विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक) खण्ड चार

ख्रीष्टविरोधीको सारको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै क्रूर हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै क्रूर हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको सब थोक र मण्डलीको सम्पत्ति लिएर आफैसँग राख्छन्, र ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूको नियन्त्रणमा हुनुपर्छ, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्‍नो अनुभवात्मक गवाही सुनाउन सक्‍ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने, र सत्यता सङ्गति गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्‍नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममाथि पूरै हिलो छयाप्‍ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। यदि यी मानिसहरू कहिल्यै नकारात्मक बन्दैनन् र आफ्नो कर्तव्य पूरा गरिरहन, आफ्नो गवाहीबारे बोलिरहन, र अरूलाई साथ दिइरहन सक्षम हुन्छन् भने, ख्रीष्टविरोधीहरू आफ्नो अन्तिम उपायतिर लाग्नेछन्, त्यो हो तिनीहरूको गल्ती कोट्याउनु र तिनीहरूलाई निन्दा गर्नु, वा फसाउनु र तिनीहरूलाई सास्ती दिन झूटा कारणहरू बनाउनु, र अन्त्यमा तिनीहरूलाई मण्डलीबाट निकाल्नु। त्यसपछि मात्र ख्रीष्टविरोधीहरूलाई पूर्ण आराम मिल्छ। ख्रीष्टविरोधीहरूको सबैभन्दा अन्तर्घाती र दुर्भावपूर्ण कुरा यही हो। तिनीहरूलाई सबभन्दा बढी डर र चिन्ता सत्यता पछ्याउने र साँचो अनुभवात्मक गवाही भएका मानिसहरूको हुन्छ, किनभने यस्तो गवाही भएका मानिसहरूलाई नै परमेश्‍वरका चुनिएका मानिसहरूले सबभन्दा बढी अनुमोदन र समर्थन गर्छन्, न कि शब्द र धर्मसिद्धान्तहरूबारे खोक्रो बकबक गर्नेहरूलाई। ख्रीष्टविरोधीहरूमा साँचो अनुभवात्मक गवाही हुँदैन, न त तिनीहरू सत्यता अभ्यास गर्न नै सक्छन्; बढीमा, तिनीहरू मानिसहरूको चापलुसी गर्नका लागि केही असल कुरा गर्न सक्षम हुन्छन्। तर तिनीहरूले जति नै असल कुरा गरे पनि वा जति नै मिठा कुरा गरे पनि, यी कुरा असल अनुभवात्मक गवाहीले मानिसलाई दिन सक्ने लाभ र फाइदाको दाँजोमा आउँदैनन्। परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्नेहरूले प्रदान गरेको भरणपोषण र मलजलका प्रभावहरूको विकल्प कुनै कुरा हुन सक्दैन। त्यसैले, जब ख्रीष्टविरोधीहरू कसैले आफ्नो अनुभवात्मक गवाहीबारे बोलेको देख्छन्, तब तिनीहरू आँखा तरेर हेर्छन्। तिनीहरूको हृदयमा आक्रोशको ज्वाला बल्छ, घृणा पैदा हुन्छ, र तिनीहरू वक्तालाई चुप पार्न र थप केही बोल्न नदिन व्यग्र हुन्छन्। यदि उनीहरूले बोल्न जारी राखेमा, ख्रीष्टविरोधीहरूको प्रतिष्ठा पूर्ण रूपमा बरबाद हुनेछ, तिनीहरूको कुरूप अनुहार पूर्ण रूपमा सबैले देख्ने गरी पर्दाफास हुनेछ, त्यसैले ख्रीष्टविरोधीहरू गवाही दिइरहेको व्यक्तिलाई बाधा दिने र दबाउने निहुँ खोज्छन्। ख्रीष्टविरोधीहरू आफूलाई मात्र शब्द र धर्मसिद्धान्तद्वारा मानिसलाई भ्रममा पार्न अनुमति दिन्छन्; तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाही दिएर परमेश्‍वरको महिमा गाउन दिँदैनन्, यसले ख्रीष्टविरोधीहरू सबभन्दा बढी कस्ता मानिसलाई घृणा गर्छन् र कस्ता मानिसदेखि डराउँछन् भन्ने कुरा देखाउँछ। जब कसैले अगाडि आएर थोरै काम गर्छ, वा जब कसैले साँचो अनुभवात्मक गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्‍वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाह र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्छन् र दबाउँछन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्‍नो हैसियतमा चुनौती दिनबाट रोक्‍नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। सत्यता वास्तविकता भएका मानिसहरू ख्रीष्टविरोधीहरूकै अगाडि ख्रीष्टविरोधीहरूको दरिद्रता, दुर्दशा, कुरूपता, र दुष्टतालाई जोड दिने र प्रकाश पार्ने गर्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले सहकर्मी वा कामको साथी रोज्दा, सत्यता वास्तविकता भएको, आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने र इमानदार वा सत्यता अभ्यास गर्न सक्ने मानिसलाई कहिल्यै रोज्दैनन्। यिनीहरू ख्रीष्टविरोधीहरूले सबभन्दा बढी डाहा र घृणा गर्ने मानिस हुन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूका आँखाका कसिङ्गर हुन्। सत्यता अभ्यास गर्ने यी मानिसहरूले जति नै असल वा परमेश्‍वरको घरको कामका लागि लाभदायक कुरा गरे पनि, ख्रीष्टविरोधीहरूले यी कार्यहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्नेछन्। तिनीहरू आफूलाई उच्च पार्ने र अरूलाई होच्याउने माध्यमको रूपमा तथ्यहरू बङ्ग्याएर राम्रा कुराहरूको श्रेय लिने र खराब कामहरूको दोष अरूमाथि थोपर्ने समेत गर्छन्। ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने र आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने मानिसहरूलाई धेरै डाहा र घृणा गर्छन्। तिनीहरू मानिसहरूले आफ्नो हैसियत खतरामा पार्नेछन् भनेर डराउँछन्, त्यसैले ती मानिसहरूलाई आक्रमण र बहिष्कार गर्न सक्ने जति सबै गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूसँग सम्पर्क गर्न वा उनीहरूको नजिक पर्न, वा आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने यी मानिसहरूलाई समर्थन र प्रशंसा गर्न रोक्छन्। यसले नै ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति अर्थात् सत्यतादेखि वितृष्ण हुने र परमेश्‍वरलाई घृणा गर्ने प्रकृतिलाई सबभन्दा बढी प्रकाश गर्छ। त्यसैले पनि यसले के प्रमाणित गर्छ भने ख्रीष्टविरोधीहरू मण्डलीका दुष्ट प्रतिगामी हुन्, र मण्डलीको काममा बाधा पुऱ्याउने र परमेश्‍वरको इच्छामा अवरोध खडा गर्ने मुख्य दोषी हुन्। यति मात्र होइन, ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायः झूटहरू रच्‍छन् र तथ्यहरूलाई बङ्ग्याउँछन्, साथै आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने मानिसहरूलाई होच्याउँछन् र निन्दा गर्छन्। ती मानिसहरूले जस्तोसुकै काम गरे पनि, ख्रीष्टविरोधीहरूले उनीहरूलाई बहिष्कार गर्ने र दमन गर्ने बहाना खोज्छन्, र उनीहरू अहङ्कारी र आत्मधर्मी छन्, उनीहरूलाई धाक लगाउन मन पर्छ, र उनीहरूले महत्त्वाकाङ्क्षा बोकेका हुन्छन् भन्दै उनीहरूको आलोचना गर्छन्। वास्तवमा, यी मानिसहरूसँग केही अनुभवात्मक गवाही हुन्छ र उनीहरूसँग केही सत्यता वास्तविकता हुन्छ। उनीहरूमा तुलनात्मक रूपमा राम्रो मानवता हुन्छ, विवेक र समझ हुन्छ, र उनीहरू सत्यतालाई स्विकार्न सक्छन्। अनि उनीहरूमा केही कमीकमजोरीहरू, त्रुटिहरू, र कहिलेकाहीँ भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन सक्‍ने भए पनि, उनीहरूले आत्मचिन्तन र पश्चात्ताप गर्न सक्छन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू, र परमेश्‍वरद्वारा सिद्ध पारिने आशा भएका मानिसहरू यिनीहरू नै हुन्। समग्रमा, यी मानिसहरू कर्तव्य पूरा गर्नका लागि उपयुक्त हुन्छन्। उनीहरूले कर्तव्य निर्वाह गर्ने आवश्यकताहरू र सिद्धान्तहरू पूरा गर्छन्। बरु ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, “म कुनै हालतमा यो कुरा सहनेवाला छैनँ। