विषयवस्तु एघार: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन् (खण्ड तीन)

ख. तिनीहरू आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्न मान्दैनन्

जब कुनै ख्रीष्टविरोधीको काटछाँट गरिन्छ, तिनीहरूले पश्‍चात्ताप नगर्ने मात्र होइन, धारणाहरू पनि फैलाउँछन् र खुलेर आलोचना गर्छन्। यसको पहिलो मुख्य कारण यो हो कि तिनीहरूले गल्ती गरेको स्वीकार गर्न मान्दैनन्। दोस्रो कारण के हो? दोस्रो कारण के हो भने ख्रीष्टविरोधीले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैन। के यो उसले कुनै गल्ती गरेको स्वीकार्न नमान्‍नु भन्दा बढी गम्भीर र ठोस छैन? परमेश्‍वरको काम स्वीकार गर्ने, परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्ने जो कोहीमा पनि हुनुपर्ने न्यूनतम ज्ञान भनेको, सुरुमा उसले मानवहरू भ्रष्ट छन्, तिनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, तिनीहरूसँग समझ र मानवता छैन, तिनीहरूसँग सत्यता हुँदैन वा तिनीहरू परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू ती व्यक्ति हुन् जसले परमेश्‍वरको प्रतिरोध गर्छन् भन्‍ने मान्नुपर्छ। ख्रीष्टविरोधीहरूले मात्र, तिनीहरू अत्यन्तै गहन रूपमा भ्रष्ट छन् र भ्रष्ट मानिसहरू सबै शैतानका हुन् भनेर कहिल्यै पनि स्वीकार गर्नेथिएनन्, तिनीहरू आफैँ दियाबलस र शैतानहरू हुन् भनी स्वीकार गर्नु त परको कुरा हो। विशेष गरी, धेरैजसो मानिसहरूले चिन्तन गर्न, आफूलाई चिन्‍न, र काटछाँट स्वीकार गर्न सक्षम हुने बेलामा, ख्रीष्ट विरोधीहरूले भने आफ्नो स्वभाव भ्रष्ट छ भनेर स्वीकार समेत गर्न सक्दैनन्—यो गम्भीर समस्या हो। म यसलाई गम्भीर किन भन्छु? ख्रीष्टविरोधीहरू सत्यतालाई स्वीकार गर्न असमर्थ भएकाले र तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी विश्‍वास नगर्ने भएकाले, तिनीहरूले आफ्नो हृदयको गहिराइबाट परमेश्‍वरका वचनमा भनिएका कुनै पनि कुरा स्वीकार्न मान्दैनन्। कतिपय मानिसहरू भन्छन्, “तपाईँले कसरी भन्‍न सक्नुहुन्छ कि तिनीहरूले त्यो स्वीकार्न मान्दैनन्? तिनीहरूले आफू दियाबलस र शैतानहरू थिए, तिनीहरू परमेश्‍वरका शत्रुहरू थिए भनी स्वीकार गरे।” त्यसलाई स्वीकारोक्तिको रूपमा कसरी गणना गर्ने? एउटा गैरविश्‍वासीले पनि भन्‍न सक्छ कि ऊ एक असल व्यक्ति होइन, तर के त्यसलाई भ्रष्ट स्वभाव हुनुको स्वीकारोक्तिका रूपमा गणना गरिन्छ? गरिन्‍न। भ्रष्ट स्वभाव भएको साँचो स्वीकारोक्तिको अर्थ सुरुमा आफू कस्तो प्रकारको व्यक्ति हो भनेर जान्‍नु हो। यसको अर्थ परमेश्‍वरले वर्णन गर्नुभएको विभिन्‍न भ्रष्ट स्वभावहरूसँग विभिन्‍न तहमा आफूलाई जोड्न सक्षम हुनु र त्यसमाथि विभिन्‍न स्थितिमा हुँदा आफूले प्रकट गर्ने विभिन्‍न भ्रष्ट स्वभावहरूलाई स्वीकार गर्नु पनि हो। के यी केही ठोस प्रकटीकरणहरू होइनन्? (हुन्।) तर ख्रीष्टविरोधीमा यी कुराहरू हुँदैनन्, किनभने उसले परमेश्‍वरका वचनहरू स्वीकार गर्दैन—बरु तिनलाई तुच्छ ठान्छ। त्यसैले ऊ केवल मानवजातिको भ्रष्ट स्वभावको खुलासा गर्ने परमेश्‍वरका वचनहरू सुन्छ र बस् त्यति नै हो; उसले कहिल्यै पनि आत्मचिन्तन गर्दैन, आफ्नो विश्‍लेषण गर्दैन वा आफ्नो हृदयमा गहन रूपमा यी वचनहरूसँग आफूलाई तुलना गर्दैन। अर्को शब्दमा, उसले परमेश्‍वरका यी वचनहरू अनुसार आफ्ना विभिन्‍न प्रकटीकरण, अभिप्राय, विचार र दृष्टिकोणहरूको विश्लेषण र तुलना गर्दैन; उसले यी कुराहरू बिलकुलै गर्दैन। उसले यी कुराहरू नगर्नुले के जनाउँछ? यसले यो जनाउँछ कि, परमेश्‍वरले बोल्नुभएका यी वचनहरू केवल कुराहरू राख्‍ने एउटा तरिका हो, एउटा फरक दृष्टिकोण हो—ती मानिसको स्वभाव, व्यक्तित्व, अभ्यासहरू र सार वर्णन गर्ने एउटा फरक तरिका हुन्, ती कुनै पनि हिसाबले मानिसको स्वभाव परिभाषित गर्ने मापदण्ड होइनन्। ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दैनन् भनेर वर्णन गर्ने यो एक सही तरिका हो। ख्रीष्टविरोधीहरूको मनमा परमेश्‍वरले गर्नुहुने मानवजातिका विभिन्‍न भ्रष्ट स्वभावहरूको खुलासाबारे केवल एक अनुमानित बुझाइ मात्र छ, तर तिनीहरूले यसलाई आफ्नो हृदयको गहिराइमा कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले यसलाई स्वीकार नगर्ने हुनाले, जब तिनीहरूलाई केही हुँदा, के तिनीहरू आफ्नो स्वभावलाई नियन्त्रण गर्न, आफ्नो अभ्यासहरू परिवर्तन गर्न र आफ्नो गलत दृष्टिकोणहरू समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्न सक्छन्? बिलकुलै सक्दैनन्। ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गर्दैनन्, जसको अर्थ तिनीहरूसँग भ्रष्ट स्वभाव छ भनेर मान्दैनन्। उदाहरणका लागि अहङ्कारलाई नै लिऔँ—यस स्वभावलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूले यो प्रकट हुने र मानिसमा प्रकाश हुने केही तरिकाहरूका बारेमा कुरा गर्छन्। सत्यतालाई पछ्याउने र परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्वीकार गर्ने व्यक्तिले परमेश्‍वरका यी वचनहरूसँग उसको आफ्नै व्यवहार र स्वभावलाई दाँज्‍नेछ। उसले यी कुराहरूलाई बारम्बार दाँज्‍नेछ र त्यसपछि स्वीकार गर्नेछ: “ममा अहङ्कारी स्वभाव छ। यसो गर्दा मैले प्रकट गरेको स्वभाव यही हो। मेरा यी विचार, कार्य, मनोवृत्तिहरू अहङ्कारी छन्। अरूसँग व्यवहार गर्ने, आफ्नो काम गर्ने र मेरो कर्तव्यप्रति मेरा यी तरिकाहरू अहङ्कारी छन्।” के त्यो परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्वीकार्नु होइन र? (हो।) उसले परमेश्‍वरका वचनहरूलाई मानकको रूपमा हेर्छ र यसलाई आफ्नै व्यवहारसँग तुलना गर्न प्रयोग गर्छ, र जब उसले कुनै सम्बन्ध भेट्टाउँछ, उसले थाहै नपाई स्वीकार गर्छ कि उसमा भ्रष्ट स्वभाव छ, परमेश्‍वरले भन्‍नुहुने सबै कुरा सत्य हो र बिलकुलै झुटो होइन। अहिलेका लागि, मानिसहरूले आफूसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गरिसकेपछि त्यसलाई समाधान गर्न परमेश्‍वरका वचनहरूको प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा नजाऔँ। सुरुमा, मानिसहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने बारेमा मात्र कुरा गरौँ। जब स्वीकारोक्तिको कुरा आउँछ, चेतना, विवेक र सामान्य सोच भएका अधिकांश मानिसहरूले परमेश्‍वरको वचनबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन् र त्यसपछि, थाहै नपाई स्वीकार गरेर परमेश्‍वरका वचनहरूलाई “आमेन” भन्‍न सक्छन्, परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्वीकार गर्छन् र यसरी आफू भ्रष्ट मानव भएको र आफूमा भ्रष्ट स्वभावहरू भएको कुरा स्वीकार गर्छन् र परमेश्‍वरसामु झुक्छन्। एकचोटि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको स्वीकार गरेपछि, परमेश्‍वर, सत्यता र विशेष गरी काँटछाँटप्रति तिनीहरूसँग सही, उपयुक्त मनोवृत्ति हुनेछ। अर्थात्, तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनी स्वीकार गर्दा, जब तिनीहरूको काटछाँट गरिन्छ तिनीहरू थाहै नपाई र अवचेतन रूपमै हृदयबाट यस काटछाँटप्रति समर्पित हुन सक्षम हुनेछन् र यसलाई स्वीकार गर्न इच्छुक हुनेछन्। कतिपय मानिसहरू यस्ता पनि छन् जो अरूले तिनीहरूलाई काटछाँटको माध्यमबाट नियन्त्रण गरून् र ताडना दिऊन् भन्ने चाहन्छन् र तिनीहरूले निकै प्राकृतिक रूपमै काटछाँटप्रति सकारात्मक भावनाहरू विकास गर्छन्; तिनीहरूसँग यसप्रति सकारात्मक मनोवृत्ति हुन्छ। यी सामान्य मानिसहरू हुन्। असामान्य मानिसहरू ख्रीष्टविरोधीहरू मात्रै हुन्; त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू स्वीकार गर्दैनन्, प्राय तिनलाई हेयको दृष्टिले हेर्छन् र हृदयमा तिनको प्रतिरोध, आलोचना र निन्दा गर्छन्। तसर्थ, परमेश्‍वरले गर्नुहुने खुलासा र मानिसको भ्रष्ट स्वभावहरूका विशेषतागत वर्णनप्रति तिनीहरूको उही मनोवृत्ति हुन्छ। त्यो कस्तो मनोवृत्ति हो? उदाहरणका लागि, मानिसहरूमा अहङ्कारी स्वभाव हुन्छ भनी परमेश्‍वर भन्‍नुहुन्छ र यसको निश्चित प्रकटीकरणहरूको बारेमा कुरा गर्नुहुन्छ। जब कुनै ख्रीष्टविरोधीले यी निश्चित प्रकटीकरणहरूका बारेमा सुन्छ, उसले यसलाई केवल स्वीकार गर्न मान्दैन, बरु परमेश्‍वरले भन्नुहुने यी निश्चित प्रकटीकरणहरूलाई तुच्छ ठान्ने अवस्थासम्म पुग्छ। उसले किन त्यसो गर्छ? किनभने उसले शैतानको तर्कलाई पछ्याउँछ अर्थात्, सत्यता र सकारात्मक कुराहरूप्रति शैतानको मनोवृत्तिलाई पछ्याउँछ। ऊ भन्छ, “तपाईँ यसलाई अहङ्कार भन्‍नुहुन्छ, तर जो सक्षम छन्, तिनीहरूमध्ये