विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग सात) खण्ड दुई
ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट प्रकटीकरण के हो? सबैभन्दा पहिले त, तिनीहरू सत्यता स्विकार्दैनन्, जुन सबैले देख्न सक्ने कुरा हो। तिनीहरूले अरूका सुझावहरू नस्विकार्ने मात्र होइनन्, सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू काटछाँट पनि स्विकार्दैनन्। ख्रीष्टविरोधीहरू सत्यता स्विकार्दैनन् भन्ने कुरामा कुनै शङ्का छैन; यदि तिनीहरूले सत्यता स्विकार्न सकेका भए, तिनीहरू ख्रीष्टविरोधी नै हुनेथिएनन्। त्यसोभए किन ख्रीष्टविरोधीहरू अझै पनि कर्तव्य निर्वाह गर्छन् त? कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूको अभिप्राय वास्तवमा के हुन्छ? “यस जीवनमा सय गुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्नु”। तिनीहरूले आफ्नो कर्तव्यमा यस भनाइलाई पूर्ण रूपमा पछ्याइरहेका हुन्छन्। के यो लेनदेन होइन र? यो पूर्ण रूपमा लेनदेन हो। यस लेनदेनको प्रकृति हेर्दा, के यो दुष्ट स्वभाव होइन र? (हो।) त्यसोभए तिनीहरू कुन तरिकाले दुष्ट हुन्छन्? के कसैले मलाई भन्न सक्छ? (ख्रीष्टविरोधीहरूले परमेश्वरले व्यक्त गरेका धेरै सत्यता सुने पनि, तिनीहरू ती कहिल्यै पछ्याउँदैनन्। तिनीहरू आफ्नो हैसियतलाई दह्रिलो गरी पक्रन्छन् र छोड्दैनन्, र आफ्नो व्यक्तिगत फाइदाकै लागि र अरूमाथि शक्ति चलाउनकै लागि मात्र आफ्नो कर्तव्य निर्वाह गर्छन्।) त्यो उत्तर ठिक छ, र तैँले केही हदसम्म बुझेको रहेछस्, तर यो त्यति खास भएन। यदि तिनीहरूलाई परमेश्वरसँग लेनदेन गर्नु गलत हो भन्ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अन्त्यसम्म जिद्दी गर्छन् र अन्त्यसम्म पश्चात्ताप गर्न इन्कार गर्छन् भने, यो गम्भीर समस्या हो। आजभोलि, धेरैजसो मानिस आशिष्हरू प्राप्त गर्ने अभिप्राय लिएर आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू सबैले कर्तव्य निर्वाहलाई इनाम पाउन र मुकुट पाउन प्रयोग गर्न चाहन्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नुको महत्त्व बुझ्दैनन्। यस समस्याबारे स्पष्ट रूपमा सङ्गति गरिनुपर्छ। त्यसकारण, सुरुमा हामी मानिसहरूको कर्तव्य कसरी अस्तित्वमा आयो भन्नेबारे कुरा गरौँ। परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिन काम गर्नुहुन्छ, त्यसैले उहाँले अवश्य नै मानिसहरूबाट मागहरू राख्नुहुन्छ। यी मागहरू तिनीहरूका कर्तव्य हुन्। मानिसहरूको कर्तव्य परमेश्वरको काम र मानवजातिप्रतिको उहाँका मागहरूबाट आएको हो भन्ने कुरा स्पष्ट छ। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गर्ने भए पनि, यो सबैभन्दा उचित कुरा हो, र मानवजातिमाझ सबैभन्दा सुन्दर र न्यायवान् कुरा हो। मानिसहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृजित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरू परमेश्वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिनीहरूले आ-आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्वरले तोक्नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य यो मानव संसारमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र सद्गुणी हुन्छ; मानवजातिमाझ सृजित प्राणीको कर्तव्य पूरा गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृजित व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यस समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्ने, सृष्टिकर्ताले व्यक्त गरेका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरूअनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा गुञ्जायमान गवाही हो, र परमेश्वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृजित प्राणीले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र त्यो प्रशंसा गरिने आख्यानका रूपमा तिनीहरूमाझ फैलाइनुपर्छ। सृष्टिकर्ताले सृजित प्राणीहरूलाई सुम्पने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिका लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने सबैका लागि योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। सृष्टिकर्ताले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्नेहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र उहाँ तिनीहरूलाई के दिने प्रतिज्ञा गर्नुहुन्छ भन्ने कुरा गर्नुपर्दा, त्यो सृष्टिकर्ताको मामला हो; त्यससँग सृजित मानवजातिको कुनै सरोकार हुँदैन। यसलाई योभन्दा अलिक सरल र स्पष्ट तरिकाले भन्दा, यो परमेश्वरको हातको कुरा हो, र यसमा हस्तक्षेप गर्ने अधिकार मानिसहरूसँग हुँदैन। परमेश्वर जे