विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन् (खण्ड चार)

ख. मानिसहरूले तिनीहरूको आराधना गरून् भनेर आफ्ना सामर्थ्यको धाक लगाउनु

हामीले भर्खरै कुरा गरेका, साना-साना निगाहहरू प्रयोग गर्नु बाहेक, मानिसहरूको हृदय जित्नका लागि ख्रीष्टविरोधीहरूले सामान्यतया वा आदतका रूपमा अरू के-कस्ता विधिहरू प्रयोग गर्छन्? उदाहरणका लागि, मानौँ कुनै अगुवाका बारेमा हरेक व्यक्तिमा नराम्रो छाप परेको छ। मानिसहरू के सोच्छन् भने यस अगुवामा प्रतिभाको कमी छ, उसले शब्द र धर्मसिद्धान्तहरू मात्र फलाक्न सक्छ, र उसमा सत्यताको कुनै वास्तविक बुझाइ छैन। यदि त्यस अगुवाले मानिसहरूले ऊबारे यस्तो धारणा पालेका छन् भन्‍ने पत्ता लगाए भने, के उसले यी गल्ती र कमीकमजोरीहरूलाई लुकाउन सक्दो प्रयास गर्नेछ? (गर्नेछ।) उसले के गर्नेछ? उसले कस्तो प्रकारका कुराहरू भन्‍नेछ? खुलस्त कुरा गरेको नाटक गर्नु यसको एउटा पक्ष हो। अरू के गर्नेछ? (व्याख्या गरेर कुरा टार्नु।) व्याख्या गरेर कुरा टार्नु पनि कुरा लुकाउने एउटा उपाय हो। यसका साथै, अगुवाले आफ्ना सामर्थ्य र अरूले महान् ठानेका कुराहरू प्रयोग गरेर आफ्ना कमजोरीहरूलाई लुकाउन सक्छन्। के यो प्रचलित विधि हो? (हो।) उदाहरणका लागि, एउटा व्यक्तिले भन्छ, “मैले परमेश्‍वरमा विश्‍वास गरेको थोरै समय मात्रै भएको छ, तर पनि मलाई किन अगुवाका रूपमा छनौट गरियो? किनभने मैले बाहिरी संसारमा एउटा कम्पनी चलाएँ, र हाम्रो कर्मचारीको सङ्ख्या १० जनाबाट बढेर २०० जना पुगेको छ, जसले ममा नेतृत्व क्षमता छ भन्‍ने देखाउँछ। परमेश्‍वरको घरले त्यस्ता कुराहरूलाई महत्त्व नदिने भए पनि, यो क्षमता कतिपय परिस्थितिहरूमा उपयोगी हुन्छ, होइन र?” यो सुनेपछि, अरू सहमत हुँदैनन्, त्यसकारण यो व्यक्तिले आफ्नो प्रस्तुतिलाई जारी राख्छ, र यसो भन्छ, “उदाहरणका लागि, यदि तपाईंले आफ्ना कर्मचारीहरूसँग कुरा गर्नुभयो, तर तिनीहरूले कुरा सुनेनन् भने, तपाईंले के गर्नुपर्छ? तपाईंले राम्रा नतिजाहरू हासिल गर्दा तिनीहरूले तपाईंको कुरा सुन्‍नेछन्। मैले आफ्नो प्रमाण प्रस्तुत गरिसकेँ: मेरो कम्पनी सार्वजनिक कम्पनी भएको छ!” सुरुमा, कतिपयले यो वरदान हो, गैरविश्‍वासीहरू यसरी नै कामकुरा गर्छन् भनेर भन्‍न सक्छन्, तर यो व्यक्तिले कसरी व्यवहार गर्छ, वास्तवमै त्यसका विधि र परिणामहरू हुन्छन्, त्यसकारण कतिपय मानिसहरू उसमा शङ्का गर्ने अवस्थाबाट उसमा भरोसा गर्न थाल्छन्, अनि उसले कार्य गर्ने क्रममा अनजानमा अलिअलि गर्दै उसको आराधना गर्न थाल्छन्। यसका साथै, यो व्यक्तिले अरूलाई बहकाउँछ, र आफ्‍ना कमीकमजोरीहरूलाई लुकाउँछ; मानिसहरूको हृदयलाई उसले आफ्नो पक्षमा पारेको हुन्छ थाहै नपाई, तिनीहरू उसको बहकाउमा परेका हुन्छन्, र पूर्ण रूपमा ऊसामु झुक्छन्। के यो एउटा विधि होइन र? (हो।) यो के हो? यो त आफ्नो विज्ञता र वरदानको शान देखाउन र आफ्नो क्षमता र सीपको रबाफ देखाउन सक्दो गर्नु हो। यी कार्यहरूको उद्देश्य के हो? यो अरूको हृदय जित्नका लागि पनि हो। अरूको हृदय जित्नका लागि, उसले केही राम्रा कुराहरू दिने बाहेक, अरूलाई उसको सम्मान गर्ने पनि बनाउनुपर्ने हुन्छ। यदि ऊ साधारण व्यक्ति, वा त्यति धेरै शिक्षा नपाएको अशिक्षित व्यक्ति मात्रै भएको भए, उसलाई कसले सम्मान गर्नेथियो र? त्यसकारण, यो व्यक्तिले जानीजानी आफ्ना प्रमाणपत्रहरू देखाउँछ, मानिसहरूलाई ऊसँग उच्च डिग्री र उच्च शैक्षिक योग्यता छ भनेर थाहा दिन्छ, र फलस्वरूप उसले कतिपय मानिसहरूलाई बहकाउँछ। ऊ आफ्ना वरदान, विज्ञता, र क्षमताहरूको शान देखाउन सक्दो प्रयास गर्छ, ताकि उसका बारेमा अरूले उच्च विचार राखून् तिनीहरूमा उसको राम्रो छाप परोस्, र मानिसहरूले कामकुरा गर्दा बारम्बार उसको सल्लाह लिने सोच राखून् वा चाहना देखाऊन्। के तिनीहरूले यो उद्देश्य हासिल गर्नका लागि गर्ने सबै कुरा पनि मानिसहरूको हृदय जित्ने एउटा रणनीति होइन र? ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय जित्नुका दुई वटा प्रकटीकरणहरू यिनै हुन्। पहिलो भनेको साना-साना निगाहहरू प्रयोग गर्नु हो। दोस्रो भनेको तिनीहरूको आफ्नै क्षमता र वरदान, अर्थात्, तिनीहरूलाई श्रेष्ठ बनाउने कुराहरूको शान देखाउनु, र अरू सबैलाई उछिन्‍न यो विधि प्रयोग गर्नु हो, ताकि तिनीहरू भीडबाट अलग देखिन सकून्, र सबैले तिनीहरूलाई श्रद्धा गरून्, प्रशंसा गरून्, सबै जना तिनीहरूका आदेशहरू पालना गर्न र तिनीहरूको अगुवाइ स्वीकार गर्न तिनीहरूसामु स्वेच्छाले आऊन्, र सबैले तिनीहरूका सबै बन्दोबस्तहरूलाई स्वेच्छाले स्वीकार र पालना समेत गरून्। के यो एक प्रकारको मनोवैज्ञानिक आक्रमण होइन र? (हो।) अरूको हृदय जित्नु भनेको एक प्रकारको मनोवैज्ञानिक आक्रमण हो। “मनोवैज्ञानिक आक्रमण” भन्‍नुको अर्थ के हो? यो शैतानले मानिसहरूको हृदय कब्जा गर्ने र नियन्त्रण गर्ने उपाय हो। परमेश्‍वरले मानिसको हृदयको गहिराइको छानबीन गर्नुहुन्छ। उहाँले मानिसहरूको हृदयमाथि विजय गर्नुहुन्छ र त्यो प्राप्त गर्नुहुन्छ। त्यसोभए शैतान र ख्रीष्टविरोधीहरूलाई जनाउँदा किन “मानिसहरूको हृदय प्राप्त गर्नु” भन्‍ने वाक्यांश प्रयोग गरिँदैन? किनभने शैतान र ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदयलाई कब्जा गर्न, बहकाउन, फसाउन, र नियन्त्रण गर्न असामान्य र दुष्ट विधिहरू प्रयोग गर्छन्, ताकि मानिसहरू तिनीहरूका बारेमा उच्च विचार नराखी र तिनीहरूलाई गहिरो रूपमा सम्मान र आदर नगरी बस्न नसक्‍ने अवस्थामा पुगून्।

हामीले भर्खरै मानिसहरूको हृदय जित्ने दुई वटा जुक्तीका बारेमा सङ्गति गर्‍यौँ। अरू के-कस्ता विशिष्ट जुक्तीहरू छन्? यदि मानिसहरूलाई बहकाउन र बन्धनमा पार्न ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने जुक्ती र विधिहरू तिमीहरूले अनुभव गरेका छैनौ भने, तिमीहरू यसको तुलनामा कस्तो छौ भनेर जान्न आफूलाई हेर्नुपर्छ। तिमीहरूमा यी प्रकटीकरणहरू छन् कि छैनन् भनी हेर। भ्रष्ट स्वभावहरू बोकेर जिउने हरेक व्यक्तिमा यी कुराहरू हुन्छन्। साना-साना निगाहहरू दिनु, मानिसहरूलाई बहकाउनु, मानिसहरूलाई आकर्षित गर्नु—के यी तिमीहरूले प्रायः गरिरहने कुरा होइनन् र? अनि आफ्नो वरदान र सामर्थ्यको शान देखाउन सक्दो प्रयास गर्नु—के त्यो पनि तिमीहरूले प्रायजसो गर्ने कुरा होइन र? (हो।) विशेष गरी, जब तिमीहरूले सत्यताका विरुद्धमा केही कुरा गर्छौ, जब तिमीहरूका कमजोरी र गल्तीहरू खुलासा हुन्छन्, र यहाँसम्म कि जब तिमीहरू काटछाँटमा पर्छौ, तिमीहरूले साँच्चिकै इज्जत गुमाउँछौ र तिमीहरूको प्रतिष्ठा पूरै गुम्छ, तब के तिमीहरूले परिस्थितिलाई समाधान गर्न र मानिसहरूको हृदयमा आफ्नो स्थान र प्रतिष्ठालाई पुनर्स्थापित गर्नका लागि यी विधि र तरिकाहरू प्रयोग गर्ने जस्ता कामकुरा गर्दैनौ र? (हामीले यस्ता कुराहरू पनि गर्छौँ।) जब तिमीहरूले यी कुराहरू गर्छौ, तब के तिमीहरूमा कुनै चेतना हुन्छ, र तिमीहरूलाई यो गलत मार्ग हो र यस्तो गर्नु हुँदैन भन्‍ने लाग्छ? के तिमीहरूलाई आत्मग्लानि महसुस हुन्छ? के तिमीहरू प्रायजसो यसप्रति असंवेदनशील हुन्छौ, कि तिमीहरू आत्मग्लानि महसुस त गर्छौ, तर तिमीहरूको प्रतिष्ठा र छवि तिमीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण भएकोले तिमीहरूले नचाहेर पनि यी कुराहरू गर्नु नै पर्छ? कुन चाहिँ हो? (हामीले नचाहेर पनि ती गर्छौं।) तिमीहरूले नचाहेर पनि ती कार्य गर्छौ—त्यसोभए, के तिमीहरूलाई आत्मग्लानि महसुस हुन्छ? कि तिमीहरूलाई यो पटक्‍कै महसुस हुँदैन, तर तिमीहरू ती कुराहरू गरेपछि तिनलाई हल्का रूपमा लिन्छौ, र पहिले जस्तै खाने र सुत्ने कामलाई जारी राख्छौ? (हामीलाई आत्मग्लानि महसुस हुन्छ।) यदि तिमीहरू अलिकति आत्मग्लानि महसुस गर्छौ भने, त्यो त्यति नराम्रो कुरा होइन। यसले तिमीहरूको बोधोपन त्यति गहन छैन—तिमीहरूमा अझै चेतना छ भन्ने प्रमाणित गर्छ। चेतना भएका मानिसहरूसँग मुक्ति पाउने आशा हुन्छ; चेतना नभएका मानिसहरूमा कुनै मानवता हुँदैन, त्यसकारण तिनीहरू खतरामा हुन्छन्।

ग. देखावटी रूप प्रयोग गरेर मानिसहरूलाई बहकाउनु र तिनीहरूमा आफूबारे असल राय बनाउनु

मानिसहरूको हृदय जित्नका लागि ख्रीष्टविरोधीहरूलाई अरू के-कस्ता विधिहरू प्रयोग गर्ने बानी परेको हुन्छ? अर्को परिस्थिति पनि छ, जुन के हो भने ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि, तिनीहरू त्यो परमेश्‍वरका अगाडि होइन, मानिसहरूका अगाडि गर्छन्। त्यसो गर्नुमा तिनीहरूको उद्देश्य के हुन्छ? (मानिसहरूलाई आकर्षित गर्नु।) यो मानिसहरूको हृदय आकर्षित गर्नका लागि हो। बाहिरी रूपमा, तिनीहरू कष्ट भोग्‍न र मूल्य चुकाउन अरूभन्दा बढी इच्छुक हुन्छन्; तिनीहरू अरूभन्दा आत्मिक, परमेश्‍वरप्रति बढी बफादार, र आफ्नो कर्तव्यप्रति बढी गम्भीर देखिन्छन्। तर तिनीहरूलाई हेर्ने कोही नहुँदा, तिनीहरूले त्यस्तो व्यवहार गर्दैनन्। त्यसरी व्यवहार गर्नु तिनीहरूको साँचो अभिप्राय हुँदैन; बरु, तिनीहरूमा