विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक) खण्ड पाँच

ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। यो गम्भीर समस्या हो। एउटा ख्रीष्टविरोधीले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, उसले जोसँग सहकार्य गरे पनि, सधैँ द्वन्द्व र विवादहरू हुनेछन्। कतिपयले यसो भन्‍न सक्छन्, “यदि तिनीहरू सरसफाइको प्रभारी हुन् र तिनीहरूले हरेक दिन भवन भित्र सफा गर्छन् भने, अरूसँग सहकार्य नगर्नुको कारण के हुन्छ र?” यसमा स्वभाव सम्‍बन्धी समस्या छ: तिनीहरूले जोसँग अन्तरक्रिया गरिरहेका वा काम गरिरहेका भए पनि, उसलाई सधैँ खिसी गर्छन्, सधैँ उसलाई भाषण दिन, तिनीहरूले भनेको कुरा गर्न लगाउन चाहन्छन्। के तिमीहरू त्यस्तो व्यक्तिले अरूसँग सहकार्य गर्न सक्छ भनेर भन्छौ? तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; किनभने तिनीहरूको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ। तिनीहरूले अरूसँग सहकार्य गर्न नसक्‍ने मात्र नभई तिनीहरूले सधैँ माथिबाट अरूलाई भाषण दिइरहेका र नियन्त्रित गरिरहेका हुन्छन्—तिनीहरू सधैँ मानिसहरूको काँधमा बसेर अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउन चाहन्छन्। यो स्वभावको समस्या मात्रै होइन—यो तिनीहरूको मानवतामा भएको गम्भीर समस्या पनि हो। तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। दुष्ट मानिसहरू यस्तै हुन्छन्। तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; तिनीहरू कसैसँग मिलेर बस्‍न सक्दैनन्। मानिसहरूबीच तिनीहरूको मानवताका साझा कुराहरू के-के हुन्? तीमध्ये कुन कुराहरू एकअर्कासँग मिल्छन्? विवेक र समझ, साथै सत्यतालाई प्रेम गर्ने तिनीहरूको मनोवृत्ति—यी कुराहरू साझा हुन्छन्। यदि दुवै पक्षमा त्यस्तो सामान्य मानवता छ भने, तिनीहरू मिलेर बस्‍न सक्छन्; छैन भने, तिनीहरू मिलेर बस्‍न सक्दैनन्; एउटामा यो कुरा छ र अर्कोमा छैन भने पनि तिनीहरू मिलेर बस्‍न सक्दैनन्। असल मानिसहरू र खराब मानिसहरू मिलेर बस्न सक्दैनन्—हितकारी मानिसहरू र दुष्ट मानिसहरू मिलेर बस्न सक्दैनन्। मानिसहरू सामान्य रूपमा एक-अर्कासँग मिलेर बस्‍नका लागि निश्‍चित सर्तहरू पूरा गर्नैपर्ने हुन्छ: तिनीहरूले एक-अर्कासँग सहकार्य गर्न सक्नका लागि, तिनीहरूसँग कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, साथै तिनीहरू धीरजी र सहनशील हुनुपर्छ। कुनै कर्तव्य निर्वाह गर्दा सहकार्य गर्नका लागि मानिसहरूको मन मिल्नैपर्छ; तिनीहरूले अर्को पक्षका सबल पक्षलाई प्रयोग गरेर आफ्ना कमजोरीहरूलाई पूर्ति गर्नुपर्छ, र धैर्यता र सहनशीलता राख्नुपर्छ, साथै तिनीहरूको आत्म-आचरणको आधारभूत स्तर कायम राख्नुपर्छ। यसरी नै सद्भावमा मिलेर बस्नुपर्छ, र कहिलेकहीँ द्वन्द्व र विवादहरू हुन सक्‍ने भए पनि, सहकार्य जारी रहन सक्छ, र कम्तीमा कुनै शत्रुता पैदा हुनेछैन। यदि कुनै व्यक्तिसँग त्यस्तो व्यवहारको आधारभूत स्तर छैन, ऊ विवेकशील वा तर्कसङ्गत छैन, र उसले नाफालाई ध्यानमा राखेर काम गर्छ, नाफा मात्रै खोज्छ, सधैँ अरूको खर्चमा नाफा कमाउन चाहन्छ भने, सहकार्य असम्भव हुनेछ। दुष्ट मानिसहरूका बीचमा र दियाबलस राजाहरूका बीचमा यस्तै हुन्छ, जसले एक-अर्कासँग निरन्तर लडाइँ गर्छन्। आत्मिक क्षेत्रका विभिन्‍न दुष्टात्माहरू एक-अर्कासँग मिल्दैनन्। कहिलेकहीँ दियाबलसहरूले गिरोहहरू बनाउन सक्ने भए पनि, यो सबै तिनीहरूका आफ्नै उद्देश्यहरू हासिल गर्नका लागि पारस्परिक रूपमा शोषण गर्ने कार्यमा आधारित हुन्छ। तिनीहरूका गिरोहहरू अस्थायी हुन्छन्, र चाँडै नै, ती आफै टुक्रन्छन्। मानिसहरूका हकमा पनि यही कुरा लागू हुन्छ। मानवताविनाका मानिसहरू अरूलाई बरबाद गर्ने कुहिएका स्याउहरू जस्तै हुन्; सामान्य मानवता भएका मानिसहरूसँग मात्रै सहकार्य गर्न सजिलो हुन्छ, तिनीहरू मात्रै अरूप्रति धैर्यवान् र सहनशील हुन्छन्, अरूका रायहरू सुन्न सक्षम हुन्छन्, र आफूले गर्ने काममा आफ्नो हैसियतलाई पन्छाउन, अरूसँग छलफल गरेर त्यो काम गर्न सक्षम हुन्छन्। तिनीहरूमा पनि भ्रष्ट स्वभावहरू हुन्छन्, र तिनीहरूले पनि सधैँ अरूले आफ्नो कुरा सुनून् भन्ने चाहन्छन्—तिनीहरूमा पनि त्यो अभिप्राय हुन्छ—तर तिनीहरूसँग विवेक र समझ हुने हुनाले, र तिनीहरूले सत्यताको खोजी गर्न, र आफूलाई चिन्‍न सक्‍ने, र त्यस्तो काम गर्नु अनुचित भएको महसुस गर्ने हुनाले, र जसका लागि तिनीहरूलाई धिक्‍कार महसुस हुने, र तिनीहरूले आफूलाई रोक्न सक्‍ने हुनाले, तिनीहरूको काम गर्ने तरिका र उपायहरू बिस्तारै परिवर्तन हुनेछन्। अनि यसरी, तिनीहरूले अरूसँग सहकार्य गर्न सक्‍नेछन्। तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरिरहेका हुन्छन्, तर तिनीहरू दुष्ट मानिस होइनन्, र तिनीहरूमा ख्रीष्टविरोधीहरूको सार हुँदैन। अरूसँग सहकार्य गर्दा तिनीहरूलाई कुनै ठूलो समस्या हुँदैन। यदि तिनीहरू दुष्ट मानिस वा ख्रीष्टविरोधी थिए भने, तिनीहरूले अरूसँग सहकार्य गर्न सक्‍नेथिएनन्। सबै दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू यस्तै हुन्छन् जसलाई परमेश्‍वरको घरले निकाल्छ। तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्, र फलस्वरूप तिनीहरू सबै प्रकाशमा पर्छन् र हटाइन्छन्। तैपनि ख्रीष्टविरोधीहरूको स्वभाव भएका, ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, धेरै काटछाँट भोगेपछि सत्यतालाई स्विकार्न, र साँचो रूपमा पश्चात्ताप गर्न, र अरूसँग धैर्यवान् र सहनशील हुन सक्‍ने मानिसहरू धेरै छन्। त्यस्ता मानिसहरूले बिस्तारै अरूसँग सद्भावपूर्ण रूपमा सहकार्य गर्न सक्छन्। ख्रीष्टविरोधीहरूले मात्रै कसैसँग सहकार्य गर्न सक्दैनन्। तिनीहरूले जति धेरै भ्रष्ट स्वभाव प्रकट गरे पनि, त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, बरु नैतिकहीन र अनियन्त्रित भएर जिद्दीपूर्वक आफ्नै शैलीमा लागिरहन्छन्। तिनीहरूले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न नसक्‍ने मात्र होइन—यदि तिनीहरूले कसैले तिनीहरूलाई खुट्ट्याएको छ र ऊ तिनीहरूसँग असन्तुष्ट छ भन्‍ने देखे भने, तिनीहरू त्यो व्यक्तिलाई कष्ट दिन समेत लागिपर्छन्, र तिनीहरूले ऊप्रति बहिष्करणीय र शत्रुवत् मनोवृत्ति अपनाउँछन्। तिनीहरू त्यस व्यक्तिप्रति वैरभावमा रहनेछन्, जसले गर्दा मण्डलीको काममा हस्तक्षेपको मूल्य चुकाउनुपर्ने हुन्छ। यो ख्रीष्टविरोधीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ।

