विषयवस्तु एघार: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन् (खण्ड एक)

आज हामी ख्रीष्टविरोधीहरूको विभिन्न प्रकटीकरणहरूको विषयवस्तु एघारमा सङ्गति गर्नेछौँ: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन्। यस विषयवस्तुको विशिष्ट सामग्री भनेको ख्रीष्टविरोधीहरूले काटछाँटलाई कसरी लिन्छन् भन्‍ने बारेमा हो; अर्थात्, यसको सामना गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, र त्यसपछि तिनीहरू के गर्छन् र यस्तो मनोवृत्ति पाल्दै गर्दा तिनीहरूको प्रकटीकरण कस्तो हुन्छ। के हामीले पहिले नै ख्रीष्टविरोधीहरूले काटछाँटलाई कसरी लिन्छन् भन्‍ने विषयवस्तुका बारेमा सङ्गति गरिसकेका छौँ? (गरिसकेका छौँ, ख्रीष्टविरोधीहरूले आफ्नो भविष्य र नियतिप्रति कस्तो व्यवहार गर्छन् भन्‍ने सङ्गतिमा यसलाई समेटिएको थियो।) त्यसोभए, काटछाँट गरिने सम्बन्धमा ख्रीष्टविरोधीको मनोवृत्ति कस्तो हुन्छ? के हामीले त्यतिबेला ख्रीष्टविरोधीहरूको काटछाँट गरिँदा तिनीहरूले बोल्ने प्रख्यात भनाइहरूका बारेमा सङ्गति गरेका थिएनौँ? (थियौँ।) यस प्रकारको अवस्थाका लागि तिनीहरूसँग दुई प्रसिद्ध भनाइहरू छन्। एउटा “परमेश्‍वर धर्मी हुनुहुन्छ, र म परमेश्‍वरमा विश्‍वास गर्छु, कुनै व्यक्तिमा होइन!” भन्ने हो र अर्को चाहिँ “मलाई काटछाँट गर्नको लागि तपाईँ अत्यन्तै अपरिपक्‍व हुनुहुन्छ। मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!” भन्ने हो। साथै, तिनीहरूलाई काटछाँट गर्ने जोसुकैलाई तिनीहरूले घृणा गर्छन्, र यसका अतिरिक्त, तिनीहरूलाई काटछाँट गर्ने बित्तिकै, तिनीहरू आफूलाई हटाइने शङ्का गर्छन्। अन्तमा, तिनीहरूले कसरी काटछाँटलाई स्वीकार गर्न इन्कार गर्ने मात्र होइन, तर सबै ठाउँमा धारणाहरू फैलाउने कार्य पनि गर्छन् भन्‍ने बारेमा पनि हामीले सङ्‌गति गर्‍यौँ। के हामीले यसैको बारेमा कुरा गरेका होइनौँ? (हो।)

अ. ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्नुका कारणहरू

मैले भर्खरै ख्रीष्टविरोधीहरूले आफ्ना निजी स्वार्थलाई छुने गरी काटछाँट गरिँदा कसरी व्यवहार गर्छन् भन्‍ने विषयमा हाम्रो अघिल्लो सङ्गतिका बारेमा छोटो समीक्षा दिएँ। आज हामी यसलाई अर्को कोणबाट सङ्‍गति र चिरफार गर्न जाँदैछौँ र ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्दा तिनीहरूले कस्ता निश्‍चित स्वभावहरू प्रकट गर्छन् र तिनीहरूमा कस्तो मनोवृत्ति हुन्छ, साथै तिनीहरूका विशिष्ट दृष्टिकोणहरू के हुन् भन्‍ने कुरालाई हेर्नेछौँ र हामी यी दृष्टिकोणहरूका आधारमा तिनीहरूको स्वभावलाई चिरफार गर्नेछौँ। यसमा काटछाँट गर्ने विषय समावेश भएकोले पहिले ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्नुका कारणहरूका बारेमा सङ्गति गरौँ। काटछाँट आधारहीन रूपमा गरिने कुरा होइन, त्यसोभए कुन सन्दर्भमा र कुन परिस्थितिमा ख्रीष्टविरोधीलाई यस्तो हुनेछ? के उक्त व्यक्ति ख्रीष्टविरोधी भएका कारणले मात्र यसो हुनेछ? केही मानिसहरू भन्छन्: “जोसँग हैसियत छ, जो चर्चामा छ, उसलाई अन्तमा काटछाँट गरिनेछ।” के त्यो सत्य हो? (होइन।) त्यसोभए, ख्रीष्टविरोधीहरूले के गर्छन् जसका कारण तिनीहरूलाई काटछाँट गरिन्छ? के उनीहरूले साधारण गल्ती गरेमा उनीहरूलाई कठोर रूपमा काटछाँट गरिने छ? के यसका बारेमा सङ्‍गति गरिनुपर्दैन र? (पर्छ।) ख्रीष्टविरोधीहरूलाई किन काटछाँट गरिन्छ? यसलाई सैद्धान्तिक रूपमा हेर्दा, ख्रीष्टविरोधीहरूको अहङ्कारी स्वभाव हुन्छ, तिनीहरू सत्यतामा समर्पित हुँदैनन्, तिनीहरू परमेश्‍वरका वचन वा सकारात्मक कुराहरूलाई मन पराउँदैनन्, तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यलाई घृणा गर्छन् र तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्, त्यसैले तिनीहरूलाई काटछाँट गरिनुपर्छ वा निर्दयतापूर्वक खुलासा समेत गरिनुपर्छ। के यो भनाइ सही हो? तिनीहरूको प्रकटीकरण र प्रकाशका आधारमा, तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सकिन्छ, त्यसैले तिनीहरू काटछाँट गरिन र निर्दयतापूर्वक खुलासा गरिन लायक छन्; तिनीहरू जसरी काटछाँट गरिए पनि, तिनीहरू दयाको योग्य छैनन्, तिनीहरूलाई अस्वीकार गरिनुपर्छ र तिनीहरूलाई जो कोहीले पनि काटछाँट गर्नु जायज छ। के कुराहरू यस्तै नै हुन् त? (अहँ होइनन्।) के तिमीहरू पक्का छौ? ख्रीष्टविरोधीहरूलाई किन काटछाँट गरिन्छ? मैले भर्खरै यसका लागि धेरै कारणहरू उल्लेख गरेको छु। तिमीहरूमध्ये केहीलाई ती कारणहरू सही छैनन् जस्तो लाग्‍न सक्छ, तर तिमीहरू यसका बारेमा पक्का छैनौ; यसको कारण यो हो कि तिमीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छौ र यसको सार बुझ्‍न सक्दैनौ। तिमीहरूले यसलाई चिनेका छैनौ भन्ने तथ्यले देखाउँछ कि तिमीहरूले ख्रीष्टविरोधीहरूलाई किन काटछाँट गरिन्छ भन्‍ने कुरा बुझेका छैनौ। धेरैजसो मानिसहरूले यस मामलाका धर्मसिद्धान्तहरू मात्र बुझ्छन् र तिनीहरू आफ्नो हृदयमा जान्दछन् कि ख्रीष्टविरोधीलाई काटछाँट गरिनुपर्छ र निर्दयतापूर्वक खुलासा गरिनुपर्छ, तर तिनीहरू ख्रीष्टविरोधीको वास्तविक व्यवहार खुट्ट्याउन सक्दैनन्; यसले के सङ्केत गर्दछ भने तिनीहरूले यस मामलाको सार वा ख्रीष्टविरोधीहरूको सारलाई बुझ्‍न सक्दैनन्। सत्यता वास्तविकता धारण नगर्नेहरूले धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तिनीहरूले अन्धाधुन्ध प्रावधानहरू लागू गर्छन्, त्यसैले यदि त्यहाँ साँच्चै ख्रीष्टविरोधीले केही गरिरहेको भए, तिनीहरू यसलाई बुझ्‍न सक्षम हुने थिएनन्।