दिनुहुन्छ तैँले त्यही पाउनेछस्, अनि यदि उहाँले तँलाई केही पनि दिनुभएन भने, तैँले यसबारे केही पनि भन्न सक्दैनस्। जब सृजित प्राणीले परमेश्वरको आज्ञा स्वीकार गर्छ र आफ्नो कर्तव्य निर्वाह गर्न र आफूले गर्न सक्ने कार्य गर्न सृष्टिकर्तासँग सहकार्य गर्छ, तब यो कुनै कारोबार वा लेनदेन होइन; मानिसहरूले मनोवृत्तिका अभिव्यक्तिहरू वा कार्य र व्यवहारहरूलाई परमेश्वरबाट आउने आशिष्हरू वा प्रतिज्ञाहरू साट्नका लागि प्रयोग गर्ने प्रयास गर्नु हुँदैन। जब सृष्टिकर्ता यो काम तिमीहरूलाई सुम्पनुहुन्छ, तब सृजित प्राणीका रूपमा, तिमीहरूले यो कर्तव्य र आज्ञा स्वीकार गर्नु सही र उचित हुन्छ। के यसमा लेनदेनको कुनै कुरा छ? (छैन।) सृष्टिकर्ता आफ्नो पक्षबाट तिमीहरू हरेकलाई मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू सुम्पन इच्छुक हुनुहुन्छ; अनि सृजित मानवजातिको पक्षबाट मानिसहरूले यो कर्तव्य खुसीसाथ स्वीकार गर्नुपर्छ, यसलाई आफ्नो जीवन दायित्वका रूपमा लिनुपर्छ, र यस जीवनमा आफूले जिउनुपर्ने मूल्यका रूपमा लिनुपर्छ। यहाँ कुनै लेनदेन छैन, यो बराबरको आदानप्रदान होइन, झन् यसमा मानिसहरूले कल्पना गर्ने कुनै इनाम वा अरू अभिव्यक्ति समावेश हुनु त परको कुरा हो। यो कुनै पनि हालतमा कारोबार होइन; यो मानिसहरूले कर्तव्य निर्वाह गर्दा चुकाउने मूल्य वा तिनीहरूले प्रदान गर्ने कठिन परिश्रम अर्को कुराका लागि साट्नु होइन। परमेश्वरले कहिल्यै यसो भन्नुभएको छैन, र मानिसहरूले यस कुरालाई यसरी बुझ्नु हुँदैन। सृष्टिकर्ता मानवजातिलाई आज्ञा दिनुहुन्छ, र परमेश्वरले दिएको आज्ञा सृष्टिकर्ताबाट प्राप्त गरिसकेपछि, सृजित प्राणी आफ्नो कर्तव्य निर्वाह गर्न लागिपर्छ। यस मामलामा, यस प्रक्रियामा, लेनदेनको कुनै कुरा हुँदैन; यो निकै सरल र उचित कुरा हो। यो आमाबुबाले छोराछोरी जन्माएर कुनै सर्त वा गुनासोविना हुर्काएजस्तै हो। छोराछोरीले हुर्केर भोलि सन्तानी माया निभाउन सक्छन् कि सक्दैनन् भन्ने कुराको हकमा भन्दा, तिनीहरू जन्मेको दिनदेखि तिनीहरूका आमाबुबाले त्यस्तो कुनै मापदण्ड राखेका हुँदैनन्। कुनै पनि आमाबुबाले बच्चा जन्माएपछि यसो भन्दैन, “यसले भविष्यमा मेरो सेवा र मेरो आदर गर्नेछ भनेर मात्रै मैले यसलाई हुर्काइरहेको छु। यदि यसले मलाई आदर गर्दैन भने, म यसलाई अहिले नै घाँटी थिचेर मारिदिन्छु।” यस्तो आमाबुबा एउटा पनि हुँदैन। त्यसकारण, आमाबुबाले आफ्ना छोराछोरी हुर्काउने तरिकाबाट हेर्दा, यो एउटा दायित्व र जिम्मेवारी हो, होइन र? (हो।) आफ्ना छोराछोरी भक्त सन्तान भए नि नभए नि आमाबुबाले उसलाई हुर्काइरहनेछन्, जतिसुकै कठिनाइ भए पनि, ऊ वयस्क नभएसम्म उसलाई पालनपोषण गरिरहनेछन्, र उसको भलाइ होस् भन्ने कामना गरिरहनेछन्। आफ्ना छोराछोरीप्रतिको आमाबुबाको यो जिम्मेवारी र दायित्वमा कुनै सर्त वा लेनदेन हुँदैन। सम्बन्धित अनुभव भएका मानिसहरूले यो कुरा बुझ्न सक्छन्। धेरैजसो आमाबुबाले आफ्ना छोराछोरी सन्तानको धर्म निभाउने किसिमका हुन्छन् कि हुँदैनन् भन्नेबारे कुनै मापदण्डहरू राख्दैनन्। यदि तिनीहरूका छोराछोरी सन्तानको धर्म निभाउने किसिमका छन् भने, तिनीहरू अलिक आनन्दित हुनेछन्, र तिनीहरू वृद्धावस्थामा अलिक खुसी हुनेछन्। यदि तिनीहरूका छोराछोरी सन्तानी माया दिने किसिमका छैनन् भने, तिनीहरू त्यस कुरालाई त्यतिकै छोडिदिन्छन्। तुलनात्मक रूपमा खुला मन भएका धेरैजसो आमाबुबाले यस्तै सोच्नेछन्। समग्रमा, चाहे आमाबुबाले आफ्ना छोराछोरी हुर्काउने हकमा होस् वा छोराछोरीले आफ्ना आमाबुबालाई साथ दिने हकमा होस्, यो कुरा जिम्मेवारी र दायित्वको मामला हो, र यो कुरा व्यक्तिको अपेक्षित भूमिकाभित्र पर्छ। सृजित प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यको तुलनामा अवश्य नै यी सबै सानातिना कुराहरू हुन्, तर मानव संसारका मामलाहरूमध्ये चाहिँ यी सबैभन्दा सुन्दर र न्यायवान् कुराहरूमध्येको एक हुन्। भनिरहनु नपर्ला, यो कुरा सृजित प्राणीको आफ्नो कर्तव्य निर्वाहमा अझै बढी लागू हुन्छ। जब कुनै व्यक्ति सृजित प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनको सही मार्गमा लाग्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्न सक्षम हुन्छन्। परमेश्वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो। त्यसैकारण, तैँले तेरो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्वर तँलाई केवल एउटा कुरा स्पष्टसित देख्न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्न, न त उहाँ तँलाई तैँले सृजित प्राणीको हैसियतले आफ्नो कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँ त तँलाई शुद्ध पारिन र मुक्ति पाउन