विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक) खण्ड तीन

ख. यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता स्विकार्न नमान्‍नु

अब, “तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्” भन्‍ने विषयको दोस्रो प्रकटीकरण: ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता स्विकार्न नमान्‍नुबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरूका लागि, परमेश्‍वरको पहिचान भएका सृष्टिकर्ता अस्तित्वमा हुँदै हुनुहुन्‍न, उहाँ एक मिथक मात्र हुनुहुन्छ। त्यसोभए, के ख्रीष्टविरोधीहरूले सृष्टिकर्ताले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्यलाई मान्न सक्छन्? तिनीहरूले यो तथ्यलाई मान्दैनन् भनेर भनिरहनै पर्दैन। तिनीहरूले यसलाई मान्दैनन्, र यो पनि तथ्यहरूमा आधारित छ। परमेश्‍वरबारे ख्रीष्टविरोधीहरूको विश्‍वास, ज्ञान, र बुझाइ मानव धारणा र कल्पनाहरूमा, मूर्तिहरूबारे केही मानव बोध र बुझाइहरूमा, साथै मानिसहरूलाई बहकाउनका लागि ती मूर्तिहरूले प्रयोग गर्ने झूटा शिक्षा र भ्रमहरूमा पनि आधारित हुन्छन्। के ख्रीष्टविरोधीहरूको हृदयका धारणा, कल्पना, झूटा शिक्षा, भ्रम, र अन्य कुराहरू, परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यसित मिल्दो हुन्छन् कि विरोधाभासपूर्ण हुन्छन्? ती अवश्य नै यो तथ्यसित विरोधाभासपूर्ण हुन्छन्। मानिसहरूले भेटीहरू चढाउने मूर्तिहरूले मानवजातिमाझ दह्रिलो पकड राख्नका निम्ति मानव धारणा, कल्पना, र रुचिहरूसँग मेल खाने केही झूटा शिक्षा र भ्रमहरू अघि सारेर तिनीहरूलाई बहकाउँछन्, जस्तै “बुद्ध उपकारी हुनुहुन्छ,” “स्वर्गले जीवित प्राणीहरूलाई प्रिय ठान्छ,” “साततले मन्दिर बनाउनुभन्दा एउटा जीवन बचाउनु ठूलो हो,” र “जे निर्धारित छ त्यो हुनैपर्छ, र जे निर्धारित छैन त्यसलाई जबरजस्ती गर्नु हुँदैन।” अरू के छ? (तिमीभन्दा तीन फिटमाथि एउटा ईश्‍वर छ।) तिमीभन्दा तीन फिटमाथि भनेकोचाहिँ कहाँ हो? त्यो मध्यआकाशमा हो, जहाँ शैतान बस्छ। यो “ईश्‍वर” भनेको के हो? (यो शैतान हो।) अनि बौद्ध धर्मावलम्बीहरूले प्रायजसो प्रयोग गर्ने भनाइ चाहिँ के हो? (भलाइको बदला भलाइ र दुष्टताको बदला दुष्टता; यी कुराहरू पक्कै पनि चुक्ता हुनेछन्, अहिले समय मात्रै नआइसकेको हो।) मानिसहरू प्रायजसो संसारमा भनिने यी तुलनात्मक रूपले सकारात्मक भनाइहरू र दार्शनिक सिद्धान्तहरूलाई सत्यता ठान्छन्, तर वास्तवमा, के यी वचनहरू सत्यता हुन्? के ती र सत्यताबीच कुनै सम्बन्ध छ? (छैन।) जस्तै “भलाइको बदला भलाइ र दुष्टताको बदला दुष्टता; यी कुराहरू पक्कै पनि चुक्ता हुनेछन्, अहिले समय मात्रै नआइसकेको हो”—“भलाइको बदला भलाइ” भन्‍नुको मतलब के हो? “भलाइ” ले केलाई जनाउँछ? के यो इन्साफ हो, सत्यता हो, कि मानिसको थोरै सद्भावना हो? (यो मानिसको सद्भावना हो।) के मानिसको थोरै सद्भावना साँच्चिकै भलाइद्वारा नै चुक्ता हुन्छ? हुन्छ भन्‍ने जरुरी छैन। “पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्त्यमा अन्धा हुन्छन्”—पुलहरू निर्माण गर्नु र बाटाहरू मर्मत गर्नु दयाका कार्यहरू हुन् भने तिनीहरू अन्त्यमा किन अन्धा हुन्छन्? के यी कार्यहरू गर्दा इनाम प्राप्त हुन्छ? (हुँदैन।) “दुष्टताको बदला दुष्टता”—हत्या र आगजनी दुष्टता हुन्, त्यसोभए के ती दुष्टताद्वारा चुक्ता हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? “जबकि हत्यारा र आगजनीकर्ताहरूका सन्तानको सङ्ख्या वृद्धि हुन्छ”—यी वचनहरूले “दुष्टताको बदला दुष्टता” लाई खण्डन गर्छन्। “यी कुराहरू पक्कै पनि चुक्ता हुनेछन्, अहिले समय मात्रै नआइसकेको हो”—“समय मात्रै नआइसकेको हो” भन्‍नुको अर्थ के हो? समय आउनुको अर्थचाहिँ के हो? जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब तिनीहरूले यी शब्द र भनाइहरूलाई सकारात्मक कुरा र सत्यताका रूपमा लिन्छन्। खोक्रो हृदय भएका र आत्मिक भरणपोषणको स्रोत नभएका मानिसहरूले यी तथाकथित सही शब्दहरूलाई आफूलाई सान्त्वना दिन, आफ्नो आत्मिक भरणपोषणका रूपमा, एक प्रकारको आत्मिक सहानुभूतिका रूपमा लिन्छन्, “ठिकै छ नि त, जीवनमा आशा छ, यस संसारमा अझै पनि