विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई) खण्ड तीन

ग. विपरीत लिङ्गीसँगको सम्पर्कमा मानिसहरूको मनोवृत्ति र व्यवहार

हाम्रो तेस्रो बुँदा, दैनिक जीवनमा विपरीत लिङ्गीसँगको सम्पर्कमा मानिसहरूको मनोवृत्ति र व्यवहार भन्‍ने हो। यो अरू मानिसमाझ जिउने हरेक व्यक्तिले जुनै उमेरको भए पनि सामना गर्ने समस्या हो। यसमा मानवताको कुन पक्ष समावेश हुन्छ? यसमा व्यक्तिको मर्यादा, उसको लाजको भावना, र उसको व्यवहारको शैली समावेश हुन्छ। कतिपय मानिसले विपरीत लिङ्गीसितको सम्पर्कलाई एकदमै चानचुने कुराका रूपमा लिन्छन्। केही नभएसम्म यो ठूलो मामिला होइन, न त अभिलाषापूर्ण विचारहरूमा लिप्त हुनु वा केही अधर्मी लालसा प्रकट गर्नु नै ठूलो मामिला हो जस्तो तिनीहरूलाई लाग्छ। के सामान्य मानवता भएको व्यक्तिसित यस्ता विचारहरू हुनु हुन्छ त? के यो सामान्य मानवताको चिन्‍ह हो? जब तँ विवाह गर्ने उमेरको छस् र तँ विपरीत लिङ्गसित सम्पर्कमा आउँछस्, र तँ सम्बन्धमा बस्‍न चाहन्छस्, तब त्यसलाई सामान्य ढङ्गले गर् अनि कसैले हस्तक्षेप गर्नेछैन। तर कतिपय मानिस सम्बन्धमा बस्‍न चाहँदैनन्—तिनीहरू आफू आकर्षित भएको व्यक्तिसँग केही दिनसम्म प्रेमलीला गर्छन् अनि तिनीहरूलाई मोहित पार्न सक्‍ने र तिनीहरूले रुचाएको व्यक्ति भेट्टाएपछि, तिनीहरू देखावट गर्न थाल्छन्। तिनीहरूले कसरी देखावट गर्छन् त? आँखीभौँ उठाउँछन्, आँखा झिम्क्याउँछन् वा कुरा गर्दा आफ्नो आवाजको सुर बदल्छन् वा निश्चित प्रकारले चलफिर गर्छन् वा अरूलाई ध्यानाकर्षण गर्न हास्यास्पद टिप्पणी गर्छन्; यो नै देखावट गर्नु हो। जब सामान्यतया यसो नगर्ने व्यक्तिले यस्ता हाउभाउहरू प्रकट गर्छन्, तब तँ नजिकै तिनीहरूले रुचाएको विपरीत लिङ्गका मानिसहरू छन् भनेर निश्चित हुन सक्छस्। यी मानिसहरू को हुन् त? तैँले भन्लास् कि तिनीहरूले खराब शैलीले आफूलाई व्यवहारमा ढाल्छन् र पुरुष वा स्‍त्रीबीच स्पष्ट सीमा कायम गर्दैनन्, तर तिनीहरूले कुनै निन्दनीय व्यवहार देखाएका छैनन्। केहीले भन्लान्, तिनीहरू केवल चञ्चल भएका हुन्। अर्को शब्दमा, तिनीहरूमा आत्मसम्मानको कमी हुन्छ; चञ्चल मानिसहरूसँग आत्म-सम्मानको विचार हुँदैन। कतिपय मानिसले दैनिक जीवनमा यस्ता लक्षणहरू प्रकट गर्छन्, तर यसले तिनीहरूको कर्तव्य निर्वाहलाई असर गरेको हुँदैन, न त यसले तिनीहरूलाई काम सकाउनमा नै असर गरेको हुन्छ, त्यसोभए, यो साँच्चै नै समस्या हो त? कतिले भन्छन्: “यसले तिनीहरूको सत्यता पछ्याइलाई बाधा दिँदैन भने, के यसबारे कुरा गर्नु आवश्यक छ त?” यो केसित सम्बन्धित छ त? व्यक्तिको मानवताको लाज र मर्यादासित। मानवता लाज र मर्यादाविना व्यक्तिको मानवता हुन सक्दैन अनि तीविना तिनीहरूको मानवता सामान्य हुन सक्दैन। केही मानिस विश्वसनीय हुन्छन्, तिनीहरूले गर्ने हरेक कुरामा तिनीहरू गम्भीर, जिम्मेवार हुन्छन्, र तिनीहरू कठिन परिश्रम गर्छन्। तिनीहरूसँग कुनै ठूलो समस्या हुँदैन, तर तिनीहरू आफ्नो जीवनको यस पक्षलाई गम्भीर रूपमा लिँदैनन्। जब तँ विपरीत लिङ्गको सदस्यसित जिस्किन्छस्, तब त्यो रचनात्मक हो कि हानीकारक? यदि तँ जिस्किने व्यक्तिको तँसँग माया बस्यो भने नि? तँ यसो भन्न सक्छस्, “मैले चाहेको त्यो होइन”; अँ, तैँले चाहेको त्यो होइन र पनि तँ अझै कसैसित जिस्किन्छस् भने, के तैँले ऊसित खेलबाड गरिरहेको हुँदैनस् र? तैँले उसलाई हानि गरिरहेको हुन्छस्! यो नैतिक बोधको कमी हुनु हो। यसो गर्ने मानिसहरू खराब चरित्रका मानिस हुन्। यसको अतिरिक्त, यदि तँ यस सम्बन्धलाई अघि बढाउन चाहँदैनस् र यसबारे गम्भीर छैनस्, तैपनि तँ अझै आँखीभौँ उठाएर विपरीत लिङ्गीलाई आँखा झिम्क्याउँछस्, रमाइलो र हाँसीमजाक गर्दै देखावट गर्छस्, तँमा स्टाइल छ, तँ सुन्दर वा सुन्दरी होस् भनी देखाउन सबथोक गरिरहेको छस् भने—यदि तँ यसरी देखावट गर्छस् भने वास्तवमा तैँले के गरिरहेको हुन्छस्? (मानिसहरूलाई लोभ्याइरहेको हुन्छ।) यसमा लोभ्याउने अभिप्राय हुन्छ। अब यस्तो प्रकारको लोभ्याउने व्यवहार आदर्शमयी कुरा हो कि कुरूप कुरा? (यो कुरूप कुरा हो।) यहाँ उप्रान्त कुनै मर्यादा हुँदैन। यस संसारका कस्ता मानिसहरूले अरूलाई प्रलोभनमा पार्छन्? वेश्याहरू, छाडा महिलाहरू, बदमास मानिसहरू—यी मानिसहरूलाई लाज भन्‍ने थाहा हुँदैन। लाज थाहा नहुनु भनेको के हो? यसको अर्थ तिनीहरू अपमानित हुने कुराप्रति असंवेदनशील