विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग सात) खण्ड तीन

आफ्‍नो कर्तव्यप्रति ख्रीष्टविरोधीहरूको मुख्य अभिप्राय र मनोवृत्ति भनेको यसलाई परमेश्‍वरसँग लेनदेन गर्ने र आफूले चाहेका फाइदाहरू प्राप्त गर्ने अवसरका रूपमा प्रयोग गर्नु हो। तिनीहरू यस्तो पनि विश्‍वास गर्छन्: “जब मानिसहरूले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र आफ्नो सांसारिक सम्भावनाहरू त्याग्छन्, तब स्पष्ट रूपमै तिनीहरूले केही लाभ प्राप्त गर्नैपर्ने हुन्छ, बदलामा केही न केही प्राप्त गर्नैपर्ने हुन्छ, यो मात्रै निष्पक्ष र उचित कुरा हो। आफ्नो कर्तव्य निर्वाह गरेर पनि केही प्राप्त हुँदैन भने, केही सत्यता प्राप्त गरे पनि, त्यो सार्थक हुँदैन। स्वभाव परिवर्तन त्यस्तो ठोस फाइदा होइन—मुक्ति प्राप्त गरे पनि, त्यसलाई कसैले देख्‍न सक्दैन!” यी अविश्‍वासीहरू परमेश्‍वरले मानवजातिलाई दिएको कुनै मागहरूप्रति आँखा चिम्लिन्छन्। तिनीहरू यसलाई स्वीकार वा विश्‍वास गर्दैनन्, र तिनीहरू इन्कार गर्ने मनोवृत्ति अपनाउँछन्। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यप्रति जुन मनोवृत्ति र अभिप्रायले व्यवहार गर्छन् त्यसका आधारमा हेर्दा, तिनीहरू स्पष्टतः सत्यता पछ्याउने मानिस होइनन्, बरु अविश्वासी र अवसरवादी हुन्; तिनीहरू शैतानका हुन्। के शैतानले बफादारीसाथ कर्तव्य निर्वाह गर्न सक्छ भन्‍ने तिमीहरूले सुनेका छौ? (छैनौँ।) यदि शैतानले परमेश्‍वरसामु आफ्नो “कर्तव्य” निर्वाह गर्न सक्छ भने, यस कर्तव्यलाई उद्धरण चिन्हहरूभित्र राख्नुपर्छ किनभने शैतानले निष्क्रिय र जबरजस्ती रूपमा यसो गरिरहेको हुन्छ, शैतानलाई परमेश्‍वरले चलाइरहनुभएको हुन्छ, र परमेश्‍वरले यसलाई प्रयोग गरिरहनुभएको हुन्छ। त्यसकारण, तिनीहरूको ख्रीष्टविरोधी सारको कारण, र तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, सत्यताप्रति वितृष्णा राख्‍ने हुनाले, र अझै बढी रूपमा, तिनीहरूको दुष्ट प्रकृतिको कारणले, तिनीहरूले सर्तरहित वा भरपाइविनाको सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, न त तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पछ्याउन वा सत्यता प्राप्त गर्न वा परमेश्‍वरका वचनहरूका मापदण्डअनुसार ती निर्वाह गर्न नै सक्छन्। तिनीहरूको यो प्रकृति, र तिनीहरूले कर्तव्यलाई लिने मनोवृत्ति र कर्तव्य निभाउने क्रममा देखा पर्ने विभिन्‍न प्रकटीकरणको कारण, ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यलाई बेवास्ता गर्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कुनै पनि बेला, कुनै पनि परिस्थितिमा दुष्कर्म गर्न र परमेश्‍वरको घरको काममा अवरोध र बाधा पुऱ्याउने भूमिका खेल्न सक्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा देखाउने मुख्य र प्रमुख प्रकटीकरण के हो? यो आफूखुसी र स्वेच्छाचारी रूपमा काम गर्नु, नियमहरू आफ्नो हातमा लिनु, र अरूसँग सल्लाह नलिई काम गर्नु हो। तिनीहरू परिणामहरूबारे नसोची आफूले चाहेअनुसार काम गर्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्दा आफू कसरी अरूभन्दा माथि उठ्न सकिन्छ र कसरी अझै धेरै मानिसलाई नियन्त्रण गर्न सकिन्छ भनेर मात्रै विचार गर्छन्। तिनीहरू परमेश्‍वरलाई आफूले कर्तव्य निर्वाह गर्दा कष्ट भोगेको र मूल्य चुकाएको छु, आफूसँग पुँजी छ र आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न र आशिष्‌हरू प्राप्त गर्ने उद्देश्य हासिल गर्न आफूसित परमेश्‍वरलाई इनाम र मुकुट माग्‍ने अधिकार छ भन्‍ने कुरा मात्रै देखाउन चाहन्छन्।

ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, निरन्तर आफ्‍ना सम्भावना र नियतिबारे हिसाबकिताब गरिरहेका हुन्छन्: तिनीहरूले कर्तव्य निर्वाह गरेको अहिले कति वर्ष भयो, तिनीहरूले कति धेरै कष्ट भोगेका छन्, तिनीहरूले परमेश्‍वरका लागि कति धेरै त्याग गरेका छन्, कति मूल्य चुकाएका छन्, कति ऊर्जा खर्चेका छन्, आफ्नो जवानीको कति वर्ष त्यागेका छन्, र अहिले तिनीहरूले इनाम र मुकुट प्राप्त गर्ने अधिकार पाएका छन् कि छैनन्; तिनीहरूले यी केही वर्ष आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा पर्याप्त पुँजी बटुलेका छन् कि छैनन्, तिनीहरू परमेश्‍वरको नजरमा कृपाप्राप्त व्यक्ति हुन् कि होइनन्, र तिनीहरू परमेश्‍वरको नजरमा इनाम र मुकुट प्राप्त गर्न सक्‍ने व्यक्ति हुन् कि होइनन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर यसरी नै नापतौल, हिसाबकिताब र योजना गरिरहेका हुन्छन्, अनि सँगसँगै अरूका शब्द र अभिव्यक्तिहरू र आफ्ना बारेमा दाजुभाइ-दिदीबहिनीहरूका लेखाजोखा र अभिव्यक्तिहरू अवलोकन गरिरहेका हुन्छन्। अवश्य नै, तिनीहरूलाई सबैभन्दा बढी चिन्ता लाग्‍ने कुरा चाहिँ माथिलाई तिनीहरू अस्तित्वमा छन्, र तिनीहरूले कर्तव्य निर्वाह गरिरहेका छन् भन्‍ने कुरा थाहा छ कि छैन भन्‍ने हो। तिनीहरू आफूलाई माथिले कसरी हेर्छ, कसरी आफ्ना बारेमा कुरा गर्छ र मूल्याङ्कन गर्छ, कष्ट भोग्‍ने र मूल्य चुकाउने क्रममा आफूले राखेका “श्रमसाध्य अभिप्रायहरू” लाई माथिले बुझेको छ कि छैन, आफूले परमेश्‍वरलाई पछ्याएका वर्षहरूमा भोगेका कष्ट र सङ्कष्टहरूबारे माथिलाई स्पष्ट रूपमा थाहा छ कि छैन, र आफूले गर्ने हरेक कुरालाई स्वर्गमा बस्‍ने परमेश्‍वरले कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्‍ने कुराप्रति अझै बढी चिन्तित हुन्छन्। कर्तव्यहरूमा व्यस्त हुनेबाहेक, तिनीहरूको मनले निरन्तर हिसाबकिताब पनि गरिरहेको हुन्छ, र तिनीहरूले विभिन्‍न स्रोतबाट जानकारी प्राप्त गर्न र तिनीहरू विपत्तिहरूबाट जोगिन सक्छन् कि सक्दैनन्, तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन् कि सक्दैनन् र त्यो अज्ञात मुकुट र आशिष्‌हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भनेर मूल्याङ्कन गर्न खोजिरहेका हुन्छन्। हृदयको गहिराइभित्र तिनीहरूले प्रायजसो हिसाबकिताब गर्ने कुराहरू, र तिनीहरूले हरेक दिन हरक्षण हिसाबकिताब गर्ने सबैभन्दा प्राथमिक र मुख्य कुराहरू यिनै हुन्। तैपनि, तिनीहरू कहिल्यै आफै सत्यता अभ्यास गर्ने मानिस हुन् कि होइनन्; तिनीहरूले कति सत्यता बुझेका छन्; तिनीहरू आफूले बुझेका कति सत्यता वास्तवमा अभ्यास गर्न सक्छन्; तिनीहरूको स्वभावमा वास्तविक परिवर्तन आएको छ कि छैन; तिनीहरूले परमेश्‍वरका लागि गर्ने कुराहरूमा अलिकति मात्रै भए पनि इमानदारी छ कि वा कुनै अशुद्धता, लेनदेन, वा अनुरोधहरू समावेश छन्; तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कति धेरै भ्रष्टता प्रकट गरेका छन्; तिनीहरूले हरेक दिन गर्ने हरेक कर्तव्य र काम सत्यता सिद्धान्तहरूअनुसार गरिन्छ कि गरिँदैन; र तिनीहरू कर्तव्य निर्वाह गर्दा त्यो मापदण्डअनुरूप हुन्छ कि हुँदैन र