विषयवस्तु एघार: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्वरको आलोचना गर्छन् (खण्ड दुई)
हामीले भर्खरै ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिनुपर्ने ६ वटा कारणहरूका बारेमा कुरा गरेका छौँ। पहिलो तिनीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्नु; दोस्रो, गुप्त चालबाजीमा संलग्न हुनु; तेस्रो, अरूलाई सास्ती दिनु; चौथो, आफ्नै तरिकाले काम गर्नु; पाँचौँ, विशिष्ट विशेषाधिकारहरूमा रमाउनु; र छैटौँ आफूभन्दा माथि र तलकालाई धोका दिनु। के अरू पनि छन्? (दाजुभाइ र दिदीबहिनीहरूलाई भ्रमित पार्नका निम्ति विधर्म र झुट फैलाउनु।) (परमेश्वरलाई उच्च पार्ने वा उहाँको गवाही दिने काम कहिल्यै नगर्नु र यसको सट्टा सधैँ आफ्नै गवाही दिनु र मानिसहरूलाई बहकाउन शब्दहरू र धर्मसिद्धान्तहरू प्रचार गर्नु।) (पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई आलोचना गर्नु, आक्रमण गर्नु र घृणा गर्नु।) यी तीन कुराहरूमध्ये कुनचाहिँ हामीले पहिले नै छलफल गरिसकेका छवटा कारणहरूको सारसँग तुलनात्मक रूपमा नजिक छ? (सधैँ आफैलाई उच्च पार्नु र आफ्नै गवाही दिनु अनि परमेश्वरको गवाही कहिल्यै नदिनु।) यो तुलनात्मक रूपमा गम्भीर प्रकृतिको छ। यसपछिको दोस्रो भनेको पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई आक्रमण गर्नु र आलोचना गर्नु हो, त्यसपछि मानिसहरूलाई बहकाउन भ्रम फैलाउनु हो। ख्रीष्टविरोधीका केही अन्य विशिष्ट प्रकटीकरणहरू हुनुपर्दछ, तर यिनले लगभग सबै कुराको प्रतिनिधित्व गर्छन्, त्यसैले हामीले आज ती प्रत्येकका बारेमा अनावश्यक विवरणमा जानु पर्दैन। आजको सङ्गति त्यसमा केन्द्रित होइन; बरु, आजको केन्द्रीय विषय, कसरी ख्रीष्टविरोधीले काटछाँट स्विकार्दैन, र कसरी उसमा कुनै गलत कार्य गर्दा पश्चात्तापको मनोवृत्ति हुँदैन, बरु उसले धारणाहरू फैलाउँछ र सार्वजनिक रूपमा परमेश्वरको आलोचना गर्छ भन्ने हो। अर्को शब्दमा, ख्रीष्टविरोधीको काटछाँटपछिको मनोवृत्ति, यस मनोवृत्तिको जड र उसको स्वभाव सार वास्तवमा के हो—यो हामीले सङ्गति गर्नुपर्ने कुराको केन्द्रबिन्दु हो। हामीले भर्खरै समेटेका अन्य कुराहरू यससँग केही हदसम्म सम्बन्धित साना विषयहरू हुन्। हामीले तिनका बारेमा पहिले नै पर्याप्त रूपमा विस्तारमा छलफल गरिसकेकाले, आज हामीले तिनका बारेमा फराकिलो र सामान्य तरिकाले सङ्गति गर्यौँ, र हामीले यसअघि सङ्गति गरेका ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको सारांश निकाल्यौँ। ख्रीष्टविरोधीहरूसँग यी प्रकटीकरण, यी स्वभाव र सारहरू हुन्छन् अनि तिनीहरूले यस प्रकारका कुराहरू गरेका हुन्छन्, त्यसैले तिनीहरूलाई काटछाँट र अस्वीकार गरिनुपर्छ। यद्यपि, के एउटा साँचो ख्रीष्टविरोधी, जोसँग ख्रीष्टविरोधीको सार छ, उसले आफूले गरेका यी कुराहरू स्वीकार गर्ला वा यी प्रकटीकरणहरू ख्रीष्टविरोधीका हुन् भनेर स्वीकार गर्ला? (अहँ, उसले गर्नेथिएन।) तिमीहरूले कहिल्यै शैतान र दियाबलसहरूले आफूले परमेश्वरको विरोध गर्छु भनेर स्वीकार गरेका देखेका छौ? तिनीहरूले आफूले परमेश्वरको विरोध गर्छु भनेर कहिल्यै स्वीकार गर्नेछैनन् र तिनीहरूले आफूले जुनै प्रकारका गल्तीहरू गरे पनि, आफू गलत छु भनेर कहिल्यै स्वीकार गर्नेछैनन्। त्यसोभए, आजको सङ्गतिको विषय, ख्रीष्टविरोधीहरूको यस सारको दृष्टिकोणबाट सुरु गरौँ।
आ. ख्रीष्टविरोधीहरूले काटछाँट गरिन नस्विकार्दा कस्तो व्यवहार गर्छन्
क. तिनीहरू आफूले गल्ती गरेको स्विकार्न मान्दैनन्
ख्रीष्टविरोधीले जतिसुकै ठूलो गल्ती गरे तापनि र उसले जतिसुकै दुष्टता गरे तापनि, जब उसको काटछाँट गरिन्छ, उसले गर्ने पहिलो व्यवहार भनेको आफूले गरेको गलत कुरालाई पूर्ण रूपमा इन्कार गर्नु, आफूलाई प्रमाणित गर्नका लागि हायल-कायल भएर कुतर्कको प्रयोग गर्नु हो। यो तिनीहरूले कुनै गल्ती गर्दा, तिनीहरूमा पश्चात्तापको मनोवृत्तिको अभाव हुनु हो, जुन ख्रीष्टविरोधीहरूको एघारौँ प्रकटीकरणमा उल्लेख गरिएको छ। ख्रीष्टविरोधीहरूमा पश्चात्तापको मनोवृत्ति हुँदैन, त्यसोभए तिनीहरूले भित्री रूपमा के सोचिरहेका हुन्छन्? तिनीहरूमा किन पश्चात्तापको मनोवृत्ति हुँदैन? (किनभने तिनीहरू आफूले केही पनि गलत नगरेको कुरामा विश्वास गर्छन्।) ठीक हो। ख्रीष्टविरोधीहरूले पटक्कै स्वीकार गर्दैनन् कि तिनीहरूले केही गलत गरेका छन्। त्यसोभए के तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने कुरा स्वीकार गर्न सक्षम छन्? यो अझ कठिन छ। यदि तँ ख्रीष्टविरोधीको खुलासा गर्न तथ्यहरूको सूची बनाउन सक्षम हुन्छस् भने, के ऊ यसलाई स्वीकार गर्न सक्षम हुनेछ? यसमा कुनै शङ्का नै छैन, ऊ यसलाई स्वीकार गर्न झनै सक्षम हुनेछैन। यस प्रकारका प्रकटीकरणहरूमार्फत, हामी देख्न सक्छौँ कि ख्रीष्टविरोधीको सार परमेश्वरलाई प्रतिरोध र उहाँलाई विश्वासघात गर्ने हो र तिनीहरूको स्वभाव सत्यताप्रति वितृष्ण हुन्छ, सत्यतालाई घृणा गर्ने र सत्यतालाई पटक्कै प्रेम नगर्ने हुन्छ। तसर्थ, जब ख्रीष्टविरोधीहरूको खुलासा र काटछाँट हुन्छ, तब तिनीहरूले सबैभन्दा पहिले गर्ने भनेकै आफ्नो प्रतिरक्षाको लागि विभिन्न कारणहरू खोजी गर्नु, पासोबाट आफूलाई मुक्त गर्ने प्रयास गर्न हरप्रकारका बहानाहरू बनाउनु, र यसरी आफ्ना जिम्मेवारीहरूलाई पन्छ्याउने र माफी पाउने आफ्नो उद्देश्य हासिल गर्नु हो। ख्रीष्टविरोधीहरूलाई परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूको चरित्र, तिनीहरूको कमजोरी र त्रुटिहरू, तिनीहरूको मुख्य कमजोरी, र तिनीहरूको साँच्चिकैको क्षमता र कार्य सामर्थ्य छर्लङ्ग देख्लान् भन्ने सबैभन्दा बढी डर हुन्छ—त्यसकारण तिनीहरूले देखावटी व्यवहार गर्न र आफ्ना कमीकमजोरी, समस्या, र भ्रष्ट स्वभावहरू ढाकछोप गर्नेगरी