विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई) खण्ड एक
पूरक: सामान्य मानवताका तीन पक्षबारे छोटो छलफल
यसपटक हाम्रो सङ्गतिमा हामी कथाहरू सुनाउनेछैनौँ। हामी प्रायजसो चर्चा गरिने एउटा विषयबाट सुरु गर्नेछौँ: मानवता भनेको के हो। विगतमा हामीले यस विषयमा धेरै कुरा भनेका छौँ, र अहिले पनि भन्छौँ। यो बारम्बार उल्लेख गरिने विषय हो, व्यक्तिले आफ्नो दैनिक जीवनमा हरेक दिन सामना गर्ने समस्या हो, व्यक्तिले हरेक दिन सामना र अनुभव गर्न सक्ने विषय हो। विषय चाहिँ मानवता भनेको के हो भन्ने रहेको छ। मानवतामा केही महत्त्वपूर्ण कुरा पर्छन्। व्यक्तिको दैनिक जीवनमा प्रकट हुने मानवताका सामान्य प्रकटीकरणहरू केके हुन्? (निष्ठा र इज्जत।) अरू के हो? विवेक र समझ, होइन र? (हो।) तिमीहरू तीबारे प्रायजसो बोल्छौ। अरू कुराहरू केके छन् जसबारे तिमीहरू प्रायजसो कुरा गर्दैनौ? अर्थात्, प्रायः मानवताबारे कुरा गर्दा तिमीहरूले मूलतः नछुने विषयहरू केके हुन्? विवेक र समझ, निष्ठा र इज्जत—यी पहिल्यैदेखि रहिआएका विषयहरू हुन् जसलाई व्यक्तिले नियमित रूपमा सामना गर्नुपर्छ। तिमीहरूले प्रायजसो छलफल गर्ने विवेक, समझ, निष्ठा, र इज्जत अनि तिमीहरूको वास्तविक जीवनबीच कति ठूलो सम्बन्ध छ? त्यो सामग्रीले तिमीहरूको वास्तविक जीवनको अभ्यास र प्रवेशमा कसरी सुधार ल्याएको छ र सहयोग गरेको छ? यो कति फाइदाजनक भएको छ? त्यसोभए, तिमीहरूको दैनिक, सामान्य मानव जीवनसँग निकट सम्बन्ध भएका अरू केकस्ता कुराहरू छन्? म थोरै उदाहरण भन्नेछु, र ती तिमीहरूले नियमित रूपमा सामना गर्ने विषयहरू हुन् कि होइनन् भनेर हामी हेर्नेछौँ। मानवतासँग सम्बन्धित हाम्रो सामग्रीबारे कुरा गर्दा, हामी सुरुमा उक्त सामग्री सकारात्मक छ कि नकारात्मक छ, र यो सामान्य मानवतासँग सम्बन्धित छ कि असामान्य मानवतासँग सम्बन्धित छ भन्ने कुरालाई थाती राख्नेछौँ। हामीले भर्खरै उल्लेख गरेका विषयहरूबाहेक, मानिसहरूले दैनिक जीवनमा विभिन्न प्रकारका मानिस, घटना, र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्ति पनि छ। के त्यो एउटा होइन र? के त्यो मानवतासँग सम्बन्धित छैन र? (छ।) अर्को पनि छ, जुन दैनिक जीवनमा आफ्ना परिवेशहरूप्रति मानिसहरूको व्यवस्थापन हो, र अझै अर्को, विपरीत लिङ्गीसँगको सम्पर्कमा मानिसहरूको मनोवृत्ति र व्यवहार हो। के यी तीनवटा कुरा मानवतासँग सम्बन्धित छन्? (छन्।) ती सबै सम्बन्धित छन्। अब हामीले छलफल गर्नलागेको विषयका सम्बन्धमा, हामी मानिसको सत्यता पछ्याइ, परमेश्वरमाथिको विश्वासमा कसरी सत्यता वास्तविकतामा प्रवेश गर्ने, र विभिन्न प्रकारका सबै सिद्धान्त कसरी पालना गर्नेजस्ता विषयहरूलाई थाती राख्नेछौँ, र मानवताबारे मात्र कुरा गर्नेछौँ। त्यसोभए, यी तीन बुँदा—के मानवतासँग तिनको ठूलै सम्बन्ध छ? (छ।) ती तीनबुँदाहरू केके हुन्? फेरि भन त। (पहिलो, मानिसहरूले दैनिक जीवनमा विभिन्न प्रकारका मानिस, घटना, र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्ति हो। दोस्रो दैनिक जीवनमा आफ्ना परिवेशहरूप्रति मानिसहरूको व्यवस्थापन हो। तेस्रो, दैनिक जीवनमा विपरीत लिङ्गीसँगको सम्पर्कमा मानिसहरूको मनोवृत्ति र व्यवहार हो।) अनि ती तीन बुँदामा के कुरा समावेश छ? (मानवता।) हामी किन यी तीन कुराहरूमा मानवता समावेश छ, ती यससँग सम्बन्धित छन् भनेर भन्छौँ? हामीले किन यी तीन वटा कुरालाई प्रस्तुत गर्छौँ? हामी किन विवेक र समझको पक्षबारे कुरा गरिरहेका छैनौँ? हामीले किन यी तीन बुँदाबारे कुरा गर्नका लागि सामान्यतया छलफल गरिने पक्षहरूलाई पन्छाइरहेका छौँ? यी तीन बुँदा हामीले पहिले चर्चा गरेका मानवतासँग सम्बन्धित विवेक, समझ, निष्ठा, र इज्जतभन्दा अझ उन्नत छन् कि अझ अल्पविकसित छन्? (ती अझ अल्पविकसित छन्।) त्यसोभए के यी कुराहरूबारे छलफल गर्नु तिमीहरूको अवमूल्यन गर्नु हो? (होइन।) त्यसोभए, हामीले किन तीबारे छलफल गर्ने? (ती व्यावहारिक छन्।) ती बढी व्यावहारिक छन्। तिमीहरूले प्राप्त गरेको कारण त्यही हो? हामी किन यसबारे कुरा गर्न गइरहेका छौँ? किनभने मैले समस्याहरू भेट्टाएको छु; परिस्थितिहरू र मानिसहरूको दैनिक जीवनमा देखापर्ने विभिन्न व्यवहारको सन्दर्भमा, मैले मानिसहरूको वास्तविक जीवनसँग निकट रूपमा सम्बन्धित केही समस्या भेट्टाएको छु, र तिनलाई एक-एक गरी सङ्गतिका लागि प्रस्तुत गर्नु जरुरी हुन्छ। यदि मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा वास्तविक जीवन, अनि सामान्य मानवता र दैनिक जीवनका विभिन्न व्यवहारलाई पन्छाएर हठपूर्वक