विषयवस्तु एघार: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन् (खण्ड चार)

जब ख्रीष्टविरोधीहरूले कामको कुनै पनि भागको जिम्मा लिन्छन्, तिनीहरू लापरवाह हुन्छन् र तिनीहरूले दुष्ट मानिसहरू र परमेश्‍वरको घरको काममा बाधा दिनेहरूप्रति आँखा चिम्लन्छन्, वा तिनीहरूले ती व्यक्तिहरूको ढाकछोप समेत गर्छन्, उदार समेत हुन्छन् र तिनीहरूको रक्षा समेत गर्छन्। बर्खास्त भएपछि, ख्रीष्टविरोधीले फरक कर्तव्य लिँदा के ऊ परिवर्तन हुनेछ? (हुनेछैन।) किन त्यस्तो? (उसको प्रकृति सारमा भएको समस्याका कारण।) यस्तो गम्भीर त्रुटि गरेपछि, उसले अझै पनि पश्‍चात्ताप गर्दैन र उसले अझै पनि आफ्नो हृदयमा धारणा र गुनासोहरू पाल्छ, त्यसोभए के उसलाई आफूले गर्ने कुनै पनि कर्तव्यमा अलिकति इमानदार हुन सम्भव हुन्छ? ऊसँग कुनै धारणा वा गुनासोहरू हुनु अघि नै उसले आफ्नो कर्तव्यमा जथाभाबी दुष्कर्म गर्छ, त्यसैले उसमा यस्ता कुराहरू हुँदा, के ऊ आफ्नो कर्तव्यमा इमानदार हुन सम्भव हुन्छ? (हुँदैन।) अनि इमानदारीविना, के ऊ लापरवाह हुनेछ? के उसले जथाभाबी दुष्कर्म गर्नेछ? (गर्नेछ।) तिमीहरूमध्ये कतिपय विश्‍वस्त नहुन सक्छौ, त्यसैले आफै राम्ररी हेर, र त्यो दिन आउनेछ जब तँ विश्‍वस्त हुनेछस्। ख्रीष्टविरोधी कहिल्यै परिवर्तन हुन सक्दैन र उसलाई चाहे जहाँ राखे पनि ऊ सधैँ खराब नै हुनेछ। सत्यता पछ्याउने कुनै व्यक्तिलाई भ्रष्ट स्वभाव प्रकाश गरेकोमा काटछाँट गरिएपछि, उसमा केही परिवर्तनहरू हुन्छन्। उसको स्थिति अझ राम्रो हुँदै जान्छ, उसको मनोवृत्ति झन्-झन् सक्रिय बन्दै जान्छ, उसको दृष्टिकोण झन्-झन् सकारात्मक बन्दै जान्छ, उसको पछ्याइको लक्ष्य र दिशा झन्-झन् सही बन्दै जान्छ, उसले बढ्दो रूपमा परमेश्‍वरको डर मान्‍ने हृदयको विकास गर्छ र उसको मानवता झन्-झन् सम्मानयोग्य देखिन्छ। यसको विपरित, ख्रीष्टविरोधीलाई जति धेरै काटछाँट गरिन्छ, त्यति उसको भित्री आक्रोश बढ्छ, ऊ बढी रक्षात्मक बन्छ, उसले आफ्नो हृदयमा त्यति अन्याय महसुस गर्छ र परमेश्‍वरबारे उसको धारणा, घृणा र गुनासोहरू त्यति नै बढ्दै जान्छन्। उसलाई काटछाँट गरिएन भने उसको देहले थोरै मूल्य तिर्न सक्षम हुन्छ, तर जब उसलाई धेरै काटछाँट गरिन्छ, ऊसँग अलिकति पनि इमानदारी हुँदैन। ऊ साँच्चै नै आशारहित हुन्छ! यसलाई आफै अवलोकन गर्—यस प्रकारको व्यक्तिले सधैँ अरूलाई सहायता गर्ने प्रवचनहरू प्रचार गर्दछ, तर ऊ आफैले पटक्कै अभ्यास गर्दैन वा ऊसँग कुनै प्रवेश हुँदैन—यो एउटा विशेषता हो। अर्को विशेषता यो हो कि, उसले जुनसुकै काम गरिरहेको भए तापनि, उसले एकपटक हैसियत पाएपछि, उसले अघि सरेर केही जोश देखाउन सक्छ, तर ऊ सधैँ झाराटारुवा हुन्छ र आफ्नो काममा जथाभाबी दुष्कर्म