विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक) खण्ड तीन
ख्रीष्टविरोधीहरूले कसरी अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँछन् भन्ने कुराको विश्लेषण
आजको सङ्गति ख्रीष्टविरोधीहरूले प्रकट गर्ने विभिन्न तरिकाहरूका आठौँ बुँदामा आधारित छ: त्यो हो, तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए। के तिमीहरू यो बुँदा बुझ्न सक्षम छौ? सुरुमा तिमीहरूले यो बुँदाका कुन-कुन प्रकटीकरणहरू तिमीहरूले बुझेको कुरासँग मिल्न सक्छन् भन्ने बारेमा विचार गर। तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए—शाब्दिक अर्थ सहजै बुझिन्छ, तर त्यसभित्र धेरै स्थितिहरू, र केही प्रकारका मानिसहरूले प्रदर्शन गर्ने विभिन्न स्वभावहरू, वा ती विभिन्न स्वभावहरूले प्रदर्शन गर्ने विभिन्न व्यवहारहरू हुन्छन्। यो एउटा ठूलो विषय हो; हामीले यसका केही साना विशेषताहरूबाट यसको बारेमा सङ्गति गर्नुपर्नेछ। यस बुँदालाई यसको शाब्दिक अर्थ अनुसार व्याख्या गर्नका लागि, शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मानिसहरूले प्रायजसो यसो भन्छन्: “यसको अर्थ यावत् थोकमा तिनीहरूको कुरा सुन्नु हो—तिनीहरूले मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउँछन्, चाहे तिनीहरूले भनेको कुरा सत्यतासँग मेल नखाने नै किन नहोस्। जब तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्, तब तिनीहरूले अरूलाई ती कुरा सुन्न लगाउँछन्; जब तिनीहरूले एउटा वाक्यांश बोल्छन्, तब तिनीहरूले त्यो अरूलाई सुन्न लगाउँछन्। तिनीहरू सधैँ अरूलाई आदेश दिन, अरूलाई काम सुम्पन, र जबरजस्ती अरूलाई तिनीहरूको कुरा सुन्न लगाउन उन्मुख हुन्छन्।” यसको शाब्दिक अर्थको बारेमा थोरै कुरा गर्दा के तिनीहरूले प्रायजसो यसरी नै भन्ने गर्दैनन् र? अरू के छ? “तिनीहरूले सबै कुरामा आफू सही छु भन्ने सोच्छन्। तिनीहरूले सबैलाई तिनीहरूको कुरा सुन्न लगाउँछन्, र मानिसहरूलाई तिनीहरूले भनेको कुरामा समर्पित हुन लगाउँछन्, चाहे त्यो सत्यतासँग मेल नखाने नै किन नहोस्। तिनीहरूले आफूलाई सत्यता र परमेश्वरको रूपमा हेर्छन्, र तिनीहरूको पालना गर्दा, मानिसहरू सत्यता र परमेश्वरमा समर्पित भइरहेका हुन्छन्। त्यसको अर्थ यही हो।” यदि तिमीहरूले यस विषयमा बोलिरहेका थियौ भने, तिमीहरूले कसरी बोल्थ्यौ त्यस बारेमा विचार गर। यदि तिमीहरूले व्यक्तिगत रूपमा देखेको वा अनुभव गरेको कुराबाट सुरु गर्यौ भने, तिमीहरूले कुन तत्वबाट सुरु गर्नेथियौ? हामीले वास्तविकताको बारेमा कुरा गर्ने बित्तिकै, तिमीहरूसँग भन्नलाई केही हुँदैन। त्यसोभए के विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँगको सामान्य सङ्गतिमा तिमीहरूसँग पनि भन्नलाई केही कुरा हुँदैन? तिमीहरूले बोल्दै नबोली कसरी आफ्नो काम राम्ररी गर्न सक्छौ? सुरुमा यस प्रकटीकरणका केही ठोस उपाय र व्यवहारहरूका बारेमा कुरा गर। तिमीहरूले तीमध्ये कुन कुरालाई पहिले देखेका वा अवलोकन गरेका छौ? के तिमीहरूलाई कुनै सुराक छ? (जब म आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छु, तब ममा केही विचारहरू आउँछन् जुन निकै दह्रिला हुन्छन्, र म साँच्चै नै ती अनुसार काम गर्न चाहन्छु। मलाई मेरा ती सोचहरू असल र सही छन् भन्ने लाग्छ, र जब अरूले ती कुराहरूप्रति शङ्का गर्छन्, तब म यस विषयमा ढिलाइ गर्नु हुँदैन, यसलाई तुरुन्तै टुङ्गोमा पुर्याउनुपर्छ भन्छु। त्यसपछि, म आफूले गर्न चाहेकै काम जबरजस्ती गर्छु। अरूले खोजी गर्न चाहन्छन् होला, तर म तिनीहरूलाई समय दिन चाहन्नँ—म तिनीहरूले मेरा विचारहरू अनुसार काम गरून् भन्ने चाहन्छु।) त्यो ठोस प्रकटीकरण हो। अर्को कुरा कसले भन्नेछ? (म एक पटक कसैलाई बढुवा र संवर्धन गर्ने विषयमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरिरहेको थिएँ। वास्तवमा मैले त्यो व्यक्तिलाई बढुवा गर्ने मन बनाइसकेको थिएँ। मलाई मैले माथिबाट खोजी गरिसकेको छु, र तिनीहरूलाई बढुवा दिने कार्यमा कुनै समस्या छैन भन्ने लाग्यो। केही दाजुभाइ-दिदीबहिनीहरूले अझै पनि यस कुरालाई राम्ररी बुझेका थिएनन्, र हामीले किन त्यो व्यक्तिलाई बढुवा गर्नुपर्छ, सिद्धान्तहरू के-के हुन्, वा सत्यता के हो भन्ने बारेमा मैले सङ्गति गरिनँ—मैले केवल तिनीहरूलाई त्यो व्यक्ति कुन तरिकाले असल छ, उसलाई बढुवा गर्नु सिद्धान्तहरू अनुरूप छ भनेर जबरजस्ती बताएँ। मैले तिनीहरूलाई जबरजस्ती मेरो आज्ञापालन गर्न, र मैले गरिरहेको कुरा सही छ भन्ने कुरामा विश्वास गर्न लगाएँ।) तिमीहरू एक प्रकारका समस्याहरू, र एक प्रकारका स्थितिहरूको बारेमा कुरा गरिरहेका छौ, जुन समग्रमा यो विषयसँग मिल्छ। सत्यता सम्बन्धी तिमीहरूको बुझाइ यति सानो शाब्दिक बुझाइमा नै सीमित छ जस्तो देखिन्छ, त्यसकारण मैले यसको बारेमा सङ्गति गर्नुपर्छ। यदि तिमीहरूले यो बुँदालाई करिब-करिब बुझेका थियौ भने, हामी यसलाई छोडेर अर्को विषयमा सङ्गति गर्नेथियौँ। तर, हामीले अहिले नै यसो गर्न मिल्दैन, र योजना अनुसार नै यसको बारेमा सङ्गति गर्नुपर्छ जस्तो देखिन्छ।
ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको आठौँ बुँदा यस्तो छ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए। यसमा, ख्रीष्टविरोधीको सारका केही अभिव्यक्तिहरू छन्। यो पक्कै पनि एउटा मामला, एउटा वाक्यांश, एउटा दृष्टिकोण, वा परिस्थितिलाई सम्हाल्ने एउटा तरिका होइन; बरु, यो एउटा स्वभाव हो। त्यसोभए यो कस्तो स्वभाव हो? यो केही तरिकाले प्रकट हुन्छ। पहिलो तरिका के हो भने त्यस्ता मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। के त्यो कामकुरा गर्ने तरिका हो र? (होइन, यो त एउटा स्वभाव हो।) ठीक भनिस्—यो एउटा स्वभावको प्रकाश हो, जसको सार नै अहङ्कार र आत्म-धार्मिकता हुन्छ। त्यस्ता मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। पहिलो तरिका त्यही हो। यो प्रकट हुने दोस्रो तरिका के हो भने तिनीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने र विजय गर्ने चाहना र महत्त्वाकाङ्क्षा हुन्छ। के त्यो स्वभाव हो? (हो।) के यो कामकुरा गर्ने तरिका हो? (होइन।) के यो तिमीहरूले भनेका कुराहरूभन्दा फरक छ? तिमीहरूले एकल घटनाहरू, काम गर्ने एकल तरिकाहरूका बारेमा कुरा गरेका छौ—ती कुनै सार होइनन्। के यो प्रकटीकरण तिमीहरूले भनेका कुराहरूभन्दा गम्भीर छैन र? (छ।) यसले जडलाई छुन्छ। अनि तेस्रो तरिका भनेको आफूले लिएको कुनै