ख्रीष्टविरोधीलाई किन काँटछाँट गरिन्छ होला? कारण एकदम सरल छ—यो तिनीहरूका विभिन्‍न प्रकटीकरणहरू र तिनीहरूको सारबाट प्रकाश हुने विभिन्न अभ्यासहरू र व्यवहारहरूका कारणले हो। र यी अभ्यास, व्यवहार र प्रकटीकरणहरू के हुन्? पहिलो, ख्रीष्टविरोधीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्छन्। तिनीहरूको ख्रीष्टविरोधी सारका कारण, तिनीहरू परमेश्‍वरसँग उहाँको चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गर्छन् र तिनीहरू इलाका र मानिसहरूको हृदयका लागि प्रतिस्पर्धा गर्छन्—यी सबै कुराहरू तिनीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गरिरहेका हुन्। कसैले आफ्नो स्वतन्त्र राज्य स्थापना गर्दैछ भने, के उसले आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छ? (हुँदैन।) तिनीहरू आफ्नै उद्यममा संलग्न भइरहेका हुन्छन्, आफ्नै प्रभावको दायरा र आफ्नो अख्तियार व्यवस्थापन गरिरहेका हुन्छन्, आफ्नै इलाकाको विशेष नियन्त्रण प्राप्त गर्न, आफ्नै गुट बनाउन, परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउने कोसिस गरिरहेका हुन्छन् ताकि तिनीहरूले परमेश्‍वरलाई अस्वीकार गरून् र यसको साटो तिनीहरूलाई पछ्याऊन्। यो तिनीहरूले कर्तव्य निर्वाह गरिरहेको होइन, बरू परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको हो। एक ख्रीष्टविरोधीले यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, तिनीहरूले यी कुराहरू गर्दा, के तिनीहरूलाई काटछाँट गरिनुपर्छ? (गरिनुपर्छ।) के यो ख्रीष्टविरोधीलाई काटछाँट गर्नुको एउटा कारण हो? के यो तिनीहरूको विशेष अभिव्यक्तिहरूमध्ये एक हो? (हो।) त्यसोभए तिमीहरूले भर्खरै किन त्यसो भन्‍न सकेनौ? के यी शब्दहरू तिमीहरूका ओठ र तिमीहरूका मनमा छैनन्? (छन्।) के यो प्रकटीकरण मैले भर्खरै उल्लेख गरेको सैद्धान्तिक कारणहरूसँग बाझिएको छ? तिनीहरू बिचको भिन्‍नता के हो? (ती कारणहरू सामान्य नै थिए, जबकि परमेश्‍वरले भर्खरै उल्लेख गर्नुभएको प्रकटीकरण विस्तृत छ—यो ख्रीष्टविरोधीको व्यावहारिक प्रकटीकरण हो।) पहिले उल्लेख गरिएका ती कारणहरू सामान्य थिए, ती केवल केही धर्मसिद्धान्तहरू थिए; ती ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्ने निश्‍चित कारणहरू थिएनन्। यो प्रकटीकरण वास्तविक कारणहरूमध्ये एक हो। पहिलो प्रकटीकरण यही हो कि तिनीहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्न खोजिरहेका हुन्छन्। दोस्रो प्रकटीकरण तिनीहरूको गुप्त चालबाजी हो। आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न खोज्‍नु अनि यसको प्रकृति एउटै हुन्छ, तर निश्‍चित अभ्यासहरू फरक छन्। त्यसोभए गुप्त चालबाजीको अर्थ के हो? यो सकारात्मक शब्द हो कि नकारात्मक? यसका प्रशंसनीय अर्थहरू छन् कि अपमानजनक? (अपमानजनक अर्थहरू।) सामान्यतया गुप्त चालबाजीको अर्थ के हो? यसमा कस्ता प्रकारका प्रकटीकरणहरू समावेश छन्? (ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत सुदृढ पार्न पर्दा पछाडि गर्ने कामहरू। उदाहरणका लागि, मण्डलीको चुनावको समयमा, तिनीहरूले पर्दा पछाडि मत माग्छन्।) यो ती कुराहरूमध्ये एउटा हो जुन यसमा समावेश छ। छोटकरीमा, यस प्रकारको प्रकटीकरण भनेको केही निश्‍चित कुराहरू गोप्य रूपमा गर्नु, अरूसँग छलफल नगरी, पारदर्शिता बिना, सबैको पछाडि परिस्थितिहरू हेरफेर गर्नु, विशेष गरी माथिलाई वा माथिल्लो तहका अगुवाहरूलाई यसको बारेमा थाहा नदिनु हो। ख्रीष्टविरोधीहरूले केही कुराहरू गोप्य रूपमा गर्छन्, ती कुराहरू सिद्धान्तहरूको विरुद्धमा छन् र सत्यतासँग मेल खाँदैनन्, ती कुराहरूले परमेश्‍वरको घरलाई हानि पुर्‍याउँछन् र परमेश्‍वरले ती कुराहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरू पूर्ण रूपमा जान्दछन्। तिनीहरू अझै पनि यी कुराहरू गर्ने जिद्दी कस्छन्, परिस्थितिलाई हेरफेर गर्न शैतानको चाल र मानवीय रणनीतिहरू प्रयोग गर्छन् र त्यसपछि तिनीहरू गोप्य रूपमा कार्य गर्छन्। गोप्य रूपमा काम गर्नु पछाडिको तिनीहरूको लक्ष्य के हो? एउटा लक्ष्य भनेको शक्ति कब्जा गर्नु हो र अर्को उनीहरूले चाहेको स्वार्थहरू प्राप्त गर्नु हो। यी उद्देश्यहरूलाई प्राप्त गर्न, तिनीहरूले सत्यता सिद्धान्तहरू, मण्डलीका नियमहरू, परमेश्‍वरका अभिप्रायहरू र योभन्दा बढी, आफ्नै विवेकलाई उल्लङ्घन गर्ने कामहरू गर्छन्। तिनीहरूको कार्यमा कुनै पारदर्शिता छैन—तिनीहरूले सबैबाट कुराहरू लुकाउँछन् वा तिनीहरूले आफ्नो प्रभावको दायराभित्र भएका थोरै मतियारहरूलाई मात्र बताउँछन्, ताकि तिनीहरूले परिस्थितिलाई नियन्त्रण गर्ने, माथिल्लो अगुवाहरू र परमेश्‍वरका चुनिएका मानिसहरूको आँखामा धुलो छर्ने आफ्नो उद्देश्य प्राप्त गर्न सकून्। गुप्त चालबाजीको अर्थ तिनीहरूले अधिकांश मानिसहरूलाई पूर्ण रूपमा अनभिज्ञ राखेर, केही निर्णयहरू गर्छन् र केही कुराहरू योजनाबद्ध गर्छन् र यी कुराहरू भएपछि, अधिकांश मानिसहरूलाई तिनको स्रोत वा कसले ती सुरु गऱ्यो वा वास्तवमा के भयो भन्‍ने कुरा थाहा हुँदैन। अधिकांश मानिसहरू किन अन्धकारमा हुन्छन्? यो ख्रीष्टविरोधीको दुष्टता, क्रूरता हो। तिनीहरूले जानाजानी आफ्ना कार्यहरूमा दाजुभाइ र दिदीबहिनीहरू, माथिल्ला अगुवाहरू र माथिलाई छल्छन्। तिमीहरूले यी कुराहरूबारे जसरीसुकै खोजीनिती गर्ने प्रयास गरे तापनि वा तिमीहरूले जसलाई सोधे तापनि, तिनीहरूको कारण के हो भनेर कसैलाई थाहा हुँदैन र विशेष गरी धेरै समय अघि भएका धेरै कुराहरूको सन्दर्भमा, त्यस बेला के भइरहेको थियो भन्‍ने कुरा धेरै मानिसहरूलाई अझै पनि थाहा छैन। यो गुप्त चालबाजी हो। यो ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने साझा रणनीति हो—जब तिनीहरू केही गर्न चाहन्छन्, तिनीहरूले अरू कसैसँग छलफल नगरी निजी रूपमा चाल रच्छन् र योजना बनाउँछन्। यदि तिनीहरूसँग