विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन् (खण्ड एक)

ख्रीष्ट विरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने तेस्रो तरिका: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्। केही मानिसहरू सकारात्मक कुराहरू, इन्साफ र ज्योतिलाई, र सत्यताका बारेमा सङ्गति गर्न मन पराउँछन्। तिनीहरू प्रायः सत्यताको खोजी गर्ने र त्यसलाई पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्न खोज्छन्। यो देखेर ख्रीष्टविरोधी रिसले चूर हुन्छ। उसका लागि, सत्यता पछ्याउनेहरू सबै आँखामा छेस्को, घोच्ने काँडा हुन्; उसले सत्यताको खोजी गर्ने सबैलाई आफ्नो आक्रमण, बहिष्कार र हमलाको सिकार बनाउँछ। निस्सन्देह, ख्रीष्टविरोधीले यी मानिसहरूलाई स्पष्ट रूपमा थाहा पाउन सकिने क्रूर, बर्बर युक्तिहरू चलाएर मात्र आक्रमण गर्दैन। उसले सत्यतामा सङ्गति गर्ने तरिका अपनाउनेछ, र केही शब्द र धर्मसिद्धान्तहरू चलाएर उसले मानिसहरूको मूल्याङ्कन गर्नेछ र तिनीहरूमाथि प्रहार गर्नेछ। यसले मानिसहरूलाई उसले गरिरहेको काम उचित र तर्कसङ्गत छ, ऊ मदतगार भइरहेको छ—उसले जे गरिरहेको छ त्यसमा केही गलत छैन भनी सोच्ने तुल्याउँछ। उसको यी “उचित र तर्कसङ्गत” तरिकाहरू के हुन्? (उसले मानिसहरूलाई मूल्याङ्कन गर्न र तिनीहरूमाथि प्रहार गर्न परमेश्‍वरका वचनहरू उद्धृत गर्छ।) सही हो—उसले मानिसहरूलाई खुलासा गर्न र तिनीहरूलाई मूल्याङ्कन गर्न परमेश्‍वरका वचनहरू उद्धृत गर्छ। यो उसको सबैभन्दा आम विधि हो। सतही रूपमा हेर्दा, यसरी बोल्ने यो तरिका निष्पक्ष, तर्कसङ्गत र एकदमै उचित देखिन्छ, तर भित्र भने, उसको मनसाय अरूको फाइदाका लागि मदत गर्नु होइन, बरु तिनीहरूको खुलासा गर्नु, तिनीहरूलाई मूल्याङ्कन गर्नु, तिनीहरूको निन्दा गर्नु र तिनीहरूलाई अपमान गर्नु हो। उसले हासिल गर्न चाहेको कुरा यही हो। तसर्थ, उसले कहाँबाट सुरु गर्छ भन्‍नेमा समस्या छ। ती मानिसहरूले सत्यतालाई पछ्याउने र प्रेम गर्ने हुनाले, र ख्रीष्टविरोधीका लागि ती खतरा भएका हुनाले उसले यसो गर्छ भनेर चौकस मानिसहरूले बुझ्न सक्छन्। अनि यो कस्तो खतरा हो? सत्यताप्रतिको तिनीहरूको प्रेमले ख्रीष्टविरोधीलाई कुन तरिकाले बाधा पुर्‍याउँछ? (तिनीहरू ख्रीष्टविरोधीलाई छर्लङ्ग देख्न र खुट्ट्याउन सक्छन्।) यो सही हो। यी सत्यताप्रेमीहरू ख्रीष्टविरोधीका लागि सबैभन्दा ठूलो खतरा यस कारणले हुन् कि, तिनीहरूले ख्रीष्टविरोधीले गरेको जस्तोसुकै नराम्रो कुरा पनि खुट्ट्याउन सक्छन्; तिनीहरूले उसको सार छर्लङ्ग देख्न सक्छन् र कहीँ पनि, कुनै पनि समयमा उसलाई खुलासा गर्ने, रिपोर्ट गर्ने, र प्रकाशमा ल्याउने, र त्यसपछि उसलाई निन्दा र अस्वीकार गर्ने, अनि मण्डलीबाट पखालेर फ्याँक्ने सम्भावना हुन्छ। यदि त्यसो भयो भने, उसले सदाका लागि आफ्नो हैसियत र शक्ति गुमाउनेछ, र आशिष् पाउने उसको सम्भावना पूर्ण रूपमा चकनाचूर हुनेछ। यसैले, ख्रीष्टविरोधीका लागि सत्यतालाई पछ्याउने यी मानिसहरू फरक मत राख्नेहरूका अतिरिक्त सबैभन्दा ठूलो खतरा हुन्।

सत्यता पछ्याउने मानिसहरूलाई प्रहार गर्न र तिनीहरूलाई मूल्याङ्कन गर्न परमेश्‍वरका वचनहरूमा सङ्गति प्रयोग गर्ने जस्ता बाहिरी रूपमा उचित देखिने तरिकाहरूका अतिरिक्त, ख्रीष्टविरोधीहरूले तिनीहरूविरुद्ध कठोर कदमहरू समेत चाल्नेछन्। ती कठोर कदमहरू के हुन्? उदाहरणका लागि, तिनीहरूले कुनै अगुवा वा कामदारले जुनसुकै प्रसङ्गमा भए पनि गरेको क्षणिक अपराधको फाइदा उठाउँछन्; चाहे त्यस व्यक्तिले यसबाट ज्ञान प्राप्त गरेको होस् अनि ऊ पश्चात्ताप गर्न सक्ने होस् वा नहोस्, र चाहे त्यो सत्यता पछ्याउने व्यक्ति होस् वा नहोस्, तिनीहरूले त्यो व्यक्तिको मूल्याङ्कन र निन्दा गर्न, र त्यसलाई निकाल्नका लागि तिललाई पहाड बनाउँछन्। झारबाट छुटकारा पाउनका लागि जरा काट्नुपर्छ भनेर ख्रीष्टविरोधीहरूले मान्छन्, र त्यसैले तिनीहरूले त्यस्ता मानिसहरूलाई मण्डलीबाट बाहिर निकाल्छन्, ताकि तिनीहरू ख्रीष्टविरोधीहरूको हैसियतका निम्ति खतरा नबनून्। सबै दुष्ट मानिस र ख्रीष्टविरोधीहरू अगुवा र कामदारहरूका विरुद्ध प्रयोग गर्न सकिने कुराहरूमा कब्जा जमाउन खप्पीस हुन्छन्, र कब्जा जमाइसकेपछि, तिनीहरूले उनीहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीका रूपमा निन्दा गर्छन्। यो कुनै सानोतिनो अभियोग होइन! अगुवा र कामदारहरू परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा छानिएका हुन्छन्; तँ किन सधैँ तिनीहरूको विरुद्ध प्रयोग गर्न चीजहरू कब्जा गर्न खोज्छस्? त्यो लाभ उठाउनुमा तेरो लक्ष्य के हो? के तँ तिनीहरूको ठाउँमा अगुवा बन्‍न