विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन् (खण्ड चार)

केही मानिसहरूमा ख्रीष्टविरोधी स्वभाव हुन्छ, र तिनीहरूले प्राय: केही भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, तर त्यस्ता प्रकटीकरणहरू हुँदाहुँदै पनि, तिनीहरूले चिन्तन गरेर आफ्नो बारेमा जान्दछन्, र तिनीहरू सत्यता स्वीकार र अभ्यास गर्न सक्षम हुन्छन्, र केही समयपछि तिनीहरूमा परिवर्तन देख्‍न सकिन्छ। तिनीहरू मुक्तिको सम्भावित पात्रहरू हुन्। कति मानिसहरू बाहिरबाट हेर्दा विभिन्‍न कुराहरू त्याग्न, आफूलाई अर्पित गर्न, कष्ट भोग्न र मूल्य चुकाउन सक्षम देखिन्छन्, तर तिनीहरूको प्रकृति सारमा तिनीहरू सत्यताप्रति वितृष्ण राख्छन् र त्यसलाई घृणा गर्छन्। तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा तिनीहरू त्यसप्रति वितृष्ण हुन्छन् र त्यसको प्रतिरोध गर्छन्। भेला र प्रवचन भइरहँदा तिनीहरू उङ्छन् र निदाउँछन्। तिनीहरूलाई ती पट्यारलाग्दा लाग्छन् र सुनिरहेको कुरा बुझे पनि त्यो अभ्यास गर्दैनन्। अन्य केही मानिसहरू इमानदारीपूर्वक प्रवचन सुनिरहेजस्तो देखिन्छन्, तर तिनीहरूको हृदयले सत्यताको तृष्णा गर्दैन र परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ कि, तिनीहरूले तिनलाई एकप्रकारको आत्मिक ज्ञान वा सिद्धान्तको रूपमा मूल्याङ्कन गर्छन्। त्यसैले तिनीहरू जति वर्षदेखि विश्‍वासी रहिआएका, वा तिनीहरूले परमेश्‍वरका जतिसुकै वचनहरू पढेका, वा जतिसुकै प्रवचन सुनेका भए पनि, हैसियत पछ्याउने र शक्तिलाई सम्मान गर्नेप्रतिको तिनीहरूको दृष्टिकोण, वा सत्यताप्रति वितृष्ण हुने, सत्यतालाई घृणा गर्ने, र परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको मनोवृत्तिमा कुनै बदलाव आउँदैन। तिनीहरू ठेट ख्रीष्टविरोधीहरू हुन्। यदि तैँले तिनीहरूलाई “तैँले मानिसहरूलाई आफूतिर तान्न खोजिरहेको छस्, र आफूलाई उच्च पार्दा र आफूबारे गवाही दिँदा तैँले मानिसहरूलाई बहकाइरहेको र हैसियतको लागि परमेश्‍वरसँग होड गरिरहेको छस्। यी शैतान र ख्रीष्टविरोधीहरूले गर्ने कार्यहरू हुन्” भनेर तिनीहरूको खुलासा गरिस् भने, के तिनीहरू त्यस्तो निन्दा स्विकार्न सक्षम हुन्छन्? बिलकुलै हुँदैनन्। तिनीहरू के सोच्छन्? “मैले यसरी कार्य गर्नु सही हो, त्यसैले म यसरी नै कार्य गर्छु। तैँले मलाई जसरी निन्दा गरे पनि, तैँले जे भने पनि, र त्यो जतिसुकै सही देखिए पनि, म काम गर्ने यो तरिका, यो चाहना, यो पछ्याइ छोड्नेछैन।” त्यसकारण, यो कुरा तय हुन्छ: तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। तैँले बोल्ने जुनसुकै कुराले पनि तिनीहरूका दृष्टिकोण, मनसाय, कार्यसूची, महत्त्वाकाङ्क्षा, वा चाहनाहरू बदल्न सक्दैन। यो ख्रीष्टविरोधीहरूको ठेट प्रकृति सार हो; तिनलाई कसैले पनि बदल्न सक्दैन। तिनीहरूसँग मानिसहरूले सत्यतामा जे-जसरी सङ्गति गरे पनि, वा उनीहरूले जे-जस्तो बोली वा शब्दावली प्रयोग गरे पनि, समय, स्थान, वा सन्दर्भ जे भए पनि, तिनीहरूलाई कुनै कुराले पनि बदल्न सक्दैन। तिनीहरूको परिवेश जे-जसरी बदलिए पनि, तिनीहरू वरपरका मानिस, घटना, र कामकुराहरू जे-जसरी बदलिए पनि, र समय जसरी बदलिए पनि, वा परमेश्‍वरले जति ठूला चिन्ह वा आश्‍चर्यकर्महरू देखाए पनि, परमेश्‍वरले तिनीहरूलाई जति अनुग्रह प्रदान गरे पनि, वा जे-जसरी दण्डित गरे पनि, विभिन्‍न कुराहरू हेर्ने तिनीहरूको तरिका र तिनीहरूको कार्यसूची कहिल्यै बदलिनेछैन, र शक्ति हत्याउने तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै बदलिनेछैन। आफूलाई आचरणमा ढाल्ने र अरूसँग अन्तरक्रिया गर्ने तिनीहरूको तरिका कहिल्यै बदलिनेछैन, न त सत्यता र परमेश्‍वरलाई घृणा गर्ने तिनीहरूको मनोवृत्ति नै बदलिनेछ। जब अरूले तिनीहरूले जे गरिरहेका छन् त्यो आफैलाई उच्च पार्ने र आफ्नै गवाही दिने अनि मानिसहरूलाई बहकाउने कार्य हो भनी भन्छन्, तब तिनीहरू आफ्नो बोल्ने शैली बदलेर यस्तो बनाउँछन्, जसबारे अरूले कुनै दोष भेट्टाउन वा खुट्ट्याउन सक्दैनन्। तिनीहरू आफ्नै व्यक्तिगत उद्यममा संलग्न हुन र परमेश्‍वरका चुनिएका मानिसहरूलाई शासन र नियन्त्रण गर्ने लक्ष्य प्राप्त गर्न अझ बढी धूर्त उपायहरू प्रयोग गर्छन्। ख्रीष्टविरोधीमा यही कुरा प्रकट हुन्छ, र ख्रीष्टविरोधी सारद्वारा यही कुरा उत्पन्न हुन्छ। तिनीहरूलाई दण्ड दिइनेछ, तिनीहरूको अन्त्य आएको छ, तिनीहरू श्रापित छन् भनेर परमेश्‍वरले भन्नुभए पनि, के यो कुराले तिनीहरूको सार परिवर्तन गर्नसक्छ र? के यसले सत्यताप्रतिको तिनीहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ र? के यसले हैसियत, ख्याति, र प्राप्तिप्रतिको तिनीहरूको प्रेम बदल्न सक्छ र? सक्दैन। शैतानले भ्रष्ट पारेका मानिसहरूलाई परमेश्‍वरको आराधना गर्ने सामान्य मानवता भएका मानिसहरूमा परिणत गर्नु नै परमेश्‍वरको काम हो; यो हासिल गर्न सकिन्छ। तर पिशाचहरू, मानिसको खाल ओढेका मानिसहरू, जसको सार शैतानी छ, र जो परमेश्‍वरप्रति शत्रुवत् छन्, के तिनीहरूलाई सामान्य मानिसहरूमा परिवर्तन गर्नु सम्भव छ र? त्यो असम्भव हुनेछ। परमेश्‍वर यसप्रकारको काम गर्नुहुन्न; यी मानिसहरू परमेश्‍वरले मुक्ति दिनुहुनेहरूमा पर्दैनन्। त्यसोभए, परमेश्‍वर यस्ता मानिसहरूमाथि कस्तो फैसला सुनाउनुहुन्छ? तिनीहरू शैतानका हुन्। तिनीहरू परमेश्‍वरको छनौट वा मुक्तिका पात्रहरू होइनन्; परमेश्‍वरले यस्ता मानिसहरू चाहनुहुन्न। तिनीहरूले परमेश्‍वरमा जति लामो समयदेखि विश्‍वास गरेका भए पनि, तिनीहरूले जति धेरै दुःख भोगेका वा तिनीहरूले जे हासिल गरेका भए पनि, तिनीहरूको कार्यसूची बदलिँदैन। तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षा वा चाहनाहरू त्याग्दैनन्, तिनीहरूले परमेश्‍वरसँग हैसियत र मानिसहरूको निम्ति होड गर्ने आफ्नो अभिप्राय र लालसा त्याग्न सक्‍ने त कुरै नगरौँ। त्यस्ता मानिसहरू सच्चा ख्रीष्टविरोधीहरू हुन्।

