विषयवस्तु चौध: तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन् (खण्ड एक)
हामीले यसअघिको भेलामा ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्नेबाहेक, मण्डलीका आर्थिक कुरालाई पनि नियन्त्रण गर्छन् भन्ने तथ्यबारे सङ्गति गऱ्यौँ। हामीले सङ्गति गरेका मुख्य बुँदाहरू के-के थिए? (हामीले दुई मुख्य बुँदाबारे सङ्गति गऱ्यौँ: पहिलो बुँदा, मण्डलीको सम्पत्ति स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनु भन्ने थियो, जबकि दोस्रो बुँदा भेटीहरू फजुलमा उडाउने, दुरुपयोग गर्ने, सापट दिने, जालसाजीपूर्वक प्रयोग गर्ने, र चोर्ने भन्ने थियो।) हामीले यी दुई मुख्य बुँदाबारे सङ्गति गऱ्यौँ। आज हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको चौधौँ विषयवस्तुबारे सङ्गति गर्नेछौँ: तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन्। यो विषयवस्तुमा हामी ख्रीष्टविरोधीहरूसँग ख्रीष्टविरोधीको सार भएको पुष्टि गर्ने के-कस्ता प्रकटीकरणहरू हुन्छन् भनी हेरौँ। तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन्: यसो हेर्दा, यी दुई पदावली—“परमेश्वरको घर” र “व्यक्तिगत अधिकारक्षेत्र”—ले दुष्ट ख्रीष्टविरोधीहरूले के गर्न सक्छन् भन्ने कुराको कुनै सङ्केत दिँदैनन्। “ख्रीष्टविरोधीहरू परमेश्वरको घरलाई आफ्नै घरका रूपमा लिन्छन्” भनेर भन्दा यसले यो “घर” ले केलाई जनाइरहेको छ, यो सकारात्मक कुरा हो कि नकारात्मक, यसलाई तारिफका रूपमा प्रयोग गरिँदै छ कि निन्दा गर्ने हिसाबले भन्ने कुराको कुनै बाहिरी सङ्केत दिँदैन। तर के “घर” को ठाउँमा “व्यक्तिगत अधिकारक्षेत्र” राख्दा त्यसले केही समस्या छन् भन्ने जनाउँछ? सर्वप्रथम, “व्यक्तिगत अधिकारक्षेत्र” ले हामीलाई के बताउँछ? (ख्रीष्टविरोधीहरू अन्तिम निर्णय आफै गर्न चाहन्छन्।) अरू के बताउँछ? (तिनीहरू परमेश्वरको घरलाई आफ्नो प्रभावक्षेत्रका रूपमा लिन्छन्, अनि आफ्ना विश्वासपात्र र आफ्नो घरपरिवारका मानिसहरूलाई संवर्धन गर्छन्, र त्यसपछि मण्डलीमाथि नियन्त्रण जमाउँछन्।) यो पनि ख्रीष्टविरोधीहरूको एउटा प्रकटीकरण हो। अरू केही छ? के यो वाक्यांशको सतही अर्थले यो ख्रीष्टविरोधीहरूको प्रभावक्षेत्र, ख्रीष्टविरोधीहरूले शक्ति प्रयोग गर्ने र प्रभुत्व जमाउने ठाउँ, सबथोक ख्रीष्टविरोधीहरूले नियन्त्रण गर्ने, एकाधिकार लाद्ने, र मुठीमा राख्ने ठाउँ, ख्रीष्टविरोधीहरूले हैकम जमाउने ठाउँ हो भन्ने जनाउँछ? (जनाउँछ।) हामी यस वाक्यांशमा यस्तो अर्थ पढ्न सक्छौं; किनभने हामीले यसअघि ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे छलफल गर्दा, ख्रीष्टविरोधीहरूको सार चिरफार र खुलासा गर्नेबारे धेरै सङ्गति गरेका थियौँ। यीमध्ये मुख्य प्रकटीकरण भनेको ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण र शक्ति प्रयोग गर्नु हो—यद्यपि अवश्य नै अन्य विभिन्न प्रकटीकरणहरू पनि छन्।
अब हामीले ख्रीष्टविरोधीहरूले “व्यक्तिगत अधिकारक्षेत्र” अभ्यास गर्नुको सामान्य अर्थबारे सङ्गति गरिसकेकाले, “परमेश्वरको घर” ले ठ्याक्कै के अर्थ दिन्छ भन्नेबारे सङ्गति गरौँ। के तिमीहरूसँग परमेश्वरको घर भनेको के हो भन्ने कुनै अवधारणा छ—के तिमीहरू यसको सही परिभाषा दिन सक्छौ? सँगै भेला भएका दाजुभाइ-दिदीबहिनीहरूको समूह—के परमेश्वरको घर भनेको यही हो? के ख्रीष्ट र परमेश्वरलाई पछ्याउने मानिसहरूको भेला वा सभालाई नै परमेश्वरको घर मानिन्छ? के मण्डली अगुवा, डिकन र विभिन्न समूह अगुवाहरू समेत संलग्न भेलालाई परमेश्वरको घर मानिन्छ? (मानिँदैन।) परमेश्वरको घर भनेको केचाहिँ हो त? (ख्रीष्टले शासन गर्ने मण्डली मात्र परमेश्वरको घर हो।) (परमेश्वरका वचनहरूलाई आफ्ना अभ्यासका सिद्धान्तका रूपमा लिने मानिसहरूको भेलालाई मात्र परमेश्वरको घर मानिन्छ।) के यी दुई परिभाषा सही छन्? तिमीहरूले त्यो व्याख्या गर्न सक्दैनौ। तिमीहरूले सबै प्रवचन सुनेपछि पनि, यस्तो सरल परिभाषा दिन सक्दैनौ। तिमीहरूलाई यी आत्मिक पदावली र शब्दावलीलाई गम्भीरतापूर्वक लिने र तिनलाई दिनुपर्ने ध्यान दिने बानी परेको छैन भन्ने कुरा प्रस्ट छ। तिमीहरू कस्तो लापरवाह! त्यसैले सोचविचार गर: परमेश्वरको घर भनेको ठ्याक्कै के हो त? यदि यसलाई सैद्धान्तिक रूपमा परिभाषित गर्ने हो भने, परमेश्वरको घर सत्यताले शासन गर्ने ठाउँ हो, परमेश्वरका वचनहरूलाई आफ्नो अभ्यासका सिद्धान्तहरूका रूपमा लिने मानिसहरूको जनभेला हो। यो अवस्थामा, ख्रीष्टविरोधीहरूले परमेश्वरको घरलाई आफ्नो व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिनु एउटा समस्या हो; परमेश्वरलाई पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूको भेलालाई तिनीहरूले आफ्नो व्यक्तिगत प्रभावक्षेत्र, आफूले शक्ति प्रयोग गर्ने ठाउँ र आफूले शक्ति प्रयोग गर्ने निसानाका रूपमा लिइरहेका हुन्छन्। परमेश्वरको घरलाई आफ्नो व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिने ख्रीष्टविरोधीहरूबाट खुट्ट्याउन सकिने शाब्दिक अर्थ यही हो। तिमीले त्यसलाई जुनसुकै कोणबाट व्याख्या गऱ्यौ वा हेऱ्यौ भने पनि, ख्रीष्टविरोधीहरूले परमेश्वरको घरलाई आफ्नो व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिनुले मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न अनि पूर्ण शक्ति हातमा लिन खोज्ने तिनीहरूको प्रकृति सारलाई देखाउँछ। परमेश्वरको घर त्यो ठाउँ हो जहाँ परमेश्वर काम गर्नुहुन्छ र बोल्नुहुन्छ, जहाँ परमेश्वर मानिसहरूलाई मुक्ति दिनुहुन्छ, जहाँ परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरको काम अनुभव गर्छन्, शुद्ध पारिन्छन्, र मुक्ति प्राप्त गर्छन्, जहाँ परमेश्वरका इच्छा र अभिप्रायहरूलाई कुनै अवरोधविना अघि बढाउन सकिन्छ, र जहाँ परमेश्वरको व्यवस्थापनको योजना कार्यान्वयन र पूरा गर्न सकिन्छ। समग्रमा, परमेश्वरको घर त्यो स्थान हो जहाँ परमेश्वरको शासन चल्छ, जहाँ परमेश्वरका वचनहरू र सत्यताले शासन गर्छन्; यो कुनै पनि व्यक्तिले आफ्ना चाहना र भव्य योजनाहरू हासिल गर्नका लागि आफ्नो शक्ति प्रयोग गर्ने र आफ्नै उद्यम चलाउने ठाउँ होइन। तर, ख्रीष्टविरोधीहरूले गर्ने कुरा ठ्याक्कै परमेश्वरको चाहनाविपरीत हुन जान्छ: तिनीहरू परमेश्वर के गर्न चाहनुहुन्छ भन्नेतिर ध्यान दिँदैनन् र त्यसलाई बेवास्ता गर्छन्, तिनीहरू परमेश्वरका वचनहरू मानिसहरूमाझ साकार गरिन्छन् कि गरिँदैनन् भनेर वास्ता गर्दैनन्, न त परमेश्वरका वचन र सत्यता सिद्धान्तहरू मानिसहरूमाझ बुझ्न, अभ्यास गर्न र अनुभव गर्न सकिन्छ कि सकिँदैन भनेर नै वास्ता गर्छन्; तिनीहरू आफूसँग हैसियत, शक्ति, अन्तिम निर्णय गर्ने शक्ति छ कि छैन; आफ्ना अभिप्राय, विचार, र कामनाहरू मानिसहरूमाझ पूरा गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे मात्र चासो देखाउँछन्। यसको मतलब, तिनीहरूको प्रभावक्षेत्रभित्र कति जना मानिसले तिनीहरूका कुरा सुन्छन् र पालन गर्छन्, तिनीहरूको कस्तो छवि, प्रतिष्ठा, र अख्तियार छ—तिनीहरूले व्यवस्थापन गर्न प्रयास गर्ने मुख्य कुरा ठ्याक्कै यिनै हुन्, र तिनीहरूले हृदयमा सबैभन्दा बढी ख्याल गर्ने कुरा यिनै हुन्। परमेश्वर मानिसमाझ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसहरूलाई मुक्ति दिनुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र आपूर्ति गर्नुहुन्छ, उहाँ तिनीहरूलाई चरणबद्ध रूपमा उहाँसामु आउन, उहाँका अभिप्रायहरू बुझ्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, र बिस्तारै परमेश्वरप्रतिको समर्पण हासिल गर्न मार्गदर्शन गर्नुहुन्छ। ख्रीष्टविरोधीहरूले गर्ने सबथोक ठ्याक्कै यसविपरीत हुन्छ। परमेश्वर मानिसहरूलाई उहाँसामु आउन डोर्याउनुहुन्छ, तैपनि ख्रीष्टविरोधीहरू यी मानिसहरूका लागि परमेश्वरसित होड गर्छन् र तिनीहरूलाई आफूसामु ल्याउने कोसिस गर्छन्। परमेश्वर मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न, परमेश्वरका अभिप्रायहरू बुझ्न, र कदम-कदम गरेर परमेश्वरको प्रभुत्वमा समर्पित हुन मार्गदर्शन गर्नुहुन्छ; ख्रीष्टविरोधीहरू मानिसहरूलाई कदम-कदम गरेर नियन्त्रण गर्ने, तिनीहरूका चाल बुझ्ने, र तिनीहरूलाई दृढ रूपमा आफ्नै शक्तिको अधीनमा ल्याउने कोसिस गर्छन्। समग्रमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू सबै कुरा परमेश्वरका अनुयायीहरूलाई आफ्ना अनुयायीमा परिणत गर्नका लागि गर्छन्; तिनीहरूले सत्यता नपछ्याउने ती अलमल्ल मानिसहरूको मन जितेपछि, तिनीहरूको शक्तिको अधीनमा ल्याउन परमेश्वरलाई पछ्याउन र बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्न सक्नेहरूको मन जित्न एक कदम अगाडि बढेर भएभरको उपाय लगाउँछन्, मण्डलीभित्रका