सद्भावपूर्ण सहकार्य गर्न तालिम लिँदा तिमीहरूले सिक्नुपर्ने पाठहरू के-के हुन्? सहकार्य गर्न सिक्‍नु सत्यतालाई प्रेम गर्ने अभ्यासको एउटा तत्व हो, र यसको एउटा सङ्केत पनि हो। यो एउटा व्यक्तिमा विवेक र चेतना छ भन्‍ने कुरा प्रकट हुने एउटा आधारभूत तरिका हो। तैँले आफूसँग विवेक, मर्यादा र चेतना छ भनेर भन्‍न सक्छस्, तर यदि तैँले कसैसँग सहकार्य गर्न सक्दैनस्, र तेरो परिवार, बाहिरी मानिसहरू, वा साथीहरूसँग मिलेर बस्‍न सक्दैनस्, र तिमीहरूको बोलचाल टुट्छ, र तिमीहरूले साझा कामहरूमा अन्तहीन विवाद गर्छौ, जसले गर्दा तिमीहरू शत्रु बन्छौ भने—यदि तँ कहिल्यै यसरी कसैसँग मिलेर बस्‍न सक्दैनस् भने, तँ खतरामा हुन्छस्। यदि त्यस्तो व्यवहार तेरो सबै भ्रष्ट स्वभावका व्यवहारहरूमध्ये एउटा हो, वा तँसँग भएका सत्यतासँग नमिल्‍ने सबै व्यवहारहरूमध्ये एउटा हो भने, र यो तँलाई थाहा भएको, र तैँले निरन्तर खोजी र परिवर्तन गर्न चाहिरहेको व्यवहार मात्रै हो भने, तँसँग अझै पनि मौका छ। मुक्तिका लागि अझै पनि ठाउँ छ; यो कुनै ठूलो समस्या होइन। तर यदि तँ अन्तर्निहित रूपमा नै यस्तो व्यक्ति होस्, अन्तर्निहित रूपमा नै कसैसँग मिलेर बस्न सक्दैनस्, र यसको बारेमा कुनै कुरा गर्नुको फाइदा छैन भने—तैँले यसलाई काबुमा राख्न सक्दैनस् भने—त्यो गम्भीर समस्या हो। तँलाई सत्यतामा जति सङ्गति दिइए पनि, यदि तैँले यसलाई महत्त्वपूर्ण कुराको रूपमा लिँदैनस्, बरु तँलाई उक्त समस्या ठूलो कुरा होइन, त्यो तेरो सामान्य जीवन हो, तेरो भ्रष्ट स्वभाव प्रकट हुने मुख्य तरिका हो भन्‍ने लाग्छ भने, तँमा ख्रीष्टविरोधीको सार छ। अनि यदि तेरो सार त्यही हो भने, त्यो तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नुभन्दा फरक कुरा हो। कतिपय मानिसहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छन्, र कतिपय मानिसहरू आफै ख्रीष्टविरोधी हुन्छन्। के त्यसमा भिन्‍नता छैन र? (छ।) ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेहरूले आफ्ना कार्यहरूमा ख्रीष्टविरोधीहरूका यी व्यवहारहरू प्रदर्शन गर्छन्; तिनीहरूले औसत व्यक्तिले भन्दा अलिक देखिने गरी र स्पष्ट रूपमा ख्रीष्टविरोधीको स्वभाव प्रकट गर्छन्, तर तिनीहरूले अझै पनि सत्यतासँग मिल्दो, अनि मानवता र चेतना भएको काम गर्न सक्छन्। यदि कसैले कुनै पनि सकारात्मक काम पटक्कै गर्न सक्दैन, र उसले पूर्णतया ख्रीष्टविरोधीहरूका यी व्यवहार, ख्रीष्टविरोधीको सारका यी प्रकाशहरू मात्रै प्रकट गर्छ भने—उसले गर्ने सबै काम र उसले पूरा गर्ने कर्तव्यहरू त्यस्ता प्रकटीकरणहरू मात्रै हुन्, जसमा सत्यतासँग मिल्दो केही छैन भने—त्यस्तो अवस्थामा, ऊ ख्रीष्टविरोधी हुन्छ।

विगतमा कतिपय अगुवा र कामदारहरूले बारम्बार ख्रीष्टविरोधीका स्वभावहरू प्रकट गर्थे: तिनीहरू बेकाबु र स्वेच्छाचारी थिए, र कुराहरू सधैँ तिनीहरूले भनेकै जस्तो हुनुपर्थ्यो। तर तिनीहरूले कुनै स्पष्ट दुष्टता गरेनन् र तिनीहरूको मानवता भयानक थिएन। काटछाँटमा परेपछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सहयोग गरेपछि, आफ्नो कर्तव्य हेरफेर भएपछि वा आफू बर्खास्त भएपछि, केही समयसम्म नकारात्मक भएपछि, तिनीहरू आफूले पहिले प्रकट गरेका कुराहरू भ्रष्ट स्वभाव हुन् भनेर बल्‍ल सचेत बन्छन्, तिनीहरू पश्चात्ताप गर्न तयार हुन्छन्, र सोच्छन्, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जेसुकै भए पनि आफ्नो कर्तव्यमा लागिरहनु हो। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको भए पनि, मलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिएन। यो परमेश्‍वरको कृपा हो, त्यसकारण मैले मेरो विश्‍वास र पछ्याइमा मेहनत गर्नैपर्छ। सत्यता पछ्याउने मार्गमा केही पनि गलत छैन।” बिस्तारै, तिनीहरूले आफूलाई फर्काउँछन्, र त्यसपछि पश्चात्ताप गर्छन्। तिनीहरूमा असल प्रकटीकरणहरू हुन्छन्, तिनीहरूले आफ्ना कर्तव्य पूरा गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्न सक्छन्, र अरूसँग अन्तरक्रिया गर्दा पनि सत्यता सिद्धान्तहरू खोजी गर्छन्। हरेक हिसाबमा, तिनीहरू सकारात्मक दिशामा प्रवेश गरिरहेका हुन्छन्। के त्यसपछि तिनीहरू परिवर्तन भएका हुँदैनन् र? तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेबाट परिवर्तन भएर सत्यता अभ्यास गर्ने र पछ्याउने मार्गमा हिँड्न थालेका हुन्छन्। तिनीहरूले मुक्ति पाउने आशा र मौका हुन्छ। के त्यस्ता मानिसहरूले कुनै बेला ख्रीष्टविरोधीका केही प्रकटीकरणहरू प्रदर्शन गरेका वा तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँडेका हुनाले तैँले तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्छ? मिल्दैन। ख्रीष्टविरोधीहरू त पश्चात्ताप गर्नुभन्दा मर्न तयार हुन्छन्। तिनीहरूमा कुनै लाजको बोध हुँदैन; त्यस बाहेक, तिनीहरू क्रूर र दुष्ट स्वभावका हुन्छन्, र तिनीहरूमा सत्यताप्रति चरम वितृष्णा हुन्छ। के सत्यताप्रति यति धेरै वितृष्ण व्यक्तिले यसलाई अभ्यास गर्न, वा पश्चात्ताप गर्न सक्छ? त्यो असम्भव हुनेछ। तिनीहरू सत्यताप्रति पूर्णतया वितृष्ण हुनुको अर्थ तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गर्नेछैनन् भन्‍ने हुन्छ। पश्चात्ताप गर्न सक्‍ने मानिसहरूका हकमा एउटा कुरा निश्‍चित छ, र त्यो के हो भने तिनीहरूले गल्ती गरेका हुन्छन् तर परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्विकार्न सक्छन्, सत्यतालाई स्विकार्न सक्छन्, र आफ्ना कर्तव्य निर्वाह गर्दा आफ्नो भूमिका निभाउन सक्दो प्रयास गर्न सक्छन्, परमेश्‍वरका वचनहरूलाई आफ्नो व्यक्तिगत जीवन-सूत्र को रूपमा लिन सक्छन्, र परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको वास्तविकतामा परिणत गर्न सक्छन्। तिनीहरूले सत्यतालाई स्विकार्छन्, र भित्री रूपमा, तिनीहरू यसप्रति वितृष्ण हुँदैनन्। के भिन्‍नता यही होइन र? भिन्‍नता यही हो। तैपनि, ख्रीष्टविरोधीहरूले काटछाँटलाई इन्कार गर्न छोड्दैनन्—तिनीहरू सत्यतासँग मेल खाने शब्दहरू बोल्ने कसैको कुरा सुन्दैनन्, र परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, न त तिनलाई सत्यताको रूपमा नै स्विकार्छन्। त्यो तिनीहरूको कस्तो प्रकृति हो? यो चरम रूपमा सत्यताप्रति वितृष्ण हुने र त्यसलाई घृणा गर्ने प्रकृति हो। कसैले सत्यतामा सङ्गति गर्दा वा अनुभवात्मक गवाहीबारे बोल्दा, उसलाई यो कुराप्रति अत्यन्तै दिगमिग हुन्छ, र ऊ सङ्गति गर्ने व्यक्तिप्रति शत्रुवत् हुन्छ। यदि मण्डलीमा कसैले विभिन्‍न बेतुके र दुष्ट तर्कहरू फैलाइरहेको छ, हास्यास्पद, बेतुके कुराहरू भनिरहेको छ भने, यसले उसलाई निकै खुशी तुल्याउँछ; ऊ तुरुन्तै तिनीहरूसँग हात मिलाउँछ र तिनीहरूसँगै दलदलमा लिप्त हुन्छ, र निकट रूपमा सहकार्य गर्छ। यो त एउटै ड्याङको मुला भने जस्तै हो, चोरको साथी चोर भने जस्तै हो। यदि तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यतामा सङ्गति गर्दै गरेको वा आफ्नो आत्मज्ञान र इमानदारीपूर्ण पश्चात्तापको अनुभवात्मक गवाही दिँदै गरेको सुने भने, यसले तिनीहरूलाई व्याकुल तुल्याउँछ र तिनीहरू क्रोधित हुन्छन्, र तिनीहरूले त्यो व्यक्तिलाई कसरी बहिष्कार गर्ने र आक्रमण गर्ने भनेर विचार गर्न थाल्छन्। छोटकरीमा भन्दा, तिनीहरूले सत्यता पछ्याउने कसैलाई राम्रो नजरले हेर्दैनन्। तिनीहरू उनीहरूलाई बहिष्कार गर्न र उनीहरूको शत्रु हुन चाहन्छन्। शब्द र धर्मसिद्धान्तहरू प्रचार गरेर धाक लगाउन सिपालु जोकोही व्यक्तिलाई तिनीहरूले साह्रै मन पराउँछन् र निकै अनुमोदन गर्छन्, मानौँ तिनीहरूले एक विश्‍वासपात्र र सहयात्री भेट्टाएका छन्। यदि कसैले “जसले सबैभन्दा धेरै काम गर्छ र सबैभन्दा ठूलो योगदान दिन्छ उसलाई ठूलो इनाम र मुकुट दिइनेछ, र उसले परमेश्‍वरसँग मिलेर शासन गर्नेछ” भनेर भन्यो भने, तिनीहरू अत्यन्तै उत्साहित हुन्छन्, र तिनीहरूको रगत उम्लिन्छ। तिनीहरू आफू अरूभन्दा धेरै माथि भएको, अन्ततः आफू अरूभन्दा अलग देखिन थालेको, अब तिनीहरूले आफूलाई प्रदर्शन गर्ने र आफ्नो मूल्य प्रदर्शन गर्ने ठाउँ पाएको महसुस गर्छन्। त्यसपछि तिनीहरू निकै सन्तुष्ट हुनेछन्। के त्यो सत्यताप्रति वितृष्ण हुनु होइन र? मानौँ तैँले तिनीहरूलाई सङ्गतिमा यसो भन्छस्, “परमेश्‍वरले पावल जस्ता मानिसहरूलाई मन पराउनुहुन्न, र उहाँले ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र दिनभरि ‘प्रभु, प्रभु, के मैले तपाईँका लागि धेरै काम गरेको छैन र?’ भन्दै हिँड्ने मानिसहरूलाई सबैभन्दा बढी घिनाउनुहुन्छ। उहाँले दिनभरि उहाँलाई इनाम र मुकुट माग्दै हिँड्ने मानिसहरूलाई घिनाउनुहुन्छ।” यी वचनहरू अवश्य नै सत्यता हुन्, तर यस्तो सङ्गति सुन्दा तिनीहरूले कस्तो अनुभूति गर्छन्? के तिनीहरूले त्यस्ता वचनहरूप्रति आमेन भन्छन् र तिनलाई स्विकार्छन्? तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? हृदयमा घृणा र सुन्ने अनिच्छा—तिनीहरूले भन्न खोजेको के हुन्छ भने, “तिमीले भनिरहेको कुराप्रति तिमी कसरी यति निश्‍चित हुन सक्छौ? के तिमीले अन्तिम निर्णय गर्छौ र? तिमीले जे भनिरहेका छौ त्यसमा मलाई विश्‍वास लाग्दैन! म जे गर्न चाहन्छु त्यही गर्नेछु। म पनि पावल जस्तै हुनेछु र परमेश्‍वरलाई एउटा मुकुट माग्‍नेछु। त्यसरी, मैले आशिष् र असल गन्तव्य पाउन सक्छु!” तिनीहरूले पावलका दृष्टिकोणहरूलाई कायम राख्‍न जिद कस्छन्। के तिनीहरूले यसरी परमेश्‍वरको विरुद्धमा लडाइँ गरिरहेका हुँदैनन् र? के त्यो परमेश्‍वरप्रतिको स्पष्ट विरोध होइन र? परमेश्‍वरले पावलको सारलाई खुलासा र विश्लेषण गर्नुभएको छ; उहाँले यसबारे धेरै कुरा बताउनुभएको छ, र उहाँले भन्नुभएको हरेक कुरा सत्य हो—तैपनि यी ख्रीष्टविरोधीहरूले सत्यतालाई वा पावलका सबै कार्य र व्यवहारहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने तथ्यलाई स्विकार्दैनन्। तिनीहरूले मनमा अझै पनि यस्तो प्रश्न गर्छन्: “यदि तिमीले केही भन्यौ भने, के त्यसको अर्थ त्यो कुरा सही हो भन्‍ने हुन्छ? कुन आधारमा? मेरो विचारमा, पावलले भनेको र गरेको कुरा सही देखिन्छ। यसमा गलत कुरा केही पनि छैन। म मुकुट र इनाम पछ्याइरहेको छु—म त्यसो गर्न सक्षम छु! के तिमी मलाई रोक्न सक्छौ? म काम गर्न खोज्नेछु; मैले धेरै काम गरिसकेपछि, मसँग पूँजी हुनेछ—मैले योगदान दिएको हुनेछु, त्यसकारण, म स्वर्गको राज्यमा प्रवेश गर्न र इनाम पाउन सक्‍ने हुनेछु। यसमा केही गलत छैन!” तिनीहरू यति जिद्दी हुन्छन्। तिनीहरूले सत्यतालाई अलिकति पनि स्विकार्दैनन्। तैँले तिनीहरूलाई सत्यतामा सङ्गति दिन सक्छस्, तर यो कुरा तिनीहरूले बुझ्नेछैनन्; तिनीहरू यसप्रति वितृष्ण हुन्छन्। परमेश्‍वरका वचनहरू र सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ, र परमेश्‍वरप्रति पनि तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ। त्यसोभए, सत्यता सुनेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? तँलाई आफूले सत्यता नपछ्याइरहेको, र यसलाई नबुझेको महसुस हुन्छ। तँलाई अझै पनि आफूमा यो कुराको धेरै कमी छ, र आफूले सत्यता वास्तविकतातर्फ लागिपर्नुपर्छ भन्‍ने लाग्छ। अनि जब तैँले आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्छस्, तब तँलाई आफूमा धेरै कमीकमजोरी छ, आफ्नो क्षमता कमजोर छ, र आफूमा आत्मिक बुझाइको कमी छ—तँ अझै पनि झाराटारुवा छस्, र तँमा अझै पनि दुष्टता छ भन्‍ने लाग्छ। त्यसपछि, तँ नकारात्मक बन्छस्। के तेरो स्थिति त्यही होइन र? अर्कोतर्फ, ख्रीष्टविरोधीहरू कहिल्यै पनि नकारात्मक हुँदैनन्। तिनीहरू सधैँ अत्यन्तै उत्साहित हुन्छन्, तिनीहरूले कहिल्यै आत्मचिन्तन गर्दैनन् वा आफूलाई चिन्दैनन्, तर आफूसँग कुनै ठूलो समस्या छैन भन्‍ने सोच्छन्। सधैँ अहङ्कारी र आत्मधर्मी हुने मानिसहरू यस्तै हुन्छन्—तिनीहरूले शक्ति हातमा लिने बित्तिकै, तिनीहरू ख्रीष्टविरोधीहरूमा परिणत हुन्छन्।

आ. ख्रीष्टविरोधीहरूले कसरी सधैँ मानिसहरूलाई नियन्त्रण गर्ने र विजय गर्ने चाहना र महत्त्वाकाङ्क्षा राख्छन् भन्ने कुराको विश्लेषण

हामी ख्रीष्टविरोधीहरूले सधैँ मानिसहरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना राख्छन् भन्ने बुँदामा सङ्गति जारी राख्नेछौँ। यो समस्या तिनीहरूले कसैसँग सहकार्य गर्न नसक्नुभन्दा पनि गम्भीर छ। तिमीहरूले अरूलाई नियन्त्रण गर्न र विजय गर्न मन पराउनेहरू कस्ता मानिस हुन् भन्छौ? कस्तो व्यक्तिसँग अरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। के हैसियतलाई अत्यन्तै मन पराउने मानिसहरूले अरूलाई नियन्त्रण र विजय गर्नमा आनन्द लिन्छन्? के तिनीहरू ख्रीष्टविरोधीहरू वर्गका होइनन् र? तिनीहरूले अरू मानिसहरूलाई बहकाउँछन्, नियन्त्रण गर्छन्, र अधीनमा राख्छन्, जसले गर्दा अरूले तिनीहरूलाई आराधना गर्छन् र तिनीहरूको कुरा मान्छन्। यसरी तिनीहरूले मानिसहरूको सम्‍मान र आदर प्राप्त गर्छन्, र आफूप्रति मानिसहरूलाई आराधना गर्न र आदरभावले हेर्न लगाउँछन्। के त्यसपछि मानिसहरूको हृदयमा तिनीहरूका लागि ठाउँ हुँदैन र? यदि मानिसहरू तिनीहरूप्रति विश्‍वस्त भएनन् र उनीहरूले तिनीहरूलाई अनुमोदन गरेनन् भने, के तिनीहरूको आराधना गर्नेथिए? कदापि गर्नेथिएनन्। त्यसकारण, यी मानिसहरूले हैसियत पाएपछि, तिनीहरूले अझै पनि अरूलाई मनाउन, पूर्ण रूपमा उनीहरूको मन जित्न, र प्रशंसा गर्न लगाउन आवश्यक पर्छ। त्यसपछि मात्रै मानिसहरूले तिनीहरूको आराधना गर्नेछन्। त्यो एक प्रकारको व्यक्ति हो। अर्को प्रकारको व्यक्ति पनि हुन्छ—जो विशेष गरी अहङ्कारी हुन्छन्। तिनीहरूले पनि मानिसहरूलाई उही तरिकाले व्यवहार गर्छन्: तिनीहरूले सुरुमा मानिसहरूलाई वशमा राख्छन्, सबैलाई तिनीहरूको आराधना र प्रशंसा गर्न लगाउँछन्। त्यसपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। अत्यन्तै क्रूर मानिसहरू अरूलाई नियन्त्रण गर्न, मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउन, आफ्नो वरिपरि राख्न, र आफ्ना लागि काम गराउन पनि मन पराउँछन्। अत्यन्तै अहङ्कारी मानिसहरू र क्रूर स्वभावका मानिसहरू दुवैले शक्ति लिएपछि, तिनीहरू ख्रीष्टविरोधी बन्छन्। ख्रीष्टविरोधीहरूसँग सधैँ अरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ; मानिसहरूसँगको भेटघाटमा, तिनीहरू सधैँ अरूले आफूलाई कसरी हेर्छन्, अरूको हृदयमा आफ्ना लागि ठाउँ छ कि छैन, र अरूले आफूलाई प्रसंशा र आराधना गर्छन् कि गर्दैनन् भनेर निश्‍चित हुन चाहन्छन्। यदि तिनीहरूले चाकडी गर्न, चापलुसी गर्न र खुसामद गर्न सिपालु व्यक्तिलाई भेटे भने, तिनीहरू अत्यन्तै खुसी हुन्छन्; त्यसपछि तिनीहरू उच्च ओहदामा बसेर मानिसहरूलाई झपार्न र बुलन्द विचारहरूबारे बकवास कुरा गर्न, मानिसहरूलाई प्रावधान, विधि, धर्मसिद्धान्त र धारणाहरू थोपरिरहन थाल्छन्। तिनीहरूले मानिसहरूलाई यी कुराहरू सत्यता हुन् भनेर स्विकार्न लगाउँछन्, र ती कुराहरूलाई सुन्दर देखाउँछन्: “यदि तिमीले यी कुराहरूलाई स्विकार्न सक्छौ भने, तिमी सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति हौ।” अविवेकी मानिसहरूले तिनीहरूले भनेको कुरा उचित छ भनेर सोच्नेछन्, र उनीहरू यो कुरामा