दिनुहुन्छ, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन ल्याउनुहुन्छ। सृष्टिकर्ताको यो “मुहारको ज्योति” मा एकदमै धेरै विस्तृत अर्थ र विषयवस्तु संलग्न छ—आज हामी यसलाई हेर्नेछैनौँ। त्यस्ता मानिसहरूका निम्ति परमेश्वर अवश्य नै प्रतिज्ञा र आशिष्हरू जारी गर्नुहुन्छ, र तिनीहरूबारे फरक-फरक अभिव्यक्ति दिनुहुन्छ—यो थप विषय हो। अहिलेका सन्दर्भमा, प्रत्येक व्यक्ति जो परमेश्वरसामु आउँछ र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छ, उसले परमेश्वरबाट के प्राप्त गर्छ? सत्यता र जीवन, जुन मानवजातिमाझ सबैभन्दा मूल्यवान् र सुन्दर छ। मानवजातिमाझ सृजित कुनै पनि प्राणीले सृष्टिकर्ताको हातबाट यस्ता आशिष्हरू सजिलै प्राप्त गर्न सक्दैन। यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसमा तिनीहरू सृष्टिकर्ताको हातबाट मुकुट र इनामहरू माग्ने गर्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र न्यायवान् चीजलाई सबैभन्दा कुरूप र दुष्ट चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरू यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? तिनीहरू वास्तवमा निकै धेरै दुष्ट हुन्छन्! यो तिनीहरूको दुष्टताको एउटा पक्षको प्रकटीकरण हो।
आखिरी दिनहरूमा, परमेश्वर काम गर्न देहधारी भएर आउनुभएको छ, धेरै सत्यता व्यक्त गर्नुभएको छ, मानवजातिका लागि परमेश्वरको व्यवस्थापन योजनाका सबै रहस्य प्रकट गर्नुभएको छ, र मुक्ति पाउनका लागि मानिसहरूले बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सबै सत्यता प्रदान गर्नुभएको छ। यी सत्यता र परमेश्वरका यी वचनहरू सकारात्मक कुरालाई प्रेम गर्ने सबैका लागि बहुमूल्य खजाना हुन्। भ्रष्ट मानवजातिलाई सत्यताको खाँचो हुन्छ, र ती मानवजातिका लागि अमूल्य सम्पत्ति पनि हुन्। परमेश्वरको हरेक वचन, माग, र अभिप्राय मानिसहरूले बुझ्नुपर्ने र जान्नुपर्ने कुरा हुन्, ती मुक्ति हासिल गर्नका लागि मानिसहरूले पालना गर्नैपर्ने कुरा हुन्, र ती मानवजातिले प्राप्त गर्नैपर्ने सत्यता हुन्। तर ख्रीष्टविरोधीहरू यी वचनहरूलाई सिद्धान्त र नाराका रूपमा लिन्छन्, तिनलाई ध्यानसमेत दिँदैनन्, र अझ खराब कुरा त, तिनीहरू तिनलाई घृणा र इन्कार गर्नेसमेत गर्छन्। ख्रीष्टविरोधीहरू मानवजातिमाझ रहेका सबैभन्दा बहुमूल्य कुराहरूलाई ठगका झूट मान्छन्। ख्रीष्टविरोधीहरू हृदयदेखि मुक्तिदाता छन् भनेर विश्वास गर्दैनन्, झन् संसारमा सत्यता वा सकारात्मक कुराहरू छन् भनेर विश्वास गर्नु त परको कुरा हो। तिनीहरू कुनै पनि सुन्दर वा फाइदाजनक कुरालाई मानव हातद्वारा जितिनुपर्छ र मानव सङ्घर्षद्वारा कब्जा गरिनुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीहरू महत्त्वाकाङ्क्षा र सपना नदेख्ने मानिसहरू कहिल्यै सफल हुँदैनन् भन्ने विश्वास गर्छन्, तर तिनीहरूको हृदय भने परमेश्वरले व्यक्त गरेको सत्यताप्रतिको वितृष्णा र घृणाले भरिएको हुन्छ। तिनीहरू परमेश्वरले व्यक्त गरेका सत्यताहरूलाई सिद्धान्त र नाराका रूपमा लिन्छन्, तर शक्ति, हितहरू, महत्त्वाकाङ्क्षा, र इच्छालाई भने व्यवस्थापन गर्नुपर्ने र पछ्याउनुपर्ने न्यायवान् कुराका रूपमा लिन्छन्। तिनीहरू आफ्नो प्रतिभाको मदतद्वारा गरिएको सेवालाई स्वर्गको राज्यमा प्रवेश गर्न, मुकुट पाउन, र अझै ठूलो आशिष् पाउनका लागि परमेश्वरसँग मोलतोल गर्ने माध्यमका रूपमा समेत प्रयोग गर्छन्। के यो दुष्टता होइन र? तिनीहरू परमेश्वरका अभिप्रायलाई कसरी अर्थ्याउँछन्? तिनीहरू भन्छन्, “परमेश्वरले कसले उहाँका लागि सबैभन्दा बढी आफूलाई अर्पित गर्छ र कष्ट भोग्छ अनि कसले सबैभन्दा बढी मूल्य चुकाउँछ, त्यो हेरेर को ठूलो व्यक्ति हो भन्ने कुरा निर्धारित गर्नुहुन्छ। उहाँ को दौडधूप गर्न र कुशल तरिकाले बोल्न सक्छ, र कोसँग लुट्न सक्ने जोस छ र कसले बलजफती खोस्न सक्छ भन्ने हेरेर नै को राज्य प्रवेश गर्न सक्छ र कसले मुकुट पाउँछ भन्ने कुरा निर्धारित गर्नुहुन्छ। पावलले भनेझैँ, ‘मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्वासलाई कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ’ (२ तिमोथी ४:७-८)।” तिनीहरू पावलका यी वचनहरू पालन गर्छन् र पावलका वचनहरू सत्य हुन् भनी विश्वास गर्छन्, तर तिनीहरू परमेश्वरले मानवजातिलाई दिएका सबै माग र अभिव्यक्ति बेवास्ता गर्छन्, र यस्तो सोच्छन्, “यी कुराहरू त्यति महत्त्वपूर्ण छैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मैले आफ्नो लडाइँ लडेर आफ्नो दौड पूरा गरिसकेपछि अन्त्यमा मुकुट प्राप्त गर्नेछु। यो साँचो कुरा हो। परमेश्वरले भन्न चाहेको कुरा त्यही होइन र? परमेश्वरले हजारौँ-हजार वचनहरू बोल्नुभएको छ र अनगिन्ती प्रवचनहरू दिनुभएको