विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन् (खण्ड चार)

ई. आफू बढुवा नहुँदा ख्रीष्टविरोधीहरूको व्यवहार

सत्यता नपछ्याउने अर्को प्रकारको व्यक्ति पनि हुन्छ। यसप्रकारको व्यक्तिले सत्यता नपछ्याउने हुनाले, उसले महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्दैन, र परिणामस्वरूप परमेश्‍वरका घरमा काटछाँट गरिएको बिरलै अनुभव गर्छ, उसले कहिल्यै पनि आफ्नो कर्तव्यबाट बरखास्त गरिएको अनुभव गरेको हुँदैन, अनि अवश्य नै, उसको कर्तव्य अह्रावट बिरलै समायोजित गरिन्छ। तथापि, जब धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि पनि उसलाई अझै बढुवा गरिएको हुँदैन, तब उसले आफूसँग आशिष् पाउने कति आशा छ भनेर बारम्बार मूल्याङ्कन गर्न थाल्छ। विशेष गरी उसले परमेश्‍वरका वचनहरूमा “सत्यता नपछ्याउनेहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्” भनेर भनिएको देख्दा, उसलाई आशिष् पाइने आफ्नो आशा एकदमै कम रहेछ भन्ने लाग्छ, अनि ऊ पछि हट्नेबारे सोच्न थाल्छ। कहिल्यै सत्यता नपछ्याउने यी केही मानिसहरूसँग केही ज्ञान र सामर्थ्य हुन्छ, र तिनीहरू बढुवा नभएका हुनाले असन्तुष्ट हुन्छन् र गुनासो गर्न थाल्छन्; तिनीहरू पछि हट्न चाहन्छन् तर आशिष् पाउने मौका गुम्नेछ भनेर डराउँछन्, तर तिनीहरू पछि नहटे पनि तिनीहरूले बढुवा पाउनेछैनन्—तिनीहरूलाई आफू अप्ठ्यारो परिस्थितिमा परेको महसुस हुन्छ। तिमीहरूलाई यस मामिलाबारे के लाग्छ? यी मानिसहरूले सत्यता नपछ्याए पनि, तिनीहरूमध्ये केही तुलनात्मक रूपले अध्ययनशील र उत्साही हुन्छन्; तिनीहरूले जुनै कर्तव्य निभाए पनि, तिनीहरू सान्दर्भिक व्यावसायिक ज्ञान लिन सधैँ इच्छुक हुन्छन्, सधैँ परमेश्‍वरको घरले आफूलाई बढुवा गरोस् भन्ने चाहन्छन्, अनि आफूलाई विशिष्ट बनाएर आफूले चाहेको हैसियत र विभिन्न फाइदाहरू प्राप्त गर्ने दिनको चाह गर्छन्। यसो हेर्दा, यस्ता मानिसहरू अरूका अगाडि शान्त, ध्यान नखिच्ने, लगनशील र कर्तव्यनिष्ठ देखिन्छन्, तैपनि तिनीहरूको हृदय महत्त्वाकाङ्क्षा र चाहनाले भरिएको हुन्छ। तिनीहरूको आदर्श वाक्य के हो? अवसर तयार व्यक्तिको पक्षधर हुन्छ। सतही रूपमा हेर्दा, तिनीहरू पटक्कै अरूको ध्यान खिच्दैनन् र आफ्नो प्रदर्शन गर्दैनन्, तिनीहरू विभिन्‍न कुराहरूका लागि प्रतिस्पर्धा वा खोसाखोस गर्दैनन्, तैपनि तिनीहरूका हृदयमा “ठूलो आकाङ्क्षा” हुन्छ। त्यसकारण, जब तिनीहरूले मण्डलीमा बढुवा पाउँदै गरेको वा अगुवा वा कामदार बन्दै गरेको कुनै व्यक्ति देख्छन्, तब तिनीहरू अलि ज्यादा उदास र दुःखी हुन्छन्। जसलाई बढुवा र संवर्धन गरिए वा केही महत्त्वपूर्ण भूमिका दिइए पनि, तिनीहरूलाई त्यो सधैँ धक्का लाग्छ। कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले उच्च सम्मान दिँदा, प्रशंसा गर्दा र साथ दिँदासमेत तिनीहरूलाई ईर्ष्या लाग्छ र तिनीहरू हृदयमा बेखुसी हुन्छन्, अनि तिनीहरूमध्ये कतिपयले त एकान्तमा आँसुसमेत झार्छन्, र बारम्बार आफूलाई सोध्छन्, “मलाई कहिले उच्च सम्मान दिइने र चयन गरिने होला? माथिले मलाई कहिले चिन्ने होला? कुनै अगुवाले मेरो सामर्थ्य, गुण, वरदान र प्रतिभा कहिले देख्ने होला? मैले कहिले बढुवा र संवर्धन पाउने होला?” तिनीहरू दुःखी र नकारात्मक महसुस गर्छन्, तर यस्तै भइरहन चाहँदैनन्, त्यसैले तिनीहरू एकान्तमा आफूलाई नकारात्मक नहुन, निरन्तर अघि बढ्ने इच्छाशक्ति राख्न, रोकावटद्वारा निरुत्साहित नहुन र कहिल्यै हरेस नखान प्रोत्साहित गर्छन्। तिनीहरू प्रायः आफूलाई यस्तो चेतावनी दिइरहन्छन्: “म ठूलो आकाङ्क्षा बोकेको व्यक्ति हुँ। मैले साधारण, सामान्य व्यक्ति हुने इच्छा गर्नै हुँदैन, म व्यस्त, सामान्य जीवनमा चित्त बुझाउन इच्छुक हुनै हुँदैन। परमेश्‍वरप्रति मेरो विश्‍वास विशिष्ट हुनैपर्छ र त्यसले ठूला उपलब्धिहरू हासिल गर्नैपर्छ। यदि मैले यस्तै शान्त र औसत जीवन जिइरहेँ भने, त्यो असाध्यै कायरतापूर्ण र निस्सासिँदो कुरा हुन्छ! म त्यस्तो व्यक्ति हुन सक्दिनँ। म दोब्बर कडा परिश्रम गर्नेछु, हरक्षणको सदुपयोग गर्नेछु, अझ धेरै परमेश्‍वरका वचनहरू पढ्नेछु र वाचन गर्नेछु, अझ धेरै ज्ञान लिनेछु र यो पेसाको अझ धेरै अध्ययन गर्नेछु। अरूले जेजति कुरा पूरा गर्न सक्छन्, त्यो मैले पूरा गर्नैपर्छ, अनि अरू मानिसहरूले सङ्गति गर्न सक्ने कुराहरूमा मैले पनि सङ्गति गर्न सक्नैपर्छ।” केही समय कडा मेहनत गरेपछि, मण्डलीमा चुनाव आउँछ, तर तिनीहरू अझै पनि निर्वाचित हुँदैनन्। मण्डलीले संवर्धन गर्न, बढुवा गर्न र महत्त्वपूर्ण भूमिका दिन कुनै व्यक्ति खोज्दै गर्दा, तिनीहरू हरेकपटक नै चयन हुँदैनन्; तिनीहरूले आफू बढुवा हुने आशा छ भनेर सोच्दैपिच्छे, आखिरमा तिनीहरूलाई निराशा हात लाग्छ, अनि हरेक निराशाले