विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक) खण्ड दुई

परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने क्रममा, ख्रीष्टविरोधीहरूमा सधैँ परमेश्‍वरको पहिचान र सारबारे धारणाहरू उत्पन्‍न हुन्छन्, र तिनीहरू परमेश्‍वर किन बोल्ने मात्र गर्नुहुन्छ र कुनै चिन्ह र आश्चर्यकर्महरू देखाउनुहुन्‍न भनेर सधैँ प्रश्न गर्छन्। ख्रीष्टविरोधीहरूले पनि परमेश्‍वरका वचनहरू पढ्ने भएता पनि, तिनीहरूको अभिप्राय सत्यता खोज्नु वा स्वीकार गर्नु होइन, बरु तिनीहरूले तिनलाई अध्ययन र विचार-विमर्श गर्ने मानसिकताले पढ्छन्। फलस्वरूप, तिनीहरूले साँचो आस्था विकास गर्न नसक्ने मात्र नभई, उल्टै, तिनीहरूले जति बढी छानबिन गर्छन्, तिनीहरू त्यति नै बढी शङ्कालु बन्छन्, र तिनीहरूले देहधारी परमेश्‍वरबारे त्यति नै बढी धारणाहरू पाल्छन्। तिनीहरूको मुख्य धारणा के हो भने, तिनीहरू ख्रीष्टसँग अलौकिक मानवता हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू सोच्छन्: “यदि ख्रीष्टसँग सामान्य मानवता छ र उनले कुनै चिन्ह वा आश्चर्यकर्महरू देखाउँदैनन् भने, उनी ईश्‍वर हुन् भनेर कसरी प्रमाणित गर्न सकिन्छ?” ख्रीष्टविरोधीहरूका हृदयमा, ईश्‍वरको आत्मा मात्र ईश्‍वर हुन्छन्, र चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्ने देह मात्र ईश्‍वर हुन्छन्। यदि कुनै देहमा सामान्य मानवता मात्र छ र उनले चिन्ह र आश्चर्यकर्महरू गर्दैनन् भने, उनी सत्यता व्यक्त गर्न सक्ने भए पनि, उनलाई ईश्‍वर मानिँदैन। त्यसकारण, ख्रीष्टविरोधीहरूले देहधारी परमेश्‍वरको सारबारे सधैँ शङ्का गर्नु आश्चर्यको कुरा होइन। ख्रीष्टविरोधी प्रकारको व्यक्तिले आफूलाई चाहे जति धेरै कुराहरू आइपरे पनि परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गरेर तिनलाई सम्बोधन गर्ने प्रयास कहिल्यै गर्दैन, कामकुराहरूलाई परमेश्‍वरका वचनहरू मार्फत हेर्ने कोसिस गर्नु त परै जाओस्—जुन पूर्ण रूपमा यस कारणले हो कि उनीहरू परमेश्‍वरका वचनहरूको प्रत्येक पङ्क्ति सत्यता हो भनी विश्‍वास गर्दैनन्। परमेश्‍वरको घरले चाहे जसरी सत्यतामा सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरू त्यसलाई ग्रहण गर्दैनन्, र परिणामस्वरूप तिनीहरूले जस्तोसुकै परिस्थितिको सामना गर्दा पनि तिनीहरूमा सही मनोवृत्ति हुँदैन; विशेषगरी, तिनीहरूले परमेश्‍वर र सत्यतालाई कसरी लिन्छन् भन्‍ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू जिद्दी हुँदै आफ्ना धारणाहरू पन्छाउन मान्दैनन्। तिनीहरूले विश्‍वास गर्ने ईश्‍वर त चिन्ह र आश्चर्यकर्महरू देखाउने अलौकिक ईश्‍वर हो। चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्ने जोकोही होस्—चाहे त्यो गुआनयिन बोधिसत्त्व, बुद्ध, वा माजु होस्—तिनीहरू तिनलाई ईश्‍वर भनी बोलाउँछन्। तिनीहरू चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्नेहरू मात्र ईश्‍वरको पहिचान बोकेका ईश्‍वरहरू हुन्, र नसक्नेहरूले जतिसुकै सत्यताहरू व्यक्त गरे पनि, तिनीहरू ईश्‍वर नै हुन् भन्ने जरुरी छैन भन्ने विश्‍वास गर्छन्। तिनीहरू सत्यता व्यक्त गर्नु भनेको परमेश्‍वरको महान् शक्ति र सर्वशक्तिमान्‌ता हो भन्ने बुझ्दैनन्; बरु, तिनीहरूले चिन्ह र आश्चर्यकर्महरू देखाउनु मात्र ईश्‍वरहरूको महान् शक्ति र सर्वशक्तिमान्‌ता हो भन्ठान्छन्। त्यसकारण, मानिसहरूलाई विजय गर्न र मुक्ति दिन सत्यता व्यक्त गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूलाई मलजल, रखवारी, र अगुवाइ गर्नु, तिनीहरूलाई वास्तवमै परमेश्‍वरको न्याय, सजाय, परीक्षा, र शोधन अनुभव गर्न र सत्यता बुझ्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, र परमेश्‍वरप्रति समर्पित हुने र उहाँको आराधना गर्ने मानिस बन्‍न सक्षम बनाउनु, आदि जस्ता देहधारी परमेश्‍वरको व्यावहारिक कामका सम्बन्धमा भन्नुपर्दा—ख्रीष्टविरोधीहरूले यी सबै मानिसको काम भएको, र परमेश्‍वरको नभएको ठान्छन्। ख्रीष्टविरोधीहरूका मनमा, ईश्‍वरहरूले वेदीको पछाडि लुकेर उनीहरूलाई भेटीहरू चढाइन लगाउनुपर्छ, मानिसहरूले चढाएका खानेकुराहरू खानुपर्छ, उनीहरूले बालेका धूपको धुँवामा सास लिनुपर्छ, उनीहरू समस्यामा पर्दा सहयोगको हात फैलाउनुपर्छ, उनीहरू आफैँ निकै शक्तिशाली भएको देखाएर तिनीहरूले बुझ्न सक्ने दायराभित्रबाटै तिनीहरूलाई तत्काल सहायता प्रदान गर्नुपर्छ, र मानिसले सहायता माग्दा र तिनीहरू आफ्नो बिन्तीमा इमानदार हुँदा तिनीहरूका आवश्यकताहरू पूरा गर्नुपर्छ। ख्रीष्टविरोधीहरूका लागि, यस्तो ईश्‍वर मात्र साँचो ईश्‍वर हो। यसबीचमा, आज परमेश्‍वरले गर्नुहुने सबै कुरालाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्छन्। अनि त्यस्तो किन हुन्छ? ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई विचार गर्दा, उनीहरूलाई सृष्टिकर्ताले सृजित प्राणीहरूमाथि गर्नुहुने मलजल, रखवारी र मुक्तिको काम चाहिँदैन, बरु सबै कुरामा समृद्धि र आफ्ना इच्छाहरूको परिपूर्ति चाहिन्छ, यो जीवनमा दण्डित नहुने, र आउँदो संसारमा स्वर्गमा जाने कुरा चाहिन्छ। उनीहरूको दृष्टिकोण र आवश्यकताहरूले तिनीहरूको सत्यताप्रतिको घृणाको सारलाई पुष्टि गर्छ। ख्रीष्टविरोधीहरू दुष्टता, अलौकिकता, र चमत्कारहरू मन पराउँछन्, साथै शैतान र दुष्टात्माहरूका कार्यहरू र दुष्ट शब्दहरू—जुन नकारात्मक र दुष्ट कुरा हुन्—तिनलाई ईश्‍वरीय कुरा र सत्यताका रूपमा आराधनासमेत गर्छन्। तिनीहरूले यिनलाई आफ्नो जीवनभरको आराधना र पछ्याइको वस्तुका रूपमा, र संसारमा सम्मान र प्रसार गर्नुपर्ने कुराका रूपमा लिन्छन्। फलस्वरूप, परमेश्‍वरलाई