छ। उहाँले मानिसहरूलाई भन्न चाहेको के हो भने, यदि तिमी मुकुट र इनाम चाहन्छौ भने, लडाइँ गर्ने, सङ्घर्ष गर्ने, यसलाई खोस्ने, र लिने काम पनि तिम्रै हो।” के ख्रीष्टविरोधीहरूको तर्क यस्तै हुँदैन र? ख्रीष्टविरोधीहरू सधैँ आफ्नो हृदयको गहिराइमा परमेश्वरको कामलाई यसरी नै हेर्छन्, र परमेश्वरको वचन र व्यवस्थापन योजनालाई यसरी नै अर्थ्याउँछन्। तिनीहरूको स्वभाव दुष्ट हुन्छ, हुँदैन र? तिनीहरू परमेश्वरको अभिप्राय, सत्यता, र सबै सकारात्मक कुरालाई बङ्ग्याउँछन्। तिनीहरू मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजनालाई नग्न लेनदेनका रूपमा लिन्छन्, र सृष्टिकर्ताले मानवजातिलाई गर्न लगाउने कर्तव्यलाई जबरजस्ती नग्न अधिग्रहण, आक्रमण, छल, र लेनदेनका रूपमा लिन्छन्। के यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव होइन र? ख्रीष्टविरोधीहरू के विश्वास गर्छन् भने, आशिष् पाउन र स्वर्गको राज्यमा प्रवेश गर्नका लागि, तिनीहरूले यसलाई लेनदेनद्वारा प्राप्त गर्नुपर्छ, र यो नै न्यायसङ्गत, उचित, र सबैभन्दा वैध कुरा हो। के यो दुष्ट तर्क होइन र? के यो शैतानी तर्क होइन र? ख्रीष्टविरोधीहरू सधैँ आफ्नो हृदयभित्र त्यस्तो दृष्टिकोण र मनोवृत्ति राख्छन्, जुन कुराले ख्रीष्टविरोधीहरूको स्वभाव अत्यन्तै दुष्ट हुन्छ भन्ने प्रमाणित गर्छ।
भर्खरै सङ्गति गरिएका केही विषयवस्तुहरूबाट, के तिमीहरूले ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव देख्न सक्यौ? (सक्यौँ।) पहिलो बुँदा ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन् भन्ने थियो, होइन र? त्यसोभए ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन् त? (ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यलाई लेनदेनको रूपमा लिन्छन् र यसलाई आफ्नै गन्तव्य र आफ्नै हितहरूसँग साट्छन्। परमेश्वरले मानिसहरूमा जति नै धेरै काम गर्नुभएको भए नि, तिनीहरूसँग जति नै धेरै वचन बोल्नुभएको भए नि, र तिनीहरूलाई जति नै धेरै सत्यता व्यक्त गर्नुभएको भए नि, तिनीहरू यी सबै कुरा बेवास्ता गर्छन् र अझै पनि परमेश्वरसँग लेनदेन गर्ने अभिप्राय लिएर कर्तव्य निर्वाह गर्छन्।) ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यलाई लेनदेनका रूपमा लिन्छन्। तिनीहरू लेनदेन गर्ने र आशिष्हरू प्राप्त गर्ने अभिप्राय लिएर आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले सोच्छन्, आशिष्हरू प्राप्त गर्नकै लागि परमेश्वरमा विश्वास गर्नुपर्छ, र आफ्नो कर्तव्य निर्वाह गरेर आशिष्हरू प्राप्त गर्नु नै उचित कुरा हो। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नेजस्तो सकारात्मक कुरालाई बङ्ग्याउँछन् र सृजित प्राणीका रूपमा कर्तव्य निर्वाह गर्नुको मूल्य र महत्त्वलाई कलङ्कित पार्छन्, साथै यसो गर्नुको वैधतालाई पनि कलङ्कित पार्छन्; तिनीहरू सृजित प्राणीले स्वाभाविक रूपमा पूरा गर्नुपर्ने कर्तव्यलाई लेनदेनमा परिणत गर्छन्। यो ख्रीष्टविरोधीहरूको दुष्टता हो; यो पहिलो बुँदा हो। दोस्रो बुँदा के हो भने, ख्रीष्टविरोधीहरू सकारात्मक कुराहरू वा सत्यताको अस्तित्वमा विश्वास गर्दैनन्, र परमेश्वरका वचनहरू सत्यता हुन् भनेर विश्वास र स्वीकार गर्दैनन्। के यो दुष्टता होइन र? (हजुर, हो।) यसमा के दुष्टता छ? परमेश्वरका वचनहरू सबै सकारात्मक कुराहरूका वास्तविकता हुन्, तर ख्रीष्टविरोधीहरू यो कुरा देख्न सक्दैनन् र स्विकार्दैनन्। तिनीहरू परमेश्वरका वचनहरूलाई नारा र एक किसिमको सिद्धान्तका रूपमा लिन्छन्, र तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने तथ्यलाई बङ्ग्याउँछन्। यहाँ सबैभन्दा ठूलो र मुख्य समस्या के हो? परमेश्वर मानवजातिलाई मुक्ति दिन यी वचनहरू प्रयोग गर्न चाहनुहुन्छ, र मान्छेले शुद्ध पारिन र मुक्ति पाउन सक्नुभन्दा पहिले उसले परमेश्वरका वचनहरू स्विकार्नुपर्छ—यो एउटा तथ्य हो, र यो सत्यता हो। मानवजातिलाई परमेश्वरले दिएको यस प्रतिज्ञालाई ख्रीष्टविरोधीहरू मान्ने वा स्विकार्ने गर्दैनन्। तिनीहरू भन्छन्, “मुक्ति पाउनु? शुद्ध पारिनु? यसको के काम? यो सब व्यर्थ छ! यदि म शुद्ध पारिएँ भने, के म साँच्चै मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु त? मलाई त त्यस्तो लाग्दैन!” तिनीहरू यस कुरालाई ध्यान दिँदैनन् र यसमा चासो राख्दैनन्। यसको अव्यक्त अर्थ के हो? के हो भने, तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने विश्वास गर्दैनन्; तिनीहरू ती त बस भनाइ र धर्मसिद्धान्त मात्रै हुन् भन्ने विश्वास गर्छन्। तिनीहरू परमेश्वरका वचनहरूले मानिसहरूलाई शुद्ध पार्न वा मुक्ति दिन सक्छन् भन्ने कुरामा विश्वास वा स्वीकार गर्दैनन्। यसलाई