तिनीहरूलाई खिन्न र नकारात्मक महसुस गराउँछ। तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेर आशिष् पाउने कुरा आफूबाट एकदमै टाढा छ भन्ने विश्वास गर्छन्, त्यसैले तिनीहरूका मनमा पछि हट्ने विचार उत्पन्न हुन्छ। तर, तिनीहरू पछि हट्न इच्छुक हुँदैनन्, बरु फेरि एकपटक कडा प्रयास गरेर सङ्घर्ष गर्न चाहन्छन्। तिनीहरूले यसरी जति धेरै कडा प्रयास र सङ्घर्ष गर्छन्, त्यति नै धेरै तिनीहरूलाई आफूलाई कसैले सिफारिस गरोस्, र बढुवा मिलोस् भन्‍ने लालसा हुन्छ। तिनीहरूको यो लालसा झन्झन् बढ्छ, तर अन्त्यमा गएर तिनीहरूलाई निराशा नै प्राप्त हुन्छ, र यसरी तिनीहरूको आडम्बर र आशिष् पाउने चाहनाले तिनीहरूलाई सताउँछ। हरेक निराशा तिनीहरूलाई आगोमा पोलेझैँ र निखारेझैँ हुन्छ। तिनीहरू आफूले चाहेको कुरा प्राप्त गर्न सक्दैनन्; तिनीहरू पछि हट्न चाहन्छन् तर तिनीहरूलाई त्यसो गर्न सकिँदैन भन्ने लाग्छ; तिनीहरू आफूले पकडमा राख्‍न चाहेको कुरालाई पकडमा राख्‍न सक्दैनन्, र तिनीहरूसँग निराशा, उदासी, र अनन्त पर्खाइ मात्र बाँकी रहन्छ। तिनीहरू पछि हट्न चाहन्छन् तर ठूलठूला आशिष्‌हरू गुम्छन् कि भनी डराउँछन्, अनि तिनीहरूले जति दिलोज्यानले आशिष्‌हरू समात्ने चाहना गर्छन्, तिनीहरू त्यति नै कम मात्र आशिष् पाउन सक्षम हुन्छन्। यसको परिणामस्वरूप, तिनीहरू यस्ता अवस्थामा पुग्छन्, जहाँ तिनीहरूले आशिष्‌ पाउने आशा र निराशा हात लाग्‍ने पीडाबीच निरन्तर सङ्घर्ष गर्नुपर्छ, अनि यसले तिनीहरूको हृदयलाई धेरै पीडा दिन्छ। तर के तिनीहरूले यस मामिलाबारे परमेश्‍वरलाई प्रार्थना गर्नेछन् त? अहँ, गर्नेछैनन्। तिनीहरू यस्तो सोच्छन्: “प्रार्थना गरेर के फाइदा? दाजुभाइ-दिदीबहिनीहरूले नै मेरो प्रशंसा गर्दैनन् र अगुवाहरूले नै मेरो सराहना गर्दैनन् भने, के परमेश्‍वरले अपवादका रूपमा मलाई महत्त्वपूर्ण भूमिका दिन सक्नुहुन्छ?” तिनीहरूलाई अरूमाथि आशा राख्दा निराशा हात लाग्नेछ र आशिषित् हुन्छु भनेर परमेश्‍वरमा आशा राख्नु पनि सुरक्षित हुँदैन भन्ने थाहा हुन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरूमा भनिएको “सत्यता नपछ्याउनेहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्” भन्ने कुरा देखेका हुनाले, तिनीहरू खिन्न र निराश हुन्छन्। तिनीहरूलाई मण्डलीमा कसैले ध्यान दिँदैन, र तिनीहरूले कुनै आशा देख्न सक्दैनन्। तिनीहरूले आफ्नो मुहार हेर्दा, अझै पनि आशिष् पाइने कुनै आशा देख्न सक्दैनन्, र सोच्छन्, “म पछि हटूँ कि बसूँ? के मसँग साँच्चै आशिष् पाउने कुनै आशा छैन?” तिनीहरूले हिचकिचाएर यी कुराबारे बारम्बार सोच्दासोच्दै वर्षौँ बितेर जान्छ, तर तिनीहरूले अझै पनि बढुवा वा महत्त्वपूर्ण पद पाउन सक्दैनन्। तिनीहरू हैसियतका लागि होड गर्न चाहन्छन् तर तिनीहरूलाई त्यसो गर्नु त्यति विवेकपूर्ण वा उचित होइन भन्ने लाग्छ, तिनीहरूलाई त्यसो गर्न लाज लाग्छ, तर यदि तिनीहरूले हैसियतका लागि होड गरेनन् भने, तिनीहरूले कहिले बढुवा पाउनेछन् र तिनीहरूलाई कहिले महत्त्वपूर्ण भूमिका दिइनेछ? तिनीहरू आफूसँगै परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूबारे सोच्छन्, जो तिनीहरूसँगै भेलाहरूमा उपस्थित हुन्छन् र कर्तव्य निर्वाह गर्छन्। तीमध्ये धेरैलाई बढुवा गरिएको र महत्त्वपूर्ण भूमिका दिइएको हुन्छ, जबकि तिनीहरूले चाहिँ जति नै कडा प्रयास गरे पनि कुनै महत्त्वपूर्ण भूमिका पाउन सक्दैनन्, र तिनीहरू अलमल्ल पर्छन् र अघि बढ्ने मार्ग भेटाउँदैनन्। तिनीहरूले आफ्नो विचार, स्थिति, सोच र दृष्टिकोण, आफ्नो विचलन र कमीहरूबारे अरू कसैसँग कहिल्यै सङ्गति गर्ने वा खुलेर कुरा गर्ने गर्दैनन्—तिनीहरू मानसिक रूपमा अरूदेखि पूर्ण रूपमा टाढिन्छन्। तिनीहरूले निकै समझदारीसाथ बोलेको देखिन्छ र केही हदसम्म विवेकी तरिकामा कार्य गरेको पनि देखिन्छ, तैपनि तिनीहरूका भित्री महत्त्वाकाङ्क्षा र चाहनाहरू ज्यादै प्रबल हुन्छन्। तिनीहरू आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न कडा प्रयास र सङ्घर्ष गर्छन्, कष्ट सहन्छन् र मूल्य चुकाउँछन्, अनि तिनीहरूले आशिषित् हुने आफ्नो आशाका खातिर सबै कुरा अर्पित गर्न सक्छन्। तर, जब तिनीहरू आफूले हासिल गर्न चाहेको परिणाम देख्न सक्दैनन्, तब तिनीहरू परमेश्‍वर, परमेश्‍वरको घर र मण्डलीमा रहेका सबै जनाप्रतिसमेत शत्रुता र रिसले भरिन्छन्। तिनीहरू आफूले कडा प्रयास गरेको नदेखेकामा, आफ्ना सामर्थ्य र असल कुराहरू नदेखेकामा, सबैलाई घृणा गर्छन्, र तिनीहरू आफूलाई अवसरहरू नदिएकामा, आफूलाई बढुवा नगरेकामा वा महत्त्वपूर्ण भूमिका नदिएकामा, परमेश्‍वरलाई पनि घृणा गर्छन्। तिनीहरूको हृदयभित्र यति धेरै ईर्ष्या र घृणा जागेपछि, के तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरलाई प्रशंसा गर्न सक्छन्? के तिनीहरूले सत्यता स्विकार्न, व्यावहारिक तवरले दृढ भई कर्तव्य राम्ररी निभाउन, र साधारण व्यक्ति बन्नका निम्ति आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्न सक्छन्? के तिनीहरूले यस्तो सङ्कल्प गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूसँग यस्तो सङ्कल्प नहुने मात्र होइन, पश्‍चात्ताप गर्ने चाहनासमेत हुँदैन। तिनीहरूले यसरी आफूलाई नै धेरै वर्षसम्म ढाकछोप गरेपछि, परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, र परमेश्‍वरप्रति समेत तिनीहरूको घृणा झन्झन् बढ्दै जान्छ। तिनीहरूको घृणा कतिसम्म बढ्छ? तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य राम्ररी निर्वाह गर्न नसकून्, परमेश्‍वरको घरको काम ठप्प होस् र परमेश्‍वरको व्यवस्थापन योजना व्यर्थ होस् भन्ने आशा गर्छन्, र तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई ठूलो रातो अजिङ्गरले पक्राउ गरोस् भनेरसमेत आशा गर्छन्। तिनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छन् र परमेश्‍वरलाई पनि घृणा गर्छन्। तिनीहरू परमेश्‍वर धर्मी हुनुहुन्न भनेर गुनासो गर्छन्, संसारमा मुक्तिदाता नभएकामा तिनीहरू संसारलाई सराप्छन्, अनि तिनीहरूको शैतानी रूप पूर्ण रूपले खुलासा हुन्छ। यस्तो व्यक्ति सामान्यतया गहन रूपमा लुकेको हुन्छ, अनि ऊ बाहिरी रूपमा ढोँग गरिरहन, नम्र, भद्र र प्रेमिलो भएको देखावटी गर्न एकदमै खप्पिस हुन्छ, तर ऊ वास्तवमा भेडा भेषी ब्वाँसो हुन्छ। उसले आफ्नो गोप्य दुर्भावपूर्ण अभिप्राय कहिल्यै प्रकट गर्दैन, उसलाई कसैले पनि छर्लङ्गै बुझ्न सक्दैन, र ऊ वास्तवमा कस्तो हो वा ऊ के सोचिरहेको हुन्छ भनेर कसैलाई थाहा हुँदैन। ऊसँग केही समय सङ्गत गर्नेहरूले ऊ एकदमै ईर्ष्यालु मानिस हो, ऊ सधैँ अरूसित प्रतिस्पर्धा गर्छ, आफूप्रति अरूको ध्यान खिच्न लागिपर्छ, ऊ अरूलाई उछिन्न असाध्यै उत्सुक हुन्छ, ऊ आफूले गर्ने हरकुरामा पहिलो स्थान पाउन एकदमै चाहन्छ भनेर देख्न सक्छन्। बाहिरबाट हेर्दा त ऊ यस्तै देखिन्छ, तर के ऊ वास्तवमा यस्तै हुन्छ त? वास्तवमा, आशिष्‌प्रति उसको चाहना अझ बलियो हुन्छ; ऊ आफूले चुपचाप कडा मेहनत गर्दा, आफूलाई समर्पित गर्दा र मूल्य चुकाउँदा, अरूले उसका असल कुरा र कार्य क्षमताहरू देख्न सकून्, र उसलाई परमेश्‍वरका घरमा महत्त्वपूर्ण भूमिका दिन सकियोस् भन्ने आशा गर्छ। अनि उसलाई महत्त्वपूर्ण भूमिका दिनुको नतिजा के हुन्छ? त्यो के हुन्छ भने, उसलाई सबैले उच्च सम्मान गर्न सक्छन् र अन्ततः उसको ठूलो आकाङ्क्षा पूरा हुन्छ; ऊ अरूमाझ विशिष्ट, र सबैले इज्जत र मान गर्ने व्यक्ति हुन सक्छ, अनि उसले यतिका वर्ष गरेको कडा परिश्रम, चुकाएको मूल्य र गरेको प्रयास सार्थक हुनेछ—यी मानिसहरूले आफ्नो भित्री हृदयमा पाल्ने महत्त्वाकाङ्क्षा र चाहनाहरू यिनै हुन्।

यसप्रकारका मानिसहरू सत्यता पछ्याउँदैनन्, तैपनि सधैँ परमेश्‍वरका घरमा प्रवर्धन गरिन र महत्त्वपूर्ण भूमिका पाउन चाहन्छन्। तिनीहरू हृदयमा के विश्‍वास गर्छन् भने, व्यक्तिमा जति धेरै कार्य सामर्थ्य हुन्छ, उसले जति धेरै महत्त्वपूर्ण पद प्राप्त गर्छ, ऊ परमेश्‍वरका घरमा जति धेरै प्रवर्धन गरिन्छ र सम्मानित हुन्छ, उसले आशिष्, मुकुट र इनाम प्राप्त गर्ने त्यति नै धेरै मौका पाउँछ। तिनीहरू के विश्वास गर्छन् भने, यदि कुनै व्यक्तिमा कार्य सामर्थ्य छैन, वा उसमा कुनै खास गुण छैन भने, ऊ आशिष् पाउन योग्य हुँदैन। तिनीहरू व्यक्तिको प्रतिभा, गुण, क्षमता, सिप, शैक्षिक स्तर, कार्य सामर्थ्य, अनि अरूलाई उछिन्ने तिनीहरूको सङ्कल्प र अदम्य मनोवृत्तिजस्ता बाहिर संसारमा मूल्यवान् ठानिने तिनीहरूको मानवताभित्रका तथाकथित सामर्थ्य र गुणहरूसमेतले आशिष् र इनाम प्राप्त गर्नहेतु पूँजीको काम गर्न सक्छन् भन्ने सोच्छन्। यो कस्तो मानक हो? के यो सत्यतासँग मेल खाने मानक हो? (होइन।) यो सत्यताको मानकसँग मेल खाँदैन। त्यसोभए, के यो शैतानको तर्क होइन र? के यो दुष्ट युग र दुष्ट सांसारिक प्रवृत्तिहरूको तर्क होइन र? (हो।) यस्ता मानिसहरूले विभिन्‍न कुराको मूल्याङ्कन गर्न प्रयोग गर्ने तर्क, विधि र मापदण्ड, साथै यी कुराहरूप्रतिको तिनीहरूको मनोवृत्ति र शैलीलाई विचार गर्दा, यस्तो लाग्छ मानौँ तिनीहरूले परमेश्‍वरका वचनहरू कहिल्यै सुनेका वा पढेका छैनन्, र तिनीहरू तीबारे पूर्णतया अनभिज्ञ छन्। तर वास्तवमा तिनीहरूले हरेक दिन परमेश्‍वरका वचनहरू सुनिरहेका, पढिरहेका र प्रार्थनार्थ पढिरहेका हुन्छन्। त्यसोभए, किन तिनीहरूको दृष्टिकोण कहिल्यै परिवर्तन हुँदैन त? एउटा कुरा निश्‍चित छ—तिनीहरूले परमेश्‍वरको वचन जति नै सुने पनि वा पढे पनि, तिनीहरू परमेश्‍वरका वचन सत्यता हुन्, र त्यो हरकुरा