पनि काममा अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न नदिनु हो। के त्यो सार हो? (हो।) यी प्रत्येक सारमा धेरै व्यवहारहरू र काम गर्ने तरिकाहरू समावेश छन्। फेरि पनि, यो सार आठौँ बुँदासँग मिल्छ, होइन र? चौथो तरिका के हो भने तिनीहरूले अलिकति अनुभव र ज्ञान प्राप्त गरेपछि, साथै केही पाठहरू सिकेपछि आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्छन्, जसको अर्थ यदि तिनीहरूले थोरै सत्यतामा सङ्गति गर्न सके भने, तिनीहरूले आफूलाई सत्यता वास्तविकता भएको व्यक्ति ठान्छन्, र तिनीहरू सत्यता भएका व्यक्ति हुन्—सत्यताको अभ्यास गर्ने, सत्यतालाई प्रेम गर्ने, र सत्यता वास्तविकता भएको व्यक्ति हुन् भनेर अरूलाई देखाउन चाहन्छन्। तिनीहरू सत्यताको मूर्त रूप भएको ढोँग गर्छन्—के यो कठोर प्रकृतिको मामला होइन र? (हो।) के यो प्रकटीकरण आठौँ बुँदासँग मिल्छ? (मिल्छ।) हो, मिल्छ। आठौँ बुँदा मुख्यतया यी चार तरिकाले प्रकट हुन्छ। सुरुदेखि ती पढेर सुनाऊ। (पहिलो के हो भने त्यस्ता मानिसहरूले कसैसँग मिलेर सहकार्य गर्न सक्दैनन्।) “मिलेर” भन्ने शब्दले सहकार्य गर्न सक्नुलाई जनाउँछ; त्यस्ता मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दै सक्दैनन्। तिनीहरूले आफै कामकुरा गर्छन्, आफ्नो काम एकलै गर्छन्; पहिलो प्रकटीकरणको प्रमुख विशेषता “एकलै” भन्ने शब्द हो। अब, दोस्रो कुरा। (तिनीहरूमा मानिसहरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ।) के यो गम्भीर प्रकटीकरण हो? (हो।) त्यसोभए, दोस्रो प्रकटीकरणको प्रमुख विशेषता के हो? यसलाई एक शब्दमा वर्णन गर। (दुष्ट।) “दुष्ट” भन्ने शब्द एउटा विशेषण हो; यसले तिनीहरूको स्वभावको वर्णन गर्छ। यो शब्द त “नियन्त्रण” भन्ने हुनुपर्छ। “नियन्त्रण” गर्नु भनेको एउटा क्रिया हो, जुन त्यस्तो स्वभावबाट उत्पन्न हुने एक प्रकारको कार्य हो। अनि तेस्रो प्रकटीकरण। (तिनीहरूले आफूले लिएको कुनै पनि काममा अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न दिँदैनन्।) के त्यो ख्रीष्टविरोधीहरूमा आम रूपमा हुने स्वभाव होइन र? (हो।) यो एउटा नमुना स्वभाव हो जुन ख्रीष्टविरोधीहरूमा मात्र हुने गर्छ। के यो प्रकटीकरणलाई सङ्क्षेपमा भन्ने उपयुक्त शब्द छ? छ—“प्रतिरोध गर्नु।” जोसुकै आए पनि, तिनीहरूले प्रतिरोध गर्छन्; र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू र साधारण मानिसहरूको सुपरिवेक्षण र सोधपुछलाई स्वीकार गर्छन् भन्ने कुरा त बिर्सिदिऊँ—तिनीहरूले परमेश्वरको छानबिनलाई समेत स्विकार्नेछैनन्। के त्यो प्रतिरोध होइन र? (हो।) अनि चौथो प्रकटीकरण। (तिनीहरूले अलिकति अनुभव र ज्ञान प्राप्त गरेपछि, साथै केही पाठहरू सिकेपछि आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्छन्।) हामी यसलाई उपयुक्त शब्दले सारांशीकृत गर्नेछौँ: “ढोँग गर्नु।” “ढोँग” झूटो व्यवहार भन्दा गम्भीर कुरा हो। आठौँ बुँदासँग सम्बन्धित मूलभूत, नमुना व्यवहार, कार्यशैली, र स्वभावहरू यी चार प्रकटीकरणहरूमा नै पाइन्छन्। पहिलो प्रकटीकरणको प्रमुख विशेषता “एकलै” हो। तिनीहरूले कसैसँग सहकार्य गर्दैनन्, बरु आफ्नै तवरले काम गर्न चाहन्छन्। तिनीहरूले आफू बाहेक अरू कसैको कुरा सुन्दैनन् र अरूलाई आफ्नो कुरा मात्रै सुन्न लगाउँछन्, अरू कसैको कुरा सुन्न लगाउँदैनन्। उनीहरूको अगाडि अरू कसैको केही चल्दैन। दोस्रो प्रकटीकरणको प्रमुख विशेषता “नियन्त्रण” हो। तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्, र तिनीहरूले तँलाई, तेरा विचारहरूलाई, तेरो काम गर्ने तरिकालाई, तेरो हृदयलाई, र तेरा दृष्टिकोणहरूलाई नियन्त्रण गर्न विभिन्न उपायहरू प्रयोग गर्नेछन्। तिनीहरूले तँलाई सत्यता सङ्गति गर्दैनन्। तिनीहरूले तँलाई सत्यता सिद्धान्तहरू बुझाउँदैनन्, र तिनीहरूले तँलाई परमेश्वरका अभिप्रायहरू बुझाउँदैनन्। तिनीहरूले तँलाई आफ्नै प्रयोगका लागि नियन्त्रण गर्न चाहन्छन्, ताकि तैँले तिनीहरूका लागि बोल्न सक्, र तिनीहरूका लागि कामहरू गर्न सक्, र तिनीहरूका लागि श्रम गर्न सक्, ताकि तैँले तिनीहरूलाई उच्च पार्न र तिनीहरूका लागि गवाही दिन सक्। तिनीहरूले तँलाई आफ्नो दास, र कठपुतलीको रूपमा नियन्त्रण गर्न चाहन्छन्। तेस्रो प्रकटीकरणको प्रमुख विशेषता भनेको “प्रतिरोध गर्नु” हो, जसको अर्थ सबै कुरालाई प्रतिरोध गर्नु भन्ने हुन्छ—तिनीहरूको काम र बोलीवचनको बारेमा पहिचान वा सुपरिवेक्षण वा खतरा हुन सक्ने सबै कुरालाई एकमुस्टमा तिनीहरूले प्रतिरोध र विरोध गर्छन्। चौथो प्रकटीकरणको प्रमुख विशेषता भनेको “ढोँग गर्नु” हो—तिनीहरूले के बनेको ढोँग गर्छन्? तिनीहरूले आफू सत्यताको मूर्त रूप भएको ढोँग गर्छन्, अर्थात्, तिनीहरूले भनेको र गरेको कुरा मानिसहरूलाई याद गराउँछन्, र नोटबुकमा समेत लेख्न लगाउँछन्। तिनीहरूले भन्छन्, “मनमा याद गरेर मात्र कसरी पुग्छ? तिमीहरूले यसलाई आफ्ना नोटबुकहरूमा लेख्नुपर्छ। मैले भनिरहेको कुरा तिमीहरू कसैले पनि बुझ्दैनौ—यो अत्यन्तै गहन कुरा हो!” तिनीहरूले आफ्ना शब्दहरूलाई के ठान्छन्? सत्यता। अब, यहाँदेखि, हामी ती कुराहरूका बारेमा एक-एक गरी सङ्गति गर्नेछौँ।
अ. ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न नसक्नुको विश्लेषण
पहिलो बुँदा के हो भने ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनुको पहिलो प्रकटीकरण यही हो। तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्—“कसैसँग” भन्ने शब्दमा सबै जना पर्छन्। तिनीहरूको व्यक्तित्व अरू कसैको व्यक्तित्वसँग मिले पनि नमिले पनि, र परिस्थितिहरू जस्तोसुकै भए पनि, तिनीहरूले सहकार्य गर्न सक्दै सक्दैनन्। यो भ्रष्टताको कुनै साधारण प्रकटीकरणको प्रश्न नै होइन—यो तिनीहरूको प्रकृतिमा रहेको समस्या हो। कतिपयले भन्छन्, “निश्चित मानिसहरूको व्यक्तित्व मेरोसँग मिल्दैन, र त्यसैको कारणले म तिनीहरूसँग सहकार्य गर्न सक्दिनँ।” त्यो व्यक्तित्वसँग सम्बन्धित साधारण समस्या होइन, त्यो त भ्रष्ट स्वभावको समस्या हो। भ्रष्ट स्वभाव हुनु भनेको ख्रीष्टविरोधीको स्वभाव हुनु हो, तर यसको अर्थ उसमा ख्रीष्टविरोधीको सार छ भन्ने होइन। यदि कसैले सत्यताको खोजी गर्न सक्छ, र अरूले भनेको कुरा पालना गर्न सक्छ भने, ऊ जोसुकै भए पनि, यो कुरा सत्यतासँग मेल खान्छ भने, के त्यो व्यक्तिलाई अरूसँग सद्भावपूर्ण सहकार्य हासिल गर्न सजिलो हुनेछैन र? (हुनेछ।) सत्यतामा समर्पित हुन सक्ने मानिसहरूलाई अरूसँग