विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग आठ) खण्ड दुई

जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, जब तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूद्वारा आलोचना र खुलासा गरिन्छ, तब तिनीहरूले अरू के-कस्ता शब्दहरू बोल्छन्? कतिपय ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन गलत कार्यहरू गर्छन् वा केही दुष्ट शब्दहरू बोल्छन्। जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा देख्छन्, तब तिनीहरूलाई आलोचना र काटछाँट गर्छन्, र तिनीहरू धूर्त र छली हुन् भनेर खुलासा गर्छन्। तिनीहरू बाहिरी रूपमा त अवज्ञाकारी हुँदैनन्, तर भित्री रूपमा तिनीहरू प्रतिरोधी हुन्छन्, यस्तो लाग्छ मानौँ तिनीहरूले यसो भनिरहेका छन्, “तिमीलाई के थाहा छ? के तिमी मजस्तै ज्ञानले भरिएको छौ? के तिमीले पनि मैले जस्तै धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छौ? तिमीले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो? म आफैलाई तिम्रो स्तरमा झार्दिनँ!” जब अगुवा र कामदारहरूले तिनीहरूलाई काटछाँट गरिरहेका हुन्छन्, तब तिनीहरूले धूर्त मनोवृत्ति अपनाउन सक्छन्, र यसरी बाहिर ठिक्‍क पार्छन्, र केही राम्रा सुनिने शब्दहरू बोल्छन्, तर गुप्त रूपमा तिनीहरू असन्तुष्ट र अवज्ञाकारी हुन्छन्, र बदला लिने मौका खोज्छन्। यदि तिनीहरूलाई काटछाँट गर्ने काम साधारण दाजुभाइ वा दिदीबहिनीले गरेको हो भने, ख्रीष्टविरोधीहरूले त्यति राम्रो व्यवहार गर्दैनन्—तिनीहरू रिसाउनेछन् र क्रोधित हुनेछन्, र तिनीहरूले प्रतिप्रहार गर्नेछन् र बदला लिनेछन्। जब तिनीहरूले प्रतिप्रहार गर्ने र बदला लिने काम गर्छन्, तब तिनीहरूले प्रायजसो यस्तो कुरा बोल्छन्: “मलाई काटछाँट गर्नको लागि तपाईँ अत्यन्तै अपरिपक्‍व हुनुहुन्छ! यदि मैले परमेश्‍वरमा विश्‍वास नगर्ने भए, म कसैको डर मान्नेथिइनँ!” के यी शब्दहरूमा केही गलत छैन र? यस्ता शब्दहरू प्रायजसो गैरविश्‍वासी र गम्भीर रूपमा नीच मानिसहरूले बोल्ने गर्छन्। मण्डलीमा कसरी यस्तो कुरा सुन्न सकिन्छ? यसरी बोल्न सक्‍ने मानिसहरू एक अनौठो समूह हुन्, र यो अनौठो समूहको चित्तप्रकृति पनि अनौठो नै हुन्छ। तिनीहरूको चित्तप्रकृति कसरी अद्वितीय हुन्छ? त्यस्ता मानिसहरूले मण्डलीभित्र प्रायजसो वरिष्ठताबारे विचार गर्छन्। तिनीहरूले सबैलाई आफूभन्दा नीच ठान्छन्, सबैलाई मन पराउँदैनन्, र सबैलाई भाषण सुनाउन, सास्ती दिन, र गोटीझैँ चलाउन चाहन्छन्। तिनीहरूले तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरूको सहकर्मी हुन कोही पनि योग्य छैन भन्‍ने सोच्छन्। मानिसहरूले तिनीहरूसित दाजुभाइ-दिदीबहिनीहरूजस्तो व्यवहार गर्दा र हृदयदेखि कुरा गर्दा, तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गर्दा, र तिनीहरूले प्रदर्शन गरेका तर सत्यताअनुरूप नरहेका बोली र व्यवहारहरू काटछाँट गर्दा, तिनीहरूले यी अहङ्कारी शब्दहरू बोल्‍नु कुनै अचम्‍म होइन। तिनीहरूले परमेश्‍वरको घरलाई समाज र आफ्‍नै राज्यक्षेत्रको रूपमा लिन्छन्, र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई आफूभन्दा कनिष्ठहरूको रूपमा लिन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई समाजका मामलाहरूबारे थोरै मात्र थाहा छ र तिनीहरूसँग सतही बुझाइ मात्रै छ, तिनीहरू समाजको तल्लो स्तरमा छन्, जसलाई अरूले हेला गर्छन्, खेलबाड गर्छन्, र कुल्चीमिल्ची पार्छन् भन्‍ने सोच्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हेप्न र खेलबाड गर्न सजिलो छ, र तिनीहरू त्यस्तो व्यक्ति हुनेछैनन् भन्‍ने सोच्छन्। त्यसकारण, तिनीहरू तिनीहरूलाई काटछाँट र खुलासा गर्ने व्यक्तिले तिनीहरूलाई हेपिरहेको, हेला गरिरहेको, र बहिष्कार गरिरहेको हुन्छ भन्‍ने सोच्छन्। तिनीहरू पहिले नै हृदयमा यसबाट सावधान भइसकेका हुन्छन्, “तपाईँले मलाई सास्ती दिन र हेप्न सक्नुहुन्छ भन्‍ने नसोच्नुहोस्! तपाईँ अझै पनि अपरिपक्‍व हुनुहुन्छ!” के यो “नायकी आत्मा” भएको व्यक्तिले भन्‍ने कुरा होइन र? तर दुःखको कुरा, यी शब्दहरू सत्यता होइनन्। तँमा जति धेरै आत्मा वा नैतिक निष्ठा भए पनि, परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछैन। परमेश्‍वरले यस्ता स्वभाव र यस्ता शब्‍दहरू बोल्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ। परमेश्‍वरसामु यस्ता कुराहरू बोल्ने मानिसहरूलाई परमेश्‍वरले दोषी ठहराउनुहुन्छ र तिरस्कार गर्नुहुन्छ। यी शब्दहरू सत्यता नै हुन् जसरी पक्रेर बस्‍ने मानिसहरूलाई परमेश्‍वरले कहिल्यै मुक्ति दिन सक्नुहुन्न। त्यसैले, फेरि हेरौँ, यी शब्दहरूमा के गलत छ? सत्यतासामु सबै समान हुन्छन्, र परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्नेहरूको हकमा उमेर वा नीचता र महान्‌ताको कुनै भिन्‍नता हुँदैन। कर्तव्यसामु सबै समान हुन्छन्, यति हो तिनीहरूले फरक-फरक काम गर्छन्। कोसँग वरिष्ठता छ भन्‍ने आधारमा तिनीहरूबीच कुनै भिन्‍नता हुँदैन। सत्यतासामु सबैले नम्र, समर्पित, र स्वीकार गर्ने हृदय राख्‍नुपर्छ। मानिसहरूमा यो समझ र यो मनोवृत्ति हुनुपर्छ। त्यसैले, “मलाई काटछाँट गर्नको लागि तपाईँ अत्यन्तै अपरिपक्‍व हुनुहुन्छ!” भनेर भन्‍ने मानिसहरू समाजको वातावरण, विचारधारा, र फोहोरीपनले भरिएका हुँदैनन् र? तिनीहरूले परमेश्‍वरको घरलाई समाजको रूपमा लिन्छन्, परमेश्‍वरको घरका दाजुभाइ-दिदीबहिनीहरूलाई समाजको तल्लो स्तरको कमजोर समूहको रूपमा लिन्छन्, र आफूलाई सबै थोकको मालिक, कसैद्वारा छुन वा चिढ्याउन नसकिने व्यक्ति, र आफूलाई खुलासा गर्ने र काटछाँट गर्नेहरूलाई केही राम्रो हुन नदिने सुनिश्‍चित गर्ने व्यक्तिको रूपमा लिन्छन्। तिनीहरूले सोच्छन्, परमेश्‍वरको घर समाजजस्तै हो, र जो दृढ र हैकमवाल छ ऊ दह्रिलो गरी खडा हुन सक्छ, जो निर्दयी, खुँखार, र दुष्ट छ उसलाई कसैले छुने आँट गर्दैन, र काटछाँट हुन स्विकार्ने मानिसहरू सबै अयोग्य र असमर्थ मानिसहरू हुन्। तिनीहरूले सोच्छन्, केही क्षमता भएका मानिसहरूलाई कसैले छुने आँट गर्दैन, गल्ती गरे पनि ती मानिसहरूलाई कसैले खुलासा गर्ने आँट गर्दैन, र तिनीहरू कठोर मानिसहरू हुन्! ख्रीष्टविरोधीहरूले सोच्छन्, तिनीहरू संसारको जुनसुकै समूहमा भए पनि, तिनीहरू शक्तिशाली, र अरूले हेप्‍न वा लर्तरोले छुन नसक्‍ने गरी निर्दयी र दुष्ट हुनुपर्छ। तिनीहरूले यो क्षमता र योग्‍यता हो भन्‍ने सोच्छन्, र तिनीहरूले हैसियत, ख्याति, र प्राप्ति पाउन, र अन्ततः असल गन्तव्य प्राप्त गर्न यो क्षमता प्रयोग गर्न चाहन्छन्। यो कस्तो स्वभाव हो? यो क्रूर र दुष्ट दुवै हो। ख्रीष्टविरोधीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले सत्यता बुझ्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भन्‍ने कुरा देख्‍न सक्दैनन्। तिनीहरूले सत्यता स्वीकार गर्ने मानिसहरूले हासिल गर्ने परिवर्तनहरू देख्‍न सक्दैनन्, र तिनीहरूले ती परिवर्तनहरू देखे पनि, तिनलाई परिवर्तनको रूपमा स्वीकार गर्दैनन्। तिनीहरूले सोच्छन्, ती सबै परिवर्तनहरू नाटक हुन् र ती आत्मसंयमका परिणाम हुन्, र तिनीहरूले यसको खातिर आफूलाई संयम राख्‍ने र चुपचाप सबै स्विकार्नेछैनन्। तिनीहरूमा यस्तो तर्क हुने हुनाले, तिनीहरूले “तिमीहरूले मलाई सास्ती दिन र हेप्न सक्छौ भन्‍ने नसोच!” भन्‍नेजस्ता कुराहरू बोल्न सक्छन्। के यो ख्रीष्टविरोधीहरूको दुष्टता होइन र? त्यस्ता विचार र दृष्टिकोणहरू दुष्ट हुन्। तिनीहरूले यी शब्दहरू बोल्न र यसरी व्यवहार गर्न सक्‍नु तिनीहरूको क्रूर स्वभावको प्रकटीकरण हो। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूसँग मनदेखि कुरा गर्छन्, तिनीहरूलाई खुलासा गर्छन्, तिनीहरूका समस्या, कमीकमजोरी, र भ्रष्टताका प्रकटीकरणहरूबारे कुरा गर्छन्, तब तिनीहरूले आफूहरूलाई हेपिएको छ र अपमानित गरिएको छ, र गम्भीरतापूर्वक लिइएको छैन भन्‍ने सोच्छन्। त्यसपछि तिनीहरूले भन्छन्, “मलाई काटछाँट गर्नको लागि तपाईँ अत्यन्तै अपरिपक्‍व हुनुहुन्छ!” तिनीहरूले चाहे जोसुकैले काटछाँट हुन स्विकारेको देखे पनि, तिनीहरू सधैँ यस्तो सोच्छन्: “के काटछाँट हुन स्विकारेर सत्यता प्राप्त गर्न सक्छौ? त्यो असम्भव हुनेछ!” तिनीहरूले यो कुरा स्विकार्दैनन्। तिनीहरूलाई लाग्छ मानिसहरूलाई काटछाँट गर्नु भनेको तिनीहरूलाई हेप्नु हो र तिनीहरूलाई सास्ती दिन तिनीहरूका गल्तीको फाइदा उठाउनु हो, र मानिसहरू अत्यन्तै निष्कपट भएकाले नै कुनै सानो गल्ती गर्दा पनि तिनीहरूलाई हेप्‍ने गरिएको हो। तिनीहरू मानिसहरूलाई काटछाँट गर्नु भनेको तिनीहरूलाई प्रेम र सहयोग गर्नु हो भनेर स्विकार्दैनन्। तिनीहरू मानिसहरूले काटछाँट हुन स्विकारेपछि मात्रै साँचो रूपमा पश्‍चात्ताप गर्न र परिवर्तन हुन सक्छन् भनेर स्विकार्दैनन्, झन् परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भन्‍ने तथ्य स्विकार्नु त परै जाओस्। त्यसैले, ख्रीष्टविरोधीहरू प्राय आफूलाई यसो भन्छन्: “जोसुकैले मलाई काटछाँट गरे नि, म त्यसलाई कहिल्यै त्यतिकै छोड्नेछैनँ। मलाई हेप्न म कसैलाई कुनै पनि हालतमा दिनेछैनँ!” कस्तो प्रकारका मानिसहरूले यस्ता शब्दहरू बोल्न सक्छन्? सत्यतालाई नस्विकार्ने र सत्यतालाई घृणा गर्नेहरूले मात्रै यस्ता शब्दहरू बोल्न सक्छन्। यस्तो क्रूर स्वभाव भएको, र यस्ता शब्दहरू बोल्न सक्‍ने कुनै पनि व्यक्तिमा ख्रीष्टविरोधीहरूको प्रकृति सार हुन्छ, र ऊ शैतानको कोटिको हुन्छ।

काटछाँटमा पर्दा, ख्रीष्टविरोधीहरूले अर्को वाक्यांश पनि बोल्छन्: “मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!” यो वाक्यांशको अर्थ के हो? यो निश्‍चित प्रकारको ख्रीष्टविरोधीले व्यक्त गर्ने आम अभिव्यक्ति हो। तिनीहरूले यसो भन्‍ने हुनाले, हामी यसलाई चिरफार गरौँ। तिनीहरूले यी शब्दहरू बोल्‍न सक्‍ने हुनाले, अवश्य नै तिनको निश्‍चित अर्थ हुनुपर्छ। झट्ट हेर्दा यी शब्‍दहरूले भन्‍न खोजेको ती मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूमा ठूलो परिवर्तन आएको छ भन्‍ने हो जस्तो लाग्छ। यी शब्दहरूमा कृतज्ञताको बोध भएजस्तो पनि देखिन्छ, जस्तै: “परमेश्‍वरले मलाई परिवर्तन गर्नुभएको छ, परमेश्‍वरले मलाई जित्नुभएको छ। यदि परमेश्‍वरले