विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक) खण्ड सात

जब म मानिसहरूको सम्पर्कमा आउँछु र तिनीहरूसँग अन्तरक्रिया गर्छु, तब तिनीहरू जोसुकै भए पनि वा अन्तरक्रिया जति लामो भए पनि, के तिनीहरूमध्ये कुनैले “उहाँले सधैँ मलाई नियन्त्रण गर्ने प्रयास गरिरहनुभएको हुन्छ, उहाँले मेरो घरका सबै मामलाहरू नियन्त्रण गर्नुहुन्छ, उहाँले सधैँ मलाई विजय गर्ने प्रयास गरिरहनुभएको हुन्छ” भन्ने महसुस गर्छन्? मैले तँलाई विजय गरिरहेको छैन! त्यसो गरेर के फाइदा हुन्छ? आफै परमेश्‍वरका वचनहरू पढ्, र तिनका बारेमा बिस्तारै मनन गर्, र बिस्तारै तिनमा प्रवेश गर्। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछ, र परमेश्‍वरसँग तेरो लागि आशिष् र मार्गदर्शन हुनेछ। यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस्, यदि तँ मैले भनेको हरेक कुराप्रति सधैँ विद्रोह गर्छस्, त्यो कुरा सुन्न चाहँदैनस्, र त्यसलाई स्विकार्दैनस् भने, अन्त्यमा, तँ सधैँ प्रकाशमा पर्नेछस्, र तैँले कामकुरा गर्दा सधैँ गडबड हुनेछ—तैँले परमेश्‍वरको नेतृत्व पाउनेछैनस्। त्यो कसरी हुन्छ? (परमेश्‍वरले सबै कुरा छानबिन गर्नुहुन्छ।) परमेश्‍वरले सबै कुरा छानबिन गर्ने मात्र होइन। यसलाई तिमीहरू आफैले अनुभव गर। जब म केही कुरा भन्छु, तब मानिसहरू यसमा सहमत भए पनि नभए पनि, वा तिनीहरूले यसलाई स्वीकार गरे पनि नगरे पनि, पवित्र आत्माले यसलाई समर्थन गर्नुहुन्छ कि यसप्रति सरोकार राख्नुहुन्न? (उहाँले यसलाई समर्थन गर्नुहुन्छ।) पवित्र आत्माले अवश्य नै यसलाई समर्थन गर्नुहुन्छ र यसलाई पटक्‍कै कमजोर पार्नुहुन्‍न। तिमीहरूले यो कुरा याद गर्नु बुद्धिमानी हुनेछ। मानिसहरूले मेरो कुरालाई स्विकार्न सके पनि नसके पनि, एक दिन तथ्यहरू प्रस्ट पारिनेछन्, र देख्नेबित्तिकै, सबैले भन्‍नेछन्, “तपाईंले भन्‍नुभएको कुरा पहिलेदेखि नै सही थिएछ! तपाईंले धेरै पहिले नै यो कुरा भन्‍नुभएको हो—मलाई यसको बारेमा किन थाहा भएन?” तैँले त्यो बेला मेरा वचनहरू मेरो कल्पनाबाट आएका हुन् भनेर विश्‍वास गरेको भए पनि, मेरो मनबाट, वा ज्ञानबाट आएका हुन् भनेर विश्‍वास गरेको भए पनि—एक दिन, केही कुराहरू अनुभव गरेपछि, तँलाई लाग्नेछ, “तपाईंले सधैँ सत्यता नै भन्‍नुभएको रहेछ!” अनि तँ कसरी यो बुझाइमा पुगेको हुनेछस्? अनुभवबाट। यदि तैँले यो ज्ञान प्राप्त गर्न सकिस् भने, के यो मानसिक विश्लेषणद्वारा प्राप्त गरेको हुन्छस्? अवश्य नै होइन; तँलाई पवित्र आत्माले अगुवाइ गर्नुभएको हुनेछ—यो परमेश्‍वरले गर्नुभएको हुनेछ। गैरविश्‍वासीहरूले जीवनभरि स्वर्ग, पृथ्वी र यावत् थोकसम्बन्धी केही नियमहरूका बारेमा थोरै ज्ञान राख्छन्, तर के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए, तिनीहरूले के कुरा छुटाइरहेका हुन्छन्? (तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन।) हो। तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन—तिनीहरूले यही कुरा छुटाइरहेका हुन्छन्। त्यसकारण, तैँले मलाई व्यक्तिको रूपमा जसरी हेरे पनि र मूल्याङ्कन गरे पनि, र मैले बोल्ने वचन र गर्ने कामहरूलाई जसरी लिए पनि, यसले अन्तमा परिणाम त अवश्यै दिन्छ। परमेश्‍वरले काम गर्नुहुनेछ, र उहाँले तेरो निर्णय सही थियो कि गलत थियो, तेरो मनोवृत्ति सही थियो कि गलत थियो, र तेरो दृष्टिकोणमा केही गल्ती थियो कि थिएन भन्‍ने कुरा प्रकाश गर्नुहुनेछ। परमेश्‍वरले आफ्नो देहको कामलाई कायम राख्‍नुहुन्छ। त्यसोभए परमेश्‍वरले किन अरू मानिसहरूलाई समर्थन गर्नुहुन्‍न? उहाँले किन ख्रीष्टविरोधीहरूलाई समर्थन गर्नुहुन्न? किनभने आत्मा र देह एउटै हुन्; उहाँहरूको स्रोत एउटै हो। वास्तवमा, यो कायम राख्‍ने कार्य होइन, अर्थात् तैँले अन्त्यसम्म अनुभव गरिसकेपछि, चाहे ती देहधारी परमेश्‍वरले बोल्नुभएको वचनहरू होऊन् वा पवित्र आत्माको अन्तर्दृष्टिबाट तँमा आएका वचनहरू होऊन्, ती सुसङ्गत हुनेछन्। ती कहिल्यै पनि एक-अर्कासँग बाझिनेछैनन्; ती मिल्नेछन्। के तिमीहरूसँग यसको पुष्टि छ? कतिपय मानिसहरूसँग हुन्छ, तर अरू अझै पनि आफ्नो अनुभवको यो विन्दुमा पुगेका हुँदैनन्, र तिनीहरूसँग यसको पुष्टि हुँदैन। यसको अर्थ तिनीहरूको आस्था अझै पनि त्यो विन्दुमा पुगेको हुँदैन; यो अझै पनि अत्यन्तै सानो हुन्छ। अर्को शब्दमा भन्दा, जब तेरो विश्‍वास निश्‍चित हदमा पुग्छ, तब अचानक एउटा यस्तो दिन आउँछ जब तँलाई यो साधारण देहले बोलेको साधारण वाक्यांश, जुन वाक्यांश सुन्दा तँलाई त्यति प्रभावशाली लागेको थिएन, त्यो तेरो जीवन बनेको छ भन्‍ने महसुस हुन्छ। यो कसरी तेरो जीवन बनेको हुनेछ? तँ आफ्ना कार्यहरूमा थाहै नपाई यसमा भर परिरहेको हुनेछस्। यो तेरो दैनिक जीवनको मार्गनिर्देशन बनेको हुनेछ। अनि तँसँग मार्ग नहुँदा, त्यो वाक्यांश तेरो वास्तविकता बन्नेछ, र यो तँलाई बाटो देखाउने लक्ष्य बन्नेछ; तँ पीडामा हुँदा, त्यो वाक्यांशले तँलाई नकारात्मकताबाट बाहिर निस्कन र तेरो समस्या के हो भनेर बुझ्न मदत गर्नेछ। त्यस्तो अनुभवपछि, तैँले बुझ्नेछस् कि त्यो वाक्यांश जति नै साधारण भए पनि, यसका शब्दहरूमा वजन र जीवन छ—कि यो नै सत्यता हो! यदि तैँले सत्यता पछ्याउने कार्यमा ध्यान दिँदैनस् र सत्यतालाई प्रेम गर्दैनस् भने, तैँले परमेश्‍वर, उहाँको देहधारण, र उहाँले व्यक्त गर्नुहुने सत्यताहरूलाई निन्दा गर्न सक्छस्। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तेरो अनुभवमा एउटा यस्तो दिन आउनेछ जुन बेला तैँले यसो भन्‍नेछस्, “परमेश्‍वरसँग मिलेर बस्‍न निकै सजिलो छ। देहधारी परमेश्‍वरसँग मिलेर बस्‍न निकै सजिलो छ”—तर कसैले पनि यसो भन्‍नेछैन, “म उहाँसँग यसरी मिलेर बस्दै आइरहेको छु मानौँ उहाँ एक व्यक्ति हुनुहुन्छ।” किन यस्तो हुन्छ? किनभने ख्रीष्टका वचनहरूबारे तेरो अनुभव, र तेरो दैनिक जीवनमा तैँले उहाँलाई नदेखेको बेला पवित्र आत्माले तँमा गर्नुहुने काम उस्तै हुन्छन्। यो “उस्तै” शब्दले तँभित्र के कुरा जगाउनेछ? तैँले भन्‍नेछस्, “परमेश्‍वरले साधारण, आम किसिमको बाहिरी रूप, अर्थात् देहको रूप धारण गर्नुभएको छ, त्यसकारण मानिसहरूले उहाँको सारलाई बेवास्ता गरेका छन्। मानिसहरूमा भ्रष्ट स्वभाव भएकै कारण तिनीहरूले परमेश्‍वरको सारको पक्षलाई देख्‍न सक्दैनन्। तिनीहरूले मानिसले देख्न सक्‍ने पक्ष मात्रै देख्छन्। मानिसहरूमा साँच्‍चै नै सत्यताको कमी हुन्छ!” कुरा यस्तै होइन र? (हो।) हो त। उदाहरणका लागि, यदि कुनै काममा मैले पूरा गर्न नसक्‍ने धेरै पक्षहरू छन् भने, धेरै मानिसहरूले पक्कै पनि धारणाहरू विकास गर्छन्। तर जब मैले कामको हरेक पक्षको केही हिस्सा पूरा गर्न सक्छु, तब सबै जना अलिक शान्त हुन्छन्, र तिनीहरूलाई मनमा अलि सान्त्वना मिल्छ: “ठीक छ। उहाँ परमेश्‍वर जस्तै देखिनुहुन्छ—म यति मात्र भन्‍न सक्छु। उहाँ देहधारी परमेश्‍वर जस्तो देखिनुहुन्छ, उहाँ ख्रीष्ट जस्तो देखिनुहुन्छ। उहाँ सायद ख्रीष्ट हुनुहुन्छ।” मानिसहरूले त्यस्तै खालको परिभाषा मात्र दिन्छन्। तैपनि यदि मैले केवल सत्यतामा सङ्गति गरेर परमेश्‍वरका केही वचनहरू व्यक्त गरेँ, र त्यसभन्दा बढी गरिनँ भने—यदि मैले कुनै पनि कामको बारेमा व्यावहारिक मार्गदर्शन दिइनँ, र व्यावहारिक मार्गदर्शन दिन सकिनँ भने, त्यसले मानिसहरूमा यो देहप्रतिको आदर र तिनीहरूले उहाँलाई दिने महत्त्वलाई घटाउनेछ। मानिसहरू देहमा निश्‍चित क्षमता र निश्‍चित प्रतिभाहरू हुनैपर्ने विश्वास गर्छन्। के यो वास्तवमा प्रतिभा हो? होइन। परमेश्‍वरले मानिसहरूलाई सबै प्रकारका प्रतिभा, वरदान, र क्षमताहरू प्रदान गर्न सक्नुहुन्छ, त्यसकारण ल भन्, के परमेश्‍वर स्वयम्‌सँग ती कुराहरू छन्? प्रशस्तै छन्! त्यसकारण, कतिपय मानिसहरूले यो पहेली समाधान गर्न सक्दैनन्, र भन्छन्, “तपाईं आफैलाई गाउन आउँदैन भने कसरी हामीलाई गाउन सिकाउन सक्‍नुहुन्छ? के त्यो कुनै भुइँमान्छेले पेसेवरहरूलाई निर्देशन दिनु सरह होइन र? के त्यो सिद्धान्तहरू विपरीत हुँदैन र?” बुझिराख्, म यसको अपवाद हुँ। किन? यदि तिमीहरूले कुनै कुरा राम्ररी गर्न सक्दैनौ भने, मैले तिमीहरूलाई सहयोगको हात फैलाउनुपर्छ; यदि तिमीहरूले केही गर्न सक्छौ भने, म हात बाँधेर बस्‍न तयार हुन्छु, म हस्तक्षेप गर्न चाहन्नँ—त्यसो गर्दा म लखतरान हुनेछु। यदि तिमीहरूले कुनै काम राम्ररी गर्न सक्छौ भने, मैले किन तिमीहरूलाई सहयोगको हात फैलाउनुपर्‍यो र? मैले यहाँ धाक लगाइरहेको छैनँ, र मैले उत्कृष्ट विचारहरू फलाकिरहेको छैनँ। म त तिमीहरूलाई व्यावसायिक सीपहरूको क्षेत्रमा र सत्यता सिद्धान्तहरूको क्षेत्रमा समान रूपमा सिकाउन मात्र चाहन्छु। तिमीहरू सबैले सीपहरू सिक्नुका साथै सिद्धान्तहरू बुझिसकेपछि, मेरो हृदयबाट ठूलो बोझ हट्नेछ, किनभने ती मेरो भागमा पर्ने कामभन्दा बाहिरका कुराहरू हुन्। कतिपयले भन्छन्, “यदि यो काम तपाईंको भागमा पर्दैन भने, तपाईंले किन गर्नुहुन्छ त?” यो काम गर्नैपर्छ, र मानिसहरू उक्त काम गर्न पर्याप्त सक्षम छैनन्। यदि मैले यसरी नै मार्गदर्शन नदिएको भए, गरिएका कामहरू विशेष हुनेथिएनन्, र परमेश्‍वरको गवाही दिँदा नतिजाहरू ठिकठिकै आउनेथिए। यदि मसँग देखाउनका लागि कुनै महत्त्वपूर्ण कामहरू थिएनन् भने, म पनि अलिक बेवास्ता गर्ने र असहज हुनेथिएँ, त्यसकारण म मेरो ऊर्जा र शारीरिक अवस्थाले साथ दिएसम्म अलिअलि काम गर्छु। किन? सोच्नुपर्ने कुराहरू थुप्रै छन्। जब सारा मानवजातिले मानिसहरूले बनाएका कुराहरू देख्छन् र तिनलाई ग्रहण गर्छन्, तब मानिसहरूमा रहेका हेराइ, दृष्टिकोण, र बुझाइका क्षमताहरू तिनीहरू विश्‍वासी भएको कति लामो समय भयो, तिनीहरूको अनुभव, र तिनीहरूको क्षमता कति छ भन्‍ने हिसाबमा मात्रै फरक हुन्छन्, तर तिनीहरूको सुरुवाती विन्दु मूलतः सबै उस्तै हुन्छन्। तिनीहरूका सुरुवाती विन्दुहरू सत्यताबारे तिनीहरूको बुझाइको आधारमा सत्यता वास्तविकताहरू सम्बन्धी तिनीहरूले प्राप्त गरेका अनुभवहरू हुन्। मानवजातिले बनाउन सक्‍ने कुराहरू यिनै हुन्। म साधारण व्यक्तिको दृष्टिकोणबाट कामकुरा गर्न वा कामहरू सिर्जना गर्न सक्दिनँ। त्यसोभए मैले कस्तो दृष्टिकोण लिनुपर्छ? देहको दृष्टिकोण? म त्यसो गर्न पनि सक्दिनँ। के तँलाई त्यसो गर्नु अनुचित हुनेछ जस्तो लाग्दैन? म ती वचनहरू भन्न, ती कामकुरा गर्न, र ती विचारहरू व्यक्त गर्न, अवश्यै, परमेश्‍वर र उहाँको कामको दृष्टिकोणलाई देहबाटै अपनाउनेथिएँ। के मानवजातिको बीचमा यी कुराहरूको मूल्यलाई पैसामा मापन गर्न सकिन्छ? (सकिँदैन।) सकिँदैन। यी तयार पारिएका कृतिहरू एकपटक सम्पन्न भएपछि, मानवजातिका लागि सधैँभरि टिकिरहने चिज बन्छन्। अवश्य नै, ती साधारण कृतिहरू पनि सदासर्वदा टिकिरहनेछन्। तर यी कामहरू अनन्त रूपमा र भविष्यसम्‍म नै टिकिरहने हुनाले, र चाहे त्यो परमेश्‍वरमा विश्‍वास गर्ने मार्गदर्शक होस्, वा बन्दोबस्त र सहयोग होस्, तिनले सबै मानवजातिलाई योगदान दिने हुनाले, मैले केही अझ बढी वजनदार कृतिहरू पूरा गर्नुपर्छ, होइन र? त्यसकारण मैले मानवजातिले लिन नसक्‍ने दृष्टिकोणबाट वचनहरू बोल्न र कृतिहरू उत्पादन गर्न जरुरी छ। म केका लागि यसो गर्छु? मण्डलीको ख्याति बढाउनका लागि। के त्यो मनसाय सही छ? (सही छ।) ल भन्, यदि मण्डलीको ख्याति बढ्यो भने के परमेश्‍वरको गवाही दिनका लागि त्यो फाइदाजनक हुन्छ? (हुन्छ।) के त्यसले यस कार्यलाई बढावा दिन्छ कि रोक्छ? (बढावा दिन्छ।) अवश्य नै—त्यसले निश्चित रूपमा यस कार्यलाई बढावा दिन्छ। जब केही गैरविश्‍वासी र धार्मिक समूहहरूले यी कामहरू देख्छन्, तब तिनीहरू यी चलचित्रहरू कति राम्रा बनेका छन् भन्‍ने देखेर छक्क पर्छन्, र सधैँ पर्दा पछाडि काम गर्ने चलचित्रकर्मीलाई भेट्न चाहन्छन्। म यी मानिसहरूलाई भेट्दिनँ। मसँग यी मानिसहरूलाई भेट्ने समय छैन, र मलाई तिनीहरूले भेट्न खोज्नुको उद्देश्य थाहा छैन। त्यसोभए मैले तिनीहरूलाई भेटेर के फाइदा हुन्छ? यदि यी चलचित्रहरू हेर्ने मानिसहरूले सत्यतालाई स्विकार्न सक्छन् भने, त्यो नै पर्याप्त हुन्छ, र यदि तिनीहरू साँचो मार्गको अनुसन्धान गर्न इच्छुक छन् भने, त्यो झनै राम्रो हो। तिनीहरूले मलाई भेट्न जरुरी छैन। छोटकरीमा भन्दा, म केही गम्भीर र प्रभावशाली कृतिहरू गर्छु, ताकि मानवजातिले यी कुराहरू देख्दा, तिनीहरूलाई यसको अलिक बढी फाइदा होस्। यी कुराहरू मानवजातिका लागि छोडेर जानु राम्रो कुरा हो कि नराम्रो हो? (राम्रो कुरा हो।) यो सार्थक हुन्छ; यो गर्न लायक छ।