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न र मसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा लोकप्रिय छस्, र तँ मैले भन्दा बढी लगनशीलताका साथ सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र तैँले मेरो श्रेय खोसिस् भने, त्यसपछि मैले के गर्ने?” के तिनीहरू परमेश्‍वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्। तिनीहरू केको बारेमा सोच्छन्? तिनीहरू आफ्‍नो हैसियत कसरी कायम राख्‍ने त्यो मात्रै सोच्छन्। ख्रीष्टविरोधीहरू आफूले वास्तविक काम गर्न नसक्‍ने कुरा थाहा भएर पनि, सत्यताको खोजी गर्ने राम्रो क्षमता भएका मानिसहरूलाई संवर्धन वा प्रवर्धन गर्ने गर्दैनन्; तिनीहरूले प्रवर्धन गर्ने मानिसहरू त केवल तिनीहरूको चापलुसी गर्ने, अरूको आराधना गर्न तयार हुने, हृदयदेखि तिनीहरूलाई अनुमोदन र प्रशंसा गर्ने, चिप्‍लो घस्‍ने, सत्यताको बुझाइ नभएका र खुट्ट्याउने क्षमता नभएकाहरू हुन्। ख्रीष्टविरोधीहरूले आफ्नो सेवा गराउन, आफ्‍नो लागि दौडधूप गराउन, हरेक दिन आफ्‍नो अघिपछि लाग्‍न यी मानिसहरूलाई आफ्‍नो पक्षमा बढुवा गर्छन्। यसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा शक्ति दिन्छ, र धेरै मानिसहरूलाई तिनीहरूको नजिक जाने, र तिनीहरूलाई पछ्याउने तुल्याउँछ, र कसैले पनि तिनीहरूलाई चिढ्याउने आँट गर्दैन। ख्रीष्टविरोधीहरूले संवर्धन गर्ने ती सबै मानिसहरू सत्यता नपछ्याउने मानिसहरू हुन्छन्। यिनीहरूमध्ये धेरैजसोमा आत्मिक बुझाइको कमी हुन्छ र नियम पालना गर्ने बाहेक यिनीहरूलाई केही आउँदैन। यिनीहरू प्रचलन र शासकहरूको पछि लाग्‍न मन पराउँछन्। यिनीहरू मालिक शक्तिशाली भएपछि साहस पाउनेहरू, अर्थात् अन्योलमा परेका मानिसहरूको झुण्ड हुन्। गैरविश्‍वासीहरूको त्यो भनाइ कस्तो पो छ? खराब मानिसको पूज्य पूर्वज बन्‍नुभन्दा असल मानिसको नोकर बन्‍नु नै राम्रो हुन्छ। ख्रीष्टविरोधीहरूले यसको ठ्याक्कै उल्टो काम गर्छन्—तिनीहरू त्यस्ता मानिसहरूको पूज्य पूर्वजझैँ व्यवहार गर्छन्, र उनीहरूलाई तिनीहरूको झन्डा फहराउने र जयजयकार गर्ने मानिसका रूपमा संवर्धन गर्ने प्रयास गर्छन्। जबजब मण्डलीमा ख्रीष्टविरोधीले शक्ति पाउँछ, तबतब उसले सधैँ अन्योलमा परेका मानिसहरू र अन्धो भएर यताउती गर्नेहरूलाई आफ्नो सहयोगीको रूपमा आकर्षित गर्छ, जबकि सत्यता बुझ्‍न र अभ्यास गर्न सक्‍ने, र काम वहन गर्न सक्‍ने क्षमतावान् मानिसहरूलाई, विशेष गरी वास्तविक काम गर्न सक्‍ने अगुवा र कामदारहरूलाई भने बहिष्कार र दमन गर्छ। यसरी, मण्डलीमा दुई वटा गुटहरू निर्माण हुन्छन्: एउटा गुटमा तुलनात्मक रूपमा इमानदार मानवता भएका, साँचो हृदयले आफ्नो कर्तव्य पूरा गर्ने, र सत्यता पछ्याउने मानिसहरू हुन्छन्। अर्को गुटमा अन्योलमा परेका र अन्धाधुन्ध मूर्खतापूर्ण काम गर्ने अनि ख्रीष्टविरोधीद्वारा नेतृत्व गरिएका मानिसहरूको समूह हुन्छ। यी दुई वटा गुटहरू जबसम्‍म ख्रीष्ट-विरोधीहरूलाई प्रकाश गरेर हटाइँदैन तबसम्‍म एक-अर्कासँग लडिरहनेछन्। ख्रीष्टविरोधीहरू सधैँ साँचो हृदयले आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने मानिसहरूसँग झगडा गर्छन् र उनीहरूको विरुद्धमा काम गर्छन्। के यसले मण्डलीको काममा गम्भीर रूपमा बाधा दिँदैन र? के यसले परमेश्‍वरको काममा अवरोध र बाधा ल्याउँदैन र? के ख्रीष्टविरोधीहरूको यो शक्ति मण्डलीमा परमेश्‍वरको इच्छालाई अघि बढाउनबाट रोक्ने बाधा र अड्चन होइन र? के यो परमेश्‍वरको विरोध गर्ने दुष्ट शक्ति होइन र? ख्रीष्टविरोधीहरू किन यसरी व्यवहार गर्छन्? किनभने, तिनीहरूको विचारमा, यो प्रस्ट हुन्छ कि यदि यी सकारात्मक पात्रहरू खडा भएर अगुवा र कामदार बने भने, उनीहरू ख्रीष्टविरोधीहरूका प्रतिस्पर्धीहरू हुन्छन्; उनीहरू ख्रीष्टविरोधीहरूका विरोधी शक्ति हुन्छन्, र उनीहरूले ख्रीष्ट-विरोधीहरूका शब्दहरू पटक्‍कै सुन्दैनन् वा तिनीहरूको आज्ञापालन गर्दैनन्; उनीहरूले ख्रीष्टविरोधीहरूको हरेक आज्ञा पटक्‍कै पालन गर्दैनन्। यी मानिसहरू नै ख्रीष्टविरोधीहरूको हैसियतलाई चुनौती दिनका लागि पर्याप्त हुनेछन्। ख्रीष्टविरोधीहरूले यी मानिसहरूलाई देख्दा, तिनीहरूको हृदयमा घृणा पैदा हुन्छ; यदि तिनीहरूले यी मानिसहरूलाई बहिष्कार र पराजित गरेर उनीहरूको नाम बरबाद गरेनन् भने तिनीहरूको हृदय शान्त र ढुक्क हुनेछैन। त्यसकारण, तिनीहरूले आफ्नो शक्तिको संवर्धन गर्न र आफ्नो स्तरलाई दह्रिलो बनाउनतर्फ तुरुन्तै काम गर्नुपर्छ। यसरी, तिनीहरूले परमेश्‍वरका चुनिएका अझै धेरै मानिसहरूलाई नियन्त्रण गर्न सक्छन्, र सत्यता पछ्याउने दुईचार जना मानिसहरूले तिनीहरूको हैसियतलाई खतरामा पार्छन् भन्‍ने बारेमा फेरि कहिल्यै चिन्ता गर्नु पर्दैन। ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नै शक्ति निर्माण गर्छन्, तिनीहरूको कुरा सुन्‍ने, आज्ञापालन गर्ने, र तिनीहरूसँग चापलुसी गर्ने मानिसहरूलाई हातमा लिन्छन्, र कामको हरेक पक्षको कार्यभारी बनाएर बढुवा दिन्छन्। के यसो गर्नु परमेश्‍वरको घरको कामका लागि फाइदाजनक हुन्छ? हुँदैन। यो फाइदाजनक नहुने मात्र होइन, यसले मण्डलीको काममा अवरोध र बाधा पनि सिर्जना गर्छ। यदि यो दुष्ट शक्तिले आधाभन्दा बढी मानिसहरूलाई आफ्नो पक्षमा लिएको छ भने, यसले मण्डलीलाई ढाल्ने सम्भावना हुन्छ। किनभने मण्डलीमा सत्यता पछ्याउने मानिसहरू अल्पसङ्ख्यामा पर्छन्, जबकि श्रमिकहरूको सङ्ख्या र धित मरुञ्जेल खानका लागि मात्र आएका अविश्‍वासीहरूको सङ्ख्या कम्तीमा पनि आधा हुन्छ। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूले ती मानिसहरूलाई बहकाउने र आफूतिर आकर्षित गर्ने कार्यमा आफ्नो शक्ति केन्द्रित गरेमा, मण्डलीले अगुवाहरू निर्वाचित गर्दा स्वाभाविक रूपमा नै तिनीहरू अग्रस्थानमा आउँछन्। त्यसकारण, परमेश्‍वरको घरले सधैँ निर्वाचनको बेला, सत्यता स्पष्ट नभएसम्म त्यसबारे सङ्गति गर्नुपर्छ भनेर जोड दिन्छ। यदि तैँले सत्यतामा सङ्गति गरेर ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न र हराउन सकिनस् भने, ख्रीष्टविरोधीहरू मानिसहरूलाई बहकाएर अगुवाको रूपमा निर्वाचित हुन सक्छन्, र तिनीहरूले मण्डलीलाई कब्जामा लिएर नियन्त्रण गर्न सक्छन्। के त्यो खतरनाक कुरा हुनेथिएन र? यदि मण्डलीमा एक-दुई जना ख्रीष्टविरोधी देखा परे भने, यो डराउनुपर्ने कुरा हुनेथिएन, तर यदि ख्रीष्टविरोधीहरू शक्ति बने र तिनीहरूले निश्‍चित स्तरको प्रभाव हासिल गरे भने, त्यो डर मान्‍नुपर्ने कुरा हुनेछ। त्यसकारण, ख्रीष्टविरोधीहरूले त्यो स्तरको प्रभाव हासिल गर्नुभन्दा पहिले नै तिनीहरूलाई मण्डलीबाट उखाल्नुपर्छ र निष्कासित गर्नुपर्छ। यो काम सबैभन्दा उच्‍च