आफूलाई प्रस्तुत गर्ने सक्दो प्रयास गर्छन्। जब तिनीहरूको दुष्कर्मको भेद खुल्छ, र त्यसको खुलासा हुन्छ, तिनीहरूले सबैभन्दा पहिले यो तथ्यलाई स्वीकार गर्ने वा मान्ने, वा आफ्ना गल्तीहरू सुधार्ने र त्यसलाई भराउने सक्दो प्रयास गर्ने गर्दैनन्, बरु तिनीहरू ती कुराहरू ढाकछोप गर्न, आफ्ना कार्यहरूबारे परिचित मानिसहरूलाई झुक्याउन र भ्रममा पार्न, विभिन्न विधिहरू सोच्छन्, परमेश्वरका चुनिएका मानिसहरूलाई वास्तविक अवस्था नदेखाउन, र तिनीहरूका कार्यहरू परमेश्वरको घरको लागि कति हानिकारक छन्, तिनीहरूले मण्डलीको काममा कति धेरै बाधा र अवरोधहरू ल्याएका छन् भन्ने कुरा थाहा नदिन प्रयोग गर्ने विभिन्न विधिहरू सोच्छन्। अवश्य नै, तिनीहरूलाई माथिले थाहा पाउलान् भन्ने कुराको सबैभन्दा बढी डर हुन्छ, किनभने माथिले थाहा पाए भने, तिनीहरूलाई सिद्धान्तअनुसार निराकरण गरिनेछ र तिनीहरू सक्किनेछन्, र तिनीहरूलाई बर्खास्त गरेर हटाइने नै छ। त्यसकारण, जब ख्रीष्टविरोधीहरूको दुष्कर्म खुलासा हुन्छ, तब तिनीहरूले गर्ने पहिलो काम भनेको तिनीहरूले कहाँ गल्ती गरेका छन्, कहाँ सिद्धान्तहरू उल्लङ्घन गरेका छन्, तिनीहरूले किन त्यस्तो काम गरे, तिनीहरूलाई कस्तो स्वभावले नियन्त्रण गरेको थियो, तिनीहरूका आशयहरू के थिए, त्यो बेला तिनीहरूको स्थिति कस्तो थियो, यो मनपरी रूपमा गरिएको थियो कि दूषित आशयहरूका कारणले गरिएको थियो भन्ने विषयमा चिन्तन गर्नु होइन। यी कुराहरूका बारेमा चिन्तन गर्नु त कता हो कता, तिनलाई चिरफार समेत नगरी, तिनीहरू साँचो तथ्यहरूलाई ढाक्नको लागि दिमाग खियाउँछन्। यो सँगसँगै, तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूसामु स्पष्टीकरण दिन र आफूलाई सत्य साबित गर्न, तिनीहरूलाई छल्न सक्दो प्रयास गर्छन्, ठूला समस्याहरूलाई सानो देखाउँछन्, साना समस्याहरूलाई समस्यारहित देखाउँछन्, र अरूलाई झुक्क्याएर त्यसबाट उम्कन्छन्, ताकि तिनीहरू परमेश्वरको घरमै रहेर लापरवाहीपूर्वक गलत कार्यहरू गर्न, आफ्नो शक्तिको दुरुपयोग गर्न र मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न जारी राख्न सकून्, र तिनीहरूलाई आफ्नो आदर गर्न लगाउन, र आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि तिनीहरूलाई जे भन्यो त्यही गर्ने पार्न सक्षम होऊन्। सुरुदेखि अन्त्यसम्म, ख्रीष्टविरोधीहरूले वास्तवमा के गरिरहेका हुन्छन्? प्रार्थना गर्नलाई परमेश्वरको अगाडि आउनु र आफ्ना गल्ती र अपराधहरू स्वीकार गर्नु अनि आफ्ना अभिप्रायहरू र भ्रष्ट स्वभावहरूलाई चिन्नुको साटो, ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठाका निम्ति कुराहरू भन्ने, कुराहरू गर्ने र आफैँलाई व्यस्त राख्ने प्रयासमा दिमाग खियाइरहेका हुन्छन्। तिनीहरूले गरेका गल्तीहरूले मण्डलीको काम र दाजुभाइ दिदीबहिनीहरूमा ल्याउने नोक्सानीलाई पनि तिनीहरूले स्वीकार गर्दैनन्। यसको साटो, तिनीहरू आफ्नो हृदयको गहिराइमा बारम्बार व्यग्रतापूर्ण रूपले खोजी गरिरहन्छन्: “मैले ठ्याक्कै कहाँ गल्ती गरेको छु? म कहाँ सतर्क भएको छैन, जसको कारण मैले कसैलाई मविरुद्ध गलचेप पाउने तुल्याएँ? मैले कहाँ पर्याप्त प्रयास गरेको वा कुराहरूमा पूर्ण रूपमा विचार गरेको छैन, जसको कारण केही गलत भयो र यो आलोचनाको स्रोत या मेरो विरुद्ध उपयोग गर्न सकिने आड बन्यो?” तिनीहरू खान वा सुत्न असमर्थ हुने गरी यी कुराहरूका बारेमा बारम्बार सोच्ने र छान्ने गरिरहन्छन्। तर ख्रीष्टविरोधीले कहिल्यै आत्म-चिन्तन गर्देन वा आफैँलाई चिन्दैन, उसले परमेश्वरसँग प्रार्थना गर्दैन र आफूले केही गल्ती गरेको स्वीकार गर्दैन र उसले परमेश्वरको वचनमा आधारित जवाफहरू खोज्दैन, उसले अभ्यास गर्नुपर्ने सत्यताहरू वा पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू खोज्दैन र उसले सङ्गतिमा खुल्नका निम्ति र समस्याहरूको समाधान गर्नका निम्ति सत्यता खोजी गर्न सत्यता बुझ्ने दाजुभाइ र दिदीबहिनीहरूको खोजी गर्दैन। उसले कुनै मामला सामना गर्दा, खोजी गर्देन वा समर्पित हुँदैन, बरु, उसले आफ्ना समस्याहरू लुकाउनका लागि आफूसँग भएका हर सम्भव साधनहरूको प्रयोग गर्ने प्रयास गर्छ, यो सोचेर कि जति कम मानिसहरूले तिनका बारेमा थाहा पाउँछन्, त्यति नै राम्रो हुन्छ र आफ्नो प्रतिष्ठा र हैसियत सुरक्षित राख्नु नै सर्वोत्तम नीति हो। ख्रीष्टविरोधीहरूको हृदय यति अँध्यारो हुन्छ र तिनीहरू विद्रोहीपन र दुष्टताले भरिएका छन्, तिनीहरूमा परमेश्वरप्रति समर्पित हुने अभिप्राय अलिकति पनि छैन। ख्रीष्टविरोधीहरू सधैँ आफ्नो प्रतिष्ठा र हैसियतलाई नोक्सान हुनबाट जोगाउने तरिकाहरू खोजिरहेका हुन्छन्। तिनीहरूलाई सहयोग र मद्दत गर्न तिनीहरूसँग जोसुकैले सत्यता सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्, र मनमनै सोच्छन्: “म सबै कुरा बुझ्छु, मलाई तिमीहरूको सहयोगको आवश्यकता छैन! मलाई समस्या हुँदा पनि, म तिमीहरूभन्दा असल छु। तिमीहरूसँग भएको थोरै बुझाइले तिमीहरूले के मलाई सहयोग गर्न सक्छौ भन्ने सोच्छौ? तिमीहरूले वास्तवमै यहाँ आफ्नो क्षमतालाई अत्यधिक मूल्याङ्कन गर्दैछौ!” ख्रीष्टविरोधीहरू यति अहङ्कारी र आत्म-धर्मी हुन्छन्। तिनीहरूले धेरै नराम्रा कामहरू गर्छन्, तैपनि तिनीहरू स्वीकार गर्न इन्कार गर्छन् कि तिनीहरूले केही गलत गरेका छन् वा तिनीहरूमा कुनै समस्या छ। तिनीहरूको हृदयमा, तिनीहरू धेरै हठी हुन्छन् र कसैको पनि कुरा नै सुन्ने छैनन्। तिनीहरूले आफ्नो दिमागबाट हटाउन नसक्ने एउटा मात्र कुरा भनेको तिनीहरूको कार्यले पछि तिनीहरूको प्रतिष्ठा र हैसियतमा कस्तो प्रभाव पार्छ भन्ने हो। यो नै तिनीहरूलाई सबैभन्दा बढी हैरान पार्ने कुरा हो र यही कुराका बारेमा तिनीहरू सबैभन्दा बढी चिन्तित हुन्छन्।