तिमीहरूसँग मिलेर बस्ने मेरो तरिका यही हो। तिमीहरूसँगको मेरो सम्बन्ध यही हो, जुन तिमीहरूले देख्छौ र महसुस गर्छौ। त्यसोभए, तिमीहरूसँग परमेश्‍वरको कस्तो सम्बन्ध छ? के त्यो महसुस गर्न सकिन्छ? उस्तै त हो। यस्तो नसोच, “देहधारी परमेश्‍वर एउटा व्यक्ति हुनुहुन्छ; उहाँसँग मिलेर बस्‍न सजिलो छ। तर स्वर्गका परमेश्‍वरसँग प्रताप र क्रोध भएकाले उहाँसँग मिलेर बस्न सजिलो छैन—उहाँ डरलाग्दो हुनुहुन्छ!” परमेश्‍वर म जस्तै हुनुहुन्छ। उहाँले कुनै टिप्पणी वा विधि, वा बल प्रयोग गरेर तँलाई विजय गर्ने वा नियन्त्रण गर्ने गर्नुहुन्न। उहाँले त्यसो गर्नुहुन्‍न। जसरी तिमीहरूलाई म तिमीहरूसँग मिलेर बसेको महसुस हुन्छ, उहाँ पनि तिमीहरूसँग त्यसरी नै मिलेर बस्‍नुहुन्छ: म तिमीहरूलाई सक्दो कुरा सिकाउँछु, र सक्दो कुरा बुझ्न मदत गर्छु। तिमीहरूले नबुझ्ने कुराहरू म जबरजस्ती तिमीहरूको दिमागमा घुसाउँदिनँ। कतिपयले यसो भन्‍न सक्छन्, “तपाईँले हाम्रो दिमागमा कुराहरू घुसाउँदिनँ भन्‍नुहुन्छ—त्यसोभए, तपाईँले सधैँ सत्यताको प्रचार गरेर के गरिरहनुभएको छ त?” के त्यो घुसाउनु हो? त्यो त तिमीहरूलाई भरणपोषण गर्नु हो—त्यो तिमीहरूलाई जबरजस्ती प्रगति गर्न लगाउनु होइन, मलजल गर्नु हो। मलजल उचित कुरा हो; यो एउटा सकारात्मक कुरा हो। कतिपयले भन्‍नेछन्, “के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई विजय गर्नु परमेश्‍वरले विजय गर्नु जस्तै होइन र?” (होइन।) कुन हिसाबमा होइन? ख्रीष्टविरोधीहरूले मानिसहरूलाई विजय गर्नु र परमेश्‍वरले मानिसहरूलाई विजय गर्नुलाई जनाउन एउटै शब्द प्रयोग गरिन्छ; यो शब्दका ती दुई वटा प्रयोगहरू बीचको सारमा के भिन्‍नता छ? के तिमीहरूले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छौ? यदि तिमीहरूले त्यति समेत गर्न सक्दैनौ भने, सत्यता सम्बन्धी तिमीहरूको बुझाइ अत्यन्तै कमजोर छ। (शैतानले मानिसहरूलाई विजय गर्नु भनेको जबरजस्ती नियन्त्रण गर्नु, जब कि परमेश्‍वरले गर्नुहुने विजय सत्यताको भरणपोषण हो—यो मानिसहरूलाई सत्यता सिद्धान्तहरू बताउनु हो, जसलाई मानिसहरूले अभ्यास गरेर जीवन प्राप्त गर्न सक्छन्।) त्यसोभए, म तिमीहरूलाई सोध्छु: शैतानले मानिसहरूलाई नियन्त्रण र विजय गर्छ, तर के त्योसँग सत्यता हुन्छ? (हुँदैन।) शैतान भनेको के हो? यसले केका आधारमा मानिसहरूलाई विजय गर्छ? अर्को शब्दमा भन्दा, मानिसहरूलाई विजय गर्न र तिनीहरूलाई प्राप्त गर्ने प्रयास गर्नका लागि शैतानसँग के योग्यता छ? शैतानसँग बिलकुलै केही छैन। त्यसोभए, त्यसले मानिसहरूलाई विजय गर्न के प्रयोग गर्छ? त्यसले मानिसहरूलाई विजय गरिसकेपछि उनीहरूलाई के कुरा प्रदान गर्न सक्छ? त्यसले तँलाई भ्रष्ट मात्र तुल्याउन सक्छ; त्यसले तँलाई खेलाउन र बरबाद गर्न मात्र सक्छ, र अन्त्यमा, यसले तँलाई बरबाद गरिसकेपछि नरकमा पठाउनेछ। त्यसको विजय र नियन्त्रण कस्तो हुन्छ? यो त दुर्व्यवहार मात्रै हो। त्यसले तँलाई नियन्त्रण र विजय गर्नुको उद्देश्य भनेको तँलाई परमेश्‍वर र सत्यतामा समर्पित हुनबाट रोक्नु, र त्यसप्रति समर्पित गराउनु हो। शैतानका लागि, तँ परमेश्‍वरमा समर्पित हुनु गलत कुरा हो, र त्यसप्रति समर्पित हुनु सही कुरा हो। यदि तँ त्यसप्रति समर्पित भइस्, र त्यसले तँलाई नियन्त्रण र विजय गर्‍यो भने, तैँले परमेश्‍वरलाई त्यागेको हुनेछस् र उहाँलाई पूर्ण रूपमा इन्कार गरेको हुनेछस्। त्यसोभए, परमेश्‍वरले मानिसहरूलाई कसरी विजय गर्नुहुन्छ? परमेश्‍वर स्वयम् नै सत्यता हुनुहुन्छ; उहाँ सबै सकारात्मक कुराहरूको वास्तविकता, सबै सकारात्मक कुराहरूको स्रोत, र सत्यताको स्रोत हुनुहुन्छ। त्यसोभए, मानिसहरू के हुन्? मानिसहरू शैतानले भ्रष्ट तुल्याएका प्रकारका हुन्। तिनीहरूसँग सत्यता हुँदैन। त्यसकारण, परमेश्‍वरले सत्यता व्यक्त गरेर साथै मानिसका भ्रष्ट स्वभावहरू खुलासा गरेर मानिसहरूलाई न्याय गर्नुपर्छ र सजाय दिनुपर्छ, र तिनीहरूलाई जाँच र शोधन गर्नुपर्छ, ताकि मानिसहरूले उहाँले बोल्‍नुभएका वचनहरू बुझ्न, र उहाँलाई सृष्टिकर्ताको रूपमा र आफूलाई उहाँका सृजित प्राणीका रूपमा स्विकार्न सकून्, र उहाँसामु आएर उहाँलाई दण्डवत् गर्न, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्विकार्न सकून्। के यो सबै सत्यता अनुरूप छैन र? (छ।) त्यसोभए, यो विजय भनेको के हो? यो मानिसहरू प्राप्त गर्नु हो, यो मुक्ति हो; यो एउटा सकारात्मक कुरा हो। यो तँलाई हानि गर्नु होइन। के त्यो र शैतानको विजयको बीचमा कुनै भिन्‍नता छैन र? परमेश्‍वरले मानिसहरूलाई विजय गर्नु उचित कुरा हो। उहाँ सत्यता हुनुहुन्छ, सबै सकारात्मक कुराहरूको स्रोत हुनुहुन्छ। उहाँले “मानवजातिलाई विजय गर्नुहुन्छ” भनेर भन्दा अत्यन्तै उचित हुन्छ! मानवजातिसँग सत्यता हुँदैन, तिनीहरूलाई शैतानले गहिरो रूपमा भ्रष्ट तुल्याएको छ, र आफ्नै कुलको बनाएको छ। त्यसकारण मानिसहरू परमेश्‍वरमा समर्पित हुँदैनन्, साथै उहाँलाई अस्वीकार गर्छन्, र त्याग्छन्। यसको बारेमा के गर्न सकिन्छ? परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्छ र सजाय र न्यायका विधिहरू प्रयोग गर्नुपर्छ, ताकि मानिसहरूले परमेश्‍वर को हुनुहुन्छ, सृष्टिकर्ता को हुनुहुन्छ, सृजित प्राणीहरू को हुन्, र शैतान को हो भनेर बुझून्, साथै तिनीहरू प्रभुलाई चिन्‍न र उहाँकहाँ फर्कन, सृष्टिकर्तालाई स्विकार्न, र उहाँको उपस्थितिमा आफूलाई उहाँका सृजित प्राणीहरू भनी स्विकार्न सक्षम होऊन्। विजयले त्यसैलाई जनाउँछ। परमेश्‍वरले विजय गर्नुभएका मानिसहरूले सत्यता बुझ्छन् कि बुझ्दैनन्? (बुझ्छन्।) अनि शैतानले विजय गरेका मानिसहरूले चाहिँ के प्राप्त गर्छन्? तिनीहरूले कुनै सत्यता बुझेका हुँदैनन्, र तिनीहरू परमेश्‍वरबाट टाढा रहन्छन्, धोका दिन्छन्, र इन्कार गर्छन्, उहाँका बारेमा धारणाहरू बोक्छन्, साथै शैतान र ख्रीष्टविरोधीहरूलाई पछ्याउने काम समेत गर्छन्। तिनीहरूले परमेश्‍वरलाई आलोचना गर्न, उहाँको विरुद्धमा विद्रोह गर्न, र उहाँलाई सराप्न पनि सक्छन्, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्न मान्दैनन्, यसमा समर्पित हुनु त परको कुरा हो। के यिनीहरू मानकअनुरूपका सृजित प्राणी हुन्? (होइनन्।) तिनीहरू परमेश्‍वरले विजय गर्नुभएका मानिसहरूका ठीक विपरीत हुन्छन्; यसको परिणाम परमेश्‍वरले मानिसहरूलाई विजय गर्नुको विपरीत हुन्छ।

