विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन् (खण्ड तीन)
ख्रीष्टविरोधीहरूले अगुवाको कर्तव्य पूरा गर्दा के-कस्ता कुराहरू गर्छन्? हामीले भर्खरै तिनीहरूले कसरी मानिसहरूको हृदय जित्ने प्रयास गर्छन् र विरोधीहरूलाई पनि आक्रमण गर्ने र बहिष्कार गर्ने प्रयास गर्छन् भन्ने बारेमा कुरा गर्यौँ, तर ख्रीष्टविरोधीहरूले अर्को साझा प्रकटीकरण पनि देखाउँछन्—सत्यता पछ्याउनेहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (घृणा।) अनि त्यसले तिनीहरूलाई के गर्न लगाउँछ? के तिनीहरूले ती मानिसहरूलाई घृणा मात्रै गर्छन्, त्यति हो त? अहँ, तिनीहरूले ती मानिसहरूलाई बहिष्कार गर्ने र दमन गर्ने उपायहरू खोज्छन्। तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्। ती विरोधीहरू अलिक भ्रमित, अरूको चापलुसी कसरी गर्ने वा संसारसँग व्यवहार गर्ने दर्शनहरूलाई कसरी प्रयोग गर्ने भन्ने थाहा नभएका मानिसहरू हुन सक्छन्। तिनीहरू तुलनात्मक रूपमा जोशिलो र सत्यतालाई निकै पछ्याउने मानिसहरू पनि हुन सक्छन्। त्यसोभए, ख्रीष्टविरोधीहरूको तेस्रो विधि के हो? तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्। अर्को एउटा पनि छ: तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्ने प्रयास गर्छन्। यसलाई के भनिन्छ? (मानिसहरूको हृदय कब्जा गर्नु।) तिनीहरूले यही कुरा हासिल गर्न खोजिरहेका हुन्छन्। तिनीहरूले यसो गर्न के-कस्ता माध्यमहरू प्रयोग गर्छन्? (तिनीहरूले आफूलाई उच्च पार्छन् र आफ्नो गवाही दिन्छन्।) अनि आफूलाई उच्च पार्ने र आफ्नो गवाही दिने कार्यको पछाडि ख्रीष्टविरोधीहरूको उद्देश्य के हुन्छ? त्यो मानिसहरूको हृदय कब्जा गर्नु र तिनीहरूलाई नियन्त्रण गर्नु हुन्छ। मानिसहरूले आफूलाई उच्च पार्दा र आफ्नो गवाही दिँदा प्रायजसो कस्तो कुराका बारेमा कुरा गर्छन्? एउटा भनेको तिनीहरूले आफ्नो योग्यताका बारेमा कुरा गर्नु हो। उदाहरणका लागि, कतिपय मानिसहरूले तिनीहरूले माथिल्लो स्तरका निश्चित मण्डली अगुवाहरूलाई कसरी बास दिएका छन् भन्ने बारेमा कुरा गर्छन्। कतिपयले त यसो समेत भन्छन्, “मैले परमेश्वर स्वयम्लाई बास दिएको छु, र उहाँले मसँग निकै दयालु व्यवहार गर्नुभयो—म पक्कै पनि सिद्ध पारिनेछु।” तिनीहरूले यसो भन्नुको अर्थ के हो? (तिनीहरूले मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न लगाउने प्रयास गरिरहेका हुन्छन्।) यी कुराहरू भन्नुको पछाडि तिनीहरूको उद्देश्य हुन्छ। अरूले भन्छन्, “म माथिको सम्पर्कमा आएको छु, तिनीहरूले मेरा बारेमा निकै उच्च विचार राख्छन्, र मलाई मेरो पछ्याइमा मेहनत गर्न आग्रह गरे।” वास्तवमा, माथिले तिनीहरूका बारेमा के सोच्छ भन्ने कसैलाई थाहा हुँदैन। कतिपय मानिसहरूले साँच्चै नै कुराहरू बढाइदिन्छन्, र कहिलेकहीँ कुराहरू समेत बनाउँछन्। यदि मानिसहरूको समूह भेला भएर तिनीहरूको कथालाई पुष्टि गर्न र जाँच गर्न आए भने के गर्ने भनेर तिनीहरूलाई थाहा हुनेथिएन। माथिले कसैलाई यसो पनि भन्न सक्छ, “तेरो क्षमता राम्रो छ र तँसँग बुझ्ने क्षमता छ। तैँले आफ्नो अनुभवात्मक गवाही लेख्ने अभ्यास गर्नुपर्छ। जीवन अनुभव प्राप्त गरेपछि तँ अगुवा बन्न सक्छस्।” यसको अर्थ के हो? यो व्यक्ति प्रतिभाशाली भए पनि, उसले अझै पनि केही समयसम्म तालिम लिनुपर्छ र अनुभव पाउनुपर्छ। जब त्यो व्यक्तिले तालिम वा अनुभव प्राप्त गर्नुभन्दा पहिले धाक लगाउँछ र देखावट गर्छ, तब यसको प्रकृति के हुन्छ? ऊ अहङ्कारी र अभिमानी भइरहेको हुन्छ, र उसले आफ्नो समझ गुमाएको हुन्छ, होइन र? यदि माथिका ब्रदरले यो व्यक्तिमा क्षमता छ र ऊ प्रतिभाशाली छ भनेर भने पनि, यो त उसलाई प्रोत्साहन दिएको वा मूल्याङ्कन गरिएको मात्रै हुन्छ। त्यस व्यक्तिले यसरी धाक लगाउँदै हिँड्नुको उद्देश्य के हो? मानिसहरूलाई उसलाई उच्च मान्न लगाउनु, अरूलाई उसको आराधना गर्न लगाउनु हो। तिनीहरूले यसो भनिरहेका हुन्छन्, “हेर—माथिका ब्रदरले मलाई निकै उच्च मान्छन्, र त्यसोभए तिमी किन मलाई उच्च मान्दैनौ? अब मैले तिमीलाई यो कुरा बताइसकेपछि, तिमीले पनि मलाई उच्च मान्नुपर्छ।” तिनीहरूले हासिल गर्न चाहने उद्देश्य यही हो। यसो भन्नेहरू पनि छन्, “म अगुवा थिएँ। म एउटा क्षेत्र, जिल्ला, मण्डलीको अगुवा थिएँ—म धेरै पटक तल झरेँ, र धेरै पटक माथि चढेँ—मलाई धेरै पटक बढुवा दिइयो र पदबाट तल झारियो। अन्तमा, मेरो इमानदारीताले स्वर्गलाई छोयो, र आज, म फेरि पनि माथिल्लो स्तरको अगुवा बनेको छु। अनि म कहिल्यै पनि नकारात्मक भएको छैनँ।” तैँले तिनीहरूलाई किन कहिल्यै नकारात्मक महसुस गरेका छैनौ भनेर सोध्दा, तिनीहरूले यसो भन्छन्, “सक्कली सुन अन्तमा चम्किन्छ भन्ने कुरामा विश्वास गर्छु।” तिनीहरू यही निष्कर्षमा पुगेका हुन्छन्। के यो सत्यता वास्तविकता हो? (होइन।) त्यसोभए त्यो सत्यता वास्तविकता होइन भने, के हो त? यो एउटा अनौठो सिद्धान्तवाद हो; यसलाई भ्रम पनि भन्न सकिन्छ। तिनीहरूले यसरी बोल्नुको परिणाम के हुन सक्छ? कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “यो व्यक्तिले साँच्चै नै सत्यता पछ्याउँछ। धेरै पटक बढुवा पाएर पदबाट तल झारिँदा पनि ऊ नकारात्मक भएन। अनि अहिले उसलाई फेरि अगुवा बनाइएको छ—सक्कली सुन साँच्चै चम्किन्छ। ऊ ढिलो-चाँडो सिद्ध तुल्याइन्छ।” के त्यो व्यक्तिको लक्ष्य त्यही थिएन र? वास्तवमा, उसले यही उद्देश्य राखेको थियो। ख्रीष्टविरोधीहरूले चाहे जुन शैलीमा बोले पनि, त्यसको ध्येय सदैव मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न लगाउन र तिनीहरूको आराधना गर्न लगाउन, मानिसहरूको हृदयमा कुनै स्थान ओगट्न, परमेश्वरको पद समेत लिनका लागि हो—यी सबै कुराहरू ख्रीष्टविरोधीहरूले आफ्नै गवाही दिँदा हासिल गर्न चाहने लक्ष्यहरू हुन्। जब पनि मानिसहरूले भन्ने, प्रचार गर्ने र सङ्गति गर्ने सबै कुरापछाडिको मनसाय भनेको अरूलाई तिनीहरूलाई उच्च मान्न लगाउनु र आराधना गर्न लगाउनु हुन्छ, तब यस्तो व्यवहार आफैलाई उच्च पार्नु र आफ्नो गवाही दिनु हो, र यो अरूको हृदयमा स्थान ओगट्न गरिन्छ। यी मानिसहरूले बोल्ने तरिकाहरू पूर्ण रूपमा एउटै नभए पनि, यसमा धेर-थोर मात्रामा तिनीहरूले आफ्नै गवाही दिने र अरूलाई तिनीहरूको आराधना गर्न लगाउने प्रभाव हुन्छ। यस्ता व्यवहारहरू प्रायः सबै अगुवा र कामदारहरूमा फरक-फरक हदमा रहेका हुन्छन्। यदि तिनीहरू आफूलाई रोक्न नसक्ने निश्चित अवस्थामा पुग्छन् र आफूलाई नियन्त्रण गर्न तिनीहरूलाई गाह्रो हुन्छ, र तिनीहरूमा आफूलाई परमेश्वरको रूपमा वा कुनै मूर्तिका रूपमा मानिसहरूलाई व्यवहार गर्न लगाउने विशेष रूपमा बलियो र स्पष्ट अभिप्राय र लक्ष्य हुन्छन्, यसरी तिनीहरूले मानिसहरूलाई बन्धनमा राख्ने र नियन्त्रण गर्ने र अरू मानिसहरूलाई तिनीहरूको पालना र आराधना गर्न लगाउने आफ्नो उद्देश्य हासिल गर्छन्, भने यी सबैको प्रकृति आफैलाई उच्च पार्ने र