प्राथमिकतामा पर्छ, र यो अत्यावश्यक हुन्छ। यसको साथै, मण्डलीका ती अविश्‍वासीहरू, विशेष गरी मानिसको आराधना र अनुसरण गर्ने प्रवृत्ति भएकाहरू, शक्तिको पछि लाग्‍न मन पराउनेहरू, दियाबलसहरूका मतियार र दाहिने हात बन्‍न मन पराउनेहरू, गुटबन्दी गर्न मन पराउनेहरू—तिनीहरू जस्ता अविश्‍वासी र दियाबलसहरूलाई तुरुन्तै निकाल्नुपर्छ। ती नीच मानिसहरूको भीडलाई मण्डलीमा बाधा दिने र नियन्त्रण गर्ने शक्ति निर्माण गर्नबाट रोक्ने तरिका त्यही मात्र हो। यो त्यस्तो कुरा हो जसलाई परमेश्‍वरका चुनिएका मानिसहरूले स्पष्ट रूपमा देख्‍नुपर्छ, र सत्यतालाई बुझ्नेहरूले यसको बोझ लिनुपर्छ। मण्डलीको कामको बोझ लिने, परमेश्‍वरका अभिप्रायहरूको ख्याल राख्ने सबै मानिसहरूले यी कुराहरूलाई तिनीहरू जस्ता छन् त्यस्तै रूपमा बुझ्नुपर्छ। तिनीहरूले विशेष गरी ख्रीष्टविरोधी वर्गका व्यक्तिलाई वास्तविक रूपमा चिन्नुपर्छ, साथै मानिसहरूलाई चापलुसी गर्न र आराधना गर्न मन पराउने साना दियाबलसहरूलाई चिन्नुपर्छ, अनि तिनीहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ कि त तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ। यस्तो अभ्यासको ठूलो आवश्यकता छ। ख्रीष्टविरोधीहरू जस्ता मानिसहरूले खास गरी त्यस्ता अन्योलमा परेका मानिसहरू, व्यर्थका काम नलाग्‍नेहरू, र दुष्ट मानिसहरूसँग—जो सत्यतालाई स्वीकार गर्दैनन् वा प्रेम गर्दैनन्—राम्रो सम्बन्ध स्थापित गर्न अघि सर्छन्। तिनीहरूले तिनीहरूको मन जित्छन् र निकै सद्भावपूर्ण रूपमा, घनिष्ठ रूपमा, र उत्साहको साथ तिनीहरूसँग “सहकार्य” गर्छन्। ती मानिसहरू कस्ता प्राणी हुन्? के तिनीहरू ख्रीष्टविरोधीहरूको समूहका सदस्य होइनन् र? यदि माथिले तिनीहरूको “पूज्य पूर्वज” लाई बर्खास्त गरेमा, यी कर्तव्यनिष्ठ सन्तानहरूले त्यो कुरा सहन सक्दैनन्—तिनीहरूले माथिलाई अनुचित भनी आलोचना गर्नेछन्, र एकजुट भएर ख्रीष्टविरोधीहरूको रक्षा गर्नेछन्। के परमेश्‍वरको घरले तिनीहरूलाई हाबी हुन दिन सक्छ? त्यसले ती सबैमाथि जाल थापेर तिनीहरूलाई निकाल्न मात्रै सक्छ। तिनीहरू ख्रीष्टविरोधीहरूको गिरोह हुन्, दुष्ट पिशाच हुन्, र तिनीहरूमध्ये एक जनालाई पनि छोड्नु हुँदैन। ख्रीष्टविरोधीहरू जस्ता मानिसहरूले विरलै एकलै काम गर्छन्; प्रायजसो, तिनीहरूले कम्तीमा पनि दुई-तीन जना मानिसहरूको समूह बनाएर काम गर्छन्। यद्यपि, केही व्यक्तिगत मामलाहरू हुन्छन्, जसमा ख्रीष्टविरोधीहरूले व्यक्तिगत रूपमा काम गर्छन्। किनभने तिनीहरूसँग कुनै प्रतिभा हुँदैन, वा सायद तिनीहरूले मौका पाएका हुँदैनन्। तर तिनीहरूको अरूसँग मिल्ने कुरा भनेको हैसियतप्रतिको विशेष प्रेम हो। तिनीहरूसँग कुनै सीप वा शिक्षा छैन भन्दैमा तिनीहरूले हैसियतलाई प्रेम गर्दैनन् भन्‍ने नसोच्। त्यो गलत हो। तैँले ख्रीष्टविरोधीको सारलाई स्पष्ट रूपमा देखेको छैनस्—कुनै व्यक्ति ख्रीष्टविरोधी हो भने, उसलाई हैसियत मन पर्छ। ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भन्‍ने देख्दा, तिनीहरूले आफ्नो चाकरी गराउन किन यस्ता अन्योलमा परेका मानिसहरूको समूह, फोहोर, र कुहिएका मानिसहरूलाई प्रशिक्षण दिन्छन्? के तिनीहरूले यी मानिसहरूसँग सहकार्य गर्ने उद्देश्य राखेका हुन्छन्? यदि तिनीहरूले साँच्‍चै नै तिनीहरूसँग सहकार्य गर्न सक्थे भने, “ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्” भन्‍ने अभिव्यक्ति मान्य हुनेथिएन। तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्—त्यो “कोही” भन्‍ने शब्दले मूलतः सकारात्मक मानिसहरूलाई जनाउँछ, तर ख्रीष्टविरोधीको स्वभावलाई ध्यानमा राख्दा, तिनीहरूले आफ्ना मतियारहरूसँग पनि सहकार्य गर्न सक्दैनन्। त्यसोभए, तिनीहरूले यी मानिसहरूलाई प्रशिक्षण दिएर के गरिरहेका हुन्छन्? तिनीहरू सजिलै हुकुम दिन, चालबाजी गर्न सकिने, आफ्नो स्वतन्त्र विचार नभएका, तिनीहरूले जे भने पनि गर्ने—ख्रीष्टविरोधीहरूको हैसियतको रक्षा गर्न सँगै अघि बढ्ने—अन्योलमा परेका मानिसहरूको समूहलाई प्रशिक्षण दिइरहेका हुन्छन्। यदि कुनै ख्रीष्टविरोधी आफूमा मात्रै भर पर्ने हो भने, ऊ एकलै हुनेथियो, र आफ्‍नो हैसियतको रक्षा गर्न उसलाई सजिलो हुनेथिएन। त्यसकारण तिनीहरूले अन्योलमा परेका मानिसहरूको एउटा समूहलाई आफ्नो पक्षमा लिन्छन् जसले हरेक दिन तिनीहरूका वरिपरि भेला भएर तिनीहरूको खातिर काम गर्छन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई समेत बहकाउँछन्: तिनीहरूले यी मानिसहरूले कसरी सत्यता पछ्याउँछन् र कसरी कष्ट भोग्छन् भन्‍ने बारेमा कुरा गर्छन्; तिनीहरूले उनीहरू संवर्धन गर्न लायक छन् भनेर भन्छन्; तिनीहरूले यो पनि भन्छन् कि यी मानिसहरूलाई समस्या पर्दा, तिनीहरूले उनीहरूसँग यसको बारेमा सोधपुछ गर्छन्, र उनीहरूलाई सोध्छन्—कि तिनीहरू सबै आज्ञाकारी र समर्पित मानिसहरू हुन्। के तिनीहरूले सहकार्य गरेर आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? ख्रीष्टविरोधीले आफ्नो हैसियतलाई बलियो बनाउनका निम्ति उसको लागि काम गर्ने, उसको दाहिने हात र मतियार बन्‍ने मानिसहरूको समूह खोजिरहेको हुन्छ। त्यो सहकार्य होइन—त्यो त आफ्नै उद्यममा लाग्नु हो। ख्रीष्टविरोधीहरूको शक्ति यस्तै हुन्छ।

तिमीहरू के भन्छौ, के अरूसँग सहकार्य गर्नु गाह्रो हुन्छ? वास्तवमा, गाह्रो हुँदैन। तिमीहरूले यो सजिलो छ भनेर समेत भन्‍न सक्छौ। तर पनि किन मानिसहरूलाई यो काम कठिन लाग्छ? किनभने तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ। मानवता, विवेक, र समझ भएका मानिसहरूका लागि, अरूसँग सहकार्य गर्नु तुलनात्मक रूपमा सहज हुन्छ, र तिनीहरूले यसबाट आनन्द पनि लिन सक्छन्। किनभने कुनै व्यक्तिको क्षेत्र जे भए पनि, र उसले जे गरिरहेको भए पनि, उसले एक्लै काम पूरा गर्न सहज हुँदैन, त्यसैले मार्गदर्शन गर्ने र मदत गर्ने व्यक्ति हुनु सधैँ राम्रो हुन्छ—यसरी काम गर्नु आफू एक्लैले गर्नुभन्दा धेरै सहज हुन्छ। यसको साथै, मानिसहरूको क्षमताले के गर्न सक्छ वा तिनीहरू आफैले के अनुभव गर्न सक्छन् भन्‍ने कुराको पनि सीमा हुन्छ। सबै विषयमा कोही पनि पोख्त हुन सक्दैन; एउटै व्यक्तिले सबै कुरा जान्‍नु, सबै कुरामा सक्षम हुनु, र सबै कुरा हासिल गर्नु असम्‍भव हुन्छ—त्यो असम्‍भव कुरा हो, र सबैमा यो कुराको समझ हुनुपर्छ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सधैँ सहायता गर्ने, मार्गदर्शन र सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही चाहिनेछ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्‍भावना कम हुने कुरा सुनिश्‍चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो। विशेष गरी, परमेश्‍वरको सेवा गर्नु वास्तवमै ठूलो कुरा हो, र तैँले आफ्नो भ्रष्ट स्वभावको समाधान नगर्दा त्यसले तँलाई खतरामा पार्न सक्छ! मानिसहरूमा शैतानी स्वभावहरू हुन्छन्, र तिनीहरूले कुनै पनि बेला र कुनै पनि स्थानमा परमेश्‍वरको विरुद्ध