गर्छ। जब उसले हैसियत गुमाउँछ, ऊ लड्न तयार हुन्छ, उसले आफ्नो अवस्थालाई आशारहित ठान्छ र दुस्साहसी र जथाभाबी रूपमा कार्य समेत गर्छ र परमेश्‍वरको डर मान्‍ने हृदयको पूर्ण रूपमा अभाव भएको एक अराजक जङ्‍गलीको रूपमा व्यवहार गर्छ। सारा मानवजातिमाझ, यस प्रकारको व्यक्ति ख्रीष्टविरोधीको एउटा उत्कृष्ट उदाहरण हो। ऊ अरू मानिसहरूका स्थितिहरूलाई निकै स्पष्ट र तार्किक रूपमा, बुझ्‍न सजिलो हुनेगरी चिरफार गर्न सक्षम हुन्छ, र तँलाई यो महसुस गराउँछ कि उसमा पनि आफ्नो बारे यस किसिमको बुझाइ छ। तर जब उसले कुनै प्रकारको गल्ती गर्छ, जब उसले भ्रष्ट स्वभावलाई प्रकाश गरेको हुन्छ र तैँले उसको खुलासा गर्ने र चिरफार गर्ने प्रयास गर्छस्, उसको मनोवृत्ति कस्तो हुन्छ हेर्। ऊ यसलाई स्वीकार गर्न पूर्ण रूपमा अनिच्छुक हुनेछ र उसले यसलाई स्वीकार नगरी, यसको खण्डन गर्ने र आफ्नो प्रतिरक्षा गर्ने सबै तरिकाहरू सोच्‍नेछ। कसैले उसलाई छुन सक्नेछैन, र जसले उसलाई उक्साउँछ, वा उसको कुनै समस्या खुलासा गरिदिन्छ, तिनीहरूले स्वयम्‌लाई समस्यामा पाउनेछन् र तिनीहरूलाई उसको शत्रुका रूपमा व्यवहार गरिनेछ।

जब ख्रीष्टविरोधीसँग हैसियत हुन्छ, ऊ अलिक कठिनाइ सहन र त्यसको सुरक्षा गर्नका लागि अलिकति मूल्य तिर्न सक्षम हुन्छ। ऊ संसारका सबैप्रति दया भएको अनुहार धारण गर्ने, सबैलाई मुक्ति दिन चाहने—एक पाखण्डी अनुहार धारण गर्न पनि सक्षम हुन्छ। यद्यपि, उसले आफ्नो हैसियत गुमाउनेबित्तिकै, उसको सबै परोपकार हराउँछ र तैपनि ऊ अझै पनि विगतमा पाएको समर्थन, सम्मान र विशेष ध्यानमा टाँसिन र आनन्द उठाउन चाहन्छ। ऊ अत्यन्तै निर्लज्ज छ! ख्रीष्टविरोधी जुनसुकै समूहमा भए तापनि, उसले अरू कसैलाई अलिकति पनि सहायता वा सुधार प्रदान गर्दैन, तैपनि ऊ अझै अरू सबैको समर्थन र सम्मानको आनन्द उठाउन चाहन्छ। चाहे अरू जोसुकैले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार गरे पनि, ख्रीष्टविरोधीले आफूसँग पनि सो छ भनेर बोल्नेछैन वा उसले विगतमा कस्तो भ्रष्ट स्वभाव प्रकाश गरेको छ भनेर कुरा गर्नेछैन। उसले कहिल्यै आफ्नो चिरफार गर्दैन र जब उसलाई कुनामा धकेलिन्छ, उसले केवल यसो भन्‍नेछ, “हो, म पिशाच हुँ, म शैतान हुँ,” त्यति नै हो। उसले यस प्रकारका केही उच्च सुनिने, खोक्रा शब्दहरू मात्र बोल्छ। यदि तैँले उसलाई, “तँमा पिशाच र शैतान हुनुका निश्‍चित प्रकटीकरण र प्रकाशहरू कुन-कुन छन्? तैँले काम गर्दा तँसँग कस्ता प्रकारका मनसाय र अभिप्रायहरू हुन्छन्?” भनेर सोधिस् भने, उसले केही पनि भन्‍नेछैन। के ऊ शैतान होइन? त्यो शक्तिमा आएदेखि, ठूलो रातो अजिङ्गरले अनगिन्ती दुष्टताहरू गरेको छ, र त्यसको शासनकालमा त्यसले लगातार आफ्ना गलत कार्यहरूलाई