आफ्नै गवाही दिने प्रकृति हो, र यसमा ख्रीष्टविरोधीको एउटा गुण हुन्छ। मानिसहरूले आफूलाई उच्च पार्न र आफ्नै गवाही दिन सामान्यतया कुन माध्यमहरू प्रयोग गर्छन्? (तिनीहरू पूँजीको कुरा गर्छन्।) पूँजीको बारेमा कुरा गर्दा यसमा के-के कुरा समावेश हुन्छन्? तिनीहरूले कति लामो समयदेखि परमेश्वरमा विश्वास गरेका छन्, तिनीहरूले कति धेरै कष्ट भोगेका छन्, तिनीहरूले कति धेरै मूल्य चुकाएका छन्, तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति टाढासम्म यात्रा गरेका छन्, साथै सुसमाचार प्रचार गर्ने क्रममा तिनीहरूले कति धेरै मानिसहरूलाई विश्वासमा ल्याएका छन् र कति धेरै अपमान सहेका छन् भन्ने कुराहरू समावेश हुन्छन्। कतिपय मानिसहरू आफूले कहिल्यै पनि मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका नदिई, आफ्नो गवाहीमा दृढ रूपमा खडा भई कति पटक पक्राउ र जेल परेका छन्, आदि बारे प्राय कुरा गर्छन्। यी सब पूँजीबारे कुरा गर्नु हो। मण्डलीको काम गर्ने बहानामा, तिनीहरू आफ्नो हैसियतलाई मजबुत पार्दै, मानिसहरूको हृदयमा आफ्नो राम्रो छाप बनाउँदै आफ्नै उद्यममा संलग्न हुन्छन्। त्यससँगै, तिनीहरूले मानिसहरूको हृदय जित्न हरप्रकारका तौरतरिका र चाल प्रयोग गर्छन्, यहाँसम्म कि तिनीहरूले आफ्नो भन्दा बेग्लै दृष्टिकोण राख्ने जोकोहीलाई आक्रमण गर्न र बहिष्कार गर्ने, विशेष गरी सत्यता पछ्याउने र सिद्धान्तहरूमा अडिग रहनेहरूलाई बहिष्कार गर्न र दमन गर्न सक्दो समेत गर्छन्। अनि मूर्ख, अज्ञानी र आफ्नो विश्वासमा अन्योलमा रहेका, परमेश्वरमा धेरै समय विश्वास नगरेकाहरू र सानो कद भएकाहरूका बारेमा भन्दा, तिनीहरूले यी मानिसहरूमा कस्ता तौरतरिकाहरू प्रयोग गर्छन्? तिनीहरूले आफ्नो हैसियतलाई मजबुत बनाउने लक्ष्य हासिल गर्न यी रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई बहकाउँछन्, आकर्षित गर्छन् र धम्की समेत दिन्छन्। यी सबै नै ख्रीष्टविरोधीहरूका चाल हुन्।
मण्डलीहरूमा यस्तो कुरा प्राय हुन्छ: कतिपय दाजुभाइ-दिदीबहिनीहरूले माथिका प्रवचनहरू र सङ्गतिहरू सुन्छन्, जसमा अगुवा वा कामदारले परमेश्वरको घरको कामका प्रबन्धहरू उल्लङ्घन गर्ने कुनै काम गरे भने, परमेश्वरका चुनिएका मानिसहरूसँग यसको बारेमा रिपोर्ट गर्ने अधिकार हुन्छ भनेर भनिएको हुन्छ। यो सुनेपछि र तिनीहरूको मण्डलीका कुनै अगुवाले कामका प्रबन्धहरू अनुरूप कार्य गरिरहेका छैनन् भन्ने खुट्टयाएपछि, तिनीहरूमध्ये केहीले अगुवाका बारेमा रिपोर्ट गर्ने निर्णय गर्छन्। त्यसपछि, अगुवाले यसको बारेमा थाहा पाउँछ, र मनमनै सोच्छ, “अझै पनि मलाई रिपोर्ट गर्ने आँट भएका मानिसहरू रहेछन्। तिनीहरूले कसरी आँट गरे! यी मानिसहरू को हुन्?” त्यसपछि, तिनीहरूले मण्डलीका दर्जनौँ सदस्यहरूलाई एक-एक गरी अनुसन्धान गर्छन्। यो अनुसन्धानमा तिनीहरू कुन हदसम्म पुग्छन्? तिनीहरूले हरेकको उमेर, तिनीहरूले परमेश्वरमा विश्वास गरेको कति लामो समय भएको छ, तिनीहरूले विगतमा के-कस्ता कर्तव्यहरू पूरा गरेका छन्, तिनीहरूका वर्तमान कर्तव्य के-के हुन्, तिनीहरू कसको सम्पर्कमा छन्, तिनीहरूले माथिलाई सम्पर्क गर्न सक्छन् कि सक्दैनन्, र इत्यादि कुराहरू हेर्छन्। तिनीहरूले यी सबै कुराहरू खोज्छन्, यसमा धेरै मेहनत गर्छन्। तिनीहरूको विस्तृत अनुसन्धान पूरा भएपछि, तिनीहरूले दुई-तीन जना मानिसहरू शङ्कास्पद देखिएको पत्ता लगाउँछन्, त्यसकारण अर्को भेलामा, त्यस अगुवाले निश्चित रूपमा यही मामलालाई लक्षित गर्ने प्रवचन सुनाउँछन्। तिनीहरूले भन्छन्, “मानिसहरूमा विवेक हुनुपर्छ। परमेश्वरमाथिको तपाईंको विश्वासमा, तपाईंलाई अहिलेसम्म कसले डोर्याएको छ? तपाईंले अहिले धेरै सत्यताहरू बुझ्नुभएको छ; यदि मैले भेलाहरू आयोजना गरेर सङ्गति नगरेको भए, के तपाईंले यी सत्यताहरू बुझ्न सक्नुहुनेथ्यो? हाम्रो मण्डलीले सुसमाचार प्रचार गरेर धेरै मानिसहरूलाई ल्याएको छ, र हाम्रो सुसमाचारको काममा यति ठूलो प्रगति भएको छ। यदि म यहाँ यसको निर्देशन गर्न नभएको भए, के तपाईंहरूले कसैलाई ल्याउन सक्नुहुन्थ्यो? तैपनि यो सबका लागि कसलाई धन्यवाद दिनुपर्छ?” कतिपय मानिसहरूले यसको बारेमा मनन गर्छन् र सोच्छन्, “मैले धन्यवाद दिनुपर्ने व्यक्ति परमेश्वर नै हुनुहुन्छ; मानिसले के-कस्ता योगदानहरू दिएको छ?” तर त्यसपछि अगुवाले यसो भन्दै आफ्नो कुरा जारी राख्छ, “मैले तपाईंहरूका लागि परमेश्वरका वचनहरूका यी पुस्तकहरू नल्याएको भए, के तपाईंहरूले ती प्राप्त गर्न सक्नुहुन्थ्यो? मैले भेलाहरू आयोजना नगरेको भए, के तपाईंहरू भेला हुन सक्नुहुन्थ्यो? मानिसहरूमा विवेक हुनुपर्छ! त्यसोभए, यदि तपाईंहरूसँग विवेक छ भने, तपाईंहरूले के गर्नुपर्छ? जब तपाईंहरूको अगुवाले कहिलेकहीँ सानो गल्ती गर्छ, तब तपाईंले यसको बारेमा धेरै गहन रूपमा अनुसन्धान गर्नु हुँदैन। तिनीहरूको कमीकमजोरीलाई पक्रेर अनि त्यो कुरालाई त्याग्न नमानेर, के तपाईंले तिनीहरूको विरुद्धमा विद्रोह गर्ने प्रयास गरिरहनुभएको हुन्छ? यदि सानो कुरा देखा पर्यो भने, हामीले यसलाई आन्तरिक रूपमा सम्हाल्नुपर्छ। रिपोर्ट गर्नुको के अर्थ हुन्छ? मामलाहरूको रिपोर्ट गर्ने मानिसहरू अयोग्य र सानो कदका हुन्छन्। के सबै कुराहरूका बारेमा माथिलाई रिपोर्ट गर्नु उचित हुन्छ? माथिसँग यस्ता समस्याहरू समाधान गर्ने समय कसरी हुन सक्छ? यदि तिनलाई समाधान गरिनु नै पर्छ भने, मण्डली अगुवाहरूले तिनलाई समाधान गर्नेछन्। के बन्द ढोकाभित्र कुराहरूका बारेमा छलफल गर्न सकिँदैन र? के तपाईंहरूले सबै कुराका बारेमा माथिलाई रिपोर्ट गर्नुपर्छ? के यो त माथिलाई बाधा दिनु मात्रै होइन र? सुन्नुहोस्, यदि तपाईंले मलाई कुनै कुराका बारेमा रिपोर्ट गर्नुभयो भने, म शान्त भएर र मैत्रीपूर्ण तरिकाले तपाईंलाई काट-छाँट नगरी समाधान खोज्नेछु। तर तपाईंले माथिलाई यसको बारेमा रिपोर्ट गर्नुभयो भने माथिको मनोवृत्ति कस्तो हुनेछ थाहा छ? माथिलाई हल्का रूपमा लिनु हुँदैन—तिनीहरू सिंह र गरुडहरू जस्तै हुन्। के हामी जस्ता साना कदका मानिसहरू तिनीहरूको स्तरमा पुग्न सक्छौँ? तपाईंले माथिलाई समस्याका बारेमा रिपोर्ट गरेर केही राम्रो हुनेछैन; तपाईं अवश्य नै काट-छाँटमा पर्नुहुनेछ। मेरो जीवनमा धेरै पटक यस्तो भएको छ; तपाईं जस्तो सानो कदको व्यक्तिले कसरी यसलाई सम्हाल्न सक्नुहुन्छ? तपाईंले विश्वास समेत त्याग्ने सम्भावना हुन्छ, र त्यसको परिणामहरू भोग्ने व्यक्ति को हुनेछ? यदि तपाईं कुनै कुराको रिपोर्ट गर्न चाहनुहुन्छ भने, तपाईंले नै परिणामहरू भोग्नुहुनेछ। जब समय आउँछ र तपाईं काट-छाँटमा परेर नकारात्मक र कमजोर बन्नुहुन्छ, तब मलाई दोष नदिनुहोस्। यदि तपाईं रिपोर्ट गर्न चाहनुहुन्छ भने, म रोक्दिनँ। जानुहोस् र गर्नुहोस्; कसले यसको बारेमा रिपोर्ट गर्दो रहेछ म हेर्छु!” के यो अगुवाले यति डरलाग्दो व्यवहार गरिरहेको बेला कसैले रिपोर्ट गर्ने आँट गर्नेथियो? (गर्नेथिएन।) कतिपय