मापन गर्ने मापदण्ड हो भनेर हृदयमा कहिल्यै निश्‍चित हुँदैनन्; तिनीहरूले हृदयदेखि नै यो तथ्य बुझ्ने वा स्विकार्नेछैनन्। त्यसकारण, तिनीहरूको दृष्टिकोण जति नै बेतुके र विकृत भए पनि, तिनीहरू सदैव त्यसमा टाँसिइरहनेछन्, अनि परमेश्‍वरका वचन जति नै सही भए पनि, तिनीहरूले तिनलाई इन्कार र निन्दा गर्नेछन्। ख्रीष्टविरोधीहरूको क्रूर प्रकृति यही हो। तिनीहरूले महत्त्वपूर्ण भूमिका पाउन नसक्ने, र तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षा पूरा नहुनेबित्तिकै, तिनीहरूको साँचो रूप प्रकट भइहाल्छ, तिनीहरूको क्रूर प्रकृति आफै देखा परिहाल्छ, र तिनीहरू परमेश्‍वरको अस्तित्व इन्कार गर्न चाहन्छन्। वास्तवमा, तिनीहरूले परमेश्‍वरको अस्तित्व इन्कार गर्नुअघि नै परमेश्‍वरका वचन सत्यता हुन् भन्‍ने कुरा इन्कार गर्छन्। तिनीहरूको प्रकृति सारले नै सत्यता इन्कार गर्ने हुनाले, र परमेश्‍वरको वचन हरकुरा मापन गर्ने मापदण्ड हो भन्‍ने कुरा इन्कार गर्ने हुनाले नै, तिनीहरूले चलाकी, षड्यन्त्र र कडा परिश्रम गरेपछि पनि आफूलाई महत्त्वपूर्ण पदमा नराखिँदा तिनीहरू यसरी परमेश्‍वरप्रति शत्रुवत् हुन सक्छन्, र उहाँलाई अस्वीकार गर्ने, धोका दिने, इन्कार गर्ने र परमेश्‍वरको घर छोड्नेबारे सोच्छन्। तिनीहरूले शक्ति र नाफाका लागि अरू मानिसहरूसँग लडाइँ गरेको, वा आफ्नै बाटो हिँडेको, वा खुल्लमखुल्ला आफ्नै स्वतन्त्र राज्य खडा गरेको वा आफ्नै हैसियतको व्यवस्थापन गरेको नदेखिए पनि, हामीले तिनीहरूको प्रकृति सारबाट के देख्न सक्छौँ भने, तिनीहरू पूराको पूरा ख्रीष्टविरोधी हुन्। तिनीहरू आफ्नो जुनसुकै पछ्याइ पनि सही छ भन्ने सोच्छन्, र परमेश्‍वरका वचनहरूले जे भने पनि, तिनीहरूका लागि यी शब्दहरू उल्लेखयोग्य वा सुन्नलायक हुँदैनन्, अनि ती निश्‍चय नै प्रयोग गर्नलायक पनि हुँदैनन्। यस्ता मानिसहरू कस्ता किसिमका प्राणी हुन्? परमेश्‍वरका वचनहरूले तिनीहरूमा बिलकुलै प्रभाव पार्दैनन्; तिनले तिनीहरूलाई उत्प्रेरित गर्दैनन्, न त तिनीहरूको हृदय नै छुन्छन् न त तिनीहरूलाई आकर्षित नै गर्छन्। त्यसोभए, तिनीहरू केलाई मूल्यवान् ठान्छन् त? मानिसहरूका वरदान, प्रतिभा, क्षमता, ज्ञान, र रणनीतिहरू, साथै तिनीहरूका महत्त्वाकाङ्क्षा, ठूला योजना र प्रयासहरूलाई मूल्यवान् ठान्छन्। तिनीहरूले मूल्यवान् ठान्ने कुराहरू यिनै हुन्। यी कुराहरू सबै के हुन्? के यी परमेश्‍वरले मूल्यवान् ठान्ने कुराहरू हुन्? होइनन्। यी त भ्रष्ट मानवजातिले श्रद्धा र सम्मान गर्ने कुराहरू हुन्, अनि शैतानले सम्मान र आराधना गर्ने कुराहरू पनि यिनै हुन्। यी कुराहरू परमेश्‍वरको मार्ग, उहाँका वचन, र उहाँले मुक्ति दिने मानिसहरूबाट उहाँले गर्ने मागको पनि ठीक विपरित हुन्छन्। तर यस्ता मानिसहरूले यी कुराहरू शैतानका हुन्, यी दुष्ट कुराहरू हुन् र यी सत्यताविपरीत जान्छन् भनेर कहिल्यै सोचेका हुँदैनन्। बरु, तिनीहरू यी सबै कुरालाई बहुमूल्य ठान्छन्, दृढतासाथ र सङ्कल्पित भएर यिनै कुराहरूमा टाँसिइरहन्छन्, यिनलाई अरू सबै कुराभन्दा माथि ठान्छन्, र यिनलाई सत्यता पछ्याउनु र स्विकार्नुका ठाउँमा प्रयोग गर्छन्। के यो घोर विद्रोही कुरा होइन र? अनि अन्त्यमा, तिनीहरूको घोर विद्रोहीपन, र तिनीहरू अत्यन्तै अनुचित हुनुको एक मात्र परिणाम के हुनेछ? परिणाम के हुनेछ भने, यी मानिसहरू मुक्ति पाउनै नसक्ने हुनेछन्, र कसैले पनि तिनीहरूलाई परिवर्तन गर्न सक्नेछैन। यस्तो परिणाम भोग्नु तिनीहरूको नियति नै हुन्छ। मलाई बता त, के यिनीहरू गोप्य रूपमा केवल आफ्नो सामर्थ्य बढाइरहेका र धैर्यसाथ उपयुक्त समय कुरिरहेका मानिस होइनन् र? तिनीहरूले पालन गर्ने सिद्धान्त के हो भने, सक्‍कली सुन अन्तमा चम्किन्छ, र आफूले आफ्नो सामर्थ्य गोप्य रूपमा बढाउन, धैर्यसाथ उपयुक्त समय कुर्न र सही अवसर पर्खन, र त्यसबीचका समयमा तयारी गर्न र आफ्नो भविष्य, इच्छा र सपनाका लागि योजना बनाउन सिक्नैपर्छ। तिनीहरूले पालन गर्ने सिद्धान्त, तिनीहरूको अस्तित्वजीवी सिद्धान्त, तिनीहरूले पछ्याउने उद्देश्य, र तिनीहरूले आफ्नो भित्री सारमा तृष्णा गर्ने कुराका आधारमा मूल्याङ्कन गर्दा, यी मानिसहरू पूराको पूरा ख्रीष्टविरोधी हुन्। कतिपय मानिसहरू भन्छन्, “तर के ख्रीष्टविरोधीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापित गर्ने र हैसियतका लागि लडाइँ गर्ने गर्दैनन् र?” अनि, के यस्ता मानिसहरूले शक्ति पाएपछि स्वतन्त्र राज्य स्थापित गर्न सक्छन् त? के तिनीहरूले मानिसहरूलाई सास्ती दिन सक्छन्? (सक्छन्।) शक्तिमा पुगिसकेपछि, के तिनीहरूले सत्यता सिद्धान्तबमोजिम काम गर्न सक्नेछन्? के तिनीहरूले सत्यता पछ्याउन सक्नेथिए? के तिनीहरूले मानिसहरूलाई परमेश्‍वरसामु ल्याउन