कति मानिसहरू भन्छन्, “के ख्रीष्टविरोधीहरूले क्षणिक दिग्भ्रमका कारण दुष्टता गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने गर्दैनन् र? यदि परमेश्‍वरले तिनीहरूलाई केही चिन्ह र आश्‍चर्यकर्म देखाउनुहुन्थ्यो वा तिनीहरूले परमेश्‍वरलाई देखून् भनेर तिनीहरूलाई सानोतिनो दण्ड दिनुहुन्थ्यो भने, के त्यसपछि तिनीहरू परमेश्‍वरलाई मान्न र परमेश्‍वरप्रति समर्पित हुन सक्नेथिएनन् र? के त्यसपछि तिनीहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर स्विकार्न र मान्न र उप्रान्त हैसियतको लागि परमेश्‍वरसँग होड नगर्न सक्नेथिएनन् र? के तिनीहरूले परमेश्‍वरले कुनै चिन्ह वा आश्‍चर्यकर्म गर्नुभएको साक्षात् अनुभव नपाएर वा परमेश्‍वरको आत्मिक शरीर नदेखेर तिनीहरूमा आस्था नभएको, र त्यसैले तिनीहरू निकै कमजोर भएका र त्यसपछि शैतानद्वारा छलिएका होइनन् र?” अहँ, त्यस्तो होइन। ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा, चाहना, र सार कुनै व्यक्ति अस्थायी रूपमा छलिनु र मूर्ख हुनु र सत्यता नबुझ्नुभन्दा पूर्णतः फरक र भिन्न हुन्छन्। ख्रीष्टविरोधीहरूमा अन्तर्निहित रूपमै शैतानी प्रकृति हुन्छ र तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र जन्मेदेखि नै सत्यतालाई घृणा गर्छन्। तिनीहरू परमेश्‍वरसँग मेल नखाने, परमेश्‍वरको प्रतिरोध गर्ने र अन्त्यसम्मै परमेश्‍वरसँग होड गर्ने शैतानहरू हुन्, र तिनीहरू मानव खाल ओढेका जीवित शैतानहरू हुन्। त्यस्ता मानिसहरूलाई तिनीहरूको प्रकृति सारअनुसार ख्रीष्टविरोधीका रूपमा चित्रण गरिन्छ, र त्यसकारण तिनीहरूले परमेश्‍वरको घरमा कुन भूमिका खेल्न र के काम गर्न सक्छन्? तिनीहरूले परमेश्‍वरको कामलाई बाधा र अवरोध गर्छन्, ध्वस्त पार्छन्, र नष्ट गर्छन्। ती मानिसहरू परमेश्‍वरको घरमा यस्ता कुराहरू नगरी बस्न सक्दैनन्। तिनीहरू यस्तै प्रकारका कुराहरू हुन्, तिनीहरूमा शैतानी प्रकृति हुन्छ, र यो त भेडाहरू खाने मनसाय बोकेर तिनको बथानमा ब्वाँसो छिरेजस्तै हो—तिनीहरूको एक मात्र उद्देश्य यही हो। अर्को दृष्टिकोणबाट बोल्नुपर्दा, परमेश्‍वरले किन यी मानिसहरूलाई उहाँको घरमा देखा पर्न दिनुहुन्छ? ताकि परमेश्‍वरका चुनिएका मानिसहरूको खुट्ट्याउने क्षमता बढ्दै जान सकोस्। के मानिसहरूले दियाबलस शैतान कस्तो चीज हो, त्यसका शब्द कार्यहरूको सार के हो, त्यसले कस्ता स्वभावहरू प्रकट गर्छ, वा त्यसले संसारमा कसरी मानिसहरूलाई बहकाउँछ र परमेश्‍वरको विरोध गर्छ भनेर स्पष्टसँग देख्न सक्छन्? दियाबलस शैतानलाई उल्लेख गर्दा, मानिसहरूले त्यो ठ्याक्कै दियाबलस हो कि शैतान हो भनेर स्पष्टसँग बताउन सक्दैनन्; तिनीहरूलाई त्यो अमूर्त र खोक्रो लाग्छ, त्यो पर्याप्त मात्रामा ठोस नभएजस्तो लाग्छ। तिनीहरू सोध्छन्, “शैतान कहाँ छ?” जवाफ यस्तो आउँछ, “हावामा।” “त्यसोभए यो शैतान कति ठूलो छ? यसले खास रूपमा के-कस्ता आश्‍चर्यकर्महरू गर्न सक्छ? यसले परमेश्‍वरलाई ठ्याक्कै कसरी विरोध गर्छ? यसको प्रकृति सार के हो?” तिनीहरूलाई यो सब निकै अमूर्त, अस्पष्ट वा खोक्रो लाग्छ। तर तिनीहरूले ख्रीष्टविरोधीहरूका प्रकटीकरण र खुलासाहरूमार्फत यी कुरालाई शैतानले गर्ने कुरा र त्यसको प्रकृति सारसँग जुधाएर हेर्न सक्छन्, र त्यसपछि त्यो सब कुरा ठोस बन्छ, र त्यसउप्रान्त अमूर्त वा खोक्रो रहँदैन। अनि त्यो सब ठोस बनेपछि, मानिसहरूले त्यो बोलेको सुन्न सक्छन्, र त्यसको व्यवहार देख्न र ध्यानपूर्वक त्यसको प्रकृति सार खुट्ट्याउन सक्छन्। यसरी, के तिनीहरूले परमेश्‍वरले कुरा गर्नुभएको दियाबलस शैतानको सार झन् ठोस र वास्तविक बनेको छ, र तिनीहरूले यसलाई व्यावहारिक तरिकाले वास्तविक प्रकटीकरणसँग तुलना गर्न सक्छन् भनेर महसुस गर्दैनन् र? कति मानिसहरू अपरिपक्व कदका हुन्छन् र सत्यता बुझ्दैनन्, र कुनै क्षणिक मूर्खताको कारण तिनीहरू ख्रीष्टविरोधीहरूको छल र बहकाउमा पर्छन्, त्यसैले तिनीहरू लगभग एक वर्षसम्म छोडेर जान्छन्। परमेश्‍वरको घर फर्किएपछि तिनीहरूले शैतानलाई पछ्याउँदा राम्रो नहुँदो रहेछ भनेर महसुस गर्छन्। यी मानिसहरूले सुरुमा ख्रीष्टविरोधीहरूलाई पछ्याउन थाल्दा आफूसँग पर्याप्त कारण र ठूलो आत्मविश्‍वास भएको महसुस गर्छन्, र यसो भन्छन्, “माथिले हामीले ख्रीष्टविरोधीहरूलाई पछ्याऔँ भन्ने चाहँदैन, तैपनि हामी तिनीहरूलाई पछ्याउनेछौँ, र एकदिन हामी सही प्रमाणित हुनेछौँ!” यसको परिणाम यो हुन्छ कि, केही समयपछि नै तिनीहरूले पवित्र आत्माको काम गुमाएको महसुस गर्छन्, र तिनीहरू आफ्नो हृदयमा कुनै सम्पुष्टीकरण महसुस गर्न सक्दैनन्। तिनीहरूलाई परमेश्‍वर अब तिनीहरूसँग नहुनुभएझैँ, तिनीहरूको आस्थाले आफ्नो अर्थ र दिशा गुमाएझैँ महसुस हुन्छ, र तिनीहरूले बिस्तारै ख्रीष्टविरोधीहरूबारे झन्झन् बढी समझ प्राप्त गर्दै जान्छन्। तिनीहरू पहिले ख्रीष्टविरोधीहरूले साँच्चै सत्यता बुझ्छन्, र उनीहरूलाई पछ्याएर तिनीहरूले आफ्नो आस्थामा केही बिराउनेछैनन् भनेर सोच्थे, तर अब तिनीहरूले ख्रीष्टविरोधीहरूमा गम्भीर समस्याहरू हुन्छन्, र ख्रीष्टविरोधीहरू सत्यता बुझेझैँ गरी बोल्छन्, तर कहिल्यै सत्यता अभ्यास गर्दैनन्—र यो तथ्य हो भनेर देख्छन्। तिनीहरूले यति धेरै लामो समयसम्म ख्रीष्टविरोधीहरूलाई पछ्याएर पनि कुनै सत्यता प्राप्त नगरेको, र ख्रीष्टविरोधीहरूलाई पछ्याउन जारी राख्नु निकै खतरनाक कुरा भएको देख्छन्, र त्यसैले तिनीहरूले पछुतो महसुस गर्छन्, ख्रीष्टविरोधीहरूलाई इन्कार्छन्, र परमेश्‍वरको घर फर्कन इच्छुक हुन्छन्। परमेश्‍वरको घरले त्यस्ता व्यक्तिहरूलाई फिर्ता लिएपछि तिनीहरूलाई आफ्नो अनुभव बताउन भनिन्छ, र तिनीहरूले भन्छन्, “त्यो ख्रीष्टविरोधी मानिसहरूलाई बहकाउन निकै सिपालु थियो। त्यतिबेला मैले ऊबारे जे सोचे पनि ऊ सही लाग्थ्यो, तर त्यसको परिणाम के निस्कियो भने, उसलाई पछ्याएको एक वर्षभन्दा बढी समयपछि पनि मैले केही पाइनँ, कुनै सत्यता बुझिनँ, र अलिकति पनि सत्यता वास्तविकता प्राप्त गरिनँ। मैले बहुमूल्य समय खेर फालेँ। मैले साँच्चै ठूलो क्षति बेहोरेको छु!” असफलताको यो अनुभव तिनीहरूको सबैभन्दा गहन स्मृति बन्छ। परमेश्‍वरको घर फर्किएपछि तिनीहरूले जति धेरै प्रवचनहरू सुन्छन्, त्यति नै सत्यता बुझ्न थाल्छन् र तिनीहरूको हृदय त्यति नै उज्ज्वल बन्छ। ती ख्रीष्टविरोधीहरूलाई पछ्याएको समय सम्झँदा र आफूले कसरी क्षति बेहोरेँ भनेर देख्दा, तिनीहरू ख्रीष्टविरोधीहरू साँच्चै शैतान हुन् र तिनीहरूसँग मूलतः कुनै सत्यता हुँदैन, परमेश्‍वर मात्र सत्यता हुनुहुन्छ भनेर महसुस गर्न पुग्छन्, र तिनीहरूले फेरि कहिल्यै कुनै मानवलाई पछ्याउने आँट गर्दैनन्। जब फेरि अगुवा चुन्ने समय आउँछ, तब तिनीहरूले यस्तो सोच्दै होसियारीपूर्वक मतदान गर्छन्, “यदि मैले कुनै फलानो-फलानो व्यक्तिलाई मतदान गरेँ भने, सायद मैले ख्रीष्टविरोधी चुनिन सहयोग गरिरहेको हुन सक्छु। यदि मैले तिनीहरूलाई मतदान गरिनँ भने, त्यस कार्यले ख्रीष्टविरोधीलाई चुनिनबाट रोक्‍न सक्छ। म होसियार हुनैपर्छ र मानिसहरूलाई सिद्धान्तअनुसार मूल्याङ्कन गर्नैपर्छ।” के अब तिनीहरूका कार्य सिद्धान्त र मानकमा