एउटा लुकेको मनसाय हुन्छ। तिनीहरू अरूका अगाडि यस्तो व्यवहार गर्छन् ताकि तिनीहरूले कति राम्रो व्यवहार गरिरहेका छन्, र तिनीहरू यस्तो बफादारीका साथ आफ्नो कर्तव्य पूरा गरिरहेको छन् भन्‍ने कुरा ती मानिसहरूले देखून्, जबकि वास्तवमा तिनीहरूको भित्री उत्प्रेरणा बफादारी हुँदै हुँदैन। तिनीहरूको उद्देश्य भनेको त मानिसहरूले तिनीहरू बफादार र जिम्मेवार भएको देखून् भन्ने हो। यसरी मूल्य चुकाएर तिनीहरूले अरूलाई पूर्ण रूपमा विश्‍वस्त गराउँछन्। परिणामस्वरूप, अरू मानिसहरू तिनीहरूको अगुवाइ स्वीकार गर्न, र तिनीहरूले जे-जस्ता गल्तीहरू गरे पनि तिनीहरूलाई क्षमा गर्न इच्छुक हुन्छन्। यो कस्तो व्यवहार हो? यो देखावटी रूप प्रयोग गरेर मानिसहरूलाई बहकाउनु हो। यहाँ “देखावटी रूप” को अर्थ के हो? यसको अर्थ सत्यता अनुरूप भएझैँ देखिने असल व्यवहार र कार्यहरू हुन्। मानिसहरूलाई बहकाउन र तिनीहरूमा आफूबारे असल राय बनाउन सत्यता अनुरूप भएझैँ देखिने देखावटी रूप प्रयोग गर्नु—यस व्यवहारका विशेषताहरूलाई यसले सारांश गर्छ, होइन र? तिनीहरूको उद्देश्य अन्तमा मानिसहरूमा आफूबारे असल राय बनाउनु हो। मानिसहरूमा ख्रीष्टविरोधीहरूका बारेमा असल राय भएपछि, तिनीहरूले ख्रीष्टविरोधीहरूप्रति अलिक आदर महसुस गर्छन्—यो विधि प्रयोग गरेर ख्रीष्टविरोधीहरूले तिनीहरूका हृदयमा निश्‍चित स्थान ओगटेका हुनेछन्। उदाहरणका लागि, एउटा यस्तो व्यक्ति छ जो आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउन तयार हुन्छ, आफ्नो कार्यमा बढीजसो अनुभवमा भर पर्छ, र मूलतः कुनै पनि प्रमुख सिद्धान्तहरू उल्लङ्घन गर्दैन, तर जब तैँले ऊसँग सत्यता सिद्धान्तहरू खोजी गर्ने बारेमा सङ्गति गर्छस्, तब उसले के भन्छ? “यसका बारेमा मसँग सङ्गति गर्नु पर्दैन। मैले यी सबै कुराहरू मनमा राखेको छु!” जब उसले साँच्‍चै समस्या सामना गर्छ, तब उसले खोजी नगर्ने मात्र होइन, तर अरू कसैको सल्लाह सुन्न पनि इन्कार गर्छ, तिनीहरूको राय सुन्नु त परको कुरा हो; उसले आफूलाई जे राम्रो लाग्यो त्यही मात्र गर्छ। जब उसले मूल्य चुकाउँछ, जब उसका कार्यले उसलाई तेजिलो र निर्णायक अनि निश्‍चित अख्तियार भएको व्यक्ति हो भन्‍ने जस्तो देखाउँछ, तब अरूले उसलाई आफ्नो हृदयमा कसरी हेर्छन्? तिनीहरूमा ऊबारे असल राय हुन्छ कि हुँदैन? अरू मानिसहरूको दृष्टिकोणबाट हेर्दा, उसले प्रस्ट देखिने गरी सत्यता उल्लङ्घन गरेको हुँदैन, र ऊ कामकुरा गर्ने तरिकामा अत्यन्तै सिपालु हुन्छ। अरूलाई विश्‍वस्त गराउनका लागि उसको “बफादारीको” स्तर र कर्तव्य निर्वाह गर्दाको अनुभव पर्याप्त हुन्छ। मानिसहरू सोच्छन्, “उसलाई हेर न: उसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, र उसमा यो कर्तव्य पूरा गरेको अनुभव छ। ऊ अनुभवी छ। हामी त्यो गर्नै सक्दैनौँ।” जब मानिसहरूले ऊबारे यस्तो सकारात्मक दृष्टिकोण राख्छन्, तब के ती मानिसहरूको हृदयमा उसको वजन अत्यन्तै धेरै हुन्छ कि थोरै? (अत्यन्तै धेरै।) अत्यन्तै धेरै; तिनीहरूका हृदयमा उसको वजन हुन्छ। कतिपय मानिसहरू, एकातिर आत्मिक बुझाइको कमीले र अर्कोतिर सत्यताप्रति कुनै चासो नभएकाले, कहिल्यै पनि सत्यताको खोजी गर्दैनन्, र तिनीहरू सत्यतालाई पटक्‍कै प्रेम गर्दैनन्, र तिनीहरूले सत्यता सिद्धान्तहरू के हुन् भनेर पटक्कै बुझेका हुँदैनन्। तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नका लागि पूर्ण रूपमा आफ्नो क्षणिक जोश, आफ्नै असल अभिप्रायहरू, र वर्षौँको अनुभवमा भर पर्छन्। तर, तिनीहरू अरूलाई यी कुराहरू थाहा दिन चाहँदैनन्, त्यसैले तिनीहरू ठूलो मेहनत लगाउने र मूल्य चुकाउने सक्दो प्रयास गर्छन्। यदि कसैले तिनीहरूमा आत्मिक बुझाइको कमी छ, वा तिनीहरू सत्यता बुझ्दैनन्, र सिद्धान्तहरूविना कार्य गर्छन् भन्‍ने पत्ता लगायो भने, तिनीहरूले मानिसहरूलाई देखाउनका लागि तुरुन्तै केही उपलब्धिहरू हासिल भएको देखाउँछन्। तिनीहरू भन्छन्, “ममा साँच्‍चै आत्मिक बुझाइ छ कि छैन हेर। हेर त; म साँच्‍चै सिद्धान्तहरू अनुसार व्यवहार गर्छु कि गर्दिनँ, म साँच्‍चै सत्यता बुझ्छु कि बुझ्दिनँ भन्‍ने कुरा हेर।” तिनीहरूले यस्तो व्यवहार गर्दा, ठूलो सङ्ख्यामा मानिसहरू तिनीहरूको बहकाउमा पर्छन्। तिनीहरू यसो भन्छन्, “ती मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा अनुभवी छन्, र सिद्धान्तहरू बुझ्छन्; नबुझ्ने त हामी हौँ।” “नबुझ्‍ने त हामी हौँ”—यो भनाइले के प्रकाश गर्छ? यसले के प्रकाश