ख्रीष्टविरोधीले जति नै धेरै गलत काम गरे पनि, जुनसुकै प्रकारका गलत काम गरे पनि, चाहे त्यो परमेश्वरको भेटी हिनामिना गर्ने, उडाउने, दुरुपयोग गर्ने होस्, वा मण्डलीको काममा बाधा र अवरोध ल्याएर काम भताभुङ्ग पारेर परमेश्वरलाई क्रोध उक्साउने काम नै किन नहोस्, तिनीहरू सधैँ शान्त, स्थिर र पूर्ण रूपमा निस्फिक्री रहन्छन्। ख्रीष्टविरोधीले जस्तोसुकै दुष्कर्म गरे पनि वा त्यसले जे-जस्ता परिणामहरू ल्याए पनि, तिनीहरू कहिल्यै आफ्नो पाप स्विकार्न र पश्चात्ताप गर्न तुरुन्तै परमेश्वरसामु आउँदैनन्, वा आफ्ना गलत कार्यहरू स्विकार्न, आफ्ना अपराधहरू र भ्रष्टता जान्न, र आफ्ना दुष्ट कार्यहरूको पछुतो गर्नका लागि आफूलाई उदाङ्गो पार्ने अनि खुल्ने मनोवृत्तिका साथ दाजुभाइ-दिदीबहिनीहरूसामु कहिल्यै आउँदैनन्। बरु, तिनीहरू जिम्मेवारीबाट पछि हट्ने र आफ्नो इज्जत र हैसियत पुनर्स्थापित गर्न अरूमाथि दोष थोपर्ने विभिन्न बहाना खोज्न दिमाग खियाउँछन्। तिनीहरू मण्डलीको कामका बारेमा होइन, बरु आफ्नै प्रतिष्ठा र हैसियतमा हानि वा कुनै तरिकाले असर भयो कि भएन भन्ने कुरामा ध्यान दिन्छन्। तिनीहरू आफ्ना अपराधहरूले परमेश्वरको घरमा पुर्याएका क्षतिहरूबारे बिलकुलै विचार गर्दैनन् वा त्यसलाई परिपूर्ति गर्ने उपायहरूबारे कहिल्यै सोच्दैनन्, न त परमेश्वरप्रतिको आफ्नो ऋण उतार्ने प्रयास नै कहिल्यै गर्छन्। भन्नुको अर्थ, तिनीहरू आफूबाट गलत काम हुन सक्छ वा आफूले गल्ती गरेको छु भनेर कहिल्यै स्वीकार गर्दैनन्। ख्रीष्टविरोधीहरूको हृदयमा, सक्रिय भएर गल्ती स्विकार्नु र तथ्यहरूको इमानदार लेखा दिनु असक्षमता र मूर्खता हो। यदि ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूको पत्ता लागे र खुलासा भए भने, तिनीहरूले क्षणिक लापरवाहीले भएको गल्ती भनेर मात्रै स्विकार्छन्, आफू कर्तव्यविमुख र गैरजिम्मेवार भएको भनेरचाहिँ कहिल्यै स्विकार्दैनन्, र आफ्नो जीवनबाट त्यो कलङ्क हटाउन तिनीहरूले अरू कसैको काँधमा जिम्मेवारी थोपर्ने प्रयास गर्छन्। यस्तो बेला, ख्रीष्टविरोधीहरूले परमेश्वरको घरमा पुगेको नोक्सानीको पूर्ति कसरी गर्ने, आफ्ना गल्तीहरू कसरी स्विकार्ने, कसरी खुलेर कुरा गर्ने, वा घटेको घटनाको विवरण परमेश्वरका चुनिएका मानिसहरूलाई कसरी दिने भन्नेबारेमा चिन्ता गर्दैनन्। तिनीहरू ठूलो समस्यालाई सानोजस्तो देखाउन र सानो समस्यालाई समस्या नै होइनजस्तो देखाउन उपायहरू खोज्न मात्रै चिन्ता गर्छन्। तिनीहरूले अरूलाई कुरा बुझाएर आफूप्रति सहानुभूति देखाउने बनाउन वस्तुगत कारणहरू दिन्छन्। अरूको मनमा आफ्नो प्रतिष्ठा पुनर्स्थापित गर्न, आफ्ना अपराधहरूले आफैमाथि पार्ने अत्यन्तै नकारात्मक असर कम गर्न, र माथिकहाँ आफ्नो खराब छाप पर्न नदिन, माथिले तिनीहरूलाई कहिल्यै पनि जवाफदेही तुल्याउन, बर्खास्त गर्न, परिस्थितिको अनुसन्धान गर्न, वा तिनीहरूलाई ठेगान लगाउन नदिनका लागि सक्दो गर्छन्। ख्रीष्टविरोधीहरू आफ्ना हितहरूमा कुनै हानि नहोस् भनेर आफ्नो प्रतिष्ठा र हैसियत पुनर्स्थापित गर्न, जति धेरै कष्ट भोग्न पनि तयार हुन्छन्, र तिनीहरूले जुनसुकै कठिनाइ समाधान गर्न हर सम्भव विधि सोच्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्नो अपराध वा गल्तीको सुरुदेखि नै आफूले गरेका गलत कामहरूको जिम्मेवारी लिने अभिप्राय कहिल्यै राखेका हुँदैनन्, तिनीहरूमा आफूले गर्ने गलत कार्यहरूपछाडिका मनसाय, इरादा, र भ्रष्ट स्वभाव स्वीकार गर्ने, त्यसबारे सङ्गति गर्ने, त्यसलाई खुलासा वा चिरफार गर्ने कुनै अभिप्राय हुँदैन, र अवश्य नै तिनीहरूले मण्डलीको काममा आफूबाट भएको हानि र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पुगेको नोक्सानीको भरपाई गर्ने अभिप्राय कहिल्यै राखेका हुँदैनन्। त्यसकारण, तैँले यो मामलालाई जुनसुकै परिप्रेक्ष्यबाट हेरे पनि, ख्रीष्टविरोधीहरू आफ्ना गल्ती जिद्दीपूर्वक नस्विकार्ने र पश्चात्ताप गर्नुभन्दा बरु मर्न रुचाउने मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू छुटकाराको सबै आशा गुमाएका बेसरम र थेत्तर मानिसहरू हुन्, र तिनीहरू जीवित शैतानभन्दा कमका हुँदैनन्। तिनीहरूले मण्डलीभित्र जतिसुकै ठूलो गल्ती गरे तापनि, तिनीहरूले आफ्नो छाती फुलाउँछन् र आफ्नो शिर उच्च राख्छन्, तिनीहरू यसप्रति पूर्ण रूपमा उदासीन रहन्छन्, र यो विश्वास गर्छन् कि तिनीहरूले केही पनि गल्ती गरेका छैनन् र तिनीहरूमा पश्चात्ताप गर्ने अभिप्राय अलिकति पनि हुँदैन। तिनीहरू आफूले गरेका गल्तीहरूमा कहिल्यै आँसु झार्दैनन्, न त यी कुराहरूका कारण तिनीहरूले कहिल्यै कुनै दुःख वा पश्चात्ताप महसुस गर्छन्। यसको विपरीत, यदि तिनीहरूले अनजानमा आफ्नो खुलासा गरेमा, त्यसरी अधिकांश मानिसहरूलाई तिनीहरूको वास्तविक अनुहार देख्ने र तिनीहरूलाई अस्वीकार गर्ने तुल्याएमा पीडा वा दुःख महसुस गर्छन्। जब तिनीहरूले गल्ती गर्छन् अनि तिनीहरूका कार्यहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि पुर्याएको हुन्छ र मण्डलीको काममा क्षति पुर्याएको हुन्छ, तिनीहरूले बोल्ने हरेक शब्द र तिनीहरूले गर्ने सबै कार्यको उद्देश्य यी त्रुटिहरूको क्षतिपूर्ति गर्न वा नोक्सानको भरपाइ गर्नलाई होइन, बरु तिनीहरूले आफ्नै अभिप्रायहरू पालिरहेका हुन्छन् र आफ्नो प्रतिरक्षा गर्न, प्रदर्शन र तमाशा गर्नका निम्ति हर सम्भव विधिहरू तयार गरिरहेका हुन्छन्। तिनीहरूको उद्देश्य धेरै मानिसहरूलाई तिनीहरूले जे गरे त्यो अनजानमा गरिएको थियो भनेर देखाउनु हो, कि तिनीहरू क्षणिक रूपमा मात्र लापरवाह भएका थिए, ताकि तिनीहरूले उनीहरूको क्षमा प्राप्त गर्न सकून्, तिनीहरूको पक्षमा बोलून् र परमेश्वरका चुनिएका मानिसहरूको भरोसा र निगाह प्राप्त गर्न सकून् र यसरी पूर्ण रूपमा फर्की आउने आफ्नो लक्ष्य प्राप्त गर्न सकून्।