को आडम्बरी छैन र? अगुवाइको प्रतिभा भएका मानिसहरूमध्ये, कसले रोबदार तरिकाले बोल्दैन र? हैसियत भएका मानिसहरूमध्ये, को अलिकति आडम्बरी छैन? यीमध्ये कुनै पनि कुराहरू ठूला कुरा होइनन्। यी सबै कुराहरू गैरविश्‍वासी संसारमा पूर्ण रूपमा सामान्य हुन्, तर यहाँ तिमीहरू सबैले तिलबाट पहाड बनाउँदै छौ। साथै, के अरूसँग छलफल नगरी कदम चाल्नुलाई वास्तवमा अहङ्कार मानिन्छ? के त्यो वास्तवमै आफैँ कानून बन्‍नु हो? सक्षम व्यक्तिहरूले निर्णय गर्नुपर्छ र शक्तिको एकाधिकार जमाउन सक्षम हुनुलाई योग्य हुनु भनिन्छ। तिमीहरू जस्ता साधारण मानिसहरूसँग यी कुराहरूको बारेमा कुरा गरेर के फाइदा हुन्छ र? तिमीहरूलाई के थाहा छ? त्यसैले, म अहङ्कारी भएको होइन, म त केवल योग्य र सक्षम छु। यसलाई अगुवाइ क्षमता हुनु भनिन्छ र यो एक जन्मजात प्रतिभा हो। मसँग यस्तो ठूलो योग्यता छ, म जे पनि गर्न सक्छु। परिस्थिति जे भए पनि वा म जुनै समूहमा भए पनि, म हैकम लिन सक्छु—यो नै एक प्रतिभाशाली व्यक्ति हुनु हो! प्रतिभाशाली व्यक्तिहरूमाथि प्रहार गरिनु हुँदैन, न त तिनीहरूको खुलासा नै गरिनु पर्छ। यसको साटो, तिनीहरू जुनसुकै समूहमा भए तापनि, तिनीहरूको सिफारिस गरिनुपर्छ, तिनीहरूलाई उच्च पारिनुपर्छ र महत्त्वपूर्ण भूमिकाहरू दिइनुपर्छ! तिनीहरू सक्षम, नेतृत्व क्षमता भएका प्रतिभाशाली व्यक्तिहरू भएको हुनाले, तिनीहरूमा अगुवाको, प्रमुखको आचरण हुनुपर्दछ। यदि तिनीहरूले यी कुराहरूलाई लुकाउँछन् भने, के त्यो मुखौटा लगाउनु होइन?” तिनीहरूले यो विकृत तर्क र यी विधर्महरूलाई परमेश्‍वरले गर्नुहुने अहङ्कारी स्वभावको खुलासाको आलोचना र निन्दा गर्न प्रयोग गर्छन्, त्यसैले तैँले जे भने पनि, उसले परमेश्‍वरद्वारा वर्णन र परिभाषित गरिएका भ्रष्ट स्वभावका विभिन्‍न प्रकटीकरणहरूलाई कहिल्यै स्वीकार गर्नेछैन। उसले सोच्छ, “परमेश्‍वरले जे भन्‍नुभएको छ त्यो कुराहरू राख्‍ने एउटा तरिका मात्र हो। यो एकदम सकारात्मक, रूढिवादी र परम्परागत छ, तर यसलाई सत्यताको रूपमा परिभाषित गर्न सकिँदैन। यो केही मानिसहरूको लागि मात्र मिल्छ। उदाहरणका लागि, कतिपय मानिसहरू एकदम सिधा हुन्छन् र तिनीहरूसँग कुनै प्रतिभा हुँदैन, न त तिनीहरू धेरै सक्षम वा बुद्धिमान हुन्छन् र यसमाथि तिनीहरूसँग कुनै अगुवाइ क्षमता हुँदैन। यदि तिनीहरूसँग उपयुक्त सहकर्मी नहुने हो भने, तिनीहरूले कार्य गर्दा अरूसँग परामर्श लिनुपर्दछ र यदि तिनीहरूले त्यसो नगर्ने हो भने, आफ्नो काम वहन गर्न सक्दैनन्—परमेश्‍वरका वचनहरूसँग मेल खाने व्यक्ति यस्तो खालको हुन्छ।” यस्ता तर्कहरू सबै शैतानी विधर्म र भ्रमहरू हुन्।

परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर ख्रीष्टविरोधीहरूले कहिल्यै विश्‍वास गर्दैनन्, त्यसैले जब पनि तिनीहरूले ती वचन सुन्छन्, तिनीहरूले झारा टार्छन्; तिनीहरू केवल फरिसीहरू जस्तै हुन्, देखाउनका लागि परमेश्‍वरका वचनहरू प्रयोग गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो हृदयमा गहन रूपमा स्वीकार गर्दैनन् वा आफ्नो जीवन र अभ्यासको लक्ष्य बनाउँदैनन्। त्यसैले, जब कुनै ख्रीष्टविरोधीले त्रुटि गर्छ, तब तैँले उसलाई काटछाँट गर्दा वा खुलासा गर्दा उसले गल्ती गरेको स्वीकार गर्नेछैन, अनि तैँले उसले त्यस मामलामा प्रकट गरेका स्वभाव र सारको सन्दर्भमा उसको काटछाँट गर्दा उसले त्यसलाई झनै स्वीकार गर्नेछैन। उसले आफूले गरेको गल्ती स्वीकार गर्न नमाने जस्तै, जब कुनै ख्रीष्टविरोधीले भ्रष्ट स्वभाव प्रकट गर्छ, उसँग भ्रष्ट स्वभाव छ भन्‍ने कुरालाई इन्कार गर्नका लागि सधैँ कुनै न कुनै कारण, कुनै बहाना, कुनै स्पष्टीकरण हुन्छ। उदाहरणका लागि, जब उसले कुनै निश्‍चित मामलामा अहङ्कारी स्वभाव प्रकट गर्छ, तब उसले के भन्छ भने ऊ हतारमा थियो, शब्दहरूको छनौट गलत भयो र उसले अलिकति चर्को स्वरमा बोल्यो। कसैले ऊ अर्को कुनै मामलामा छली भइरहेको छ र खुलस्त भइरहेको छैन भनेमा, उसले के भन्छ भने अधिकांश मानिसहरूमा कमजोर क्षमता हुन्छ, त्यसैले यदि उसले के भइरहेको छ भन्ने कुराको बारेमा बतायो भने पनि अरूले ती कुरा बुझ्‍ने छैनन् र उसले भनेको कुरालाई गलत बुझ्‍ने छन् र त्यसैले ऊ खुलस्त नभएको