यसले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्छ कि पार्दैन भन्‍नेबारे घोरिएर सोच्‍ने वा मनन गर्ने प्रयास गर्दैनन्। तिनीहरू यी कुराबारे मनन गर्ने वा घोरिएर सोच्‍ने प्रयास कहिल्यै गर्दैनन्। तिनीहरू त भविष्यमा आफूले आशिष्‌हरू प्राप्त गर्न सकिएला कि नसकिएला र आफ्नो गन्तव्य के होला भनेर मात्र हिसाबकिताब गर्छन्। तिनीहरू आफ्नै हित र आफ्नै नाफा-नोक्सानबारे मात्र हिसाब गर्छन्, तर सत्यता, स्वभाव परिवर्तन वा कसरी परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्ने भन्‍नेबारे कहिल्यै कुनै ऊर्जा वा प्रयास लाउँदैनन्। ख्रीष्टविरोधीहरू कहिल्यै आफ्नो भ्रष्ट स्वभाव वा आफूले लिएका गलत मार्गहरूबारे मनन गर्ने, जान्ने, वा चिरफार गर्ने अभ्यास गर्दैनन्, र आफ्नो गलत दृष्टिकोण कसरी परिवर्तन गर्ने भनेर कहिल्यै विचार गर्दैनन्। तिनीहरू आफूले सत्यता उल्लङ्घन गरेको र परमेश्‍वरको विरोध गर्न धेरै दुष्ट कुरा गरेको तथ्यलाई कहिल्यै घृणा गर्दैनन्, तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिएकामा आफूलाई कहिल्यै घृणा गर्दैनन्, र तिनीहरू आफूले लिएका गलत मार्गहरू वा आफूले अवरोध र बाधा ल्याउन गरेका कुराहरूबारे कहिल्यै पछुतो गर्दैनन्। तिनीहरू कर्तव्य निर्वाह गर्ने क्रममा, हरहालतमा आफ्नो कमीकमजोरी, दुर्बलता, नकारात्मकता, निष्क्रियता र भ्रष्ट स्वभाव लुकाउनुबाहेक, अगाडि रहन सकूँ भनेर आफूलाई प्रदर्शन गर्न सक्दो प्रयास गर्छन्, र परमेश्‍वर र उहाँका चुनिएका मानिसहरूलाई आफ्नो प्रतिभा, वरदान र क्षमताहरू देखाउन हरसम्भव उपाय सोच्छन्। तिनीहरू यस कुरालाई आफूलाई सान्त्वना दिन प्रयोग गर्छन् अनि आफूलाई मुकुट र इनामहरू प्राप्त गर्ने पुँजी र निश्‍चितता मिलेको छ, र आफूले सत्यता खोजी गर्ने मार्गमा हिँड्नुपर्दैन भनेर सोच्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको समझ खराब हुन्छ। सत्यतामा जेजसरी सङ्गति गरिए पनि, र यसलाई जति नै स्पष्ट रूपमा सङ्गति गरिए पनि, तिनीहरू अझै पनि परमेश्‍वरका अभिप्रायहरू के हुन् वा परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य के हो, र मानिसहरूले अपनाउनुपर्ने सही मार्ग कुन हो भनेर बुझ्दैनन्। त्यस्ता मानिसहरूले आफ्नो दुष्ट स्वभावको कारण, आफ्नो दुष्ट प्रकृतिको कारण, र आफ्नो प्रकृति सारको कारण, भित्री रूपमा सत्यता के हो र सकारात्मक कुराहरू के हुन्, सही के हो र गलत के हो भनेर छुट्याउन सक्दैनन्। तिनीहरू आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई सत्यता, जीवनको एकमात्र उद्देश्य, र सबैभन्दा धार्मिक उद्यम मान्दै दह्रिलो गरी पक्रिराख्छन्। तिनीहरूलाई यदि व्यक्तिको स्वभाव परिवर्तन भएन भने ऊ सधैँ परमेश्‍वरको शत्रु हुनेछ भन्‍ने सत्यता थाहा हुँदैन, र परमेश्‍वर त्यस व्यक्तिलाई कुन आशिष् दिनुहुन्छ र उसलाई कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा उसको क्षमता, वरदान, प्रतिभा वा पुँजीमा आधारित हुँदैन, बरु ऊ कति धेरै सत्यता अभ्यास गर्छ र कति धेरै सत्यता प्राप्त गर्छ, र ऊ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति हो कि होइन भन्‍ने कुरामा आधारित हुन्छ भन्‍ने कुरा पनि थाहा हुँदैन। यी भनेका ख्रीष्टविरोधीहरूले कहिल्यै नबुझ्‍ने सत्यता हुन्। ख्रीष्टविरोधीहरू यस्तो कुरा कहिल्यै देख्दैनन्, र तिनीहरू सबैभन्दा बढी मूर्ख यहीँनेर हुन्छन्। सुरुदेखि अन्त्यसम्‍म, ख्रीष्टविरोधीहरूमा आफ्नो कर्तव्यप्रति मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू के विश्‍वास गर्छन् भने, कर्तव्य निर्वाह गर्नु भनेको लेनदेन हो, र जसले आफूलाई कर्तव्यमा सबैभन्दा बढी समर्पित गर्छ, जसले परमेश्‍वरको घरमा सबैभन्दा बढी योगदान दिन्छ र जसले परमेश्‍वरको घरमा सबैभन्दा धेरै वर्षसम्‍म सहेर बस्छ, उसैसँग अन्त्यमा आशिष् र मुकुट पाउने बढी मौका हुन्छ। ख्रीष्टविरोधीहरूको तर्क यही हो। के यो तर्क सही छ? (छैन।) के यस्तो दृष्टिकोण सुल्ट्याउन सजिलो हुन्छ? यो सुल्ट्याउन सजिलो हुँदैन। ख्रीष्टविरोधीहरूको प्रकृति सारले नै यो कुरा निर्धारित गर्छ। ख्रीष्टविरोधीहरू हृदयमा सत्यताप्रति वितृष्णा राख्छन्, तिनीहरू सत्यता पटक्‍कै खोजी गर्दैनन् र तिनीहरूले गलत मार्ग लिइरहेका हुन्छन्, त्यसकारण परमेश्‍वरसँग लेनदेन गर्ने तिनीहरूको दृष्टिकोण सुल्ट्याउन सजिलो हुँदैन। अन्ततः ख्रीष्टविरोधीहरू परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्, तिनीहरू अविश्‍वासी हुन्, र तिनीहरू स्वार्थी लाभको लागि आशिष्‌हरू प्राप्त गर्न आएका हुन्छन्। अविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु आफैमा टिक्‍न नसक्‍ने कुरा हो, यो आफैमा हास्यास्पद कुरा हो, अनि तिनीहरू परमेश्‍वरका लागि कष्ट भोग्दै र मूल्य चुकाउँदै परमेश्‍वरसँग लेनदेन गर्न र आशिषहरू प्राप्त गर्न चाहन्छन्, यो झनै हास्यास्पद कुरा हो।

ख्रीष्टविरोधीहरू आशिष् र मुकुट प्राप्त गर्न मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। कसैले तिनीहरूलाई जबरजस्ती गरेको कारण तिनीहरूले यो मार्ग लिएका हुँदैनन्, र परमेश्‍वरका वचनहरूले बहकाएको कारण पनि तिनीहरूले त्यसो गरेका हुँदैनन्। परमेश्‍वरले मानवजातिलाई प्रतिज्ञा गर्नुभयो, तर सँगसँगै तिनीहरूलाई धेरै सत्यता पनि दिनुभयो र तिनीहरूका लागि धेरै माग पनि अघि सार्नुभयो, र यो कुरा सामान्य मानिसहरूले देख्‍न सक्नुपर्छ। सामान्य मानवताको समझ भएका मानिसहरू के सोच्छन्? “यी आशिष्‌हरू प्राप्त गर्न सजिलो छैन, त्यसकारण मैले परमेश्‍वरका मागहरूअनुसार काम गर्नुपर्छ र म सही मार्गमा हिँड्नुपर्छ; म पावलको मार्गमा हिँड्नु हुँदैन। यदि मानिसहरू पावलको मार्गमा हिँडे भने, तिनीहरू पूरै खतम हुन्छन्। जब मानिसहरू परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्छन्, ती स्वीकार गर्छन्, र जब तिनीहरू तिनमा समर्पित हुन्छन्, तब मात्रै परमेश्‍वरले बोलेका सबै प्रतिज्ञा, आशिष्, सम्भावना र नियतिसँग तिनीहरूको सम्बन्ध हुन्छ। यदि तिनीहरू परमेश्‍वरका यी वचनहरूमा विश्‍वास गर्दैनन्, स्वीकार गर्दैनन्, र तिनीहरू तिनमा समर्पित हुँदैनन् भने, परमेश्‍वरले बोलेका यी सबै प्रतिज्ञा र आशिष्‌हरूसँग तिनीहरूको कुनै सम्बन्ध हुनेछैन।” सामान्य मानवताको समझ भएका मानिसहरू यस्तो सोच्छन्। तर किन ख्रीष्टविरोधीहरू यसरी सोच्दैनन्? ख्रीष्टविरोधीहरू शैतान हुन्, तिनीहरू दियाबलस हुन्, र तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन—यो पहिलो कारण हो। दोस्रो, ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्णा राख्छन्, परमेश्‍वरको मुखबाट बोलिने हरेक वचनलाई विश्‍वास गर्दैनन्, र सकारात्मक कुराहरूप्रति वितृष्णा राख्छन्। के सत्यता स्वीकार नगर्ने र सकारात्मक कुराहरूप्रति वितृष्णा राख्‍ने व्यक्तिले सत्यता र सकारात्मक कुराहरूअनुसार अभ्यास गर्न सक्छ? (अहँ, सक्दैन।) यो त ब्वाँसोलाई भेडासरह घाँस खान लाउनुजस्तै हो—तिनीहरूले आधारभूत रूपमा यो काम गर्न सक्दैनन्। जब कुनै मासु हुँदैन र तिनीहरू भोकले मर्न आँटेका हुन्छन्, तब तिनीहरू थोरै घाँस खान बाध्य हुन सक्छन्, तर खानलाई मासु छ भने, तिनीहरूको पहिलो छनौट अवश्य नै मासु हुन्छ; यो कुरा ब्वाँसोको प्रकृतिले नै निर्धारित गर्छ। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तै हुन्छ। तिनीहरूका हितहरूले तिनीहरूलाई केही असल व्यवहार देखाउन, निश्‍चित मूल्य चुकाउन, र केही असल प्रकटीकरण देखाउन उत्प्रेरित गर्न सक्छन्, तर तिनीहरू यी फाइदाहरूको पछ्याइ र चाहना कहिल्यै त्याग्‍न सक्दैनन्। उदाहरणका लागि, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा व्यक्तिगत हितहरू पछ्याउँछन्, र आफ्नो कर्तव्यलाई कसरी आफ्ना लागि आशिष्‌हरू प्राप्त गर्ने पुँजीमा परिणत गर्ने भनेर सोच्छन्। जब यो आशा नष्ट हुन्छ, र जब यो रक्षाको बाँध भत्कन्छ, तब तिनीहरूले कुनै पनि बेला, कुनै पनि परिस्थितिमा आफ्नो कर्तव्य त्याग्‍न सक्छन्। जब त्यो समय आउँछ, र तैँले तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्नु कति राम्रो अनि पूर्ण रूपमा स्वाभाविक र उचित कुरा हो भनेर भन्छस्, तब के तिनीहरूले तेरो कुरा सुन्छन् र? (अहँ, सुन्दैनन्।) जब तिनीहरूले हरेस खाएर छोडिजाने निर्णय गर्छन्, तब मानिसहरू तिनीहरूलाई मनाउने प्रयास गर्छन्: “तिमी बस्नुपर्छ। कर्तव्य निर्वाह गर्नु अत्यन्तै राम्रो कुरा हो र संसारमा फर्केर जाँदा अत्यन्तै गाह्रो हुन्छ। तिमीले केही पनि प्राप्त गर्नेछैनौ, तिमी हेपिनेछौ र थकित हुनेछौ, तिमीले सत्यता प्राप्त गर्नेछैनौ र मुक्ति पाउने कुनै मौका पाउनेछैनौ।” मानिसहरूले तिनीहरूलाई सल्लाह दिनु ठिक हुन्छ भन्‍ने सोच्छन् होला, तर तिनीहरू बस्नेछैनन् मात्र होइन, लाजले रुने पनि छन्। तिनीहरू किन रुनेछन्? (तिनीहरूलाई आफू अन्यायमा परेको छु भन्‍ने लाग्छ।) साँचो कुरा। अनि तिनीहरू कसरी अन्यायमा परेका हुन्छन्? (तिनीहरू आफूले धेरै कष्ट भोगेको छु र ठूलो मूल्य चुकाएको छु, तैपनि आफूले चाहेको कुरा प्राप्त गरेको छैनँ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरूलाई आफू अन्यायमा परेको छु भन्‍ने लाग्छ।) तिनीहरू आफूले केही प्राप्त गरेको छैनँ भन्‍ने सोच्छन्, र तिनीहरू गुनासोले भरिएका हुन्छन्। परमेश्‍वर यति महान् काम गर्नुहुन्छ, तर यसले तिनीहरूलाई कहिल्यै छुँदैन, न त तिनीहरू यसका लागि कहिल्यै आँसु नै झार्छन्, तर जब अरूले तिनीहरूलाई मनाउने प्रयास गर्छन्, तब तिनीहरू रुन थाल्छन्। यदि तिनीहरूलाई अन्याय भएको छ भन्‍ने लागेको थियो भने, तिनीहरूले किन त्यो कुरा भनेनन्? के यसलाई स्पष्ट रूपमा बताउँदा यो कुरा समाधान हुनेथिएन र? तिनीहरू केका लागि रोइरहेका हुन्? किन तिनीहरू स्पष्ट रूपमा बोल्दैनन्? किनभने तिनीहरूका विचारहरू यति बोल्‍न नमिल्‍ने किसिमका हुन्छन् कि तिनीहरूलाई यसबारे कुरा गर्नसमेत अप्ठ्यारो लाग्छ। सुरुमा, तिनीहरूले स्वर्ग र पृथ्वी हल्लिने गरी परमेश्‍वरसामु शपथ खाए, तर अहिले के भयो? “मलाई आफूले गरेको कामप्रति पछुतो छ; म कसरी यति मूर्ख हुन सकेँ? यस अवस्थामा पुग्‍छु भन्‍ने मलाई थाहा भएको भए, मैले विगतमा जे व्यवहार गरेँ त्यस्तो गर्नेथिइनँ! त्यो बेला मैले केही बुझेको थिइनँ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो भनेर भने, त्यसकारण नै मैले उहाँमा विश्‍वास गरेँ। मैले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न आफ्‍नो परिवार र जागिरसमेत त्यागेँ। मैले धेरै कष्ट भोगेँ, सतावट भोगेँ, र पक्राउ परेँ, तर मैले विगत केही वर्षदेखि कर्तव्य निर्वाह गरेर केही पनि प्राप्त गरेको छैनँ।” तिनीहरूलाई आफू अन्यायमा परेको छु भन्‍ने लाग्छ र दुःख लाग्छ, अनि आफूले गरेका सबै कुराप्रति पछुतो लाग्छ। तिनीहरूलाई यसो गर्नु सार्थक थिएन र आफूलाई मूर्ख बनाइयो र छलियो भन्‍ने लाग्छ। तिमीहरू यस्तो व्यक्तिबारे के गरिनुपर्छ भन्छौ? (तिनीहरूलाई तुरुन्तै पठाइहाल्नुपर्छ।) के तँ अझै पनि तिनीहरूलाई मनाउने प्रयास गर्नेछस्? (गर्नेछैनँ।) यदि तैँले तिनीहरूलाई मनाउने प्रयास गरिरहिस् भने, तिनीहरूले भुइँमा लडीबडी गर्दै तमासा देखाउनेछन्। तैँले त्यस्ता मानिसहरूलाई मनाउने प्रयास गर्नु हुँदैन।

परमेश्‍वरको घर कनानको असल भूमि हो। यो शुद्ध भूमि हो। मानिसहरू परमेश्‍वरको घर आउँछन् र परमेश्‍वरबाट आएका वचनहरूको न्याय र काटछाँट प्राप्त गर्छन्, र तिनीहरूले उहाँको भरणपोषण, सहयोग, अगुवाइ र आशिष्‌हरू प्राप्त गर्छन्। परमेश्‍वर व्यक्तिगत रूपमा काम गर्दै गोठालो गर्नुहुन्छ, र मानिसहरूले अलिअलि मूल्य चुकाउनुपर्ने र केही कष्ट भोग्‍नुपर्ने भए पनि, यो सार्थक हुन्छ। मानिसहरूले आफूलाई यो दुष्ट संसारबाट मुक्त गर्न, आफ्नो स्वभाव परिवर्तन गर्न र मुक्ति पाउनका लागि गर्ने सबै कुरा सार्थक हुन्छन्। तर ख्रीष्टविरोधीहरूको हकमा भने, यदि यो आशिष् वा इनामहरू प्राप्त गर्नका लागि होइन भने, यदि मुकुट र इनामहरू अस्तित्वमा छैनन् भने, ती सबै कुरा गर्नु सार्थक हुँदैन—ती सबै मूर्ख कार्यहरू हुन्, र ती सबै छलमा पर्नुका प्रकटीकरणहरू हुन्। तिनीहरूले पहिले जति नै ठूलो सङ्कल्प गरेका भए नि वा जति नै उच्च शपथ खाएका भए नि, ती सबै कुरालाई त्यतिकै बेवास्ता गर्न सकिन्छ र तिनलाई गन्ती गर्न सकिँदैन। यदि तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट भोगे र मूल्य चुकाए, र अन्त्यमा केही पनि प्राप्त गरेनन् भने, तिनीहरू यस्तो “समस्याग्रस्त स्थान” बाट जतिसक्दो चाँडो उम्कनु नै राम्रो हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु, कष्ट भोग्‍नु, र कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउनुलाई विकल्प नभएको कारण आफूले गर्नैपर्ने कुराहरूका रूपमा, र पुँजी प्राप्त गर्ने अनि मुकुट र इनाम सौदा गर्ने कुराहरूका रूपमा लिन्छन्। यो सुरुवाती बिन्दु आफै गलत छ, त्यसकारण अन्तिम परिणाम के हुन्छ? कतिपय मानिसको हकमा भन्दा, तिनीहरूको कर्तव्यपालन कमजोर हुन्छ र तिनीहरू अन्त्यसम्‍म श्रम गर्न सक्दैनन्। यसका साथै, त्यस्ता मानिसहरू आफ्नो प्रकृति सारको कारण आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने, लापरवाही र स्वेच्छाचारी रूपमा काम गर्ने, अनि अवरोध र बाधा पुऱ्याउने कुराहरू मात्रै गर्ने गर्छन्। त्यसोभए, तिनीहरूले गर्ने कर्तव्यहरू केमा परिणत हुन्छन्? परमेश्‍वरको नजरमा, ती असल कार्यहरू होइनन्, बरु दुष्ट कार्यहरू हुन्, ती दुष्ट कार्यहरूका रास हुन्। त्यस्ता परिणामहरूको एउटा मूल कारण हुन्छ। के सत्यता वा परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्ने व्यक्तिले उहाँका वचनहरूअनुसार काम गर्न सक्छ? अवश्य