गर्छ भने, तिनीहरू भित्री रूपमा, ती मानिसहरूको बाहिरी असल व्यवहारलाई अनुमोदन गर्छन्। यो अनुमोदन के गरे सरह हो? यो त तिनीहरू सत्यता अभ्यास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने, र परमेश्‍वरले तिनीहरूलाई सिद्ध बनाउनुहुँदा त्यसलाई स्वीकार गर्ने मानिस हुन् भन्‍ने सोच्नु सरह हो। के अरूले तिनीहरूलाई यसरी मूल्याङ्कन गर्नु भनेको तिनीहरूले मानिसहरूको हृदयमा निश्‍चित स्थान ओगटेको सरह होइन र? अझै विशिष्ट रूपमा भन्नुपर्दा, तिनीहरूको एक प्रकारको प्रतिष्ठा छ भनेर भन्‍न सकिन्छ। त्यसोभए यो प्रतिष्ठाले तिनीहरूलाई के दिन्छ? यसले अरूलाई तिनीहरूप्रति आदरभावले हेर्न, तिनीहरूलाई सम्‍मान गर्न, र तिनीहरूमाथि भर पर्न समेत लगाउँछ। अरू मानिसहरू कसरी तिनीहरूमाथि भर पर्छन्? तिनीहरूलाई कुनै समस्या आइपर्ने बित्तिकै, तिनीहरू तुरुन्तै तिनीहरूलाई खोज्छन्। मानौँ कसैले यसो भन्छ, “यो ठूलो विषय हो, र हामी यो बुझ्दैनौँ; हामीले माथिलाई सोध्नुपर्छ, होइन र?” त्यसपछि केहीले भन्‍नेछन्, “पर्दैन। हामीले हाम्रो अगुवालाई सोधे भइहाल्छ नि। हाम्रो अगुवाले यो सब कुरा बुझ्छ।” सबैको दिमागमा अगुवा र कामदारहरू प्रायः आफ्नो काममा व्यस्त हुन्छन् र तिनीहरूले दुष्कर्म गरेका हुँदैनन् भन्ने हुन्छ, फलस्वरूप सबैले तिनीहरू पक्कै पनि सत्यता बुझ्‍ने र सिद्धान्तहरू अनुसार कार्य गर्ने मानिस हुन् भन्ने सोच्छन्। यो मतबारे तिमीहरू के भन्छौ? यदि कसैले बाहिरी रूपमा दुष्टता गरेको छैन भने, के यसको अर्थ उसले सत्यता बुझ्छ भन्ने हुन्छ? बुझेको हुन्छ नै भन्‍ने हुँदैन। कुनै पनि व्यक्तिको सत्यता सम्बन्धी बुझाइको सीमा हुन्छ। यदि तँ अगुवाहरूले सबै कुरा बुझ्छन् भन्‍ने विश्‍वास गर्दै, तँसँग जस्तोसुकै समस्या भए पनि, परमेश्‍वरलाई प्रार्थना गर्दैनस्, उहाँमार्फत खोजी गर्दैनस्, वा उहाँका वचनहरूभित्र खोजी गर्दैनस्, तर यसका बारेमा सोध्न सिधै अगुवाकहाँ जान्छस् भने, के यसले कामकुरामा ढिलाइ हुँदैन र? यदि तँ सधैँ अगुवाहरूले भनेको कुरा गरिरहन्छस्, सधैँ तिनीहरूलाई आदरभावले हेरिरहन्छस् भने, केही कुराहरू बिग्रिन सक्छन्, र तैँले मण्डलीका काममा घाटा पुऱ्याउन पनि सक्छस्। त्यसैले मानिसहरूको आराधना गर्नु र तिनीहरूलाई आदरभावले हेर्नु नै बाटो बिराएर गल्ती गर्ने, आफ्नो जीवनमा, साथै परमेश्‍वरको घर र मण्डलीको काममा घाटा पुऱ्याउने सबैभन्दा सजिलो तरिका हो।

ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय जित्नुका मुख्य तीन वटा प्रकटीकरणहरू छन्: पहिलो भनेको मानिसहरूलाई साना-साना निगाहद्वारा आकर्षित गर्नु हो; दोस्रो भनेको तिनीहरूको सामर्थ्य, वरदान, र प्रतिभाको धाक लगाउनु हो; तेस्रो भनेको देखावटी रूप प्रयोग गरेर मानिसहरूलाई बहकाउनु र तिनीहरूमा आफूबारे असल राय बनाउनु हो। यी प्रकटीकरणहरू हरेक व्यक्तिमा भेटिन सक्छन्। कतिपय मानिसहरू प्रायजसो अरूलाई थाहा नभएका केही गोप्य कुरा खुलासा गर्छन्, यावत् प्रकारका विषयबारे कुरा गर्छन्, वा केही अद्वितीय र विशेषज्ञ रायहरू बताउँछन्। यसलाई के भनिन्छ? एउटा दुईपाटे भनाइ छ: “बुढी आइमाइले लाली लगाउँछिन्—तिमीलाई देखाउन।” यी मानिसहरू सधैँ आफ्नो सीप प्रदर्शन गर्न र मानिसहरूको सम्मान जित्न चाहन्छन्। तर, कहिलेकहीँ, तिनीहरूले यो राम्ररी गर्दैनन्, र मानिसहरूले तिनीहरूमा कमीकमजोरीहरू देख्छन्, त्यसकारण तिनीहरू परिस्थितिलाई समाधान गर्न र बहस गरेर यसबाट उम्कन सक्दो गर्छन्। तिनीहरूले आफ्नो विवेक र सत्यता विपरीत जाने वा आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यसँग असम्बन्धित जेसुकै गरेका भए पनि, तिनीहरू कहिल्यै पनि गल्ती स्वीकार गर्न वा आत्मचिन्तन गरेर पश्चात्ताप गर्न जान्दैनन्, न त तिनीहरूलाई यो समस्या कति गम्भीर छ भन्‍ने नै महसुस हुन्छ। यसको विपरीत, तिनीहरू आफ्नै पक्षमा बहस गर्ने र परिस्थितिलाई सहज बनाउने उपायहरूका बारेमा धेरै सोचेर दिमाग खियाउँछन्। अरूका नजरमा रहेको तिनीहरूको राम्रो छवि अचानक र भयानक रूपमा घट्छ भन्‍ने डरले तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न अधीरताले जल्छन्, यहाँसम्म कि तिनीहरू खान वा सुत्न समेत सक्दैनन्। उदाहरणका लागि, कतिपय मानिसहरू आफ्नो लेखन राम्रो छ, आफू कुशल लेखक हुँ भन्‍ने सोच्छन्; कतिले आफू असल अगुवा भएको, मण्डलीलाई आड दिने खम्बा भएको सोच्छन्; अरू चाहिँ आफूलाई असल मानिस ठान्छन्। यी मानिसहरूले कुनै न कुनै कारणले आफ्नो