चाहन्छस्? एक दुष्ट व्यक्तिले कुनै अगुवा वा कामदारलाई झूटा अगुवा र ख्रीष्टविरोधी भएको आरोप लगाइसकेपछि, यदि उसले जीवन्त उदाहरणहरू सूचीबद्ध गर्न सक्छ र त्यो तथ्यसँग मिल्दो छ भनी परमेश्‍वरका चुनिएका मानिसहरूलाई सोच्ने तुल्याउँछ भने, यसले समस्या निम्त्याउँछ। त्यो अगुवा वा कामदारलाई मण्डलीबाट सजिलै बाहिर निकाल्न सकिन्छ। झूटा अगुवा वा ख्रीष्टविरोधी हुनु यति ठूलो अपराध हो कि, एक पटक अपराध प्रमाणित भएपछि, अभियुक्त दोषी ठहरिन्छ, र परमेश्‍वरको विश्‍वासीका रूपमा तिनीहरूको समय समाप्त हुन्छ। यसले तिनीहरूलाई पूर्णतः बर्बाद गर्नेछ, होइन र? यो कति दुष्ट कुरो हो! अझ भन्नुपर्दा, यदि त्यो ख्रीष्टविरोधीले मौका छोपेर आफूलाई अगुवाका रूपमा चयन गराउँछ र मण्डलीलाई नियन्त्रणमा लिन्छ भने, के त्यसपछि परमेश्‍वरका चुनिएका मानिसहरू त्यो ख्रीष्टविरोधीको नियन्त्रणमा हुनेछैनन्? के त्यो मण्डली त्यसपछि ख्रीष्टविरोधीको राज्य हुनेछैन? (हुनेछ।) यो गम्भीर खतरा हो! के दुष्ट मानिस र ख्रीष्ट विरोधीहरूसँग सत्यता पछ्याउनेहरूलाई आक्रमण र बहिष्कार गर्ने अरू कुनै तरिकाहरू छन्? के कोही-कोहीले सत्ता कब्जा गर्न र आफ्नो हैसियत बलियो बनाउन सत्यता पछ्याउने दाजुभाइ र दिदीबहिनीहरूलाई सबैभन्दा खतरनाक ठाउँहरूमा काम गर्न पठाउँदैनन् र? तिनीहरू भन्छन्, “एउटा भर्खरै स्थापित मण्डली छ, जसमा विश्‍वासमा नयाँ रहेका धेरै दाजुभाइ-दिदीबहिनीहरू छन्। तिनीहरूमा कुनै जग छैन र तिनीहरूमा बुद्धिको कमी छ। तिनीहरूलाई मलजल र भरणपोषण गर्न सत्यता बुझ्ने मानिस चाहिएको छ। तपाईं दर्शनहरूको सत्यता बुझ्नुहुन्छ; ती नयाँ विश्‍वासीहरूलाई गएर मलजल गर्न तपाईंजस्तै व्यक्ति चाहिएको छ। यो गर्न कोही पनि उपयुक्त हुँदैन।” अनि यसरी त्यस ख्रीष्टविरोधीले गम्भीर गुप्त खतरालाई हटाउँछ। के उसले वास्तवमै त्यस व्यक्तिलाई मण्डलीको नेतृत्व गर्न र त्यसको भरणपोषण गर्न लगाउन यसो गरिरहेको हुन्छ? (हुँदैन।) हुँदैन; उसले यसो गर्नुको कारण त्यो ठाउँ प्रतिकूल छ, खतरनाक वातावरण भएको छ। उसले त्यस व्यक्तिलाई ठूलो रातो अजिङ्गरले समातेर लैजानेछ भन्‍ने उत्कट प्रत्याशामा मण्डलीको काम गर्न खतरनाक ठाउँमा राख्छ। यदि त्यो व्यक्ति समातियो भने, उक्त ख्रीष्टविरोधीको हैसियतलाई खतरामा पार्ने कोही पनि बाँकी रहनेछैन, र उसले मण्डलीलाई नियन्त्रण गर्न सक्छ। के यो उसको रणनीति होइन र? उसले त्यस व्यक्तिलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न उपयुक्त भएको झुटो कुरा गरी बाहिर पठाउँछ, र यसरी, कसैले पनि उसको कुटिल अभिप्राय देख्न सक्दैन। के यो उसको चतुऱ्याइँ होइन? अनि दाजुभाइ र दिदीबहिनीहरूले त्यो ख्रीष्टविरोधीले यस्ता बन्दोबस्तहरू मिलाएकोमा ऊ चतुर र बुद्धिमान् छ, ऊ परमेश्‍वरको अभिप्रायअनुसारको व्यक्ति हो भन्‍ने सोच्छन्, तर आखिरमा त्यो ख्रीष्टविरोधीले त तिनीहरूलाई धोका दिइरहेको र तिनीहरूको आँखामा पट्टी बाँधिरहेको थियो भन्‍ने देखिन्छ। ख्रीष्टविरोधीको यो तरकिब निकै निश्छल देखिन्छ; वास्तवमा के भइरहेको छ भनेर कसैले पनि स्पष्ट रूपमा देख्न सक्दैन, र सबै जना बहकाउमा पर्छन्। बहकाउमा पर्ने मानिसहरू के सोच्छन् भने, ख्रीष्टविरोधीले उचित र तर्कसङ्गत कुरा गरिरहेको छ, उसले त्यो कामको चिन्ता भएर गरिरहेको छ—तर कसैले पनि तिनीहरूको मनसाय छर्लङ्ग देख्न सक्दैन। ख्रीष्टविरोधीहरू दुष्ट हुन्छन्, होइन र? तिनीहरूले जहाँ खतरा छ, तँलाई त्यहीँ पठाउँछन्, र मनमनै भन्छन्, “के तँ सत्यता पछ्याउँदैनस्? अनि तँ मेरा विरुद्धमा जाँदैनस्? के तँ सधैँ मलाई खुट्ट्याउने र मेरा विरुद्धमा प्रयोग गर्न चीजहरू पक्रने गर्दैनस् र? ठिक छ, त्यसोभए: म यो अवसर तँलाई यहाँबाट टकटकाएर फाल्न प्रयोग गर्नेछु। यदि तँ समातिइस् भने राम्रोकै लागि हुनेछ—तँ फेरि कहिल्यै आफ्नो खुट्टामा उभिनेछैनस्!” ख्रीष्टविरोधीहरूद्वारा मण्डलीमा फसाइएका र सताइएका धेरैजसो मानिस ती हुन्, जोसँग अझ धेरै पछ्याइ छ भन्‍ने कुरा निश्चित छ। यी मानिसहरूलाई सताइँदा र बहिष्कार गरिँदा ख्रीष्टविरोधीहरूले तिनीहरूलाई कसरी लिन्छन्? तिनीहरू मनमनै भन्छन्, “यी मानिसहरू सधैँ प्रवचन सुनिरहेका हुन्छन्; तिनीहरू केही सत्यता बुझ्छन्। म तिनीहरूलाई यत्तिकै सुन्‍न नदिन सक्दिनँ: प्रवचनहरू सबैका कानमा पुग्छन्, त्यसैले तिनीहरूलाई सुन्‍न नदिनुलाई कुनै पनि तरिकाले न्यायोचित ठहराउन सकिन्‍न। तर मानौँ, म तिनीहरूलाई सुन्‍न अनुमति दिन्छु, तर ती प्रवचनमा भनिएका धेरै कुराले झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने भएकाले, तिनीहरूले पर्याप्त सुने अनि बुझाइ र खुट्याउने क्षमता प्राप्त गरेको खण्डमा