परमेश्वरले त्यो बेला अय्यूबलाई परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति, र सिद्ध मानिसका रूपमा परिभाषित गरेको तथ्यसँग तुलना गर्न सकिन्छ। के परमेश्वरले भनेका यी वचनहरू सत्यता हुन्? (हुन्।) त्यसोभए परमेश्वर किन यस्तो कुरा भन्नुहुन्छ? यसको आधार के हो? परमेश्वर मानिसहरूको व्यवहार अवलोकन गर्नुहुन्छ, तिनीहरूको हृदय छानबीन गर्नुहुन्छ, र तिनीहरूको सार देख्नुहुन्छ, र यही आधारमा उहाँले अय्यूब परमेश्वरको डर मान्थ्यो र ऊ दुष्टताबाट अलग बस्थ्यो र ऊ सिद्ध मानिस थियो भनेर भन्नुभएको हो। परमेश्वरले अय्यूबलाई एक-दुई दिनभन्दा बढी समयसम्म अवलोकन गर्नुभयो, र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने अय्यूबको प्रकटीकरण पनि एक-दुई दिन मात्रै भएको थिएन, र यसले निश्चय नै एक-दुई वटा कुरा मात्रै समावेश गरेको थिएन। त्यसोभए यस तथ्यप्रति शैतानले कस्तो मनोवृत्ति लिएको थियो? (नपत्याउने र शङ्कालु मनोवृत्ति।) शैतान शङ्कालु मात्र थिएन, त्यसले त यस तथ्यलाई इन्कार पनि गर्यो। स्पष्ट रूपमा भन्दा, त्यसका शब्दहरू यस्ता थिए, “तपाईँले अय्यूबलाई गाईवस्तु, भेडाबाख्रा र अनगिन्ती सम्पत्तिलगायत धेरै कुरा दिनुभएको छ। ऊसित तपाईँलाई आराधना गर्नुका कारणहरू छन्। तपाईँ अय्यूब सिद्ध व्यक्ति हो भन्नुहुन्छ, तर तपाईँका वचनहरू यथार्थ छैनन्। तपाईँका वचनहरू सत्यता होइनन्, ती वास्तविक छैनन्, ती गलत छन्, र म तपाईँका वचनहरू इन्कार्छु।” के शैतानको तात्पर्य यही थिएन र? (हजुर, थियो।) परमेश्वरले भन्नुभयो, “अय्यूब परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हो, र ऊ सिद्ध मानिस हो।” शैतानले के भन्यो? (के ऊ कुनै कारणविना परमेश्वरको आराधना गर्थ्यो र?) शैतानले भन्यो, “गलत, ऊ सिद्ध मानिस होइन! उसले तपाईँबाट फाइदा र आशिष् प्राप्त गरेको छ, त्यसकारण उसले तपाईँको डर मान्छ। यदि तपाईँले यी फाइदा र आशिष्हरू खोस्नुभयो भने, उसले तपाईँको डर मान्नेछैन—ऊ सिद्ध मानिस होइन।” यसरी, परमेश्वरले बोलेको हरेक वाक्यविरुद्ध शैतान प्रश्न तेर्स्याउँछ र त्यस वाक्यलाई इन्कार गर्छ। शैतानले परमेश्वरका वचनहरू इन्कार्छ, र हर कुरामा परमेश्वरले दिएका परिभाषा वा अभिव्यक्तिहरू इन्कार्छ। के हामी शैतानले सत्यता इन्कार्छ भनेर भन्न सक्छौँ? (सक्छौँ।) तथ्य यही हो। त्यसोभए, मानवजातिलाई खुलासा गर्ने, न्याय गर्ने र सजाय दिने, अनि मानवजातिप्रतिका विभिन्न किसिमका विशिष्ट आज्ञाहरू अघि सार्ने परमेश्वरका वचनहरूप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति के हुन्छ? के तिनीहरू ती कुराहरू स्विकारेर “आमेन” भन्छन्? के तिनीहरूले ती कुराहरू पछ्याउन सक्छन्? (अहँ, सक्दैनन्।) परमेश्वरका सबै प्रकारका वचनप्रति ख्रीष्टविरोधीहरूले हृदयमा तुरुन्तै यसो भन्न सक्छन्, “गलत! के साँच्चै यस्तै हो त? तिमीले भनेको कुरा त्यस्तो कसरी हुन सक्छ? त्यो सही होइन—मलाई त्यस्तो लाग्दैन। तिमीले भनेको कुरा किन यति अप्रिय छ? परमेश्वर यसरी बोल्नुहुन्न! यदि मैले बोलेको भए, यसलाई यसरी भन्नुपर्थ्यो।” परमेश्वरप्रतिको ख्रीष्टविरोधीहरूको यस मनोवृत्तिलाई आधार मान्दा, के तिनीहरू परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा पालना गर्न सक्छन्? अवश्यै सक्दैनन्। तिनीहरूमा भएको दुष्टता यही हो; यो दोस्रो बुँदा हो। तेस्रो बुँदा ख्रीष्टविरोधीहरू परमेश्वरको व्यवस्थापन योजनाको उद्देश्यबारे के सोच्छन्, अर्थात् परमेश्वर मानवजातिलाई मुक्ति दिन, र मानवजातिलाई शैतानका भ्रष्ट स्वभावहरू र अन्धकारका शक्तिहरूबाट अलग हुन दिन चाहनुहुन्छ भन्नेबारे तिनीहरू के सोच्छन् भन्ने हो। तिनीहरूको स्वभाव किन दुष्ट छ भनेर भनिन्छ? तिनीहरू के विश्वास गर्छन् भने, यो एक लेनदेन हो, र तिनीहरूले यो बस एक खेल हो भनेर समेत विश्वास गर्छन्। कस-कसको बीचको खेल? पौराणिक परमेश्वर र स्वर्गको राज्य प्रवेश गर्न अनि कष्टको संसारबाट मुक्त हुन चाहने अज्ञानी र मूर्ख मानिसहरूको समूहबीचको खेल हो। यो लेनदेन पनि हो जसमा दुवै पक्ष इच्छुक सहभागीहरू हुन्छन्, जहाँ एउटा पक्ष दिन र अर्को पक्ष लिन इच्छुक हुन्छ। यो यस प्रकारको खेल हो। तिनीहरू परमेश्वरको व्यवस्थापन योजनालाई यसरी नै हेर्छन्—के यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावको प्रकाश होइन र? ख्रीष्टविरोधीहरू महत्त्वाकाङ्क्षाले भरिएका हुने हुनाले, र तिनीहरूले गन्तव्य र आशिष्हरू चाहने हुनाले, तिनीहरू मानवजातिको सबैभन्दा सुन्दर अभियान र मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापनको कामलाई खेल, र लेनदेनमा परिणत गर्छन्—यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव हो। त्यसबाहेक, ख्रीष्टविरोधीहरूमा अर्को प्रकटीकरण पनि हुन्छ, जुन निकै हास्यास्पद र उपहासपूर्ण लाग्छ। यो किन उपहासपूर्ण कुरा हो? ख्रीष्टविरोधीहरू परमेश्वरले गरेका सबै काममा विश्वास गर्दैनन्, न त तिनीहरू परमेश्वरले भनेका सबै कुरा सत्यता हुन् र तिनले मानवजातिलाई मुक्ति दिन सक्छन् भन्ने कुरामा नै विश्वास गर्छन्, बरु तिनीहरू कष्ट भोग्ने, मूल्य चुकाउने, र यो लेनदेन गर्ने र यसलाई सहज बनाउने इच्छा गर्न कहिल्यै थाक्दैनन्। के यो हाँसउठ्दो कुरा होइन र? अवश्य नै, यो ख्रीष्टविरोधीहरूको दुष्टता होइन, बरु ख्रीष्टविरोधीहरूको मूर्खता हो। एक हिसाबमा, तिनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, परमेश्वरका वचनहरू सत्यता हुन् भनेर स्वीकार गर्दैनन्, र परमेश्वरको व्यवस्थापन योजनालाई बङ्ग्याउनेसमेत गर्छन्, तर अर्को हिसाबमा, तिनीहरू अझै पनि परमेश्वरका वचनहरू र उहाँको व्यवस्थापन योजनाबाट व्यक्तिगत फाइदाहरू प्राप्त गर्न चाहन्छन्। अर्को शब्दमा भन्नुपर्दा, एक हिसाबमा तिनीहरू यी सबै तथ्यको अस्तित्वमा विश्वास गर्दैनन्, तिनको सत्यतामा त झनै विश्वास गर्दैनन्, जबकि अर्को हिसाबमा, तिनीहरू अझै पनि फाइदातर्फ लम्कन र हरेक फाइदा लिन, अवसरवादी हुन र बाह्य संसारमा प्राप्त गर्न नसक्ने कुराहरू प्राप्त गर्न चाहन्छन्, र यस क्रममा तिनीहरू सधैँ आफूलाई अत्यन्तै चलाख ठान्छन्। के यो हाँसउठ्दो कुरा होइन र? तिनीहरूले आफूले आफैलाई धोका दिइरहेका हुन्छन् र तिनीहरू अत्यन्तै मूर्ख हुन्छन्।
भर्खरै हामीले तीनवटा प्रकटीकरणहरू प्रयोग गरेर ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव चिरफार गर्यौँ, र निष्कर्षमा अर्को एउटा थप प्रकटीकरण निकाल्यौँ: ख्रीष्टविरोधीहरू यति मूर्ख हुन्छन् कि तिनीहरूलाई हाँस्ने कि रुने भन्ने पनि थाहा हुँदैन। ती तीनवटा प्रकटीकरण के-के हुन्? (पहिलो, ख्रीष्टविरोधीहरू कर्तव्य निर्वाह गर्नुलाई लेनदेनका रूपमा लिन्छन्; दोस्रो, ख्रीष्टविरोधीहरू परमेश्वरको वचन स्विकार्दैनन्, परमेश्वरको वचन सकारात्मक कुरा हो भन्ने विश्वास गर्दैनन्, र परमेश्वरको वचनले मानिसहरूलाई मुक्ति दिन सक्छ भन्ने कुरा स्विकार्दैनन्, बरु तिनीहरू परमेश्वरको वचनलाई सिद्धान्त र नाराका रूपमा लिन्छन्; तेस्रो, ख्रीष्टविरोधीहरूले मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन कामलाई नग्न लेनदेन र खेलका रूपमा लिन्छन्।) अनि थप अर्को प्रकटीकरण? (ख्रीष्टविरोधीहरू हास्यास्पद अवस्था र चरम मूर्खता।) के यी कुराहरू निकै विशिष्ट छैनन् र? (छन्।) के तिमीहरू यस्तो स्वभाव भएको व्यक्तिमा अलि असामान्य मानसिक स्थिति र समझ हुन्छ भनेर भन्छौ? (भन्छौँ।) तिनीहरू कुन हिसाबमा असामान्य हुन्छन्? (ख्रीष्टविरोधीहरू परमेश्वरसँग लेनदेन गर्न र परमेश्वरबाट भावी सम्भावना र नियति प्राप्त गर्न चाहन्छन्, तर तिनीहरू अझै पनि परमेश्वरको व्यवस्थापन योजनामा वा परमेश्वर मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्। तिनीहरूको सोचाइ विरोधाभासपूर्ण हुन्छ, तिनीहरूले चाहने कुराहरू तिनीहरूले इन्कार गर्ने कुरा नै हुन्छन्। यो आधारभूत रूपमा बुझ्न नसकिने कुरा हो, त्यसकारण तिनीहरूको समझ असामान्य हुन्छ र तिनीहरूको मानसिक स्थितिमा केही न केही गलत हुन्छ।) यसले के देखाउँछ भने तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ। यी सोचाइ र हिसाबकिताबका तौरतरिकाद्वारा तिनीहरू आफै विरोधाभास भइरहेका छन् भनेर तिनीहरूलाई थाहै हुँदैन। यो कसरी हुन्छ? (तिनीहरू सधैँ गलत मार्ग पछ्याउँछन् किनभने तिनीहरू कहिल्यै सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनन्।) अनि के तिनीहरूलाई आफू हिँडिरहेको बाटो गलत छ भन्ने थाहा हुन्छ? निश्चय नै थाहा हुँदैन। त्यसो गर्दा घाटा हुन्छ भन्ने थाहा भयो भने त, तिनीहरू निश्चय नै त्यसो गर्दैनन्। तिनीहरूले त्यसो गर्दा त्यसले आफूलाई फाइदा गर्छ भन्ने सोच्छन्: “हेर त म कति चलाख छु। तिमीहरू कसैले पनि खास कुरा देख्न सक्दैनौ; तिमीहरू सबै मूर्ख छौ। तिमीहरू कसरी यति सोझा हुन सक्छौ? परमेश्वर कहाँ हुनुहुन्छ? म उहाँलाई देख्न वा छुन सक्दिनँ, र परमेश्वरका प्रतिज्ञाहरू पूरा हुन सक्छन् भन्ने कुनै ग्यारेन्टी छैन! हेर त म कति चलाख छु—म एक कदम अघि बढ्दा, दश कदम अगाडि सोचिरहेको हुन्छु, तर तिमीहरू एक कदमका लागि पनि कुनै हिसाबकिताब गर्दैनौ।” तिनीहरू आफूलाई अत्यन्तै चलाख ठान्छन्। त्यसकारण, दुई-तीन वर्ष कर्तव्य निर्वाह गरेपछि, कतिपय मानिस सोच्छन्: “मैले आफ्नो कर्तव्य निर्वाह गरेको केही वर्ष भयो तर अझै पनि केही प्राप्त गरेको छैनँ, कुनै आश्चर्यकर्म वा कुनै असामान्य घटना देखेको छैनँ। पहिले म दिनको तीनपटक खाना