स्वीकार र सुधार गर्दै आएको छ, यस दौरानमा त्यसले त्यसका मानिसहरूमाथिको दुर्व्यवहारलाई झनै बढाउँदै आएको छ। जब तैँले त्यसले आफ्ना गलत कार्यहरू स्वीकार गरेको देख्छस्, तैँले सोच्‍न सक्छस् कि यसले पश्‍चात्ताप गर्नेछ र नयाँ जीवन सुरु गर्नेछ, यसमा स्वीकारोक्तिको मनोवृत्ति छ र यसले सायद फेरि त्यस्ता गल्तीहरू गर्नेछैन। तर त्यसपछि घट्ने घटनाहरू र कामकुराहरूको विकासलाई मूल्याङ्कन गर्दा, ठूलो रातो अजिङ्गरको आफ्ना गलत कार्यहरूको स्वीकारोक्ति केवल आफ्नो छवि र हैसियतको रक्षाका खातिर हो, त्यसले शक्ति जमाई राख्‍न र आफ्ना मानिसहरूलाई दुर्व्यवहार गर्ने थप भयानक कार्यहरू गर्नका लागि मार्ग प्रशस्त गरिरहेको हुन्छ। ख्रीष्टविरोधीहरू उस्तै हुन्छन्—तिनीहरूसँग दियाबलसहरू, शैतान र ठूलो रातो अजिङ्गरको जस्तै प्रकृति सार हुन्छ। तिनीहरू ढोँग गर्न माहिर हुन्छन् र तिनीहरूमा झूटो बोल्ने बानी हुन्छ; लाज भन्‍ने कुरो तिनीहरूलाई थाहा हुँदैन, तिनीहरू सत्य र सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन् र सत्यतालाई बिलकुलै स्वीकार गर्दैनन्। यसकाअतिरिक्त, तिनीहरू केवल कर्णप्रिय कुराहरू मात्रै बोल्छन् र हर प्रकारका खराब कुराहरू मात्र गर्छन्। दाजुभाइ र दिदीबहिनीहरूका वरिपरि, ख्रीष्टविरोधीहरूले प्रायः सही कुराहरू भन्छन् र बाहिरबाट सही देखिने कुराहरू गर्छन्, तर जब तिनीहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार कडाइका साथ अभ्यास गर्न, परमेश्‍वरको घरको कामका प्रबन्धहरू लागू गर्न आग्रह गरिन्छ, तब तिनीहरूले त्यस्तो कुनै काम गर्दैनन्, अनि बरु विना कुनै निशान गायब हुन्छन्। यदि तैँले तिनीहरूलाई विना कुनै सुपरिवेक्षण वा आग्रह छोडिस् भने, तिनीहरूले जथाभाबी दुष्कर्म गर्नेछन् र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नेछन्। शक्ति प्राप्त गर्ने आफ्नो उद्देश्य प्राप्त गर्न, तिनीहरूले जुनसुकै कठिनाइ पनि सहनेछन् र कुनै पनि मूल्य तिर्नेछन्। हामी यसबाट देख्‍न सक्छौँ कि ख्रीष्टविरोधीहरूमा अर्को प्रकारको प्रकृति सार हुन्छ, जुन यो हो कि तिनीहरू स्वार्थी र घृणास्पद हुन्छन्। आफ्नो लागि केही गर्दा अलिकति मूल्य तिर्नुबाहेक, यदि तिनीहरूलाई दाजुभाइ र दिदीबहिनीहरूका लागि, परमेश्‍वरको घरका लागि, बदलामा केही प्राप्त नगरीकन केही गर्न वा भन्‍न लगाइयो भने, के तिनीहरू यति दयालु हुनेछन्? के तिनीहरूले त्यो बोझ लिनेछन्? (अहँ।) त्यसोभए माथिले तिनीहरूलाई कार्यान्वयन गर्न भनेका कुराहरूको सन्दर्भमा, जब त्यो कामको जाँच गर्ने समय आउँछ, तिनीहरूले तीमध्ये कुनै पनि कार्यान्वयन गरेका हुनेछैनन्। किन त्यस्तो? किनभने त्यसो गर्नका निम्ति तिनीहरूले आफैलाई थकाउनु पर्ने र पीडा