राम्रो आत्म-छवि गुमाउने बित्तिकै, तिनीहरूले धेरै विचार गर्छन् र यसका खातिर मूल्य चुकाउँछन्, परिस्थितिलाई सुधार्ने प्रयास गर्दै आफ्नो दिमाग खियाउँछन्। तैपनि तिनीहरू आफूले लिएका गलत मार्गहरूका लागि, वा तिनीहरूले गरेका विभिन्‍न सत्यताविरोधी कुराहरूका लागि कहिल्यै पनि लाज, वा आत्मग्लानि, वा परमेश्‍वरप्रति ऋणी महसुस गर्दैनन्। तिनीहरूलाई कहिल्यै त्यस किसिमको अनुभूति हुँदैन। तिनीहरू मानिसहरूलाई बहकाउन र तिनीहरूको हृदय जित्नका लागि हरप्रकारका युक्ती प्रयोग गर्छन्। के यो सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु हो? पटक्कै होइन। के मण्डली अगुवाहरूले गर्नुपर्ने काम त्यही हो? पटक्कै होइन। तिनीहरू शैतानी स्वभाव अनुसार जिइरहेका हुन्छन्, दुष्कर्म गरिरहेका र मण्डलीका काममा बाधा दिइरहेका हुन्छन्, र परमेश्‍वरको घरका काममा बाधा र अवरोध ल्याइरहेका हुन्छन्। तिनीहरूको कार्य र व्यवहार, तिनीहरूले लिने मार्ग, र मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने तिनीहरूका विभिन्‍न व्यवहारहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले अगुवाको कर्तव्य पूरा गरिरहेका हुँदैनन्, बरु मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामलाई तोड्ने र त्यसमा अवरोध पुऱ्याउने, मानिसहरूलाई परमेश्‍वरसामु आउनबाट रोक्ने, र मानिसहरूलाई आफ्नै हातमा राखिरहने, आफ्‍नो नियन्त्रणमा राखिरहने प्रयास गरिरहेका हुन्छन्। के यी ख्रीष्टविरोधीका कार्य र व्यवहार होइनन् र? यसबारे कुनै शङ्का छैन। यो ख्रीष्टविरोधीहरूले ठ्याक्कै शैतानको भूमिका खेल्छन् भन्‍ने कुराको पर्याप्त प्रमाण हो। तिनीहरूले गर्ने यी कुराहरूको प्रकृतिलाई मूल्याङ्कन गर्दा, तिनीहरू आफूले गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्न असफल भइरहेका मात्र हुँदैनन्—यसको विपरीत, तिनीहरूले शैतानको भूमिका खेलिरहेका हुन्छन्। तिनीहरूले गर्ने भनेकै परमेश्‍वरसँग उहाँका चुनिएका मानिसहरूका लागि पूर्ण रूपमा होड गर्नु हो। परमेश्‍वरका भेडाहरूले परमेश्‍वरलाई पछ्याउनुपर्छ र तिनीहरू उहाँद्वारा प्राप्त गरिनुपर्छ, तैपनि यी मानिसहरू अरूलाई परमेश्‍वरलाई पछ्याउनबाट रोक्छन्; तिनीहरू परमेश्‍वरका भेडाहरूलाई आफ्नै हातमा लिएर नियन्त्रण गर्छन्, र मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउँछन्। तिनीहरूका कार्यहरूको प्रकृति त्यही हो। के त्यस्ता मानिसहरूलाई “अगुवाहरू” भन्‍न मिल्छ? (मिल्दैन।) त्यसोभए हामीले तिनीहरूलाई के भन्‍नुपर्छ? (दुष्ट नोकरहरू।) “दुष्ट नोकरहरू”—त्यो उचित नाम हो। “ख्रीष्टविरोधीहरू,” “दुष्ट नोकरहरू”—यी दुवै पदवीनामहरू उपयुक्त हुनेछन्, होइन र? यी मानिसहरू अगुवाको कर्तव्य निर्वाह गरिरहेको झन्डा फहराउँछन्, तर तिनीहरू अगुवाले गर्नुपर्ने काम गर्दैनन्। तिनीहरूले जे गर्छन् त्यो अगुवाको कर्तव्य निर्वाह गर्नु पटक्‍कै होइन, त्यो त ख्रीष्टविरोधीको भूमिका निर्वाह गर्नु, परमेश्‍वरको घरका काममा बाधा दिन र त्यसलाई नष्ट गर्न शैतानका पक्षमा खडा हुनु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई भ्रममा पारेर साँचो मार्गबाट र परमेश्‍वरबाट अलग बस्न लगाउनु हो। तिनीहरूका सबै कार्य र व्यवहारहरूले शैतानको स्वभाव र प्रकृतिलाई प्रकट गर्छन्, र मानिसहरूलाई परमेश्‍वरबाट अलग बस्न, सत्यता र परमेश्‍वरलाई इन्कार गर्न, र तिनीहरूलाई आराधना गर्न र पछ्याउन लगाउने परिणाम हासिल गर्छन्। एक दिन, जब तिनीहरूले मानिसहरूलाई पूर्ण रूपमा बहकाएका र आफ्नो नियन्त्रणमा ल्याएका हुन्छन्, तब मानिसहरूले तिनीहरूलाई आराधना गर्न, पछ्याउन, र पालन गर्न थाल्नेछन्। तब तिनीहरूले मानिसहरूको हृदय फन्दामा पार्ने आफ्नो उद्देश्य हासिल गरेका हुनेछन्। तिनीहरू मण्डली अगुवा हुन्, तर तिनीहरू परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको काम गर्दैनन्; तिनीहरू अगुवा र कामदारहरूको काम गर्दैनन्। बरु, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूमाथि कार्य गर्छन्, तिनीहरूलाई बहकाउँछन्, फन्दामा पार्छन्, र नियन्त्रण गर्छन्, स्पष्ट रूपमा परमेश्‍वरका भेडाहरूलाई आफ्नै हातमा, आफ्नो नियन्त्रणमा लिन्छन्। के तिनीहरू चोर र डाँका होइनन् र? परमेश्‍वरसँग उहाँका चुनिएका मानिसहरूका लागि होड गर्ने क्रममा, के तिनीहरूले शैतानका नोकरहरूका रूपमा सेवा गरिरहेका हुँदैनन् र? के त्यस्ता ख्रीष्टविरोधीहरू परमेश्‍वरका शत्रु होइनन् र? के तिनीहरू उहाँका चुनिएका मानिसहरूका शत्रु होइनन् र? (हुन्।) शतप्रतिशत हुन्। तिनीहरू परमेश्‍वर र उहाँका चुनिएका मानिसहरूका शत्रु हुन्; यसमा शङ्काको कुनै गुन्जायस छैन।

