विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग दुई) खण्ड दुई

ख्रीष्टविरोधीहरूले शक्ति र हैसियतलाई अत्यन्तै आराधना गर्छन्। यदि ख्रीष्ट कुनै सम्पन्न, शक्तिशाली परिवारबाट आउनुभएको भए, तिनीहरूले केही भन्ने आँट गर्नेथिएनन्। तर यदि उहाँ शक्तिबिनाको एक साधारण परिवारबाट आउनुभएको भए, तिनीहरू उहाँदेखि पटक्कै डराउनेथिएनन्, तिनीहरूलाई आफूले परमेश्‍वर, ख्रीष्टलाई सजिलै अध्ययन र आलोचना गर्न मिल्छ भन्ने लाग्नेथियो, र तिनीहरू यसबारे पूर्णतया निस्फिक्री रहनेथिए। यदि तिनीहरूले यो व्यक्ति परमेश्‍वरको देहधारी देह हो भनेर साँच्चै मान्न र विश्‍वास गर्ने भए, के तिनीहरूले यसरी व्यवहार गर्न सक्थे त? के परमेश्‍वरको अलिकति भए पनि डर मान्ने हृदय भएको कसैले यसो गर्नेथ्यो होला त? के उसले आफूलाई रोक्नेथिएन र? (रोक्नेथियो।) कस्ता मानिसहरूले यसरी व्यवहार गर्न सक्छन्? के यो ख्रीष्टविरोधीहरूको व्यवहार होइन र? (हो।) यदि तैँले ख्रीष्टको सार भनेको परमेश्‍वर स्वयम् हो र तैँले पछ्याउने व्यक्ति परमेश्‍वर हुनुहुन्छ भनेर मान्छस् भने, तैँले ख्रीष्टसँग सम्बन्धित सबथोकलाई कसरी हेर्नुपर्छ? के मानिसहरूसित सिद्धान्तहरू हुनुपर्दैन र? (हुनुपर्छ।) त्यसोभए तिनीहरू किन कुनै संशयबिना यी सिद्धान्तहरू उल्लङ्घन गर्ने आँट गर्छन् त? के यो ख्रीष्टप्रति शत्रुताको प्रकटीकरण होइन र? ख्रीष्ट एक साधारण परिवारमा जन्मिनुभएकोले, ख्रीष्टविरोधीहरू उहाँसित असन्तुष्ट महसुस गर्दै गर्दा उहाँका परिवार र पारिवारिक सदस्यहरूप्रति पनि शत्रुता पाल्छन्। अनि तिनीहरूमा यो शत्रुता उत्पन्न हुँदै गर्दा, तिनीहरू त्यहीँ रोकिने वा विश्राम लिने गर्दैनन्, बरु तिनीहरू ख्रीष्टको घर वरपर डुलिरहन्छन् र अवसर पाउनेबित्तिकै सोधपुछ गरिहाल्छन्, मानौँ तिनीहरू कुनै जायज पेसामा संलग्न छन्: “के ख्रीष्ट फर्किआएका छन्? के ख्रीष्ट देखा परेदेखि परिवारको जीवनको कुनै पक्ष परिवर्तन भएको छ?” तिनीहरूले हरेक अवसरमा यी मामलाहरूमा नाक घुसाउँछन्। के यस्ता मानिसहरू तिरस्कारयोग्य हुँदैनन् र? के तिनीहरू घिनलाग्दा हुँदैनन् र? के तिनीहरू घृणास्पद हुँदैनन् र? तिनीहरू अत्यन्तै घृणास्पद र घिनलाग्दा हुन्छन्! परमेश्‍वरमाथि तिनीहरूको आस्था कस्तो छ भन्ने कुरा अहिलेका लागि थाती राखौँ, र यति मात्र ख्याल गरौँ: यस्ता कामकुराहरू गर्न र यस्ता घिनलाग्दा सोचहरू पाल्न सक्ने मानिसहरूको चरित्र कस्तो हुन्छ होला? तिनीहरू पक्कै पनि निकृष्ट चरित्रको हुनुपर्छ। तिनीहरू सबै निम्नस्तरीय, घृणास्पद र हदैसम्म घिनलाग्दा हुन्छन्! यदि तँ ख्रीष्टमा विश्‍वास गर्दैनस् भने, तैँले मलाई प्रस्ट रूपमा भने हुन्छ, “तिमी त परमेश्‍वरजस्तो देखिँदैनौ; तिमी त एक व्यक्ति मात्र हौ। मैले तिम्रो पिठ्यूँपछाडि तिम्रो आलोचना गरेको छु—तिमीले त्यसबारे के गर्न सक्छौ? मैले तिमीलाई इन्कार गरेको छु—तिमीले त्यसबारे के गर्न सक्छौ?” यदि तँ विश्‍वास गर्दैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैनँ, र तैँले विश्‍वास गर्नुपर्छ भनेर कसैले करकाप गर्नेछैन। तर तँ गोप्य रूपमा यी तुच्छ कार्यहरूमा संलग्न हुनु आवश्यक छैन। तिनले के उद्देश्य पूरा गर्छन्? के तिनले तँलाई तेरो आस्था बढाउन मदत गर्न सक्छन्? के तिनले तेरो जीवनमा प्रगति गराउन मदत गर्छन्, कि तँलाई परमेश्‍वरबारे अझ बढी बुझ्न मदत गर्छन्? तिनले यी कुनै पनि उद्देश्य पूरा गर्दैनन्, तब किन ती कुरामा संलग्न हुन्छस्? कम्तीमा पनि, यस्ता कार्यहरूमा संलग्न हुनेहरूको मानवता अत्यन्तै निकृष्ट हुन्छ; तिनीहरू ख्रीष्टको सारमा विश्‍वास गर्ने वा