मानिसहरूले गर्न त चाहनेथिए, तर तिनीहरू यति डराउनेथिए कि तिनीहरूले त्यसो गर्न सक्नेथिएनन्। के यी मानिसहरू केही न कामका हुँदैनन् र? तिनीहरूलाई केको डर लाग्छ? तिनीहरू कसरी अगुवासँग यति डराउन सक्छन्? यदि त्यो अगुवाले तिनीहरूलाई यातना दिएर मार्न चाहे पनि, तिनीहरूको जीवन त्यो अगुवाको हातमा हुँदैन; परमेश्वरको अनुमतिविना त्यो अगुवाले तिनीहरूलाई यातना दिने आँट कसरी गर्ला? त्यो अगुवाका केही डरलाग्दा शब्दहरू सुनेपछि, कतिपय मानिसहरू रिपोर्ट गर्न साँच्चै साह्रै डराउनेथिए; तिनीहरूले मनमनै सोच्नेथिए, “परमेश्वरलाई कहीँ पनि देख्न सकिँदैन। यदि मैले रिपोर्ट गरेँ भने के माथिले अगुवालाई ठेगान लगाउनेछ? यदि तिनीहरूले त्यसो गरेनन् भने—के अगुवाले मसँग बदला लिनेछ? के त्यसपछि पनि म आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्नेछु? त्यसोभए मैले रिपोर्ट गर्नु हुँदैन। त्यसबाहेक, यो मामला मेरो सरोकारको विषय होइन। अरू कसैले यसको बारेमा रिपोर्ट गरेको छैन, त्यसकारण मैले किन रिपोर्ट गर्नुपऱ्यो?” तिनीहरू रिपोर्ट गर्ने आँट नगरी पछि हट्नेथिए। के ख्रीष्टविरोधीले त्यस्ता मानिसहरूलाई कृपा देखाउने सम्भावना हुन्छ? (हुँदैन।) तिनीहरूले उनीहरूलाई के गर्नेछन्? तिनीहरूलाई रिपोर्ट गर्ने योजना कसले बनाइरहेको छ, तिनीहरूसँग कोचाहिँ एउटै मनका छैनन् भन्ने कुरा तिनीहरूले पत्ता लगाएपछि, तिनीहरूले यस्तो सोच्न थाल्नेछन्: “तैँले सधैँ केही न केही योजना बनाइरहेको हुन्छस्; तँ सधैँ उच्च सुनिने विचारहरू बोल्न चाहन्छस्, सधैँ समस्या पैदा गर्न खोजिरहेको हुन्छस्, सधैँ मेरा समस्याहरू रिपोर्ट गर्न चाहन्छस्—यो त अति हो! तैँले मेरो अवस्थाका बारेमा रिपोर्ट गर्न सकूँ भनेर माथिलाई सम्पर्क गर्ने मौका खोजिरहेको छस्। अहिले तँ पछि हटिरहेको छस्, तैँले त्यसो गर्ने आँट गर्दैनस्; तर कसलाई के थाहा, यदि तैँले सही अवसर भेट्टाइस् भने, अझै पनि मलाई रिपोर्ट गर्न सक्छस्। ए, म तँलाई छोड्दिनँ!” त्यसकारण, ख्रीष्टविरोधीले ती मानिसहरूलाई होच्याउने बहाना र अवसरहरू खोज्नेछ, ताकि दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूप्रति घृणा महसुस होस्। त्यसपछि तिनीहरूले उनीहरूको गल्ती पक्रन, तिनीहरूलाई समस्यामा पार्न र तिनीहरूको प्रतिष्ठालाई कलङ्कित गर्नका लागि हर प्रकारका उपायहरू खोज्नेछन्। अनि त्यसपछि ती मानिसहरूले के सोच्छन्? “यो भयानक कुरा हो! मैले अगुवाको अवज्ञा गरेँ, अन्धाधुन्ध उसको बारेमा रिपोर्ट गर्ने प्रयास गरेँ, र अहिले मलाई कष्ट भोग्न लगाइएको छ। मैले यो पाठ याद गर्नुपर्छ: मैले अगुवालाई पटक्कै चिढ्याउनु हुँदैन! अहिले, हैकम चलाउने व्यक्ति यो अगुवा नै हो। उसले ‘पूर्व’ भन्दा, मैले ‘पश्चिम’ भनेर भन्नु हुँदैन; उसले ‘एक’ भन्दा, मैले ‘दुई’ भनेर भन्नु हुँदैन। अगुवाले मलाई जे गर्न लगायो मैले त्यही गर्नुपर्छ। मैले समस्याहरू रिपोर्ट गर्नका लागि माथिलाई सम्पर्क बिलकुलै गर्नु हुँदैन। यो साँच्चै नै गम्भीर कुरा हो! मलाई अगुवाले कष्ट दिएको छ, र माथिलाई यसको बारेमा थाहा छैन—मेरो पक्षमा को उभिनेछ र? भनाइ नै छ, ‘राज्यका अधिकारीहरू भन्दा स्थानीय अधिकारीहरूसँग नियन्त्रण गर्ने क्षमता बढी हुन्छ!’” यी मानिसहरू नकारात्मक बनेका हुन्छन्। तिनीहरूले परमेश्वरको घरमा सत्यताले शासन गर्छ भन्ने कुरामा विश्वास गर्दैनन्, परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नु त परको कुरा हो। के तिनीहरूको हृदयमा अझै पनि परमेश्वर हुन्छ? अहँ, तिनीहरूको हृदयमा परमेश्वर हुँदैन। तिनीहरूमा परमेश्वरमाथिको साँचो आस्थाको कमी हुन्छ, तिनीहरू समस्याका बारेमा रिपोर्ट गर्न चाहन्छन् तर तिनीहरूलाई त्यो दुष्ट व्यक्तिको डर लाग्छ, तिनीहरू दुष्ट शक्तिहरूलाई छुट्याउनै सक्दैनन्, दुष्ट व्यक्तिद्वारा आफ्नो शक्ति भएको ठाउँमा तिनीहरूलाई कष्ट दिइएको हुन्छ, र तिनीहरू केही काम नलाग्ने बनेका हुन्छन्। तिनीहरूमा सुरुमा अलिकति इन्साफको बोध थियो, जुन एउटा रहरलाग्दो गुण हो, तर तिनीहरूले सत्यता नबुझेका र सिद्धान्तहरू अनुसार कसरी काम गर्ने भन्ने नबुझेका हुनाले, तिनीहरूलाई त्यो दुष्ट व्यक्ति, झूटा अगुवा, र ख्रीष्टविरोधीले तहसनहस पार्यो, यहाँसम्म कि तिनीहरूले सबै आस्था गुमाए; सत्यताको खोजी गर्न वा बुद्धिका आधारमा काम गर्नका लागि परमेश्वरमा कसरी भरोसा गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। अहिले तिनीहरूले ख्रीष्टविरोधीलाई जहाँ देखे पनि तिनीहरू त्रासित र डरपोक बन्छन्। तिनीहरू कति डराएका हुन्छन्? तिनीहरूले सोच्छन्, “यस संसारमा दुष्ट मानिसहरूले शक्ति हात पारेका छन्। म जुनसुकै समूहमा भए पनि, मैले आफूलाई नम्र तुल्याउनुपर्छ। ममा त्यस्तो उग्रता र साहसको कमी छ, त्यसकारण म जहाँ गए पनि, मैले स्वेच्छाले दुर्व्यवहार भोग्नुपर्छ र अरूको पालन गर्नैपर्छ—मैले तिनीहरूलाई मेरा पुर्खाहरू जस्तै व्यवहार गर्नुपर्छ। तिनीहरूले ‘पूर्व’ भन्छन् भने, मैले ‘पश्चिम’ भन्न मिल्दैन। मैले फरक विचारहरू व्यक्त गर्न मिल्दैन, मैले अरूका समस्याहरूका बारेमा रिपोर्टहरू गर्न मिल्दैन, र मैले अरूका मामलाहरूमा टाँग अडाउन मिल्दैन। मैले परमेश्वरमा विश्वास गर्ने कार्यमा मात्रै ध्यान दिन सक्छु। मैले अगुवा र कामदारहरूलाई चिढ्याउनु हुँदैन, सत्यता सिद्धान्तहरू पालना गर्नु हुँदैन, ज्योतिको तृष्णा गर्नु हुँदैन, वा इन्साफलाई प्रेम गर्नु हुँदैन—यो संसारमा कुनै ज्योति वा इन्साफ छैन। म अन्त्यसम्मै सहने कार्यमा मात्रै ध्यान दिनेछु, र भविष्यमा जहाँ गए पनि शान्ति कायम राख्ने कार्यलाई सधैँ प्राथमिकता दिने कुरा याद गर्नेछु!” तिनीहरू यही निष्कर्षमा पुग्छन्। के तिनीहरूलाई त्यो ख्रीष्टविरोधीले पराजित गरेको छैन र? (छ।) यो कुरालाई केले पुष्टि गर्छ? त्यो ख्रीष्टविरोधीले दमन गरेपछि, तिनीहरू साह्रै डराएका हुन्छन्, र तिनीहरू केही बोल्न वा गर्न डराउँछन्। तिनीहरूले आफ्नो साँचो आस्था गुमाएका हुन्छन् र त्यस बेलादेखि आफ्नो कर्तव्य बफादार रूपमा पूरा गर्न छोडेका हुन्छन्; तिनीहरूको हृदयमा, इन्साफप्रतिको तिनीहरूको प्रेमको सानो ज्वाला निभेको हुन्छ; तिनीहरूलाई त्यो ख्रीष्टविरोधीले पूर्ण रूपमा पराजित गरेको र हराएको हुन्छ। के तिनीहरू केही न कामका होइनन् र? के तिनीहरू कायर होइनन् र? (हुन्।) कसरी थाहा हुन्छ? यदि तैँले तिनीहरूलाई “तिमीहरूको मण्डलीमा फलानो कस्तो छ?” भनेर सोधिस् भने, तिनीहरूले “ठीकै गरिरहेको छ” भनेर जवाफ दिन्छन्। यदि तैँले “अनि तिमीहरू सबैले छनौट गरेको त्यो नयाँ मण्डली अगुवाको खबर के छ; के तिमीले उसलाई चिन्छौ?” भनेर भनिस् भने, तिनीहरूले प्रतिक्रिया दिनेछन्, “मलाई उसका बारेमा त्यति थाहा छैन।” यदि तैँले, “अहिले त्यहाँ मण्डली जीवन कस्तो छ? के कसैले बाधा दिइरहेको छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्नेछन्, “ठीक छ, सबै कुरा राम्ररी