तिनीहरूले भरोसा गर्ने कोही छैन भने तिनीहरूले आफ्नो मस्तिष्कमा षड्यन्त्र रच्छन्; यदि तिनीहरूसँग मतियारहरू छन् भने, तिनीहरूले तिनीहरूसँग गोप्य रूपमा चाल रच्ने र योजना बनाउनेछन्, र तिनीहरूको प्रभावको दायराभित्रका जो कोही पनि तिनीहरूको चालबाजी षड्यन्त्रको निशाना बन्‍न सक्छ। यस प्रकारको अभ्यासको प्राथमिक विशेषता के हो? पारदर्शिताको कमी हो, जहाँ धेरै जसो मानिसहरूले के भइरहेको छ भनेर जान्‍ने अधिकारको आनन्द लिइरहेका हुँदैनन् र भ्रमको स्थितिमा हुँदा ख्रीष्टविरोधीहरूको खेलौना भएका, चालबाजी र भ्रममा परेका हुन्छन्। ख्रीष्टविरोधीहरू किन गुप्त चालबाजीमा संलग्‍न हुन्छन् र खुला वा पारदर्शी तरिकाले कार्य गर्दैनन्, वा सबैलाई के भइरहेको छ भनेर जान्‍ने अधिकार दिँदैनन्? किनभने तिनीहरूलाई राम्ररी र स्पष्ट रूपमा थाहा छ कि तिनीहरूले जे गरिरहेका छन् त्यो परमेश्‍वरको घरका सिद्धान्त वा नियमहरूसँग मेल खाँदैन र तिनीहरूले जथाभाबी दुष्कर्म गरिरहेका छन्। तिनीहरू जान्दछन् कि यदि अधिकांश मानिसहरू उनीहरूले के गरिरहेका छन् भनेर जानकार भएमा, तिनीहरूमध्ये केही खडा भएर तिनीहरूको विरोध गर्नेथिए र यदि माथिल्लो नेतृत्वलाई थाहा भयो भने, तिनीहरूलाई काटछाँट गरेर बर्खास्त गरिनेथियो र त्यसपछि तिनीहरूको हैसियत खतरामा पर्नेथियो। त्यसकारण तिनीहरूले आफूले गर्ने केही कामहरूमा गुप्त चालबाजीको विधि अपनाउँछन् र अन्य मानिसहरूलाई तीबारे जान्‍न दिँदैनन्। के तिनीहरूको गुप्त चालबाजीका परिणामहरू मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूका लागि लाभदायक छन्? के तिनीहरू सबैका लागि सुधारोन्मुख छन्? बिलकुल छैनन्। धेरैजसो मानिसहरू बहकिएका र धोकामा परेका छन् र यसबाट पटक्कै लाभ पाउँदैनन्। के ख्रीष्टविरोधीहरूद्वारा अपनाइने यो गुप्त चालबाजीको विधि सत्यता सिद्धान्तहरूअनुरूप छ? के यो परमेश्‍वरका मागहरूअनुरूप कार्य गर्नु हो? (होइन।) त्यसोभए गुप्त चालबाजीमा संलग्‍न भइरहेका ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू फेला पारिए भने, के ती ख्रीष्टविरोधीहरूको काटछाँट गरिनुपर्छ? के तिनीहरूलाई खुलासा गरेर अस्वीकार गरिनुपर्छ? (गरिनुपर्छ।) गुप्त चालबाजीमा संलग्‍न हुनु ख्रीष्टविरोधीहरूको एउटा ठोस प्रकटीकरण हो।

ख्रीष्टविरोधीहरूले काम गर्दा देखापर्ने अरू साझा प्रकटीकरणहरू के-के हुन्? (ख्रीष्टविरोधीहरूले आफ्नै हैसियतका खातिर मानिसहरूलाई दमन गर्छन् र सास्ती दिन्छन्।) ख्रीष्टविरोधीहरूका लागि अरू मानिसहरूलाई सास्ती दिनु सबैभन्दा सामान्य काम हो, र यो तिनीहरूको ठोस प्रकटीकरणहरूमध्ये एक हो। आफ्‍नो हैसियत कायम राख्‍नका लागि, ख्रीष्टविरोधीहरूले सधैँ सबैलाई, तिनीहरूलाई पालन गर्न र तिनीहरूको कुरा सुन्‍न माग गरिरहेका हुन्छन्। यदि तिनीहरूले कसैले तिनीहरूको कुरा नसुन्‍ने वा तिनीहरूप्रति विरोधी वा प्रतिरोधी भएको भेटे भने, तिनीहरू त्यस व्यक्तिलाई काबुमा ल्याउन दमन गर्ने र सास्ती दिने चाल चल्छन्। ख्रीष्टविरोधीहरूले आफ्‍नो भन्दा फरक विचार राख्‍नेहरूलाई प्राय दमन गर्छन्। तिनीहरूले सत्यता खोजी गर्ने र बफादारीपूर्वक आफ्‍नो कर्तव्य निर्वाह गर्ने मानिसहरूलाई प्राय दमन गर्छन्। तुलनात्मक रूपमा शिष्ट र सोझा जो तिनीहरूको चापलुसी वा लोलोपोतो नगर्ने मानिसहरूलाई तिनीहरूले प्राय दमन गर्छन्। तिनीहरूसँग नमिल्‍ने वा तिनीहरूको अधीनमा नआउने मानिसहरूलाई तिनीहरूले दमन गर्छन्। ख्रीष्टविरोधीहरूले अरूलाई सत्यताका सिद्धान्तहरूका आधारमा व्यवहार गर्दैनन्। तिनीहरूले मानिसहरूसँग निष्पक्ष व्यवहार गर्न सक्दैनन्। जब तिनीहरूले कसैलाई मन पराउँदैनन्, जब कोही हृदयबाट तिनीहरूको अधीनमा आएको छैन जस्तो देखिन्छ, तब तिनीहरूले त्यस व्यक्तिलाई आक्रमण गर्न र सास्ती दिन मौका र बहाना खोज्छन्, र विभिन्न अत्तो थाप्नेसमेत गर्छन्, यहाँसम्‍म कि त्यस व्यक्तिलाई दमन गर्नको लागि मण्डलीको काम गरेको झण्डासमेत बोक्छन्। मानिसहरू नमनशील नभएसम्म र तिनीहरूलाई नाइँ भन्‍ने आँट गर्न नसक्‍ने अवस्थामा नपुगेसम्‍म तिनीहरू लागिपर्न छोड्दैनन्; मानिसहरूले तिनीहरूको हैसियत र शक्ति स्वीकार गरेर, तिनीहरूलाई मुस्कुराउँदै नमस्कार गर्ने, तिनीहरूप्रति समर्थन र अनुपालन व्यक्त गर्ने, र तिनीहरूबारे कुनै जोखाना गर्ने आँट नै नगर्ने अवस्थामा नपुगेसम्‍म तिनीहरू लागिपर्न छोड्दैनन्। कुनै पनि परिस्थितिमा, कुनै पनि समूहमा, ख्रीष्टविरोधीहरूले अरूसँग गर्ने व्यवहारमा “निष्पक्ष” भन्‍ने शब्‍द अवस्थित हुँदैन, र परमेश्‍वरमा साँचो रूपमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति तिनीहरूले गर्ने व्यवहारमा “प्रेमपूर्ण” भन्‍ने शब्‍द अवस्थित हुँदैन। तिनीहरूको हैसियतलाई चुनौती दिने जोकोहीलाई तिनीहरूले आफ्‍नो आँखाको कसिङ्गर र शरीरको काँडा ठान्छन्, र उसलाई सास्ती दिन तिनीहरूले मौका र बहाना खोज्छन्। यदि त्यो व्यक्ति अधीनमा आउन मान्दैन भने, उसलाई सास्ती दिन्छन्, र त्यो व्यक्ति काबुमा नआएसम्‍म तिनीहरू रोकिँदैनन्। ख्रीष्टविरोधीहरूको यस्तो व्यवहार सत्यताका सिद्धान्तहरूसँग एकदमै नमिल्दो र सत्यतासँग शत्रुवत् हुन्छ, त्यसकारण, के तिनीहरूलाई काटछाँट गरिनुपर्छ? यति मात्र होइन—तिनीहरूलाई खुलासा गर्ने, खुट्ट्याउने, र चित्रण गर्नेबाहेक कुनै पनि कारबाही पर्याप्त हुनेछैन। ख्रीष्टविरोधीले सबैलाई उसको आफ्नै प्राथमिकता, अभिप्राय र लक्ष्‍यअनुसार व्यवहार गर्छ। तिनीहरूको अख्‍तियारअन्तर्गत, इन्साफको बोध भएकाहरू, न्यायोचित रूपमा बोल्‍न सक्‍नेहरू, अन्यायसँग लड्ने आँट गर्नेहरू, सत्यताका सिद्धान्तहरू पालना गर्नेहरू, साँचो रूपमा प्रतिभावान् र शिक्षितहरू, परमेश्‍वरका लागि गवाही दिन