सबैलाई आफ्नो कुरा सुन्न लगाउँछन्, र उनीहरूलाई ख्रीष्टविरोधीहरूका चाहनाहरूअनुसार जिउन, कार्य गर्न, आचरण देखाउन, र सबथोक गर्न लगाउँछन्, ताकि अन्ततः उनीहरूले ख्रीष्टविरोधीहरूले भन्ने सबथोक पालन गरून्, तिनीहरूका चाहनाहरू पालन गरून्, र तिनीहरूका मागहरू पालन गरून्। भन्नुको मतलब, परमेश्वर जे गर्ने चाहना राख्नुहुन्छ, परमेश्वर जे प्रभाव हासिल गर्न चाहनुहुन्छ, ख्रीष्टविरोधीहरू पनि त्यही नतिजा हासिल गर्न चाहन्छन्। तिनीहरूले हासिल गर्न चाहने नतिजा मानिसहरूलाई परमेश्वरसामु आउन र परमेश्वरको आराधना गर्न लगाउनु होइन, बरु तिनीहरूसामु आउन, र तिनीहरूको आराधना गर्न लगाउनु हो। समग्रमा, ख्रीष्टविरोधीहरूले शक्ति प्राप्त गरिसकेपछि, आफ्नो प्रभावक्षेत्रभित्रको हरव्यक्ति र हरेक कामकुरालाई नियन्त्रण गर्ने प्रयास गर्छन्, तिनीहरू आफूले नियन्त्रण गर्न सक्ने क्षेत्रलाई नियन्त्रण गर्ने प्रयास गर्छन्, तिनीहरू मण्डलीलाई, परमेश्वरको घरलाई, र परमेश्वरलाई पछ्याउनेहरूलाई आफ्नो शक्ति प्रयोग गर्ने र आफूले शासन गर्न सक्ने क्षेत्र बनाउँछन्। त्यसो भन्नुको मतलब, परमेश्वर मानिसहरूलाई उहाँसामु डोऱ्याउनुहुन्छ, जबकि, ख्रीष्टविरोधीहरूचाहिँ मानिसहरूलाई बहकाउँछन् र ती मानिसहरूलाई आफूसामु डोऱ्याउँछन्। ख्रीष्टविरोधीहरूले यी सबै गर्नुको उद्देश्य भनेको परमेश्वरका अनुयायीहरूलाई आफ्ना अनुयायी बनाउनु, परमेश्वरको घर र मण्डलीलाई आफ्नो घरमा परिणत गर्नु हो। ख्रीष्टविरोधीहरूसँग यी उत्प्रेरणा र सार हुने भएकाले, तिनीहरूसँग कस्ता विशिष्ट प्रकटीकरण र व्यवहारहरू हुन्छन् जसले यी ख्रीष्टविरोधीहरू ख्रीष्टविरोधी हुन्, तिनीहरू परमेश्वरका शत्रु हुन्, तिनीहरू परमेश्वर र सत्यताप्रति शत्रुवत् पिशाच र शैतान हुन् भन्ने देखाउँछन्? यसपछि, हामी ख्रीष्टविरोधीहरूसँग तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन् भनेर पुष्टि गर्ने कस्ता विशिष्ट प्रकटीकरण र शैलीहरू छन् भनी ठोस रूपमा चिरफार गर्नेछौँ।
अ. ख्रीष्टविरोधीहरू शक्तिमा एकाधिकार जमाउँछन्
ख्रीष्टविरोधीहरू कसरी परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन् भन्ने कुराको पहिलो प्रकटीकरणबारे हामीले बारम्बार सङ्गति गरेका छौँ, र यो ख्रीष्टविरोधीहरूमा मात्र हुने सारभूत प्रकटीकरण हो: ख्रीष्टविरोधीहरू अरू कुनै पनि कुराभन्दा बढी हैसियतलाई प्रेम गर्छन्। तिनीहरू किन हैसियतलाई सबैभन्दा बढी प्रेम गर्छन्? हैसियतले के जनाउँछ? (शक्ति।) ठिक भनिस्—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हैसियत छ भने मात्र तिनीहरूसँग शक्ति हुन सक्छ, र शक्ति छ भने मात्र तिनीहरूले सजिलै कामकुरा गर्न सक्छन्; शक्ति छ भने मात्र तिनीहरूका विभिन्न कामना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरू पूरा हुने र वास्तविकता बन्ने आशा हुन्छ। त्यसैले, ख्रीष्टविरोधीहरू अत्यन्तै धूर्त हुन्छन्, यस्ता मामलाहरूमा तिनीहरूको दृष्टिकोण स्पष्ट हुन्छ; यदि तिनीहरूले परमेश्वरको घरलाई आफ्नो व्यक्तिगत अधिकारक्षेत्र बनाउनु छ भने सुरुमा शक्तिमा एकाधिकार जमाउनैपर्छ। यो एउटा सुस्पष्ट प्रकटीकरण हो। तिमीहरूले सामना गरेका, सुनेका, वा आफ्नै आँखाले देखेका ख्रीष्टविरोधीहरूमध्ये, कुनचाहिँले शक्तिमा एकाधिकार जमाउन खोज्दैनथ्यो र? तिनीहरूले जुनसुकै माध्यम प्रयोग गरे पनि, चाहे त्यो चिप्ले भएर वा धुर्त्याइँ गरेर होस्, वा बाह्य रूपमा भलादमी र स्थिर भएर होस्, वा अझ द्वेषपूर्ण र अत्यन्तै नीच माध्यमहरू प्रयोग गरेर होस्, वा हिंसामार्फत होस्, ख्रीष्टविरोधीहरूको एउटै मात्र उद्देश्य हुन्छ: हैसियत हात पार्नु र त्यसपछि शक्ति प्रयोग गर्नु। यसर्थ, मैले सङ्गति गर्न चाहेको पहिलो कुरा भनेको ख्रीष्टविरोधीहरू सबैभन्दा पहिला, शक्तिमा एकाधिकार जमाउने कोसिस गर्छन् भन्ने हो। शक्तिप्रतिको ख्रीष्टविरोधीहरूको कामना सामान्य मानिसहरूकोभन्दा अत्यन्तै बढी हुन्छ; त्यो भ्रष्ट स्वभाव भएका साधारण मानिसहरूको चाहनाभन्दा अत्यन्तै बढी हुन्छ। भ्रष्ट स्वभाव भएका साधारण मानिसहरू आफूलाई अरूले उच्च मानून्, आफूबारे अरूले असल राय राखून् भन्ने मात्र चाहन्छन्; तिनीहरू कुराकानीमा आफू हाबी हुन रुचाउँछन्, तर शक्ति र मानिसहरूको आराधना नपाउँदा तिनीहरूलाई त्यति धेरै पीडा हुँदैन; तिनीहरू आफूसँग त्यो कुरा भए पनि वा