विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन् (खण्ड एक)

ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणसम्बन्धी आजको सङ्गति विषयवस्तु बाह्रमा छ: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्। यस विषयवस्तुले ख्रीष्टविरोधीहरूका स्वभावहरू पनि समेट्छ र यो तिनीहरूका ठोस प्रकटीकरणहरूमध्ये एक हो। यसो हेर्दा, यदि आफूसँग हैसियत छैन र आशिष् पाउने कुनै आशा छैन भने, ख्रीष्टविरोधी पछि हट्न चाहन्छ। उसले यी दुई कुरा गुमाएपछि पछि हट्न चाहन्छ। सतही अर्थ बुझ्न एकदमै सहज देखिन्छ—त्यो एकदमै जटिल वा अमूर्त देखिँदैन, तर यहाँ खास प्रकटीकरणहरू के-के हुन्? अर्को शब्दमा भन्दा, केकस्ता परिस्थितिहरूले ख्रीष्टविरोधीको हैसियत र आशिष् पाउने आशामा प्रभाव पारेर उसलाई पछि हट्न मन लाग्ने बनाउँछन्? के यो गहन सङ्गति गर्नलायक कुरा हो? यदि तिमीहरूलाई यसबारे सङ्गति गर्न लगाइएको भए, तिमीहरू यसका खास विवरण र प्रकटीकरणहरूबारे के भन्नेथ्यौ? कति मानिसहरूले भन्लान्, “हामीले यसबारे धेरैपटक सङ्गति गरेका छौँ। ख्रीष्टविरोधीहरूलाई हैसियत र शक्ति मन पर्छ, तिनीहरू उच्च प्रतिष्ठा पाउँदा रमाउँछन्, अनि तिनीहरूले विश्‍वास गर्नुको उद्देश्य आशिष्, मुकुट र इनाम पाउनु हो। यदि यी आशाहरू चकनाचूर भए र गुमे भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने आफ्नो रुचि गुमाउनेछन् र तबउसो विश्‍वास गर्न चाहनेछैनन्।” के यसमा तिमीहरूको सङ्गति ठिक यी केही शब्दहरूजस्तै सरल हुनेछ? (हुनेछ।) यदि त्यस्तो भएको भए, यदि यो सङ्गति यी केही भनाइमै समाप्त गर्न सकिएको भए, ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको यो पक्ष तिनीहरूको प्रकटीकरणबारे हाम्रो सङ्गतिका श्रृङ्खलाको भिन्नै खण्ड हुन लायक हुनेथिएन, न त यसले कुनै विशेष प्रकृति सारलाई नै छुनेथियो। तथापि, यो विषयवस्तु ख्रीष्टविरोधीहरूको सार र स्वभावसँग, साथै तिनीहरूको व्यक्तिगत पछ्याइ र अस्तित्वबारे तिनीहरूको दृष्टिकोणसँग सम्बन्धित भएको हुनाले, यो पक्कै पनि बहुआयामी विषयको मामिला हुनुपर्छ। त्यसोभए, यसमा ठ्याक्कै के संलग्‍न हुन्छ? अर्थात्, ख्रीष्टविरोधीहरूलाई आइपर्ने कुन मामिलामा तिनीहरूको हैसियत र आशिष् प्राप्त गर्ने तिनीहरूको आशा संलग्‍न हुन्छ? यी मामिलाहरूप्रति तिनीहरूका दृष्टिकोण, सोच र मनोवृत्ति के-के हुन्? अवश्य नै, यी मामिलाहरूबारे हाम्रो सङ्गति र विभिन्न मुद्दामा ख्रीष्टविरोधीहरूको दृष्टिकोणबारे हाम्रो विगतको सङ्गतिबीच केही समानता हुनेछ, तर आजको सङ्गति बेग्लै कुरामा केन्द्रित छ, र यसले मामिलालाई बेग्लै कोणबाट हेर्छ। आज हामी ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र आशिष् पाउने आशा गुमाउँदा आफै देखिने प्रकटीकरणहरूबारे विशिष्ट रूपमा सङ्गति गर्नेछौँ, जसले ख्रीष्टविरोधीहरूका पछ्याइपछाडि गलत दृष्टिकोण हुन्छ, र परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास साँचो हुँदैन भनेर प्रमाणित गर्न सक्छ; ती प्रकटीकरणहरूले यी मानिसहरूमा वास्तवमै ख्रीष्टविरोधी सार हुन्छ भनेर पनि प्रमाणित गर्न सक्छन्।

अ. काटछाँटमा पर्नुप्रति ख्रीष्टविरोधीहरूको दृष्टिकोण

पहिलो, हामीले ख्रीष्टविरोधीहरूले आफू काटछाँटमा पर्दा कस्तो व्यवहार देखाउँछन्, तिनीहरू यस्ता परिस्थितिहरू कसरी सम्हाल्छन्, काटछाँटप्रति तिनीहरूको मनोवृत्ति, सोच र दृष्टिकोण कस्ता हुन्छन्, अनि खास गरी तिनीहरू के भन्छन् र के गर्छन् त्यो हेर्नुपर्छ—यी मामिलाहरू हामीले चिरफार र विश्‍लेषण गर्नलायक छन्। हामीले काटछाँटसित सम्बन्धित विषयबारे निकै धेरै सङ्गति गरेका छौँ; यो तिमीहरू सबै जना परिचित भएको सामान्य विषय हो। निकैपटक काटछाँट गरिएपछि मात्र धेरैजसो मानिसले केही परिवर्तन अनुभव गर्छन्—तिनीहरूले कर्तव्य निर्वाह गर्दा सत्यता खोज्न र सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न सक्छन्, र त्यसपछि मात्र तिनीहरूको विश्‍वास नवीन बन्‍न थाल्छ, र यसमा अझ राम्रो केही परिवर्तन आउँछ। के भन्‍न सकिन्छ भने कठोर काटछाँटमा परिने प्रत्येक घटनाले हरव्यक्तिको हृदयमा गहिरो छाप पार्छ; यसले अमेट छाप छोड्छ। अवश्य नै, कठोर काटछाँटमा परिने प्रत्येक घटनाले ख्रीष्टविरोधीहरूमा पनि अमेट छाप छोड्छ, तर भिन्नता कहाँ हुन्छ? यसप्रतिको ख्रीष्टविरोधीको मनोवृत्ति र यससम्बन्धी तिनीहरूका विभिन्न प्रकटीकरण, साथै यस परिस्थितिबाट आउने तिनीहरूका सोच, दृष्टिकोण, विचार र यस्ता सबै कुरा सामान्य व्यक्तिको भन्दा फरक हुन्छन्। जब कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब उसले सुरुमा आफ्‍नो हृदयको गहिराइदेखि नै यस कुरालाई विरोध र इन्कार गर्छ। ऊ यससँग लड्छ। अनि त्यो किन हुन्छ? किनभने ख्रीष्टविरोधीहरू प्रकृति सारले नै सत्यताप्रति वितृष्णा