पछाडि केही विचार हुन्छन्। एउटा कारणचाहिँ माथिले तिनीहरूको वास्तविकता पत्ता लगाउँछ भन्‍ने डर हो: “यदि मैले यो सानो कुरासमेत सम्हाल्न सकिनँ, र यसबारे सोध्नुपऱ्यो भने, माथिले मेरो क्षमता त्यति राम्रो छैन भन्‍ने सोच्नेछ। के यसले गर्दा माथिले मेरो वास्तविकता छर्लङ्गै देख्‍नेछैन र?” यसमा के कुरा पनि विचार गरिएको हुन्छ भने, यदि तिनीहरूले सोधे, र माथिको निर्णय तिनीहरूको दृष्टिकोणसँग बाझिन्छ र त्यो फरक हुन्छ भने, तिनीहरूलाई छनौट गर्न गाह्रो हुनेछ। यदि तिनीहरूले माथिले भनेको कुरा गरेनन् भने, तिनीहरूले कामका सिद्धान्तहरू उल्लङ्घन गरिरहेका छन् भनेर माथिले भन्‍नेछ; यदि तिनीहरूले त्यो कुरा गरे भने, तिनीहरूका हितहरूमा हानि पुग्नेछ। त्यसकारण, तिनीहरू सोध्दैनन्। के त्यो कुरा विचार गरिएको हुँदैन र? (हुन्छ।) हो। यी कुराहरू विचार गर्ने तिनीहरू कस्ता व्यक्ति हुन्? (ख्रीष्टविरोधीहरू।) तिनीहरू साँच्‍चै नै ख्रीष्टविरोधी हुन्। कुनै पनि कुराबारे तिनीहरूले सोधे नि नसोधे नि, त्यसबारे कुरा उठाए पनि वा सोचे मात्रै भने पनि, तिनीहरूले सत्यताको खोजी गर्दैनन् वा त्यो कुरालाई सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्; सबै कुरामा, तिनीहरू आफ्नै हितहरूलाई पहिलो स्थानमा राख्छन्। तिनीहरूको हृदयमा एउटा सूची हुन्छ, जसमा तिनीहरूले माथिलाई सोधपुछ गर्न र थाहा दिन सक्‍ने कुराहरू, र तिनीहरूले माथिलाई पटक्‍कै थाहा दिन नचाहने कुराहरू हुन्छन्। तिनीहरूले ती क्षेत्रहरूलाई सीमाङ्कित गरेर दुई वर्गमा विभाजित गरेका हुन्छन्। तिनीहरू माथिलाई टार्नका लागि तिनीहरूको हैसियतमा कुनै खतरा नपुर्‍याउने ती सानातिना कुराहरूबारे माथिसँग उत्सुकतासाथ कुरा गर्छन्; तर आफ्नो हैसियतलाई खतरामा पार्न सक्‍ने कुराहरूबारे, एक शब्द बोल्दैनन्। अनि यदि माथिले ती कुराहरूबारे सोध्यो भने, तिनीहरू के गर्छन्? तिनीहरूले उनीहरूलाई टार्न केही शब्दहरू बोल्‍नेछन्; तिनीहरूले भन्‍नेछन्, “ठिक छ, हामी यसबारे छलफल गर्नेछौँ … हामी निरन्तर खोजी गर्नेछौँ …”—प्रतिरोध मान्न सकिने कुनै कुरा नबोली, तँलाई मीठो-मीठो आश्वासन दिन्छन्। हेर्दा त, तिनीहरू निकै समर्पित देखिन्छन्—तर वास्तवमा, तिनीहरूका आफ्नै हिसाबकिताब हुन्छन्। तिनीहरूसँग माथिलाई निर्णय गर्न दिने कुनै योजना हुँदैन; माथिका सुझावहरू लिने र उनीहरूलाई निर्णय गर्न दिने, वा माथिबाट कुनै मार्ग खोज्ने कुनै योजना हुँदैन। तिनीहरूको त्यस्तो कुनै योजना हुँदैन। तिनीहरू माथिलाई हस्तक्षेप गर्न वा वास्तवमा के भइरहेको छ भनेर थाहा दिन