स्पष्ट नभए पनि, उनीहरूलाई यो सत्यता अनुरूप छ कि छैन भनेर थाहा नभए पनि, यति मात्र लाग्छ कि तिनीहरूले भनेको कुरामा केही गलत छैन, र यसले सत्यतालाई उल्लङ्घन गर्दैन। त्यसकारण, उनीहरूले ख्रीष्टविरोधीहरूको आज्ञापालन गर्छन्। यदि कसैले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्छ र खुलासा गर्ने सम्भावना छ भने, यसले ख्रीष्टविरोधीलाई रिस उठाउनेछ, जसले ऊमाथि कुनै संकोच नमानी दोष थोपर्नेछ, उसलाई निन्दा गर्नेछ, र धाक देखाएर धम्की दिनेछ। खुट्याउने क्षमता नभएका मानिसहरू पूर्ण रूपमा ख्रीष्टविरोधीद्वारा वशमा पारिन्छन् र तिनीहरूले हृदयको गहिराइबाट उसको प्रशंसा गर्छन्, जसले गर्दा तिनीहरूमा ख्रीष्टविरोधीप्रति आराधना, भरोसा, र भय समेत पैदा हुन्छन्। तिनीहरूलाई ख्रीष्टविरोधीको दासत्वमा परेको छु भन्‍ने आभास हुन्छ, मानौँ तिनीहरूले ख्रीष्टविरोधीको नेतृत्व, शिक्षा र आलोचना गुमाए भने तिनीहरूलाई हृदयमा छटपटी हुनेछ। यी कुराहरूविना, यस्तो लाग्छ कि तिनीहरूलाई सुरक्षाको आभास हुँदैन, र परमेश्‍वरले अब तिनीहरूलाई नचाहन पनि सक्नुहुन्छ। त्यसपछि, ख्रीष्टविरोधी दुःखी हुनेछ भन्‍ने डरले, सबैले आफूले काम गर्दा ख्रीष्टविरोधीको हाउभाउलाई नियाल्न सिकेका हुन्छन्। तिनीहरू सबैले उसलाई खुशी पार्ने प्रयास गर्छन्; त्यस्ता मानिसहरू ख्रीष्टविरोधीलाई पछ्याउने कार्यमा दत्तचित्त भएर लागेका हुन्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो काममा शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्। तिनीहरू मानिसहरूलाई निश्‍चित प्रावधानहरू पालना गर्न सिकाउन सिपालु हुन्छन्; तिनीहरूले मानिसहरूलाई तिनीहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू के-के हुन्, तिनीहरूले किन यसरी नै काम गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, परमेश्‍वरको घरले कामका लागि के-कस्ता बन्दोबस्तहरू गरेको छ, सबैभन्दा अत्यावश्यक र महत्त्वपूर्ण काम के हो, वा गर्नुपर्ने मुख्य काम के हो भनेर कहिल्यै बताउँदैनन्। ख्रीष्टविरोधीहरूले यी सबैभन्दा ठूलो महत्त्व भएका कुराहरूका बारेमा बिलकुलै केही भन्दैनन्। तिनीहरूले काम गर्दा र कामको बन्दोबस्त गर्दा कहिल्यै पनि सत्यतामा सङ्गति गर्दैनन्। तिनीहरू आफैले पनि सत्यता सिद्धान्तहरू बुझेका हुँदैनन्, त्यसकारण तिनीहरूले गर्न सक्‍ने भनेकै मानिसहरूलाई केही प्रावधान र धर्मसिद्धान्तहरू पालना गर्न सिकाउनु हो—र यदि मानिसहरू तिनीहरूका भनाइ र प्रावधानहरूको विरुद्धमा गए भने, तिनीहरूले ख्रीष्टविरोधीहरूको गाली र हप्काइको सामना गर्नेछन्। ख्रीष्टविरोधीहरू प्रायः परमेश्‍वरको घरको नाममा काम गर्छन्, उच्च ओहदामा बसेर अरूलाई हप्काउँछन् र भाषण दिन्छन्। कतिपय मानिसहरू तिनीहरूको भाषणद्वारा यति अकमकिएका समेत हुन्छन् कि ख्रीष्टविरोधीहरूका मापदण्डहरू अनुसार काम नगर्दा तिनीहरूलाई परमेश्‍वरप्रति ऋणी भएको महसुस हुन्छ। के त्यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूको नियन्त्रणमा आएका छैनन् र? (आएका छन्।) ख्रीष्टविरोधीहरूको यो कस्तो व्यवहार हो? यो दासत्वको व्यवहार हो। “दासत्व” लाई ठूलो रातो अजिङ्गरको देशको शब्दमा “मगज धुलाइ गर्नु” भनिन्छ। यो त ठूलो रातो अजिङ्गरले परमेश्‍वरका विश्‍वासीहरूलाई पक्राउ गरेको जस्तै हो। तिनीहरूलाई यातना दिने बाहेक, यसले अर्को विधि पनि प्रयोग गर्छ: मगज परिवर्तन गर्नु। चाहे तिनीहरू किसान हुन्, वा श्रमिक हुन्, वा बुद्धिजीवी हुन्, ठूलो रातो अजिङ्गरले मानिसहरूको मगज परिवर्तन गर्नका लागि आफ्ना अनेक किसिमका झूटा शिक्षा र भ्रमहरू—नास्तिकता, क्रम विकासको सिद्धान्त, र मार्क्सवाद-लेनिनवादको प्रयोग गर्छ; मानिसहरूलाई ती कुराहरू जति नै घिनलाग्दा वा घृणित लागे पनि यसले मानिसहरूमा यी कुराहरू जबरजस्ती हालिदिन्छ, त्यसपछि मानिसहरूका हातखुट्टा बाँध्न र तिनीहरूको हृदय नियन्त्रण गर्न यी विचार र सिद्धान्तहरू प्रयोग गर्छ। ठूलो रातो अजिङ्गरले यसरी नै मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट, सत्यतालाई स्विकार्नबाट, र मुक्ति र सिद्धता प्राप्तिका लागि सत्यता पछ्याउनबाट रोक्छ। त्यसरी नै, ख्रीष्टविरोधीहरूले नियन्त्रणमा राखेका मानिसहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले सत्यता के हो, वा परमेश्‍वरमा साँच्चिकै केका लागि विश्‍वास गरिन्छ, वा तिनीहरूले कस्तो मार्ग लिनुपर्छ, वा हरेक काम गर्ने क्रममा तिनीहरूमा हुनुपर्ने सही दृष्टिकोण, वा तिनीहरूले लिनुपर्ने अडान के हो भन्‍ने कुरा बुझ्न सक्दैनन्। तिनीहरूले यी कुनै कुरा बुझेका हुँदैनन्; तिनीहरूका हृदयमा ख्रीष्टविरोधीहरूका शब्द र धर्मसिद्धान्तहरू, अनि खोक्रा सिद्धान्तहरू मात्र हुन्छन्। अनि लामो समयसम्म ख्रीष्टविरोधीहरूको बहकाइ र नियन्त्रणमा रहेपछि, तिनीहरू पूर्ण रूपमा ख्रीष्टविरोधीहरू जस्तै बन्छन्: तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने, तर सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने, र यतिसम्म कि परमेश्‍वरको विरोध गर्ने र आफूलाई उहाँको विरुद्धमा खडा गर्ने मानिस बन्छन्। ख्रीष्टविरोधीहरूको बहकाइ र नियन्त्रणमा पर्नेहरू कस्ता मानिस हुन्? निस्सन्देह, तिनीहरूमध्ये कोही पनि सत्यताप्रेमी होइनन्—तिनीहरू सबै पाखण्डी हुन्, परमेश्‍वरमाथिको विश्‍वासमा सत्यता नपछ्याउने र आफ्नो कर्तव्य पूरा गर्दा उचित मामलाहरूमा ध्यान नदिने मानिसहरू हुन्। परमेश्‍वरमाथिको विश्‍वासमा, यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउँदैनन्; बरु तिनीहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउँछन्, तिनीहरू ख्रीष्टविरोधीहरूका दास बन्छन्, र फलस्वरूप तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। यो परिणाम अपरिहार्य हुन्छ।

परमेश्‍वरले मानिसहरूलाई कस्तो सिद्धान्तद्वारा व्यवहार गर्नुहुन्छ? जबरजस्ती हो? नियन्त्रणद्वारा? होइन—यो नियन्त्रणको ठीक विपरीत हो। परमेश्‍वरले मानिसहरूलाई व्यवहार गर्दा कस्तो सिद्धान्त अपनाउनुहुन्छ? (उहाँले तिनीहरूलाई स्वतन्त्र इच्छा दिनुहुन्छ।) हो, उहाँले तँलाई स्वतन्त्र इच्छा दिनुहुन्छ। उहाँले खडा गर्नुहुने वातावरणहरूमा उहाँले तँलाई आफ्नो बुझाइमा आउन सक्षम तुल्याउनुहुन्छ, ताकि तँ स्वाभाविक रूपमा नै मानव बुझाइ र अनुभवमा पुग्न सक्। उहाँले तँलाई सत्यताको एउटा पक्ष स्वाभाविक रूपमा नै बुझ्न मदत गर्नुहुन्छ, ताकि तैँले फेरि यस्तो वातावरणको सामना गर्दा, के गर्ने र के छनौट गर्ने भनेर तँलाई थाहा होस्। उहाँले तँलाई के सही छ र के गलत छ भनेर हृदयको गहिराइबाट बुझ्न पनि मदत गर्नुहुन्छ, ताकि तैँले अन्तिममा सही मार्ग छनौट गर्। परमेश्‍वरले तँलाई नियन्त्रण गर्नुहुन्न, र उहाँले तँलाई जबरजस्ती गर्नुहुन्न। तर एक ख्रीष्टविरोधीले ठीक यसको विपरीत कार्य गर्छ: उसले तँलाई बहकाएर मगज परिवर्तन गर्नेछ र थोपाउनेछ, त्यसपछि तँलाई आफ्नो दास बनाउनेछ। मैले किन “दास” भन्‍ने शब्द प्रयोग गरेँ? दास भनेको के हो? यसको अर्थ तैँले ख्रीष्टविरोधी सही छ कि गलत छ भनेर खुट्याउनेछैनस्, र त्यसो गर्ने आँट गर्नेछैनस्—तैँले ऊ सही छ कि गलत छ भनेर थाहा पाउनेछैनस्; तँ हृदयमा अलमलिएको