पछ्याउँदै गर्दा परमेश्‍वरको पहिचानबारे तिनीहरूका धारणा र विचार कहिल्यै परिवर्तन हुनेछैनन्। यदि यस्ता मानिसहरूले परमेश्‍वरको घरमा आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा गर्न सकेनन्, यदि तिनीहरूलाई प्रवर्द्धन वा प्रयोग गरिएन र तिनीहरू तीव्र र ठूलो सफलता हासिल गर्न असफल भए भने, तिनीहरू जुनसुकै समय, क्षण र स्थानमा परमेश्‍वरलाई विश्‍वासघात गर्न तयार हुनेछन्। यी मानिसहरूमध्ये कतिपयले १० वर्ष, कतिपयले २० वर्ष विश्‍वास गरेका छन्, र तँ तिनीहरूसँग जग छ र तिनीहरूले परमेश्‍वरलाई छोड्नेछैनन् भन्ठान्लास्, तर वास्तवमा, तिनीहरू जुनसुकै बेला परमेश्‍वरलाई विश्‍वासघात गर्न र धर्मनिरपेक्ष संसारमा फर्कन तयार हुन्छन्। तिनीहरूले मण्डली छाडेनन् भने पनि, तिनीहरूका हृदय परमेश्‍वरबाट तर्किसकेका र तिनले उहाँलाई विश्‍वासघात गरिसकेका हुन्छन्। परिस्थितिहरूले साथ दिँदा वा अवसरहरू उत्पन्न हुँदा, तिनीहरू झूटा ईश्‍वर र दुष्टात्माहरूमा विश्‍वास गर्न पुग्नेछन्। यदि तिनीहरूले तीव्र सफलता प्राप्त गर्ने, उच्च अधिकारी बन्‍ने, चर्चित बन्‍ने, अनि महिमा र सम्पत्तिको आनन्द उठाउने मौका पाएमा, तिनीहरू मण्डली छाड्न र धर्मनिरपेक्ष संसारका प्रवृत्तिहरू पछ्याउन हिचकिचाउनेछैनन्। कतिपय ख्रीष्टविरोधीहरूले प्रश्न गर्छन्, “यदि उनी ईश्‍वर हुन् भने, उनले किन ठूलो रातो अजिङ्गरको सतावट र खेदो भोग्छन्? यदि उनी ईश्‍वर हुन् भने, उनले ठूलो रातो अजिङ्गरलाई सर्वनाश गर्न किन चिन्ह र आश्चर्यकर्महरू देखाउँदैनन्? ईश्‍वरका चुनिएका मानिसहरूमध्ये धेरै जनालाई ठूलो रातो अजिङ्गरले पक्राउ गरेको र सताएको छ। ईश्‍वरले तिनीहरूलाई किन शैतानको सतावटबाट सुरक्षा दिँदैनन् र उद्धार गर्दैनन्?” यो ठ्याक्कै यहूदी धर्मका फरिसीहरूले सोचेजस्तै हो, “यदि येशू ईश्‍वर हुन् भने, उनलाई किन क्रूसमा टाँग्न सकियो? उनले किन आफूलाई बचाउन सकेनन्?” ख्रीष्टविरोधीहरूले यो कुरा कहिल्यै बुझ्दैनन्, किनकि तिनीहरू सत्यता स्विकार्दैनन्, न त तिनीहरू परमेश्‍वरका वचनहरूले सबथोक पूरा गर्नेछन् भनेर नै विश्‍वास गर्छन्। तिनीहरू आफूले देखेका कुरा मात्र विश्‍वास गर्छन्, र परमेश्‍वरले गर्नुभएको सम्पूर्ण कामले देखाएको मूल्य वा महत्त्वमा विश्वास गर्दैनन्। तिनीहरू परमेश्‍वरले व्यक्त गर्ने हरवचन सत्यता हो र उहाँको हरवचन पूरा हुनेछ र घट्नेछ भनेर विश्‍वास गर्दैनन्; तिनीहरू परमेश्‍वरको बुद्धि शैतानका षड्यन्त्रहरूका आधारमा प्रयोग गरिन्छ, वा परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई प्रतिभारका रूपमा सेवा प्रदान गराउन प्रयोग गर्नुहुन्छ, जसले उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि प्रकाश गर्छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ र परमेश्‍वरका वचनहरूले सबथोक पूरा गर्छन् भनेर विश्‍वास गर्दैनन्, त्यसोभए के ख्रीष्टविरोधीहरू अझै परमेश्‍वरका विश्‍वासी नै हुन् त? होइनन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरलाई नकार्ने र उहाँको प्रतिरोध गर्ने मानिसहरू हुन्; तिनीहरू विशुद्ध अविश्‍वासीहरू हुन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान स्विकार्न नमान्‍नु पछाडिका मुख्य कारणहरू के-के हुन्? एउटा त, ख्रीष्टविरोधीहरूले आफ्ना धारणाहरूमा परमेश्‍वरले गर्नुपर्छ भनेर कल्पना गरेअनुसार, संसारको सम्पूर्ण अन्याय सच्याउनुहुन्न, मानवजातिलाई इन्साफ दिनुहुन्न, वा दुष्टता गर्नेहरूलाई तुरुन्तै दण्डित गर्नुहुन्‍न भन्‍ने हो; परमेश्‍वरले सार्वभौमिकता राख्ने सारा कामकुरामाझ हरदिन धेरै अन्यायपूर्ण घटनाहरू घट्छन्, तैपनि परमेश्‍वर यसप्रति उदासीन हुनुहुन्छ, र जवाफमा एउटा वचन पनि बोल्नुहुन्न वा एउटा काम पनि गर्नुहुन्‍न। ख्रीष्टविरोधीहरूका नजरमा, तिनीहरूले सामना गर्ने कामकुराहरूकै दायराभित्र देख्ने संसारमा भइरहेका सब थोक तिनीहरूका धारणाहरूसँग मिल्दैनन्, र ती घट्नु हुँदैन। तिनीहरू किन यी कुराहरू घट्नु हुँदैन भन्ठान्छन्? तिनीहरू सोच्छन्: “यदि ईश्‍वर छन् भने, उनले किन यी कुराहरूलाई सम्हाल्दैनन्? यदि ईश्‍वर छन् भने, किन यति धेरै दुष्ट मानिसहरू अझै पनि राम्रोसँग जिउँछन्? किन धनीहरू झन् धनी र गरिबहरू झन् गरिब बन्छन्? किन धनी मानिसहरू हरदिन चौरासी व्यञ्जन खान्छन्, र अत्यन्तै रमाउँछन्, जबकि धेरै मानिसहरूले अझै पनि मागेर खानुपर्ने हुन्छ? निष्कपट मानिसहरू किन हेपाइ, दमन र शोषणमा पर्छन्? किन केही मानिसहरू श्रम गर्छन् र पसिना बगाउँछन्, अत्यन्तै थोरै पैसाका लागि दैनिक आठ घण्टाभन्दा बढी काम गर्छन्, जबकि अरूले चाहिँ एक घण्टामै कुनै व्यक्तिले जीवनकालमा कमाउन सक्नेभन्दा बढी कमाउँछन्? ईश्‍वरले किन यी सामाजिक र सांसारिक अन्यायहरूलाई सम्बोधन गर्नुहुन्‍न? किन कतिपय चाहिँ अत्यन्तै धनी परिवारमा जन्मिन्छन्, जबकि अरूचाहिँ गरिबी र दुःखमा जन्मिन्छन्? किन कतिपय मानिसहरूले जीवनभरि महिमा र सम्पत्ति, अनि पारिवारिक लाडप्यारको आनन्द उठाउन सक्छन्, जबकि अरूलेचाहिँ उही सामाजिक वातावरणमा जन्मिए पनि त्यसो गर्न सक्दैनन्?” ख्रीष्टविरोधीहरूको हृदयभित्रका कहिल्यै समाधान गर्न नसकिने रहस्यहरू यिनै हुन्। तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, आफूले छर्लङ्गै देख्न नसक्ने र नबुझ्ने सम्पूर्ण कुराहरू, र तिनीहरूले समाधान गर्न नसक्ने यी सारा रहस्यहरू परमेश्‍वरलाई हस्तान्तरण गर्नुपर्ने, र उहाँलाई समाधानहरू प्रदान गर्न लगाउनुपर्ने, र तिनीहरूले परमेश्‍वरका वचनहरूमा तिनका जवाफहरू भेट्टाउनुपर्ने भन्ठान्छन्। तर, तीनदेखि पाँच वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूले यी जवाफहरू भेट्टाउन सक्दैनन्, र आठदेखि दस वर्षसम्म विश्‍वास गरेपछि पनि, तिनीहरूले भेट्टाउन सक्दैनन्। तिनीहरूले २० वर्षसम्म विश्‍वास गरेपछि यस्तो सोच्छन्, “मैले किन अझै पनि कुनै जवाफ पाएको छैनँ? ईश्‍वरले किन यी समस्याहरू समाधान गरेका छैनन्? ईश्‍वरले किन गुआनयिन बोधिसत्त्व वा जेड सम्राटले जस्तो कार्य गर्दैनन्? ईश्‍वरसित अख्तियार र शक्ति, अनि ईश्‍वरको पहिचान छ, त्यसकारण उनले यी कामकुरा गर्नुपर्ने हो! विशेषगरी मण्डलीमा, दुष्ट मानिसहरू किन प्रायः देखा पर्छन् र अवरोध र बाधाहरू निम्त्याउँछन्, र कतिपयले किन कुनै परिणाम नै नभोगी भेटीहरू समेत चोर्छन्? कतिपय मानिसहरूले प्रायः ढाँट्छन्, र कतिपयले चाहिँ धारणा र आधारहीन अफवाहहरू फैलाउँछन्, तैपनि ईश्‍वरको ताडना वा दण्ड भोग्दैनन्; अरूचाहिँ अचानक ईश्‍वरमा विश्‍वास गर्न छाड्छन् र समाजमा काम गर्न जान्छन्, र केही वर्षपछि तिनीहरू कहिल्यै कठिन समय नभोगी समृद्ध बन्छन्। कतिपय विश्‍वासीहरू ईश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूको भन्दा खराब जीवन जिउँछन्। वास्तवमा, ईश्‍वरका विश्‍वासीहरूले कष्ट भोगिरहेका हुन्छन्, र तीमध्ये धेरै सतावटमा परिरहेका हुन्छन्, उनीहरू आफ्ना घर फर्कन सक्दैनन्, र गरिबी र दुःखमा जिइरहेका हुन्छन्। ईश्‍वरमा विश्‍वास गर्नुको अर्थ अवश्यै यो त होइन नि? ईश्‍वरलाई पछ्याउनुको मूल्य अवश्यै यो त होइन नि? ईश्‍वरले मानिसहरूलाई दिन चाहने दैनिक जीवन अवश्यै यो त होइन नि? जब मानिसहरूले हासिल गर्न नसकिने कुराहरू सामना गर्छन्, तब ईश्‍वरले किन कुनै असाधारण कार्य गरेर तिनीहरूलाई त्यो चिज तुरुन्तै बुझ्ने र थाहा पाउने तुल्याउनुहुन्‍न? मानिसहरूले नबुझ्ने धेरै कुराहरू हुन्छन्, र तिनीहरूलाई ईश्‍वरले किन त्यसरी कार्य गर्छन् भन्ने थाहा हुँदैन। ईश्‍वरले किन मानिसहरूको हृदयमा उज्यालो छर्न दियो बाल्दैनन्? उनले किन मानिसहरूलाई प्रेरणा दिँदैनन्? जब मानिसहरूले दुष्टता गर्छन्, अनि अवरोध र बाधाहरू निम्त्याउँछन्, तब ईश्‍वरले खडा भएर ती दुष्ट मानिसहरूलाई सिधै सराप्ने, र प्रतिशोध सामना गर्न लगाउने गर्दैनन्। मैले ईश्‍वरले यस्ता कामकुराहरू गरेका धेरै उदाहरणहरू देखेको छैनँ। कहिलेकाहीँ मानिसहरूलाई ईश्‍वरको अन्तर्दृष्टि, ज्योति, र प्रबन्धको आवश्यकता पर्छ, त्यसोभए, तिनीहरूले किन ईश्‍वरलाई महसुस गर्न वा देख्न सक्दैनन्? ईश्‍वर कहाँ छन्?” यीजस्ता सबै “किनहरू” ख्रीष्टविरोधीहरूका हृदयमा अनुत्तरित रहन्छन्। तिनीहरूले यी कुरा र घटनाहरू किन कहिल्यै परिवर्तन हुँदैनन्, उल्टिँदैनन्, र सुधार त झनै हुँदैनन् भनेर बुझ्दैनन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नाले मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्नुपर्छ, र तिनीहरूका पूरै जीवन, चालढाल, सोचहरू, र विशेषगरी तिनीहरूको जीवनको गुणस्तर, अनि तिनीहरूका क्षमता र सीपहरू, सबै सकारात्मक दिशातर्फ विकसित हुनुपर्छ भन्ठान्छन्। तिनीहरूले दस-बिस वर्ष अवलोकन गरिसक्दा किन यी परिवर्तनहरू देख्न सक्दैनन्? मानिसहरूले आफ्ना धारणाहरूमा मनोकल्पना गर्ने वा सपना देख्ने कुराहरू तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न पुगेपछि कहिल्यै समाधान वा साकार हुने गर्दैनन्। त्यसोभए, परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ हो? परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँलाई पछ्याउनुको मूल्य के हो? यी प्रश्नहरू ख्रीष्टविरोधीहरूका हृदयमा अनसुल्झा र अनुत्तरित रहन्छन्, अनि ख्रीष्टविरोधीहरूले कल्पना गरेजस्तो ती साकार वा पूरा हुँदैनन्, त्यसकारण ख्रीष्टविरोधीहरूको मनमा भएका ईश्वर कहिल्यै अस्तित्वमा हुँदैनन्। अनि स्वाभाविक रूपमा, परमेश्‍वरको पहिचान बोकेको जनलाई ख्रीष्टविरोधीहरूले मनमा सदाका लागि नकार्छन्।

परमेश्‍वरमाथि ख्रीष्टविरोधीहरूको विश्‍वासमा ज्यादै मिसावट छ। वास्तवमा, ख्रीष्टविरोधीहरू साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन्; यो सबै ढोँग हो। तिनीहरू गैरविश्‍वासीहरूले दियाबलसहरू र मूर्तिहरूको आराधना गरेझैँ परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूलाई परमेश्‍वरले गर्ने सबथोक स्विकार्न कठिन लाग्छ, र तिनीहरू सधैँ शङ्का र प्रश्नहरू पालिरहेका हुन्छन्। तिनीहरूले यी शङ्का र प्रश्नहरू आफ्ना हृदयमा लुकाउँछन् र तिनलाई व्यक्त गर्ने आँट गर्दैनन्, अनि तिनीहरू ढोँग गर्नमा पनि निपुण हुन्छन्, त्यसकारण तिनीहरूले परमेश्‍वरमा जतिसुकै वर्ष विश्‍वास गरे पनि, तिनीहरू पूर्णतया अविश्‍वासी नै रहन्छन्। तिनीहरू परमेश्‍वर र उहाँका सारा कार्यहरूलाई आफ्ना मनोकल्पनाहरू, परमेश्‍वरबारे तिनीहरूका विभिन्‍न कल्पना र धारणाहरू, साथै नैतिकताबारे केही परम्परागत मानव ज्ञान र धारणाहरूले मापन गर्छन्। तिनीहरू परमेश्‍वरको पहिचान र उहाँ अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनी मापन गर्न यी कुराहरू प्रयोग गर्छन्। अनि अन्तिम नतिजा के हुन्छ? तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छन्, र देहधारी परमेश्‍वरको पहिचान र सार स्विकार्दैनन्। के ख्रीष्टविरोधीहरूले देहधारी परमेश्‍वरसँग परमेश्‍वरको पहिचान र सार छ कि छैन भनी मापन गर्न प्रयोग गर्ने मानक गलत छैन र? प्रस्ट रूपमा भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरूले ज्ञान अनि चर्चित, महान् व्यक्तित्वहरूलाई श्रद्धा गर्छन्, त्यसकारण यी चर्चित, महान् व्यक्तित्वहरूबाट आउने चिजहरूप्रति तिनीहरूमा कहिल्यै आपत्ति वा वितृष्णा हुँदैन। त्यसोभए, तिनीहरूले किन ख्रीष्ट सामान्य र साधारण व्यक्ति हुनुहुन्छ भन्ने देखेपछि उहाँलाई तिरस्कार गर्छन्, र ख्रीष्टले यति धेरै सत्यताहरू व्यक्त गरेको देखेपछि वितृष्णा र घृणा महसुस गर्न थाल्छन्? किनभने तिनीहरूले श्रद्धा र प्रशंसा गर्ने कुरा बिलकुलै सकारात्मक हुँदैन, त्यसको एउटा अंश पनि सकारात्मक हुँदैन। ख्रीष्टविरोधीहरूलाई के मन पर्छ? तिनीहरूलाई विचित्रता, दुष्टता, चमत्कारहरू, र अलौकिक कुराहरू मन पर्छ, जबकि ख्रीष्टविरोधीहरूका नजरमा परमेश्‍वरको सामान्यता र व्यावहारिकता, मानिसप्रति परमेश्‍वरको सच्चा प्रेम, परमेश्‍वरको बुद्धि, विश्‍वसनीयता, पवित्रता, र धार्मिकता सबै निन्दित हुन्छन्। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले खुट्ट्याउने क्षमता प्राप्त गरून् र व्यावहारिक रूपमा पाठ सिकून् भनेर परमेश्‍वरले एउटा परिस्थिति खडा गर्नुभयो। त्यो के परिस्थिति थियो? उहाँले भूत लागेको कुनै व्यक्तिलाई तिनीहरूका बीचमा बस्‍ने प्रबन्ध मिलाउनुभयो। सुरुमा, यो व्यक्तिको बोल्‍ने र काम-कुरा गर्ने शैली, साथै उसको समझ सामान्य नै थियो; ऊ समस्याग्रस्त देखिँदै देखिँदैनथ्यो। तर सम्पर्कको केही अवधिपछि, दाजुभाइ-दिदीबहिनीहरूले उसले भनेको हरेक कुरा वाहियात छ र त्यसमा उचित ढाँचा र क्रम छैन भन्‍ने पत्ता लगाए। पछि, केही अलौकिक कुराहरू घटे: उसले दाजुभाइ-दिदीबहिनीहरूलाई सधैँ फलानो-ढिस्कानो दर्शन देखेको, र फलानो-ढिस्कानो प्रकाश प्राप्त गरेको भन्थ्यो। उदाहरणका लागि, एक दिन, उसलाई बाफमा पकाएको रोटी बनाउनुपर्छ भनेर प्रकाश गरियो—उसलाई बनाउनैपर्‍यो—त्यसको भोलिपल्ट, के हुन पुग्‍यो भने, ऊ बाहिर जानुपर्ने भयो, त्यसकारण उसले आफ्‍नो साथमा ती रोटी लग्यो। पछि, ऊ दक्षिणतिर लाग्‍नुपर्छ भनेर उसलाई सपनामा प्रकाश गरियो; छ माइलअगाडि उसलाई कसैले पर्खिरहेको थियो। ऊ हेर्न गयो, र ठ्याक्कै त्यहीँ एउटा बाटो बिराएको व्यक्ति थियो; उसले यस व्यक्तिलाई परमेश्‍वरको आखिरी दिनहरूको कामका बारेमा गवाही दियो, र उसले त्यसलाई स्विकार्‍यो। उसले सधैँ प्रकाशहरू पाइरहेको हुन्थ्यो, उसले सधैँ आवाजहरू सुनिरहेको हुन्थ्यो, उसलाई सधैँ अलौकिक कुराहरू भइरहेका हुन्थे। हरेक दिन, के खाने, कहाँ जाने, के गर्ने, कोसँग अन्तरक्रिया गर्ने भन्‍नेबारेमा, उसले सामान्य मानवताको जीवनका नियमहरूलाई पछ्याउँदैनथ्यो, न त उसले परमेश्‍वरका वचनहरूलाई आधार वा सिद्धान्तका रूपमा खोज्ने, न सँगै सङ्गति गर्न मानिसहरू खोज्ने काम नै गर्थ्यो। ऊ सधैँ आफ्ना भावनाहरूमा भर पर्थ्यो, र कुनै आवाज, वा प्रकाश, वा सपनाको प्रतीक्षा गर्थ्यो। के यो व्यक्ति सामान्य थियो? (थिएन।) उसको दैनिक तीन छाक खाना, र उसको दैनिकीमा नियमितता देखिन्थ्यो, तैपनि उसले सधैँ आवाजहरू सुनिरहेको हुन्थ्यो। केही मानिसहरूले उसलाई खुट्ट्याए र यी दुष्टात्मा लागेका प्रकटीकरणहरू हुन् भनेर भने। बिस्तारै, दाजुभाइ-दिदीबहिनीहरूले उसलाई झन्-झन् खुट्ट्याउन थाले, र एक दिन, ऊ मानसिक बिमारीले ग्रस्त भयो, विक्षिप्त कुराहरू बोल्न थाल्यो, र ऊ कपाल जिङ्ग्रिङ्ग पारेर पागलपनको अवस्थामा नाङ्गै भागेर गयो। त्योसँगै अन्ततः उक्त मामला निष्कर्षमा पुग्यो। के अब दाजुभाइ-दिदीबहिनीहरूले कुनै दुष्टात्माले काम गरिरहेको र भूत लागेको विशिष्ट प्रकटीकरणहरूबारे अन्तरज्योति र सुझबुझ प्राप्त गरेका छैनन् र? तिनीहरूमध्ये कतिपयले यसअघि यस्ता कुराहरूको सामना निश्चय नै गरेका थिए, र तीबारे सुझबुझ पाइसकेका थिए, जबकि अरूले चाहिँ लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेका थिएनन्, र यस्ता कुराहरू भोगेका थिएनन्, र त्यसकारण तिनीहरू बहकाउमा पर्ने सम्भावना थियो। तर तिनीहरू बहकाउमा परे वा नपरे पनि वा तिनीहरूसित सुझबुझ भए पनि नभए पनि, यदि परमेश्‍वरले यो वातावरण खडा नगर्नुभएको भए, के तिनीहरूमा दुष्टात्माको काम वा पकडबारे साँचो सुझबुझ हुन सक्थ्यो र? (सक्थेन।) त्यसोभए परमेश्‍वरले यो वातावरण खडा गर्नु र यी कामकुराहरू गर्नुको उद्देश्य र महत्त्व ठ्याक्कै के थियो? यसको उद्देश्य तिनीहरूलाई व्यावहारिक रूपमा सुझबुझ प्राप्त गर्न र पाठ सिक्न, अनि दुष्टात्माको काम भएका वा भूत लागेकाहरूलाई खुट्ट्याउन सक्षम तुल्याउनु थियो। यदि मानिसहरूलाई—शिक्षकले कुनै पुस्तक पढाएर, अनि किताबी सिद्धान्तहरूबारे मात्र बोलेर आफ्ना विद्यार्थीहरूलाई कुनै वास्तविक अभ्यास वा तालिम नगराएजस्तै—दुष्टात्माको काम के हो भनेर मात्र भनियो भने, मानिसहरूले केही धर्मसिद्धान्त र भनाइहरू मात्र बुझ्नेथिए। तैँले व्यक्तिगत रूपमा देखेको छस्, आफ्‍नै आँखाले देखेपछि, र आफ्‍नै कानले सुनेपछि मात्रै, तैँले दुष्ट आत्माको काम ठ्याक्कै के हो, र यसका निश्‍चित प्रकटीकरणहरू के-के हुन् भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्। अनि त्यसपछि जब तैँले त्यस्ता मानिसहरूलाई फेरि भेट्छस्, तैँले तिनीहरूलाई खुट्ट्याउन र अस्वीकार गर्न सक्‍नेछस्; तैँले त्यस्ता मामलालाई उचित रूपमा सम्‍बोधन गर्न र सम्‍हाल्‍न सक्‍नेछस्। त्यसकारण, के तैँले यस्तो वातावरणमा प्राप्त गर्ने कुरा भेलाहरूमा सहभागी भएर अनि दिनभरि प्रवचनहरू सुनेर प्राप्त गर्ने कुराभन्दा अझ बढी व्यावहारिक हुँदैन र? सामान्य सोच र चेतना भएका, र सत्यता पछ्याउने मानिसहरूसँग यी कामकुराहरू गर्ने परमेश्‍वरका तरिकाहरूबारे सही बुझाइ हुनेछ। तिनीहरूले यसो भन्दै गुनासो गर्नेछैनन्, “परमेश्‍वरले किन दुष्टात्माहरूलाई मण्डलीमा देखा पर्ने अनुमति दिनुहुन्छ? परमेश्‍वरले मलाई किन अग्रिम चेतावनी दिनुभएन? उहाँले दुष्टात्माहरूलाई किन पखाल्नुहुन्‍न?” तिनीहरूले यी कुराहरूबारे गुनासो गर्नुको साटो तिनीहरू आभारी हुनेछन्, परमेश्‍वरलाई