विषयवस्तु चौध: तिनीहरू परमेश्‍वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा (लिन्छन् खण्ड चार)

इ. ख्रीष्टविरोधीहरू मानिसहरूको हृदय जाँचपडताल र नियन्त्रण गर्छन्

शक्तिमा एकाधिकार जमाउने र परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुका साथसाथै, अन्य कस्ता कार्यहरूले ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरलाई आफ्नै अधिकारक्षेत्रका रूपमा लिन्छन् भनेर पुष्टि गर्न सक्छन्? शक्तिमा एकाधिकार जमाउने सम्बन्धमा, हामीले मुख्यतः कर्मचारी मामलाका पक्षहरूबारे सङ्गति गऱ्यौँ, जबकि परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु मुख्य गरी घटनाहरूको विकासलाई नियन्त्रण गर्नेसम्बन्धी हो। ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाउनु एउटा बाहिरी कार्य हो, र परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु पनि बाहिरी कुरा नै हो जुन मानिसहरूले देख्न सक्छन्—यी पक्षहरूलाई नियन्त्रण गर्न सजिलो हुन्छ। तर, एउटा कुरा नियन्त्रण गर्न जोकोहीलाई अत्यन्तै गाह्रो हुन्छ। त्यो एउटा कुरा के हो? (मानिसहरूको हृदय र सोच नियन्त्रण गर्नु।) ल भन्, के त्यो सही हो? (हजुर, हो।) बाइबल भन्छ, “हृदय अरू सब थोकभन्दा बढी छली हुन्छ” (यर्मिया १७:९), अर्थात्, मानव हृदय नियन्त्रण गर्न सबैभन्दा गाह्रो कुरा हो। के ख्रीष्टविरोधीहरूले सबैभन्दा गाह्रो कुरालाई नियन्त्रण गर्ने प्रयास गर्नेथिए त? के तिनीहरू “मानव हृदय सबैभन्दा छली र नियन्त्रण गर्न गाह्रो हुने भएकाले, म त्यसलाई नियन्त्रण गर्नेछैनँ। तिनीहरूले जे सोच्न मन लागे पनि सोचून्; मसित शक्ति भएसम्म, यदि मानिसहरूमाथि मेरो नियन्त्रण छ भने, त्यो पर्याप्त हुन्छ। म तिनीहरूका कार्य र व्यवहार मात्र नियन्त्रण गर्नेछु, तिनीहरूका सोच सम्हाल्ने काम परमेश्‍वरलाई दिन सकिन्छ; ममा क्षमता छैन, त्यसैले म तिनमा टाउको दुखाउनेछैनँ” भनेर भन्लान् त? के ख्रीष्टविरोधीहरूले यसरी सम्झौता गर्नेथिए त? (अहँ, गर्नेथिएनन्।) ख्रीष्टविरोधीहरूको सारलाई मूल्याङ्कन गर्दा, तिनीहरूको महत्त्वाकाङ्क्षा भनेको कुनै व्यक्तिको सम्पूर्णतालाई नियन्त्रण गर्नु हो। तिनीहरूका लागि नियन्त्रण गर्न सबैभन्दा चुनौतीपूर्ण कुरा मानव हृदय हो, तर यसलाई नियन्त्रण गर्ने तिनीहरूको सबैभन्दा बढी कामना पनि हुन्छ। तिनीहरू मानिसहरूलाई आफ्नो शक्तिको पासोमा पार्छन्, सबथोकमा पूर्ण नियन्त्रण जमाउँछन्: घटनाहरू कुन दिशामा मोडिन्छन्, कति जना मानिस संलग्न छन्, कस्ता मामलाहरू घटनाक्रममा ल्याइन्छन्, यी घटनाहरूको पूर्ण विकासक्रम, र परिणामहरू के-के हुनेछन्—यी सबै तिनीहरूले चालु गर्ने कुरा र तिनीहरूको हृदयको कामनाअनुसार विकसित हुन्छन्। तर, एउटा कुरा छ, जुन किटेरै भन्नुपर्दा, मानिसहरूले हृदयमा के सोचिरहेका हुन्छन् त? उनीहरू तिनीहरूबारे के सोचिरहेका हुन्छन्? के उनीहरूमा तिनीहरूको राम्रो छाप परेको हुन्छ कि हुँदैन? के उनीहरू तिनीहरूलाई मन पराउँछन् कि पराउँदैनन्? के उनीहरू हृदयमा, तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर विश्वास गर्छन्? के उनीहरू तिनीहरूका कार्यलाई खुट्ट्याउने वा मन नपराउने गर्छन्? मानिसहरूले बाहिरी रूपमा तिनीहरूलाई सम्मान देखाउँदा र चिप्लो घस्दा, उनीहरू हृदयमा साँच्चै के सोचिरहेका हुन्छन्? के उनीहरूको हृदयमा भएको कुरा उनीहरूका बाहिरी स्वरूपसँग साँच्चै मिल्छ? के उनीहरू तिनीहरूप्रति साँच्चै आज्ञाकारी छन् त? यो ख्रीष्टविरोधीहरूलाई एकदमै परेसान पार्ने मामिला हो। तिनीहरू जति परेसान हुन्छन्, त्यति नै जबाफ खोज्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरलाई आफ्नै अधिकारक्षेत्रका रूपमा लिनुको तेस्रो प्रकटीकरण यही हो—मानिसहरूको हृदय जाँचपडताल र नियन्त्रण गर्ने।