हुन्छन्। निष्ठा, लाज, र सम्मान, साथै मर्यादा र ख्याति—तिनीहरू यीमध्ये कुनै कुरा वास्ता गर्दैनन्। यस्ता मानिसहरू अङ्ग प्रदर्शन गर्दै र जिस्किँदै हिँड्छन्। तिनीहरूलाई एकदुई जनासँग जिस्किएर पुग्दैन, र तिनीहरूलाई आठदश जनासँग जिस्किनु बढी हो भन्‍ने लाग्दैन। तिनीहरूलाई खुसी पार्न हजारौँ हजार जना चाहिन्छ। कतिपय विवाहित महिलाका दुई छोराछोरी छन्, र घरबाहिरको कसैलाई यसबारे थाहा हुँदैन। तिनीहरू किन मानिसहरूलाई थाहा दिँदैनन्? तिनीहरूले आफू विवाहित भएको र कसैको भइसकेको भनेर भनेपछि, तिनीहरूले कसैसँग जिस्किन खोजे पनि सक्दैनन्, साथै आफ्नो कामुकता र आकर्षण गुम्नेछ भनेर डर मान्छन्। त्यसकारण तिनीहरू यसबारे खुलस्त हुँदैनन्। के त्यस्ता मानिसहरू बदनामप्रति असंवेदनशील होइनन् र? यदि कसैको मानवतामा यस्ता कुराहरू छन् भने के त्यो सामान्य हो? होइन। यसको आशय के हो भने यदि तँमा त्यस्तो मानवता र त्यस्ता व्यवहारहरू छन् भने, तँमा सामान्य मानवताको कमी छ; यसमा लाज र मर्यादाको कमी छ। कतिपय मानिस विपरीत लिङ्गी मानिसहरूको नजिक पर्नेबित्तिकै आफ्नो कपाल सुमसुम्याउन र लुगा मिलाउन थाल्छन्, वा लाली पाउडर घसेर आफूलाई सुन्दर बनाउन सक्दो प्रयास गर्छन्। यसमा तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरूको उद्देश्य भनेको प्रलोभनमा पार्नु हो। यो कुरा सामान्य मानवतामा हुनु हुँदैन। यसरी मानिसहरूलाई प्रलोभनमा पारेर केही महसुस नगर्न सक्नु, यो एकदम सामान्य र साधारण कुरा हो, यो ठूलो कुरा होइन भन्‍ने सोच्नु भनेको लाजको भावना नहुनु र के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍नेसमेत थाहा नहुनु हो। कतिपय मानिस दश हजार युआन दिइयो भने सडकमा पूर्णतया नग्न भएर तलमाथि हिँड्न तयार हुन्छन्। तिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू लज्जाबोध नभएका मानिस हुन्। तिनीहरू पैसाका लागि लाज नमानी जे पनि गर्छन्। तिनीहरूका लागि निष्ठा, चरित्र, लाज, र मर्यादाको कुनै अर्थ हुँदैन र ती व्यर्थ हुन्छन्। तिनीहरूलाई आफूले देखावट गर्न र अरूलाई प्रलोभनमा पार्न सक्नु आफ्नो प्रतिभा हो, र धेरै मानिसको निगाह प्राप्त गर्दा र धेरै मानिसलाई आफ्‍नो पछि लगाउँदा मात्र आनन्द पाइन्छ भन्ने लाग्छ। त्यस्तो महिलाका लागि यो नै सबैभन्दा ठूलो सम्मान हो; तिनीहरू त्यसैलाई बहुमूल्य ठान्‍छन्। तिनीहरू मर्यादा, लज्जाबोध वा चरित्रजस्ता कुराहरूलाई बहुमूल्य ठान्दैनन्। के यो असल मानवता हो? (होइन।) के तिमीहरूले यस्ता व्यवहारहरू प्रदर्शन गरेका छौ? (गरेका छौँ।) त्यसोभए के तिमीहरू ती कुरालाई नियन्त्रण गर्न सक्छौ? तिमीहरू ती कुरालाई प्रायजसो नियन्त्रण गर्न सक्छौ कि कहिलेकहीँ मात्रै? के तिमीहरू आफूलाई नियन्त्रण गर्न सक्छौ? आफूलाई नियन्त्रण गर्न सक्ने मानिसहरूको हृदयमा लाज हुन्छ। हरेक व्यक्तिले क्षणिक रूपमा आवेग र दुराचारको अनुभव गरेको हुन्छ, तर जब आफूलाई नियन्त्रण गर्न सक्‍नेहरूले यस्तो महसुस गर्छन्, तब तिनीहरूले आफूले गरिरहेको कुरा ठिक होइन, यसले तिनीहरूको इज्जत घटाउँछ, तिनीहरू तुरुन्तै सच्चिनुपर्छ, र तिनीहरूले यो काम गर्न छोड्नुपर्छ भन्‍ने महसुस गर्छन्। अनि पछि, तिनीहरूलाई फेरि यस्तो आइपर्दा, तिनीहरू आफूलाई नियन्त्रण गर्न सक्छन्। यदि तेरो मानवतामा आत्मसंयम देखाउने यति सानो क्षमतासमेत छैन भने, सत्यता अभ्यास गर्न आह्वान गर्दा तैँले केको विरुद्धमा विद्रोह गर्न सक्छस्? केही मानिसले राम्रा रूप पाएका हुन्छन्, अनि तिनीहरूलाई निरन्तर विपरीत लिङ्गका व्यक्तिहरूले पछ्याइरहेका हुन्छन्; जति बढी मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, उति नै तिनीहरू आफ्नो देखावट गर्न सक्ने अवस्थामा छु भन्ने महसुस गर्छन्। के तिनीहरूका लागि यो खतरनाक हुँदैन र? तैँले यस्तो अवस्थामा के गर्नुपर्छ? (यो गुप्त समस्यालाई चिन्‍ने र यसदेखि टाढा बस्नुपर्छ।) यो साँच्चै नै गुप्त समस्या हो जसदेखि तँ टाढा बस्नुपर्छ—यदि तँ टाढा बसिनस् भने, कुनै व्यक्तिले तँलाई पासोमा पारेको कुरा तैँले पत्ता लगाउनेछस्। तँ पासोमा पर्नुभन्दा अघि नै तैँले आफूलाई यस गुप्त समस्यादेखि टाढा राख्‍नु आवश्यक हुन्छ; यसलाई आत्मसंयम भनिन्छ। आत्मसंयम हुनेहरूसित लज्जाबोध र मर्यादा हुन्छ। जोसित यो हुँदैन, तिनीहरू आफूलाई लोभ्याउने जोकोहीको पनि लोभ्याइमा पर्न सक्छन् र कसैले