के त्यसले मलाई राम्रो गर्नेछ? म त ढिलो-चाँडो अगुवाको पदबाट झर्नुपर्ने हुन्छ, होइन र? त्यसरी हुँदैन। मैले नै पहिलो कदम चाल्नुपर्छ।” ख्रीष्टविरोधीमा यस्तो मनसाय आएपछि, ऊ त्यो कार्य गर्न उत्रन्छ। मानिसहरूले सत्यता बुझ्न सकेनन् भने, तिनीहरूमध्येका मुठ्ठीभरले पनि ख्रीष्टविरोधीलाई चिन्‍न सक्नेछैनन्। किन ख्रीष्टविरोधीहरू बचेर निस्कन सफल हुन सक्छन्, जबकि सत्यता पछ्याउने मानिसहरू सिकार बन्छन्? यसको एउटा निश्चित कारण हो: ती मानिसहरूका हृदयमा सत्यता र सकारात्मक कुराप्रति केही प्रेम हुन सक्छ, र तिनीहरूमा सत्यता पछ्याउने केही आकाङ्क्षा हुन सक्छ, तर तिनीहरू एकदमै डरपोक हुन्छन्। तिनीहरू सत्यता बुझ्दैनन्, तिनीहरूमा खुट्याउने क्षमताको कमी हुन्छ, र तिनीहरू एकदमै मूर्ख हुन्छन्; तिनीहरू ख्रीष्टविरोधीको सार छर्लङ्ग देख्न सक्दैनन्, र ख्रीष्टविरोधीको खुलासा गर्न कहिल्यै अघि सर्न सक्दैनन्, जसले गर्दा ख्रीष्टविरोधीले नै पहिलो कदम चाल्छ र त्यसमार्फत तिनीहरूलाई हानि पुर्‍याउँछ। यदि त्यो तिनीहरूले पाउने परिणाम हो वा तिनीहरू यस स्थितिमा पुग्छन् भने, त्यो कसरी भएको हुनेछ? के तिनीहरू ख्रीष्टविरोधीको आक्रमणमा परेका हुनेछैनन् र? (हुनेछन्।) सत्यता पछ्याउने मानिसहरूले यसबाट कस्तो पाठ सिक्नुपर्छ? अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने भन्‍ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा कामदारले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको पालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पालन गर्नु हुँदैन र तैँले तिनीहरूको खुलासा गर्न, विरोध गर्न र फरक राय अघि सार्न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा कामदार, वा ख्रीष्टविरोधीका रूपमा प्रकट भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, खुलासा गर्न र रिपोर्ट गर्न सक्छस्। यद्यपि, केही परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता बुझ्दैनन् र खास गरी डरपोक हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दबाउँछन् र यातना दिन्छन् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, “यदि अगुवाले मलाई निष्कासित गर्यो भने म सकिन्छु; यदि उसले सबैलाई मेरो खुलासा गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मलाई मण्डलीबाट निष्कासित गरियो भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई मुक्ति दिनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?” के यस्तो सोचाइ हाँसउठ्दो होइन र? के यस्ता मानिसमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्‍वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई यातना दिनु र निकाल्नु भनेको शैतानको काम हो, र यसको परमेश्‍वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट निकालिँदा वा उनीहरूलाई निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्‍वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्‍वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि निकालिने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्‍वरको घरको कामका बन्दोबस्त र परमेश्‍वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छन्। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तँलाई मुक्ति दिन सकिँदैन भन्‍ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्‍ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्‍वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्‍वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्‍वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्‍वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्‍वरको निन्दा पनि हो। के यसरी परमेश्‍वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही समझशक्ति प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्‍वरको घरमा सत्यताको राज चल्छ भनेर विश्‍वास गर्दैनस्, यसले तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्‍वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग मेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्‍वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको नोकर होस् भनेर प्रमाणित गर्छ। झूटो अगुवा वा ख्रीष्टविरोधीले धम्की दिँदा, यदि तँ माथिकालाई तिनीहरूको रिपोर्ट गर्ने हिम्मत गर्दैनस् भने, यसले तँ शैतानको बन्धनमा परिसकेको छस् र तँ तिनीहरूसँग एकै हृदयको होस् भन्‍ने कुरा देखाउँछ; के यो शैतानलाई पछ्याउनु होइन