विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग दुई) खण्ड एक

आज, हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको पन्ध्रौँ विषयवस्तु: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्—भन्‍नेबारे सङ्गति जारी राख्नेछौँ। हामीले यसअघिको सङ्गतिको क्रममा यो विषयलाई दुई भागमा विभाजन गर्‍यौँ। पहिलो भाग परमेश्‍वरको अस्तित्वमा ख्रीष्टविरोधीहरूको अविश्‍वासका विभिन्‍न प्रकटीकरणहरू हो, जसलाई हामीले थप दुई विषयवस्तुमा विभाजन गर्‍यौँ: पहिलो, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान र सार इन्कार गर्नु; दोस्रो, ख्रीष्टविरोधीहरूले यावत्‌ थोकमाथिको परमेश्‍वरको सार्वभौमिकता इन्कार गर्नु। पछिल्लोपटक, हामीले मूलतः ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरको सार वा उहाँको स्वभावलाई मान्दैनन्, र ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरले गर्ने सबै कुरा सत्यता हो र त्यसले उहाँको पहिचानलाई प्रतिनिधित्व गर्छ भन्‍ने कुरालाई मान्दैनन्, र ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरले गर्ने सबथोकपछाडिका अर्थ र सत्यता निश्‍चय नै स्विकार्दैनन् भन्‍नेबारे सङ्गति गर्‍यौँ। ख्रीष्टविरोधीहरू शैतानको आराधना गर्छन्, शैतानलाई परमेश्‍वर मान्छन्, र शैतानका सारा भनाइ र दृष्टिकोणहरूलाई परमेश्‍वरको पहिचान, सार र उहाँले गर्ने सबथोकको मापन गर्ने आधार र मानकका रूपमा प्रयोग गर्छन्। त्यसकारण, तिनीहरू हृदयमा बारम्बार शैतानको कार्यलाई उच्च पार्छन् र आराधना गर्छन्, तिनीहरू शैतानका कार्यहरूको गुणगान र प्रशंसा गाउँछन्, र तिनीहरू परमेश्‍वरको पहिचान र सारको स्थान लिन शैतानलाई प्रयोग गर्छन्। अझ नराम्रो कुरा, शैतानले गर्ने सबथोक अनुमोदन गरेर त्यसका आधारमा तिनीहरूले हर मोडमा परमेश्‍वरका वचनहरू र कामबारे प्रश्‍न उठाउँछन् र धारणा र रायहरू बनाउँछन्, र अन्ततः उहाँका वचनहरू र कामलाई निन्दा गर्छन्। त्यसकारण, परमेश्‍वरलाई पछ्याउने क्रममा, ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन, सत्यता, वा जीवनको दिशा र लक्ष्यका रूपमा स्विकार्दैनन्। बरु, तिनीहरू हर मोडमा परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरूका धारणा र कल्पनाहरू, शैतानका तर्क र सोचहरू, साथै शैतानका स्वभाव र विधिहरूद्वारा परमेश्‍वरको पहिचान र सार मापन गर्छन्। परमेश्‍वरलाई पछ्याउने क्रममा, तिनीहरू निरन्तर परमेश्‍वरलाई शङ्का, सन्देह र निगरानी गर्छन्, तिनीहरू सधैँ उहाँलाई आलोचना गर्छन्, र हृदयमा उहाँलाई हेला, निन्दा र इन्कार गर्छन्। ख्रीष्टविरोधीहरूले गर्ने यी सारा कामकुरा र तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूले तिनीहरू परमेश्‍वरका अनुयायी, साँचो विश्‍वासी, वा सत्यता र सकारात्मक कुरा प्रेम गर्ने मानिसहरू होइनन्, बरु तिनीहरू त सत्यता र परमेश्‍वरका शत्रुहरू हुन् भन्‍ने कुरा वास्तवमै प्रमाणित गर्छन्। जब यी मानिसहरू परमेश्‍वरको घर, अर्थात् मण्डलीमा आउँछन्, तिनीहरू परमेश्‍वरको मुक्ति प्राप्त गर्न वा परमेश्‍वरसामु आउन र उहाँका वचनहरूलाई जीवनका रूपमा स्विकार्न आएका हुँदैनन्। त्यसोभए, तिनीहरू के गर्न आएका हुन्छन् त? जब यी मानिसहरू परमेश्‍वरको घरमा आउँछन्, पहिलो कुरा, तिनीहरू, कम्तीमा आफ्नो जिज्ञासालाई सन्तुष्ट पार्न खोजिरहेका हुन्छन्; दोस्रो कुरा, तिनीहरू यो लहर पछ्याउने इच्छा राख्छन्; र तेस्रो कुरा, तिनीहरू आशिष्‌हरू चाहन्छन्। तिनीहरूका अभिप्राय र उद्देश्यहरू यिनै हुन्, त्यत्ति हो। ख्रीष्टविरोधीहरूको प्रकृति सारका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू कहिल्यै परमेश्‍वरका वचनहरूलाई जीवनको रूपमा स्विकार्ने अभिप्राय राख्दैनन्, कहिल्यै परमेश्‍वरका वचनहरूलाई अभ्यासका