सहकार्य गर्न सजिलो हुन्छ; सत्यतामा समर्पित हुन नसक्ने मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। उदाहरणका लागि, कतिपय मानिसहरू निकै अहङ्कारी र आत्मधर्मी हुन्छन्। तिनीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्, र तिनीहरूले कसैसँग सद्भावपूर्ण सहकार्य गर्न सक्दैनन्। अब चाहिँ, यो एउटा गम्भीर समस्या हो—तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति हुन्छ, र तिनीहरू सत्यता वा परमेश्वरमा समर्पित हुन सक्दैनन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ: यदि तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् भने, तिनीहरूलाई मुक्ति पाउन सजिलो हुनेछ; तर यदि तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति छ र तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरू समस्यामा छन्—तिनीहरूलाई मुक्ति पाउन सजिलो हुनेछैन। धेरै ख्रीष्टविरोधीहरू मुख्य रूपमा कसैसँग सहकार्य गर्न नसक्ने, सधैँ तानाशाही रूपमा काम गर्ने भएकाले नै प्रकाश भएका छन्। त्यो भ्रष्ट स्वभावको प्रकटीकरण हो कि ख्रीष्टविरोधीको प्रकृति सार हो? कसैसँग सहकार्य गर्न नसक्नु—त्यो कस्तो समस्या हो? अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनुसँग यसको के सम्बन्ध छ? यदि हामीले यो बुँदालाई स्पष्ट रूपमा सङ्गति गर्यौँ भने, तैँले ख्रीष्टविरोधीको प्रकृति सार भएका मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्, तिनीहरूले जोसँग सहकार्य गरिरहेका भए पनि तिनीहरू अलग हुनेछन्, र तिनीहरू कटु प्रतिद्वन्द्वी समेत बन्नेछन् भन्ने कुरा देख्न सक्नेछस्। झट्ट हेर्दा, कतिपय ख्रीष्टविरोधीहरूका सहयोगी वा सहकर्मीहरू छन् जस्तो लाग्न सक्छ, तर तथ्य के हो भने, जब केही आइपर्छ, अरू जति नै सही भए पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै पनि तिनीहरूले भनेको कुरा सुन्दैनन्। तिनीहरूले यसलाई ध्यान समेत दिँदैनन्, यसको बारेमा छलफल गर्ने वा सङ्गति गर्ने कुरा त परै जाओस्। तिनीहरूले त्यहाँ अरू छँदै छैनन् जस्तो गरेर कुनै ध्यान दिँदैनन्। जब ख्रीष्टविरोधीहरूले अरूले भनेको कुरा सुन्छन्, तब तिनीहरूले अरूलाई देखाउनका लागि झारा टार्ने वा नाटक गर्ने काम मात्रै गर्छन्। तर अन्तिम निर्णय गर्ने समय आएपछि, निर्णय गर्नेहरू ख्रीष्टविरोधीहरू नै हुन्छन्; अरूका शब्दहरू खेर जान्छन्, तिनको कुनै गन्ती हुँदैन। उदाहरणको लागि, जब दुई जना मानिसहरू कुनै कुराको लागि जिम्मेवार हुन्छन्, र तिनीहरूमध्ये एक जनामा ख्रीष्टविरोधीको सार छ, तब त्यस व्यक्तिमा के प्रकट हुन्छ? चाहे जेसुकै होस्, काम सुचारु गर्ने, प्रश्नहरू गर्ने, कामकुरा मिलाउने, र समाधान निकाल्ने उही मात्र हुन्छ। अनि प्रायजसो, त्यस्ता व्यक्तिहरूले आफ्नो सहकर्मीलाई पूर्ण रूपमा अन्धकारमा राख्छन्। तिनीहरूको नजरमा उक्त सहकर्मी को हुन्छ? तिनीहरूको सहायक हुँदैनन्, मात्र देखाउने व्यक्ति हुन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, सहकर्मीहरू अस्तित्वहीन हुन्छन्। जब-जब समस्या आउँछ, तब ख्रीष्टविरोधीले त्यसबारेमा राम्ररी विचार गर्छ, र कुनै कार्यदिशा तय गरेपछि, तिनीहरूले यसो गर्नुपर्छ भनेर अरू सबैलाई जानकारी दिन्छ, र कसैलाई पनि प्रश्न गर्ने अनुमति हुँदैन। अरूसँगको तिनीहरूको सहकार्यको सार के हुन्छ? मूलतः त्यो अन्तिम निर्णय गर्नु, अरू कसैसित कहिल्यै समस्याहरूबारे छलफल नगर्नु, कामको एक्लो जिम्मेवारी लिनु, र आफ्ना सहकर्मीहरूलाई सजावटको वस्तु बनाउनु हो। तिनीहरू सधैँ एक्लै काम गर्छन् र कहिल्यै अरूसित सहकार्य गर्दैनन्। तिनीहरू अरू कसैसित आफ्नो कामबारे कहिल्यै छलफल वा कुराकानी गर्दैनन्, तिनीहरू प्राय: एक्लैले निर्णय लिन्छन् र मामलाहरू सम्हाल्छन्, र धेरै कुरामा, कार्य गरिसकेपछि मात्र कामकुरा कसरी सकाइएका वा सम्हालिएका थिए भनी अरू मानिसले थाहा पाउँछन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, “सबै समस्याहरू हामीसँग छलफल गरिनुपर्छ। तपाईँले त्यो व्यक्तिलाई कहिले तह लगाउनुभयो? तपाईँले उसलाई कसरी सम्हाल्नुभयो? हामीलाई यसबारेमा कसरी थाहा भएन?” तिनीहरूले न त स्पष्टीकरण दिन्छन् न त कुनै ध्यान नै दिन्छन्; तिनीहरूका लागि, आफ्नो सहकर्मीको कुनै कामै हुँदैन, उनीहरू सजावट वा देखाउने चिज मात्र हुन्। जब केही कुरा आइपर्छ, तिनीहरूले विचार गर्छन्, निर्णयमा पुग्छन्, र आफूलाई जसरी इच्छा लाग्छ त्यसरी काम गर्छन्। तिनीहरूको वरिपरि जति नै धेरै मानिसहरू भए पनि, तिनीहरूले ती मानिसहरू त्यहाँ छैनन् जस्तो व्यवहार गर्छन्। ख्रीष्टविरोधीको लागि, ती मानिसहरू त हावाजस्तै अदृश्य हुन पनि सक्छन्। यसलाई मध्यनजर गर्दा, के तिनीहरूले अरूसँग सहकार्य गर्नुको कुनै वास्तविक पक्ष छ? बिलकुलै छैन, तिनीहरूले झारा टार्ने र भूमिका खेलेको बहाना गर्ने काम मात्र गरिरहेका हुन्छन्। अरूले तिनीहरूलाई यसो भन्छन्, “समस्याको सामना गर्दा किन तपाईँले सबैसँग सङ्गति गर्नुहुन्न?” तिनीहरूले यसरी जवाफ दिन्छन्, “तिनीहरूलाई के थाहा छ? टोली अगुवा म हुँ, निर्णय गर्नु मेरै हातको कुरा हो।” अरूले भन्छन्, “अनि तपाईँले किन तपाईँको सहकर्मीसँग सङ्गति गर्नुभएन?” तिनीहरूले उत्तर दिन्छन्, “मैले उहाँलाई भनेँ, र उहाँसँग कुनै राय थिएन।” तिनीहरू आफैले नियमकानुनको धज्जी उडाइरहेको तथ्यलाई ढाकछोप गर्नको लागि अरू मानिससँग कुनै राय छैन वा तिनीहरू आफैले विचार गर्न सक्दैनन् भन्ने कुरालाई प्रयोग गर्छन्। अनि यसपछि पनि तिनीहरूले अलिकति पनि आत्म-विश्लेषण गर्दैनन्। यस्तो व्यक्तिले सत्यतालाई स्विकार्न असम्भव हुनेछ। यो ख्रीष्टविरोधी प्रकृतिको एउटा समस्या हो।