के मानिसहरूको हृदय जाँचपडताल र नियन्त्रण गर्न सजिलो छ? जाँचपडताल र नियन्त्रण गर्नुले कुनै कामकुरा गर्दा कार्य वा व्यवहारका दुई फरक हदलाई जनाउँछन्। जब कुनै ख्रीष्टविरोधीले शक्ति हातमा लिन्छ अनि कुनै घटनाको पूरै विकासक्रम र परिणाम नियन्त्रण गर्छ, जब ऊ यी कुराहरूलाई नियन्त्रण गर्छ, तब उसको अधीनमा वा उसको प्रभाव क्षेत्रभित्र रहेका मानिसहरू हृदयमा साँच्चै के सोचिरहेका हुन्छन्—उनीहरू उसलाई परमेश्‍वर वा सिद्ध व्यक्ति ठान्छन् कि ठान्दैनन्, उनीहरू ऊप्रति घृणा, राय, वा धारणाहरू राख्छन् कि राख्दैनन्, र उनीहरू उसलाई खुट्ट्याउँछन् कि खुट्ट्याउँदैनन्—मानिसहरूले हृदयमा साँच्चै सोचिरहेका यी कुराहरू अनुमान गर्न निकै चुनौतीपूर्ण हुन्छ। त्यसोभए ऊ के गर्छ? ऊ आफ्ना अधीनस्थहरूलाई नियाल्छ, सुझबुझ नभएका र शोषण गर्न सजिला जोकोहीलाई लाभहरू दिन्छ वा केही कर्णप्रिय शब्दहरू भन्छ। यी मानिसहरू ठ्याक्कै रबरका भकुण्डोजस्तै हुन्छन्: तैँले तिनीहरूलाई हिर्काउँदैपिच्छे तिनीहरू अझ माथि पुग्छन् र तिनीहरूमा थप ऊर्जा भरिन्छ। ऊ यस्ता व्यक्तिहरूलाई गोटीका रूपमा उपयोग गर्छ। उसले उनीहरूलाई के गर्न प्रयोग गर्छ? उसले यी गोटीहरूलाई ऊप्रति मानिसहरूको हृदय जाँचपडताल गर्न लगाउँछ। उसले कुनै गोटीलाई भन्ला, “हालै, हाम्रो मण्डलीका सिस्टर ली र उसकी छोरीले कम भेटी चढाउँदै आएका छन्। उनीहरूले धेरै चढाउने गर्थे, तर अहिले उनीहरू त्यति आउँदैनन्। हाल उनीहरू के गर्दै छन्? के उनीहरूले बाहिरकाहरूसँग कुनै सम्पर्क राखेका छन्? घरमा केही भइरहेको छ कि? गएर हेर अनि केही मद्दत प्रस्ताव गर त।” त्यो व्यक्ति सिस्टर लीको घर गएर यताउति हेर्छ र सोच्छ, “यहाँ कुनै अपरिचित अनुहारहरू छैनन्। ती दुई सिस्टरले निकै शान्त जीवन जिइरहेका छन् जस्तो देखिन्छ। उनीहरूले कुनै कठिनाइ सामना गरिसकेका जस्तो देखिँदैन। उनीहरू किन हाम्रा भेलाहरूमा गइरहेका छैनन्? म थप सोधपुछ गर्छु।” यस व्यक्तिले सोध्छ, “के तपाईंहरूले घरमा हालै कुनै नयाँ ज्योति प्राप्त गर्नुभएको छ? म हालसालै अलि कमजोर महसुस गरिरहेको छु; मसित एकछिन सङ्गति गर्नुहोस् न।” उक्त व्यक्ति सत्यता र मद्दत खोज्न आएको देखेर ती सिस्टरहरूले ऊसित सङ्गति गर्छन् र यसो भन्छन्, “हालै, हामीले परमेश्‍वरका विश्वासीहरूले अरू मानिसलाई पछ्याउनु वा सधैँ उनीहरूमा भर पर्नु हुँदैन भन्ने नयाँ ज्योति पाएका छौँ; चुनौतीहरू सामना गर्दा, हामी परमेश्‍वरसामु आएर प्रार्थना गर्नुपर्छ; यो नै सर्वोच्च बुद्धि हो। मानिसहरू भरपर्दा हुँदैनन्, व्यक्ति परमेश्‍वरमा मात्र भर पर्न सक्छ; उहाँ मानिसहरूलाई सत्यता, जीवन र उनीहरूले हिँड्नुपर्ने मार्ग प्रदान गर्न सक्नुहुन्छ—मानिसहरू यसो गर्न सक्दैनन्। म सधैँ अरूमा भर पर्ने गर्थेँ, तर पछि एउटी बहिनीसँगको सङ्गतिमार्फत…।” उसले जबाफ दिन्छ, “एउटी बहिनीसँगको सङ्गतिमार्फत? ती बहिनी कहाँ हुनुहुन्छ? के उहाँ बाहिरी व्यक्ति हुनुहुन्छ?” ती सिस्टरहरूले भन्छन्, “उहाँ ठ्याक्कै बाहिरी व्यक्ति नै चाहिँ हुनुहुन्न; उहाँ हाम्रै मण्डलीकी बहिनी हुनुहुन्छ जो धेरै वर्ष टाढा रहेर आफ्नो कर्तव्य पूरा गरेर फर्कनुभएको हो।” उसले जबाफ दिन्छ, “तैपनि के त्यो बाहिरी व्यक्तिसँग सम्पर्क राख्नु नै होइन र? तपाईंले जथाभाबी बाहिरकाहरूसँग सङ्गत गर्नुभयो; तपाईंले यो विषय मण्डलीलाई रिपोर्ट गर्नुपर्छ!” यो जानकारी बटुलेपछि, त्यस व्यक्तिले दुई महत्त्वपूर्ण जानकारीहरू खुलाउँछ: पहिलो, ती दुई सिस्टर अगुवासँग नजिक हुन चाहँदैनन्, र उनीहरूले उसलाई केही खुट्ट्याएको देखियो; दोस्रो, उनीहरूले बाहिरी व्यक्तिसँग सम्पर्क गरेका छन्, र त्यस बाहिरी व्यक्तिले उनीहरूलाई केही कुरा भनेको छ; विवरणहरू स्पष्ट छैनन्, ती सिस्टरहरूले त्यो व्यक्तिबारे केही पनि भन्दैनन्, उनीहरूले जानाजानी त्यो कुरा लुकाइरहेका छन्, त्यसको मतलब अगुवाप्रति उनीहरूको बफादारी ढलपल भइरहेको छ र उनीहरू ऊबाट सावधान हुन थालेका छन्। जब यो व्यक्ति फर्केर उनीहरूबारे ख्रीष्टविरोधीलाई रिपोर्ट गर्छ, तब के त्यो सुनेर ख्रीष्टविरोधी खुसी हुन्छ? के उसले “धेरै राम्रो, मेरा अधीनस्थहरूले अन्ततः मलाई केही खुट्ट्याएका रहेछन्” भन्ने सोच्नेथियो? (अहँ, सोच्नेथिएन।) उसले के सोच्नेथियो? “यो नराम्रो हो। ती दुई सिस्टर आज्ञाकारी थिए, उनीहरू मण्डलीका सच्चा विश्वासी थिए, र उनीहरूले धेरै भेटी चढाउँथे। यो अपरिचित व्यक्तिले उनीहरूसित अन्तरक्रिया गर्न थालेदेखि, यी दुई अलि अनाज्ञाकारी बनेका छन्। के उनीहरूले भविष्यमा भेटी चढाउन जारी राख्नेछन्? यो समस्याजनक र जोखिमयुक्त हो।” ख्रीष्टविरोधीलाई छटपटाहट हुन्छ। किन उसलाई छटपटाहट हुन्छ? (मानिसहरूले उसलाई खुट्ट्याएका छन् र उप्रान्त उसको कुरा सुन्दैनन्।) ठ्याक्कै भनिस्, मानिसहरूका हृदय अबउप्रान्त उसको चालबाजी र नियन्त्रणमा हुँदैन, उनीहरूको हृदय परिवर्तन भइरहेको छ, त्यसैले उसलाई छटपटाहट हुन्छ। विगतमा, यी दुई जना सोझा र सरल थिए, उनीहरू निकै आज्ञाकारी थिए र उनलाई खुट्ट्याउन ध्यान दिँदैनथे, उसले चाहे जे भने पनि केही नसोची त्यो स्विकार्थे। अब उनीहरूको हृदयमा परिवर्तन आएको छ, उनीहरूमा सुझबुझ विकास भएको छ, र उनीहरूले दूरी कायम गरिरहेका छन्, सम्भवतः उसलाई इन्कार गरिरहेका छन्, र सायद उसको रिपोर्ट गर्ने अभिप्राय समेत राखिरहेका छन्—त्यसले समस्या निम्त्याउँछ। के यो ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय कसरी जाँचपडताल र नियन्त्रण गर्छन् भन्ने कुराको निर्दिष्ट प्रकटीकरण होइन र?

जब ख्रीष्टविरोधीले कुनै असामान्य कुरा देख्छ, तब तुरुन्तै आफ्ना आसेपासे वा चम्चाहरूलाई अवस्था पत्ता लगाउन र त्यसका भित्री कारणहरू बुझ्न पठाइहाल्छ। यदि कुनै परिवर्तन भएको छैन, यदि मानिसहरू उस्तै छन् र उनीहरूको हृदय परिवर्तन भएको छैन भने, ऊ आश्वस्त हुन्छ, ऊ उप्रान्त असहज वा तनावग्रस्त रहँदैन। तर, यदि उसले कुनै असामान्य, उसलाई थाहा नभएको, उसको चालबाजीअन्तर्गत नपर्ने, उसले कल्पना नगरेको कुरा पत्ता लगाएमा, त्यो समस्याजनक हुन्छ। ऊ चिन्तित र बेचैन बन्छ, र उसले हतारमा कदम चाल्नेछ। उसका कदमहरूको उद्देश्य के हो? ऊ मानिसहरू आफूसित एकै मनको होऊन् र उनीहरूको हृदय नबदलियोस् भन्ने चाहन्छ। मानिसहरूले आफ्ना विचार उसलाई थाहा दिनैपर्छ अनि बफादारी, दृढता, र निष्कपटता व्यक्त गर्दै निरन्तर उसलाई रिपोर्ट गर्नुपर्छ। उसले