सक्‍नेहरू—त्यस्ता सबै मानिसहरूले ख्रीष्टविरोधीको डाहा सहनुपर्नेछ, दमन र बहिस्कार भोग्‍नुपर्नेछ, र फेरि उठ्न नसक्ने अवस्थामा पुग्ने गरी ख्रीष्टविरोधीको पैतालामुनि समेत कुल्चिइनुपर्छ। असल मानिसहरू र सत्यता पछ्याउने मानिसहरूलाई ख्रीष्टविरोधीले यस्तो घृणाको साथ व्यवहार गर्छ। ख्रीष्टविरोधीले डाहा महसुस गर्ने र दमन गर्ने लगभग अधिकांश मानिसहरू सकारात्मक व्यक्तित्त्वहरू र असल मानिसहरू नै हुन्छन् भन्न सकिन्छ। तिनीहरूमध्ये धेरैजसो मानिसहरू परमेश्‍वरले मुक्ति दिनुहुने, परमेश्‍वरले प्रयोग गर्न सक्‍नुहुने, र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मानिसहरू हुन्छन्। परमेश्‍वरले मुक्ति दिनुहुने र प्रयोग गर्नुहुने अनि सिद्ध तुल्याउनुहुने मानिसहरूविरुद्ध त्यस्तो दमन र बहिष्कारको रणनीति अपनाउँदा, के ख्रीष्टविरोधीहरू परमेश्‍वरविरोधी हुँदैनन् र? के तिनीहरूले परमेश्‍वरको प्रतिरोध गरिरहेका हुँदैनन् र? सत्यता पछ्याउनेहरूलाई यसरी ईर्ष्या, आक्रमण र बहिष्कार गर्दै गर्दा, तिनीहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई प्रत्यक्ष रूपमा बाधा पुर्‍याइरहेका छन्। यस प्रकारको ख्रीष्टविरोधी देहधारी परमेश्‍वरप्रति मात्र होइन, परमेश्‍वरको पछि लाग्ने र सत्यता पछ्याउनेहरूप्रति पनि शत्रुवत् हुन्छ। यो एक प्रामाणिक ख्रीष्टविरोधी हो। के परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्टविरोधीहरूको यस प्रकारको प्रकटीकरणलाई खुट्ट्याउनुपर्छ? के तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा र अस्वीकार गर्नुपर्छ? के ख्रीष्टविरोधीहरूसँग भएको यस किसिमको स्वभाव सत्यता सङ्‍गति गरेर समाधान गर्न सकिन्छ? तिनीहरूको स्वभाव सत्यता र परमेश्‍वरलाई घृणा गर्ने स्वभाव हो र तिनीहरूले पूर्ण रूपमा सत्यतालाई पटक्कै स्वीकार गर्ने वा त्यसमा समर्पित हुनेछैनन्। तसर्थ, त्यस्ता प्रामाणिक ख्रीष्टविरोधीहरूलाई सम्हाल्ने एक मात्र तरिका भनेको त्यस्ता मानिसहरूलाई खुलासा गर्नु, पहिचान गर्नु र त्यसपछि अस्वीकार गर्नु हो। यो पूर्ण रूपमा सत्यता सिद्धान्तहरू र परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ। ख्रीष्टविरोधीहरूले यस तरिकाले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सास्ती दिनु भनेको तिनीहरूले स्पष्ट रूपमा परमेश्‍वरसँग टक्कर लिनु र परमेश्‍वरका चुनिएका मानिसहरूका लागि उहाँसँग प्रतिस्पर्धा गर्नु हो। तिनीहरू आफूले बहकाउन र नियन्त्रण गर्न नसक्नेहरूलाई ईर्ष्या र घृणा गर्छन्। तिनीहरू यी मानिसहरूलाई प्राप्त गर्न असमर्थ छन् तर तिनीहरूले परमेश्‍वरलाई पनि तिनीहरूलाई प्राप्त गर्न दिँदैनन्। यसरी, के तिनीहरूले मण्डलीमा शैतानको भूमिका खेलिरहेका छैनन्, जसले परमेश्‍वरका चुनिएका मानिसहरूका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्छ र तिनीहरूमाथि हानि र विनाश ल्याउँछ? ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्‍न चाहन्छन्, परमेश्‍वरलाई तिनीहरू प्राप्त गर्न दिँदैनन् र तिनीहरू परमेश्‍वरलाई पछ्याउने सबैलाई बहकाउने र यी मानिसहरूलाई आफ्नो पछि लगाई, तिनीहरूको मुक्तिको अवसरलाई बर्बाद गर्ने इच्छा पनि राख्‍छन्। त्यसपछि मात्र तिनीहरूले आफ्नो लक्ष्य प्राप्त गरेका हुनेछन्। के मानिसहरूलाई मृत्युसम्मै हानि गर्ने ख्रीष्टविरोधीहरू परमेश्‍वरका प्रमुख शत्रुहरू होइनन्? तिमीहरू तिनीहरूलाई खुट्ट्याउन सक्षम हुनुपर्दछ।

ख्रीष्टविरोधीसँग अरू कस्ता प्रकटीकरणहरू छन्? (तिनीहरू कामको प्रबन्ध विरुद्ध जान्छन् र आफ्नै तरिकाले काम गर्छन्।) यो र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नु र गुप्त चालबाजीको बिचमा केही समानताहरू छन्, तर यो अर्को निश्‍चित प्रकटीकरण पनि हो। ख्रीष्टविरोधीहरूले कसरी आफ्नै तरिकाले काम गर्छन्? (परमेश्‍वरका चुनिएका मानिसहरूका लागि झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू खुट्ट्याउन माथिले कामका प्रबन्धहरू जारी गर्नुहुन्छ, तर केही ख्रीष्टविरोधीले यी कामका प्रबन्धहरू लागू गर्दैनन्, यसको सट्टा दाजुभाइ र दिदीबहिनीहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनबाट रोकेर, सबैलाई आफैँलाई चिनाउनका लागि उनीहरूले “तैँले आफूलाई खुट्ट्याउन सक्षम भएपछि मात्र अरू मानिसहरूलाई खुट्ट्याउन सक्छस्” भन्‍ने बहानाको प्रयोग गर्छन्।) यो माथिको कार्य व्यवस्थाको विरोध गर्नु, साथै आफ्नै तरिकाले काम गर्नु हो। अरू के हुनसक्छ? (ख्रीष्टविरोधीहरूसँग माथिको कार्य व्यवस्थाका बारेमा आफ्नै विचारहरू छन्। बाहिरी रूपमा, तिनीहरू यी व्यवस्थाहरू लागू गर्न सक्षम छन् जस्तो र तिनीहरू दाजुभाइ र दिदीबहिनीहरूसँग सङ्‍गति गरिरहेका जस्तो देखिन्छ, तर तिनीहरूले यी कुराहरूलाई कहिल्यै अनुगमन गर्दैनन् वा यसको बारेमा सोध्दैनन् र पछि त्यसलाई बेवास्ता गर्छन्।) ख्रीष्टविरोधीहरूले आफ्नै तरिकाले काम गर्नुको मुख्य अर्थ यही हो कि माथिबाट जुनसुकै कामको व्यवस्था भए तापनि वा माथिले तल भएकाहरूबाट जुनसुकै कुरा लागू गर्ने माग गरे तापनि ख्रीष्टविरोधीहरूले त्यसलाई एकातिर पन्छाइदिनेछन्, बेवास्ता गर्नेछन्, त्यसलाई अगाडि पुऱ्याउनेछैनन् र कार्यान्वयन गर्ने छैनन् र त्यसपछि तिनीहरूले आफूले चाहेको कुरा, आफूले गर्न इच्छुक भएको कुरा र आफूलाई गर्दा फाइदा हुने कुरा गर्नेछन्। उदाहरणका लागि, परमेश्‍वरका वचनका पुस्तकहरू जारी गर्दा, मण्डलीको पुस्तक वितरणका सिद्धान्त अनुसार, सामान्य मण्डली जीवन बिताउने प्रत्येक व्यक्तिसँग पुस्तक हुनुपर्छ। तर जब कुनै ख्रीष्टविरोधीले यो देख्छ, उसले यसो सोच्छ, “सबैका लागि पुस्तक? के त्यो मेरा लागि नराम्रो सौदा हुनेछैन? हरेक व्यक्तिका