“सहकार्य” भन्ने शब्दलाई कसरी व्याख्या र अभ्यास गर्नुपर्छ? (परिस्थितिहरू उत्पन्न हुँदा तिनका बारेमा छलफल गरेर।) हो, यसको अभ्यास गर्ने एउटा तरिका त्यही हो। अरू के छ? (आफ्ना कमजोरीहरूलाई अर्को व्यक्तिको सबल पक्षद्वारा पूर्ति गरेर, अनि एक-अर्काको सुपरिवेक्षण गरेर।) त्यो पूर्ण रूपमा मिल्छ; त्यसरी अभ्यास गर्नु भनेको मिलेर सहकार्य गर्नु हो। अरू पनि छन्? परिस्थितिहरू आइपर्दा अरूको राय माग्नु—के त्यो सहकार्य होइन र? (हो।) यदि एक जना व्यक्तिले आफ्नो विचारमा सङ्गति गर्छ, र अर्कोले आफ्नो विचारमा सङ्गति गर्छ, र अन्त्यमा, तिनीहरूले पहिलो व्यक्तिको सङ्गतिलाई लागु गर्छन् भने, किन झारा टार्ने? त्यो सहकार्य होइन—त्यो सिद्धान्तहरूभन्दा बाहिर हुन जान्छ, र यसले सहकार्यका परिणामहरू दिँदैन। यदि तँ मेशिन गनझैँ बोलिरहन्छस्, र अरू बोल्न चाहनेहरूलाई मौका दिँदैनस्, साथै आफ्ना सबै विचारहरू बोलिसकेपछि पनि अरूको कुरा सुन्दैनस् भने, के त्यो छलफल हो? के त्यो सङ्गति हो? त्यो त झारा टराइ मात्र हो—त्यो सहकार्य होइन। त्यसोभए सहकार्य भनेको के हो त? यो तब हुन्छ जब तैँले आफ्ना विचार र निर्णयहरू बताइसकेपछि, अरूका राय र विचारहरू माग्न सक्छस्, त्यसपछि आफ्ना र तिनीहरूका अभिव्यक्ति र विचारहरूलाई तुलना गर्छस्, र एक-दुई जना मानिसहरूले तिनलाई खुट्याएर, अनि सिद्धान्तहरू खोजी गरेर, साझा बुझाइ प्राप्त गर्छन् र अभ्यासको सही मार्ग निर्धारण गर्छन्। छलफल र सङ्गति गर्नु भनेको त्यही हो—“सहकार्य” भनेको त्यही हो। कतिपय मानिसहरूले अगुवाको रूपमा कुनै कुराको वास्तविकता देख्न सक्दैनन्, तर तिनीहरूसँग कुनै विकल्प नभएपछि मात्रै अरूसँग यसको बारेमा छलफल गर्छन्। त्यसपछि तिनीहरूले समूहलाई भन्छन्, “मैले यो मामलालाई निरङ्कुश तरिकाले सम्हाल्न मिल्दैन; मैले सबैसँग मिलेर सहकार्य गर्नुपर्छ। हामीले गर्नुपर्ने सही कुरा निर्धारण गर्नका लागि तपाईँहरू सबैलाई यसको बारेमा आफ्नो राय व्यक्त गर्न र छलफल गर्न दिनेछु।” सबैले बोलिसकेर आफ्नो कुरा राखिसकेपछि तिनीहरूले अगुवाले यसको बारेमा के सोच्छन् भनेर सोध्छन्। उसले भन्छ, “सबैले जे चाहन्छन् मैले चाहने पनि त्यही नै हो—म पनि यस्तै सोचिरहेको थिएँ। मैले सुरुदेखि नै यही गर्ने योजना बनाएको छु, र यो छलफलद्वारा, सर्वसम्मति सुनिश्चित हुन्छ।” के यो साँचो टिप्पणी हो? यसमा एउटा खोट छ। उसले यस कुरालाई पटक्कै खुट्याउन सक्दैन, र उसले भनेको कुरामा मानिसहरूलाई बहकाउने र झुक्याउने अभिप्राय हुन्छ—यो मानिसहरूले उसलाई सम्मान गरून् भनेर भनिएको हो। उसले सबैको राय माग्नु त औपचारिकता मात्रै हो, र ऊ तानाशाही वा निरङ्कुश भइरहेको छैन भनेर सबैलाई भन्न लगाउनका लागि हो। त्यो नामबाट जोगिनका लागि, उसले कुराहरूलाई ढाकछोप गर्न यो उपाय लगाउँछ। वास्तवमा, सबैले कुरा गरिरहेका बेला, उसले पटक्कै सुनिरहेको हुँदैन, र तिनीहरूले भनेको कुरालाई पटक्कै मनमा लिइरहेको हुँदैन। अनि सबैलाई बोल्न लगाउँदा पनि उसले निष्कपटता देखाइरहेको हुँदैन। झट्ट हेर्दा, उसले सबैलाई सङ्गति र छलफल गर्न दिइरहेको हुन्छ, तर वास्तवमा, उसले आफ्ना अभिप्रायहरूसँग मिल्दो विधि खोज्नका लागि मात्रै सबैलाई बोल्न दिइरहेको हुन्छ। अनि उसले यस विषयमा अघि बढ्ने उचित तरिका निर्धारित गरेपछि, उसले मानिसहरूलाई आफूले जे गर्ने अभिप्राय बनाएको छ त्यसलाई स्वीकार गर्न बाध्य पार्नेछ, चाहे त्यो सही होस् वा नहोस्, र सबैलाई उसको मार्ग सही छ, सबैको अभिप्राय यही हो भन्ने सोच्न लगाउनेछ। अन्तमा, उसले यसलाई जबरजस्ती कार्यान्वयन गर्छ। के तैँले यसैलाई सहकार्य भन्छस्? अहँ—त्यसोभए यसलाई के भन्छस्? उसले तानाशाही व्यवहार गरिरहेको छ। ऊ सही भए पनि गलत भए पनि, उसले एकल र अन्तिम निर्णय गर्न चाहन्छ। यसको साथै, जब कुनै घटना घट्छ र उसले यसलाई छर्लङ्ग बुझ्न सक्दैन, तब उसले पहिले अरू सबैलाई बोल्न लगाउँछ। तिनीहरूले बोलिसकेपछि, उसले तिनीहरूका विचारहरूलाई सारांशीकृत गर्छ र आफूलाई मन पर्ने र उपयुक्त लाग्ने विधि खोज्छ, र सबैलाई यो स्विकार्न लगाउँछ। उसले सहकार्यको नाटक गरिरहेको हुन्छ, जसले गर्दा उसले अझै पनि आफूले चाहे अनुसार काम गर्छ—र पनि, एकल र अन्तिम निर्णय गर्ने व्यक्ति ऊ नै हुन्छ। उसले सबैले भनेको कुरामा गल्तीहरू खोज्छ र त्रुटिहरू औँल्याउँछ, टिप्पणी दिन्छ र मापदण्ड तोक्छ, त्यसपछि उसले यो सबै कुरालाई संयोजन गरेर एउटा पूर्ण र सटीक अभिव्यक्ति बनाउँछ, जसको प्रयोग गरेर उसले आफ्नो निर्णय गर्छ, र सबैलाई आफू अरूभन्दा उच्च छु भन्ने देखाउँछ। बाहिरबाट हेर्दा, उसले सबैको सन्देश सुनेको छ जस्तो देखिन्छ, र उसले सबैलाई बोल्न दिन्छ। तर, तथ्य यो हो कि अन्तिममा निर्णय गर्ने व्यक्ति ऊ मात्रै हुन्छ। वास्तवमा उक्त निर्णय हरेकको अन्तर्ज्ञान र विचारहरू नै हो जसलाई उसले केवल सारांशीकृत गरेर अलिक पूर्ण र सटीक तरिकाले प्रस्तुत गरेको हुन्छ। कतिपय मानिसहरूले यो कुरा खुट्याउन सक्दैनन्, त्यसकारण ऊ नै उच्च छ भन्ने सोच्छन्। उसको यस्तो कार्यको चरित्र के हो? के यो चरम धूर्तता होइन र? उसले हरेकको सन्देशलाई सारांशीकृत गर्छ र तिनलाई आफ्नै बनाएर व्यक्त गर्छ, ताकि मानिसहरूले उसको आराधना र आज्ञापालन गरून्; अनि अन्त्यमा, हरेकले उसको इच्छाअनुसार काम गर्छ। के त्यो सद्भावपूर्ण सहकार्य हो? यो अहङ्कार र आत्मधार्मिकता, तानाशाहीपन हो—उसले सबै श्रेय आफै लिन्छ। त्यस्ता मानिसहरू अरूसँग सहकार्य गर्दा अत्यन्तै कपटी, अहङ्कारी र आत्मधर्मी हुन्छन्, र पर्याप्त समय बितेपछि, मानिसहरूले त्यो कुरा देख्नेछन्। कतिले भन्नेछन्: “तपाईँ म कसैसँग सहकार्य गर्न सक्षम नभएको भन्नुहुन्छ—अँ, मेरो एक जना सहकर्मी छ! उसले मसँग राम्ररी सहकार्य गर्छ: म जहाँ जान्छु ऊ त्यहीँ जान्छ, म जे गर्छु उसले त्यही गर्छ; म उसलाई जहाँ पठाउँछु, ऊ त्यहीँ जान्छ, मैले उसलाई जे गर्न लगाउँछु उसले त्यही गर्छ, जसरी गर्न लगाउँछु त्यसरी नै गर्छ।” के सहकार्य भनेको त्यही हो? होइन। त्यसलाई त नोकर बनेको भनिन्छ। तैँले जे भन्छस् नोकरले त्यही गर्छ—के त्यो सहकार्य हो? स्पष्ट रूपमा, ऊ विचार वा दृष्टिकोणहरू नभएको, आफ्नै राय त झनै नभएको, नोकर हो। अनि त्यो बाहेक, तिनीहरूको सोचाइ मान्छे खुसी पारिहिँड्ने किसिमको हुन्छ। तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा होसियार हुँदैनन्, बरु झारा टार्छन्, र तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन्। त्यस्तो सहकार्यले के उद्देश्य पूरा गर्न सक्छ? तिनीहरूले जोसँग सहकार्य गरे पनि, तिनीहरू सधैँ नोकर नै हुन्छन् र तिनीहरूले भनेको काम गर्छन्। तिनीहरू अरूले जे भन्छन् त्यही मान्छन् र अरूले जे गर्न लगाउँछन् त्यही गर्छन्। त्यो सहकार्य होइन। सहकार्य भनेको के हो? तिमीहरूले एक-अर्कासँग कामकुराबारे छलफल गर्न, र आफ्ना विचार र रायहरू व्यक्त गर्न सक्नुपर्छ; तिमीहरूले एक-अर्काको परिपूरक बनेर सुपरिवेक्षण गर्नुपर्छ, र एक-अर्काबाट खोजी गर्नुपर्छ, एक-अर्काको बारेमा सोधपुछ गर्नुपर्छ, र एक-अर्कालाई सतर्क गराउनु पर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको त्यही हो। उदाहरणको लागि, मानौँ तैँले कुनै कुरा आफ्नै इच्छा अनुसार सम्हालिस्, र कसैले यसो