राख्छन् र त्यसलाई घृणा गर्छन्, र तिनीहरू सत्यता कदापि स्विकार्दैनन्। प्राकृतिक तवरबाटै, ख्रीष्टविरोधीको सार र स्वभावले उसलाई आफ्‍ना गल्तीहरू मान्‍न वा आफ्‍नो भ्रष्ट स्वभाव स्विकार्नबाट रोक्छ। यी दुई तथ्यका आधारमा, ख्रीष्टविरोधीहरू काटछाँटप्रति पूर्ण रूपमा र अत्यन्तै इन्कार र अवज्ञा गर्ने मनोवृत्ति राख्छन्। तिनीहरूले हृदयको गहिराइबाटै यसलाई घृणा र प्रतिरोध गर्छन्, र तिनीहरूमा स्वीकार वा समर्पणको थोरै लक्षणसमेत हुँदैन, तिनीहरूमा साँचो मनन वा पश्‍चात्ताप हुनु त परको कुरा हो। जब कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, जोसुकैले त्यो कारबाही गरे पनि, यो जेसँग सम्‍बन्धित भए पनि, यसका लागि ऊ जति हदसम्‍म दोषी भए पनि, उसको गल्ती जति प्रस्ट भए पनि, उसले जति धेरै दुष्टता गरे पनि, वा उसको दुष्टताले मण्डलीका काममा जेजस्ता परिणामहरू निम्त्याए पनि—उक्त ख्रीष्टविरोधीले यीमध्ये कुनै पनि कुराको विचार गर्दैन। ख्रीष्टविरोधीका नजरमा त उसलाई काटछाँट गर्ने व्यक्तिले उसलाई मात्र अलग व्यवहार गरिरहेको हुन्छ, वा उसलाई सताउन उसका गल्तीहरू खोतलिरहेको हुन्छ। ख्रीष्टविरोधीले उसलाई हेपिएको र अपमानित गरिएको छ, उसलाई मानवझैँ व्यवहार गरिएको छैन, र उसलाई हेला र तिरस्कार गरिएको छ भन्‍नेसमेत सोच्न सक्छ। कुनै ख्रीष्टविरोधी काटछाँटमा परेपछि, उसले आफूबाट के गल्ती भयो, उसले कस्तो भ्रष्ट स्वभाव प्रकट गऱ्यो, पालना गर्नुपर्ने सिद्धान्तहरू खोजी गऱ्यो कि गरेन, सत्यता सिद्धान्तअनुसार व्यवहार गऱ्यो कि गरेन, वा उसलाई काटछाँट गरिएका मामलामा आफ्ना जिम्मेवारीहरू पूरा गऱ्यो कि गरेन भनेर कहिल्यै चिन्तन गर्दैन। उसले यो कुनै पनि कुराबारे जाँच वा चिन्तन गर्दैन, न त यी विषयहरूबारे सोचविचार र मनन नै गर्छ। यसको सट्टा, काटछाँटमा पर्नुलाई उसले आफ्‍नै इच्‍छाअनुसार र आवेगका साथ लिन्छ। जब ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब ऊ रिस, अवज्ञा, र द्वेषले भरिन्छ, र कसैको सल्‍लाह सुन्दैन। ऊ काटछाँट स्विकार्न इन्कार गर्छ, र आफ्‍ना बारेमा सिक्‍न र चिन्तन गर्न परमेश्‍वरकहाँ फर्केर आउन सक्दैन, अनि झारा टार्ने वा आफ्‍ना कर्तव्यमा जे पायो त्यही गर्नेजस्ता सिद्धान्तहरू उल्‍लङ्घन गर्ने आफ्नो व्यवहार सुधार्न सक्दैन, न त उसले यस मौकालाई आफ्‍नो भ्रष्ट स्वभाव हटाउनका लागि नै प्रयोग गर्छ। बरु, उसले आफ्‍नो बचाउ गर्न र आफूलाई निर्दोष ठहराउन बहानाहरू बनाउँछ, अनि कलह पैदा गर्ने र अरूलाई उक्‍साउने कुराहरूसमेत बोल्छ। सङ्क्षेपमा भन्दा, ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा, तिनीहरूमा हुने खास प्रकटीकरणहरू अवज्ञा, असन्तुष्टि, प्रतिरोध र ललकार हुन्, अनि तिनीहरूका हृदयमा केही गुनासा पनि उब्जन्छन्: “मैले यति धेरै मूल्य चुकाएँ र यति धेरै काम गरेँ। मैले केही कुरामा सिद्धान्तहरू नपछ्याएको वा सत्यता नखोजेको भए पनि, यो सब आफ्नै लागि गरेको होइन! मैले मण्डलीका काममा केही हानि गरे पनि, त्यो जानाजानी गरेको होइन! कसले पो गल्ती गर्दैन र? तिमीले मेरो कमजोरीप्रति विचार नपुर्‍याई र मेरो मनस्थिति वा आत्मसम्मानलाई वास्ता नगरी, मेरा गल्तीहरू मात्र पक्रेर मलाई निरन्तर काटछाँट गर्न मिल्दैन। परमेश्‍वरको घरमा मानिसहरूप्रति प्रेम छैन र यो एकदमै अन्यायी छ! त्यसबाहेक, तिमी मलाई यति सानो गल्ती गरेकामा काटछाँट गर्छौ—के यसले तिमी मलाई नराम्रो नजरले हेर्छौ र हटाउन चाहन्छौ भन्ने अर्थ दिँदैन र?” ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा, तिनीहरूका मनमा आउने पहिलो कुरा भनेको आफूले गरेको गल्ती वा आफूले प्रकट गरेको भ्रष्ट स्वभावबारे आत्मचिन्तन गर्नु हुँदैन, बरु बहस गर्नु, स्पष्टिकरण दिनु र आफ्नो सफाइ दिनु, त्यससँगै अड्कल गर्नु हुन्छ। कस्ता अड्कलहर हुन्छन्? “मैले परमेश्‍वरको घरमा कर्तव्य निभाउँदा, यति ठूलो मूल्य चुकाएको त काटछाँटमा पर्नलाई मात्र रहेछ। यस्तो लाग्छ, मैले आशिष् पाउने त्यति आशा छैन। के परमेश्‍वर मानिसहरूलाई इनाम दिन चाहनुहुन्न, र त्यसैले उहाँ मानिसहरूलाई खुलासा गरेर हटाउन यो विधि प्रयोग गर्नुहुन्छ? यदि आशिष् पाउने कुनै आशा छैन भने, मैले किन कुनै प्रयास गर्ने? किन मैले कष्ट भोग्ने? आशिष् पाउने कुनै आशा नभएकाले, बरु म विश्‍वासै गर्दिनँ! के परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य आशिष्‌ पाउनु होइन र? यदि त्यसको आशा छैन भने, मैले किन आफूलाई समर्पित गर्ने? सायद मैले विश्‍वास गर्न छोड्नुपर्छ र यसलाई यहीँ सकाउनुपर्छ। यदि मैले विश्‍वास गरिनँ भने, के तिमी मलाई अझै काटछाँट गर्न सक्छौ र? यदि मैले विश्‍वास गरिनँ भने, तिमी मलाई काटछाँट गर्न सक्दैनौ।” ख्रीष्टविरोधीहरू परमेश्‍वरबाटको काटछाँट बिलकुलै स्विकार्न सक्दैनन्। तिनीहरू उचित दृष्टिकोण र