नै सक्दैन। तिनीहरूले आफूलाई प्रदर्शित गर्ने, शक्ति हातमा लिने, अरूलाई नियन्त्रण गर्ने, अरूको व्यवहार र विचार नियन्त्रण गर्ने, र आफ्नै उद्देश्यका लागि मानिसहरूका सबै कुरा नियन्त्रण गर्ने हरेक अवसर मात्रै खोज्छन्। त्यसकारण, धेरै दुष्कर्म गर्ने यीमध्ये कतिपय मानिसलाई निष्कासित गरिन्छ, र आफूलाई ढाकछोप गर्न अलिक धूर्त र सिपालु कतिपय मानिस भने अझै परमेश्‍वरको घरमै रहन्छन्। यी मानिसहरू परमेश्‍वरको घरमा रहन्छन् भनेर किन भनिन्छ? यी मानिसहरूले स्पष्ट दुष्कर्म गरेका हुँदैनन्, र तिनीहरूमध्ये कतिले आफ्नो स्थानसमेत चिनेका हुन्छन् र तिनीहरू राम्रो व्यवहार भएका र आज्ञाकारी हुन्छन्, तिनीहरू जे भनियो त्यही गर्छन्, तर तिनीहरूको सारको हकमा भन्दा, तिनीहरूले आफ्नो क्षमताले भ्याएअनुसार आफ्‍ना कर्तव्य र दायित्वहरू पूरा गर्न सक्दैनन्। तिनीहरू आफूलाई परमेश्‍वरमा समर्पित गर्दैनन्, बरु आफूले अन्त्यसम्‍मै कष्ट भोगे केही कुरा जितिन्छ र प्राप्त गरिन्छ भन्‍ने विश्‍वास गर्दै समय बर्बाद गर्छन्। तिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू ती अवसरवादी हुन्, ती मानिसहरू आधारभूत रूपमा सत्यता पछ्याउँदैनन्। कति मानिसहरूले परमेश्‍वरको घरमा केही दुष्कर्म गरेका हुन्छन्, तर परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूअनुसार, तिनीहरू निकालिने वा निष्कासित गरिने हदमा पुगेका हुँदैनन्, र तिनीहरूले अझै पनि कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। वास्तवमा, तिनीहरूलाई भित्री रूपमा परमेश्‍वरको घरले आफूलाई नहटाउनु वा निष्कासित नगर्नुको कारण राम्ररी जानकारी नभएकाले वा परमेश्‍वरको घरलाई तिनीहरूको वास्तविक स्थितिको जानकारी नभएकाले होइन, बरु अन्य विभिन्‍न कारणले गर्दा हो भनेर थाहा हुन्छ। निष्कासित नभएका यीमध्ये कतिपय मानिस पनि ख्रीष्टविरोधी नै हुन्। मैले किन यसो भनेँ? किनभने यी मानिसहरूसँग अहिले मौका मात्र नभएको हो, तर तिनीहरूले आफ्नो प्रकृति सारका आधारमा हैसियत प्राप्त गरेपछि र शक्ति हातमा लिएपछि तुरुन्तै कैयौँ दुष्कर्महरू गर्नेछन्। यसअलावा, ती मानिसहरूलाई परमेश्‍वरको घरबाट ननिकालिएको भए पनि, तिनीहरूको कर्तव्य निर्वाहमा प्रायजसो फाइदाभन्दा बढी बेफाइदा नै हुन्छन्। तिनीहरू प्रायजसो केही न केही खराब कुराहरू, अर्थात् परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने कुराहरू गरिरहन्छन्। तिनीहरू आफूलाई यो कुरा थाहा भए पनि, कहिल्यै पछुतो मान्दैनन्, कहिल्यै आफूले गलत काम गरेछु भन्‍ने सोच्दैनन्, र कहिल्यै आफूले यस्तो व्यवहार गर्नु हुँदैनथ्यो भन्‍ने सोच्दैनन्। तिनीहरूलाई कुनै अफसोस हुँदैन, बरु यसको साटो तिनीहरूको हृदयमा कस्तो स्थिति पैदा हुन्छ? “जबसम्म परमेश्‍वरको घरले मलाई निष्कासित गर्दैन, तबसम्म म जसोतसो यहीँ बस्‍नेछु र मेरो समय समाप्त नभएसम्म झारा टार्नेछु। म सत्यता पछ्याउनेछैनँ, र तिनीहरूले मलाई कुनै काम गर्न लगाए भने, म आफूले गर्न सक्ने जति गर्नेछु। यदि म खुसी भएँ भने, म अलिक बढी गर्नेछु, र यदि म खुसी भइनँ भने, म अलिक कम गर्नेछु। यसअलावा, मैले तिनीहरूलाई पछाडि नै रोक्‍नुपर्छ र केही नकारात्मकता र धारणा, र केही आलोचनात्मक कुरा फैलाउनुपर्छ। जब त्यो समय आउँछ, तब तिनीहरूले मलाई हटाए पनि, निकाले पनि र मैले कुनै आशिष् नपाए नि, म कतिपय मानिसलाई बलिको बोका बनाई प्रयोग गर्नेछु र अरूलाई पनि आफूसँगै ढाल्‍नेछु।” के तिनीहरू दुष्ट मानिस होइनन् र? तिनीहरू कुन-कुन मानिसहरूसँग कुनै खुट्ट्याउने क्षमता छैन, कुन-कुन मानिसहरू प्रायजसो कमजोर र नकारात्मक हुन्छन्, कुन-कुन मानिसहरूमा खराब मानवता छ, कुन-कुन मानिसहरू व्यभिचारी छन्, र कुन-कुन मानिसहरू गैरविश्‍वासीजस्ता देखिन्छन् भनेर अवलोकन गर्छन्, र त्यसपछि ती मानिसहरूलाई आकर्षित गर्छन् र पर्दापछाडि तिनीहरूमाझ नकारात्मकता फैलाउँछन्। के तिनीहरूलाई त्यस्ता कार्यहरूको प्रकृति थाहा हुन्छ? त्यो तिनीहरूलाई राम्रैसित थाहा हुन्छ। त्यसोभए तिनीहरूले किन अझै यस्तो व्यवहार गर्न सक्छन् त? (तिनीहरूको प्रकृति परिवर्तन गर्न सकिँदैन।) तिनीहरूको प्रकृति परिवर्तन गर्न नसक्नु त बाहिरबाट स्पष्ट देखिने कुरा हो, तर वास्तवमा तिनीहरू के सोच्छन्? (तिनीहरू यसलाई दुवै तर्फबाट घाटा हुने स्थिति बनाउन र परमेश्‍वरसँग बदला लिन अरूलाई पनि आफूसँगै नष्ट हुने स्थितिमा पुर्‍याउन चाहन्छन्।) तिनीहरूमा यस्तो दुर्भावनापूर्ण मन हुन्छ। तिनीहरूलाई आफ्ना दिनहरू सकिन बेर छैन र ढिलोचाँडो आफूलाई निकालिनेछ भन्‍ने थाहा हुन्छ। तिनीहरूलाई आफूले के गरेको छु र आफूले गरेका यी कुराहरूको प्रकृति के हो भन्‍ने थाहा हुन्छ, तर तिनीहरू नफर्कने, पश्‍चात्ताप नगर्ने वा आफूमा भएको दुष्टता नत्याग्‍ने मात्र हुँदैनन्, तिनीहरू त यी कुराहरूलाई झन् दोब्‍बर पार्छन् र आफूसँगै दुष्कर्म गर्न थप दुष्ट मानिसहरूलाई आकर्षित गर्छन्। तिनीहरू नकारात्मकता फैलाउने र धारणाहरू प्रचार गर्नेसमेत गर्छन्, जसले गर्दा अझै धेरै मानिसले कर्तव्य त्याग्छन् र परमेश्‍वरको घरका हितहरूमा हानि गर्छन्। यसमा अलिक बदलाको प्रकृति हुन्छ, र तिनीहरूले यसो गरेर भन्‍न खोजेको कुरा यस्तो हुन्छ: “म अझै विश्‍वास गरिरहन सक्दिनँ, र ढिलोचाँडो मलाई परमेश्‍वरको घरले निकाल्‍नेछ, त्यसैले म तिमीहरूलाई यो सब सहजै गर्न दिन सक्दिनँ, र परमेश्‍वरको घरलाई पनि यो काम सजिलै गर्न दिनेछैनँ!” परमेश्‍वरको घरले तिनीहरूबारे कुनै निर्णय गर्नुभन्दा पहिले नै तिनीहरू आक्रमण गर्छन्। के यी दुष्ट मानिसहरूका कार्य होइनन् र? तिनीहरू यस्तो विश्‍वास गर्छन्, “मसँग आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा छैन। तिमीहरूले मलाई मैले पहिले गरेका कुराहरू भन्‍नुपर्दैन—मैले यो सबै कुरा स्पष्टै बुझेको छु। तिमीहरूले मलाई निष्कासित गर्नुपर्दैन; म आफै त्याग्‍नेछु।” तिनीहरू त्यसो गर्नु आत्मचेतनाको कुरा हो र त्यो उचित कार्य हो, र त्यो बुद्धिमानी कदम हो भन्‍नेसमेत विश्‍वास गर्छन्। तिनीहरू भन्छन्, “यदि तिमी मलाई आशिष्‌हरू प्राप्त गर्न दिँदैनौ भने, र मैले केही पनि प्राप्त गरिनँ भने, मैले पश्‍चात्ताप नगर्ने मात्र होइन, तिमीलाई समेत पछि तान्‍नेछु, नकारात्मकता फैलाउनेछु, र तिम्रो पिठ्युँपछाडि धारणा र भ्रमहरू फैलाउनेछु। यदि मैले आशिष्‌हरू प्राप्त गर्न सकिनँ भने, अरूले प्राप्त गर्नेछन् भन्‍ने नसोच!” के त्यस्ता मानिसहरू दुर्भावनापूर्ण हुँदैनन् र? कति ख्रीष्टविरोधीहरू त “हामीजस्ता मानिस परमेश्‍वरको घरमा शोषणका सिकार बन्छौँ; हामी सबै अत्यन्तै मूर्ख हौँ!” भन्दै हिँड्छन्। तिनीहरू आफूले आशिष् पाउन सक्दिनँ भन्‍ने देख्छन्, त्यसैले यी नकारात्मक, भ्रमित र समझहीन मानिसहरूलाई यी कुराहरू बताउन विशेष ध्यान दिन्छन्। के यसमा बाधाको प्रकृति छैन र? तिनीहरूलाई आफू