हो। उसले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे तापनि, सधैँ बहाना बनाउने र स्पष्टीकरण दिने कुराहरू फेला पार्न सक्छ। समग्रमा, उसले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि, त्यो जतिसुकै स्पष्ट देखिने वा गम्भीर भए तापनि, उसले त्यो भ्रष्ट स्वभाव हो भनेर कहिल्यै स्वीकार गर्ने छैन। ख्रीष्टविरोधीहरू प्रायः झूट बोल्छन्, मानिसहरूको सामुन्‍ने एउटा कुरा भन्छन् र तिनीहरूको पछाडि अर्को कुरा गर्छन् र तिनीहरूले कहिले सत्य बोल्छन् र कहिले झूट बोल्छन् भन्‍ने कुरा कसैले पनि बताउन सक्दैन र कसैले पनि थाहा पाउँदैन। यद्यपि, तिनीहरूले कहिले पनि आफू इमानदार व्यक्ति होइनन्, छली व्यक्ति हुन् भनी स्वीकार गर्नेछैनन्। यसको विपरित, तिनीहरू प्रायः आफैँलाई जायज ठहराउँछन् र आफूहरू पूर्ण रूपमा निष्कपट छन्, अरूप्रति कति इमानदार छन् र जब अर्को व्यक्तिलाई कुनै कठिनाइ हुन्छ, तिनीहरू आफ्नो हृदयको उदारताका कारण उनीहरूलाई कति मद्दत गर्न चाहन्छन् भनेर व्याख्या गर्छन्। ख्रीष्ट विरोधीहरूले आफूसँग भ्रष्ट स्वभाव छ भनी स्वीकार नगर्ने मात्र होइन, तिनीहरू सधैँ आफूलाई असल देखाउने प्रयास गरिरहेका हुन्छन्, तिनीहरू कसरी असल, दयालु व्यक्ति हुन् भनेर फाइँफुट्टी लगाउँछन्। तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार नगर्ने मात्र होइन, आफूहरू मानिसहरूमाथि प्रभाव पार्नमा कति महान् छन्, मानिसहरूको समर्थन प्राप्त गर्न र मानिसहरूको हृदय जित्‍नमा आफूहरू कति असल छन् भनेर पनि फाइँफुट्टी लगाउँछन्। तिनीहरू मानिसहरूमाझ कार्य गर्ने र बोल्ने कुरामा कतिको रणनीतिक र सक्षम छन्, कसरी कसैले पनि तिनीहरूभन्दा उत्कृष्ट गर्न सक्दैन र तिनीहरूलाई उछिन्न सक्दैन, कसरी कोही पनि तिनीहरूको पेशामा तिनीहरूभन्दा बढी सक्षम छैन भनेर फाइँफुट्टी लगाउँछन्। जब कुनै ख्रीष्टविरोधीले अलिकति मूल्य तिर्छ, केही उच्च धर्मसिद्धान्त र सैद्धान्तिक कुराहरू प्रचार गर्न सक्ने हुन्छ र मानिसहरूलाई बहकाउनका निम्ति छोटो समयको लागि केही गर्छ र अधिकांश मानिसहरूलाई उसको सम्मान गर्ने बनाउँछ, तब उसले के सोच्छ भने उसले सफलतापूर्वक आफ्नो भ्रष्ट स्वभावलाई ढाकेको छ र मानिसहरूलाई आफ्नो भ्रष्ट स्वभावलाई बेवास्ता गर्ने बनाएको छ। त्यसैले ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र आफ्ना भ्रष्ट स्वभावप्रति ख्रीष्टविरोधीहरूले राख्‍ने यस प्रकारको बुझाइ र मनोवृत्तिको आधारमा हेर्दा, जब तिनीहरूको काटछाँट हुन्छ, तब तिनीहरूको पहिलो प्रतिक्रिया यसको विरोध र प्रतिरोध गर्नु, आफूलाई निर्दोष देखाउनका निम्ति गर्न सकिने सबै कुरा गर्नु हुने छ। तिनीहरू आफूले मण्डलीको काममा पुर्‍याएको नोक्सानलाई स्वीकार गर्न नमान्नुका अतिरिक्त, तिनीहरूले यस मामलामा प्रकट गरेको भ्रष्ट स्वभाव र तिनीहरूको भ्रष्ट स्वभावको दबाबमा गरेको त्रुटिलाई पनि स्वीकार गर्न मान्ने छैनन्। ख्रीष्टविरोधीहरूको यस प्रकटीकरण र सारलाई विचार गर्दा, के तिनीहरूले स्वभाव परिवर्तन प्राप्त गर्न सम्भव छ? (गर्नेछैन।)

मैले कतिपय ख्रीष्टविरोधीहरू भेटेको छु जसले आफ्नो काममा गल्ती गर्छन्, जो अल्छी छन्, आफ्नो काम गर्दैनन् र निश्‍चित कार्यहरूलाई बेवास्ता गर्छन्, जबकि अझै पनि वरपरका मानिसहरूमाथि हैकम चलाउँछन्, जथाभावी दुष्कर्म गर्छन् र आफ्नै तरिकाले काम गर्छन्। जब त्यस्ता ख्रीष्टविरोधीहरूलाई त्यसका निम्ति काटछाँट गरिन्छ, बाहिर तिनीहरू निकै आज्ञाकारी देखिन्छन्, तर पर्दा पछाडि तिनीहरू बिलकुलै पश्‍चात्ताप गर्दैनन्। तिनीहरूको पश्‍चात्ताप नगर्ने मनोवृत्तिलाई मूल्याङ्कन गर्दा, तिनीहरूले काटछाँटलाई कत्ति पनि स्वीकार गरेका छैनन्। तिनीहरूले काटछाँटलाई स्वीकार नगरेको कुरालाई मूल्याङ्कन गर्दा, तिनीहरूले आफूसँग भ्रष्ट स्वभावका के कस्ता प्रकटीकरणहरू छन् भनेर कहिल्यै जाँच गरेका छैनन्। यसको सट्टा, काटछाँट गरिएपछि पनि तिनीहरूले आफूले चाहेको कामलाई निरन्तरता दिन्छन्, आफ्नै तरिकाले काम गर्छन्, गुप्त चालबाजीमा संलग्‍न हुन्छन्, आफूभन्दा माथि र तलकालाई धोका दिन्छन्, आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्छन् र विशिष्ट विशेषाधिकारहरूमा रमाउँछन्, तिनीहरू अलिकति पनि परिवर्तन हुँदैनन्। तिनीहरू