उहाँको पहिचानलाई मान्ने गर्दैनन्। यदि तँलाई विश्‍वास लाग्दैन भने विश्‍वास नगर्। गइहाल्! किन परमेश्‍वरको घरमा आफ्नो बसाइ लम्ब्याउँछस्? परमेश्‍वरमा विश्‍वास नगर्नु तैपनि आशिष्‌हरू चाहनु र महत्त्वाकाङ्क्षा र चाहनाहरू पाल्नु—यो नै ख्रीष्टविरोधीहरूको नीचता हो। यस्ता मानिसहरू अत्यन्तै घृणास्पद हुने भएकाले यस्ता “असाधारण” कार्यहरू गर्न सक्षम हुन्छन्। म २० वर्ष घरबाट टाढा थिएँ, र यी मानिसहरूले २० वर्षसम्‍मै त्यो घरको “राम्रो हेरचाह गरे”; म ३० वर्षसम्म टाढा थिए, र तिनीहरूले ३० वर्षसम्‍मै त्यसको “हेरचाह गरे।” मलाई तिनीहरू किन यति “दयालु” र फुर्सदिला छन् भनेर अचम्म लाग्यो। मैले यो प्रश्‍नको जवाफ भेट्टाएँ, र त्यो के हो भने, तिनीहरू अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्न चाहन्छन्। तिनीहरू परमेश्‍वरको सार वा उहाँले गर्नुभएको सबथोकमा विश्‍वास गर्दैनन्। सतहमा, तिनीहरू जिज्ञासु र उत्सुक देखिन्छन्, तर सारमा, तिनीहरू निगरानी गरिरहेका र गलचेपहरू खोजिरहेका हुन्छन्, भित्री रूपमा तिनीहरू शत्रुवत्, अनि इन्कार्ने र निन्दा गर्ने हुन्छन्। यी मानिसहरू किन अझै पनि विश्‍वास गर्छन्? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ छ? तिनीहरू विश्‍वास गर्न छाडेर यहाँबाट तुरुन्तै निस्किनुपर्छ! परमेश्‍वरको घरलाई यस्ता मानिसहरू चाहिँदैन। तिनीहरूले आफैलाई लज्जित तुल्याउनु हुँदैन! के तिमीहरूले पनि यस्तै परिस्थिति र अवस्थाहरूमा यस्तै गर्नेथियौ? यदि यसो गर्न सक्नेथियौ भने, तिमीहरू पनि अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्न दृढ रहने, नमरेसम्म नथाक्ने, र परमेश्‍वर, उहाँको सार, र उहाँको पहिचानलाई इन्कार्न उहाँविरुद्ध गलचेपहरू र प्रमाण खोज्ने कोसिस गरिरहेका ख्रीष्टविरोधीहरूको समूहजस्तै छौ।

परमेश्‍वरले चाहे जे गर्नुभए पनि, उहाँ कहिल्यै गलत हुनुहुन्न। उहाँ चाहे कुनै सामान्य, साधारण वा चाहे कुनै प्रतिष्ठित वातावरण र पृष्ठभूमिमा जन्मिनुभएको भए पनि, यसमा कुनै त्रुटि हुन्थेन, र त्यसमा मानिसहरूले उहाँविरुद्ध गलचेप निकाल्ने कुनै ठाउँ रहनेथिएन। यदि तैँले परमेश्‍वर ख्रीष्ट हुनुहुन्न वा उहाँमा परमेश्‍वरको सार छैन भनी प्रमाणित गर्न परमेश्‍वरको देहधारी देहमा कुनै त्रुटि वा प्रमाण खोज्‍ने कोसिस गर्छस् भने, म तँलाई भन्छु, तैँले कोसिस गर्ने कष्ट नगरे हुन्छ, र विश्‍वास गर्ने कष्ट पनि नगरे हुन्छ। बस यहाँबाट गइहाल्—के तँ त्यसपछि त्यो कष्टबाट जोगिनेछैनस् र? तेरो आफ्नै जीवन किन यति गाह्रो बनाउँछस्? ख्रीष्टलाई दोष लगाउन, इन्कार्न वा निन्दा गर्नका लागि उहाँमा त्रुटि वा प्रमाण खोज्ने कोसिस गर्नु तेरो मान्य पेसा, कर्तव्य वा जिम्मेवारी होइन। ख्रीष्ट जस्तोसुकै परिवारमा जन्मिनुभएको भए पनि, जस्तोसुकै वातावरणमा हुर्किनुभएको भए पनि, वा उहाँसँग जस्तोसुकै मानवता भए पनि, यो परमेश्‍वर स्वयम्, सृष्टिकर्ताको छनौट थियो, र कसैसँग यसको कुनै सरोकार छैन। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो सही नै हुन्छ, त्यो नै सत्यता हो, र त्यो मानवजातिका निम्ति गरिन्छ। यदि परमेश्‍वर एउटा साधारण परिवारमा नजन्मिएर कुनै दरबारमा जन्मिनुभएको भए, के तँ, साधारण आम मानिस, समाजको तल्लो स्तरको तुच्छ व्यक्तिले, अझै पनि परमेश्‍वरसित अन्तरक्रिया गर्ने मौका पाउनेथिइस् र? तैँले त्यो अवसर पाउनेथिइनस्। त्यसैले, के परमेश्‍वरले यसरी जन्मिन र हुर्किन रोज्नुमा कुनै त्रुटि छ र? यो त संसारमा कतै नपाइने प्रेम हो, र यो नै सबैभन्दा सकारात्मक कुरा हो। तर, ख्रीष्टविरोधीहरू परमेश्‍वरले