तिनीहरूलाई पछ्याउँदा, तिनीहरू लोभ्याइको पासो स्वीकार गर्छन्, जसले समस्या ल्याउन सक्छ। यसबाहेक, तिनीहरूले जानीजानी देखावट पनि गर्छन्, आफूलाई सजाउँछन् र राम्रो कपडा लगाउँछन्, अनि तिनीहरू लगाउनुपर्ने जुन कपडाले आफूलाई धेरै सुन्दर, धेरै आकर्षक र राम्रो बनाउँछ, तिनीहरू विशेष रूपले त्यही कपडा लगाउने निर्णय गर्छन्, र हरेक दिन त्यही लगाउँछन्; यो तिनीहरूका लागि खतरनाक कुरा हो र यसले के देखाउँछ भने तिनीहरूले अरूलाई जानीबुझीकनै लोभ्याउन खोजिरहेका छन्। यदि तँ यी कपडाहरूमा अति आकर्षक र अति कामोत्तेजक देखिन्छस् भने तैँले आफ्‍नो देह विरुद्ध विद्रोह गरेर यी लुगा लगाउन छोड्नुपर्छ। यदि यस सम्बन्धमा तँसित सङ्कल्प छ भने, तैँले यो कुरा गर्न सक्छस्। तथापि, यदि तँसित यो सङ्कल्प छैन, र तँ जोडी खोज्न चाहन्छस् भने, गएर एउटा खोज्: अरूसँग नजिस्किकन सामान्य रूपमा एकअर्कासँग कुरा गर्। यदि तँ जोडी खोजिरहेको होइनस् तर अरूलाई लोभ्याउँछस् भने यसलाई निर्लज्जका रूपमा परिभाषित गर्न सकिन्छ। तँ आफूले के छनौट गरिरहेको छु भन्‍ने कुरामा तँ स्पष्ट हुनुपर्छ। के तिमीहरू सबैले सिद्धान्तहरू पालना गर्न सक्छौ? (हामीसित यो सङ्कल्प छ।) यदि तिमीहरूसित यो सङ्कल्प छ भने, तिमीहरूसित ऊर्जा छ, उत्प्रेरणा छ अनि ती पालना गर्न तिमीहरूलाई सजिलो हुनेछ। कतिपय मानिस स्वभावैले भद्र प्रकृतिका हुन्छन्, यसबाहेक, परमेश्‍वरमा विश्‍वास गरिसकेपछि तिनीहरू सत्यतालाई पछ्याउँछन् र सही मार्ग लिन्छन्, त्यसकारण तिनीहरूसित त्यो चाहना हुँदैन, अनि तिनीहरू आफूलाई लोभ्याउने प्रयास गर्ने कसैलाई पनि प्रत्युत्तर दिँदैनन्। केही मानिस यसमा पर्ने धेरै जोखिम हुन्छ, जबकि कसैले यसलाई कुनै ध्यानै दिँदैन; केही मानिससित यो सङ्कल्प छ भन्ने प्रतीत हुन्छ, तर तिनीहरू आफै पनि वास्तवमा आफूसँग छ कि छैन भनी बताउन सक्दैनन्। विपरीत लिङ्गका मानिसहरूसँग अन्तरक्रिया गर्ने विषयमा, तैँले सही प्रकारले लिनुपर्ने र पुनःपरीक्षण गर्नुपर्ने कुरा यही हो, र सामान्य मानवताको मर्यादा र लाजको अभिन्न भाग हो भनी पहिचान गर्नुपर्ने कुरा हो। लज्जाबोधको कमी मानवताको कमीसँग कसरी सम्बन्धित हुन्छ? यदि व्यक्तिमा लज्जाबोध छैन भने, उसमा कुनै मानवता हुँदैन भन्‍नु उचितै हुन्छ। मानवताको कमी भएको हरेक व्यक्तिले किन सत्यतालाई प्रेम गर्दैन? अनि हामी किन व्यक्तिमा मानवता छ भने उसले सत्यता पछ्याउन सक्छ भनेर भन्छौँ? ल भन्, के लज्जाबोध नभएका मानिसहरूलाई के राम्रो हो र के राम्रो होइन भन्‍ने थाहा हुन्छ? (हुँदैन।) त्यसोभए, जब तिनीहरू परमेश्‍वरको विरोध गर्ने, उहाँलाई धोका दिने र सत्यता उल्लङ्घन गर्ने खराब कामकुरा गर्छन्, तब के तिनीहरूलाई कुनै आत्मग्लानि हुन्छ? (हुँदैन।) यदि तिनीहरूको विवेकले तिनीहरूलाई घोचेन भने के तिनीहरू सही मार्गमा जान सक्छन्? के तिनीहरू सत्यता पछ्याउन सक्छन्? छाडा, निर्लज्ज मानिसहरू भावशून्य हुन्छन्; तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरू, वा परमेश्‍वर केलाई प्रेम गर्नुहुन्छ र केलाई घृणा गर्नुहुन्छ भनेर स्पष्ट रूपमा छुट्याउन सक्दैनन्। त्यसकारण, जब परमेश्‍वर मानिसहरूलाई इमानदार हुन भन्नुहुन्छ, तब तिनीहरू भन्छन्, “झूट बोल्दैमा के हुन्छ? झूट बोल्नु अपमानजनक कुरा होइन!” के लाज नभएको व्यक्तिले यस्तै भन्दैन र? यदि लज्जाबोध भएको व्यक्तिले इमानदार हुन सकेन र यो कुरा सबैले थाहा पाए भने, के उसको अनुहार रातो हुँदैन र? के उसलाई भित्री रूपमा असहज हुँदैन र? (हुन्छ।) अनि लाज नभएको व्यक्तिले के भन्छ? “इमानदार व्यक्ति हुनु, अरूले के सोच्छन्, तिनीहरूका लागि मेरो के मूल्य छ, वा तिनीहरूले मलाई कति महत्त्व दिन्छन्—यी कुनै पनि कुराले मलाई फरक पार्दैन!” उसले मतलब नै गर्दैन। त्यसोभए के ऊ अझै पनि सत्यता पछ्याउन सक्छ? यदि उसले झूट बोलेपछि उसलाई हृदयमा छटपटी भएको छ कि छैन वा उसलाई कुनै आत्मग्‍लानि भएको छ कि छैन भनेर सोधिस् भने, उसले भन्‍नेछ, “शान्तिमा हुनु भनेको के हो? आत्मग्‍लानि हुनु भनेको के हो? यसलाई किन यति ठूलो समस्या बनाउने?” उसमा त्यस्तो कुनै चेतना हुँदैन। के त्यस्तो खराब समझ भएको व्यक्तिले परमेश्‍वरलाई पछ्याउन सक्छ? के उसले सत्यता पछ्याउन सक्छ? ऊ यसलाई पछ्याउँदैन। उसका लागि, सकारात्मक र नकारात्मक कुराहरूबीच, सत्यता र यसलाई उल्लङ्घन गर्ने कुराबीच कुनै भिन्नता