अघि बढिरहेको छ।” तैँले तिनीहरूलाई जेसुकै सोधे पनि, तिनीहरूले यी केही शब्दहरूद्वारा मात्रै जवाफ दिनेछन्। के तिनीहरू डराएका हुनाले यसो भएको होइन र? तिनीहरू किन यति डराउँछन्? किनभने तिनीहरूले परमेश्वरको धार्मिकता चिन्दैनन्; तिनीहरूले शैतानको दुष्टता, क्रूरता, निर्दयीपन, र अन्धकारलाई छर्लङ्ग बुझ्न देख्न सक्दैनन्; सत्यताले शासन गर्नु भनेको के हो, वा यसको महत्त्व के हो भन्ने तिनीहरूलाई थाहा हुँदैन—त्यसकारण तिनीहरूलाई डर लाग्छ। त्यसैले, तैँले जेसुकै सोधे पनि, तिनीहरूको उत्तर अस्पष्ट र नबुझिने किसिमको हुनेछ; मण्डलीमा वास्तवमा के भइरहेको छ भन्ने बारेमा तैँले तिनीहरूबाट उत्तर प्राप्त गर्नेछैनस्, वा तिनीहरूले वास्तवमा भित्री रूपमा के सोचिरहेका छन् भन्ने पत्ता लगाउनेछैनस्। तिनीहरूले आफूलाई यति कसेर राख्नेछन् कि तिनीहरूले के कुरा गरिरहेका छन् भन्ने कुरा समेत तँलाई थाहा हुनेछैन। तिनीहरूले मण्डलीमा रहेका समस्याहरूका बारेमा, वा अगुवा र कामदारहरू कस्ता छन् भन्ने बारेमा केही भन्नेछैनन्, र परमेश्वरका चुनिएका मानिसहरूले सामना गरिरहेका कठिनाइहरूका बारेमा तैँले केही थाहा पाउनेछैनस्। तैँले यीमध्ये कुनै पनि कुरा पत्ता लगाउनेछैनस्—तिनीहरूले तँसँग यस्तो शैलीमा मात्रै कुरा गर्नेछन्। अनि तिनीहरूको कुरा सुन्दै गर्दा तँलाई कस्तो महसुस हुनेछ? तँलाई तिमीहरू दुई जनाको हृदय बीचमा केही कुरा छ भन्ने लाग्नेछ। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “मेरो बारेमा केही जान्ने प्रयास नगर, म तिमीलाई कुनै जानकारी दिन वा वास्तवमा के भइरहेको छ भनेर खुलासा गर्न चाहन्नँ। मबाट टाढा बस; यदि तिमीले मबाट मण्डलीमा के भइरहेको छ भनेर पत्ता लगाउने प्रयास गऱ्यौ भने, तिमीले मलाई समस्यामा पार्न र मेरो वर्तमान जिउने वातावरण, दिनचर्या, र परिस्थितिमा बाधा दिन खोजिरहेको हुन्छौ। मेरो जीवनको कुनै पनि पक्षमा हस्तक्षेप नगर; यी कुराहरू मलाई आफै सम्हाल्न देऊ।” तिनीहरूलाई ख्रीष्टविरोधीले कष्ट दिनेछ वा बदला लिनेछ भन्ने डर लाग्छ, र आफ्नो मण्डलीको कुनै समस्याका बारेमा रिपोर्ट गर्न डर लाग्छ। के यो ख्रीष्टविरोधीको अघि आत्मसमर्पण गर्नु होइन र? के तिनीहरूलाई त्यस ख्रीष्टविरोधीले बहकाएको र नियन्त्रण गरेको हुँदैन र? (हुन्छ।) अनि यो कुरा देख्दा त्यो ख्रीष्टविरोधीलाई खुसी लाग्छ। तिनीहरूले मानिसहरूलाई यति हदसम्म सास्ती दिएका हुन्छन् कि तिनीहरूले अबदेखि आफ्ना समस्याहरूका बारेमा रिपोर्ट गर्ने आँट गर्दैनन्, त्यसकारण तिनीहरूले मण्डलीमाथि दृढ नियन्त्रण पाएका हुन्छन्। के मण्डलीका धेरै मानिसहरू यसरी ख्रीष्टविरोधीको नियन्त्रणमा हुन्छन्? के तिमीहरू आफैले कहिल्यै कसैलाई समस्याका बारेमा रिपोर्ट गर्नबाट रोकेका छौ? तिमीहरूले यसो गरेका हुन सक्छौ तर यसको बारेमा तिमीहरूलाई थाहा नहुन सक्छ, वा भविष्यमा त्यसो गर्न सक्छौ। त्यसोभए, के ख्रीष्टविरोधीहरूले मानिसहरूको मन जितेर नियन्त्रणमा लिनुलाई समस्याका रूपमा लिन सकिन्छ? (सकिन्छ।) कतिपय मानिसहरूले भन्छन्: “मण्डलीका कतिपय मानिसहरू ख्रीष्टविरोधीसँग डराउँछन्, तर तिनीहरूले त्यो ख्रीष्टविरोधीमा विश्वास गर्दैनन् वा त्यस ख्रीष्टविरोधीलाई पछ्याउँदैनन्, तिनीहरूले त्यो ख्रीष्टविरोधीको सेवा गर्नु त परको कुरा हो। यति मात्र हो कि तिनीहरू अलिक त्यस ख्रीष्टविरोधीको बन्धनमा परेका छन्, र परमेश्वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश गर्न तिनीहरूले ढिलाइ गरेका छन्। यो समस्या हो भनेर तपाईं किन भन्नुहुन्छ?” एक हिसाबमा, मानिसहरूको मन जित्न र तिनीहरूलाई नियन्त्रण गर्न ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने विधिहरूलाई हेरेर, तैँले तिनीहरूको प्रकृति सार शैतानको सार हो भन्ने कुरा देख्न सक्नुपर्छ; यो सत्यता र परमेश्वरप्रति शत्रुवत् हुन्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूका लागि परमेश्वरसँग प्रतिस्पर्धा गर्न, उहाँका चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गर्न चाहन्छन्। अर्को हिसाबमा, ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने विधि र तरिकाहरूले मूर्ख, अज्ञानी, अन्योलमा परेका, र सत्यता नबुझ्ने मानिसहरूलाई वास्तवमै असर गर्न सक्छन्। तिनीहरूले साँच्चै नै ती मानिसहरूलाई बहकाउन सक्छन्, तिनीहरूलाई ख्रीष्टविरोधीहरूको नियन्त्रणमा राखेर तिनीहरूको काइदामा चल्न लगाउन सक्छन्, र तिनीहरूलाई सबै कुरामा ख्रीष्टविरोधीहरूसँग परामर्श लिन र तिनीहरूको पालना गर्न लगाउन सक्छन्। ख्रीष्टविरोधीहरूले यी मानिसहरूको मुख बन्द गर्ने मात्र होइन; तिनीहरूको व्यवहारलाई पनि नियन्त्रण गर्छन्, तिनीहरूको सोच र विचारलाई प्रभाव पार्छन्, र तिनीहरूले हिँड्ने दिशालाई पनि असर गर्छन्। ख्रीष्टविरोधीहरूका कार्यहरूले मूर्ख र अज्ञानी मानिसहरूमा ल्याउने प्रभाव र परिणामहरू यिनै हुन्।
भर्खरै मैले अगुवा वा कामदारको कर्तव्य निर्वाहसँग सम्बन्धित विभिन्न सत्यताहरूका बारेमा कुरा गरेँ। मैले अगुवा र कामदारहरूमा भएका निश्चित समस्याहरूलाई पनि खुलासा गरेँ, मुख्य रूपमा सबैभन्दा गम्भीर प्रकारको व्यक्तिको प्रकटीकरणमा ध्यान दिएँ—र त्यो कस्तो प्रकारको व्यक्ति हो? (ख्रीष्टविरोधीहरू।) सबै ख्रीष्टविरोधीहरूमा हुने साझा प्रकटीकरण के हो? तिनीहरूले शक्ति कब्जा गर्न र मण्डलीलाई नियन्त्रण गर्न खोज्छन्। तिनीहरूको शक्तिप्रतिको चाह अरू सबै कुराभन्दा माथि हुन्छ; शक्ति तिनीहरूको जीवन, तिनीहरूको मूल हुन्छ; त्यो तिनीहरूले जीवनमा गर्ने सबै कुरा वरपर घुम्ने विषयवस्तु, दिशा, र उद्देश्य हुन्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूका कार्यहरू र तिनीहरूले प्रकट गर्ने स्वभावहरू शैतानले मानिसहरूलाई बहकाउन, तिनीहरूको मन जित्न, र नियन्त्रण गर्न प्रयोग गर्ने युक्तिहरू समान हुन्छन्। यस्तो व्यक्तिले गर्ने सबै कुराले उसलाई शैतानको निकास, मूर्त रूप, र अभिव्यक्ति बाहेक केही तुल्याउँदैन भनेर भन्न सकिन्छ; तिनीहरूको हरेक कार्य र तिनीहरूको सबै व्यवहारको मुख्य उद्देश्य भनेको शक्ति प्राप्त गर्नु हो। अनि तिनीहरूले कसलाई नियन्त्रण गर्ने प्रयास गर्छन्? तिनीहरू आफूले नेतृत्व गर्ने मानिसहरू, जो परमेश्वरलाई पछ्याउने मानिसहरू हुन्छन्, तिनीहरूका शक्तिको दायरामा रहेका, तिनीहरूले नियन्त्रण गर्न सक्ने मानिसहरू हुन्छन्। केही समय पहिले, हामीले मानिसहरूलाई नियन्त्रण गर्न ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने विधिहरूका बारेमा पनि कुरा गर्यौँ। पहिलो, मानिसहरूको हृदय जित्नु हो; दोस्रो, मतविरोधीहरूलाई आक्रमण गर्नु र बहिष्कार गर्नु हो; तेस्रो, सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्नु हो; चौथो, आफूलाई निरन्तर उच्च पार्नु र आफूबारे गवाही दिनु हो; र पाँचौँ, मानिसहरूलाई भ्रममा पार्नु, लोभ्याउनु, धम्काउनु, र नियन्त्रण गर्नु हो। यी पाँच वटा प्रमुख प्रकटीकरणहरू सबै ख्रीष्टविरोधीहरूले शक्ति प्राप्त गर्न, र मानिसहरूलाई हातमा लिन र नियन्त्रण गर्नका लागि प्रयोग गर्ने प्रमुख विधि र माध्यमहरू हुन्। यी विस्तृत वर्गहरू हुन्। यसपछि, हामी यी विस्तृत वर्गहरूका बारेमा अझै विस्तृत रूपमा चिरफार गर्नेछौं र सङ्गति गर्नेछौं।