मानिसहरूका हृदयका बदलिँदो सोच र विचारहरू, अनि उनीहरूका सोचका दिशा र सिद्धान्तहरू नियन्त्रण गर्नैपर्छ। असहमति पाल्ने जोकोही पत्ता लाग्नेबित्तिकै, उसले त्यसलाई परिवर्तन गर्नतिर लाग्नैपर्छ। यदि त्यो व्यक्ति परिवर्तन हुन वा साथी बन्न सक्दैन भने, उल्टै शत्रु बन्नेछ। उसको शत्रु बन्नुका परिणामहरू के-के हुन्? ऊ सास्ती र दमनमा पर्नेछ। यो एउटा तरिका हो। अर्को तरिका पनि छ। ख्रीष्टविरोधी आफ्नो वरिपरिका मानिसहरूबारे सधैँ आशङ्कित हुन्छ, उनीहरूलाई पूर्ण रूपमा ठम्याउन कहिल्यै सक्दैन, मानिसहरूले उसलाई खुट्ट्याउलान् र उसको रिपोर्ट गर्लान् भनेर थुरथुर हुन्छ, र हृदयमा यसो भन्छ: “के तिमीले मैले भेटी चोरेको र आफ्नै तवरले कामकुरा गरेको देख्यौ? यदि देखेको भए, के तिमीले खुट्ट्याउन सक्थ्यौ? के तिमीले मेरो रिपोर्ट गर्न सक्थ्यौ?” कतिपय ख्रीष्टविरोधी पर्दापछाडि यौन लम्पट पनि हुन्छन्, र यसो सोच्छन्, “यी कुराबारे कसलाई थाहा छ? यसबारे थाहा भएकाहरू के सोचिरहेका छन्? के मैले जसोतसो ढोँग गरेर, झूटो छाप पारेर, अनि त्यसपछि यी मानिसहरूलाई जाँच्न, उनीहरूको भित्री सोच निकाल्न, र उनीहरू साँच्चै के सोचिरहेका छन् भनी बुझ्न आवश्यक छ?” के ख्रीष्टविरोधीहरूले यस्ता कामकुरा गर्नेछन् त? ख्रीष्टविरोधीहरूजस्ता दुष्ट मानिसहरूलाई त यस्ता कामकुरा गर्ने बानी नै हुन्छ; तिनीहरूका लागि त्यो स्वाभाविक हुन्छ—तिनीहरू त्यो उत्कृष्ट रूपमा गर्छन्। ख्रीष्टविरोधीले मानिसहरूलाई एकसाथ भेला पार्छ र भन्छ, “आज, यहाँ मैले सबैलाई मण्डलीमा मैले हालै गरेको काममा मेरा कमीकमजोरीहरूमा आत्म-आलोचना गर्न र मैले प्रकाश गरेका भ्रष्ट स्वभावहरूसम्बन्धी मेरो ज्ञानबारे कुरा गर्ने उद्देश्यले मात्र बोलाएको हुँ। खुलस्तसित बोल्नुहोस्, नहिचकिचाउनुहोस्। म तपाईंहरूलाई भर्त्सना गर्नेछैनँ। मन खोलेर आमने-सामने खुलस्त रूपले सङ्गति गरौँ। यदि मैले केही गल्ती गरेँ भने, म परिवर्तन हुनेछु; यदि गरिनँ भने, म गल्ती नगर्न यसलाई चेतावनीका रूपमा लिनेछु। परमेश्‍वरको घरमा सबथोक खुला, नलुकाइएको, र उदाङ्गो हुन्छ। हामी सबथोक परमेश्‍वरसामु गर्छौँ, र कोही पनि अरू कोहीबाट सावधान हुन आवश्यक छैन। दाजुभाइ-दिदीबहिनीहरू हो, ढुक्क हुनुहोस्। म आफैलाई जाँचेर सुरु गर्छु। हालै, मैले आफ्नो अल्छीपन र देहगत लालसाका कारण आफ्नो काम राम्ररी गरेको छैनँ। हाल सुसमाचारको काम राम्रो भइरहेको छैन, र मैले मण्डली जीवनलाई त्यति ध्यान दिएको छैनँ। म सुसमाचारको काममा व्यस्त भएँ र मैले अरू मामलाका लागि समय निकाल्न सकिनँ। अवश्यै म जिम्मेवार छु। मैले आफ्ना कल्पनाहरूमा भर परेर, मण्डली जीवन दाजुभाइ-दिदीबहिनीहरू स्वयंद्वारा सञ्चालित हुन्छ, र मैले खासै चिन्ता लिनुपर्दैन भन्ने अनुमान गरेँ। तपाईंहरू सबै जना वयस्क हुनुहुन्छ, र परमेश्‍वरका वचनहरू अत्यन्तै प्रस्ट छन्, त्यसैले मैले आफूलाई सारा हृदयले सुसमाचारको काममा अर्पित गरेँ। तर, मैले सुसमाचारको काममा पनि राम्रो गरिनँ। मैले दाजुभाइ-दिदीबहिनीहरूसामु आफ्ना गल्तीहरू स्विकार्नैपर्छ, तपाईंहरूलाई क्षमा माग्नुपर्छ, र परमेश्‍वरलाई क्षमा माग्नुपर्छ। यहाँ, म तपाईंहरू सबैसामु झुक्छु।” सबैले यो कुरा देख्छन् र मनमनै सोच्छन्, “ऊ बदलिएको रहेछ; ऊ पहिलेजस्तो धूर्त देखिँदैन। आज किन ऊ यति निष्कपट छ? केही गडबड छ। म निष्कर्षमा पुगिहाल्नु हुँदैन; अब उसले के