हुँदैन—ती सबै एउटै हुन्। जे भए पनि, ऊ के सोच्छ भने, यदि सबैले प्रयास गरे, आफ्नो कर्तव्य पूरा गरे, र मूल्य चुकाए भने ठिकै हुन्छ। यी कुराहरूबीच भिन्नता छुट्याउने कुनै पनि कुरा हुँदैन। उसले परमेश्‍वरको प्रतिरोध गर्ने कुनै काम गरिसकेपछि, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने कुनै काम गरिसकेपछि, अरू कसैका हितमा हानि गर्ने कुनै काम गरिसकेपछि, वा मण्डलीको काममा बाधा दिने कुनै काम गरिसकेपछि उसलाई कुनै आत्मग्लानि महसुस हुँदैन। उसलाई बिलकुलै आत्मग्लानि हुँदैन। यस हिसाबमा, के उसमा लज्जाबोधको कमी छैन र? लज्जाबोध नभएका मानिसहरूले यस्ता कुराहरू खुट्याउन सक्दैनन्। तिनीहरूलाई आफूले चाहेको कुरा गर्न पाए भइहाल्छ। जे गरे पनि हुन्छ; मूल्याङ्कन गर्न सत्यता प्रयोग गरिरहनु आवश्यक हुँदैन। त्यसकारण, लज्जाबोध नभएका मानिसहरू सत्यतालाई बुझ्न वा अभ्यास गर्न सक्दैनन्। लज्जाबोध नहुनु र मानवताको कमी हुनुबीचको सम्बन्ध यही हो। त्यसोभए, तिमीहरूले किन यसो भन्‍न सकेनौ? तिमीहरू सबैले यस्तो सोचिरहेका छौ, “तपाईँले जे प्रचार गरिरहनुभएको छ, त्यो सत्यतासँग त्यति धेरै सम्बन्धित छैन; यो सत्यताभन्दा निकै फरक छ। हामी प्रायः यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्छौँ, तसर्थ के हामीलाई अझै पनि तपाईँले ती कुराबारे भन्नु आवश्यक छ र?” यदि तिमीहरूलाई सत्यतासँग यसको कुनै सम्बन्ध छैन भन्‍ने लाग्छ भने, तिमीहरू सत्यता वास्तविकतामा कतिसम्म प्रवेश गरेका छौ? के तिमीहरू सामान्य मानवतामा जिउँछौ? के तिमीहरू साँच्‍चै सत्यता र मानवता भएका मानिस बनेका छौ? तिमीहरू कदमा अत्यन्तै साना छौ र तिमीहरू यी कुराहरूसमेत पत्ता लगाउन सक्दैनौ, त्यसकारण तिमीहरूमा कस्तो सत्यता वास्तविकता हुन सक्छ र?

परमेश्‍वरको घरका दशवटा प्रशासनिक आदेशहरूमध्ये एउटाले भन्छ: मानिसमा भ्रष्ट स्वभाव हुन्छ र त्यसबाहेक ऊसँग भावनाहरू छन्। जस्तै कि, परमेश्‍वरको सेवा गर्दा विपरीत लिङ्गका दुई सदस्यहरू मात्र एकलै रहेर काम गर्न पूर्ण रूपमा निषेध गरिएको छ। त्यसो गरेको थाहा पाइएको खण्डमा, जोकोहीलाई कुनै अपवादविना निष्कासित गरिनेछ। मानिसहरू यो प्रशासनिक आदेशलाई कसरी लिन्छन्? यदि कुनै पुरुषले तीस जनाभन्दा बढी महिलासँग अनुचित सम्बन्ध राखेको छ भने, ल भन्, यो कुरा सुनेका मानिसहरूलाई यसबारे कस्तो महसुस हुन्छ होला? (तिनीहरूले पत्याउनेछैनन्।) यो सुन्दा तँलाई अचम्म लाग्नेछ; तैँले चकित हुँदै भन्‍नेछस्, “अहो, कति धेरै! त्यो त घिनलाग्दो कुरा हो, होइन र?” अनि त्यस मानिसले तँलाई यो कुरा बताउँदा कस्तो अनुभूति गर्थ्यो होला? (उसले त्यो कुराले आफूलाई फरक नपर्ने जस्तो गरेको हुन्थ्यो।) उसका लागि त्यो कुनै ठूलो कुरा हुनेथिएन। उसलाई आज के खाने भनेर सोध्: “भात।” उसलाई कति जना महिलासँग सुतेको छस् भनेर सोध्: “तीस जना वा त्योभन्दा बढी।” उसले यी दुइटै कुरा बिलकुल उस्तै आवाजमा र उस्तै मानसिकताका साथ भन्‍नेछ। के त्यस्तो मानवता भएको व्यक्तिका लागि कुनै मुक्ति हुन्छ? हुँदैन, चाहे उसले परमेश्‍वरमा विश्‍वास गरेको नै किन नहोस्। त्यस्तो कुरा फ्याट्ट बोल्दा उसलाई लाज नहुने कसरी हुन सक्छ? यो त अपमानजनक कुरा हो! त्यसोभए उसले कसरी फ्याट्ट यसो भन्न सक्यो? ल भन्, के उसमा कुनै लज्जाबोध बाँकी हुन्छ? अहँ, हुँदैन। उसको मानवताभित्रको विवेकको चेतना पहिले नै भावशून्य भइसकेको हुन्छ, र ऊसँग अब कुनै बोध क्षमता बाँकी हुँदैन। यो चरित्रभ्रष्ट हुने मामला मात्र होइन—लाज वा मर्यादाविनाका मानिसहरू अब मानिस रहँदैनन्। बाहिरबाट त तिनीहरू अझै पनि मानिसजस्तै देखिन्छन्, तर तिनीहरूले कुनै कुरा सम्हाल्नुपर्ने बित्तिकै सबै कुरा बिग्रिन्छ। तिनीहरूले कुनै लाज नमानी जे पनि गर्न सक्छन्—अनि त्यसको अर्थ तिनीहरू अब मानिस रहेनन् भन्‍ने हुन्छ। यी विषयहरूबारे हाम्रो कुराकानीलाई यहीँ समाप्त गरौँ।