भन्यो, “तपाईँले गलत गर्नुभयो, तपाईँ पूर्ण रूपमा सिद्धान्तविपरीत जानुभयो। तपाईँले किन सत्यताको खोजी नगरी यसलाई आफूले चाहे अनुसार सम्हाल्नुभयो?” यसको जवाफमा, तैँले यसो भन्छस्, “ठीक भन्नुभयो—तपाईँले मलाई सचेत गराउनुभएकोमा म खुशी छु! यदि तपाईँले त्यसो नगर्नुभएको भए, यसले विपत्ति ल्याउनेथियो!” एक-अर्कालाई सतर्क गराउनु भनेको त्यही हो। त्यसोभए, एक-अर्काको सुपरिवेक्षण गर्नु भनेको के हो? हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र उसले आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्न सक्छ, र परमेश्वरको घरका हितहरू कायम राख्नुको सट्टा आफ्नै हैसियत र अभिमानको रक्षा मात्रै गर्न सक्छ। हरेक व्यक्तिमा यस्ता स्थितिहरू हुन्छन्। यदि तैँले कसैसँग समस्या छ भन्ने थाहा पाइस् भने, तैँले ऊसँग सङ्गति गर्ने पहल गर्नुपर्छ, उसलाई सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न सम्झाउनुपर्छ, साथै यसलाई आफ्नो लागि चेतावनीको रूपमा लिनुपर्छ। त्यो पारस्परिक सुपरिवेक्षण हो। पारस्परिक सुपरिवेक्षणले के काम गर्छ? यसको उद्देश्य परमेश्वरको घरका हितहरूको रक्षा गर्नु हो, र मानिसहरूलाई गलत मार्गमा जानबाट रोक्नु पनि हो। एक-अर्कालाई सचेत गराउने र एक-अर्काको सुपरिवेक्षण गर्ने बाहेक, सहकार्यको अर्को काम पनि हुन्छ: एक-अर्कासित सोधपुछ गर्नु। उदाहरणको लागि, जब तैँले कुनै व्यक्तिलाई तह लगाउन चाहन्छस्, तब तैँले आफ्नो सहकर्मीसँग सङ्गति र सोधपुछ गर्नुपर्छ: “मैले यस अघि यस्तो सामना गरेको छैनँ। मलाई यो सम्हाल्न आउँदैन। यसलाई सम्हाल्ने राम्रो तरिका के हो? म यसलाई समाधान गर्नै सक्दिनँ!” तिनीहरूले भन्छन्, “मैले पहिले पनि यस्ता समस्याहरू सम्हालेको छु। त्यो समयको प्रसङ्ग यो व्यक्तिको हकमा भन्दा अलिक फरक थियो; यदि हामीले यसलाई त्यस्तै तरिकाले सम्हाल्यौँ भने यो अलि नियम पालना गरेजस्तो हुनेछ। मलाई त अहिले पनि यसलाई सम्हाल्ने राम्रो तरिका थाहा छैन।” तैँले भन्छस्, “मसँग एउटा उपाय छ जसको बारेमा म तपाईंको विचार बुझ्न चाहन्छु। यो व्यक्तिको चरित्र हेर्दा दुष्ट जस्तो देखिन्छ, तर हामी अहिले नै निश्चित हुन सक्दैनौँ। तैपनि उसले श्रम गर्न सक्छ, त्यसकारण अहिलेका लागि उसलाई त्यसो गर्न दिऊँ। यदि उसले श्रम गर्न सक्दैन, र बाधा र अवरोध ल्याइरहन्छ भने, हामी उसलाई तह लगाउनेछौँ।” तिनीहरूले यो सुनेर भन्छन्, “त्यो त राम्रो उपाय हो। यो बुद्धिमानी देखिन्छ र पूर्ण रूपमा सिद्धान्तहरू अनुरूप छ, र यो न त दमनकारी छ न यो व्यक्तिगत रिस पोखाउने कार्य नै हो। त्यसोभए यसलाई त्यसरी नै सम्हालौँ।” तिमीहरू दुई जना छलफलमार्फत सहमतिमा पुग्यौ। त्यसरी गरिएको काम सहज रूपमा अघि बढ्छ। मानौँ तिमीहरू दुई जना सहकार्य गरिरहेका छैनौ र कामकुराबारे छलफल गर्दैनौ, र जब तेरो सहकर्मीलाई कुनै कुरा कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन, तब उसले यो कुरा तेरो काँधमा हालिदिन्छ, र यस्तो सोच्छ, “तपाईँलाई जसरी मन लाग्छ त्यसरी सम्हाल्नुहोस्। यदि केही बिग्रियो भने, यो जसरी पनि तपाईँकै जिम्मेवारी हुनेछ—म यसमा हिस्सेदार हुनेछैन।” तैँले तेरो सहकर्मीले जिम्मेवारी लिन अनिच्छुक भएर काम गरिरहेको छ भन्ने देख्न सक्छस्, तैपनि तैँले उसलाई त्यो कुरा औँल्याउँदैनस्, बरु आफ्नै इच्छा अनुसार मनपरी काम गर्छस्, र सोच्छस्, “तपाईँ जिम्मेवारी लिन चाहनुहुन्न? के तपाईँ मलाई यो कुरा सम्हाल्न दिन चाहनुहुन्छ? ठीक छ, त्यसोभए म यसलाई सम्हाल्छु—म उसलाई निष्कासित गर्नेछु।” तिमीहरू दुई जनाको सोचाइ मिल्दैन; हरेकको आफ्नै दाउ हुन्छ—अनि परिणाम स्वरूप, यो मामलालाई जथाभाबी रूपमा, सिद्धान्तहरूको उल्लङ्घन गर्दै सम्हालिन्छ, अनि श्रम गर्न सक्षम व्यक्तिलाई स्वेच्छाचारी रूपमा निकालिन्छ। के त्यो सद्भावपूर्ण सहकार्य हो? सकारात्मक परिणामहरू हासिल गर्ने एउटै मात्र तरिका भनेको सद्भावपूर्ण सहकार्य हो। यदि एउटा व्यक्तिले जिम्मेवारी लिँदैन र अर्को व्यक्तिले स्वेच्छाचारी रूपमा काम गर्छ भने, त्यो तिनीहरूले सहकार्य नगरेको जस्तै हो। तिनीहरू दुवै जना आफ्नै इच्छा अनुसार काम गरिरहेका हुन्छन्। यस्तो कर्तव्य निर्वाह कसरी मानकअनुरूपको हुन सक्छ?
सहकार्य गर्दा कुनै समस्या आइपर्दा, तिमीहरूले एक-अर्कालाई सोधपुछ गर्नुपर्छ र एक-अर्कासँग कुराहरूबारे छलफल गर्नुपर्छ। के ख्रीष्टविरोधीहरूले यसरी अभ्यास गर्न सक्छन्? ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; तिनीहरू सधैँ एकलौटी शासन स्थापित गर्न चाहन्छन्। यो प्रकटीकरणको विशेषता “एकलो” हो। यसलाई व्याख्या गर्न किन “एकलो” भन्ने शब्द प्रयोग गर्ने? किनभने तिनीहरूले कुनै काम गर्नुभन्दा पहिले परमेश्वरसामु आएर प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्छन्, तिनीहरूले सङ्गति गर्न कसैलाई खोजेर “के यो उचित मार्ग हो? कामका बन्दोबस्तहरूमा के तोकिएका छन्? यस्तो कुरालाई कसरी सम्हाल्नुपर्छ?” भनी सोध्ने काम त झनै गर्दैनन्। तिनीहरूले कहिल्यै पनि आफ्ना सङ्गी कार्यकर्ता र सहकर्मीहरूसँग कामकुराबारे छलफल गर्दैनन् वा सहमतिमा पुग्न खोज्दैनन्—तिनीहरूले आफ्नै योजना र बन्दोबस्तहरू बनाउँदै, आफ्नै कुराहरू र युक्तिहरूका बारेमा सोचिरहेका हुन्छन्। परमेश्वरको घरका कामका बन्दोबस्तहरूको बारेमा सरसर्ती पढेरै तिनीहरूले ती कुरा बुझेको छु भन्ने सोच्छन्, त्यसपछि तिनीहरूले अन्धाधुन्ध कामको बन्दोबस्त गर्छन्—अनि अरूले यो कुरा थाहा पाउञ्जेल, कामको बन्दोबस्त भइसकेको हुन्छ। कसैले पनि तिनीहरूकै मुखबाट पहिले नै तिनीहरूका दृष्टिकोण वा रायहरू सुन्नु असम्भव हुन्छ, किनभने तिनीहरूले आफ्ना मनमा पालेका सोचविचार र दृष्टिकोणहरू कसैलाई कहिल्यै पनि बताउँदैनन्। कसैले सोध्न सक्छ, “के सबै अगुवा र कामदारहरूका सहकर्मीहरू हुँदैनन् र?” तिनीहरूको नामको मात्र कुनै सहकर्मी हुन सक्छ, तर काम गर्ने बेलामा, तिनीहरूसँग कुनै साझेदार हुँदैन—तिनीहरू एकलै काम गर्छन्। अगुवा र कामदारहरू, अनि कुनै पनि कर्तव्य गर्ने सबै व्यक्तिसँग सहकर्मीहरू हुने भए पनि, ख्रीष्टविरोधीहरूले आफूमा राम्रो क्षमता छ र आफू साधारण मानिसहरूभन्दा असल छु, त्यसकारण साधारण मानिसहरू आफ्ना सहकर्मी हुन योग्य हुँदैनन्, र तिनीहरू सबै आफूभन्दा तल्लो स्तरका हुन्छन् भन्ने विश्वास गर्छन्। त्यसैले ख्रीष्टविरोधीहरू अन्तिम निर्णय आफै गर्न मन पराउँछन् र अरू कसैसँग पनि छलफल गर्न चाहँदैनन्। त्यसो गर्दा आफू केही