नभए पनि जीवन चलाउन सक्छन्; तिनीहरूमा शक्तिप्रतिको केही मोह र अभीप्सा हुन्छ, तर त्यो ख्रीष्टविरोधीहरूमा भएजतिको हदमा हुँदैन। त्यो हद कति हो त? शक्ति नभएमा, खीष्टविरोधीहरू निरन्तर चिन्तित हुन्छन्, तिनीहरूले शान्ति पाउन सक्दैनन्, राम्ररी खान र सुत्न नसकेर कष्ट भोग्छन्, तिनीहरूलाई हरदिन पट्यारलाग्दो र बेचैनीपूर्ण लाग्छ, र हृदयमा, आफूले कुनै कुरा हासिल गर्न नसकिरहेको, र केही कुरा गुमाएको जस्तो पनि महसुस हुन्छ। साधारण भ्रष्ट मानिसहरूचाहिँ शक्ति पाउनमा खुसी हुन्छन्, तर शक्ति नहुँदा ज्यादै खिन्न हुँदैनन्; तिनीहरू अलि निराश महसुस गर्लान्, तर साधारण व्यक्ति हुनमा सन्तुष्ट पनि हुन्छन्। यदि ख्रीष्टविरोधीहरू साधारण बन्नुपऱ्यो भने, तिनीहरू बाँच्नै सक्दैनन्, तिनीहरू जीवन चलाउनै सक्दैनन्, तिनीहरूलाई आफूले जीवन दिशा र उद्देश्य गुमाएझैँ हुन्छ, अगाडिको मार्ग अर्थात् जीवनमा अघि बढिरहन नै जान्दैनन्। तिनीहरूलाई हैसियत भए मात्र आफ्नो जीवन ज्योतिले भरिएको हुन्छ, हैसियत र शक्ति भए मात्र जीवन सानदार, शान्तिपूर्ण र आनन्दित हुन्छ भन्ने लाग्छ। के यो सामान्य मानिसहरूभन्दा फरक होइन र? ख्रीष्टविरोधीहरू हैसियत पाइसकेपछि, असामान्य रूपले उत्साहित बन्छन्। यो देखेर अरूले यसो सोच्छन्: किन तिनीहरू पहिलेभन्दा फरक छन्? किन तिनीहरू यति प्रफुल्ल र प्रसन्न छन्? किन तिनीहरू यति खुसी छन्? सोधेपछि थाहा हुन्छ, यो त तिनीहरूसँग हैसियत भएकाले; तिनीहरूसँग शक्ति भएकाले; तिनीहरूसँग अन्तिम निर्णय गर्ने शक्ति हुने भएकाले; तिनीहरूले मानिसहरूमाथि हुकुम चलाउन सक्ने भएकाले; तिनीहरूले शक्ति प्रयोग गर्न सक्ने भएकाले; तिनीहरूसँग प्रतिष्ठा भएकाले; र तिनीहरूसित अनुयायीहरू भएकाले हो रहेछ। ख्रीष्टविरोधीहरूसँग हैसियत र शक्ति हुँदा, तिनीहरूको मानसिक दृष्टिकोणमा केही कुरा परिवर्तन हुन्छ।
ख्रीष्टविरोधीहरूको शक्तिको कामनाले तिनीहरूको सार साधारण होइन, त्यो साधारण भ्रष्ट स्वभाव होइन भन्ने सङ्केत गर्छ। र त्यसैले, आफू जोसुकैमाझ भए पनि, ख्रीष्टविरोधीहरूले अरूभन्दा पृथक् देखिने उपाय खोज्ने, देखावट गर्ने, आफ्नो प्रचार-प्रसार गर्ने, सबैलाई आफ्ना गुण र सद्गुणहरू देख्ने तुल्याउने र आफूप्रति सबैलाई ध्यान दिन लगाउने, र मण्डलीमा आफ्ना लागि कुनै न कुनै ओहोदा सुरक्षित गर्न सकेजति गर्नेछन्। मण्डलीमा निर्वाचन हुँदा, ख्रीष्टविरोधीहरूलाई आफ्नो अवसर आएको आभास हुन्छ: आफ्नो प्रचार-प्रसार गर्ने, आफ्ना चाहनाहरूलाई वास्तविकता बनाउने, र आफ्ना कामनाहरू पूरा गर्ने मौका आएको आभास हुन्छ। तिनीहरू अगुवा चयन हुन आफूले गर्नसक्ने सबथोक गर्छन्, र शक्ति प्राप्त भएमा कामकुरा फत्ते गर्न सजिलो हुनेछ भन्ने विश्वास गर्दै शक्ति प्राप्त गर्न सकेजति सबै गर्छन्। अनि, यो किन सजिलो हुनेछ? ख्रीष्टविरोधीहरूसँग शक्ति नभएको बेला, तिनीहरूको बाहिरी रूपबाट तिनीहरूका महत्त्वाकाङ्क्षा, कामना र सार थाहा पाउन नसकिने हुन सक्छ, किनकि तैँले छर्लङ्ग देख्न नसक् भनेर तिनीहरूले कुराहरू लुकाउँछन्, र ढोँग गर्छन्। तर तिनीहरूले हैसियत र शक्ति प्राप्त गरेपछि सर्वप्रथम के गर्छन्? तिनीहरूले आफ्नो हैसियत सुदृढ पार्ने, र आफ्नो शक्ति फैलाउने र बलियोगरी पक्रने मेहनत गर्छन्। अनि, तिनीहरूले आफ्नो शक्ति बलियोगरी पक्रन र आफ्नो हैसियत सुदृढ पार्न कस्ता विधिहरू प्रयोग गर्छन्? ख्रीष्टविरोधीहरूसँग धेरै माध्यम हुन्छन्; तिनीहरूले यस्तो अवसर गुमाउनेथिएनन्, तिनीहरू शक्ति आफ्नो हातमा पारिसकेपछि केही नगरी बस्नेथिएनन्। तिनीहरूका निम्ति, यस्तो अवसर आउनु भनेको ठूलो खुसीको समय हो—साथै तिनीहरूले आफ्नो धुर्त्याइँ चलाउने, र आफ्ना क्षमता पूर्ण रूपमा प्रयोग गर्ने समय हो। कुनै ख्रीष्टविरोधी निर्वाचित भएपछि, उसले पहिला उसका परिवार र आफन्तहरूलाई केलाउँछ, ऊसँग कसको नजिकको नाता छ, ऊसित कसले चेपारो घस्छ, ऊसँग कोचाहिँ निकट छ, र ऊसित को मिल्छ र कसको विचार मिल्छ भनी जाँच्छ। उसले को सोझो छ, कसले उसको पक्ष लिनेछैन, यदि उसले परमेश्वरको घरका नियम र सिद्धान्तविपरीत कुनै काम गरेमा कसले उसका बारेमा रिपोर्ट गर्छ भनेर पनि जाँच्छ—उसले यिनीहरूलाई नै निकालेर फाल्नेछ। तिनीहरूलाई केलाएपछि, ऊ सोच्छ: “मसित मेरा अधिकांश आफन्तहरूको राम्रो सम्बन्ध छ, हाम्रो ठ्याक मिल्छ, हाम्रो विचार मिल्छ; यदि तिनीहरू