र अन्योलमा परेको हुनेछस्। तँ के सही हो र के सही होइन भन्‍ने कुरामा स्पष्ट हुनेछैनस्; तैँले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने कुरा तँलाई थाहा हुनेछैन। तैँले कठपुतलीझैँ बनेर ख्रीष्टविरोधीको निर्देशन पर्खिनेछस्, ख्रीष्टविरोधीले आदेश दिएन भने केही गर्ने आँट गर्दैनस्, र उसका आदेशहरू सुनेपछि मात्र काम गर्ने आँट गर्छस्। तैँले आफ्ना जन्मसिद्ध क्षमताहरू गुमाएको हुनेछस्, र तेरो स्वतन्त्र इच्छाले आफ्नो भूमिका खेल्नेछैन। तँ मरेतुल्य बनेको हुनेछस्। तँसँग हृदय त हुनेछ, तर तैँले सोच्न सक्‍नेछैनस्; तँसँग मन त हुनेछ, तर तैँले समस्याहरूका बारेमा विचार गर्न सक्‍नेछैनस्—तैँले के सही र के गलत हो, कस्ता कुराहरू सकारात्मक र कस्ता कुराहरू नकारात्मक हुन्, वा काम गर्ने सही तरिका के हो र काम गर्ने गलत तरिका के हो भनेर थाहा पाउनेछैनस्। तैँले थाहै नपाई ख्रीष्टविरोधीले तँलाई नियन्त्रणमा लिएको हुनेछ। उसले के कुरालाई नियन्त्रण गर्नेछ? तेरो हृदयलाई, कि तेरो मनलाई? तेरो हृदयलाई; त्यसपछि तेरो मन स्वतः उसको नियन्त्रणमा पर्नेछ। उसले तेरा हातखुट्टा कसेर र बलियोसँग बाँध्नेछ, ताकि तैँले हरेक पटक कदम चाल्दा, तँ हिचकिचाहट र शङ्कामा फस्छस्, र पछाडि हट्छस्; त्यसपछि तैँले अर्को कदम चालेर केही कार्य गर्न चाहन्छस्, तर तँ फेरि पछि हट्छस्। तैँले गर्ने हरेक कामकुरामा, तेरो दर्शन धमिलो र अस्पष्ट हुनेछ। यसलाई ख्रीष्टविरोधीका भ्रामक टिप्पणीहरूबाट अलग गर्न सकिँदैन। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने मुख्य तरिका के हो? तिनीहरूले मानिसहरूका धारणा र कल्पनाहरूसँग, मानव भावनाहरूसँग, र मानव तर्कसँग मिल्दा कुराहरू मात्र भन्छन्। तिनीहरूले बोल्दा तिनीहरूमा थोरै भए पनि मानवता छ जस्तो देखिन्छ, तर तिनीहरूमा कुनै सत्यता वास्तविकता हुँदैन। ल भन् त, के ख्रीष्टविरोधीहरूको नियन्त्रणमा रहेका र तिनीहरूलाई पछ्याउने मानिसहरूले परमेश्‍वरको घरमा आफ्नो सारा हृदय र शक्तिले कर्तव्य निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) त्यसको कारण के हो? तिनीहरूले सत्यता बुझेका हुँदैनन्—मुख्य कारण त्यही हो। अनि अर्को कारण पनि छ: ख्रीष्टविरोधीहरू शक्तिको खेलमा संलग्‍न हुन्छन्; तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा सत्यताको अभ्यास गर्दैनन्, न त आफ्नो सारा हृदय र शक्तिले नै कर्तव्य निर्वाह गर्छन्। त्यसोभए के तिनीहरूका नोकरहरूले सत्यताको अभ्यास गर्न सक्छन्? ख्रीष्टविरोधी जस्तो हुन्छ, उसका साथमा रहेका नोकरहरू पनि त्यस्तै हुनेछन्। ख्रीष्टविरोधीहरूले सत्यताको अभ्यास नगर्ने, सिद्धान्तहरूका विरुद्धमा जाने, परमेश्‍वरको घरका हितहरूलाई विश्वासघात गर्ने, अनुचित व्यवहार गर्ने र तानाशाहीझैँ व्यवहार गर्ने कार्यमा अग्रसरता जनाउँछन्। के यसले तिनीहरूका नोकरहरूलाई असर गर्दैन र? असर नगर्ने हुँदै हुँदैन। त्यसोभए, तिनीहरूले बन्धनमा पार्ने र नियन्त्रण गर्ने ती मानिसहरूको हालत कस्तो हुनेछ? तिनीहरू एक-अर्काबाट सावधान हुनेछन्, तिनीहरूले एक-अर्काप्रति शङ्का गर्नेछन् र एक-अर्कासँग लडाइँ गर्नेछन्—प्रसिद्धि र प्राप्तिका लागि, चम्किने मौकाका लागि, र पूँजीका लागि प्रतिस्पर्धा गर्नेछन्। ख्रीष्टविरोधीको नियन्त्रणमा रहेका हरेक व्यक्तिको भित्री मनमा बेमेल हुन्छ र तिनीहरू एक मनका हुँदैनन्। तिनीहरू आफ्ना व्यवहारमा सतर्क र सावधान हुन्छन्; तिनीहरू एक-अर्कासँग खुलस्त हुँदैनन्, र एक-अर्कासँग तिनीहरूको सामान्य मानव सम्बन्ध हुँदैन। तिनीहरूका बीचमा कुनै सामान्य सङ्गति हुँदैन, प्रार्थनार्थ पठन हुँदैन, कुनै सामान्य आत्मिक जीवन हुँदैन। तिनीहरू संसारमा रहेका शैतानका गैरविश्‍वासी समूहहरू जस्तै विभाजित हुन्छन्। कुनै ख्रीष्टविरोधी शक्तिमा हुँदा त्यस्तै हुन्छ। मानिसहरूका बीचमा सतर्कता, खुला र गुप्त सङ्घर्ष, विनाश, डाहा, आलोचना, र कसले कम जिम्मेवारी लिने भन्ने तुलना हुन्छ: “तिमी जिम्मेवारी लिँदैनौ भने, म पनि लिन्नँ। तिमी आफै परमेश्‍वरको घरका हितहरूका बारेमा विचार गर्दैनौ भने, कुन आधारमा मलाई विचार गर्न लगाउँछौ? त्यसोभए म तिनलाई ध्यान नै दिनेछैनँ!” के त्यस्तो ठाउँ परमेश्‍वरको घर हो? होइन। यो कस्तो ठाउँ हो? यो शैतानको गुट हो। त्यहाँ सत्यताले शासन गर्दैन; त्यसमा पवित्र आत्माको काम, वा परमेश्‍वरको आशिष्, वा उहाँको नेतृत्व हुँदैन। त्यसकारण, त्यहाँका सबै मानिसहरू सानातिना दियाबलस जस्तै हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले अरूका बारेमा बोल्ने प्रशंसाका शब्दहरू राम्रा सुनिन्छन्: “अहो, तिनीहरूले साँच्‍चै नै परमेश्‍वरलाई प्रेम गर्छन्; तिनीहरूले साँच्‍चै नै भेटीहरू दिन्छन्; तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा साँच्चै नै कष्ट भोग्छन्!” तर तिनीहरूलाई कुनै व्यक्तिको मूल्याङ्कन गर्न लगाइयो भने, तिनीहरूले उसको पिठ्यूँ पछाडि भन्‍ने कुरा उसको उपस्थितिमा भन्‍ने कुराभन्दा फरक हुनेछ। यदि दाजुभाइ-दिदीबहिनीहरू कुनै झूटा अगुवाको हातमा परे भने, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा छरिएको बालुवाको थुप्रो जस्तै छरपस्ट हुनेछन्—तिनीहरूले नतिजा प्राप्त गर्नेछैनन्, र तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन, र तिनीहरूमध्ये धेरैले सत्यता पछ्याउनेछैनन्। त्यसोभए, तिनीहरू ख्रीष्टविरोधीको नियन्त्रणमा परे भने के हुन्छ? ती मानिसहरूलाई उप्रान्त मण्डली भनेर भन्‍न मिल्दैन। तिनीहरू पूर्णतया शैतानको गुट र ख्रीष्टविरोधीको समूह अन्तर्गत पर्छन्।

ख्रीष्टविरोधीहरू किन सधैँ मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्? किनभने तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशबारे वास्ता नै गर्छन्। तिनीहरूले आफ्नो शक्ति, हैसियत, र प्रतिष्ठाको बारेमा मात्र विचार गर्छन्। तिनीहरू मानिसहरूको हृदयलाई नियन्त्रणमा राखे र सबैलाई तिनीहरूको आराधना गर्न लगाए भने, आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा हुनेछ भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वरको घरका हितहरू, वा मण्डलीको काम, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सम्बन्धित कुराहरूका हकमा भन्दा, तिनीहरूले ती कुराहरूका बारेमा पटक्‍कै वास्ता गर्दैनन्। समस्याहरू देखा पर्दा पनि, तिनीहरूले देख्‍न सक्दैनन्। तिनीहरूले परमेश्‍वरको घरमा कर्मचारीको उचित बन्दोबस्त नभएको ठाउँ कहाँ छ; वा परमेश्‍वरको घरको सम्पत्ति कहाँनेर अनुचित रूपमा बाँडफाँट गरिएको छ, र धेरै हराएको छ, साथै कसले यसलाई खेर फालेको छ; वा कसले तिनीहरूको काममा बाधा र अवरोधहरू ल्याइरहेको छ; वा कसले मानिसहरूलाई अनुचित रूपमा प्रयोग गरिरहेको छ; वा को आफ्नो काममा झाराटारुवा भइरहेको छ भन्‍ने जस्ता समस्याहरू देख्‍न सक्दैनन्—तिनीहरूले त्यस्ता समस्याहरूलाई सम्हाल्नु त झन् परको कुरा हो। तिनीहरूले के कुरा सम्हाल्छन्? तिनीहरूले के-कस्ता कुरामा हस्तक्षेप गर्छन्? (सानातिना मामलामा।) के-कस्ता कुराहरू सानातिना मामला हुन्? केही विवरणहरू दे। (कतिपय अगुवाहरू निश्‍चित दाजुभाइ-दिदीबहिनीहरूको घरका मामलाहरू समाधान गर्नतिर लाग्छन्—उदाहरणका