सिद्धान्तहरू वा आफ्नो जीवनका दिशा र लक्ष्यका रूपमा लिने योजना गर्दैनन्, र कहिल्यै आफ्नै विचारहरू बदल्ने वा त्याग्ने, वा आफ्नै धारणाहरू रूपान्तरण गर्ने वा त्याग्ने, पूर्ण रूपमा पश्‍चात्ताप गर्न परमेश्‍वरसामु आउने, र उहाँसामु लम्पसार परेर उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्विकार्ने योजना गर्दैनन्। तिनीहरूसित यस्ता कुनै अभिप्रायहरू हुँदैनन्। तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका निम्ति तिनीहरू कति महान्, कति सक्षम, कति शक्तिशाली, वरदानयुक्त, र प्रतिभाशाली छन्, तिनीहरू कसरी परमेश्‍वरको घरको खम्बा र मेरुदण्ड बन्‍न सक्छन्, र आदि इत्यादि भन्दै परमेश्‍वरसामु धाक-रवाफ देखाइरहन्छन्, र यसमार्फत परमेश्‍वरको घरमा उच्च मानिने, परमेश्‍वरद्वारा चिनिने, र परमेश्‍वरको घरमा बढुवा प्राप्त गर्ने लक्ष्य हासिल गर्ने उद्देश्य राख्छन्। त्यति मात्र होइन, तिनीहरू “यो जीवनमा सय गुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्ने” आफ्नो महत्त्वाकाङ्क्षा, चाहना र योजना पनि पूरा गर्न चाहन्छन्। के तिनीहरूले कहिल्यै यी महत्त्वाकाङ्क्षा, चाहना र योजनाहरू त्यागेका हुन्छन्? के तिनीहरूले व्यक्तिपरक रूपमा यी समस्याहरू बुझ्न, त्याग्न, र समाधान गर्न सक्छन्? तिनीहरू कहिल्यै यसो गर्ने योजना गर्दैनन्। परमेश्‍वरका वचनहरूले चाहे जे भने पनि वा जे खुलासा गरे पनि, उहाँका वचनहरूलाई तिनीहरूले आफूसित जोड्न सके पनि, तिनीहरूलाई तिनीहरूका योजना, सोच, र अभिप्रायहरू परमेश्‍वरका वचनहरूविपरीत छन् र तीअनुरूप छैनन्, ती सत्यता सिद्धान्तहरूविपरीत जान्छन् र ती ख्रीष्टविरोधीहरूको स्वभावका प्रकटीकरणहरू हुन् भन्‍ने थाहा भए पनि, तिनीहरू अझै आफ्नै विचार, महत्त्वाकाङ्क्षा र चाहनाहरूमा अडिग रहन्छन्, र तिनीहरूसित आफूलाई बदल्ने, आफ्ना विचारहरू सुल्ट्याउने, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्ने, र परमेश्‍वरको खुलासा, न्याय, सजाय, र काटछाँट स्विकार्न उहाँसामु आउने कुनै योजना हुँदैनन्। यी मानिसहरू हृदयमा हठी मात्र हुँदैनन्, अहङ्कारी र अभिमानी पनि हुन्छन्—तिनीहरू पूर्ण रूपमा असमझ हुने गरी अहङ्कारी हुन्छन्। त्यो सँगसँगै, तिनीहरू हृदयको गहिराइमा परमेश्‍वरले बोल्‍नुभएका हरेक वचनप्रति गहन रूपमा वितृष्ण हुन्छन् र तिनलाई घृणा गर्छन्; तिनीहरू परमेश्‍वरले गर्नुहुने भ्रष्ट मानवजातिको प्रकृति सारको खुलासा, र विभिन्‍न भ्रष्ट स्वभावहरूको खुलासालाई घृणा गर्छन्। तिनीहरू बिना कारण परमेश्‍वर र सत्यतालाई घृणा गर्छन्, सत्यता पछ्याउने र परमेश्‍वरले प्रेम गर्नुहुनेहरूलाई समेत घृणा गर्छन्। यसले ख्रीष्टविरोधीहरूको स्वभाव वास्तवमै दुष्ट हुन्छ भनेर पूर्ण रूपमा देखाउँछ। परमेश्‍वर र सत्यताप्रति तिनीहरूका अकारण घृणा, शत्रुता, विरोध, आलोचना, र इन्कारले पनि ख्रीष्टविरोधीहरूमा वास्तवमै क्रूर स्वभाव हुन्छ भन्‍ने देखाउँछ।

ख्रीष्टविरोधीहरूका विभिन्‍न स्वभावहरू भ्रष्ट मानवजातिमा हुने स्वभावका ठेट उदाहरणहरू हुन्, र ख्रीष्टविरोधीहरूका विभिन्‍न स्वभावहरूको गम्भीरता कुनै पनि साधारण भ्रष्ट तुल्याइएको व्यक्तिको भन्दा बढी हुन्छ। परमेश्‍वरले चाहे जति गहन वा ठोस रूपमा मानवजातिका भ्रष्ट स्वभावहरू खुलासा गर्नुभए नि, ख्रीष्टविरोधीहरूले यसलाई इन्कार र अस्वीकार गर्छन्, यसलाई सत्यता वा परमेश्‍वरको कामका रूपमा स्विकार्दैनन्। तिनीहरू पर्याप्त मात्रामा दुष्ट, निर्मम, दुर्जन, अनिष्टकर र द्वेषपूर्ण हुनु नै अन्ततः अडिग रूपमा खडा हुने, र यो समाज र दुष्ट प्रवृत्तिहरूमाझ अन्त्यसम्‍मै पृथक्‌ देखिने र आफ्नो स्थान कायम राख्ने एउटै उपाय हो भनेर मात्र मान्छन् र विश्‍वास गर्ने गर्छन्। यो ख्रीष्टविरोधीहरूको तर्क हो। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको धर्मी र पवित्र सारप्रति, परमेश्‍वरको विश्‍वसनीयता र सर्वशक्तिमान्‌ताप्रति, साथै यस्तै अन्य सकारात्मक कुराहरूप्रति शत्रुता र घृणा पाल्छन्। मानिसहरूले परमेश्‍वरको पहिचान, सार र उहाँको सारा कामबारे चाहे जसरी गवाही दिए पनि, र जति नै ठोस र साँचो रूपमा त्यसो गरे पनि, ख्रीष्टविरोधीहरूले स्विकार्दैनन्, तिनीहरूले यो परमेश्‍वरको काम हो, यसभित्र खोज्‍नुपर्ने सत्यता हुन्छ, वा यो परमेश्‍वरबारे ज्ञानको मानवजातिको सबैभन्दा राम्रो शैक्षिक सामग्री र गवाही हो भनेर मान्दैनन्। यस विपरीत, ख्रीष्टविरोधीहरू शैतानले जानीजानी वा अनजानमै गर्ने हरेक सानो कामको प्रशंसामा लम्पसार पर्छन्। शैतानले गर्ने कामकुराहरूलाई मानवजातिमाझ कुलीन वा नीच मानिए पनि, ख्रीष्टविरोधीहरूले यी कुरालाई एकैरूपमा स्वीकार, विश्‍वास, आराधना, र अनुसरण गर्छन्। तर एउटा कुराबाट चाहिँ ख्रीष्टविरोधीहरूलाई छटपटी हुन्छ: बुद्धले मानिसहरूलाई शुद्ध भूमिमा पुर्‍याउन सक्छु भनेको छ, र ख्रीष्टविरोधीहरू सोच्छन्: “यो शुद्ध भूमि स्वर्गको राज्य र परमेश्‍वरले भनेको स्वर्गभन्दा निकृष्ट भएझैँ देखिन्छ—यो खासै आदर्शमयी छैन। शैतान शक्तिशाली छ, र त्यसले मानिसहरूलाई असीमित लाभहरू दिन सक्ने, र तिनीहरूका सारा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सक्ने भए पनि, त्यसले गर्न नसक्ने कुरा भनेको मानिसहरूलाई प्रतिज्ञा दिने, र स्वर्गको राज्य प्रवेश गरेर अनन्त जीवन प्राप्त गर्न सक्षम तुल्याउने हो। शैतानले यस्तो दाबी गर्ने आँट गर्दैन, न त त्यसले यस्तो कुरा हासिल गर्न नै सक्छ।” हृदयको गहिराइमा, ख्रीष्टविरोधीहरूले यो असोचनीय, र साथसाथै, सबैभन्दा पछुताउनुपर्ने कुरा हो भन्‍ने महसुस गर्छन्। त्यसकारण, अनिच्छापूर्वक परमेश्‍वरलाई पछ्याउँदा, तिनीहरू झन् ठूला आशिष्‌हरू कसरी प्राप्त गर्ने, र तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरू कसले पूरा गर्न सक्छ भन्‍नेबारे अझै तानाबाना बुन्छन्। तिनीहरूले हिसाब गरेको गर्‍यै गर्छन्, र अन्ततः तिनीहरूसँग परमेश्‍वरको घरमै रहने सम्झौता गर्नुको विकल्पै हुँदैन। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूका आधारमा हेर्दा, परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति र दृष्टिकोण के हुन्छ? के तिनीहरूमा अलिकति पनि साँचो विश्‍वास हुन्छ त? के तिनीहरूमा परमेश्‍वरमाथिको साँचो आस्था हुन्छ त? के तिनीहरूले परमेश्‍वरका कार्यहरूलाई अलिकति पनि मान्यता दिन्छन् त? के तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता, जीवन र मार्ग हुन् भन्‍ने तथ्यलाई हृदयबाटै “आमेन” भन्‍न सक्छन् त? परमेश्‍वरले मानवजातिमाझ यस्तो महान् काम गर्नुभएको छ—के ख्रीष्टविरोधीहरूले परमेश्‍वरको महान् शक्ति र धर्मी स्वभावलाई हृदयको गहिराइबाटै प्रशंसा गर्न सक्छन् त? (सक्दैनन्।) यसको ठ्याक्कै कारण के हो भने, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान, सार र उहाँको सारा काम इन्कार्ने भएरै तिनीहरूले उहाँलाई पछ्याउने क्रममा निरन्तर आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गर्छन्, साथै मानिसहरूको निगाह र हृदय जित्ने कोसिस गर्छन्, र मानिसहरूको हृदय नियन्त्रणमा राख्ने र थुन्‍नेसमेत कोसिस गर्छन्, अनि परमेश्‍वरका चुनिएका जनहरूका लागि उहाँसित प्रतिस्पर्धा गर्छन्। यी सबै प्रकटीकरणहरूले यो प्रमाणित गर्छन् कि ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्‍वरको पहिचान र सारलाई मान्दैनन्, वा मानवजाति र यावत्‌ थोक सृष्टिकर्ताको सार्वभौमिकताअन्तर्गत पर्छन् भनेर मान्‍दैनन्। परमेश्‍वरको अस्तित्वका सम्बन्धमा ख्रीष्टविरोधीहरूमा हुने विचार, प्रकटीकरण र खुलासाहरूबारे यसअघि हामीले चिरफार गरेको कुरा