गर्नुभएको सबैभन्दा सकारात्मक कुरालाई पनि उहाँलाई सजिलै हेप्न र खेलाउन सकिन्छ भन्ने सङ्केतका रूपमा हेर्छन्, र निरन्तर उहाँको निगरानी गर्न र उहाँविरुद्ध प्रयोग गर्न गलचेपहरू खोज्न चाहन्छन्। तैँले केको निगरानी गरिरहेको छस्? यदि तँ ख्रीष्टको चरित्र र मानवतामा भरोसा गर्नसमेत सक्दैनस्, तैपनि तैँले उहाँलाई परमेश्‍वरका रूपमा पछ्याउँछस् भने, के तैँले आफ्नै गालामा थप्पड हानिरहेको हुँदैनस् र? के तैँले आफैलाई अप्ठ्यारोमा पारिरहेको हुँदैनस् र? यस्तो खेल किन खेल्छस्? के यो रमाइलो हुन्छ? अनि त्यसपछि, मैले थाहा पाएँ कि सर्वशक्तिमान् परमेश्‍वरलाई पछि गएर मात्र स्विकार्ने धेरैजसो मानिसहरूले यो मामलालाई सही तरिकाले लिन सक्ने रहेछन्। मसित कुराकानी गर्दा केही व्यक्तिहरू उत्सुक थिए, तर मैले यस्ता मानिसहरूलाई पन्छाएँ र बेवास्ता गरेँ। यदि तैँले सत्यता स्विकार्न सक्छस् भने, हामी एउटै परिवार हौँ। यदि सक्दैनस् र तँ सधैँ मेरा व्यक्तिगत जानकारीबारे सोधपुछ गर्ने कोसिस गरिरहन्छस् भने, गइहाल्। म तँलाई चिन्दिनँ; हामी परिवार होइनौँ, शत्रु हौँ। यदि, परमेश्‍वरका यति धेरै वचनहरू सुनेपछि, अनि यति धेरै वर्षसम्म उहाँको काम र रखवारी पाएपछि पनि मानिसहरूले परमेश्‍वरको देहधारी देहबारे यस्ता सोचहरू पाल्छन् र तिनलाई कार्यान्वयनसमेत गर्छन् भने, यो भन्‍नैपर्ने हुन्छ कि यस्ता मानिसहरूमा परमेश्‍वरप्रति वैरी स्वभाव छ। तिनीहरू परमेश्‍वरका जन्मजात शत्रुहरू हुन्, र तिनीहरू सकारात्मक कुराहरू स्विकार्न असक्षम हुन्छन्।

दुई हजार वर्षअघि, पावल प्रभु येशूलाई पागलझैँ गरी सताउँदै, आलोचना र निन्दा गर्दै उहाँको प्रतिरोध गर्न हदैसम्म गयो। किन? किनकि प्रभु येशू एक साधारण परिवारमा जन्मिनुभएको थियो, उहाँ एक सर्वसाधारण हुनुहुन्थ्यो, र उहाँले शास्‍त्री र फरिसीहरूको तथाकथित शिक्षा, असर वा प्रभावमा पर्नुभएको थिएन। पावलका नजरमा, यस्तो व्यक्ति ख्रीष्ट कहलिन लायक थिएन। किन थिएन? किनकि उहाँको पहिचान विनम्र थियो, ठूलो सामाजिक प्रतिष्ठा थिएन, र उहाँ मानव समाजमा तल्लो वर्गको सदस्य हुनुहुन्थ्यो, र त्यसकारण ख्रीष्ट वा जिउँदो परमेश्‍वरको पुत्र कहलिन लायक हुनुहुन्थेन। यसैले गर्दा, पावलले प्रभु येशूको प्रतिरोध गर्न हरप्रयास गर्ने आँट गर्थ्यो, उहाँलाई निन्दा र प्रतिरोध गर्न, उहाँको काम बिगार्न, र उहाँका अनुयायीहरूलाई गिरफ्तार गर्न आफ्नो प्रभाव, करिश्मा, र सरकार प्रयोग गर्थ्यो। पावलले प्रभु येशूको प्रतिरोध गर्दै गर्दा, उसले परमेश्‍वरको कामको प्रतिरक्षा गरिरहेको, उसका कार्यहरू न्यायोचित भएको, र उसले न्यायोचित शक्तिको प्रतिनिधित्व गरिरहेको ठान्थ्यो। उसले आफूले परमेश्‍वरको नभई एक साधारण व्यक्तिको प्रतिरोध गर्दै छु भन्‍ने सोच्थ्यो। यस्तो ठ्याक्‍कै किन भयो भने, उसले ख्रीष्टको जन्म निम्नस्तरीय रहेको र भव्य नरहेको ठानेकाले, उसले ख्रीष्टलाई स्वेच्छाचारी र बेपर्वाह तरिकाले आलोचना र निन्दा गर्ने आँट गर्थ्यो, र उसलाई हृदयमा आफ्ना कार्यहरूबारे निकै शान्ति र ढुक्क महसुस हुन्थ्यो। ऊ कस्तो प्रकारको प्राणी थियो? उसले प्रभु येशू परमेश्‍वरको देहधारी देह हुनुहुन्छ भनेर थाहा नपाएको भए पनि वा उहाँका प्रवचन र वचनहरू परमेश्‍वरबाट आएका हुन् भनेर नजानेको भए पनि, के यस्तो साधारण व्यक्ति उसको चौतर्फी आक्रमणको हकदार थियो त? के उहाँ यस्तो दुर्भावनापूर्ण आक्रमणको हकदार हुनुहुन्थ्यो त? के उहाँ पावलले अरूलाई धोका दिन र मानिसहरूका लागि उहाँसित होड गर्न अफवाह र झूट रच्नुको हकदार हुनुहुन्थ्यो त? के पावलका झूटहरू आधारहीन थिएनन् र? के