यदि ख्रीष्टविरोधी जस्तो व्यक्तिले हैसियत पाएको छ, र ऊ कतै गयो जहाँ ऊ अगुवा हो भनेर मानिसहरूलाई थाहा छैन भने, के ऊ यसबारे खुसी हुनेछ? हुनेछैन। ऊ जहाँ गए पनि, उसले भएभरको उपाय लगाएर सबैलाई यसो भन्नेछ, “म अगुवा हुँ; मेरो लागि खाना बनाऊ। मैले मीठो खानुपर्छ!” तिमीहरूलाई हैसियतको बारेमा मेरो दृष्टिकोण के हो जस्तो लाग्छ? (तपाईंलाई यसमा रुचि छैन।) त्यो रुचिको कमी कसरी प्रकट हुन्छ? जब म कुनै ठाउँमा जान्छु, म त्यहाँका मानिसहरूलाई सकेसम्म मेरो पहिचानबारे जथाभावी प्रचार नगर्न वा मानिसहरूलाई थाहा नदिन भनेर भन्छु। म किन यसो गर्छु? किनभने जब मानिसहरूलाई यसको बारेमा थाहा हुन्छ, तब यो साँच्‍चै पीडादायी बन्छ। यदि तिनीहरूले थाहा पाएनन् भने, तिनीहरूले मलाई आफ्नो हृदयको कुरा थोरै भए पनि भन्न सक्छन्; तिनीहरूले थाहा पाएपछि त्यो झन्झट हुन्छ—तिनीहरूले मेरो अघि मुखमा बुजो लगाउँछन्। ल भन, यदि मसँग मन खोलेर कुरा गर्ने कोही भएन भने के म एकलो हुँदिनँ र? म मानिसहरूलाई थाहा नदिन सक्दो प्रयास गर्छु, ताकि मानिसहरूले मलाई साधारण व्यक्तिझैँ व्यवहार गर्न र मलाई भन्‍न चाहेको कुरा भन्‍न सकून्। मानिसहरूले स्वतन्त्र र मुक्त महसुस गर्नु, मैले तिनीहरूलाई सधैँ बन्धनमा नपार्नु, र तिनीहरू सधैँ मेरो उपस्थितिमा यति अत्यधिक आदर गर्ने नबन्‍नु अत्यन्तै राम्रो कुरा हो। तिनीहरूले त्यस्तो व्यवहार गर्नु पर्दैन; मलाई त्यो मन पर्दैन। सत्यता नबुझ्नेहरूले सोच्छन्, “तपाईंलाई अवश्य नै त्यो कुरा मन पर्छ, त्यसकारण म तपाईंलाई त्यस्तै व्यवहार गर्नेछु।” जब म त्यस्ता मानिसहरू देख्छु, तब म लुक्छु। सधैँ चाकरी गर्ने व्यक्तिलाई देख्दा, म जति सक्दो चाँडो लुक्छु। म त्यस्ता मानिसहरूसँग बिलकुलै सम्पर्कमा रहन चाहन्नँ—यो धेरै झन्झटिलो हुन्छ, यसमा धेरै समस्या हुन्छ! तर ख्रीष्टविरोधीहरू फरक हुन्छन्। तिनीहरूले जहाँ गए पनि मानिसहरूको आदर प्राप्त गर्ने, र विशेष व्यवहार पाउने आशा गर्छन्। अनि तिनीहरूले अझै बढी के कुराको आशा गर्छन्? तिनीहरू रहुञ्जेल, तिनीहरूको नेतृत्वमा रहेका मानिसहरूले पूर्ण रूपमा तिनीहरूको आदेश पालना गर्नेछन्, र सम्झौता नगरी, पूर्ण रूपमा तिनीहरूको पालन गर्नेछन् भन्ने तिनीहरू जान्दछन्; त्यसपछि तिनीहरूले सोच्छन्, “हेर त—मैले नेतृत्व गरेका सिपाहीहरू, र मैले नेतृत्व गर्ने समूहको बारेमा तिमीलाई के लाग्छ? तिनीहरू सबैले आज्ञाकारी भएर मैले भनेको कुरा मान्छन्।” तिनीहरूले विशेष उपलब्धिको अनुभूति गर्छन्। तिनीहरूले मानिसहरूलाई कठपुतली जस्तो र दास जस्तो बन्न प्रशिक्षण दिन्छन्, जसको कुनै स्वतन्त्र सोच, आफ्नै राय वा दृष्टिकोणहरू हुँदैनन्; तिनीहरूले उनीहरू प्रत्येकलाई असंवेदनशील र मूर्ख बनाउँछन्। त्यसपछि ख्रीष्टविरोधीहरूले हृदयको गहिराइमा आनन्द र प्रसन्‍न महसुस गर्छन्, र आफ्नो कामले नतिजा दिएको, साथै आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरू पूरा भएको महसुस गर्छन्। यदि परिस्थितिहरू त्यस्ता भएनन् भने, तिनीहरू हृदयमा दुःखी हुन्छन्: “मानिसहरू किन खुरुक्क मैले भनेको काम गर्दैनन्? तिनीहरूलाई मेरो आज्ञापालन गराउन मैले कुन विधि प्रयोग गर्नुपर्छ? ठीक छ—यदि तिमीलाई म अद्भुत छु भन्‍ने थाहा छैन भने, मैले यो कुरा देखाउनुपर्छ! मसँग स्नातकोत्तर डिग्री छ; तिमीले देखोस् भन्नका लागि म हरेक दिन डिप्लोमाको प्रमाणपत्र आफूसँगै बोकेर हिँड्छु। मैले आठौँ स्तरको अङ्ग्रेजी मूल विषयको परीक्षा पास गरेको छु, र म विद्यार्थी संघको प्रमुख थिएँ। तिमीहरूले मलाई राम्ररी नबुझेको देखिएकाले, म तिमीहरूका अगाडि अलिक आफ्नो प्रदर्शन गर्नेछु!” तिनीहरूले कामको बारेमा छलफल गर्दा यसो भन्छन्, “तिमीहरूको सोचाइ जे-जस्तो छ, भन; निर्धक्क भएर आफ्ना विचारहरू व्यक्त गर—मेरो बन्धनमा नपर।” त्यसपछि, त्यहाँका मानिसहरूले आफ्ना विचारहरू व्यक्त गर्न थाल्छन्। तिनीहरूले आफ्ना कुराहरू राखिसकेपछि, यस स्नातकोत्तर डिग्रीधारी “श्रेष्ठ व्यक्ति” ले भन्छ, “तिमीहरूका विचारहरू राम्रा छैनन्। ती सबै साधारण छन्, र ती सबै सामान्य मानिसहरूका विचार हुन्। मैले साँच्‍चै हस्तक्षेप गर्नैपर्छ—हेर: तिमीहरूले काम गर्न सक्दैनौ! वास्तवमा म यो काम लिन चाहन्नँ, तर म यहाँ नभएको भए, तिमीहरूले साँच्‍चै यो बोझ वहन गर्न सक्‍नेथिएनौ, त्यसकारण मैले सघाउनुपर्छ। मैले यो कुरा राम्ररी विचार गरेको छु। हामी यसलाई यसरी सम्हाल्नेछौँ। तिमीहरूले उल्लेख गरेका कुनै पनि उपायले काम गर्नेछैन; म तिमीहरूलाई अझै राम्रो उपाय दिनेछु। विगतमा कामका बन्दोबस्तहरूले हामीलाई त्यही गर्न लगाएका थिए—अबदेखि, हामी ती प्रावधानहरू अनुसार चल्नेछैनौँ। अबदेखि हामी त्यसरी काम गर्नेछैनौँ।” कतिपय मानिसहरूले भन्छन्, “यदि हामीले कामका बन्दोबस्तहरू अनुसार काम गरेनौँ भने, यसले परमेश्‍वरको घरलाई ठूलो घाटा ल्याउनेछ।” तिनीहरूले यस्तो प्रतिक्रिया दिन्छन्, “यसको बारेमा त्यति धेरै नसोच—के परमेश्‍वरको घरले यो सानो रकमको बारेमा वास्ता गर्नेछ? नतिजाहरूमा ध्यान दिऊँ—महत्त्वपूर्ण कुरा त ती पो हुन् त। अबदेखि, म जे भन्छु त्यही गर। यदि केही बिग्रियो भने, त्यो मेरो जिम्‍मा भयो!” तिनीहरूलाई कसैले पनि रोक्न सक्दैन। के तिनीहरूले सुन्दा ठूला लाग्ने विचारहरू मात्रै फलाकिरहेका हुँदैनन् र? त्यसो गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यो आफ्नो प्रदर्शन गर्नु, र हरेक व्यक्तिलाई आफ्नो अस्तित्वको साथै आफ्‍नो चमकका बारेमा निरन्तर रूपमा स्मरण गराउनु हो। तिनीहरू कुन रूपमा चम्किला हुन्छन्? साधारण मानिसहरूले तिनीहरूलाई बुझ्‍न नसक्‍ने कुरामा। ख्रीष्टविरोधीहरूले अरू मानिसहरूसँग एउटै दृष्टिकोण राखे पनि, त्यही दृष्टिकोण अरूले व्यक्त गर्दा तिनीहरूले त्यसलाई इन्कार गर्छन्, त्यसपछि त्यसलाई अर्को तरिकाले भनेर फेरि नेतृत्व लिन थाल्छन्। समूहले तिनीहरूको कुरा सुन्छ र भन्छ: “के त्यो उही विचार होइन र?” तिनीहरूले भन्छन्, “उही भए पनि नभए पनि, यो मैले नै भनेको हुँ। यो तिमीहरूले भनेका होइनौ। यो विचारको नेतृत्व गर्ने व्यक्ति म नै हुँ।” तिनीहरूले जति मुख फेरे पनि, तिनीहरूको उद्देश्य सबैलाई विश्‍वस्त गराउनु र मानिसहरूलाई यो कुरा थाहा दिनु हो: “म व्यर्थमा अगुवा भएको होइनँ; म व्यर्थमा टोली अगुवा र सुपरिवेक्षक भएको होइनँ। म कुरा मात्र गर्ने व्यक्ति होइन—मसँग प्रतिभा, वरदान, र क्षमताहरू नभएको भए म यो पदमा हुनेथिइनँ।” तिनीहरू नहुँदा कुनै घटना घट्यो भने, अरू