आधारित छैनन् र? (हो, छन्।) यो राम्रो कुरा हो। कति मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन् र यसो भन्छन्, “हामीलाई किन यस्तो भएको हो? के परमेश्‍वरले हामीलाई पन्छाउनुभएको हो? के अब उहाँले हाम्रो वास्ता गर्नुहुन्न?” त्यस्तो परिस्थितिमा परमेश्‍वरले तँलाई ख्रीष्टविरोधीहरूलाई नपछ्याउनू भनेर भन्नुभयो भने, के तँ त्यसमा सहमत हुनेछस्? अहँ, हुनेछैनस्। तँ अझै पनि तिनीहरूलाई पछ्याउन जिद गर्नेछस्, अनि परमेश्‍वरले तँलाई त्यसो गर्ने अनुमति दिएर तथ्यहरू प्रयोग गर्दै तँलाई पाठ सिकाउन मात्र सक्नुहुनेछ। ख्रीष्टविरोधीहरूलाई केही समयसम्म पछ्याएपछि तँ अचानक होसमा आउँछस् र आफूले जीवनमा ठूलो क्षति भोगेको देख्छस्, र त्यसपछि मात्र तैँले पछुतो महसुस गर्छस् र ख्रीष्टविरोधीहरूलाई इन्कार्न र फेरि परमेश्‍वरसामु फर्कन इच्छुक हुन्छस्। भाग्यवश, परमेश्‍वर सहनशील र कृपालु हुनुहुन्छ, र उहाँ तँलाई अझै पनि चाहनुहुन्छ। उहाँले नचाहनुभएको भए तँ पूर्ण रूपमा सक्किसक्थिस्, तँसँग मुक्ति पाउने कुनै मौका हुनेथिएन—ख्रीष्टविरोधीहरूलाई पछ्याउनुको कुनै राम्रो अन्त्य हुँदैन।

तैँले ख्रीष्टविरोधीहरूलाई स्पष्ट रूपमा देख्नुपर्छ र सही ढङ्गले पहिचान गर्नुपर्छ। तैँले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरण खुट्ट्याउन जान्‍नुपर्छ, र साथसाथै, तेरो प्रकृति सारका धेरै कुरा ख्रीष्टविरोधीहरूको समान छन् भनेर प्रस्टसँग जान्नुपर्छ। किनभने तिमीहरू सबै शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिमा पर्छौ, र एकमात्र फरक के हो भने, ख्रीष्टविरोधीहरू शैतानको पूर्ण नियन्त्रणमा हुन्छन्, र तिनीहरू शैतानका मतियार बनेका छन् र तिनीहरू त्यसैको पक्षबाट बोल्छन्। तँ पनि भ्रष्ट मानवजातिमै पर्छस्, तर तँ सत्यता स्विकार्न सक्छस् र तँसँग मुक्ति पाउने आशा छ। तर सारको हिसाबमा तँसँग ख्रीष्टविरोधीहरूसँग मिल्दोजुल्दो धेरै कुरा छन्, र तेरा विधि र कार्यसूची उस्तै छन्। यति मात्र हो कि, तँ सत्यता र प्रवचनहरू सुनेपछि, बाटो बदल्न सक्छस्, र तैँले बाटो बदल्न सक्नुले तँसँग मुक्ति पाउने आशा छ भन्ने कुरा निर्धारित गर्छ—तँ र ख्रीष्टविरोधीहरूबीचको भिन्नता यही हो। त्यसकारण, मैले ख्रीष्टविरोधीहरूको खुलासा गर्दा तैँले पनि तुलना गरेर तँ र ख्रीष्टविरोधीहरूबीच कुन-कुन कुराहरू मिल्दोजुल्दो छन्, र तेरो सारका कुन-कुन प्रकटीकरण, स्वभाव, र पक्ष तिनीहरूका जस्तै छन् भनेर पहिचान गर्नुपर्छ। यसो गरेर के तैँले त्यसपछि आफूलाई अझ राम्ररी चिन्न सक्नेछैनस् र? यदि तँ सधैँ प्रतिरोध महसुस गर्छस्, आफू ख्रीष्टविरोधी नभएको विश्‍वास गर्छस्, ख्रीष्टविरोधीहरूप्रति चरम घृणा महसुस गर्छस्, र यो तुलना वा आत्मचिन्तन गर्न र आफूले पछ्याइरहेको मार्ग बुझ्न अनिच्छुक हुन्छस् भने, त्यसको परिणाम के हुनेछ? शैतानी स्वभाव भएपछि तँ ख्रीष्टविरोधी बन्ने ठूलो सम्भावना हुन्छ। किनकि कुनै पनि ख्रीष्टविरोधी जानीजानी ख्रीष्टविरोधी बन्न चाहेर त्यसपछि ख्रीष्टविरोधी बन्दैन; उसले सत्यता नपछ्याउने हुनाले ऊ त्यस्तो बन्छ, अनि अन्ततः उसले स्वतः ख्रीष्टविरोधी मार्ग पछ्याउन पुग्छ। धार्मिक संसारका सत्यतालाई प्रेम नगर्नेहरू सबै ख्रीष्टविरोधी होइनन् र? आफ्नो प्रकृति सारबारे आत्मचिन्तन नगर्ने र त्यसलाई नबुझ्ने, र आफ्नै धारणा र कल्पनाहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्ति ख्रीष्टविरोधी हो। तैँले ख्रीष्टविरोधी मार्ग हिँड्न थाल्‍नेबित्तिकै, तैँले हैसियत पाउनेबित्तिकै, र साथमा तँसँग केही वरदान र ज्ञान छ, र सबैले तेरो प्रशंसा गर्छन् भने, जब तैँले काम गर्ने समय लामो हुँदै जान्छ, तब तैँले मानिसहरूको हृदयमा ठाउँ बनाउन पुग्छस्। तँ जिम्मेवार भएको कामको दायरा बढ्दै गएपछि, तैँले झन्झन् धेरै मानिसहरूलाई अगुवाइ गर्न पुग्छस्, र तैँले झन्झन् धेरै पूँजी प्राप्त गर्न थाल्छस्, र तँ खाँटी पावल बन्छस्। के यो सब तँमै निर्भर हुन्छ त? तँसँग यो मार्ग पछ्याउने कुनै योजना थिएन, तर तँ कसरी जानीनजानी ख्रीष्टविरोधी मार्ग हिँड्न थालिस्? यसको एउटा महत्त्वपूर्ण कारण के हो भने, यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले निश्‍चय नै हैसियत र प्रतिष्ठा पछ्याउनेछस्, तँ आफ्नै उद्यममा संलग्न हुनेछस्, र अन्त्यमा थाहा नपाईकनै तैँले ख्रीष्टविरोधी मार्ग पछ्याइरहेको हुनेछस्। यदि ख्रीष्टविरोधी मार्ग पछ्याइरहेका मानिसहरूले समयमै बाटो बदलेनन् भने, हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्ने ठूलो सम्भावना हुन्छ—यो नतिजा अवश्यम्भावी हुन्छ। यदि तिनीहरूले यो मामिला स्पष्टसँग देख्न सक्दैनन् भने तिनीहरू खतरामा छन्, किनकि सबैमा भ्रष्ट स्वभावहरू हुन्छन् र सबैले प्रतिष्ठा र हैसियत मन पराउँछन्; यदि तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भने, प्रतिष्ठा र हैसियतको कारण लड्ने ठूलो सम्भावना हुन्छ। परमेश्‍वरको न्याय र सजायबिना, सबैजनाले ख्रीष्टविरोधीको मार्ग पछ्याउनेथिए र प्रतिष्ठा र हैसियतका कारण पतन हुनेथिए, र यो कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन। तैँले भन्छस्, “मसँग कहिलेकाहीँ मात्रै यी प्रकटीकरणहरू हुन्छन्, यी अस्थायी प्रकटीकरण मात्र हुन्। ममा ख्रीष्टविरोधीहरूको जस्तै सार भए पनि, म ख्रीष्टविरोधीहरूभन्दा भिन्न छु किनकि ममा तिनीहरूमा भएजत्तिका ठूला महत्त्वाकाङ्क्षाहरू छैनन्। साथै, आफ्नो कर्तव्य निर्वाह गरिरहेको बेला म निरन्तर आत्मचिन्तन गरिरहेको, पश्‍चात्ताप गरिरहेको, र सत्यता खोजिरहेको हुन्छु, र म सत्यता सिद्धान्तअनुसार कार्य गरिरहेको हुन्छु। मेरो व्यवहार विश्‍लेषण गरेर हेर्दा, म ख्रीष्टविरोधी होइन र ममा ख्रीष्टविरोधी हुने इच्छा पनि छैन, त्यसकारण म सम्भवतः ख्रीष्टविरोधी कदापि हुन सक्दिनँ।” तँ अहिले ख्रीष्टविरोधी नहोलास्, तर के तँ आफूले ख्रीष्टविरोधी मार्ग नपछ्याउने र आफू ख्रीष्टविरोधी नबन्ने कुरा सुनिश्‍चित गर्न सक्छस्? के तँ त्यस्तो प्रत्याभूति गर्न सक्छस्? अहँ, तँ सक्दैनस्। त्यसोभए तैँले कसरी त्यस्तो प्रत्याभूति गर्न सक्छस्? त्यसो गर्ने एक मात्र तरिका भनेको सत्यता पछ्याउनु हो। त्यसोभए तैँले कसरी सत्यता पछ्याउनुपर्छ? के तँसँग त्यसो गर्ने कुनै तरिका छ? सबभन्दा पहिले, तैँले तँमा ख्रीष्टविरोधीहरूकै स्वभाव सार छ भन्ने तथ्य स्विकार्नुपर्छ। तँ अहिले ख्रीष्टविरोधी त होइनस्, तर तेरो लागि सबैभन्दा घातक र खतरनाक कुरा के हो? त्यो तँमा ख्रीष्टविरोधीहरूकै प्रकृति सार हुनु