सक्नेथिए? (सक्नेथिएनन्।) यदि यस्ता मानिसहरूलाई महत्त्वपूर्ण पद दिइएको भए के हुनेथ्यो? तिनीहरूले प्रतिभावान्, बोल्न सिपालु, र ज्ञानी मानिसहरूलाई बढुवा दिनेथिए, चाहे तिनीहरूले काम गर्न सकून् वा नसकून्; तिनीहरूले आफूजस्तै मानिसहरूलाई प्रवर्धन गर्नेथिए, जबकि आत्मिक बुझाइ भएका, सत्यता पछ्याउने र इमानदार सबै सच्चा मानिसहरूलाई तिनीहरूले दबाएर राख्‍नेथिए। जब यस्तो परिस्थिति आउँछ, तब के यस्ता मानिसहरूको ख्रीष्टविरोधी सार खुलासा हुँदैन र? के त्यो एकदमै प्रस्ट हुँदैन र? आफूले महत्त्वपूर्ण भूमिका नपाउँदा र आफूसँग आशिष् पाउने आशा नहुँदा पछि हट्न चाहनेहरू सबै ख्रीष्टविरोधी हुन् भनेर मैले सुरुमा भन्दा, कतिपय मानिसले साँच्चिकै बुझेका थिएनन्। तर के अहिले तिमीहरू तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने कुरा देख्न सक्छौ? (सक्छौँ।)

जब कतिपय मानिसलाई अगुवाको पदबाट बरखास्त गरिन्छ र तिनीहरूलाई फेरि संवर्धन वा प्रयोग गर्न सकिँदैन भनेर माथिले भनेको तिनीहरूले सुन्छन्, तब तिनीहरू आफूलाई हटाइँदै छ जस्तो गरी अत्यन्तै दुःखी हुन्छन्, र बेस्सरी रुन्छन्—यो कस्तो समस्या हो? के तिनीहरूलाई फेरि संवर्धन वा प्रयोग नगरिनुको अर्थ तिनीहरूलाई हटाइनु हो? के त्यसको अर्थ त्यसपछि तिनीहरूले मुक्ति पाउन सक्दैनन् भन्ने हो? के तिनीहरूलाई ख्याति, प्राप्ति र हैसियत साँच्चै त्यस्तो महत्त्वपूर्ण लाग्छ? यदि तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् भने, आफूले ख्याति, प्राप्ति र हैसियत गुमाउँदा तिनीहरूले आत्मचिन्तन गर्नुपर्छ, र साँचो पछुतो महसुस गर्नुपर्छ; तिनीहरूले सत्यता पछ्याउने मार्ग रोज्नुपर्छ, जीवनको नयाँ पाना पल्टाउनुपर्छ, र तिनीहरू धेरै दुःखी हुनु वा धेरै रुनु हुँदैन। यदि तिनीहरूलाई आफूले वास्तविक काम नगरेको र सत्यता नपछ्याएको कारण परमेश्‍वरको घरले आफूलाई बरखास्त गरेको छ भन्ने हृदयमा थाहा भयो अनि तिनीहरूलाई फेरि प्रवर्धन वा प्रयोग गरिनेछैन भनेर परमेश्‍वरको घरले भनेको तिनीहरूले सुने भने, तिनीहरूलाई लाज लाग्नुपर्छ, आफू परमेश्‍वरप्रति ऋणी भएको र आफूले परमेश्‍वरलाई निराश तुल्याएको महसुस गर्नुपर्छ; तिनीहरूले आफू परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य छैनँ भनेर जान्नुपर्छ, अनि यसरी तिनीहरूमा अलिअलि समझ छ भनेर मान्न सकिन्छ। तर तिनीहरू परमेश्‍वरको घरले तिनीहरूलाई फेरि संवर्धन वा प्रयोग गर्नेछैन भनेको सुन्दा नै नकारात्मक र दुःखी बन्छन्, र यसले के देखाउँछ भने तिनीहरू ख्याति, प्राप्ति र हैसियत पछ्याइरहेका छन्, र तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। तिनीहरूको आशिष्‌प्रतिको चाहना यस्तो बलियो हुन्छ, तिनीहरू हैसियतलाई यस्तो बहुमूल्य ठान्छन् र वास्तविक काम गर्दैनन्, त्यसैले तिनीहरूलाई बरखास्त गरिनुपर्छ, र तिनीहरूले चिन्तन गरेर आफ्ना भ्रष्ट स्वभावहरू बुझ्नुपर्छ। तिनीहरूले थाहा पाउनुपर्छ कि तिनीहरूले पछ्याइरहेको मार्ग गलत छ, तिनीहरू हैसियत, ख्याति र प्राप्ति पछ्याएर ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेका छन्, तिनीहरूलाई परमेश्‍वरले अनुमोदन नगर्नुहुने मात्र होइन, तिनीहरूले उहाँको स्वभावलाई पनि चिढ्याउनेछन्, अनि तिनीहरूले हरप्रकारको दुष्टता गरेमा, तिनीहरूलाई परमेश्‍वरले दण्ड पनि दिनुहुनेछ। के तिमीहरूमा पनि यो समस्या छैन र? यदि अहिले मैले तिमीहरूमा आत्मिक बुझाइ छैन भनेर भनेको भए, के तिमीहरू बेखुसी हुनेथिएनौ र? (हुनेथियौँ।) कतिपय मानिसले कुनै माथिल्लो तहका अगुवाबाट तिनीहरूमा आत्मिक बुझाइ छैन भनेको सुन्दा, तिनीहरूलाई आफू सत्यता बुझ्न सक्षम छैनँ, आफूलाई परमेश्‍वरले पक्कै चाहनुहुन्न, र आफूसँग आशिष् पाउने आशा छैन भन्ने लाग्छ; तर तिनीहरूलाई दुःख लागे पनि, तिनीहरू अझै पनि सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन्—यस्ता मानिसहरूमा अलिअलि समझ हुन्छ। जब कतिपय मानिसले आफूमा आत्मिक बुझाइ छैन भनेर कसैले भनेको सुन्छन्, तब तिनीहरू नकारात्मक बन्छन्, र त्यस उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन्। तिनीहरू सोच्छन्, “तिमी मसँग आत्मिक बुझाइ छैन भनेर भन्छौ—के त्यसको अर्थ मसँग आशिष् पाउने आशा छैन भन्ने होइन र? मैले भविष्यमा कुनै आशिष् नपाउने भएपछि, म अझै केका लागि विश्‍वास गरिरहेको छु? म आफूलाई सेवा प्रदान गर्न लगाइएको स्वीकार गर्नेछैनँ। यदि बदलामा केही पनि पाइँदैन भने तिम्रा निम्ति कसले परिश्रम गर्छ र? म त्यस्तो मूर्ख छैनँ!” के यस्ता मानिसहरूमा विवेक र समझ हुन्छ? तिनीहरूले परमेश्‍वरबाट एकदमै धेरै अनुग्रह पाउँछन्, तैपनि त्यसको ऋण तिर्न जान्दैनन्, र तिनीहरू सेवा दिनसमेत चाहँदैनन्। यस्ता मानिसहरू सक्किन्छन्। तिनीहरूले