नकामको अयोग्य देखिनेछु भन्ने तिनीहरूलाई लाग्छ। यो कस्तो प्रकारको दृष्टिकोण हो? यो कस्तो प्रकारको स्वभाव हो? के यो अहङ्कारी स्वभाव हो? तिनीहरूले अरूसँग सहकार्य गर्नु र विभिन्न विषयमा छलफल गर्नु, तिनीहरूलाई सोधपुछ गर्नु र तिनीहरूबाट खोजी गर्नु अशोभनीय र अपमानजनक, र आत्मसम्मानमा ठेस लगाउने कुरा हो भन्ने ठान्छन्। त्यसकारण, आफ्नो आत्मसम्मानको रक्षा गर्न, तिनीहरूले आफूले गर्ने कुनै कुरामा पारदर्शिता देखाउँदैनन्, न त तिनीहरूले यसबारेमा अरूलाई नै बताउँछन्, अरूसँग यसबारेमा छलफल गर्नु त परै जाओस्। तिनीहरूलाई के लाग्छ भने, अरूसँग छलफल गर्नु भनेको आफू असक्षम छु भन्ने देखाउनु हो; सधैँ अरूका विचार माग्नु भनेको आफू मूर्ख र आफै विचार गर्न नसक्ने छु भनी देखाउनु हो; कुनै काम पूरा गर्न वा केही समस्या समाधान गर्न अरूसँग सहकार्य गर्दा त्यसले आफूलाई निकम्मा देखाउँछ। के यो तिनीहरूको अहङ्कारी र बेतुके मानसिकता होइन र? के यो तिनीहरूको भ्रष्ट स्वभाव होइन र? तिनीहरूभित्रको अहङ्कार र आत्मधार्मिकता एकदमै प्रस्ट देखिन्छ; तिनीहरूले सामान्य मानव समझ पूरै गुमाएका हुन्छन्, र तिनीहरूको दिमाग ठेगानमा हुँदैन। तिनीहरूले सधैँ आफूसित क्षमता छ, आफै कामकुरा फत्ते गर्न सक्छन् र अरूसित सहकार्य गर्नु आवश्यक छैन भन्ने सोच्छन्। तिनीहरूसँग यस्ता भ्रष्ट स्वभाव भएका हुनाले, तिनीहरूले सौहार्दपूर्ण सहकार्य हासिल गर्न सक्दैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्नु भनेको आफ्नो शक्तिलाई फितलो बनाउनु र टुक्र्याउनु हो, अरूसँग काम बाँड्दा, आफ्नै शक्ति कम हुन्छ भन्ने विश्वास गर्छन् र तिनीहरूले आफ्नो लागि सबै कुराको निर्णय गर्न सक्दैनन्, अर्थात् तिनीहरूमा साँचो शक्तिको कमी हुन्छ, जुन तिनीहरूको लागि ठूलो घाटा हो। त्यसकारण, तिनीहरूलाई जेसुकै आइलागे पनि, यदि तिनीहरूलाई यो कुरा बुझेको छु त्यसलाई सम्हाल्ने उचित तरिका जानेको छु भन्ने लाग्छ भने, तिनीहरूले यसबारेमा अरू कसैसँग छलफल गर्नेछैनन्, र तिनीहरूले सारा आदेशहरू दिनेछन्। अरूलाई थाहा दिनुभन्दा गल्ती गर्न रुचाउँछन्, अरूसँग शक्ति बाँड्नुभन्दा गलत नै हुन रुचाउँछन्, र आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न दिनुभन्दा बर्खास्त हुन रुचाउँछन्। यस्तो व्यक्ति ख्रीष्टविरोधी हो। तिनीहरूले आफ्नो शक्ति अरू कसैसँग बाँड्नुभन्दा, परमेश्वरको घरका हितहरूमा हानि पुर्याउन, परमेश्वरको घरका हितहरूलाई दाउमा राख्न चाहन्छन्। तिनीहरूलाई के लाग्छ भने, आफूले कुनै काम गर्दा वा कुनै मामला सम्हाल्दा, यो कर्तव्यपालन होइन, बरु आफ्नो प्रदर्शन गर्ने र अरूभन्दा विशिष्ट बन्ने, अनि शक्ति प्रयोग गर्ने मौका हो। त्यसकारण, तिनीहरूले अरूसित मिलेर सहकार्य गर्नेछु र मामलाहरू आइपर्दा त्यसबारे अरूसित छलफल गर्नेछु भन्ने गरे पनि, सत्य कुरा के हो भने, तिनीहरू हृदयमा, आफ्नो शक्ति वा हैसियत त्याग्न अनिच्छुक छन्। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले केही धर्मसिद्धान्त बुझेका छन् र त्यो काम आफै गर्न सक्छन् भने, तिनीहरूले अरू कसैसँग सहकार्य गर्नु पर्दैन; तिनीहरूले सोच्छन्, यो काम आफै अघि बढाउनुपर्छ र आफै पूरा गर्नुपर्छ, र त्यसरी मात्रै यसले तिनीहरूलाई दक्ष बनाउन सक्छ। के यो दृष्टिकोण ठीक छ? तिनीहरूबाट सिद्धान्तहरू उल्लङ्घन भएमा, तिनीहरूले कर्तव्य पूरा गरिरहेका हुँदैनन्, तिनीहरू परमेश्वरको आज्ञा पूरा गर्न सक्षम हुँदैनन्, र तिनीहरूले श्रम मात्र गरिरहेका हुन्छन् भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। कर्तव्यपालनको दौरान सत्यता सिद्धान्तहरू खोजी गर्नुको सट्टा, तिनीहरूले आफ्ना विचार र मनसायहरू अनुसार शक्ति प्रयोग गर्छन्, धाक लगाउँछन्, र आफ्नै प्रदर्शन गर्छन्। तिनीहरूको साझेदार सहकर्मी जो भए पनि वा तिनीहरूले जे काम गरे पनि, तिनीहरूले कामकुराबारे छलफल गर्न कहिल्यै चाहँदैनन्, तिनीहरू सधैँ आफै काम गर्न चाहन्छन्, र सधैँ आफै अन्तिम निर्णय लिन चाहन्छन्। तिनीहरूले कामकुरा पूरा गर्न स्पष्टतः शक्तिसँग खेलिरहेका र शक्ति प्रयोग गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू सबैले शक्तिलाई प्रेम गर्छन्, र जब तिनीहरूसँग हैसियत हुन्छ, तिनीहरू अझै बढी शक्ति चाहन्छन्। अनि, जब ख्रीष्टविरोधीहरूसँग शक्ति हुन्छ, तिनीहरूले आफ्नो हैसियत प्रयोग गरेर प्रदर्शन गर्ने र आफ्नो सान देखाउने गर्छन्, ताकि अरूले तिनीहरूलाई आदरभावले हेरून् र अरूभन्दा फरक देखिने आफ्नो लक्ष्य हासिल गर्न सकून्। यसरी ख्रीष्टविरोधीहरू शक्ति र हैसियतमा लीन हुन्छन्, र आफ्नो शक्ति कहिल्यै परित्याग गर्दैनन्। तिनीहरूले जस्तोसुकै कर्तव्य निर्वाह गरिरहेका भए पनि, यसमा जुनसुकै व्यावसायिक ज्ञानको क्षेत्र समावेश भए पनि, तिनीहरूलाई यसको बारेमा थाहा छैन भन्ने प्रस्टै भए पनि, तिनीहरूले थाहा भएको नाटक गर्नेछन्। अनि यदि कसैले तिनीहरूलाई नबुझेको, र नाटक गरेको आरोप लगायो भने, तिनीहरूले भन्नेछन्, “मैले अहिले नै यो कुरा अध्ययन गर्न थाले पनि, म यसलाई तिमीले भन्दा राम्ररी बुझ्नेछु। यो त केही अनलाइन स्रोतहरू खोजेर हेर्दा मात्रै पनि बुझिन्छ, होइन र?” ख्रीष्टविरोधीहरू यति अहङ्कारी र आत्मधर्मी हुन्छन्। तिनीहरूले जे पनि सरल कुराको रूपमा हेर्छन्, र तिनीहरूले यसलाई एकमुस्ट र एकलै लिने आँट गर्छन्। अनि परिणाम स्वरूप, जब माथिले कामको जाँच गर्छ र मामला कस्तो भइरहेको छ भनेर सोध्छ, तब तिनीहरूले यसलाई लगभग पूरा गरिएको छ भनेर भन्छन्। वास्तवमा तिनीहरूले एकलै काम गरिरहेका हुन्छन्, र कसैसँग कामकुराबारे छलफल गर्दैनन्—तिनीहरूले सबै कुराको निर्णय आफैले गर्दै आएका हुन्छन्। यदि तैँले तिनीहरूलाई, “तपाईँले सिद्धान्तहरू अनुसार काम गरिरहनुभएको छ?” भनेर सोधिस् भने, तिनीहरूले गरिरहेको कुरा सही छ र सिद्धान्तहरू अनुरूप छ भनेर प्रमाणित गर्न धेरै सिद्धान्तहरू बताउनेछन्। वास्तवमा, तिनीहरूको सोचाइ विकृत र गलत हुन्छ। तिनीहरूले अरूसँग पटक्कै छलफल गरेका हुँदैनन्, बरु सधैँ यसो गर्ने भनेर भन्ने, र निर्णय गर्ने तिनीहरू नै हुन्छन्। एक जना व्यक्तिले गर्ने निर्णयहरूमा प्रायजसो विचलन हुन्छ, त्यसकारण आफूलाई सही र सटीक ठान्ने यो कस्तो स्वभाव हो? यो स्पष्ट रूपमा अहङ्कारी स्वभाव हो। तिनीहरूमा अहङ्कारी स्वभाव हुन्छ, र त्यसकारण तिनीहरूले तानाशाही व्यवहार गर्छन्—त्यसकारण तिनीहरूले खराब कामकुरामा मनपरी गर्छन्। यो त निरङ्कुशता हो—एकाधिकार हो। ख्रीष्टविरोधीहरूको स्वभाव यही हो। तिनीहरू कहिल्यै कसैसँग सहकार्य गर्न इच्छुक हुँदैनन्, बरु यसलाई अनावश्यक र फाल्तु ठान्छन्। तिनीहरूले सधैँ आफू अरूभन्दा असल छु, अरू कोही पनि मेरो तुलनामा आउँदैन भन्ने सोच्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूसँग हृदयमा अरूसँग सहकार्य गर्ने कुनै चाहना वा इच्छा हुँदैन। तिनीहरू आफूले भनेकै जस्तो होस् भन्ने चाहन्छन्; तिनीहरू एकाधिकार चाहन्छन्। त्यसपछि मात्र तिनीहरू प्रसन्न महसुस गर्छन्—त्यसपछि मात्र तिनीहरूले आफ्नो सर्वोच्चता देखाउन सक्छन्, र अरूलाई प्रभावित पार्न र आफ्नो आराधना गराउन सक्छन्।