मनोवृत्तिले स्विकार्न र आज्ञापालन गर्न सक्दैनन्। तिनीहरू आफ्नो भ्रष्ट स्वभाव पखाल्न सकियोस् भनेर यसमार्फत आत्मचिन्तन गर्न र आफ्ना भ्रष्ट स्वभावहरू बुझ्न सक्दैनन्। बरु यसको साटो, तिनीहरू आफू काटछाँटमा पर्नुको उद्देश्यबारे तुच्छ र सङ्कुचित मनले अनुमान लगाउँछन् र अध्ययन गर्छन्। तिनीहरू परिस्थितिको विकासलाई होसियारीसाथ हेर्छन्, मानिसहरू बोल्दा उनीहरूको भाव सुन्छन्, आफू वरपरका मानिसहरूले आफूलाई कसरी हेर्छन्, उनीहरू आफूसँग कसरी बोल्छन्, र उनीहरूको मनोवृत्ति कस्तो छ त्यो नियाल्छन्, अनि यी कुरालाई आफूले आशिष् पाउने कुनै आशा छ कि छैन वा आफू खुलासा भएर हटाइने हो कि होइन भनेर पुष्टि गर्न प्रयोग गर्छन्। काटछाँटमा पर्नुको एउटा सामान्य घटनाले ख्रीष्टविरोधीहरूका हृदयमा यति ठूलो अशान्ति मच्चाउँछ र यति धेरै चिन्तन उत्पन्न गराउँछ। जब-जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूको पहिलो प्रतिक्रिया नै छिछिदुरदुर गर्ने हुन्छ, अनि तिनीहरू हृदयमा त्यसप्रति वितृष्णा राख्छन्, तिनीहरू त्यसलाई इन्कार गर्छन्, र त्यससँग लडाइँ गर्छन्, त्यसपछि मानिसहरूको बोली र हाउभाउ जाँच्छन्, र त्यसपछि अडकल काट्छन्। तिनीहरू आफ्नो दिमाग, सोच र क्षुद्र चतुऱ्याइँ प्रयोग गरेर परिस्थितिको विकास हेर्छन्, आफू वरपरका मानिसहरूले आफूलाई कसरी हेर्छन् भनेर नियाल्छन्, अनि आफूप्रति वरिष्ठ अगुवाहरूको मनोवृत्ति के छ भनेर अवलोकन गर्छन्। यी कुराहरूबाट तिनीहरू आफूले आशिष् पाउने आशा अझै कति छ, आफूसँग आशिष् पाउने झिनो आशा छ कि छैन वा आफू खुलासा भएर हटाइने हो कि होइन भनेर मूल्याङ्कन गर्छन्। ख्रीष्टविरोधीहरू उम्कन नसक्ने परिस्थितिमा पर्दा फेरि परमेश्‍वरको वचन अनुसन्धान गर्न थाल्छन्, परमेश्‍वरका वचनमा सही आधार, आशाको किरण, र जीवनको त्यान्द्रो भेट्टाउने कोसिस गर्छन्। तिनीहरू काटछाँटमा परेपछि, यदि कसैले प्रेमिलो हृदयले तिनीहरूलाई सान्त्वना, सहयोग र मदत प्रदान गर्‍यो भने, यी कुराले तिनीहरूलाई अझै पनि आफूलाई परमेश्‍वरको घरको सदस्य मानिएको महसुस गराउँछन्, तिनीहरू आफूले आशिष् पाउने आशा अझै छ र आफ्नो आशा अझै बलियो छ भन्‍ने विश्‍वास गर्छन्, अनि तिनीहरूले पछि हट्ने कुनै पनि सोच हटाउनेछन्। तथापि, परिस्थिति उल्टो भएर आफूले आशिष् पाउने आफ्नो आशा क्षीण बनेको र हराएको देख्नासाथ, तिनीहरूको पहिलो प्रतिक्रिया यस्तो हुन्छ: “यदि मैले आशिष् पाउन सकिनँ भने, परमेश्‍वरमा विश्‍वास गर्न छोड्नेछु। परमेश्‍वरमा विश्‍वास गर्न मन पराउनेहरूले विश्‍वास गरून्, तर म कुनै हालतमा पनि तिमीबाट काटछाँट हुन स्विकार्नेछैनँ, अनि तिमीले मलाई काटछाँट गर्दा भन्ने हरकुरा गलत हो। म त्यो सुन्न चाहन्नँ, म त्यो सुन्न इच्छुक छैनँ, र तिमीले काटछाँट त व्यक्तिका लागि सबैभन्दा लाभदायी कुरा हो भनेर भने पनि म काटछाँटमा पर्न स्विकार्नेछैनँ!” जब तिनीहरूले आशिष् पाउने आफ्नो आशा खरानीमा परिणत भएको देख्छन्, जब तिनीहरूले धेरै लामो समयदेखि आफूले पछ्याएको हैसियत र स्वर्गको राज्यमा प्रवेश गर्ने सपनाहरू व्यर्थ हुन र गुम्न लागेको देख्छन्, तब तिनीहरू आफ्नो पछ्याउने शैली वा आफूले पछ्याउने उद्देश्यहरू परिवर्तन गर्नेबारे सोच्दैनन्, बरु छोड्ने र पछि हट्नेबारे सोच्छन्, तिनीहरू अबउसो परमेश्‍वरमा विश्‍वास गर्न चाहँदैनन्, अनि तिनीहरूलाई परमेश्‍वरप्रतिको आफ्ना विश्वासमा आशिष् पाउने कुनै आशा छैन भन्ने लाग्छ। ख्रीष्टविरोधीहरूका हकमा भन्दा, यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा प्राप्त गर्न चाहेको इनाम, आशिष् र मुकुटको कल्पना र आशा समाप्त भयो भने, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको उत्प्रेरणा हराउँछ, साथै परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने र आफ्नो कर्तव्य निभाउने उत्प्रेरणा पनि हराएर जान्छ। जब तिनीहरूको उत्प्रेरणा समाप्त भएको हुन्छ, तबउसो तिनीहरू मण्डलीमा रहन, र यसरी अलमलिएर बस्न चाहँदैनन्, अनि कर्तव्य त्याग्न र मण्डली छोड्न चाहन्छन्। ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा तिनीहरूले सोच्‍ने भनेकै यति मात्र हो, र तिनीहरूको प्रकृति सार पूर्णतया खुलासा हुन्छ। समग्रमा हेर्दा, ख्रीष्टविरोधीहरू भनाइ र गराइ दुवैमा सत्यता कहिल्यै स्विकार्दैनन्। सत्यतालाई नस्विकार्ने स्वभाव के हो? के यो सत्यताप्रति वितृष्णा राख्नु होइन र? ठ्याक्कै त्यही हो। काटछाँटमा पर्ने सरल कुरा स्विकार्नु आफैमा सहज हुन्छ। पहिलो कुरा, तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिमा कुनै खराब आशय हुँदैन; दोस्रो कुरा, ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिने मामिलालाई विचार गर्दा, के निश्‍चित छ भने तिनीहरू पक्कै परमेश्‍वरको घरको बन्दोबस्तविरुद्ध र सत्यता