चाहँदैनन्। त्यसोभए माथिलाई थाहा हुँदा, तिनीहरूलाई के खतरा हुन्छ त? (तिनीहरू आफ्नो हैसियतमा असुरक्षित हुनेछन्।) तिनीहरू आफ्नो हैसियतमा असुरक्षित हुने मात्र होइनन्—तिनीहरूका योजना र उद्देश्यहरू अब लागू गर्न नसकिने बन्छन्, र यसरी तिनीहरूले आफ्नो दुष्कर्ममा वैधता पाउन सक्नेछैनन्; तिनीहरूले अब आफ्‍ना योजनाहरू वैध रूपमा, खुलस्त ढङ्गले र निर्लज्जसँग लागू गर्न सक्‍नेछैनन्। तिनीहरूले सामना गर्ने समस्या यही हो। त्यसोभए, के तिनीहरू आफूलाई फाइदा हुने तरिकाले कसरी व्यवहार गर्ने भनेर निधो गर्न सक्छन् त? तिनीहरू यसबारे अवश्य नै विचार र हिसाबकिताब गर्छन्। के तिमीहरू पनि यस्ता कुराहरू सामना गर्छौ? त्यसोभए तिमीहरू तिनीहरूबारे के सोच्छौ? तिमीहरू तिनलाई कसरी लिन्छौ? म एउटा उदाहरण दिन्छु। एकपटक एक व्यक्ति अगुवा बन्यो र यसैमा ऊ लागिपर्‍यो; उसलाई सधैँ अरूको आदर पाउन अरूको अगाडि देखावा गर्न मन पर्थ्यो। उसले आफूले चिनेको एक जना गैरविश्‍वासी भेट्यो, र त्यस व्यक्तिले पैसा सापट लिन चाह्यो। त्यस गैरविश्‍वासीले यति दयनीय तरिकाले आफ्नो मामला सुनायो कि अगुवाले आवेग र क्षणिक जोसमा सहमति जनायो, त्यसपछि उसले शान्त भएर कुनै हिचकिचाहट नमानी सोच्यो, “मण्डलीको अगुवा म नै हुँ—मण्डलीको पैसाबारे मेरै हैकम चल्नुपर्छ। जब परमेश्‍वरको घर, मण्डली, र भेटीहरूका सन्दर्भमा—मैले अख्तियार पाएको छु, त्यसैले मैले भनेकै कुरा लागू हुन्छ। आर्थिक कुराहरू व्यवस्थापन गर्ने काम मेरै हो, र कर्मचारी व्यवस्थापन गर्ने काम पनि मेरै हो—यो सबै कुराबारे मेरै हैकम चल्छ!” त्यसकारण, उसले परमेश्‍वरको घरको पैसा त्यस गैरविश्‍वासीलाई ऋण दियो। यसो गरेपछि, उसलाई अलिक अप्ठ्यारो लाग्यो, र यसबारे माथिलाई भन्‍ने कि नभन्‍ने भनेर विचार गर्‍यो। यो कुरा उसले भनेको भए, माथिले यसमा सहमति जनाउन सक्दैनथ्यो—त्यसकारण, उसले माथिलाई छल गर्न झूट र बहानाहरू बनाउन थाल्यो। माथिले उसलाई सत्यता सिद्धान्तहरूबारे सङ्गति दियो, तैपनि उसले यसमा कुनै ध्यान दिएन। उसले यसरी नै खुसुखुसु भेटीहरू दुरुपयोग गर्ने दुष्ट कार्य गर्‍यो। त्यस्तो व्यक्तिले किन भेटीका विषयमा योजना बनाउने आँट गर्छ? तँ केवल मण्डली अगुवा होस्—के तँसँग भेटी व्यवस्थापन गर्ने अधिकार छ? के तैँले भेटी र आर्थिक मामलाहरूबारे हैकम चलाउन पाउँछस्? यदि तँ सामान्य मानवता र समझ भएको, सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले परमेश्‍वरका भेटीहरूलाई कसरी व्यवहार गर्नुपर्छ? के भेटीहरूसँग सम्बन्धित मामलाहरूबारे परमेश्‍वरको