परमेश्‍वरको घरमा दृढ हुन सक्दिनँ र आफूलाई आशिष् दिइनेछैन, र ढिलोचाँडो आफूलाई निकालिनेछ भन्‍ने विश्‍वास लागेपछि, तिनीहरूले छनौट गर्ने मार्ग आफूले अङ्गालेको दुष्टता त्याग्‍ने र परमेश्‍वरअघि पाप स्विकार्ने र पश्‍चात्ताप गर्ने, इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्ने, र विगतका गल्तीहरू परिपूर्ति गर्ने हुँदैन। बरु उल्टै, तिनीहरू परमेश्‍वरको घरमा नकारात्मकता फैलाउने कामलाई दोब्‍बर पार्छन्, अरूको कर्तव्य निर्वाहमा बाधा दिन्छन्, परमेश्‍वरको घरको काममा हानि र बाधा पुर्‍याउँछन्, र अरू धेरै मानिसलाई पनि आफूजस्तै दुष्कर्म गर्न, नकारात्मक बन्‍न र पछि हट्न, अनि कर्तव्यपालन त्याग्‍न लगाउने प्रयास गर्छन्, र यसबाट बदला लिने तिनीहरूको उद्देश्य हासिल हुन्छ। के दुष्ट मानिसहरू यही गर्दैनन् र? के त्यस्ता मानिसहरू अझै हृदयमा परमेश्‍वरलाई राख्छन्? (अहँ, राख्दैनन्।) तिनीहरूको हृदयमा त स्वर्गको एउटा अस्पष्ट परमेश्‍वर हुन्छ, र तिनीहरूले पृथ्वीका मानिसहरूले देख्‍न सक्‍ने र मानिसहरूमाझ काम गर्नुहुने परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्। कति मानिसहरू यस्ता पनि छन् जो ठ्याक्‍कै उल्टो काम गर्छन्। तिनीहरूले हृदयमा सधैँ अस्पष्ट परमेश्‍वरलाई विश्‍वास गरेका हुन्छन्, तर अन्त्यमा, तिनीहरू आफूले परमेश्‍वरजस्तै पूज्य ठानेका मानिसहरूमा समर्पित हुन्छन्, र त्यसैले तिनीहरू आफूले गर्ने सबै कुरामा ती मानिसहरूमै समर्पित हुन्छन्। परमेश्‍वरलाई मानवझैँ मानेर विश्‍वास गर्नु भनेको के हो? जब तिनीहरूले अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले देख्‍न नसक्‍ने यो अस्पष्ट परमेश्‍वरले तिनीहरूलाई आशिष् दिन सक्नुहुन्छ र उहाँसँग तिनीहरूलाई अर्को युगमा लैजाने र तिनीहरूलाई इनाम र मुकुट दिने पर्याप्त क्षमता छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरू थाहै नपाई पृथ्वीको व्यावहारिक परमेश्‍वरलाई शङ्का गर्न थाल्छन्। तिनीहरूले उहाँलाई जसरी हेरे पनि, उहाँ परमेश्‍वरजस्तो देखिनुहुन्‍न, त्यसकारण उहाँमा विश्‍वास गर्न तिनीहरूलाई गाह्रो हुन्छ। तिनीहरू हृदयमा स्वर्गको परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने मात्रै विश्‍वास गर्छन्, र तिनीहरूले देख्‍न सक्‍ने व्यावहारिक परमेश्‍वर अत्यन्तै सानो, अत्यन्तै सामान्य, र अत्यन्तै व्यावहारिक भएकाले, तिनीहरूको दृष्टिकोणमा उहाँसँग तिनीहरूलाई उहाँमा विश्‍वास गराउनका लागि चाहिने कुराहरू हुँदैनन्, र तिनीहरू यी परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्। जब तिनीहरू परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्, तब तिनीहरूका कठिनाइहरू पैदा हुन्छन्: “मानिसहरूलाई सत्यता र केही प्रतिज्ञा दिनेबाहेक, यस व्यक्तिले अरू के गर्न सक्छ र? मैले उसलाई जसरी हेरे पनि, ऊ परमेश्‍वरजस्तो देखिँदैन र उसले मानिसहरूलाई कुनै फाइदा वा लाभहरू प्रदान गर्न सक्दैन। ऊ त मानव मात्रै हो; यस व्यक्तिले के गर्न सक्छ र? यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे भने, तिनीहरूसँग अझै पनि थोरै आशा, र थोरै आत्मिक भरणपोषण हुन्छ। तर यदि तिनीहरूले मानवमा विश्‍वास गरे भने, यस मानवले मानिसहरूलाई के-कस्ता फाइदा र लाभहरू दिन सक्छ र? के उसमा मानिसहरूको आशा र भरणपोषण साकार हुन सक्छन् र? के तिनीहरूको हात रित्तो हुनेछैन र? यदि ऊ मानव हो भने, उसको डर मान्नुपर्दैन। मैले के भन्‍नुपर्छ र के गर्नुपर्छ त्यो म उसको आँखाअगाडि भन्‍नेछु र गर्नेछु।” दुष्ट मानिसहरू परमेश्‍वरसँग यसरी नै व्यवहार गर्छन्। जब तिनीहरूले उहाँलाई देखेका हुँदैनन्, तब तिनीहरू परमेश्‍वर यति उच्च, यति पवित्र, यति चिढ्याउन नसकिने हुनुहुन्छ भनेर कल्पना गर्छन्, तर जब तिनीहरू पृथ्वीको परमेश्‍वरलाई देख्छन्, तब तिनीहरूको कल्पना र धारणाहरू आधारहीन बन्छन्। यस्तो हुँदा तिनीहरू के गर्छन्? तिनीहरू परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्। त्यसपछि परमेश्‍वरप्रति तिनीहरूको हृदयमा भएको थोरै आदर पनि हराउँछ, उहाँप्रतिको भय वा डरको त झन् कुरै नगरौँ। यी कुराहरू नभएपछि, दुष्ट मानिसहरू दुस्साहसी बन्छन् र तिनीहरूको हृदयमा भएको सुरक्षा रेखा र सतर्कता हराउँछ, र त्यसपछि तिनीहरूले जेसुकै गर्ने आँटसमेत गर्नेछन्। त्यस्ता मानिसहरूले अन्त्यसम्मै विश्‍वास गरे पनि, तिनीहरू अझै पनि परमेश्‍वरको प्रतिरोध गर्ने मानिस नै हुनेछन्।

ख्रीष्टविरोधीहरूलाई स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्न सजिलो हुन्छ, तर तिनीहरूलाई पृथ्वीको परमेश्‍वरमा विश्‍वास गर्नु साँच्‍चै गाह्रो हुन्छ। पावल यसको जीवित उदाहरण थियो। ख्रीष्टमाथिको उसको विश्‍वासको अन्तिम परिणाम के थियो? ख्रीष्टमाथिको विश्‍वासमा उसले पछ्याएको लक्ष्य अन्ततः केमा परिणत भयो? उसले ख्रीष्ट बन्‍न र ख्रीष्टको स्थान लिन चाह्यो। उसले पृथ्वीको परमेश्‍वरलाई इन्कार गर्‍यो र स्वर्गको परमेश्‍वरबाट मुकुट र आशिष्‌हरू प्राप्त गर्न चाह्यो। यी ख्रीष्टविरोधीहरू ठ्याक्‍कै पावलजस्तै हुन्। तिनीहरू पृथ्वीको परमेश्‍वरलाई मानवका रूपमा लिन्छन्, र तिनीहरू आफ्नो हृदयमा स्वर्गको अस्पष्ट परमेश्‍वरलाई सबैभन्दा ठूलो परमेश्‍वरका रूपमा लिन्छन्, जसलाई इच्छाअनुसार छल गर्न, खेलौना बनाउन, र चाहेअनुसार अर्थ्याउन र धारणाहरूको विषय बनाउन र मनलागी रूपमा प्रतिरोध गर्न सकिन्छ। अविश्‍वासी र ख्रीष्टविरोधीहरू स्वर्गको परमेश्‍वर र पृथ्वीको परमेश्‍वरलाई कसरी लिन्छन् भन्नेबीचको भिन्‍नता यही हो। तिनीहरूले पृथ्वीको परमेश्‍वरलाई यस्तो मनोवृत्तिले लिने हुनाले नै तिनीहरू आफ्नो कर्तव्यलाई लिने तरिकामा फरक प्रकटीकरणहरू प्रदर्शित गर्छन्। यी प्रकटीकरणहरूमा तिनीहरूले पृथ्वीको परमेश्‍वरलाई देख्दा कर्तव्य निर्वाह गर्नमा झन्-झन् कम चासो दिनु र इच्छा देखाउनु समावेश छ। यसले गर्दा तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने रुचि गुमाउँछन् र केही नकारात्मक विचार र प्रकटीकरण पैदा गर्छन्। त्यसैले, ख्रीष्टविरोधीहरू सबै अन्त्यमा दृढ हुन सक्दैनन्; मण्डलीले तिनीहरूलाई निकालिएन भने पनि, तिनीहरू आफै स्वेच्छाले छोडेर जान्छन्। के तिमीहरूलाई त्यस्ता कुनै उदाहरणहरू थाहा छ? (छ, मैले पनि पहिले ख्रीष्टविरोधीलाई भेटेको छु। ऊ निकै स्वेच्छाचारी थियो। ऊ सत्यता पछ्याउने वा सत्यता अभ्यास गर्ने गर्दैनथ्यो, र ऊ आफ्नो कर्तव्य झाराटारुवा र गैरजिम्मेवार तरिकाले गर्थ्यो। यसका साथै, ऊ आफ्नो पेसाको अध्ययन गर्न त्यति मेहनत गर्दैनथ्यो, र ऊ अत्यन्तै अल्छी थियो, र धाक लाउँदै हिँड्थ्यो। हरेक दिन उसको मुख्य ध्यान खाने र लाउनेमा मात्रै हुन्थ्यो, र ऊ व्यभिचारमा संलग्‍न हुन्थ्यो। उसलाई निष्कासित गर्दा, ऊसँग पश्‍चात्ताप गर्ने अलिकति पनि अभिप्राय थिएन, र उसले यसलाई