लागि, परिवारमा कोही अर्को कसैसँग मिलिरहेको छैन। यी त दैनिक जीवनका मामला मात्र हुन्।) त्यो त झूटा अगुवाहरूले गर्ने कुरा हो। अनि ख्रीष्टविरोधीहरूले के गर्छन्? (तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई वा सत्यता सिद्धान्तहरू विपरीत रहेका कुराहरूलाई ध्यान दिँदैनन्; तिनीहरूले आफ्नो इज्जत र हैसियतलाई छुने कुराहरूलाई मात्र ध्यान दिन्छन्—उदाहरणका लागि, मानिसहरूले तिनीहरूले भनेको कुरा नगर्नु, वा केही मानिसहरूले तिनीहरूलाई मन नपराउनु जस्ता कुराहरूलाई मात्र ध्यान दिन्छन्। तिनीहरूले त्यस्ता कुराहरू सम्हाल्छन्।) त्यो यसकै पाटो हो। यस्ता कुराहरू हुन्छन्। ख्रीष्टविरोधीहरूले तिनीहरूलाई अप्रिय लाग्ने को हो, कसले तिनीहरूलाई आदर गर्दैन, र कसले तिनीहरूलाई खुट्ट्याउन सक्छ भनेर जाँच गर्छन्। तिनीहरूले यी कुराहरू देख्छन् र तिनलाई दिमागमा राख्छन्; यस्ता कुराहरू तिनीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। अरू के छ? (यदि मण्डलीमा निर्वाचित व्यक्तिमा तिनीहरूलाई खुट्ट्याउन सक्ने क्षमता छ र तिनीहरूसँग उसको मन मिल्दैन भने, तिनीहरूले त्यस व्यक्तिको गल्ती पत्ता लगाउने, र उसलाई प्रतिस्थापन गर्ने उपायहरू खोज्छन्। तिनीहरू त्यस्तो काम गर्न रुचाउँछन्।) खराब कामकुरा गर्ने व्यक्तिमा जे-जस्ता गल्ती वा समस्याहरू भए पनि, वा उसले जति नै बाधा र अवरोधहरू सिर्जना गरे पनि, ख्रीष्टविरोधीले यसबारे ध्यानै दिँदैन—उसले विशेषतः आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने मानिसहरूमा गल्ती खोज्छ, र ती मानिसहरूलाई प्रतिस्थापन गर्ने औचित्य र बहानाहरू खोज्छ। ख्रीष्टविरोधीहरूले अरूलाई नियन्त्रण गर्ने कार्य प्रकट हुने अर्को मुख्य तरिका पनि छ: साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई नियन्त्रण गर्ने बाहेक, तिनीहरूले कामको हरेक पक्षको प्रभारी मानिसहरूलाई नियन्त्रण गर्ने कोसिस गर्छन्। तिनीहरू सधैँ सबै शक्ति आफ्नै पकडमा राख्न चाहन्छन्। त्यसकारण, तिनीहरूले सबै कुराको बारेमा सोध्छन्; तिनीहरू मानिसहरूले कसरी काम गर्छन् भनेर हेर्नका लागि सबै कुरामा ध्यान दिन्छन् र निगरानी राख्छन्। तिनीहरूले मानिसहरूलाई सत्यता सिद्धान्तहरूमा पटक्‍कै सङ्गति दिँदैनन्, वा मानिसहरूलाई काम गर्ने स्वतन्त्रता दिँदैनन्। तिनीहरूले सबैलाई आफूले भनेझैँ गराउन र आफूप्रति समर्पित गराउन चाहन्छन्। तिनीहरू सधैँ आफ्नो शक्ति बाँडिनेछ र अरू मानिसहरूले लिनेछन् भन्ने डरमा हुन्छन्। कुनै समस्याको बारेमा छलफल गर्दा, जति धेरै मानिसहरूले यसको बारेमा सङ्गति गरिरहेका भए पनि वा तिनीहरूको सङ्गतिले जे-जस्ता परिणामहरू दिए पनि, तिनीहरूले यो सबै कुरालाई इन्कार गर्नेछन्, र छलफल फेरि सुरु गर्नुपर्नेछ। अनि यसको अन्तिम नतिजा के हुन्छ? सबैले तिनीहरूको कुरा नसुनेसम्म कुरा सकिएको हुँदैन, र यदि त्यसो भएन भने, तिनीहरूले सङ्गति गरिरहनुपर्छ। यस्तो सङ्गति कहिलेकहीँ मध्यरातसम्‍म चलिरहन्छ, र कोही पनि सुत्न पाउँदैन; तिनीहरूले भनेको कुरा अरूले नसुनेसम्म यो समाप्त हुँदैन। यो ख्रीष्टविरोधीहरूले गर्ने कुरा हो। के यस्तो काम गर्दा, ख्रीष्टविरोधीले कामको जिम्मेवारी लिइरहेको हुन्छ भनेर विश्‍वास गर्ने मानिसहरू छन्? कामको जिम्मेवारी लिनु र ख्रीष्टविरोधीहरूको निरङ्कुशता बीचको भिन्‍नता के हो? (अभिप्रायमा भिन्‍नता हुन्छ।) जब मानिसहरू कामप्रति विवेकशील र जिम्मेवार हुन्छन्, तिनीहरूले सत्यता सिद्धान्तहरूमा स्पष्ट रूपमा सङ्गति गर्नका लागि यसो गर्छन्, ताकि सबैले सत्यता बुझून्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको लक्ष्य भनेको शक्ति जोगाईराख्‍नु, अरूलाई नियन्त्रणमा राख्नु, र तिनीहरूका रायभन्दा फरक हुने र तिनीहरूको प्रतिष्ठा गुमाउन सक्‍ने सबै दृष्टिकोणहरूलाई खण्डन गर्नु हो। के यी अभिप्रायहरूका बीचमा भिन्‍नता छैन र? (छ।) तिनीहरूमा के भिन्‍नता छ? के तिमीहरूले त्यसलाई खुट्टयाउन सक्छौ? सङ्गतिद्वारा मानिसहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न लगाउनु, र सम्मानका लागि प्रतिस्पर्धा गर्नु—यी दुई बीचको भिन्‍नता के हो? (अभिप्राय।) अभिप्राय मात्र होइन—अभिप्रायहरू त अवश्यै फरक हुन्छन्। (यीमध्ये एउटा शैलीले परमेश्‍वरको घरलाई बढी फाइदा पुर्‍याउनेछ।) तीमध्ये एउटाले परमेश्‍वरको घरलाई बढी फाइदा पुर्‍याउनु अर्को भिन्‍नता हो—जसले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्छ। तर मुख्य चाहिँ भिन्‍नता के हो? यदि कसैले साँचो रूपमा सत्यतामा सङ्गति गरिरहेको छ भने, तैँले यो कुरा सुन्दा यो व्यक्तिगत स्पष्टीकरण वा प्रतिरक्षा होइन भनेर प्रस्टै हुन्छ। तिनीहरूले सङ्गति गर्ने सबै कुराको अभिप्राय सबैलाई परमेश्‍वरका अभिप्रायहरू बुझ्ने तुल्याउनु हो, र यो सबै परमेश्‍वरका अभिप्रायहरूप्रतिको गवाही हो। यस्तो सङ्गतिले सत्यता सिद्धान्तहरू स्पष्ट पार्छ, र यो सुनेपछि, मानिसहरूले अघि बढ्ने मार्ग प्राप्त गर्छन्—तिनीहरूलाई सिद्धान्तहरू के हुन् भन्‍ने थाहा हुन्छ, भविष्यमा तिनीहरूले के गर्नुपर्छ भन्‍ने थाहा हुन्छ, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा सिद्धान्तहरू विरुद्ध जाने कमै सम्भावना हुन्छ, र तिनीहरूको अभ्यासको लक्ष्य अझै सटीक हुनेछ। यस्तो सङ्गति व्यक्तिगत स्पष्टीकरण वा प्रतिरक्षाद्वारा अलिकति पनि दूषित हुँदैन। तर परिस्थितिलाई आफ्नो पक्षमा पार्न र अरूलाई आफ्नो नियन्त्रणमा राख्‍न चाहने ती मानिसहरूले कसरी प्रचार गर्छन्? तिनीहरूले केका बारेमा प्रचार गर्छन्? तिनीहरूले आफ्नो स्पष्टीकरणबारे, र आफूले गरेको कामको पछाडिका विचार, अभिप्राय, र उद्देश्यहरूबारे प्रचार गर्छन्, ताकि मानिसहरूले यसलाई स्वीकार गरून्, मानून्, र तिनीहरूलाई गलत नबुझून्। यो सबै आफ्‍नो स्पष्टीकरण मात्र हो; यसमा बिलकुलै सत्यता हुँदैन। यदि तैँले ध्यान दिएर सुनिस् भने, तिनीहरूले सङ्गति गर्ने कुरामा कुनै सत्यता हुँदैन—त्यो सबै मानव भनाइ, बहाना, र स्पष्टीकरणहरू मात्र हुन्। यति मात्रै हो। अनि तिनीहरूले बोलेपछि, के सबैले सिद्धान्तहरू बुझ्छन्? बुझ्दैनन्—तर तिनीहरूले वक्ताका अभिप्रायहरूका बारेमा धेरै नै बुझेका हुन्छन्। ख्रीष्टविरोधीहरूको विधि यही हो। तिनीहरूले मानिसहरूलाई यसरी नै नियन्त्रण गर्छन्। तिनीहरूलाई समूहभित्र आफ्‍नो हैसियत र प्रतिष्ठामा क्षति पुगेको छ र त्यसमा असर पुगेको छ भन्‍ने महसुस हुने बित्तिकै, तिनीहरूले तुरुन्तै भेला बोलाउँछन् र जसरी सकिन्छ ती कुराहरूलाई बचाउने कोसिस गर्छन्। अनि तिनीहरूले ती कुराहरूलाई कसरी बचाउँछन्? बहानाहरू बनाएर, स्पष्टीकरणहरू पेश गरेर, तिनीहरूले त्यो बेला सोचिरहेको कुरा भनेर। तिनीहरूले यी कुराहरू भन्‍नुको उद्देश्य के हो? तिनीहरूका बारेमा सबैमा रहेका गलतफहमीहरूलाई हटाउनु। यो त ठ्याक्कै ठूलो रातो अजिङ्गर जस्तै हो: कसैलाई सास्ती दिएपछि, त्यसले उसलाई निर्दोष साबित गर्नेछ र उसलाई जुनसुकै आरोपबाट मुक्त गर्नेछ। यसो गर्नुको उद्देश्य के हो? (ढाकछोप गर्नु।) यसले तँलाई केही नराम्रो गरिसकेपछि तँलाई दोषमुक्त गर्छ र क्षतिपूर्ति दिन्छ, ताकि तैँले ठूलो रातो अजिङ्गर त वास्तवमा असल र भरोसायोग्य रहेछ भन्‍ने