घरले के निर्णय गर्छ भनेर हेर्न माथिलाई बताउनुपर्दैन र? के यस्तो ठूलो कुराबारे जान्ने अधिकार माथिसँग हुँदैन र? हुन्छ। यो तैँले हृदयमा स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो; तँमा हुनुपर्ने समझ यही हो। आर्थिक मामलाहरूको हकमा भन्दा, ठूलो र सानो रकम दुवैको हकमा, माथिलाई जान्ने अधिकार हुन्छ। माथिले सोध्दैन भने त्यो एउटा कुरा हो—तर माथिले सोध्यो भने, तैँले साँचो जवाफ दिनुपर्छ, र माथिले जेसुकै निर्णय गरे पनि तँ त्यसमा समर्पित हुनुपर्छ। के तँसँग हुनुपर्ने समझ यही होइन र? (हो।) तर के ख्रीष्टविरोधीहरू यसो गर्न सक्छन् त? (सक्दैनन्।) ख्रीष्टविरोधीहरू र सामान्य मानिसहरूबीच रहेको भिन्‍नता त्यही हो। यदि तिनीहरूलाई माथिले कुनै कुराप्रति सहमति नदिने, र तिनीहरूको आत्मसम्मानमा चोट पुग्‍ने सम्भावना शतप्रतिशत छ भन्‍ने लाग्यो भने, तिनीहरू यो लुकाउन, माथिलाई यो कुरा थाहा नदिन हरकिसिमका उपायहरू खोज्छन्। तिनीहरू आफूमुनिका मानिसहरूलाई धम्कीसमेत दिएर भन्छन्: “यदि कसैले यो कुरा खुलासा गर्‍यो भने, ऊ मेरो विरुद्ध हुन्छ। उसले मेरो भनाइ खानेछ। चाहे जेसुकै होस्, म उसलाई तह लाउनेछु!” अनि तिनीहरूका ती डरलाग्दा शब्दहरू सुनेपछि, यो कुरा कसैले पनि माथि रिपोर्ट गर्ने आँट गर्दैन। तिनीहरू किन त्यसो गर्छन्? तिनीहरू ठान्छन्, “यो मेरो अख्तियारको क्षेत्रभित्र पर्छ। मेरो अधिकार क्षेत्रभित्र रहेका मानिस, पैसा, र सामग्रीहरू परिचालन र बाँडफाँट गर्ने अधिकार मसँग छ!” परिचालन र बाँडफाँट गर्ने तिनीहरूका सिद्धान्तहरू केके हुन्? तिनीहरू आफूले चाहेअनुसार बन्दोबस्तहरू गर्छन्, र कुनै पनि सिद्धान्तहरू लागू नगरी स्वेच्छाचारी ढङ्गले पैसा र सामग्रीहरू प्रयोग गर्छन् र बाँड्छन्, तिनीहरू यी कुराहरू अन्धाधुन्ध उडाउँछन् र बरबाद गर्छन्, तर हस्तक्षेप गर्ने अधिकार अरू कसैसँग हुँदैन—यी सबै कुरामा हैकम चलाउने तिनीहरू नै हुनुपर्छ। के तिनीहरू यस्तै सोच्दैनन् र? अवश्य नै, तिनीहरूले यस्तो कुरा स्पष्ट रूपमा भन्दैनन्—तर हृदयमा, तिनीहरूले ठ्याक्कै यही सोचिरहेका हुन्छन्: “आधिकारिक पद हुनुको के अर्थ? के यो सबै पैसा, खान र लाउनकै लागि होइन र? अहिले, म आधिकारिक पदमा छु; मसँग त्यो हैसियत छ। के मैले आफूले चाहेअनुसार गर्नका लागि आफ्नो शक्ति प्रयोग नगर्नु मूर्खता हुनेछैन र?” के तिनीहरू यही विश्‍वास गर्दैनन् र? (गर्छन्।) तिनीहरूमा यस्तो स्वभाव हुने भएकाले, र तिनीहरूले यस्तो विश्‍वास गर्ने हुनाले, नैतिकताबारे कति पनि नसोची, र कुनै पनि परिणामबारे ध्यान