मेरा अधीनस्थ बने र मैले तिनीहरूलाई प्रयोग गर्न सकेँ भने, के मेरो प्रभाव बढ्नेछैन र? अनि के यसले मण्डलीभित्र मेरो हैसियतलाई स्थिर पार्नेछैन र? ‘आफन्तहरूलाई बेवास्ता नगरी सक्षमहरूलाई अघि बढाउनुपर्छ’ भन्ने भनाइ नै छ। गैरविश्वासी अधिकारीहरू सबैजना सहयोगका लागि आफ्ना नजिकका साथीभाइ र विश्वासपात्रहरूमा भर पर्नुपर्छ—अब म एक अधिकारी भएकाले, मैले पनि त्यही गर्नैपर्छ, यो राम्रो विचार हो। सुरुमा, मैले आफ्ना आफन्तहरूलाई अघि बढाउनैपर्छ। मेरा श्रीमती र छोराछोरीबारे त भन्नै परेन; पहिलो कुरा त म तिनीहरूका लागि केही पदहरू प्रबन्ध गर्नेछु। मेरी श्रीमतीले के गर्नेछे? मण्डलीमा भेटीको हेरचाह गर्नु अत्यावश्यक र महत्त्वपूर्ण भूमिका हो—आर्थिक शक्ति हाम्रै हातमा हुनुपर्छ, तबमात्र मैले स्वतन्त्र रूपमा र सजिलै पैसा खर्च गर्न सक्नेछु। यो पैसा बाहिरी व्यक्तिका हातमा राख्नु हुँदैन; यदि राखियो भने, त्यो आखिर उसैको हुनेछ, अनि खर्चको निगरानी र नियन्त्रण गरिनेछ, जुन सहज हुँदैन। के अहिले हिसाबकिताब सम्हाल्ने व्यक्ति मेरो पक्षमा छ? बाहिरबाट त ऊ ठिकै देखिन्छ, तर भित्र उसले के सोचिरहेको छ भन्ने कसलाई के थाहा। होइन, मैले उसलाई प्रतिस्थापित गरेर मेरी श्रीमतीलाई हिसाबकिताब राख्न दिन कुनै उपाय त सोच्नैपर्छ।” त्यो ख्रीष्टविरोधीले त्यसबारे श्रीमतीसँग छलफल गर्छ, र उसले यसो भन्छे, “यो त गजबको कुरा हो! अब तपाईं मण्डलीको अगुवा हुनुहुन्छ, मण्डलीका भेटीहरूमा अन्तिम निर्णय गर्ने अधिकार तपाईंकै हुन्छ, होइन र? भेटीको रेखदेख कसले गर्छ भनेर निर्णय तपाईँ नै गर्नुहोस्।” ख्रीष्टविरोधीले यसो भन्छ: “तर अहिले, हाल हिसाबकिताब राख्ने व्यक्तिलाई हटाउन कुनै राम्रो उपाय नै छैन।” उसकी श्रीमतीले त्यसबारे एकछिन सोच्छे र भन्छे: “ए त्यसो गर्न त सजिलो हुनेछैन र? भनिदिनुस् न, उसले त्यो काम गरेको धेरै समय भयो। त्यो खराब कुरा हो; खराब कर्जा, अव्यवस्थित खाता, वा नाजायज फाइदा उठाउने घटनाहरू हुन सक्छन्। कसैलाई लामो समयदेखि कुनै कुरा सुम्पिएको छ भने सजिलै गल्तीहरू हुन्छन्; समय बित्दै जाँदा, उसले आफूसँग पुँजी भएको महसुस गर्छ, र अरू मानिसको कुरा सुन्न छोड्छ। अझ बढी त, हिसाबकिताब हेर्ने व्यक्ति निकै बुढो भएको छ, ऊ सजिलै अलमल्ल पर्छ र बारम्बार कुराहरू बिर्सिन्छ। यदि कहिल्यै कुनै चुक भएमा त्यसले घाटा निम्त्याउनेछ। यो यस्तो महत्त्वपूर्ण भूमिका हो—उसलाई प्रतिस्थापित गर्नुपर्छ।” उसलाई प्रतिस्थापित गर्नुपर्छ भनेर कसले भन्नुपर्छ? यस व्यक्तिलाई प्रतिस्थापित गर्ने कुरा मण्डली अगुवाका रूपमा उसको मुखबाट आउनु हुँदैन; ख्रीष्टविरोधीकी श्रीमतीलाई राख्ने सुझाव दिन दाजुभाइ-दिदीबहिनीहरूलाई नै लगाउनुपर्छ। उसकी श्रीमतीले आफ्नो प्रस्ताव राखेपछि, मण्डलीका भेटीहरू उसलाई सुम्पिइन्छ। तर मण्डलीको सिद्धान्तअनुसार, भेटीको सुरक्षा एउटा व्यक्तिले मात्र गर्न मिल्दैन, दुई-तीन जनाले संयुक्त रूपमा गर्नुपर्छ, जसले गर्दा कुनै एउटा व्यक्तिले नियमको कमजोरीको फाइदा उठाउन र परमेश्वरको घरको रुपियाँ-पैसा हिनामिना गर्नबाट जोगिन सहयोग मिल्छ। त्यसैले ख्रीष्टविरोधीले आफ्नो नातेदार लामो समयदेखि परमेश्वरकी विश्वासी हो, उसले धेरै भेटी चढाएकी छे, उसको प्रतिष्ठा राम्रो छ, र उसलाई भरोसा गर्न सकिन्छ भन्दै भेटीको सुरक्षामा आबद्ध हुन सिफारिस गर्छ। सबैले भन्छन्, “यी दुवै तपाईंका आफन्त हुन्। तपाईंको परिवारभन्दा बाहिरको पनि कोही संलग्न हुनैपर्छ।” त्यसैले ख्रीष्टविरोधीले पैसा व्यवस्थापन र नियन्त्रण गर्नमा सहयोग गर्न एउटी अलमल्ल वृद्धा दिदीलाई सिफारिस गर्छ। सुरुमा, ख्रीष्टविरोधीले पैसालाई आफ्नो परिवारको नियन्त्रणमा ल्याउँछ, त्यसपछि विशेष गरी यो पैसा कसरी खर्च गर्ने भन्नेबारे र त्यसका एक-एक प्रक्रियालाई उसका परिवारले नियन्त्रण गर्छ—यी सबै कुराको नियन्त्रण उसैका हातमा हुन्छ।
के ख्रीष्टविरोधीले आर्थिक शक्तिमा एकाधिकार जमाएपछि र सम्पत्ति नियन्त्रण गरेपछि, आफ्नो लक्ष्य हासिल गरेको हुन्छ? गरिसकेको हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा त मण्डलीका विभिन्न कामका सुपरिवेक्षकहरूलाई नियन्त्रण गर्नु, तिनीहरूलाई आफ्नो पक्षमा ल्याउनु, र अरनखटन गर्नु हो। ख्रीष्टविरोधीलाई यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ; यो त प्रत्येक समूहका निम्न तहका मानिसहरूले उसले भनेअनुसार गर्छ कि गर्दैन, र उसको शक्ति सबैभन्दा तल्लो तहसम्म पुग्छ कि पुग्दैन भन्ने कुरासित सम्बन्धित छ। त्यसोभए उसले यो कसरी गर्छ? उसले बृहत् सुधारहरू ल्याउँछ। पहिला, उसले सङ्गति गर्छ, र प्रत्येक समूहको काममा फलानो र ढिस्कानो गल्ती छ भन्छ। उदाहरणका लागि, भिडियो समूहमा केही समस्या देखा परेका हुन्छन्, र ख्रीष्टविरोधीले यसो भन्छ, “यी समस्याहरू सुपरिवेक्षकले निम्त्याएका हुन्। तिनीहरूका काममा यी ठूला चुकहरू हुनु र तिनले ठूला समस्याहरू निम्त्याउनुले सुपरिवेक्षक मानकअनुरूप छैन, र उसलाई प्रतिस्थापित गर्नुपर्छ भन्ने पुष्टि गर्छ; यदि प्रतिस्थापन गरिएन भने, यो काम उचित रूपले सम्पन्न गर्न सकिँदैन। त्यसोभए, उसलाई कसले प्रतिस्थापन गर्नेछ? तिमीहरूको मनमा कोही छ—कुनै उम्मेदवारहरू छन्? समूहमा आफ्नो काम गर्नमा सबैभन्दा उत्कृष्ट को छ?” सबैले यसबारे सोच्छन् र कसैले भन्छ, “एक जना भाइ अत्यन्तै राम्रो छ, तर ऊ उपयुक्त छ कि छैन भनी मलाई थाहा छैन।” ख्रीष्टविरोधीले जबाफ दिन्छ: “यदि तिमीलाई थाहा छैन भने, उसलाई चुन्न मिल्दैन। म तिमीहरूलाई एक जना सिफारिस गर्नेछु। मेरो छोरो—ऊ २५ वर्षको छ र उसले स्पेसल इफेक्ट र भिडियो निर्माण मूल विषय लिएर कम्प्युटर विज्ञानमा स्नातक गरेको छ। ऊ परमेश्वरको नयाँ विश्वासी हो, र त्यति सत्यता पछ्याउँदैन, तर उसका पेसागत सीपहरू तिमीहरू सबैको भन्दा राम्रा छन्। के तिमीहरूमध्ये यस क्षेत्रमा पेसागत रूपमा लागेको कोही छ?” सबैले जबाफ दिन्छन्, “हामी तपाईंले भनेजस्तो पेसेवर हैनौँ, तर हामीले लामो समयदेखि आफ्नो कर्तव्य पूरा गर्दै आएका छौँ र परमेश्वरको घरको यस कामका सिद्धान्तहरू बुझ्छौँ। के उसले बुझ्छ?” “उसले नबुझे पनि फरक पर्दैन; उसले सिक्न सक्छ।” यो कुरा सबैलाई ठिकै लाग्छ र तिनीहरू उसले भनेको मान्छन्, उसले जसलाई प्रवर्धन गरे पनि त्यसमा सबै सहमत हुन्छन्, र यसरी ख्रीष्टविरोधीले अर्को महत्त्वपूर्ण भूमिका नियन्त्रण गर्छ। त्यसपछि ख्रीष्टविरोधीलाई परमेश्वरको घरका लागि सुसमाचारको काम महत्त्वपूर्ण छ—र त्यसको सुपरिवेक्षक आफ्नो पक्षको व्यक्ति होइन भनेर लाग्छ। उसलाई प्रतिस्थापित गर्नैपर्छ। उसलाई कसरी प्रतिस्थापित गर्ने? त्यही माध्यम लगाएर: त्यो हो त्रुटि कोट्याएर। ख्रीष्टविरोधीले भन्छ, “पछिल्लो पटकका सुसमाचार स्विकार्ने सम्भावना भएकालाई के भयो?” कसैले जवाफ दिन्छ, “उसले एक महिना जति विश्वास गरेपछि, केही नकारात्मक दुष्प्रचार सुन्यो र त्यसैलाई पत्यायो, त्यसैले उसले त्यसउप्रान्त विश्वास नै गरेन।” ख्रीष्टविरोधीले सोध्छ, “उसले कसरी त्यतिकै विश्वास गर्न छोड्न सक्यो? के तिमीहरूले दर्शनसम्बन्धी सत्यता प्रस्ट रूपले सङ्गति नगरेकाले हो? कि तिमीहरू अल्छी भएकाले, वा प्रतिकूल वातावरणदेखि डराएकाले र आफू खतरामा पर्न डराएकाले तिमीहरूले प्रस्टसित कामकुराबारे सङ्गति नगरेर हो? कि तिमीहरूले उसका बारेमा तुरुन्तै चासो नराखेकाले हो? कि तिमीहरूले उसलाई उसका कठिनाइहरू समाधान गर्नमा मद्दत गर्न नसकेर हो?” उसले एकपछि अर्को प्रश्नहरूको ओइरो लगाउँछ। अरूले चाहे जसरी जवाफ दिए पनि, वा चाहे जे स्पष्टीकरण दिए पनि, त्यसले केही फरक पार्दैन; ख्रीष्टविरोधीले सुसमाचार समूहको सुपरिवेक्षकमा एकदमै धेरै समस्या छन्, उसका गल्तीहरू अत्यन्तै गम्भीर छन्, ऊ गैरजिम्मेवार छ, र उक्त कामका लागि अयोग्य छ भनेर जिद कस्छ, यसरी उसलाई जबरजस्ती बर्खास्त गर्छ। अनि उसलाई बर्खास्त गरिसकेपछि ख्रीष्टविरोधीले भन्छ, “फलानो दिदीले पहिले सुसमाचार प्रचार गरेकी छे र ऊसँग अनुभव पनि छ—मलाई ऊ ठिक छे जस्तो लाग्छ।” यो सुनेर मानिसहरूले “उनी त तपाईंकी दिदी हुन्! उनी बोल्न त बोल्छिन् होला, तर उनको मानवता असल छैन। उनको अत्यन्तै नराम्रो छवि छ, उनलाई प्रयोग गर्न मिल्दैन” भन्छन्, र दाजुभाइ-दिदीबहिनीहरू असहमत हुन्छन्। ख्रीष्टविरोधीले यसो भन्छ, “यदि तिमीहरू सहमत हुँदैनौ भने सुसमाचार समूह विघटन हुनेछ। तिमीहरू अबउप्रान्त सुसमाचार प्रचार गर्न पाउँदैनौ। तिमीहरू यो कर्तव्य उचित रूपमा पूरा गर्न सक्षम छैनौ। कि त त्यसो गर्नुपऱ्यो किचाहिँ उपयुक्त समूह अगुवा रोज्नुपऱ्यो, अनि मेरी दिदी सहायक समूह अगुवा हुन्छे!” दाजुभाइ-दिदीबहिनीहरूले एक जनालाई चयन गर्छन्, र ख्रीष्टविरोधी उसकी दिदीलाई सहायक समूह अगुवा हुन दिने सर्तमा मन नलागी-नलागी सहमत हुन्छ। यसरी सहमतिमा पुगेपछि, सुसमाचार समूह यथावत् रहन सक्थ्यो।