विद्रोह र विरोध गर्न सक्छन्। शैतानी स्वभावअनुसार जिउने मानिसहरूले परमेश्‍वरलाई कुनै पनि बेला इन्कार गर्न, विरोध गर्न, र विश्वासघात गर्न सक्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै मूर्ख हुन्छन्, तिनीहरूले यो बुझ्दैनन्, तिनीहरू सोच्छन्, “मलाई शक्ति प्राप्त गर्नका निम्ति धेरै समस्या भएको थियो, म किन यो अरूसँग बाँडूँ? यो अरूलाई दिनुको अर्थ म आफैसँग केही नहुनु हो, होइन र? मैले शक्तिविना कसरी मेरा प्रतिभा र क्षमताहरू प्रदर्शन गर्न सक्छु?” परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको कुरा शक्ति वा हैसियत होइन, कर्तव्य हो भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन। ख्रीष्टविरोधीहरू शक्ति र हैसियतलाई मात्र स्विकार्छन्, आफ्‍नो कर्तव्यलाई पन्छ्याउँछन्, अनि तिनीहरूले वास्तविक काम गर्दैनन्। यसको साटो, तिनीहरू ख्याति, प्राप्ति र हैसियत मात्र पछ्याउँछन्, अनि शक्ति खोस्न, परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, र हैसियतका लाभहरूमा लिप्त हुन मात्र चाहन्छन्। यसरी काम गर्नु धेरै खतरनाक हुन्छ—यो परमेश्‍वरको विरोध गर्नु हो! आफ्‍नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, प्राप्ति र हैसियत मात्रै पछ्याउने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्‍नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्‍नो जीवन आफै बरबाद गर्न सक्छन्। आज, अगुवा वा कामदारको रूपमा, तैँले परमेश्‍वरको सेवा गरिरहेको छस्, जुन साधारण कुरा होइन। तैँले कुनै व्यक्तिका लागि काम गरिरहेको छैनस्, त्यो त परै जाओस्, बिल तिर्न र हातमुख जोड्नको लागि पनि काम गरिरहेको छैनस्। बरु, तैँले मण्डलीमा आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको छस्। विशेष गरी परमेश्‍वरको आज्ञाबाट नै यो कर्तव्य आयो। त्यसैले यसलाई निर्वाह गर्नुको तात्पर्य के हो? यो हो कि तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरे पनि नगरे पनि, तँ त्यसका लागि परमेश्‍वरप्रति जवाफदेही हुनुपर्नेछ; अन्त्यमा, परमेश्‍वरलाई एउटा लेखा दिनैपर्छ, एउटा परिणाम निक्लिनैपर्छ। किनभने तैँले जे स्वीकार गरेको छस् त्यो परमेश्‍वरको आज्ञा हो, एउटा पवित्र जिम्‍मेवारी हो, र त्यसकारण यो जिम्मेवारी जति नै महत्त्वपूर्ण वा सानो भए पनि, यो गम्‍भीर कुरा हो। यो कति गम्‍भीर हुन्छ? यसले सानो परिमाणमा तैँले यो जीवनकालमा सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्‍वर तँलाई कुन दृष्टिले हेर्नुहुन्छ भन्ने कुरा समेट्छ। ठूलो परिमाणमा, यो प्रत्यक्ष रूपमा तेरा सम्भावनाहरू र भवितव्यसँग, र तेरो परिणामसँग सम्‍बन्धित हुन्छ; यदि तैँले दुष्टता गरिस् र परमेश्‍वरको विरोध गरिस् भने, तँलाई दोषी ठहराएर दण्डित गरिनेछ। तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्दा गर्ने सबै कुराको बारेमा परमेश्‍वरले लेखा राख्‍नुभएको हुन्छ, र यसलाई कसरी अङ्क दिने र मूल्याङ्कन गर्ने भन्‍नेबारेमा उहाँका आफ्‍नै सिद्धान्त र मापदण्डहरू हुन्छन्; परमेश्‍वर तेरो कर्तव्य निर्वाहको सम्पूर्णताका आधारमा तेरो परिणाम निर्धारित गर्नुहुन्छ। के यो गम्भीर कुरा हो? वास्तवमै हो! त्यसोभए, यदि तँलाई कुनै काम अह्राइयो भने, के यो तँ आफैले सम्हाल्नुपर्ने कुरा हो? (होइन।) त्यो काम तँ आफैले पूरा गर्न सक्‍ने कुरा होइन, तर यसका लागि तैँले जिम्मेवारी भने लिनुपर्छ। जिम्मेवारी तेरै हो; तैँले त्यो आज्ञा पूरा गर्नैपर्छ। यसले के कुरालाई छुन्छ? यसले सहकार्य, सेवामा कसरी सहकार्य गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्न कसरी सहकार्य गर्ने, आफूले पाएको आज्ञा पूरा गर्न कसरी सहकार्य गर्ने, परमेश्‍वरको इच्छा पालना हुने गरी कसरी सहकार्य गर्ने भन्‍ने कुरालाई छुन्छ। यसले यी कुराहरूलाई छुन्छ।

सामञ्‍जस्यपूर्ण सहकार्यमा धेरै कुरा समावेश हुन्‍छन्। यसमा कम्तीमा पनि, यी धेरै कुराहरूमध्ये एउटाचाहिँ अरूलाई बोल्न र विभिन्‍न सुझावहरू राख्‍न दिनु हो। यदि तँमा साँच्चै समझ छ भने, तैँले जुनै प्रकारको काम गरे पनि, पहिले सत्यता सिद्धान्तहरू खोज्न सिक्‍नुपर्छ, र तँ अरूका रायहरू माग्न अग्रसर पनि हुनुपर्छ। तैँले प्रत्येक सुझावलाई गम्भीरतापूर्वक लिइस् र त्यसपछि एकचित्त भएर समस्याहरू समाधान गरिस् भने, आधारभूत रूपमा सामञ्‍जस्यपूर्ण सहकार्यलाई पूर्णता दिनेछस्। यस तरिकाले, तैँले आफ्नो कर्तव्यमा एकदमै कम कठिनाइको सामना गर्नेछस्। जुनै समस्या आइपरे पनि, ती समाधान गर्न र सम्हाल्न सजिलो हुनेछ। यही नै सामञ्‍जस्यपूर्ण सहकार्यको प्रभाव हो। कहिलेकाहीँ, सानातिना मामिलाहरूमा विवादहरू हुन्छन्, तर जबसम्म यिनले काममा असर गर्दैनन्, ती समस्या बन्नेछैनन्। तथापि, महत्त्वपूर्ण मामिलाहरूमा र मण्डलीको कामसँग सम्बन्ध भएका प्रमुख मामिलाहरूमा, तैँले सर्वसम्मति कायम गर्नैपर्छ र तिनको समाधान भेट्टाउन सत्यताको खोजी गर्नैपर्छ। यदि अगुवा वा कामदारको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र त्यो सरकारी पद भएझैँ आफ्नो कर्तव्यमा रमाउँछस्, सधैँ तेरो हैसियतका लाभहरूमा लिप्त हुन्छस्, आफ्‍नै योजनाहरू बनाउँदै, सधैँ आफ्नै ख्याति, प्राप्ति र हैसियतको सोचविचार र उपभोग गर्दै, सधैँ आफ्नै उद्यममा संलग्न हुँदै, र सधैँ उच्‍च हैसियत प्राप्त गर्ने, अझ धेरै मानिसहरूलाई व्यवस्थापन र नियन्त्रण गर्ने, र उच्च पदमा बढुवा हुन खोज्नुले समस्या निम्त्याउँछ। सरकारी पद जस्तो महत्त्वपूर्ण कर्तव्यमा रमाउनु अत्यन्तै खतरनाक हुन्छ। यदि तँ सधैँ यस्तै व्यवहार गर्छस्, अरू कसैसँग सहकार्य गर्न चाहँदैनस्, आफ्नो शक्ति विकेन्द्रीकृत गर्न र अरू मानिसहरूसँग बाँड्न चाहँदैनस्, अरूले तँलाई उछिनून्, ओझेलमा पारून् भन्ने चाहँदैनस्, यदि तँ एक्लै शक्तिको आनन्द लिन मात्रै चाहन्छस् भने, तँ एक ख्रीष्टविरोधी होस्। तथापि, यदि तँ सत्यतालाई प्रायजसो खोजी गर्छस्, आफ्नो देह, मनसाय र विचारहरू विरुद्ध विद्रोह अभ्यास गर्छस्, र आफै अग्रसर भएर अरूसँग सहकार्य गर्न, अरूसित परामर्श र खोजी गर्नका लागि निष्कपट रूपमा मन खोलेर कुरा गर्न, अरूका विचार र सुझावहरू ध्यानपूर्वक सुन्‍न, र जोबाट आएको भए पनि सही र सत्यतासँग मिल्दो सल्लाह स्विकार्न सक्छस् भने, तैँले अभ्यास गरिरहेको तरिका बुद्धिमानी र सही छ, र यसले तँलाई गलत मार्ग लिनबाट जोगाउनेछ, र तेरा लागि सुरक्षा प्रदान गर्नेछ। तैँले अगुवाइका पदवीहरू त्याग्नैपर्छ, हैसियतको फोहोरी हावालाई त्याग्नैपर्छ, आफूलाई एक साधारण व्यक्तिका रूपमा व्यवहार गर्नैपर्छ, आफूलाई अरूको बराबर राख्‍नैपर्छ, र आफ्नो कर्तव्यका सन्दर्भमा एक जिम्मेवार मानसिकता राख्‍नैपर्छ। कार्य गर्ने सही तरिका यही हो। यदि तैँले आफ्नो कर्तव्यलाई सधैँ आधिकारिक उपाधि र हैसियत, वा एक प्रकारको कीर्ति ठान्छस्, र अरू मानिसहरूको काम तेरो पदका निम्ति काम र सेवा गर्नु हो भन्ने कल्पना गर्छस् भने, यो