नदिई, तिनीहरू यस्तो कुरालाई आफूले कल्पना गर्न सक्‍ने जुनसुकै तरिका र माध्यम प्रयोग गरेर लुकाउने आँट गर्छन्। कुरा यही होइन र? (हो।) तिनीहरू कुरा सही हो कि होइन, वा गर्नुपर्ने सही कुरा के हो, वा सिद्धान्तहरू केके हुन् भनेर मूल्याङ्कन गर्दैनन्। तिनीहरू यी कुराहरू विचार गर्दैनन्; तिनीहरू आफ्ना हितहरू कसले हेरचाह गर्नेछ भन्‍ने कुरा मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरू धूर्त, स्वार्थी, र दुष्ट व्यक्ति हुन्! तिनीहरू कति दुष्ट हुन्छन्? यसलाई एउटै शब्दमा व्याख्या गर्न सकिन्छ: तिनीहरू लाज पचेका हुन्छन्! ती मानिसहरू तेरा होइनन्, न त ती कुरा नै तेरा हुन्, झन् त्यो पैसा तेरो हुनु त परको कुरा हो—तैपनि तँ यसलाई आफ्नै पैसाका रूपमा लिन, र आफूलाई इच्छा लागेअनुसार प्रयोग गर्न चाहन्छस्। अरूसँग त यसबारे जान्ने अधिकारसमेत हुँदैन; तैँले ती कुराहरू उडाइस् र बरबाद गरिस् नै भने पनि, अरूसँग सोधपुछ गर्ने अधिकार हुँदैन। तँ कुन हदसम्‍म पुगेको छस्? तँ लाजमर्दो अवस्थामा पुगेको छस्! के यो लाजमर्दो कुरा होइन र? (हो।) त्यो ख्रीष्टविरोधी हो। पैसाको हकमा औसत व्यक्तिसँग कस्तो सीमा हुन्छ जसलाई उसले पार गर्दैन? तिनीहरू ती परमेश्‍वरका भेटी हुन्, र भेटीहरू परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँलाई दिएका हुन्छन्, त्यसकारण ती परमेश्‍वरका हुन्—र कतिपयले भनेजस्तै, ती उहाँका “व्यक्तिगत सम्पत्ति” हुन् भन्‍ने सोच्छन्। जुन कुरा परमेश्‍वरको हो त्यो सर्वसाधारणको होइन, न त त्यो कुनै व्यक्तिको नै हो। परमेश्‍वरको घरको मालिक को हो? (परमेश्‍वर।) हो, त्यो मालिक परमेश्‍वर हो। अनि परमेश्‍वरको घरमा के समावेश हुन्छ? यसमा हरेक मण्डलीका उहाँका चुनिएका मानिसहरू, साथै हरेक मण्डलीका सबै आपूर्तिका सरसामान र सम्पत्ति समावेश हुन्छन्। यी सबै कुरा परमेश्‍वरकै हुन्। ती कुनै पनि व्यक्तिका होइनन्, र तिनलाई आफूखुसी प्रयोग गर्ने अधिकार कसैको हुँदैन। के ख्रीष्टविरोधीले यस्तो सोच्छन्? (सोच्दैनन्।) तिनीहरू के विश्‍वास गर्छन् भने, भेटी जसले व्यवस्थापन गर्छ, जसले त्यसबाट फाइदा लिने मौका पाउँछ त्यो उसैको हो, र यदि कुनै व्यक्ति अगुवा हो भने, त्यसको आनन्द लिने अधिकार उसको हुन्छ। त्यसकारण तिनीहरू निरन्तर आफ्नो सबै शक्तिले हैसियत पछ्याइरहेका हुन्छन्। तिनीहरूले यो कुरा प्राप्त गरेपछि, बल्‍ल तिनीहरूका सबै आशा पूरा भएका हुन्छन्। तिनीहरू किन हैसियत पछ्याउँछन्? यदि तैँले तिनीहरूलाई सिद्धान्तअनुसार काम गराएर परमेश्‍वरका चुनिएका मानिसहरूलाई