पहिले जब म मुख्यभूमि चीनका सबै मण्डलीहरूमा बोल्ने र काम गर्ने गर्थेँ, मसँग एक जना व्यक्ति थियो जसको जिम्मेवारी अडियो रेकर्डिङ र प्रवचनहरू लिपिबद्ध गर्ने थियो। यो व्यक्ति अलिक प्रतिभाशाली थियो, उसको दिमाग तेजिलो थियो र उसले द्रुत प्रतिक्रियाहरू दिन्थ्यो। तर उसको यो एउटा कुरा थियो: मानिसहरूले सुन्न चाहेका कर्णप्रिय कुराहरू भन्‍न ऊ सिपालु थियो। यदि तैँले केही कुरा मीठो छ भनेर भनिस् भने, उसले यसो भन्थ्यो, “तपाईंले सही भन्‍नुभयो। मैले यो चाखेको छु। एकदम मीठो छ।” यदि तैँले बाहिर गर्मी छ भनेर भनिस् भने, उसले यसो भन्थ्यो, “हजुर हो नि। म त पसिनैपसिना भएको छु।” यदि तैँले बाहिर चिसो छ भनेर भनिस् भने, उसले यसो भन्थ्यो, “चिसो छ, हो। मैले भुवा भएको जुत्ता लगाएको छु।” कुनै साँचो वा इमानदार कुरा भन्‍न उसलाई गाह्रो पर्थ्यो। ऊ साँच्‍चै पछ्याइमा लागेको व्यक्ति जस्तो देखिन्थ्यो, तर मूल्य चुकाउनुपर्ने केही कुरा आइपर्दा, ऊ लुक्थ्यो। ऊ धूर्त र छली थियो। ऊ त्यस्तो खालको व्यक्ति थियो। कतिपयले सोध्न सक्छन्, “अँ, तपाईं किन त्यस्तो व्यक्तिलाई छनौट गर्नुहुन्छ?” मैले उसलाई छनौट गरेको थिइनँ—त्यो कुरा त्यस बेलाका परिस्थितिहरूले नै तय गरेको थियो। त्यो बेला ऊ जस्तो व्यक्ति भेट्टाउन समेत गाह्रो हुन्थ्यो, र कम्तीमा पनि उसले चाँडै प्रतिक्रियाहरू त दिन्थ्यो—म बोल्न थाल्नेबित्तिकै उसले “रेकर्ड” थिचिहाल्थ्यो। उसले प्रवचनहरू रेकर्ड र लिपिबद्ध गर्दै मलाई जताततै पछ्याउँथ्यो; उसले केही वास्तविक काम गर्यो। तर उसले मेरो उपस्थितिमा गर्ने व्यवहार र मण्डलीमा गर्ने कार्यहरू पूर्ण रूपमा दुई अलग मानिसहरूका कार्यहरू जस्तै थिए। मेरो उपस्थितिमा, उसले आज्ञाकारी, सुशील, लगनशील, कर्तव्यनिष्ठ, र जिम्मेवार व्यवहार गर्थ्यो—तर के उसले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दा पनि त्यस्तै व्यवहार गर्थ्यो त? माथिको सम्पर्कमा हुँदा ऊ त्यस्तै थियो भन्‍ने कुरालाई ध्यानमा राख्दा, के ऊ परमेश्‍वरका चुनिएका मानिसहरूका बीचमा हुँदा पनि त्यस्तै थियो त? के तैँले यस विषयमा निश्‍चित उत्तर दिने आँट गर्छस्? अहँ, तैँले आँट गर्दैनस्। त्यसोभए, उसको वास्तविक अवस्था के थियो भनेर तँलाई कसरी थाहा हुन सक्छ? त्यसो गर्नका लागि, तँ ऊसँग सम्पर्कमा हुनुपर्थ्यो। तैँले ऊसँग केही समय अन्तरक्रिया गरेपछि, उसको प्रकृति सारमा रहेको सबै कुरा देखिन थाल्नेथियो। ऊ विशेष रूपमा हैसियतलाई प्रेम गर्थ्यो, र निकै दम्भी थियो; जब ऊ कसैसँग हुन्थ्यो, तब ऊ आफ्नो पूँजीका बारेमा कुरा गर्न, र आफूले गर्न सक्‍ने कुराहरू, आफूले गरेका कुराहरू, उसले कति धेरै कष्ट भोगेको छ, र ऊ कति महान् छ भनेर फाँइफुट्टी लगाउन निकै मन पराउँथ्यो। उसले बारम्बार यी कामकुरा गर्थ्यो र यसरी कुरा गर्थ्यो, र मसँग हुँदाको भन्दा ऊ पूर्ण रूपमा फरक व्यक्ति हुन्थ्यो। यसका साथै, उसको वरिपरि हुने जोकोहीले पनि बन्धनमा परेको र हेपिएको महसुस गर्थ्यो, र यसका बारेमा केही भन्‍ने आँट गर्दैनथियो। यहाँ सबैभन्दा ठूलो समस्या के थियो? उसले आफूले गरिरहेको यो सानो काम, आफूले निर्वाह गरिरहेको यो सानो कर्तव्य लिएर यसलाई जहाँ गए पनि शान देखाउने पूँजी बनाएको थियो। उसले कुन हदसम्म यसको शान देखाउँथ्यो? सबैले उसलाई आदरभावले हेर्थे, आराधना गर्थे, र उसको डाहा गर्थे। अन्तिममा, तिनीहरूले यसो भन्थे, “यो मान्छेले परमेश्‍वरका खातिर ज्यादै कष्ट भोगेको छ। उसमा भएको आस्था, र परमेश्‍वरप्रतिको उसको प्रेमलाई नै हेर न! हाम्रो त उसको शिरको एउटा केशसँग समेत तुलना हुन सक्दैन। हामी ऊभन्दा निकै निकृष्ट छौँ!” मानिसहरूले सधैँ उसलाई उल्लेख गरिरहेका हुन्थे, र मलाई भेट्न नसक्‍नेहरूले उसलाई भेट्नु मलाई भेट्नु जतिकै राम्रो हो भन्‍ने सोच्थे। मानिसहरूको ज्ञान, विचार, र मनमा उसले पारेको प्रभाव अन्तमा यो स्तरमा पुगेको थियो। यस बिन्दुसम्म पुग्‍नका लागि, उसले धेरै कुराहरू भनेको र गरेको हुनुपर्छ, होइन र? उसले पक्कै पनि आफूले गरेका कर्तव्यहरू उल्लेख गर्नका लागि थोरै शब्दहरू मात्रै प्रयोग त गरेन, उसले अवश्य नै यी कुराहरूका बारेमा लम्बेतान बोल्यो र कुरा गर्यो; यसका साथै, उसका आफ्नै मनसाय र उद्देश्यहरू थिए, उसले मानिसहरूलाई प्रलोभनमा