भोग्नुपर्ने हुनेथ्यो; तिनीहरूले मूल्य तिर्नुपर्ने हुनेथ्यो र तिनीहरूले यसबाट धेरै फाइदा नपाउने सम्भावना हुनेथ्यो। त्यसैले, तिनीहरूले बिलकुलै त्यसो गर्नेछैनन्। यदि अधिकांश मानिसहरूले त्यसबाट फाइदा उठाउने भए, यदि अधिकांश मानिसहरूले यसबाट लाभ उठाउने भए, के ख्रीष्टविरोधी यसको मूल्य तिर्न इच्छुक हुनेथियो? हुनेथिएन। यदि अधिकांश मानिसहरूले त्यसका निम्ति उसलाई सम्मान र याद, अनि आराधना र प्रशंसा गर्ने भएका भए र यदि उसलाई यस राम्रो कार्यका निम्ति पुस्तौँ-पुस्तासम्म याद गरिने भएको भए, उसले कसरी कार्य गर्नेथियो? ऊ तुरुन्तै कार्यमा उत्रिने थियो र अरूभन्दा खुसी भएर त्यो गर्नेथियो। यो निर्लज्ज कुरा हो, होइन र? शैतान, दियाबलस, साँच्चै निर्लज्ज छ। त्यसले अनगिन्ती दुष्टताहरू गरेको छ, तैपनि सबैजना त्यसप्रति गहन रूपमा आभारी भएको, मानिसहरूले त्यसलाई नजिकबाट पछ्याऊन् र उसलाई मन पराइरहुन् भन्‍ने चाहन्छ। त्यसले मानिसहरूलाई निकै दुर्व्यवहार गर्छ, तापनि तिनीहरूले अझै पनि त्यसको प्रशंसा गरून् भन्‍ने चाहन्छ। ख्रीष्टविरोधीहरू उस्तै हुन्। ख्रीष्टविरोधीले कतिवटा प्रवचनहरू सुनेको छ, वा उसले कतिवटा धर्मसिद्धान्तहरू बुझ्छ भन्‍ने कुराले फरक पार्दैन, यदि तैँले उसलाई कुनै काम वा कर्तव्य झारा नटारीकन गर्न भनिस् भने उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई आफ्नै स्वतन्त्र राज्य स्थापना नगर्न वा जथाभाबी दुष्कर्म नगर्न आग्रह गरिस् भने, उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई हैसियतका लाभहरू नलिन, आराममा लिप्त नहुन, हैसियत र विशिष्ट विशेषाधिकारहरूको आनन्दमा लिप्त नहुन आग्रह गरिस् भने, उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई अरूलाई सास्ती नदिन वा झूट नबोल्न भनिस् भने, उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई भेटीहरूलाई फजुल खर्च नगर्न र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न आग्रह गरिस् भने, उसले त्यसो गर्न सक्दैन। यदि तैँले उसलाई आफ्नै गवाही नदिन भनिस् भने, उसले कहिल्यै त्यसो गर्न सक्नेछैन; यदि तैँले उसलाई बदलामा केही प्राप्त नगरी परमेश्‍वरका चुनिएका मानिसहरूका लागि अलिकति मूल्य तिर्न, वा बेनाम रूपमा थोरै मात्र भए पनि काम गर्न भनिस् भने, उसले त्यसो गर्न सक्नेछैन। ऊ के गर्न सक्षम छ त? ऊ जथाभाबी दुष्कर्म गर्न, आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न, आफ्नै गवाही दिन, भेटीहरू फजुल खर्च गर्न, मण्डलीको भरमा बाँच्‍न, अरूलाई सास्ती दिन, नाराहरू लगाउन, धर्मसिद्धान्तहरू बक्न, मानिसहरूलाई बहकाउनका निम्ति विधर्म र भ्रम फैलाउन, र इत्यादि गर्न सक्षम छ—उसका निम्ति यी कुराहरू