ख्रीष्ट-विरोधीहरूले कसरी मानिसहरूको हृदय जित्ने प्रयास गर्छन् त्यसको विश्लेषण
क. साना-साना निगाहद्वारा मानिसहरूलाई आकर्षित गर्नु
ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने पहिलो विधि भनेको तिनीहरूको हृदय जित्नु हो। मानिसहरूको हृदय जित्ने कति वटा तरिकाहरू छन्? एउटा तरिका भनेको तिनीहरूलाई साना-साना निगाहद्वारा आकर्षित गर्नु हो। कहिलेकहीँ ख्रीष्टविरोधीहरू मानिसहरूलाई राम्रा कुराहरू दिन्छन्, कहिलेकहीँ तिनीहरूको तारिफ गर्छन्, कहिलेकहीँ तिनीहरूलाई ससाना प्रतिज्ञाहरू गर्छन्। अनि कहिलेकहीँ, ख्रीष्टविरोधीहरूले के देख्छन् भने कतिपय कर्तव्यहरूले मानिसहरूलाई चर्चामा आउन सहयोग गर्छन्, वा यी कर्तव्यहरू निर्वाह गर्ने व्यक्तिलाई फाइदा पुऱ्याउन सक्छन् र सबैलाई तिनीहरूको सम्मान गर्न लगाउन सक्छन् भन्ने अरूले सोच्छन्, र तिनीहरूले रिझाउन चाहेका मानिसहरूलाई नै यी कर्तव्यहरू बाँड्छन्। “साना-साना निगाह” मा धेरै कुरा समावेश हुन्छन्: कहिलेकहीँ ती भौतिक कुराहरू हुन्छन्; कहिलेकहीँ ती अमूर्त कुराहरू हुन्छन्; कहिलेकहीँ ती मानिसहरूले सुन्न चाहेका मनमोहक शब्दहरू हुन्छन्। उदाहरणका लागि, कुनै कुरा आइपर्दा व्यक्ति कमजोर हुन्छ, र उसले आफ्ना कर्तव्यमा उत्प्रेरणा गुमाउँछ, अनि जब उसले आफ्नो यो कमजोरीलाई परमेश्वरका वचनहरूसँग तुलना गर्छ, तब यो परमेश्वरप्रति बेइमान हुनु, आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुनु, साँचो समर्पणको कमी हुनु हो भन्ने उसले महसुस गर्छ, र उसलाई आफूप्रति धिक्कार महसुस हुन्छ। यो देख्दा अगुवाले यसो भन्न सक्छन्, “तपाईं त सानो कदका व्यक्ति हुनुहुन्छ। परमेश्वरले यस मामलालाई त्यसरी हेर्नुहुनेछैन। तपाईंले विश्वास गरेको त्यति धेरै समय भएको छैन। तपाईंले आफूबाट त्यति धेरै अपेक्षा गर्न मिल्दैन। यस्तो कुराका लागि समय लाग्छ—तपाईंले हतार गर्न मिल्दैन। परमेश्वर मानिसहरूबाट उच्च मागहरू गर्नुहुन्न, र उहाँमा विश्वास गरेको त्यति धेरै समय नभएको तपाईंजस्तो व्यक्ति कहिलेकहीँ अलि कमजोर हुनु सामान्य कुरा हो र तपाईंले यसबारे चिन्ता लिनु पर्दैन।” यसको अर्थ कमजोर हुनुबारे चिन्ता गर्नुपर्ने कुनै कारण छैन, झन् कमजोर भइरहने बारेमा चिन्ता गर्नुपर्ने कुरै आउँदैन, र यो सबै सामान्य नकारात्मकता हो, र परमेश्वर यसलाई याद गर्नुहुन्न। कतिपय मानिस अत्यन्तै भावुक हुन्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ आफ्ना भावनाहरूका वशमा हुन्छन्, र तिनीहरूको अगुवा यसो भन्छ, “यो तपाईंको सानो कदका कारण हो, केही छैन।” कतिपय मानिस आफ्ना कर्तव्यमा अल्छी र बेइमान हुन्छन्, तर तिनीहरूको अगुवाले तिनीहरूलाई हप्काउँदैन, बरु तिनीहरूलाई खुसी पार्न र तिनीहरूद्वारा असल व्यक्ति कहलाइन, र आफू धेरै समझदार र प्रेमिलो छु भनेर देखाउन हरेक मोडमा ती मानिसहरूले सुन्न चाहने कर्णप्रिय कुराहरू भन्छन्। ती मानिसहरू सोच्छन्, “हाम्रो अगुवा स्नेही आमा जस्तै छ। ऊ साँच्चै हामीलाई प्रेम गर्छ—उसले साँच्चै नै परमेश्वरलाई प्रतिनिधित्व गर्छ। ऊ वास्तवमै परमेश्वरबाट आएको हो!” यसको अप्रत्यक्ष अर्थ के हो भने तिनीहरूको अगुवाले परमेश्वरको मुखपत्रका रूपमा काम गर्न सक्छन्, तिनीहरूले परमेश्वरको प्रतिनिधित्व गर्न सक्छन्। के यस अगुवाको उद्देश्य यही हो? सायद यो कुरा त्यति स्पष्ट छैन, तर उसको एउटा उद्देश्य स्पष्ट छ: उसले मानिसहरूलाई ऊ सुन्दर अगुवा हो, अरूको ख्याल राख्छ, मानिसहरूको कमजोरीप्रति सहानुभूति राख्छ, र तिनीहरूको हृदय राम्ररी बुझ्छ भनेर भन्न लगाउँछ। जब केही मण्डली अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूले झाराटारूवा रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको देख्छन्, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि हप्काउँदैन। उसले परमेश्वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: “यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।” परमेश्वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झुटा अगुवाहरूले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा चिरफार गर्दैनन्। उसले कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु उसले सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूलाई प्रोत्साहित गर्छ, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, उसले यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्दहरू बोल्छ। परिणामस्वरूप, परमेश्वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्ने भन्ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्वास गर्छन्, “हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्वरले भन्दा बढी बुझेको छ। परमेश्वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।” जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ, र परमेश्वरका चुनिएका मानिसहरू यस ख्रीष्टविरोधीको बहकाउमा परिसकेका हुन्छन्, अनि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ। वास्तवमा, त्यस अगुवासँग सत्यता वास्तविकता हुँदैन, र उसले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका सन्दर्भमा बोझ पटक्कै लिँदैन। उसले शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न, अनि अरूसँगको आफ्नो सम्बन्ध कायम राख्न मात्रै सक्छ। ऊ पाखण्डी विधिहरू प्रयोग गरेर धाक लगाउन सिपालु हुन्छ, उसको बोली र व्यवहार मानिसहरूका धारणाहरू अनुरूप हुन्छ, र यसरी उसले मानिसहरूलाई बहकाउँछ। उसलाई सत्यताबारे कसरी सङ्गति गर्ने वा आफूलाई कसरी चिन्ने भन्ने थाहा हुँदैन, र यसले गर्दा उसले अरूलाई सत्यता वास्तविकतामा डोऱ्याउन असम्भव हुन्छ। उसले प्रतिष्ठा र हैसियतका खातिर मात्रै काम गर्छ, र मानिसहरूलाई फन्दामा पार्ने कर्णप्रिय शब्दहरू मात्रै बोल्छ। उसले मानिसहरूलाई उसको आराधना गर्न र आदर गर्न लगाउनुको प्रभाव हासिल गरिसकेको हुन्छ, अनि मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा गम्भीर असर र ढिलाइ गरेको हुन्छ। के यस्तो व्यक्ति ख्रीष्टविरोधी होइन र? कतिपय मानिस ख्रीष्टविरोधीहरूले जस्तै व्यवहार गर्छन्, तर तिनीहरूले कुनै ख्रीष्टविरोधी प्रकाश भएको देख्दा, आफूलाई त्यस ख्रीष्टविरोधीसँग तुलना गर्न सक्छन्। तिनीहरूलाई आफू हिँड्ने मार्ग पनि ख्रीष्टविरोधीहरूको मार्ग हो, तिनीहरूले विपत्तिको मुखबाट आफूलाई पछाडि ल्याउनुपर्छ र परमेश्वरसामु तुरुन्तै पश्चात्ताप गर्नुपर्छ, अनि आफ्नो