मलाई परिवर्तन नगरेको भए, म अत्यन्तै अहङ्कारी हुनेथिएँ।” झट्ट हेर्दा यी शब्दहरूले कृतज्ञताको निश्‍चित मानसिकता बोकेजस्तो देखिन्छ, तर अर्को दृष्टिकोणबाट चिरफार गर्दा, यिनमा ठूलो समस्या देखिन्छ। ख्रीष्टविरोधीहरू भन्छन्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, तिनीहरूले कसैलाई पनि टेर्दैनथिए। यी मानिसहरूको स्वभाव के हो? (अहङ्कार र क्रूरता।) तिनीहरू अत्यन्तै अहङ्कारी र क्रूर मानिसहरू हुन्, र यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेका भए, तिनीहरू ठूलो दुष्टता भएका मानिसहरू हुन्थे। कसैलाई नटेर्नु भनेको कसैलाई आदर नगर्नु हो, र यसको अर्थ हो, तिनीहरूले सबैलाई कुल्चीमिल्ची पार्छन्, र अरू मानिसहरू जति नै महान् वा असल भए पनि, तिनीहरूको नजरमा केही पनि होइनन्। तिनीहरू कसैको अघि झुक्दैनन्, तिनीहरू सबैलाई हेला गर्छन्, र तिनीहरू कसैको सेवा गर्दैनन्। यदि तिनीहरूलाई कुनै व्यक्तिको सेवा गर्न लगाइयो भने, यसले तिनीहरूको मर्यादामा चोट पुर्‍याउनेछ। यदि तिनीहरूको सेवा पाउन लायक कोही छ भने, त्यो स्वर्गमा बस्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ। अहिले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तिनीहरूले कसैलाई नटेर्ने यो प्रकटीकरण र प्रकाश रोकेका छन्, र परमेश्‍वरको घरमा आएपछि तिनीहरूले मन नलागीनलागी आफूलाई तल झारेर समूहमा सामान्य मानिसहरूजस्तै अरूसँग काम गर्न, मामलाहरू सम्हाल्न र अरूसँग अन्तरक्रिया गर्न थालेका छन्। तर जब तिनीहरूले मामलाहरू सम्हाल्छन् र अरूसँग अन्तरक्रिया गर्छन्, तब कतिपय कुराहरू अपरिहार्य रूपमै तिनीहरूले चाहेजस्तो हुँदैनन्, र यसले तिनीहरूको त्यो स्वभाव फेरि विस्फोट हुन्छ, र यसरी यी शब्दहरू पैदा गराउँछ। बाह्य संसारमा तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेको हुँदा त तिनीहरूले कसैलाई पनि टेर्दैनथिए, र तिनीहरूसँग अन्तरक्रिया गर्न लायक कोही छैन भन्‍ने सोच्थे। त्यसोभए, के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि तिनीहरू परमेश्‍वरको घरका कुनै पनि विश्‍वासी दाजुभाइ-दिदीबहिनीको अघि झुकेका हुन्छन् त? (हुँदैनन्।) के सामान्य मानवता र सामान्य समझ भएको व्यक्तिले जुनसुकै समूहमा भए पनि यसरी व्यवहार गर्छ त? (गर्दैन।) गैरविश्‍वासीहरूले समेत “सँगै हिँड्ने तीन जनामध्ये, कम्तीमा एक जना मेरो शिक्षक हुन सक्छ” भनेर भन्छन्। भन्‍नुको अर्थ, तीन जना मानिसहरूबीच तँभन्दा बलियो र अझ राम्रो एक व्यक्ति पक्कै हुन्छ, जो तेरो शिक्षक हुन, र तँलाई सहयोग गर्न सक्‍ने व्यक्ति हुन सक्छ। गैरविश्‍वासीहरूले त त्यस्ता शब्दहरू बोल्छन्, तर के यी अहङ्कारी मानिसहरूले यी वचनहरूको सहीपन स्वीकार गर्छन्? के तिनीहरूले समूहका अरूसँग समान स्तरमा रहेर अन्तरक्रिया गर्न सक्छन्? के तिनीहरू तर्कसङ्गत हुन सक्छन्? (सक्दैनन्।) त्यसोभए, जब यी ख्रीष्टविरोधीहरू परमेश्‍वरमा विश्‍वास नगर्ने गैरविश्‍वासीहरूमाझ हुन्छन्, तब तिनीहरू कस्ता मानिसहरू हुन्? (तिनीहरू कठिन मानिसहरू हुन्।) ठीक भन्यौ, तिनीहरू बदमासहरू हुन्, तिनीहरू कठिन मानिसहरू हुन्। तिनीहरूको बारे कसैले पनि केही गर्न सक्दैन। कसैले पनि तिनीहरूलाई चिढ्याउने, रिस उठाउने, वा छुने आँट गर्दैन। तिनीहरू बदमासहरू हुन्! यदि तैँले तिनीहरूलाई रिस उठाइस् भने, दुष्परिणामहरू आइपर्नेछन्, यो त क्रूर पिशाचलाई रिस उठाउनुजस्तै हो। सामान्यतया समाजमा त्यस्ता मानिसहरूसँग कसैले निहुँ खोज्‍ने आँट गर्दैन। रूखो र अनुचित बन्‍नु, र हरेक मोडमा समस्या पैदा गर्नु नै परिस्थिति सम्हाल्ने तिनीहरूका स्वभाव र सिद्धान्तहरू हुन्। कसैले पनि तिनीहरूलाई रिस उठाउने आँट गर्दैन, कसैले तिनीहरूलाई छुने आँट गर्दैन, र कसैले तिनीहरूलाई हेप्ने आँट गर्दैन; मानिसहरूलाई हेप्ने त तिनीहरू मात्र हुन्। यसले तिनीहरूको उद्देश्य हासिल गर्छ। त्यसोभए, के तिनीहरू परमेश्‍वरको घरमा आएपछि परिवर्तन हुन सक्छन्? के तिनीहरू परिवर्तन भएका हुन्छन्? (अहँ, हुँदैनन्।) तिनीहरू परिवर्तन भएका हुँदैनन्, र तिनीहरू परिवर्तन हुन सक्दैनन् भन्‍ने कुरा हामीलाई केले देखाउँछ? (तिनीहरूले “मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!” भनेर भन्‍ने तथ्यले।) तिनीहरूले बारम्बार यी शब्दहरू बोल्दैनन्—तिनीहरूले कुन प्रसङ्गमा यी शब्दहरू बोल्छन्? जब कसैले तिनीहरूको कमीकमजोरी औँल्याउँछ, तिनीहरूको मर्यादामा चोट पुर्‍याउने कुराहरू बोल्छ, वा तिनीहरूको संवेदनशील पक्षमा चोट पुर्‍याउँछ, तब तिनीहरूले यस्तो वाक्यांश बोल्छन्, “मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ! तँ मसँग लडाइँ गर्ने आँट गर्छस्, तैँले आफूलाई को ठान्छस्?” यो कस्तो स्वभाव हो? तिनीहरूले यो वाक्यांशको अगाडि एउटा पूर्ववर्ती वाक्यांशसमेत थप्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, म कसैलाई पनि टेर्दिनथिएँ!” के तैँले अहिले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि तँ कसैको कुरा मान्दैनस् वा सुन्दैनस् होइन र? के तँ अझै पनि उस्तै दियाबलस र शैतान