कतिपय ख्रीष्टविरोधीहरू, काटछाँट गरिएपछि, आफूलाई किन काटछाँट गरियो भनेर बुझ्न, आफ्नो खुलासा भएको मामलामा आफ्नो गल्ती वास्तवमा कहाँ छ भनेर पत्ता लगाउन र तिनीहरूले अगाडि बढ्ने क्रममा यसलाई कसरी क्षतिपूर्ति गर्नुपर्छ भन्नेबारे आत्म-चिन्तन गर्दैनन्। यसको सट्टा, तिनीहरूले काटछाँट गरिने कुराबाट फाइदा उठाउँछन्, तिनीहरूले कसरी काटछाँटलाई स्वीकार गरे, कसरी तिनीहरूले यसबाट पाठ सिके, कसरी तिनीहरू समर्पित हुन सक्षम भए र माथिसँग नजिकको सम्पर्क पछि तिनीहरूले कसरी माथिको प्रशंसा प्राप्त गरे भन्ने बारेमा अरूसँग सङ्गति गर्छन्। साथ-साथै, यी ख्रीष्टविरोधीहरूले माथिका बारेमा आफ्नो असन्तुष्टि र धारणाहरू फैलाउन तिनीहरूले कसरी काटछाँटलाई स्वीकार गरे भन्ने बारेमा सङ्गति गरेर एक बनावटी परिस्थिति पनि सिर्जना गर्छन् र मानिसहरूमा यस्तो छाप छोड्छन् कि माथिसँग मानिसहरूको काँटछाँट गर्ने सिद्धान्तहरू नै छैनन्, माथिले मानिसहरूलाई जथाभाबी काटछाँट गर्छन् र माथि सहानुभूतिहीन छन्, तिनले मानिसहरूको भावनालाई ख्याल गर्दैनन् र मानव कमजोरीहरूलाई ख्याल गर्दैनन्, अनि त्यो सबका बाबजुद पनि तिनीहरू अझै पूर्ण रूपमा समर्पित भए र अझै पनि तिनीहरूको भागमा परेको कामलाई पूर्ण रूपमा सर्वोत्तम तरिकाले गर्न सक्षम भए, तिनीहरू नकारात्मक, कमजोर वा प्रतिरोधी भएनन्, न त तिनीहरूले आफ्नो कर्तव्य नै त्यागे। जब एक ख्रीष्टविरोधीले यी सबै कुराहरू भन्छ, उसले मानिसहरूलाई सत्यतामा समर्पित हुन र स्वेच्छाले काटछाँट स्वीकार गर्न असफल मात्र बनाउँदैन, यसको विपरीत, उसले मानिसहरूलाई परमेश्वरका बारेमा धारणा र रायहरू विकास गर्न अनि परमेश्वरविरुद्ध प्रतिरक्षा गर्न प्रेरित गर्छ, जबकि ख्रीष्टविरोधीप्रति ईर्ष्या, प्रशंसा र सम्मानको भावना विकास गर्ने बनाउँछ। एकचोटि यी दुई परिणामहरू उत्पन्न भइसकेपछि, मानिसहरूले सबैभन्दा ख्याल नगर्ने कुराहरू भनेको ख्रीष्टविरोधीले के अपराध गऱ्यो, उसले के गल्ती गऱ्यो, र ऊ आफ्नो काममा सक्षम नभएको र उसले लापरवाहीपूर्वक दुष्कर्म गरेकोले उसले मण्डलीको काममा, परमेश्वरको घरमा नोक्सान पुऱ्यायो भन्ने तथ्य हो। यो ख्रीष्टविरोधीको रणनीतिहरू मध्ये एक हो—झूटो दोष लगाउने र यसरी अरूलाई बहकाउने। उसले कहिले पनि यस तथ्यको उल्लेख गर्दैन कि उसले परमेश्वरको घरको काममा यति धेरै समस्या ल्यायो र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा यति ठुलो नोक्सान पुऱ्यायो किनभने ऊ आफ्नो कर्तव्यमा लापरवाह थियो, ऊ मूर्ख र अज्ञानी थियो, किनभने उसले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गऱ्यो। उसले कहिले पनि यी कुराहरूलाई स्वीकार वा चिरफार गर्दैन, उसले यी मामिलाहरूको तथ्य कहिल्यै उल्लेख गर्दैन, उसले आफू बर्खास्त भएको कारण वा उसलाई किन काटछाँट गरिएको थियो भन्ने कुरा कहिल्यै उल्लेख गर्दैन। उसले केवल यही कुरा गर्छ कि माथिले उसलाई कसरी काटछाँट गरे, माथिको काटछाँट कति क्रूर थियो, माथिले उसँग कति कठोरताका साथ बोले, ऊ कति रोयो, उसलाई कसरी बलीको बोको बनाइयो र उसले कति कष्ट भोग्यो, तैपनि ऊ कसरी सदा झैँ अडिग रह्यो, आफ्नो कर्तव्य निर्विवाद रूपमा पूरा गरिरह्यो। सुरुदेखि अन्तसम्म, के कुनै ख्रीष्टविरोधीमा आफ्नै गल्ती स्वीकार गर्ने मनोवृत्ति अलिकति पनि हुन्छ? हुँदैन। जब वास्तविक अवस्था थाहा नपाएका, सत्यता नबुझेका मूर्ख र अज्ञानी मानिसहरूले यसका बारेमा सुन्छन्, तिनीहरूले यसो सोच्छन्, “माथिसँग मानिसहरूलाई कसरी काटछाँट गर्ने भन्ने सम्बन्धमा कुनै सिद्धान्तहरू नै छैनन्। कसैले आफ्नो काम चाहे जतिसुकै राम्ररी गरे पनि वा जसरीसुकै मूल्य चुकाए पनि फरक पर्दैन, उसलाई उसै गरी काटछाँट गरिनेछ, त्यसपछि उसले कुनै कमजोरी देखाउन मिल्दैन, ऊ केवल समर्पित हुनुपर्छ।” ख्रीष्टविरोधीको सङ्गति र बहकाइको एक चरणपछि र उसले कामकुराहरू गर्ने पर्याप्त प्रयास गरेपछि, उसले प्राप्त गर्ने परिणाम भनेको मानिसहरूको हृदयमा परमेश्वरप्रति गलतफहमी र सतर्कता उत्पन्न गर्नु हो, ताकि जब मानिसहरूलाई काटछाँट गरिन्छ, तिनीहरूले परमेश्वरको हृदयलाई अझ राम्ररी बुझ्न वा खुशीसाथ समर्पित हुन र काटछाँट स्विकार्न सक्नुको सट्टा, त्यसपछि तिनीहरूको आफ्नै भ्रष्ट स्वभाव, मूर्खता तथा अज्ञानता अनि तिनीहरू वास्तवमा को हुन् भनेर चिन्नुको सट्टा, तिनीहरूले थप विरोध र प्रतिरोध महसुस गर्ने छन्। ख्रीष्टविरोधीको यस सङ्गतिभरि, के उसले कहिल्यै आफूले के गल्ती गऱ्यो भनेर उल्लेख गर्छ? के उसले कहिल्यै आफ्नो गल्ती स्वीकार गर्ने मनोवृत्ति अलिकति पनि देखाउँछ? अलिकति पनि देखाउँदैन। यो पूरै प्रक्रियाको दौरान, उसले आफ्नो त्रुटी कहिल्यै स्वीकार गर्दैन। के तिमीहरूले कहिल्यै कुनै ख्रीष्टविरोधीले आफूलाई बर्खास्त गरिएपछि उसको गल्तीको कारण परमेश्वरको घरमा नोक्सान पुगेको कुरा स्वीकार गरेको सुनेका छौ? (गर्नेछैन।) यदि त्यो व्यक्ति ख्रीष्टविरोधी हो भने, उसले यसलाई स्वीकार गर्नेछैन। हामीले पहिले केही ख्रीष्टविरोधीहरूका बारेमा कुरा गरेका छौँ, जस्तै त्यो “महिला अगुवा” र केही अन्य कुख्यात ख्रीष्टविरोधीहरू, जसका कार्यहरूले परमेश्वरको भेटीमा दशौँ हजारको नोक्सानी पुऱ्याए, तर अन्तिममा तिनीहरूले आफूले गरेको गलत कुरा कहिल्यै स्वीकार गरेनन्। तिनीहरूले आफूले के गल्ती गरे भन्ने बारेमा एक शब्द पनि बोलेनन् बरु यसको सट्टा अरूले तिनीहरूसँग काम गरेका थिएनन् भन्दै गुनासो मात्र गरे। तिनीहरूले सबै जिम्मेवारी, गलत काम, दोष अरूको काँधमा थोपरिदिए जबकि सबै असल कुराहरू, सही गरिएका कामहरू र सबै सही निर्णयहरूको श्रेय आफूले लिए। सम्पूर्ण घटनाक्रमभरि, तिनीहरू मुख्य जिम्मेवार व्यक्तिहरू हुँदा पनि, सबै गल्तीहरू अन्य मानिसहरूले