किन अलिकति पनि परिवर्तन हुँदैनन्? ठ्याक्कै भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर कत्ति पनि स्वीकार गर्दैनन्, न त तिनीहरूले सत्यतालाई स्वीकार गर्छन्; त्यसैले तिनीहरू, ठूलो शक्ति पाउने र त्यस शक्तिको अधिकतम फाइदा उठाउने मौका छोप्छन् र त्यसपछि त्यस समयको लाभ उठाउँदै आफूले चाहेको काम गर्ने, खराब कामहरू गर्न सक्दो प्रयास गर्ने र परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउने र परमेश्‍वरको घरको सामान्य व्यवस्थालाई कमजोर पार्ने काम गर्छन्। परमेश्‍वरको घरबाट सबै प्रकारका भौतिक सुविधा-सामग्रीहरूको आनन्द उठाउँदै गर्दा, तिनीहरूले कुनै पनि असल कार्य पटक्कै गर्दैनन्। केही सतही काम गर्नु बाहेक, तिनीहरूले लुकीछिपी के गर्छन्? तिनीहरूले भेलाहरू बोलाउँछन्, शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र असम्बन्धित मामिलाहरूमा हस्तक्षेपसमेत गर्छन्—त्यसबाहेक, तिनीहरू वरपरका मानिसहरूमाथि हैकम चलाउँछन्। तिनीहरूले माथिबाट तोकिएको कुनै पनि निश्‍चित काम पूरा गर्दैनन् र तिनीहरू विस्तृत निर्देशन, सुपरिवेक्षण, वा मार्गदर्शन प्रदान गर्न व्यक्तिगत रूपमा देखा पर्दैनन्। तिनीहरू केवल वरपरका मानिसहरूलाई माथि बसेर आदेश दिन्छन् र कहिलेकाँही, जब तिनीहरूसँग वास्तवमै कुनै विकल्प हुँदैन, तब तिनीहरू केही कार्य पूरा गर्न र केही निर्देशनहरू दिन कार्यस्थलमा देखा पर्नेछन्। यो उत्साहको अस्थायी प्रदर्शन मात्र हो र त्यसपछि तुरुन्तै तिनीहरू कतै भेटिन्‍नन्। जब तिनीहरूले कसैको पदोन्‍नति गर्छन् वा कसैलाई पदमा नियुक्त गर्छन्, कसैले पनि त्यो व्यक्ति असल छैन भन्‍न वा त्यसको विरोध गर्न सक्दैन र ख्रीष्टविरोधीहरूले त्यस व्यक्तिको कामको जाँच र सुपरिवेक्षण कहिल्यै गर्ने छैनन्। तिनीहरूले पदोन्‍नति वा नियुक्त गरेको व्यक्तिले जतिसुकै नराम्रो काम गरे तापनि, तिनीहरूले अरू कसैलाई उसको खुलासा गर्ने अनुमति दिँदैनन्, कसैले उसलाई बर्खास्त गर्न सक्दैन र कसैलाई उसको रिपोर्ट गर्ने अनुमति हुँदैन। त्यस व्यक्तिलाई रिपोर्ट गर्ने जो कोही पनि तिनीहरूको शत्रु बन्‍नेछ। तिनीहरूले प्रयोग गरिरहेका व्यक्तिले मण्डलीको काममा जति ठूलो नोक्सान पुर्‍याए पनि, तिनीहरूले जति ठूलो बाधा निम्त्याए पनि, ख्रीष्टविरोधीहरूले तिनीहरूको सुरक्षा गर्न सक्दो प्रयास गर्नेछन् र यदि तिनीहरू त्यसो गर्न असफल भए भने, तिनीहरू त्यस व्यक्तिबाट आफूलाई अलग गर्न हतार गर्नेछन् र आफूलाई जिम्मेवारीबाट तुरुन्त उम्काउनेछन्। ख्रीष्टविरोधीहरूले जेसुकै गरे पनि, चाहे त्यो अरूको अगाडि होस् वा पछाडि, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुँदै हुँदैन। तिनीहरू अविश्‍वासी, भूत र जीवित शैतानहरू हुन् र तिनीहरू अझै पनि निर्लज्ज रूपमा पद कब्जा गर्न र हैसियतका फाइदाहरूको आनन्द लिन चाहन्छन्; तिनीहरू परमेश्‍वरको घरबाट सित्तैमा लाभ उठाउने परजीविहरू हुन्। केही मानिसहरू यस्ता पनि छन्, जो काटछाँट गरिँदा र तिनीहरूले आफ्नो हैसियत कायम राख्‍न नसक्ने देख्दा, तिनीहरू हतोत्साहित, निराश र हतास महसुस गर्छन्। तिनीहरू किन हतास महसुस गर्छन्? तिनीहरू किन हतोत्साहित महसुस गर्छन्? किनभने तिनीहरू आफ्नो हैसियतलाई कायम राख्न सक्दैनन्, तिनीहरूले विशिष्ट विशेषाधिकारहरू र विशेष व्यवहारमा रमाउने मौका गुमाउँछन् र तिनीहरूलाई उप्रान्त कसैले सम्मान गर्दैन, तिनीहरूको शक्तिसँग खेल्ने दिनहरू समाप्त भएका हुन्छन्। तिनीहरूले आफ्नो लागि सबै कुरा आफैँ गर्न सुरु गर्नुपर्ने हुन्छ—तिनीहरूले उप्रान्त त्यत्तिकै उभिएर आदेश दिने मौका पाउनेछैनन्। तिनीहरू आफ्नो भ्रष्ट स्वभावले ल्याएका प्रतिकूल परिणामहरूबारे पछुतो वा दुःखी महसुस गर्दैनन्। बरु, तिनीहरू उप्रान्त हैसियतका फाइदाहरू लिन नसक्ने भएकोमा दुःखी हुन्छन्, आँसु बगाउँछन् र नोक्सानीको अनुभूति गर्छन्। कतिपय मानिसहरू त बर्खास्त भएपछि निर्लज्जतापूर्वक बारम्बार अर्को अवसरको माग समेत गर्छन्। मलाई भन, के त्यस्ता मानिसहरूलाई अर्को अवसर दिन सकिन्छ? तिनीहरूले त्यो अवसरलाई कसरी प्रयोग गर्ने मनसाय राख्छन्? तिनीहरू मण्डलीको भरमा बाँच्‍न, सित्तैमा लाभ उठाउन र जथाभावी काम गर्न चाहन्छन्। यदि तिनीहरूलाई