र? यस्तो व्यक्ति कसरी परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक हुन सक्छ र? शुद्ध र सरल ढङ्गमा भन्नुपर्दा, तिनीहरू मैला हुन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूसँग एकै हृदयको हुने सबै कहिल्यै असल हुन सक्दैनन्। तिनीहरू दुष्कर्मी हुन्। त्यस्ता मानिसहरू शैतानको चाकर हुन जन्मेका हुन्छन्—तिनीहरू शैतानका नोकर हुन्, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूले दुष्ट काम गरेको देख्दा तिनीहरूको खुलासा गर्न हिम्मत नगर्ने, तिनीहरू चिढिएलान् कि भनेर डराउने, तिनीहरूलाई जोगाउने र तिनीहरूको आज्ञापालन समेत गर्ने सबै—के तिनीहरू मूर्ख, अज्ञानी मानिस होइनन् र? यदि तँलाई सत्यता सिद्धान्तहरूबारे राम्ररी थाहा छ, तैपनि ती उल्लङ्घन गर्छस्, अनि दुष्ट मानिस र ख्रीष्टविरोधीहरूसँग गठबन्धन गर्छस् र गुटसमेत बनाउँछस् भने, के तैँले शैतानको मतियार र चाकरका रूपमा काम गरिरहेको हुँदैनस् र? त्यसोभए, अन्ततः तँलाई एक दुष्ट व्यक्ति र ख्रीष्टविरोधीहरूको सहयोगीका रूपमा व्यवहार गरिँदा, तँ त्यसको हकदार हुँदैनस् र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर परमेश्‍वरलाई पछ्याउनुको सट्टा तँ ख्रीष्टविरोधीहरूलाई पछ्याउँदै तिनीहरूको कृपापात्र वा सहयोगीका रूपमा काम गर्छस् भने, के तँ आफ्नै मृत्यु-पत्रमा हस्ताक्षर गर्दै आफ्नै चिहान खन्दै छैनस् त? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर परमेश्‍वरमा समर्पित हुनुको सट्टा, तैँले परमेश्‍वरका शत्रुहरू—ख्रीष्टविरोधीहरूको अघि हार मान्छस् र तिनीहरूको शरणमा पुग्छस्, अनि यसको नतिजास्वरूप तँलाई यी ख्रीष्टविरोधीहरूले बहकाउँछन् र दुर्व्यवहार गर्छन् भने, तैँले आफैमाथि यस्तो नतिजा ल्याएको हुन्छस्। के तँ यसकै लायक छैनस् र? यदि तँ ख्रीष्टविरोधीलाई तेरो मालिकका रूपमा, तेरो अगुवाका रूपमा, टाउको बिसाउने काँधका रूपमा व्यवहार गर्छस् भने, तैँले शैतानको शरण लिइरहेको छस्, तँ शैतानलाई पछ्याउँदै छस्, यसको मतलब तँ बहकिइस्, र गलत मार्गमा लागिस्, र फर्कनै नसक्ने बाटोमा पाइला टेकिस्। ख्रीष्टविरोधीहरूप्रति तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूसँग युद्ध गर्नुपर्छ। यदि तिमीहरूमध्ये एक वा दुई जना मात्र छौ र एक्लै ख्रीष्टविरोधीहरूको सामना गर्न धेरै कमजोर छौ भने, तिमीहरूले यी ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्न सत्यता बुझेका धेरै व्यक्तिहरूसँग हात मिलाउनुपर्छ, र तिनीहरूलाई ननिकालेसम्म लडिरहनुपर्छ। मैले सुनेको छु, विगत दुई वर्षमा चीनका मुख्य भूभागहरूका केही पाष्टरीय एकाइहरूमा परमेश्‍वरका चुनिएका मानिसहरूले झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पदमुक्त गर्न एकजुट भए; केही झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू निर्णयकर्ताको समूहका प्रमुखहरू पनि थिए, तैपनि तिनीहरू यसरी नै परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा हटाइए। परमेश्‍वरका चुनिएका मानिसहरूले माथिबाट आउने अनुमोदन पर्खनु परेन; सत्यता सिद्धान्तहरूका आधारमा तिनीहरू यी झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पहिचान गर्न सक्षम थिए—जसले वास्तविक काम गर्दैनथे, र सधैँ दाजुभाइ र दिदीबहिनीहरूलाई यातना दिइरहन्थे, जसले जङ्गली व्यवहार गरिरहेका थिए र परमेश्‍वरको घरको काममा बाधा पुर्‍याइरहेका थिए—र तिनीहरूलाई तुरुन्तै कारवाही गरियो। कसैलाई निर्णयकर्ताका समूहहरूबाट बाहिर धकेलियो, कसैलाई मण्डलीबाट निकालियो—जुन राम्रो कुरो हो! यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरमा विश्‍वासको सही मार्गमा पाइला टेकिसकेका छन् भन्‍ने देखाउँछ। परमेश्‍वरका चुनिएका केही मानिसहरूले सत्यता बुझिसकेका हुनाले र तिनीहरूसँग अहिले अलिकति कद भएको हुनाले, तिनीहरू उप्रान्त शैतानको नियन्त्रण र छलमा पर्दैनन्, तिनीहरू खडा हुन र शैतानको दुष्ट शक्तिहरूसँग लड्ने हिम्मत गर्छन्। यसले मण्डलीमा झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूको हैकम चल्दैन भनेर देखाउँछ। त्यसैले तिनीहरू अब आफ्नो बोली र कार्यमा धृष्ट हुने हिम्मत गर्दैनन्। तिनीहरूले आफ्नो खेल उजागर गर्नेबित्तिकै, तिनीहरूलाई सुपरिवेक्षण गर्न, खुट्ट्याउन र तिनीहरूलाई इन्कार गर्न त्यहाँ कोही हुनेछ। भन्नुको मतलब, साँच्चै सत्यता बुझ्नेहरूको हृदयमा मानिसको हैसियत, प्रतिष्ठा र शक्तिले प्रमुख स्थान लिँदैन। त्यस्ता व्यक्तिहरूले ती चीजहरूलाई महत्त्व दिँदैनन्। जब कसैले सक्रिय ढङ्गले सत्यता खोज्न र त्यसमाथि सङ्गति गर्न सक्छ, र जब तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले हिँड्नुपर्ने मार्ग र अगुवा र कामदारहरूसित कस्तो व्यवहार गर्नुपर्छ भनेर पुन: मूल्याङ्कन र मनन गर्न थाल्छन्, अनि त्यसपछि मानिसहरूले कसलाई पछ्याउनुपर्ने हो, मान्छेलाई पछ्याउने व्यवहार कुन हो अनि परमेश्‍वरलाई पछ्याउने व्यवहार कुन हो, अनि त्यसपछि, धेरै वर्षसम्म यी सत्यताहरूलाई छामछाम-छुमछुम गरेपछि र तिनको अनुभव सँगालेपछि जब तिनीहरूले थाहै नपाई केही सत्यता बुझ्न र खुट्ट्याउन पुग्छन्—त्यतिबेला तिनीहरूले केही कद हासिल गरेका हुनेछन्। सबै कुरामा सत्यता खोज्न सक्षम हुनु भनेको परमेश्‍वरमा विश्‍वासको सही मार्गमा प्रवेश गर्नु हो।