हो। के यो तेरो लागि राम्रो कुरा हो? (होइन।) निश्‍चय नै होइन। यो तेरो लागि एकदमै घातक छ। त्यसकारण, तैँले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको खुलासा गर्ने यी प्रवचनहरू सुनिरहँदा, तँसँग यी कुराहरूको कुनै सम्बन्ध छैन भनेर नसोच्; यो गलत मनोवृत्ति हो। त्यसोभए, यी तथ्य र प्रकटीकरणहरू स्विकार्न तँसँग कस्तो प्रकारको मनोवृत्ति हुनुपर्छ? यी कुराहरूसँग आफूलाई दाँज्, आफूमा ख्रीष्टविरोधीको प्रकृति सार छ भन्ने कुरा स्विकार्, र त्यसपछि आफ्ना कुन-कुन प्रकटीकरण र खुलासाहरू ख्रीष्टविरोधीहरूसँग मिल्दोजुल्दो छन् भनेर पत्ता लगाउन आफैलाई जाँच्। सुरुमा यो तथ्य स्विकार्—आफ्नो भेष बदल्ने वा आफूलाई लुकाउने प्रयास नगर्। तैँले हिँड्ने मार्ग ख्रीष्टविरोधी मार्ग हो, त्यसैले तँ ख्रीष्टविरोधी होस् भनेर भन्नु तथ्यअनुरूप कुरा हो; यति मात्र हो, परमेश्‍वरको घरले तँलाई अहिलेसम्म त्यसरी चित्रण गरिसकेको छैन र तँलाई पश्‍चात्ताप गर्ने मौका दिइरहेको छ, कुरो त्यति नै हो। के तैँले कुरो बुझिस्? सुरुमा, यो तथ्य मान् र स्वीकार गर्, अनि त्यसपछि तैँले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरसामु आएर तँलाई ताडना दिन र नियन्त्रणमा राख्न आग्रह गर्नु हो। परमेश्‍वरको उपस्थितिको ज्योति वा उहाँको सुरक्षाबाट बाहिर ननिक्ली, अनि यसरी तैँले काम गर्दा तँलाई तेरो विवेक र समझले नियन्त्रणमा राख्नेछ, र तँसँग तँलाई ज्योति दिन, अगुवाइ गर्न, र नियन्त्रणमा राख्न परमेश्‍वरका वचनहरू पनि हुनेछन्। यसअतिरिक्त, तँलाई मार्गदर्शन गर्न, तेरो लागि चेतावनीको काम गर्नको लागि तेरो वरिपरिका मानिस, घटना, र कामकुराहरूको प्रबन्ध गर्न र तँलाई ताडना दिन तँसँग पवित्र आत्माको काम हुनेछ। परमेश्‍वरले तँलाई कसरी चेतावनी दिनुहुन्छ? परमेश्‍वरले धेरै तरिकाले कार्य गर्नुहुन्छ। परमेश्‍वरले कहिलेकाहीँ तँलाई तेरो हृदयमा प्रस्टै देखिने भावना हुने तुल्याउनुहुन्छ, जसबाट तैँले आफूलाई नियन्त्रणमा राख्नुपर्छ, तैँले मनोमानी ढङ्गले व्यवहार गर्नु हुँदैन, यदि तैँले गलत तरिकाले कार्य गरिस् भने, तैँले परमेश्‍वरलाई लज्जित बनाउनेछस् र तँ मूर्खजस्तो देखिनेछस् भनेर स्पष्टसँग बुझ्नेछस्, अनि त्यसैले तैँले आफूलाई संयमित बनाउँछस्। के यो परमेश्‍वरले तेरो सुरक्षा गर्नुभएको होइन र? यो एउटा तरिका हो। परमेश्‍वरले कहिलेकाहीँ तँलाई तँभित्रै गाली गर्नुहुनेछ र तँलाई त्यसरी कार्य गर्नु लज्जास्पद कुरा हो, उहाँले त्यसलाई घृणा गर्नुहुन्छ, त्यो श्रापित कुरा हो भनेर बताउन स्पष्ट वचनहरू प्रदान गर्नुहुन्छ, अर्थात् तैँले आफूसँग तुलना गर् भनेर उहाँले तँलाई गाली गर्न स्पष्ट वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले तँलाई यसरी गाली गर्नुको उद्देश्य के हो? उहाँले तेरो विवेकलाई केही महसुस गराउन त्यसो गर्नुहुन्छ, र जब तैँले केही महसुस गर्छस्, तब तैँले प्रभाव, नतिजा, र आफ्नो लज्‍जाबोधबारे ख्याल गर्नेछस्, र तैँले आफ्नो कार्य र अभ्यासमा केही संयमता अपनाउनेछस्। यस्ता धेरै अनुभव बटुलिसकेपछि, तैँले पत्तो पाउनेछस् कि यी भ्रष्ट स्वभावहरूको जरा मानिसहरूभित्र गाडिएको भए पनि, जब मानिसहरू सत्यता स्विकार्न र आफ्ना भ्रष्ट स्वभावहरूको सत्यतालाई स्पष्टसँग देख्न सक्षम हुन्छन्, तब तिनीहरूले उद्देश्यपूर्ण रूपमा आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्छन्; जब मानिसहरू सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, तब तिनीहरूको शैतानी स्वभाव पखालिन्छ र बदलिन्छ। मान्छेको शैतानी स्वभाव अविनाशी वा अपरिवर्तनीय हुँदैन—जब तँ सत्यता स्विकार्न र त्यो अभ्यास गर्न सक्षम हुन्छस्, तब तेरो शैतानी स्वभाव प्राकृतिक रूपमै भत्किनेछ र प्रतिस्थापित हुनेछ। अनि, सत्यता अभ्यास गर्नु कति मीठो हुन्छ भन्ने कुराको स्वाद चाखेपछि, तैँले यस्तो सोच्नेछस्, “म पहिले कति निर्लज्ज थिएँ। मेरा शब्दहरू जतिसुकै धृष्ट भए पनि वा अरूलाई मेरो आराधना गर्ने तुल्याउन मैले आफूलाई जसरी उच्च पारे पनि, मलाई अलिकति पनि लाज लागेन र त्यसपछि पनि मसँग कुनै सचेतना थिएन। अहिले मलाई मैले त्यसरी व्यवहार गर्नु गलत थियो र त्यसरी मैले इज्जत गुमाएँ, र ममाथि दुनियाँकै नजर छ जस्तो महसुस भइरहेको छ।” यो परमेश्‍वरको काम हो। उहाँले तँलाई एउटा भावना दिनुहुन्छ, र तँलाई आफूले आफैलाई गाली गरेजस्तो महसुस हुन्छ, त्यसपछि तैँले दुष्टता गर्ने वा आफ्नै मार्गमा टाँस्‍सिरहने काम गर्नेछैनस्। अनि, आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तेरा तरिकाहरू तैँले थाहै नपाई झन्झन् कम हुँदै जान्छन्, र तैँले झन्झन् बढी संयमता अपनाउँछस्, र तैँले यसरी कार्य गर्दा झन्झन् तेरो हृदयले चैन पाएको र तेरो विवेक शान्त भएको महसुस गर्छस्—यो ज्योतिमा जिउनु हो, र अब तैँले आत्तिन वा आफूलाई लुकाउन झुट वा मीठा शब्दहरू बोल्न आवश्यक पर्दैन। विगतमा तैँले आफ्नो प्रतिष्ठा जोगाउन झुट बोलिस् र हरदिन त्यसलाई निरन्तरता दिइरहिस्। तैँले हरेकपटक झुट बोल्दा तैँले त्यसलाई निरन्तरता दिइरहनुपर्थ्यो, आफ्नो झुट पकडिइने पो हो कि भन्दै निकै डराउनुपर्थ्यो। यसको परिणाम के भयो भने, तैँले झन्झन् धेरै झुट बोलिरहिस्, अनि तैँले पछि आफ्ना झुटलाई निरन्तरता दिन ठूलो मेहनत लगाउनुपर्‍यो र दिमाग खियाउनुपर्‍यो; तैँले यस्तो जीवन जिइरहेको थिइस्, जुन न त मानवको जस्तो देखिन्थ्यो, न त दानवको जस्तो नै, र त्यो अत्यन्तै थकाइलाग्दो थियो! अहिले तँ इमानदार व्यक्ति बन्ने प्रयास गरिरहेको छस्, र तैँले आफ्नो हृदय खोल्न र साँचो कुरा बोल्न सक्छस्। तैँले झुट बोल्न र त्यसलाई हरदिन निरन्तरता दिन आवश्यक छैन, तँ अब झुटद्वारा बाँधिएको छैनस्, तँ पहिलेभन्दा निकै कम कष्ट भोग्छस्, तँ झन्झन् आरामदायी, स्वतन्त्र, र आजाद जीवन जिउँछस्, र आफ्नो हृदयको अन्तस्करणमा तँ शान्ति र खुसीका भावनाहरूको आनन्द उठाउँछस्—तँ यो जीवनको मिठास चाखिरहेको छस्। अनि तैँले यो जीवनको मिठास चाखिरहँदा, तेरो आन्तरिक संसार अबदेखि छली, दुष्ट, वा गलत रहँदैन। बरु, तँ अब परमेश्‍वरसामु आउन इच्छुक हुन्छस्, तँलाई कुनै समस्या आइपर्दा, तँ परमेश्‍वरलाई प्रार्थना गर्छस् र सत्यता खोज्छस्, कुनै समस्या आइपर्दा, तँ अरूसँग छलफल गर्न सक्छस्, र अब एकतर्फी रूपले वा मनोमानी ढङ्गले कार्य गर्न छोडेको छस्। तँलाई झन्झन् बढी यो महसुस हुन्छ कि पहिलेको तेरो काम गर्ने तरिका घृणित थियो र अबउप्रान्त त्यसरी काम गर्न चाहँदैनस्। यसको साटो, तैँले जुन तरिका