समस्याजनक कुरा हो, अनि परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछ र उहाँ तँदेखि विरक्तिनुहुनेछ। यदि तैँले आफू अरूसमान नै हुँ, आफूलाई परमेश्‍वरबाट थोरै बढी आज्ञा र जिम्मेवारी प्राप्त भएको मात्र हो भन्‍ने विश्‍वास गर्छस् भने, यदि तैँले आफूलाई तिनीहरूसँगको समान स्थानमा राख्‍न सिक्‍न सक्छस्, र अरू मानिसले के सोच्छन् भनेर सोध्‍नलाई झुक्‍नसमेत सक्छस् भने, र यदि तैँले तिनीहरूको कुरा गम्भीरतापूर्वक, ध्यानपूर्वक, र एकाग्रतापूर्वक सुन्‍न सक्छस् भने, तैँले अरूसित सामञ्‍जस्यपूर्ण रूपमा सहकार्य गर्न सक्नेछस्। यो सामञ्‍जस्यपूर्ण सहकार्यले कस्तो प्रभाव पार्नेछ? यसको प्रभाव ठूलो हुन्छ। तैँले आफूसित पहिला कहिल्यै नभएका कुराहरू प्राप्त गर्नेछस्, जुन सत्यताको ज्योति र जीवनका वास्तविकताहरू हुन्; तैँले अरूका गुणहरू पत्ता लगाउनेछस् र तिनीहरूका सबल पक्षबाट सिक्नेछस्। अर्को कुरा पनि छ: तँ अरू मानिसहरूलाई मूर्ख, मन्द-बुद्धिका, बेवकूफ, वा आफूभन्दा तुच्छ ठान्छस्, तर जब तँ तिनीहरूका विचारहरू सुन्छस्, वा अरू मानिसहरू तँसँग खुल्छन्, तब तैँले अनजानमै कोही पनि साधारण छैन, सबैसँग केही अद्वितीय विचारहरू हुन्छन्, र हरेक व्यक्तिमा केही प्रशंसनीय कुरा हुन्छ भनी पत्ता लगाउनेछस्। यदि तैँले अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सिकिस् भने, यसले तँलाई तिनीहरूका सामर्थ्यहरूबाट सिक्न मद्दत मात्रै गर्दैन, यसले तेरो अहङ्कार र आत्म-धार्मिकतालाई पनि प्रकट गर्न सक्छ, र तँलाई आफू चलाख छु भनी कल्पना गर्नबाट रोक्न सक्छ। जब तँ आफूलाई अरू सबैभन्दा चतुर र राम्रो छु भन्ठान्न छोड्छस्, तब यो आत्ममुग्ध र आत्मप्रशंसा गर्ने स्थितिमा जिउन छोड्नेछस्। अनि त्यसले तँलाई सुरक्षा दिनेछ, होइन र? अरूसँग सहकार्य गर्दा तैँले सिक्नुपर्ने पाठ र लिनुपर्ने लाभ यही हो।

मानिसहरूसँग व्यवहार गर्ने क्रममा, म धेरैजसो मानिसहरूले के भन्छन् भन्‍ने कुरालाई ध्यान दिएर सुन्छु। म सबै प्रकारका मानिसहरूलाई जाँच्ने, र तिनीहरूले बोलेको कुरा सुन्‍ने, र तिनीहरूले प्रयोग गर्ने भाषा र शैली अध्ययन गर्ने कार्यमा ध्यान दिन्छु। उदाहरणको लागि, तैँले प्रायजसो मानिसहरूमा थोरै मात्र शिक्षा हुन्छ, तर तिनीहरूसँग कुनै व्यवसायको सीप हुँदैन, त्यसकारण तिनीहरूसँग अन्तरक्रिया गर्नु आवश्यक छैन भन्‍ने मान्यता राख्थिस्। वास्तवमा, त्यो सही कुरा होइन। जब तँ यी मानिसहरूसँग, वा केही विशेष मानिसहरूसँग नै सम्पर्कमा आउँछस्, तब तैँले देख्‍न वा महसुस गर्न नसक्‍ने तिनीहरूको मनभित्रका गहिरा कुराहरूलाई बुझ्न सक्छस्—जस्तै तिनीहरूका विचार र दृष्टिकोणहरू जस्ता कुराहरू, जसमध्ये केही विकृत हुन्छन्, र केही उचित हुन्छन्। अवश्य नै, त्यो “उचितपन” सत्यताभन्दा निकै टाढा रहेको हुन सक्छ; सत्यतासँग यसको कुनै सम्बन्ध नहुन सक्छ। तर तैँले मानवताका अझै धेरै पक्षहरू जान्न सक्‍नेछस्। के त्यो तेरो लागि राम्रो कुरा होइन र? (हो।) अन्तर्ज्ञान भनेको त्यही हो; यो तेरो अन्तर्ज्ञानलाई बढाउने एउटा उपाय हो। कतिपयले यसो भन्‍न सक्छन्, “आफ्नो अन्तर्ज्ञान बढाएर के नै हुन्छ र?” यसले विभिन्‍न प्रकारका मानिसहरूबारे तेरो बुझाइका लागि, विभिन्‍न प्रकारका मानिसहरूबारे तेरो समझशक्ति र विश्लेषणका लागि, र अझ बढी विभिन्‍न प्रकारका मानिसहरूलाई सहयोग गर्ने तेरो क्षमताका लागि फाइदाजनक हुन्छ। धेरै काम गर्ने मार्ग यही हो। कतिपय मानिसहरू झूटो रूपमा आत्मिक हुन्छन् र तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “अहिले मैले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, म कार्यक्रमहरू वा समाचार सुन्दिनँ, र म अखबार पढ्दिनँ। म बाहिरी संसारसँग अन्तरक्रिया गर्दिनँ। सबै क्षेत्र र पेसाका सबै मानिसहरू दियाबलस हुन्!” त्यसोभए, तँ गलत छस्। यदि तँसँग सत्यता छ भने, के तँलाई अझै पनि दियाबलसहरूसँग अन्तरक्रिया गर्न डर लाग्छ? परमेश्‍वरले पनि कहिलेकहीँ आत्मिक क्षेत्रमा शैतानसँग व्यवहार गर्नुहुन्छ। के उहाँले यसका लागि आफूलाई परिवर्तन गर्नुहुन्छ? अलिकति पनि गर्नुहुन्‍न। तँलाई दियाबलसहरूसँग व्यवहार गर्न डर लाग्छ, र त्यो डरभित्र, एउटा समस्या हुन्छ। तैँले सत्यतालाई बुझ्दैनस्, तँसँग परमेश्‍वरमाथिको विश्‍वास र सत्यताप्रति अशुद्ध बुझाइ र दृष्टिकोण छ, तँसँग धेरै धारणा र कल्पनाहरू छन्, र तँ अत्यन्तै सिद्धान्तवादी छस् भन्‍ने कुरामा चाहिँ तैँले वास्तवमा डर मान्‍नुपर्छ। त्यसकारण, चाहे तँ कुनै अगुवा होस्, कामदार होस् वा समूह प्रमुख होस्, तँ जुनसुकै कामको लागि जिम्मेवार भए पनि र तैँले जुनसुकै भूमिका खेले पनि, तैँले अरूसँग सहकार्य गर्न र तिनीहरूसँग व्यवहार गर्न सिक्‍नैपर्छ। मानिसहरूलाई आफ्‍नो कुरा सुन्न लगाउनका लागि सुन्दा ठूला लाग्ने विचारहरू नबोल्, र सधैँ कुलीनताको नाटक नगर्। यदि तैँले सधैँ सुन्दा ठूला लाग्ने विचारहरू बोल्छस्, र तैँले कहिल्यै सत्यता अभ्यास गर्न, वा अरूसँग सहकार्य गर्न कहिल्यै सक्दैनस् भने, तैँले आफूलाई मूर्ख बनाइरहेको छस्। त्यसपछि त तँलाई कसले पो वास्ता गर्छ र? फरिसीहरूको पतन कसरी भयो? तिनीहरूले सधैँ धर्मशास्त्रीय सिद्धान्तहरू प्रचार गरिरहेका हुन्थे र सुन्दा ठूला लाग्ने विचारहरू फलाकिरहेका हुन्थे। तिनीहरूले यसो गर्दै जाँदा, तिनीहरूको हृदयमा परमेश्‍वर रहनुभएन—तिनीहरूले उहाँलाई इन्कार गरे, र मानिसका धारणा, व्यवस्था र नियमहरू समेत प्रयोग गरेर परमेश्‍वरलाई निन्दा गरे, विरोध गरे, र उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले दिनभरि बाइबल समात्थे, पढ्थे र अनुसन्धान गर्थे, र सजिलै धर्मशास्त्र वाचन गर्न सक्थे। अनि फलस्वरूप अन्त्यमा के भयो? तिनीहरूलाई परमेश्‍वर कहाँ हुनुहुन्छ, वा उहाँको स्वभाव के हो भन्‍ने थाहा थिएन, र उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको भए पनि, तिनीहरूले तिनलाई अलिकति पनि स्वीकार गर्दैनथे, बरु उहाँको विरोध र निन्दा गर्थे। के त्यो नै तिनीहरूको अन्त्य थिएन र? त्यसका परिणामहरू कस्ता थिए भन्‍ने कुरा तिमीहरूलाई स्पष्ट रूपमा थाहा छ। के परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासमा त्यस्ता भ्रमपूर्ण दृष्टिकोणहरू छन्? के तिमीहरू अरूप्रति खुला नभएको छैनौ र? (छौँ नि।) के तैँले म अरूप्रति खुला नभएको देख्छस्? म कहिलेकहीँ समाचार पढ्छु, र कहिलेकहीँ विशेष अतिथिहरूसँगका अन्तर्वार्ताहरू र त्यस्ता अन्य कार्यक्रमहरू हेर्छु; कहिलेकहीँ, म दाजुभाइ-दिदीबहिनीहरूसँग गफ गर्छु, र कहिलेकहीँ, म खाना पकाउने वा सरसफाइ गर्ने व्यक्तिसँग कुरा गर्छु। म आफूले भेट्ने जोसुकैसँग थोरै भए पनि बोल्छु। तैँले कुनै काम लिएको छस्, वा तँसँग केही विशेष प्रतिभा छ, वा तैँले एउटा विशेष मिसन लिएको छस् भन्दैमा, तँ अरूभन्दा विशेष छस् भन्‍ने नसोच्। त्यो गलत हो। तैँले आफूलाई अरूभन्दा विशेष ठान्‍ने बित्तिकै, त्यो गलत विचारले तँलाई थाहै