परमेश्‍वरका चुनिएका मानिसहरूका लागि झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई चिन्‍न र तिरस्कार गर्न सक्षम हुनु राम्रो कुरा हो, राम्रो घटना हो। केही अगुवाहरूले वास्तविक काम गर्न सक्दैनन्; तिनीहरूले केवल बाधा र अवरोध निम्त्याउँछन्, जसले गर्दा मण्डलीको जीवनमा कुनै शान्ति हुँदैन। सबै दाजुभाइ दिदीबहिनीहरू तिनीहरूलाई अप्रिय मान्छन्, र अन्तमा तिनीहरूलाई अस्वीकार गर्छन्। के तिनीहरूले यसो गर्नु उचित हो? (उचित हो।) त्यहाँ अरू छन् जो अगुवाका रूपमा छानिएका छन्, र सुरुमा, दाजुभाइ र दिदीबहिनीहरू भन्छन्, “हामीले तिनीहरूलाई नै रोजेका हौँ, त्यसैले हामीले तिनीहरूको काममा सहकार्य गर्नुपर्छ।” केही समयपछि, तिनीहरूको छनौट गलत निस्कन्छ: तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा उत्साहित हुन्छन्, तर तिनीहरूसँग आत्मिक बुझाइ हुँदैन। तिनीहरू विकृति-प्रवृत्त हुन्छन्, र अहङ्कारी र आत्म-धर्मी हुन्छन्; तिनीहरू अरूसँग मामिलाहरूबारे छलफल गर्दैनन्, र तिनीहरू सिद्धान्तअनुसार केही गर्दैनन्, तर केवल जथाभाबी कार्य गर्छन्। यसले सुरक्षा भङ्ग हुन्छ; मण्डलीका दाजुभाइ र दिदीबहिनीहरू निरन्तर गिरफ्तार हुन्छन्, र मण्डलीको कामले ठूलो नोक्सानी बेहोर्छ। अगुवाले आत्मचिन्तन नगर्ने मात्र होइन, तर आफैलाई सही ठहराउँछ, आफ्नो प्रतिरक्षामा बहस गर्छ, अनि जिम्मेवारीबाट पन्छिन्छ। अन्तमा, समूहले तिनीहरूलाई तिनीहरूको पदबाट फिर्ता बोलाउँछ। के तँलाई तिनीहरूले उचित ढङ्गले परिस्थिति सम्हाले जस्तो लाग्छ? (हजुर।) अवश्य नै हो! अनि त्यो व्यक्तिलाई सम्हालेलगत्तै तिनीहरूले अरू कसैलाई चुन्छन्, र केही समयपछि सबैलाई स्पष्ट हुन्छ कि यो व्यक्ति त्यस झूटा अगुवाभन्दा धेरै राम्रो छ, जुन कुराले समूहमा खुट्ट्याउने गुण छ र यसको वृद्धिविकास भएको छ भनेर प्रमाणित गर्दछ। यही प्रक्रियाद्वारा परमेश्‍वरका चुनिएका मानिसहरू जीवनमा वृद्धिविकास हुन्छ। यो एकदम सामान्य कुरो हो। के तँलाई मानिसहरूले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि, तिनीहरू सबै खुट्ट्याउने गुणयुक्त बन्छन्, र प्रत्येक अगुवा र कामदारका लागि सही छनोट गर्छन्—तिनीहरूले जसलाई छान्छन्, त्यही नै पदमा बस्नेछ जस्तो लाग्छ? के यो यसरी नै चल्छ? (चल्दैन।) जब मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, तब तिनीहरूले अगुवा छान्दा सधैँ तीक्ष्ण दिमाग भएको, राम्रो वक्ता, प्रतिभाशाली व्यक्तिलाई ध्यान दिन्छन्। पदमा बसेको केही समयपछि त्यो व्यक्ति झूटा अगुवा वा ख्रीष्टविरोधी हो भनेर प्रष्ट भएपछि मात्र मानिसहरूले खुट्ट्याउन थाल्छन्; त्यसपछि, तिनीहरू फेरि त्यस्तो व्यक्तिलाई छनौट गर्दैनन्। त्यसोभए, अगुवा र कामदार छान्दा ठ्याक्कै कसलाई छान्नुपर्छ? त्यसको कुनै निर्दिष्ट नियमहरू छैनन्। यो त व्यक्तिविशेष सच्चा व्यक्ति हो वा होइन र ऊ सत्यताको पछि लाग्छ कि लाग्दैन भन्‍ने कुरामा सबैभन्दा धेरै निर्भर हुन्छ। जे भए पनि, यदि कोही मानिस दुष्ट वा ख्रीष्टविरोधी हो भने, ऊ जुनसुकै किसिमको मानिस भए पनि, तैँले उसलाई छान्‍नै हुँदैन। यदि तैँले यसो गर्छस् भने, तँ आफ्नै लागि आफै खाडल खनिरहेको हुनेछस्। यस्तै होइन र? (हो।)

हामीले भर्खरै चर्चा गरिरहेको विषयमा फर्कौं, त्यो हो, सत्यता पछ्याउनेहरूलाई ख्रीष्टविरोधीहरूले आक्रमण र बहिष्कार गर्ने: हामीले मूलतः यसमा भन्नुपर्ने कुराहरू भनिसकेका छौँ, हैन र? ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउनेहरूलाई कसरी बहिष्कार र आक्रमण गर्छन्? तिनीहरू प्रायः अरूले तर्कसङ्गत र उचित ठान्‍ने तरिकाहरू प्रयोग गर्छन्, तिनीहरू मानिसहरूलाई आक्रमण गर्न, निन्दा गर्न र बहकाउन सत्यताबारेका वादविवादहरू प्रयोग गरेर लाभ उठाउने समेत गर्छन्। उदाहरणका लागि, एक ख्रीष्टविरोधीले के सोच्दछ भने, यदि उसका सहकर्मी सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरूले उसको हैसियतमाथि खतरा पैदा गर्न सक्छन्, अनि त्यसैले ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउन र मानिसहरूलाई उसको आदर गर्न लगाउनका लागि वजनदार प्रवचनहरू दिने र आत्मिक सिद्धान्तहरू छलफल गर्नेछ। यसरी, तिनीहरूले आफ्ना सहकर्मी र सहकर्मचारीहरूलाई तुच्छ देखाउन र दबाउन सक्छन्, र मानिसहरूलाई तिनीहरूका अगुवाका सहकर्मीहरू सत्यता पछ्याउने मानिसहरू त हुन्, तैपनि तिनीहरू क्षमता र योग्यताको हिसाबले तिनीहरूको अगुवाको बराबरीका छैनन् भन्‍ने महसुस गराउन सक्छन्। कतिपय मानिसहरू यस्तो पनि भन्छन्, “हाम्रा अगुवाका उपदेशहरू वजनदार छन्, र कसैले तुलना गर्न सक्दैन।” ख्रीष्टविरोधीका लागि यस्तो टिप्पणी सुन्‍नु अत्यन्त सन्तोषजनक कुरो हुन्छ। तिनीहरू मनमनै सोच्छन्, “तँ त मेरो सहकर्मी होस्, के तँमा केही सत्यता वास्तविकताहरू छैनन्? तँ मजस्तो वाकपटुता र उच्चतासाथ किन बोल्न सक्दैनस्? तँ अब पूरै अपमानित भइस्। तँमा क्षमताको कमी छ, तैपनि तँ मसँग प्रतिस्पर्धा गर्ने हिम्मत गर्छस्!” ख्रीष्टविरोधीले यस्तै सोचिरहेको हुन्छ। ख्रीष्टविरोधीको लक्ष्य के हो? तिनीहरू अरू मानिसलाई दबाउने, होच्याउने र आफूलाई तिनीहरूभन्दा माथि राख्नेजस्ता हरसम्भव उपायहरू प्रयोग गर्दै छन्। सत्यता पछ्याउने वा तिनीहरूसँग सहकार्य गर्ने सबैलाई ख्रीष्टविरोधीले यसरी नै व्यवहार गर्ने गर्छ। ख्रीष्टविरोधीले जे गरे पनि, यो तिनीहरूको आफ्नै शक्ति र हैसियतमा केन्द्रित हुन्छ, र तिनीहरू अरूको सम्मान र वाहवाही जित्नका लागि यसो गर्छन्। तिनीहरू अरू कसैलाई पनि आफूलाई उछिन्‍न दिँदैनन्; तिनीहरूभन्दा राम्रो जोकोही पनि तिनीहरूको बेइज्जत, बहिष्कार, र दमन सहन बाध्य हुनैपर्छ। सत्यता पछ्याउने मानिसहरूविरुद्ध ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने हरेक माध्यमहरूको पछाडि मनसाय र उद्देश्यहरू हुन्छन्। परमेश्‍वरको घरको कामको रक्षा गर्ने प्रयास गर्नुको सट्टा, तिनीहरूको उद्देश्य आफ्‍नै शक्ति र हैसियतको रक्षा गर्नु, साथै परमेश्‍वरका चुनिएका मानिसहरूको हृदयमा आफ्नै पद र छवि कायम राख्‍नु हो। तिनीहरूका तरिका र व्यवहारहरू परमेश्‍वरको घरको कामको निम्ति अवरोध र बाधा हुन्, र तिनले मण्डली जीवनमा पनि हानिकारक असर गर्छन्। के ख्रीष्टविरोधीका दुष्ट कार्यहरूको सबैभन्दा आम प्रकटीकरण यही होइन र? यी दुष्ट कार्यहरूको अलावा, ख्रीष्टविरोधीहरूले तीभन्दा पनि घृणित काम गर्छन्, त्यो के हो भने तिनीहरूले सधैँ सत्यताको खोजी गर्ने मानिसहरूका कमजोरीको कसरी फाइदा उठाउने भनेर पत्ता लगाउने प्रयास गर्छन्। उदाहरणको लागि, यदि कसैले व्यभिचार गर्‍यो वा अरू कुनै अपराध गर्‍यो भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई आक्रमण गर्न यी कुराहरूको फाइदा उठाउँछन्, तिनीहरूलाई अपमान, खुलासा, र निन्दा गर्ने मौका हेर्छन्, तिनीहरूको कर्तव्यप्रतिको जोस मार्न अनेक नाम दिन्छन्, जसले गर्दा तिनीहरूले नकारात्मक महसुस गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूप्रति भेदभाव, बेवास्ता र इन्कार गर्ने पनि बनाउँछन्, जसले गर्दा सत्यता खोजी गर्नेहरू एक्लो बन्छन्। अन्त्यमा, जब सत्यता खोजी गर्नेहरू सबैले नकारात्मक र कमजोर महसुस गर्छन्, सक्रिय रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न छोड्छन्, र भेलाहरूमा जान मन गर्दैनन्, तब ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। सत्यता खोजी गर्नेहरूले ख्रीष्टविरोधीहरूको हैसियत र शक्तिमा खतरा पुर्‍याउन छोडेकाले, र कसैले पनि तिनीहरूको रिपोर्ट वा खुलासा गर्ने आँट नगर्ने हुनाले तिनीहरू ढुक्‍क हुन्छन्। ख्रीष्टविरोधीले मण्डलीमा सत्यता पछ्याउने मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्दछ, विशेष गरी झूटा अगुवा र ख्रीष्टविरोधीको खुलासा र रिपोर्ट गर्ने हिम्मत गर्ने इन्साफको बोध भएका व्यक्तिहरूलाई। ख्रीष्टविरोधीले त्यस्ता मानिसहरूलाई आफ्नो आँखाको कसिङ्गरका रूपमा, आफू छेउको काँडाका रूपमा हेर्छ। सत्यता पछ्याउने र आफ्नो कर्तव्य स्वेच्छाले पूरा गर्ने कोही देखेमा, उसको हृदयमा द्वेष र शत्रुता उत्पन्‍न हुन्छ, अनि उसमा एक थोपा पनि प्रेम हुँदैन। सत्यता पछ्याउने मानिसहरूले जस्तोसुकै कठिनाइहरू भोग्नुपरे पनि वा तिनीहरू जतिसुकै कमजोर र नकारात्मक भए तापनि, एक ख्रीष्टविरोधीले तिनीहरूलाई मद्दत वा समर्थन नगर्ने मात्र गर्दैन—उसले त्यसलाई त्यत्तिकै पन्छाउने मात्र गर्दैन। बरु, ऊ मनमनै खुसी हुन्छ। अनि यदि कसैले ऊमाथि आरोप लगाएको छ वा उसको खुलासा गरेको छ भने, कमजोर भएको मौका छोपेर उसलाई लात हानेर तल झारिदिन्छ, उसलाई पाठ सिकाउन, उसको निन्दा गर्न, उसलाई अघि