प्रभु येशूका कुनै पनि कार्यले पावलका स्वार्थ वा हैसियतमा असर पारेका थिए त? थिएनन्। प्रभु येशूले तल्ला सामाजिक वर्गहरूमाझ प्रचार गर्नुभयो र प्रवचनहरू दिनुभयो, र सँगसँगै, निकै मानिसहरूले उहाँलाई पछ्याए। यो पावलजस्तो व्यक्तिको जिउने वातावरणभन्दा पूर्णतः फरक संसार थियो, त्यसोभए पावलले प्रभु येशूलाई किन सतायो त? यो त उसको ख्रीष्टविरोधी सार काममा लागेको हो। उसलाई लाग्यो, “तिम्रा प्रवचनहरू जति नै भव्य, सही, वा स्वीकृत भए पनि, यदि मैले तिमी ख्रीष्ट होइनौँ भनेँ भने, तिमी ख्रीष्ट हुँदैनौ। यदि मलाई तिमी मन परेन भने, म तिमीलाई सताउनेछु, जथाभाबी आरोप लाउनेछु, र तिमीलाई मूल्य तिराउनेछु।” ख्रीष्टसँग भएको उहाँको सामान्य मानवताभित्रका यी कुराहरूले पावलका मागहरू पूरा गर्दैनथे, र यी कुराहरू पावलका धारणा र कल्पनाहरूअनूरूप गरिँदैनथे वा हुँदैनथे, त्यसैले पावलजस्ता ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा उहाँको आलोचना, इन्कार, र निन्दा गर्न सक्थे। अन्त्यमा के भयो? प्रभु येशूले ढाल्नुभए पछि, अन्ततः पावलले स्विकार्‍यो, “तपाईं को हुनुहुन्छ, प्रभु?” त्यसपछि प्रभु येशूले भन्नुभयो, “म येशू हुँ, जसलाई तैँले प्रतिरोध गर्छस्।” त्यसपश्‍चात, पावलले उप्रान्त येशूलाई उहाँको साधारण उत्पत्तिका कारण साधारण व्यक्ति वा ख्रीष्टजस्तो नभएको ठान्‍न छोड्यो। किन? किनकि प्रभु येशूको ज्योतिले मानिसहरूलाई अन्धो पार्न सक्थ्यो, उहाँसित अख्तियार थियो, र उहाँका वचनहरूले मानिसहरूलाई ढाल्न सक्थे, र तिनीहरूको आत्मालाई ढाल्न सक्थे। पावलले मनमनै सोच्यो, “के यी येशू भनिने व्यक्ति वास्तवमै परमेश्‍वर हुन सक्छन्? के उनी जिउँदो परमेश्‍वरका पुत्र हुन सक्छन्? उनले मानिसहरूलाई ढाल्न सक्छन्, त्यसकारण उनी परमेश्‍वर नै हुनुपर्छ। तर यसमा बस एउटै कुरा छ—मानिसहरूलाई ढाल्ने त ख्रीष्ट भनिने यो साधारण व्यक्तिले होइन, परमेश्‍वरको आत्माले हो। त्यसकारण, जेसुकै भए पनि, जबसम्‍म तिमीलाई येशू भनिन्छ, तबसम्‍म म तिमीलाई आराधना गर्न झुक्नेछैनँ। म स्वर्गको परमेश्‍वरको, परमेश्‍वरको आत्माको मात्र आराधना गर्छु।” ढालिएपछि, पावलको मनमा एउटा विचार आयो। ऊ ढालिनु नराम्रो कुरा भए पनि, त्यसले उसलाई ख्रीष्ट भनिने व्यक्तिको विशेष पहिचान छ, र ख्रीष्ट बन्नु निकै सम्मानको कुरा हो, र जो ख्रीष्ट बन्छ ऊ जिउँदो परमेश्‍वरको पुत्र बन्न, परमेश्‍वरसित नजिकिन, र परमेश्‍वरसँगको सम्बन्ध बदल्न सक्छ, जसले त्यो साधारण व्यक्तिलाई विशेष बनाउँछ, र त्यो साधारण व्यक्तिको पहिचानलाई परमेश्‍वरको पुत्रको पहिचानमा रूपान्तरित गर्छ भन्ने महसुस गरायो। उसले सोच्यो, “तिमी, येशू, जिउँदो परमेश्‍वरको पुत्र भए पनि, त्यसमा त्यस्तो प्रभावशाली कुरा के छ र? तिम्रा बुबा एक गरिब सिकर्मी थिए, र तिम्री आमा एक सामान्य गृहिणी थिइन्। तिमी सामान्य मानिसहरूमाझ हुर्कियौ, र तिम्रो परिवारको सामाजिक हैसियत निम्नस्तरको थियो, अनि तिमी आफैमा कुनै विशेष क्षमताहरू छैनन्। के तिमीले कहिल्यै कुनै मन्दिरमा प्रचार गरेका छौ र? के शास्‍त्री र फरिसीहरूले तिमीलाई मान्यता दिन्छन्? तिमीले के-कस्तो शिक्षा पाएका छौ? के तिम्रा आमाबुबासँग उच्चस्तरको ज्ञान छ? तिमीसित यीमध्ये कुनै पनि कुराहरू छैनन्, तैपनि तिमी जिउँदो परमेश्‍वरको पुत्र हौ। त्यसोभए त, मसित यस्तो उच्चस्तरको ज्ञान भएकाले, र मैले उच्च समाजका मानिसहरूसित अन्तरक्रिया गर्ने भएकाले, अनि मेरा आमाबुबा अत्यन्तै बौद्धिक, शिक्षित भएका र उनीहरू कुनै निश्‍चित पृष्ठभूमिबाट आएका हुनाले, के मलाई पो ख्रीष्ट बन्न सजिलो हुनेथिएन