भन्छ, म हेर्नेछु।” ख्रीष्टविरोधी भन्दै जान्छ, उसले ऊ दियाबलस, शैतान हो भनेर चिन्छु भन्छ, आफूले कुनै वास्तविक काम गरेको छैन भनेर मान्छ, अनि माथिको अधीनमा रहन र दाजुभाइ-दिदीबहिनीहरूको कुनै पनि आलोचना वा हप्काइ स्विकार्न इच्छुक छु भन्छ। उसले अझै यसो समेत भन्दै जान्छ, “उनीहरूले मलाई बरखास्त गर्छन् र अगुवाइ गर्न दिँदैनन् भने पनि, म सबैभन्दा तलकामध्ये हुन इच्छुक छु। म मेरो काम सम्हाल्न हाम्रो मण्डलीकी सिस्टर ली र उहाँकी छोरीलाई सिफारिस गर्छु।” उसले आफ्नो उत्तराधिकारी चयन गरिसकेको छ। के उसको मनोवृत्ति निकै निष्कपट छैन र? कुनै शङ्का गर्नुपर्ने आवश्यकता छ र? यसो भन्दै गर्दा, ऊ रुनसमेत थाल्छ। त्यसपछि, उसले आफ्नी श्रीमतीलाई ल्याउँछ र भन्छ, “यस समयावधिमा, तिमीले पनि कुनै वास्तविक काम गरेकी छैनौ, बाधा र अवरोध मात्र खडा गरेकी छौ, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई अन्धाधुन्ध काटछाँट समेत गरेकी छौ। तिमीलाई पनि बरखास्त गर्नुपर्छ।” ख्रीष्टविरोधीले मानिसहरूलाई ऊ निष्कपट भएको अनुभूति गराउन आफू र त्यसपछि उसको परिवारमाथि औँला उठाउँछ। सबैले यो कुरा सुनेपछि, कसैले यसो भन्छ, “वास्तवमा, हामीले तपाईंहरूलाई लामो समयदेखि खुट्ट्याउँदै आएका छौँ। तपाईंहरू मामलाबारे हामीसँग परामर्श लिनुहुन्न; तपाईंहरूमध्ये थोरै जना बसेर कामकुराबारे गोप्य रूपमा छलफल गर्नुहुन्छ र निर्णय गर्नुहुन्छ। यो कुरा परमेश्‍वरको घरको कामका सिद्धान्तहरूसित मेल खाँदैन। त्यसमाथि, तपाईंहरूले तपाईंहरूमध्ये अगुवा को हुने भनेर हामीलाई थाहै नदिई आफै निर्णय गर्नुभएको छ—हामीलाई जान्ने अधिकारसमेत छैन। तपाईंहरूले चुनेको व्यक्तिले वास्तविक काम गर्न नसक्ने मात्र होइन तर बाधासमेत खडा गर्छ, तर तपाईंहरू उसलाई बर्खास्त गर्नुहुन्न।” दाजुभाइ-दिदीबहिनीहरू एकपछि अर्को गर्दै आफ्ना राय व्यक्त गर्छन्। यो कुरा सुनेपछि, ख्रीष्टविरोधी सोच्छ, “यो त नराम्रो हो! तर, उनीहरूले आफ्ना वास्तविक विचारहरू एकैपटक व्यक्त गर्नु चाहिँ राम्रो हो। यसले मेरो भावी काममा फाइदा गर्नेछ। यदि उनीहरूले नबोलेर मलाई पछाडिबाट छुरा रोपेका, र मलाई थाहै नदिई माथिलाई सीधै रिपोर्ट पत्र लेखेका भए, म त खतम हुनेथिएँ, होइन र? भाग्यवश, मैले यो चाल चलेँ, म चलाख छु र चाँडो प्रतिक्रिया जनाउँछु, अनि मैले बेलैमा उनीहरूका राय बुझेँ।” त्यसपछि उसले चिल्लो कुरा गर्दै भन्दै जान्छ, “तपाईंहरूले भरोसा र आज मेरा गल्तीहरूलाई निष्कपटतासाथ आलोचना गरेकोमा दाजुभाइ-दिदीबहिनीहरूलाई धन्यवाद छ। म ती कुराहरूलाई भविष्यमा पक्कै पनि बदल्नेछु। यदि बद्लिनँ भने, दण्ड र श्राप मेरो टाउकोमा आइलागून्।” ख्रीष्टविरोधीले मानिसहरूको हृदय जाँचपडताल र नियन्त्रण गर्ने कुरा लुकेर सुन्नु र ढोकाबाट चियाएर हेर्नुमा मात्र सीमित हुँदैन। गम्भीर अवस्थाहरूमा, ऊसँग आवश्यक पर्दा प्रयोग गर्ने निर्णायक गोप्य स्रोतसाधन हुन्छ। कस्तो स्रोतसाधन? ऊ लोकतन्त्र र स्वतन्त्रता अभ्यास गर्छ, मानिसहरूलाई पर्याप्त वाक स्वतन्त्रता दिन्छ, उनीहरूलाई आफ्ना राय र गहनतम विचारहरू व्यक्त गर्ने पूर्ण स्वतन्त्रता दिन्छ, मानिसहरूलाई आफ्ना गहनतम भावनाहरू व्यक्त गर्न प्रोत्साहन गर्छ, चाहे ती गुनासा नै किन नहोऊन्। त्यसपछि, आफ्नोभन्दा फरक विचार भएका वा ऊबारे राय राख्नेहरूको कमजोरी च्यापेर उनीहरू सबैलाई एकैपटकमा हटाउँछ। ख्रीष्टविरोधीको शैली कस्तो लाग्यो? यो अत्यन्तै दुष्ट हो! के यो ठूलो रातो अजिङ्गरको शैलीसँग अलि मिल्दैन र? तिनीहरू मूलतः एउटै समूह हुन्, तिनीहरूको प्रकृति सार एउटै हुन्छ। ठूलो रातो अजिङ्गर यसै गरी कार्य गर्दैन र? ख्रीष्टविरोधीले कस्तो प्रदर्शन गर्छ भनी हेर्नु भनेको ठूलो रातो अजिङ्गरको कुरूप अनुहार हेर्नुजस्तै हो।