सिद्धान्तहरूविरुद्ध गएको हुनुपर्छ, तिनीहरूका काममा गल्ती वा बेवास्ता भएको हुनुपर्छ जसले मण्डलीको काममा अवरोध र बाधा पुऱ्यायो। तिनीहरू मानव इच्छाद्वारा दूषित भएकाले, तिनीहरूको भ्रष्ट स्वभावको कारण, र तिनीहरूले सत्यता सिद्धान्तहरू नबुझेर मनमानी ढङ्गले काम गरेको कारण तिनीहरूलाई काटछाँट गरिन्छ। यो एकदमै सामान्य कुरा हो। सारा संसारभरि नै, कुनै ठूलो सङ्गठन, कुनै समूह वा कम्पनीसँग नियम-कानुनहरू हुन्छन्, र यी नियम-कानुनहरू उल्लङ्घन गर्ने जोकोहीलाई दण्डित र नियन्त्रित गर्नैपर्छ। यो एकदमै सामान्य, र एकदमै उचित कुरा हो। तथापि, ख्रीष्टविरोधीहरू नियम-कानुन उल्लङ्घन गरेको कारण उचित रूपमा नियन्त्रण गरिनुलाई अरूले तिनीहरूको परिस्थिति गाह्रो बनाइदिएको, तिनीहरूलाई सताइएको, तिनीहरूको गल्ती कोट्याएको र तिनीहरूलाई समस्यामा पारेको ठान्छन्। के त्यो सत्यता स्विकार्ने मनोवृत्ति हो? एकदमै स्पष्ट छ, त्यो होइन। सत्यता स्विकार्ने मनोवृत्तिविना, के यस्तो व्यक्तिलाई कर्तव्य निर्वाहमा गल्ती गर्न अनि अवरोध र बाधा पुऱ्याउनबाट जोगिनु सम्भव हुन्छ? निश्‍चय नै हुँदैन। के यस्तो व्यक्ति कर्तव्य निर्वाह गर्न सुयोग्य हुन्छ? ठ्याक्कै भन्नुपर्दा, ऊ हुँदैन। यस्तो व्यक्ति कुनै पनि काममा दक्ष हुने सम्भावना कम नै हुन्छ।

कर्तव्य निर्वाह गर्नु भनेको परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूलाई दिने अवसर हो ताकि तिनीहरूले आफूलाई प्रशिक्षित गर्न सकून्, तर मानिसहरू यसलाई मूल्यवान् ठान्न जान्दैनन्। बरु उल्टै, तिनीहरू काटछाँटमा दङ्ग्याउँदै रिस पोखाउँछन्; तिनीहरू लडाइँ गर्छन् र त्यसको चर्को विरोध गर्छन्; तिनीहरू हठी र क्रोधित हुन्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरू कहिल्यै गल्ती नगरेका पवित्र मानिस हुन्। भ्रष्ट मानिसहरूमध्ये कसले पो गल्ती गर्दैन र? गल्ती गर्नु एकदमै सामान्य कुरा हो। परमेश्‍वरको घरले तँलाई मुखले मात्र काटछाँट गरिरहेको हुन्छ, तँलाई यसका लागि जिम्मेवार ठहराइरहेको वा निन्दा गरिरहेको हुँदैन, तँलाई श्राप दिइरहेको त झनै हुँदैन। कहिलेकाहीँ यो काटछाँट निकै कठोर हुन सक्छ, शब्दहरू घोच्ने वा अप्रिय सुनिन सक्छन्, र तेरा भावनामा चोट पनि लाग्‍न सक्छ। परमेश्‍वरको घरका जायजेथा वा उपकरणहरूमा हानि गर्नेहरूलाई परमेश्‍वरको घरले जरिमाना तिराएर वा क्षतिपूर्ति मागेर अनुशासनमा राख्छ—के त्यसलाई कठोर भन्न मिल्छ? कि त्यसलाई उचित मान्न सकिन्छ? तँलाई दोब्बर क्षतिपूर्ति दिन लगाइँदैन, न त तँलाई धुत्‍ने काम नै गरिएको हुन्छ, तैँले बराबरी रकम मात्र तिर्नुपर्छ। के त्यो एकदमै उचित होइन र? यो त संसारका कतिपय देशमा तिराइने जरिमानाभन्दा धेरै हल्का हो। कतिपय शहरमा, तँलाई भुइँमा थुकेकोमा वा कागजको टुक्रा फालेकामा मात्र पनि ठूलो जरिमाना तिराइन्छ। के तैँले त्यो अवज्ञा गर्न, वा जरिमाना तिर्न इन्कार गर्न सक्छस्? यदि तैँले इन्कार गरिस् भने, सायद तँलाई जेलमा हालिनेछ, र अझ कठोर कानुनी सजायसमेत दिइनेछ। प्रणाली यस्तै हुन्छ। कति मानिसले यो बुझ्दैनन्, र परमेश्‍वरको घरले मानिसहरूलाई यसरी काटछाँट गर्नु एकदमै कठोर कुरा हो र यसरी मानिसहरूलाई नियन्त्रणमा राख्नु अत्यन्तै सख्त हो भनेर सोच्छन्। यदि यस्ता मानिसहरूलाई अलि कठोर ढङ्गमा काटछाँट गरियो, र तिनीहरूका आत्मसम्मानमा चोट पुग्यो अनि तिनीहरूको शैतानी प्रकृति खलबलियो भने, तिनीहरूलाई यो असह्य हुन्छ, र यो तिनीहरूका धारणाहरूसँग मेल खाँदैन। तिनीहरू के विश्‍वास गर्छन् भने, यो परमेश्‍वरको घर भएकाले मानिसहरूलाई यसरी व्यवहार गर्नु हुँदैन, परमेश्‍वरको घरले हरमोडमा सहनशीलता र धैर्य देखाउनुपर्छ, अनि मानिसहरूलाई मनमानी ढङ्गले चल्न र आफूखुसी गर्न दिनुपर्छ। तिनीहरू मानिसहरूले गर्ने हरकुरा असल हुन्छ, र त्यसलाई परमेश्‍वरले सम्झिनुपर्छ भन्ने सोच्छन्। के यो उचित हो? (होइन।) मानिसहरूमा कस्तो प्रकृति सार हुन्छ? के तिनीहरू साँच्चै मानव हुन्? यसलाई अलि मिठो पाराले भन्नुपर्दा, तिनीहरू शैतान र दियाबलस हुन्। यसलाई अलि रुखो तरिकामा भन्नुपर्दा, तिनीहरू पशु हुन्। मानिसहरू कसरी व्यवहार गर्ने भन्ने नियमहरू जान्दैनन्, तिनीहरू एकदमै घटिया, साथै अल्छी, आराम मन पराउने र कडा परिश्रम गर्न नरुचाउने हुन्छन्, र तिनीहरू बेलगाम रूपमा खराब कुराहरू गर्न चाहन्छन्। सबैभन्दा चिन्ताजनक पक्ष के हो भने, परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्ने धेरैले सधैँ सांसारिक दुनियाँसित व्यवहार गर्ने दर्शनहरू, तौरतरिकाहरू र दुष्ट प्रवृत्तिहरू आफूसँगै ल्याउन चाहन्छन्। तिनीहरू यी कुराहरू अनुसन्धान गर्न, सिक्न र अनुकरण गर्न आफ्नो ऊर्जासमेत लगाउँछन्, र परिणामस्वरूप परमेश्‍वरको घरका कतिपय काममा भद्रगोल र अशान्ति मच्‍चाउँछन्। यो सबैका लागि असह्य हुन्छ, र