अर्को मौका दिइयो भने, के तिनीहरूले आफ्ना भ्रष्ट स्वभावलाई चिन्नेछन्? के तिनीहरू आफैँलाई चिन्‍न सक्षम हुनेछन्? (हुनेछैनन्।) यदि तिनीहरूलाई अर्को अवसर दिइयो भने, के तिनीहरूमा अलिकति लाजको अनुभूति हुनेछ? के तिनीहरूको चरित्र परिवर्तन हुने छ? अर्को अवसर पाउँदा, के तिनीहरू सत्यता सिद्धान्तहरू अनुसार काम गर्न थाल्नेछन्, र आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्ने प्रयास गर्न छाड्नेछन्? (तिनीहरूले गर्नेछैनन्।) तिनीहरूले यी कुनै पनि काम गर्नेछैनन्—के तिनीहरू सकिएका छैनन् त? यदि तिमीहरूलाई काटछाँट गरिएको भए र यो यति गम्भीर कुरा थियो कि माथिसँग तिमीहरूलाई बर्खास्त गर्नु बाहेक अरू कुनै विकल्प थिएन भने, तिमीहरू के सोचिरहेका हुन्थ्यौ? (कि म वास्तवमै बर्खास्त हुनुपर्छ, किनभने मेरो स्वभाव निकै दुष्ट छ, मैले सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने धेरै कार्यहरू गरेको छु, मैले धेरै दुष्टता गरेको छु र मैले मण्डलीको काममा धेरै नोक्सान पुर्‍याएको छु। मलाई बर्खास्त गरिनुपर्छ।) समझ भएको व्यक्तिले सुरुमा आत्मचिन्तन गर्नेछ, “मैले यस समयमा वास्तवमा के गरेँ? मलाई किन काटछाँट गरिएको थियो? के मलाई ती कामहरू गरेको कारण काटछाँट गरिएको थियो र मलाई काटछाँट गरिँदा त्यस व्यक्तिले भनेका कुराहरू के वास्तवमै सही थिए? मैले तिनलाई कसरी स्वीकार गर्नुपर्छ? मैले यो काटछाँटलाई कसरी लिनुपर्छ?” त्यसपछि तिनीहरूले साँच्चै के गरेका थिए भनेर जाँच्‍नेछन्, तिनीहरूका कार्यमा मानव इच्छाको कुनै मिलावट थियो कि थिएन, तिनीहरूमा विवेक र समझ थियो कि थिएन, तिनीहरूले जे गरे त्यो सत्यता सिद्धान्तहरू अनुरूप थियो कि थिएन, तिनीहरूले जे गरे त्यो कति मात्रामा परमेश्‍वरका माग अनुरूप थियो र तिनीहरूले आफ्नै इच्छाअनुसार कतिवटा कामहरू गरे। समझ भएको व्यक्तिले यी पक्षहरूको जाँच गर्नुपर्छ, तिनीहरूले तिनीहरूको हैसियत गुमेको छ कि छैन, यदि परमेश्‍वरको घर तिनीहरूको लागि न्यायोचित भएको छ कि छैन, तिनीहरूको हैसियत नहुँदा मानिसहरूले तिनीहरूको बारेमा के सोच्‍नेछन् वा तिनीहरूको भविष्य र गन्तव्य कस्तो हुनेछ भन्‍ने बारेमा विवाद गर्नुहुँदैन। समझ भएको व्यक्तिले त्यस्ता कुराहरूको बारेमा विवाद गर्नेछैन।

कतिपय ख्रीष्टविरोधीहरू कति निर्लज्ज हुन्छन्? यी ख्रीष्टविरोधीहरूलाई बर्खास्त गरिए पछि, यदि दाजुभाइ र दिदीबहिनीहरूले उनीहरूप्रति पहिले जस्तो सम्मानजनक व्यवहार गर्दैनन्, यदि तिनीहरू पहिले जस्तै न्यानो र दयालु हुँदैनन्, बरु उनीहरूलाई रूखो व्यवहार गर्छन् र बेवास्ता गर्छन् भने, यी ख्रीष्ट विरोधीहरूले यसलाई सहन सक्‍नेछैनन्। यी कुराहरूमा तिनीहरू किन यति संवेदनशील छन्, जबकि आफ्नो भ्रष्ट स्वभावबारे त्यति संवेदनशील छैनन्? के त्यो तिनीहरूको प्रकृतिको हिस्सा हो? के तिनीहरूमा मर्यादा छ? के तिनीहरूसँग लज्जा छ? (गर्नेछैन।) मानवतामा सबैभन्दा बहुमूल्य दुई कुराहरू लज्जा र सोझोपन हुन्। ख्रीष्टविरोधीमा यीमध्ये कुनै पनि कुराको कुनै निशान हुँदैन। ख्रीष्टविरोधीहरू निर्लज्ज हुन्छन् र तिनीहरूले चाहे जति नै भ्रष्ट स्वभावहरू प्रकट गरे तापनि वा दुष्टता गरे तापनि तिनीहरूलाई कुनै अनुभूति हुँदैन, कुनै दोषबोध हुँदैन, तैपनि तिनीहरूले अझै पनि आफ्नो बसाइ लम्ब्याउन र परमेश्‍वरको घरबाट सित्तैको फाइदा उठाउन चाहन्छन्। तिनीहरूलाई काटछाँट र खुलासा गरिएपछि, तिनीहरू बर्खास्त भइसकेपछि र उप्रान्त तिनीहरूसँग कुनै हैसियत नभएपछि, तिनीहरू अझै पनि दाजुभाइ र दिदीबहिनीहरूले तिनीहरूलाई सम्मानपूर्वक र विनम्रतापूर्वक आदर गरून् भन्‍ने चाहन्छन्। के त्यो अव्यावहारिक छैन? के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको यो प्रकटीकरण घृणास्पद लाग्छ? (लाग्छ।) प्रत्येक व्यक्तिले आफूलाई काटछाँट गरिँदा नोक्सानीको भावना महसुस गर्छ, विशेष गरी यदि तिनीहरूलाई बर्खास्त गरिन्छ र तिनीहरूले आफ्नो हैसियत गुमाउँछन् भने। तिनीहरूलाई अप्ठ्यारो परिस्थितिमा पारिएको र अरूको अगाडि अलिकति लज्जित बनाइएको महसुस हुन्छ र तिनीहरूलाई कसैको सामना गर्न अत्यन्तै लाज लाग्छ। यद्यपि, लज्जाबोध हुने व्यक्तिले बाङ्गो तर्कहरू गर्दैन। बाङ्गो तर्कहरू गर्दैन भन्‍नुको