निम्ति एउटा पुस्तक हुन सक्दैन—प्रत्येक व्यक्तिले विशेष रूपमा मेरा बारेमा के सोच्छ भन्‍ने आधारमा मैले यो काम अघि बढाउनु र कार्यान्वयन गर्नुपर्छ। यो केवल सामान्य मण्डली जीवन बिताउने बारेमा मात्र हुनुहुँदैन, यो सामान्यतया कसले बढी भेटी चढाउँछ भन्‍ने बारेमा हुनुपर्दछ। कुनै अपवाद बिना, कुनै पनि भेटी नचढाउने वा गरिब व्यक्तिहरूले पुस्तक पाउनु हुँदैन। यदि तिनीहरूले मलाई एउटा मागे र केही नगद दिए भने, उनीहरूले गर्ने व्यवहारको आधारमा, तिनीहरूलाई पुस्तक दिने कि नदिने भन्‍ने निर्णय गर्नेछु।” के यो सिद्धान्तहरूअनुसार काम गर्नु हो? तिनीहरू के गरिरहेका हुन्? तिनीहरूले आफ्नै तरिकाले काम गरिरहेका हुन्। तिनीहरूले आफ्नो तरिकाले काम गर्नु भनेको विद्यमान कार्य व्यवस्था बाहिर आफ्नै नीतिहरू स्थापना गर्नु, तिनीहरूको स्थानीय मण्डलीमा ती नीतिहरूअनुसार कार्य गर्नु, कार्य व्यवस्थाहरू र परमेश्‍वरको घरद्वारा माग गरिएका सिद्धान्तहरूलाई बिलकुलै लागू नगर्नु र बरु आफ्नै उद्देश्य र लक्ष्यहरू अनुसार कार्य गर्नु हो। बाहिरबाट हेर्दा, तिनीहरूले पुस्तकहरू वितरण गरिरहेका छन् र कार्य पूरा भएको जस्तो देखिन्छ। तर तिनीहरूले यो गर्ने आधार के थियो? यो परमेश्‍वरको घरको कार्य व्यवस्थामा वा मण्डलीका नियमहरूमा आधारित थिएन, यो त तिनीहरूको आफ्नै नीतिहरू, तिनीहरूको आफ्नै दृष्टिकोणमा आधारित थियो। यो तिनीहरूले आफ्नै तरिकाले काम गर्नु हो। तिनीहरूले परमेश्‍वरको घरको कार्य व्यवस्थाप्रति कुनै पनि समर्पणता देखाउँदैनन्; तिनीहरू तिनलाई कडाइका साथ लागू गर्न वा कार्यान्वयन गर्न असमर्थ छन् र यसको सट्टामा तिनीहरूले आफ्नै अनेकौँ नियम र प्रावधान गोप्य रूपमा स्थापित गर्छन् जुन तिनीहरूले आफ्नो स्थानीय मण्डली भित्र अभ्यास र कार्यान्वयन गर्छन्। यो तिनीहरूको आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नु मात्र होइन, अझ त्यो भन्दा बढी, यो आफ्नै तरिकाले काम गर्नु हो। अर्को शब्दमा, तिनीहरूले आफ्नो स्थानीय मण्डलीमा कार्य बन्दोबस्तहरू लागू गर्दा, यी तिनीहरूका आफ्नै बन्दोबस्तहरू हुन्छन्, जुन माथिबाट जारी गरिएको र अन्य मण्डलीहरूमा लागू गरिएको कार्य व्यवस्थाहरू भन्दा फरक हुन्छन्। सतही रूपमा, तिनीहरूले काम गरेजस्तो गर्छन्, तिनीहरूले कार्य व्यवस्था प्राप्त गरेका र ती पढेका हुन्छन्, तर तिनीहरूसँग ती निश्‍चित रूपमा कार्यान्वयन गर्ने आफ्नै विधिहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको घरको कार्य व्यवस्थालाई पूर्ण रूपमा बेवास्ता गर्छन् र तिनको खुला रूपमा उल्लङ्घन गर्छन्। यसलाई आफ्नै तरिकाले काम गर्नु भनिन्छ। ख्रीष्टविरोधीहरूले किन आफ्नै तरिकाले काम गर्छन्? (तिनीहरू मण्डलीभित्र शक्ति चलाउन चाहन्छन् र तिनीहरू सबै कुरामा अन्तिम निर्णय गर्न चाहन्छन्।) ठीक हो। तिनीहरू केवल शक्ति कब्जा गर्न चाहन्छन्; तिनीहरूले शक्ति प्राप्त गरेर अरूलाई नियन्त्रण गर्ने, अरूलाई आफ्नो कुरा मान्‍ने, आफूलाई पालन गर्ने र डर मान्ने तुल्याउने कुनै पनि र सबै मौकाहरू खोजेर ती कब्जा गर्छन्। तिनीहरू अरूलाई नियन्त्रण गर्न आफ्ना विभिन्न अभ्यास प्रयोग गर्न चाहन्छन्, यस ठाउँमा केवल उनीहरूसँग मात्र शक्ति छ, र अरू कोहीसँग पनि छैन, अरूले तिनीहरूलाई नाघेर जान, तिनीहरूको अनुमोदन बिना काम गर्न असम्भव छ र कोही पनि तिनीहरूभन्दा अगाडि जान सक्दैन भन्‍ने कुरा सबैलाई थाहा दिन चाहन्छन्। तिनीहरू मुख्यतया परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न र शक्ति कब्जा गर्न चाहन्छन्। यो स्पष्ट छ कि ख्रीष्टविरोधीहरूले यस्तो व्यवहार गर्नु सत्यता सिद्धान्तहरू वा परमेश्‍वरको घरका मागहरूअनुसार कुराहरू सम्हाल्नु होइन। यो कुनै पनि अगुवा वा आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गरिरहेको जो कोहीले गर्नुपर्ने कुरा होइन। त्यसोभए, ख्रीष्टविरोधीहरूले यो प्रकटीकरण प्रदर्शन गर्दा के तिनीहरूको काटछाँट गरिनु पर्छ? के तिनीहरूलाई खुलासा र अस्वीकार गरिनुपर्छ? (गरिनुपर्छ।)

ख्रीष्टविरोधीका अन्य केही प्रकटीकरणहरू के हुन्? (ख्रीष्टविरोधीहरूले भेटीहरू चोर्छन्, परमेश्‍वरको घरको पैसा आफ्नै आनन्दका लागि खर्च गर्छन् र विशिष्ट विशेषाधिकारहरूमा रमाउँछन्।) विशिष्ट विशेषाधिकारहरूमा रमाउनु एउटा विशेष प्रकटीकरण हो। ख्रीष्टविरोधीले हैसियत प्राप्त गर्नेबित्तिकै, उसलाई रोक्न सम्भव हुँदैन—उसले अन्य मानिसहरूलाई खुट्टामुनि कुल्चिनुपर्ने कुराहरूका रूपमा देख्छ र उसले गर्ने हरेक कुरामा उसले चर्चा बटुल्न, पूर्ण फाइदा लिन चाहन्छ। ऊ आफूले गर्ने हरेक कुरामा, साथै बोल्दा पनि माथि पर्न लागिपर्छ। ऊ जुनसुकै आसनमा बसे पनि, त्यो विशेष होस् भन्ने चाहन्छ। उसले परमेश्‍वरको घरमा जुनसुकै व्यवहारको आनन्द लिए पनि, त्यो अरू कसैले प्राप्त गर्ने भन्दा राम्रो होस् भन्‍ने चाहन्छ। ऊ सबैले उसलाई अझ उच्च ठानून् र उसका बारेमा अरूको भन्दा उच्च राय राखून् भन्ने चाहन्छ। जब उसको हैसियत हुँदैन, ऊ यसलाई खोस्‍न चाहन्छ र हैसियत पाउनेबित्तिकै अविश्‍वसनीय रूपमा अहङ्कारी हुन्छ। ऊसँग बोल्ने जो कोहीले पनि उसलाई प्रशंसाका साथ हेर्नुपर्छ, कोही पनि ऊसँग सँगै हिँड्न सक्दैन र बरु एक वा दुई कदम पछाडि नै रहनुपर्छ; कसैले पनि ऊसँग धेरै चर्को स्वरमा वा कठोरतापूर्वक बोल्न सक्दैन, गलत शब्दहरू प्रयोग गर्न सक्दैन वा उसलाई गलत तरिकाले हेर्न सक्दैन। उसले सबैलाई स-साना कुराहरूमा किचकिच गर्नेछ र उसका बारेमा केही न केही भन्‍नेछ। कसैले पनि उसलाई चिढ्याउन वा आलोचना गर्न सक्दैन; बरु, सबैले उसलाई सम्मान गर्नुपर्छ, उसलाई फकाउनुपर्छ र उसको चापलुसी गर्नुपर्छ। एकचोटि कुनै ख्रीष्टविरोधीले हैसियत