नपाई पिँजडामा थुनेर राख्नेछ—त्यसले तँलाई बाहिरबाट फलाम र काँसाको पर्खाल लगाइदिनेछ। त्यसपछि तँलाई आफू सबैभन्दा माथि छु, तैँले अनेकथरिका कार्यहरू गर्नु हुँदैन, तैँले फलानो व्यक्तिसँग बोल्न वा कुराकानी गर्नु हुँदैन, तँ हाँस्‍न समेत मिल्दैन भन्‍ने लाग्‍नेछ। अनि अन्त्यमा के हुन्छ? तँ कस्तो व्यक्ति बन्छस्? (एकलिएको एकलकाँटे व्यक्ति।) तँ एकलिएको एकलकाँटे व्यक्ति बन्छस्। हेर् त, प्राचीन सम्राटहरूले सधैँ कसो भन्थे, “मै मात्र यस्तो छु”; “म मात्र यस्तो छु, त्यस्तो छु”; “मैले मात्र सोच्छु”—र सधैँ आफूलाई एकलो घोषणा गर्थे। यदि तैँले सधैँ आफूलाई एकलो घोषणा गर्छस् भने, तैँले आफूलाई कति महान् ठान्छस् होला? यति महान् कि तँ साँच्‍चै स्वर्गको पुत्र बनेको छस्? के तँ त्यही होस्? सारगत रूपमा, तँ एक साधारण व्यक्ति होस्। यदि तैँले आफूलाई सधैँ महान् र असाधारण ठान्छस् भने, तँ समस्यामा छस्। अवस्था झन् बिग्रिनेछ। यदि तैँले यस्तो गलत दृष्टिकोण बोकेर संसारसँग व्यवहार गरिस् र आफूलाई आचरणमा ढालिस् भने, तेरो काम गर्ने तरिका र माध्यमहरू परिवर्तन हुनेछन्—तेरा सिद्धान्तहरू परिवर्तन हुनेछन्। यदि तैँले आफूलाई सधैँ अलग ठान्छस्, आफू सबैभन्दा उच्च भएको, तैँले फलानो काम गर्न नमिल्ने, त्यस्ता कामकुरा गर्नु तेरो हैसियत र प्रतिष्ठाभन्दा तल हुने ठान्छस् भने, परिस्थितिहरू बिग्रिएका छैनन् र? (छन्।) तँलाई यस्तो लाग्‍नेछ, “मेरो जस्तो हैसियत भएको व्यक्तिले, अरूलाई सबै कुरा बताउनु हुँदैन!” “मेरो जस्तो हैसियत भएको व्यक्तिले, म विद्रोही हुँ भनेर भन्‍नु हुँदैन!” “मेरो जस्तो प्रतिष्ठा भएको व्यक्तिले अरूलाई मेरा कमजोरीहरू, त्रुटिहरू, गल्तीहरू, र शिक्षाको कमी जस्ता अपमानजनक कुराहरू बताउनु हुँदैन—मैले ती कुराहरूका बारेमा कसैलाई बिलकुलै थाहा दिनु हुँदैन!” त्यो थकाइलाग्दो कुरा हुनेछ, होइन र? (हो।) यदि तँ यस्तो थकाइलाग्दो तरिकाले जिइस् भने, के तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस्? (सक्दिनँ।) समस्या कहाँ पैदा हुन्छ? यो तेरो कर्तव्य र हैसियतप्रतिको तेरो दृष्टिकोणमा पैदा हुन्छ। तँ जति नै ठूलो “पदाधिकारी” भए पनि, तँ जुनसुकै पदमा भए पनि, तँ जति नै धेरै मानिसहरूको प्रभारी भए पनि, वास्तवमा, यो एउटा फरक कर्तव्य बाहेक केही पनि होइन। तँ अरूभन्दा फरक छैनस्। तैँले यसको वास्तविकतालाई देख्‍न सक्दैनस्, बरु सधैँ हृदयमा यस्तो महसुस गर्छस्, “यो फरक कर्तव्यको कुरै होइन—यो त प्रतिष्ठामा हुने भिन्‍नताको कुरा हो। म अरूभन्दा माथि हुनुपर्छ; मैले अरूसँग कसरी सहकार्य गर्न सक्छु? तिनीहरूले मसँग सहकार्य गर्दा पनि त हुन्छ—म चाहिँ तिनीहरूसँग सहकार्य गर्न सक्दिनँ!” यदि तँ सधैँ यस्तै सोचिरहेको हुन्छस्, सधैँ अरूभन्दा माथि हुन चाहन्छस्, सधैँ अरूको काँधमा टेकेर उभिन चाहन्छस्, तिनीहरूभन्दा माथि बसेर तिनीहरूलाई हेयको नजरले हेर्न चाहन्छस् भने, तँलाई मानिसहरूसँग सहकार्य गर्न सजिलो हुनेछैन। तैँले सधैँ यस्तो सोचिरहेको हुनेछस्, “त्यस व्यक्तिलाई के थाहा छ? यदि उसलाई कामकुरा थाहा भएको भए, दाजुभाइ-दिदीबहिनीहरूले उसलाई अगुवाको रूपमा छनौट गरेका हुनेथिए। त्यसोभए, तिनीहरूले मलाई नै किन रोजे? किनभने म ऊभन्दा अब्बल छु। त्यसकारण, मैले ऊसँग कुराहरूका बारेमा छलफल गर्नु हुँदैन। यदि गरेँ भने, यसको अर्थ म महान् छैन भन्‍ने हुन्छ। म महान् छु भन्‍ने प्रमाणित गर्नका लागि, मैले कामकुराबारे कसैसँग छलफल गर्नु हुँदैन। मसँग कामको बारेमा छलफल गर्न लायक कोही छैन—एक जना पनि छैन!” ख्रीष्टविरोधीहरूले यस्तै सोच्छन्।

मुख्यभूमि चीनमा, कम्युनिस्ट पार्टीले धार्मिक विश्‍वासलाई दबाउँछ। यो भयानक वातावरण हो। परमेश्‍वरका विश्‍वासीहरूले कुनै पनि बेला पक्राउ पर्ने खतराको सामना गर्छन्, त्यसकारण अगुवाहरू र कामदारहरू त्यति बारम्बार भेला हुँदैनन्। कहिलेकहीँ, तिनीहरूले महिनामा एक पटक पनि सहकर्मीहरूको भेला आयोजना गर्न सक्दैनन्; तिनीहरूले भेला हुनका लागि परिस्थितिले साथ नदिएसम्‍म, वा उपयुक्त ठाउँ नभेट्टाएसम्म पर्खन्छन्। त्यसोभए काम कसरी कार्यान्वयन गरिन्छ? जब कामका बन्दोबस्तहरू हुन्छन्, तब ती कुराहरू अरूकहाँ पुर्‍याउन कोही फेला पार्नैपर्छ। एक पटक, हामीले कामका बन्दोबस्तहरू क्षेत्रीय अगुवाकहाँ पुर्‍याउन नजिकैको एक जना भाइलाई फेला पार्‍यौँ। यो भाइ साधारण विश्‍वासी थियो, र जब उसले कामका बन्दोबस्तहरू पुर्‍यायो, तब क्षेत्रीय अगुवाले त्यो पढेर यसो भन्यो, “हत्तेरी। मैले यही अपेक्षा गरेको थिएँ।” उसले त्यो भाइको अगाडि के कुराको धाक लगाइरहेको थियो? उसले फाइँफुट्टी लगाइरहेको थियो, ताकि देख्‍नेले यसो भनोस्, “अहो, कति गरिमामय कुरो। कस्तो स्टायल!” त्यो त केही होइन—त्यस लगत्तै, उसले भन्यो, “तिनीहरूले मकहाँ कामका बन्दोबस्तहरू पुर्‍याउन पठाएको व्यक्ति यही हो? उसको स्तर नै मिल्दैन!” यसको अर्थ यो थियो: “म एउटा क्षेत्रीय अगुवा, एउटा महत्त्वपूर्ण अगुवा हुँ। मकहाँ यस्ता कुराहरू पुर्‍याउनका लागि कसरी साधारण विश्‍वासीलाई पठाइयो? के यो हद पार गरेको होइन र? माथिले मलाई साँच्‍चै नीच ठान्छ। म एउटा क्षेत्रीय अगुवा हुँ, त्यसकारण तिनीहरूले कम्तीमा पनि यो कुरा मकहाँ पुर्‍याउन एक जना जिल्‍ला अगुवा पठाउनुपर्थ्यो, तर तिनीहरूले सबैभन्दा तल्लो स्तरको र साधारण विश्‍वासीलाई यो काम गर्न लगाए—उसको स्तर नै मिल्दैन!” यो अगुवा त कस्तो व्यक्ति हो! यो पुर्‍याउने व्यक्तिको स्तर मिल्दैन भन्‍नलाई उसले आफ्नो हैसियतलाई कति धेरै मूल्यवान् ठानेको रहेछ? उसले आफ्नो पदलाई आफ्नो अख्तियार दाबी गर्ने बहानाको रूपमा लिन्छ। के ऊ दुष्ट चिज होइन र? (हो।) ऊ दुष्ट चिज हो, वास्तवमै हो। मण्डलीको काममा, के हामी वस्तुहरू पुर्‍याउन वा सूचनाहरू दिनका लागि पठाइने व्यक्ति रोजीछानी गर्छौँ? मुख्यभूमि चीन जस्तो वातावरणमा, दाजुभाइ-दिदीबहिनीहरूले वस्तुहरू पुर्‍याउन जाँदा यस्ता ठूला जोखिमहरूको सामना गर्छन्, तैपनि जब यो भाइ कामको बन्दोबस्त लिएर आइपुग्यो, तब उसलाई अगुवाले उसको स्तर मिल्दैन भनेर भन्यो, यसको तात्पर्य के थियो भने स्तर मिल्ने व्यक्ति, स्थान र हैसियतको हिसाबमा अगुवासँग मिल्ने व्यक्ति खोज्नुपर्छ, र अन्यथा गर्नु भनेको अगुवालाई हेला गर्नु हो—के त्यो ख्रीष्टविरोधीको स्वभाव होइन र? (हो।) यो ख्रीष्टविरोधीको स्वभाव हो। यो दुष्ट व्यक्तिले कुनै पनि वास्तविक काम गर्न सक्दैन, र ऊसँग कुनै सीप छैन, तैपनि उसले यस्ता मागहरू गर्छ—उसले अझै पनि हैसियतलाई यस्तो जोड दिन्छ। उसको मुख्य थेगो के हो? “उसको स्तर मिल्दैन।” ऊसँग जसले कुरा गरिरहेको भए पनि, उसले सुरुमा सोध्छ, “तिमी कुन स्तरको अगुवा हौ? सानो समूहको अगुवा? यहाँबाट गइहाल—तिम्रो स्तर नै मिल्दैन!” यदि माथिका ब्रदरले भेला आयोजना गरेको हो भने, उसले सधैँ अघि बढेर यसो भनिरहेको हुन्छ, “यो दाजु त मण्डली अगुवाहरूमध्ये सबैभन्दा ठूलो हो, र उनीपछि म आउँछु। उनी जहाँ बस्छन्, म