ख्रीष्टविरोधीहरू मिठा र सही शब्दहरू प्रयोग गरेर मानिसहरूलाई लोभ्याउन र आफूप्रति घनिष्ठ बनाउन माहिर हुन्छन्। मानिसहरूलाई जाँचपडताल गरेर उनीहरूलाई साँचो परिस्थितिहरू भन्न लगाएपछि, नतिजा के हुन्छ? के मानिसहरूले तिनीहरूलाई यी साँचो कुराहरू भनेकाले ख्रीष्टविरोधीहरूले पश्चात्ताप गर्नेछन्? के तिनीहरूले हार मान्ने, दुष्टता गर्न छोड्ने, आफ्नो शक्ति त्याग्ने, शक्तिप्रतिको आफ्नो कामना छोड्ने, र आफ्नो अधिकारक्षेत्र विघटन गर्ने काम गर्नेछन्? कहिल्यै गर्नेछैनन्। बरु, तिनीहरू झनै खराब हुनेछन्। तिनीहरूले मानिसहरूका हृदय नियन्त्रण गर्न आफूले सक्ने सबथोक गरेपछि, आफूसँग मिल्नेहरूलाई राख्छन् र नमिल्नेजति सबैलाई तह लगाउँछन्। यस्तै परिस्थितिहरूमा मण्डलीका कतिपय दाजुभाइ-दिदीबहिनी निकालिएका छन्, निष्कासित गरिएका छन्, वा उनीहरूका परमेश्‍वरका वचनका पुस्तकहरू जफत गरिएका छन् भन्ने कुरालाई हामीले नकार्न मिल्दैन। यी व्यक्तिहरू अन्यायमा परेका थिए। अन्यायमा परेका यी दाजुभाइ-दिदीबहिनीहरूले के गर्नुपर्छ? के कुनै ख्रीष्टविरोधी मण्डलीमा देखा परेर उनीहरूलाई यसरी सास्ती दिएका र विश्वास गर्न असम्भव तुल्याएका कारण उनीहरूले परमेश्‍वरमा विश्वास गर्न छाड्नुपर्छ? के उनीहरूले त्यसो गर्न मिल्छ? (अहँ, मिल्दैन।) के ख्रीष्टविरोधीहरू वा अन्धकार अथवा दुष्ट शक्तिहरूसामु सम्झौता गर्नु वा झुक्नु उचित हुन्छ? के तिमीहरूले रोज्नुपर्ने मार्ग त्यही हो? (अहँ, होइन।) त्यसोभए, तिमीहरूले कुन मार्ग रोज्नुपर्छ? (ख्रीष्टविरोधीहरूको खुलासा र रिपोर्ट गर्ने मार्ग।) मेरो कुरा सुन्, जब तैँले कुनै व्यक्ति ख्रीष्टविरोधी हो भनेर थाहा पाउँछस्, यदि उसको प्रभाव उल्लेखनीय छ, अनि धेरै अगुवा र कामदारहरूले उसको कुरा सुन्छन् र तेरो कुरा सुन्नेछैनन्, अनि यदि तैँले उसको खुलासा गरिस् र सम्भवतः तँलाई एक्ल्याइन वा निकालिन सक्छ, तब तैँले आफ्नो रणनीतिलाई ध्यानपूर्वक विचार गर्नैपर्छ। उसलाई एक्लै सामना नगर्; जित्ने सम्भावना कम छ। सुरुमा सत्यता बुझ्ने र सुझबुझ भएका केही मानिसलाई सम्पर्क गर्, अनि उनीहरूबाट सङ्गति खोज्। यदि तिमीहरू सहमतिमा पुग्यौ भने, सत्यता स्विकार्न र सहमतिमा आउन सक्ने थप दुई अगुवा वा कामदारसँग कुरा गर्। कैयौँ मानिसहरू सँगै काम गरेर, संयुक्त रूपले ख्रीष्टविरोधीलाई खुलासा गर र सम्हाल। यसरी, तिमीहरूलाई सफलता मिल्ने मौका हुन्छ। यदि ख्रीष्टविरोधीको प्रभाव ज्यादै ठूलो छ भने, तिमीहरू माथिलाई रिपोर्ट पत्र पनि लेख्न सक्छौ। यो सबैभन्दा उत्तम शैली हो। यदि केही अगुवा र कामदारले तिमीहरूलाई साँच्चै दबाउन खोज्छन् भने, तिमीहरू तिनीहरूलाई यसो भन्न सक्छौ, “यदि तिमीहरू हामीले गरेको खुलासा र रिपोर्ट स्विकार्दैनौ भने, हामी यस मामलालाई माथिकहाँ उठाउनेछौँ र उनीहरूलाई नै तिमीहरूलाई सम्हाल्न दिनेछौँ!” यसो गर्दा तिमीहरूलाई सफलता मिल्ने झन् बढी मौका हुन्छ, किनकि तिनीहरू तिमीहरूविरुद्ध जाने आँट गर्नेछैनन्। ख्रीष्टविरोधीहरूलाई सम्हाल्दा, तैँले