राहत मिलेजस्तो महसुस गर्‍यो।) यस्ता मानिसहरू कर्तव्य पूरा गर्ने अवसरलाई बहुमूल्य ठान्दैनन्, आफ्नो कर्तव्यलाई आदर गर्ने वा मूल्यवान् ठान्‍ने त झनै गर्दैनन्, तिनीहरू लापरवाह हुन्छन् र आफ्नो समय बर्बाद गर्छन्। के कसैले उसलाई कर्तव्य निर्वाह गर्ने तरिका यस्तो होइन भनेर सङ्गति दिएको थियो? (थियो। मैले उसलाई सङ्गति दिएको थिएँ, तर उसले मेरो कुरा सुनेन, र उसको मनोवृत्ति निकै झाराटारुवा थियो।) अरू कसैले उदाहरण देऊ त। (एक जना निर्देशक थियो जसले निरन्तर झारा टार्दै कर्तव्य निर्वाह गर्थ्यो; उसले छायाङ्कन गर्ने धेरैजसो सामग्रीहरू अनुचित हुन्थे, र ऊ अवरोध र बाधाहरू पनि पैदा गर्थ्यो। उसलाई ख समूहमा सारिएपछि, उसले कर्तव्य निर्वाह गर्नै छोड्यो। ऊ दिनभरि काममा जान र पैसा कमाउनमा व्यस्त हुन्थ्यो, र ऊ गैरविश्‍वासीहरूसँग संगत गर्थ्यो, र अन्त्यमा उसलाई हटाइयो। वास्तवमा, मण्डलीले उसलाई नहटाएको भए पनि, ऊ आफै पछि हट्नेथ्यो। ऊ सत्यता पछ्याउँदैनथ्यो, र ऊ अन्ततः दृढ रहन सकेन।) यी ख्रीष्टविरोधीहरूको स्वभाव सार उस्तै हुन्छ, तिनीहरू सत्यता र सकारात्मक कुराहरूप्रति वितृष्ण राख्छन्, तिनीहरूलाई अधार्मिकता मन पर्छ, र तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहनाहरू अत्यन्तै दह्रिला हुन्छन्। तिनीहरू कर्तव्यलाई खेलजस्तै र झाराटारुवा तरिकाले लिन्छन्, र तिनीहरूको व्यवहार गर्ने शैली अत्यन्तै अनुचित र अनियन्त्रित हुन्छ। तिनीहरूको प्रकृति दुष्ट र क्रूर हुन्छ। तिनीहरू आशिष्‌हरू प्राप्त गर्न मात्र परमेश्‍वरको घरमा आउँछन् र कर्तव्य निर्वाह गर्छन्, र आशिष्‌हरू प्राप्त नहुने भएको भए, तिनीहरूले परमेश्‍वरमा विश्‍वास नै गर्नेथिएनन्! यी मानिसहरू र गैरविश्‍वासीहरूबीच आधारभूत रूपमा कुनै भिन्‍नता छैन, तिनीहरू पूर्ण रूपमा अविश्‍वासी र गैरविश्‍वासी हुन्; तिनीहरूको सार यही हो। यदि तैँले तिनीहरूलाई गैरविश्‍वासीजस्तै हुन दिइनस्, र परमेश्‍वरका विश्‍वासीहरूका माझ कर्तव्य निर्वाह गर्न लगाइस् भने, तिनीहरूलाई यो जीवन अत्यन्तै पीडादायी लाग्छ, र हरेक दिन यातनाजस्तो लाग्छ। तिनीहरूलाई परमेश्‍वरको घरका दाजुभाइ-दिदीबहिनीहरूसँग राम्रो तरिकाले कर्तव्य निर्वाह गर्नु, आफ्नो उचित स्थानमा बस्नु रोचक कुरा होइन, र संसारका गैरविश्‍वासीहरूसँग घुम्दाजस्तो यो जीवन स्वतन्त्र र बन्धनमुक्त हुँदैन भन्‍ने लाग्छ—तिनीहरूलाई त्यस्तो जीवनशैली नै रोचक हुन्छ भन्‍ने लाग्छ। त्यसकारण, बाध्यताले मात्रै तिनीहरू परमेश्‍वरको घरमा आउँछन् र कर्तव्य निर्वाह गर्छन्, यो कुरा आशिष्‌हरू प्राप्त गर्ने अभिप्रायले गरिएको हुन्छ, र व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि गरिएको हुन्छ। तिनीहरूको प्रकृति सारका आधारमा हेर्दा, तिनीहरू आधारभूत रूपमा सत्यता वा सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, झन् परमेश्‍वरले हासिल गर्न सक्ने कुराहरूमा विश्‍वास गर्नु त परको कुरा हो। तिनीहरू पूराको पूरा अविश्‍वासी, र पूराको पूरा अवसरवादी हुन्। तिनीहरू कर्तव्य निर्वाह गर्न आएका हुँदैनन्, बरु दुष्कर्म गर्न, बाधाहरू पैदा गर्न, र लेनदेन गर्न आएका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूका यी समग्र प्रकटीकरणहरूबाट हेर्दा, जब यी मानिसहरू परमेश्‍वरको घरमा हुन्छन्, तब यिनीहरू यसको काममा उपयोगी हुन्छन् कि हानिकारक हुन्छन्? (हानिकारक।) के तैँले ख्रीष्टविरोधी सार भएको त्यस्तो कुनै व्यक्तिलाई कहिल्यै देखेको छस्, जो केही हदसम्‍म वरदानप्राप्त र सक्षम छ, र परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्दा समस्या र अवरोधहरू पैदा नगरी आफ्‍नो उचित स्थानमा बस्‍न सक्छ? मानिलिऊँ तँ ख्रीष्टविरोधीलाई यसो भन्छस्, “विगतमा केही दुष्कर्म गरेको तिमीजस्तो व्यक्तिको भविष्यमा कुनै सम्‍भावना वा गन्तव्य हुनेछ कि छैन भन्‍ने निश्‍चित हुँदैन। तिमी केही हदसम्‍म वरदानप्राप्त भएको हुनाले, परमेश्‍वरको घरमा सेवा दिन कठिन परिश्रम मात्रै गर!” आफूले आशिष् पाउँछु कि दुःख पाउँछु भन्‍ने कुरा नसोची के तिनीहरू सेवा दिन इच्छुक हुनेछन्? अवश्यै हुनेछैनन्। यो कुरा हासिल गर्न सक्‍ने मानिसहरू त तुलनात्मक रूपमा अलि राम्रो मानवता भएका मानिस हुन्, तर के ख्रीष्टविरोधीहरूमा त्यस्तो मानवता हुन्छ र? (अहँ, हुँदैन।) तिनीहरूको स्वभाव क्रूर हुन्छ। तिनीहरू सोच्छन्, “यदि तिमीले मलाई फाइदा, वा केही प्रतिज्ञा वा प्रतिबद्धता दिएनौ भने, म तिम्रा लागि कसरी मेहनत गर्न सक्छु र? यसबारे त सोच्दा पनि नसोच, यो कुनै पनि हालतमा हुनेछैन!” यो क्रूर स्वभाव हो। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य, परमेश्‍वर र परमेश्‍वरका मागहरूलाई कसरी लिन्छन्, त्यसको विस्तृत प्रकटीकरण यही हो। के “परमेश्‍वरले मलाई उत्थान गरी यो वरदान दिनुभएको छ, त्यसकारण म आफूलाई परमेश्‍वरमा समर्पित गर्नेछु” भनेर भन्‍ने कुनै ख्रीष्टविरोधीहरू छन् भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) तिनीहरूले के भन्‍नेछन्? “तिमी मलाई शोषण गर्न चाहन्छौ? तिमी केवल मेरा वरदान र प्रतिभालाई मात्रै रुचाउँछौ। यदि तिमी मबाट फाइदा लिन चाहन्छौ भने, तिमीले पनि मलाई केही फाइदा दिनुपर्छ। यदि तिमी मलाई शोषण गर्न चाहन्छौ भने, त्यस्तो हुनेवाला छैन!” तिनीहरू यो परमेश्‍वरले तिनीहरूलाई उत्थान गर्नुभएको हो भन्‍ने विश्‍वास गर्दैनन्, न त यो परमेश्‍वरले दिएको तिनीहरूले कदर गर्नुपर्ने अवसर हो भनेर नै विश्‍वास गर्छन्, तिनीहरू त यो तिनीहरूको शोषण हो भन्‍ने ठान्छन्। ख्रीष्टविरोधीहरू यही विश्‍वास गर्छन्। कति मानिसहरू सायद क्षणिक रूपमा अज्ञानी हुन्छन्, तिनीहरू अवरोध बाधाहरू ल्याउँछन्, र केही खराब कुरा गर्छन्, र त्यसपछि तिनीहरूलाई आत्मचिन्तनका लागि अलग गरिन्छ। सत्यता पछ्याउनेहरू केही समय चिन्तन गर्छन् र यसो भन्छन्: “मैले परमेश्‍वरसामु गल्ती स्विकारेर पश्‍चात्ताप गर्नैपर्छ, र मैले भविष्यमा फेरि त्यस्तो व्यवहार गर्नु हुँदैन। मैले समर्पित हुन, अरूसँग सहकार्य गर्न सिक्‍नैपर्छ, र सत्यता खोजी गर्न र परमेश्‍वरको वचनअनुसार काम गर्न सिक्‍नैपर्छ, र मैले फेरि दुष्कर्म गर्नै हुँदैन।” त्यसपछि, मण्डलीले तिनीहरूलाई कर्तव्य निर्वाह गर्न लगाउँछ, र तिनीहरू आँसु झार्दै परमेश्‍वरलाई धन्यवाद दिन्छन्, र परमेश्‍वरले तिनीहरूलाई दिएको यस मौकालाई हृदय भित्रैदेखि नै एकदमै कदर गर्छन्। फेरि कर्तव्य निर्वाह गर्ने मौका पाउँदा तिनीहरूलाई सम्‍मानित महसुस हुन्छ। तिनीहरू यसलाई कदर गर्नुपर्छ र यसलाई फेरि फुत्किन दिनु हुँदैन भन्‍ने महसुस गर्छन्, अनि पहिलेभन्दा राम्रोसित कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले आफूलाई केही मात्रामा चिनेका हुन्छन् र तिनीहरू केही मात्रामा परिवर्तन भएका हुन्छन्। तिनीहरूले अझै पनि केही