यही हो। परमेश्‍वरको अस्तित्व सम्बन्धमा ख्रीष्टविरोधीहरूसँग यी विचार र प्रकटीकरणहरू हुने हुनाले, ख्रीष्ट, देहधारी परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ त? के तिनीहरूले साँच्चिकै उहाँलाई विश्‍वास गर्न, मान्न, पछ्याउन र उहाँमा समर्पित हुन सक्छन्? (सक्दैनन्।) परमेश्‍वरको अस्तित्वप्रति ख्रीष्टविरोधीहरूको व्यवहार हेर्दा, तिनीहरूले परमेश्‍वरको आत्माप्रति यस्तो मनोवृत्ति पाल्छन्, त्यसैले परमेश्‍वरको देहधारी देहप्रति तिनीहरूको मनोवृत्ति उहाँको आत्माप्रतिभन्दा बढी घृणित हुन्छ, र त्यसका झनै प्रस्ट र गम्भीर प्रकटीकरणहरू हुन्छन् भनेर भन्नै पर्दैन।

आ. ख्रीष्टविरोधीहरूले ख्रीष्टको सार इन्कार गर्छन्

आज, हामी ख्रीष्टविरोधीहरूले, ख्रीष्ट अर्थात् परमेश्‍वरको देहधारी देहलाई कस्तो व्यवहार गर्छन् भन्‍नेबारे, परमेश्‍वरको अस्तित्वमाथि तिनीहरूको अविश्‍वासमा आधारित भएर, सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन् भन्‍ने कुरा व्यापक रूपमा मानिएको तथ्य हो। यो सबै सङ्गति, खुलासा, र चिरफारपश्‍चात्‌, के तिमीहरूले ख्रीष्टविरोधीहरूका स्वभाव र प्रकटीकरणहरूबारे केही ठोस बुझाइ प्राप्त गरेका छौ? तिनीहरूले देहधारी परमेश्‍वरले गरेको काम, वा परमेश्‍वर देह बनेको तथ्य स्विकारे वा नस्विकारे पनि, वास्तवमा, तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छन्। त्यसैले, तिनीहरू ठ्याक्कै कस्ता मानिसहरू हुन्? ठ्याक्कै भन्‍नुपर्दा, तिनीहरू अवसरवादी अविश्‍वासीहरू हुन्, तिनीहरू फरिसीहरू हुन्। तिनीहरूमध्ये कतिपय त प्रस्ट रूपमै दुष्ट देखिन्छन्, जबकि अरूचाहिँ परिष्कृत, सम्मानजनक, र आदर्शमयी व्यवहारसहित नम्र देखिन्छन्—तिनीहरू खाँटी फरिसीहरू हुन्। यी दुई दुष्ट देखिनेहरू र भक्त देखिने तर दुष्ट नदेखिनेहरू, यी दुई थरीका मानिसहरूको कुरा आउँछ, यदि तिनीहरूले मूलभूत रूपमा परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन् भने, के हामीले तिनीहरू अविश्‍वासी हुन् भन्‍न मिल्छ? (मिल्छ।) आज हामी अविश्‍वासीहरूमा ख्रीष्टप्रति के-कस्ता विचार र मनोवृत्तिहरू हुन्छन्, तिनीहरूले ख्रीष्टका विभिन्‍न पक्षहरूप्रति कस्ता प्रकटीकरणहरू देखाउँछन्, र हामीले यी प्रकटीकरणहरूमार्फत ख्रीष्टविरोधीहरूको सार कसरी बुझ्न सक्छौँ भन्‍नेबारे सङ्गति गरिरहेका छौँ।

क. ख्रीष्टविरोधीहरू ख्रीष्टको उत्पत्तिलाई कसरी लिन्छन्

जब ख्रीष्टको कुरा आउँछ, जो विशेष पहिचान भएको एक साधारण व्यक्ति हुनुहुन्छ, मानिसहरूले प्राय: के-के कुरामा सबैभन्दा बढी चासो राख्छन्? सर्वप्रथम, के धेरै मानिसहरूले उहाँको उत्पत्तिबारे चासो राख्दैनन् र? त्यही नै मानिसहरूको ध्यानको केन्द्रबिन्दु हुन्छ। त्यसैले, पहिला ख्रीष्टविरोधीहरूले ख्रीष्टको उत्पत्तिलाई कसरी लिन्छन् भन्‍नेबारे सङ्गति गरौँ। यसबारे सङ्गति गर्नुअघि, परमेश्‍वर देहधारी बन्‍नुहुँदा उहाँले उहाँको देहको उत्पत्तिका विभिन्‍न पक्षहरूको कसरी योजना गर्नुभयो भन्‍नेबारे कुरा गरौँ। सबैलाई थाहै छ, अनुग्रहको युगको अवधिमा, ख्रीष्टलाई पवित्र आत्माले गर्भाधान गर्नुभएको र एउटी कुमारीले जन्माएको हो। उहाँ अत्यन्तै साधारण, सामान्य परिवारमा जन्मिनुभएको थियो, जसलाई आजको दिनमा सर्वसाधारणको घर भनिनेथ्यो। उहाँ कुनै धनी, आधिकारिक, वा प्रतिष्ठित ठूलो परिवारमा जन्मिनुभएको थिएन—उहाँ त गोठमा जन्मिनुभएको थियो, जुन निकै असोचनीय र सबैको कल्पनाभन्दा बाहिरको कुरा थियो। परमेश्‍वरको पहिलो देहधारी देहको उत्पत्तिको हरेक पक्ष हेर्दा, देहधारी परमेश्‍वर जन्मिनुभएको परिवार निकै साधारण थियो। उहाँकी आमा, मरियम पनि साधारण नै थिइन्, र कुनै विशिष्ट व्यक्ति थिइनन्, र उनमा निश्‍चय नै कुनै विशेष शक्ति, वा असाधारण र अद्वितीय प्रतिभाहरू थिएनन्। तर, उनी