यसको अर्को भाग पनि छ, त्यो के हो भने ख्रीष्टविरोधीहरू सधैँ पूर्ण शक्ति प्राप्त गर्न, एकल र अन्तिम निर्णय गर्न चाहन्छन्। तिनीहरूको स्वभावको यो पक्षले तिनीहरूलाई अरूसँग सहकार्य गर्न पनि असमर्थ बनाउँछ। यदि तैँले तिनीहरूलाई सहकार्य गर्न तयार छौ कि छैनौ भनेर सोधिस् भने, तिनीहरूले तयार छौँ भनेर भन्छन्, तर समय आएपछि, तिनीहरूले सहकार्य गर्न सक्दैनन्। यो तिनीहरूको स्वभाव हो। तिनीहरूले किन त्यसो गर्न सक्दैनन्? मानौँ, यदि एउटा ख्रीष्टविरोधी सहायक टोली अगुवा बन्ने, र अरू कोही टोली अगुवा बन्ने हो भने, ख्रीष्टविरोधीको प्रकृति सार भएको त्यो व्यक्ति सहायक टोली अगुवाबाट टोली अगुवा बन्नेथियो, र टोली अगुवा उसको सहायक बन्नेथियो। तिनीहरूले यसलाई उल्ट्याउनेछन्। तिनीहरूले कसरी यो कुरा हासिल गर्नेछन्? तिनीहरूसँग धेरै उपायहरू हुन्छन्। तिनीहरूका उपायहरूको एउटा तत्व के हो भने तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका अगाडि काम गरिरहेका समयहरू—जब प्रायजसो सबैले तिनीहरूलाई देख्न सक्छन्—प्रयोग गरेर धेरै बोल्छन् र कार्य गर्छन् र आफ्नो प्रदर्शन गर्छन्, ताकि मानिसहरूले तिनीहरूलाई आदर गरून् साथै तिनीहरू टोली अगुवाभन्दा निकै राम्रा छन्, र तिनीहरूले टोली अगुवालाई उछिनेका छन् भनेर स्विकारून्। अनि समय बित्दै जाँदा, दाजुभाइ-दिदीबहिनीहरूले टोली अगुवा सहायक टोली अगुवा जत्तिको राम्रो छैन भनेर भन्छन्। उक्त ख्रीष्टविरोधी यो सुन्दा प्रसन्न हुन्छ; उसले सोच्छ, “बल्ल, तिनीहरूले म टोली अगुवाभन्दा राम्रो छु भनेर स्वीकार गरे। मैले आफ्नो उद्देश्य हासिल गरेको छु।” सामान्य परिस्थितिहरूमा सहायक टोली अगुवाले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू के-के हुन्? मण्डलीले बन्दोबस्त गरेको काम अघि बढाउन र लागू गर्न टोली अगुवासँग सहकार्य गर्नु, र टोली अगुवासामु कुराहरू उठाउनु, उसलाई घचघच्याउनु, र सुपरिवेक्षण गर्नु—र ऊसँग छलफल गरेर सँगै काम गर्नु हो। टोली अगुवाले मुख्य अगुवाइको भूमिका निभाउनैपर्छ; सहायक टोली अगुवाले उसलाई पछाडिबाट साथ दिनैपर्छ, र हरेक परियोजनालाई राम्रोसँग रेखदेख गरिएको छ भन्ने कुरालाई सुनिश्चित गर्न ऊसँग सहकार्य गर्नैपर्छ। कामहरू नबिथोल्ने बाहेक, सबै कुरा टोली अगुवासँगको सहकार्यमा नै गर्नुपर्छ, ताकि गर्नुपर्ने काम राम्ररी पूरा गरियोस्। यदि टोली अगुवाका कार्यहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन् भने, सहायक टोली अगुवाले ऊसँग यसबारे कुरा उठाउनैपर्छ र सहयोग गर्नैपर्छ, र गल्तीलाई सच्याउनैपर्छ। अनि टोली अगुवाले सही र राम्ररी गरेको र त्यो सत्यता सिद्धान्तहरू अनुरूप गरेको सबै कामकुरामा, सहायक टोली अगुवाले यसमा साथ र योगदान दिनैपर्छ, र यसको सेवामा पूर्ण प्रयास लगाउनैपर्छ, र काम राम्ररी गर्न टोली अगुवासँग एउटै हृदय र मनको हुनुपर्छ। यदि कुनै समस्या देखा पर्यो भने, वा यदि समस्या भेटियो भने, तिनीहरू दुवै जनाले यसको समाधानबारे छलफल गर्नुपर्छ। कहिलेकहीँ, दुई वटा कामकुरा एकै पटक गर्नुपर्ने हुन्छ; तिनीहरू दुवैले यस विषयमा छलफल गरेपछि, तिनीहरूले व्यक्तिगत रूपमा आ-आफ्नो काम राम्ररी गर्नुपर्छ। त्यो नै सहकार्य हो—सद्भावपूर्ण सहकार्य। के ख्रीष्टविरोधीहरूले अरूसँग यसरी सहकार्य गर्छन्? कदापि गर्दैनन्। यदि कुनै ख्रीष्टविरोधीले सहायक टोली अगुवाका रूपमा सेवा गरिरहेको छ भने, उसले टोली अगुवासँग पद साट्न, टोली अगुवालाई सहायक र सहायकलाई टोली अगुवा बनाउन के गर्नुपर्छ भनी लेखाजोखा गर्न थाल्छ, र यसरी नेतृत्व हातमा लिने प्रयास गर्छ। उसले टोली अगुवालाई अनेक कामहरू गर्न आदेश दिन्छ, र सबैलाई आफू टोली अगुवाभन्दा निकै राम्रो भएको, आफू टोली अगुवा हुन योग्य भएको देखाउँछ। यसरी, अरूमाझ उसको प्रतिष्ठा बढ्छ, र उसलाई स्वतः टोली अगुवाका रूपमा चुनिन्छ। उसले जानी-जानी टोली अगुवालाई मूर्ख देखाउँछ र इज्जत गुमाउने अवस्थामा पुर्याउँछ, यतिसम्म कि अरूले उसलाई हेयको नजरले हेर्न थाल्छन्। त्यसपछि, उसले आफ्नो बोलीवचनद्वारा टोली अगुवालाई गिल्ला गर्छ र व्यङ्ग्य गर्छ, साथै उसलाई खुलासा गर्छ र होच्याउँछ। बिस्तारै, यी दुई बीचको अन्तर झन्-झन् ठूलो हुँदै जान्छ, र मानिसहरूको हृदयमा तिनीहरूको स्थान झन्-झन् फरक हुँदै जान्छ। यसरी अन्तमा उक्त ख्रीष्टविरोधी टोली अगुवा बन्छ—उसले मानिसहरूलाई आफ्नो पक्षमा पारेको हुन्छ। त्यसोभए उसको जस्तो स्वभाव लिएर, के उसले अरूसँग मिलेर सहकार्य गर्न सक्छ? सक्दैन। ऊ जुनसुकै स्थानमा भए पनि, आधार स्तम्भ बन्न, एकाधिकार जमाउन, शक्ति आफ्नै हातमा लिन चाहन्छ। तेरो पद प्रमुख होस् वा सहायक, ठूलो होस् वा सानो, उसको दृष्टिकोणमा हैसियत र शक्ति ढिलो-चाँडो उसको मात्रै हुनुपर्छ। जोकोहीले ऊसँग कर्तव्य निर्वाह गरिरहेको होस्, वा कुनै परियोजनाको काम गरिरहेको होस्, वा ऊसँग कुनै समस्यामाथि वादविवाद गरिरहेको नै होस्, ऊ आफ्नै तवरले काम गर्ने एकलो व्यक्ति नै रहन्छ। उसले कसैसँग सहकार्य गर्दैन। कसैले पनि उसको जस्तै प्रतिष्ठा वा पद प्राप्त गर्न पाउँदैन, न त उसको जस्तै क्षमता वा ख्याति प्राप्त गर्न नै पाउँछ। कसैले उसलाई जितेर उसको हैसियतलाई खतरामा पार्ने बित्तिकै, उसले आफ्नो हातमा भएको कुनै पनि उपाय लगाएर परिस्थितिलाई परिवर्तन गर्ने कोसिस गर्नेछ। उदाहरणका लागि, सबै जना कुनै विषयमा छलफल गरिरहेका छन्, र जब छलफलको नतिजा आउनै लागेको हुन्छ, तब उसले यो कुरा झलक्क हेरेरै बुझ्नेछ र के गर्ने भनेर थाहा पाउनेछ। उसले भन्नेछ, “के यो कुरालाई सम्हाल्न साँच्चिकै त्यति गाह्रो छ र? के अझै पनि यसबारे यसरी छलफल गरिरहनुपर्छ र? तिमीहरूले भनेको कुनै पनि कुरा काम लाग्नेछैन!” अनि उसले कसैले पनि नसोचेको अनौठो सिद्धान्त वा उत्कृष्ट सुनिने विचार प्रस्तुत