विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग सात) खण्ड एक
आ. ख्रीष्टविरोधीहरूका हितहरू
घ. तिनीहरूका सम्भावना र नियति
पछिल्लोपटक, हामीले ख्रीष्टविरोधीहरूका हितहरूको चौथो बुँदा: तिनीहरूका सम्भावना र नियतिबारे सङ्गति गरेका थियौँ, जसलाई थप पाँचवटा बुँदामा विभाजित गरिएको छ। सर्वप्रथम, यी पाँच बुँदाहरू पुनरावलोकन गर। (१. ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई कसरी लिन्छन्; २. ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्; ३. ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन्; ४. ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई कसरी लिन्छन्; ५. ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन्।) पछिल्लोपटक हामीले यीमध्ये पहिलो बुँदा “ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई कसरी लिन्छन्” भन्नेबारे सङ्गति गरेका थियौँ। सबभन्दा पहिले, हामीले परमेश्वरका वचनहरूप्रति व्यवहार गर्ने ख्रीष्टविरोधीहरूको प्राथमिक मनोवृत्तिमध्ये एउटालाई खुलासा गर्न “अध्ययन” भन्ने शब्द प्रयोग गर्यौँ। परमेश्वरका वचनहरूप्रति व्यवहार गर्ने तौरतरिकामा ख्रीष्टविरोधी मानिसहरूको प्राथमिक र आधारभूत मनोवृत्ति भनेको “अध्ययन” हो। तिनीहरू परमेश्वरका वचनहरूप्रति स्विकार्ने वा समर्पित हुने मनोवृत्तिले व्यवहार गर्दैनन्, बरु तिनीहरू तिनलाई छानबीन गर्छन्। तिनीहरू परमेश्वरका वचनहरूलाई सत्यता वा मानिसहरूले पक्रिरहनुपर्ने मार्गका रूपमा स्विकार्ने वा लिने गर्दैनन्, र तिनीहरू परमेश्वरका वचनहरूप्रति सत्यता खोजी गर्ने वा सत्यता स्विकार्ने मनोवृत्तिले व्यवहार गर्दैनन्। बरु यसको साटो, हरेक कुरामा हुने तिनीहरूको उद्देश्य भनेकै तिनीहरूका आफ्नै इच्छा र महत्त्वाकाङ्क्षाहरू, र आफ्नै सम्भावना र नियति हुन्छन्, र तिनीहरू परमेश्वरका वचनहरूमा आफूले चाहेका गन्तव्यहरू, अनि सम्भावना र नियति खोज्छन्। परमेश्वरका वचनहरूलाई लिने तिनीहरूको प्राथमिक मनोवृत्तिमध्ये एउटा के हो भने, तिनीहरू हरेक मामलामा परमेश्वरका वचनहरूलाई आफ्नो सम्भावना र नियतिसँग जोड्छन्। उहाँका वचनहरूप्रति व्यवहार गर्ने तिनीहरूको मनोवृत्तिका आधारमा हेर्दा, यस्तो व्यक्तिको प्रकृति सार कस्तो हुन्छ भने, तिनीहरू परमेश्वरका वचनहरूमा साँचो रूपमा विश्वास नै गर्दैनन्, तिनलाई स्वीकार नै गर्दैनन्, वा तिनमा समर्पित नै हुँदैनन्, बरु ठूलो फाइदा प्राप्त गर्न तिनमा आशिष् र फाइदाहरू खोज्दै तिनलाई छानबीन र विश्लेषण गर्ने गर्छन्। तिनीहरू परमेश्वरका वचनहरूलाई जेजसरी लिन्छन् तिनीहरूको त्यो मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरू परमेश्वरमा कति विश्वास गर्छन्? के तिनीहरूमा उहाँप्रति साँचो विश्वास हुन्छ? तिनीहरूको सारका आधारमा हेर्दा, तिनीहरूमा परमेश्वरप्रति साँचो विश्वास हुँदैन। त्यसोभए तिनीहरू किन अझै पनि परमेश्वरका वचनहरू उठाउन र पढ्न सक्छन्? तिनीहरूका प्रकृति सार, अभिप्राय, र इच्छाहरूबाट मूल्याङ्कन गर्दा, तिनीहरू परमेश्वरका वचनहरूबाट सत्यता र आफ्नो स्वभाव परिवर्तन गर्ने मार्ग प्राप्त गर्न, र यसमार्फत मुक्ति पाउन चाहँदैनन्। बरु, तिनीहरू त परमेश्वरका वचनहरूमा आफूले चाहेका