व्यक्तिगत हैसियत र छविमा ध्यान दिन छोड्नुपर्छ भन्ने लाग्छ; तिनीहरू सबै कुरामा आफूले परमेश्वरलाई उच्च पार्नुपर्छ र उहाँको गवाही दिनुपर्छ, अनि मानिसहरूलाई आफ्ना हृदयमा परमेश्वरलाई स्थान दिन, र उहाँलाई महान् भनेर आदर गर्न लगाउनुपर्छ भन्ने सोच्छन्—तिनीहरूलाई तब मात्रै आफूले आफ्ना हृदयमा साँचो शान्ति पाउनेछु भन्ने लाग्छ। यसो गर्ने व्यक्तिले मात्रै सत्यतालाई प्रेम गर्छ र यसलाई स्वीकार गर्न सक्छ। यदि कुनै व्यक्तिमा ख्रीष्टविरोधीको प्रकृति छ भने, ख्रीष्ट-विरोधीहरूलाई खुलासा गर्ने वचनहरू सुन्दा उसलाई हृदयमा छटपटी हुनेछ, तर उसले परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्न, वा आफ्नो भ्रष्ट स्वभावलाई पर्दाफास गर्न र उदाङ्गो पार्न सक्नेछैन। यसले तिनीहरू सत्यता स्वीकार गर्न सक्दैनन् र तिनीहरूका लागि साँचो पश्चात्ताप गर्नु असम्भव छ भन्ने कुरा देखाउँछ। तिनीहरूले आफ्नो हैसियत चलाउन, हैसियतका फाइदाहरू लिन, र परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूलाई गरेको आराधना र सम्मानमा रमाउन जारी राख्नेछन्। यसले तिनीहरूद्वारा बहकाउमा परेका मानिसहरूलाई साँचो मार्ग र परमेश्वरका वचनहरूबाट टाढिने तुल्याउँछ; तिनीहरू परमेश्वरबाट अलग बस्छन् र यसको सट्टा त्यस व्यक्तिलाई पछ्याउँछन्। तैपनि त्यस व्यक्तिले आत्मचिन्तन पटक्कै गर्दैन। ऊ आफू खतरामा परिसकेको थाहा नभएकाले अझै पनि उसले आफूलाई निकै राम्रो ठान्छ, अनि अरूलाई बहकाउन र रिझाउन जारी राख्छ। मानिसहरूले तिनीहरूले भनेको कुरा सुनेसम्म र तिनीहरूले भनेको मानेसम्म, ती मानिसहरू आफ्नो कर्तव्य निर्वाहमा जति नै लापरवाह वा गैरजिम्मेवार भए पनि, तिनीहरू यसप्रति आँखा चिम्लन्छन्। यति मात्र होइन, तिनीहरू ती अज्ञानी र मूर्ख मानिसहरूले तिनीहरूलाई आराधना गरेको र उच्च मानेकोमा रमाइलो मान्छन्, र तिनीहरूलाई सुरक्षासमेत दिन्छन्, अनि कसैलाई पनि तिनीहरूको खुलासा गर्न वा तिनीहरूलाई खुट्टयाउन दिँदैनन्। यसो गर्दा, के ख्रीष्टविरोधीले आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेको हुँदैन र? ख्रीष्टविरोधीले वास्तविक काम गर्दैन, समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्दैन, मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अनि सत्यता वास्तविकतामा प्रवेश गर्नमा मार्गदर्शन गर्दैन। ऊ हैसियत, ख्याति र प्राप्तिका लागि मात्रै काम गर्छ, आफूलाई स्थापित गर्न, मानिसहरूका हृदयमा आफ्नो स्थान जोगाउन, र सबैलाई तिनीहरूको आराधना गर्न, आदर गर्न र सधैँ पछ्याउन लगाउन मात्रै वास्ता गर्छ; उसले हासिल गर्न चाहने उद्देश्यहरू यिनै हुन्। ख्रीष्टविरोधीले यसरी नै मानिसहरूको हृदय जित्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने प्रयास गर्छ—के त्यस्तो काम गर्ने तरिका दुष्ट होइन र? यो अत्यन्तै घृणित कुरा हो! उसले केही समयसम्म यसरी नै काम गर्छ, जसले गर्दा मानिसहरू ऊतर्फ निकै ढल्किन्छन्, उसमा भरोसा गर्छन्, भर पर्छन्—तर परिणामहरू कस्ता हुन्छन्? ती मानिसहरूले सत्यता बुझ्नै नसक्ने मात्र होइनन्, आफ्नो जीवन प्रवेशमा प्रगति गर्न नसक्ने होइनन्—बरु, तिनीहरू ख्रीष्टविरोधीलाई आफ्नो आत्मिक आमाबुबाको रूपमा, परमेश्वरका ठाउँमा अपनाउँछन्, जसले गर्दा ख्रीष्टविरोधीले तिनीहरूको हृदयबाट परमेश्वरको हैसियतलाई हटाउन पाउँछ। जब कुनै व्यक्तिलाई समस्या आइपर्छ, तब ऊ परमेश्वरसामु आउन छोड्छ, र उसलाई जेसुकै समस्या आइपरे पनि, ऊ परमेश्वरलाई प्रार्थना गर्दैन वा उहाँमा भर पर्दैन, न त उहाँका वचनहरूमा सत्यता खोजी नै गर्छ। बरु, ऊ यस अगुवालाई त्यसबारे गएर सोध्छ। ऊ अगुवालाई बाटो देखाइमाग्छ, र झन्-झन् बढी, यस अगुवालाई उच्च मान्छ र उसमा भर पर्छ। उसलाई परमेश्वरको खोजी कसरी गर्ने भन्ने थाहा हुँदैन, र उहाँलाई कसरी उच्च मान्ने र उहाँमा कसरी भर पर्ने भन्ने थाहा हुँदैन, झन् सत्यता र सिद्धान्तहरू अनुसार कसरी चल्ने भनेर जान्नु त परै जाओस्। ऊ आफूमाथि जेसुकै आइपरे पनि, यसबारे अगुवाको निर्णयलाई उत्सुकताका साथ प्रतीक्षा गर्छ। अगुवाले जे गर्न लगाउँछ ऊ त्यही गर्छ, र अगुवाले जे निर्देशन दिन्छ ऊ त्यही पालन गर्छ। के ख्रीष्टविरोधीले मानिसहरूलाई यस बिन्दुमा ल्याएर तिनीहरूलाई बहकाइरहेको र नियन्त्रण गरिरहेको हुँदैन र? किन परमेश्वरका चुनिएका मानिसहरूले आफूलाई परिस्थितिहरू आइपर्दा परमेश्वरबाट सत्यता खोजिरहेका हुँदैनन्? किन परमेश्वरका चुनिएका मानिसहरू आफ्ना अगुवाले भनेको कुरा नजाँचीकन वा नखुट्ट्याइकन अन्धाधुन्ध पालना गरिरहेका हुन्छन्? कसरी परमेश्वरका चुनिएका मानिसहरू आफ्नो अगुवाका कुरा सुनेपछि तुरुन्तै त्यसमा समर्पित हुन सक्छन्, तर परमेश्वरका वचनहरूका सन्दर्भमा त्यसो गर्न सक्दैनन्? तिनीहरूले परमेश्वरका चाहनाहरू खोजी गर्नुको सट्टा आफ्नो अगुवाका चाहनाहरू खोजी गरिरहेका हुन्छन्; तिनीहरू परमेश्वरका वचनहरू पालन गर्नुको सट्टा, अनि सत्यता खोजी गर्नु र त्यसमा समर्पित हुनुको सट्टा आफ्नो अगुवाका वचनहरू पालन गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्वरमा भरोसा गर्नु, उहाँलाई उच्च मान्नु, र उहाँमा समर्पित हुनुको सट्टा, अगुवाले कार्य गरोस्, तिनीहरूलाई सहयोग गरोस्, तिनीहरूका लागि बोलिदिओस्, र निर्णय गरिदिओस् भनेर अगुवामा भरोसा गर्छन्। के यी तथाकथित अगुवाहरूले मानिसहरूको हृदयमा निश्चित स्थान ओगटेका छैनन् र? ख्रीष्ट-विरोधीले मानिसहरूलाई बहकाउनु र फन्दामा पार्नुको परिणाम यही हो।
जब कतिपय मानिसहरूको जीवनमा कुनै कुरा आइपर्छ र तैँले तिनीहरूलाई परमेश्वरलाई प्रार्थना गर्न भन्छस्, तब तिनीहरूले आफू सानो कदको भएको र खोजी गर्न नआउने कुरा गर्छन्। यदि तैँले तिनीहरूलाई परमेश्वरका वचनहरू खान-पिउन भनिस् भने, तिनीहरूले आफूसँग कुनै क्षमता नभएको र आफूले ठूलो ज्योति प्राप्त गर्न नसक्ने कुरा गर्छन्। यदि तैँले तिनीहरूलाई प्रवचनहरू सुन्न भनिस् भने, तिनीहरूले प्रवचनहरूको विषयवस्तु तिनीहरूका लागि अत्यन्तै उच्च र गहन छ, र यो तिनीहरूको बुझाइभन्दा बाहिर छ भनेर भन्छन्। यदि कुनै व्यक्तिको क्षमता कमजोर छ, र उसका कमजोरीहरू छन्, र ऊ हरेक हिसाबमा अपर्याप्त छ भने, उसले अगुवाहरू खोज्नुपर्छ भन्ने तिनीहरू विश्वास गर्छन्। मानौँ तैँले तिनीहरूलाई सोधिस्, “तिमीले किन अगुवा खोज्नुपर्छ? तिमी किन परमेश्वरलाई खोजेर उहाँको अघि आउँदैनौ?” तिनीहरूले भन्छन्, “मानिसहरूका लागि परमेश्वरको अघि आउनु निकै गाह्रो कुरा हो: हामीमा धारणाहरू हुन्छन्, हाम्रो क्षमता कमजोर हुन्छ, र हामी बुद्धिहीन र बोधो हुन्छौं। परमेश्वरका वचनहरू सधैँ सीधा हुँदैनन्, र उहाँका वचनहरूमा, तिनको अर्थ के हो भनेर देखाउने कुनै उदाहरण हुँदैनन्। हाम्रो अगुवाले हामीलाई के गर्ने भनेर सीधै बताउँछ, र यो कुरा सीधा हुन्छ, जस्तै एक-एक जोड्दा दुई हुन्छ। परमेश्वरका वचनहरू पढ्ने विषयमा भन्दा, यदि