गर्नेछ, अनि अन्तिममा सबैका विचारहरूलाई खण्डन गर्नेछ। उसले त्यसो गरेपछि, यसले मानिसहरूलाई यस्तो सोच्ने तुल्याउँछ, “ऊ असाध्यै उच्च छ, ठीक छ; हामीले किन यसको बारेमा सोचेनौँ? हामी त केवल अज्ञानी मानिसहरू हौँ। त्यो राम्रो होइन—हामीलाई तपाईँकै नेतृत्व चाहिन्छ!” ख्रीष्टविरोधीले चाहने परिणाम नै त्यही हो; उसले सधैँ उत्कृष्ट सुनिने विचारहरू फलाकिरहेको हुन्छ, ताकि ऊ अद्वितीय व्यक्ति देखियोस्, र उसले अरूको सम्मान प्राप्त गर्न सकोस्। अनि उसले अन्त्यमा मानिसहरूमा कस्तो छाप छोड्छ? उसका विचारहरू साधारण मानिसहरूका भन्दा माथि छन्, साधारण मानिसहरूका भन्दा उच्च छन् भन्ने छाप छोड्छ। कति उच्च? यदि ऊ छैन भने, समूहले कुनै निर्णय गर्न वा कुनै कुरालाई अन्तिम रूप दिन सक्दैन, त्यसकारण उसले आएर केही भनुञ्जेल तिनीहरूले प्रतीक्षा गर्नुपर्छ। उसले केही भनेपछि, सबैले उसलाई आदर गर्छन्, र यदि उसले भनेको कुरा भ्रमपूर्ण छ भने पनि, सबैले यो उच्च कुरा हो भनेर भन्छन्। यस क्रममा, के उसले मानिसहरूलाई बहकाइरहेको हुँदैन र? त्यसोभए, उसले किन कसैसँग सहकार्य गर्न सक्दैन? उसलाई लाग्छ, “मानिसहरूसँग सहकार्य गर्नु भनेको आफूलाई तिनीहरूको स्तरमा राख्नु हो। के दुई वटा बाघ एउटै पहाडमा बस्न सक्छन्? पहाडको राजा एउटै मात्र हुन सक्छ, र त्यो राजसत्ता जसले पकड राख्न सक्छ उसैको हुन्छ—र त्यसो गर्न सक्ने भनेको म जस्तो सक्षम व्यक्तिले हो। तिमीहरू सबै जना त्यति तेजिला छैनौ; तिमीहरूको क्षमता कमजोर छ, र तिमीहरू डरपोक छौ। यसको साथै, तिमीहरूले संसारका मानिसहरूलाई धोका दिएका वा मूर्ख बनाएका छैनौ—तिमीहरूलाई अरूले मात्र मूर्ख तुल्याएका छन्। यहाँ अगुवा बन्न म मात्र योग्य छु!” उसका लागि, खराब कुराहरू यसरी असल कुरा बन्छन्। उसले आफ्ना यी खराब कुराहरूका बारेमा घमण्ड गर्छ—के त्यो लाजमर्दो कुरा होइन र? उसले किन यी कुराहरू भन्छ? अनि उसले यसरी व्यवहार गर्नुको उद्देश्य के हो? यसको उद्देश्य अगुवा बन्नु, चाहे जतिसुकै ठूलो समूहमा किन नहोस्, आफूले प्रमुख स्थान लिनु हो। के उसको अभिप्राय त्यही होइन र? (हो।) त्यसकारण, उसले सबैलाई होच्याउने, अपमान गर्ने, र गिल्ला गर्ने हरेक उपाय सोच्छ, त्यसपछि सबैलाई विश्वस्त गराउन र आफूले भनेको कुरा गर्न लगाउनका लागि आफ्ना उत्कृष्ट सुनिने विचारहरू प्रस्तुत गर्छ। के त्यो सहकार्य हो? होइन—के हो त? यो हामीले कुरा गरिरहेको आठौँ बुँदासँग मिल्छ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए। यो सहकार्यको सन्दर्भमा भनिएको हो। के ख्रीष्टविरोधीहरूले—तिनीहरूले जे गरिरहेका भए पनि, तिनीहरूका भाषामा वा कार्यहरूमा—अरूसँग सहकार्य गरेर आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले सहकार्य गर्दैनन्, बरु अरूले तिनीहरूका अभिव्यक्ति र कार्यहरू पालना गर्नुपर्ने माग मात्रै गर्छन्। त्यसोभए के तिनीहरूले अरूबाट सल्लाह लिन सक्छन् त? अवश्यै सक्दैनन्। अरूले तिनीहरूलाई जेसुकै सल्लाह दिए पनि, तिनीहरू यसप्रति निकै उदासीन हुन्छन्। तिनीहरूले विस्तृत कुराहरू वा कारणहरू सोध्दैनन्, न त परिस्थितिहरूलाई साँच्चै कसरी सम्हाल्ने भनेर नै सोध्छन्, सत्यता सिद्धान्तहरूको खोजी गर्नु त परको कुरा हो। अझै खराब कुरा त, तिनीहरूकै अगाडि हुँदा तिनीहरूले मलाई समेत सोध्दैनन्—तिनीहरूले त मलाई हावा जस्तो ठान्छन्। म तिनीहरूलाई केही समस्या छ कि भनेर सोध्छु, र तिनीहरूले छैन भनेर भन्छन्। स्पष्ट रूपमा, तिनीहरूलाई भर्खरै देखा परेको कुनै कुराको बारेमा के गर्ने भनेर थाहा हुँदैन, तैपनि म तिनीहरूको सामुन्ने हुँदा समेत तिनीहरूले मलाई सोध्दैनन्। त्यसोभए के तिनीहरूले अरू कसैसँग सहकार्य गर्न सक्छन्? तिनीहरूको सहकर्मी हुन कोही पनि योग्य हुँदैन, तिनीहरूको दास र सेवक हुन मात्र योग्य हुन्छ। होइन र? तिनीहरूमध्ये कतिसँग सहकर्मीहरू हुन सक्छन्, तर वास्तवमा, ती सहकर्मीहरू कठपुतलीहरू जस्तै तिनीहरूका सेवक हुन्। तिनीहरूले “यता जाऊ” भन्दा त्यो सहकर्मी जान्छ; “त्यता जाऊ” भन्दा पनि जान्छ; तिनीहरूका सहकर्मीलाई तिनीहरूले जे कुरा थाहा दिन्छन् त्यो थाहा हुन्छ, र जे कुरा थाहा दिन चाहँदैनन् त्यो कुरा तिनीहरूले सोध्ने समेत आँट गर्दैनन्। परिस्थितिहरू तिनीहरूले जस्तो भनेका छन् त्यस्तै हुन्छन्। कसैले तिनीहरूलाई यसो भन्न सक्छ, “यसरी हुँदैन। कतिपय कुराहरूको जिम्मा तपाईँ एकलैले लिन मिल्दैन। तपाईँले सहकार्य गर्नका लागि, तपाईँको सुपरिवेक्षणका लागि कोही खोज्नुपर्छ। यसको साथै, तपाईँले विगतमा केही काम त्यति राम्रोसँग गर्नुभएन। तपाईँले काम गर्न सक्ने, तपाईँसँग सहकार्य गर्न र तपाईँलाई सहयोग गर्न सक्ने क्षमता भएको व्यक्ति खोज्नुपर्छ—तपाईँले मण्डलीको काम र परमेश्वरको घरका हितहरूको रक्षा गर्नुपर्छ!” तिनीहरूले यसमा के भन्नेछन्? “यदि तपाईँले मेरो सहकर्मीलाई बर्खास्त गर्नुभयो भने, मसँग सहकार्य गर्न उपयुक्त अरू कोही छैन।” तिनीहरूले के भनिरहेका छन्? तिनीहरूले तिनीहरूको कुनै सहकर्मी हुँदैन भनिरहेका छन् कि तिनीहरूले त्यस्तो सेवक वा दास भेट्टाउन सक्दैनन् भनिरहेका छन्? तिनीहरूलाई यस्तो दास वा सेवक, तिनीहरूको आदेश मात्र पालन गर्ने यस्तो “सहकर्मी” भेट्टाउन सकिँदैन भन्ने डर हुन्छ। तिमीहरू तिनीहरूले उठाएको यो चुनौतीलाई कसरी समाधान गर्नुपर्छ भन्छौ? तैँले यसो भन्न सक्छस्, “ए, सहकर्मी भेट्टाउन सक्नुहुन्न? त्यसोभए तपाईँले यो परियोजनामा काम गर्नु पर्दैन—तपाईँको सट्टामा जोसँग सहकर्मी छ उसले गर्दा हुन्छ।” के यसरी समस्या समाधान हुँदैन र? यदि कोही पनि तँसँग सहकार्य गर्न योग्य छैन र तँसँग कसैले सहकार्य गर्न सक्दैन भने, तँ कस्तो प्राणी होस्? तँ एउटा राक्षस, एउटा विचित्रको व्यक्ति होस्। साँच्चिकै समझ भएका मानिसहरूले त कम्तीमा औसत व्यक्तिसँग सहकार्य गर्न सक्छन्, तर त्यो व्यक्तिको क्षमता अत्यन्तै कमजोर हुनु भएन। त्यो काम लाग्दैन। समझदार मानिसहरूले गर्नुपर्ने पहिलो कुरा भनेको आफ्नो कर्तव्य पूरा गर्दा अरूसँग सहकार्य गर्न सिक्नु हो। तिनीहरूले कुनै पनि व्यक्तिसँग सहकार्य गर्न सक्नुपर्छ, तर त्यो व्यक्ति कमजोर मानसिकता भएको व्यक्ति वा दियाबलस भने हुनु हुँदैन, किनभने त्यस्तो अवस्थामा ऊसँग सहकार्य गर्ने कुनै उपाय हुँदैन। धेरैजसो मानिसहरूसँग सहकार्य गर्न सक्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो—यो सामान्य समझको लक्षण हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।