सत्यता—अर्थात् परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्नुजस्ता गहन सत्यताहरूलाई मात्र पछ्याए भने—ल भन, त्यसले केकस्ता समस्याहरू ल्याउनेछ? सत्यता पछ्याउने क्रममा कुनै व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने आधारभूत सर्त के हो? (उसले वास्तविक जीवनमा नै यसो गर्नुपर्छ।) अरू के छ? (उसलाई सामान्य मानवता चाहिन्छ।) ठिक भन्यौ—उसमा सामान्य मानवता हुनु नै पर्छ, जसमा विवेक, समझ, निष्ठा, र इज्जतबाहेक, हामीले भर्खरै उल्लेख गरेका तीन बुँदा समावेश हुन्छन्। यदि कसैले मानवतासँग सम्बन्धित यी तीन बुँदामा मापदण्डहरू पूरा गर्न वा सामान्यता हासिल गर्न सक्दैन भने उसले सत्यता पछ्याउने र खोजी गर्नेबारे कुरा गर्नु अलिक खोक्रो कुरा हुनेछ। सत्यता पछ्याउनु, सत्यता वास्तविकताको प्रवेश पछ्याउनु, मुक्ति पछ्याउनु—यी कुराहरू सबैले हासिल गर्न सक्दैनन्, सत्यतालाई प्रेम गर्ने र सामान्य मानवता भएका थोरै मानिसले मात्रै हासिल गर्न सक्छन्। यदि कसैलाई सामान्य मानवता भएको व्यक्तिमा के हुनुपर्छ, वा उसले के गर्नुपर्छ, वा निश्चित मानिस, घटना, र कामकुराका सम्बन्धमा उसमा कस्तो मनोवृत्ति र दृष्टिकोण हुनुपर्छ भन्ने कुरा थाहा छैन भने, के त्यो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? के उसको सत्यता पछ्याइले नतिजाहरू ल्याउन सक्छ? दुःखको कुरा, सक्दैन।
क. मानिसहरूले विभिन्न प्रकारका मानिस, घटना र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्ति
हामी सुरुमा मानवतासँग सम्बन्धित पहिलो बुँदाको बारेमा सङ्गति गर्नेछौँ, त्यो हो: मानिसहरूले दैनिक जीवनमा विभिन्न प्रकारका मानिस, घटना र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्ति। सबैले “दैनिक जीवन” अर्थ बुझ्छन्। यसलाई थप व्याख्या गर्नु आवश्यक छैन। त्यसोभए, मानवतासँग सम्बन्धित मुख्य मानिस, घटना, र कामकुरा केके हुन्? अर्थात्, सामान्य मानवताको स्तरमा पुग्ने, यसको दायरासँग सम्बन्धित भएको, र यससँग सम्बन्धित कुरा के छ? (मानिस र परिस्थितिहरूसँग संलग्न हुनु।) त्यो यसको एउटा अंश हो। व्यक्तिले सिक्नुपर्ने ज्ञान र व्यावसायिक सिपहरू पनि छन्, र दैनिक जीवनका लागि चाहिने सामान्य ज्ञान पनि छ। यी सबै सामान्य मानवता भएको व्यक्तिले बुझ्नुपर्ने र उसमा हुनुपर्ने कुराका पाटाहरू हुन्। उदाहरणका लागि, कतिपय मानिसले सिकर्मी वा मिस्त्रीको काम सिक्छन्, र अरूले सवारी चलाउन वा गाडी मर्मत गर्न सिक्छन्। यी सिप र शिल्पहरू हुन्, र यस्तो शिल्प जान्नु भनेको त्यस शिल्पको व्यावसायिक उद्यममा निपुण हुनु हो। त्यसोभए, निपुण व्यक्तिका रूपमा गनिनका लागि व्यक्तिले कुन हद र कुन स्तरसम्मको सिप सिक्नुपर्छ? उसले कम्तीमा पनि स्वीकार्य मापदण्डअनुसार तयारी उत्पादन दिन सक्नुपर्छ। कतिपय मानिस अत्यन्तै कमसल काम गर्छन्। तिनीहरूले गर्ने कामहरू पर्याप्त स्तरका हुँदैनन्, यहाँसम्म कि तिनलाई हेर्नसमेत सकिँदैन। त्यसमा भएको समस्या के हो? त्यसले आफ्नो उद्यमप्रतिको तिनीहरूको मनोवृत्तिलाई सम्बन्धित गर्छ। कतिपय मानिसमा विवेकशील मनोवृत्ति हुँदैन। तिनीहरू सोच्छन्, “यदि मैले बनाएको कुराले काम गर्छ भने, त्यो नै ठिक्कको हुन्छ। केही वर्षसम्म यसैले काम चलाएर, यसलाई सुल्झाउँछु।” के सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने दृष्टिकोण यस्तै हो? (होइन।) कतिपय मानिसमा आ, जेसुकै होस् है भन्ने उदासीन मनोवृत्ति हुन्छ। तिनीहरूलाई “ठिक्कको” ले नै पुग्छ। यो गैरजिम्मेवार मनोवृत्ति हो। कुनै पनि कुरालाई त्यति अमर्यादित र गैरजिम्मेवार ढङ्गले सम्हाल्नु भ्रष्ट स्वभावभित्र पर्ने कुरो हो: प्राय यसलाई मानिसहरूले बदमासपन भन्छन्। आफूले गर्ने हरेक मामिलामा, तिनीहरू “त्यो लगभग सही छ” र “काफी नजिक छ” भन्ने हदसम्म काम गर्छन्; यो त “होला,” “सायद,” र “पाँचमा चार” भन्ने मनोवृत्ति हो; तिनीहरू कामचलाउ तवरले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र जालझेल गरेर माथि पुग्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु वा ठ्याक्कै मिलाउनुको कुनै अर्थ देख्दैनन्, झन् तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावभित्रको कुरा होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो? अहँ, होइन। यसलाई अहङ्कार भन्नु सही हुन्छ, र यसलाई दुराचार भन्नु पनि सम्पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्नका निम्ति मिल्ने शब्द “बदमासपन” हो। धेरैजसो मानिसभित्र बदमासपन हुन्छ, त्यसको मात्रा मात्र फरक पर्ने हो। हरेक मामिलामा, तिनीहरू झाराटारुवा र लापर्बाही तरिकाले