आज हामीले छलफल गरेको सामान्य मानवताका यी तीन पक्षबारे घोरिएर विचार गर्—के ती महत्त्वपूर्ण छन्? के सामान्य मानवताका यी कुराहरू सत्यताको पछ्याइबाट अलग छन्? (छैनन्।) त्यसोभए सत्यताको पछ्याइसँग तिनको के सम्बन्ध छ? यदि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको मानवतामा सावधानी, जिम्मेवारी बोध, वा आफ्ना कामहरूमा ध्यान दिन सक्‍ने क्षमता छैन भने—यदि उसमा त्यस्तो मानवता छैन भने, उसले परमेश्‍वरमाथिको विश्‍वास र सत्यता पछ्याइमा के प्राप्त गर्न सक्छ? हामीले वर्षौँदेखि हरेक क्षेत्रका धेरै सत्यताबारे सङ्गति गरेका छौँ। यदि मानिसहरूले ध्यान दिँदैनन् वा यी सत्यताहरूलाई विवेकपूर्ण मानसिकताले हेर्दैनन्, हचुवाको भरमा काम गर्छन् र विवेकपूर्ण ढङ्गले केही पनि गर्दैनन् भने, के तिनीहरूले यसरी सत्यताको बुझाइ हासिल गर्न सक्छन्? कतिपय मानिसले भन्छन्: “यदि म सत्यताको बुझाइसम्म पुग्न सकिनँ भने, के मैले यी धर्मसिद्धान्त र शब्दावलीहरूलाई याद गर्दा हुँदैन र?” के तैँले अन्तमा यसरी सत्यता प्राप्त गर्न सक्‍नेछस्? यदि तँमा यस्तो सामान्य मानवता छैन र तेरो मानवताभित्र यी कुराहरू छैनन्, अर्थात् तँमा विभिन्‍न कुराप्रति विवेकपूर्ण, सावधानीपूर्ण, गम्भीर, र जिम्मेवार मनोवृत्ति छैन भने, सत्यता तेरा लागि धर्मसिद्धान्त र थेगोहरूमा परिणत हुन्छ—यो प्रावधानहरूमा परिणत हुन्छ। तैँले सत्यता प्राप्त गर्न सक्दैनस्, किनभने तँ यसलाई बुझ्न असक्षम छस्। त्यसबाहेक, यदि तँ आफ्नो व्यक्तिगत जीवनको वातावरण, दिनचर्या, र शैलीलाई राम्ररी व्यवस्थापन गर्न सक्दैनस् भने, के सत्यतासँग सम्बन्धित विभिन्‍न सिद्धान्त र भनाइहरूमा प्रवेश गर्न सक्षम हुनेछस्? हुनेछैनस्। यसका साथै, मानिसहरूले जीवनमा सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, साथै नकारात्मक र दुष्ट कुराहरूप्रति हृदयको गहिराइमा तिरस्कार र घृणाको मनोवृत्ति राख्‍नुपर्छ। केही सत्यतामा प्रवेश गर्ने एकमात्र तरिका यही हो। यसको अर्थ सत्यता पछ्याइमा, तँसँग सही मनोवृत्ति र उचित मानसिकता हुनैपर्छ; तँ सोझो र गम्भीर व्यक्ति हुनैपर्छ। यस्ता मानिसहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्। यदि कुनै व्यक्तिमा कुनै लज्जाबोध छैन, र धेरै दुष्ट कामकुरा गरेपछि, परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र सत्यता उल्लङ्घन गर्ने धेरै कुराहरू गरेपछि पनि यो ठूलो कुरा होइन भन्‍ने सोचेर ऊ हृदयमा भावशून्य र बेखबर रहन्छ भने—के यस्तो अवस्थामा उसका लागि सत्यताको कुनै काम हुन्छ? यसको कुनै काम हुँदैन। सत्यताले उसमा कुनै प्रभाव पार्दैन, र यसले उसलाई बन्धनमा पार्न, हप्काउन, मार्गदर्शन गर्न, वा दिशा र बाटो देखाउन सक्दैन, यसको अर्थ ऊ समस्यामा हुन्छ। लज्जाबोधसमेत नभएको व्यक्तिले कसरी सत्यतालाई बुझ्न सक्छ? कुनै व्यक्ति सत्यता बुझ्न सक्‍ने हुनका लागि, सुरुमा ऊ सकारात्मक र नकारात्मक कुराहरूप्रति हृदयमा संवेदनशील हुनैपर्छ। नकारात्मक वा दुष्ट कुराको उल्लेख गर्दा वा सामना गर्दासमेत उसलाई घृणा लाग्छ, र ऊ आफैले यस्तो काम गर्‍यो भने, उसलाई लाज लाग्छ र छटपटी हुन्छ। उसले सत्यताप्रति प्रेम महसुस गर्छ र आफ्नो हृदयमा सत्यतालाई स्विकार्न सक्छ; उसले यसलाई प्रयोग गरेर आफूलाई नियन्त्रण गर्न र आफ्नो गलत स्थितिलाई उल्ट्याउन सक्छ। के यी कुराहरू सामान्य मानवतामा हुनुपर्ने कुराहरू होइनन् र? (हुन्।) के यी कुराहरू प्राप्त गरेपछि व्यक्तिलाई सत्यता पछ्याउन सजिलो हुँदैन र? अनि यदि कसैमा तीमध्ये कुनै पनि कुरा छैन भने, सत्यता पछ्याउनेबारे बोल्नु खोक्रो कुरा मात्रै हुन्छ—उसको हृदयमा सकारात्मक कुराहरू छैनन् भने उसले कसरी त्यो काम गर्न सक्छ? तेरो सामान्य मानवतामा यी कुराहरू नभएसम्म सत्यताले तँभित्र जरा गाड्ने, त्यो फुल्‍ने, र त्यसले फल दिने हुँदैन—त्यतिन्जेलसम्‍म यसले असर पार्नेछैन। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तैँले आफ्नो सोचाइलाई परिवर्तन गर्न र आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्‍नेछस्, र तेरा भ्रष्ट विचारहरू झन्-झन् कम हुनेछन्। यो नै साँचो परिवर्तन हो।

तिमीहरूमा आज हामीले छलफल गरेका सामान्य मानवताका यीमध्ये कतिवटा प्रकटीकरणहरू छन्? तिमीहरूमा कतिवटाको कमी छ? तिमीहरूमा कुन प्रकटीकरण छ? (लज्जाबोध।) लज्जाबोध—त्यो राम्रो कुरा हो। तँमा कम्तीमा पनि लज्जाबोध हुनुपर्छ। अरू के छ? के तिमीहरू सबैसँग मानिस, घटना, र कामकुराका सम्बन्धमा विवेकपूर्ण, र सावधानीपूर्ण मानसिकता र मनोवृत्ति छन्? म के देख्छु भने तिमीहरू जे पनि गर्छौ, त्यसमा तिमीहरू लापरवाह छौ, जोसजाँगर मार्छौ र सुस्ताउँछौ, र तिमीहरूले गर्ने ती कुराहरू देख्दा, मेरो हृदयमा चिन्ता बढ्छ। के तिमीहरू यी समस्याहरू आफै पत्ता लगाउन सक्छौ? के तिमीहरू आफूले ती पत्ता लगाउँदा चिन्तित