प्राप्त गरेपछि, ऊ जहाँ जान्छ त्यहाँ मनपरी र स्वेच्छाचारी तरिकाले कार्य गर्नेछ र अरूले उसलाई सम्मान गरून् भनेर देखावटी गर्नेछ। उसले केवल हैसियतमा आनन्द मान्‍ने र अरूको सम्मानलाई साँच्चिकै महत्त्व दिने मात्र होइन, भौतिक सुख पनि उसका लागि विशेष रूपमा महत्त्वपूर्ण हुन्छन्। ऊ सर्वोत्तम व्यवहार गर्ने मेजमानहरूसँग बस्‍न चाहन्छ। उसको मेजमान जोसुकै भए तापनि, ऊ खानेकुराबारे विशेष माग गर्छ र यदि खाना पर्याप्त रूपमा राम्रो छैन भने, उसले आफ्नो मेजमानलाई काटछाँट गर्ने मौका खोज्नेछ। उसले कुनै पनि गुणस्तरहीन सुखहरू स्वीकार गर्न मान्दैन—उसको खाना, लुगाफाटा, आवास र यातायात सबै माथिल्लो स्तरको हुनुपर्छ, औसतले काम चल्दैन। उसले सामान्य दाजुभाइ र दिदीबहिनीहरूले प्राप्त गर्ने कुराहरू समान कुराहरू स्वीकार गर्न सक्दैन। यदि अरू बिहान ५ वा ६ बजे उठिरहेका छन् भने, ऊ ७ वा ८ बजे उठ्नेछ। सर्वोत्तम खाना र वस्तुहरू उसका लागि आरक्षित गरिनुपर्छ। यतिसम्म कि मानिसहरूले चढाउने भेटीहरू पनि पहिले ऊद्वारा छानिनुपर्छ र उसले जे राम्रो वा बहुमूल्य छ वा जे उसको आँखामा पर्छ, त्यो राख्नेछ र बाँकी रहेका कुराहरू मण्डलीका लागि छोडिदिनेछ। अनि ख्रीष्टविरोधीहरूले गर्ने एउटा अर्को सबैभन्दा घृणित कुरा छ। त्यो के हो? जब तिनीहरूले हैसियत प्राप्त गर्छन्, तिनीहरूको भोक बढ्छ, तिनीहरूको क्षितिज फराकिलो हुन्छ र तिनीहरू आफैँमा रमाउन सिक्छन्, जसपछि तिनीहरूले पैसा खर्च गर्ने, उपभोग गर्ने चाहना विकास गर्छन् र फलस्वरूप मण्डलीले त्यसको कामका लागि प्रयोग गर्ने सबै पैसा आफूसँग राख्‍न चाहन्छन्, आफूले चाहे अनुसार यसलाई बाँड्न चाहन्छन्, आफ्ना चाहनाअनुसार यसलाई नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले विशेष गरी यस प्रकारको शक्ति र यस प्रकारको व्यवहारमा आनन्द लिन्छन् र एकचोटि शक्ति पाएपछि, तिनीहरू सबै चेक र विभिन्न सम्झौताहरूजस्ता सबै कुरामा आफ्नो नाम हस्ताक्षर गर्न चाहन्छन्। तिनीहरू निरन्तर कलमले आफ्नो हस्ताक्षर गर्ने, पानी जसरी पैसा खेर फाल्ने अनुभूतिको आनन्द लिन चाहन्छन्। जब कुनै ख्रीष्टविरोधीसँग हैसियत हुँदैन, कसैले पनि ऊमा यी प्रकटीकरणहरू देख्न, वा ऊ यस प्रकारको व्यक्ति हो, उसमा यस प्रकारको स्वभाव छ, उसले त्यस्ता कामहरू गर्छ भन्‍ने कुरा देख्‍न सक्दैन। तर उसले हैसियत प्राप्त गर्ने बित्तिकै, यो सबै प्रकाश हुन्छ। यदि उसलाई बिहान चुनियो भने, दिउँसोसम्म ऊ अविश्‍वसनीय रूपमा अहङ्कारी बन्छ, उसको नाक घमण्डले फुल्छ, उसको टाउको घमण्डले फुल्छ र उसले साधारण मानिसहरूलाई कुनै ख्याल गर्दैन। यो परिवर्तन निकै छिटो हुन्छ। तर वास्तवमा, ऊ परिवर्तन भएको हुँदैन—उसलाई प्रकाश गरिएको मात्रै हुन्छ। उसले यी अहङ्कारी व्यवहारहरू देखाउँछ, र उसले के गर्न गइरहेको हुन्छ? ऊ मण्डलीको भरमा बाँच्न चाहन्छ, हैसियतका फाइदाहरूमा लिप्त हुन चाहन्छ। जब कसैले कुनै स्वादिष्ट भोजन अगाडि राख्छ, ऊ त्यो खाना घपा-घप खान थाल्छ, र आफ्नो दुर्गन्धित देहलाई स्वस्थ राख्‍नका निम्ति पूरक पोषणको माग गर्छ। ख्रीष्टविरोधीहरू विशिष्ट विशेषाधिकारहरूमा रमाउने कार्य प्राय हुने गर्छ; यसमा गम्भीरताको हद मात्र भिन्‍न हुन्छ। जब देहको सुखमा टाँसिने कुनै पनि व्यक्ति अगुवा बन्छ, उसले विशिष्ट विशेषाधिकारहरूमा रमाउन चाहन्छ। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। तिनीहरूले हैसियत प्राप्त गर्नेबित्तिकै, तिनीहरू पूर्ण रूपमा फरक व्यक्ति बन्छन्। तिनीहरूले हैसियतसँगै आउने सुखसयल र विशेष व्यवहारलाई आफ्नो नजरमा र आफ्नो मुठ्ठीमा दृढतासाथ अनि सुरक्षितसाथ राख्छन् र तिनलाई छोड्नेछैनन्, तीमध्ये एक टुक्रामा पनि आफ्नो पकडलाई हल्का गर्दैनन् वा तिनको कुनै पनि अंशलाई उम्कन दिँदैनन्। ख्रीष्टविरोधीहरूका यीमध्ये कुन प्रकटीकरण र अभ्यासहरू सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नु हो? कुनै पनि होइन। तिनीहरूमध्ये हरेकलाई हेर्नु वाक्कलाग्दो र घृणित हुन्छ; तिनीहरूका अभ्यास र अभिव्यक्तिहरू सत्यता सिद्धान्तहरूसँग मेल नखाने मात्र होइन, तर तिनीहरूसँग निश्‍चित रूपमा अलिकति पनि विवेक, समझ वा लज्जाबोध छैन। जब ख्रीष्टविरोधीहरूसँग हैसियत हुन्छ, तिनीहरू लापरवाहीपूर्वक दुष्कर्महरू गर्न र आफ्नै शक्ति र हैसियतमा काम गर्न बाहेक, तिनीहरू मण्डलीको काम वा दाजुभाइ र दिदीबहिनीहरूको जीवन प्रवेशलाई फाइदा पुर्‍याउने कुनै पनि काम गर्न असफल मात्र हुँदैनन्, तिनीहरू हैसियत, देहसुख र मानिसहरूले तिनीहरूलाई उच्च मान्ने र श्रद्धा गर्ने फाइदाहरूको आनन्द पनि लिन्छन्। कतिपय ख्रीष्टविरोधीहरूले त आफ्नो सेवा गर्नका लागि मानिसहरू खोज्छन्, तिनीहरूले पिउने चिया अरूले नै दिएका हुन्छन्, तिनीहरूले लगाउने लुगा अरूले नै धोएका हुन्छन् र नुहाउँदा आफ्नो ढाड माड्ने समेत विशेष व्यक्ति हुन्छ र खाना खाँदा तिनीहरूलाई पर्खने व्यक्ति पनि हुन्छ। यो भन्दा नराम्रो कुरा, केहीले त आफ्नो दैनिक तीन छाक भोजनका निम्ति निर्धारित मेनु समेत बनाएका छन्, यस माथि, तिनीहरू स्वास्थ्य पूरकहरू लिन चाहन्छन् र आफ्ना लागि हर प्रकारका विभिन्न सुरुवाहरू उमालिएको चाहन्छन्। के ख्रीष्टविरोधीहरूलाई लाज लाग्छ? अँह, लाग्दैन! के तिमीहरूलाई त्यस प्रकारको व्यक्तिलाई काटछाँट मात्र गर्नु केही हदसम्म नरम कदम नै हो भन्‍ने लाग्छ? के काटछाँटले तिनीहरुलाई लज्जाबोध गराउनेछ? (गराउनेछैन।) त्यसोभए, यो मामलालाई कसरी समाधान गर्न सकिन्छ? यो एकदम सरल छ। काटछाँट गरिसकेपछि, तिनीहरूको खुलासा गर्ने अनि तिनीहरू के हुन् भनेर तिनीहरूलाई बताइदिने। तिनीहरू चाहे यसमा समर्पित हून् वा नहून्, तिनीहरूलाई खारेज गरिनुपर्छ र सबैले