कामकुरा गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा छलको गन्ध पाइन्छ। तिनीहरू अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र सम्भव भएसम्म समय बचाउँछन्। तिनीहरू मनमनै विचार गर्छन्, “जबसम्म म खुलासा हुनबाट बच्न सक्छु र मैले कुनै समस्या खडा गर्दिनँ र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म झारा टार्दै अघि बढ्न सक्छु। मैले निकै राम्रो काम गर्नुपर्दैन, त्यसो गर्दा ज्यादै दुःख हुन्छ।” यस्ता मानिसहरू निपुण हुने गरी केही पनि सिक्दैनन्, अनि तिनीहरू अध्ययन गर्नमा आफूलाई होम्ने वा कष्ट सहने र मूल्य चुकाउने काम गर्दैनन्। तिनीहरू कुनै विषयलाई सतही रूपमा मात्र बुझ्न चाहन्छन्, र त्यसपछि आफूले जान्नुपर्ने सबै कुरा जानिसकेको विश्वास गर्दै आफूलाई त्यस विषयको प्रवीण भन्छन्, र लटरपटर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। अरू मानिस, घटना र कामकुराहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? अहँ, यो असल मनोवृत्ति होइन। सरल शब्दमा यसलाई “लटरपटर गर्दै अघि बढ्नु” भनिन्छ। यस्तो बदमासपन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ। आफ्नो मानवतामा बदमाशपन भएका मानिसहरू आफूले गर्ने जुनसुकै कुरामा “लटरपटर गर्दै अघि बढ्ने” दृष्टिकोण र मनोवृत्ति राख्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छन्? हुँदैनन्। के तिनीहरू सिद्धान्तअनुसार कामकुरा गर्न सक्षम हुन्छन् त? यो त झनै असम्भव छ।
कतिपय मानिस आफूले गर्ने कुनै पनि कुरामा समर्पित नभएर अव्यवस्थित, झाराटारुवा, र गैरजिम्मेवार हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसले गाडी चलाउन सिक्छन्, तैपनि गाडी चलाउँदा के कुरामा ध्यान दिनुपर्छ, वा कुन गतिमा चलाउँदा इन्जिनमा क्षति पुग्छ भनेर अनुभवी चालकहरूलाई कहिल्यै सोध्दैनन्। तिनीहरू सोध्दैनन्, चलाउने काम मात्र गर्छन्—अनि फलस्वरूप तिनीहरूले आफ्नो गाडी बिगार्छन्। तिनीहरू गाडीलाई लात्तीले हान्दै यसो भन्छन्, “यो त साह्रै कमजोर छ। मलाई मर्सिडीज वा बीएमडब्ल्यू देऊ, यो पुरानो गाडीको काम छैन—यो थोत्रो भइसक्यो!” त्यो कस्तो मनोवृत्ति हो? तिनीहरू भौतिक चिजहरूप्रति माया र हेरचाह देखाउँदैनन्, र तिनलाई राम्रो अवस्थामा राख्ने सोच्दैनन्, बरु जानाजानी तिनलाई भत्काउँछन् र बिगार्छन्। कतिपय मानिस अव्यवस्थित र लापरवाह जीवन जिउँछन्। तिनीहरू दिनभरि सबै कुरा जथाभाबी र लापरवाह तरिकाले गर्छन्। यिनीहरू कस्ता प्रकारका मानिस हुन्? (ध्यान नदिने मानिसहरू।) “ध्यान नदिने मानिसहरू” भन्नु त यसलाई राम्रो भनेको भयो—तैँले तिनीहरूलाई “हेल्चेक्र्याइँ गर्ने मानिसहरू” भन्नुपर्छ; “नीच मानिसहरू” पनि सुहाउँछ। के त्यो हदभन्दा बढी भयो? कसैले भद्र र नीच मानिसहरूबीचको भिन्नता कसरी बताउन सक्छ? खालि कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति र व्यवहारलाई हेर्, र समस्याहरू उत्पन्न हुँदा तिनीहरूले कामकुरालाई कुन रूपमा लिन्छन् र कस्तो व्यवहार गर्छन् भनेर हेर्। निष्ठा र मर्यादा भएका मानिसहरू आफ्नो कार्यमा सूक्ष्मदर्शी, कर्तव्यपरायण र मेहनती हुन्छन् र तिनीहरू मूल्य तिर्न तयार हुन्छन्। निष्ठा र मर्यादा नभएका मानिसहरू आफ्नो कार्यमा लापरवाही र असावधान हुन्छन्, तिनीहरू सधैँ कुनै न कुनै छल गर्ने र सधैँ लटरपटर गर्दै अघि बढ्ने हुन्छन्। तिनीहरूले जुनै कार्यविधि अध्ययन गरे पनि, त्यो लगनशील भई सिक्दैनन्, र त्यो सिक्न सक्दैनन्, अनि तिनीहरू त्यो अध्ययन गर्न जति समय खर्चे पनि, तिनीहरू पूर्णतया अज्ञानी नै रहन्छन्। यिनीहरू खराब चरित्र भएका मानिस हुन्। धेरैजसो मानिस आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्छन्। त्यसमा कस्तो स्वभावले काम गरिरहेको हुन्छ? (बदमासपन।) बदमास मानिसहरू आफ्नो कर्तव्यलाई कसरी लिन्छन्? अवश्य नै, तिनीहरूमा त्यसप्रति सही मनोवृत्ति हुँदैन, र तिनीहरू अवश्य नै त्यसप्रति झाराटारुवा हुन्छन्। यसको अर्थ तिनीहरूमा सामान्य मानवता हुँदैन। अत्यन्तै बदमास मानिसहरू पशुजस्तै हुन्छन्। यो त कुकुर पाल्नु जस्तै हो: यदि तैँले रेखदेख गरिनस् भने, त्यसले सामानहरू चपाउनेछ र तेरा सबै फर्निचर र सामान नष्ट गर्नेछ। त्यो त घाटा हुन्छ। कुकुरहरू पशु हुन्; तिनीहरूले वस्तुहरूलाई प्रेमपूर्वक स्याहार्ने सोच्दैनन्, र तैँले तिनलाई कामकुराहरूप्रति जबाफदेही ठहर्याउन मिल्दैन—तैँले तिनीहरूलाई सम्हाल्नु मात्रै पर्छ। यदि तैँले त्यसो नगरेर एउटा पशुलाई दङ्गा मच्चाउन र तेरो जीवनमा बाधा पार्न दिन्छस् भने, त्यसले तेरो मानवतामा केही कुराको कमी