गर्नु निकै सहज हुन्छ। के तिमीहरू वरिपरि त्यस्तो कोही छ? उसले शक्ति पाउने बित्तिकै, एकपटक अलिकति मात्रै शक्ति पाए पछि, ऊ परमेश्‍वरको घरको खजानालाई कब्जा गर्न चाहन्छ; उसले जेसुकै किने तापनि, ऊ उच्च गुणस्तर, महँगो र ब्रान्ड भएका कुराहरू प्राप्त गर्न चाहन्छ र उसले यसबारे अरू कसैसँग छलफल गर्दैन वा अरूले भनेको कुरा नै सुन्दैन। एकपटक उसलाई अलिकति शक्ति दिइयो भने उ त्यसमा रमाउँछ। जब उसलाई अलिकति शक्ति दिइन्छ, ऊ गुटहरू बनाउन र आफ्नै तरिकाले कामकुरा गर्न चाहन्छ, र माथि वा अरू कसैको कुरा सुन्‍न इन्कार गर्छ। जब उसलाई अलिकति शक्ति दिइन्छ, उसले आफू ईश्वर भएको महसुस गर्छ र आफ्नै गवाही दिन चाहन्छ ताकि अरूले उसको समर्थन गरून्, र ऊ आफ्नै गुट, आफ्नै गिरोह बनाउन चाहन्छ। जब उसलाई अलिकति शक्ति दिइन्छ, ऊ दाजुभाइ र दिदीबहिनीहरू उसको पकड भित्र कडा रूपमा नियन्त्रित भएको चाहन्छ। यदि परमेश्‍वरको घरको कामले कसैलाई ऊबाट टाढा सरुवा गर्न आवश्यक ठान्यो भने, त्यो एकदम कठिन हुनेछ। उसले यसलाई अनुमोदन गर्नैपर्ने हुन्छ र कसैले ऊसँग यसबारे छलफल गर्नुपर्ने हुन्छ, अनि उसले त्यस व्यक्तिबाट आफूलाई मन नपर्ने मनोवृत्ति स्वीकार गर्नेछैन। सारा संसारले ऊसँग शक्ति र प्रभाव छ भनेर जानेको ऊ चाहन्छ र सबैजनाले ऊप्रति सम्मानजनक र विचारशील व्यवहार गर्नैपर्छ। यो आम रूपमा पहिचान गरिएको तथ्य हो। ख्रीष्टविरोधीले आफूमा भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्वीकार गर्नेछैन। यसलाई आफै अवलोकन गर—आफूमा भ्रष्ट स्वभाव छ भनी स्वीकार नगर्नेहरूले केही गलत गरेपछि र भ्रष्ट स्वभाव प्रकाश गरेपछि पश्‍चात्ताप गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू कुन दिशामा विकसित हुन्‍छन् र अन्तमा कस्तो मार्ग लिन्छन्, आफ्नो कर्तव्य पूरा गर्दा र अरूसँग अन्तरक्रिया गर्दा कसरी व्यवहार गर्छन्, हैसियतको सन्दर्भमा कसरी व्यवहार गर्छन् र काम गर्ने तिनीहरूको तरिका र विधिहरू के-के हुन्। के तिमीहरूले यो खुट्ट्याउन सक्नेछौ? यदि तिमीहरू यी कुराहरूको निष्कर्षमा आउन सक्छौ भने, तिमीहरूसँग केही सुझबुझ छ।

ग. परमेश्‍वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न नमान्नु

ख्रीष्टविरोधीहरूले काँटछाँट स्वीकार्न नमान्‍नु र कुनै गलत काम गर्दा तिनीहरूमा पश्‍चात्तापको मनोवृत्तिको अभाव हुनुको तेस्रो कारण छ, जुन यो हो कि तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न मान्दैनन्। मैले अघिल्ला दुई कारणहरूका बारेमा तुलनात्मक रूपमा विस्तृत सङ्‍गति दिएँ; शाब्दिक अर्थको सन्दर्भमा यो पहिलो दुईभन्दा अलि फरक छ, तर सारमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्वीकार गर्न नमान्‍ने