होइनस् र? तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गरेपछि सुधार भएको छु भन्‍ने लाग्छ। यदि तिनीहरू परिवर्तन भएर राम्रो बनेका भए, तिनीहरूले कसरी यी शब्दहरू बोल्न सक्छन्? तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन, र तिनीहरूले खुलेआम घोषणा गर्ने र अरूलाई “म एउटा बदमास हुँ र म कसैको डर मान्दिनँ!” भनेर थाहा दिने दुस्साहस गर्छन्। एउटा अत्याचारी, लुच्चो, र बदमाससँग धाक लगाउनलाई के नै हुन्छ र? तिनीहरूसँग घमण्ड गर्नलाई के हुन्छ? तैपनि ख्रीष्टविरोधीहरूले यसरी घमण्ड गर्छन्। तिनीहरूले कुनै बेला तिनीहरू अत्याचारी थिए भन्‍ने तथ्यलाई आफ्नो गौरवमय विगतको रूपमा लिन्छन्, र तिनीहरूले परमेश्‍वरको घरमा त्यसबारे धाक लगाउँछन्। परमेश्‍वरको घर कस्तो ठाउँ हो? यो सत्यताले शासन गर्ने ठाउँ हो। यो पवित्रताको स्थान हो जहाँ परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ। तैँले यी दुष्ट शब्दहरू बोल्दा यसले कसरी सहन सक्छ? ख्रीष्टविरोधीहरूसँग कुनै लाजको बोध हुँदैन, यी दुष्ट शब्दहरू हुन् भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, र तिनीहरूले ती असल वचनहरू र सत्यता हुन् जस्तै गरेर तिनको बारेमा धाकसमेत दिन्छन्। तिनीहरू साँच्‍चै निर्लज्‍ज व्यक्तिहरू हुन्, तिनीहरू लाज पचेकाहरू हुन्, र तिनीहरू घृणितहरू हुन्! जब यस्तो व्यक्तिले तिमीहरूसँग दुष्ट शब्दहरू बोल्छ, तब के तिमीहरूसँग यसको खण्डन गर्ने कुनै उपयुक्त कुरा हुन्छ? (मैले एक पटक यस्तो व्यक्ति भेटेको छु; ऊ मण्डलीको कसैसँग झुक्दैनथ्यो। त्यो बेला, उसले मलाई आलोचना गर्न यस्ता शब्दहरू बोल्यो। मसँग कुनै खुट्ट्याउने क्षमता थिएन, र मैले उसलाई यो कुरा स्विकार्छु भनेर बताएँ।) तैँले यसरी जवाफ दिइस्। यसरी जवाफ दिनु गलत थियो; तैँले गवाही दिइनस्। तैँले त्यसका समस्याहरू औँल्याएर त्यसलाई लाजमा पार्नुपर्थ्यो। जब त्यसले दुष्ट शब्दहरू बोल्छ, तँ झुक्‍नु हुँदैन, र तैँले ती दुष्ट शब्दहरू पालना गर्नु हुँदैन। तैँले त्यसलाई खुलासा गर्नुपर्छ। परमेश्‍वरका विजेताहरूमध्येको एक हुन र परमेश्‍वरको गवाही दिन, तैँले दियाबलसहरू र शैतानलाई लाजमा पार्न सक्‍नुपर्छ, र शैतानलाई लाजमा पार्न सक्‍ने र सत्यताअनुरूपका वचनहरू बोल्न सक्नुपर्छ। त्यसले यो कुरा नस्विकारे पनि, त्योसँग भन्‍ने केही हुँदैन, र आफूलाई वशमा राख्दै त्यो समर्पित हुनेछ। के त्यस्तो व्यक्तिलाई तर्साउँदा त्यसले काम गर्छ? तिनीहरूलाई निन्दा गर्दा नि? तिनीहरूसँग छलफल गरेर तिनीहरूलाई फकाउँदा हुन्छ? (हुँदैन।) त्यसोभए केले काम गर्छ? (यदि कसैले मण्डलीमा त्यस्ता शब्दहरू बोल्यो भने, म त यसो भन्थेँ: “के तिमी घोर व्यवहार गर्ने प्रयास गरिरहेको छौ? यदि दाजुभाइ-दिदीबहिनीहरूले सत्यता सङ्गति गर्दा सामान्य रूपमा सुन्न र सत्यता स्वीकार गर्न सक्छौ भने, त्यो ठीकै छ, तर यदि तिमी यहाँ घोर व्यवहार गर्न चाहन्छौ भने, यहाँबाट गइहाल। परमेश्‍वरको घरले तिमीलाई यहाँ घोर व्यवहार गर्न अनुमति दिँदैन। तिम्रा यी शब्दहरू सत्यताअनुरूप छैनन्। यहाँ आफ्नो तमाशा नदेखाऊ!”) यी शब्दहरू अत्यन्तै शक्तिशाली छन्, तर यस्ता मानिसहरू तानाशाह र डाँकूहरू हुन्। के यस्ता शब्दहरूदेखि तिनीहरू डराउँछन्? (अहँ, डराउँदैनन्।)

म तिमीहरूलाई एउटा कुरा बताउँछु। विगतमा, मैले एक जना व्यक्ति भेटेको थिएँ, जसले परमेश्‍वरमा विश्‍वास गर्न थाल्नुभन्दा पहिले सेफको रूपमा काम गरेको थियो। उसले एक पटक मलाई यसो भनेको थियो: “जब म बाह्य संसारमा सेफ थिएँ, र जब ती ठूलाठूला व्यक्तिहरू र पदाधिकारीहरू पिउन आउँथे, तब म तिनीहरूसँग कुनै सम्बन्ध राख्‍न चाहँदिनथिएँ। जब म तिनीहरूको लागि पकाउँथेँ, तब म एउटा हात कम्मरमा, एउटा खुट्टा बूढी औँलामा अड्याएर बस्थेँ, अनि एउटा हातले तिनीहरूको लागि पकाउँथेँ।” उसले बोल्दै गर्दा त्यही हाउभाउ बनाएर पनि देखायो, र उसको व्यवहार अवज्ञाकारीजस्तो पनि र रुष्टजस्तो पनि देखिन्थ्यो। उसको तात्पर्य यस्तो थियो: “गैरविश्‍वासीहरू कोही पनि मेरो स्तरका होइनन् र म तिनीहरू कसैको अघि झुक्दिनँ। म अत्यन्तै सक्षम छु, र संसारमा मजस्ता मानिसहरू सदाचारी हुन्छन्। म पदाधिकारीहरूलाई बाल मतलब गर्दिनँ!” उसले बोल्दा आफैप्रति खुसी हुँदै, सहजसाथ ती हाउभाउ प्रदर्शित गरिरहेको थियो। ऊ ती चाल, हाउभाउ, र शारीरिक मुद्रा प्रदर्शन गर्नमा निकै सिपालु थियो—उसले यस्ता कुराहरू बारम्बार प्रदर्शन गरेको थियो भनेर मैले देख्‍न सक्थेँ। उसले आफ्‍नो प्रदर्शन गर्ने र आफ्नो “गौरवपूर्ण विगत” को धाक लाउने केही अभिप्रायसाथ अरूलाई उसको आदर गराउने प्रयासमा यस्तो व्यवहार प्रस्तुत गरिरहेको थियो भनेर म बुझ्‍न सक्थेँ। उसले यस्तो व्यवहार गरेको देखेर, म मुस्कुराएँ, र त्यसपछि मैले उसलाई भनेँ: “त्यसोभए, तँमा खराब स्वभाव छ।” मैले यो कुरा मुस्कुराउँदै भनेँ, तर अरू केही पनि भनिनँ। उसको अनुहार तुरुन्तै बिग्रियो, र उसले तुरुन्तै आफ्नो हाउभाउ रोक्‍यो र चुप लाग्यो। त्यहाँदेखि, उसले आफ्नो “महिमित विगत” बारे कहिल्यै कुरा गरेन। मैले उसलाई के भनेँ? (तँमा खराब स्वभाव छ।) यसको अर्थ के थियो? (यसले उसको प्रकृति सार औँल्याइदियो, र उसलाई सरम लाग्यो।) ठीक भन्यौ। के मैले उसलाई रिस उठाएँ? के मैले ऊसँग तर्क गरेँ? के मैले उसको इज्जतमा चोट पुर्‍याएँ? (होइन।) के मैले ऊसँग आवेगपूर्ण ढङ्गले व्यवहार गर्दै यसो भनेँ: “यहाँबाट निस्केर गइहाल्! तैँले परमेश्‍वरमा विश्‍वास गरेर के गरिरहेको छस्?” वा “‘उज्ज्वल विगत’ बारे कुरा गर्नलाई तँ अझै बच्चै छस्!”