सोच्छस्। यसरी, त्यसको शासन खतरामुक्त हुन्छ। ख्रीष्टविरोधीहरू पनि यस्तै हुन्छन्: तिनीहरूले आफ्नो खातिर होइन भने केही पनि बोल्दैनन् वा गर्दैनन्; तिनीहरूले सत्यताको खातिर केही पनि बोल्दैनन्, परमेश्‍वरको घरका हितहरूका खातिर केही बोल्‍नु वा गर्नु त परको कुरा हो। तिनीहरूले भन्‍ने र गर्ने सबै कुरा आफ्नै ख्याति र हैसियतको खातिर हुन्छ। कतिपयले यसो भन्‍न सक्छन्, “तपाईंले तिनीहरूलाई ख्रीष्टविरोधीहरू भनेर परिभाषित गर्नु अन्याय हो, किनभने तिनीहरूले धेरै परिश्रम गर्छन्, र आफ्नो काम अत्यन्तै लगनशीलताका साथ गर्छन्, बिहानदेखि साँझसम्म परमेश्‍वरको घरका लागि काम गर्छन् र दौडधुप गर्छन्। तिनीहरू कहिलेकहीँ व्यस्त भएर खान समेत भ्याउँदैनन्। तिनीहरूले धेरै कष्ट भोगेका छन्!” अनि तिनीहरू कसका निम्ति कष्ट भोग्छन्? (आफ्‍नै निम्ति।) आफ्‍नै निम्ति। यदि तिनीहरूसँग कुनै हैसियत थिएन भने, के तिनीहरूले त्यस्तै गर्नेथिए? तिनीहरू आफ्नो ख्याति र हैसियतका लागि यसरी दौडधुप गर्छन्—तिनीहरूले इनामका लागि यसो गर्छन्। यदि तिनीहरूलाई इनाम दिइएन, वा तिनीहरूसँग कुनै ख्याति, प्राप्ति, वा हैसियत थिएन भने, तिनीहरू धेरै पहिले पछि हटेका हुनेथिए। तिनीहरूले अरूका अगाडि यी कुराहरू गर्छन्, र यसो गर्दा, तिनीहरू परमेश्‍वरलाई ती कुराका बारेमा थाहा दिन चाहन्छन्, र आफूले गरेका सबै कुरालाई मध्यनजर गरेर परमेश्‍वरले उचित इनाम दिनुहोस् भन्ने चाहन्छन्। तिनीहरूले अन्त्यमा चाहने भनेको इनाम हो; तिनीहरू सत्यता प्राप्त गर्न चाहँदैनन्। तैँले यो कुरा छर्लङ्गै बुझ्नुपर्छ। तिनीहरूलाई पर्याप्त पूँजी सञ्चित गरेको छु भन्‍ने महसुस भएपछि, अरूमाझ बोल्ने अवसर पाउँदा, तिनीहरूले के भन्छन्? पहिलो, आफ्ना योगदानहरूका बारेमा धाक देखाउँछन्—जुन एउटा मनोवैज्ञानिक आक्रमण हो। मनोवैज्ञानिक आक्रमण भनेको के हो? त्यो भनेको तिनीहरूले परमेश्‍वरको घरका लागि धेरै असल कामहरू गरेका छन्, योगदानहरू दिएका छन्, जोखिमहरू लिएका छन्, खतरनाक काम गरेका छन्, धेरै दौडधुप गरेका छन्, र ज्यादै कष्ट भोगेका छन् भनेर सबैलाई अन्तरात्मामा थाहा दिनु हो—आफ्‍ना योग्यताहरू अघि सार्नु र अरूका अगाडि आफ्नो पूँजीको बारेमा कुरा गर्नु हो। दोस्रो, तिनीहरूले केही अवास्तविक सिद्धान्तहरूका बारेमा छद्म गम्भीर र अस्पष्ट तरिकाले कुरा गर्छन्, जुन कुरा मानिसहरूलाई बुझे जस्तो लाग्छ, तर तिनीहरूले बुझेका हुँदैनन्। यी सिद्धान्तहरू निकै गहन, रहस्यमय, र अमूर्त सुनिन्छन्, र तिनले मानिसहरूलाई ख्रीष्टविरोधीहरूको आराधना गर्ने तुल्याउँछन्। त्यसपछि, तिनीहरू कसैले कहिल्यै बुझेका छैनन् भन्‍ने लागेका विषयहरूबारे भव्य र दुविधापूर्ण तरिकाले कुरा गर्छन्—उदाहरणका लागि, प्रविधि र अन्तरिक्ष, अर्थ र लेखा, र समाज र राजनीतिका मामलाहरू—अनि भूमिगत मामला र ठगी धन्दाहरूका बारेमा समेत कुरा गर्छन्। तिनीहरूले आफ्नो व्यक्तिगत इतिहास सुनाउँछन्। त्यसोभए यो के हो त? तिनीहरूले शान देखाइरहेका हुन्छन्। अनि तिनीहरूले शान देखाउनुको उद्देश्य भनेको मनोवैज्ञानिक आक्रमण गर्नु हो। के तिमीहरूलाई तिनीहरू मूर्ख हुन् जस्तो लाग्छ? यदि तिनीहरूले भनेको यो कुराले मानिसहरूमा कुनै असर पार्दैनथ्यो भने, के तिनीहरूले यो कुरा भन्नेथिए? भन्दैनथिए। तिनीहरूले यसो भन्‍नुको पछाडि उद्देश्य हुन्छ: यो आफ्ना योग्यताहरू प्रस्तुत गर्ने, धाक लगाउने, र शान देखाउने कार्य हो।

यसको साथै, ख्रीष्टविरोधीहरूले प्रायजसो कस्तो शैली अपनाउँछन्? तिनीहरू जहाँ गए पनि, तिनीहरूले घरमुलीको शैली अपनाउँछन्—तिनीहरू जहाँ गए पनि, यसो भन्छन्, “तिमीहरूले केमा काम गरिरहेका छौ? काम कस्तो भइरहेको छ? कुनै कठिनाइहरू छन्? आफूलाई अह्राइएका कामहरू तुरुन्तै गर! झारा टार्ने काम नगर। परमेश्‍वरको घरको सबै काम महत्त्वपूर्ण हुन्छ, र यसमा ढिलाइ गर्नु हुँदैन!” तिनीहरू ठ्याक्कै घरमुली जस्तै हुन्छन्, जो सधैँ आफ्‍नो घरका मानिसहरूको कामको सुपरिवेक्षण गर्छन्। तिनीहरू घरमुली हुन् भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूको घरका जोकोहीले गल्ती गर्न वा गलत मार्ग लिन सक्छ, त्यसकारण तिनीहरूले तिनीहरूको रेखदेख गर्नुपर्छ; यदि गरेनन् भने, कसैले पनि आफ्नो कर्तव्य पूरा गर्दैनन्—तिनीहरू सबैले ठेस खानेछन्। ख्रीष्टविरोधीहरू विश्‍वास गर्छन् कि अरू सबै मूर्ख हुन्, बच्चा हुन्, यदि तिनीहरूले तिनीहरूका बारेमा ध्यान दिएनन्, यदि तिनीहरूले आँखा झिमिक्क गरे भने, तिनीहरूमध्ये कतिले गल्ती गर्नेछन् र गलत मार्ग लिनेछन्। यो कस्तो दृष्टिकोण हो? के तिनीहरूले घरमुलीको शैली अपनाइरहेका छैनन् र? (छन्।) त्यसोभए के तिनीहरूले ठोस काम गर्छन्? कहिल्यै गर्दैनन्; तिनीहरूले सबै काम अरूलाई गर्न लगाउँछन्, आफू भने प्रशासनतन्त्रमा र मालिक बन्‍ने कार्यमा मात्र ध्यान दिन्छन्, र जब अरूले काम गरिसकेका हुन्छन्, तब यो तिनीहरू आफैले गरेको जस्तै हुन्छ—सबै श्रेय तिनीहरूलाई नै जान्छ। तिनीहरू बस आफ्नो हैसियतका लाभहरूमा लिप्त हुन्छन्; तिनीहरूले परमेश्‍वरको घरको काममा फाइदा हुने काम कहिल्यै गर्दैनन्, र तिनीहरूले कोही आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा वा लापरवाह बनिरहेको छ, कसैले मण्डलीको काममा बाधा र अवरोध ल्याइरहेको छ भन्‍ने थाहा पाए पनि, तिनीहरूले उसलाई केवल एक-दुई शब्द अर्ती दिन्छन् र सान्त्वना दिन्छन्, तर उसलाई कहिल्यै खुलासा गर्दैनन् वा प्रतिबन्ध लगाउँदैनन्—तिनीहरूले कहिल्यै कसैलाई चिढ्याउँदैनन्। यदि कसैले पनि तिनीहरूको कुरा सुन्न चाहेन भने, तिनीहरूले यसो भन्छन्, “तिमीहरूको चिन्तामा मेरो हृदय छिया-छिया भएको छ; मैले मुख सुकिञ्जेल बोलेको छु—म यति थकित भएँ कि म झण्डै दुई टुक्रा भएँ! तिमीहरू मलाई साह्रै चिन्तित तुल्याउँछौ!” के तिनीहरूले यसो भन्‍नु लाजमर्दो कुरा होइन र? के यो सुन्दा तिमीहरूलाई घिन लाग्छ? मानिसहरूलाई नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूको अटुट चाहना प्रकट हुने एउटा तरिका यही हो। त्यस्ता ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूसँग सङ्गति गर्छन्? उदाहरणका लागि, तिनीहरूले मलाई यसो भन्छन्, “मभन्दा मुनिका मानिसहरू मैले भनेको मान्दैनन्। तिनीहरू मण्डलीको कामलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू झाराटारुवा छन्, र तिनीहरूले परमेश्‍वरको घरको पैसा अन्धाधुन्ध खर्च गर्छन्। तिनीहरू साँच्‍चै पशु हुन्, यी मानिसहरू कुकुरहरूभन्दा तल्लो स्तरका छन्!” यसमा तिनीहरूको भाव कस्तो छ? तिनीहरू आफूलाई अपवाद बनाइरहेका हुन्छन्; तिनीहरूको तात्पर्य यस्तो हुन्छ, “म परमेश्‍वरको घरका हितहरूलाई ध्यान दिन्छु—तिनीहरूले ध्यान दिँदैनन्।” ख्रीष्टविरोधीहरूले आफूलाई को ठानिरहेका हुन्छन्? “ब्रान्ड एम्बेसेडर।” ब्रान्ड एम्बेसेडर भनेको के हो? केही देशका ब्रान्ड एम्बेसेडरहरूलाई हेर—तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरूलाई तिनीहरूको सुन्दरताको कारण छनौट गरिएको हुन्छ; तिनीहरू अत्यन्तै सुन्दर हुन्छन्, राम्ररी बोल्न सक्छन्, र तिनीहरू सबैले तालिम पाएका हुन्छन्। पर्दा पछाडि, तिनीहरू सबैको अग्ला, धनी, र सुन्दर पुरुषहरूसँग, उच्चपदस्थ अधिकारीहरूसँग, धनी व्यापारीहरूसँग