नै गरेको दाबी गरे। यदि त्यस्तो हो भने, तिनीहरू के गर्दैथिए? ख्रीष्टविरोधीहरूले परमेश्वरको घरलाई नोक्सान पुर्याउँछन् र त्यसको जिम्मा अन्य मानिसहरूले लिनुपर्छ। र तैपनि अलिकति उपलब्धि हुँदा, त्यो गर्ने तिनीहरू नै थिए भन्दै ख्रीष्टविरोधीहरू तुरुन्तै देखा पर्छन्, मण्डलीमा सबैलाई यहाँसम्म कि गैरविश्वासीहरूलाई पनि यसका बारेमा थाहा दिनका निम्ति आतुर हुन्छन्। जब तिनीहरूले सानो गल्ती गर्छन्, तिनीहरू त्यसको जिम्मेवारी लिनबाट उम्किन, बलिको बोका खोज्न हतार गर्छन्। तिनीहरूले ठूला समस्याहरूलाई साना समस्याहरू जस्तै देखाउँछन् र साना समस्याहरू समस्या नै होइनन् जस्तो देखाउँछन्, कुनै पनि समस्याहरू कोपिला रहँदा नै निमोठ्ने प्रयास गर्छन्। यसो यस कारणले गर्छन् ताकि कसैले पनि यसका बारेमा थाहा नपाओस् र सबैले यसलाई सकेसम्म चाँडो बिर्सिऊन् र वास्तवमा के भएको थियो भन्ने बारेमा कसैलाई पनि थाहा नहोस्, ताकि तिनीहरूले तुरुन्तै अरूको सम्मान फेरि प्राप्त गर्न सकून् र चाँडै आफ्नो पहिलेको हैसियत र शक्ति पुनः प्राप्त गर्न सकून्। जब कुनै ख्रीष्टविरोधीले केही गल्ती गरेको हुन्छ, मानिसहरूले त्यसलाई जतिसुकै व्यावहारिक रूपमा काटछाँट गरे पनि वा एकदम सही कुरा गरे पनि, ऊ प्रतिरोधी, विपक्षी र पूर्ण रूपमा इन्कार्ने हुनेछ र साक्षीहरू वा प्रमाणहरू भए तापनि, उसले आफ्ना गल्तीहरू स्वीकार गर्न हठपूर्वक इन्कार गर्नेछ र काटछाँटलाई आफ्नो हृदयमा मान्ने वा स्वीकार गर्ने छैन। ख्रीष्टविरोधीले भन्नेछ, “यदि म यसमा गलत थिएँ भने पनि, अन्य मानिसहरू पनि यसमा संलग्न थिए। तिनीहरूलाई काटछाँट नगरी किन मलाई मात्र गरिन्छ? जवाफदेहीताका लागि किन ममाथि मात्र अनुसन्धान गरिइरहेको छ अरू कोहीलाई किन गरिएको छैन?” चाहे काटछाँट जति नै सत्यता र वास्तविकताअनुरूप नै किन नहोस्, उसलाई लाग्छ कि उसलाई गलत आरोप लगाइएको छ, उसलाई अन्याय भइरहेको छ, यति धेरै पीडा भोगेपछि र यति धेरै मूल्य चुकाएपछि उसलाई त्यसरी व्यवहार गरिनु हुँदैन र उसलाई एउटा सानो गल्तीका लागि त्यसरी आक्रमण गरिनु हुँदैन। उसले के विश्वास गर्छ भने उसले त्यस प्रकारको काटछाँटलाई स्वीकार नै गर्नु नपर्ने हो। यदि कुनै सामान्य दाजुभाइ वा दिदीबहिनीले उसको काटछाँट गर्छन् भने, उसले तुरुन्तै जवाफी हमला गर्नेछ र यसको प्रतिरोध गर्नेछ, झर्कोफर्को गर्नेछ र आफ्नो गरम मिजास प्रकट गर्नेछ, वा सम्भवतः तिनीहरूको विरुद्धमा हात उठाउने साहस समेत गर्नेछ। यदि माथिले उसको काटछाँट गर्छ भने, ऊ अनिच्छुक रूपमा चुपचाप रहनेछ, तर भित्र उसले आफूले अत्यन्तै अन्याय भोगेको महसुस गर्छ। ऊ अप्रसन्न र अनिच्छुक हुन्छ र बारम्बार विकृत तर्कहरू प्रस्तुत गर्दै भन्नेछ, “मलाई लाग्छ कि तिमीहरूले यसको बारेमा थाहा पाउनु मेरो दुर्भाग्य हो। वास्तवमा, सबै श्रेणीका कैयौँ अगुवाहरूले अनि दाजुभाइ र दिदीबहिनीहरूले यस्ता डरलाग्दा कामहरू गरे जसका बारेमा तिमीहरूलाई थाहा छैन, अनि मचाहिँ पक्राउ परेँ। मेरो भाग्य यति खराब छ!” माथि वा दाजुभाइ र दिदीबहिनीहरूले उसलाई जसरीसुकै काटछाँट गरे पनि, उसले यसलाई जस्तो छ त्यस्तै स्वीकार्न सक्दैन, उसले यस मामलाको सत्यतालाई स्वीकार गर्न र जिम्मेवारी लिन सक्दैन। यस्तो लाग्छ कि जिम्मेवारी र वास्तवमा जे भयो त्यसलाई स्वीकार गर्नाले उसको मृत्यु हुनेछ। उसले आफूले गरेको गल्ती, ऊ यस कुराका लागि जिम्मेवार छ भनेर कहिल्यै पनि स्वीकार गर्नेछैन, यसले परमेश्वरको घरलाई ठूलो नोक्सान पुर्याएको कुरा त झनै स्वीकार्नेछैन। के यो ख्रीष्टविरोधीको स्वभाव होइन? (हो।) यो ख्रीष्टविरोधीको स्वभाव हो।
जब कुनै ख्रीष्टविरोधीलाई केही गलत गरेकोमा काँटछाँट गरिन्छ, उसले यसलाई स्वीकार गर्दैन र ऊ आफ्नो हृदयको गहिराइबाट समर्पित हुँदैन, न त उसले आफूले पालना गर्नुपर्ने सत्यता र सत्यता सिद्धान्तहरू नै बुझ्छ, न त ऊ पनि गल्ती गर्न सक्षम छ भन्ने कुरा नै स्वीकार गर्छ। उसको प्राथमिक विशेषता विश्वस्त नहुनु, नस्विकार्नु र नमान्नु हो। ख्रीष्टविरोधीहरू मुख्य रूपमा यसरी व्यवहार गर्छन् किनभने तिनीहरू आफू सिद्ध व्यक्ति भएको र आफूले कुनै गल्ती गर्न नसक्ने विश्वास गर्छन्। तिनीहरूका लागि, जसले तिनीहरूलाई गल्ती गरेको आरोप लगाउँछ त्यो नै गलत हुन्छ—त्यो गलत दृष्टिकोण भएको व्यक्ति हो, जसले यस मामलाबारे फरक परिप्रेक्ष्य र अडान राख्छ। ख्रीष्टविरोधीहरूले सोच्छन् कि तिनीहरूलाई काटछाँट गर्ने जो कोहीले पनि त्यसो गर्छन् किनभने उनीहरूले अझै तिनीहरूका सबल पक्षहरू देख्न बाँकी नै छ, कि उनीहरूले तिनीहरूका लागि कुराहरू कठिन बनाइरहेका छन्, तिनीहरूमा गल्ती फेला पारिरहेका छन् र जानाजानी तिनीहरूलाई निशाना बनाइरहेका छन्। के यस किसिमको स्वभाव ख्रीष्टविरोधीको होइन र? (हो।) एउटा ख्रीष्टविरोधीले यसका लागि काटछाँट गरिन स्वीकार गर्नेछैन, न त उसलाई कुनै पश्चात्ताप नै हुनेछ, मुख्यतः किनभने उसले आफूलाई गल्ती गर्न सक्ने व्यक्तिका रूपमा कहिल्यै देखेको हुँदैन—ऊ विश्वास गर्छ कि ऊ सिद्ध छ र केवल उसले मात्र गल्ती नगर्न सक्छ। यसले जनाउँछ कि उसले आफू धर्मी भएको, पवित्र भएको निश्चित रूपमा विश्वास गर्छ। यदि उसले वास्तवमै आफू भ्रष्ट व्यक्ति हुँ भनेर स्वीकार गर्ने हो भने, उसले यो पनि स्वीकार गर्नुपर्छ कि उसमा भ्रष्टता छ, ऊ गलत काम गर्न सक्षम छ र ऊ मानव भएकोले गल्तीहरू गर्न बाध्य छ। कतिपय मानिसहरू एकदम सरल देखिन्छन्, तर तिनीहरूको मानवता भित्र कुनै कुरा हुन्छ जसलाई मानिसहरूले आफ्नो धारणामा शक्ति मान्छन्, जुन प्रतिस्पर्धा र अरूलाई पछाडि पार्ने चरम उत्सुकता हुन्छ। यी मानिसहरूसँग उत्कृष्ट आत्म-नियन्त्रण हुन्छ र आफैँबाट धेरै मागहरू गर्छन्। तिनीहरू आफैसँग अत्यन्तै कठोर हुन्छन्; तिनीहरूले जे पनि