निष्पक्षता र धार्मिकता छ, र इन्साफ कायम राख्ने अझै पनि कोही त छ। निष्पक्ष परिणाम पाउन अझै पनि सम्भव छ, र अन्ततः यो सबै कुरामाथि एउटा समाधानको बयान पारित हुनेछ।” के ती भनाइहरू यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताबारे साँचो बुझाइहरू हुन् त? के ती, मानिसहरूले यावत् थोकमाथि परमेश्‍वर सार्वभौम हुनुभएको तथ्यलाई मान्नुका साँचो प्रकटीकरणहरू हुन्? (होइनन्।) के मानिसहरूले भन्‍ने गरेका भनाइ वा उखानहरू परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यसँग सम्बन्धित छन्? (छैनन्।) किन छैनन्? (यी शब्दहरू सत्यता होइनन्।) तेरो जवाफले यसलाई सैद्धान्तिक तहमा प्रमाणित गर्छ, तर मूल कारण के हो? मूल कारण यो धर्मसिद्धान्तजति सरल छँदै छैन, यसलाई यही एउटा वाक्यमा व्याख्या गर्न सम्भव छँदै छैन। यावत् थोकमाथि परमेश्‍वर सार्वभौम हुनुहुने कुरा त्यति सरल नभएकाले यसलाई कसरी बुझ्नुपर्छ? हामीले यसअघि सङ्गति गरेजस्तै, ख्रीष्टविरोधीहरू परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर मान्दैनन्। ख्रीष्टविरोधीहरूले चाहे जे हेरिरहेका भए पनि, तिनीहरूले त्यसलाई सधैँ एक दर्शकको दृष्टिकोणबाट, र पैसा र शक्तिलाई नै जीवन ठान्‍ने भौतिकवादीको दृष्टिकोणबाट छानबिन र विश्लेषण गर्छन्। यदि व्यक्तिले कुनै पनि कुरालाई यस्तो दृष्टिकोण र अडानले हेर्छ भने, के त्यस समस्याको सार परिवर्तन हुनेछैन र? के त्यो फरक हुनेछैन र? यदि कसैले यावत् थोकको विकासका व्यवस्था र नियमहरूलाई कुनै भौतिकवादीको दृष्टिकोणबाट हेरेमा, अन्तिम नतिजा के हुनेछ? के संसारबारे भौतिकवादीको दृष्टिकोणले संसारसँग व्यवहार गर्ने मानव दर्शन, रणनीति, विधि, र शैलीहरू नै उत्पन्न गर्नेछैन र? के त्यसले खेलका नियमहरू उत्पन्न गर्नेछैन र? (गर्नेछ।) नतिजा यही हो, र यस समस्याको सार यसैमा छ।

भौतिकवादीले शक्तिलाई कसरी हेर्छ? उसलाई लाग्छ कि यदि व्यक्तिले शक्ति प्राप्त गर्न चाहन्छ भने, सुरुमा, ऊसित रणनीतिहरू हुनुपर्छ, दोस्रो, उसले अनेक प्रकारका मानिसहरूसँग चालबाजी गर्न सक्नुपर्छ, तेस्रो, ऊ निर्दयी हुनुपर्छ, र चौथो, ऊ परिवर्तनशील हुनैपर्छ। के यो भौतिकवादीको दृष्टिकोण होइन र? के यसमा परमेश्‍वरको सार्वभौमिकताप्रतिको समर्पणताको कुनै सङ्केत छ? (छैन।) भौतिकवादीहरूले शक्तिबारे यी विचारहरू कसरी निकाले? के यी विचारहरू ख्रीष्टविरोधीहरूको सारले निकालेको होइन र? (हो।) ख्रीष्टविरोधीहरूको कुन सारले? ल भन् त, यदि ख्रीष्टविरोधीहरूमा कुनै दुष्ट सार नभएको भए, के तिनीहरूले “मानिसहरूसँग चालबाजी गर्न सक्नु” भन्‍ने शब्दहरू निकाल्ने थिए त? के तिनीहरूले आफूसँग “रणनीतिहरू हुनुपर्छ” भनेर सोच्नेथिए त? के तिनीहरूले आफू “परिवर्तनशील हुनैपर्छ” भन्‍नेथिए त? यदि तिनीहरूसित क्रूर सार नभएको भए, के तिनीहरूले तिनीहरू “निर्दयी हुनुपर्छ” भन्‍नेथिए त? (भन्‍नेथिएनन्।) यो ख्रीष्टविरोधीहरूको सारद्वारा निर्धारित हुन्छ। के तिनीहरूको सारद्वारा उत्पन्‍न विभिन्‍न सोचहरू तिनीहरूको मनका विचारहरू मात्र हुन्, कि संसारसँग व्यवहार गर्ने तिनीहरूका सिद्धान्तहरू र दैनिक जीवनमा तिनीहरूको आत्म-आचरण त्यही नै हुन्छन्? (संसारसँग व्यवहार गर्ने तिनीहरूका सिद्धान्तहरू त्यही नै हुन्छन्।) तिनीहरू आफ्ना दैनिक जीवनमा र समूहहरूमाझ, निरन्तर निष्कर्षहरू निकालिरहेका हुन्छन्, त्यसैले तिनीहरूका रणनीतिहरू झन्-झन् परिपक्व र अनुभवी बन्दै जान्छन्, र अन्त्यमा धूर्त र क्रूर बन्छन्। अत्यन्तै धूर्त र क्रूर भन्‍नुको अर्थ के हो? यसको अर्थ पर्याप्त मात्रामा निर्दयी, क्रूर, र अनिष्टकर हुनु हो। के तिनीहरूको निर्दयता, क्रूरता, र अनिष्टताका प्रकटीकरणहरूले तिनीहरूलाई परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित बनाउन सक्छन्? कदापि सक्दैनन्। त्यसकारण, चाहे ख्रीष्टविरोधीहरू जवान होऊन् वा वृद्ध, तिनीहरूले सबथोक आफ्नै दर्शन, व्यवस्था, खेलका नियमहरू, रणनीतिहरू, र अनुभवका आधारमा गर्छन्। के यी सबै कुरा परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यसित मिल्छ कि विरोधाभासपूर्ण छ? (विरोधाभासपूर्ण छ।) जब ख्रीष्टविरोधीहरूले आफूले निकालेका