र?” उसको तात्पर्य के थियो? “यदि येशूजस्तो कुनै व्यक्ति ख्रीष्ट बन्न सक्छ भने, अत्यन्तै असाधारण, मोहक, ज्ञानवान्, र उच्च सामाजिक हैसियत भएका कारण, म पावल ख्रीष्ट बन्‍न अर्थात् जिउँदो परमेश्‍वरको पुत्र बन्न अझ बढी सक्षम छैन र? जब येशू जीवित थिए, उनले केवल प्रचार गरे, धर्मशास्‍त्रहरू पढे, पश्‍चात्तापको मार्ग फैलाए, जताततै हिँडे, मानिसहरूको रोग निको पारे, पिशाचहरू धपाए, र थुप्रै चिन्ह र चमत्कारहरू देखाए। त्यति त हो, होइन र? त्यसपछि, उनी जिउँदो परमेश्‍वरको पुत्र बने र स्वर्गतिर उक्लिए। त्यो कति कठिन हुन सक्छ र? म, पावल, ज्ञानले भरिपूर्ण छु, र मसित कुलीन सामाजिक हैसियत र पहिचान छ। यदि म येशूझैँ मानिसहरूमाझ अझ धेरै हिँडेँ भने, मैले आफ्नो ख्याति बढाएँ, धेरै अनुयायीहरू बनाएँ, र धेरै मानिसहरूलाई लाभ पुर्‍याएँ भने, अनि यदि मैले कठिनाइहरू सहन, मूल्य तिर्न, आफ्नो सामाजिक हैसियत घटाउन, अझ धेरै प्रवचनहरू प्रचार गर्न, अझ बढी काम गर्न, र अझ धेरै मानिसहरू प्राप्त गर्न सकेँ भने, के त्यसपछि मेरो पहिचान बदलिनेछैन र? के म मानिसको पुत्रबाट परमेश्‍वरको पुत्रमा परिणत हुनेछैनँ र? के परमेश्‍वरको पुत्र ख्रीष्ट हुँदैन र? ख्रीष्ट हुनुमा त्यस्तो गाह्रो कुरा के छ र? के ख्रीष्ट मानिसबाट जन्मिएको मानिसको पुत्र होइनन् र? येशू ख्रीष्ट बन्न सक्छन् भने, म पावलचाहिँ किन ख्रीष्ट बन्न सक्दिनँ र? यो अत्यन्तै सजिलो छ! येशूले जे गरे, म त्यही गर्नेछु; उनले जे भने, म त्यही भन्नेछु; उनी मानिसहरूमाझ जसरी हिँडे, म पनि त्यसरी नै हिँड्नेछु। के त्यसपछि मसँग येशूसरहको पहिचान र हैसियत हुनेछैन र? के मैले येशूले झैँ परमेश्‍वरद्वारा अनुमोदित हुने सर्तहरू पूरा गर्नेछैनँ र?” त्यसकारण, पावलका पत्रहरूबाट येशूको पहिचानबारे उसको बुझाइ र बोध के थियो भनेर देख्‍न गाह्रो छैन। उसले प्रभु येशू एक साधारण व्यक्ति हुनुहुन्थ्यो, जो काम र मूल्य चुकाइमार्फत, र विशेषगरी क्रूसमा टाँगिएपछि, स्वर्गमा हुनुहुने पिताको अनुमोदन प्राप्त गरेर जिउँदो परमेश्‍वरको पुत्र बन्नुभयो—उहाँको पहिचान पछि बदलियो भन्‍ने विश्‍वास गर्थ्यो। यसर्थ, पावलजस्ता मानिसहरूले मनमा कहिल्यै येशूलाई धर्तीमा परमेश्‍वरले पहिरनुभएको देहका रूपमा, मानवजातिमाझको परमेश्‍वरको देहधारी देहका रूपमा मान्दैनन्। तिनीहरूले कहिल्यै ख्रीष्टको सार मान्दैनन्।

आजका ख्रीष्टविरोधीहरू पावलजस्तै छन्। पहिलो कुरा त, तिनीहरूका सोच, महत्त्वाकाङ्क्षा, र विधिहरू, साथै अर्को एउटा कुरा—मूर्खताको साझा गुण—एउटै हुन्छन्। तिनीहरूको मूर्खता कहाँबाट आउँछ? यो तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूबाट आउँछ। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको देहधारी देहलाई हेर्छन्, तिनीहरूले जुनसुकै कोणबाट हेरे पनि, ख्रीष्टमा परमेश्‍वरको सार देख्न असफल हुन्छन्। तिनीहरूले जसरी हेरे पनि, यसबाट सत्यता प्राप्त गर्न वा परमेश्‍वरको स्वभाव बुझ्न सक्दैनन्। तिनीहरूले जसरी हेरे पनि, तिनीहरू सधैँ ख्रीष्ट एक साधारण व्यक्ति हुन् भन्ने विश्वास गर्छन्। तिनीहरू सोच्छन् कि यदि ख्रीष्ट सबैले देख्नेगरी स्वर्गबाट सिधै ओर्लेका भए, उनी साधारण हुनेथिएनन्; तिनीहरू सोच्छन् कि यदि ख्रीष्टको कुनै उत्पत्ति वा पृष्ठभूमि बिलकुलै नभएको भए, र उनी मानिसहरूमाझ अचानक देखा परेका भए, त्यो अत्यन्तै असामान्य र असाधारण हुनेथ्यो! मानिसहरूले बुझ्नै नसक्ने, असाधारण कुराहरूले नै ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा, चाहना, र जिज्ञासाहरू सन्तुष्ट पार्छन्। तिनीहरू सत्यता