गर्छन्, त्यसमा सिद्धता र सर्वोत्कृष्टताको माग गर्छन्, सानोतिनो गल्ती वा विचलन समेत हुन दिँदैनन्। साथै, तिनीहरू अवचेतन रूपमा यो विश्वास गर्छन् कि तिनीहरूले कुनै गलत काम गर्न सक्दैनन्, किनभने तिनीहरू आफूले गर्ने सबै कुरामा अत्यन्तै सावधान रहन्छन्, तिनीहरू कामकुराबारे विचार गर्न सिपालु हुन्छन्, र त्यसलाई अत्यन्तै राम्ररी गर्छन्; प्रत्येक मामलालाई राम्ररी र पूर्ण रूपमा विचार गर्छन्, तिनीहरूले कुनै पनि कुरा बिना त्रुटि गर्छन्। फलस्वरूप, तिनीहरू विश्वास गर्छन् कि तिनीहरू कहिल्यै गल्ती गर्नेछैनन्। जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूलाई स्वीकार गर्न सबैभन्दा कठिन कुरा भनेकै तिनीहरू गल्ती गर्न सक्षम छन् भन्ने तथ्य हो। त्यसैले त्यस्ता मानिसहरूलाई कसरी आत्म-चिन्तन गर्ने भनेर थाहा हुँदैन, न त तिनीहरूले कहिल्यै त्यसो गर्ने नै छन्। तिनीहरूले आफ्नो मानवतामा प्रतिस्पर्धा गर्ने र अरूलाई उछिन्ने कुरालाई सकारात्मक कुराका रूपमा हेर्छन् र तिनलाई यसरी पालन गर्छन् मानौँ ती सत्यता सिद्धान्तहरू हुन्; तिनीहरू सोच्छन् कि यदि तिनीहरूले यी सिद्धान्तहरूका आधारमा कुराहरू गर्छन् र आफ्नो कर्तव्य पूरा गर्छन् भने, तिनीहरूले कहिल्यै गल्ती गर्ने छैनन् र यदि त्रुटिहरू भए पनि, तिनीहरूले त्यसलाई परिप्रेक्ष्यको मामलाका रूपमा, फरक दृष्टिकोण भएका मानिसहरूको रूपमा हेर्छन् र सोच्छन् कि निश्चित रूपमा यसको मतलब तिनीहरूले गरेको कुरा गलत थियो भन्ने होइन। तसर्थ, तिनीहरूलाई कसले काटछाँट गर्छ भन्ने कुराले फरक पार्दैन, चाहे काटछाँट वा खुलासा तथ्यहरूअनुरूप होस् कि नहोस्—तिनीहरूले यसलाई स्वीकार गर्नेछैनन्। यदि तिनीहरूले आफूले साँच्चै केही गल्ती गरेको पत्ता लगाए भने, के तिनीहरूले त्यसलाई स्वीकार गर्नेछन्? (तिनीहरूले गर्नेछैनन्।) तिनीहरूले यसलाई स्वीकार गर्नेछैनन्, तिनीहरू तुरुन्तै चुप लाग्नेछन् र तिनीहरू नै यसलाई उल्लेख गर्ने अन्तिम व्यक्ति हुनेछन्। तिनीहरूले यस कुरालाई कहिल्यै पनि, उठाउने छैनन्। यदि ख्रीष्टविरोधीले उसको कामका केही त्रुटिहरू वा गल्तीहरू खुलासा गर्ने कसैलाई भेट्छ र ऊ यसबाट लुक्न सक्दैन भन्ने देख्छ भने, उसले त्रुटि कसले गऱ्यो भनेर खोजनिती गरिरहेको ढोँग गर्नेछ र खोजनितीमाथि खोजनिती गरेपछि अप्रत्याशित रूपमा यो पत्ता लाग्छ कि ऊ नै जिम्मेवार थियो। यदि कसैले, “यो अरू कसैले होइन, तैँले नै गरेको हो; तैँले बिर्सेको मात्र हो,” भन्छ भने, ख्रीष्टविरोधीले कस्तो प्रतिक्रिया दिनेछ? यी परिस्थितिहरूमा एक सामान्य व्यक्तिले के गर्नुपर्छ? एउटा लाज भएको सामान्य व्यक्ति रातोपिरो हुनुपर्छ, उसले लज्जित र अप्ठ्यारो महसुस गर्नुपर्छ र तुरुन्तै यो स्वीकार गर्नुपर्छ, “मैले त्यसबारे बिर्सिएँ। मैले यो गरेँ, यो गल्ती मेरै थियो। यसको क्षतिपूर्ति कसरी गर्ने भनेर चाँडै पत्ता लगाऔँ र यसलाई ठिक गरौँ, ताकि त्रुटिले निरन्तरता नपाओस्।” लाज, विवेक र समझ भएको व्यक्तिले तुरुन्तै आफ्नो गल्ती स्वीकार गर्नेछ, त्यसपछि यसलाई समाधान गरेर ठिक गर्नेछ। अर्कोतर्फ, ख्रीष्टविरोधी निर्लज्ज हुन्छ; जब कसैले गल्ती गर्ने व्यक्ति उही हो भनेर पत्ता लगाउँछ, जब उसलाई कसैले खुलासा गर्छ र कसैले त्यसको बारेमा थाहा पाउँछ, उसले तुरुन्तै आफ्नो कुरा परिवर्तन गर्नेछ र आफ्नो गल्ती स्वीकार गर्नबाट जोगिन विभिन्न तरिकाहरू सोच्नेछ, उसले त्यो गल्ती गर्ने व्यक्ति आफू हो भनेर स्वीकार गर्नबाट जोगिनका लागि—उसले सरासर झुट बोल्नेछ र आफ्नै कुरा प्रमाणित गर्न बहस गर्नेछ। ऊ वरपरका सबैलाई यो लाजमर्दो र असहज लाग्नेछ, तर ख्रीष्टविरोधीले केही पनि महसुस गर्नेछैन। उसले ठूला समस्याहरूलाई साना समस्याहरू जस्तै देखाउनेछ र साना समस्याहरूलाई समस्यारहित जस्तै देखाउनेछ, त्यसपछि यो मामलालाई कहिले पनि उठाउनेछैन। यस मामिलामा, उसको मूर्खता प्रकट भएको हुन्छ, त्यसैले उसले आफ्नो गल्तीलाई खुलेर अस्वीकार गर्नेछ र कैयौँ मानिसहरूको अगाडि झूट बोल्नेछ, जिम्मेवारीबाट पछि हट्ने प्रयास गर्नेछ, उसको अनुहार लाजले रातो-पिरो र उसको मुटुको धड्कन अनियमित हुनेछैन। के ख्रीष्टविरोधीहरूलाई लाज लाग्छ? (लाग्दैन।)
जब केही ख्रीष्टविरोधीहरू भर्खरै बर्खास्त गरिएका हुन्छन्, तिनीहरू गुनासोले भरिएका हुन्छन्; तिनीहरूले घाटाको भावना, तिनीहरूसँग उप्रान्त कुनै हैसियत नभएको, कसैले पनि उप्रान्त तिनीहरूलाई इज्जत नदिने वा तिनीहरूको रेखदेख नगर्ने र तिनीहरूले उप्रान्त हैसियतको फाइदाहरूको आनन्द उठाउन नसक्ने महसुस गर्छन्। तिनीहरूले चुकाएको सबै मूल्यहरू र तिनीहरूले भोगेका विगतका कष्टहरूको कुनै मूल्य नै नभएको महसुस गर्छन् र तिनीहरूको हृदय अन्यायको भावनाले भरिएको हुन्छ। यद्यपि, तिनीहरूलाई काटछाँट गरिँदा तिनीहरूले देखाएका कुनै पनि प्रकटीकरणका लागि वा तिनीहरूले जे गलत गरे त्यसका लागि तिनीहरूले अलिकति पनि पछुतो महसुस गर्दैनन्। तिनीहरू यो न्यायोचित नभएको महसुस गर्छन्, तिनीहरूको हृदय गनगन र गुनासोहरूले भरिएको हुन्छ, साथै तिनीहरूमा परमेश्वरप्रतिको गलतफहमीहरू पनि हुन्छन्। तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्न नमान्ने र तिनीहरूमा आफ्नो गल्तीको पूर्ति गर्ने, काटछाँटलाई स्वीकार गर्ने, यस बर्खास्तीलाई स्वीकार गर्ने कुनै योजना नहुने मात्र होइन, यसको विपरित, तिनीहरू यसो सोच्छन्: “परमेश्वर धर्मी हुनुहुन्न। चाहे कसैले जति नै कष्ट भोगेको होस् वा उसले जति नै ठूलो अन्याय भोगेको होस्, उसका लागी त्यो व्यक्त गर्ने ठाउँ नै छैन। यो निकै पीडादायी छ! परमेश्वरमा पनि भरोसा गर्न सकिँदैन, मैले सहारा लिन मिल्ने कोही छैन। यदि मैले भविष्यमा परमेश्वरको घरमा कर्तव्य निर्वाह गरिरहेँ भने पनि, मैले अत्यधिक सावधानीका साथ अगाडि बढ्नुपर्ने