तिनीहरूलाई इन्कार गर्नुपर्छ। तिमीहरूले कुनै ख्रीष्टविरोधी पत्ता लगाएपछि, के तिनीहरूलाई अस्वीकार गर्न सक्छौ? के तिमीहरू खडा भएर तिनीहरूलाई रिपोर्ट गर्ने र खुलासा गर्ने हिम्मत गर्छौ? (गर्छौं।) तैँले साँच्चै हिम्मत गर्छस् कि गर्दैनस्? अहिले तेरो साथमा तँलाई समर्थन गर्ने अरू हुँदा, तँ खडा भएर तिनीहरूको खुलासा गर्ने हिम्मत गर्छस्, तर समर्थनबिना के तँमा अझै पनि त्यो हिम्मत हुनेछ? तँ अहिले जहाँ छस् त्यहाँ सुरक्षित छस्, जहाँ ठूलो रातो अजिङ्गरले शासन गरिरहेको छैन, त्यसैले तँ सोच्छस् “म किन डराउनुपर्छ र? के तिनीहरू केवल ख्रीष्टविरोधीहरू मात्र होइनन् र? परमेश्‍वर हाम्रो समर्थक हुनुभएकोले, ममा ख्रीष्टविरोधीको खुलासा गर्ने हिम्मत छ र म डराउँदिनँ।” तैपनि, ठूलो रातो अजिङ्गरको देशमा अवस्था फरक हुन्छ। यदि तैँले ख्रीष्टविरोधीको खुलासा गरिस् भने, तिनीहरूले आफ्नो हैसियत गुमाउँछन्, त्यसपछि तिनीहरूले तँलाई सास्ती दिने र तँलाई धोका दिने हिम्मत गर्नेछन्, तँलाई अख्तियार हुनेहरूको हातमा दिनेछन्। के तँ अझै पनि तिनीहरूको खुलासा गर्ने हिम्मत गर्नेथिइस्? (सायद गर्नेथिइन।) सायद गर्नेथिइनस्। तेरो मनोवृत्ति तुरुन्तै परिवर्तन हुनेछ; त्यो वातावरणमा, तैँले तिनीहरूको खुलासा गर्ने हिम्‍मत गर्नेथिइनस्। त्यसोभए, के तिनीहरूको खुलासा गर्ने हिम्मत गर्नु सही होइन र? यो सही होइन, तँसँग कुनै गवाही छैन, र यसको अर्थ तँ विजेता होइनस् भन्ने हुन्छ; यो परमेश्‍वरलाई पछ्याउने व्यक्तिले भन्‍न मिल्ने कुरा होइन। मानौँ तँ चुपचाप बसिस्, तर तेरो हृदय बारम्बार कराउँछ: “तँ ख्रीष्टविरोधी, तँ दियाबलस र शैतान, म तेरो खुलासा गर्नेछु। तँलाई अस्वीकार गर्न, तँलाई मण्डलीबाट पखाल्न म बुद्धि प्रयोग गर्नेछु! तँ परमेश्‍वरको घरमा बस्न लायक छैनस्, तँ दियाबलस होस्, तँ शैतान होस्! मैले तँलाई आफ्ना शब्दहरूद्वारा सार्वजनिक रूपमा खुलासा नगरे पनि, मेरो हृदयको अन्तस्करणबाट म तँलाई अस्वीकार गर्दछु। म सत्यता बुझ्‍ने अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई खोज्‍नेछु र मिलेर तँलाई अस्वीकार गर्नेछौँ। हामी तेरो नेतृत्व वा तेरो चालबाजी स्वीकार गर्नेछैनौँ!” के यो व्यवहार गर्ने सही तरिका हो? (हो।) वातावरण प्रतिकूल हुनसक्छ र सार्वजनिक रूपमा ख्रीष्टविरोधीको खुलासा गर्दा तँ खतरामा पर्न सक्छस्, तर परमेश्‍वरको आज्ञा, सत्यता सिद्धान्तहरू, र तेरो कर्तव्यलाई त्याग्न वा छोड्न मिल्दैन। ती ख्रीष्टविरोधीहरू, जसले विशिष्ट विशेषाधिकारहरूमा रमाउँछन्, जसले निर्लज्ज बनी हैसियतका फाइदाहरूको आनन्द उठाउँछन्, हामीले तिनीहरूलाई अस्वीकार गर्नुपर्छ, र तिनीहरूलाई परमेश्‍वरको घरमा परजीवी बन्ने अनुमति दिनु हुँदैन, वा थप दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने र बहकाउने अनुमति दिनु हुँदैन। हामीले तिनीहरूलाई पखाल्नुपर्छ। परमेश्‍वरको घरका स्रोत-साधनहरू यी परजीवीहरूलाई सहयोग गर्नका लागि होइनन्। तिनीहरू परमेश्‍वरको घरमा खान लायक छैनन्, न त परमेश्‍वरको घरमा सबथोकको आनन्द लिने लायक नै छन्। यसो किन? किनकि तिनीहरू दियाबलसहरू हुन् र तिनीहरू अस्वीकार गरिन लायक छन्। यो ख्रीष्टविरोधीहरूको अर्को प्रकटीकरण हो—विशिष्ट विशेषाधिकारहरूमा रमाउनु, निर्लज्ज रूपमा विशिष्ट विशेषाधिकारहरूमा रमाउनु। केही योगदान नदिई, तिनीहरूले अगुवाको पद प्राप्त गर्ने बित्तिकै, शक्ति कब्जा गर्छन्, हैसियतका लाभहरूमा लिप्त हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूका निम्ति स्वादिष्ट भोजन पकाउन र किन्न बाध्य पार्छन्, तिनीहरूको परिश्रम गरेर कमाएको सम्पत्ति लुट्छन्, र तिनीहरूको पैसा र चिजहरू धुत्छन्। तिनीहरूका लागि, यो निस्सन्देह, एउटा अमूल्य अवसर हो, फेरि नआउने अवसर हो। के दियाबलसले यस्तै प्रकारले सोच्दैन र? यो कस्तो निर्लज्ज सोच हो। यस प्रकारको व्यक्तिलाई काटछाँट र खुलासा गरिनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूद्वारा इन्कार गरिनुपर्छ।

ख्रीष्टविरोधीहरूका अन्य केही प्रकटीकरणहरू के हुन्? के आफूभन्दा माथि र तलकालाई धोका दिनु एक विशेष प्रकटीकरण हो? (हो।) ख्रीष्टविरोधीहरू अन्तर्निहित रूपमै दुष्ट हुन्छन्; तिनीहरूसँग इमानदारी, सत्यप्रतिको प्रेम वा सकारात्मक कुराहरूलाई प्रेम गर्ने हृदय हुँदैन। तिनीहरू प्रायः अँध्यारो कुनाहरूमा जिइरहेका हुन्छन्—तिनीहरू इमानदार मनोवृत्तिका साथ काम गर्दैनन्, तिनीहरू सत्य बोल्दैनन्, र तिनीहरूले अन्य मानिसहरू र परमेश्‍वर दुवैप्रति दुष्ट र छली हृदय बोकेका हुन्छन्। तिनीहरू अरूलाई धोका दिन चाहन्छन् र परमेश्‍वरलाई पनि धोका दिन चाहन्छन्। तिनीहरूले अरूको सुपरिवेक्षण स्वीकार गर्नेछैनन्, परमेश्‍वरको छानबिन स्वीकार गर्ने कुरा त परै जाओस्। जब तिनीहरू अन्य मानिसहरूका बिचमा हुन्छन्, तिनीहरूले भित्र के सोचिरहेका छन् र योजना बनाइरहेका छन्, तिनीहरू कस्ता व्यक्ति हुन् र तिनीहरूले सत्यताप्रति कस्तो मनोवृत्ति राख्छन्, आदि जस्ता कुराहरू अरूले जानेको कहिल्यै चाहँदैनन्; तिनीहरू अरूलाई यीमध्ये कुनै कुरा थाहा होस् भन्‍ने चाहँदैनन् र तिनीहरू परमेश्‍वरलाई पनि अन्धकारमा राख्नका लागि उहाँलाई छल गर्न चाहन्छन्। त्यसकारण, जब ख्रीष्टविरोधीसँग हैसियत हुँदैन, जब ऊसँग मानिसहरूको समूहमा परिस्थितिलाई हेरफेर गर्ने अवसर हुँदैन, तब वास्तवमा कसैले पनि उसको वचन र कार्यहरूको पछाडि के छ भनेर पत्ता लगाउन सक्दैन। मानिसहरूमा कौतूहलता हुनेछ: “उसले हरेक दिन केका बारेमा सोचिरहेको हुन्छ? के उसले कर्तव्य निर्वाह गर्नु पछाडि उसको कुनै अभिप्राय छ? के उसले भ्रष्टता प्रकट गरिरहेको छ? के उसले अरूप्रति कुनै ईर्ष्या वा घृणा महसुस