विश्‍वासमा नयाँ रहेका कतिपय दाजुभाइ-दिदीबहिनीले समेत यी मानिसहरू भक्त होइनन्, यिनीहरूका कार्यहरू सांसारिक प्रवृत्तिका छन्, र इसाईका कुनै पनि कार्यजस्ता छैनन् भनेर भन्छन्—यी नयाँ विश्‍वासीहरूले समेत यी मानिसहरूका कार्य स्विकार्न सक्दैनन्। यी मानिसहरू थोरै मूल्य चुकाउँछन्, यिनीहरूमा अलिकति उत्साह, थोरै जोस र सद्‌भाव हुन्छ, तिनीहरू आफूले सिकेको जुनसुकै वाहियात कुरा परमेश्‍वरको घरमा ल्याउँछन्, र आफ्नो कर्तव्य र काममा लागू गर्छन्, परिणामस्वरूप, मण्डलीका काममा अवरोध र बाधा पुग्छ, अनि अन्ततः तिनीहरू काटछाँटमा पर्छन्। कति मानिसहरूले यो कुरा बुझ्दैनन्: “के परमेश्‍वरले मानिसहरूका असल कार्यहरू सम्झनुहुनेछ भनेर उहाँले भन्नुहुन्न र? त्यसोभए, आफ्नो कर्तव्य निभाएकामा किन मलाई काटछाँट गरिँदै छ? म किन यो बुझ्न सक्दिनँ? परमेश्‍वरका वचनहरू कसरी पूरा भइरहेका छन्? के ती केवल खोक्रा, आडम्बरी शब्द मात्र हुन् त?” त्यसोभए, किन तँ तेरा कार्यहरू सम्झिन लायक असल कार्य हुन् कि होइनन् भनेर चिन्तन गर्दैनस्? परमेश्‍वरले तँलाई के माग गर्नुभएको छ? के तैँले निर्वाह गरेको कर्तव्य, तैँले गरेको कार्य, र तैँले प्रदान गरेका विचार र सुझावहरू सन्तको शालीनतासँग मेल खान्छन्? के ती परमेश्‍वरको घरले माग गरेको स्तरअनुसार छन्? के तैँले परमेश्‍वरको गवाही र परमेश्‍वरको नामबारे सोचेको छस्? के तैँले परमेश्‍वरको घरको प्रतिष्ठाबारे विचार गरेको छस्? के तैँले सन्तहरूको शालीनताबारे विचार गरेको छस्? के तँ आफू इसाई हो भनेर स्विकार्छस्? तैँले यो कुनै कुरा पनि विचार गरेको छैनस्, त्यसोभए तैँले वास्तवमा के गरेको छस्? के तेरा कार्यहरू सम्झिन लायक छन्? तैँले मण्डलीको काम लथालिङ्ग पारेको छस्, र परमेश्‍वरको घरले कर्तव्य निर्वाह गर्ने तेरो योग्यता रद्द नगरी तँलाई काटछाँट मात्र गरेको छ। यो नै सबैभन्दा ठूलो प्रेम, सबैभन्दा साँचो प्रेम हो। तैपनि, तँलाई रिस उठ्छ। के तँसित यसको कुनै कारण छ? तँ हदैसम्‍म हठी छस्!

कतिपय मानिसले परमेश्‍वरमा विश्‍वास गरेको दुई वा तीन वर्ष मात्र भएको छ, अनि तिनीहरूका कार्य, तिनीहरूको बोलाइ र हँसाइ, र तिनीहरूले प्रकट गर्ने दृष्टिकोण, र अरूसँग बोल्दा तिनीहरूको अनुहारको हाउभाउ र चालढाल पनि अप्रिय हुन्छन्, र यी कुराले तिनीहरू पूर्णतया अविश्‍वासी र गैरविश्‍वासी हुन् भन्ने देखाउँछन्। ती मानिसहरूलाई नियन्त्रित गरिनुपर्छ, तिनीहरूलाई काटछाँट गरिनुपर्छ, र तिनीहरूका लागि नियमहरू बनाइनुपर्छ, ताकि तिनीहरूले सामान्य मानवता के हो, सन्तको शालीनता के हो, र इसाई कस्तो हुनुपर्छ भनेर जानून्, र ताकि तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्ने भनेर सिकून्, र मानव रूप प्राप्त गर्न सकून्। कतिले त आठ वा दश वर्ष वा त्योभन्दा पनि लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन्, तर तिनीहरूको सोच र दृष्टिकोण, बोलाइ र गराइ, अनि आफूलाई केही आइपर्दा तिनीहरूले त्यसलाई सम्हाल्ने तरिका र तिनीहरूमा फुर्ने विचारलाई हेर्दा, तिनीहरू पूर्णतया गैरविश्‍वासी र अविश्‍वासी हुन् भन्ने स्पष्ट हुन्छ। यी मानिसहरूले धेरै प्रवचनहरू सुनेका हुन्छन्, अनि तिनीहरूसँग केही अनुभव र अन्तर्ज्ञान हुन्छन्; तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग धेरै अन्तरक्रिया गरेका हुन्छन्, अनि तिनीहरूसँग आफ्नै प्रकारको दैनिक जीवनको भाषा हुनुपर्छ, तैपनि तिनीहरूमध्ये अधिकांशले गवाही दिनै सक्दैनन्, अनि तिनीहरूले कुरा गर्दा र आफ्नो दृष्टिकोण बताउँदा, तिनीहरूको भाषा अत्यन्तै सरल हुन्छ, र तिनीहरू कुनै कुरा पनि स्पष्टसँग व्याख्या गर्न सक्दैनन्। तिनीहरू वास्तवमै दरिद्र, दयनीय र अन्धा हुन्छन्—स्पष्टतः तिनीहरूको मुहार अत्यन्तै दयनीय हुन्छ। जब यस्तो व्यक्तिले कुनै कर्तव्य निभाउँछ र सानो जिम्मेवारी लिन्छ, तब ऊ सधैँ काटछाँटमा पर्छ। यो त हुन्छै हुन्छ। ऊ किन काटछाँटमा पर्नेछ? किनभने उसको कार्यले सत्यता सिद्धान्तहरू ज्यादै उल्लङ्घन गर्छ; उसले सामान्य मानिसहरूको विवेक र समझसमेत प्राप्त गर्न सक्दैन, अनि उसको बोली र व्यवहार गैरविश्‍वासीको जस्तै हुन्छ, मानौँ परमेश्‍वरको घरको काम गर्न कुनै गैरविश्‍वासीलाई ज्यालामा ल्याइएको छ। त्यसैले, यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाहमा गर्ने कार्यको गुणस्तर कस्तो हुन्छ? त्यसको मूल्य के हुन्छ? के तिनीहरूमा कुनै समर्पणकारी पाटो हुन्छ? के तिनीहरूसँग असाध्यै धेरै समस्या हुने र तिनीहरूले अवरोध र बाधा मात्र सिर्जना गर्ने हुँदैन र? (हुन्छ।) त्यसोभए के यी मानिसहरूलाई काटछाँट गर्नुपर्दैन र? (पर्छ।) कतिपय मानिस कुनै इसाईको जीवनबारे, नायक कसरी सतावट, सङ्कष्ट र विभिन्न परिस्थितिबाट गुज्रन्छ अनि उसले कसरी परमेश्‍वरका वचन अनुभव गर्छ भन्नेबारे