हुन्छौ? (हुन्छौँ।) कुन रूपमा? यसबारे कुरा गर्। (अहिले भर्खरै परमेश्‍वरको सङ्गति सुनेपछि, मलाई मसँग त्यति धेरै मानवता छैन, र मेरो कर्तव्य र मेरो जीवनका घटनाहरूप्रति ममा लापरवाह मानसिकता छ भन्‍ने लागेको छ। म परमेश्‍वरले माग गर्नुभएका मानकहरूबाट निकै टाढा छु। मलाई अलि डर लागेको छ।) तेरो मानवतामा धेरै कुराको कमी छ, हो कि होइन? तँलाई के लाग्छ भने तैँले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस् र धेरै सत्यता सुनेको छस्, तैपनि तँसित मानवताका सबैभन्दा आधारभूत कुराहरूसमेत छैनन्—तँ कसरी चिन्तित नभई बस्‍न सक्छस्? कतिपय मानिससँग थोरै प्राविधिक सिप हुन्छ, तर तिनीहरूले गर्ने सबै कुरा कमसल हुन्छन्। यो सबै न्यून स्तरको हुन्छ, मापदण्डअनुरूप हुँदैन, र तिनीहरू उन्‍नत र स्तरीय विधिहरू के हुन् भनेर जाँच्दैनन्। के यो तिनीहरूको प्रतिगामी सोच होइन र? उदाहरणका लागि, एकपटक तिनीहरूलाई ढोका हाल्न लगाउँदा तिनीहरूले यसो भने: “हाम्रो ठाउँतिर त धेरैजसो ढोका एकपल्ले मात्रै हुन्छ।” तिनीहरूको त्यो सानो ठाउँले मापदण्ड तय गर्दैन। तिनीहरूले ठूला सहरका व्यावसायिक र आवासीय भवनहरूका ढोकाको शैली हेर्नुपर्छ, त्यसपछि वास्तविक परिस्थितिअनुसार आफ्नो काम गर्नुपर्छ। तैपनि यहाँ, तिनीहरूले मुख खोलेर भने: “हामी हाम्रो घरतिर त दुईपल्ले ढोका बनाउँदैनौँ, र यहाँ धेरै मानिस पनि छैनन्। धेरै भए पनि ठूलो कुरा हुनेथिएन—तिनीहरू चेपाचेप गरेर पस्न सक्छन्।” अर्कोले भन्यो: “यदि मानिसहरू धेरै लामो समयसम्‍म चेपाचेप भए भने, ढोकाको पल्ला भाँचिनेछ। यस विषयमा कुरा गरौँ। यसपटक हामी अपवादका रूपमा दुईपल्ले ढोका बनाऊँ, हुन्छ?” त्यसपछि तिनीहरूले भने: “हुँदैन! म एकपल्ले ढोका नै बनाउँछु; म दुईपल्ले ढोका बनाउन सक्दिनँ। यो कसरी बनाउने भन्‍ने कुरा मलाई थाहा हुन्छ कि तपाईँलाई? मलाई—त्यसोभए यस विषयमा तपाईँ किन मेरो कुरा सुन्‍नुहुन्‍न? तपाईँले मेरो कुरा सुन्‍नुपर्छ!” तिनीहरूलाई परिस्थितिअनुसार काम गर्न भनियो, तर तिनीहरूले सुनेनन् र सानो ढोका नै बनाउन अड्डी कसे। के यो झन्झट होइन र? प्रकाश छिरोस् र ठाउँ साँघुरो नदेखियोस् भनेर भित्री र बाहिरी भागबीच सिसा हाल्न लगाउँदा, तिनीहरूले भने, “किन सिसा हाल्‍ने? त्यो सुरक्षाको जोखिम हुनेछ, होइन र? म त सिसा हाल्दिनँ; यी दुईवटा ढोका नै काफी छन्। हाम्रोतिर त यस्तो ढोका मात्र प्रयोग गर्छौँ।” तिनीहरू अरूलाई दबाउन सधैँ “हाम्रोतिर,” “हाम्रो घरतिर,” “मैले प्राविधिक कुराहरू अध्ययन गरेको छु” जस्ता कुराहरू दोहोर्‍याइरहन्छन्। के ती कुराहरू सत्यता हुन्? (होइनन्।) बाहिरी मामलाहरूप्रति यस्तो मनोवृत्ति अपनाउनका लागि, तिनीहरूको मानवताभित्र के कुराको कमी भएको हुनुपर्छ? चेतना। अनि तिनीहरूको चेतनामा विशेष गरी कुन कुराको कमी भएको हुनुपर्छ? अन्तर्ज्ञान। तिनीहरूलाई सधैँ आफ्नो ठाउँको सबै कुरा ठिक हो, सबैभन्दा उच्च कुरा त्यही हो, त्यो सबै सत्यता हो भन्‍ने लाग्छ। के तिनीहरूको चेतना कमजोर छैन र? सामान्य चेतना कस्तो देखिनुपर्छ? सामान्य चेतना भएको भए तिनीहरूले यसो भन्‍नेथिए, “म धेरै वर्षदेखि यस व्यवसायमा छु, तर मैले त्यति धेरै कुरा देखेको छैनँ। हाम्रोतिर त हामी सबैले ढोकाहरू यसरी नै बनाउँछौँ, त्यसकारण यहाँका ढोकाहरू कति ठूला हुन्छन् हेरौँ। यहाँका मानिसहरूले जे गर्छन् हामी त्यसैमा सहमत हुनेछौँ। यो फरक ठाउँ हो, र यस काममा म लचकदार हुनुपर्छ।” के त्यो चेतना होइन र? (हो।) त्यसोभए के त्यस्तो व्यक्तिमा यस्तो चेतना हुन्छ? हुँदैन—उसमा कुनै समझ हुँदैन। अनि अन्त्यमा यसलाई कसरी सम्हालियो? काम पुनः गर्नुपर्‍यो। के काम पुनः गर्नु घाटा होइन र? (हो।) हो, घाटा हो। के यस्ता घटनाका उदाहरणहरू धेरै छन्? छन् नि। त्यो व्यक्ति पूरै जिद्दी छ। ऊ कति जिद्दी छ? जसले जे भने पनि ऊ सुन्दैनथ्यो; ऊ मेरो कुरासमेत सुन्दैनथ्यो, र ऊ मेरो खण्डनसमेत गर्थ्यो। मैले भनेँ, “तैँले यो कुरा परिवर्तन गर्नुपर्छ। गरिनस् भने, यो काम तेरा लागि होइन।” अनि उसले यसो भन्‍ने दुस्साहस गर्‍यो, “तपाईँलाई मेरो आवश्यकता नपरे पनि म यत्रै ढोका बनाउँछु!” त्यो कस्तो स्वभाव हो? के त्यो सामान्य मानवता हो? (होइन।) यो सामान्य मानवता होइन—त्यसोभए यो कस्तो मानवता हो त? मेरो विचारमा, तिनीहरू अलिक पशुजस्तै छन्। यो त गोरु तिर्खाएको जस्तै हो: यसले गाडामा जति धेरै सामान वा