सत्यता, समझ, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप छ, त्यही तरिकाले कार्य गर्छस्; तेरो कार्य गर्ने तरिका बदलिएको छ। जब तैँले यी कुराहरू हासिल गर्न सक्छस्, तब के त्यसको अर्थ तैँले ख्रीष्टविरोधी मार्ग छाडेको छस् भन्ने हुँदैन र? अनि जब तैँले ख्रीष्टविरोधी मार्ग छाडेको हुन्छस्, तब के त्यसको अर्थ तँ मुक्तिको मार्ग हिँड्न थालेको छस् भन्ने होइन र? जब तैँले मुक्तिको मार्ग हिँड्न थालेको हुन्छस् र प्रायः परमेश्‍वरसामु आउने गर्छस्, तब तेरो मनोवृत्ति, मनसाय, दृष्टिकोण, तेरो जीवनको लक्ष्य र दिशा त्यसउप्रान्त परमेश्‍वरको विरोधमा हुँदैन, र तँ सकारात्मक कुराहरू मन पराउन, र निष्पक्षता, धार्मिकता, र सत्यतालाई प्रेम गर्न थाल्छस्। जब यो हुन्छ, तेरो सबैभन्दा भित्री हृदय र विचारहरू रूपान्तरण हुन थालेका हुन्छन्। जब तँ मुक्तिको मार्गमा हिँड्न थालेको हुन्छस्, तब के तँ अझै पनि ख्रीष्टविरोधी बन्न सक्छस् र? के तैँले अझै पनि जानीजानी परमेश्‍वरको प्रतिरोध गर्न सक्छस् र? अहँ, सक्दैनस्, र अब तँ खतराभन्दा बाहिर छस्। यो स्थितिमा प्रवेश गरेपछि मात्रै मानिसहरू परमेश्‍वरमाथिको आस्थाको सही मार्गमा हुनेछन्, र यसरी खोजी गरेर अनि सत्यता स्विकारेर मात्रै तिनीहरूले आफ्नो शैतानी प्रकृति र ख्रीष्टविरोधी प्रकृतिले निम्त्याएका समस्या, नियन्त्रण, र बाधा फाल्न सक्छन्। के अब तँ सत्यता पछ्याउने जीवनको सही मार्ग हिँड्न थालेको छस् त? छैनस् भने, छिटो गर् र त्यसमा हिँड्न लागिपर्। यदि तँ सत्यता पछ्याउने मार्गमा लाग्न सक्दैनस् भने, तँ अझै पनि खतरामा जिइरहेको हुनेछस्—ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने जोकोही जुनसुकै समय हटाइने खतरामा हुन्छन्।

धेरैजसो मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रतिष्ठा, हैसियत, पैसा र स्वार्थको लागि लड्दालड्दा लखतरान परेर मन र तनमा थकित भई आफ्नै ख्रीष्टविरोधी स्वभावसँग सङ्घर्ष गरिरहेका हुन्छन्। त्यसोभए यो समस्या कहिले समाधान हुन सक्छ? सत्यता पछ्याएर अनि सत्यता स्विकार्न सक्षम भएर मात्रै तैँले बिस्तारै तेरो ख्रीष्टविरोधी प्रकृति सारका बाधा र बन्धनहरू फाल्न र तेरो शैतानी स्वभावलाई बिस्तारै कमजोर हुने र बिलाउने तुल्याउन सक्छस्, अनि त्यसो गरेर तँसँग आफूलाई शैतानको शक्तिबाट मुक्त गर्ने आशा हुनेछ। के तैँले तँ कहिल्यै बदलिन सक्दैनस्, कहिल्यै सत्यतालाई प्रेम गर्न सक्दैनस्, र कहिल्यै सत्यता सिद्धान्तअनुसार कामकुरा सम्हाल्दैनस् भन्ने महसुस गर्दै, र आफैलाई झापड हानेर आँसुका धारा बगाउने हदसम्म आफूलाई घृणा गर्दै, यी कुराहरूको कारण एकलै रोएको छस्? के तैँले यो कुरा धेरैचोटि गरेको छस्? यदि व्यक्तिले धेरैचोटि यस्तो गरेको छैन भने, के त्यसले उसलाई चेतनाशून्य बनाउँदैन र? त्यस्तो व्यक्तिले कहिल्यै आफू भ्रष्ट भएको बोध गर्न सक्दैन, र उसले अझै पनि आफूले राम्ररी नै काम गर्छु, आफूसँग क्षमता र प्रतिभा छ, र आफूले धेरै सत्यता बुझ्छु, र सत्यता सिद्धान्तअनुसार धेरै कुरा सम्हाल्न सक्छु भनेर विश्‍वास गर्छ, र ऊ निकै निश्‍चिन्त हुन्छ—त्यस्तो व्यक्ति चेतनाशून्य हुन्छ, उसले आफूलाई महान् सोच्छ, र यो उसको लागि निकै खतरनाक कुरा हो! के तिमीहरूले अब आफ्नो कद निकै सानो छ, आफ्ना भ्रष्ट स्वभावहरू फाल्नदेखि निकै टाढा छौ, र अझै पनि खतराको क्षेत्रमै छौ भनेर साँच्चै बोध गर्न सक्छौ? सत्यता नपछ्याउने मानिसहरूमा यो बोध हुँदैन, न त पवित्र आत्माको काम नभएका व्यक्तिहरूमै यो बोध हुन्छ। धेरैजसो मानिसहरू रनभुल्ल र अलमल्ल परेका हुन्छन्, र तिनीहरू आफूले व्यवस्थित रूपमा आफ्नो कर्तव्य निर्वाह गरुन्जेल र दुष्टता नगरुन्जेल आफूले ख्रीष्टविरोधी मार्ग पछ्याइरहेको हुँदैन र आफूले हरप्रकारका दुष्टताहरू नगरुन्जेल आफू ख्रीष्टविरोधी हुँदिनँ भनेर सोच्छन्। यसले गर्दा धेरैजसो समय तिनीहरू चेतनाशून्यताको स्थितिमा हुन्छन्, र प्रायः आफैसँग सन्तुष्ट हुन्छन्, र आफू महान् भएको र आफूले चाँडै मुक्ति पाउने, र ख्रीष्टविरोधीहरूको मार्गसँग आफ्नो कुनै सम्बन्ध नभएको सोच्छन्। तँ यो स्थितिमा छस् कि छैनस् भनेर मापन गर्न तिमीहरूका दैनिक प्रार्थनाहरू प्रयोग गर्न सकिन्छ। हरेक दिन परमेश्‍वरसामु आउँदा तिमीहरू के प्रार्थना गर्छौ? यदि तँ हरेक दिन “हे परमेश्‍वर, म तपाईंलाई प्रेम गर्छु! हे परमेश्‍वर, म तपाईंमा समर्पित हुन इच्छुक छु! हे परमेश्‍वर, म तपाईँले मलाई दिनुभएको आज्ञा पूरा गर्न इच्छुक छु! म बफादारीपूर्वक कर्तव्य निर्वाह गर्न सक्छु, र ममा तपाईँलाई सन्तुष्ट पार्न र तपाईंद्वारा सिद्ध पारिन सङ्कल्प छ। ममा जे-जस्ता ख्रीष्टविरोधी प्रकटीकरणहरू भए पनि वा मैले आफूलाई जति थोरै जानेको भए पनि, तपाईं अझै पनि मलाई प्रेम गर्नुहुन्छ र मलाई मुक्ति दिने इच्छा राख्नुहुन्छ” भनेर भन्छस् भने, यो कस्तो प्रकटीकरण हो? यो चेतनाशून्यता हो, तँ दृढसङ्कल्प मात्र व्यक्त गर्छस्, र तँसँग आफ्नै प्रकृति सारबारे अलिकति पनि बुझाइ छैन। तँ उत्साहपूर्ण चरणमा छस्, तर सत्यता वास्तविकता पाउनुभन्दा धेरै टाढा छस्। तिमीहरूले एकचोटि साँचो प्रार्थना गर्नु, परमेश्‍वरलाई आफ्नो मनको कुरा भन्नु, उहाँलाई आफ्नो वास्तविक परिस्थितिबारे बताउनु, आफ्नो हृदयमा शान्ति र खुसी महसुस गर्नु, र आफू साँच्चै परमेश्‍वरसामु जिइरहेको महसुस गर्नुभन्दा पहिले कति समय बित्छ? मलाई भन त, तिमीहरूले एकपटक यो गर्नुभन्दा पहिले कति समय बित्छ? एक महिना, दुई महिना, छ महिना, वा एक वर्ष? यदि तिमीहरूले एकचोटि पनि साँचो प्रार्थना गरेका छैनौ र तिमीहरू अझै पनि धार्मिक संसारका मानिसहरूले झैँ प्रार्थना गर्छौ, सधैँ परमेश्‍वरलाई प्रेम गर्छु भनेर भन्छौ, सधैँ आफ्नो दृढसङ्कल्प व्यक्त गर्छौ, र सधैँ उही पूर्वनिर्धारित वाक्यांश बोल्छौ भने, तिमीहरूमा धेरै कमी छ र तिमीहरूसँग सत्यता वास्तविकता छँदै छैन। सामान्यतया परमेश्‍वरमा तीन वा पाँच वर्षदेखि विश्‍वास गर्दै आइरहेका मानिसहरू परमेश्‍वरसामु आउँदा त्यस्ता केटाकेटीका जस्ता र अज्ञानी कुरा गर्दैनन्, किनकि तिनीहरू आफूले परमेश्‍वरलाई पछ्याउने कुरामा पक्‍का हुन्छन्, र तिनीहरूसँग आस्था पनि हुन्छ, र तिनीहरूले परमेश्‍वरको काम, परमेश्‍वरका अभिप्राय, परमेश्‍वरको व्यवस्थापन योजना, र परमेश्‍वरको कामको उद्देश्यका दर्शनका सत्यता स्पष्टसँग बुझिसकेका हुन्छन्। परमेश्‍वरसामु आउँदा तिनीहरूले प्रायः केको लागि प्रार्थना गर्छन्? एउटाचाहिँ आफूलाई जान्‍नको लागि हो, र अर्कोचाहिँ केही सत्य वचन बोल्‍नको लागि