कुनै अविश्‍वासी वा गैरविश्‍वासी नभएर परमेश्‍वरको अनुयायी थिइन् भन्‍ने कुरा याद गर्नलायक छ। यो निकै महत्त्वपूर्ण कुरा हो। मरियमका श्रीमान्‌ यूसुफ सिकर्मी थिए। सिकर्मी भनेको एकप्रकारको शिल्पकार हो, र उनको आय औसत थियो, तर उनी धनी थिएनन् र उनीसँग खर्च गर्ने धेरै पैसा थिएन। यद्यपि, उनी अत्यन्तै गरिबचाहिँ थिएनन्, र उनले आफ्नो परिवारका सारा आधारभूत आवश्यकताहरू पूरा गर्न सक्थे। प्रभु येशू यस्तो परिवारमा जन्मिनुभएको थियो; आजको दिनको आय र जीवनयापनका मानकहरूका आधारमा भन्‍ने हो भने, उहाँको परिवारलाई बल्लबल्ल मध्यम वर्गीय कहलिन सकिन्थ्यो। के यस्तो परिवारलाई मानवजातिमाझ कुलीन मानिनेथियो कि निम्न स्तरीय? (निम्न स्तरीय।) त्यसकारण, प्रभु येशू जुन परिवारमा जन्मिनुभएको थियो, त्यो चर्चित, धनी, वा प्रतिष्ठित छँदै थिएन, र आजकाल उच्च वर्गीय मानिनेजस्तो त झनै थिएन। धनी वा उच्च हैसियत भएका परिवारका छोराछोरीहरू बाहिर जाँदा, मानिसहरू प्रायः तिनीहरूलाई घेर्छन्, र तिनीहरूको वरपर झुम्मिन्छन्, तर प्रभु येशूको परिवार त्यसको उल्टो थियो। उहाँ विलासी जीवन अवस्था वा उल्लेखनीय हैसियतबिनाको परिवारमा जन्मिनुभएको थियो। त्यो नजरअन्दाज गरिने र मानिसहरूले बेवास्ता गर्ने निकै साधारण परिवार थियो, र कोही पनि उनीहरूको प्रशंसा गाउने र उनीहरूको वरपर झुम्‍मिने गर्दैनथे। त्यो समयको त्यस्तो पृष्ठभूमि र सामाजिक वातावरणमा, के ख्रीष्ट उच्च शिक्षा प्राप्त गर्ने वा उपल्लो समाजका विभिन्‍न जीवनशैली, सोचविचार, दृष्टिकोण आदि इत्यादिद्वारा प्रभावित र सङ्क्रमित हुने अवस्थामा हुनुहुन्थ्यो त? प्रस्ट रूपले नै हुनुहुन्थेन। उहाँले सामान्य शिक्षा प्राप्त गर्नुभयो, घरमै धर्मशास्‍त्रहरू पढ्नुभयो, उहाँका आमाबुबाको मुखबाट कथाहरू सुन्‍नुभयो, र उनीहरूसँगै मण्डली सेवाहरूमा सहभागी हुनुभयो। सबै हिसाबमा, प्रभु येशूको उत्पत्ति र उहाँ हुर्कनुभएको परिवेश प्रतिष्ठित, वा मानिसहरूले कल्पना गरेजस्तो कुलीन थिएनन्। उहाँ जुन वातावरणमा हुर्किनुभयो, त्यो कुनै साधारण व्यक्तिकै जस्तो थियो। उहाँको दैनिक जीवन सरल र साधारण थियो, उहाँका जीवन अवस्थाहरू औसत व्यक्तिकै जस्ता थिए, ती विशेष थिएनन्, र उहाँसँग समाजका माथिल्लो तहका विशेष र श्रेष्ठतर जीवन अवस्थाहरू थिएनन्। पहिलो देहधारी परमेश्‍वर जन्मिनुभएको परिवेश, र उहाँ हुर्किनुभएको वातावरण यही थियो।

यस पटक देहधारी परमेश्‍वरको लिङ्ग पछिल्लो पटक भन्दा पूरै फरक भए पनि, उहाँको पारिवारिक पृष्ठभूमि उस्तै गरी साधारण, र उल्लेखनीय हैसियतबिनाकै छ। कतिपयले सोध्छन्, “कति साधारण?” अहिलेको युगमा, साधारण भन्‍नुको अर्थ सामान्य जीवन वातावरण हो। ख्रीष्ट एक श्रमिकको परिवारमा जन्मिनुभयो, जुन परिवार जीविकोपार्जनका लागि ज्यालामा निर्भर हुन्छ, जसले आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न सक्छ, तर धनीहरूजतिकै सम्पन्‍न हुँदैन। ख्रीष्टको साधारण मानिसहरूसँग उठबस थियो, र उहाँले साधारण मानिसहरूकै जीवन जिउनुभयो; उहाँ यस्तै वातावरणमा जिउनुभएको थियो, त्यसमा विशेष कुरा केही थिएन। सामान्यतया, के श्रमिक परिवारका छोराछोरीहरू कलात्मक सीप सिक्ने अवस्थामा हुन्छन् र? के तिनीहरूसँग उच्च समाजमा प्रचलित विभिन्‍न विचारहरूसित परिचित हुने अवसर हुन्छ र? (हुँदैन।) तिनीहरू विभिन्‍न सीपहरू सिक्ने अवस्थामा नहुने मात्र नभई, अझ बढी, तिनीहरूसँग उच्च समाजका मानिस, घटना, र कामकुराहरूसित अन्तरक्रिया गर्ने अवसरहरूसमेत हुँदैन। यो दृष्टिकोणबाट हेर्दा, यसपटक देहधारी परमेश्‍वर निकै साधारण परिवारमा जन्मिनुभएको छ। उहाँका आमाबुबा सम्मानित तरिकाले दिन कटाउने मानिसहरू हुन्, उनीहरूको जीविका उनीहरूका काम र जागिरमा निर्भर छ, र उनीहरूका जीवन अवस्थाहरू औसत छन्। यस्ता अवस्थाहरू