कसैले पनि निर्णय गर्न पाउँदैन, र तिनीहरू त्यहाँ छन् भने, तिनीहरूले निर्णय गर्नुपर्छ। सबैले तिनीहरूको अभिव्यक्तिलाई ध्यान दिनुपर्छ। तिनीहरूले निर्णय गरिरहेका छन् भने मात्र सबैले आरामको सास फेर्न सक्छन्; होइन भने, सबैलाई चिन्ता लाग्छ। यदि उनीहरूलाई निर्णय गर्न दिइएन भने, हातको कामलाई सल्टाउन सम्भव हुनेछैन। के उनीहरूले यसो गर्नुको पछाडि उद्देश्य हुँदैन र? उनीहरूले कहिलेकहीँ मनमनै सोच्छन्, “के मैले जे गरिरहेको छु त्यो सही हो? मैले यसो नगर्नु नै राम्रो हुन्छ—म आफूलाई मूर्ख तुल्याइरहेको छु। के ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्दैनन् र? त्यसरी हुँदैन; मेरो इज्जत नै महत्त्वपूर्ण कुरा हो। ‘ख्रीष्टविरोधी’? माथिले मलाई दोषी ठहराएको छैन, त्यसकारण म त्यस्तो व्यक्ति होइनँ!” अनि तिनीहरूले पहिले जस्तै व्यवहार गरिरहन्छन्। कहिलेकहीँ, तिनीहरूले जे गरिरहेका छन् त्यसले कामका बन्दोबस्तहरू र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छ, तिनीहरूले स्पष्ट रूपमा नै आफ्नो गरिमा र हैसियतको ख्याल गरिरहेका छन्, तिनीहरूका आफ्नै अभिप्रायहरू छन् भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ—तैपनि तिनीहरूले परिणामहरूका बारेमा नसोची, अनि परमेश्‍वरको डर मान्ने हृदय त झन् राख्दै नराखी पहिलेदेखि गर्दै आएकै काम गरिरहन्छन्। के यो स्वभावको समस्या होइन र? यस्तो स्वभावले तिनीहरूलाई के गर्नतिर डोर्‍याउँछ? अत्यन्तै अहम्‌वादी हुन, र उन्मत्त भएर खराब कामकुरा गर्नतिर। के तिनीहरूले हृदयमा व्यवहार गर्ने सही तरिका साँच्‍चै थाहा पाएका हुँदैनन्? के तिनीहरूले जे गरिरहेका छन् त्यसले सिद्धान्तहरू उल्लङ्घन गर्छ भन्‍ने कुरा तिनीहरूले साँच्‍चै बुझेका हुँदैनन् र? के तिनीहरूले गरिरहेको कुरा त अरूलाई बहकाउने र नियन्त्रण गर्ने काम हो, र तिनीहरूले दुष्टता गरिरहेका छन् भनेर तिनीहरूलाई साँच्‍चै थाहा हुँदैन र? तिनीहरूले यी कुराहरू जान्दछन् र बुझ्दछन्। त्यसोभए तिनीहरूले यस्तै व्यवहार गरिरहन सक्छन् भन्‍नुको अर्थ तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र यसप्रति वितृष्ण छन् भन्‍ने हुन्छ। तिनीहरूले आफ्नो मुखबाट निस्केको होइन भने कुनै पनि दृष्टिकोण, तरिका, विधि, वा अभिव्यक्तिलाई इन्कार गर्छन्। के यो महत्त्वाकाङ्क्षा होइन र? (हो।) यसमा महत्त्वाकाङ्क्षा र दुष्ट अभिप्रायहरू हुन्छन्। कस्ता दुष्ट अभिप्रायहरू? यसको पछाडि के लुकेको हुन्छ? (मानिसहरूलाई आफूले भनेको कुरा गर्न लगाउनु।) मानिसहरूलाई आफूले भनेको कुरा गर्न लगाउनु—तिनीहरूले त्यस्तो कुनै पनि फाइदा वा पृथक देखिने मौका गुमाउन, वा यी कुरा अरू कसैको हातमा पर्न दिन सक्दैनन्। हरेक पटक, निर्णयहरू गर्ने तिनीहरू नै हुनुपर्छ; हरेक पटक, हुकुम गर्ने तिनीहरू नै हुनुपर्छ; हरेक पटक, कामका प्रतिफलहरू तिनीहरूको मात्रै हुनुपर्छ, र तिनीहरूलाई मात्रै श्रेय दिइनुपर्छ। अन्तमा, तिनीहरूले सबैमा एउटा प्रवृत्ति विकास गराउँछन्। कस्तो प्रवृत्ति? तिनीहरू समूहमा हुँदा मात्रै काम अघि बढ्न सक्छ भनेर सोच्ने प्रवृत्ति—मानौँ तिनीहरूविना, अरू कसैले पनि बोझ वहन गर्न सक्दैन। यसो गरेर, के तिनीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुँदैनन् र? ती मानिसहरू तिनीहरूको नियन्त्रणमा फसेका हुन्छन्। नियन्त्रणमा पर्नुको पूर्वसर्त के हो? पूर्ण रूपमा विजय गरिनु र पराजित हुनुले—ख्रीष्टविरोधीहरूले तँलाई यातना दिएर तिनीहरूसामु आत्मसमर्पण गर्न लगाउँछन्, यहाँसम्‍म कि तैँले सही र गलत छुट्याउन सक्दैनस्, तिनलाई बिलकुलै खुट्ट्याउने वा सत्यताको कुनै पक्षलाई ती कुरासँग जोड्ने प्रयास गर्दैनस्, तिनीहरूले जे गरे पनि सही हुन्छ भनेर दृढ रूपमा विश्‍वास गर्छस्, र तिनीहरू सही छन् कि गलत छन् भनेर विश्लेषण गर्ने आँट गर्न छोड्छस्। मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाएपछि र नियन्त्रण गरेपछि आउने परिणामहरू यिनै हुन्, र तुरुन्तै, ती मानिसहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउँछन्। होइन र? (हो।) के यो ख्रीष्टविरोधीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित गराउँछन् भन्‍ने तथ्यको स्पष्ट प्रकटीकरण होइन र? (हो।) तिनीहरूले गर्ने सबै कुराको पछाडिका मनसाय र दुष्ट अभिप्रायहरू के-के हुन्, र तिनीहरूका कार्य, तरिका र उपायहरूको, र तिनीहरूका अभिव्यक्तिहरूको स्रोत के हो? तिनीहरूले तँलाई पराजित गर्न, वशमा पार्न, तिनीहरूसामु आत्मसमर्पण गराउन, र को मालिक हो, नेतृत्व लिनका लागि को योग्य छ, कसले अन्तिम निर्णय गर्छ, र अन्तिम निर्णय गर्ने सत्यता होइन—ऊ बाहेक अरू कोही पनि यी मानिसहरूको प्रभु हुन सक्दैन, वा अरू कसैले हुकुम चलाउन सक्दैन, वा निर्णय गर्न सक्दैन भनेर देखाउन चाहन्छन्। तँ सत्यताको कुरा उठाउन चाहन्छस्, तर तैँले कुनै पनि हालतमा सक्दैनस्। तँ फरक-फरक मत राख्न चाहन्छस्—तर यसको बारेमा सोच्दा समेत नसोच्। यो ख्रीष्टविरोधीहरूको कस्तो स्वभाव हो? यो क्रूरता हो; तिनीहरू मानिसहरूलाई विजय गर्न र नियन्त्रण गर्न चाहन्छन्। चाहे तैँले ख्रीष्टविरोधीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूलाई हेर्, वा तिनीहरूको वास्तविक कार्यहरूलाई हेर्, यी सबैले तिनीहरूको क्रूरता र सत्यताप्रति वितृष्ण हुने स्वभावलाई देखाउँछन्। मानिसहरूलाई विजय गर्ने र नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूका यी तरिका, प्रकाश, र प्रकटीकरणहरू, साथै तिनीहरूका सारहरू हामीले सङ्गति गरिरहेको मुख्य विषयसँग पूर्ण रूपमा मिल्छन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आफूप्रति मात्र समर्पित हुन लगाउँथे—यसको आशय के हो भने मानिसहरूले तिनीहरूले भने अनुसार गर्नुपर्छ, र त्यसो गर्नु भनेको परमेश्‍वरमा समर्पित हुनु हो। यदि कसैले फरक विचार राख्यो र तिनीहरूले जे गरिरहेका छन् त्यो सत्यता विपरीत छ भनेर भन्यो भने, तिनीहरूले प्रतिवाद गर्नेछन्, “सत्यता विपरीत? हामीलाई भन त—सत्यता भनेको के हो? यदि तिमीले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्यौ भने, म तिमीसामु झुक्नेछु—तर यदि सकेनौ भने, म तिमीलाई लाजमर्दो स्थितिमा पार्नेछु!” जब तिनीहरूले त्यसो भन्छन्, तब कतिपय मानिसहरू साँच्‍चै डराएर यसो भन्छन्, “म यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दिनँ, त्यसकारण म तिमीले जे भन्छौ त्यही गर्नेछु।” त्यसरी, ख्रीष्टविरोधीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुन्छन्। के यस्तो गर्ने मानिसहरू हुन्छन्? (हुन्छन्।) के तिमीहरूले यस्ता कुराहरू गरेका छौ? (छैनौँ।) ख्रीष्टविरोधीहरूमा यो सीप हुन्छ। साधारण व्यक्तिले अरूलाई मनाउन नसक्‍ने देख्यो भने हार मान्छ; उसले त्यो उपाय जानेको हुँदैन। एक हिसाबमा, ऊ यसरी बोल्न र आफ्‍नो कुरा व्यक्त गर्न सक्षम हुँदैन—उसले राम्ररी बोल्न र बहस गर्न सक्दैन। अर्को हिसाबमा, उसको हृदयमा पर्याप्त निर्दयता हुँदैन। यी कुराहरू गर्न सक्‍नेहरूभित्र अवश्य नै दुष्ट स्वभाव हुनुपर्छ। तिनीहरू क्रूर र पर्याप्त मात्रामा निर्दयी हुनुपर्छ, र तिनीहरूले अरू कसैका भावनाहरूबारे वास्ता गर्नु हुँदैन। यदि कोही तिनीहरूसँग असहमत भयो भने, तिनीहरूले उसलाई अत्यन्तै क्रूर तरिकाले सताउनेछन्, र तिनीहरूले जति नै क्रूरतापूर्वक सताए पनि, तिनीहरूको विवेकले यसका लागि कुनै ग्लानि वा चेतना महसुस गर्दैन। कसैले भन्छ, “तिनीहरू पहिले नै यति दयनीय छन्; म किन तिनीहरूलाई आफूले भने अनुसार गर्न लगाइरहेको छु? म तिनीहरूलाई त्यसै छाडिदिनेछु—तिनीहरूले ममा होइन, परमेश्‍वरमा विश्‍वास गर्छन्। जसले सत्यतासँग मेल खाने तरिकाले बोल्छ, तिनीहरूले उसैको कुरा मान्न सक्छन्—त्यो व्यक्ति जो भए पनि केही फरक पर्दैन। यस पटक म यस कुरालाई छोडिदिनेछु।” के ख्रीष्टविरोधीहरूले यस तरिकाले सोच्छन्? सोच्दैनन्; ख्रीष्टविरोधीहरूमा त्यस्तो चेतना बिलकुलै हुँदैन। तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूका बारेमा अत्यन्तै प्रस्ट हुन्छन्। ब्वाँसोले भेडालाई पक्रे जस्तै तिनीहरूले पनि ती कुराहरूलाई समातिरहन्छन् र छोड्दैनन्। यदि तैँले ब्वाँसोसँग सौदा गरेर त्यसलाई भेडा खानबाट रोक्ने कोसिस गर्छस् भने—के त्यसले काम गर्नेछ? गर्नेछैन। किन गर्नेछैन? किनभने त्यसको स्वभाव नै त्यही हो। ब्वाँसोले के विश्‍वास गर्छ? “मलाई भोक लागेको छ। मलाई भेडा खान मन पर्छ। यो ठीक हो। मैले भेडा खान चाहे पनि नचाहे पनि, ठीकै छ।” त्यसको दर्शन, त्यसका कार्यहरूको मापदण्ड र स्रोत नै त्यही हो। त्यसरी नै, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई विजय र नियन्त्रण गर्दा, के तिनीहरूले यस्तो सोच्छन्, “म परमेश्‍वर होइनँ। मैले मानिसहरूलाई नियन्त्रण गर्नु कति लाजमर्दो कुरा हो। यदि मानिसहरूले मलाई खुट्टयाए भने, मैले कसरी अनुहार देखाउनु?” के तिनीहरूमा यस्तो लाजको बोध हुन्छ? (हुँदैन।) तिनीहरूमा कुनै लाजको बोध हुँदैन। त्यसोभए, तिनीहरूको मानवतामा के कुराको कमी हुन्छ? लाज, चेतना, र विवेक। तिनीहरूको मानवतामा यी कुराहरू हुँदैनन्। ती कुराहरू नहुँदा, के तिनीहरू अझै मानव हुन्छन्? हुँदैनन्। मानव रूप धारण गरेका सबै जना मानव नै हुन् भन्‍ने हुँदैन—कति जना पिशाच हुन्छन्, कति जना जिउँदा लास हुन्छन्, र कति जना पशु हुन्छन्। त्यसोभए ख्रीष्टविरोधीहरू कस्ता प्राणी हुन्? तिनीहरू दियाबलस हुन्; तिनीहरूमध्ये कति दुष्ट पिशाच हुन्छन्, र कति दुष्टात्मा हुन्छन्। समग्रमा भन्दा, तिनीहरू मानव होइनन्। ख्रीष्टविरोधीहरूमा सामान्य मानवताको समझ, विवेक, र लाज नहुने हुनाले नै तिनीहरूले मानिसहरू र मानिसहरूको हृदयका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न सक्छन्। यसले तिनीहरूको प्रकृति सार दुष्ट छ भन्‍ने देखाउँछ। तिनीहरूले हैसियतका लागि अरूसँग होड गर्नु उचित होइन, हैसियत र मानिसहरूका लागि परमेश्‍वरसँग होड गर्ने कार्य उचित हुनुको त कुरै छोडौँ! यसले झनै बढी तिनीहरू साँचो ख्रीष्टविरोधी हुन्, तिनीहरू दियाबलस र शैतान हुन् भन्‍ने देखाउँछ।

अब हामीले ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूका बारेमा आठौँ विषयवस्तुसम्म सङ्गति गरेका छौँ। के तिमीहरूले अब आफू कस्तो व्यक्ति हुँ भनी हेर्नका लागि ख्रीष्टविरोधीहरू, साथै ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने र तिनीहरूको स्वभाव भएका मानिसहरूसँग आफूलाई जोड्न सक्छौ? (सक्छौँ।) तिमीहरूले यी केही कुराहरूमा जोड्न सक्छौ। यसो गर्दा मानिसहरूका कुन-कुन समस्याहरू समाधान गर्न सकिन्छ? (यसले हामीलाई गलत मार्ग लिनबाट रोक्न सक्छ।) यसले तँलाई गलत मार्गमा हिँड्नबाट रोक्न सक्छ। अरू के छ? (यसले हामीलाई आफ्ना वरिपरिका मानिस, घटना, र कामकुराहरूलाई खुट्याउन मदत गर्छ।) यसले तँलाई तेरो वरिपरिका कतिपय मानिसहरूलाई खुट्याउन मदत गर्छ। अरूलाई खुट्याउन सक्‍नु यसकै पाटो हो; तर, मुख्य रूपमा, तैँले आफूलाई, आफूभित्रको ख्रीष्टविरोधीको स्वभाव र आफूले हिँड्ने मार्गलाई खुट्ट्याउन भनेर जान्नैपर्छ। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्दा बाटो नबिराउन, र ख्रीष्टविरोधीहरूको मार्ग नलिन मदत गर्नेछ। कुनै व्यक्ति ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न थालिसकेपछि, के उसलाई फर्कन सजिलो हुन्छ? हुँदैन; ऊ हिँड्न थालिसकेपछि, उसलाई फर्कन सजिलो हुँदैन। के तँलाई यसको कारण थाहा छ? (पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न।) मुख्य कारण त्यही हो। गलत मार्गमा हिँड्नु खतरनाक कुरा हो, किनभने तैँले परमेश्‍वरको विरुद्धमा सङ्घर्ष गर्ने, उहाँका चुनिएका मानिसहरूका लागि उहाँसँग होड गर्ने, र अन्त्यसम्मै उहाँको विरुद्धमा लडाइँ गर्ने निर्णय गरेको हुन्छस्; तैँले सत्यताको खोजी गरिरहेको वा परमेश्‍वरको मुक्तिलाई स्विकार्न खोजिरहेको हुँदैनस्। त्यस्तो मार्गमा हिँड्न थालिस् भने तँ समस्यामा पर्नेछस्। तँ परमेश्‍वरको विरोधमा उभिरहेको हुनेछस्—तँ आफ्नो व्यक्तिगत इच्छाले उहाँको विरोधमा उभिरहेको हुनेछस्; भन्नुको मतलब, तेरा विचार, दृष्टिकोण, राय, र छनौटहरू सबै परमेश्‍वरप्रति शत्रुवत् हुनेछन्। यदि तँ यो मार्गमा हिँड्नुभन्दा पहिले, तँमा त्यस्ता केही वस्तुगत प्रकटीकरण, स्वभाव, र सारहरू छन् जुन परमेश्‍वरप्रति विरोधी र शत्रुवत् छन्, तैपनि, तँ सधैँ परमेश्‍वरप्रति शत्रुताको मार्गमा, वा ख्रीष्टविरोधीहरूको मार्गमा नहिँड्नलाई हृदयमा सतर्क हुन्छस् भने, तैँले मुक्तिको मौका पाउँछस्। यदि तँ ख्रीष्टविरोधीहरूको मार्गमा, परमेश्‍वरप्रति शत्रुताको मार्गमा हिँडिस् भने, तँ खतरामा पर्छस्। कति ठूलो खतरा हुन्छ? यति ठूलो कि तँलाई फर्कन सजिलो हुनेछैन। भर्खरै केही मानिसहरूले पवित्र आत्माले तिमीहरूमा अबदेखि काम गर्नुहुनेछैन भनेर भने—त्यो कुरा अत्यन्तै स्पष्ट छ! पवित्र आत्माले यस्तो व्यक्तिमा कसरी काम गर्न सक्नुहुन्छ? तँ त्यस्तो मार्गमा हिँड्न थालेपछि, तैँले त्यो निर्णय लिएपछि, तँ खतरामा हुन्छस्। यदि तैँले हृदयमा यो कुरा बुझेको छस्, तर अझै पनि यसो गर्छस् भने, त्यही बाटोमा हिँड्छस्, र त्यस्तो निर्णय गर्छस्, र परिवर्तन नभई वा पश्‍चात्ताप नगरी, आफ्नो मार्ग परिवर्तन नगरी, सधैँ आफ्ना सिद्धान्तहरू र आफ्‍ना पुराना, र पहिलेका शैली अनुसार काम गर्छस् भने, त्यसले तेरो छनौटलाई जनाउँछ—तैँले परमेश्‍वरप्रति शत्रुताको यो मार्गमा हिँड्ने निर्णय गरेको छस्। यस्तो होइन कि तैँले आफूले के गरिरहेको छु भनेर बुझ्दैनस्—तैँले जानाजानी पाप गरिरहेको छस्। यो त ठ्याक्कै पावल जस्तै हो जसले यस्तो भनेको थियो, “प्रभु, तपाईं को हुनुहुन्छ? तपाईं मलाई किन ढाल्न चाहनुहुन्छ?” उसलाई प्रभु येशू नै प्रभु हुनुहुन्छ, उहाँ ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरा राम्ररी थाहा थियो, तैपनि उसले अन्त्यसम्मै उहाँको विरोध गर्‍यो। त्यो जानाजानी पाप गर्नु हो। पावलले प्रभुको गवाही दिएन, न त उसले उहाँलाई उच्च पार्‍यो। उसले सोच्यो, “के तपाईं एक साधारण व्यक्ति मात्र हुनुहुन्‍न र? के तपाईंले आफूसँग शक्ति भएकाले मात्र मलाई ढालिरहनुभएको छैन र? तपाईंसँग शक्ति त होला, तर म अझै पनि स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्छु। तपाईं, अर्थात् देहधारण, परमेश्‍वर हुनुहुन्‍न; तपाईं परमेश्‍वरसँग असम्बन्धित हुनुहुन्छ। तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ, र तपाईं हाम्रो बराबर हुनुहुन्छ।” के उसको दृष्टिकोण त्यही थिएन र? पावलको यो दृष्टिकोणको आधार के थियो? प्रभु येशू देहधारी ख्रीष्ट हुनुहुन्छ भन्‍ने थाहा पाएपछि पनि, उसले पहिले जस्तै यो दृष्टिकोणलाई कायम राख्यो। यो एउटा गम्भीर समस्या थियो, र योसँगै उसको परिणाम निर्धारित भयो। उसले सधैँ त्यो दृष्टिकोणलाई कायम राखेको अवस्थामा, के उसले हिँड्ने मार्ग परिवर्तन भएको हुन सक्थ्यो र? व्यक्तिले हिँड्ने मार्ग उसका दृष्टिकोणहरूमा आधारित हुन्छ: तँसँग जस्ता दृष्टिकोणहरू छन्, तैँले हिँड्ने मार्ग त्यस्तै हुन्छ। अनि यसलाई उल्ट्याउँदा, तँ जुन मार्गमा हिँड्छस्, तँमा पैदा हुने, तैँले बोक्ने, तँलाई प्रभाव पार्ने र निर्देशित गर्ने दृष्टिकोणहरू तिनै हुन्। तँ परमेश्‍वरप्रति शत्रुताको मार्गमा हिँड्न थाल्ने बित्तिकै, यी दृष्टिकोणहरूले तँभित्र स्वरूप लिनेछन् र जरा गाड्नेछन्, र त्यसपछि एउटा कुरा निश्‍चित हुन्छ: तैँले अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्ने पक्‍का हुन्छ; तँ सधैँ तेरा आफ्नै गलत दृष्टिकोण, ज्ञान, र मनोवृत्तिमा अडिग रहने, र तैँले अन्त्यसम्मै परमेश्‍वरविरुद्ध कराउने पक्‍का हुन्छ। तैँले आफ्नो मार्ग बिलकुलै उल्टाउने छैनस्—कसैले तँलाई यसो गर्न भन्यो, वा पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभयो, वा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अर्ती दिए, वा परमेश्‍वरले तँलाई ज्योति दिनुभयो भने पनि तैँले यसो गर्नेछैनस्। यसका लागि कुनै ठाउँ हुनेछैन। यो तेरो निर्णय हो। तँलाई पहिलो, दोस्रो, र तेस्रो मौका दिइनेछ—यदि तीन पटक पश्चात्ताप गर्ने मौका पाएपछि, तैँले त्यसो गरिनस् भने, भविष्यमा तँसँग मौकाहरू बाँकी रहनेछैनन्। त्यसपछि तैँले जति नै काम गरे पनि र मूल्य चुकाए पनि, यसले परमेश्‍वरको मन छुनेछैन—उहाँले तेरो बारेमा पहिले नै निर्णय गरिसक्‍नुभएको हुनेछ। परमेश्‍वरले तेरो लागि के निर्णय गर्नुभएको हुनेछ? तँलाई सेवा गर्न लगाइनेछ, तँलाई प्रयोग गरिनेछ; अनि तँलाई प्रयोग गरिएपछि, उहाँले तँलाई त्यस्तो ठाउँमा राख्नुहुनेछ जहाँ तँलाई उहाँले निर्णय गर्नुभए अनुसार सजाय र दण्ड दिइनेछ। परमेश्‍वरले कसरी यस्तो निर्णय गर्नुहुन्छ? के यो तेरो क्षणिक सोचाइको कारण हुन्छ? के यो तेरा क्षणिक विचारहरूमा आधारित हुन्छ? तैँले क्षणिक रूपमा गलत मार्गमा टेक्नुमा आधारित हुन्छ? होइन; परमेश्‍वरले तेरो हृदयको गहिराइमा रहेका दृष्टिकोणहरू, सत्यताप्रतिको तेरो दीर्घकालीन मनोवृत्ति, र तैँले हिँड्ने निर्णय गरेको मार्गलाई यसको आधार बनाउनुहुन्छ। तैँले यसरी व्यवहार गर्ने निर्णय गरेको छस्, र जसले जे भने पनि, त्यसले कुनै मतलब राख्दैन; तैँले यो सिद्धान्तलाई भविष्यमा तैँले हिँड्ने मार्गको जगको रूपमा प्रयोग गर्ने निर्णय गरेको छस्। अनि तैँले निर्णय गरिसकेको हुनाले, के परमेश्‍वरले तेरो परिणाम निर्धारण गर्नु पर्दैन र? तेरो परिणाम धेरै पहिले नै निर्धारित भएको हुन्छ; यसका लागि परमेश्‍वरले अन्त्यसम्म पर्खनु पर्दैन। कतिपय मानिसहरूका हकमा, परमेश्‍वरले सधैँ तिनीहरूका प्रकटीकरणहरू हेर्नुहुन्छ—जब यी मानिसहरू अन्ततः बाटोको अन्त्यमा पुग्छन्, तब अन्तिममा तिनीहरूका परिणामहरू तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूका आधारमा निर्धारित हुन्छन्। कतिपय मानिसहरूले दुष्ट कार्यभन्दा असल कार्य बढी गरेका हुन्छन्; तिनीहरूले परमेश्‍वरप्रति नकारात्मक र दुष्ट मनोवृत्तिभन्दा असल र सकारात्मक मनोवृत्ति बढी बोकेका हुन्छन्, र तिनीहरूका फरक-फरक व्यवहार र प्रकटीकरणहरूको समग्र मापनका आधारमा, तिनीहरूका अन्तिम परिणामहरू निर्धारित हुन्छन्। तर, अरू कतिपयका परिणामहरू तिनीहरूले हिँड्ने मार्गलाई परमेश्‍वरले एकपटक हेरेरै निर्धारित गर्नुहुन्छ। त्यसोभए के परमेश्‍वरले मानिसहरूको परिणाम निर्धारण गर्नुअघि तिनीहरूलाई मौका दिनुहुन्छ? दिनुहुन्छ। कति वटा? सायद ठोस सङ्ख्या छैन। यो कुरा व्यक्तिको प्रकृति सारमा निर्भर हुन्छ, र यो उसको पछ्याइमा पनि आधारित हुन्छ। कतिपय मानिसहरूले तीन वटा मौका पाउन सक्छन्। कतिपय मानिसहरू छुटकारा पाउन अयोग्य हुन्छन्, तिनीहरू अत्यन्तै मूर्ख र हठी हुन्छन्, र तिनीहरूले कुनै पनि सत्यतालाई बिलकुलै स्विकार्दैनन्—तिनीहरूले तीनवटा मौका पाउनुअघि नै तिनीहरूको परिणाम निर्धारित हुन्छ। तर कतिपय मानिसहरूलाई परमेश्‍वरले तिनीहरूको स्थिति अनुसार केही वातावरणहरू मिलाउनुहुन्छ, साथै तिनीहरूको उमेर र तिनीहरूले भोगेका कुराहरूका आधारमा, उहाँले तिनीहरूलाई पाँचवटा मौका दिन सक्नुहुन्छ। यो तिनीहरूको प्रकृति, सार, र सत्यतालाई स्विकार्ने क्रममा देखाउने मनोवृत्तिमा आधारित हुन्छ। परमेश्‍वरले यी कुराहरूका आधारमा व्यक्तिको परिणाम र गन्तव्य निर्धारण गर्नुहुन्छ।