हो: हे परमेश्‍वर, आज मलाई केही कठिनाइ आइपरेको छ, मैले त्यस्तो केही गरेको छु, जसले मलाई तपाईँप्रति ऋणी बनाएको छ, ममा केही मामिलामा कमी छ, र म तपाईंलाई मेरो सुरक्षा गर्न, र मलाई अगुवाइ गर्न, अन्तर्दृष्टि र ज्योति दिन अनुरोध गर्छु। यो व्यक्तिले सत्यता वास्तविकतासँग सम्बन्धित केही साँचो कुरा बोल्‍न थाल्छ, र उसले अबउप्रान्त भर्खरै विश्‍वास गर्न थालेका ती उत्साहपूर्ण मानिसहरूले बोल्‍ने सङ्कल्प र नाराका अभिव्यक्तिहरू बोल्दैन। उसले किन ती कुराहरू बोल्दैन? उसलाई त्यस्तो कुरा गर्नुको कुनै अर्थ छैन, त्यस्ता कुराले सत्यता वा जीवन प्रवेशको आफ्नो भित्री आवश्यकता पूरा गर्न सक्दैनन् भनेर महसुस हुन्छ। तैँले जतिसुकै वर्ष विश्‍वास गरेको भए पनि, तैँले झारा टारे पनि वा परमेश्‍वरलाई प्रार्थना गर्दा उहाँसामु इमानदारीपूर्वक आए पनि, तँ दस दिनमा कति दिन ती खोक्रा वचन र भनाइहरू बोल्छस्? कसैले एक दिन भन्न सक्छ, त्यसोभए उसले बाँकी नौ दिन के प्रार्थना गर्छ? यदि उसको प्रार्थना उसको कर्तव्य र जीवन प्रवेशसँग सम्बन्धित छ भने, ठीकै छ, र यसले उसले सत्यता, परमेश्‍वरका वचन, र आफ्नो कर्तव्यप्रति केही बोझ बोकिरहेको छ, र ऊ अब त्यस्तो चेतनाशून्य छैन भनेर देखाउँछ। मैले “ऊ अब चेतनाशून्य छैन” भनेर भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने, मानिसहरूका भ्रष्ट स्वभाव र विभिन्न स्थितिहरू उल्लेख हुँदा, उसले केही महसुस गर्छ र उसमा केही सचेतना आउँछ, र उसले बुझ्न पनि सक्छ। उसले बुझाइ र बोध हासिल गर्न सक्छ, र ती मामिलाहरू जसरी व्याख्या गरिए पनि उसले ती बुझ्न सक्छ र उसले लगभग कदममा कदम मिलाउन सक्छ—यसले उसले केही कद प्राप्त गरेको छ भन्ने देखाउँछ। चेतनाशून्य व्यक्तिहरूले के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन्? तिनीहरू हरेक दिन पहिले जसरी नै जिउँछन्, केहीमा लागिपर्दैनन् र केही प्रगति गर्दैनन्, र त्यसैले परमेश्‍वरलाई प्रार्थना गर्दा त्यही पुराना कुराहरू बोल्छन्। तिनीहरू जीवन प्रवेशबारे केही बुझ्दैनन्, तिनीहरूमा कुनै आत्मिक बुझाइ हुँदैन, तिनीहरू केही महसुस गर्दैनन्, जतिसुकै प्रवचन सुने पनि तिनीहरूले कुनै प्रतिक्रिया जनाउँदैनन्, र सत्यता जे-जसरी सङ्गति गरिए पनि तिनीहरूलाई त्यो सब नीरस र एउटै अर्थ दिने लाग्छ। त्यसोभए के तिनीहरूसँग परमेश्‍वरलाई भन्नको लागि केही हुन्छ त? परमेश्‍वरसामु आउँदा मानिसहरूले के प्रार्थना गर्छन् र के भन्छन् भन्ने कुरा तिनीहरूले हृदयमा परमेश्‍वरलाई भन्न चाहेका कुरामा भर पर्छ, र तिनीहरूलाई ती कुरा परमेश्‍वरलाई भन्नैपर्छ भन्ने लाग्छ। तेरो हृदयमा तँसँग कम्तीमा पनि परमेश्‍वरका मापदण्डहरूबारेको बुझाइ, तैँले सामना गर्ने कठिनाइ, र तैँले परमेश्‍वरका मापदण्डहरू कसरी पूरा गर्नुपर्छ भन्ने कुराको बुझाइ हुनैपर्छ। यदि तेरो हृदयमा केही पनि छैन, र तैँले मीठो सुनिने शब्दहरू र केही नारा र धर्मसिद्धान्त मात्र बोल्न सक्छस्, र झारा मात्र टार्छस् भने, त्यो प्रार्थना होइन। तैँले त्यतिका वर्षसम्म निष्ठाको प्रतिज्ञा गरेको छस् तर यदि तैँले कुनै व्यावहारिक काम गरेकै छैनस्, र अन्त्यमा तैँले अझै पनि परमेश्‍वरलाई धोका दिने, उहाँलाई इन्कार्ने, र कुनै पनि समय छोडेर जाने सम्भावना हुन्छ भने, यसले तँसँग कद छैन भन्‍ने देखाउँछ। अहिले तिमीहरू परमेश्‍वरसामु प्रार्थना गर्न आउँदा, यदि तैँले परमेश्‍वरसँगको तेरो सम्बन्धलाई परमेश्‍वरका मापदण्ड र तेरो आफ्नै स्वभावगत परिवर्तनसँग सान्दर्भिक बनाउन सक्छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध स्थापित भएको हुनेछ, तैँले ख्रीष्टविरोधी मार्ग पछ्याउनेछैनस्, र यसको अर्थ तँ परमेश्‍वरमाथिको आस्थाको सही मार्गमा लागेको हुनेछस्।

के तिमीहरू अब ख्रीष्टविरोधीहरूका आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने विभिन्न प्रकटीकरणहरू, साथै त्यस्ता व्यवहारको प्रकृतिका परिभाषाहरूबारे प्रस्ट छौ? के ख्रीष्टविरोधीहरूका प्रकटीकरण र साधारण व्यक्तिहरूका भ्रष्ट स्वभावका प्रकटीकरणहरूबीच कुनै भिन्नता छ? साँच्चै कुनै समस्या सामना गर्दा, के तिमीहरू तुलना गर्न सक्छौ? के तिमीहरू ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूलाई साधारण भ्रष्ट मानिसहरूका प्रकटीकरणहरूको रूपमा र साधारण भ्रष्ट मानिसहरूका प्रकटीकरणहरूलाई ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको रूपमा लिन सक्छौ? तिमीहरूले यी दुई कुराहरूबीच कसरी फरक छुट्ट्याउनुपर्छ? व्यक्तिको स्वभावलाई उसका निरन्तरका प्रकटीकरण र खुलासाहरूबाट र उसको सारलाई उसको स्वभावबाट मूल्याङ्कन गर्नु उसलाई चित्रण गर्ने सही तरिका हो। ख्रीष्टविरोधीहरू सत्यता स्विकार्ने वा परमेश्‍वरलाई उच्च पार्ने गर्दैनन्; तिनीहरू केवल आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्। यो प्रकटीकरण अत्यन्तै स्पष्ट र टड्कारो हुन्छ, र यो पूर्णतः तिनीहरूको शैतानी प्रकृतिको वशमा हुन्छ। साधारण मानिसहरूले पनि आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गरे पनि, तैँले तिनीहरूसँग सत्यता सङ्गति गर्दा तिनीहरूले त्यसलाई स्विकार्न र परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर मान्न सक्छन्, र तिनीहरू सत्यता स्विकार्न सक्छन्, यति मात्र हो कि तिनीहरूको परिवर्तन चाँडै वा सजिलै आउँदैन—ख्रीष्टविरोधीहरू र साधारण मानिसहरूबीचको भिन्नता यही हो। अब यति भनिसकेपछि, के तिनीहरूलाई खुट्ट्याउन सजिलो हुन्छ? ख्रीष्टविरोधीहरूको एउटा विशेषता हुन्छ: तिनीहरूले सत्यतालाई प्रेम नगर्दा वा सत्यतालाई इन्कार गर्दा, के तिनीहरू सीधै त्यसलाई इन्कार गर्छन्? (त्यसो गर्दैनन्।) तिनीहरूले सत्यतालाई इन्कार गर्न कुन विधि प्रयोग गर्छन्, जसले तँलाई तिनीहरू सत्यतालाई मान्दैनन् भनेर देखाउँछ? तिनीहरू तँलाई खण्डन गर्न तर्कजाल प्रयोग गर्छन्, र तैँले सङ्गति गरिरहेको कुरा सत्यता होइन, र तिनीहरूले सङ्गति गरिरहेको कुरा मात्र सत्यता हो भनेर भन्छन्। उदाहरणको लागि, तिनीहरू आफूबारे गवाही दिन्छन् र कसैले तिनीहरूको खुलासा गर्दा, पछि गएर तिनीहरूले के-कस्ता प्रदर्शन गर्छन्, जसले गर्दा तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् वा त्यसलाई स्विकार्दैनन् भनेर अरूले पुष्टि गर्न सक्छन्? तर्कजाल गर्नु र आफूलाई ठीक ठहर्‍याउनु एउटा कुरा हो, अनि त्यहाँ तथ्यगत सत्यता ढाकछोप गर्ने अर्को कुरा पनि छ, र त्यो तथ्यगत सत्यता तिनीहरूको एजेन्डा हो। तिनीहरूको एजेन्डा आफूबारे