अन्त्यसम्म सेवा दिनसमेत सक्दैनन् र तिनीहरूमा परमेश्‍वरप्रति साँचो आस्था हुँदैन; तिनीहरू अविश्‍वासी हुन्। यदि तिनीहरूमा परमेश्‍वरका लागि सच्चा हृदय र परमेश्‍वरप्रति साँचो आस्था छ भने, तिनीहरूलाई जसरी मूल्याङ्कन गरिए पनि, यसले तिनीहरूलाई केवल अझ साँचो र सही रूपमा आफूलाई चिन्न सक्षम बनाउनेछ—तिनीहरूले यस मामिलालाई सही तरिकाले लिनुपर्छ र त्यसलाई परमेश्‍वरको पछ्याइमा वा आफ्नो कर्तव्य निर्वाहमा प्रभाव पार्न दिनु हुँदैन। तिनीहरूले आशिष् प्राप्त गर्न नसके पनि, तिनीहरू अझै पनि कुनै गुनासो नगरी परमेश्‍वरका लागि अन्त्यसम्म सेवा प्रदान गर्न इच्छुक हुनुपर्छ, र त्यसो गर्न पाउँदा खुसी हुनुपर्छ, अनि तिनीहरूले आफूलाई परमेश्‍वरले सबै कुरा योजनाबद्ध गर्ने कार्यको कृपामा राख्नुपर्छ—त्यसपछि मात्र तिनीहरू विवेक र समझसहितको व्यक्ति हुनेछन्। कुनै व्यक्तिले आशिष् पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने कुरा परमेश्‍वरका हातमा हुन्छ, यसमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ र उहाँले नै यसको बन्दोबस्त गर्नुहुन्छ, र यो मानिसहरूले मागेर वा कोसिस गरेर प्राप्त गर्ने कुरा होइन। बरु, यो त व्यक्तिले परमेश्‍वरको वचन पालन गर्न सक्छ कि सक्दैन, सत्यता स्विकार्न सक्छ कि सक्दैन, र परमेश्‍वरका मागअनुसार आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ—परमेश्‍वरले प्रत्येक व्यक्तिलाई उसको कार्यअनुसार प्रतिफल दिनुहुनेछ। यदि कसैसँग यतिको इमानदारी छ र उसले आफूले बटुल्न सक्ने सबै सामर्थ्य आफूले गर्नुपर्ने कर्तव्यमा समर्पित गर्छ भने, त्यो नै पर्याप्त हुन्छ, र उसले परमेश्‍वरको अनुमोदन र आशिष् पाउनेछ। त्यसको विपरीत, यदि कसैले मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य पूरा गर्दैन र हरप्रकारको दुष्टतासमेत गर्छ, तैपनि परमेश्‍वरबाट आशिष् प्राप्त गर्न चाहन्छ भने, के उसले यस्तो व्यवहार गर्नु एकदमै समझ नहुनु होइन र? यदि तँलाई आफूले त्यति राम्रो गरेको छैन, आफूले धेरै प्रयास लगाएको भए पनि सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न सकेको छैन भन्ने लाग्छ, अनि तँलाई आफू परमेश्‍वरप्रति ऋणी छु भन्ने लाग्छ, तैपनि उहाँले तँलाई आशिष् दिनुहुन्छ र अनुग्रह देखाउनुहुन्छ भने, के त्यसको अर्थ परमेश्‍वरले तँलाई निगाह देखाइरहनुभएको छ भन्ने होइन र? यदि परमेश्‍वर तँलाई आशिष् दिन चाहनुहुन्छ भने, त्यो यस्तो कुरा हो जुन कसैले पनि खोसेर लैजान सक्दैन। तँलाई आफूले धेरै राम्रो गरेको छैन भन्ने लाग्‍न सक्छ, तर परमेश्‍वरका मूल्याङ्कनमा, उहाँ तँ इमानदार छस् र तैँले तेरो सबथोक दिएको छस् भनेर भन्नुहुन्छ र उहाँ तँलाई अनुग्रह देखाउने र आशिष् दिने इच्छा गर्नुहुन्छ। परमेश्‍वरले गर्ने कुनै पनि कुरा गलत हुन्न, र तैँले उहाँको धार्मिकताको प्रशंसा गर्नैपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि, त्यो सधैँ सही हुन्छ, र तैँले परमेश्‍वरले गर्ने कुरा मानव भावनाप्रति विचारशील हुँदैन, त्यो तँलाई मन पर्दैन भन्‍ने ठानेर उहाँले गर्ने कुराहरूबारे धारणाहरू पाले पनि, तैँले अझै परमेश्‍वरलाई प्रशंसा गर्नैपर्छ। तैँले यो किन गर्नुपर्छ? तँलाई त्यसको किन भन्ने कारण थाहा छैन, होइन त? यो कुरा बुझाउन वास्तवमा एकदमै सजिलो छ: किनभने परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ र तँ मानव होस्; उहाँ सृष्टिकर्ता हुनुहुन्छ, र तँ सृजित प्राणी होस्। तँ परमेश्‍वरले कुनै निश्‍चित तरिकामा कार्य गर्नुपर्छ वा उहाँले तँलाई निश्‍चित तरिकामा व्यवहार गर्नुपर्छ भनेर माग गर्न योग्य छैनस्, जबकि परमेश्‍वर तँलाई मागहरू राख्न योग्य हुनुहुन्छ। आशिष्, अनुग्रह, इनाम, मुकुट—यी सबै कुरा कसरी र कसलाई दिइन्छ, त्यो परमेश्‍वरमै निर्भर हुन्छ। त्यो किन परमेश्‍वरमै निर्भर हुन्छ? यी परमेश्‍वरका कुरा हुन्; ती मानिस र परमेश्‍वरको संयुक्त स्वामित्वमा रहेका सम्पत्ति होइनन् जुन तिनीहरू र उहाँबीच बराबर वितरण गर्न सकियोस्। ती परमेश्‍वरका हुन् अनि परमेश्‍वरले जसलाई ती दिन्छु भनेर प्रतिज्ञा गर्नुहुन्छ उसैलाई दिनुहुन्छ। यदि परमेश्‍वरले तँलाई ती दिने प्रतिज्ञा गर्नुहुन्न भने पनि, तँ अझै उहाँमा समर्पित हुनुपर्छ। यदि तैँले यो कारण परमेश्‍वरमा विश्‍वास गर्न छोडिस् भने, त्यसले कस्ता समस्याहरू समाधान गर्ला? के तँ सृजित प्राणी हुन छोड्छस्? के तँ परमेश्‍वरको सार्वभौमिकताबाट उम्कन सक्छस्? परमेश्‍वरले अझै पनि यावत्‌ थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, र यो अपरिवर्तनीय तथ्य हो। परमेश्‍वरको पहिचान, हैसियत र सार कहिल्यै पनि मानिसको पहिचान, हैसियत र सार बराबर मान्न सकिँदैन, न त यी कुराहरूमा कहिल्यै कुनै परिवर्तन