आधुनिक समाजमा सबैभन्दा आम छन्। गैरविश्‍वासीहरूको दृष्टिकोणबाट हेर्दा, ख्रीष्टको जन्म वातावरणमा कुनै श्रेष्ठतर परिस्थितिहरू थिएनन्, र उहाँको पारिवारिक पृष्ठभूमि वा जीवनको गुणस्तरमा घमण्ड गर्नलायक केही थिएन। कतिपय प्रसिद्ध मानिसहरू विद्वत्तापूर्ण परिवारमा जन्मेका छन्; तिनीहरूका पुर्खाहरू सबै शिक्षक र वरिष्ठ बुद्धिजीवी थिए। तिनीहरू यही वातावरणमा, यससँगैको विद्वत्तापूर्ण परिवारको शैली र चालढालसँगै हुर्किए। के परमेश्‍वरले उहाँको देहधारी देहका लागि त्यस्तै पारिवारिक पृष्ठभूमि रोज्नुभयो त? रोज्नुभएन। यस पटक पनि देहधारी परमेश्‍वरको विशिष्ट पारिवारिक पृष्ठभूमि र नामी सामाजिक हैसियत छैन, र उहाँसित श्रेष्ठतर जीवन वातावरण हुनु त झन् परै जाओस्—उहाँको परिवार अत्यन्तै साधारण परिवार हो। देहधारी परमेश्‍वरले किन यस्तो परिवार, जीवन वातावरण, र हुर्किने पृष्ठभूमि रोज्नुभयो भन्‍नेबारे अहिले नै छलफल गरी नहालौँ; हामी अहिलेका लागि यसको महत्त्वबारे कुरा गर्नेछैनौँ। ल भन् त, के कतिपय मानिसहरू ख्रीष्ट विश्‍वविद्यालय जानुभयो कि भएन भन्‍नेबारे चासो राख्दैनन् र? म तिमीहरूलाई सत्य कुरा भन्‍नेछु: कलेजको प्रवेश परीक्षा दिनुअघि नै म विद्यालय जान छोडेँ र मैले १७ वर्षको उमेरमै घर छोडेँ। त्यसोभए, के म विश्‍वविद्यालय गएँ त? (जानुभएन।) तिमीहरूका लागि यो खबर नराम्रो हो कि राम्रो हो? (मलाई लाग्छ, यो जानेर केही फरक पर्दैन, यो परमेश्‍वरलाई पछ्याउनुसँग असान्दर्भिक छ।) त्यो सही दृष्टिकोण हो। मैले यसअघि यो कुरा कहिल्यै उल्लेख गरेको छैन, मैले यो कुरा लुकाउन वा ढाकछोप गर्न चाहेर होइन, बरु यो भन्‍नु जरुरी नभएर मैले भनिनँ, किनभने यस्ता कुराहरू परमेश्‍वरलाई जान्‍नु र पछ्याउनुसँग पूरै असान्दर्भिक छन्। देहधारी परमेश्‍वरको जन्मको पृष्ठभूमि, उहाँको पारिवारिक वातावरण, र उहाँ हुर्कनुभएको वातावरणले परमेश्‍वर वा देहधारी परमेश्‍वरलाई चिन्‍नमा कुनै प्रभाव पार्दैनन्, र यससँग यी कुराहरूको वास्तवमै कुनै सम्बन्ध हुँदैन, तैपनि किन म यहाँ यी मामलाहरू सम्बोधन गरिरहेको छु त? यो कुरा आज हामीले चिरफार गरिरहेको ख्रीष्टविरोधीहरूको ख्रीष्टसम्बन्धी एउटा विचारसँग जोडिएको छ। परमेश्‍वरले उहाँको देहधारी देहका लागि कुनै नामी हैसियत, कुलीन पहिचान, वा विशिष्ट परिवार र सामाजिक पृष्ठभूमि रोज्नुभएन, र उहाँले आफ्नो हुर्काइका लागि श्रेष्ठतर, निस्फिक्री, सम्पन्‍न, विलासी वातावरण त झनै रोज्नुभएन। परमेश्‍वरले उच्च शिक्षा लिन सक्ने वा उपल्लो समाजको सम्पर्कमा आउने पारिवारिक पृष्ठभूमि पनि रोज्नुभएन। परमेश्‍वर देहधारी बन्नुहुँदा उहाँले रोज्‍नुभएका यी पक्षहरूलाई ख्याल गर्दा, के यी कुराहरूले ख्रीष्ट जुन काम गर्न आउनुभएको थियो, त्यसमा कुनै प्रभाव पार्थे र? (पार्थेनन्।) उहाँको पछिल्लो कामको प्रक्रिया, प्रकृति, र नतिजाहरू हेर्दा, यी पक्षहरूले परमेश्‍वरको कामका योजना, कदम, वा नतिजाहरूमा कुनै पनि तरिकाले असर गर्दैनन्, बरु त्यस विपरीत, उहाँको रोजाइका यी पक्षहरूको एउटा निश्‍चित फाइदा छ, जुन के हो भने, उहाँले यस्तो वातावरणमा जन्मिन रोज्नु परमेश्‍वरका चुनिएका मानिसहरूको मुक्तिका लागि झनै लाभदायक छ, किनभने तिनीहरूमध्येका ९९ प्रतिशत मानिसहरू त्यस्तै पृष्ठभूमिबाट आउँछन्। यो देहधारी परमेश्‍वरको उत्पत्तिको महत्त्वको एउटा पक्ष हो, जुन मानिसहरूले बुझ्नुपर्छ।