मानिसहरू बोकिरहेको भए पनि, पानीको खाडल वा नदी देख्‍नेबित्तिकै, गाडालाई सिधै त्यतै तानेर लग्‍नेछ। जति नै मानिसहरू भए पनि तिनीहरू त्यो तानेर फर्काउन सक्दैनन्। हामी त एउटा पशुको कुरा गरिरहेका छौँ। के मानिसहरूमा पनि यस प्रकारको स्वभाव हुन्छ? जब तिनीहरूमा यस्तो स्वभाव हुन्छ, तब यो सामान्य मानवता होइन, र त्यो खतरनाक कुरा हो। तिनीहरूले तँलाई इन्कार गर्ने, र तेरो कुरा सुन्‍न छोड्ने बहाना पाउनेछन्। तिनीहरू अत्यन्तै जिद्दी र मूर्ख हुन्छन्। दैनिक जीवनका त्यस्ता कुराहरूमा, यदि तँमा विनम्र भई स्विकार्ने, अरूका रायहरू सुन्ने मनोवृत्ति छैन भने, यदि तँमा अध्ययन गर्ने मनोवृत्ति छैन भने, तँ कसरी सत्यता स्वीकार गर्न सक्षम हुनेछस्? तैँले यसलाई कसरी अभ्यास गर्न सक्‍नेछस्? सबैले दुईपल्ले ढोका बनाउनु नै उपयुक्त हुन्छ भनेर भन्छन्। तैँले त्योसमेत गर्न सक्दैनस्, र त्यो सत्यता अभ्यास गर्नुको नजिक पनि भएन—तँ कुनै उचित सुझावसमेत सुन्दैनस्। के तैँले सत्यतासँग सम्बन्धित कुनै कुरा सुन्न सक्‍नेछस्? तँ सधैँ जस्तै सुन्दैनस्। यो कुरा यस्तो स्वभाव भएको व्यक्तिको दिमागमा घुस्दैन र त्यो उसका लागि ठूलो समस्या हुन्छ। यदि कसैको मानवतामा यस्तो समझसमेत छैन भने, उसले कुन सत्यता अभ्यास गर्न सक्छ? ऊ हरेक दिन व्यस्त हुने ती कुराहरू कसका लागि गर्छ? ऊ ती कामहरू पूर्ण रूपमा आफ्नै रुचि, आफ्नै स्वार्थी चाहनाहरूअनुसार गर्छ। हरेक दिन, ऊ दैनिक जीवनमा वरिपरिका मानिस, घटना, र कामकुराहरूप्रति यस प्रकारको दृष्टिकोण राख्छ: “म जे मन लाग्छ त्यही गर्नेछु, जे सोच आउँछ त्यही गर्नेछु, र जे विश्‍वास लाग्छ त्यही गर्नेछु।” यसलाई के भनिन्छ? दिनभरि, तिनीहरूले सोच्ने सबै कुरा पूर्ण रूपमा दुष्ट हुन्छ। अनि यदि तिनीहरू हृदयमा यति दुष्ट छन् भने, तिनीहरूका कार्यहरू कस्ता होलान्? के त्यस्तो व्यक्ति हुन्छ जसका सबै विचार दुष्ट छन्, तर उसका सबै कार्यहरू अझै पनि सत्यतासँग मिल्छन्? यो ठिक होइन—यो विरोधाभास हुनेछ। उसका विचारहरू सबै दुष्ट छन्, र उसको सुरुवाती विन्दु पूर्ण रूपमा दुष्ट छ, त्यसकारण उसले गर्ने कामकुराहरू कम्तीमा पनि याद गरिनेछैन। अनि याद नगरिने कुराहरूमध्ये, कतिपय अवरोध र बाधा हुन्छन्, कतिपय विनाशकारी हुन्छन्, तर अरू त्यति खराब हुँदैनन्। यदि यी कुराहरूलाई गम्भीरतापूर्वक लिइयो भने, तिनलाई निन्दा गरिनुपर्थ्यो। कुरा त्यस्तै हो।

कतिपय मानिसमा एक प्रकारको गलत दृष्टिकोण हुन्छ, जुन अरूलाई निकै घृणित लाग्छ। यी मानिसहरूमा केही प्रतिभा वा सबल पक्षहरू हुन्छन्, वा सायद कुनै शिल्प, केही दक्षता, वा केही क्षेत्रमा विशेष क्षमता हुन्छ, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, आफूलाई विशिष्ट मानिस ठान्छन्। के यो मनोवृत्ति सही हो? यो दृष्टिकोणबारे तिमीहरूलाई के लाग्छ? के यो सामान्य मानवताको सोचाइमा पर्ने कुरा हो? होइन। त्यसोभए यो कस्तो विचार हो त? के यो समझको कमी हुनु होइन र? (हो।) तिनीहरू यस्तो विश्‍वास गर्छन्, “म साधारण मानिसहरूभन्दा माथि छु किनभने म यो शिल्प जान्दछु, र म परमेश्‍वरको घरको साधारण व्यक्तिभन्दा राम्रो छु। म शिल्पकला र क्षमता भएको पुरुष हुँ, र म बोल्न सिपालु र प्रतिभाशाली छु। म परमेश्‍वरको घरको सबैभन्दा उत्कृष्ट व्यक्ति हुँ। म सबैको प्यारो व्यक्ति हुँ। कसैले पनि मलाई आदेश दिन, अगुवाइ गर्न, र कुनै काम गर्ने हुकुम दिन सक्दैन। मसँग यो सीप छ, त्यसकारण म जे चाहन्छु त्यही गर्नेछु। मैले सिद्धान्तहरूबारे सोच्नु पर्दैन—म जे गर्छु त्यो सही र सत्यताअनुरूप हुन्छ।” यो दृष्टिकोणबारे तिमीहरूलाई के लाग्छ? के यस्ता मानिसहरू छैनन् र? त्यस्ता मानिसहरूको कमी छैन, र तिनीहरू आफ्नो शान देखाउनका लागि परमेश्‍वरको घरमा आएका हुन्छन्। यदि तिनीहरूले आफ्ना सामर्थ्य र सिपहरूलाई परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्नमा प्रयोग गरे भने, त्यो ठिकै हुनेछ, तर यदि तिनीहरू आफ्नो शान देखाउन आएका हुन् भने त्यो अर्कै प्रकृतिको समस्या हो। यसलाई किन “आफ्नो शान देखाउनु” भनेर भनिन्छ? तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूलाई मूर्ख ठान्छन्, केही जस्तो ठान्दैनन्। के तिनीहरूको सोचाइमा केही गडबडी भएको छैन र? के तिनीहरूको चेतनामा केही समस्या छैन र? के परिस्थिति वास्तवमा यस्तै हुन्छ? के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू साँच्‍चै नै मूल्यहीन हुन्छन्? (हुँदैनन्।) त्यसोभए ती मानिसहरू उनीहरूलाई किन त्यस रूपमा हेर्छन्? तिनीहरूले किन त्यस्तो सोच्छन्? के कुराले यस्तो विचार पैदा गराउँछ? के तिनीहरू यो कुरा गैरविश्‍वासीहरूबाट सिक्छन्? तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू केही पनि होइनन्, उनीहरू सबै गृहस्थ श्रीमान-श्रीमती हुन्, उनीहरू सबै किसान हुन्, र उनीहरू समाजको तल्लो तहका मानिस हुन् भन्‍ने सोच्छन्। तिनीहरूले ठूलो रातो अजिङ्गरको दृष्टिकोण बोकेका हुन्छन्। तिनीहरू के सोच्छन् भने परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू असक्षम हुन्छन्, उनीहरू समाजमा आफ्नो बाटो बनाउन सक्दैनन्, र उनीहरूका लागि त्यहाँ कुनै बाटो नभएको र जाने कुनै ठाउँ नभएको हुनाले मात्रै उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेका हुन्। तिनीहरू आफूसँग केही क्षमता भएकाले, आफूलाई कुनै पेसाबारे थोरै थाहा भएकाले, वा आफूसँग केही प्राविधिक ज्ञान भएकाले आफू परमेश्‍वरको घरको प्रतिभाशाली व्यक्ति भएको ठान्छन्। के त्यो विचार सही हो? (होइन।) त्यसमा के कुरा गलत छ? तिनीहरू परमेश्‍वरको घरमा कुनै सक्षम मानिसहरू छैनन् भन्ठान्छन्, र तिनीहरू आफ्नो थोरै व्यावसायिक ज्ञान भएकाले, आफूले शक्ति प्रयोग गर्न र विभिन्‍न कुराहरूबारे हैकम चलाउने अधिकार राख्न चाहन्छन्। के त्यस्ता मानिसहरू छन्? के तिमीहरूमाझ, वा तिमीहरूसँग परिचित वा तिमीहरूले चिनेका मानिसहरूमाझ यस्ता मानिसहरू छन्? कुनै निश्‍चित क्षेत्रमा दक्षता भएका मानिसहरू धेरै छन्, र जब तैँले तिनीहरूलाई समूह अगुवा वा सुपरिवेक्षकका रूपमा काम गर्न लगाउँछस्, तब तिनीहरूलाई आफूले कुनै आधिकारिक पद प्राप्त गरेको छु भन्ने लाग्छ। तिनीहरूलाई के लाग्छ भने परमेश्‍वरको घरमा तिनीहरूको हैकम चल्छ, तिनीहरूले जस्तो अरू कसैले पनि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्दैन वा यसका हितहरूको रक्षा तिनीहरूले भन्दा बढी कसैले गर्दैन, र तिनीहरूजस्तो बफादार कोही छैन। तिनीहरू सबै कुराको व्यवस्थापन गर्न र सबै कुरामा सहभागी हुन चाहन्छन्, तर तिनीहरू केही पनि राम्रोसँग व्यवस्थापन गर्दैनन्, न त सत्यता सिद्धान्तहरू खोजी नै गर्छन्। तिनीहरू मेरो कुरासमेत सुन्दैनन्। के त्यस्ता मानिसहरू छन्? (छन्।) त्यस्ता मानिसहरू छन्। तिनीहरू आफूसँग भएको निश्‍चित सिपको नाममा सबैलाई व्यवस्थापन गर्न र पदमा बस्न चाहन्छन्। उदाहरणका लागि, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मन नपर्ने कुरा गर्दा, तिनीहरू यसो भन्छन्: “हामीले यी मानिसहरूलाई नियन्त्रण गर्नुपर्छ—तिनीहरू उद्दण्ड छन्!” जब परमेश्‍वरका विश्‍वासीहरूमा समस्या हुन्छ, तब तिनीहरूसँग सत्यतामा सङ्गति गर्नैपर्छ। यो कुनै सैन्य शिविर होइन, जहाँ सैन्य नियन्त्रण अभ्यास गर्नैपर्छ। मण्डलीका मामलाहरूमा, परमेश्‍वरका वचनहरूबारे सङ्गति गरेर अनि मानिसहरूलाई सत्यता बुझाएर मात्र समस्याहरू समाधान गर्न सकिन्छ। सत्यता नस्विकार्ने र स्वेच्छाचारी ढङ्गले र सनकमा काम गर्नेहरू काटछाँटमा पर्न सक्छन्—सत्यतालाई स्वीकार नगर्न दृढ रूपमा लागिपरेका मानिसहरूलाई मात्रै अनुशासनमा राख्‍न सकिन्छ। सुपरिवेक्षक वा अगुवा र कामदारका रूपमा सेवा गरेका कतिपय मानिससँग स्पष्ट रूपमा नै सत्यता वास्तविकता हुँदैन, तर पनि तिनीहरूले परमेश्‍वरको घरमा सधैँ शक्ति प्रयोग गर्ने र हैकम जमाउने अधिकार राख्न चाहन्छन्। के यी मानिसहरूमा विवेक र समझ हुन्छ? तिनीहरूलाई कुनै पनि व्यवसायका केही युक्तिहरू मात्रै थाहा हुन्छ तर तिनीहरू अलिकति पनि सत्यता बुझ्दैनन्। तिनीहरू आफूलाई उपयोगी र सक्षम ठान्छन्, र आफूलाई परमेश्‍वरको घरको औसत व्यक्तिभन्दा असल ठान्छन्, साथै तिनीहरू शक्तिको पदमा रहेर मण्डलीमा आफूले चाहेको कुरा गर्न—अर्थात् एकल, हैकम चलाउने अधिकार राख्न चाहन्छन्। तिनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन् बरु आफ्नो इच्छाअनुसार, आफ्नो रुचिअनुसार काम गर्छन्। समस्या के हो? के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? के यस्ता मानिसहरूमा सामान्य मानवताको समझ हुन्छ? तिनीहरूमा यसको एउटा झिल्को पनि हुँदैन। हामी सामान्य मानवतासम्बन्धी हाम्रो सङ्गतिलाई यहीँ समाप्त गर्नेछौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्