यी सबै नियम कार्यान्वयन गर्छन्, तब तिनीहरूको सिद्धान्त र उद्देश्य के हुन्छ? तिनीहरूको प्रेरणा के हुन्छ? तिनीहरू यसो भन्छन्, “यदि तिमी आफूले चाहेको कुरा प्राप्त गर्न चाहन्छौ भने, तिमीले त्यसका लागि जे-जे गर्नुपर्छ त्यो गर्न, र जुनसुकै हदसम्म जान, पर्याप्त मात्रामा निर्दयी, क्रूर, र अनिष्टकर हुन सिक्नैपर्छ, एउटा भनाइ नै छ नि, ‘सानो मनले भलाद्मी भइँदैन; असली पुरुष कठोर हुनैपर्छ।’” यसो भन्‍नुको मतलब के हो? यसको मतलब यो हो: “ईश्‍वरको कस्तो सार्वभौमिकता? स्वर्गका प्रबन्धहरूको कस्तो पर्खाइ? यस्ता कुनै कुराहरू हुँदैनन्! कुनचाहिँ अधिकारी वा राजा आज रहेको स्थानमा उग्र र क्रूर तरिकाले पुगेको थिएन? के यी पदहरू लडाइँ र हत्यामार्फत प्राप्त गरिएका होइनन् र?” ख्रीष्टविरोधीहरूको यो दृष्टिकोणलाई हेर्दा, के तिनीहरूले परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्य मान्छन्? (मान्दैनन्।) गैरविश्‍वासी संसारमा, यो बाँच्ने नियमबारे ख्रीष्टविरोधीहरूको यस्तो दृष्टिकोण हुन्छ। त्यसोभए, तिनीहरू मण्डलीमा रहने अवधिमा, के तिनीहरूले कार्य गर्दा त्यही रणनीतिहरू प्रयोग गर्नेछन्? के तिनीहरूले जीवनका उही नियमहरू पालना गर्नेछन्? यो अलिकति पनि परिवर्तन हुनेछैन। ख्रीष्टविरोधीहरू मण्डलीमा आउँदासमेत, तिनीहरूले कहिल्यै आफूलाई नियन्त्रणमा राख्ने वा सुधार्ने गर्दैनन्, तिनीहरूले कदापि यसो गर्दैनन्। तिनीहरूले यसो भन्छन्, “यदि तिमी अरूभन्दा उत्कृष्ट हुन चाहन्छौ भने, तिमीले रणनीतिहरू बोक्न सिक्नैपर्छ। वरिपरि सबै जना हुँदा, विशेषगरी प्रतिष्ठित मानिसहरू हुँदा, तिमीले देखावट गर्ने सक्दो प्रयास गर्नुपर्छ, र प्रभारी, अगुवा, र माथिलाई यो कुरा देखाउनुपर्छ। त्यसपछि तिमीले बढुवा प्राप्त गर्ने र महत्त्वपूर्ण पदहरूमा नियुक्त हुने मौका पाउनेछौ, र अरूभन्दा उत्कृष्ट हुने अवसर पाउनेछौ। त्यसका साथै, तिमीले मानिसहरूमाझ भएको बेलामा नभएको बेलाभन्दा फरक तरिकाले व्यवहार गर्न सिक्नैपर्छ, तिमीले छलमा संलग्न हुन सिक्नैपर्छ। मानिसहरूको अगाडि असल कामकुरा गर्नू, अनि भयानक, खराब, र काला कर्तुतहरू, अनि मानिसहरूलाई मन नपर्ने कामकुरा गोप्य रूपमा गर्नू। आफूलाई कहिल्यै कोहीसामु छर्लङ्ग नपार्नू। तिमीले मानिसहरूलाई आफ्नो उत्कृष्ट पाटो देखाउने, र राम्रोसँग आफ्नो भेष बदल्ने गर्नैपर्छ। तिमी साँच्चिकै जतिसुकै खराब भए पनि, तिमीले त्यसलाई राम्रोसँग ढाकछोप गर्नैपर्छ। मानिसहरूको साथ नगुमाउनू। तिमीले तिनीहरूको साथ गुमाएपछि, ढिला भइसकेको हुन्छ—त्यसपछि तिमीले कुनै मौका पाउनेछैनौ।” ख्रीष्टविरोधीहरू मण्डलीमा यस्ता रणनीतिहरू र बाँच्ने नियमहरूअनुसार पनि जिउँछन्।

यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता अनुभव गरेका र चिन्न पुगेका सारा दाजुभाइ-दिदीबहिनीहरूका गवाहीहरूलाई ख्रीष्टविरोधीहरूले कसरी हेर्छन्? ख्रीष्टविरोधीहरूले यसो भन्छन्, “मानिसहरूसँग दिमाग, सोच, र शिक्षा हुन्छ, र तिनीहरूले सम्पादन र रचनामार्फत, यी अनुभवात्मक गवाहीहरू बनाएका हुन्। वास्तवमा, यी सबै अनुभवात्मक गवाहीहरू मानिसहरूले कल्पना गरेका हुन्, ती सबै झूटा हुन्, र ती सबै असम्भव छन्। आफैले बनाउने भएको भए, म पनि अनुभवात्मक गवाहीहरू बनाउन सक्थेँ। म अनुभवात्मक गवाहीका दस-बिस वटा लेखहरू लेख्न सक्थेँ। मैले त्यसो गर्ने कष्ट नगरेको मात्र हो। के तिमीहरूलाई म तिमीहरूका सानातिना षड्यन्त्रहरू छर्लङ्गै देख्न सक्दिनँ जस्तो लाग्छ? के तिमीहरू देखावट गर्नका लागि मात्र यसो गरिरहेका छैनौ र? तिमीहरू यसलाई ईश्‍वरको गवाही दिने, ईश्‍वरको नामको गवाही दिने, र यावत् थोकमाथि ईश्‍वरको सार्वभौमिकताको गवाही दिने जस्ता राम्रा संज्ञाहरू दिन्छौ, र तिमीहरूले ईश्‍वरको गवाही दिएको भन्छौ, तर वास्तवमा, तिमीहरू आफ्नै गवाही दिन र अरूभन्दा उत्कृष्ट हुन मात्र त्यसो गरिरहेका हुन्छौ।” तिनीहरू परमेश्‍वरले मानिसहरूमाथि गर्नुभएको कामबारेका सारा गवाहीहरूको सच्चाइलाई मान्दैनन्। बाहिरी संसारका विभिन्‍न वातावरण र परिस्थितिहरू, र हरदेशका अवस्थाहरूका सन्दर्भमा भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरू परमेश्‍वरले कसरी