यो भरपर्दो शैली अपनाउनैपर्छ—कहिल्यै एक्लै सामना नगर्। यदि तँसित केही अगुवा र कामदारहरूको साथ छैन भने, तेरा प्रयासहरू विफल भएरै छाड्छन्, तैँले रिपोर्ट पत्र लेखेर माथिलाई बुझाइस् भने मात्र तेरा प्रयासहरू सफल हुन्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै अन्तर्घाती र धूर्त हुन्छन्। यदि तँसित पर्याप्त प्रमाण छैन भने, तिनीहरूविरुद्ध नजा। तिनीहरूसँग तर्क वा वादविवाद गर्नु बेकार छ, प्रेम देखाउनु र तिनीहरूलाई परिवर्तन गर्न खोज्नु बेकार छ, अनि तिनीहरूसित सत्यताबारे सङ्गति गरेर काम लाग्नेवाला छैन; तैँले तिनीहरूलाई परिवर्तन गर्न सक्नेछैनस्। तैँले तिनीहरूलाई परिवर्तन गर्न नसक्ने परिस्थितिमा, तिनीहरूसित हृदयदेखि नै कुरा गर्नु, तिनीहरूसित तर्क गर्नु, र तिनीहरूलाई पश्चात्ताप गर्न पर्खनु तेरो सर्वोत्तम कार्यविधि हुँदैन। बरु, तिनीहरूलाई थाहा नदिई तिनीहरूको खुलासा र रिपोर्ट गर्, माथिलाई नै तिनीहरूलाई सम्हाल्न दे, अनि तिनीहरूको खुलासा गर्न, रिपोर्ट गर्न, र तिनीहरूलाई अस्वीकार गर्न अझ धेरै मानिसहरूलाई प्रोत्साहित गर्, ताकि अन्त्यमा तिनीहरू मण्डलीबाट जरैदेखि फालिऊन्। के यो राम्रो शैली होइन र? यदि तिनीहरूले तेरा भित्री सोचहरू बाहिर निकाल्ने, तेरो जाँचपडताल गर्ने, र तँसँग तिनीहरूबारे सुझबुझ छ कि छैन भनी हेर्ने उद्देश्य राखेमा, तैँले तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर पहिल्यै चिनिसकेको छस् भने तैँले के गर्नुपर्छ? (मैले तिनीहरूलाई साँचो कुरा भन्नु हुँदैन, बरु हालका लागि तिनीहरूकै कुरा पछ्याउनुपर्छ, तिनीहरूलाई मेरो खुट्ट्याइ पत्ता लगाउन दिनु हुँदैन, र त्यसपछि मैले गोप्य रूपमा तिनीहरूको खुलासा र रिपोर्ट गर्नुपर्छ।) यो तरिका कस्तो छ? (राम्रो।) तैँले दियाबलस र शैतानहरूका युक्तिहरू छर्लङ्गै देख्नैपर्छ र तिनीहरूका पासो वा जालमा पर्नबाट जोगिनैपर्छ। तैँले शैतान र दियाबलसहरूसँग व्यवहार गर्दा, बुद्धि प्रयोग गर्नैपर्छ, र तिनीहरूसित साँचो कुरा बोल्नैहुँदैन। किनभने तैँले परमेश्‍वर र सच्चा दाजुभाइ-दिदीबहिनीहरूसित मात्र साँचो कुरा बोल्न मिल्छ। तैँले शैतान, दियाबलस, वा ख्रीष्टविरोधीहरूसित कहिल्यै साँचो कुरा बोल्नु हुँदैन। तेरो हृदयको कुरा बुझ्न अनि तेरो हृदयमा सार्वभौमिकता राख्न र त्यसलाई छानबिन गर्न परमेश्‍वर मात्र योग्य हुनुहुन्छ। तेरो हृदयलाई नियन्त्रण गर्न वा छानबिन गर्न कोही पनि, विशेष गरी दियाबलस र शैतानहरू, योग्य हुँदैनन्। त्यसकारण, यदि दियाबलस र शैतानहरूले तँबाट सत्य निकाल्ने प्रयास गर्छन् भने, तँसित “नाइँ” भन्ने, त्यसको जबाफ दिन अस्वीकार गर्ने, र जानकारी नदिने अधिकार छ—यो तेरो अधिकार हो। यदि तँ “तँ दियाबलस, मबाट मेरा शब्दहरू फुत्काउन चाहन्छस्, तर म तँलाई साँचो कुरा भन्नेछैनँ, म तँलाई बताउनेछैनँ। म तेरो रिपोर्ट गर्नेछु—तैँले मलाई के गर्न सक्छस्? यदि तैँले मलाई यातना दिने आँट गरिस् भने म तेरो रिपोर्ट गर्नेछु; यदि तैँले मलाई यातना दिइस् भने, परमेश्‍वरले तँलाई श्राप र दण्ड दिनुहुनेछ!” भनिस् भने, के यसले काम गर्छ? (अहँ, गर्दैन।) बाइबल भन्छ: “यसैले तिमीहरू सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ हानिरहित होओ” (मत्ती १०:१६)। यस्ता परिस्थितिमा, तँ सर्पझैँ चतुर हुनैपर्छ; तँ बुद्धिमान् हुनुपर्छ। हाम्रा हृदय परमेश्‍वरले मात्र