अज्ञानी कुरा गर्न सक्छन्, र तिनीहरू अझै पनि नकारात्मक र कमजोर हुन सक्छन्, र कहिलेकाहीँ आफ्‍नो काम त्याग्छन्, तर समग्र मानसिकता र मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरू पहिले नै रूपान्तरित भइसकेका हुन्छन्। तिनीहरू आफ्नो पहिलेका कार्यहरूलाई घृणा गर्छन् र यस मामलामा केही ज्ञान प्राप्त गरेका हुन्छन्। तिनीहरू सत्यता स्विकार्न सक्छन् र तिनीहरू अलिक समर्पित हुन्छन्। अझै महत्त्वपूर्ण कुरा, जब परमेश्‍वरको घरले तिनीहरूलाई फर्केर आउने र कर्तव्य निर्वाह गर्ने मौका दिन्छ, तब तिनीहरू इन्कार्ने, बहाना बनाउने, वा प्रतिरोध गर्ने गर्दैनन्, र अवश्य नै अप्रिय कुराहरू पनि बोल्दैनन्। बरु, तिनीहरूलाई सम्‍मानित महसुस हुन्छ र आफूलाई परमेश्‍वरले त्याग्‍नुभएको छैन भन्‍ने लाग्छ, र आफूले परमेश्‍वरको घरमा अझै पनि कर्तव्य निर्वाह गर्ने मौका पाएकाले यसलाई कदर गर्नुपर्छ भन्‍ने लाग्छ। तिनीहरूको मनोवृत्ति पहिले नै धेरै परिवर्तन भइसकेको हुन्छ। त्यस्ता मानिसहरू नै मुक्ति पाउन सक्‍ने मानिस हुन्।

ख्रीष्टविरोधीहरू र मुक्ति पाउन सक्‍ने मानिसहरूबीच के भिन्‍नता हुन्छ? जब ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्छन्, तब तिनीहरू अन्तिम निर्णय आफै गर्न चाहन्छन्, शक्ति र फाइदाहरूप्रति लागिपर्छन्, र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। यदि तिनीहरूले शक्ति वा लाभहरू प्राप्त गरेनन् भने, कर्तव्य निर्वाह गर्न चाहँदैनन्। तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा ल्याएपछि र परमेश्‍वरको घरले तिनीहरूलाई बर्खास्त गरेपछि, अलग्याएपछि, वा हटाएपछि, के तिनीहरू साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्? तिनीहरू के भन्छन्? “तिमी मलाई शोषण गर्नका लागि पश्‍चात्ताप गराउन चाहन्छौ? म उपयोगी हुँदा तिमी मलाई तानेर लैजान्छौ तर मेरो कुनै आवश्यकता नहुँदा मलाई लत्त्याउँछौ।” यो कस्तो विकृत तर्क हो? लत्त्याउनु भनेको के हो? यदि तिनीहरूले दुष्कर्म नगरेका भए, के परमेश्‍वरको घरले तिनीहरूसँग व्यवहार गर्नेथियो? यदि तिनीहरूले सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य निर्वाह गरेका भए, के परमेश्‍वरको घरले तिनीहरूलाई स्वेच्छाचारी ढङ्गले निराकरण गर्नेथियो? यी मानिसहरूले अवरोध र बाधाहरू ल्याएको, र दुष्टता गरेको कारण मण्डलीको काममा घाटा भयो। परमेश्‍वरको घरले तिनीहरूलाई निराकरण गर्‍यो, तर तिनीहरू यसलाई स्विकार्न वा आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने प्रयास गर्न नमान्‍ने मात्र होइन, बरु तिनीहरू द्वेषले भरिन्छन्। तिनीहरूलाई आफू अब लोकप्रिय वा शक्तिमा छैनँ, र आफूलाई हेपिएको र दुर्व्यवहार गरिँदै छ भन्ने लाग्छ। जब तिनीहरूलाई फेरि कर्तव्य निर्वाह गर्ने मौका दिइन्छ, तब तिनीहरूले हृदयमा कृतज्ञ नहुने र यो अवसरलाई कदर नगर्ने मात्र नगरी, परमेश्‍वरको घरले तिनीहरूलाई शोषण गरिरहेको छ भनेर झूटो प्रत्यारोपसमेत लगाउँछन्। परमेश्‍वरको घरले तिनीहरूसँग जुन मनोवृत्तिले व्यवहार गरेको थियो, तिनीहरू त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्दैनन्। बरु, तिनीहरू मानिसहरूले तिनीहरूलाई हेपिरहेका छन्, लत्त्याइरहेका छन्, र दुर्व्यवहार गरिरहेका छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको हृदय पूरै गुनासोले भरिएको हुन्छ, र तिनीहरू फेरि आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन्। तिनीहरू फेरि शोषणमा पर्न नचाहेको बहाना बनाउँदै फेरि आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने हरेक व्यक्तिलाई परमेश्‍वरको घरले शोषण गरिरहेको छ भन्‍ने विश्‍वास गर्छन्। यो कति अर्थहीन र भ्रमपूर्ण कुरा हो! के यसमा सत्यता, मानवता, वा चेतनासँग मिल्ने कुनै शब्द छ? (छैन।) त्यसकारण, ख्रीष्टविरोधीहरू सत्यता स्विकार्दैनन्, तिनीहरूको हृदय आवेगले भरिएको हुन्छ, क्रूरताले भरिएको हुन्छ, गुनासोले भरिएको हुन्छ, र लेनदेनले भरिएको हुन्छ, र अझै बढी रूपमा, व्यक्तिगत चाहनाहरूले भरिएको हुन्छ। यी कुराहरूले नै तिनीहरूको हृदय भरिएको हुन्छ। तिनीहरू परमेश्‍वरले तिनीहरूका लागि खडा गर्नुहुने कुनै पनि तरिका वा वातावरणमा परमेश्‍वरको घरले गरेको निराकरण उहाँबाट आएको भनेर स्विकार्न सक्दैनन्। तिनीहरू यी कुराहरूलाई केवल आवेगसाथ लिन सक्छन्, र खुनको बदला खुन र ज्यानको बदला ज्यान लिन चाहन्छन्। तिनीहरू यी सबै कुरालाई शैतानका विधिहरू र शैतानको तर्क प्रयोग गरेर हेर्छन्। त्यसकारण अन्त्यमा पनि तिनीहरूले अझै सत्यता प्राप्त गर्दैनन् र तिनीहरूलाई हटाउन मात्रै सकिन्छ। प्रतिस्थापित गरिँदा र कर्तव्यका कार्यभारहरूमा हेरफेर गरिँदा, वा अलग गरिँदा वा निकालिँदा, त्यसप्रति फरक-फरक मानिसहरूको प्रतिक्रिया फरक-फरक हुन्छ। साँचो रूपमा सत्यतालाई प्रेम गर्ने मानिसहरू आफ्नै कार्यलाई घृणा गर्छन्। सत्यतालाई प्रेम नगर्ने ख्रीष्टविरोधीहरू हृदयमा परमेश्‍वरबाट यी कुराहरूलाई नस्विकार्ने मात्र होइन, तर घृणाले समेत भरिन्छन्। यसका परिणामहरू के-के हुन्छन्? यसले तिनीहरूमा गुनासो, बदनाम, आलोचना, र निन्दा पैदा गर्छ। यसले तिनीहरूलाई परमेश्‍वरलाई इन्कार्ने र ईश्वरनिन्दा गर्ने तुल्याउँछ। तिनीहरूको परिणामको स्रोत यही हो, र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गर्छ। ख्रीष्टविरोधीहरू सत्यता बुझ्न, परमेश्‍वरबाट आएका कुराहरू स्विकार्न, र परमेश्‍वरले बन्दोबस्त गरेका सबै कुरामा समर्पित हुन सक्दैनन्, त्यसकारण तिनीहरूको परिणाम तय छ। तिनीहरूलाई यस जीवनमा परमेश्‍वरको घरले निकाल्छ; आउँदो संसारमा तिनीहरूलाई के हुन्छ, त्यो उल्लेख गरिरहनु पर्दैन। के तिमीहरू यी कुराहरू देख्‍न सक्छौ? यदि तिमीहरूले आफ्नो वरपर यस्ता मानिसहरू भेट्टायौ भने, के तिमीहरू मेरा यी वचनहरूलाई तिनीहरूसँग तुलना गर्न सक्छौ? ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रमुख प्रकटीकरणहरू के-के हुन्? सत्यतामा विश्‍वास नगर्नु, सत्यता स्वीकार नगर्नु, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित नहुनु, कुनै पनि कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्न नसक्‍नु, र आफूले जे-जस्ता दुष्कर्म गरे पनि आफ्ना गल्तीहरू नस्विकार्नु वा पश्‍चात्ताप नगर्नु। यसले यी मानिसहरू शैतानका हुन् र तिनीहरू विनाशका निशाना हुन् भन्‍ने कुरा निर्धारित गर्छ।