? के मैले यी विधिहरू प्रयोग गरेँ? (गर्नुभएन।) यी कुनै कुरा सङ्केत नगरीकन, मैले एक वाक्य मात्रै बोले, “त्यसोभए, तँमा खराब स्वभाव छ,” र ऊ लज्जित भयो र चुप लाग्यो। थप व्याख्या नगरीकनै मैले मेरो कुरा बुझाएँ। यदि कुनै बुद्धिमानी व्यक्तिले यो सुन्थ्यो भने, उसले यसको अर्थ के हो भनेर तुरुन्तै बुझ्नेथ्यो, र भविष्यमा अझै संयमित हुनेथ्यो। तिमीहरूलाई यो शैली कस्तो लाग्यो? (राम्रो।) के उसलाई खाउँला झैँ हेरेर तर्क गर्नु उचित हुन्थ्यो? (अहँ, हुँदैनथ्यो।) यदि कसैले “मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!” भनेर भन्यो भने, तैँले उसलाई यसो भन्‍नुपर्छ, “यदि तिमीले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले कसैलाई टेर्दैनथ्यौ भने, तिमीमा खराब स्वभाव थियो। यदि तिमीले अहिले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि कसैलाई टेर्न चाहँदैनौ भने, यसको अर्थ तिमीमा त्योभन्दा नि झनै खराब स्वभाव छ र तिम्रो सारमा केही न केही गलत छ भन्‍ने हुन्छ।” बस यति नै भन्, अनि तिनीहरूको प्रतिक्रिया र व्यवहार अवलोकन गर्। जहाँ दुख्छ त्यहीँ हिर्काउनु भनेको यही हो। के दुष्ट मानिसहरू यी वचनहरू सुनेपछि दुःखित हुनेछन्? तिनीहरू असहज महसुस गर्नेछन्। तिनीहरूले यस्तो सोच्नेछन्, “म त परमेश्‍वरमाथिको मेरो विश्‍वासमा मैले परिवर्तन हासिल गरेको छु भन्‍ने सोच्थेँ, र मैले आफ्‍नो योग्यता देखाउन र परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिलेको मेरो महिमित विगतबारे धाक दिन यी शब्दहरूसमेत प्रयोग गर्थेँ। तर समझ भएको कसैले यो मामलापछाडि लाजमर्दो रहस्य रहेको खुलासा गर्नेछ, र ममा खराब स्वभाव रहेको प्रकाश गर्नेछ भनेर मैले अपेक्षा गरेको थिइनँ।” खराब स्वभावको अर्थ के हो? यसलाई राम्ररी भन्दा, यसको अर्थ तिनीहरूको मानवता राम्रो छैन भन्‍ने हुन्छ; यसलाई सीधासीधा भन्दा, यसको अर्थ तिनीहरू असल छैनन् भन्‍ने हुन्छ। समाजका कस्ता मानिसहरू असल हुँदैनन्? (बदमास, ठग, अत्याचारी, र फटाहाहरू।) ठीक भन्यौ, ती मानिसहरू असल हुँदैनन्। तैँले तिनीहरू असल छैनन् र तिनीहरूको स्वभाव खराब छ भनेर भन्‍नेबित्तिकै, तिनीहरूले बुझिहाल्छन्। तैँले बदमास, फटाहा, अत्याचारी, र दुष्ट मानिसहरू—यी शब्द र यस्ता प्रकारका मानिसहरूबारे कुरा गर्दैछस् भनेर तिनीहरूले बुझ्‍नेछन्। के तिनीहरू यो वर्गमा पर्छन् भन्‍ने सुन्दा तिनीहरूलाई राम्रो लाग्‍नेछ? (लाग्‍नेछैन।) तिनीहरूलाई पटक्‍कै राम्रो लाग्‍नेछैन। अनि के तैँले अरू केही भन्‍नुपर्छ? (पर्दैन।) तिनीहरूको लाजमर्दो रहस्य त्यो एउटै वाक्यले खुलासा गरेको हुनेछ। “त्यसोभए तँ त्यस्तो व्यक्ति रहेछस्। तैँले अझै पनि यहाँ आफ्नै रोबरवाफ गरिरहेको छस्, र नकारात्मक कुराहरूबारे घमण्ड गरिरहेको छस्, मानौँ ती सकारात्मक कुरा हुन्। तैँले के गर्ने प्रयास गरिरहेको छस्? यो परमेश्‍वरको घर हो, यहाँ धाक नदेखा। यो तैँले धाक लाउने ठाउँ होइन। यदि तँ धाक लाउन चाहन्छस् भने, गइहाल्। परमेश्‍वरको घर सत्यताले शासन गर्ने ठाउँ हो, यो तैँले अहम्‌ देखाउने र आफ्‍ना दुष्ट कार्यहरू उद्‌घोष गर्ने ठाउँ होइन। तैँले परमेश्‍वरको घरमा दुष्ट र नकारात्मक कुराहरूबारे रोबरवाफ देखाउनु भनेर भन्‍नुको अर्थ के हो? तेरो अर्थ के हो भने, परमेश्‍वरको कामले तँमा परिणामहरू हासिल गरेको छ। के परमेश्‍वरले यसो भन्‍नुभएको हो? तैँले परमेश्‍वरलाई धन्यवाद दिइरहेको छैनस्; तैँले आफ्ना दुष्ट कार्यहरूको घमण्ड गरिरहेको छस्। तैँले यी शब्दहरूद्वारा कसलाई छल्‍ने प्रयास गरिरहेको छस्? तैँले तीन वर्षको बच्‍चालाई मूर्ख बनाउन सक्छस् होला, तर तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख बनाउन सक्दैनस्। तँ यसबाट उम्कन सक्दैनस्!” यसरी तिनीहरूको खुलासा हुन्छ। ख्रीष्टविरोधीहरूले यो सुनेपछि, पहिलो कुरा त तिनीहरूले तँसँग तिनीहरूप्रति कुनै द्वेष छैन भन्‍ने महसुस गर्नेछन्; दोस्रो कुरा, तेरा वचनहरू ठ्याक्‍कै निसानामा लाग्‍नेछन्; तेस्रो कुरा, तैँले तिनीहरूलाई निसाना बनाएको हुनेछैनस्; अनि चौथो कुरा, यी वचनहरू तथ्यहरू हुन्, र तैँले यी वचनहरू बोल्दा अतिशयोक्ति कदापि हुँदैन। यी वचनहरू सुनेपछि, तिनीहरूले तुरुन्तै आफूलाई काबुमा राख्‍नेछन्। तिनीहरूले किन आफूलाई काबुमा राख्‍नेछन्? तेरा वचनहरूले तिनीहरूलाई सरम र लाजमा पार्नेछन्। जब तिनीहरू फेरि तेरो छेउमा हुन्छन्, तब तिनीहरू त्यस्ता शब्दहरू दोहोर्‍याउन लजाउनेछन्। तर तिनीहरूले फेरि यस्ता कुराहरू बोले पनि, तिनीहरूले सही अवसरचाहिँ खोज्‍नैपर्छ, र कसले सुन्दै छ भनेर जाँच गर्नैपर्छ। चाहे जे भए पनि तिनीहरूले तेरो छेउमा फेरि ती