छानबिन गर्न र स्वामित्वमा राख्न योग्य छन्, र ती उहाँलाई मात्र दिनुपर्छ। हाम्रा हृदयको योग्य परमेश्‍वर मात्र हुनुहुन्छ, शैतान र दियाबलसहरू योग्य छैनन्! त्यसकारण, के ख्रीष्टविरोधीहरूलाई हाम्रो हृदयमा के छ वा हामी के सोचिरहेका छौँ भनेर जान्ने अधिकार छ? तिनीहरूलाई त्यो अधिकार छैन। तिनीहरूले तँबाट सत्य फुत्काउने र तेरो जाँचपडताल गर्ने प्रयास गर्नुको उद्देश्य के हो? तिनीहरूको उद्देश्य तँलाई नियन्त्रण गर्नु हो; तैँले यो कुरा प्रस्ट रूपमा बुझ्नैपर्छ। त्यसैले, तिनीहरूलाई साँचो कुरा नभन्। तैँले तिनीहरूलाई खुलासा र अस्वीकार गर्न, पदबाट झार्न, र कहिल्यै सफल हुन नदिनका लागि अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई एकजुट गर्ने उपायहरू खोज्नैपर्छ। तिनीहरूलाई मण्डलीबाट जरैदेखि उखेलेर फाल्, परमेश्‍वरको घरमा फेरि बाधा पुऱ्याउने र शक्ति चलाउने कुनै पनि मौका नदे।

ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय जाँचपडताल गर्नु र नियन्त्रण गर्नु साँचो वास्तविकता हो। ख्रीष्टविरोधीहरूको सार मूल्याङ्कन गर्दा, के प्रस्ट हुन्छ भने यस्ता गतिविधिहरूमा संलग्न हुनु तिनीहरूका लागि स्वाभाविक कुरा हो, र यो निकै आम हो। विभिन्न मण्डलीमा, ख्रीष्टविरोधीहरू प्रायजसो आफ्ना विश्वासपात्रहरूलाई दाजुभाइ-दिदीबहिनीहरूमाझ घुसपैठ गर्न, हालखबर जाँचपडताल गर्न, र भित्री जानकारी बटुल्न पठाउँछन्। कहिलेकाहीँ, तिनीहरूले सङ्कलन गर्ने जानकारी स-साना घरायसी मामला वा मानिसहरूबीचका सामान्य कुराकानीसँग सम्बन्धित हुन्छ, जुन बिलकुलै महत्त्वपूर्ण हुँदैनन्। तर, ख्रीष्टविरोधीहरू सधैँ यी मामलाहरूबारे सधैँ बखेडा खडा गर्छन्, अनि मानिसहरूका विचार र रायमा आउने परिवर्तनहरू तुरुन्तै बुझ्न यी मामलाहरूलाई सोच र दृष्टिकोणका उचाइमा समेत पुऱ्याउँछन्। यसको उद्देश्य तिनीहरूले परिस्थितिहरू र हरव्यक्तिको परिस्थितिलाई सहजै नियन्त्रण गर्न, प्रत्येकलाई तुरुन्तै प्रतिक्रिया दिन सक्नका लागि हो। ख्रीष्टविरोधीहरू शक्ति र हैसियतका सम्बन्धमा आफ्ना कार्यहरूमा अत्यन्तै निर्दिष्ट हुन्छन्। कुन हदसम्म निर्दिष्ट हुन्छन्? तिनीहरूले मामलाहरू कसरी सम्हाल्छन् भन्नेबारे हरव्यक्तिको दृष्टिकोण, साथै भौतिक वस्तु, पैसा, हैसियत, परमेश्‍वरप्रतिको विश्वास, कर्तव्य पूर्ति, र जागिर परित्याग सम्बन्धी तिनीहरूका दृष्टिकोणका सन्दर्भमा भन्नुपर्दा—तिनीहरू यो सबै कुरा आफ्नै हातका हत्केला झैँ गरी छर्लङ्ग जान्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले यो कुरा आफ्नै हातका हत्केला झैँ छर्लङ्ग जानेपछि, तिनीहरू मानिसहरूलाई आपूर्ति गर्न, मानिसहरूका गलत दृष्टिकोण बदल्न, वा समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्दैनन्। बरु, तिनीहरू आफ्नै हैसियत, शक्ति र अधिकारक्षेत्रलाई सेवा पुऱ्याउन यो ज्ञान प्रयोग गर्छन्। ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय जाँचपडताल गर्नु र नियन्त्रण गर्नुको उद्देश्य यही हो। ख्रीष्टविरोधीहरूलाई आफूले गर्ने सबथोक अर्थपूर्ण र मूल्यवान् लाग्छ, तर यी सबै तथाकथित अर्थपूर्ण र मूल्यवान् कुरालाई नै परमेश्‍वर ठ्याक्कै निन्दा गर्नुहुन्छ। तिनीहरूले प्रस्ट रूपमा परमेश्‍वरलाई धोका दिन्छन् र उहाँसँग तिनीहरूको शत्रुता हुन्छ।

नोभेम्बर ७, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्