पार्न र बहकाउन सक्‍ने केही कुराहरू भन्यो, मानिसहरूलाई उसको आराधना गर्न लगायो, र अन्त्यमा उसले आफ्नो उद्देश्य हासिल गर्यो। यस्तो व्यक्तिका बारेमा तेरो के विचार छ? उसले मेरो छेउमा बसेर आफ्नो कर्तव्य पूरा गर्न पाउनु उसका लागि राम्रो कुरा थियो, चाहे त्यो उसले आफूलाई आचरणमा ढाल्न सिक्‍ने हिसाबमा होस् वा सत्यता प्राप्त गर्ने हिसाबमा होस्। यो उसका लागि चाँडै सिद्ध पारिने अवसर थियो। दुःखको कुरा, उसले यो अवसरलाई कदर गरेन। उसले यो अवसर कति बहुमूल्य र महत्त्वपूर्ण छ भन्‍ने कुरा देखेन, न त यो सत्यता प्राप्त गर्ने र परमेश्‍वरको ज्ञान प्राप्त गर्ने मार्ग, आधार, र स्रोत हो भन्‍ने नै देख्यो। बरु, उसले यो अवसरलाई भीडबाट अलग भएर मानिसहरूको हृदय जित्ने आफ्नो उद्देश्य हासिल गर्न प्रयोग गर्यो। त्यसले समस्या ल्याउनेवाला थियो; ऊ गलत मार्गमा हिँडिरहेको थियो। ल भन त, उसले आफूले कति धेरै कष्ट भोगेको छु, परमेश्‍वरले उसलाई कसरी अगुवाइ गर्नुभएको छ, परमेश्‍वरले ऊसँग कसरी व्यवहार गर्नुभएको छ, र परमेश्‍वरले उसमा कसरी भरोसा गर्नुभएको छ भन्‍ने बारेमा यति जथाभाबी ढङ्गले कुरा फैलाउने क्रममा, के उसले यसमा व्यक्तिगत आशय छ भन्‍ने कुरा पहिचान गर्न सक्यो? (सक्यो।) उसले त्यसो गर्न सक्नुपर्थ्यो। यो पहिचान गर्न असम्भव कुरा थिएन। उसले यो पहिचान गर्न सक्यो—त्यसोभए उसले किन आफ्ना दुष्ट कार्यहरूलाई रोक्न सकेन? किनभने उसले सत्यतालाई प्रेम गर्दैनथियो; उसलाई प्रभाव र हैसियत मात्रै मनपर्थ्यो। जब सत्यतालाई साँचो रूपमा प्रेम गर्ने व्यक्तिले भ्रष्टता प्रकट गर्छ, जब ऊ आफूले कसरी कष्ट भोगेको छु भनेर गवाही दिइरहेको हुन्छ, तब उसलाई आत्मग्लानि र आत्म-दोष महसुस हुन्छ। उसलाई के लाग्छ भने उसले जे गर्यो त्यो नीच कार्य थियो, र परमेश्‍वरविरुद्ध प्रतिरोधी थियो, र उसले फेरि त्यसो गर्नु हुँदैन। तिनीहरूले भविष्यमा फेरि त्यसो गर्न चाहँदा, तिनीहरूले आफूलाई नियन्त्रणमा राख्न र यस्ता कुराहरू गर्नमा रोक लगाउन सक्छन्। त्यो एकदमै सामान्य हो। तर त्यस्ता बेला, ख्रीष्टविरोधीहरूलाई तिनीहरूको विवेकले हप्काए पनि, तिनीहरूले आफ्नो उन्मत्त महत्त्वाकाङ्क्षा र चाहनालाई नियन्त्रण गर्न सक्दैनन्, र तिनीहरू काटछाँटमा परे पनि, तिनीहरूले सत्यतालाई स्विकार्नेछैनन्। तिनीहरूको प्रकृति किन पहिलेको अवस्थामा फर्काउन नसकिने गरी बढ्छ र विस्तार हुन्छ? (किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्।) तिनीहरूको प्रकृति नै सत्यतालाई प्रेम नगर्ने हुन्छ। त्यसोभए तिनीहरू केलाई प्रेम गर्छन्? (तिनीहरू हैसियतलाई प्रेम गर्छन्।) हैसियतले तिनीहरूलाई के दिन्छ? यसले गर्दा मानिसहरूले तिनीहरूलाई आराधना गर्नेछन्, आदरभावले हेर्नेछन्, र डाहा गर्नेछन्। अन्तिममा, तिनीहरूको उद्देश्य भनेको परमेश्‍वरको जस्तै हैसियत र व्यवहार, साथै यो हैसियतले तिनीहरूलाई दिने सम्मान, खुशी, र आनन्द प्राप्त गर्नु हो। मैले भर्खरै भनेको सबै कुरा सुनेपछि, के तिमीहरूलाई घिन लागेको छैन? (लागेको छ।) त्यो व्यक्तिले गरेको अर्को कुरा अझै घिनलाग्दो थियो। पछि, ऊ बिरामी पऱ्यो र आफ्नो गृहनगर फर्केर गयो, र यस कुराले उसलाई ऊ हैसियतका फाइदाहरूको आनन्द उठाउन लायक छ भन्‍ने अझै बढी महसुस गरायो। तँलाई के लाग्छ, यो विचार हाबी हुँदा उसले कसरी व्यवहार गर्नेथियो? के उसले मानिसहरूले उसलाई अझै बढी दिऊन्, र ऊसँग अझै राम्रो व्यवहार गरून् भनेर माग गर्नेथिएन र? (गर्नेथियो।) उसले किन यो माग गर्यो? के उसलाई यो अतिशयोक्ति वा अनुचित लागेन? उसलाई आफू यसको हकदार छु भन्‍ने लाग्थ्यो। उसले सोच्यो, “मैले परमेश्‍वरका खातिर, र मेरा दाजुभाइ-दिदीबहिनीहरूका खातिर निकै कष्ट भोगेको छु। मसँग यो पाउने अधिकार छ; मैले धेरै कष्ट भोगेका कारण म बिरामी भएँ, त्यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो सेवा गर्नु नै पर्छ।” ऊ बिरामी हुँदा, उसले सिन्को भाँचेन; ऊ दिनभरि ओछ्यानमा नै बस्थ्यो, र अरूलाई आफ्नो हेरचाह गर्न र आफूलाई खुवाउन लगाउँथ्यो। ऊ त्यहाँ लामो समयसम्म पल्टिएपछि, उसलाई दिक्क लाग्‍न थाल्यो, त्यसकारण आफ्नो न्यास्रोपनलाई हटाउन उसले मानिसहरूलाई खानपान ल्याउन र आफूसँग बाहिर जान लगाउँथ्यो। यो निकै घिनलाग्दो कुरा हो, होइन र? यदि ऊ साँच्‍चै नै यति बिरामी भएको भए, यो त्यति ठूलो कुरा हुनेथिएन; यदि ऊ यति बिरामी भएको थिएन भने, अवश्य नै उसको व्यवहारमा समझको निकै कमी थियो, होइन र?