छ भन्ने देखाउँछ। त्यसोभए तँ पशुभन्दा त्यति फरक छैनस्। तेरो बौद्धिक क्षमता अत्यन्तै न्यून छ—तँ केही काम नलाग्ने व्यक्ति होस्। त्यसोभए, तँ कसरी त्यसलाई राम्ररी सम्हाल्छस्? तैँले त्यसलाई निश्चित परिधिभित्र सीमित राख्ने उपाय सोच्नुपर्छ, वा त्यसलाई हरेक दिन निर्धारित समयमा दुई-तीन पटक छोड्ने गरी खोरमा राख्नुपर्छ, ताकि त्यसले पर्याप्त गतिविधि गर्न पाओस्। त्यसले जे पायो त्यही टोक्ने त्यसको बानीलाई नियन्त्रण गर्नेछ, र त्यसलाई स्वस्थ राख्नका लागि कसरत पनि प्रदान गर्नेछ। त्यसरी, कुकुरलाई राम्ररी सम्हाल्न सकिन्छ, र तेरो वातावरणको पनि सुरक्षा हुन्छ। यदि कुनै व्यक्तिले आफूले सामना गर्ने कुराहरूलाई सम्हाल्न सक्दैन र उसमा सही मनोवृत्ति छैन भने, उसको मानवतामा केही कुराको कमी हुन्छ। यसले सामान्य मानवताको मापदण्ड पूरा गर्न सक्दैन। अथवा, खाना पकाउने सन्दर्भमा भन्दा: साधारण मानिसहरूले तरकारी भुट्दा थोरै मात्र तेल प्रयोग गर्छन्, तर कतिपय महिला धेरै तेल प्रयोग गर्छन्। तँ धनी नै भए पनि, तैँले तेल खेर फाल्नु हुँदैन—तैँले उचित मात्रामा प्रयोग गर्नुपर्छ। तर यी महिलाहरूलाई यसको मतलब हुँदैन; यदि तिनीहरूले तरकारी भुट्दा झुक्किएर धेरै तेल हाले भने, बढी भएको तेल निकालेर भुइँमा पोखाउँछन्। त्यो खेर फाल्नु हो, होइन र? भौतिक कुराहरूप्रति त्यस्तो मनोवृत्ति भएको व्यक्तिलाई प्रायः के भनेर बोलाइन्छ? “अपव्ययी”—वा, अपमानजनक भाषामा भन्दा, “फजुलखर्ची गर्ने व्यक्ति।” भौतिक वस्तुहरू कहाँबाट आउँछन्? ती परमेश्वरले दिनुभएको हुन्छ। कतिपय मानिस आफ्नो सम्पत्ति आफै कमाएको हुँ भनेर भन्छन्—तर परमेश्वरले दिनुभएन भने तैँले कति चाहिँ कमाउन सक्थिस्? उहाँले तँलाई जीवन दिनुभयो। यदि उहाँले तँलाई जीवन नदिनुभएको भए, तँसँग केही पनि हुनेथिएन र तँ केही पनि हुनेथिइनस्, त्यसकारण के तँसँग अझै पनि ती भौतिक चिजहरू हुन सक्थे र? परमेश्वरले तँलाई साधारण परिवारलाई भन्दा बढी दिनुभएको हुन सक्छ, तर तैँले जुन मनोवृत्ति र दृष्टिकोणले यसलाई फजुलमा उडाउँछस्, के त्यो सही हो? यसलाई मानवताको हिसाबमा कसरी परिभाषित गर्ने? त्यस्तो व्यक्तिको मानवता कमजोर हुन्छ। फजुल खर्च, सामानहरूलाई फजुलमा उडाउने, सामानहरूको प्रेमपूर्वक हेरचाह गर्न नजान्ने—त्यस्तो व्यक्तिमा सामान्य मानवता हुँदैन। कतिपय मानिसले परमेश्वरको घरका कुराहरूलाई होसियारीका साथ सम्हाल्नेसमेत सोच्दैनन्। कुनै कुरा परमेश्वरको घरको स्वामित्वमा हुन्छ। उसले यो कुरा देख्छ। तैपनि यदि पानी पर्न लाग्यो, र त्यो भिजेमा नराम्रो हुन्छ भने, उसले के सोच्छ? “भिज्यो भने पनि केही हुँदैन। आखिर यो मेरो होइन क्यारे। म यसलाई त्यतिकै छोड्नेछु।” त्यसपछि, ऊ निस्केर हिँड्छ। त्यो मनोवृत्तिलाई के भनिन्छ? स्वार्थीपन। के ऊ सोचाइमा सिधा हुन्छ? हुँदैन भने, कस्तो हुन्छ? (कुटिल।) यदि कुनै व्यक्ति सिधा छैन भने, के ऊ कुटिल हुँदैन र? के सिधा सोचाइ नराख्ने मानिसहरूमा सामान्य मानवता हुन्छ? अवश्य नै हुँदैन। हाम्रो पहिलो विषयवस्तु, अर्थात् मानिसहरूले विभिन्न प्रकारका मानिस, घटना र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्तिका सम्बन्धमा भन्दा, हामीले कति वटा पक्षबारे कुरा गर्यौँ? बदमासपन अर्थात् फोहोरको कुरा गर्यौँ। अरू के? (नीच र कुटिल हुनु।) यस्तो बोलीचालीको भाषा—के तिमीहरूले दैनिक जीवनमा आत्मचिन्तन गर्दा, आफूलाई चिन्दा, र विश्लेषण गर्दा यस्ता शब्दहरू प्रयोग गर्छौ? (गर्दैनौँ।) कसैले पनि गर्दैन। त्यसोभए, तिमीहरूले केकस्ता शब्दहरू प्रयोग गर्छौ? तिमीहरू ठुलठुला शब्दहरू प्रयोग गर्छौ—बोलीचालीको भाषा त कसैले प्रयोग गर्दैन।
धेरै मानिस आफूलाई निकै महान् ठान्छन् किनकि तिनीहरू परमेश्वरमा विश्वास गर्छन्। विशेष गरी, केही सिप र व्यावसायिक ज्ञान भएका, वा उच्च डिग्रीसमेत हासिल गरेका मानिसहरूलाई आफू साधारण मानिसभन्दा माथि छु भन्ने लाग्छ। आफूप्रति खुसी भएर तिनीहरू सोच्छन्, “मैले मेरो स्थिर र सुरक्षित सांसारिक करियरसमेत त्यागेँ, र म सित्तैँमा खाना खान परमेश्वरको घरमा आएको होइन। मजस्तो दक्ष व्यक्तिले परमेश्वरको घरमा योगदान दिन सक्छ। म परमेश्वरका लागि आफूलाई समर्पित गर्छु र कष्ट भोग्छु। म त यी साधारण मानिसहरूसँग सामूहिक रूपमा एउटै कोठामा बस्छु र एउटै खाना खान्छु। म कस्तो स्तरीय छु!” तिनीहरू आफूसँग अत्यन्तै सम्मानयोग्य निष्ठा छ, आफू अरू सबै जनाभन्दा आदर्शमय छु भन्ने सोच्छन्। तिनीहरू यस कुरामा निरन्तर आनन्द लिन्छन्। तथ्य के हो भने तिनीहरूको मानवतामा धेरै कुराको कमी हुन्छ, र तिनीहरूलाई यो कुरा थाहा