गर्छ? के तिनीहरूमा अन्य मानिसहरूविरुद्ध कुनै पूर्वाग्रहहरू छन्? अरूले भनेका कुरामा तिनीहरूको धारणा के छ? कुनै कुराहरूको सामना गर्दा तिनीहरू के सोच्छन्?” ख्रीष्टविरोधीहरूले आफूलाई के भइरहेको छ भनेर अरूलाई कहिल्यै बताउँदैनन्। यदि तिनीहरूले कुनै विषयमा आफ्नो रायका बारेमा कुनै शब्दहरू व्यक्त नै गरे पनि, तिनीहरू अस्पष्ट र सन्दिग्ध हुने छन्, तिनीहरूले घुमाएर कुरा गर्नेछन् ताकि अरूले तिनीहरूले व्यक्त गर्न खोजिरहेको कुरा थाहा पाउन नसकून् र तिनीहरूले के भन्‍न चाहेका हुन् वा के व्यक्त गर्न खोजिरहेका छन् भन्‍ने थाहा नपाऊन्, अनि सबैजना आफ्नो टाउको कन्याउनुपर्ने अवस्थामा पुग्छन्। त्यस्तो व्यक्तिले हैसियत प्राप्त गरेपछि, ऊ अन्य मानिसहरू वरपर आफ्नो व्यवहारमा अझ बढी गोपनीय बन्छ। उसले आफ्ना महत्त्वाकाङ्क्षा, प्रतिष्ठा, छवि र आफ्नो नाम, आफ्नो हैसियत र मर्यादा आदिको सुरक्षा गर्न चाहन्छ। त्यसकारण ऊ कसरी काम गर्छ वा काम गर्ने उसको मनसाय के हो भन्‍ने बारेमा खुलस्त हुन चाहँदैन। उसले गल्ती गर्दासमेत, भ्रष्ट स्वभाव प्रकट गर्छ वा जब उसको कार्यको पछाडि मनसाय र अभिप्रायहरू गलत हुन्छन्, ऊ खुलस्त भएर अरूलाई यसका बारेमा थाहा दिन चाहँदैन र उसले प्रायः दाजुभाइ र दिदीबहिनीहरूलाई छल गर्न निर्दोषता र सिद्धताको स्वरूप धारण गर्छ। अनि माथि र परमेश्‍वरसँग, ऊ केवल कर्णप्रिय कुराहरू मात्र बोल्छ र प्रायः माथिसँगको सम्बन्ध कायम राख्‍न छली रणनीति र झूटहरूको प्रयोग गर्छ। उसले आफ्नो कामका बारेमा माथिलाई रिपोर्ट गर्दा र माथिसँग कुरा गर्दा, कहिल्यै अप्रिय कुरा बोल्दैन, ताकि कसैले पनि उसको कुनै पनि कमजोर पक्षहरू पत्ता लगाउन नसकोस्। उसले तल के गरेको छ, मण्डलीमा उत्पन्‍न भएका कुनै पनि समस्याहरू, उसको काममा भएका समस्या वा त्रुटिहरू वा उसले बुझ्‍न वा छर्लङ्ग देख्न नसक्ने कुराहरूलाई कहिल्यै उल्लेख गर्नेछैन। उसले यी कुराहरूका बारेमा माथिसँग कहिल्यै सोध्ने वा खोजी गर्नेछैन, बरु आफ्नो काममा पूर्ण रूपमा सक्षम भएको, कामको बोझ वहन गर्न सक्षमता भएको छवि र स्वरूप प्रस्तुत गर्छ। उसले मण्डलीमा अवस्थित कुनै पनि समस्याहरूका बारेमा माथि रिपोर्ट गर्दैन र मण्डलीमा कुराहरू चाहे जति नै अव्यवस्थित किन नहून्, उसको काममा देखा परेका त्रुटिहरूको परिमाण वा उसले तल ठ्याक्कै के गरिरहेको छ भन्‍ने कुराहरूलाई बारम्बार ढाक्छ, यी कुराहरूका बारेमा माथिलाई थाहा नदिने वा यसको समाचार सुन्‍न नदिन प्रयास गर्छ, उसले के सम्म पनि गर्छ भने, वास्तविक रूपमा भइरहेका कुराहरूलाई लुकाउने प्रयासमा यी मामलाहरूसँग जोडिएका मानिसहरू वा उसको बारे सत्य थाहा पाएका मानिसहरूलाई टाढाका स्थानहरूमा सरुवा गरिदिन्छ। यी कस्ता प्रकारका अभ्यासहरू हुन्? यो कस्तो प्रकारको व्यवहार हो? के सत्यता पछ्याउने व्यक्तिमा हुनुपर्ने प्रकटीकरण यस्तो हो र? एकदम स्पष्ट रूपमा, होइन। यो पिशाचको व्यवहार हो। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत वा प्रतिष्ठालाई असर गर्न सक्ने कुनै पनि कुरालाई लुकाउन, ढाकछोप गर्न, यी कुराहरू अन्य मानिसहरू र परमेश्‍वरबाट लुकाउन सक्दो प्रयास गर्नेछन्। यो तिनीहरूभन्दा माथि र तलकालाई धोका दिनु हो। तिनीहरूले प्रायः आफूभन्दा तलकालाई यसो भन्‍ने छन्, “माथिले मेरा बारेमा उच्च सोच राख्छ र मलाई अति मूल्यवान ठान्छ। माथिले मलाई यस्ता-यस्ता कामहरू खटाएको छ, मलाई यस्तो महत्त्वपूर्ण कामहरू सुम्पेको छ। माथिले मेरो वास्तवमै राम्रो हेरचाह गर्छ, मलाई मेरो कामका लागि निर्देशनहरू दिन्छ र वास्तवमै मेरो जीवनको जिम्मेवारी पनि लिएको छ। माथिले मलाई यस्ता मामलाका कारण काटछाँट गऱ्यो र मैले यसलाई यसरी-यसरी स्वीकार गरेँ र यसका बारेमा मेरो बुझाइ यस्तो-यस्तो छ। हेर परमेश्‍वरले मलाई कति प्रेम गर्नुहुन्छ—उहाँले व्यक्तिगत रूपमा मलाई काटछाँट गर्नुभएको छ र मलाई मेरो काममा व्यक्तिगत मार्गदर्शन दिनुभएको छ।” र माथिप्रति, तिनीहरूले आफ्नो कामका लागि ठूलो जिम्मेवारी लिएको, दाजुभाइ र दिदीबहिनीहरूको गहन रूपमा हेरचाह गरेको र आफ्नो हृदय र बल पूर्ण रूपमा अर्पण गरेको देखावटी गर्छन्, तर तिनीहरूले दाजुभाइ वा दिदीबहिनीले फरक विचार वा राय प्रस्तुत गरेको वा तिनीहरूको काममा भएको कुनै त्रुटि वा विचलनका बारेमा कहिल्यै एक शब्द बोल्नेछैनन्। तिनीहरू तलका मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्‍ने सक्दो प्रयास गर्छन्, जबकि माथिले उनीहरूले वास्तविक कुरा थाहा पाए भने बर्खास्त हुने डरले आफ्नाबारे विभिन्‍न सत्यहरू माथिबाट गोप्य राख्‍न सक्दो प्रयास गर्छन्। के यो आफूभन्दा माथि र तलकालाई धोका दिनु होइन? ख्रीष्टविरोधीले शक्ति कब्जा गरेको क्षणदेखि नै, उसले आफूबारे सत्य लुकाउनका लागि आफूले गर्न सक्ने पूर्ण रूपमा सबै कुरा गर्छ ताकि कसैले पनि उसको वास्तविक स्थिति, वास्तविक परिस्थिति वा वास्तविक मानवता वा कार्य सामर्थ्यहरू छर्लङ्ग देख्न नसकून्। उसले यी कुराहरू लुकाउन सबै प्रकारका रणनीतिहरू र माध्यमहरू प्रयोग गर्छ, ताकि उसले बलियो गरी खडा रहन र सदा आफ्नो शक्तिको र आफ्नो हैसियतका फाइदाहरूको आनन्द उठाउन सकोस्। आफूभन्दा माथि र तलकालाई धोका दिने काम ख्रीष्टविरोधीहरूले मात्र गर्छन्। के यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? के यो परमेश्‍वरको सेवा गर्ने व्यक्तिसँग हुनुपर्ने प्रकटीकरण हो? के यो सत्यताको पछि लाग्‍ने व्यक्तिसँग हुनुपर्ने प्रकटीकरण हो? (होइन।) त्यसोभए, एउटा ख्रीष्टविरोधीसँग यस प्रकारको प्रकटीकरण, यस प्रकारको स्वभाव हुन्छ भने, के उसको काटछाँट गरिनुपर्छ? (गरिनुपर्छ।)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्