काम गरिरहनुभएको छ भनेर छर्लङ्गै देख्न सक्दैनन्, र परमेश्‍वरले बाहिरी संसारका वातावरणहरू सम्हाल्ने, परिवर्तन गर्ने, वा खडा गर्ने सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरू उहाँले यो सबै गर्नुको अर्थ छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूले विश्वास गर्छन् कि “‘परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ’ भन्‍ने कुरा एउटा खोक्रो, उच्च सुनिने भनाइ मात्र हो। वास्तवमा, तिमी जुनसुकै देश गए पनि, तिमीले त्यस देशको सरकारको पालन गर्नुपर्छ नि, होइन? तिमी त्यस देशका सरकार अनि कानुनी बन्धनहरूको अधीनमा हुन्छौ, होइन र? के यसको अर्थ परमेश्‍वर यावत् थोकमाथि सार्वभौम छन् भन्‍ने भनाइ असफल हुन्छ भन्‍ने होइन र? उनले चाहे जसरी आफ्नो सार्वभौमिकता अभ्यास गरे पनि, के त्यसले कुनै पनि देशका सरकार र कानुनहरूलाई उछिन्‍न सक्छ?” त्यसकारण, मण्डली र मण्डलीको कामका लागि बाहिरी संसारको वातावरण र परिस्थिति प्रतिकूल हुनेबित्तिकै, ख्रीष्टविरोधीहरू गोप्य रूपमा खुसी महसुस गर्छन् र त्यसबारे हाँस्छन्, र आफ्ना पैशाचिक मुहारहरू प्रकाश गर्छन्। जब मण्डलीको काम सहज रूपमा अघि बढिरहेको हुन्छ, र परमेश्‍वरले त्यसलाई आशिषित र अगुवाइ गरिरहनुभएको हुन्छ, अनि सबथोक सही रूपमा चलिरहेको हुन्छ, जब बाहिरी संसारको वातावरणबाट कुनै हस्तक्षेप हुँदैन, अनि दाजुभाइ-दिदीबहिनीहरूका स्थितिहरू झन्-झन् राम्रा भइरहेका हुन्छन्, तब ख्रीष्टविरोधीहरूका हृदय बेचैन र अधैर्य हुन्छन्, तिनीहरूलाई अत्यन्तै ईर्ष्या, असहजता, र घृणा महसुस हुन्छ। तिनीहरूलाई किन घृणा महसुस हुन्छ? तिनीहरू परमेश्‍वर यो यावत् कुरामाथि सार्वभौम हुन सक्नुहुन्छ भनेर विश्‍वास गर्दैनन्। मण्डली भनेको परमेश्‍वरको घर हो, त्यो त्यही ठाउँ हो जहाँ परमेश्‍वरले उहाँको व्यवस्थापनको कार्य गर्नुहुन्छ, जहाँ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ, जहाँ परमेश्‍वरको इच्छामा अवरोध हुँदैन, र जहाँ परमेश्‍वरका वचनहरूलाई मानिसहरूमा साकार र पुष्टि गर्न सकिन्छ। जब मण्डलीले राम्ररी काम गरिरहेको हुन्छ, त्यसले परमेश्‍वरको अख्तियारको वास्तविकता प्रस्तुत गर्छ, साथै यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ र यो साँचो हो भन्‍ने तथ्यलाई पुष्टि गर्छ। यो तथ्य स्थापित र पुष्टि भएपछि, त्यो ख्रीष्टविरोधीहरूको अनुहारमा ठूलो झापड हुन्छ। झापड खाएपछि, के ख्रीष्टविरोधीहरूले हृदयमा हर्ष, शान्ति, र आराम महसुस गर्छन्, कि अवज्ञा र क्रुद्ध महसुस गर्छन्? (तिनीहरूले अवज्ञा र क्रुद्ध महसुस गर्छन्।) तिनीहरू हृदयमा केका बारेमा सोचिरहेका हुन्छन्? तिनीहरू परमेश्‍वरलाई घृणा र इन्कार गर्छन्। यदि बाहिरी रूपमा मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको परिस्थिति खासै राम्रो नभएको, यी मानिसहरू सतावट, दमन र बहिष्कारमा परिरहेको, र तिनीहरूसँग समाजमा कुनै हैसियत नभएको देखिएमा, ख्रीष्टविरोधीहरू हृदयमा निकै खुसी र प्रसन्‍न महसुस गर्छन्, तर जब परमेश्‍वरको काम र मण्डली जीवन सबै फस्टाइरहेका र निरन्तर रूपमा विकसित भइरहेका हुन्छन्, तब ख्रीष्टविरोधीहरू खुसी महसुस गर्दैनन्। तिनीहरूले किन खुसी महसुस गर्दैनन्? किनभने यो तिनीहरूका धारणाहरूसँग मिल्दै मिल्दैन, यो तिनीहरूले अपेक्षा नै नगरेको कुरा हो। परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरका वचनहरू पूरा र साकार भएका हुन्छन्, जसले तिनीहरूका विचारहरू उल्ट्याएका हुन्छन्, त्यसकारण तिनीहरू दुःखी हुन्छन्। ख्रीष्टविरोधीहरूले देखाउने विचार र दृष्टिकोणहरू, साथै तिनीहरूका असन्तुष्टिका भावनाहरूका आधारमा भन्‍नुपर्दा, के तिनीहरू ठूलो रातो अजिङ्गरकै सरहको दृष्टिकोण बोक्दैनन् र? के तिनीहरूको प्रकृति सार ठूलो रातो अजिङ्गरकै सरह छैन र? यो पूर्ण रूपमा समान छ।