उहाँको उत्कृष्ट र बुद्धिमानीपूर्ण कामका लागि प्रशंसा गर्नेछन्, र परमेश्‍वरले मानिसलाई अत्यन्तै प्रेम गर्नुहुन्छ भनेर भन्‍नेछन्! तर, ख्रीष्टविरोधीहरू सत्यता स्विकार्दैनन्, र सँगसँगै, तिनीहरूका हृदय परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, साथै तिनीहरूले हृदयमा दियाबलसहरू र मूर्तिहरूलाई साँच्चिकै आराधना गर्छन्, अनि साँचो परमेश्‍वरले गर्ने सबथोकलाई तिनीहरूका मूर्तिहरूसँग दाँज्छन् र मापन गर्छन्। त्यसैले, यस्ता परिस्थितिहरू सामना गर्दा, तिनीहरूले सुरुमा यसो सोच्छन्, “के यो ईश्‍वरको काम हो? तिमीहरू कसरी यति मूर्ख हुन सक्छौ? ईश्‍वरले दुष्टात्माहरूलाई कसरी मण्डलीमा देखा पर्ने अनुमति दिन सक्छन्?” के यो गलत बुझाइ होइन र? सुरुमा, तिनीहरूले यो परमेश्‍वरको काम हो भन्‍ने कुरालाई नकार्छन् र यस्तो पनि सोच्छन्, “ईश्‍वरले त पक्कै पनि यस्तो गर्नेथिएनन्। ईश्‍वरहरू मानिसहरूले कष्ट भोगून् भन्ने चाहँदैनन्। जब गुआनयिन बोधिसत्त्वले मानिसहरूले कष्ट भोगिरहेको देख्छिन्, तब उनका मूर्तिहरूले आँसु झार्छन्; उनी सारा प्राणीहरूलाई पीडाबाट छुटकारा दिलाउन, हरव्यक्तिलाई बुद्धको नामअन्तर्गत ल्याउन, र तिनीहरूलाई मानव संसारको सारा कष्टबाट मुक्त पार्न चाहन्छिन्। ईश्‍वरहरू कृपालु हुनुपर्छ, आफ्ना चुनिएका मानिसहरूको हेरचाह गर्ने हुनुपर्छ, र उहाँहरूले दुष्टात्माहरूलाई मण्डलीमा देखा पर्ने अनुमति दिनु हुँदैन। यो निश्चय नै ईश्‍वरको काम हुन सक्दैन।” यस्ता कामकुराहरू भएपछि, ख्रीष्टविरोधीहरूका हृदयमा, तिनीहरूले पहिला परमेश्‍वरको पहिचानलाई झनै बढी शङ्का गर्छन्, र त्यो सँगसँगै तिनीहरू परमेश्‍वरका कार्यहरू स्विकार्न सयौँ, हजारौँ गुणा बढी अनिच्छुक हुन्छन्, र तिनलाई न्याय र निन्दासमेत गर्छन्। तिनीहरू यो मामलालाई परमेश्‍वरबाट स्विकार्ने दाजुभाइ-दिदीबहिनीहरूलाई पनि यसो भन्दै गिज्याउँछन्, “तिमीहरू मूर्खहरू अझै पनि सबथोक ईश्‍वरकै कार्य हो भनेर विश्‍वास गर्छौ। ईश्‍वरले यस्तो कार्य गर्थेनन्! ईश्‍वरले त उनका थुमाहरूको सुरक्षा र हेरचाह गर्नुपर्छ, र आफ्ना हातले तिनीहरूलाई जोगाउनुपर्छ। ईश्‍वरहरू मानिसहरूका आश्रय हुन्; मानिसहरूले यी सारा कठिनाइहरू भोग्नु हुँदैन। मानिसहरूलाई सारा नकारात्मक र खराब कुराहरू आइपर्नु हुँदैन, ईश्‍वरहरूले त्यसरी काम गर्छन्।” ख्रीष्टविरोधीहरूका हृदय परमेश्‍वरबारेका शङ्का, इन्कार, धारणा, र निन्दाले भरिएका हुन्छन्। फलस्वरूप, परमेश्‍वरले जे गर्नुभए पनि, तिनीहरूका नजरमा त्यो गलत हुन्छ र परमेश्‍वरले गर्नुपर्ने काम हुँदैन, र त्यो तिनीहरूका लागि परमेश्‍वरलाई निन्दा र इन्कार गर्ने प्रमाण र गलचेप हुन्छ। यसमा, ख्रीष्टविरोधीहरूको परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति सार पूर्ण रूपमा प्रकाश हुन्छ। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको यातना र सतावट भोग्दा, प्रहरीले इस्तिरीलाई रातो हुनेगरी तताउँछन् र उनीहरूको शरीरमा डाम्छन्, जसले यति पीडा दिन्छ कि उनीहरू बेहोस हुन्छन्, र त्यहाँ रहेका सबै रगत चिसिनेगरी भयभीत हुन्छन्। यो दृश्य देखेपछि ख्रीष्टविरोधीहरूले के सोच्छन्? “यी शैतान र दियाबलसहरू अति निर्दयी छन्! तिनीहरूमा कुनै मानवता, दया वा करुणा छैन। तिनीहरूका विधिहरू अति क्रूर छन्, म त्यो हेर्नै सक्दिनँ! यदि म त्यहाँ भएको भए, म त्यस इस्तिरीलाई चिसो पारेर कपासमा परिणत गर्नेथिएँ, र तिनलाई मानिसहरूको शरीरमा बिस्तारै, न्यानो र नरम तरिकाले, ईश्‍वरको हातले आफ्ना थुमाहरूलाई सुमसुम्याएझैँ छुन लगाउनेथिएँ, मानिसहरूलाई उनको कृपालु हृदय, उनको प्रेम र न्यानोपन महसुस गर्ने तुल्याउनेथिएँ, र उनलाई पछ्याउन उनीहरूमा थप आस्था र दृढ-सङ्कल्प जागृत गराउनेथिएँ। तर मानवजाति भनेका मानवजाति मात्र हुन्—हाम्रा दाजुभाइ-दिदीबहिनीहरू र हामीजस्तै मानिसहरूले यति धेरै कष्ट भोगेको देख्दा हामी केही पनि गर्न शक्तिहीन हुन्छौँ। अनि ईश्‍वर कहाँ छन्? ईश्‍वरले किन यी शैतान र दियाबलसहरूका हातलाई यसै क्षण रोक्दैनन्? उनले किन रातो-तातो इस्तिरीलाई चिस्याउँदैनन्? इस्तिरीले दाजुभाइ-दिदीबहिनीहरूलाई छुँदा, ईश्‍वरले किन उनीहरूलाई कुनै पीडा महसुस नगर्ने तुल्याउँदैनन्? गुआनयिन बोधिसत्त्व भएका भए, उनले पक्कै पनि यसो गर्नेथिइन्; उनी जीवित प्राणीहरूले एकअर्कालाई दुर्व्यवहार गरेको र मारेको हेर्न चाहँदिनन्, उनी तिनीहरू कसैले अलिकति पनि हेपाइ वा पीडा सहेको देख्न चाहँदिनन्। उनले सारा प्राणीहरूलाई मनमा राख्छिन्, उनको हृदय आकाशभन्दा फराकिलो छ, र उनको प्रेम असीमित छ। त्यो नै साँचो ईश्‍वर हो! ईश्‍वरले किन यस्तो कार्य गर्दैनन्? म कुनै ईश्‍वर होइन, ममा यो क्षमता छैन। यदि म परमेश्‍वर भएको भए, म मेरा मानिसहरूलाई यसरी दुःख भोग्न दिन्‍नथेँ।” ख्रीष्टविरोधीहरूलाई चाहे जे आइपरे पनि, तिनीहरूका आफ्नै दृष्टिकोण, दाबी, राय, र “उत्कृष्ट विचारहरू” समेत हुन्छन्। तिनीहरूमाथि चाहे जे आइपरे पनि, तिनीहरू त्यसलाई कहिल्यै परमेश्‍वरका वचनहरूसित जोड्दैनन्, तिनीहरू परमेश्‍वरलाई बुझ्न, परमेश्‍वरको गवाही दिन, परमेश्‍वरको पहिचान पुष्टि गर्न, परमेश्‍वरको पहिचान बोकेका परमेश्‍वरको सार कहाँ र कसरी व्यक्त हुन्छ भनेर पुष्टि गर्न कहिल्यै सत्यता खोज्दैनन्—ख्रीष्टविरोधीहरू यसरी अभ्यास गर्दैनन्। बरु, तिनीहरूले हरमोडमा शैतानका, विभिन्‍न दुष्टात्माहरूका, वा गुआनयिन बोधिसत्व र बुद्धका दृष्टिकोणहरू प्रयोग गरेर परमेश्‍वरको मापन र उहाँसँग प्रतिस्पर्धा गर्छन्। यसको अन्तिम नतिजा के हुन्छ? ख्रीष्टविरोधीहरू हरमोडमा परमेश्‍वरलाई, उहाँका कार्यहरू र सार, उहाँले