पटकथा लेख्छन्। तथापि, पूरै कथाभरि नायकले बिरलै प्रार्थना गर्छ, र कहिलेकाहीँ कुनै कुरा सामना गर्दा, उसलाई प्रार्थनामा के भन्ने भनेरसमेत थाहा हुँदैन। पहिले, कति मानिसहरूले प्रार्थना गर्दैपिच्छे उही पुरानो कुरा लेख्ने गर्थे; नायकलाई केही आइपर्दा, ऊ यसरी प्रार्थना गर्थ्यो: “हे परमेश्‍वर, अहिले म एकदमै व्याकुल छु! म एकदमै दुःखी छु, पूर्ण रूपले दुःखी छु! बिन्ती छ, मलाई मार्गदर्शन र अन्तर्दृष्टि दिनुहोस्।” तिनीहरू यस्ता मामुली शब्दहरू मात्र लेख्थे, तर कुनै फरक घटना, फरक परिस्थिति, फरक मनस्थिति आइपर्दा, नायकलाई कसरी प्रार्थना गर्ने भनेर थाहा हुँदैनथ्यो र ऊसँग भन्ने कुरा केही हुन्थेन। यसले मलाई के सोच्न बाध्य पार्छ भने, यदि यी मानिसहरू आफ्नो नायकलाई समस्याहरू आइपर्दा प्रार्थना नगर्ने रूपमा चित्रण गर्छन् भने, के तिनीहरूको आफ्नो चाहिँ प्रार्थना गर्ने बानी हुन्छ त? यदि तिनीहरू कुनै कुरा आइपर्दा प्रार्थना गर्दैनन् भने, तिनीहरू आफ्नो दैनिक जीवनमा र आफ्नो कर्तव्य निर्वाह गर्दा केमा भर पर्छन्? तिनीहरू केका बारेमा सोचिरहेका हुन्छन्? के तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ? (तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्‍न। तिनीहरू आफूले गर्ने कुरामा आफ्नै सोचाइ र प्रतिभामा भर पर्छन्।) यसको परिणामस्वरूप तिनीहरू काटछाँटमा पर्छन्। तिमीहरूलाई म यस मामिलाको मूल्याङ्कन कसरी गर्नेछु जस्तो लाग्छ? यस्ता मानिसहरूलाई काटछाँट गरिनुपर्छ। प्रगति नगर्ने, दिमाग त हुने तर हृदय नहुने यी मानिसहरू वर्षौँदेखिका विश्‍वासी हुन्, तैपनि तिनीहरूलाई समस्या आइपर्दा प्रार्थनामा के भन्ने भनेर थाहा छैन; तिनीहरूसँग परमेश्‍वरलाई भन्ने केही कुरा हुँदैन, न त तिनीहरूलाई परमेश्‍वरसँग कसरी मनको कुरा खोल्ने भन्ने नै थाहा हुन्छ, र परमेश्‍वरसँग तिनीहरूको हार्दिक कुराकानी हुँदैन। परमेश्‍वर तेरो सबैभन्दा नजिकको, तेरो भरोसा र भरको सबैभन्दा योग्य एउटै व्यक्ति हुनुहुन्छ, तैपनि तँसँग उहाँलाई भन्ने एउटा कुरा पनि छैन—त्यसोभए तैँले आफ्ना भित्री विचारहरू कसका लागि साँचिरहेको छस्? जसका लागि साँचिरहेको भए पनि, यदि तँसँग परमेश्‍वरलाई भन्ने केही कुरा छैन भने, तँ कस्तो प्रकारको व्यक्ति होस्? के तँ सबैभन्दा मानवता नभएको व्यक्ति होइनस् र? यदि पटकथामा नायकको मानवता, विश्‍वासीका रूपमा उसको जीवन, अनि उसले परमेश्‍वरको वचनलाई कसरी अनुभव गर्छ, आदि इत्यादिबारे केही कुरा छैन भने, यदि त्यस पटकथाको खोक्रो खोल मात्र हो भने, तैँले यो चलचित्र बनाएर मानिसहरूलाई के देखाउन खोजेको हो? तैँले लेख्दै गरेको त्यो पटकथाको के काम छ? के तैँले परमेश्‍वरको गवाही दिइरहेको होस् वा आफूमा भएको थोरै ज्ञान र शिक्षाको गवाही दिइरहेको होस्? परमेश्‍वरको गवाही दिएको सबैभन्दा उत्तम ठोस प्रमाण भनेको कुनै व्यक्तिलाई केही आइपर्दा वा ऊ कठिनाइमा पर्दा उसले कसरी प्रार्थना र खोजी गर्छ, अनि उसको विचार, मनोवृत्ति, दृष्टिकोण र परमेश्‍वरबारे सोच कसरी रूपान्तरित हुन्छ भन्ने हो। दुःखको कुरा, कति मानिसहरूले यो कुरा पटक्कै बुझेका हुँदैनन्। तिनीहरूले धेरै वर्ष विश्‍वासमा रहेपछि पनि कसरी प्रार्थना गर्ने भनी जानेका हुँदैनन्—तिनीहरूले अझै प्रगति नगर्नु अचम्मको कुरा होइन। तिनीहरूको व्यावसायिक सिपमा सुधार आएको छैन, र तिनीहरूले आफ्नो जीवन प्रवेशमा प्रगति गरेका छैनन्। के यस्ता मानिसहरूलाई काटछाँट गर्नुपर्दैन र? त्यसकारण, मानिसहरू काटछाँटमा पर्नुको एउटा कारण हुन्छ। यदि तिमीहरू काटछाँट स्विकार्न मान्दैनौ, वा यदि तिमीहरूलाई काटछाँट गरिएन भने, यसको नतिजा र तिमीहरूको परिणाम खतरनाक हुनेछ। तिमीहरूले भाग्यवश अहिले आफूलाई काटछाँट गर्ने र अनुशासनमा राख्ने मानिसहरू पाएका छौ। यो राम्रो लाभदायी कुरा ख्रीष्टविरोधीहरूले स्विकार्न नसक्ने चीज हो। तिनीहरू के सोच्छन् भने, काटछाँटमा पर्नुको अर्थ आफू समाप्त हुनु, अब आफूसँग कुनै आशा नरहनु, र आफ्नो परिणाम के हुनेछ भनेर देख्न सक्नु हो। तिनीहरूलाई काटछाँटमा पर्नु भनेको अब तिनीहरूको महत्त्व नहुनु, र आफू माथिको प्रियपात्र हुन छोड्नु, अनि आफू हटाइने सम्भावना हुनु हो भन्ने लाग्छ। त्यसपछि तिनीहरूले आफ्नो विश्वासमा उत्प्रेरणा गुमाउँछन् र बाहिरी संसारमा जाने र धेरै पैसा कमाउने, सांसारिक प्रवृत्तिहरू पछ्याउने, खाने, पिउने र रमाइलो गर्ने योजना बनाउन थाल्छन्, अनि तिनीहरूका चालबाजीहरू पर्दाफास हुन थाल्छन्। यसले तिनीहरूलाई खतरामा पार्छ, र तिनीहरूको अर्को कदमले तिनीहरूलाई सँघार नाघ्न लगाउँछ र परमेश्‍वरको घर छोडिजाने तुल्याउँछ।