पूरै संसार, यावत् थोक, र सारा सृजित प्राणीहरूले पालना गर्ने व्यवस्था र नियमहरूका सन्दर्भमा ख्रीष्टविरोधीहरू यस्तो सोच्छन्: “प्रकृति र ऋतुहरू धेरै अघि निर्मित भएका थिए। यदि लामो समय जाडो भएमा, त्यसपछि गर्मी हुनेछ; यदि लामो समय गर्मी भएमा, त्यसपछि जाडो हुनेछ। जब पातहरू झर्ने समय आउँछ, हुरी चल्दा ती झर्ने नै छन्। के यो सबै अत्यन्तै सामान्य कुरा होइन र? यो कसरी ईश्‍वरको सार्वभौमिकता भयो? यो कसरी ईश्‍वरले तोकेको व्यवस्था भयो? ईश्‍वरका व्यवस्थाले के गर्न सक्छन्? मानिसहरूले कुनै परिणाम नभोगिकन धेरै जनावरहरूको हत्या गरेका छन्; मानवजाति अझै पनि पहिलेजस्तै जिइरहन्छ, होइन र? ईश्‍वर यावत् थोकमाथि सार्वभौम छन् भनिन्छ, त्यसोभए ईश्‍वरले ती कुराहरूमाथि सार्वभौमिकता राखेको मैले कसरी देख्दिनँ? ईश्‍वर यावत् थोकमाथि सार्वभौम छन् भनिन्छ, तर किन दुष्ट मानिसहरू सधैँ फस्टाउँछन् जबकि असल मानिसहरू कहिल्यै हाबी हुन पाउँदैनन्?” अन्त्यमा, तिनीहरू यो निष्कर्षमा पुग्छन्: “यस संसारमा कुनै मुक्तिदाता छैन; संसारसँग चालबाजी गर्ने त मानवजातिले हो। यस संसारलाई शासन गर्ने त संसारका देशहरूका महान् हस्ती र नेताहरूले हो, र यस संसारको परिदृश्य परिवर्तन गर्ने तिनै मानिसहरूले हो। ती महान् र सक्षम मानिसहरूबिना, संसार बरबाद हुनेथ्यो। जहाँसम्म ईश्‍वर यावत् थोकमाथि सार्वभौम छन् भन्ने कुरा छ, त्यो म देख्न सक्दिनँ। ईश्‍वर कसरी तीमाथि सार्वभौम छन्? म किन यो कुरा महसुस गर्न सक्दिनँ? म किन यो कुरा बुझ्न सक्दिनँ? किन यावत् थोकमाथिको ईश्‍वरको सार्वभौमिकतामा मानव धारणाहरूविपरीत धेरै कुराहरू पर्छन्?” तिनीहरूले यसलाई न त मान्‍न सक्छन् न स्विकार्न नै सक्छन्। यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता, यावत् थोकमाथि परमेश्‍वर सार्वभौम हुने तरिका, यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतामा उहाँले प्रकाश गर्नुहुने स्वभाव, परमेश्‍वरका कार्य सिद्धान्तहरू, परमेश्‍वरको सार, आदि कुराका सम्बन्धमा भन्‍नुपर्दा, सत्यता पछ्याउने मानिसहरूले आफ्नो जीवनकालमा यसको सानो टुक्रा मात्र बोध गर्न सक्छन्। तैपनि यो तिनीहरूलाई सृष्टिकर्ताका सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित गराउन, सृष्टिकर्ताका सारा वचनहरूप्रति समर्पित गराउन, र सृष्टिकर्तालाई परमेश्‍वरका रूपमा मान्न लगाउन पर्याप्त हुन्छ। केही मानिसहरूले यसलाई थोरै बुझ्न सके पनि, तिनीहरूले त्यसलाई पूर्ण रूपमा बुझ्न असम्भव हुन्छ, किनकि परमेश्‍वरका धेरै कामहरू उहाँको हैसियत र पहिचानबाट गरिन्छन्, र यी कामहरू र सृजित मानिसहरूका सोच र अनुभूतिबीच सधैँ कुनै न कुनै अन्तर हुनेछ। अनि मानिसहरूले आफ्ना जीवनकालमा अनुभव गर्ने कामकुरामार्फत तिनीहरूले बुझ्न सक्ने थोरै कुरालाई सत्यता पछ्याउनेहरू, अन्तर्ज्ञान भएका र सत्यता बुझ्ने क्षमता भएकाहरूले मात्र बोध गर्न सक्छन्। कमजोर क्षमताका, अन्तर्ज्ञान नभएका र सत्यतालाई बिलकुलै प्रेम नगर्नेहरूले त, यति थोरै बुझाइसमेत हासिल गर्न सक्दैनन्। प्रायः भन्‍ने गरिन्छ कि परमेश्‍वरका सोचहरू मानिसका भन्दा उच्च हुन्छन्। यसको मतलब मानवहरू सधैँ सृष्टिकर्ताका सोचहरूको स्तरमा पुग्नबाट चुक्छन्, र तिनीहरूले थोरै बुझाइ प्राप्त गर्नु भनेको परमेश्‍वरको अनुग्रह हो। सत्यता पछ्याउनेहरूका हकमा, परमेश्‍वरका धेरै वचनहरू सुनेपछि, अनि धेरै सत्यताहरू बुझेपछि र अनुभव गरेपछि परमेश्‍वरको कामको अन्तिम चरण स्विकार्नेहरूले मात्र यो कुरा हासिल गर्न सक्छन्—यसका लागि जीवनभरको मेहनत आवश्यक पर्छ। परमेश्‍वरको पहिचानलाई आधारभूत रूपमा नकार्ने ख्रीष्टविरोधीहरू आफ्नो सारका हिसाबले, सत्यता वा सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, र परमेश्‍वरको पहिचान र सारसँग सम्बन्धित कुनै पनि कुरालाई त झनै प्रेम गर्दैनन्, त्यसकारण तिनीहरू यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई मान्ने बिन्दुमा कहिल्यै पुग्नेछैनन्। यस तथ्यलाई मान्ने कुरा सत्यताको बुझाइ र पछ्याइमा आधारित हुन्छ, तर ख्रीष्टविरोधीहरू सत्यतालाई नकार्छन्, सत्यताप्रति वितृष्ण हुन्छन्, परमेश्‍वरलाई घृणा गर्छन्, र त्यो भन्दा बढी, परमेश्‍वरको पहिचान र सारलाई घृणा गर्छन्। त्यसकारण, तिनीहरूका लागि, यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्य सधैँ अनुपस्थित हुनेछ। “अनुपस्थित” भन्‍नुको अर्थ के हो? यसको अर्थ यी लन्ठकहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्य