गर्ने सबथोकको अर्थ र मूल्य, र त्यसले मानिसहरूलाई कसरी शिक्षा दिन्छ भन्‍ने कुरालाई नकार्छन्। तिनीहरू परमेश्‍वरले यसरी काम गरेर मानिसहरूमा प्राप्त गर्ने अभिप्राय राख्नुभएको नतिजा, र परमेश्‍वरका अभिप्रायहरूको अस्तित्वलाई नकार्छन्। परमेश्‍वरले गर्ने सबै कुराको महत्त्व र मूल्यलाई नकारेर, के ख्रीष्टविरोधीहरू परमेश्‍वरको पहिचानलाई नकारिरहेका छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू र सार, तिनीहरूले प्रकाश गर्ने सोचहरू, अनि तिनीहरूलाई केही आइपर्दा परमेश्‍वरबारे तिनीहरूका रिस, माग, असन्तुष्टि, र प्रश्नहरू, आदि, सबै ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचानलाई नमान्नुका ठोस प्रकटीकरणहरू हुन्। तथ्यहरू यिनै हुन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचानलाई नकार्नुका प्रकटीकरण र स्रोतहरूबारे भर्खरै हामीले गरेको सङ्गति र चिरफारमार्फत तैँले ख्रीष्टविरोधीहरूको के सार देखिस्? के तैँले ख्रीष्टविरोधीहरू यस संसारबारे निन्दात्मक छन् र निष्पक्षता र धार्मिकतालाई प्रेम गर्छन् भन्‍ने देख्न सक्छस्? के ख्रीष्टविरोधीहरू दयालु मानवता, करुणा, कृपा, महान् प्रेम, र दुष्टताप्रति घृणा भएका मानिसहरू हुन्? (होइनन्।) त्यसोभए ख्रीष्टविरोधीहरू कस्ता खालका मानिस हुन्? (तिनीहरू सत्यतालाई घृणा गर्ने र त्यसप्रति वितृष्ण हुने, हरमोडमा परमेश्‍वरको विरोध गर्ने दुष्ट मानिसहरू हुन्।) त्यो एउटा पक्ष हो। अरू? के ख्रीष्टविरोधीहरूले “पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्त्यमा अन्धा हुन्छन्, जबकि हत्यारा र आगजनीकर्ताहरूका सन्तानको सङ्ख्या वृद्धि हुन्छ” भन्‍ने सामाजिक भनाइलाई निकै अनुमोदन गर्दैनन् र? के यसको अर्थ तिनीहरू संसारको स्थितिबारे बिलौना गरिरहेका छन् र तिनीहरूलाई मानवजातिमाथि दया लागिरहेको छ भन्‍ने होइन र? तिनीहरू यस भनाइसित सहमत हुनुको प्रकृति के हो? के यस भनाइमा स्वर्गको अन्यायबारे कुनै गुनासो समावेश छैन र? ख्रीष्टविरोधीहरूले त्यसबारे केही गर्न नसक्ने भए पनि, तिनीहरू यस्ता रोष र भावनाहरू पाल्छन् र स्वर्ग अन्यायी भएको गुनासो गर्छन्: “स्वर्ग त निष्पक्ष हुन्छ र स्वर्गका आँखाहरू हुन्छन् भनिन्छ, होइन र? त्यसोभए किन यस संसारमा असल कार्य गर्नेहरूले इनाम पाउँदैनन्, जबकि दुष्ट मानिसहरूलाई फलिफाप हुन्छ? यस संसारमा निष्पक्षता कहाँ छ? यस संसारमा अन्यायका मामलाहरू कसरी उत्पन्‍न भए? किनकि स्वर्ग अन्धो र अन्यायपूर्ण छ!” यसभित्रको अन्तर्निहित अर्थ के हो भने, परमेश्‍वरसित कुनै निष्पक्षता छैन, र बुद्ध र गुआनयिन मात्र निष्पक्ष छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको हृदय वास्तविक परमेश्‍वरले गर्ने कामकुराप्रति रोष, गुनासो, इन्कार, र निन्दाले भरिएको हुन्छ। के कुराले यो सबै निम्त्याउँछ? यसको कारण के हो? यो ख्रीष्टविरोधीहरूको सारका कारण हो। यो के सार हो? निर्दिष्ट शब्दमा भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरूको हृदय ईश्वरको परिभाषाबारेका धारणा र कल्पनाहरूले भरिपूर्ण हुन्छ; तिनीहरू वास्तविक परमेश्‍वरले ठ्याक्कै कसरी काम गर्नुहुन्छ र मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर जान्दैनन् वा बुझ्दैनन्। परमेश्‍वरले गर्ने सबथोकबारे तिनीहरूको मूल्याङ्कन तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूमा आधारित हुन्छ। अनि यी कुराहरू केमा आधारित छन्? ती पूर्णतया शैतान र दियाबलस राजाहरूले मानवजातिमा हालिदिएका विभिन्‍न विधर्म र भ्रमहरूमा आधारित छन्। यी विधर्म र भ्रमहरू जतिसुकै दुष्ट वा पूर्वाग्रही भए पनि, ती मानिसहरूका धारणाहरू, मनोवैज्ञानिक आवश्यकताहरू, र भावनात्मक खाँचोहरूसित मेल खान्छन्, र ठ्याक्कै यिनै कुराहरू नै आफूलाई आचरणमा ढाल्ने र यावत थोकलाई मापन गर्ने ख्रीष्टविरोधीहरूका मानक, साथै परमेश्‍वरलाई मापन गर्ने मानक बन्छन्; ख्रीष्टविरोधीहरू जरैदेखि गलत हुन्छन्। अर्को अझै महत्त्वपूर्ण कारणचाहिँ ख्रीष्टविरोधीहरू शक्ति र भव्य चिजहरू मन पराउँछन्। उदाहरणका लागि, मानौँ एक जना व्यक्ति कुनै दरबारमा जन्मिन्छ, र उसले हरदिन उच्च कोटीको व्यवहारको आनन्द उठाउँछ, सबैभन्दा मीठो खाना खान्छ र सबैभन्दा राम्रा कपडाहरू लगाउँछ, उसले केही गर्नुपर्दैन, र आफूले चाहेको जे पनि पाउँछ। के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले यस्तो जीवन पछ्याउँछन्? कुनै सामान्य व्यक्तिलाई थोरै ईर्ष्या र डाह हुनेछ, तर त्यसपछि उसले यसो सोच्नेछ, “यो सबै परमेश्‍वरद्वारा निर्धारित हो। परमेश्‍वरले हामीलाई जहाँ राख्नुहुन्छ, हामी त्यहीँ जिउँछौँ। त्यस्तो जीवन हामीलाई सुहाउँछ नै भन्‍ने हुँदैन। के यस्तो वातावरणमा व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्न सक्छ? के व्यक्तिले सत्यता बुझ्न र मुक्ति पाउन सक्छ? त्यो कठिन हुनेछ। परमेश्‍वरले हामीलाई जे दिनुभयो, त्यो नै पर्याप्त छ; जबसम्म हामी परमेश्‍वरमा विश्‍वास गर्न सक्छौँ र परमेश्‍वरका वचनहरू पढ्न, आफ्नो कर्तव्य पूरा गर्न, र अन्त्यमा मुक्ति पाउन सही अवस्थामा हुन्छौँ, त्यो नै सबैभन्दा हर्षपूर्ण कुरा हो।” तर के ख्रीष्टविरोधीहरूले यस्तो सोच्नेथिए? (सोच्नेथिएनन्।) तिनीहरूले यस्तो सोच्नेथिए, “मेरा बुबा किन कुनै सम्राट् थिएनन्? यदि मेरा बुबा कुनै धनी मानिस वा सम्राट् भएका भए, मेरो जीवन साँच्चिकै जिउनलायक हुनेथ्यो। उसको बुबा किन सम्राट् हुन्? किन उसले खान वा लाउनको चिन्ता नलिई, बेपरवाह जीवन जिउँछ, आफूले चाहेको जे पनि पाउँछ, पैसा र शक्ति सधैँ उसकै कमानमा हुन्छ? स्वर्ग अन्यायपूर्ण छ! ऊ त्यति सक्षम छैन, र उसमा कुनै प्रतिभा, शिक्षा वा दिमाग छैन। उसले केका आधारमा यी यावत थोकहरू पायो? म चाहिँ किन पाउन सक्दिनँ? यदि म ती चिजहरू पाउन सक्दिनँ र अरूले सक्छन् भने, म तिनीहरूलाई घृणा गर्नेछु! अनि यदि मैले तिनीहरूलाई घृणा गर्न सकिनँ भने, म स्वर्गलाई अन्यायपूर्ण भएकोमा र मेरा लागि खराब भाग्य प्रबन्ध गरेकोमा घृणा गर्नेछु, र म मेरो दुर्भाग्यलाई घृणा गर्नेछु, मेरो बाटो छेक्ने नीच व्यक्तिलाई घृणा गर्नेछु, र मेरो घरको खराब वास्तुलाई घृणा गर्नेछु!” तिनीहरूको मनमा के चलिरहेको हुन्छ? ख्रीष्टविरोधीहरूका हृदयमा घृणा जागेपछि, तिनीहरूका मुखबाट हरप्रकारका भ्रामक तर्कहरू निस्कन सक्छन्।