कुरा बोल्ने आँट गर्नेछैनन्। के यसले तिनीहरूलाई वशीभूत पारेको हुँदैन र? यदि तिमीहरूले त्यस्तो व्यक्ति भेट्यौ भने, के तिमीहरू तिनीहरूसँग यसरी बोल्ने आँट गर्नेछौ? (गर्नेछौ।) यस्तो व्यक्तिलाई व्यवहार गर्ने एउटा तरिका छ। तँ आवेशी वा अशिष्ट हुनु पर्दैन, मुस्कुराएर तिनीहरूलाई वशीभूत पार्। शैतानलाई खुलासा गर्नु र लाजमा पार्नु भनेको यही हो। आफ्नो गवाहीमा दृढ हुनु भनेको यही हो। त्यसलाई खुलासा गर्ने तेरो क्षमताले प्रमाणित गर्छ कि तैँले उसलाई छर्लङ्गसित देखेको छस्, तँ ऊजस्ता मानिसहरूलाई मन पराउँदैनस्, तैँले ऊजस्ता मानिसहरूलाई घृणा गर्छस्, र तैँले ऊजस्ता मानिसहरूलाई हेयको दृष्टिले हेर्छस्। यी मानिसहरू नकारात्मक पात्रहरूको वर्गमा पर्छन्, र तँ तिनीहरूको ठीक विपरीत व्यक्ति होस्। तेरो अगाडि, तिनीहरूलाई लाग्छ, तिनीहरू नीचा हुन्; र तँ तिनीहरूभन्दा दह्रिलो र सीधा होस्।

जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, जब तिनीहरूलाई बेलाबेलामा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूद्वारा खुलासा गरिन्छ, तब तिनीहरूले कुन-कुन दुई लाजपचुवा वाक्य बोल्छन्? (“मलाई काटछाँट गर्नको लागि तपाईँ अत्यन्तै अपरिपक्‍व हुनुहुन्छ!” “मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!”) धेरैजसो मानिसहरूले त यी दुई वाक्य बोल्न सक्दैनन्, होइन र? यी शब्दहरूमा के-कस्ता विशेषताहरू छन्? यी ठग र गुइये कुरा हुन्, र यिनमा शैतानको घमण्ड र शैतानको दुष्ट स्वभावका प्रभावशाली शैली छन्। स्पष्टै छ, सामान्य व्यक्तिको मुखबाट यी शब्दहरू निस्‍कँदैनन्, विशेषतः सत्यता पछ्याउने व्यक्तिको मुखबाट यी शब्दहरू निस्कँदैनन्। निस्सन्देह नै, यी शब्दहरू बोल्ने मानिसहरूमा शैतानको क्रूर स्वभाव नै हुन्छ। तिनीहरू दुष्ट हुन्छन्, र तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूले दुष्ट शक्तिहरू, हिंसा, र शैतानका क्रूर शक्ति र स्वभावप्रति महिमा गर्छन्। तिनीहरूले बोल्ने यी दुई वाक्यबाट मात्रै पनि यी सारहरू पत्ता लगाउन सकिन्छ। जब तिनीहरूले यी शब्दहरू बोल्छन्, तब तिनीहरूको स्वभाव र सार प्रकट हुन्छ। साधारण, सामान्य, र भ्रष्ट मानवजातिमाझ, प्रायजसो यस्ता शब्द बोल्ने व्यक्ति असल हुँदैन, तर यी शब्दहरू सुनेर पनि यी शब्दहरू नबोल्‍ने, यी शब्दहरू बोल्ने मानिसहरूलाई लाजमर्दो र क्रूर ठान्‍ने, आफू यसरी बोल्न नसक्‍ने, र कसैलाई जति नै घृणा, द्वेष र हेला गरे पनि यी शब्दहरू बोल्न नसक्‍ने, र यी शब्दहरू बोल्ने मानिसहरूलाई हेला गर्ने जोकोही मानिसहरूमा अझै पनि केही न केही लाजबोध हुन्छ र तिनीहरूको मानवतामा अझै पनि सोझो पाटो हुन्छ। तर प्रायजसो यी शब्दहरू बोलिरहने, र यी शब्दहरूलाई मामलाहरू सम्हाल्ने र आफूलाई आचरणमा ढाल्‍ने तरिकाका सबैभन्दा उच्च सिद्धान्तहरूको रूपमा प्रायजसो लिइरहने मानिसहरू अवश्य नै शैतानको गिरोहका सदस्य र ख्रीष्टविरोधीहरू हुन्। कति मानिसहरू भन्छन्: “मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले यी शब्दहरू असल हुन् कि खराब हुन् भन्‍ने मलाई थाहा थिएन। म सानै हुँदा यी शब्दहरू प्रयोग गर्थेँ, तर अलिक उमेर खाएपछि र परिपक्‍व भएपछि मैले यी कुरा प्रयोग गर्न छोडेँ।” के तिनीहरू ख्रीष्टविरोधीहरू हुन्? होइनन्। जब मानिसहरू उमेरमा साना र अज्ञानी हुन्छन्, जब तिनीहरूले पहिलो पटक समाज र आम मानिसहरू सामना गर्छन्, तब तिनीहरूले यी शब्दहरूलाई असल शब्दहरू, चरित्रवान्‌ शब्दहरू ठान्छन्। तिनीहरू उमेरले अत्यन्तै साना र अपरिपक्‍व हुन्छन्। जब तिनीहरू अलिक ठूलो हुन्छन्, अनि असल र खराब छुट्याउन, र असल र खराब मानिसहरूबीच भिन्‍नता देख्‍न सक्‍ने हुन्छन्, तब तिनीहरूले यी शब्दहरू बोल्दैनन्। त्यस्ता मानिसहरूमा अझै पनि अलि-अलि विवेक र समझ हुन्छ। यो थोरै विवेक र समझ कहाँबाट आउँछ? यो तिनीहरूको असल कुरालाई दुष्ट कुराबाट छुट्याउने, सत्यता के हो र झुट के हो, सही के हो र गलत के हो भनेर जान्ने क्षमताबाट आउँछ, यो तिनीहरूको काम गर्ने, बोल्‍ने र मामलाहरू सम्हाल्‍ने तरिका, र आनीबानी प्रस्तुत गर्ने तरिकामा छनौट र सीमाहरू रहेको तथ्यबाट आउँछ। यो तिनीहरू शैतान नभएको, दुष्ट मानिसहरू नभएको, पशु नभएको, बरु मापदण्ड र सिद्धान्तहरू अनुसार तिनीहरूले आफूलाई आचरणमा ढालेको, र तिनीहरू सीधा मानिसहरू रहेको तथ्यबाट आउँछ।