हुन्छ र कसैलाई पनि भरोसा गर्न सकिँदैन।” ऊ परमेश्वरप्रतिको प्रतिरक्षा र गलतफहमीले भरिएको हुन्छ। यो कस्तो स्वभाव हो? उसले जतिसुकै गल्ती गरे तापनि, मण्डलीको काममा जति नै ठूलो नोक्सानी पुऱ्याए तापनि वा मण्डलीको कामलाई जति नै खतरामा पारे तापनि, ऊ के सोच्छ भने यी कुराहरूलाई सजिलै बेवास्ता गर्न सकिन्छ र उसले कुनै जिम्मेवारी लिनेछैन वा आफ्नो तर्फबाट कुनै त्रुटि स्वीकार गर्नेछैन। यसको सट्टा, उसले आफूसँग भएको सानोभन्दा सानो गुनासो, उसले चुकाएको अलिकति बेकार मूल्यलाई लिएर यसलाई पहाड बनाउनेछ परमेश्वरको घरले नै उसलाई निराश पारेको हो, र परमेश्वरले नै उसलाई गलत आरोप लगाउनुभएको हो भन्ने विश्वास गर्नेछ। उसको गल्तीले परमेश्वरको घरमा जुन नोक्सानी भएको छ, त्यो उसको मनमा पूर्ण रूपमा महत्त्वहीन हुन्छ। उसले सोच्छ, “यसको हिसाब गर्न आवश्यक छैन, वा यसका बारेमा चिन्ता लिनु आवश्यक छैन। यसलाई कसले हानि भन्छ र? जे भए पनि, कुन अगुवाले भेटीको केही हिस्सा फजुल खर्च गर्दैन र? मैले मात्र यो कहाँ गर्छु र? कुन अगुवाले कहिल्यै परमेश्वरको घरलाई नोक्सान पुर्याउँदैन र? परमेश्वरका भेटीहरू के हुन्? त्यो पैसा सबैको हो, त्यसैले यदि अन्य मानिसहरूलाई त्यो खर्च गर्ने अनुमति छ भने, मलाई किन छैन? अन्य मानिसहरूलाई फजुल खर्च गर्ने अनुमति छ, तर मलाई छैन? यदि हामी परमेश्वरको घरमा भएको नोक्सानका बारेमा कुरा गर्छौं भने, अन्य मानिसहरूले मैले भन्दा धेरै नोक्सान पुर्याउँछन्। मलाई मात्र किन गम्भीर रूपमा काटछाँट र बर्खास्त गरिएको? जहाँसम्म सिद्धान्तहरू अनुसार काम नगर्ने तर लापरवाहीपूर्वक दुष्कर्म गर्ने कुराको प्रश्न छ, कतिपय मानिसहरू यस सन्दर्भमा मभन्दा धेरै खराब छन्, त्यसोभए काटछाँट गरिँदा किन तिनीहरू बर्खास्त गरिँदैनन्? जहाँसम्म मूल्य तिर्ने प्रश्न छ, मैले धेरै मानिसहरूभन्दा बढी तिरेको छु। निष्कपटताका सन्दर्भमा मेरो तुलना कोसँग गर्न सकिन्छ? प्रवचनहरूका बारेमा नि? मैले ती अरूभन्दा धेरै दिएको छु। अनि जहाँ सम्म सत्यता बुझ्ने कुरा छ, त्यसलाई मभन्दा बढी कसले बुझ्छ? जब माथिबाट काटछाँट गरिने कुरा आउँछ, मभन्दा बढी कसले यसलाई स्वीकार गर्छ? त्याग गर्ने सन्दर्भमा, म भन्दा बढी कसले त्याग गरेको छ? जहाँ सम्म दाजुभाइ दिदीबहिनीहरूलाई मद्दत गर्ने र तिनीहरूका समस्याहरू समाधान गर्ने प्रश्न छ, त्यो मभन्दा बढी कसले गर्छ? जब मण्डलीमा दौडधुप गर्ने र काम गर्ने कुरा आउँछ, कसैले पनि मेरो बराबरी गर्न सक्दैन। जब दाजुभाइ र दिदीबहिनीहरूले कसलाई भोट हाल्ने, समर्थन गर्ने र अनुमोदन गर्ने कुरा आउँछ, मभन्दा बढी भोट कसले पाउँछ?” हेर्, यी ख्रीष्टविरोधीहरूले गर्ने तुलनाहरू हुन्। जब तिनीहरू काटछाँटको सामना मात्र गर्छन्, ख्रीष्टविरोधीहरूले केवल सम्बन्धित मामिलाहरूका बारेमा मात्र कुरा गर्छन्। यदि तैँले आफूले गरेका सबै गल्तीहरू र आफूले उल्लङ्घन गरेका सबै सत्यता सिद्धान्तहरू स्वीकार गरिस् भने, यदि तैँले काँटछाँट स्वीकार गर्न सकिस् र तँ त्यसमा समर्पित हुन सकिस् भने, यदि तैँले त्यसउप्रान्त सिद्धान्तहरूमा आधारित भएर कार्य गरिस् र मण्डलीको काममा आफूले पारेको नोक्सानीको पूर्ति गर्न सक्दो प्रयास गरिस भने, के परमेश्वरको घरले तेरा मामलाहरूमा अनुसन्धान गरिरहनेथ्यो र? के त्यसले तँलाई निन्दा गर्नेथ्यो? के यसले तँलाई नरकमा फ्याँक्नेथ्यो? के तैँले स्पष्टीकरण दिन र बहाना बनाउन यति धेरै प्रयास गर्नु आवश्यक छ? के तैँले आफ्ना गुनासाहरूका बारेमा यसरी घुमाउरो तरिकाले गनगन गरिरहनु आवश्यक छ? के साँच्चै तँमा भ्रष्ट स्वभाव नभएको र तैँले गल्ती गर्नै नसक्ने हुन सक्छ? यति धेरै प्रवचनहरू सुनेपछि, के तँलाई अझै पनि तँ वास्तवमा कस्तो प्रकारको वस्तु होस् भनेर थाहा हुँदैन? थोरै काटछाँट गरिएपछि, तैँले अन्यायमा परेको महसुस गर्छस्—यदि तैँले कुनै दुष्टता नगरेको भए, तँलाई काटछाँट गर्न को इच्छुक हुनेथ्यो वा कसले चाहनेथ्यो? यसबाहेक, यदि तँ जिम्मेवारी वहन गर्ने अगुवा नभएको भए, तँलाई काटछाँट गर्न को इच्छुक हुनेथ्यो? परमेश्वरले मानिसहरूलाई स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार दिनुहुन्छ, तिनीहरूलाई मण्डलीको जीवन बिताउने अनुमति दिनुहुन्छ र मानिसहरूले कुन बाटो लिन्छन् र केतर्फ लागिपर्छन् भन्ने कुरा, तिनीहरूको आफ्नै व्यक्तिगत विषय हो। यसमा कसैले पनि हस्तक्षेप गर्नेछैन। तर अहिले परमेश्वरको घरमा अगुवाका रूपमा, एक सुपरिवेक्षकका रूपमा, यदि तैँले एउटा गल्ती गरिस् भने, यसले परमेश्वरको घरमा पुऱ्याउने नोक्सानी कुनै सानो मामला हुनेछैन र यदि तैँले केही गलत कुरा भनिस् भने, त्यसले परमेश्वरका चुनिएका मानिसहरूमा पार्ने प्रभाव पनि सानो मामला हुनेछैन, किनभने तैँले वहन गर्ने जिम्मेवारी साधारण व्यक्तिको भन्दा फरक हुन्छ। त्यसकारण माथिले तँलाई काटछाँट गर्नु पूर्णतया सामान्य हो। यदि तँसँग यो हैसियत नभएको भए वा तैँले यो जिम्मेवारी नलिएको भए के माथिले त्यसो गर्नेथियो? माथिले कतिजना साधारण विश्वासीहरूलाई काटछाँट गरेको छ? तैँले ठूलो जिम्मेवारी वहन गर्ने र तेरो कामको दायरा पनि धेरै ठूलो भएको हुनाले, जब पनि तैँले कुनै गल्ती गर्छस्, त्यसको प्रभाव धेरै ठूलो हुन्छ र त्यसैले तँलाई निश्चय नै काटछाँट गरिनेछ। यो अत्यन्तै सामान्य कुरा हो। यदि तैँले काटछाँटलाई पनि स्वीकार गर्न सक्दैनस् भने, के तँ अगुवा हुन योग्य छस्? तँ त्यसका लागि अयोग्य छस्, तँ दाजुभाइ र दिदीबहिनीहरूद्वारा निर्वाचित हुन योग्य छैनस्—तँ त्यसको लायक छैनस्! जब तैँले कुनै गल्ती गर्छस्, तँमा यसको जिम्मेवारी लिने, यसलाई स्वीकार गर्ने साहस समेत हुँदैन। तँसँग त्यस्तो समझ पनि छैन, त्यसैले तँ कसरी अगुवा हुन सक्छस्? तँ अयोग्य छस् र लायक छैनस्!