जब परमेश्‍वरको घरमा ख्रीष्टविरोधीको हैसियत र शक्ति हुन्छ, जब उसले हरेक मोडमा लाभ लिन र फाइदा उठाउन सक्छ, जब मानिसहरूले उसलाई सम्मान र उसको चापलुसी गर्छन्, र जब उसलाई आशिष् र इनाम, अनि सबै सुन्दर गन्तव्य पहुँचमै रहेछन् भन्ने लाग्छ, तब ऊ सतही रूपमा परमेश्‍वरप्रति, परमेश्‍वरका वचनहरू र मानवजातिका लागि उहाँका प्रतिज्ञाहरूप्रति, अनि परमेश्‍वरको घरका कार्य र सम्भाव्यताहरूप्रति विश्‍वासले भरिभराउ देखिन्छ। तथापि, उसलाई काटछाँट गरिनासाथ, आशिष् पाउने उसको चाहना खतरामा पर्दा, उसले परमेश्‍वरप्रति आशङ्का र गलतफहमी विकास गर्छ। आँखा झिमिक्क गर्दा नै, उसको प्रचुर देखिने विश्‍वास गायब हुन्छ, र त्यसलाई कहीँ भेट्टाउन सकिँदैन। उसले हिँड्न वा बोल्नसमेत मुस्किलले ऊर्जा जुटाउँछ, आफ्नो कर्तव्य निभाउने उसको चासो गुम्छ, अनि उसले सबै उत्साह, प्रेम र विश्‍वास गुमाउँछ। उसले आफूसँग भएको थोरै सद्‌भाव पनि गुमाएको हुन्छ, र ऊ आफूसँग कुरा गर्ने कसैलाई कुनै ध्यान दिँदैन। ऊ क्षणभरमै पूर्णतया बेग्लै व्यक्तिमा परिणत हुन्छ। ऊ खुलासा हुन्छ, होइन र? यस्तो व्यक्तिले आशिष् पाउने आशा राखिराख्दा, ऊसँग असीमित ऊर्जा देखिन्छ, ऊ परमेश्‍वरप्रति बफादार देखिन्छ। ऊ बिहान चाँडै उठेर राती अबेरसम्म काम गर्न सक्छ, अनि कष्ट भोग्न र मूल्य चुकाउन सक्छ। तर जब उसले आशिषित् हुने आशा गुमाएको हुन्छ, तब ऊ हावा खुस्केको बेलुनजस्तै हुन्छ। ऊ आफ्नो योजना बदल्न, अर्को मार्ग खोज्न र परमेश्‍वरप्रतिको विश्‍वास त्याग्न चाहन्छ। ऊ परमेश्‍वरसँग निरुत्साहित र हतोत्साहित हुन्छ, अनि गुनासाहरूले भरिन्छ। के यो सत्यता पछ्याउने र सत्यतालाई प्रेम गर्ने, मानवता र निष्ठा भएको व्यक्तिको अभिव्यक्ति हो र? (होइन।) ऊ खतरामा छ। तिमीहरूले यस्तो व्यक्तिलाई भेट्दा, यदि उसले सेवा दिन सक्छ भने, उसलाई काटछाँट गर्दा नरम बन, र उसलाई प्रशंसा गर्ने केही मिठा शब्दहरू खोज। उसलाई बेलुनलाई फुकेर फुलाएझेँ प्रशंसा गरेर फुलाऊ, अनि त्यसपछि ऊ झनै घमण्डी हुन्छ। तैँले यसो भन्न सक्छस्: “तिमी एकदमै आशिषित् छौ, तिम्रा आँखामा चमक छ, र म तिमीमा प्रचुर ऊर्जा देख्छु, अनि तिमी पक्कै पनि परमेश्‍वरको घरको मुख्य आधार हुनेछौ। तिमीविना परमेश्‍वरको राज्य कहिल्यै सम्भव हुन सक्दैन, र तिमीविना परमेश्‍वरको घरको कामले नोक्सानी भोग्नेछ। तर तिमीमा बस एउटा सानो कमी छ। तिमीले त्यसलाई अलिकति प्रयास गरेर हटाउन सक्छौ र त्यो ठिक गरेपछि सबै कुरा ठिक हुनेछ, त्यसपछि त सबैभन्दा ठुलो मुकुट तिम्रो हुने निश्चित छ।” जब यस्तो व्यक्तिले केही गल्ती गर्छ, तैँले उसलाई सिधै काटछाँट गर्न सक्छस्। त्यो कसरी गर्नुपर्छ? यति मात्र भन्, “तिमी यति चलाक छौ। तिमीले यस्तो साधारण गल्ती कसरी गर्न सक्यौ? त्यो हुनु हुन्थेन! तिमीमा सर्वोत्तम क्षमता छ, तिमी हाम्रो टोलीमा सबैभन्दा शिक्षित छौ, र तिमी हामीमाझ सबैभन्दा प्रतिष्ठित हौ। यस्तो गल्ती तिमीले चाहिँ गर्नु हुन्थेन—कति लाजमर्दो! फेरि यस्तो गल्ती नगर्ने पक्का गर, नत्र यसले परमेश्‍वरको हृदयलाई अवश्य नै गहिरो चोट पुऱ्याउनेछ। यदि तिमीले फेरि यो गल्ती गऱ्यौ भने, यसले तिम्रो ख्यातिमा हानि गर्नेछ। म यो कुरा तिमीलाई सबैको अगाडि भन्नेछैनँ—म तिमीलाई यसबारे गोप्य रूपमा बताउँदै छु ताकि दाजुभाइ-दिदीबहिनीहरूले तिम्रा बारेमा कुनै धारणा नबनाऊन्। म त बस तिम्रो इज्जतमा आँच नआओस् भन्‍ने कुरा सुनिश्‍चित गर्ने र तिम्रो भावनालाई ख्याल गर्ने मात्र कोसिस गर्दै छु, होइन र? हेर, के परमेश्‍वरको घर प्रेमिलो छैन र?” त्यसपछि उसले भन्छ, “छ।” “त्यसोभए, अब के त?” अनि उसले जवाफमा भन्नेछ, “असल काम गरिरहने!” उसलाई त्यस्तो व्यवहार गर्नेबारे तँलाई के लाग्छ? त्यस्तो व्यक्ति श्रम गरेर आशिष् पाउन मात्र चाहन्छ, ऊ आफ्नो बोली वा काममा कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैन, अनि पटक्कै सत्यता स्विकार्दैन। ऊ आफूले भन्ने कुरा भन्नु हुन्छ कि हुँदैन वा गर्ने कुरा गर्नु हुन्छ कि हुँदैन भनेर कहिल्यै सोच्दैन, न त आफूले गर्ने कुराको परिणाम नै ख्याल गर्छ, न प्रार्थना, मनन, खोजी वा सङ्गति नै गर्छ। ऊ त केवल आफ्नै विचारअनुसार कामकुराहरू गर्छ, ऊ आफूलाई जे मन लाग्यो त्यही गर्छ। जब कसैले उसको आत्मसम्मान वा हितलाई केही भनेर वा केही गरेर हानि पुऱ्याउँछ, जब उसका कमी वा समस्याहरू खुलासा गर्छ, वा जब उसलाई कुनै उचित सल्लाह दिन्छ, तब ऊ रिसले चूर हुन्छ, इख राख्छ, र प्रतिशोध लिन चाहन्छ, अनि अझ गम्भीर मामलामा त, ऊ विश्‍वास त्यागेर रातो अजिङ्गरकहाँ गई मण्डलीको रिपोर्ट गर्न चाहन्छ। हामीसँग यस्तो व्यक्तिलाई सम्हाल्ने तरिका छ, अर्थात् उसलाई काँटछाँट गर्नबाट जोगिने, र उसलाई लाडप्यार गर्ने।