बढ्ने कुनै बाटो नदिन, अनि अन्तमा उसलाई आफ्नो कर्तव्य निर्वाह गर्न नसक्नेगरी नकारात्मक बनाउन नानाथरीका आरोप लगाउँछ। तब ख्रीष्टविरोधी आफैँमा गर्व गर्छ र त्यो व्यक्तिको दुर्भाग्यमा रमाउन थाल्छ। यसप्रकारका कामहरू गर्नमा ख्रीष्टविरोधीहरू खप्पीस छन्; सत्यता पछ्याउनेहरूलाई बहिष्कार, आक्रमण र निन्दा गर्नु तिनीहरूको सबैभन्दा ठूलो सीप हो। ख्रीष्टविरोधीहरूले के सोच्छन् जसले गर्दा तिनीहरू यस्तो दुष्टता गर्न सक्‍ने बन्छन्? “यदि सत्यता खोजी गर्नेहरूले प्रायः प्रवचनहरू सुने भने, एक दिन तिनीहरूले मेरो व्यवहारको वास्तविकता देख्‍न सक्छन्, र त्यसपछि तिनीहरूले मलाई अवश्य नै खुलासा गरेर प्रतिस्थापन गर्नेछन्। तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्दा, मेरो हैसियत, प्रतिष्ठा, र इज्‍जतमा खतरा आइलाग्छ। पहिले मैले नै प्रहार गर्नुपर्छ, र तिनीहरूलाई बाधा पुर्याउन र निन्दा गर्न गलचेप हात पार्ने मौकाहरू खोजी तिनीहरूलाई नकारात्मक बनाउनु नै राम्रो हुन्छ, ताकि तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने सबै इच्‍छा गुमाऊन्। अगुवा र कामदारहरू अनि सत्यता खोजी गर्नेहरूको बीचमा द्वन्द्व पनि उत्पन्‍न गराउनेछु, ताकि अगुवा र कामदारहरूले तिनीहरूलाई छिःछि दूरदूर गरून्, तिनीहरूबाट टाढा बसून्, र तिनीहरूलाई महत्त्व वा बढुवा दिन छोडून्। त्यसरी, तिनीहरूसँग सत्यता खोजी गर्ने वा कर्तव्य निर्वाह गर्ने इच्‍छा हुनेछैन। सत्यता खोजी गर्नेहरू नकारात्मक भई बसे भने, त्यो एकदमै राम्रो हुन्छ।” ख्रीष्टविरोधीहरूले हासिल गर्न चाहने उद्देश्य यही हो। जब एक ख्रीष्टविरोधी वा दुष्ट व्यक्तिले तँलाई फसाउँछ, तेरो निन्दा गर्छ, र तिनीहरूको चालद्वारा तँलाई अपमानित गर्छ, तब तँ के भइरहेको छ भनेर खुट्ट्याउन सक्छस्? के तँ शैतानको चालहरू छर्लङ्ग देख्न सक्छस्? तैँले खुट्ट्याउन सिक्नैपर्छ: “तिनीहरूले जे भने, त्यो एकदम ठीक सुनिएको थियो, तर मैले किन नकारात्मक महसुस गर्न थालेँ? म किन अब आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ? मेरो मनमा परमेश्‍वरका बारेमा किन शङ्का छ? के तिनीहरूले भनेका कुरामा कुनै समस्या थियो? यसले किन नकारात्मक असर गऱ्यो? मैले किन त्यसबाट परमेश्‍वरका बारेमा गलत बुझाइ र धारणा, अनि उप्रान्त समर्पित हुने चाहना नराख्ने भाव पाएँ? परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने मेरो पहिलेको उत्साह र सङ्कल्प अब किन छैन? अनि ममा अचानक परमेश्‍वरको कामका बारेमा केही शङ्का-उपशङ्काहरू छन्—मलाई लाग्छ, मेरा दर्शनहरू स्पष्ट छैनन्। मलाई थाहा छैन, यसप्रकार कर्तव्य निर्वाह गर्नु केका लागि हो, र मलाई लाग्छ, मैले धेरै बर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु र कठिनाइहरू भोगेको छु, तैपनि देखाउनका लागि मसित केही पनि छैन। अहिले मेरो मनमा अन्धकार छ।” त्यो अलि असामान्य छ। झट्टै सुन्दा सही लाग्ने शब्दहरूले यस्तो नतिजा किन ल्याउँछन्? तँलाई शब्दहरूमै केही गडबड छ जस्तो लाग्दैन? त्यसोभए, ती कस्ता खालका शब्दहरू हुन्, जसलाई सुन्दा तँमा त्यस्ता प्रतिक्रियाहरू उत्पन्‍न हुन्छन्? कुन प्रकारका शब्दहरू सुन्दा तँलाई परमेश्‍वरप्रति अविश्‍वास जाग्छ? सबैभन्दा पहिले, एउटा कुरा पक्का छ: ख्रीष्टविरोधीका सबै शब्दहरू भ्रामक छन्; सर्पले जस्तै ती सबैले मानिसहरूलाई पाप गर्न, र आफूलाई परमेश्‍वरबाट टाढा राख्न र उहाँलाई अस्वीकार गर्न बहकाउँछन्। तिनीहरूको एउटा शब्दले पनि मानिसहरूको भरणपोषण वा मदत गर्दैन। तिनीहरूको शब्द कहाँबाट आउँछ त? शैतान र दियाबलसहरूबाट। ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउनेहरूलाई आक्रमण र निन्दा गर्न प्रयोग गर्ने शब्दहरूको कुरा गर्दा, के तँ तिनलाई खुट्ट्याउन सक्छस्? ख्रीष्टविरोधीहरूको एउटै मात्र डर भन्‍नुनै मानिसहरू सत्यताको पछि लाग्नु हो। तिनीहरू परमेश्‍वरमा समर्पित मानिसहरूदेखि, परमेश्‍वरलाई पछ्याउन र सृजित प्राणीहरूको कर्तव्य उठाउन अघि बढ्ने मानिसहरूदेखि डराउँछन्; तिनीहरू परमेश्‍वरको अगाडि आउने र सत्यता खोज्ने मानिसहरूदेखि डराउँछन्। तिनीहरूको सबैभन्दा ठूलो डर नै यही हो। किनकि परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता पछ्याउने बाटोमा पाइला टेकिसकेपछि तिनीहरूको जीवनमा तीव्र वृद्धि हुन्छ, र यसो हुँदै गर्दा तिनीहरूको कदमा झन्-झन् वृद्धि हुँदै जान्छ—र जब सत्यताले मानिसहरूको हृदयमा राज गर्छ र तिनीहरूको जीवन बन्छ, त्यो ख्रीष्टविरोधीहरूको अन्तिम दिन हुनेछ: त्यसपछि तिनीहरूले निन्दा, प्रकाश र हटाइ, अनि पूर्ण त्यागको सामना गर्नेछन्। यसैले ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउनेहरूलाई सबैभन्दा धेरै घृणा गर्छन्। ख्रीष्टविरोधीको नजरमा, सत्यता पछ्याउनेहरू घृणित शत्रुहरू हुन्, तिनीहरूको आक्रमण र बलजफ्तीका निशानाका साथै तिनीहरूको घृणा र त्याग, हानि र दुर्व्यवहार, र त्योभन्दा बढी, बहकाउन सकिने निशानाहरू हुन्। ख्रीष्टविरोधीहरूसँग सत्यता पछ्याउनेहरूको हृदयलाई बहकाउने, नियन्त्रण गर्ने वा पासोमा पार्ने कुनै तरिका हुँदैन, र तिनीहरूले खुल्लमखुल्ला बहिष्कार गर्न र जथाभावी आक्रमण गर्न सक्दैनन्, त्यसैले तिनीहरूसित एउटै बाँकी कुरो भनेको मानिसहरूलाई आफ्नै तहमा झार्न नरम रणनीतिहरू प्रयोग गरेर सही र सुनुँ सुनुँ लाग्ने कुराहरू भन्‍नु हो। अनि यदि ती व्यक्तिहरूले तिनीहरूलाई पछ्याएनन् र तिनीहरूका लागि उपयोगी हुन सक्दैनन् भने, तिनीहरूलाई बहिष्कार गर्न, नकारात्मक र कमजोर बनाउन, र उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न इच्छा नै नलाग्ने तुल्याउन—अनि अन्तमा परमेश्‍वरलाई नै त्याग्न लगाउन नीच रणनीतिहरू प्रयोग गर्नेछन्। यो ख्रीष्टविरोधीहरूको मुख्य दुष्ट कार्यहरूमध्ये एक हो, र यो तिनीहरूको प्रकृति सारको अर्को विशिष्ट विशेषता हो। तिनीहरूको प्रकृतिको यो कस्तो विशेषता हो? तिनीहरूको कपटीपन, तिनीहरूको धूर्तता, तिनीहरूको दुर्भावना। मण्डलीमा राज गर्ने आफ्नो महत्वाकाङ्क्षा र लक्ष्य प्राप्तिका निम्ति ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउनेहरूलाई निरन्तर बहकाउने, बहिष्कार र आक्रमण गर्ने प्रयास गर्छन्। तिनीहरूले आफ्नो अकथनीय लक्ष्य प्राप्त गर्न यसो गर्छन्, सत्यता पछ्याउने सबैलाई नकारात्मक र कमजोर बनाउँछन्, तिनीहरूको आस्थालाई उत्साहहीन पार्छन्, र परमेश्‍वरबारे गलत बुझाइ पैदा गराउँछन्। एकपल्ट यी मानिसहरूमा परमेश्‍वरबारे गलत बुझाइ र गुनासाहरू पैदा भएपछि तिनीहरू त्यसउप्रान्त सत्यता पछ्याउने छैनन्, न त तिनीहरूले स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्नेछन्—र त्यसैले, तिनीहरूले आफूलाई परमेश्‍वरबाट टाढा राख्नेछन्। अनि ख्रीष्टविरोधीका लागि यसको अर्थ के हो? सबैभन्दा पहिले, यसको अर्थ कसैले पनि आफ्नो पदमाथि खतरा पैदा गर्नेछैन; दोस्रो, यी सकारात्मक मानिसहरूले नकारात्मक र कमजोर भएर आफूलाई परमेश्‍वरबाट टाढा राखेपछि, ख्रीष्टविरोधीले मण्डलीमा मानिसहरूलाई बहकाउन र बाँध्न, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न पूरा छुट पाउनेछ, ताकि तिनीहरू ख्रीष्टविरोधीहरूको पछि लागून्, तिनीहरूको समर्थन गरून् र तिनीहरूको अधिनस्थ भई झुकून्। यसरी, ख्रीष्टविरोधीको लक्ष्य हासिल हुन्छ। यसो गरेर के ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका छन्? (छैनन्।) त्यसोभए, तिनीहरूले गर्ने सबै कुराको चरित्र के हो? (तिनीहरूले दुष्टता गरिरहेका छन्।) “दुष्टता गर्नु” भनेको यसलाई सामान्य रूपमा राख्नु हो; विशिष्ट रूपमा भन्दा, तिनीहरूले मानिसहरूलाई बाधा र अड्चन पुर्‍याउँदैछन्, तिनीहरूलाई सत्यता पछ्याउने र परमेश्‍वरबाट मुक्ति पाउने मार्गमा हिँड्नबाट रोकिरहेका छन्। जब कुनै ख्रीष्टविरोधीले कसैलाई सत्यताको पछि लागिरहेको देख्छ, ऊ क्रोधले रातोपिरो हुन्छ; त्यसलाई घृणा गर्छ। त्यो घृणा कुन हदसम्म जान्छ? जब उसले कसैलाई सत्यताको पछि लागिरहेको र ख्रीष्टलाई पछ्याइरहेको, उसलाई भने नपछ्याइरहेको वा उसको आराधना नगरिरहेको र आफू हिँडिरहेको बाटोमा नहिँडिरहेको देख्छ, उसले त्यस व्यक्तिलाई आक्रमण गर्नेछ, बहिष्कार गर्नेछ र दबाउनेछ, अनि उसमा त्यस व्यक्तिलाई गायब गरिदिने उत्कटता हुन्छ। तिनीहरूको घृणा यो हदसम्म जान्छ। सङ्क्षेपमा, ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूका आधारमा, हामी तिनीहरूले नेतृत्वको कर्तव्य पूरा गरिरहेका छैनन् भनेर निर्धारित गर्न सक्छौँ, किनभने तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको वचन खान र पिउनमा वा सत्यताबारेको सङ्गतिमा अगुवाइ गरिरहेका छैनन्, र तिनीहरूले मानिसहरूलाई मलजल वा भरणपोषण गरिरहेका छैनन्, सत्यता हासिल गर्न दिइरहेका छैनन्। बरु, तिनीहरूले मण्डलीको जीवनमा बाधा र अवरोध पुर्‍याउँछन्, मण्डलीको कामलाई भताभुङ्ग पार्छन् र नष्ट गर्छन्, र मानिसहरूलाई सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा व्यवधान खडा गर्छन्। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन चाहन्छन् र तिनीहरूलाई मुक्ति पाउने मौका गुमाउने तुल्याउन चाहन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याएर हासिल गर्न चाहेको अन्तिम लक्ष्य यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्