मैले तिनलाई ठूलो स्वरमा पढ्न सकेँ भने, त्यो आफै नै राम्रो कुरा हो, तर तिनको अर्थ के हो भनेर मलाई थाहा छैन, र परमेश्वरले मानिसबाट के माग गर्नुहुन्छ वा परमेश्वरका अभिप्रायहरू अनुरूप कसरी अभ्यास गर्ने भनेर मलाई थाहा छैन। मैले कहिल्यै पनि उत्तरहरू भेट्टाउन सक्दिनँ। म कमजोर क्षमता भएको, सानो कदको, बोधो र अबूझ भएको, कुनै कुरा छर्लङ्ग देख्न नसक्ने व्यक्ति हुँ, त्यसैले मैले आइपर्ने सबै कुराको बारेमा हाम्रो अगुवालाई सोध्नुपर्छ, र उसलाई निर्णय गर्न दिनुपर्छ। हाम्रो अगुवाले मेरा लागि उत्तरहरू भेट्टाउन सक्छ; उसले जे भन्छ म केवल त्यही गर्छु। म त त्यस्तो व्यक्ति हुँ—सरल र आज्ञाकारी।” “सरल र आज्ञाकारी हुनुमा केही पनि गलत छैन, तर के तिमीहरूको अगुवासँग साँच्चै सत्यता वास्तविकता छ त? के ऊ साँच्चै नै परमेश्वरमा समर्पित हुने मानिस हो? यदि उसले शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न मात्रै सक्छ र ऊ परमेश्वरमा समर्पित हुने व्यक्ति होइन भने, के तँ उसमा समर्पित भएर परमेश्वरमा समर्पित भइरहेको हुन्छस् भन्ने हुन्छ?” तिनीहरू भन्छन्, “हाम्रो अगुवाको क्षमता उच्च छ, र उसले भन्ने सबै कुरा सही हुन्छ। त्यसले उसले सत्यता बुझेको छ र ऊ परमेश्वरका अभिप्रायहरू अनुरूप छ भन्ने कुरालाई प्रमाणित गर्छ।” तिनीहरूले भनेको कुरामा अलिकति उचित तर्क छ, होइन र? यो सबै तिनीहरूको व्यक्तिगत भावनाहरूमा आधारित हुन्छ। तिनीहरूको क्षमता कमजोर छ र तिनीहरूमा समझको कमी हुन्छ, त्यसकारण यदि तिनीहरूको अगुवामा साँच्चै केही त्रुटि भएको भए, तिनीहरूले त्यो कुरा देख्न सक्ने थिएनन्। धेरैजसो मानिसहरू मूर्ख, अज्ञानी, र कमजोर क्षमताका हुन्छन्, तर अहिलेका लागि त्यो तर्कलाई पन्छाऔं। अगुवाको हिसाबबाट हेर्दा, यदि मानिसहरूले यी प्रकटीकरणहरू देखाउँछन्, तिनीहरू आफ्नो अगुवाप्रति यति निर्भर हुन्छन्, र तिनीहरूप्रति यस्तो दृष्टिकोण र मनोवृत्ति राख्छन् भने, के मानिसहरूको हृदय जित्ने अगुवाको रणनीति र विधिहरूसँग यसको सम्बन्ध हुँदैन र? (हुन्छ।) कति ठूलो सम्बन्ध हुन्छ? के यो अगुवाको काम गर्ने तरिकासँग सीधै सम्बन्धित हुन्छ? हामी निश्चितताको साथ के भन्न सक्छौं भने त्यसमा पूर्ण र प्रत्यक्ष सम्बन्ध हुन्छ, यी कुराहरू शतप्रतिशत जोडिएका हुन्छन्। म किन यसो भन्छु? धेरै अगुवाहरू हुन्छन्, जसले आफ्नो व्यक्तिपरक इच्छाको हिसाबमा, मानिसहरूलाई परमेश्वरको अघि ल्याउन चाहन्छन्, तर तिनीहरूले सत्यता नबुझ्ने हुनाले, वा विभिन्न वास्तविक समस्याहरू कसरी समाधान गर्ने भनी नजान्ने हुनाले, तिनीहरूले केही प्रशासनिक कार्य र सामान्य मामलाहरू मात्रै सम्हाल्न सक्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च मानून् भनेर धाक लगाउँछन्, त्यसकारण तिनीहरू अनजानमा ख्रीष्ट-विरोधीहरूको बाटोमा हिँड्न थाल्छन्। तिनीहरूले मानिसहरूको हृदय जित्ने, र तिनीहरूको हृदय, व्यवहार, र विचारहरूलाई नियन्त्रण गर्ने प्रयासलाई जारी राख्न आफ्नै तरिका र माध्यमहरू प्रयोग गर्छन्, ताकि मानिसहरूले सधैँ आफ्नो व्यवहारमा, सत्यताको अभ्यासमा, र आफ्नो कर्तव्य निर्वाह गर्ने हरेक पक्षमा तिनीहरूले भनेको कुरा गरून्। यदि मानिसहरू ख्रीष्ट-विरोधीमा समर्पित हुन्छन्, र साँचो रूपमा परमेश्वरमा समर्पित हुँदैनन् भने—यदि तिनीहरू परमेश्वरमा भन्दा बढी ख्रीष्ट-विरोधीमा समर्पित हुन्छन् भने—र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा कुनै परिणाम प्राप्त हुँदैन, र तिनीहरूले मानिसको कर्तव्य राम्ररी निर्वाह गरिरहेका हुँदैनन् भने, के त्यस्ता मानिसहरू मुक्ति पाउने मानिसहरू हुन्? अगुवा र कामदारहरूलाई पालन गर्ने र तिनीहरूप्रति बफादार हुने अभ्यासका “सही” मार्गहरू मानिसहरूसँग हुन्छन्, तर परमेश्वरमा समर्पित हुने र उहाँप्रति बफादार हुने कुरा आउँदा सही रूपमा अभ्यास गर्दैनन्—यसको बारेमा कसैले सङ्गति गर्दैन, र कसैले पनि वास्तविक कामको यो पक्ष निर्वाह गर्दैन। सबै मानिसहरूलाई आफ्नो हैसियत र प्रतिष्ठाका खातिर बोल्न र व्यवहार गर्न मनपर्छ, र तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न र आराधना गर्न लगाउन काम गरेर आफ्नो दिमाग खियाउँछन् र खाना खान वा सुत्न बिर्सन्छन्। अवश्य नै, तिनीहरूले अगुवा वा कामदारका रूपमा मण्डलीमा शासन गर्ने आफ्नो उद्देश्य हासिल गर्नका लागि नै यो सबै गर्छन्। यसको कारण के हो? सबै भ्रष्ट मानवजातिमा एउटै स्वभाव र प्राथमिकताहरू हुन्छन्। जब कसैले तेरा लागि मार्ग औँल्याइदिन्छ, र तँ यसलाई अभ्यास गर्न अत्यन्तै इच्छुक हुन्छस्, तब त्यसको अर्थ तैँले सत्यताको अभ्यास गरिरहेको छस् भन्ने हुँदैन—यसको अर्थ, तैँले त्यो व्यक्तिले भनेको कुरा गरिरहेको छस् र उसलाई पालन गरिरहेको छस् भन्ने हुन्छ। त्यसोभए, मानिसहरू किन परमेश्वरको अघि आउन, वा उहाँलाई खोज्न इच्छुक हुँदैनन्? किनभने मानिसको मानवतामा सत्यता अनुरूप केही पनि हुँदैन। मानिसहरूलाई के मनपर्छ, तिनीहरू के कुराको तृष्णा गर्छन्, र तिनीहरूले आफ्नो हृदयमा के राख्छन्, त्यो सबै सत्यता विपरीत, यसको उल्टो हुन्छ। त्यसकारण, यदि तैँले कसैलाई कुनै घटना घट्दा सत्यताको खोजी गर्न आग्रह गरिस् भने, उसलाई त्यो चन्द्रमामा उडेर जानुभन्दा गाह्रो लाग्नेछ—तैपनि यदि तैँले उसलाई कुनै व्यक्तिको कुरा सुन्न भनिस् भने, उसलाई त्यो कुरा निकै सहज लाग्नेछ। मानिसहरूलाई नियन्त्रण गर्नका लागि मानिसहरूको हृदय जित्ने विधि प्रयोग गर्दा ख्रीष्ट-विरोधीहरूले तुरुन्तै परिणामहरू प्राप्त गर्छन् भन्ने कुरा स्पष्ट छ। हिँड्दा-हिँड्दै कुनै मात्रै टिप्पणी गरेर, तिनीहरूले कसैलाई तिनीहरूको बारेमा सकारात्मक राय पाल्न लगाउन सक्छन्; कुनै अभिप्राय वा दृष्टिकोण बोकेको कुनै सामान्य टिप्पणीद्वारा, तिनीहरूले कसैलाई तिनीहरूलाई नयाँ दृष्टिकोणबाट, नयाँ हेराइमा हेर्ने तुल्याउन सक्छन्। यसले मानिसहरूभित्र के-कस्ता कुराहरू हुन्छन् भन्ने कुरालाई ठ्याक्कै प्रकट गर्छ। यसको अर्थ के हो भने यदि तैँले सत्यता पछ्याउँदैनस्, बरु हैसियत र शक्ति पछ्याउने मार्ग लिन्छस् भने, तैँले गर्ने सबै कुराले भ्रष्ट मानवजातिको कुनै पनि सदस्यमा पार्ने प्रभाव र परिणाम के हुनेछ भने, तैँले तिनीहरूलाई साँचो मार्गतर्फ पिठ्यूँ फर्काउने, सत्यताबाट अलग बस्ने, परमेश्वरबाट अलग बस्ने, र उहाँलाई इन्कार गर्ने तुल्याउनेछस्। एउटै मात्र परिणाम र नतिजा त्यही हुन्छ। यो कुरा स्पष्टै देखिन्छ।