कहिल्यै देख्ने वा बुझ्नेछैनन् भन्‍ने हो। त्यसकारण, तिनीहरू यो कुरा बोध गर्न सक्दैनन्। यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताभित्र धेरै कुराहरू समावेश हुन्छन्, र यसले धेरै सत्यताहरू, साथै परमेश्‍वरको बुद्धि, अनि परमेश्‍वरको पहिचान र सारलाई छुन्छ। परमेश्‍वर सार्वभौम हुनुहुने यावत् थोकका बीच उहाँले सबै कुरालाई कसरी योजनाबद्ध गर्नुहुन्छ? विधिहरू, समय, र यस मामलाबारे परमेश्‍वरका सोचविचारका हिसाबमा, उहाँको दिमागले त्यसलाई कसरी योजना गर्छ र खटाउँछ? यी पक्षहरूका आधारमा मूल्याङ्कन गर्दा, यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता कुनै सरल मामला होइन; यसमा निकै जटिल सम्बन्धहरू संलग्न हुन्छन्। आत्मिक बुझाइ हुँदै नभएका र सत्यतालाई नस्विकार्ने ख्रीष्टविरोधीहरूजस्ता लन्ठकहरूले, परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्ने तरिका कहिल्यै बुझ्नेछैनन्। तिनीहरूले यो कहिल्यै बुझ्नेछैनन् भने, के तिनीहरूले यसलाई मान्न सक्छन् त? (सक्दैनन्।) कतिपयले यसो भन्छन्, “तिनीहरूले मान्दैनन् किनकि तिनीहरूले बुझ्न सक्दैनन्। यदि तिनीहरूले यो बुझ्न सक्ने भए, के तिनीहरूले यसलाई मान्नेथिएनन् र?” यो एउटा निचोड मात्र हो; निचोडहरू तर्कसँग मेल मात्रै खान्छन्, तिनीहरू तथ्यहरूअनुरूप हुन्छन् नै भन्‍ने हुँदैन। त्यसोभए, तथ्यहरूको सत्यताचाहिँ के हो? ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई कहिल्यै मान्नेछैनन्। अहिलेका लागि, ख्रीष्टविरोधीहरूबारे कुरा नगरौँ, बरु प्रधान स्वर्गदूत, शैतान, दियाबलस, ठूलो रातो अजिङ्गरबारे कुरा गरौँ। त्यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सताउँछ, मण्डलीमा क्षति पुर्‍याउँछ, र परमेश्‍वरको काममा बाधा दिन्छ। जब परमेश्‍वरले त्यसमाथि विपत्ति ल्याउनुहुन्छ, जसले गर्दा त्यो आत्तिँदै छटपटिन थाल्छ, हतासिन्छ, पूरै अलमलमा पर्छ, तब त्यसले सामना गर्न सक्दैन, र अन्त्यमा कृपा याचना गर्छ, “म स्वर्गविरुद्ध फेरि कहिल्यै लड्नेछैनँ।” यस भनाइबाट कस्तो जानकारी बटुल्न सकिन्छ? ठूलो रातो अजिङ्गरले स्वर्गको, र परमेश्‍वरको अस्तित्वलाई मान्छ, तर त्यसको प्रकृति परिवर्तन हुँदैन; त्यसले परमेश्‍वरको अस्तित्वलाई माने पनि, त्यो अझै परमेश्‍वरविपरीत नै हिँड्छ र त्यसले उहाँको विरोध गर्छ। जब त्यसले परमेश्‍वरलाई हराउन सक्दैन, तब अबउप्रान्त स्वर्गसँग नलड्ने भन्दै कृपा याचना गर्छ। तर के त्यो साँच्चिकै वशमा परेको र कृपा याचना गरिरहेको हुन्छ? हुँदैन, जब त्यो निको हुन्छ, त्यसले लडाइँलाई निरन्तरता दिनेछ; यसको प्रकृति नै यही हो, र यसको प्रकृति बदलिँदैन। ख्रीष्टविरोधीहरूमा यही प्रकृति हुन्छ।

ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताभित्र मानवजातिको नियतिमाथि उहाँको सार्वभौमिकतालाई कसरी हेर्छन्? यसमा अति सूक्ष्म मामला समावेश हुन्छ। यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताको कुरा आउँदा, “यावत् थोक” भन्‍ने अवधारणा स्थूल र ज्यादै वृहत् छ; ख्रीष्टविरोधीहरूले यो स्विकार्न सक्दैनन्, तिनीहरू यसप्रति अन्धा हुन्छन्, र यसलाई छर्लङ्गै देख्न सक्दैनन्। त्यसोभए, के ख्रीष्टविरोधीहरू परमेश्‍वरले तिनीहरूका आफ्नै नियतिमाथि कसरी सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुराप्रति समर्पित हुन्छन्? के तिनीहरूले यो बोध गर्छन्? के तिनीहरूले यो बुझ्छन्? के तिनीहरूले यसलाई मान्न सक्छन्? झनै सक्दैनन्। ख्रीष्टविरोधीहरू आफ्ना वास्तविक जीवनका सारा राम्रा कुराहरू तिनीहरूले आफ्नै मेहनतले हासिल गरेको ठान्छन्। उदाहरणका लागि, यदि तिनीहरू कुनै विश्‍वविद्यालयमा भर्ना भएमा, तिनीहरूले यसको श्रेय आफ्नो पढाइमा राम्रो गरेकोलाई दिन्छन्, र तिनीहरू कुनै प्रतिष्ठित विश्‍वविद्यालयमा पढ्नकै लागि जन्मेका थिए भन्ने विश्‍वास गर्छन्। यदि तिनीहरूले राम्रो जीवन जिइरहेका छन् र पैसा कमाएका छन् भने, तिनीहरू आफू धनी हुन नै योग्य रहेको ठान्छन्, किनकि तिनीहरूले समृद्ध जीवन पाउनेछन्, र तिनीहरू अधिकारी र आर्थिक रूपमा समृद्ध, दुवै हुने भाग्य छ भनेर तिनीहरूलाई ज्योतिषीहरूले भनेका