चाहे जहाँ होस् वा जेसुकै काममा होस्, ख्रीष्टविरोधीहरूलाई आफ्ना विश्वासपात्रहरू, आफ्नो पक्षका मानिसहरूलाई छिराउनुपर्छ। ख्रीष्टविरोधीहरूले अगुवा बनेर हैसियत प्राप्त गरेपछि, तिनीहरूको पहिलो कार्य प्रत्येक समूहका सदस्यहरू आफ्नो जीवन प्रवेशमा कस्तो गरिरहेका छन् भनी जाँच्ने, वा तिनीहरूको काम कस्तो भइरहेको छ, तिनीहरूले आफ्नो काममा सामना गर्ने विभिन्न कठिनाइहरू कसरी समाधान गर्न सकिन्छ, र कुनै नसुल्झेका समस्या वा चुनौतीहरू छन् कि छैनन् भनी पत्ता लगाउने हुँदैन; बरु, ती कर्मचारीहरूको अवस्था के छ, र हरेक समूहको प्रमुख को हो, प्रत्येक टोलीमा तिनीहरूविरुद्ध को छ अनि भविष्यमा तिनीहरूको हैसियतका लागि कुन मानिसहरू खतरा बन्नेछन् भनी हेर्छन्। तिनीहरूलाई यस्ता मामलाहरूबारे अत्यन्तै राम्रो जानकारी हुन्छ, तर तिनीहरू मण्डलीको कामका परिस्थितिबारे कहिल्यै सोध्दैनन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूका स्थिति, तिनीहरूको जीवन प्रवेश, वा मण्डली जीवन कस्तो चलिरहेको छ भन्नेबारे कहिल्यै सोध्दैनन्, र तिनीहरू त्यसको ख्याल त झनै गर्न चाहँदैनन्। तर तिनीहरूलाई प्रत्येक टोलीका प्रभारीहरूबारे राम्ररी थाहा हुन्छ: उनीहरू आफ्ना आसेपासे हुन् कि होइनन्, आफूसित उनीहरूको ठ्याक मिल्छ कि मिल्दैन, र उनीहरू तिनीहरूको शक्ति वा हैसियतका लागि खतरा हुन् कि होइनन्। तिनीहरूलाई यी सबै कुरा थाहा हुन्छ र तिनीहरूले यसलाई प्रस्टसित बुझेका हुन्छन्। तिनीहरू समूहमा जो व्यक्ति तुलनात्मक रूपमा सोझो छ र जसले सत्य कुरा बोल्छ, ऊसँग सावधान रहनुपर्छ र उसलाई कुनै हैसियत दिनु हुँदैन भन्ने ठान्छन्; तैपनि तिनीहरू चिप्लो घस्नमा निपुण, चापलुसी गर्न जान्ने, अरू मानिसको चित्त बुझाउनका लागि मिठो बोल्ने, र उसको इसारामा कामकुरा गर्न सक्नेहरूलाई निगाह देखाउँछन्। ख्रीष्टविरोधीले आफूलाई तिनीहरूप्रति ढल्काउँछ र तिनीहरूलाई महत्त्वपूर्ण पदमा बढुवा गर्ने योजना बनाउँछ। उसले तिनीहरूलाई आफू जहाँ गयो त्यहाँ लाने, तिनीहरूले अझ बढी प्रवचनहरू सुनेको सुनिश्चित गर्ने र तिनीहरूलाई आफ्ना विश्वासपात्र बनाउनेसमेत सोच्छ। मण्डलीका सत्यता पछ्याउनेहरू, इन्साफको बोध भएकाहरू, र सत्य कुरा बोल्न आँट गर्नेहरू, परमेश्वरलाई एकनासले उच्च पार्ने र उहाँको गवाही दिनेहरू, दुष्ट शक्ति, हैसियत वा अख्तियारअघि नझुक्नेहरू—ऊ तिनीहरूसँग सावधान रहन्छ, तिनीहरूलाई घृणा गर्छ, विभेद गर्छ, र हृदयबाट अलग गर्छ। तर, ऊ आफूलाई चिप्लो घस्नेहरूलाई, विशेष गरी उसको परिवारका सदस्यहरू, टाढाका आफन्तहरू—उसका वरिपरि रहन सक्नेहरूलाई आफ्नै मानिस ठान्छ र परिवारझैँ व्यवहार गर्छ। ख्रीष्टविरोधीको अधीनमा रहेका उसका वरिपरि रहन सक्ने, उसको इसारामा चल्ने र कामकुरा गर्दा निर्देशन लिने, साथै उसका कामनाअनुसार कामकुरा गर्नेहरू—यी मानिसहरूमा विवेक वा समझ, मानवता, र अलिकति पनि परमेश्वरको डर मान्ने हृदय हुँदैन। तिनीहरू अविश्वासीहरूका झुन्ड हुन्। तिनीहरूले जे खराब कामहरू गरे पनि, ख्रीष्टविरोधीले तिनीहरूलाई संवर्धन गर्छ, सुरक्षा दिन्छ, र आफ्नै परिवार ठान्छ, तिनीहरूलाई आफ्नो अधीनमा ल्याउँछ—यसरी ख्रीष्टविरोधीको अधिकारक्षेत्र निर्माण हुन्छ।
अनि ख्रीष्टविरोधीको व्यक्तिगत अधिकारक्षेत्र को-को मिलेर बनेको हुन्छ? सर्वप्रथम, ख्रीष्टविरोधी नै प्रमुख, अगुवा, पूर्ण अख्तियार बोकेको राजा हुन्छ जसको बोलीलाई यो अधिकारक्षेत्रमा प्रश्न गर्न मिल्दैन। ऊसँग रगतको नाता भएका मानिसहरू, उसको परिवार, उसका विश्वासपात्र, साथीसँगी, कट्टर समर्थकहरू, उसलाई खुसीसाथ पछ्याउने र उसका आदेश मान्नेहरू, र अझै अन्य मानिसहरू जो खुसीसाथ ऊसँग सङ्गत गर्छन् र उसका दुष्कर्ममा जोडिन्छन्, परमेश्वरको घरका प्रबन्ध र प्रशासनिक आदेशहरू चाहे जसरी नियमन हुने भए पनि, परमेश्वरका वचन र सत्यता सिद्धान्तहरूले जे भने पनि, उसैका लागि खुसीसाथ काम गर्ने, जोखिम मोल्ने, र उसका लागि परिश्रम गर्नेहरू—यिनीहरू ख्रीष्टविरोधीको अधिकारक्षेत्रका सदस्यहरू हुन्। समग्रमा, तिनीहरू ख्रीष्टविरोधीका कट्टर अनुयायी हुन्। अनि ख्रीष्टविरोधीको अधिकारक्षेत्रका यी सबै सदस्यहरूले के गर्छन् त? के तिनीहरू आफ्नो कर्तव्य र