व्यक्त गर्न सक्‍ने र तिनीहरूलाई जीवन प्रदान गर्न सक्ने साधारण व्यक्तिभन्दा बरु त्यस्तै ख्रीष्टलाई पछ्याउन तयार हुन्छन्। ठ्याक्कै भन्नुपर्दा, ख्रीष्ट मान्छेबाट जन्मिनुभएको, र उहाँ साँच्चिकै एक साधारण व्यक्ति—पर्याप्त ध्यान नखिच्‍ने वा स्वर्ग र पृथ्वी हल्लिने तरिकाले नबोल्ने एक सामान्य व्यवहारिक व्यक्ति—हुनुभएकाले नै ख्रीष्टविरोधीहरूले उहाँलाई केही बेर नियालेपछि ख्रीष्टले गर्नुहुने कामकुराबारे थप विशेष केही पनि नभएको विश्‍वास गर्छन्। तिनीहरूले केही ढाँचाहरूको सारांश निकालेपछि, ख्रीष्टको अनुकरण गर्न थाल्छन्। तिनीहरूले उहाँको लवज, बोल्ने शैली, र स्वरको लयको अनुकरण गर्छन्। कतिले त उहाँले प्रयोग गर्ने विशेष शब्दहरूसमेतको अनुकरण गर्छन्, र उहाँका सासका आवाज र खोकीहरूसमेतको नक्कल गर्छन्। कतिपय मानिसहरू सोध्छन्, “के यो अनुकरण अज्ञानताका कारण गरिएको हो?” होइन। यसको कारण के हो त? जब ख्रीष्टविरोधीहरूले ख्रीष्टजस्तो साधारण व्यक्तिलाई देख्छन्, जो केही साधारण वचनहरू मात्र बोल्छन्, र जसका अति धेरै अनुयायीहरू छन् र जसमा अति धेरै मानिसहरू समर्पित हुन्छन्, तब के यो मामलाबारे तिनीहरूको हृदयको गहिराइमा केही सोचहरू उत्पन्न हुँदैनन् र? के तिनीहरू परमेश्‍वरका लागि रमाउने, उहाँका लागि खुसी महसुस गर्ने, र उहाँको प्रशंसा गर्ने गर्छन्, कि तिनीहरूले क्रुद्धता, रुष्टता, शत्रुता, ईर्ष्या, र डाहा महसुस गर्छन्? (ईर्ष्या र डाहा।) तिनीहरू सोच्छन्, “तिमी कसरी परमेश्‍वर बन्यौ? म किन परमेश्‍वर होइनँ? तिमी कति वटा भाषाहरू बोल्न सक्छौ? के तिमी चिन्ह र आश्चर्यकर्महरू गर्न सक्छौ? तिमी मानिसहरूलाई के ल्याइदिन सक्छौ? तिमीमा के-कस्ता वरदान र प्रतिभाहरू छन्? तिमीसँग कस्ता क्षमताहरू छन्? तिमीले कसरी यति धेरै मानिसहरूलाई आफ्नो पछाडि लाग्ने बनायौ? यदि तिम्रा क्षमताहरूले नै यति धेरै मानिसहरूलाई तिम्रो पछाडि लाग्ने बनाएको हो भने, मेरा क्षमताहरूका कारण त, अझ धेरै मानिसहरूले मलाई पछ्याउनेछन्।” त्यसकारण, ख्रीष्टविरोधीहरू यो कुरामा आफ्नो प्रयत्न केन्द्रित गर्न चाहन्छन्। त्यसकारण, तिनीहरू ख्रीष्ट बन्नु भनेको हासिल गर्न सकिने सपना हो भन्ने पावलको विचारसँग पूर्ण रूपमा सहमत हुन्छन्।

जब परमेश्‍वरले मानिसहरूलाई कर्तव्यनिष्ठ मानव र कर्तव्यनिष्ठ सृजित प्राणी बन्न भन्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूले यी वचनहरूप्रति अत्यन्तै तिरस्कार महसुस गर्छन्, र यसो भन्छन्, “परमेश्‍वरले भन्नुहुने सबथोक राम्रो र सही हो, तर हामीलाई ख्रीष्ट बन्ने अनुमति नदिनुचाहिँ गलत हो। किन मानिसहरू ख्रीष्ट बन्न सक्दैनन्? के ख्रीष्ट भनेको बस परमेश्‍वरको जीवन भएको व्यक्ति होइन र? त्यसकारण, यदि हामी परमेश्‍वरका वचनहरू स्विकार्छौँ, उहाँको मलजल र रखवारी प्राप्त गर्छौँ, र हामीसँग परमेश्‍वरको जीवन छ भने, के हामी पनि ख्रीष्ट बन्न सक्दैनौँ र? तिमी मानवबाट जन्मिएका एक साधारण व्यक्ति हौ, र हामी पनि त्यही हौँ। तिमी केका आधारमा ख्रीष्ट बन्न सक्छौ, तर हामी सक्दैनौँ? के तिमी जीवनमा पछि ख्रीष्ट बनेका होइनौ र? यदि हामीले कष्ट भोग्छौँ र मूल्य तिर्छौँ, परमेश्‍वरका वचनहरू अझ धेरै पढ्छौँ, हामीसँग परमेश्‍वरको जीवन हुन्छ, हामी परमेश्‍वरले बोल्ने वचनहरू नै बोल्छौँ, परमेश्‍वरले जे गर्न चाहन्छन् त्यही गर्छौँ, र परमेश्‍वरको अनुकरण गर्छौँ भने, के हामी पनि ख्रीष्ट बन्न सक्दैनौँ र? त्यसमा त्यस्तो कठिन कुरा के छ र?” ख्रीष्टविरोधीहरू ख्रीष्टलाई पछ्याउन र ख्रीष्टका साधारण अनुयायी बन्न, वा सृष्टिकर्ताको प्रभुत्वमा रहने