नहुने मात्र होइन, तिनीहरू आफू महान् छु, आफ्नो चरित्र साधारण मानिसहरूको भन्दा महान् छ भन्ने सोचेर मक्ख पर्छन्। वास्तवमा, त्यसमा “सामान्य मानवता” को “मानवता” भन्दा पहिले आउने “सामान्य” शब्दको मापदण्ड पूरा गर्ने कुनै पनि कुरा हुँदैन। त्यसमा कुनै पनि कुराले त्यो मापदण्ड पूरा गर्दैन; सबै कुरा मापदण्डभन्दा धेरै तल हुन्छ। तिनीहरूको विवेक कस्तो हो? तिनीहरूमा विवेक नै हुँदैन। तिनीहरूको चरित्र नि? त्यो राम्रो हुँदैन। तिनीहरूका निष्ठा र गुणहरू? ती कुनै पनि कुरा राम्रो हुँदैन। सबै जना सँगै बस्दा, कतिपय मानिससँग बहुमूल्य कुरा भएमा, तिनीहरू त्यसलाई खुल्ला राख्ने आँट गर्दैनन्। किन? यसको एउटा पक्ष के हो भने तिनीहरू अरूलाई भरोसा गर्दैनन्, र अर्को पक्ष के हो भने जहाँ धेरै मानिस हुन्छन्, त्यहाँ भरपर्दो नभएका मानिसहरू हुन्छन्, र तिनीहरूमध्ये कतिले त लामो हात गर्न सक्छन्—तिनीहरूले चोर्नसमेत सक्छन्। यी मानिसहरूको चरित्र खराब हुन्छ। कतिपय मानिस खाना खाने बेला सबैभन्दा राम्रो भाग रोज्छन्, र आफूभन्दा पछाडि जति जनाले खान बाँकी भए पनि, तिनीहरू ती कुरा अघाउन्जेल खान्छन्। के त्यो अत्यन्तै स्वार्थी व्यवहार होइन र? कतिपयले खाँदा अरूबारे सोच्छन्। यसले केलाई चित्रण गर्छ? यसले के देखाउँछ भने यी पछिल्ला मानिसहरू अरूबारे सोच्ने समझदार मानिस हुन्। तिनीहरू अरूका लागि राखिदिन अलि कम खान्छन्। गुणस्तरीय हुनु भनेको त्यही हो। परमेश्वरको घरमा, कतिपय मानिसमा मानवता हुन्छ, तर कतिपयमा यसको अलि कमी हुन्छ। तिनीहरू सामान्य मानवताको मापदण्डसमेत पूरा गर्न सक्दैनन्। मैले उल्लेख गरेका व्यवहारहरूका आधारमा भन्दा, के तिमीहरूमध्ये सामान्य मानवता भएका मानिसहरू धेरै छन्? कि धेरै छैनन्? तिमीहरूले सामान्यतया यस्ता व्यवहारहरू प्रदर्शन गर्दा, के तिमीहरू ती समस्या हुन् भनेर थाहा पाउन सक्छौ? तैँले कुनै भ्रष्ट स्वभाव प्रकट गर्दा, के तँ त्यसबारे सचेत हुन्छस्? यदि तँ त्यसबारे सचेत हुन्छस्, तैँले त्यो महसुस गर्न सक्छस्, र तँ परिवर्तन हुन चाहन्छस् भने, तँमा थोरै मानवता छ—यो सामान्यतामा नपुगेको मात्र हो। यदि तँ त्यसबारे नै सचेत छैनस् भने, के तँलाई मानवता भएको व्यक्ति मान्न सकिन्छ? सकिँदैन। यो असल वा खराब मानवताको, सामान्य वा असामान्य मानवताको कुरा होइन—तँमा कुनै मानवता छैन। उदाहरणका लागि, खाना खाने बेलामा, कतिपय मानिस एक थाल सुँगुरको मासु देख्दा बोसो भएको र नभएको सबै लुट्न थाल्छन्, र नसकिन्जेल रोकिँदैनन्। के तिमीहरूले कहिल्यै जनावरहरू खानाका लागि झगडा गरेको देखेका छौ? (देखेका छौँ।) दृश्य उस्तै हो, तर त्यो त जनावरको कुरा भयो; मानिसको हकमा भन्दा, के त्यो लडाइँ सामान्य मानवताको पाटो हो? (त्यो सामान्य मानवता होइन।) सामान्य मानवता भएका मानिसहरूले के गर्नेथिए? (तिनीहरू आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुनेथिए, लोभी हुनेथिएनन्।) त्यो निकै तथ्यगत अभिव्यक्ति हो। त्यसोभए व्यक्ति कसरी लोभी नहुन सक्छ? सामान्य मानवता भएका मानिसहरूमा यस समस्याप्रति केकस्ता विचार र चासो हुनुपर्छ, जसमार्फत व्यक्तिले सटीक रूपमा काम गर्न सक्छ? पहिला, तेरो सोचाइ सही हुनुपर्छ। उदाहरणका लागि, एउटी महिलाले सोच्छे, “आज सुँगुरको मासु धेरै भुटिएको रहेछ। मलाई अझै बढी खान मन छ, तर वरिपरि मेरा दाजुभाइहरू देख्दा मलाई अलि लाज लागेको छ। म के गरूँ? सायद म उनीहरूले खाइसकेपछि मात्र खान्छु होला। म अरूले मजस्तो महिला कसरी यति घिचुवा हुन सकेको भनेर सोचून् भन्ने चाहन्नँ। त्यो कति अपमानजनक कुरा हुनेछ!” यस्तो सोच्नु एउटी महिलाका लागि सामान्य कुरा हो, किनभने तिनीहरू सामान्यतया अलिक संवेदनशील हुन्छन्। धेरैजसो पुरुषहरू सोच्छन्, “भुटेको सुँगुरको मासु साह्रै मिठो हुन्छ। म चाहिँ खाइहाल्नुपर्यो।” तिनीहरू सुरुमै चपस्टिकले टिप्न पुग्छन्, र अरूले के सोच्छन् भनेर पर्बाह गर्दैनन्। तर कतिपय पुरुष त्योभन्दा अलिक बढी तर्कसङ्गत हुन्छन्। तिनीहरू एक गाँस खाएपछि, यसबारे केही विचार गर्छन्: “मभन्दा पछाडि धेरै जनाले अझै खान बाँकी छ। मैले खान छोड्नुपर्छ र अरूका लागि राखिदिनुपर्छ।” तिनीहरूले त्यसरी सोच्न र व्यवहार गर्न सक्नुले तिनीहरू समझदार व्यक्ति हुन्, र तिनीहरूमा स्वाभाविक रूपमा नै सामान्य मानवता हुन्छ भन्ने देखाउँछ। कतिपय मानिस तुकहीन विषयतर्फ मोडिन्छन्: “परमेश्वर मानिसहरूले सुँगुरको मासु खाएको चाहनुहुन्न, त्यसकारण म एक गाँस पनि खाँदिनँ। यसको अर्थ ममा अझै धेरै मानवता छ भन्ने हुन्छ, होइन र?” त्यो तुकहीन सोचाइ हो। म यस उदाहरणद्वारा के कुरा प्रदर्शन गरिरहेको छु? मानिसहरूले हरेक प्रकारको व्यक्ति, घटना, र कामकुराप्रति सही मनोवृत्ति अपनाउनुपर्छ भन्ने कुरा। मानवताको चेतना, विवेक, निष्ठा, र इज्जतको दृष्टिकोणबाट लिइने सोचमार्फत यो सही मनोवृत्तिमा पुगिन्छ। यदि तैँले यस्तो मानसिकता बोकेर अभ्यास गरिस् भने, तँ मूलतः सामान्य मानवताअनुरूप हुनेछस्।