अर्थ के हो? यसको अर्थ सबै कुरालाई सही तरिकाले व्यवहार गर्न सक्षम हुनु, कामकुराहरूबारे बाङ्गो नसोची र बाङ्गो कुरा नगरी, र बरु इमानदारीपूर्वक आफूले गरेका गलत कुराहरू स्वीकार गर्नु र मामलालाई निष्पक्ष र तर्कसङ्‍गत रूपमा व्यवहार गर्नु हो। निष्पक्ष र तर्कसङ्‍गतको अर्थ के हो? यसको अर्थ यो हो कि, तँलाई कुनै कुराका लागि काटछाँट गरिएकोले, तैँले गरेको काममा गल्ती भएको हुनुपर्छ, तँमा भएको भ्रष्ट स्वभावलाई छोडेर, मानौँ कि यदि तैँले यस मामलामा गडबड गरिस् भने, पक्कै पनि त्यसमा तँ अलिकति जिम्मेवार हुन्छस्; र तँ जिम्मेवार भएको हुनाले, तैँले यसको जिम्मेवारी वहन गर्नुपर्छ र तैँले यो गरेको हो भनेर स्वीकार गर्नुपर्छ। एकपटक तैँले यसलाई स्वीकार गरिसकेपछि, तैँले आफैलाई जाँच गर्नुपर्छ र सोध्नुपर्छ: “यसमा मैले कुन भ्रष्ट स्वभाव प्रकट गरेँ? यदि म भ्रष्ट स्वभावबाट प्रेरित थिइनँ भने, के मेरा कार्यहरूमा मानवीय इच्छा मिश्रित थिए? के यो मूर्खताका कारण भएको थियो? के मेरो पछ्याइसँग, मैले लिइरहेको मार्गसँग यसको केही सम्बन्ध थियो?” यसरी आफैलाई जाँच्‍न सक्षम हुनुलाई तर्कसङ्‍गतता हुनु, लज्जाबोध चिन्नु, कामकुराहरूलाई निष्पक्ष, वस्तुगत तरिकाले हेर्नु, तथ्यहरूसँग मेल खाने रूपमा हेर्नु भनिन्छ। ख्रीष्टविरोधीहरूमा ठ्याक्कै यही कुराको कमी हुन्छ। जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरू सुरुमा यस्तो सोच्छन्, “तपाईँले यति निर्दयी रूपमा म जस्तो सम्मानित अगुवालाई यति धेरै मानिसहरूको अगाडि, मेरो लाजमर्दो रहस्यलाई समेत पर्दाफास गर्ने गरी, कसरी काटछाँट गर्न सक्नुहुन्छ? एक अगुवाको रूपमा मेरो मान खोइ? मलाई काटछाँट गर्ने क्रममा, के तपाईँले त्यसलाई नष्ट गर्नुभएको छैन? अबदेखि मेरो कुरा कसले सुन्‍नेछ? यदि कसैले मेरो कुरा सुन्दैन भने, मैले अगुवाको रूपमा कुनै पनि हैसियत कसरी पाउन सक्छु? के यसले मलाई केवल नाम मात्रको बनाउँदैन? त्यसपछि मैले कसरी हैसियतका लाभहरूको आनन्द उठाउने? के मैले उप्रान्त दाजुभाइ र दिदिबहिनीहरूले चढाएका वस्तुहरूको आनन्द लिन सक्‍नेछैनँ र?” के यो विचार सही छ? के यो सत्यतासँग मेल खान्छ? के यो जायज छ? (गर्नेछैन।) यो समझविहीन हुनु र बाङ्गो तर्कहरू प्रस्तुत गर्नु हो। मानको अर्थ के हो? अगुवा भनेको के हो? पक्कै पनि तँ भ्रष्टतारहित छैनस्? “तेरो लाजमर्दो रहस्य खुलासा गर्नु” भनेको के हो? तेरो लाजमर्दो रहस्य के हो? त्यो तेरो भ्रष्ट स्वभाव हो। तेरो भ्रष्ट स्वभाव अरूको जस्तै छ—त्यो तेरो लाजमर्दो रहस्य हो। तँबारे केही भिन्‍न कुरा छैन, तँ अरूभन्दा श्रेष्ठ छैनस्। तँसँग केही क्षमता छ र तँ केही काम गर्न सक्छस् भन्‍ने कुरा मात्र परमेश्‍वरको घरले देख्यो, त्यसैले यसले तँलाई प्रवर्द्धन र संवर्धन गर्‍यो र तँलाई केही बढी वहन गर्नका निम्ति विशेष बोझ दियो। तर यसको मतलब तैँले हैसियत पाएपछि, तँमा अब भ्रष्ट स्वभाव छैन भन्‍ने होइन। र तैपनि, ख्रीष्ट विरोधीहरूले यसो भन्दै यसमा अडिन्छन्, “अब मेरो हैसियत भएकोले, तपाईँले मलाई काटछाँट गर्नु हुँदैन, विशेष गरी यति धेरै मानिसहरूको अगाडि, जसले गर्दा अधिकांश मानिसहरूले मेरो वास्तविक अवस्थाको बारेमा थाहा पाउनेछन्।” के यो बाङ्गो तर्क होइन? यस दृष्टिकोणलाई कहाँ लागू गर्न सकिन्छ? बाहिर समाजमा, जब तैँले कसैलाई प्रवर्धन गर्छस्, तैँले तिनीहरूलाई सिद्ध व्यक्तिको रूपमा तिनीहरूको प्रशंसा गर्नुपर्छ र तिनीहरूका लागि, अलिकति पनि त्रुटिबिना, सिद्धताको छवि स्थापना गर्नुपर्छ। के त्यो छलपूर्ण हुँदैन? के परमेश्‍वरको घरले त्यो गर्नेछ? (गर्नेछैन।) शैतानले त्यही गर्छ र ख्रीष्ट विरोधीहरूले पनि त्यही कुराको माग गर्छन्। शैतान समझविहीन छ र यसरी नै ख्रीष्टविरोधीहरूमा पनि यस सन्दर्भमा समझको कमी हुन्छ। त्यति मात्र होइन, तर तिनीहरूले बाङ्गो तर्कहरू गर्छन् र अत्यधिक मागहरू राख्छन्। आफ्नो हैसियतको सुरक्षा गर्नका लागि, तिनीहरूलाई काटछाँट गर्ने तरिका र अवसरहरू र कुन कस्तो किसिमको बोल्ने शैली प्रयोग गरिन्छ भन्‍ने कुरा विचार गर्न तिनीहरू माथिलाई अनुरोध गर्छन्। के यो आवश्यक छ? तँ भ्रष्ट मानव होस् र तँलाई वास्तविक र साँचो कुराका लागि काटछाँट गरिँदैछ—यसलाई कुनै