स्तर अनुसार उनको छेउमा जान्छु।” उसको मनमा यो कुरा त्यति स्पष्ट हुन्छ। के त्यो लाजमर्दो कुरा होइन र? (हो।) यो अत्यन्तै लाजमर्दो कुरा हो—ऊसँग कुनै आत्म-सचेतना हुँदैन! ऊ कति निर्लज्ज हुन्छ? यति निर्लज्ज कि मानिसहरूले घिनाउँछन्। ऊसँग अगुवाको पद भए पनि, उसले के गर्न सक्छ? उसले त्यो काम कति राम्ररी गर्छ? उसले आफ्नो योग्यताको धाक लगाउनुअघि केही नतिजाहरू देखाउनुपर्छ—त्योचाहिँ उचित हुनेछ; त्यो तार्किक कुरा हुनेछ। तर उसले कुनै नतिजा हासिल नगरी, कुनै काम नगरी मानिसहरूलाई पद अनुसार छुट्याउँछ! अनि उसको पद के हो त? क्षेत्रीय अगुवाको रूपमा, उसले त्यति धेरै वास्तविक काम गरेको हुँदैन—ऊ यो दर्जाको योग्य हुँदैन। यदि मैले दर्जा अनुसार मानिसहरूलाई छुट्याउने हो भने, के मेरो नजिक कोही आउन सक्छ? सक्दैन। मानिसहरूसँग अन्तरक्रिया गर्दा के मैले दर्जाको आधारमा भिन्‍नता छुट्याएको देख्छौ? अहँ—मैले जसलाई भेटे पनि, सकेसम्म म ऊसँग अलिकति भए पनि बोल्छु, र समय मिलेन भने, म उसलाई अभिवादन मात्र गर्छु। तैपनि, यो ख्रीष्टविरोधीले त्यसरी सोच्दैन। उसले प्रतिष्ठा, हैसियत, र सामाजिक मूल्यलाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण, र आफ्नो जीवनभन्दा पनि बहुमूल्य देख्छ। के तिमीहरूले सँगै आफ्नो कर्तव्य निर्वाह गर्दा दर्जा अनुसार भिन्‍नता छुट्याउँछौ? कतिपय मानिसहरूले जे गर्दा पनि दर्जा अनुसार भिन्‍नता छुट्याउँछन्; जुनसुकै सानो कुरामा पनि, तिनीहरूले अरू मानिसहरू काम गर्दा र सूचनाहरू दिँदा आफ्नो दर्जाभन्दा बाहिर जान्छन् भन्ने गर्छन्। तिनीहरू कुन दर्जाभन्दा बाहिर गइरहेका हुन्छन्? पहिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्। तैँले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न वा कुनै पनि काम गर्न सक्दैनस्, तैपनि तैँले अझै पनि दर्जाको आधारमा भिन्‍नता छुट्याइरहेको हुन्छस्—तँलाई कसले त्यसो गर्न लगायो? दर्जाको आधारमा भिन्‍नता छुट्याउने बेला भइसकेको छैन। तैँले यो काम धेरै चाँडो गरिरहेको छस्; तँसँग कुनै आत्म-सचेतना छैन। कहिलेकहीँ हामी कुनै ठाउँमा जान्छौँ र कुनै समस्या समाधान गर्नलाई मानिसहरू भेट्छौँ। के हामी दर्जा अनुसार उपयुक्त मानिसहरूको खोजी गर्छौँ? हामी मूलतः त्यसो गर्दैनौँ। यदि तँ कामको प्रभारी होस् भने, हामी तँलाई खोज्दै जानेछौँ, र यदि तँ छैनस् भने, हामी अरू कोही खोज्नेछौँ। हामी दर्जाका आधारमा र उच्च वा निम्न हैसियतको आधारमा भिन्‍नता छुट्याउँदैनौँ। यदि कसैले आफै यस्ता भिन्‍नताहरू छुट्याउँछ भने, उसमा कुनै आत्म-सचेतना हुँदैन, र तिनीहरूले सिद्धान्तहरू बुझेका हुँदैनन्। यदि तैँले परमेश्‍वरको घरमा हैसियत, दर्जा, र पदका आधारमा गैरविश्‍वासीहरूले जस्तै मिहिन रूपमा भिन्‍नता छुट्याउँछस् भने, तँमा साँच्‍चै समझको कमी छ! तैँले सत्यता बुझ्दैनस्; तँमा धेरै कुराको कमी छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने कुरा बुझ्दैनस्।

हामीले भर्खरै अरूसँग सहकार्य गर्ने अभ्यासको बारेमा कुरा गरेका छौँ। के यो काम गर्न सजिलो छ? सत्यताको खोजी गर्न सक्‍ने, थोरै लाजको बोध भएको, र मानवता, विवेक, र समझ भएको जोकोही व्यक्तिले अरूसँग सहकार्यको अभ्यास गर्न सक्छ। कसैसँग सहकार्य गर्न नसक्ने मानिसहरू तिनै हुन् जोसँग मानवता हुँदैन, जो सधैँ हैसियतमाथि एकाधिकार राख्न चाहन्छन्, सधैँ आफ्नो मर्यादा, हैसियत, ख्याति, र प्राप्तिको बारेमा सोच्छन्। अवश्य नै, यो ख्रीष्टविरोधीहरूको एउटा मुख्य प्रकटीकरण हो: तिनीहरूले कसैसँग सहकार्य गर्दैनन्, न त कसैसँग सद्भावपूर्ण सहकार्य नै हासिल गर्न सक्छन्। तिनीहरूले त्यो सिद्धान्त अभ्यास गर्दैनन्। यसको कारण के हो? तिनीहरू शक्ति त्याग्‍न अनिच्छुक हुन्छन्; तिनीहरू आफूले छर्लङ्गै देख्‍न नसक्‍ने कुराहरू छन्, र आफूले परामर्श लिनुपर्ने कुराहरू छन् भनेर अरूलाई थाहा दिन अनिच्छुक हुन्छन्। तिनीहरूले मानिसहरूमा भ्रम छर्छन्, जसले गर्दा मानिसहरूले सोच्छन् कि तिनीहरूले गर्न नसक्‍ने केही छैन, तिनीहरूलाई थाहा नभएको कुरा केही छैन, तिनीहरू कुनै कुरामा अज्ञानी छैनन्, तिनीहरूसँग सबै जवाफहरू छन्, र तिनीहरूका लागि सबै कुरा गर्न सकिने, सम्भव, र हासिल गर्न सकिने हुन्छन्—तिनीहरूलाई अरूको आवश्यकता पर्दैन, न त अरूको सहयोग, स्मरण गराउने कुरा, वा सल्लाहको नै आवश्यकता पर्छ। एउटा कारण त्यही हो। त्यस बाहेक, ख्रीष्टविरोधीहरूको सबैभन्दा स्पष्ट स्वभाव के हो? अर्थात्, तिनीहरूको सम्पर्कमा आउँदा तिनीहरूको एक-दुई वटा वाक्यांश सुनेरै तैँले छर्लङ्गै देख्न सक्ने स्वभाव के हो? अहङ्कार। तिनीहरू कति अहङ्कारी हुन्छन्? बुद्धिहीनताको हदसम्म अहङ्कारी—कुनै मानसिक रोग जस्तै। उदाहरणका लागि, यदि तिनीहरूले एक घुट्को पानी पिए, र यसो गर्दा तिनीहरू राम्रा देखिए भने, तिनीहरूले यसलाई गर्व गर्ने कुराको रूपमा प्रस्तुत गर्नेछन्: “पानी पिउँदा म कस्तो राम्रो देखिन्छु हेर त।” तिनीहरू आफ्‍नो बारेमा फाइँफुट्टी लगाउन र धाक लगाउनमा असाध्यै सिपालु हुन्छन्; तिनीहरू अत्यन्तै निर्लज्ज र लज्जाहीन हुन्छन्। ख्रीष्टविरोधीहरू त्यस्तै हुन्छन्। तिनीहरूको दृष्टिकोणमा, तिनीहरू जति राम्रो कोही छैनन्। तिनीहरू धाक लगाउन निकै सिपालु हुन्छन्, र तिनीहरूमा पूर्ण रूपमा आत्म-सचेतनाको कमी हुन्छ। कतिपय ख्रीष्टविरोधीहरू निकै कुरूप हुन्छन्, तैपनि तिनीहरू अण्डाकार मुहार, बदाम जस्ता आँखा, र धनुष जस्ता आँखी भौँका कारण सुन्दर देखिने सोच्छन्। तिनीहरूमा यति थोरै आत्म-सचेतना समेत हुँदैन। ३०-४० वर्षको उमेर पुग्दासम्म, एउटा औसत व्यक्तिले आफ्नो रूप र क्षमताहरूको धेरथोर सही मूल्याङ्कन गरिसकेको हुन्छ। तर ख्रीष्टविरोधीहरूमा त्यस्तो चेतना हुँदैन। यसमा के समस्या लुकेको हुन्छ? तिनीहरूको अहङ्कारी स्वभावले सामान्य चेतनाको सीमा नाघेको हुन्छ। तिनीहरू कति अहङ्कारी हुन्छन्? तिनीहरू भ्यागुतो जस्ता देखिए पनि, राजहंस जस्तै देखिन्छु भनेर भन्छन्। यसमा, केही हदसम्म के हो र के होइन भनेर छुट्याउने अक्षमता, र कामकुरालाई उल्ट्याउने कुरा हुन्छ। यस्तो हदसम्मको अहङ्कार लाजमर्दो अहङ्कार हो; यसलाई दबाउनै सकिँदैन। जब साधारण मानिसहरूले आफ्नो रूपको बखान गर्छन्, तब तिनीहरूलाई यो कुरा भन्न नमिल्ने जस्तो लाग्छ र तिनीहरू लज्जित हुन्छन्। तिनीहरूले बोलिसकेपछि, तिनीहरू रातोपिरो हुन्छन् र दिनभरि लज्जित महसुस गर्छन्। ख्रीष्टविरोधीहरू रातोपिरो हुँदैनन्। तिनीहरू आफूले गरेका असल कामकुरा र आफूसँग भएका सबल पक्षहरूका लागि, तिनीहरू जे-जस्ता तरिकाले असल र अरूभन्दा सिपालु छन् त्यसका लागि आफ्नो प्रशंसा गर्छन्—यी शब्दहरू तिनीहरूको मुखबाट यसरी बग्छन्, मानौँ ती साधारण कुरा हुन्। तिनीहरू त लाज समेत मान्दैनन्! यो त हद, लाज, वा चेतनाभन्दा बाहिरको अहङ्कार हो। त्यसैले, ख्रीष्टविरोधीहरूको नजरमा, हरेक सामान्य व्यक्ति—विशेष गरी सत्यताको खोजी गर्ने, र सामान्य मानवताको विवेक र