मानिस, घटना, र कामकुराहरूप्रति कसैको मनोवृत्ति भनेको उसले मानिस र परिस्थितिहरूसँग कसरी व्यवहार गर्छ भन्ने कुरा उसको दैनिक जीवनमा प्रकट हुने तरिका भन्दा बढी केही होइन। यी प्रकटीकरणहरू तैँले गर्नुपर्ने कामसँग त्यति धेरै सम्बन्धित नहुन सक्छन्, वा ती यसबाट टाढा हुन सक्छन्, तर परमेश्वरमाथिको विश्वास खोक्रो हुँदैन: परमेश्वरका विश्वासीहरू शून्यतामा होइन, वास्तविक जीवनमा जिउँछन्। तिनीहरूलाई वास्तविक जीवनबाट अलग गर्नु हुँदैन। मानिसहरूको मनोवृत्ति र सोचाइ कस्तो हुनुपर्छ, चाहे त्यो व्यावसायिक सिपप्रति होस् वा केही कुराबारे सामान्य बुद्धि वा ज्ञानप्रति? के सधैँ लटरपटर गर्दै अघि बढ्ने मानसिकता राख्नु सही हुन्छ? कतिपय मानिस यी कुराहरूबारे सधैँ अलमल्ल हुन्छन्—के त्यसले काम चल्नेछ? के तिनीहरूको दृष्टिकोणमा नै समस्या छैन र? तिनीहरूको दृष्टिकोणमा समस्या हुनु यसकै पाटो हो; त्यसबाहेक, यो तिनीहरूको चरित्रसँग सम्बन्धित हुन्छ। ठूलो रातो अजिङ्गरले चीनमा हजारौँ वर्षदेखि शासन गरेको छ, त्यो सधैँ अभियान र सङ्घर्षहरूमा संलग्न भएको छ। त्यसले अर्थतन्त्रको विकास गर्दैन, र साधारण मानिसहरूको जीवनबारे सोच्दैन। अन्त्यमा, मानिसहरूमा जे पर्छ त्यही टर्छ भन्ने एक प्रकारको बदमासपन विकास भयो। तिनीहरू सबै काममा झारा टार्छन् र अदूरदर्शी दृष्टिकोण अपनाउँछन्। तिनीहरू आफ्नो कुनै पनि अध्ययनमा उत्कृष्टता हासिल गर्ने लक्ष्य राख्दैनन्, न त तिनीहरू यो कुरा हासिल गर्न नै सक्छन्। तिनीहरू सधैँ अदूरदर्शी दृष्टिकोणले काम गरिरहेका हुन्छन्: तिनीहरू बजारमा के कुराको आवश्यकता छ भनेर हेर्छन्, त्यसपछि केही पनि नसोची सम्पत्ति कमाइन्जेलसम्म हतार-हतार त्यो सामान उत्पादन गर्नतिर लाग्छन्। तिनीहरू यस जगभन्दा अगाडि थप विकास गर्दैनन्, वा थप वैज्ञानिक अनुसन्धान गर्दैनन्, वा अझै सिद्ध उत्कृष्टता हासिल गर्न लागिपर्दैनन्, जसले गर्दा चीनका साना उद्योग, ठूला उद्योग, र अरू सबै क्षेत्रको विश्व बजारमा कुनै अत्याधुनिक उत्पादनहरू छैनन्। तैपनि चिनियाँहरू घमण्ड गर्छन्: “चीनमा हामीसँग ५,००० वर्षदेखिको पहिलो स्तरको परम्परागत संस्कृति छ। हामी चिनियाँहरू दयालु र मेहनती छौँ।” त्यसोभए, चीनले किन मानिसहरूलाई ठग्नका लागि नक्कली सामानहरू बनाइरहन्छ? किन तिनीहरूसँग विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने लगभग केही पनि छैन? त्यहाँ के भइरहेको छ? के चीनसँग अत्याधुनिक उत्पादनहरू छन्? चिनियाँ मानिसहरूसँग एउटा “अत्याधुनिक” चिज छ, र त्यो नक्कल गर्ने र नक्कली सामान बनाउने सिप हो—छल गर्ने सिप हो। त्यसमा तिनीहरूको बदमासपन हुन्छ। कतिपयले भन्नेछन्, “किन तपाईं हामीलाई यसरी चित्रण गर्नुहुन्छ? के यसले हाम्रो अवमूल्यन र अपमान हुन्छ जस्तो तपाईंलाई लाग्दैन र?” त्यस्तो हो त? चिनियाँहरूले गर्ने केही कुरालाई हेर्दा, यसो भन्नु वास्तवमा उचित नै देखिन्छ। के बजारमा वा आम मानिसहरूमाझ आफ्नो काम आफूले गर्नुपर्ने काम गर्ने कतिपय चिनियाँ मानिसहरू छन्? निकै थोरै छन्, र आफ्नो उचित काममा ध्यान दिने थोरै मानिसहरूले सामाजिक वातावरण कति प्रतिकूल छ, र यसबाट कुनै फाइदा हुँदैन भन्ने देख्दा, तिनीहरू प्रयास गर्न छोड्छन् र हरेस खान्छन्।
मानवतासँग सम्बन्धित कुराहरू—अरू मानिस, घटना अनि कामकुरासित व्यवहार गर्दा मानिसहरूले प्रकट गर्ने मनोवृत्ति, सोच, र दृष्टिकोणहरू—ती निकै सूचक छन्। त्यसले केको बारेमा बताउँछ त? त्यसले व्यक्तिको चरित्र र ऊ भद्र तथा सिधा व्यक्ति हो कि होइन भनी देखाउँछ। शालीन र सिधा हुनु भनेको के हो? के परम्परागत हुनु शालीन र सिधा हुनु हो? के सभ्य र सुशील बन्नु शालीन र सिधा हुनु हो? (होइन।) के नियमहरू अक्षरशः पालना गर्नु शालीन र सिधा हुनु हो? (होइन।) यीमध्ये कुनै पनि होइन। त्यसोभए, शालीन र सिधा हुनु भनेको के हो? यदि कुनै व्यक्ति वास्तवमै भद्र र सिधा छ भने, उसले जेसुकै गरे पनि, एक निश्चित मानसिकताले त्यो काम गर्छ: “मलाई यो कुरा गर्न मन परे पनि, मन नपरे पनि, यो मेरा अभिरुचिहरूको क्षेत्रभित्र परे पनि, नपरे पनि वा यसमा मेरो थोरै अभिरुचि भए पनि, नभए पनि—यो मलाई गर्नका निम्ति दिइएको हो, त्यसैले म यसलाई राम्रोसित गर्नेछु। म यसलाई सुरुदेखि