कतिपय मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासमा निकै उत्साहित देखिन्छन्। तिनीहरू मण्डलीका मामलाहरूमा ध्यान दिन र चासो लिन मन पराउँछन्, र तिनीहरू सधैँ अघि-अघि दौडिरहेका हुन्छन्। तैपनि, तिनीहरू अगुवा बनेपछि, अप्रत्याशित रूपमा, सबैलाई निराश तुल्याउँछन्। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूका व्यावहारिक समस्याहरू समाधान गर्नमा ध्यान दिँदैनन्, बरु आफ्नै प्रतिष्ठा र हैसियतका खातिर कार्य गर्न सक्दो प्रयास गर्छन्। तिनीहरू अरूले तिनीहरूलाई सम्मान गरून् भनेर धाक देखाउन मन पराउँछन्, र परमेश्‍वरका लागि आफू समर्पित भएको र आफूले कष्ट भोगेको बारे सधैँ कुरा गरिरहन्छन्, तैपनि तिनीहरू सत्यताको पछ्याइमा र आफ्नो जीवन प्रवेशमा मेहनत लगाउँदैनन्। कसैले पनि तिनीहरूबाट यो अपेक्षा गरेको हुँदैन। तिनीहरूले आफूलाई आफ्नो काममा व्यस्त राख्ने, हरेक अवसरमा धाक देखाउने, केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने, कतिपय मानिसहरूबाट सम्मान र आराधना प्राप्त गर्ने, मानिसहरूको मन बहकाउने, र आफ्नो हैसियतलाई दह्रिलो बनाउने भए पनि, अन्त्यमा यसको परिणाम के हुन्छ? चाहे यी मानिसहरूले अरूलाई घुस दिन साना-साना निगाहहरू प्रयोग गरून्, वा आफ्नो वरदान र क्षमताहरूको धाक देखाऊन्, वा विभिन्न विधिहरू प्रयोग गरी मानिसहरूलाई बहकाऊन् र यसरी तिनीहरूमा आफूबारे असल राय बनाऊन्, तिनीहरूले मानिसहरूको हृदय जित्न र यसमा स्थान ओगट्न जुनसुकै विधि प्रयोग गरे पनि, तिनीहरूले के गुमाएका हुन्छन्? तिनीहरूले अगुवाको कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता प्राप्त गर्ने अवसर गुमाएका हुन्छन्। साथै, आफ्ना विभिन्‍न प्रकटीकरणहरूका कारण, तिनीहरूले त्यस्ता दुष्ट कार्यहरू गरेका हुन्छन् जसले तिनीहरूको अन्तिम परिणाम ल्याउनेछन्। चाहे तिनीहरूले मानिसहरूलाई घुस दिन र फन्दामा पार्न साना-साना निगाहहरू प्रयोग गरिरहेका होऊन्, वा धाक देखाइरहेका होऊन्, वा देखावटी रूप प्रयोग गरेर मानिसहरूलाई बहकाइरहेका होऊन्, र तिनीहरूले यसो गरेर बाहिरी रूपमा जतिसुकै फाइदा र सन्तुष्टि प्राप्त गर्ने देखिए पनि, अहिले यसलाई हेर्दा, के यो मार्ग सही हो? के यो सत्यता पछ्याउने मार्ग हो? के यो व्यक्तिलाई मुक्ति दिलाउन सक्ने मार्ग हो? प्रस्ट छ, होइन। यी विधि र चलाकीहरू जति नै चलाख भए पनि, तिनले परमेश्‍वरलाई छल गर्न सक्दैनन्, र ती सबैलाई अन्तिममा परमेश्‍वरले निन्दा र तिरस्कार गर्नुहुन्छ, किनभने त्यस्ता व्यवहारहरूका पछाडि मानिसको उन्मत्त महत्त्वाकाङ्क्षा र परमेश्‍वरविरुद्ध शत्रुताको मनोवृत्ति र सार लुकेको हुन्छ। परमेश्‍वरका हृदयमा, उहाँले यी मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गरिरहेका मानिसहरू भनेर बिलकुलै चिन्‍नुहुन्‍न, बरु तिनीहरूलाई दुष्कर्मीका रूपमा चित्रण गर्नुहुन्छ। दुष्कर्मीहरूसँग व्यवहार गर्दा परमेश्‍वरले के फैसला सुनाउनुहुन्छ? “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्‍वरले “मबाट दूर होओ” भनेर भन्‍नुहुँदा, उहाँ त्यस्ता मानिसहरू कहाँ जाऊन् भन्ने चाहनुहुन्छ? उहाँले तिनीहरूलाई शैतानका हातमा, शैतानहरूको भीडले बास गर्ने स्थानमा सुम्पिरहनुभएको हुन्छ। तिनीहरूका लागि अन्तिम परिणाम के हुन्छ? तिनीहरूलाई दुष्ट आत्माहरूले नमरुञ्जेल सताउँछन्, अर्थात् शैतानले तिनीहरूलाई निल्छ। परमेश्‍वरले यी मानिसहरूलाई चाहनुहुन्न, जसको अर्थ उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन, तिनीहरू परमेश्‍वरका भेडा होइनन्, उहाँका अनुयायी हुनु त परको कुरा हो, त्यसकारण तिनीहरू उहाँले मुक्ति दिनुहुने मानिसहरूमा पर्दैनन्। परमेश्‍वरले यी मानिसहरूलाई यसरी नै परिभाषित गर्नुहुन्छ। त्यसोभए, अरूको हृदय जित्ने प्रयास गर्नुको प्रकृति ठ्याक्कै के हो त? यो ख्रीष्टविरोधीको मार्गमा हिँड्नु हो; यो ख्रीष्टविरोधीको व्यवहार र सार हो। परमेश्‍वरका चुनिएका मानिसहरूका लागि उहाँका विरुद्धमा होड गर्नुको सार त झनै गम्भीर हुन्छ; त्यस्ता मानिसहरू परमेश्‍वरका शत्रु हुन्। ख्रीष्टविरोधीहरूलाई यसरी नै चित्रण र वर्गीकरण गरिन्छ, र यो पूर्ण रूपमा सही छ।

जनवरी २२, २०१९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्