ख्रीष्टविरोधीहरूलाई खुलासा गर्दा, तिनीहरूका “ज्ञानका वचनहरू”, तिनीहरूका जीवनका आदर्श वाक्यहरू, र तिनीहरूका प्राय बोलिइरहने भनाइहरू पनि सबै प्रकट हुन्छन्। यी कुराहरू प्रकट भएपछि, तिनीहरूको प्रकृति सार पनि देखा पर्छ, र यसलाई अरूले झन्झन् स्पष्ट रूपमा देख्‍न सक्छन्। यदि यी कुराहरू खुलासा गरिएनन्, र मानिसहरूले यी कहिलेकहीँ वा बारम्बार सुनिने शब्दहरूलाई साधारण शब्दहरू ठाने भने र यी कुरालाई खुट्ट्याएनन् भने, तिनीहरूले यी कुरालाई चित्रण गर्न सक्‍नेछैनन्। यदि तैँले यी कुरालाई चित्रण गर्न सकिनस् भने, सत्यतासम्बन्धी तेरो बुझाइ वा सही र गलत सम्बन्धी तेरो ज्ञानको के फाइदा भयो र? के यी कुराहरूले तेरो अडानमा प्रभाव पार्न सक्छन् र? के यिनले तेरो दृष्टिकोणमा प्रभाव पार्न सक्छन्? (अहँ, सक्दैनन्।) त्यसोभए तैँले भ्रष्टताको सामान्य प्रकटीकरण के हो र ख्रीष्टविरोधीको सारको प्रकटीकरण के हो भनेर छुट्याउन सक्दैनस्। जब तैँले यी सारहरूलाई स्पष्ट रूपमा खुट्ट्याउन र सटीक रूपमा चित्रण र वर्गीकरण गर्न सक्छस्, र जब सकारात्मकता र नकारात्मकता, अनि सामान्यता र असामान्यताका विभिन्‍न खुलासा, प्रकटीकरण, स्वभाव र सारहरूलाई स्पष्ट रूपमा खुट्ट्याउन सक्छस्, तब मात्रै तैँले मानिसहरू र परिस्थितिलाई अझै सटीक रूपमा खुट्ट्याउन सक्‍नेछस्। नत्रभने, तैँले ख्रीष्टविरोधीको प्रकटीकरणलाई साधारण भ्रष्टता वा सामान्य प्रकटीकरण हो भनेर सोच्‍ने गल्ती गर्नेछस्, र तैँले कहिलेकहीँ भ्रष्टताका केही साधारण प्रकटीकरणहरूलाई ख्रीष्टविरोधी सारका प्रकटीकरणहरूको रूपमा लिने गल्ती गर्नेछस्। के यो गोलमाल भएन र? मानौँ तँ अगुवा होस् र तेरो जिम्मेवारीको दायराभित्र ख्रीष्टविरोधीहरू छन् रे। यदि तैँले तिनीहरूलाई चाहिँ बस्न दिइस्, तर भ्रष्टता प्रकट गर्ने साधारण विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई निष्कासन गरिस् भने, के यो गल्ती हुँदैन र? (हुन्छ।) त्यसकारण, यी विस्तृत र विशिष्ट भिन्‍नताहरूलाई बुझ्नु महत्त्वपूर्ण हुन्छ।

जब ख्रीष्टविरोधीहरूले काटछाँट सामना गर्छन्, तब तिनीहरूको प्रकटीकरण हामीले भर्खरै छलफल गरेका कुराहरूभन्दा धेरै अगाडि जान्छ। तिनीहरूले एक-दुई वटा अप्रिय वाक्यहरू मात्रै बोल्दैनन् वा तिनीहरू अलिअलि आक्रोशित मात्रै हुँदैनन्। तिनीहरूले धेरै कुराहरू गर्छन् र धेरै अप्रिय शब्दहरू बोल्‍छन्। यति मात्र होइन, तिनीहरूले अझै धेरै दुष्ट कुराहरूसमेत गर्नेछन्, र परमेश्‍वरको घरको काममा गम्भीर बाधा दिने र सामान्य मण्डली जीवनमा बाधा दिने कुराहरूसमेत गर्नेछन्। अब यस्ता केही वाक्य मात्रै बोल्‍नेबाहेक, ख्रीष्टविरोधीहरूले अरू के-के गर्न सक्छन् भन्‍नेबारेमा तिमीहरू सङ्गति गर्ने प्रयास गर, जसले तिनीहरू ख्रीष्टविरोधीहरू हुन्, तिनीहरूको कार्य र आचरण ख्रीष्टविरोधीहरूको जस्तै हुन्छ, र तिनीहरूको स्वभाव ख्रीष्टविरोधीहरूको स्वभाव हो भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न र चिन्‍न मानिसहरूलाई मदत गरोस्। यसरी, यी ख्रीष्टविरोधीहरूले ठूला बाधाहरू पैदा गर्नुभन्दा पहिले तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूको रूपमा चिन्‍न र पहिचान गर्न सक्‍नेछन्। यसरी, एक हिसाबमा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू आफ्नो जीवन प्रवेशमा ठूलो हानि हुनबाट जोगिन सक्छन्, र अर्को हिसाबमा, यी ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको काममा ल्याउने अवरोध र बाधालाई रोक्न सकिन्छ। के यो समस्यालाई ढिलो नगरी चाँडै पत्ता लगाएर समाधान गर्नु, रोक्‍नु, र सुधार्नु राम्रो हुँदैन र? (हजुर, हुन्छ।) त्यसोभए सङ्गति गर। (जब ख्रीष्टविरोधीहरू काटछाँटमा पर्छन्, तिनीहरूले सत्यता स्विकार्दैनन् र मानिसहरूलाई आक्रमण गर्न केही शब्दहरू बोल्छन्। ख्रीष्टविरोधीहरूलाई जसले सल्लाह दिए पनि, यसले तिनीहरूको हैसियत वा अभिमानलाई छोयो भने, तिनीहरूले मण्डलीमा त्यो व्यक्तिको आलोचना गर्नेछन्, र आफ्‍नो हैसियत र अभिमान रक्षा गर्न सत्यतासमेत बङ्ग्याउनेछन्।) अरू केही छ? (मैले एकपटक एक दुष्ट व्यक्ति भेटेको थिएँ, जसले उसको बेफाइदाको काम गर्ने जोसुकैलाई बरबाद गर्ने धम्की दिन्थ्यो। त्यो बेला हामीले सत्यता बुझेका थिएनौँ र हामीमा समझशक्तिको कमी थियो। हामीलाई ऊदेखि डर लाग्थ्यो। उसले कर्तव्य निर्वाह गर्दा स्वेच्छाचारी र अविवेकपूर्ण रूपमा काम गर्थ्यो, र जब हामीले उसका काममा केही समस्या देख्थ्यौँ र तीबारेमा रिपोर्ट गर्न चाहन्थ्यौँ, तब उसले हामीलाई रोक्थ्यो र रिपोर्ट गर्ने अनुमति दिँदैनथ्यो। हामीसँग सत्यता थिएन, त्यसकारण त्यो बेला हामीले यसबारे तर्क गर्ने आँट गरेनौँ, न त हामीले तुरुन्तै उसको रिपोर्ट नै गर्‍यौँ, जसले गर्दा अन्तिममा मण्डलीको काममा ठूलो घाटा भयो। ख्रीष्टविरोधीहरूबारे हामीमा समझको कमी भएकोले यस्तो भएको थियो। पछि उसले धेरै दुष्ट कार्य गरेपछि मात्रै उसलाई निष्कासित गरियो।) यो मामलामा तिमीहरू आफ्नो गवाहीमा दृढ रहन वा परमेश्‍वरको घरका हितहरू रक्षा गर्न असफल भयौ, र तिमीहरूले परमेश्‍वरको घरको काममा घाटा हुन दियौ। यसको लागि तिमीहरू नै जिम्मेवार छौ। अहिले हेर्दा त्यो व्यक्तिलाई सही रूपमा निष्कासित गरियो र अन्यायी व्यवहार गरिएन भन्‍ने देखिन्छ। यदि भविष्यमा तिमीहरूले फेरि त्यस्तो व्यक्ति भेट्यौ भने, के तिमीहरू त्यसलाई चिन्‍न सक्छौ? (परमेश्‍वरको सङ्गतिमार्फत, मलाई ख्रीष्टविरोधीहरू चिन्‍ने सत्यताको यो पक्षबारे अलिक स्पष्ट भयो।)