नै अध्ययन गर्न थाल्नेछु अनि समझदार र व्यवहारिक भएर म एकपल्टमा एउटा गरी यसको दायित्व वहन गर्नेछु। अन्त्यमा, म यस काममा जति टाढा पुगे पनि मैले मेरो सक्दो गरेको हुन्छु।” कम्तीमा, तँसित समझदार र व्यवहारिक मनोवृत्ति र मानसिकता हुनुपर्छ। यदि, कामको जिम्मा लिएको क्षणदेखि तँ यसलाई अव्यवस्थित तरिकाले गर्छस् र यसबारे अलिकति पनि वास्ता गर्दैनस्—यदि तँ यसलाई गम्भीरतापूर्वक लिँदैनस् अनि सान्दर्भिक स्रोतहरूलाई हेर्दैनस्, विस्तारपूर्वक तयारीहरू गर्दैनस् अथवा अरूलाई खोज्दैनस् र तिनीहरूसित परामर्श लिँदैनस् भने; अनि त्योभन्दा पनि, यदि तैँले त्यसलाई निरन्तर सुधार गर्न सकूँ, यो सिप वा पेसामा प्रवीणता हासिल गर्न सकूँ भनेर यो कुरा अध्ययन गर्न समय बढाउँदैनस्, तर यसप्रति लापरवाही मनोवृत्ति र यसलाई व्यवहार गर्दा जसोतसो धान्नेमनोवृत्ति कायम राख्छस् भने यो तेरो मानवताकै समस्या हो। के यो झारा टार्नु मात्रै होइन र? कतिले भन्छन्, “तपाईंले मलाई यस्तो कर्तव्य दिनुभएको, मलाई यो मन पर्दैन।” यदि तँलाई मन पर्दैन भने यसलाई स्वीकार नगर्—अनि तैँले स्वीकार गरिस् भने यसलाई गम्भीर र जिम्मेवारपूर्ण मनोवृत्तिले सुल्झाउनुपर्छ। तँसित हुनुपर्ने मनोवृत्ति यही हो। के यो सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने कुरा होइन र? भद्र र सिधा हुनु भनेको यही हो। सामान्य मानवताको यस पक्षमा, तँमा कम्तीमा पनि सचेतता, कर्तव्यपरायणता र मूल्य चुकाउने इच्छा, साथमा समझदार र व्यवहारिक, लगनशील र जिम्मेवार मनोवृत्ति आवश्यक हुन्छ। यी कुराहरू हुनु पर्याप्त छ।
मण्डलीमा सबै किसिमका मानिस हुन्छन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूको मानवता अलिक राम्रो हुन्छ, र तिनीहरू आफूले कुनै भ्रष्ट स्वभाव प्रकट गर्दा, सजिलै सच्चिन्छन्। सत्यतालाई प्रेम नगर्नेहरूको मानवता धेरै खराब हुन्छ। यदि कुनै व्यक्ति परमेश्वरको आज्ञाप्रति आफूलाई समर्पित गर्दैन र गैरजिम्मेवार हुन्छ भने, के ऊ भरोसा गर्न अयोग्य हुँदैन र? त्यस्तो मानवता व्यर्थ हुन्छ र त्यसको कुनै मूल्य हुँदैन। यो तुच्छ हुन्छ। तँ परमेश्वरमा विश्वास गर्छस्। चाहे त्यो तँलाई परमेश्वरको आज्ञा होस् वा मण्डलीको, यदि तँ आज्ञालाई झाराटारुवा र गैरजिम्मेवार मनोवृत्तिले लिन्छस् भने, के तेरो मनोवृत्ति सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने मनोवृत्ति हो? कतिपयले यसो भन्न सक्छन्, “म दाजुभाइ-दिदीबहिनीहरूले गर्न दिएका कामहरूलाई गम्भीर रूपमा लिँदिनँ, तर म परमेश्वरले गर्न दिएका कामहरूमा सफल हुने कुरामा ग्यारेन्टी दिन्छु। म ती कामलाई राम्ररी लिनेछु।” के त्यो सही विचार हो? (होइन।) कुन हिसाबमा सही होइन? भरोसायोग्य नभएको र सद्गुणको कमी भएको, मानवतामा यी कुराहरूको कमी भएको व्यक्ति—ऊ कोप्रति साँचो हुन सक्छ? कसैप्रति हुन सक्दैन। आफ्नै व्यक्तिगत कामकाजमा समेत, ऊ ठग्ने र झारा टार्ने गर्छ। के त्यस्तो व्यक्ति नीच र बेकार होइन र? यदि कुनै व्यक्ति अरूले अह्राएका कामहरूमा समर्पित, जिम्मेवार र भरोसायोग्य हुन सक्छ भने, के उसले परमेश्वरबाट प्राप्त गरेको आज्ञालाई अझै खराब तरिकाले सम्हाल्छ र? यदि विवेक र समझ भएको ऊजस्तो व्यक्तिले सत्यता बुझेको छ भने, उसले परमेश्वरबाट प्राप्त गरेको आज्ञा र आफ्नो कर्तव्य निर्वाहमा खराब काम गर्नु हुँदैन। सद्गुणको कमी भएका विवेकहीन मानिसहरूले भन्दा उसले अवश्य नै धेरै राम्रो काम गर्नेछ। तिनीहरूको चारित्रिक भिन्नता त्यही हो। कतिपयले भन्छन्, “यदि तपाईंले मलाई कुकुर वा बिरालोको हेरचाह गर्न लगाउनुभयो भने म त्यसलाई गम्भीरतापूर्वक लिन्नथेँ, तर यदि मलाई परमेश्वरको घरको महत्त्वपूर्ण काम दिइयो भने, म अवश्यै त्यसलाई राम्ररी पूरा गर्नेथिएँ।” के यो मान्य कुरा हो? (होइन।) किन होइन? कुनै व्यक्तिले पाएको आज्ञा जेसुकै भए पनि, यदि उसले ठूला र साना दुवै मामलामा सही दृष्टिकोण राख्छ, र यदि ऊ हृदयमा सही छ र उसमा आदर्शमयी गुण छ, निष्ठा छ, र ऊ भरोसायोग्य छ, उसमा नैतिक आचरण छ भने, त्यो बहुमूल्य कुरा हो, र त्यो फरक कुरा हो। त्यस्ता मानिसहरूले कुनै पनि मामलालाई आफ्नो नैतिकता र विश्वसनीयताका साथ सम्हाल्छन्। यदि कुनै अनैतिक र अविश्वसनीय व्यक्तिले “परमेश्वरले मलाई कुनै काम गर्नका लागि सिधै आज्ञा दिनुभयो भने, म अवश्य नै यसलाई राम्ररी सम्हाल्नेछु” भनेर भन्यो भने, के त्यो साँचो हुनेछ? यो अलिक बढिचढाइ र छली कुरा हुनेछ। तँ विवेक वा समझविना अरूप्रति कसरी भरोसायोग्य हुन सक्छस्? तेरा शब्दहरू खोक्रा सुनिन्छन्—ती त चाल हुन्। परमेश्वरको घरमा कुनै