नै हुनेछ—परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ, र मानिस सदैव मानिस नै हुनेछ। यदि व्यक्तिले यो बुझ्न सक्छ भने, उसले के गर्नुपर्छ? ऊ परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ—कामकुरा अघि बढाउने यो नै सबैभन्दा विवेकी तरिका हो, र यसबाहेक अर्को मार्ग रोज्न सकिँदैन। यदि तँ समर्पित हुँदैनस् भने, तँ विद्रोही होस्, अनि यदि तँ अवज्ञा र तर्क गर्छस् भने, तँ घोर विद्रोही बनिरहेको हुन्छस्, र तँलाई नष्ट पार्नुपर्ने हुन्छ। परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुले तँमा समझ छ भन्ने देखाउँछ; मानिसहरूमा हुनैपर्ने मनोवृत्ति यही हो, अनि सृजित प्राणीहरूमा हुनुपर्ने मनोवृत्ति यही मात्र हो। उदाहरणका लागि, मानिलिऊँ तँसँग सानो बिरालो वा कुकुर छ—के त्यो बिरालो वा कुकुर तैँले त्यसका लागि विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा वा खेलौनाहरू किन्नुपर्छ भनेर माग गर्न योग्य हुन्छ? के आफ्नो मालिकबाट मागहरू गर्ने त्यति अनुचित कुकुर वा बिरालो हुन्छ? (हुँदैन।) अनि के कुनै कुकुरले अर्को व्यक्तिको घरको कुकुरले आफूले भन्दा राम्रो जीवन पाएको देखेर ऊ आफ्नो मालिकसँग नरहने निर्णय गर्छ? (गर्दैन।) त्यसको स्वाभाविक प्रवृत्ति भनेकै यस्तो सोच्‍नु हो, “मेरो मालिकले मलाई खानेकुरा र बस्ने ठाउँ दिन्छ, त्यसैले मैले मालिकको घर रुँग्नैपर्छ। मेरो मालिकले मलाई खाना दिएन वा त्यति राम्रो खाना दिएन भने पनि, मैले उसको घर रुँग्नैपर्छ।” कुकुरसित आफ्नो स्थान नाघ्ने अर्को अनुचित सोच हुँदैन। मालिकले त्यसलाई राम्रो व्यवहार गरे पनि नगरे पनि, मालिक घर आउँदा त्यो एकदमै खुसी हुन्छ, र त्यसले सक्दो खुसी हुँदै पुच्छर हल्लाइरहन्छ। त्यसको मालिकले त्यसलाई मन पराए पनि वा मन नपराए पनि, मालिकले त्यसका लागि स्वादिष्ट खानेकुरा किने पनि वा नकिने पनि, आफ्नो मालिकप्रति त्यसको व्यवहार सधैँ उस्तै हुन्छ, अनि त्यसले अझै पनि उसको घर रुँग्छ। यस आधारमा मूल्याङ्कन गर्दा, के मानिसहरू कुकुरभन्दा खराब छैनन् र? (छन्।) मानिसहरू सधैँ परमेश्‍वरबाट माग गरिरहेका हुन्छन्, र उहाँविरुद्ध सधैँ विद्रोह गरिरहेका हुन्छन्। यस समस्याको जड के हो? त्यो के हो भने, मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, तिनीहरू सृजित प्राणीका स्थानमा बस्न सक्दैनन्, त्यसैले तिनीहरूले आफ्नो नैसर्गिक प्रवृत्ति गुमाउँछन् र तिनीहरू शैतान बन्छन्; तिनीहरूको नैसर्गिक प्रवृत्ति परमेश्‍वरको विरोध गर्ने, सत्यता इन्कार गर्ने, दुष्टता गर्ने र परमेश्‍वरप्रति समर्पित नहुने शैतानी नैसर्गिक प्रवृत्तिमा परिणत हुन्छ। तिनीहरूको मानव नैसर्गिक प्रवृत्तिलाई कसरी फिर्ता ल्याउन सकिन्छ? तिनीहरूलाई विवेक र समझ धारण गर्न, व्यक्तिले गर्नुपर्ने कामकुराहरू गर्न, र तिनीहरूले गर्नुपर्ने कर्तव्य निर्वाह गर्न लगाउनुपर्छ। यो कुकुरले घर रुँग्नु र बिरालोले मुसा पक्रनु जस्तै हो—मालिकले तिनीहरूलाई जसरी व्यवहार गरे पनि, तिनीहरूले आफ्नो सारा शक्ति लगाएर यी कुराहरू गर्छन्, तिनीहरू यी काममा लागिपर्छन्, अनि तिनीहरू आफ्ना स्थानमा बस्छन् र आफ्नो नैसर्गिक प्रवृत्ति पूरापूर प्रयोग गर्छन्, र त्यसैले तिनीहरूको मालिकले तिनीहरूलाई मन पराउँछ। यदि मानिसहरूले यसो गर्न सकेका भए, परमेश्‍वरले यी सब वचन बोल्नु वा यी सबै सत्यता व्यक्त गर्नुपर्दैनथ्यो। मानिसहरू अति गहिरो रूपमा भ्रष्ट हुन्छन्, तिनीहरूमा समझ र विवेक हुँदैन, र तिनीहरूमा न्यून निष्ठा हुन्छ; तिनीहरूको भ्रष्ट स्वभावले सधैँ समस्या निम्त्याइरहेको हुन्छ, त्यो तिनीहरूमा प्रकट भइरहेको हुन्छ, त्यसले तिनीहरूको छनौट र सोचाइमा प्रभाव पारिरहेको हुन्छ, जसका कारण तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँप्रति समर्पित हुन सक्दैनन्, यसले गर्दा तिनीहरूमा सधैँ व्यक्तिगत इच्छा, विचार र रुचि हुने गर्छ, र त्यसले गर्दा सत्यता तिनीहरूमा हाबी हुन र तिनीहरूको जीवन बन्न सक्दैन। यो सबले गर्दा, परमेश्‍वरले उहाँको वचनद्वारा तिनीहरूलाई न्याय, जाँच र शोधन गर्नैपर्छ—ताकि तिनीहरूलाई मुक्ति दिन सकियोस्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरू मानिसहरूमाझ सधैँ नकारात्मक भूमिका खेल्छन्। तिनीहरू पूर्ण रूपमा पिशाच र शैतान हुन्; तिनीहरूले सत्यता नस्विकार्ने मात्र नभई आफूसँग भ्रष्ट स्वभावहरू छन् भनेर पनि स्विकार्दैनन्, तिनीहरू बलजफ्ती खोस्न चाहने हुन्छन्, र परमेश्‍वरबाट आशिष्, मुकुट र इनाम प्राप्त गर्न चाहन्छन्। तिनीहरू कुन हदसम्म सङ्घर्ष गर्छन्? पूर्ण रूपले निर्लज्ज र अनुचित हुने हदसम्म। यदि हरप्रकारका दुष्टता गरेपछि तिनीहरू प्रकाश भएर हटाइएमा, तिनीहरूले हृदयमा इख राख्छन्। तिनीहरूले परमेश्‍वरलाई सराप्छन्, अगुवा र कामदारहरूलाई सराप्छन्, साथै मण्डली र सबै साँचो विश्‍वासीहरूलाई घृणा गर्छन्। यसले सबै दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको कुरूप अनुहार पूर्ण रूपमा उदाङ्गो पार्छ।

ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको बाह्रौँ बुँदा हो: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्। हामी पछि हट्नुको अर्थबारे सरल रूपमा कुरा गर्नेछौँ। पछि हट्नुको शाब्दिक अर्थ एक ठाउँबाट हटेर अर्का ठाउँमा जानु हो—यसलाई “पछि हट्नु” भनिन्छ। परमेश्‍वरका घरमा सत्यतालाई प्रेम नगर्ने केही न केही मानिस सधैँ हुन्छन्, जो मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई स्वेच्छाले छोडेर जान्छन्, किनभने तिनीहरू भेलाहरूमा उपस्थित हुन र प्रवचनहरू सुन्नप्रति वितृष्ण हुन्छन्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न इच्छुक हुँदैनन्—यसलाई पछि हट्नु भनिन्छ। शाब्दिक अर्थमा यो नै पछि हट्नु हो। तर, यदि कुनै व्यक्ति परमेश्‍वरका नजरमा पछि हटिसकेको ठहरिन्छ भने, त्यो कुरा वास्तवमा उक्त व्यक्तिले परमेश्‍वरको घर छोडेको, उसलाई अबउसो त्यहाँ नदेखिने, वा मण्डलीबाट उसको नाम काटिएको मामला मात्रै होइन। वास्तविकता के हो भने, यदि कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू कहिल्यै पढ्दैन भने, उसको विश्‍वास जति नै ठूलो भए पनि, र उसले आफूलाई परमेश्‍वरको विश्‍वासी भनेर चिने पनि नचिने पनि, त्यसले के प्रमाणित गर्छ भने, उसले हृदयमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर मान्दैन, न त उहाँका वचनहरू सत्यता हुन् भनेर नै मान्छ। परमेश्‍वरका नजरमा, त्यो व्यक्ति पहिले नै पछि हटिसकेको हुन्छ र ऊ अबउसो उहाँको घरको सदस्यमा गनिँदैन। परमेश्‍वरका वचनहरू नपढ्ने मानिसहरू पछि हटिसकेका एक प्रकारका मानिस हुन्। अर्का प्रकारका मानिसहरू ती हुन्, जो मण्डली जीवनमा कहिल्यै सहभागी हुँदैनन्, र जो दाजुभाइ-दिदीबहिनीहरूले भजनहरू गाउने, परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्ने, र आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइबारे सँगै सङ्गति गर्नेजस्ता मण्डली जीवनसित सम्बन्धित क्रियाकलापमा कहिल्यै सहभागी हुँदैनन्। परमेश्‍वरले यिनीहरूलाई पहिल्यै पछि हटिसकेका मानिसका रूपमा हेर्नुहुन्छ। अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: जो आफ्ना कर्तव्यहरू पूरा गर्न मान्दैनन्। परमेश्‍वरको घरले तिनीहरूलाई जस्तो अनुरोध गरे पनि, जस्तो काम गराए पनि, जस्तो कर्तव्य पूरा गर्न लगाए पनि, ठूलोसानो जस्तोसुकै मामलामा होस्, कहिलेकहीँ खबर पुर्‍याउनेजस्तो सरल काम नै भए पनि—तिनीहरू त्यो गर्न चाहँदैनन्। परमेश्‍वरको विश्‍वासी भनेर आफै दाबी गर्ने ती मानिसहरू कुनै गैरविश्‍वासीको मदत लिएर गर्न सकिने काम पनि गर्न सक्दैनन्। यो त सत्यता स्विकार्न र कर्तव्य पूरा गर्न नमान्‍नु हो। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई जसरी अर्ती दिए पनि, तिनीहरू त्यो इन्कार गर्छन्, स्वीकार गर्दैनन्; मण्डलीले तिनीहरूलाई कुनै कर्तव्य निर्वाह गराउने चाँजोपाँजो मिलाउँदा, तिनीहरू बेवास्ता गर्छन्, र त्यसलाई नकार्न अनेक बहाना बनाउँछन्। यिनीहरू कर्तव्य पूरा गर्न नमान्‍ने मानिस हुन्। परमेश्‍वरका नजरमा, त्यस्ता मानिसहरू पछि हटिसकेका हुन्छन्। परमेश्‍वरको घरले तिनीहरूलाई निकालेका वा तिनीहरूको नाम काटेका कारण तिनीहरू पछि हटेका होइनन्; बरु यो त तिनीहरूमै साँचो विश्‍वास नभएर हो—तिनीहरू आफूलाई परमेश्‍वरको विश्‍वासी हो भनी स्विकार्दैनन्। यी तीनमध्ये एउटा वर्गमा पर्ने जोकोही पछि हटिसकेको व्यक्ति हो। के यो सही परिभाषा हो? (हो।) यदि तँ परमेश्‍वरको वचन पढ्दैनस् भने, के तँ परमेश्‍वरका विश्‍वासीमा गनिन्छस्? यदि तँ मण्डली जीवन जिउँदैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दैनस् वा घुलमिल हुँदैनस् भने, के तँ विश्‍वासीमा गनिन्छस्? झनै गनिदैनस्। त्यसबाहेक, यदि तँ आफ्नो कर्तव्य पूरा गर्न मान्दैनस्, र सृजित प्राणीका रूपमा आफ्नो दायित्वसमेत पूरा गर्दैनस् भने, त्यो झनै गम्भीर कुरा हो। यी तीन प्रकारका मानिसहरूलाई परमेश्‍वरले पछि हटिसकेका ठान्नुहुन्छ। तिनीहरूलाई परमेश्‍वरको घरबाट निकालिएको वा निष्कासित गरिएको होइन; बरु, तिनीहरू आफै पछि हटेका हुन्, र तिनीहरू आफैले लत्तो छाडेका हुन्। तिनीहरूको व्यवहारले तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् वा स्विकार्दैनन्, र तिनीहरू आफ्नो पेट मात्र भर्न खोज्ने र आशिष् पाउने आशा गर्ने मानिसहरूका ठेट उदाहरण हुन् भनी पूर्ण रूपमा प्रकाश गर्छ।

अक्टोबर १७, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्