तिनीहरूसँग ख्रीष्टविरोधीहरूको सार भएकै कारण ख्रीष्टविरोधीहरूले आफूले त्रुटि गरेको स्वीकार गर्न सक्दैनन् र त्यसैले जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरू जिम्मेवारी लिन वा सत्यता सिद्धान्तहरू खोजी गर्न इच्छुक हुँदैनन्। तिनीहरू यी कुराहरू गर्न इच्छुक नभएकाले र तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्न इन्कार गर्ने भएकाले, के तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुन्छन् त? के तिनीहरू परमेश्वरको घरको कार्य बन्दोबस्तहरूलाई पूरा गर्न सक्षम हुन्छन् त? बिलकुलै हुँदैनन्। तसर्थ, जब कुनै ख्रीष्टविरोधी अगुवा हुन्छ, ऊ आफ्नै उद्यममा लाग्नुबाहेक, उसले सम्भवतः परमेश्वरको घरको कामलाई फाइदा पुर्याउने कुनै कुरा गर्न सक्दैन र सत्यता सिद्धान्तहरूअनुसार कहिल्यै कामहरू गर्नेछैन, न त उसले कहिल्यै परमेश्वरको घरको कामका बन्दोबस्तअनुसार नै काम कार्यान्वयन गर्नेछ। चाहे ख्रीष्टविरोधीलाई सानो गल्तीका लागि काटछाँट गरियोस्, वा मण्डलीको कामलाई ठूलो नोक्सान पुर्याउने ठूलो भूलका लागि, ऊ आफ्नो गल्ती स्वीकार गर्न असमर्थ हुन्छ र उसले आफूले अपराध गरेको र यस मामलामा आफू परमेश्वरप्रति ऋणी भएको कुरा स्वीकार गर्न सक्दैन। यसको विपरित, जुनसुकै बेला होस्, ऊ यसका कारण भएको नोक्सानसँग आफ्नो कुनै सम्बन्ध छ भनेर स्वीकार गर्नु भन्दा त बरु मर्न चाहनेथ्यो, उसले यो स्वीकार गर्नेछैन कि ऊ प्राथमिक रूपमा जिम्मेवार छ, उसका कार्यहरू गलत थिए, उसले गलत मार्ग रोज्यो वा उसले सत्यतालाई राम्ररी जानेको भए तापनि उसले जानाजानी दुष्टता गरेर गल्ती गऱ्यो, यस विषयमा आफ्नो पछि हट्न नमिल्ने जिम्मेवारी छ भनेर स्वीकार गर्ने त कुरै छाडौँ। उसले कार्य गर्दा उसका अभिप्रायहरू गलत थिए, उसले कसैसँग सहकार्य गर्न सकेन, उसले मनमानी र स्वेच्छापूर्ण रूपमा काम गऱ्यो, ऊ हैसियतका लाभहरूमा लिप्त भयो, ऊ आफ्ना कर्तव्यमा लापरवाह भयो र उसले परमेश्वरको घरको कामलाई नोक्सान पुर्यायो भनेर उसले स्वीकार गर्नेछैन। बरु, उसले त्रुटि गरेपछि, हरेक मोडमा कति कष्ट भोगेको छ, ऊ जेल गयो तर यहूदा कहिल्यै बनेन, उसले कति मूल्य चुकाएको छ र परमेश्वरको घरको काममा उसले कति ठूलो योगदान दिएको छ भनेर बताउनेछ। उसले यी कुराहरू जताततै फैलाउनेछ र घोषणा गर्नेछ। उसले आफ्नो योगदान र आफूले चुकाएको मूल्यको प्रचार गर्नेबाहेक, उसलाई काटछाँट गर्ने र व्यवहार गर्ने कुरामा परमेश्वरको घर गलत र अन्यायपूर्ण थियो भनेर फैलाउनेछ। पश्चात्तापको मनोवृत्ति नहुनुको साथै, उसले परमेश्वरबारे र परमेश्वरको घरले उसलाई कस्तो व्यवहार गर्यो भनी सबैतिर आलोचना गर्नेछ। यदि अझ धेरै मानिसले उसले भनेको कुरामा विश्वास गर्छन् भने, यदि अझ धेरै मानिसले उसको प्रतिरक्षा गर्ने प्रयास गर्छन् भने, परमेश्वरको घरका लागि उसले तिरेको मूल्यलाई मान्यता दिन्छन् र स्वीकार गर्छन् अनि परमेश्वरको घर अन्यायपूर्ण थियो र त्यसले ख्रीष्टविरोधीलाई व्यवहार गर्दा अन्याय गरेको छ भन्ने विश्वास गर्छन् भने, त्यो ख्रीष्टविरोधीले आफ्नो उद्देश्य हासिल गरेको हुनेछ। ऊ यी कुराहरू गर्न कहिल्यै हिचकिचाउँदैन, आफूलाई रोक्ने त परै जाओस्। ऊसँग परमेश्वरको भय मान्ने हृदय हुँदैन, झन् पश्चात्ताप गर्ने अभिप्राय हुनु त परै जाओस्। उसले कुनै गल्ती गरेपछि, यसलाई स्वीकार गर्न नमान्ने मात्र होइन, यसको विपरित, उसले जिम्मेवारीबाट पछि हट्ने प्रयास गर्छ र साथै, ऊ आफ्नो भावी गन्तव्यका बारेमा अझ बढी चिन्तित हुन्छ। जब कुनै ख्रीष्टविरोधीले आफ्नो गन्तव्य खतरामा परेको देख्छ वा परमेश्वरको घरले ऊजस्ता मानिसहरूलाई संवर्धन गर्नेछैन भन्ने सुन्छ, उसले आफ्नो हृदयको गहिराइमा आफ्नो काटछाँट गर्ने र खुलासा गर्ने मानिसहरू र उसको इज्जतमा आँच पुर्याउने मानिसहरूप्रति अझ घृणा महसुस गर्नेछ। उसलाई काटछाँट गर्ने सम्पूर्ण प्रक्रियाभरि, ख्रीष्टविरोधीले पटक्कै पश्चात्ताप गर्नेछैन। यदि उसले साँच्चै आफ्नो हैसियत र गन्तव्य सुरक्षित हुनेछैन, आफ्नो इच्छा र महत्त्वाकाङ्क्षा कहिल्यै पूरा हुनेछैन भनेर पत्ता लगायो भने, ऊ लड्न तयार हुनेछ र उसले गोप्य रूपमा आफ्नो धारणा र नकारात्मकता फैलाउन सुरु गर्नेछ। उसले दाजुभाइ र दिदीबहिनीहरू वा उसलाई काटछाँट गर्ने माथिल्लो तहका अगुवाहरूको आलोचना गर्नेछ र उसलाई काटछाँट कुनै कारण नभएको र उसलाई इज्जत जोगाउन नदिएको भन्दै पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई पनि आलोचना र आक्रमण गर्नेछ। ऊ एकदम समझहीन हो। यस प्रकारको व्यक्तिले जति नै प्रवचनहरू सुने पनि, उसले सत्यता बुझ्न सक्दैन, वा उसमा परमेश्वरको डर मान्ने हृदय अलिकति पनि हुँदैन; उसले परमेश्वरमा जति वर्षसम्म विश्वास गरेको भए पनि, उसँग हुनुपर्ने विवेक वा समझ हुन सक्दैन। तिनीहरू वास्तवमै दयनीय र घृणित छन्! कुनै ख्रीष्टविरोधीलाई जथाभाबी दुष्कर्म गरेकोमा गम्भीर रूपले काटछाँट गरिएको क्षणदेखि नै, उसले आफूले कुनै गल्ती गरेको छ भनेर कहिल्यै स्वीकार गर्दैन र उसलाई अन्यायपूर्ण व्यवहार गरिएको गुनासो गर्ने र परमेश्वरको घरको आलोचना गर्ने क्रममा उसलाई एकदमै अन्याय बोध हुन्छ, र अन्तिममा ऊ खुलस्त रूपमा आफ्ना धारणाहरू फैलाउन थाल्छ, लड्न तयार हुन्छ र परमेश्वरको घर विरुद्ध सोर मच्चाउन थाल्छ र अन्तिममा निष्कासित हुन्छ। के यी कुनै पनि चरणमा ख्रीष्टविरोधीका व्यवहारमा अलिकति पनि सामान्य मानवता हुन्छ? विवेक र समझ चाहिँ हुन्छ कि हुँदैन? के त्यसमा सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने कुनै पनि प्रकटीकरणहरू हुन्छन्? के त्यसमा परमेश्वरको डर मान्ने हृदय अलिकति पनि हुन्छ? अहँ, यी कुनै पनि कुराहरू हुँदैनन्। ख्रीष्टविरोधी अत्यन्तै घृणित, निर्लज्ज र पूर्ण रूपमा समझहीन हुन्छ! जब उसले उप्रान्त हैसियतका फाइदाहरू उठाउन सक्दैन, उसले आफूलाई आशाहीन मानेर लापरवाहीपूर्वक कार्य गर्न थाल्छ। ऊ आफ्ना काममा चाहे जति असक्षम र उसको कार्य सामर्थ्यमा जति कमी भए पनि, ऊ अझै पनि हैसियतका लाभहरू र अरूबाट पाउने सम्मान लिन चाहन्छ। उसले हैसियत र प्रतिष्ठालाई आफ्नो जीवनभन्दा बढी महत्त्वपूर्ण ठान्छ र आफूले जति नै ठूलो त्रुटि गरे पनि, कुनै आत्मग्लानि महसुस गर्दैन। के ऊ मानव नै हो त? ऊ भेडाका भेषमा ब्वाँसो हो। बाहिरबाट हेर्दा, उसले मानिसको छाला पहिरिन्छ र ऊ व्यक्तिजस्तै देखिन्छ, तर भित्र ऊ मानव हुँदैन। ऊ वास्तवमै घृणित छ—ऊ वाकवाकी लाग्ने र घृणास्पद छ!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।