सम्बन्ध र लेनदेन हुन्छ—त्यसैले त तिनीहरू ब्रान्ड एम्बेसेडर बनेका हुन्छन्। ब्रान्ड एम्बेसेडर बन्‍नका लागि तिनीहरूले के कुरामा भरोसा गर्छन्? के तिनीहरू सुन्दर रूप, मिलेको शरीर, र वाक्पटुतामा मात्र भरोसा गर्छन्? तिनीहरूले मुख्य रूपमा पर्दा पछाडिको आफ्‍ना सम्बन्धहरूमा भरोसा गर्छन्। के यसले त्यसरी नै काम गर्ने होइन र? (हो।) हो, यसले त्यसरी नै काम गर्छ। सधैँ अगुवा वा घरमुलीको शैली अपनाउने ख्रीष्टविरोधीहरू मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न सधैँ यही शैली र हाउभाउ प्रयोग गर्न चाहन्छन्। के त्यो अलि ब्रान्ड एम्बेसेडरको जस्तो शैली होइन र? तिनीहरू पछाडि हात बाँधेर उभिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई शिर हल्लाउँदा र झुकाउँदा, तिनीहरूले यसो भन्छन्, “एकदम राम्रो—राम्रो गर्नू!” त्यसो भन्‍नलाई तिनीहरू को हुन्? तिनीहरूले आफूलाई कुन पदमा नियुक्त गरेका हुन्छन्? म जहाँ गए पनि त्यस्ता कुराहरू भन्दिनँ—के मैले यस्तो भनेको तिमीहरूले कहिल्यै सुनेका छौ? (छैनौँ।) कहिलेकहीँ, म यसो भन्छु, “मनमा शान्ति लिएर आफ्नो कर्तव्य पूरा गर्ने तिमीहरूको यो अवसर सजिलै आउँदैन! तिमीहरूले यो अवसरलाई सदुपयोग गर्नुपर्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ—दुष्टता गरेको र बाधाहरू निम्त्याएकोमा आफूलाई लखेटिने अवस्थामा नपार।” तर म के कारणले यसो भन्छु? सच्चाइका कारण। तर के एउटा ख्रीष्टविरोधीले त्यसरी सोच्छ र? उसले त्यसरी सोच्दैन, र त्यस्तो व्यवहार पनि गर्दैन। उसले अरूलाई राम्रो काम गर्न भन्छ—के ऊ आफैले त्यसो गर्छ त? गर्दैन। उसले अरूलाई राम्रो काम गर्न, उसका लागि काममा मरिमेट्न, परिश्रम गर्न लगाउँछ, र अन्त्यमा, सबै श्रेय उसैले पाउँछ। के तिमीहरू अहिले मेरो लागि मरिमेटेर आफ्नो कर्तव्य निर्वाह गर्छौ? (गर्दैनौँ।) तिमीहरू मेरो लागि परिश्रम पनि गरिरहेका छैनौ; तिमीहरू आफ्नै कर्तव्य र दायित्वहरू निर्वाह गरिरहेका छौ, त्यसपछि परमेश्‍वरको घरले तिमीहरूको भरणपोषण गर्छ। के मैले तिमीहरूको भरणपोषण गर्छु भनेर भन्‍नु अतिशयोक्ति हुन्छ? (हुँदैन।) यो गलत अभिव्यक्ति होइन, र वास्तवमा, परिस्थितिहरू साँच्‍चै यस्तै छन्। तर यदि तिमीहरूले मलाई त्यसो भन्‍न लगायौ भने, म त्यसो भन्दिनथेँ—मेरो मुखबाट त्यो कुरा कहिल्यै निस्कनेथिएन। म यति मात्र भन्नेथिएँ कि परमेश्‍वरको घरले तिमीहरूको भरणपोषण गर्छ: तिमीहरूले परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्छौ, र परमेश्‍वरले तिमीहरूको भरणपोषण गर्नुहुन्छ। त्यसोभए, तिमीहरूले कसका लागि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौ? (आफ्‍नो लागि।) तिमीहरूले आफ्नै कर्तव्य र दायित्वहरू निर्वाह गरिरहेका छौ; सृजित प्राणीका रूपमा तिमीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। तिमीहरूले परमेश्‍वरसामु यसो गरिरहेका छौ। तिमीहरूले मेरो लागि काम गरिरहेका छौँ भनेर भन्‍न मिल्दै मिल्दैन—मलाई त्यसको आवश्यकता छैन। मेरो लागि कसैले काम गर्नु पर्दैन; म मालिक होइन, न त म कुनै कम्पनीको प्रमुख नै हुँ। मैले तिमीहरूबाट पैसा कमाइरहेको छैन, र तिमीहरूले मेरो खाना खाइरहेका छैनौ। हामी त एक-अर्कासँग सहकार्य मात्रै गरिरहेका छौँ। म तिमीहरूलाई सङ्गति दिनुपर्ने सत्यताहरू सङ्गति गर्छु ताकि तिमीहरूले ती कुरा बुझ्न सक, र तिमीहरू सही मार्गमा हिँड्न सक, अनि त्यसबाट मेरो हृदय ढुक्क हुन्छ—मेरो जिम्मेवारी र दायित्व पूरा भएको हुन्छ। यो पारस्परिक सहकार्य हो, जसमा सबैले आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन्। यो कसले कसलाई शोषण गरिरहेको छ, कसले कसलाई प्रयोग गरिरहेको छ, कसले कसलाई खाना दिएको छ भन्‍ने कुरा होइन। त्यस्तो व्यहोरा नदेखाओ—यसो गर्नु व्यर्थ छ, र यो घिनलाग्दो कुरा हो। साँच्‍चै नै राम्ररी काम गर्, त्यसले गर्दा सबैले देख्नेछन्, र अन्त्यमा, परमेश्‍वरको नजरमा तँ हिसाब-किताब बुझाउन राम्रो स्थितिमा हुनेछस्। के ख्रीष्टविरोधीहरूमा त्यस्तो समझ हुन्छ? हुँदैन। यदि तिनीहरूले थोरै जिम्मेवारी लिए, थोरै योगदान दिए, र केही काम गरेका छन् भने, तिनीहरूले यसको धाक दिन्छन्, जुन साँच्‍चै नै घिनलाग्दो हुन्छ—तिनीहरू ब्रान्ड एम्बेसेडर बन्‍न समेत चाहन्छन्। यदि तैँले ब्रान्ड एम्बेसेडर बन्‍ने कोसिस गरिनस्, र तँ केही वास्तविक काममा लागिस् भने, सबै जनाले तँलाई केही आदर गर्नेछन्। यदि तैँले ब्रान्ड एम्बेसेडरको हाउभाउ अपनाउँछस्, तर तैँले कुनै ठोस काम गर्न सक्दैनस्, र माथिले सबै कामको बारेमा चिन्ता गर्नुपर्छ र व्यक्तिगत रूपमा सबै कामको बारेमा निर्देशन दिनुपर्छ, र तँलाई सुपरिवेक्षण गरेर र मार्गदर्शन दिएर अनुगमन गर्नुपर्छ, र कामको हरेक पक्ष माथिले नै गर्नुपर्छ भने, अनि यदि तैँले अझै आफूलाई सक्षम ठान्छस्, तँ अझै सिपालु बनेको छस्, यो सबै तैँले नै गरेको होस् भन्‍ने सोच्छस् भने—के त्यो लाजमर्दो कुरा होइन र? ख्रीष्टविरोधीहरूले यस्तो गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरको महिमा लुट्छन्। सामान्य मानिसहरूले केही कुरा अनुभव गरेका छन् भने, तिनीहरूले थोरै भए पनि सत्यता बुझ्छन्, र यो कुरा देख्न सक्छन्, “मेरो क्षमता अत्यन्तै कमजोर छ—म केही पनि होइन। माथिले वास्ता र सुपरिवेक्षण गरेन भने, मलाई सहयोग गर्न मेरो हात थामिदिएन भने, मैले केही गर्न सक्‍नेथिइनँ। म त कठपुतली मात्र रहेछु। अब मैले आफूलाई अलि चिनेको छु। मलाई मेरो सीमितता थाहा छ। यदि भविष्यमा माथिले मलाई फेरि काटछाँट गर्‍यो भने ममा कुनै गुनासो हुनेछैन। म चुपचाप समर्पित हुनेछु।” आफ्नो सीमितता थाहा पाएपछि, तैँले सुशील रूपमा र धरातलमा बसेर आफ्नो काम गर्नेछस्। माथिले तँलाई जे अह्राए पनि, तैँले यसलाई राम्रोसँग, आफ्नो सारा हृदय र शक्ति लगाएर गर्नेछस्। के ख्रीष्टविरोधीहरूले गर्ने यही नै हो? अहँ, होइन—तिनीहरूले परमेश्‍वरको घरका हितहरू, वा परमेश्‍वरको घरको कामको बारेमा विचार गर्दैनन्। परमेश्‍वरको घरको सबैभन्दा ठूलो हित के हो? के मण्डलीको सम्पत्ति हो? के परमेश्‍वरलाई चढाइएको भेटी हो? होइन। त्यसोभए के हो त? हरेकले आफ्नो कर्तव्य निर्वाह गर्दा त्यो कामको कुन पक्षमा केन्द्रित हुन्छ? सुसमाचार फैलाउनु र परमेश्‍वरको गवाही दिनु, ताकि सारा मानवजाति परमेश्‍वरलाई बुझेर उहाँकहाँ फर्कून्। परमेश्‍वरको घरको सबैभन्दा ठूलो हित यही हो। अनि त्यो सबैभन्दा ठूलो हित तलतिर फैलँदै जान्छ, र हरेक समूह र कामको हरेक पक्षमा विभाजित हुन्छ, त्यसपछि अझ मिहिन रूपमा विभाजन भएर हरेक व्यक्तिले निर्वाह गर्ने विभिन्‍न कर्तव्यहरूमा पुग्छ। परमेश्‍वरको घरको हित यही हो। के तिमीहरूले यसअघि यो कुरा देखेका छौ? अहँ, छैनौ! मैले परमेश्‍वरको घरका हितहरूका बारेमा कुरा गर्दा, तिमीहरूले ती पैसा, घर, र कारहरू हुन् भन्‍ने सोच्छौ। ती कस्ता प्रकारका हितहरू हुन्? ती त केही भौतिक वस्तु मात्र होइनन् र? के त्यसपछि कतिपय मानिसहरूले, “ती हितहरू होइनन् भने हामी तिनलाई आफूले चाहे अनुसार फजुलमा उडाऔँ” भन्छन्? के त्यो ठीक हो? (होइन।) अवश्य नै होइन! भेटीहरू फजुलमा उडाउनु गम्भीर पाप हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्