प्रत्येक कार्य परमेश्वरको घरका प्रावधान र सिद्धान्तअनुसार पूरा गर्छन् त? के तिनीहरू परमेश्वरले माग गर्नुभएअनुसार गर्ने अनि उहाँका वचनहरू र सत्यतालाई सबैभन्दा उच्च सिद्धान्तका रूपमा लिने गर्छन्? (गर्दैनन्।) मण्डलीमा यस्ता मानिसहरू हुँदा, के सत्यता र परमेश्वरका वचनहरू अवरोधविना अघि बढ्न सक्छन्? अघि बढ्न नसक्ने मात्र होइन, ख्रीष्टविरोधी झुन्डले बाधा पुऱ्याउने, बहकाउने, र क्षति गर्ने भएकाले परमेश्वरका वचनहरू, उहाँले व्यक्त गर्ने सत्यता, अनि उहाँले मानिसहरूबाट गर्ने मागहरूलाई मण्डलीमा साकार गर्न सकिँदैन; तिनलाई कार्यान्वयन गर्न सकिँदैन। ख्रीष्टविरोधीको अधिकारक्षेत्र अस्तित्वमा रहँदा, परमेश्वरका चुनिएका मानिसहरूसँग सामान्य मण्डली जीवन हुन सक्दैन, न त तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न नै सक्छन्, सत्यता सिद्धान्तअनुरूप कामकुरा गर्न त झनै सक्दैनन्; मण्डलीमा प्रत्येक कार्य ख्रीष्टविरोधीद्वारा नियन्त्रित हुन्छ। जहाँ यस्तो हल्का मात्रामा हुन्छ, त्यहाँ ख्रीष्टविरोधीको बाधाले भद्रगोल मच्चाउँछ, मानिसहरू चिन्तित स्थितिमा हुन्छन्, काममा कुनै प्रगति हुँदैन, अनि मानिसहरूलाई आफ्नो काम कसरी राम्रोसँग गर्ने वा आफ्नो कर्तव्य सही तरिकाले पूरा गर्ने भनी थाहा हुँदैन; सबथोक लथालिङ्ग हुन्छ। गम्भीर स्थितिमा, सारा काम ठप्प हुन्छ, र कसैले कुनै चासो देखाउँदैन वा वास्ता गर्दैन। थोरै मानिसले समस्या छ भनेर बताउन सके पनि, यो समस्या ख्रीष्टविरोधीले निम्त्याएको हो भनी खुट्ट्याउन सक्दैनन्; तिनीहरू पनि, ख्रीष्टविरोधीको बाधा र भट्काउमा पर्छन्, अनि को सही वा गलत हो भनी जान्दैनन्; कतिपयले निश्चित समस्याहरू भेट्टाउन सक्ने भए पनि र बोल्न वा कामको कमान लिन चाहे पनि, तिनीहरू उक्त काम वहन गर्न सक्षम हुँदैनन्। ख्रीष्टविरोधीको खुलासा गर्न कोसिस गर्ने, वा इन्साफको बोध हुने र उक्त कामको जिम्मा लिन कोसिस गर्ने जोकोहीलाई उसले दबाउँछ। उसले तिनीहरूलाई कुन हदसम्म दबाउँछ? यदि तैँले आवाज उठाउने आँट गरिनस्, दयाको भीख मागिस्, उसका बारेमा जानकारी दिने आँट गरिनस्, उसका बारेमा माथिल्ला तहलाई रिपोर्ट गर्ने, उसको कामका समस्याहरू औँल्याउने, वा सत्यतामा सङ्गति गर्ने, वा “परमेश्वर” शब्द उच्चारण गर्ने आँट गरिनस् भने, ख्रीष्टविरोधीले तँलाई माफी दिनेछ। यदि तैँले सिद्धान्त कायम राखेर उसको खुलासा गरिस् भने, उसले तँलाई सास्ती दिन सम्भव भएजति सबथोक गर्नेछ, उसले तँलाई निन्दा गर्न र दबाउन हर माध्यम प्रयोग गर्नेछ, अनि तँलाई नकार्न र दबाउन आफ्नो अधिकारक्षेत्रका सदस्यहरू, साथै अरू जता मल्खु उतै ढल्कु गर्ने मानिसहरू, र आँट नभएका, कायर, साथै ख्रीष्टविरोधीको शक्तिदेखि डराउनेहरूलाई समेत उक्साउनेछ। अन्ततः, सानो आस्था र कद हुने कतिपयलाई ख्रीष्टविरोधीले घुँडा टेकाउनेछ। अनि यो कुराले ख्रीष्टविरोधी खुसी हुन्छ; उसले आफ्नो उद्देश्य हासिल गरेको हुन्छ। उसले शक्ति प्राप्त गरेपछि, उसले यस शक्तिमा एकाधिकार जमाउन र आफ्नो हैसियत सुरक्षित गर्न, मण्डलीका सबै महत्त्वपूर्ण कार्य आफ्नो आफन्तजन, र आफूसँग राम्रो सम्बन्ध भएकाहरूलाई दिने मात्र नभई, त्यो सँगसँगै ऊसँग कुनै सम्बन्ध नभएका अरू मानिसलाई भर्ती गरेर उसका लागि सेवा प्रदान गर्न र मरिन्जेल काम गर्न लगाउँछ, जसको उद्देश्य भविष्यमा आफ्नो हैसियत कायम राख्नु, सधैँ आफ्नो हातमा शक्ति राख्नु हो। उसलाई मनमा के लाग्छ भने आफ्नो अधिकारक्षेत्रमा जति धेरै मानिस हुन्छन्, आफ्नो बल त्यति नै ठूलो हुन्छ, र त्यसकारण आफ्नो शक्ति त्यति नै ठूलो हुन्छ। अनि उसको शक्ति जति ठूलो हुन्छ, उसको प्रतिरोध गर्न र नाइँ भन्न सक्नेहरू, अनि उसलाई खुलासा गर्ने आँट गर्नेहरू त्यति नै बढी डराउँछन्। यस्ता मानिसहरूको सङ्ख्या झन्-झन् कम हुँदै पनि जान्छ। मानिसहरू ऊदेखि जति बढी डराउँछन्, परमेश्वरको घर र परमेश्वरसित जोरी खोज्नलाई ऊसित त्यति बढी पुँजी हुन्छ; ऊ त्यसउप्रान्त परमेश्वरसँग डराउँदैन, र परमेश्वरको घरद्वारा निराकरण गरिनदेखि डराउँदैन। ख्रीष्टविरोधीको शक्तिको कामना, उसले त्यसद्वारा के गर्छ भन्ने कुरा, साथै उसका विभिन्न व्यवहारका आधारमा मूल्याङ्कन गर्दा, मूलतः, ख्रीष्टविरोधी भनेको परमेश्वरको शत्रु हो; ऊ शैतान र दियाबलस हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।