सतहमा, ख्रीष्टविरोधीहरू अत्यन्तै हितकारी देखिन्छन्, तर तथ्य के हो भने, तिनीहरूले आराधना गर्ने र पछ्याउने कुनै पनि कुराहरू सकारात्मक हुँदैनन्। तिनीहरूले प्रचार गर्ने उक्ति र भनाइहरू सुन्दा तिनीहरूले संसारको स्थितिबारे बिलौना गरिरहेका र तिनीहरूलाई मानवजातिमाथि दया लागिरहेको जस्तो, र तिनीहरूले हृदयमा शुभेच्छा पालेको जस्तो सुनिएला, तर खासमा, तिनीहरू पूर्णतया दियाबलसहरू र शैतानहरू हुन्। यदि तिनीहरूले शक्ति प्राप्त गर्छन् र तिनीहरू यस संसारमा माथि उक्लिन्छन् भने, के तिनीहरू दुष्टता गर्न सक्षम हुन्छन्? के तिनीहरू असल मानिस बन्‍न सक्षम हुन्छन्? तिनीहरू जघन्य पापहरूले भरिएका दुर्जनहरू हुन्। तिनीहरूले शक्ति प्राप्त गर्न नसक्ने र संसारमा खासै उन्‍नति नगरिरहेका हुनाले, तिनीहरू अलि अन्यायमा परेको महसुस गर्छन् र त्यसपछि परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन पुग्छन्। तर, सारमा, तिनीहरू सत्यता बिलकुलै पछ्याउन चाहँदैनन्, र तिनीहरू विशेषगरी सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्; बरु, तिनीहरू सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन् र दुष्ट शक्तिहरू, शक्ति, विलासी जीवनशैली, र संसारका दुष्ट प्रचलनहरूलाई प्रेम गर्छन्। त्यसकारण, तिनीहरू परमेश्‍वरको पहिचान र सार बोकेका परमेश्‍वरले भन्‍ने र गर्ने सबै कुरालाई तिरस्कार गर्छन्, र तिनीहरू यी कुराहरूलाई निन्दा, न्याय र बदनाम गर्छन्। परमेश्‍वरको काम मानिसहरूका लागि जतिसुकै मूल्यवान् वा अर्थपूर्ण भए पनि, तिनीहरूले त्यसलाई न त मान्छन्, न स्विकार्छन्। तिनीहरूले परमेश्‍वरको पहिचान र सारलाई नस्विकार्ने मात्र नभई, तिनीहरू कुनै ईश्‍वरको नक्कल गर्न पनि चाहन्छन्, सारा प्राणीहरूलाई कष्टबाट छुटकारा दिन सक्ने मुक्तिदाता भएको ढोँग गर्छन्, जसले पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्धो नहुने, हत्यारा र आगजनीकर्ताहरू दण्डित हुने र तिनीहरूका सन्ततिहरूको सङ्ख्या नबढ्ने, अनि समाजको सबैभन्दा तल्लो स्तरका र कष्ट सहिरहेका मानिसहरूले अबउप्रान्त कष्ट नभोग्ने र तिनीहरूका गुनासाहरू सम्बोधन गर्ने स्थान पाउने सुनिश्चित गर्न सक्छ। तिनीहरू संसारको सबै पीडा हटाउन र मानिसहरूलाई दुःखबाट छुटकारा दिलाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू साँच्चिकै हृदयको गहिराइमा “विश्‍वव्यापी प्रेम” र असीमित “महान् प्रेम” पाल्छन्! आखिरमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान र सारलाई नमान्नुका पछाडिको कारण ठ्याक्कै के हो त? तिनीहरू यसो भन्छन्: “ईश्वरले जे गरे पनि, उनी ईश्वरजस्ता छैनन्। ईश्वरजस्तो त सबैभन्दा अधिक म छु; म ईश्वर हुन सबैभन्दा योग्य छु। किनकि ईश्वरले जे गर्छन्, त्यो मेरो रुचिहरूसँग मिल्दैन वा जनमानसका रुचि र आवश्यकताहरूअनुरूप हुँदैन; मैले मात्र जनमानसका आवश्यकता र मन बुझ्न सक्छु, मैले मात्र सारा प्राणीहरूलाई कष्टबाट छुटकारा दिलाउन सक्छु, र म मात्र मानवजातिको मुक्तिदाता हुन सक्छु।” तिनीहरूका महत्त्वाकाङ्क्षा र सार खुलासा भएका छन्, छैनन् र? यस्ता महत्त्वाकाङ्क्षा र सार भएका ख्रीष्टविरोधीहरूको साँचो स्वरूप ठ्याक्कै कस्तो हुन्छ? यो प्रधान स्वर्गदूत, दियाबलस शैतान हो। तिनीहरू परमेश्‍वरको पहिचानलाई नकार्छन् र परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, किनभने तिनीहरू आफै ईश्वर हुन चाहन्छन्। तिनीहरू ईश्वरले तिनीहरूले जस्तै सोच्नुपर्छ, र ईश्वरसित तिनीहरूकै जस्ता प्रकटीकरणहरू, स्वभाव, र महान् प्रेमको सार हुनुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरू संसारका सारा अन्याय देखेपछि संसारको स्थितिबारे बिलौना गर्ने र मानवजातिमाथि दया गर्ने मानसिकता बोकेको व्यक्ति मात्र ईश्वर हो भन्‍ने सोच्छन्। तिनीहरू आफूले विश्‍वास गर्ने परमेश्‍वरसँग यी गुण छैनन्, तिनीहरू मात्र यस्तो मन र यस्तो ठूलो हृदय भएका, तिनीहरूसँग मात्र यस्तो सद्गुण र महान् प्रेम भएको भन्ठान्छन्। यो नै ख्रीष्टविरोधीहरूको सार, परमेश्‍वरको पहिचान स्विकार्न नमान्‍ने तिनीहरूका विभिन्‍न प्रकटीकरण र सार हो। त्यसकारण, यदि तँ ख्रीष्टविरोधीहरूलाई ईश्वरका रूपमा श्रद्धा गर्छस् र तिनीहरूको आराधना गर्छस् भने, तिनीहरू तँप्रति रोष महसुस गर्नेछैनन्। यदि तैँले तिनीहरूको पहिचान र सार ईश्वरहरूको जस्तो छ, तिनीहरूसित बुद्धकै समान मन र महान् प्रेम छ, र तिनीहरू ईश्वर हुन् भन्दै तिनीहरूलाई पछ्याउँछस् भने, तिनीहरू तँसित खुसी र पूर्ण रूपमा सन्तुष्ट हुनेछन्। यो नै ख्रीष्टविरोधीहरूको सार हो। के ख्रीष्टविरोधीहरूले देखाउने यो सार दुष्ट छैन र? तैँले परमेश्‍वरको नाम र उहाँका अद्भुत कार्यहरूको जति नै गुणगान गरे पनि, अनि मानवजातिको मुक्तिका लागि परमेश्‍वरले गर्नुभएको सबथोक र उहाँले चुकाउनुभएका मूल्यहरूको गवाही दिए पनि, तिनीहरू हृदयमा अवज्ञाकारी हुनेछन् र यसो भन्‍नेछन्, “म