निश्‍चित तरिकाले गर्न के आवश्यक छ? के तेरो प्रवर्धन गर्ने कार्यले दाजुभाइ र दिदीबहिनीहरूलाई हानि गर्नेथिएन र? के तँजस्तो दुष्ट व्यक्तिलाई प्रवर्धन गरिनुपर्छ र तेरो हैसियत सुरक्षित गरिनुपर्छ, ताकि तैँले तलका मानिसहरूमाथि जथाभावी खराब कार्यहरू गर्न सक् र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न सक्? के त्यो दाजुभाइ र दिदीबहिनीहरूका लागि न्यायोचित हुनेछ? के यो तिनीहरूप्रति जिम्मेवारी देखाउनु हो? यो तिनीहरूप्रति जिम्मेवारी देखाउने तरिका होइन। त्यसैले यस्तो व्यवहार गर्ने, यसरी सोच्‍ने र यस्ता किसिमका मागहरू गर्ने ख्रीष्टविरोधीले विशुद्ध रूपमा बाङ्गो तर्कहरू प्रस्तुत गरिरहेको हुन्छ र जानाजानी समस्या निम्त्याइरहेको हुन्छ, जसमा लाजको सर्वथा अभाव हुन्छ। उसले गरेको गल्तीका लागि काटछाँट गरिँदा, ख्रीष्ट विरोधीले आफूसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैन, न त कुन भ्रष्ट स्वभावले आफूलाई यस्तो काम गर्न लगायो भनेर जाँच नै गर्छ। धेरै बाङ्गा तर्कहरू प्रस्तुत गरेपछि, उसले आफूलाई जाँच्‍न इन्कार गर्ने मात्र होइन, प्रतिकारात्मक उपायहरूका बारेमा पनि सोच्छ। “यसको रिपोर्ट कसले गऱ्यो? यो कुरा माथिकहाँ कसले चुहायो? मैले यो गरेँ भनेर अगुवाहरूलाई कसले रिपोर्ट गऱ्यो? यो को थियो भनेर मैले थाहा पाउनुपर्छ र उसलाई पाठ सिकाउनुपर्छ। मैले सभाहरूमा उसलाई हप्काउनुपर्छ र म कति भयानक छु भनेर देखाउनुपर्छ।” जब उसको काटछाँट गरिन्छ, ख्रीष्टविरोधीले आफ्नो प्रतिरक्षा गर्न, निस्कने उपाय खोज्‍न, सबै कुरा गर्नेछ, र यसो सोच्नेछ “यस पटक म लापरवाह भएँ र मेरो भेद खुलेको छ, त्यसैले अर्को पटक यस्तो हुन नदिन मैले सक्दो गर्नुपर्छ, अनि माथिलाई र तलका दाजुभाइ र दिदीबहिनीहरूलाई छल्‍न नयाँ उपाय अपनाउनुपर्छ, ताकि कसैलाई थाहा नहोस्। मैले केही सही कार्य गर्दा, मैले अगाडि बढेर यसको श्रेय लिन हतार गर्नुपर्छ, तर गल्ती गर्दा, मैले तुरुन्तै त्यसको जिम्मेवारी अरूमाथि थोपर्नुपर्छ।” के त्यो लाजमर्दो हैन? त्यो अत्यन्तै लाजमर्दो हो! जब एक सामान्य व्यक्तिलाई काटछाँट गरिन्छ, उसले आफ्नो मनको गहिराइमा, निजी रूपमा स्वीकार गर्छ, “म असल छैनँ—ममा भ्रष्ट स्वभाव छ। योभन्दा बढी भन्‍नु बाँकी नै छैन। मैले आत्म-चिन्तन गर्नुपर्छ।” उसले मौन रूपमा सङ्कल्प गर्छ कि यदि फेरि यस्तो परिस्थितिको सामना गर्नुपर्‍यो भने, उसले परमेश्‍वरका माग अनुसार कार्य गर्नेछ। चाहे उसले यो हासिल गर्न सकोस् वा नसकोस्, जे भए पनि, जब उसलाई काटछाँट गरिन्छ, उसले यसलाई आफ्नो हृदयमा तर्कसङ्‍गत तरिकाले स्वीकार गर्छ र उसको समझले उसलाई बताउँछ कि उसले वास्तवमै केही गल्ती गऱ्यो, अनि उसमा भ्रष्ट स्वभाव भएको कारण, उसले यसलाई स्वीकार गर्नुपर्छ। ऊ हृदयमा कुनै प्रतिरोधविना समर्पित हुन्छ र यदि उसले अलिकति अन्याय महसुस गरे पनि, उसको मुख्य मनोवृत्ति सकारात्मक हुन्छ। ऊ आत्म-चिन्तन गर्न, पछुतो महसुस गर्न र भविष्यमा यस मामलामा उस्तै गल्ती नगर्ने अठोट गर्न सक्षम हुन्छ। अर्कोतर्फ, ख्रीष्टविरोधीले पछुतो महसुस नगर्ने मात्र होइन, ऊ आफ्नो हृदयमा प्रतिरोधी पनि हुन्छ र ऊ आफूले गरिरहेको दुष्टतालाई छोड्न असमर्थ मात्र हुँदैन, उसले अघि बढ्ने अर्को तरिका खोज्‍ने प्रयास समेत गर्छ ताकि उसले आफ्नो दुष्ट व्यवहारलाई निरन्तरता दिँदै जथाभावी दुष्कर्महरू गर्न सकोस्। जब उसको काटछाँट गरिन्छ, उसले आफ्नै भ्रष्ट स्वभाव, उसको गलत कार्यको स्रोत, उसका अभिप्रायहरू वा उसको भ्रष्ट स्वभाव प्रकट हुँदा ऊ भित्र उत्पन्‍न भएका विभिन्‍न स्थिति र दृष्टिकोणहरूको जाँच गर्दैन। उसले कहिल्यै यी कुराहरूको जाँच वा चिन्तन गर्दैन, न त अरू कसैले उसलाई सुझाव, सल्लाह दिँदा वा खुलासा गर्दा यसलाई स्वीकार नै गर्छ। बरु, उसले आफूभन्दा माथिका र आफूभन्दा मुनिका मानिसहरूलाई छल्‍न विभिन्‍न तरिका, साधन र दाउपेचहरूको खोजी गर्ने आफ्ना प्रयास बढाउँछ, ताकि उसले आफ्नो हैसियतको रक्षा गर्न सकोस्। उसले परमेश्‍वरको घरमा बाधा पुर्‍याउनका निम्ति आफ्ना प्रयास बढाउँछ र आफ्नो हैसियतलाई दुष्ट कार्य गर्नका निम्ति प्रयोग गर्छ। ऊ साँच्चै नै आशाविहीन छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्