कारणसँग सम्बन्धित छ, त्यसैले हामीले हाम्रो सङ्‍गतिलाई छोटो र सङ्क्षिप्त राख्‍न सक्छौँ। जब एउटा ख्रीष्टविरोधीको काटछाँट गरिन्छ, अनि तैँले ऊसँग सत्यताबारे सङ्गति गर्छस्, सत्यता सिद्धान्तहरू र कार्य गर्ने सिद्धान्तहरूबारे कुरा गर्छस्, के उसले यसलाई सुनेपछि यसलाई स्वीकार गर्न सक्षम हुनेछ? (अहँ।) चाहे ख्रीष्टविरोधीले सत्यतालाई जुनसुकै बेला सुनोस्, यसप्रति उसको मनोवृत्ति सधैँ एउटै हुनेछ—निन्दा र प्रतिरोध। सत्यताका सिद्धान्तहरू के हुन्? ती कुनै कुरा कसरी गर्ने भनेर मापन गर्ने मानक हुन्। जबसम्म यसलाई पूर्ण रूपमा परमेश्‍वरका वचनहरूका सत्यतासँग मिल्नेगरी गरिन्छ, तबसम्म एक व्यक्तिले जे गर्छ त्यो सिद्धान्तमा आधारित हुनेछ। यो नै सिद्धान्तहरू अनुसार कार्य गर्नु हो। यदि तेरो सङ्‍गति सत्यता सिद्धान्तहरूअनुसार छ भने, ख्रीष्टविरोधीले यसलाई पटक्कै स्वीकार गर्नेछैन; तेरो सङ्‍गति जति सकारात्मक, व्यावहारिक, निष्पक्ष, सही र तथ्यमा आधारित हुन्छ, ख्रीष्टविरोधीका लागि त्यो त्यति नै अस्वीकार्य हुनेछ। उसले सत्यता वा तथ्यहरू स्वीकार गर्न इन्कार गर्दै बाङ्‍गो तर्कहरूका साथ प्रतिक्रिया दिनेछ। यदि तैँले उसँग त्यस मामलामा आफ्नो जिम्मेवारीहरू पूरा गर्नका निम्ति कसरी कार्य गर्ने भन्‍ने बारेमा कुरा गरिस् भने, उसले आफूले कसरी कष्ट भोगेको छ र मूल्य तिरेको छ भनेर तँलाई बताउनेछ; यदि तैँले उसलाई सत्यता सिद्धान्तहरू अनुसार कसरी कार्य गर्ने भन्‍ने बारे कुरा गरिस् भने, उसले कति धेरै सडकहरूको यात्रा गरेको छ, कति कष्ट भोगेको छ र कति धेरै बातचित गरेको छ भनेर तँलाई बताउनेछ। यदि तैँले ऊसँग इमानदार व्यक्ति कसरी बन्‍ने, इमानदार र सच्चा हृदयका साथ कसरी काम गर्ने र कर्तव्य पूरा गर्ने भन्‍ने बारेमा कुरा गरिस् भने, उसले चासो दिनेछैन र तँलाई बेवास्ता गर्नेछ। जब उसले कार्य गर्छ, उसले दाउपेच, षड्यन्त्र र युक्तिहरूमा मात्र ध्यान केन्द्रित गर्नेछ। समग्रमा, ख्रीष्टविरोधीसँग आफ्ना कार्यहरूका लागि आफ्नै अद्वितीय सिद्धान्तहरूको थुप्रो हुन्छ र ऊ अरूका नजरमा वा परमेश्‍वरका नजरमा जतिसुकै गलत, नीच, हास्यास्पद र अर्थहीन भए तापनि, ऊ यी विधि र सिद्धान्तहरूलाई अङ्‍गालेर कहिल्यै थाक्नेछैन। उसले परमेश्‍वरका वचनहरूलाई सत्यता सिद्धान्तहरूका रूपमा स्वीकार गर्नेछैन, न त उसले आफ्नै सिद्धान्तहरू त्याग्‍नेछ, त्यसैले तैँले उसलाई चाहे काटछाँट, खुलासा वा बर्खास्त गरे पनि, उसका मानक, दृष्टिकोण र कुराहरूको मापन गर्ने हेराइ कहिल्यै परिवर्तन हुनेछैन। यीमध्ये केही मानव विज्ञानका मानकहरू हुन्, केही ज्ञानका, केही परम्परागत संस्कृतिका र केही यस संसारका खराब प्रचलनका मानक हुन्, तर यी कुराहरू जतिसुकै गलत