समझ, र सामान्य सोचाइ भएको हरेक व्यक्ति—सामान्यतामा पर्छ, उनीहरूसँग कुनै प्रतिभा हुँदैन, उनीहरू आफूभन्दा तल्लो स्तरका हुन्छन्, र उनीहरूमा तिनीहरूको सामर्थ्य र असल गुणको कमी हुन्छ। तिनीहरू अहङ्कारी हुने भएकाले र तिनीहरूले आफ्नो स्तरमा कोही हुँदैन भन्‍ने विश्‍वास गर्ने भएकाले—यस कारणले गर्दा, तिनीहरूले गर्ने कुनै पनि कुरामा, कसैसँग सहकार्य वा छलफल गर्न चाहँदैनन् भनेर भन्दा अतिशयोक्ति हुँदैन। तिनीहरूले प्रवचनहरू सुन्न, परमेश्‍वरका वचनहरू पढ्न, उहाँका वचनहरूको खुलासा देख्‍न सक्छन्, वा तिनीहरू कहिलेकहीँ काटछाँटमा पर्न सक्छन्, तर जे भए पनि, तिनीहरूले भ्रष्टता प्रकट गरेको र अपराध गरेको कुरा स्वीकार गर्दैनन्, अहङ्कारी र आत्मधर्मी छु भनेर स्वीकार गर्नु त परको कुरा हो। तिनीहरूले आफू साधारण क्षमता भएको साधारण व्यक्ति मात्रै भएको कुरा बुझ्न सक्दैनन्। तिनीहरूले त्यस्ता कुराहरू बुझ्न सक्दैनन्। तैँले तिनीहरूलाई जतिसुकै काटछाँट गरे पनि, तिनीहरूले अझै पनि तिनीहरूको क्षमता राम्रो छ, तिनीहरू साधारण मानिसहरूभन्दा माथि छन् भन्‍ने सोच्छन्। के यो आशाभन्दा बाहिरको कुरा होइन र? (हो।) यो आशाभन्दा बाहिरको कुरा हो। त्यो ख्रीष्टविरोधी हो। तिनीहरूलाई जतिसुकै काटछाँट गरे पनि, तिनीहरूले शिर झुकाएर आफू राम्रो नभएको, र आफू असक्षम भएको भनेर स्वीकार गर्न सक्दैनन्। तिनीहरूको दृष्टिकोणमा, आफ्ना समस्याहरू, गल्तीहरू, वा भ्रष्टतालाई स्वीकार गर्नु भनेको दोषी ठहरिनु, नष्ट हुनु जस्तै हुनेछ। तिनीहरूले सोच्ने तरिका यही हो। तिनीहरूले के सोच्छन् भने अरूले तिनीहरूका गल्तीहरू देख्‍ने बित्तिकै, वा तिनीहरूले आफ्‍नो क्षमता कमजोर छ र आफूमा आत्मिक बुझाइ छैन भन्‍ने कुरालाई स्विकार्ने बित्तिकै, तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा ऊर्जा गुमाउनेछन् र तिनीहरूलाई यो अर्थहीन लाग्नेछ, किनभने अबदेखि तिनीहरूको हैसियतको प्रत्याभूति हुनेछैन—तिनीहरूले आफ्नो हैसियत गुमाएका हुनेछन्। तिनीहरूले सोच्छन्, “हैसियत विना जिउनुको कुनै अर्थ छ र? योभन्दा त मर्नु नै राम्रो हुन्छ!” अनि यदि तिनीहरूसँग हैसियत छ भने, तिनीहरू आफ्नो अहङ्कारमा अदम्य हुन्छन्, अनियन्त्रित रूपमा खराब कामकुरा गर्न लागिपर्छन्; र यदि तिनीहरूले अवरोध सामना गरेर काटछाँटमा परे भने, तिनीहरू आफ्नो काम त्याग्‍न चाहन्छन्, साथै नकारात्मक र सुस्त बन्छन्। के तँ तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गरून् भन्‍ने चाहन्छस्? यसको बारेमा सोच्दा समेत नसोच्। तिनीहरूले के विश्‍वास गर्छन्? “तपाईँले मलाई एउटा पद दिनुहोस् र म आफै काम गर्छु, त्यसो गर्दा कसो होला? के तपाईँ मैले अरूसँग सहकार्य गरेको चाहनुहुन्छ? त्यो त असम्भव छ! मेरो लागि सहकर्मी नखोज्‍नुहोस्—मलाई सहकर्मी चाहिँदैन; मेरो सहकर्मी हुन कोही पनि योग्य छैन। नत्र मलाई प्रयोग नै नगर्नुहोस्—यो काम अरू कसैलाई गर्न लगाउनुहोस्!” यो कस्तो प्राणी हो? “नाइके एउटा मात्रै हुन सक्छ”—यो ख्रीष्टविरोधीहरूको मानसिकता हो, र यी तिनीहरूका प्रकटीकरणहरू हुन्। के यो आशाभन्दा बाहिरको कुरा होइन र? (हो।)

ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भन्‍ने पहिलो बुँदाको “सक्दैनन्” भन्‍ने शब्दमा के समावेश हुन्छ? तिनीहरूले कसैसँग सहकार्य गर्दैनन्, र तिनीहरूले अरूसँग सहकार्य हासिल गर्न सक्दैनन् भन्ने कुराहरू समावेश हुन्छन्—के यी यसका दुइटा प्रकारहरू होइनन् र? ख्रीष्टविरोधीहरूको सारले निर्धारित गरे अनुसार, यसमा यी दुई अर्थहरू समावेश छन्। मानिसहरूले तिनीहरूसँग मिलेर काम गर्न सके पनि, यसको सार साँचो सहकार्य होइन—उनीहरू पछाडिबाट तिनीहरूलाई साथ दिने, कामकाज गरिदिने र मामलाहरू मिलाउने नोकर मात्र हुन्। यसलाई सहकार्यको रूपमा अलिकति पनि मान्‍न सकिँदैन। त्यसोभए, “सहकार्य” लाई कसरी परिभाषित गरिन्छ? वास्तवमा, सहकार्यको अन्तिम उद्देश्य भनेको सत्यता सिद्धान्तहरू बुझ्नु, ती अनुसार काम गर्नु, हरेक समस्या समाधान गर्नु, सही निर्णयहरू गर्नु—विचलनमा नपरी सिद्धान्तहरूसँग मिल्ने निर्णयहरू गर्नु, र काममा हुने गल्तीहरूलाई न्यूनीकरण गर्नु हो, ताकि तैँले आफ्‍नो कर्तव्य मात्रै निर्वाह गर्छस्, आफूले चाहे अनुसार काम गर्दैनस्, र दङ्गा मच्चाउँदैनस्। ख्रीष्टविरोधीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनुको पहिलो प्रकटीकरण, तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भन्‍ने हो। कतिपयले यसो भन्‍न सक्छन्, “कसैसँग सहकार्य गर्न नसक्नु भनेको अरूलाई आफूप्रति मात्र समर्पित हुन लगाउनु जस्तो होइन।” कसैसँग सहकार्य गर्न नसक्नुको अर्थ तिनीहरूले कसैका कुरा सुन्दैनन् वा कसैसँग सुझाव माग्दैनन्—तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू वा सत्यता सिद्धान्तहरू समेत खोज्दैनन् भन्‍ने हुन्छ। तिनीहरू आफ्नै इच्छा अनुसार मात्रै काम र व्यवहार गर्छन्। यसमा के कुरा अन्तर्निहित छ? तिनीहरूको काममा शासन गर्नेहरू सत्यता वा परमेश्‍वर नभई तिनीहरू नै हुन्। त्यसकारण, तिनीहरूको कामको सिद्धान्त भनेको तिनीहरूले भनेको कुरा अरूलाई पालना गर्न लगाउनु हो, र आफूलाई सत्यताझैँ, वा परमेश्‍वरझैँ व्यवहार गर्न लगाउनु हो। के त्यसको प्रकृति त्यही होइन र? कतिपयले यसो भन्‍न सक्छन्, “यदि तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भने, सायद तिनीहरूले सत्यता बुझेका छन् र सहकार्य गर्नु आवश्यक छैन।” के यस्तै भइरहेको हुन्छ? कसैले सत्यतालाई जति बुझ्छ र अभ्यास गर्छ, उसले काम गर्दा त्यति नै धेरै स्रोतहरूबाट सोधपुछ र खोजी गर्छ। उसले हानिलाई कम गर्ने र गल्तीहरू हुने सम्भावनालाई कम गर्ने प्रयासमा, मानिसहरूसँग अझै धेरै छलफल र सङ्गति गर्छ। कसैले सत्यतालाई जति धेरै बुझ्छ, ऊसँग त्यति नै धेरै समझ हुन्छ, र ऊ अरूसँग सहकार्य गर्न त्यति नै इच्छुक र सक्षम हुन्छ। होइन र? अनि अरूसँग सहकार्य गर्न कुनै व्यक्ति जति कम इच्छुक र सक्षम छ—उसले अरू कसैको कुरा सुन्दैन, अरू कसैको सुझावलाई ख्याल गर्दैन, र कामकुरा गर्दा, परमेश्‍वरको घरका हितहरूलाई ख्याल गर्दैन र ऊ आफ्नो कार्य सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन भनेर खोजी गर्न अनिच्छुक हुन्छ—उसले त्यति नै कम सत्यताको खोजी गर्छ र यसलाई त्यति नै कम बुझ्छ। तिनीहरूले गल्तीवश के कुरामा विश्‍वास गर्छन्? “दाजुभाइ-दिदीबहिनीहरूले मलाई आफ्नो अगुवाको रूपमा चयन गरेका छन्; परमेश्‍वरले मलाई अगुवा बन्‍ने यो मौका दिनुभएको छ। त्यसकारण, मैले गर्ने सबै कुरा सत्यता अनुरूप हुन्छ—मैले जे गरे पनि, त्यो सही हुन्छ।” के यो गलतफहमी होइन र? तिनीहरूमा किन यस्तो गलतफहमी हुन्छ? एउटा कुरा निश्‍चित छ: त्यस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्। अनि अर्को कुरा: त्यस्ता मानिसहरूले सत्यतालाई बुझ्दै बुझ्दैनन्। यसमा कुनै शङ्का छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्