गवाही दिनु हो ताकि अरूले तिनीहरूलाई उच्च सम्मान दिऊन्। तिनीहरूले तँलाई तिनीहरूको एजेन्डा थाहा पाउन दिँदैनन्; तिनीहरूले केवल झुटा र मनमोहक कुरा गर्छन्, तर्कजाल गर्छन्, तँलाई छल गर्छन्, अलमल्ल पार्छन्, ताकि अन्त्यमा तैँले तिनीहरू आफूबारे गवाही दिइरहेका छैनन् भनेर भन्छस्, र त्यसपछि तिनीहरूले आफ्नो उद्देश्य पूरा गरेका हुन्छन्। तिनीहरू झुटा र मनमोहक कुरा गर्छन्, तर्कजाल गर्छन्, मानिसहरूलाई छल्छन्, आफूबारे गवाही दिइरहेको कुरा स्विकार्दैनन्, तैँले तिनीहरूको खुलासा गरेको स्विकार्दैनन्, तेरो हप्कीदप्की स्विकार्दैनन्, र यो तथ्यमा तिनीहरूलाई वास्तविक चित्रण गरिँदा त्यसलाई त झनै स्विकार्दैनन्। तिनीहरू यो कुरा पटक्कै स्विकार्दैनन्, र यसो भन्दै बहाना पनि बनाउँछन्, “त्यो मैले आफूबारे गवाही दिइरहेको होइन। मैले त्यसो भन्नुको कारण र सन्दर्भ छ। त्यो परिस्थितिमा केही अनुपयुक्त कुराहरू गर्नु पूर्णतया सामान्य कुरा हो र यो समस्या होइन। के त्यसलाई मैले आफूबारे गवाही दिएको मान्न सकिन्छ र? अझ भन्‍ने हो भने त, मैले नै यो सब काम गरेको छु र मैले कुनै उपलब्धि हासिल नगरेको भए पनि, कष्ट सहेको छु। केही व्यक्तिले मलाई उच्च सम्मान र आराधना गर्नु कुनै ठूलो कुरा होइन।” तिनीहरूलाई त्यस्तो लज्जास्पद व्यवहार, त्यस्तो घिनलाग्दो कार्य पनि ठूलो कुरा लाग्दैन—के यो सत्यता स्विकार्ने मनोवृत्ति हो त? तिनीहरू यी दुष्ट कार्यहरूका कारण लज्जाबोध गर्दैनन्, र आफूलाई महान्‌समेत ठान्छन्—यो दुष्ट मानिसहरूको सार हो। ख्रीष्टविरोधीहरू आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु पूर्णतया उचित र आफूले गर्नुपर्ने कुरा हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू सोच्छन्, “ममा क्षमता भएकोले, म यो गर्छु—के अन्य मानिसहरू यो गर्न लायक छन्? मैले सबैको साथ कमाएको छु, मैले मण्डलीको काम गर्नमा धेरै मेहनत लगाएको छु, मैले परमेश्‍वरको घरमा ठूल्ठूला योगदानहरू गरेको छु र धेरै जोखिम मोलेको छु! के तिमीले मलाई कुनै इनाम वा लाभ नदिनु न्यायोचित कुरा हो? के परमेश्‍वर धर्मी हुनुहुन्न र? के उहाँले हरेक व्यक्तिलाई उसका कार्यअनुसार नै केही दिनुहुन्न र? त्यसैले यी सबै योगदान गर्नाले र यो सब जोखिम मोल्नाले, यसले मलाई सबैको साथको हकदार बनाउँदैन र?” तिनीहरू आफूले कर्तव्य निर्वाह गरेबापत केही पाउनुपर्छ, र न्यूनतम इनाम भनेको आफूले सबैको साथ र निष्ठा, सम्मान, र लाभ उपभोग गर्न पाउनु हुनुपर्छ र त्यो सबको हकदार आफू हुँ भन्ने सोच्छन्। के यो सत्यता स्विकार्ने मनोवृत्ति हो त? (होइन।) त्यसोभए यहाँ सत्यता के हो त? उदाहरणको लागि, तैँले तिनीहरूलाई यसो भन्छस् रे, “मानिसहरूले जति कष्ट भोगे पनि, तिनीहरू सृजित प्राणीहरू हुन्, र तिनीहरूले कष्ट भोग्नुपर्छ किनकि तिनीहरूमा भ्रष्ट स्वभावहरू छन्। कर्तव्य निर्वाह गरिरहँदा कष्ट भोग्नु भनेको मानिसहरूले कष्ट भोग्ने एउटा तरिका मात्र हो। हामी जति नै सक्षम भए पनि वा हामीमा जस्तोसुकै प्रतिभा भए पनि, हामीले कुनै इनामको अपेक्षा वा परमेश्‍वरसँग सौदाबाजी गर्नुहुन्न।” के यो सत्यता होइन र? यो सृजित प्राणीहरूले बुझ्नुपर्ने सबैभन्दा मूलभूत सत्यता हो। तर के संसारसँग व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, र तिनीहरूका सोच र विचारहरूमा यो सत्यता पाउन सकिन्छ? (सकिँदैन।) यो सत्यता सुन्दा के तिनीहरू यसलाई स्विकार्छन्? अहँ, स्विकार्दैनन्। तिनीहरूको मनोवृत्ति के हुन्छ? तिनीहरू परमेश्‍वरको घरमा हुनु भनेको बाह्य संसारमा हुनुजस्तै हो, र तिनीहरूलाई तिनीहरूको श्रमअनुसार इनाम दिइनैपर्छ, र तिनीहरूले कर्तव्य निर्वाह गरेबापत केही पाउनैपर्छ, र तिनीहरूले कुनै जोखिम उठाए भने, लाभ र अनुग्रह पाउनैपर्छ, तिनीहरू त्यसका हकदार हुन् भन्ने सोच्छन्। कर्तव्य निर्वाह गर्नु भनेको हरेक व्यक्तिको जिम्मेवारी र दायित्व हो, र यसमा पारिश्रमिक संलग्न हुँदैन। के ख्रीष्टविरोधीहरू यो सत्यता स्विकार्छन्? तिनीहरूको मनोवृत्ति के हुन्छ? तिनीहरू तिरस्कारपूर्ण र प्रतिरोधी हुन्छन्, र यसो भन्छन्, “ए मूर्खहरू हो, तिमीहरू यस्तोसमेत स्विकार्छौ! के यो सत्यता हो? यो सत्यता होइन, यो त मानिसहरूलाई छल गर्नु मात्र हो। मानिसहरूमाझ निष्पक्षता र समानता हुनुपर्छ—त्यही नै सत्यता हो!” यो कस्तो खालको भनाइ हो? यो शैतानको तर्क र विधर्मी कुरा हो र यो तर्कजाल हो। अनि के तिनीहरूले सत्यता नबुझ्नेहरूलाई बहकाउन सक्छन्? तिनीहरूले उनीहरूलाई सजिलै बहकाउन सक्छन्! कतिपय मानिसहरू कमजोर हुन्छन्, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नुसँग सम्बन्धित सत्यताहरू बुझ्दैनन्, साथै तिनीहरूमा क्षमता र बोध सामर्थ्यको कमी हुन्छ, र तिनीहरूसँग त्यति आस्था हुँदैन, र त्यस्ता कुराहरू सुन्दा तिनीहरूलाई बिलकुलै सही हो जस्तो लाग्छ, र तिनीहरू यस्तो सोच्छन्, “हो त। म कसरी यति मूर्ख हुन सकेँ? मैले आज बल्ल बुझ्ने व्यक्ति भेटेँ। उसले भनेको कुरा सही हो!” यी मानिसहरू यथोचित र आफ्ना धारणाहरूसँग मिल्ने कुराहरू मात्र सुन्छन् र स्विकार्छन्; तिनीहरू परमेश्‍वरका वचनहरूलाई परमेश्‍वरका वचन सत्यता हुन् भन्ने सिद्धान्तअनुसार लिँदैनन्। परमेश्‍वरका वचन मानिसहरूका भावना, मानिसहरूका सोचाइ र तर्क, मानिसहरूका रीतिरिवाज र बानीव्यवहार वा परम्परागत संस्कृतिसँग मिले पनि वा नमिले पनि, परमेश्‍वरका वचन नै अन्तिम हुन्, र सुरुदेखि अन्त्यसम्म ती हरेक वचन सत्यता हुन्। परमेश्‍वरका वचनलाई कसैले प्रश्‍न वा विश्‍लेषण गर्नुपर्दैन, र सारा मानवजातिले तिनलाई सही वा गलत जे ठाने पनि, वा कसैले तिनलाई स्विकार्न सके पनि वा नसके पनि, परमेश्‍वरका वचन सदासर्वदा सत्यता हुन्। परमेश्‍वरका वचनलाई समयको परीक्षामा खरो उत्रनुपर्दैन, न त तिनलाई मानवजातिले अनुभवको माध्यमबाट पुष्टि गर्नुपर्ने जरुरी नै छ—परमेश्‍वरका वचन सत्यता हुन्। के ख्रीष्टविरोधीहरू यही सोच्छन् त? तिनीहरू त यस्तो सोच्छन्, “परमेश्‍वर समझदार हुनुपर्छ! परमेश्‍वरको धार्मिकताको अर्थ के हो? के धेरै कष्ट भोग्ने र एकदमै सक्षम व्यक्तिहरूले ठूला इनाम पाउने, र थोरै कष्ट भोग्ने, धेरै सक्षम नभएका, र कुनै योगदान नगर्नेहरूले थोरै इनाम पाउने होइन र?” के परमेश्‍वरले यसो भन्नुहुन्छ? (भन्नुहुन्न।) परमेश्‍वरले यसो भन्नुहुन्न। परमेश्‍वरले के भन्नुहुन्छ? परमेश्‍वरले कर्तव्य निर्वाह गर्नु हरेक व्यक्तिले गर्नुपर्ने काम हो, कर्तव्य निर्वाह गर्नुका आफ्नै सिद्धान्तहरू हुन्छन्, सबैले सत्यता