हुन्छन्। जब कामकुरा बिग्रिन्छन्, वा तिनीहरूले आशा गरेजस्तो हुँदैन, र तिनीहरूले कष्ट भोग्छन्, तब तिनीहरू गुनासो गर्न थाल्छन्, “मलाई नै किन यस्तो नराम्रो हुन्छ? मेरो भाग्य किन यति खराब छ? म अत्यन्तै अभागी छु!” तिनीहरूले यी कुराहरूलाई मानव दृष्टिकोणबाट अर्थ्याउने र हेर्ने गर्छन्। यदि सबथोक सहज रूपमा चलिरहेको छ भने, तिनीहरू निकै अभिमानी र घमन्डी बन्छन्, हरमोडमा देखावट गर्छन्, उग्र र डरलाग्दो मुद्रा देखाउँछन्, र ढिठ र अहङ्कारी तरिकाले आफूलाई आचरणमा ढाल्छन्; तर तिनीहरूले चाहेजस्तो नहुँदा तिनीहरू परमेश्‍वर र अन्य मानिसहरूलाई दोष दिन्छन्, र परिस्थितिलाई उल्टाएर त्यसबाट उम्किने उपाय खोज्ने प्रयास गर्छन्। तिनीहरू परमेश्‍वरले पूर्वनिर्धारित गर्नुहुने अनि गर्नुहुने सबथोक राम्रो हुन्छ भन्छन्, तर गोप्यमा, तिनीहरूले दिमाग खियाउँछन्, परिस्थितिलाई उल्टाउनका लागि हरमाध्यम प्रयोग गर्छन्, र त्यसबाट उम्किने वा त्यसलाई बदल्ने कोसिस गर्छन्, र यसो भन्छन्, “म मेरो भाग्य यति खराब छ र म अत्यन्तै अभागी छु भनेर विश्‍वास गर्न मान्दिनँ। म संसार अत्यन्तै अन्यायपूर्ण छ, मजस्तो सक्षम व्यक्तिले अन्त्यमा दिनको ज्योति देख्नेछैन, मेरो चम्किने समय कहिल्यै आउनेछैन भनेर विश्‍वास गर्न मान्दिन। वास्तवमा, नियति भनेको एउटा खोक्रो खबटा मात्र हो, यो त एउटा भनाइ मात्र हो; यो सबै आफ्नै मेहनत र सङ्घर्षहरूमा भर पर्छ। एउटा भनाइ नै छ, ‘अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ।’ यो नै सर्वोच्च मत हो; मैले यो कहिल्यै बिर्सनु हुँदैन, मैले यो प्रयोग गरेर आफूलाई प्रेरित गर्नैपर्छ।” तिनीहरूले परमेश्‍वरले गर्ने सबथोक राम्रो हुन्छ, परमेश्‍वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ, र तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन्छन् भनेर बारम्बार भन्छन्, तर अन्त्यमा तिनीहरू “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ” भन्छन्। सतहमा, तिनीहरूले आत्मिक शब्दहरू बोल्छन्, तर गोप्य रूपमा, तिनीहरूले कार्यान्वयन, अभ्यास र पछ्याउने सिद्धान्तहरू संसारसँग व्यवहार गर्ने शैतानका दर्शनहरू, तर्क, र सोच हुन्। के यसमा कुनै समर्पण हुन्छ? (हुँदैन।) ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतालाई यसरी नै हेर्छन्, बुझ्छन् र लिन्छन्। यी प्रकटीकरण र उदाहरणहरूका आधारमा भन्‍नुपर्दा, के ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता भएको तथ्यलाई मान्ने र त्यसमा विश्‍वास गर्ने गर्छन्, कि त्यसलाई शङ्का र निन्दा गर्छन्? (तिनीहरूले त्यसलाई शङ्का र निन्दा गर्छन्।) तिनीहरूले चाहे जे भने पनि, तिनीहरूका वास्तविक प्रकटीकरणहरूका आधारमा भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरू मूलतः यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ भन्ने तथ्यलाई तिरस्कार गर्छन् र त्यसमा विश्‍वास गर्दैनन्। कतिपय ख्रीष्टविरोधीहरूले त बेतुके भनाइहरूसमेत राख्छन्: “तिमीले कसरी कुनै कुरातर्फ लागिपर्ने कार्य नगरी, अनि निष्क्रिय रूपमा ईश्‍वरको सार्वभौमिकताको प्रतीक्षा मात्र गर्न मिल्छ? के तिमीले आफ्नो खाना आफैले पकाउनुपर्दैन? के तिमीले केही पनि नगरी आकाशबाट फल प्राप्त होला भनेर प्रतीक्षा गर्न मिल्छ? ईश्‍वरले चाहे जसरी सार्वभौमिकता राखे पनि, मानिसहरूले कडा मेहनत गर्न र कदम चाल्न आवश्यक हुन्छ, होइन र?” ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतालाई स्विकार्न नमान्‍ने मात्र नभई, त्यसलाई इन्कार्ने र गलत अर्थ्याउने समेत गर्छन्। तिनीहरूले त्यसलाई गलत अर्थ्याउनुको उद्देश्य के हो? तिनीहरूले कामना गर्ने सारा फाइदाहरूका लागि नैतिकताहीन रूपमा लड्न कुनै आधार र बहाना खोजिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूका आधारमा भन्‍नुपर्दा, यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यबारे तिनीहरूको साँचो दृष्टिकोण के हो? अविश्‍वास, इन्कार, र निन्दा—यो नै तिनीहरूको साँचो दृष्टिकोण हो।