भर्खरै, मैले ख्रीष्टको जन्मको पृष्ठभूमि र वातावरणबारे सरल, फराकिलो रूपमा कुरा गरेँ, ताकि तिमीहरूलाई यसबारे सामान्य बुझाइ मिलोस्। अब, ख्रीष्टविरोधीहरूले देहधारी परमेश्‍वरको उत्पत्तिलाई कसरी लिन्छन् भन्‍ने कुरालाई चिरफार गरौँ। पहिलो कुरा त, ख्रीष्टविरोधीहरूले ख्रीष्टको जन्मको वातावरण र पृष्ठभूमिलाई गुप्त रूपले तिरस्कार गर्छन् र त्यसप्रति अवज्ञा महसुस गर्छन्। तिनीहरूले किन यसलाई तिरस्कार गर्छन् र त्यसप्रति अवज्ञा महसुस गर्छन्? किनभने तिनीहरूले आफूभित्र सोच र धारणाहरू पालेका हुन्छन्। यसबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सबैमाथि सर्वोच्च हुनुहुन्छ, उहाँ स्वर्गभन्दा माथि, साथै मानवजाति र अन्य सारा सृजित प्राणीहरूभन्दा माथि हुनुहुन्छ। यदि उहाँ परमेश्‍वर हुनुहुन्छ भने, उहाँ मानवजातिमाझ सबैभन्दा उच्च स्थानमा उठ्नुपर्छ।” तिनीहरूले उहाँ सबैभन्दा उच्च स्थानमा उठ्नुपर्छ भन्‍नुको मतलब के हो? तिनीहरूको मतलब उहाँ सबै जनाभन्दा उत्कृष्ट हुनुपर्छ, उहाँ एक विशिष्ट, ठूलो कुलीन परिवारमा जन्मिनुपर्छ, र उहाँलाई कुनै कुराको कमी हुनु हुँदैन; उहाँ धनी परिवारमा जन्मिनुपर्छ, उहाँसँग पूर्ण शक्ति, साथै अख्तियार र प्रभाव हुनुपर्छ, र उहाँ निकै धनी र अरबपति हुनुपर्छ। साथ साथै, उहाँ अत्यन्तै शिक्षित, यो संसारमा मानवले सिक्नुपर्ने सबथोक सिकेको हुनुपर्छ। उदाहरणका लागि, कुनै युवराजझैँ, उहाँले एकल शिक्षा प्राप्त गर्नुपर्छ, कुलीन विद्यालय जानुपर्छ, र माथिल्लो वर्गको जीवन जिउनुपर्छ। उहाँ कुनै साधारण परिवारको बच्चा हुनु हुँदैन। ख्रीष्ट देहधारी देह हुनुभएकाले, उहाँको शिक्षा अरू सबैको भन्दा बढी हुनुपर्छ, र उहाँको पाठ्यसामग्री साधारण मानिसहरूको भन्दा बेग्लै हुनुपर्छ। तिनीहरू सोच्छन् कि ख्रीष्ट राजाका रूपमा शासन गर्न आउनुहुने भएकाले उहाँले शासनकला, साथै मानवजातिलाई शासन र नियन्त्रण कसरी गर्ने भनी सिक्नुपर्छ, छत्तीस युक्तिहरू अध्ययन गर्नुपर्छ, साथै धेरै भाषाहरू र केही कलात्मक सीपहरू सिक्नुपर्छ, ताकि यी कुराहरूलाई उहाँको भावी काममा उपयोग गर्न सकियोस्, र भविष्यमा उहाँले हर प्रकारका मानिसहरूलाई शासन गर्न सक्नुहोस्। तिनीहरूका लागि, यस्तो ख्रीष्ट मात्र कुलीन, महान्, र मानिसहरूलाई मुक्ति दिन सक्षम हुनुहुनेछ, किनभने उहाँसँग पर्याप्त ज्ञान र प्रतिभाहरू हुनेछन्, र मानिसहरूलाई नियन्त्रण गर्न तिनीहरूको मन पढ्न सक्ने पर्याप्त क्षमता हुनेछ। ख्रीष्टविरोधीहरूले देहधारी परमेश्‍वरको देहको उत्पत्तिबारे यस्ता धारणाहरू पाल्छन् र देहधारी परमेश्‍वरलाई स्विकार्दै गर्दा तिनीहरू यी धारणाहरूमा अडिन्छन्। सर्वप्रथम, तिनीहरूले आफ्ना धारणाहरू पन्छाउँदैनन् र परमेश्‍वरले फेरि सुरुदेखि गर्नुहुने कामलाई हृदयको गहिराइबाट बुझ्न वा बोध गर्न पुग्दैनन्। तिनीहरू आफ्नै धारणा र विचारहरू नकार्ने, वा आफूले पालेका भ्रमहरू बुझ्ने गर्दैनन्, र तिनीहरू ख्रीष्ट र परमेश्‍वरको देहधारी देहलाई जान्न र ख्रीष्टले भन्‍नुहुने र गर्नुहुने सबथोकलाई सत्यतामा समर्पित हुने मनोवृत्ति र सिद्धान्तका साथ स्विकार्न पुग्दैनन्। बरु, तिनीहरू ख्रीष्टले भन्‍नुहुने सबथोकलाई आफ्नै धारणा र विचारहरूद्वारा मापन गर्छन्। “ख्रीष्टको यो भनाइ तर्कसङ्गत छैन; त्यो नराम्रो शब्दमा भनिएको छ; यसमा व्याकरणीय त्रुटि छ; ख्रीष्ट त्यति शिक्षित हुनुहुन्न भनेर भन्‍न सकिन्छ। के उहाँ सामान्य व्यक्तिझैँ बोलिरहनुभएको छैन र? ख्रीष्टले कसरी यसरी बोल्न सक्नुहुन्छ? यो उहाँको गल्ती होइन। वास्तवमा, उहाँ पनि विशिष्ट हुन, अरूबाट सम्मान पाउन चाहनुहुन्छ, तर त्यो सम्भव छँदै छैन—उहाँ राम्रो परिवारबाट आउनुभएको होइन। उहाँका आमाबुबा साधारण मानिस मात्र थिए, र उनीहरू जेजस्ता थिए, त्यसले उहाँलाई पनि त्यस्तै प्रकारको व्यक्ति बन्न प्रभावित गरेको छ। परमेश्‍वरले कसरी यसो गर्न सक्नुहुन्थ्यो र? ख्रीष्टका वचनहरू र शैली किन त्यति शिष्ट र कुलीन देखिँदैनन्? किन उहाँसँग समाजका विद्वान् र परिष्कृत बुद्धिजीवीहरूको जस्तो, समाजको माथिल्लो वर्गका राजकुमारी र राजकुमारहरूको जस्तो बोली र हाउभाउ छैनन्? किन ख्रीष्टका वचन र कार्यहरू उहाँको पहिचानसित अत्यन्तै नमिल्दो देखिन्छन्?” ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई हेर्दा, उहाँका सारा वचन र कामलाई हेर्दा, र उहाँले मानिसहरूलाई गर्ने व्यवहार, र उहाँको बोली र हाउभाउलाई हेर्दा, यस्तो विचार र अवलोकनकारी दृष्टिकोण पाल्छन्, अनि तिनीहरूको हृदयमा अपरिहार्य रूपमै धारणाहरू पैदा हुन्छन्। तिनीहरू ख्रीष्टप्रति समर्पित नहुने मात्र होइन, तिनीहरूले उहाँका वचनहरूप्रति सही व्यवहार गर्नसमेत सक्दैनन्। तिनीहरू यसो भन्छन्, “के यस्तो साधारण व्यक्ति, यस्तो सामान्य व्यक्ति मेरो मुक्तिदाता हुन सक्छ र? के उनले मलाई आशिष् दिन सक्छन् र? के मैले उनीबाट कुनै लाभहरू प्राप्त गर्न सक्छु र? के मेरा इच्छा र आकाङ्क्षाहरू पूरा हुन सक्छन् र? यी व्यक्ति यति साधारण छन्, उनी त हेयको दृष्टिले हेरिन लायक छन्।” ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई जति बढी साधारण र औसत ठान्छन्, र ख्रीष्टलाई जति बढी अति सामान्य सोच्छन्, त्यति नै बढी तिनीहरूले आफूलाई उच्च र कुलीन ठान्छन्। सँगसँगै, कतिपय ख्रीष्टविरोधीहरूले त यस्तो तुलनासमेत गर्छन्, “तिमी सानै छौ र पोसाक लाउन वा मानिसहरूसित कुराकानी गर्न जान्दैनौ। तिमी मानिसहरूबाट कुरा धुत्न जान्दैनौ। तिमी किन यति सिधा छौ? तिमीले भनेको कुनै पनि कुरा कसरी परमेश्‍वरसित मिल्दोजुल्दो हुन्छ र? तिमीले भनेको कुनै पनि कुराले कसरी तिमी परमेश्‍वर हौ भन्‍ने जनाउँछ र? तिम्रा कार्य, बोली, व्यवहार, हाउभाउ, र लवाइ कसरी परमेश्‍वरसित मिल्दोजुल्दो छन् र? मलाई त तिमी यी कुनै पनि हिसाबमा परमेश्‍वरसँग मिल्दोजुल्दो छौ जस्तो लाग्दैन। ख्रीष्ट त उच्च शिक्षाप्राप्त, बाइबलबारे सबै कुरा थाहा भएको, र कुशल वक्ता हुनुपर्छ, तर तिमी त सधैँ एउटै कुरा दोहोर्‍याउँछौ र कहिलेकाहीँ अनुचित वचनहरूसमेत प्रयोग गर्छौ।” धेरै वर्षसम्म ख्रीष्टलाई पछ्याएपछि, ख्रीष्टविरोधीहरूले हृदयमा परमेश्‍वरका वचनहरू र सत्यता नस्विकारेका मात्र हुँदैनन्, तिनीहरूले त ख्रीष्ट परमेश्‍वरको देहधारी देह हुनुहुन्छ भन्ने तथ्य पनि स्विकारेका हुँदैनन्। यो तिनीहरूले ख्रीष्टलाई आफ्नो मुक्तिदाताका रूपमा नस्विकार्नु बराबर हो। यसको साटो, तिनीहरूले हृदयमा परमेश्‍वरको देहधारी देह, अर्थात् यो साधारण व्यक्तिलाई झनै बढी तिरस्कार गर्छन्। तिनीहरूले ख्रीष्टमा कुनै पनि विशेष कुरा नदेख्‍ने हुनाले, उहाँको उत्पत्ति निकै सामान्य र साधारण भएकाले, र उहाँले समाज वा मानवजातिमाझ तिनीहरूलाई कुनै लाभ दिन वा तिनीहरूलाई कुनै फाइदाको आनन्द उठाउन सक्षम तुल्याउन नसक्ने देखिने हुनाले, तिनीहरू जथाभाबी र खुलेआम उहाँको आलोचना गर्न थाल्छन्, “के तिमी केवल फलानो-ढिस्कानो परिवारको बच्चा होइनौ र? त्यसोभए मैले तिम्रो आलोचना गर्दा के बिग्रिन्छ? तिमीले मलाई के गर्न सक्छौ? यदि तिम्रो परिवार विख्यात भएको भए वा तिम्रा आमाबुबा आधिकारिक पदमा भएका भए, मलाई तिम्रो डर लाग्न सक्थ्यो। तिमी यस्तै हौ भने त, म तिमीदेखि किन डराउनु र? त्यसकारण, तिमी ख्रीष्ट, परमेश्‍वरले गवाही दिनुभएको देहधारी देह नै भए पनि, मलाई तिम्रो डर लाग्दैन! म अझै पनि तिम्रो पिठ्यूँपछाडि तिम्रो आलोचना गर्नेछु, र निर्बाध रूपमा तिमीबारे टिप्पणी गर्नेछु। मौका पाउनेबित्तिकै म तिम्रो परिवार र जन्मस्थलबारे अध्ययन गर्नेछु।” ख्रीष्टविरोधीहरूलाई किचलो गर्न सबैभन्दा मनपर्ने कुराहरू यिनै हुन्। तिनीहरू कहिल्यै सत्यता खोज्दैनन्, र तिनीहरूका धारणा र कल्पनाहरूसित नमिल्ने जुनसुकै कुरालाई तिनीहरूले बारम्बार आलोचना र प्रतिरोध गर्छन्। यी मानिसहरूलाई ख्रीष्टले जे व्यक्त गर्नुहुन्छ त्यो सत्यता हो भनेर राम्ररी थाहा छ, त्यसोभए तिनीहरूले किन सत्यता पछ्याउँदैनन्? तिनीहरू साँच्चिकै असमझ छन्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्