मानिसहरूको हृदय जित्ने प्रयास गर्ने ख्रीष्ट-विरोधीहरूको पहिलो प्रकटीकरण भनेको मानिसहरूलाई साना-साना निगाहद्वारा आकर्षित गर्नु हो। साना-साना निगाहहरू भौतिक कुराहरू नै हुनुपर्छ भन्ने आवश्यक छैन; ती कुराहरूले समावेश गर्ने दायरा फराकिलो हुन्छ। कहिलेकहीँ ती विचारशील शब्दहरू हुन्छन्; कहिलेकहीँ ती कसैको चाहना वा रुचि पूरा गरिने कार्य हुन्छन्; र कहिलेकहीँ ती कुनै व्यक्तिको विचार बुझेर त्यस व्यक्तिले सुन्न चाहेको जस्तो सुखद सुनिने कुराहरू बोलिने कार्य हुन्छन्, ताकि त्यो व्यक्तिलाई उसको अगुवा अत्यन्तै असल र अत्यन्तै समझदार छ भन्ने सोच्न लगाउन सकियोस्। अर्को शब्दमा भन्दा, मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो गुप्त महत्त्वाकाङ्क्षालाई लुकाउनका लागि ख्रीष्ट-विरोधीहरू सहनशीलता, प्रेम, न्यानोपन, र तथाकथित विचारशीलतालाई जोड दिन्छन्। उदाहरणका लागि, यदि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले केही राम्रा कुराहरू अनुदान दिएका छन् भने, तिनीहरूले आफूसँग राम्रो सम्बन्ध भएको व्यक्तिसँग तीमध्ये केही कुरा बाँड्न सक्छन्। तिनीहरूले मानिसहरूको हृदय जित्न र तिनीहरूलाई किन्न यी साना-साना निगाहहरूको प्रयोग गर्छन्। यदि मण्डलीमा परिश्रम त्यति गर्न नपर्ने किसिमको कुनै काम छ, घामपानी सहन नपर्ने र चर्चामा ल्याउन सक्ने काम छ भने, तिनीहरूले आफूसँग राम्रो सम्बन्ध भएको व्यक्तिलाई त्यस काममा लगाउँछन्। तिनीहरू किन यसो गर्न सक्ने हुन्छन्? यसको एउटा भाग के हो भने तिनीहरूले अन्तर्निहित रूपमा सत्यतालाई प्रेम गर्दैनन्, र सिद्धान्तहरूविना काम गर्छन्। अर्को पक्ष के हो भने तिनीहरूले यो असल कर्तव्य आफूसँग राम्रो सम्बन्ध भएका मानिसहरूका लागि राख्छन्, त्यसपछि तिनीहरूलाई कर्णप्रिय कुराहरू भन्छन्, ताकि ती मानिसहरू तिनीहरूप्रति कृतज्ञता महसुस गरून्। त्यसो गरेर, तिनीहरूले यी मानिसहरूको हृदय जित्ने आफ्नो उद्देश्य हासिल गर्छन्। यो युक्ति सानोतिनो कुराहरू बाँड्नु र एक-दुईवटा शब्द मीठो बोल्नु सँग मात्रै सम्बन्धित हुँदैन—यसमा एउटा अभिप्राय, एउटा उद्देश्य हुन्छ। अनि त्यो उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूको हृदयमा तिनीहरूको बारेमा सकारात्मक छाप छोड्नु हो। यदि कुनै समूहमा दश जना मानिसहरू छन् भने, तिनीहरूले ती मानिसहरूलाई मूल्याङ्कन गरेर सुरु गर्छन्: “यी दश जनामध्ये, दुई जनाचाहिँ मानिसहरूलाई चापलुसी गर्न सिपालु छन्। मैले तिनीहरूसँग ध्यान दिइराख्नु पर्दैन, तैपनि तिनीहरूले मेरो चापलुसी गर्नेछन्। त्यसपछि, दुई जना मूर्ख मानिसहरू छन्; मैले तिनीहरूलाई केही फाइदा पुऱ्याएँ भने तिनीहरूले मैले जे भन्यो त्यही गर्नेछन्। अरू दुई जना केही क्षमता भएका मानिसहरू हुन्; मैले केही उत्कृष्ट प्रवचनहरू प्रचार गरेँ र तिनीहरूलाई केही प्रभावशाली शब्दहरू बोलेर सुनाएँ भने, तिनीहरू मेरो अघि झुक्नेछन्। त्यसपछि, तीन जना मानिसहरूले सत्यता पछ्याउँछन् जस्तो देखिन्छ, त्यसकारण तिनीहरूलाई सम्हाल्न अलिक गाह्रो हुनेछ। मैले तिनीहरूको वास्तविक अवस्थाको बारेमा स्पष्ट रूपमा बुझ्नुपर्छ, तिनीहरूलाई के चाहिन्छ भनेर हेर्नुपर्छ, त्यसपछि तिनीहरूलाई सन्तुष्ट पार्नुपर्छ। यदि तिनीहरूमध्ये कसैले यो कुरालाई स्विकारेनन् र मलाई पालन गरेनन् भने, म अन्तिममा तिनीहरूलाई ठेगान लगाउनेछु र निकालिदिनेछु। यदि अन्तिम व्यक्ति मेरो विरुद्धमा भयो भने पनि, त्यसले मलाई धेरै समस्यामा पार्न सक्नेछैन, र उसलाई निराकरण गर्न सजिलो हुनेछ।” झलक्क हेरेर मात्रै पनि, तिनीहरूले समूहमा कसलाई सम्हाल्न सक्छन् र कसलाई सम्हाल्न सक्दैनन् भनेर निर्धारित गर्न सक्छन्। तिनीहरूले कसरी यति चाँडै यो कुरा थाहा पाउन सक्छन्? तिनीहरूको हृदय शैतानी राजनीति र दर्शनहरूले भरिएको हुनाले तिनीहरूले यसो गर्न सक्षम हुन्छन्। तिनीहरूको व्यवहारका सिद्धान्तहरू र आफूलाई आचरणमा ढाल्ने र अरूसँग अन्तरक्रिया गर्ने तिनीहरूका तरिकाहरू मानिसहरूसँग मैत्रीपूर्ण रूपमा मिलेर बस्ने, वा सामान्य अन्तरव्यक्तिगत सम्बन्धहरू राख्ने बारेमा हुँदैनन्, ती अरूलाई सहयोग गर्ने वा भरणपोषण गर्ने, वा तिनीहरूलाई सुधार गर्ने, वा अरूसँग समान रूपमा संलग्न हुने, वा मामलाहरू सम्हाल्न र अरूसँग व्यवहार गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्ने बारेमा हुँदैनन्। तिनीहरूमा यी सिद्धान्तहरू अलिकति पनि हुँदैहुँदैनन्। तिनीहरूका सिद्धान्तहरू के-के हुन्? “हरेक व्यक्तिले आफ्नो हृदयमा मलाई कसरी हेर्छ? मलाई उच्च मान्ने, हृदयमा मलाई राख्ने, र मेरो डर मान्ने, सम्मान गर्ने, र आदर गर्ने मानिसहरूलाई मैले ध्यान दिनु पर्दैन। मेरो आदर नगर्ने मानिसहरूलाई मैले अब यस्तो-यस्तो गर्नुपर्छ, र मलाई आदर गर्ने, तर अझै पनि मसामु पूर्ण रूपमा झुकेका मानिसहरूलाई मैले यस्तो-यस्तो गर्नुपर्छ। अनि अरूलाई सामान्यतया त्यति ध्यान नदिने मानिसहरूका हकमा भन्दा, मैले तिनीहरूलाई यस्तो-यस्तो गर्नुपर्छ।” मानिसहरूलाई नियन्त्रण गर्नका लागि तिनीहरूसँग चरणबद्ध प्रक्रिया हुन्छ। तिनीहरूले किन यी चरण र विचारहरू पैदा गर्छन्? किनभने तिनीहरूको हृदयमा हुने शक्तिको चाहनालाई नियन्त्रण गर्न सकिँदैन। यदि तिनीहरू समूहका मानिसहरूसँग मैत्रीपूर्ण रूपमा मिले भने, तिनीहरूलाई निकै अपूर्ण र अशोभनीय महसुस हुन्छ। त्यसोभए तिनीहरूको उद्देश्य के हुन्छ? हरेकलाई आफ्नो हृदयमा तिनीहरूका लागि ठाउँ दिने बनाउनु—पहिलो स्थान भएन भने, दोस्रो स्थान, र दोस्रो स्थान भएन भने, तेस्रो स्थान। अरूसँग समान रूपमा अन्तरक्रिया गरेर हुँदै हुँदैन। अगुवाहरूका रूपमा, के यी मानिसहरूले अरूका फरक-फरक रायहरू सुन्न सक्छन्? सक्दैनन्। तिनीहरूले गर्ने सबै कुरा के कुराको वरपर घुम्छ? (शक्ति।) तिनीहरूले गर्ने सबै कुरा शक्तिको वरपर घुम्छ। तिनीहरूले के-कस्ता कुराहरू गर्छन्, जुन शक्तिको वरपर घुम्छ? पहिलो, तिनीहरूले तेरो हृदयको छानबिन गर्छन् र यसलाई बुझ्छन्; अर्थात्, सुरुमा तिनीहरूले तँलाई किन्छन्, र तँलाई तिनीहरूका अघि खुलस्त बोल्न लगाउँछन्, तिनीहरूले तँबाट तेरा साँचो भावनाहरू पत्ता लगाउँछन्, र तिनीहरूको बारेमा रहेको तेरो साँचो राय पत्ता लगाउँछन्। यो कुरा बुझेपछि, तिनीहरूले हरेक परिस्थिति अनुसार आफ्नो विधिहरू अनुकूल गर्छन्, र हरेक मामलामा छुट्टाछुट्टै रूपमा काम गर्छन्। तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्न चाहन्छन्, र जब तिनीहरूले तिनीहरूसँग एउटै मन नभएको, तिनीहरूलाई आदर नगर्ने, तिनीहरूप्रति बफादार नरहेको कुनै व्यक्ति भेट्छन्, तब तिनीहरूले त्यो व्यक्तिलाई प्रहार गर्छन् र सास्ती दिन्छन्। त्यसकारण, मानिसहरूको हृदय जित्ने कार्यमा ख्रीष्ट-विरोधीहरूको प्रेरणा भनेको शक्ति हो। अनि तिनीहरूले शक्ति प्राप्त गर्नका लागि के-कस्ता विधि र उपायहरू प्रयोग गर्छन्? तिनीहरूले मानिसहरूको हृदयलाई राम्ररी बुझ्छन्, चिन्छन्, र नियन्त्रण गर्छन्। मानिसहरूको विचारलाई के कुराले नियन्त्रण गर्छ? तिनीहरूको हृदय र प्रकृतिले। जब कसैको हृदय ख्रीष्ट-विरोधीले नियन्त्रण गर्छ, तब त्यस व्यक्तिका विचार र दृष्टिकोणहरूले कुनै महत्त्व राख्दैन। ख्रीष्ट-विरोधीले कसैको हृदय नियन्त्रण गरेपछि, उसले त्यस व्यक्तिको सम्पूर्ण व्यक्तित्वलाई नियन्त्रण गर्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।