मानिसहरूलाई यावत् कुराहरू आइपर्छन्, र तिनीहरू प्रायः तिनलाई सामना गर्न जान्दैनन्; यदि तिनीहरूले सत्यतालाई बुझ्नलाई भरमग्दुर प्रयास गरेनन् भने के यो ठीक हुन्छ? मानिसहरूले सत्यता नबुझ्दा सजिलै गलत मार्ग लिन्छन्। मैले किन यसो भनेँ? मानिसहरूले शैतानका भ्रष्ट स्वभावहरू अनुसार जिउँछन्, र तिनीहरूबाट निस्कने कुराहरू नै तिनीहरूले स्वाभाविक रूपमा प्रकाश गर्ने कुराहरू हुन्, र तीमध्ये एउटा पनि सत्यतासँग मेल खाँदैन, र ती सबै परमेश्‍वरको विरुद्धमा विश्‍वासघाती हुन्छन्। त्यसोभए, तिनीहरूले किन सधैँ प्रवचनहरू सुन्नुपर्छ? सधैँ प्रवचनहरू सुन्‍ने, तिनलाई मनन गर्ने, र तिनलाई मनमा लिने; सधैँ प्रार्थना र खोजी गर्ने; परमेश्‍वरको डर मान्ने हृदय, भक्तिको हृदय, सत्यताको तृष्णा गर्ने हृदय लिएर परमेश्‍वरसामु आउने; हरेक दिन भक्ति, प्रार्थना, र परमेश्‍वरका वचनहरू खान र पिउनका लागि समय तय गर्ने; अनि अरूसँग सङ्गति गर्ने, र काम गर्नका लागि अरूसँग सद्भावपूर्ण रूपमा सहकार्य गर्ने; हरेक दिन यी सिद्धान्तहरू अनुसार काम गर्ने, र हरेक दिन तिनलाई पालना गर्ने—परमेश्‍वरले मानिसहरूको अभ्यासका यी विस्तृत तत्त्वहरूले नतिजाहरू दिन्छन् कि दिँदैनन् भनेर हेर्नुहुन्छ। कतिपयले सोध्न सक्छन्, “ती त प्रक्रियाहरू मात्र होइनन् र?” प्रक्रिया भनेको के हो? यी बाहिरी कुराहरू होइनन्—तँसँग यी कुराहरूमा अडिग रहने हृदय छ भने मात्रै तँ अडिग रहन सक्छस्। त्यो हृदयविना, तँ कति दिनसम्म ती कुरामा अडिग रहन सक्थिस्? तँ ती कुरामा अडिग रहन सक्दैनथिस्। कतिपय अगुवाहरू कहिल्यै पनि परमेश्‍वरका वचनहरू खाने र पिउने गर्दैनन् र कहिल्यै पनि उपासनाहरूमा संलग्‍न हुँदैनन्। यसको अर्थ के हो? यसको अर्थ तिनीहरू साँचो विश्‍वासी होइनन्। होइनन् भने, तिनीहरू कसरी अगुवा बन्न पाउँछन्? कतिपय ठाउँमा, कामका लागि योग्य कोही हुँदैन, त्यसैले मण्डलीले यी मानिसहरूलाई नै प्रयोग गरेर चित्त बुझाउनुपर्छ। तिनीहरूले गलत रूपमा सोच्छन्, “म अगुवाको रूपमा चुनिएको छु। मैले परमेश्‍वरका वचनहरू नखाई-नपिई पनि यसरी नै यो काम गर्न सक्छु—मानिसहरूसँग खुट्टा र मुख छ भने, तिनीहरूले यो काम गर्न सक्छन्।” यो मूर्खता हो। परमेश्‍वरले तैँले काम गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरालाई हेर्नुहुन्न—उहाँले त तैँले के गरेको छस् भन्‍ने कुरा पो हेर्नुहुन्छ। तैँले गर्न सक्‍ने काम अरू नै कसैले पनि गर्न सक्छ। अलिकति सामान्य बौद्धिकता भएको जोकोहीले यो काम गर्न सक्छ। तँलाई अगुवाका रूपमा चुनिएकाले, र तैँले त्यो काम गर्न सक्‍ने हुनाले, तेरो सफलताको ग्यारेन्टी हुन्छ, तँ सिद्ध पारिएको छस्, तँसँग बाँच्ने मौका छ भन्‍ने नसोच्। यस्तो हुँदैन। परमेश्‍वरले कहिल्यै पनि तैँले कति गर्छस् भन्‍ने कुरालाई हेर्नुहुन्‍न; उहाँले त तैँले के गरेको छस्, र तँ कुन मार्गमा हिँड्छस् त्यसलाई हेर्नुहुन्छ। यस विषयमा आफूलाई मूर्ख नबना। तैँले यस्तो सोच्छस् होला, “धेरै मानिसहरू छानिएनन् तर म छानिएँ। यस्तो लाग्छ कि म उत्कृष्ट छु, म अरूभन्दा बढी क्षमताको र अब्बल छु।” तेरो केचाहिँ राम्रो छ? तँ राम्रो नै भए पनि, के तँलाई सत्यताको अभ्यास नगर्ने र सत्यतालाई उल्लङ्घन गरेर काम गर्ने अधिकार छ र? तँ राम्रो भए पनि, तँलाई अवश्य नै उपासना वा प्रार्थनामा संलग्‍न नहुने, र काम गर्दा सत्यताको खोजी नगर्ने अधिकार छैन नि, होइन र? तँलाई ती कुराहरू गर्ने अधिकार छैन। कुनै पनि हैसियत वा पद तेरो पूँजी होइन। ती त क्षणिक र बाह्य कुराहरू हुन्। परमेश्‍वरले तेरो बफादारीलाई हेर्नुहुन्छ; उहाँले तैँले सत्यता अभ्यास गरेको, त्यसलाई पछ्याएको, र त्यसप्रतिको तेरो मनोवृत्तिलाई हेर्नुहुन्छ; उहाँले तेरो समर्पणलाई हेर्नुहुन्छ; उहाँले तेरो कर्तव्य र मिसनप्रतिको तेरो मनोवृत्तिलाई हेर्नुहुन्छ। कतिपय मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्नमा धेरै मेहनत लगाउन सक्छन्, तर तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार त्यो काम गर्दैनन्। यदि तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ भनेर भनिस् भने, तिनीहरूले प्रतिरोध गर्छन्, तिनीहरू रिसाउँछन् र यसलाई स्विकार्दैनन्। त्यसरी नै, तिनीहरूलाई प्रकाश गरिन्छ। के कुरा प्रकाश भएको हुन्छ? तिनीहरूले सत्यतालाई स्विकार्दैनन् भन्‍ने कुरा। तिनीहरू कस्ता प्रकारका मानिस हुन्, जो सत्यतालाई स्विकार्दैनन्? अविश्‍वासीहरू। अविश्‍वासीहरू अन्धाधुन्ध के कुरामा व्यस्त हुन्छन्? तिनीहरू किन आफ्नो व्यस्ततामा यति उत्साहित हुन्छन्? तिनीहरूको एउटा लक्ष्य हुन्छ—तिनीहरूले देख्छन् कि, “मलाई यहाँ पदाधिकारी बन्‍ने एउटा मौका छ, र यदि म बनेँ भने, म मण्डलीको भरमा बाँच्न सक्छु, र सबैले मलाई आराधना गर्छन्। यो ठाउँ एकदम राम्रो छ! आफ्नो गुजारा चलाउन धेरै सजिलो छ, र यो ख्याति र लाभ प्राप्त गर्न पनि त्यति नै सजिलो छ; यो हैसियत प्राप्त गर्न अत्यन्तै सजिलो छ—यहाँ पदाधिकारी बन्‍नु अत्यन्तै सजिलो छ!” तिनीहरूले यस जीवनकालमा “पदाधिकारी” बन्न पाउँला भनेर कहिल्यै सोचेका हुँदैनन्। तर तिनीहरूले आफ्नो “पद” गुमाएपछि, आफ्नो साँचो रङ्ग देखाउँछन्। तिनीहरूले परमेश्‍वरको घरका लागि थप कुनै प्रयास गर्दैनन्। के तिनीहरूले अझै पनि कष्ट भोग्‍न र मूल्य चुकाउन सक्नेछन्? सक्नेछैनन्। के त्यसपछि तिनीहरूको प्रकाश हुँदैन र? कतिपय मानिसहरूले हैसियत पाएपछि भएभरको शक्ति लगाएर काम गर्छन्, मेहनत गर्छन् र पसिना बगाउँछन्, जति नै कष्ट भोग्नु परे पनि गुनासो गर्दैनन्—तर तिनीहरूले हैसियत गुमाउने बित्तिकै, तिनीहरू नकारात्मक बन्छन्, यहाँसम्म कि तिनीहरूको नकारात्मकताले तिनीहरूमाथि कब्जा जमाउँछ। के त्यसपछि त तिनीहरूको प्रकाश हुँदैन र? हैसियतले तिनीहरूलाई प्रकाश गरेको हुन्छ। के तिनीहरूको परीक्षा लिनुपर्ने कुनै आवश्यकता हुन्छ? हुँदैन। लौ त, आजको सङ्गतिलाई हामी यहाँ टुङ्ग्याउँछौँ।

अक्टोबर १, २०१९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्