सृजित प्राणी बन्नुपर्दा खुसी हुँदैनन्। तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूले तिनीहरूलाई यस्तो आग्रह गर्छन्: “कुनै साधारण व्यक्ति नबन्। हरमोडमा ख्रीष्टलाई पछ्याउनु र पालन गर्नु भनेको अयोग्यताको प्रकटीकरण हो। ख्रीष्टका वचनहरू र परमेश्‍वरका प्रतिज्ञाहरूभन्दा बाहिर, तैँले अझै उच्च पछ्याइहरू राख्नुपर्छ, जस्तै परमेश्‍वरको पुत्र, ज्येष्ठ पुत्र, ख्रीष्ट स्वयम् बन्न लागिपर्ने, परमेश्‍वरद्वारा धेरै प्रयोग गरिन लागिपर्ने, वा परमेश्‍वरको राज्यको खम्बा बन्न लागिपर्ने। ती कति ठूला र प्रेरणादायी लक्ष्यहरू हुन्!” तिमीहरूलाई यी विचारहरू कस्ता लाग्छन्? के ती प्रवर्द्धन गर्नलायक छन्? के ती सामान्य मानिसहरूसँग हुनुपर्ने कुरा हुन्? (होइनन्।) ख्रीष्टविरोधीहरूमा ख्रीष्टको पहिचान र सारबारे ठ्याक्कै यस्तो बुझाइ भएकाले नै तिनीहरूले ख्रीष्टलाई प्रतिरोध, आलोचना, परीक्षा, अस्वीकार र निन्दा गर्ने आफ्ना शब्द र कार्यहरूलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू सोच्छन्, “कुनै व्यक्तिको आलोचना गर्नुमा त्यस्तो डरलाग्दो कुरा के हुन्छ र? तिमी एउटा व्यक्ति मात्र हौ, होइनौ र? तिमी आफू एक व्यक्ति भएको मान्छौ भने, मैले तिम्रो आलोचना, मूल्याङ्कन, वा निन्दा गर्नुमा के गलत छ र? मैले तिम्रो निगरानी र अध्ययन गर्नुमा के गलत छ र? यी कुराहरू गर्नु त मेरो स्वतन्त्रताको कुरा हो!” तिनीहरूले यसलाई परमेश्‍वरको प्रतिरोध वा विरोध गरेको रूपमा हेर्दैनन्, जुन निकै खतरनाक दृष्टिकोण हो। तसर्थ, धेरै ख्रीष्टविरोधीहरूले २०-३० वर्षसम्‍मै यसरी ख्रीष्टको विरोध गरेका छन्, हृदयमा सधैँ उहाँसँग प्रतिस्पर्धा गरेका छन्। म तँलाई सत्य कुरा भन्नेछु—तैँले जे गर्छस् त्यो तेरो स्वतन्त्रता हो, तर परमेश्‍वरको अनुयायीका रूपमा, यदि तँ परमेश्‍वरको देहधारी देहलाई यति स्वेच्छाचारी रूपले व्यवहार गर्छस् भने, एउटा कुरा निश्‍चित छ: तैँले कुनै व्यक्तिलाई दुःख दिइरहेको छैनस्, तैँले खुलेआम परमेश्‍वरविरुद्ध होहल्ला मच्‍चाइरहेको छस् र आफूलाई परमेश्‍वरविरुद्ध उभ्याइरहेको छस्—तँ परमेश्‍वरविरुद्ध खडा भइरहेको छस्। परमेश्‍वरको सार, स्वभाव, कार्यहरू, र विशेषगरी परमेश्‍वरको देहधारी देहलाई छुने जुनसुकै कुरा प्रशासनिक आदेशहरूसँग सम्बन्धित हुन्छ। यदि तैँले ख्रीष्टलाई यति स्वेच्छाचारी रूपमा व्यवहार गर्छस्, अनि यति स्वेच्छाचारी रूपमा उहाँको आलोचना र निन्दा गर्छस् भने, सुन्, तेरो परिणाम तय भइसकेको छ। परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछ भन्ने अपेक्षा नगर्। परमेश्‍वरले त्यस्तो व्यक्तिलाई मुक्ति दिन सक्नुहुन्न, जो खुलेआम उहाँविरुद्ध होहल्ला मच्‍चाउँछ र स्वेच्छाचारी रूपमा आफूलाई उहाँविरुद्ध उभ्याउँछ। त्यस्तो व्यक्ति परमेश्‍वरको शत्रु हो, ऊ शैतान र दियाबलस हो, र परमेश्‍वरले उसलाई मुक्ति दिनुहुनेछैन। चाँडो गर् र तँलाई जसले मुक्ति दिन सक्छ जस्तो लाग्छ उसैकहाँ जा। परमेश्‍वरको घरले तँलाई रोक्नेछैन, त्यसका ढोकाहरू खुला छन्। यदि तँलाई पावलले तँलाई मुक्ति दिन सक्छ जस्तो लाग्छ भने, ऊकहाँ जा; यदि पास्टरले मुक्ति दिन सक्छ जस्तो लाग्छ भने, उसैकहाँ जा। तर एउटा कुराचाहिँ निश्‍चित छ: परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन। तैँले जे गर्छस् त्यो तेरो स्वतन्त्रता हो, तर परमेश्‍वरले तँलाई मुक्ति दिनु-नदिनु उहाँको स्वतन्त्रता हो, र अन्तिम निर्णय उहाँकै हुन्छ। के परमेश्‍वरसित यो शक्ति छ? के उहाँमा यो मर्यादा छ? (छ।) देहधारी परमेश्‍वर मानिसहरूमाझ जिउनुहुन्छ, उहाँले आफू ख्रीष्ट