आज हामीले सङ्गति गरेका दुइटा बुँदाहरूमा, हामीले मुख्यगरी ख्रीष्टविरोधीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने प्रकटीकरणलाई चिरफार गर्‍यौँ। यो सङ्गति सुनेपछि, के तिमीहरूले कुनै बुझाइ प्राप्त गरेका छौ? कुन मानिसहरूमा यी समस्याहरू छन्? कस्तो प्रकारको व्यक्तिसँग ख्रीष्टविरोधीहरूको स्वभाव हुन्छ तर ख्रीष्टविरोधीहरूको सार हुँदैन, र ऊ परिवर्तन हुन सक्छ? कुन मानिसहरूमा उही समस्याहरू छन्, तर ख्रीष्टविरोधीहरूको सार छ, तिनीहरू परिवर्तन हुन सक्दैनन्, सदा परमेश्‍वरका शत्रु हुन्छन्, र मुक्तिका नभएर विनाशका पात्र हुन्? के तिमीहरूले पनि यी प्रकटीकरणहरू देखाउँछौ? के तिमीहरूलाई तिमीहरू परिवर्तन हुन सक्छौ जस्तो लाग्छ? के तिमीहरूले सत्यता स्विकार्न र यी सोचहरूलाई बदल्न र प्रतिस्थापित गर्न त्यसलाई प्रयोग गर्न सक्छौ? (सक्छौँ।) कुन मानिसहरू बदलिन सक्दैनन्? एकखाले व्यक्ति हुन्छ जो विलासी जीवन जिउने, दरबारजस्तै सजिसजाउ गरिएका ठूला घरहरूमा बस्ने, र थुप्रै विलासी गाडीहरू भएका गैरविश्‍वासीहरूलाई देखेपछि, लोभिन्छ र बिलौना गर्छ, “धनी हुनु, अधिकारी हुनु, सक्षम हुनु त गजब हुने रहेछ! ऊ किन यति सक्षम छ? ऊ किन यति भाग्यमानी छ? उसले आफ्नो पैसा कसरी कमायो?” जब तिनीहरूले कसैसँग सामाजिक हैसियत भएको देख्छन्, तब तिनीहरू उसलाई निकै चिल्लो घस्छन्, खुसामद गर्छन्, र उसको चापलुसी गर्ने कोसिस गर्छन्, उसका लागि जे पनि गर्न, जुनसुकै हदसम्म चाकरी गर्न तयार हुन्छन्। तिनीहरू समाजका दुष्ट प्रचलनहरूलाई अत्यन्तै मन पराउँछन् र प्रायः तिनको हिस्सा बन्‍ने चाहना राख्छन्, परमेश्‍वरमाथिको आस्थाले तिनीहरूलाई त्यसो गर्नबाट रोक्दा तनावग्रस्त हुन्छन्। अझ बढी, तिनीहरू संसारमा आफू पछाडि परेको महसुस गर्छन्; तिनीहरू एक्ला, असहाय, तिनीहरूलाई भरणपोषण गर्ने केही नभएको, तिनीहरूले कुनै सान्त्वना भेट्टाउन नसक्ने महसुस गर्छन्, र प्रायः विक्षिप्त महसुस गर्छन्। अर्को खाले व्यक्तिले पैसा र शक्ति भएकाहरूले समाजमा आफ्ना मामलाहरू सम्हाल्दा सफलताको आनन्द उठाएको देख्दा ठूलो प्रशंसा महसुस गर्छ र प्रायः यसो भन्दै वाहवाही गर्छ, “तिनीहरूले एक जना व्यक्तिको हत्या गरे, तर तिनीहरूसँग पैसा र सम्पर्क भएका कारण, तिनीहरू छोटो समय मात्र कारागारमा बसेर निस्के। त्यो नै वास्तविक क्षमता हो!” तिनीहरू समाजका यस्ता मानिसहरूलाई निकै सम्मान गर्छन् र उच्च मान्छन्। अझै अर्कोखाले व्यक्तिले समाजका संवेदनशील राजनीतिक विषयहरूलाई विशेष ध्यान दिन्छ र तीबारे गहन रूपमा चासो राख्छ, अनि राजनीतिसँग सम्बन्धित केही मामलाहरूमा साँच्चिकै संलग्न हुन र हाम फाल्नसमेत चाहन्छ। यी र यस्तै प्रकारका अन्य मानिसहरूसित, भित्र गहिराइमा, परमेश्‍वरप्रति ख्रीष्टविरोधीहरूसरह नै मनोवृत्ति हुन्छ: तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, परमेश्‍वरको पहिचान, वा यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई मान्दैनन्। यी मानिसहरू ख्रीष्टविरोधीहरूकै गिरोहमा पर्छन्। तिनीहरू मण्डली वा परमेश्‍वरको घरका होइनन् र अन्त्यमा पखालिनेछन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूसित मिलेर रहन सक्दैनन् र तिनीहरूले हिँड्ने मार्ग परमेश्‍वरका मागहरूसित मिल्दैन। यी सबै मानिसहरू खतरनाक हुन्छन्; तिनीहरूले अहिलेसम्म कुनै दुष्टता नगरेका, र खुलेआम परमेश्‍वरलाई इन्कार, न्याय, वा निन्दा नगरेका, वा खुलेआम मानिसहरूलाई बहकाउमा नपारेका र मण्डलीमा हैसियतका लागि प्रतिस्पर्धा नगरेका भए पनि, तिनीहरूमा ख्रीष्टविरोधीहरूको सार हुन्छ, किनभने तिनीहरूले आधारभूत रूपमा परमेश्‍वरको पहिचानलाई मान्दैनन्, र यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई त झनै मान्दैनन्। तिनीहरू दुष्ट शक्तिहरूका र शैतानको गिरोहका हिस्सा हुन्। तिनीहरू दुष्टता, र दियाबलसहरू र शैतानले प्रवर्द्धन गरेको कुनै पनि झूटा शिक्षा वा भ्रम, साथै संसारमा उत्पन्‍न हुने, चर्चित, वा फैलिएको कुनै पनि दुष्ट प्रचलनलाई श्रद्धा गर्छन्। तिनीहरू परमेश्‍वरको घरका वा मण्डलीका होइनन् र परमेश्‍वरको मुक्तिका पात्र होइनन्। यी मानिसहरू परमेश्‍वरका साँचो शत्रु हुन्, तिनीहरू ख्रीष्टविरोधी हुन्।

नोभेम्बर १४, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्