इमानदारीपूर्वक अगुवाइ गर्न लगाए पनि, तिनीहरूलाई मण्डलीको सम्पत्ति वा परमेश्‍वरको भेटी छुन नदिएको भए, के तिनीहरू अझै माथि जाने आफ्नो प्रयासमा यति सक्रिय हुनेथिए? अवश्य नै हुनेथिएनन्। तिनीहरूले निष्क्रिय भई प्रतीक्षा गर्नेथिए, र परिस्थितिलाई आफै अघि बढ्न दिनेथिए। तिनीहरूले यस्तो सोच्‍नेथिए, “यदि म निर्वाचित भएँ भने, म काम गर्नेछु र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु; यदि निर्वाचित भइनँ भने, म कसैको पछि लाग्‍नेछैनँ। म यसबारे केही भन्‍ने वा गर्नेछैनँ।” ख्रीष्टविरोधीहरू अगुवाका रूपमा मण्डलीको सबै सम्पत्तिमा हुकुम चलाउने र आनन्द लिने अधिकार व्यक्तिसँग हुन्छ भनेर सोचेको कारणले नै, हैसियत प्राप्त गर्न र हैसियतले ल्याउने सबै कुराको आनन्द लिन दिमाग खियाउँदै माथि चढ्ने प्रयास गर्छन्, र लाज पचाउने हदसम्म पुग्छन्। लाजपचुवा हुनु भनेको के हो? यसको अर्थ लाजमर्दा कुराहरू गर्नु हो—लाजपचुवा हुनु भनेको यही हो। यदि कसैले तिनीहरूलाई “तपाईँले जे गरिरहनुभएको छ त्यो अत्यन्तै लाजमर्दो कुरा हो!” भनेर भन्यो भने पनि, तिनीहरू कुनै वास्ता गर्दैनन्, बरु यस्तो सोच्छन्, “यसमा त्यस्तो लाजमर्दो कुरा के छ र? कसलाई हैसियत मन पर्दैन र? हैसियत पाउँदा कस्तो महसुस हुन्छ के तिमीलाई थाहा छ? पैसामा नियन्त्रण जमाउन पाउँदा कस्तो हुन्छ, थाहा छ? के तिमीलाई त्यो आनन्द थाहा छ? के तिमीलाई त्यो विशेष लाभको अनुभूति थाहा छ? के तिमीले यसको स्वाद चाखेका छौ?” ख्रीष्टविरोधीहरू हृदयभित्र हैसियतलाई यसरी नै हेर्छन्। ख्रीष्टविरोधीहरू आफूले हैसियत प्राप्त गरेपछि, सबै कुरा नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूले परमेश्‍वरका भेटीहरू पनि आफ्नो नियन्त्रणमा लिनेछन्। तिनीहरू पैसा खर्च हुने मण्डलीको कामको कुनै पनि पक्षबारे माथिबाट परामर्श नलिई हैकम जमाउन चाहन्छन्। तिनीहरू परमेश्‍वरको घरको पैसाको मालिक बन्छन्, र परमेश्‍वरको घर तिनीहरूको बन्छ। तिनीहरूसँग यसबारे अन्तिम निर्णय आफै गर्ने, यसलाई के गर्ने भनेर आफै निर्धारित गर्ने, आफूले चाहेअनुसार त्यो पैसा यस व्यक्ति र त्यस व्यक्तिलाई दिने, र एकएक पैसा कसरी खर्च गर्ने भनेर आफै निर्धारित गर्ने अधिकार हुन्छ। परमेश्‍वरका भेटीहरूको हकमा भन्दा, तिनीहरू सिद्धान्तअनुसार कहिल्यै होसियारी र सतर्कतासाथ कार्य गर्दैनन्; यसको साटो, तिनीहरू अनावश्यक रूपमा खर्चालु हुन्छन्, र तिनीहरूले जे भन्छन् त्यही हुन्छ। त्यस्तो व्यक्ति खाँटी ख्रीष्टविरोधी हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्