भए तापनि, ख्रीष्टविरोधीले तिनलाई त्याग्‍न सक्दैन। उसले समाजमा लोकप्रिय जुनसुकै दुष्ट प्रचलन र जुनसुकै भनाइहरू र दृष्टिकोणहरूलाई स्वीकार गर्नेछ, तर उसका लागि परमेश्‍वरका वचनहरू वा सत्यता कहिल्यै पनि सबै कामकुरा र घटनाहरू, सबै कुरा मापन गर्ने मानक हुँदैनन्। उसले परमेश्‍वरलाई पछ्याउने क्रममा र परमेश्‍वरको घरमा सित्तैमा खाइरहने क्रममा, उसले सत्यतालाई इन्कार र निन्दा गरिरहेको हुन्छ। सत्यलाई इन्कार र निन्दा गर्दै गर्दा, उसले संसारका सबै प्रकारका विधर्म र झूटहरूलाई आदर गरिरहेको र उच्च मानिरहेको हुन्छ। उसले स्वीकार गर्न नसक्ने कुराहरू परमेश्‍वरका वचनहरू, सत्यता मात्र हुन्। ख्रीष्टविरोधीहरूको यस सारबाट मुल्याङ्कन् गर्दा, तिनीहरू भेलाहरूमा सहभागी हुन्छन्, परमेश्‍वरका वचनहरू पढ्छन् र आफ्नो आस्थाको दौरानमा कर्तव्य पूरा गर्छन्, तैपनि एउटा कुरा निश्‍चित छ—तिनीहरूको स्वभाव कहिल्यै परिवर्तन हुनेछैन, न त तिनीहरूको सांसारिक र दुष्ट प्रचलनको दृष्टिकोण नै परिवर्तन हुनेछ। यदि तैँले ख्रीष्टविरोधीलाई जीवन प्रवेश वा स्वभावगत परिवर्तनबारे कुरा गर्न भनिस् भने, उसका शब्दहरू किन यति विचित्र, विरक्‍तलाग्दा र अस्वाभाविक छन् भनेर तैँले अचम्म मान्‍नेछस्। उसका शब्दहरू बाहिरका व्यक्तिका जस्तै सुनिनेछन् र ऊ केवल एक आत्मिक बुझाइ नभएको तर आफू आत्मिक र जीवन प्राप्त गरेको व्यक्ति भएको ढोँग गर्ने अलमल्ल परेको व्यक्ति मात्र हो। यो साँच्चै अत्यन्तै घिनलाग्दो छ! के परमेश्‍वरको वचनहरूलाई सत्यताका रूपमा कहिल्यै स्वीकार नगरेको वा परमेश्‍वरको वचनहरूलाई आफ्नो जीवनको रूपमा स्वीकार नगरेको कुनै व्यक्तिसँग जीवन हुन सक्छ? त्यो ठट्टा हो, होइन र? आफ्नो वरिपरि एक नजर लगाओ र जाँच गर कि कुनै व्यक्तिले बारम्बार यसो भन्दैछ कि: “फलानो-फलानो प्रख्यात व्यक्तिले यसो भन्यो; फलानो-फलानो पुस्तकले यसो भन्यो; फलानो-फलानो टिभी नाटकले यसो भन्यो; फलानो-फलानो उत्कृष्ट कृतिले यसो भन्यो” वा “यो हाम्रो परम्परागत संस्कृति हो; म जहाँबाट आउँछु, हामी यसो भन्छौँ; हाम्रो परिवारमा, यस्तो नियम छ,” आदि। कोसँग सधैँ यस्ता कुराहरूको थुप्रो हुन्छ, को परमेश्‍वरको वचनहरू सुनेपछि पनि विचलित हुँदैन र कसले परमेश्‍वरको वचनबारे आफ्नो बुझाइका बारेमा सङ्‍गति गर्ने मौका पाउँदा अलमल्ल खालका शब्दहरू, अर्थहीन शब्दहरू र आत्मिक बुझाइ नभएका शब्दहरू मात्र बोल्छ, अनि कसले परमेश्‍वरका वचनहरूको कुनै बोध वा बुझाइ नभए तापनि, तीमध्ये केहीलाई जबरजस्ती एकसाथ जोड्ने प्रयास गर्छ र आत्मिक भएको ढोँग गर्छ। यो पूर्ण रूपमा घिनलाग्दो छ! यी मानिसहरूले वर्षौँदेखि परमेश्‍वरमा विश्वास गर्दै आएका छन् र प्रवचनहरू सुनेका छन् र धेरै वर्ष