यसको तारिफ गर्न सक्दिनँ। म यसलाई त्यो रूपमा हेर्दिनँ; त्यो सबै मानव मनोकामना र कल्पना मात्र हो।” जब तैँले परमेश्‍वर, उहाँको बुद्धि, उहाँको सर्वशक्तिमान्‌ता, मानवजातिलाई मुक्ति दिने उहाँका श्रमसाध्य अभिप्रायहरू, र उहाँले चुकाउनुभएका मूल्यहरूको गवाही दिन्छस्, अनि उहाँको सार, उहाँको पहिचान, र सृष्टिकर्ताले मानवजातिमाथि गर्नुभएको सबथोकको गवाही दिन्छस्, तब एक खाले व्यक्तिलाई मात्र असहज महसुस हुन्छ, र त्यो ख्रीष्टविरोधी हो। अनि उसले के सोच्छ? “तिमी किन सधैँ ईश्वरबारे कुरा गर्छौ? मैले पनि तिमीलाई धेरै मलजल र समर्थन गरेको छु। मैले तिमीलाई प्रेम गरेको छु, मदत गरेको छु, तिमी बिरामी हुँदा औषधी किनिदिएको छु, र अरूले छाडेर जाँदा तिमीलाई सहयोग गरेको छु, तिमीसँगै सङ्गति गरेको छु, र तिम्रो साथमा रहेको छु। तिमी किन मेरो प्रशंसा गर्दैनौ?” कसैले परमेश्‍वरको गवाही दिने वा प्रशंसा गर्नेबित्तिकै, ख्रीष्टविरोधीहरू निराश महसुस गर्छन् र ईर्ष्याका कारण उसलाई घृणा गर्छन्। कसैबाट परमेश्‍वरको प्रशंसा भइरहेको सुन्दा परमेश्‍वरका सामान्य विश्‍वासीहरूले के महसुस गर्छन्? सुरुमा, तिनीहरूले त्यस व्यक्तिले भनेको कुरालाई र उसले सङ्गति गरेको अनुभवात्मक गवाहीलाई “आमेन” भन्‍नेछन्। त्यसका साथै, तिनीहरूले ध्यानपूर्वक सुन्‍नेछन्, र सोच्नेछन्, “परमेश्‍वरले ऊमाथि त्यसरी काम गर्नुभयो—परमेश्‍वर अत्यन्तै महान् हुनुहुन्छ, उहाँले मानिसलाई साँच्चिकै प्रेम गर्नुहुन्छ! यदि मैले भविष्यमा त्यस्तै परिस्थितिहरू सामना गर्नुपर्‍यो भने, म पनि सत्यता खोज्नेछु। तिनीहरूले त्यसरी कार्य गरेर परमेश्‍वरलाई चोट पुर्‍याउँछन्; मैले पनि विगतमा त्यसरी कार्य गरेको छु, म बस यसबारे अनजान थिएँ। म परमेश्‍वरप्रति ऋणी छु! परमेश्‍वरले यसरी कार्य गर्नु मानिसहरूका लागि लाभदायक हुन्छ, तर मैले यो कुरा बुझिनँ। मलाई लाग्छ, मेरो कद यस व्यक्तिको भन्दा सानो छ, मेरो बुझाइ शुद्ध छैन, र मेरो क्षमता कमजोर छ। म सानो कदको व्यक्तिलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनेर परमेश्‍वरलाई प्रार्थना गर्छु। परीक्षाहरू सामना गर्दा ऊ कसरी कमजोर बनेन? ऊसँग परमेश्‍वरका वचनहरूको मार्गदर्शन थियो। यदि मैले त्यस्ता परिस्थितिहरू सामना गरिरहेको भए, म कमजोर बन्नेथिएँ र मैले ठोकर खान पनि सक्थेँ। परमेश्‍वरले मेरो सानो कद देखेर अहिलेसम्म त्यस्तो परिस्थिति सामना नगराएर ममाथि दया देखाउनुभएको छ। परमेश्‍वरले गर्ने सबथोक असल हुन्छ!” तर यो सुन्दा ख्रीष्टविरोधीहरू बेखुसी हुन्छन्: “के रे? ईश्‍वरले गर्ने सबथोक असल हुन्छ रे? यो असलपन कहाँ छ? यदि ईश्‍वरले गर्ने सबथोक त्यति असल हुन्छ भने, मानिसहरू नकारात्मक र कमजोर किन छन्? यदि ईश्वरले गर्ने सबथोक असल हुन्छ भने, कतिपय मानिसहरू किन निष्कासित हुन्छन्? यदि ईश्वरले गर्ने सबथोक असल हुन्छ भने, सुसमाचार प्रचार गर्ने र कर्तव्यहरू पूरा गर्ने क्रममा किन सधैँ अवरोध र बाधाहरू हुन्छन्? मैले कति धेरै असल कुरा गरेको छु; मैले परिश्रम गरेको छु, भेटीहरू चढाएको छु, र सुसमाचार प्रचार गर्दा मानिसहरू प्राप्त गरेको छु। किन कसैले मेरो प्रशंसा गर्दैन? ईश्वरले त्यसको बदलामा मलाई किन कुनै चिज, कुनै इनाम दिएका छैनन्? यदि मानिसहरूलाई मेरै सामु मेरो प्रशंसा गर्न लाज लाग्छ भने, मेरो पिठ्यूँपछाडि गरे पनि हुन्छ। किन कसैले मेरो प्रशंसा वा सराहना गर्दैन? के ममा कुनै सद्गुण छैनन् र?” तिनीहरू निराश बन्छन्। यदि कसैले साधारण व्यक्तिको प्रशंसा गरेमा, ख्रीष्टविरोधीहरूले खासै केही महसुस गर्नेछैनन्। तर कसैले परमेश्‍वरको महान् शक्ति, महान् प्रेम, र बुद्धिको, वा परमेश्‍वरको पहिचानको गवाही दिनेबित्तिकै, ख्रीष्टविरोधीहरूलाई घृणा र ईर्ष्या महसुस हुन्छ। जब पनि कोही परमेश्‍वरप्रति समर्पित हुन, उचित सृजित प्राणी हुन र आफ्ना दायराहरू ननाघ्ने र सृष्टिकर्ताको प्रभुत्वअन्तर्गत समर्पित हुने व्यक्ति हुन इच्छुक हुन्छ, ख्रीष्टविरोधीहरूले यो कुरा मन पराउँदैनन् र भन्छन्, “तिमी किन यति इच्छुक र सक्रिय रूपमा परमेश्‍वरमा समर्पित हुन्छौ? तिमीलाई किन मैले भनेको कुनै पनि कुरा सुन्‍न यति गाह्रो हुन्छ? म जे भन्छु त्यो गलत छैन!” तिनीहरूलाई मानिसहरूले तिनीहरूका अनुयायी बनेर हरमोडमा तिनीहरूको प्रशंसा गरेको, तिनीहरूको नाम ओठमै राखेको, तिनीहरूलाई आफ्नो हृदयमा राखेको, तिनीहरूको असलपन र सबल पक्षहरूबारे सपनासमेत देखेको, र भेटेजति सबैसँग तिनीहरूको प्रशंसा गरेको मन पर्छ। यदि तिनीहरूले बिरामी परेर आफ्नो अनुहार देखाएनन् भने, मानिसहरूले यसो भन्‍नेछन्, “तपाईँबिना हामी के गरौँ? तपाईँ नहुँदा, हामी छरपस्ट हुन्छौँ; हामी विश्‍वास गरिरहन वा जिइरहन सक्दैनौँ!” यदि ख्रीष्टविरोधीहरूले यो कुरा सुनेमा, तिनीहरू खुसीले गदगद हुनेथिए, र यो सुन्‍न तिनीहरू जस्तोसुकै कष्ट सहन वा दिनौँसम्म खाना वा निन्द्रा त्याग्न तयार हुनेथिए। तर यदि कसैले तिनीहरूको प्रशंसा गर्दैन, तिनीहरूलाई आदर्श पात्र मान्दैन, तिनीहरूको आराधना गर्दैन, वा तिनीहरूलाई गम्भीरतापूर्वक लिँदैन भने, तिनीहरू निराश महसुस गर्छन् र हृदयमा घृणा पाल्छन्—यो एक खाँटी ख्रीष्टविरोधी हो। छोटकरीमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान कहिल्यै स्विकार्नेछैनन्। तिनीहरू परमेश्‍वरको पहिचान र सारलाई स्विकार्दैनन्, परमेश्‍वरको पहिचान र सार बोकेको एउटै परमेश्‍वरले तिनीहरूमाथि गरेको कामलाई त झनै स्विकार्दैनन्, न त तिनीहरू परमेश्‍वरले मानवजातिमाझ गरेको सम्पूर्ण कामलाई मान्ने वा स्विकार्ने नै गर्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्