मैले खुलासा गरेका ख्रीष्टविरोधीहरूका विभिन्‍न खुलासा, प्रकटीकरण, र अभ्यासहरूसँग तिमीहरू सबैले आफूलाई तुलना गर्नुपर्छ; तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, अवश्य नै यीमध्ये केही प्रकटीकरण, खुलासा, र अभ्यासहरू प्रदर्शित गर्नेछौ, तर तिमीहरू कसरी ख्रीष्टविरोधीहरूभन्दा फरक छौ? के तिमीहरू आफूमाथि आइपर्ने कुराहरूलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छौ? (हो, सक्छौँ।) तिमीहरूको जीवनमा जे आइपर्छ त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्नु निकै दुर्लभ कुरा हो। यदि तिमीहरूले गलत मार्ग लिएका छौ, कुनै गलत काम गरेका छौ, अज्ञानी काम गरेका छौ, वा अपराध गरेका छौ भने, के आफूलाई फर्काउन सक्छौ? के तिमीहरू पश्‍चात्ताप गर्न सक्छौ? (हो, सक्छौँ।) पश्‍चात्ताप गर्न र आफूलाई परिवर्तन गर्न सक्नु नै सबैभन्दा बहुमूल्य र दुर्लभ कुरा हो। तर ख्रीष्टविरोधीहरूमा ठ्याक्‍कै यही कुराको कमी हुन्छ। परमेश्‍वरले मुक्ति दिने मानिसहरूमा मात्रै यो कुरा हुन्छ। आफूसँग हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू के-के हुन्? पहिलो कुरा, परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; सबैभन्दा आधारभूत कुरा यही हो। के तिमीहरू यसो गर्न सक्छौ? (हो, सक्छौँ।) यो सबैभन्दा आधारभूत कुरा ख्रीष्टविरोधीहरूमा हुँदैन। दोस्रो, परमेश्‍वरको वचन सत्यता हो भनेर स्विकार्नु हो; यसलाई पनि सबैभन्दा आधारभूत कुरा नै भन्‍न सकिन्छ। तेस्रो, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। ख्रीष्टविरोधीहरूको हकमा भन्दा, यो प्राप्त गर्नै नसकिने कुरा हो, तर तिमीहरूलाई पनि यहीँबाट गाह्रो हुन थाल्छ। चौथो, विवाद नगरी, आफूलाई सही साबित गर्न नखोजी, तर्क नगरी, वा गुनासो नगरी सबै कुरा परमेश्‍वरबाट आएका हुन् भनेर स्विकार्नु हो। ख्रीष्टविरोधीहरूका लागि यो कुरा पूर्णतया असम्भव हुन्छ। पाँचौँ, विद्रोह गरेपछि वा अपराध गरेपछि पश्‍चात्ताप गर्नु हो। यो हासिल गर्न त तिमीहरूलाई कठिन नै हुनेछ। यस अवस्थामा पुगेपछि, मानिसहरू अपराध गरेपपश्‍चात् केही समय चिन्तन गरेर अनि खोजी, दुःख, नकारात्मकता, र कमजोरी भोगेर क्रमिक रूपमा आफ्नो भ्रष्ट स्वभावबारे केही ज्ञान प्राप्त गर्छन्। अवश्य नै, यसका लागि समय लाग्छ। यो एक-दुई वर्ष पनि हुन सक्छ, वा योभन्दा अझै लामो समय पनि हुन सक्छ। पूर्ण रूपमा आफ्नो भ्रष्ट स्वभाव बुझेपछि र हृदयदेखि समर्पित भएपछि मात्रै व्यक्तिले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छ। यो कुरा सजिलो नभए पनि, अन्ततः सत्यता पछ्याउनेहरू, परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्‍नेहरूमा पश्‍चात्तापका प्रकटीकरणहरू देख्‍न सकिन्छ। तर ख्रीष्टविरोधीहरूमा यो कुरा हुँदैन। यसबारे विचार गर, कुनै खराब काम गरेपछि, ख्रीष्टविरोधीले विगत तीन वा पाँच वर्ष, वा १० वा २० वर्षको के कुरा खोतलखातल गर्दैन र? जति नै धेरै समय बिते पनि, तैँले तिनीहरूलाई फेरि भेट्दा, तिनीहरू अझै पनि आफ्नै ती तर्कहरूबारे मात्रै कुरा गर्छन्। तिनीहरू अझै पनि आफ्ना दुष्कर्महरूलाई पहिचान वा स्वीकार गर्दैनन्, र तिनीहरू अलिकति पनि पछुतो देखाउँदैनन्। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरूबीच रहेको भिन्‍नता यही हो। ख्रीष्टविरोधीहरू किन पछुतो गर्न सक्दैनन्? यसको मूल कारण के हो? तिनीहरू परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, जसले गर्दा तिनीहरू सत्यता स्विकार्न सक्दैनन्। यो निराशाजनक कुरा हो, र यो ख्रीष्टविरोधीहरूको सारद्वारा निर्धारित हुन्छ। जब तिमीहरू मैले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे चिरफार गरेको सुन्छौ, तब तिमीहरू यस्तो सोच्छौ: “त्यसोभए म त पूरै सकिएँ। ममा पनि ख्रीष्टविरोधीको स्वभाव छ—के म पनि ख्रीष्टविरोधी होइन र?” के यो खुट्ट्याउने क्षमताको कमी हुनु होइन र? तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्‍ने कुरा साँचो हो, तर तँ ख्रीष्टविरोधीहरूभन्दा फरक के कुरामा छस् भने, तँमा अझै पनि सकारात्मक कुराहरू छन्। तँ सत्यता स्विकार्न, गल्ती स्विकार्न, र पश्‍चात्ताप गर्न सक्छस्, र परिवर्तन हुन सक्छस्, र यी सकारात्मक कुराहरूले तँलाई ख्रीष्टविरोधीहरूको स्वभाव फाल्न, र तेरा भ्रष्ट स्वभावहरू धुन, र तँलाई मुक्ति प्राप्त गर्न मद्दत गर्न सक्छन्। के यसको अर्थ तँसँग आशा छ भन्‍ने होइन र? तँसँग अझै आशा छ!

तिमीहरू सबैलाई अनुभवात्मक गवाही लेखहरू लेख्‍न निकै गाह्रो लाग्छ र ती लेखहरू लेख्न सक्दैनौ। कति मानिसहरू त कैयौँ वर्षको अनुभवपछि एउटा मात्र गवाही लेख लेख्छन्। कतिले १०-२० वर्ष विश्‍वास गरेपछि एउटा मात्रै लेख्छन्, र तिनीहरू यी वर्षहरूको अनुभवको सारतत्त्वलाई एकसाथ सारांशीकरण गर्छन्। कतिले त परमेश्‍वरमा विश्‍वास गरेको ३० वर्ष भएको हुन्छ, र पनि तिनीहरूसँग कुनै साँचो अनुभवात्मक ज्ञान हुँदैन। यहाँ मुख्य कुरा के हो भने तिनीहरूले सत्यता बुझेकै हुँदैनन्। त्यसकारण, तिमीहरूले सत्यता नबुझ्‍ने यो वर्तमान परिस्थिति सामना गर्दा, मैले के गर्नुपर्छ? मैले तिमीहरूसँग धैर्य र सच्चाइसाथ अझै धेरै बोल्नुपर्छ, अझै धेरै र लामो बातचित गर्नुपर्छ, र तिमीहरूमा अझै बढी धैर्य हुनुपर्छ र तिमीहरूले मेरो सङ्गति अझै बढी सुन्नुपर्छ। ध्यान दिएर सुन, समझशक्ति प्राप्त गर, र सत्यताको हरेक पक्षको सार बुझ्न प्रयास गर। मैले भर्खरै भनेजस्तै, यदि तैँले ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्, ख्रीष्टविरोधीहरूको सार भएका ती मानिसहरूका प्रकटीकरणहरू के-के हुन्, र ती दुईबीचको भिन्‍नता के हो भन्‍ने कुरा बुझेको छस् भने, तँसँग हिँड्ने मार्ग हुनेछ, र यसका साथै, तँसँग समझशक्ति पनि हुनेछ। तैँले आफ्नो भ्रष्ट स्वभाव र ख्रीष्टविरोधीहरूको सार चिन्‍न सक्‍नेछस्। यदि तैँले ख्रीष्टविरोधीलाई भेटिस् भने, उसलाई तुरुन्तै चिन्‍न र खुलासा गर्न, उसका अविचारी र स्वेच्छाचारी कार्य र अभ्यासहरू तुरुन्तै रोक्न र सीमित गर्न, र उसका दुष्ट कार्यहरूले गर्दा मण्डलीको काममा हुने घाटाहरू रोक्न वा कम गर्न सक्‍नेछस्। अन्यथा, यदि तिमीहरूमा बुझाइ क्षमता कमजोर छ र समझशक्तिको कमी छ, वा यदि तिमीहरू सत्यताको विषयमा गम्भीर छैनौ, र सधैँ धर्मसिद्धान्तहरू मात्रै बुझ्छौ, र व्यक्तिको सार देख्‍न सक्दैनौ भने, यसले गर्दा तिमीहरूले आफ्नो वरपरका ख्रीष्टविरोधीहरूलाई चिन्‍न नसक्‍ने मात्रै होइन, तिनीहरूलाई असल अगुवालाई जस्तैगरी समेत पछ्याउनेछौ। ध्यान दिएर सोच, ध्यान दिएर विचार गर, ख्रीष्टविरोधीहरूले गर्ने कुराहरूले परमेश्‍वरको घरमा थप फाइदा कि थप हानि पुर्‍याउँछन्? होसियारीसाथ विचार गरेपछि, तिमीहरू के देख्‍न सक्छौ भने, परमेश्‍वरको घरमा काम गर्दा ख्रीष्टविरोधीहरू केही असल कुराहरू गर्छन् जस्तो देखिए पनि, वास्तवमा तिनीहरू भलाइभन्दा बढी हानि गर्छन्। नाफाले नोक्सानको पूर्ति गर्न सक्दैन। वास्तवमा, तिनीहरूका असल कार्यहरूले अझै ठुलठुला गुप्त खतराहरू ल्याउँछन्, मण्डलीको काममा फाइदाभन्दा बढी हानि गर्छन्। परमेश्‍वरको घरमा यी मानिसहरूले खेल्ने भूमिका शैतानका नोकरहरूको भूमिका हो।

अप्रिल २५, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्