भेलाहरूमा सहभागी भएका छन्, तैपनि अविश्‍वसनीय रूपमा तिनीहरूलाई आफूमा भ्रष्ट स्वभाव छ भनेर अझै पनि थाहा छैन र तिनीहरूले आफूसँग गलत दृष्टिकोण छ वा तिनीहरूका यी भ्रामक दृष्टिकोणहरू पूर्ण रूपमा परमेश्‍वरका वचनहरूको विपरीत र विरोधाभासपूर्ण छन् भनेर पत्ता लगाएका छैनन्। यसको कारण के हो? यो ख्रीष्टविरोधीहरूले काटछाँट स्वीकार गर्न नमान्‍नु र कुनै गलत काम गर्दा तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नहुनु पछाडिको तेस्रो कारण हो: तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न मान्दैनन्। यो नै समस्याको जरा हो।

ख्रीष्टविरोधीहरूले काँटछाँटलाई स्विकार्न किन मान्दैनन्? तिनीहरूले कुनै कुरा सामना गर्दा किन पश्‍चात्ताप गर्दैनन् र त्यसको सट्टा विभिन्‍न धारणाहरू फैलाउँछन् र परमेश्‍वरको आलोचना समेत गर्छन्? कारणहरू एकदम स्पष्ट छन्: पहिलो कारण भनेको, ख्रीष्टविरोधीहरूले आफूले गल्ती गर्न सक्छु भनेर कहिल्यै स्वीकार गर्दैनन्; दोस्रो, तिनीहरूमा भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्वीकार गर्दैनन्; तेस्रो, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न मान्दैनन्। काँटछाँट स्वीकार नगर्ने सबैका हकमा, गल्ती गर्दा स्पष्ट रूपमा भ्रष्ट स्वभाव प्रकट गर्ने सबैका हकमा, परमेश्‍वरका चुनिएका मानिसहरूलाई बारम्बार नोक्सान पुर्‍याउने, परमेश्‍वरका चुनिएका कैयौँ मानिसहरूको जीवन प्रवेशमा ढिलाइ गर्ने र परमेश्‍वरको घरको काममा नोक्सान पुर्‍याउने सबैका हकमा, यदि यी मानिसहरूलाई काटछाँट गरिँदा, तिनीहरूमा पछुतो वा पश्‍चात्तापको मनोवृत्ति छैन भने, एउटा कुरा निश्‍चित छ कि तिनीहरूमा ख्रीष्टविरोधीका यी तीनै प्रकटीकरणहरू छन्। हैन र? (हो।) समग्रमा, ख्रीष्टविरोधीहरूले काँटछाँट स्विकार्न नमान्‍ने तीनवटा कारणहरू छन्। तिनलाई फेरि पढ। (पहिलो, ख्रीष्टविरोधीहरूले आफूले गल्ती गर्न सक्छु भनेर कहिल्यै स्वीकार गर्दैनन्; दोस्रो, तिनीहरूमा भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्वीकार गर्दैनन्; तेस्रो, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र सबै कुरा मापन गर्ने मानक हुन् भनेर स्विकार्न मान्दैनन्।) जम्मा तीनवटा छन्। हामीले पहिलो दुई कारणहरूबारे धेरै विस्तृतमा सङ्‍गति गर्‍यौँ। अन्तिमचाहिँ अलि फरक छ, तर सारमा, पहिलो दुईवटा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्वीकार गर्न नमान्नुसँग सम्बन्धित छन्, त्यसैले हामी त्यस कारणमा अरू विस्तृत सङ्‍गति गर्नेछैनौँ। ठीक छ, आजका लागि हाम्रो सङ्‍गतिलाई यहीँ समाप्त गरौँ। अलबिदा! (अलबिदा परमेश्‍वर!)

सेप्टेम्बर १९, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्