सिद्धान्तअनुरूप कर्तव्य निर्वाह गर्नुपर्छ, र सृजित प्राणीहरूले गर्नुपर्ने यही हो भनेर भन्नुहुन्छ। के यहाँ कहीँकतै पारिश्रमिक उल्लेख गरिएको छ? कहीँकतै इनाम उल्लेख गरिएको छ? (छैन।) यहाँ कहीँकतै पारिश्रमिक वा इनाम उल्लेख गरिएको छैन—यो एउटा दायित्व हो। “दायित्व” को अर्थ के हो? दायित्व भनेको मानिसहरूले गर्नुपर्ने कुरा हो, जसमा आफ्नो श्रमअनुसार इनाम पाउने कुरा लागु हुँदैन। परमेश्‍वरले आफ्नो कर्तव्य धेरै निर्वाह गर्नेले ठूलो इनाम पाउनुपर्छ, र आफ्नो कर्तव्य थोरै वा काम नलाग्ने तरिकाले निर्वाह गर्नेले सानो इनाम पाउनुपर्छ भनेर कहिल्यै तोक्नुभएन—परमेश्‍वरले कहिल्यै यस्तो कुरा भन्नुभएन। त्यसोभए परमेश्‍वरका वचनले के भन्छन्? परमेश्‍वर भन्नुहुन्छ, कर्तव्य निर्वाह गर्नु भनेको हरेक व्यक्तिले गर्नुपर्ने काम र सृजित प्राणीहरूले गर्नुपर्ने कुरा हो—यही नै सत्यता हो। के ख्रीष्टविरोधीहरू यसलाई यसरी नै बुझ्छन्? तिनीहरू परमेश्‍वरका यी वचनलाई कसरी लिन्छन्? तिनीहरू तिनलाई फरक तरिकाले लिन्छन्। तिनीहरूका आफ्नै स्वार्थको नजरबाट, तिनीहरूसँग परमेश्‍वरका वचनको विकृत व्याख्या हुन्छ। ठ्याक्कै भन्नुपर्दा, तिनीहरूले परमेश्‍वरका वचनलाई छेडछाड गर्छन्, परमेश्‍वरका वचन र सत्यतालाई अर्को व्याख्यामा रूपान्तरण गर्न आफ्नै माध्यम र बुझाइ प्रयोग गर्छन्। अनि त्यस्तो व्याख्याको प्रकृति कस्तो हुन्छ? यो तिनीहरूको लागि लाभदायी हुन्छ, यसले मानिसहरूलाई बहकाउन सक्छ, र यसले मानिसलाई उक्साउन र लोभ्याउन सक्छ। तिनीहरूले परमेश्‍वरका वचनलाई आफ्नो बोल्ने तरिका बनाउँछन्, मानौँ ती तिनीहरूले व्यक्त गरिरहेका सत्यता हुन्, र परमेश्‍वरले केही भनिसक्‍नुभएपछि, तिनीहरूलाई परमेश्‍वरको त्यो भन्ने तरिका र परमेश्‍वरका वचनहरूका सिद्धान्तलाई आफ्नै तरिकामा बदल्नुपर्छ। के तिनीहरूले त्यसलाई आफ्नै तरिकामा बदलेपछि त्यो सत्यता रहन्छ त? अहँ, रहँदैन—त्यो भ्रान्ति र विधर्मी कुरा हुन्छ। के तिमीहरू यो मामिला खुट्ट्याउन सक्छौ? (एक हदसम्म सक्छौँ।) एकदमै धेरै प्रवचनहरू सुनेपछि केही मानिसहरूले केही समझ पाएका छन्। ख्रीष्टविरोधीहरूले सत्यताप्रति विरोध र इन्कार गर्नुको सार के हो? (यो परमेश्‍वरका वचनलाई छेडछाड गर्नु र तिनको विकृत व्याख्‍या गर्नु हो।) अनि तिनीहरूले परमेश्‍वरका वचनलाई छेडछाड गर्नु र तिनको विकृत व्याख्या गर्नुको उद्देश्य के हो? त्यसको उद्देश्य मानिसहरूले सत्यता नस्विकारून् र त्यसको साटो तिनीहरूका भ्रान्ति र विधर्मी कुरा स्विकारून् भन्ने हो। तिनीहरूले आफ्नै सोचाइ र तर्क, आफ्नै स्वार्थ र दृष्टिकोण, र आफ्नै धारणाअनुसार सत्यताको गलत व्याख्‍या गर्छन्। तब त्यो तिनीहरूको लागि लाभदायी हुन्छ, र तिनीहरूले केही मूर्ख र अज्ञानी, र सत्यता नबुझ्ने मानिसहरूलाई उक्साउन र बहकाउन पनि सक्छन्। सुरुमा सुन्दा तँलाई तिनीहरूका वचन सही लाग्न सक्छ, तर तिनलाई ध्यान दिएर विश्‍लेषण गरिस् भने, तैँले तीभित्र लुकेका शैतानका महत्त्वाकाङ्क्षा र षड्यन्त्रहरू पाउनेछस्। तिनीहरूका महत्त्वाकाङ्क्षा र षड्यन्त्रहरूको उद्देश्य के हो? त्यो उद्देश्य आफूलाई लाभ पुर्‍याउनु, कामकुरा गर्ने आफ्नो तरिका र व्यवहारलाई मान्य बनाउनु, मानिसहरूलाई आफ्नो राम्रो मूल्याङ्कन गर्ने तुल्याउनु, अनि आफ्नो खराब र दुष्ट व्यवहारलाई सत्यतासँग मेल खाने उचित व्यवहार र कामकुरा गर्ने तरिकामा परिणत गर्नु हो। यसरी तिनीहरू मानिसहरूले तिनीहरूलाई इन्कार गर्नेछैनन्, र परमेश्‍वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछैन भनेर सोच्छन्। तिनीहरूले आफूलाई मानिसहरूले इन्कार नगरून् भनेर उनीहरूलाई बहकाउन त सक्लान्, तर के तिनीहरूले परमेश्‍वरलाई तिनीहरूको निन्दा नगर्ने तुल्याउन सक्छन् त? के मान्छेले परमेश्‍वरको सार बदल्न सक्छ? (सक्दैन।) ख्रीष्टविरोधीहरू यहीँनेर सबैभन्दा बढी मूर्ख हुन्छन्। तिनीहरू आफ्नो कथन मान्य बन्न सकोस्, र त्यसरी परमेश्‍वरका वाणीलाई अस्वीकार गर्न र सत्यताको अस्तित्व इन्कार्न सकियोस् भनेर सत्यतालाई छेडछाड गर्न एक प्रकारको भ्रान्ति र विधर्मी कुरा सोचविचार गर्नका लागि आफ्नो वाक्पटु बोली र “चतुर दिमाग” प्रयोग गर्न चाहन्छन्—के यो तिनीहरूले गलत तरिकाले सोच्नु होइन र? के तिनीहरूले आफ्नो उद्देश्य पूरा गर्न सक्छन्? (सक्दैनन्।) कतिपय मानिसहरू कुनै ख्रीष्टविरोधीहरूले केही मानिसहरूलाई बहकाउँदा के गर्न सकिन्छ भनेर सोध्छन्। यदि त्यस्ता मानिसहरूलाई साँच्चै बहकाइएको छ र तिनीहरू आफ्नो बाटो बदल्न सक्दैनन् भने, यसको अर्थ तिनीहरू प्रकाश हुन्छन् र हटाइन्छन्, र तिनीहरू त्यसैको हकदार हुन्छन् भन्ने हुन्छ। यो तिनीहरू अभिशप्त भइरहेको र उम्कन नसकिरहेको कुरा हो; तिनीहरू मर्न अभिशप्त छन्, र परमेश्‍वरले कहिल्यै त्यस्ता मानिसहरूलाई मुक्ति दिने योजना बनाउनुभएन। तिनीहरू झूटा बहाना बनाएर मण्डली छिर्छन् र केही श्रम गर्छन् र केही अनुग्रह पाउँछन्, र परमेश्‍वरले उप्रान्त तिनीहरूलाई नचाहनुभएपछि, तिनीहरूलाई शैतानको हातमा सुम्पनुहुन्छ। अचम्मको कुरा त, तिनीहरूले कुनै भ्रान्ति र विधर्मी कुरा सुन्छन्, र सुनेपछि ताली बजाउँछन् र त्यसलाई अनुमोदन गर्छन्, र त्यसपछि शैतानलाई पछ्याउँछन्। यो के हो? यो सेवा प्रदान गर्न लगाउन शैतानलाई प्रयोग गर्नु हो। प्रकाशको पुस्तकमा एउटा पद छ, जसले यस्तो भन्छ, “अधर्मी, अझै अधर्मी नै रहिरहोस्: अनि फोहोरी, अझै फोहोरी नै रहिरहोस्: र धर्मी, अझै धर्मी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्” (प्रकाश २२:११)। यसको अर्थ मानिसहरूलाई तिनीहरूकै प्रकारअनुसार वर्गीकरण गर्नु हो। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरूको हकमा, के यो तिनीहरूको क्षणिक लापरवाही मात्र हो? के यो परमेश्‍वरले निगरानी नगर्नुभएकोले भएको हो? यो तिनीहरू मर्न अभिशप्त भएको कुरा हो! केही समयसम्म त्यस्ता मानिसहरूको सङ्गत गरेपछि, तैँले देख्नेछस् कि तिनीहरू मुक्ति पाउन लायक छैनन्—तिनीहरू अत्यन्तै घटिया छन्! तिनीहरूको चरित्र र सत्यताको पछ्याइ विश्‍लेषण गर्दा, तिनीहरूको प्रकृति दुष्ट र सत्यताप्रति वितृष्ण छ, र तिनीहरू मुक्ति पाउन लायक छैनन्, तिनीहरू परमेश्‍वरबाट त्यस्तो ठूलो अनुग्रह पाउन लायक छैनन्। यदि परमेश्‍वरले तिनीहरूलाई त्यो अनुग्रह दिनुभएन भने, तिनीहरूले त्यो पाउनेछैनन्, र तिनीहरूलाई दुई शब्दमा सबैभन्दा सटिक रूपले सारांशित गर्ने तरिका भनेको “मर्न अभिशप्त” भनेर भन्नु हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्