बेला एउटा ठाउँको रक्षा गर्नका लागि दुईवटा स-साना कुकुरहरू पालिएका थिए। तिनीहरूलाई हेरचाह गर्ने काम कसैलाई दिइएको थियो, र ऊ ती कुकुरहरूलाई आफ्नै जस्तो गरेर हेरचाह र रेखदेख गर्थ्यो। त्यस व्यक्तिलाई कुकुर त्यति मन पर्दैनथ्यो, तर ऊ तिनको राम्ररी हेरचाह गर्थ्यो। कुनै कुकुर बिरामी हुँदा, ऊ त्यसको उपचार गर्थ्यो, त्यसलाई नुहाइदिन्थ्यो, र समयमा नै खुवाउँथ्यो। उसलाई कुकुर मन पर्दैनथ्यो होला, तर उसले ती कुकुरहरूको हेरचाह गर्ने कामलाई आफूले पाएको आज्ञा र जिम्मेवारीका रूपमा लियो। के त्यसमा मानवतामा हुनुपर्ने कुनै कुरा छैन र? उसमा मानवता थियो, त्यसकारण ऊ काम राम्ररी गर्थ्यो। पछि ती दुईवटा कुकुरलाई अर्को व्यक्तिको हेरचाहमा राखियो, र एक महिनाभित्र नै ती दुब्लाएर दयनीय अवस्थामा पुगे। के भएको थियो? कुकुरहरू बिरामी हुँदा कसैले वास्ता गरेन वा ध्यान दिएन, र तिनीहरूको मुड खराब भएकाले तिनीहरूलाई खानेकुरा रुचेन। यसरी तिनीहरू यति धेरै दुब्लाएका थिए; त्यस व्यक्तिले तिनीहरूको हेरचाह त्यसरी गरेको थियो। के मानिसहरूबीच कुनै भिन्नता हुन्छ? (हुन्छ।) कहाँ? (तिनीहरूको मानवतामा।) के कुकुरको राम्रो हेरचाह गर्ने व्यक्तिले धेरै सत्यता बुझेको थियो? बुझेको नै थियो भन्ने छैन। अनि तिनीहरूलाई राम्ररी हेरचाह नगर्ने व्यक्तिले परमेश्वरमा विश्वास गरेको धेरै भएको थिएन भन्ने पनि थिएन। त्यसोभए, ती दुई बीच किन यस्तो ठूलो भिन्नता भयो? किनभने तिनीहरूको चरित्र नै फरक थियो। कतिपय मानिस विश्वासयोग्य हुन्छन्। जब तिनीहरू कसैलाई आफ्नो वचन दिन्छन्, तब तिनीहरू अन्तमा आफूले बोलेको कुरा पूरा गर्छन् र त्यसको जिम्मेवारी लिन्छन्, चाहे तिनीहरूलाई त्यो काम गर्न मन परून् वा नपरून्। जब तिनीहरू कुनै कामको जिम्मेवारी लिन्छन्, तब त्यो काम एक-एक गर्दै अवश्यै पूरा गर्छन्। तिनीहरू अरूले दिने श्रेयमा खरो उत्रन्छन्, र आफ्नो पनि चित्त बुझाउँछन्। तिनीहरूमा विवेक हुन्छ, र त्यसद्वारा तिनीहरू सबै कुरा मापन गर्छन्। कतिपय मानिसमा विवेक नै हुँदैन। तिनीहरू वचन दिन्छन् र पछि यसलाई पूरा गर्न केही पनि गर्दैनन्। तिनीहरू यसो भन्दैनन्, “तिनीहरूले ममा विश्वास गरेका छन्। तिनीहरूको भरोसा कायम राख्नका लागि, मैले त्यो काम राम्ररी पूरा गर्नुपर्छ।” तिनीहरूमा त्यस्तो हृदय हुँदैन, र तिनीहरू त्यसरी पनि सोच्दैनन्। के त्यो मानवताको भिन्नता होइन र? ल भन् त, के राम्रो काम गर्ने व्यक्तिलाई त्यसो गर्न कठिन लाग्यो? उसलाई त्यो अत्यन्तै थकाइलाग्दो वा कठिन लागेको थिएन। ऊ कसरी काम राम्रोसँग गर्ने भनेर पत्ता लगाउनका लागि दिमाग खियाउँदैनथ्यो, र यस विषयमा बारम्बार प्रार्थना गर्दैनथ्यो। के गर्दा उचित हुन्छ भनेर उसलाई हृदयमा थाहा थियो, त्यसकारण उसले त्यो बोझ लियो। बोझ लिन नचाहने व्यक्तिले पनि कर्तव्यलाई स्विकार्यो, र यसलाई स्विकारेपछि उसलाई झन्झट लाग्यो। कुकुरहरू भुक्दा ऊ झर्किएर तिनीहरूलाई हप्काउँथ्यो: “फेरि भुक् त, भुक्छस्? फेरि एकपटक भुकिस् भने म तँलाई लात्तीले हानेर मारिदिन्छु!” के यहाँ मानवताको भिन्नता छैन र? छ, ठूलो भिन्नता छ। तैँले केही काम गराउँदा कतिपय मानिसलाई झिजो लाग्छ, झमेला लाग्छ, तैँले तिनीहरूलाई कम स्वतन्त्रता दिएको छस् भन्ने लाग्छ। “अर्को काम? मैले गर्नुपर्ने काम धेरै छ—म यहाँ यतिकै समय कटाइरहेको छैनँ!” त्यसकारण, तिनीहरू त्यो कुरालाई पन्छाउन, आफ्नो जिम्मेवारी पूरा नगरेकामा आफूलाई सफाइ दिन सबै किसिमका बहाना बनाउँछन्। तिनीहरूसँग कुनै विवेक वा समझ हुँदैन, न त तिनीहरू आफूलाई जाँच्छन्, बरु आफ्नो खराब मानवताको बचाउ गर्नका लागि स्पष्टीकरण दिन्छन् र बहानाहरू बनाउँछन्। खराब मानवता भएका मानिसहरू यसरी नै व्यवहार गर्छन्। त्यसोभए के त्यस्तो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) किन सक्दैन? ऊ सत्यतालाई प्रेम गर्दैन, र सकारात्मक कुराहरूलाई प्रेम गर्दैन। कुरा त्यही होइन र? उसमा न त सामान्य मानवता हुन्छ न त सकारात्मक कुराहरूको वास्तविकता नै हुन्छ। ऊभित्र त्यो सार हुँदैन। त्यसोभए, सत्यता र सामान्य मानवताबीच के सम्बन्ध हुन्छ? कुनै व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न र उसले सत्यताको अभ्यास गर्नका लागि उसको मानवताभित्र हुनैपर्ने कुरा के हो? सुरुमा त उसमा विवेक र समझ हुनैपर्छ। उसले जे गरिरहेको भए पनि, उसमा सही मनोवृत्ति, सही सोचाइ, र सही दृष्टिकोण हुनैपर्छ। यी कुराहरू छन् भने मात्र व्यक्तिमा सामान्य मानवता हुन सक्छ—र सामान्य मानवता छ भने मात्र व्यक्तिले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।