खान्थेँ, र म अझै पनि तीनपटक नै खान्छु। यदि मैले खाना खाइनँ भने, मलाई भोक लाग्छ। यदि राती एक-दुई घण्टा निद्रा खलबलियो भने, मलाई दिनभरि निद्रा लाग्छ। मैले कुनै विशेष शक्ति विकास गरेको छैनँ! सबैले परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र कर्तव्य निर्वाह गर्दा महान् आशिष्हरू प्राप्त गर्न सकिन्छ भनेर भन्छन्। मैले आफ्नो कर्तव्य निर्वाह गरेको धेरै वर्ष भइसक्यो तर कुनै फरक परेको छैन। के अहिले पनि अवस्था उस्तै छैन र? मसँग प्रायजसो कमजोरी, नकारात्मकता, र गुनासो हुन्छ। सबैले सत्यताले मानिसहरूलाई बदल्न सक्छ र परमेश्वरको वचनले मानिसहरूलाई बदल्न सक्छ भनेर भन्छन्, तर म पटक्कै बद्लिएको छैनँ। हृदयमा मलाई अझै पनि मेरा आमाबुबा, मेरा छोराछोरीको याद आउँछ, र मलाई पहिले संसारमा हुँदाका दिनहरूको समेत याद आउँछ। त्यसैले परमेश्वर मानिसहरूमा के गर्नुहुन्छ? मैले के प्राप्त गरेको छु? सबैले भन्छन्, जब मानिसहरू परमेश्वरमा विश्वास गर्छन् र सत्यता प्राप्त गर्छन्, तब तिनीहरूले केही कुरा प्राप्त गर्छन्, तर यदि तिनीहरूले केही कुरा प्राप्त गरेका भए, के तिनीहरू अरूभन्दा फरक हुनेथिएनन् र? अहिले म बूढो हुँदै गइरहेको छु, र मेरो स्वास्थ्य पहिलेको जस्तो छैन। मेरो अनुहारमा धेरै चाउरी परेका छन्। के तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू जति लामो समय बाँच्छन् त्यति नै जवान हुन्छन् भनेर भन्दैनन् र? तर म किन जवान हुनुको सट्टा बूढो भएँ? आखिर परमेश्वरका वचनहरू सही छैनन्, त्यसकारण मैले आफ्नै लागि योजना बनाउनुपर्छ। परमेश्वरमा विश्वास गर्नु भनेको हरेक दिन परमेश्वरको वचन पढ्नु, भेलाहरूमा सहभागी हुनु, भजन गाउनु, र कर्तव्य निर्वाह गर्नमा व्यस्त हुनु मात्रै हो। यो न्यास्रोलाग्दो हुन्छ र मलाई पहिलेभन्दा फरक महसुस हुँदैन।” के तिनीहरू यस्तो सोच्नेबित्तिकै समस्यामा पर्नेछन्, पर्नेछैनन् र? तिनीहरू यसरी नै सोच्न जारी राख्छन्, “अहिले म आफ्नो कर्तव्य निर्वाह गर्दा साँच्चै कष्ट भोगिरहेको छु, परमेश्वरका प्रतिज्ञा र आशिष्हरू धेरै टाढा छन् जस्तो छ। साथै, परमेश्वरमा विश्वास गर्ने कतिपय मानिस विपत्तिहरूमा मर्छन्, त्यसकारण के मान्छेका लागि परमेश्वरको सुरक्षा भन्ने कुरा पनि हुन्छ र? हुँदैन भने त, कतिपय मानिसले परमेश्वरले सबैभन्दा खतरनाक समयमा तिनीहरूको ज्यान बचाउन आश्चर्यकर्म गर्नुभयो भनेर लेखेका गवाही लेखहरू साँचा हुन् कि झूटा?” तिनीहरू यसबारे मनन गर्छन् र हृदयमा यसप्रति अनिश्चित हुन्छन्, र तिनीहरूले जब आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्छन्, तब तिनीहरूसँग कुनै जाँगर र उत्साह हुँदैन, र तिनीहरू सक्रिय हुन छोड्छन्। तिनीहरू पछि हटिरहन्छन् र आधा मनले र झारा टार्दै काम गर्न थाल्छन्। तिनीहरूले आफ्नो मनमा के-कस्ता हिसाबकिताब गरिरहेका हुन्छन्? “यदि मैले आशिष्हरू प्राप्त गरिनँ भने, यदि सधैँ यस्तै हो भने, मैले अरू योजना बनाउनुपर्छ। मैले आफ्नो कर्तव्य जारी राख्ने कि नराख्ने, र भविष्यमा मैले यो काम कसरी गर्ने भन्नेबारे फेरि योजना बनाउनुपर्छ। म फेरि यस्तो मूर्ख बन्नु हुँदैन। नत्रभने भविष्यमा मैले आफ्ना सम्भावनाहरू र नियति, वा आफ्नो मुकुट प्राप्त गर्नेछैनँ, र मैले सांसारिक खुसी पनि प्राप्त गरेको हुँदिनँ। त्यसोभए के यो सबै प्रयास बेकाम र व्यर्थ हुनेछैन र? यदि मैले अहिलेजस्तै निरन्तर केही पनि प्राप्त गरिनँ भने त, पहिले परमेश्वरमा नाम मात्रको विश्वास गरेर संसारमा काम गर्दै र संसारको पछि लाग्दै बसेकै राम्रो थियो। यदि परमेश्वर कहिले काम समाप्त हुनेछ, कहिले उहाँले मानिसहरूलाई इनाम दिनुहुनेछ, कहिले कर्तव्य समाप्त हुनेछ, र कहिले उहाँ मानवजातिकहाँ खुल्लमखुल्ला देखा पर्नुहुनेछ भनेर भन्नुहुन्न भने, यदि परमेश्वर मानिसहरूलाई कहिल्यै सटीक व्याख्या दिनुहुन्न भने, यहाँ आफ्नो समय बर्बाद गर्नुको के अर्थ? म संसारमा पैसा कमाउन र सांसारिक खुसी आनन्द लिन फर्केर जानु नै राम्रो हुन्छ। कम्तीमा मैले आफ्नो जीवन त बर्बाद गरेको हुनेछैनँ। आउने संसारको कुरा त कसलाई थाहा छ र? यो सबै अज्ञात छ, त्यसकारण अहिलेका लागि म यो जीवन राम्ररी जिउनेछु।” के तिनीहरूको मनमस्तिष्कमा परिवर्तन आएको छैन र? जब तिनीहरूले यसरी हिसाबकिताब गरिरहेका हुन्छन् र जब तिनीहरू गलत मार्ग लिन्छन्, तब के तिनीहरू अझै पनि आफूले निर्वाह गर्ने कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) कतिपय मानिस भन्छन्: “ख्रीष्टविरोधीहरूलाई हैसियत मन पर्छ, होइन र? यदि तपाईँले तिनीहरूलाई पद दिनुभयो भने, के तिनीहरू परमेश्वरको घरमा बस्नेछैनन् र?” के ख्रीष्टविरोधीहरूलाई यो बेला हैसियत चाहिन्छ? यो बेला तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हैसियत हुँदैन। तिनीहरूलाई के चाहिएको हो त? तिनीहरूलाई परमेश्वरले सटीक व्याख्या दिनुपर्छ, तिनीहरूलाई चाहिएको कुरा यही हो। यदि तिनीहरूले आशिष् प्राप्त गर्न सकेनन् भने, तिनीहरू छोडेर जान्छन्। एक हिसाबमा, यदि कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूलाई महत्त्वपूर्ण पदमा राख्न सकिएन भने, तिनीहरूलाई आफ्ना सम्भावनाहरू अनिश्चित, अस्पष्ट, र निराशाजनक भएझैँ लाग्छ। अर्को हिसाबमा, यदि कर्तव्य निर्वाह गर्ने क्रममा, परिस्थितिहरू तिनीहरूले अपेक्षा गरेअनुसार कहिल्यै अघि बढेनन् भने—यदि तिनीहरूले परमेश्वर आफ्नो महान् काम पूरा हुने दिनमा आफ्नो महिमा लिएर ओर्लनुभएको व्यक्तिगत रूपमा देखेनन् भने, वा यदि परमेश्वरले तिनीहरूलाई उहाँ कुन वर्ष, महिना, दिन, घण्टा र मिनेटमा मानवजातिकहाँ खुल्लमखुल्ला देखा पर्नुहुनेछ, परमेश्वरको काम कहिले समाप्त हुनेछ, र ठूला विपत्तिहरू कहिले आउनेछन् भनेर स्पष्ट भाषामा बताउनुभएन भने, यदि उहाँले तिनीहरूलाई यी कुराहरू स्पष्ट भाषामा बताउनुभएन भने, तिनीहरूको हृदय बेचैन हुन्छ। तिनीहरू आफ्नो उचित स्थानमा बसेर कर्तव्य निर्वाह गर्न सक्दैनन्, र तिनीहरू यो परिस्थितिप्रति सन्तुष्ट हुन सक्दैनन्। तिनीहरू परिणाम हासिल होस् भन्ने चाहन्छन्, तिनीहरू परमेश्वरले तिनीहरूलाई सटीक भाषामा अभिव्यक्ति दिनुहोओस् र आफूले चाहेका सबै कुरा प्राप्त गर्न सकिन्छ कि सकिन्न भनेर आफूलाई थाहा होस् भन्ने चाहन्छन्। यदि तिनीहरूले यस अभिव्यक्तिका लागि धेरै समय व्यर्थै प्रतीक्षा गरिरहेका छन् भने, तिनीहरूले मनमा अर्को हिसाबकिताब गर्नेछन्। कस्तो हिसाबकिताब? तिनीहरूले कसले तिनीहरूलाई खुसी दिन सक्छ, तिनीहरूले चाहेका कुराहरू कसले दिन सक्छ भनेर हिसाबकिताब गर्नेछन्, र यदि तिनीहरूले आउँदो संसारका कुराहरू प्राप्त गर्न सकेनन् भने, यस जीवनमा आफूले चाहेको सबै कुरा प्राप्त गर्नुपर्छ। यदि यो संसार र मानवजातिले यस जीवनमा तिनीहरूलाई आशिष्, सहजता र देहसुख अनि प्रतिष्ठा र हैसियत दिन सक्छन् भने, तिनीहरूले कुनै पनि बेला, कुनै पनि परिस्थितिमा परमेश्वरलाई त्याग्नेछन्, र आफ्नो सुखी जीवन जिउनेछन्। ख्रीष्टविरोधीहरूका हिसाबकिताब यिनै हुन्। तिनीहरूले सांसारिक खुसी र सम्भावनाहरू पछ्याउन कुनै पनि बेला, कुनै पनि परिस्थितिमा परमेश्वरको घरमा आफ्नो कर्तव्य त्याग्न र आफ्नो हातमा रहेको काम त्याग्न सक्छन्। कति मानिसहरूले त सांसारिक लाभ र सम्भावनाहरू प्राप्त गर्न दाजुभाइ-दिदीबहिनीहरू र परमेश्वरको घरका हितहरूप्रति घात गर्न र परमेश्वरलाई धोका दिनसमेत सक्छन्। त्यसकारण, कर्तव्य निर्वाह गर्दा ख्रीष्टविरोधीहरू जति नै उत्कृष्ट र जति नै प्रतिस्पर्धी देखिन सके पनि, तिनीहरू सबैले कुनै पनि समय र कुनै पनि परिस्थितिमा आफ्नो कर्तव्य त्याग्न, परमेश्वरलाई धोका दिन र परमेश्वरको घर छोड्न सक्छन्। तिनीहरू कुनै पनि बेला, कुनै पनि परिस्थितिमा परमेश्वरको घरलाई घात गरेर यहूदा बन्न सक्छन्। यदि ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गरे भने, यसलाई अपरिहार्य रूपमै सौदा गर्ने माध्यमका रूपमा प्रयोग गर्नेछन्। तिनीहरूले निश्चय नै छोटो समयमा आशिष्हरू प्राप्त गर्ने आफ्नो इच्छा सन्तुष्ट पार्ने प्रयास गर्नेछन्—कम्तीमा पनि सबभन्दा पहिले हैसियतका फाइदाहरू पाउने र अरूको पूजा पाउने आफ्नो इच्छा सन्तुष्ट पार्ने प्रयास गर्नेछन्, र त्यसपछि स्वर्गको राज्यमा प्रवेश गरेर इनाम प्राप्त गर्ने प्रयास गर्नेछन्। तिनीहरूको कर्तव्य निर्वाह गर्ने समयसीमा तीन वर्षको हुन सक्छ, वा यो पाँच, दश वा बीस वर्षको पनि हुन सक्छ। तिनीहरूले परमेश्वरलाई दिन छुट्याएको समय यही हो, र यही नै तिनीहरूले कर्तव्य निर्वाह गर्न आफूलाई दिने सबैभन्दा लामो समय हो। यो समयसीमा सकिएपछि, तिनीहरूको धैर्य पनि सीमामै पुगिसकेको हुनेछ। तिनीहरूले आशिष्, सुन्दर गन्तव्य, मुकुट र इनाम पाउने आफ्नो इच्छाका लागि सम्झौता गर्न, र परमेश्वरको घरमा कष्ट भोग्न र मूल्य चुकाउन सक्ने भए पनि, समय बित्दै जाँदा तिनीहरूले आफ्ना भावी सम्भावना र नियति, वा व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरू कहिल्यै बिर्सने वा त्याग्नेछैनन्, र समय बित्दै जाँदा यी कुराहरू परिवर्तन हुनु वा कमजोर बन्नु त झन् परको कुरा हो। त्यसकारण, ख्रीष्टविरोधीहरूको यो सारबाट हेर्दा, तिनीहरू सकारात्मक कुराहरूलाई घृणा गर्ने र नकारात्मक कुराहरूलाई मात्रै प्रेम गर्ने कट्टर अविश्वासी र अवसरवादी हुन्, परमेश्वरको घरमा छलछाम गरेर बस्न चाहने भ्रष्टहरूका समूह हुन्, र यी मानिसहरू शर्मनाक हुन्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।