भएको गवाही दिनुहुन्छ, र उहाँ आखिरी दिनहरूको काम गर्न आउनुहुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरको सार चिन्छन् र सम्पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र तिनीहरू उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्छन् र उहाँप्रति समर्पित हुन्छन्। अन्यले चाहिँ अन्त्यसम्‍मै जिद्दीपूर्वक उहाँको प्रतिरोध गर्न चाहन्छन्: “जतिसुकै मानिसहरूले तिमी ख्रीष्ट हौ भनेर विश्‍वास गरे पनि, म विश्‍वास गर्नेछैनँ। तिमीले जे भने पनि, म तिमीलाई सम्पूर्ण हृदयले परमेश्‍वर मान्नेछैनँ। मैले परमेश्‍वरले साँच्चिकै तिमीसित बोलेको र तिम्रो गवाही दिएको देखेपछि मात्र, स्वर्गको परमेश्‍वरले व्यक्तिगत रूपमा मलाई मेघगर्जनको आवाजमा ‘यो मेरो देहधारी देह, मेरो प्रिय, मेरो प्यारो पुत्र हो’ भनेपछि मात्र म तिमीलाई परमेश्‍वरको रूपमा मान्ने र स्विकार्नेछु। म आफैले स्वर्गको परमेश्‍वरले तिमीसित बोलेको र तिम्रो गवाही दिएको सुनेपछि र देखेपछि मात्र म तिमीलाई स्विकार्नेछु, नत्र यो असम्भव छ!” के यस्ता मानिसहरू ख्रीष्टविरोधीहरू होइनन् र? जब त्यो दिन साँच्चिकै आउँछ, तब तिनीहरूले ख्रीष्टलाई परमेश्‍वरका रूपमा माने नै भने पनि, त्यो तिनीहरूको दण्ड भोग्ने दिन नै हुनेछ। तिनीहरूले परमेश्‍वरको प्रतिरोध गरे, उहाँविरुद्ध होहल्ला गरे, र तिनीहरू हरमोडमा उहाँप्रति शत्रुवत् रहे—के यस्ता कार्यहरू यति सजिलै क्षमा दिन सकिन्छ र? (सकिँदैन।) त्यसकारण, यहाँ एउटा साँचो भनाइ छ, र त्यो के हो भने, परमेश्‍वरले हरेक व्यक्तिलाई उसका कार्यहरूअनुसार इनाम वा सजाय दिनुहुनेछ। यी मानिसहरूले प्रतिशोध मात्र सामना गर्नेछैनन्, परमेश्‍वरले तिनीहरूसित व्यक्तिगत रूपमा बोल्नुभएको पनि तिनीहरूले कहिल्यै सुन्नेछैनन्। के तिनीहरू यसलायक छन् र? परमेश्‍वरले मानवहरूमाझ आफ्नो गवाही दिने, मानवहरू र साँचो सृजित प्राणीहरूसामु देखा पर्ने इच्छा गर्नुहुन्छ, र यसरी उहाँले उहाँको वास्तविक सत्व प्रकट गर्ने, र वचनहरू बोल्ने र व्यक्त गर्ने गर्नुहुन्छ। उहाँ दियाबलसहरूसामु देखा पर्ने वा तिनीहरूसित वचनहरू बोल्ने वा व्यक्त गर्ने गर्नुहुन्न। त्यसकारण, ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देख्ने वा आफ्नै कानले उहाँका वचन र वाणीहरू सुन्ने मौका पाउनेछैनन्। तिनीहरूसित यो मौका कहिल्यै हुनेछैन। अनि भविष्यमा के तिनीहरूलाई कठिनाइ हुनेछ? (हुनेछ।) किन? ख्रीष्टविरोधीहरू, यी निर्लज्ज प्राणीहरू हरमोडमा परमेश्‍वरको विरोध गर्छन् र उहाँविरुद्ध होहल्ला गर्छन्, साथै तिनीहरू उहाँले गर्नुहुने सबथोकलाई तिरस्कार, निन्दा, र उपहाससमेत गर्छन्। त्यसैले, परमेश्‍वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई दयालु व्यवहार गरेर क्षमा गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई आशिष् दिनुहुनेछ? के उहाँले तिनीहरूलाई आफ्नो प्रतिज्ञा दिनुहुनेछ? के उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ? व्यावहारिक रूपमा भन्नुपर्दा, के त्यस्ता मानिसहरूले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छन्? यो जुनीमा त, तिनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति, वा उहाँको ताडना र अनुशासन, वा तिनीहरूको जीवनका लागि उहाँको आपूर्ति प्राप्त गर्नेछैनन्। तिनीहरूलाई मुक्ति दिइनेछैन, र आउँदो संसारमा, तिनीहरूले सदासर्वदा आफ्ना दुष्ट कार्यहरूको ठूलो मूल्य तिर्नेछन्। तिनीहरूको परिणाम यही हो। ख्रीष्टविरोधीहरूको परिणाम पावलको सरह हुनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्