परमेश्‍वरको घरले किन ख्रीष्टविरोधीहरूलाई निष्कासित गर्न चाहन्छ? तिनीहरूलाई राखेर सेवा गर्न दिनु ठीक हुने हो कि? के तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनु ठीक हुन्छ? (अहँ, हुँदैन।) के तिनीहरूले सत्यता पछ्याउन सक्‍ने कुनै सम्भावना हुन्छ? (ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउन सक्दैनन्।) अब तैँले ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरूहुन् जो शैतानका हुन् र तिनीहरूले पश्‍चात्ताप गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई निष्कासित गरिन्छ भन्‍ने कुरा पत्ता लगाएको छस्। कसैलाई पनि त्यतिकै निष्कासित गरिँदैन। परमेश्‍वरको घरले बारम्बार धैर्यधारण गर्छ, तिनीहरूलाई बारम्बार पश्‍चात्ताप गर्ने मौका दिन्छ, र तिनीहरूलाई छुट दिन्छ, ताकि असल मानिसहरूलाई गलत दोष नलागोस्, र ताकि कसैलाई पनि त्यतिकै निष्कासित वा बरबाद नगरियोस्। तिनीहरूले परमेश्‍वरमा यति धेरै वर्ष विश्‍वास गर्नु त्यति सजिलो कुरा होइन; तिनीहरूको भित्री रूप पूर्ण रूपमा नदेखिएसम्‍म, तिनीहरू पूर्ण रूपमा प्रकट नभएसम्म परमेश्‍वरको घरले हरकसैप्रति सहनशीलता देखाउँछ। तर के ख्रीष्टविरोधीहरूले पश्‍चात्ताप गर्न सक्छन्? तिनीहरूले पश्‍चात्ताप गर्न सक्दैनन्। परमेश्‍वरको घरमा तिनीहरूले खेल्ने भूमिका शैतानका नोकरहरूको भूमिका हो, जसले परमेश्‍वरको घरको कामलाई तोड्ने, अवरोध र बाधा पुर्‍याउने काम गर्छन्। तिनीहरूसँग केही वरदान र प्रतिभा भए पनि, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, वा सही मार्ग हिँड्नको लागि कठिन परिश्रम गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूमा केही उपयोगी पक्षहरू भए पनि, तिनीहरूले परमेश्‍वरको घरको काममा सकारात्मक योगदान दिँदैनन्। तिनीहरूले परमेश्‍वरको काममा अवरोध, बाधा, र खलल पुर्‍याउनेबाहेक अरू केही गर्दैनन्, र तिनीहरूले असल कुराहरू गर्दैनन्। तैँले तिनीहरूलाई अवलोकन गर्न राखिस् र तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइस्, तर तिनीहरू पश्‍चात्ताप गर्न असमर्थ भए। अन्त्यमा, अपनाइएको समाधान तिनीहरूलाई निष्कासन गर्नु थियो। तिनीहरूलाई निष्कासन गर्नुभन्दा पहिले, तैँले यस्ता व्यक्तिहरू पश्‍चात्ताप गर्नुभन्दा मर्न रुचाउने ख्रीष्टविरोधीहरू हुन्, र तिनीहरू परमेश्‍वर र सत्यताविरोधी छन् भन्‍ने तथ्य छर्लङ्ग देखेको थिइस्। फलस्वरूप, तिनीहरूलाई निष्कासन गरियो। यदि तिनीहरू असल व्यक्ति हुन्थे भने, के तिनीहरूलाई निष्कासन गरिनेथियो? यदि तिनीहरूले सत्यता स्विकारेर पश्‍चात्ताप गर्न सक्थे भने, के तिनीहरूलाई निष्कासन गरिनेथियो? बढीमा तिनीहरूलाई कर्तव्यबाट बर्खास्त गरिनेथियो र आत्मिक भक्ति र मननमा सहभागी हुन पठाइनेथियो, तर निष्कासन नगरिनेथियो। परमेश्‍वरको घरले कसैलाई निष्कासन गर्ने निर्णय गरेपछि, यसको अर्थ यदि उसलाई बस्न दिइयो भने ऊ परमेश्‍वरको घरको लागि सङ्कष्टको कारण हुनेछ भन्‍ने हुन्छ। तिनीहरूले असल कुराहरू गर्दैनन्, तिनीहरूले अवरोध र बाधाहरू मात्रै ल्याउँछन्, र हरकिसिमका खराब कुराहरू गर्छन्। तिनीहरू जुनसुकै मण्डलीमा हुन्थे भने पनि, तिनीहरूले यति हदसम्म बाधा दिनेथिए कि यो बालुवाजस्तै छरपष्ट हुनेथियो, काम ठप्प हुनेथियो, धेरैजसो मानिसहरूलाई निकै निराश लाग्नेथियो र तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वास गुमाउनेथिए, र कति मानिसहरूले त आफ्नो विश्‍वास समेत त्याग्‍न चाहनेथिए र कर्तव्य पूरा गर्न जारी राख्‍न सक्दैनथे। यसको कारण के हो? यो ख्रीष्टविरोधीका बाधाहरूले पैदा गरेको हुन्छ। त्यो मण्डलीमा कुनै आशा हुनको लागि, मण्डली जीवन सामान्य बन्‍नको लागि, र परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा परमेश्‍वरका चुनिएका मानिसहरू प्रवेश गर्नको लागि, ख्रीष्टविरोधीलाई तह लगाइनुपर्छ, निकालिनुपर्छ, र निष्कासित गरिनुपर्छ। कति मानिसहरूले भन्छन्: “परमेश्‍वर प्रेम हुनुहुन्छ, त्यसैले हामीले ख्रीष्टविरोधीहरूलाई पनि पश्‍चात्ताप गर्ने मौका दिनुपर्छ।” यी शब्दहरू निकै राम्रा सुनिन्छन्, तर के वास्तविकता साँच्‍चै यस्तै हुन्छ त? ध्यान दिएर अवलोकन गर: निष्कासित गरिएका कति ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले पछि आफूलाई चिनेका छन्, र सत्यतालाई पछ्याउन र प्रेम गर्न सकेका छन्? क-कसले पश्‍चात्ताप गरेका छन्? तिनीहरू कसैले पनि पश्‍चात्ताप गरेका छैनन् र तिनीहरू सबैले जिद्दी भएर आफ्नो पाप स्विकार्न नमानेका छन्, र जति धेरै वर्षपछि तैँले तिनीहरूलाई भेटे पनि, तिनीहरू अझै पनि यस्तै अवस्थामा हुन्छन्, विगतमा भएकै कुराहरूमा अडिग रहेका हुन्छन् र त्यसलाई छोडेका हुँदैनन्, र आफूलाई सही साबित गर्ने र स्पष्टीकरण दिने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूको स्वभाव कति पनि परिवर्तन भएको हुँदैन। यदि तैँले तिनीहरूलाई फर्काएर मण्डली जीवन सुरु गर्न, र कर्तव्य पूरा गर्न दिइस् भने, तिनीहरूले अझै पनि मण्डलीको काममा अवरोध र बाधा ल्याउनेछन्। पावलले जस्तै, तिनीहरूले उही पुराना गल्तीहरू गर्नेछन्, आफूलाई उचाल्नेछन् र आफ्नै बारे गवाही दिनेछन्। तिनीहरू सत्यता पछ्याउने मार्ग हिँड्न पटक्‍कै सक्दैनन्, र आफ्नै पुरानो मार्ग, ख्रीष्टविरोधीको मार्ग, र पावलको मार्ग हिँड्‍नेछन्। ख्रीष्टविरोधीहरूलाई निष्कासित गर्ने आधार नै यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्