हामीले भर्खरै ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा तिनीहरू कसरी यसलाई आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशासित सधैँ जोडेर हेर्छन् भन्‍नेबारे सङ्गति गर्दै आएका छौँ। यो मनोवृत्ति र दृष्टिकोण गलत छ, र यो खतरनाक हो। कसैले ख्रीष्टविरोधीका त्रुटी वा समस्याहरू औँल्याइदिँदा, तिनीहरूलाई आशिष्‌हरू पाउने आफ्नो आशा गुम्यो भन्‍ने लाग्छ; अनि तिनीहरूलाई काटछाँट गरिँदा, वा अनुशासनमा राखिँदा वा गाली गरिँदा पनि तिनीहरूलाई आशिष्‌हरू पाउने आफ्नो आशा गुम्यो भन्‍ने लाग्छ। केही कुरा तिनीहरूले चाहेजस्तो नहुने वा ती कुरा तिनीहरूका धारणासित मेल नखानेबित्तिकै, तिनीहरूलाई खुलासा र काटछाँट गर्नेबित्तिकै, तिनीहरूलाई आफ्नो आत्मसम्मानमा धक्‍का लागेको महसुस हुन्छ, र तिनीहरूमा अब आशिष्‌हरू पाउने आशा बाँकी छैन कि भन्‍ने सोचाइ आइहाल्छ। के यो अति संवेदनशील हुनु होइन र? के तिनीहरूमा आशिष्‌ प्राप्त गर्ने अत्यन्तै बलियो चाहना हुँदैन र? ल भन्, के यस्ता मानिसहरू दयनीय छैनन् र? (छन्।) तिनीहरू वास्तवमै दयनीय छन्! अनि तिनीहरू कुन हिसाबले दयनीय छन्? के कसैले आशिष्‌ पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा तिनीहरूको काटछाँटसित सम्बन्धित छ? (छैन।) ती असम्बन्धित छन्। त्यसोभए, काटछाँट गरिँदा, किन ख्रीष्टविरोधीहरूलाई आशिष्‌ प्राप्त गर्ने आशा गुम्यो भन्‍ने लाग्छ? के तिनीहरूको पछ्याइसित यसको सम्बन्ध छैन र? तिनीहरू केको पछि लाग्छन्? (आशिष्‌हरू प्राप्त गर्ने कुराको पछि लाग्छन्।) तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने आफ्नो चाहना र नियत कहिल्यै त्याग्दैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेदेखि नै आशिष्‌हरू प्राप्त गर्ने नियत राखेका छन्, र तिनीहरूले कैयौँ प्रवचन सुनेका भए पनि, कहिल्यै सत्यता स्वीकार गरेका छैनन्। तिनीहरूले आशिष्‌ प्राप्त गर्ने आफ्नो चाहना र नियत कहिल्यै त्यागेका छैनन्। तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासप्रति आफ्नो दृष्टिकोण सुधार वा परिवर्तन गरेका छैनन्, र तिनीहरूको कर्तव्य निर्वाहप्रतिको नियत शुद्ध पारिएको छैन। तिनीहरू सधैँ सबै कुरा आशिष्‌हरू प्राप्त गर्ने आशा र नियतले गर्छन्, र अन्त्यमा, आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको आशा चकनाचूर हुन लाग्दा, तिनीहरू रिसले चूर हुन्छन्, र तीव्र गुनासो गर्छन्, अनि आखिरमा आफूले परमेश्‍वरबारे शङ्का गरेको र सत्यता इन्कार गरेको कुरूप अवस्था उदाङ्गो पार्छन्। के तिनीहरूले काल खोजिरहेका छैनन् र? ख्रीष्टविरोधीहरूले कति पनि सत्यता स्वीकार नगर्नु, र काटछाँट नस्विकार्नुको अपरिहार्य परिणाम यस्तै हुन्छ। परमेश्‍वरका चुनिएका सबै मानिसले परमेश्‍वरका काममा बटुलेको अनुभवबाट परमेश्‍वरको न्याय, सजाय, अनि उहाँको काटछाँट भनेको उहाँका प्रेम र आशिष्‌ हुन् भनेर थाहा पाउन सक्छन्—तर ख्रीष्टविरोधीहरूले यसलाई मानिसहरूको भनाइ मात्र ठान्छन्, र यो सत्यता हो भनेर विश्‍वास गर्दैनन्। त्यसकारण, तिनीहरू काटछाँटलाई सिक्‍नुपर्ने पाठका रूपमा हेर्दैनन्, न त सत्यता खोजी गर्छन् न त आत्मचिन्तन नै गर्छन्। यसको विपरीत, तिनीहरू काटछाँट मानव इच्छाबाट पैदा हुन्छ, यो जानाजानी दिइएको उत्पीडन हो, जुन मानव नियतले भरिएको हुन्छ, र अवश्य नै परमेश्‍वरबाट आएको होइन भन्ने ठान्छन्। तिनीहरू यस कुराको प्रतिरोध र बेवास्ता गर्ने, अनि कसैले आफूलाई किन त्यस्तो व्यवहार गरेको भनेर अध्ययनसमेत गर्ने निर्णय गर्छन्। तिनीहरू पटक्कै समर्पित हुँदैनन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा घटित हुने हरेक कुरालाई आशिष्‌ र इनाम प्राप्त गर्नुसित जोड्छन्, अनि आशिष्‌ प्राप्त गर्नुलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण पछ्याइ, साथै परमेश्‍वप्रतिको विश्‍वासमा अन्तिम र सर्वोच्‍च लक्ष्य मान्छन्। परमेश्‍वरको घरले सत्यताबारे जे-जसरी सङ्गति दिए पनि, तिनीहरू आशिष्‌ प्राप्त गर्ने आफ्नो अभिप्रायलाई कसेर पक्री राख्छन्, यसलाई त्याग्दैनन्, र आशिष्‌ पाउने उद्देश्य नराखी परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मूर्खता र बेबकुफी हो, यो ठूलो हानि हो भनेर सोच्छन्। तिनीहरू के सोच्छन् भने, आशिष्‌ प्राप्त गर्ने नियत त्याग्‍ने जोकोही फसाइएको हुन्छ, मूर्खले मात्र आशिष्‌ प्राप्त गर्ने आशा त्याग्छ, अनि काटछाँट स्वीकार गर्नु भनेको मूर्खता र असक्षमता देखाउनु हो, जुन कुरा बुद्धि भएको व्यक्तिले गर्दैन। यो ख्रीष्टविरोधीको सोचाइ र तर्क हो। त्यसैले, जब कुनै ख्रीष्टविरोधी काटछाँटमा पर्छ, तब ऊ मनमा असाध्यै प्रतिरोधी हुन्छ, साथै कुतर्क गर्न र बहाना बनाउनमा खप्पिस हुन्छ; उसले सत्यता स्विकार्दै स्विकार्दैन, न त ऊ झुक्छ नै। बरु, ऊ अनाज्ञाकारिता र अवज्ञाले पूरै भरिन्छ। यसले परमेश्‍वरको विरोध गर्ने, परमेश्‍वरको निन्दा गर्ने, र उहाँविरुद्ध लडाइँ गर्ने अनि अन्त्यमा खुलासा भएर हटाइने हदमा पुऱ्याउने सम्भावना हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्