सबै कुरा खोजी गर्न चाहन्छन्। तिनीहरू के खोजी गर्छन्? तिनीहरू रहस्यहरू खोजी गर्छन्, तिनीहरू स्वर्गलाई मात्रै थाहा हुने रहस्यहरू खोजी गर्छन्, र तिनीहरू केही उच्च धर्मसिद्धान्त र गहन ज्ञान खोजी गर्छन्। त्यसकारण, परमेश्वरका वचनहरूलाई लिने यस्तो व्यक्तिको मनोवृत्ति र प्रकृति सारका आधारमा हेर्दा, तिनीहरू सबै नै पूराका पूरा अविश्वासी हुन्। तिनीहरू राम्रो गन्तव्य, राम्रो सम्भावना, र राम्रो नियतिबाहेक अरू केही चाहँदैनन्। तिनीहरू इमानदारीसाथ परमेश्वरका वचनहरू स्वीकार गर्दैनन्, बरु आफूले चाहेका कुराहरू प्राप्त गर्न, र आशिष्हरू प्राप्त गर्ने आफ्ना इच्छा र महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न उहाँका वचनहरूभित्र विभिन्न अवसर र मार्गहरू खोज्ने प्रयास गर्छन्। त्यसकारण, यस्तो व्यक्तिले परमेश्वरका वचनहरूलाई सत्यता वा उसले पालना गर्नुपर्ने मार्गका रूपमा कहिल्यै लिनेछैन। यदि ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई यस्तो मनोवृत्तिले लिए भने, परमेश्वरका वचनहरूमा मानवजातिका लागि दिइएका सबैभन्दा आधारभूत मागहरूमध्ये एक, अर्थात् सृजित प्राणीका रूपमा कर्तव्य निर्वाह गर्नुपर्ने मागप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? आज हामी दोस्रो बुँदा—ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्—भन्नेबारे सङ्गति गर्नेछौँ र ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा के-कस्ता व्यवहारहरू र मनोवृत्तिहरू देखाउँछन्, त्यो खुलासा गर्नेछौँ।
२. ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्
ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूलाई स्वीकार र समर्पणको मनोवृत्तिले लिँदैनन्, त्यसकारण मानवजातिले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने उहाँका वचनहरूको मापदण्डलाई पनि अवश्य नै सत्यता स्विकार्ने मनोवृत्तिसाथ लिन सक्दैनन्। त्यसकारण, एक हिसाबमा तिनीहरू परमेश्वरले मानिसलाई सुम्पेको कर्तव्यप्रति प्रतिरोधी हुन्छन् र आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन्, र अर्को हिसाबमा तिनीहरूलाई आशिष्हरू प्राप्त गर्ने अवसर गुमाउँछन् भन्ने डर हुन्छ। यसले एकप्रकारको लेनदेन पैदा गर्छ। त्यो कस्तो लेनदेन हो? तिनीहरू परमेश्वरका वचनहरूबाट के पत्ता लगाउँछन् भने, यदि मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गरेनन् भने, सायद तिनीहरूलाई हटाइनेछ, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गरेनन् भने, तिनीहरूले सत्यता प्राप्त गर्ने कुनै अवसर पाउनेछैनन्, र तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गरेनन् भने, भविष्यमा स्वर्गको राज्यका आशिष्हरू गुमाउन सक्नेछन्। यसले के जनाउँछ? यसले के जनाउँछ भने, यदि कसैले आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, उसले अवश्य नै आशिष्हरू प्राप्त गर्ने आफ्नो मौका गुमाउनेछ। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू अनि धेरै सङ्गति र प्रवचनहरूबाट यस्तो जानकारी प्राप्त गरेपछि, तिनीहरूको हृदयभित्र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा र चासो विकास हुन्छ। के त्यस्तो इच्छा र चासो विकास गर्दा त्यसले तिनीहरू परमेश्वरका लागि इमानदारीसाथ आफूलाई समर्पित गर्न र इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् भन्ने देखाउँछ? ख्रीष्टविरोधीहरूको प्रकृति सारका आधारमा हेर्दा यस अवस्थामा पुग्न निकै गाह्रो हुन्छ। त्यसोभए, तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न के कुराले प्रेरित गर्छ? सबैको हृदयमा यसको एउटा विवरण हुनुपर्छ, र यस विवरणभित्र केही विशिष्ट कथाहरू हुनुपर्छ। त्यसोभए, ख्रीष्टविरोधीको हृदयमा रहेको यो विवरण कस्तो देखिन्छ? तिनीहरू अत्यन्तै राम्रो, ठिक, सटीक, र लगनशील हिसाबकिताब गर्छन्, त्यसकारण यो भ्रमित विवरण हुँदैन। जब तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्, तब सुरुमा यस्तो हिसाबकिताब गर्छन्: “यदि मैले अहिले आफ्नो कर्तव्य निर्वाह गर्ने हो भने, मैले परिवारसँग बस्नुको आनन्द त्याग्नुपर्छ, र मैले आफ्नो करियर र आफ्ना सांसारिक सम्भावनाहरू त्याग्नुपर्छ। यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्न यी कुराहरू त्यागेँ भने, के प्राप्त गर्न सक्छु? परमेश्वरका वचनहरू भन्छन्, यो आखिरी युगमा, परमेश्वरलाई भेट्न सक्ने, परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने, र अन्त्यमा रहिरहन सक्नेहरू नै महान् आशिष्हरू प्राप्त गर्न सक्ने मानिस हुन्। परमेश्वरका वचनहरूले भनेअनुसार हेर्दा, मलाई लाग्छ परमेश्वरले यी वचनहरूअनुसार यो काम पूरा गर्न र हासिल गर्न सक्छन्। यसका साथै, आफ्नो कर्तव्य निर्वाह गर्न, अनि उहाँका लागि आफूलाई समर्पित गर्न सक्ने यी मानिसहरूलाई नै परमेश्वर धेरै प्रतिज्ञा प्रदान गर्नुहुन्छ!” परमेश्वरका वचनहरू अध्ययन गरेर, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूलाई परमेश्वरले आखिरी युगमा दिएका धेरै प्रतिज्ञा अर्थ्याउँछन्, र यसका साथमा तिनीहरूका व्यक्तिगत कल्पनाहरू र यी वचनहरूलाई तिनीहरूले गरेका आफ्नै विश्लेषण र छानबीनद्वारा सिर्जित सबै धारणाले तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्नमा गहन चासो र आवेग पैदा गर्छ। त्यसपछि तिनीहरू परमेश्वरअघि प्रार्थना गर्न जान्छन्, जहाँ तिनीहरू गम्भीर प्रतिज्ञाहरू गर्छन् र शपथहरू खान्छन्, परमेश्वरका लागि सबै कुरा त्याग्ने र समर्पित गर्ने, यो जीवन उहाँलाई समर्पित गर्ने र सबै देहसुख र सम्भावनाहरू त्याग्ने आफ्नो सङ्कल्प स्थापित गर्छन्। तर तिनीहरूले यसरी प्रार्थना गरे पनि र तिनीहरूका सबै शब्दहरू सही देखिए पनि, तिनीहरू मनभित्र के सोच्छन् त्यो कुरा तिनीहरू र परमेश्वरलाई मात्रै थाहा हुन्छ। तिनीहरूका प्रार्थना र सङ्कल्प शुद्ध देखिन्छन्, मानौँ तिनीहरूले परमेश्वरको आज्ञा पूरा गर्न, आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न मात्रै यसो गरिरहेका छन्, तर तिनीहरूले हृदयभित्र भने कर्तव्य निर्वाह गरेर कसरी आशिष् पाउन र आफूले चाहेका कुराहरू प्राप्त गर्न सकिन्छ, र आफूले चुकाएका सबै कुरा परमेश्वरलाई कसरी देखाउन सकिन्छ र आफूले चुकाएको र गरेको कुराद्वारा उहाँलाई गहन रूपमा प्रभावित पार्न के गर्न सकिन्छ भनेर हिसाबकिताब गरिरहेका हुन्छन्, ताकि उहाँले तिनीहरूले गरेका कुराहरू याद गरेर अन्ततः तिनीहरूलाई तिनीहरूले चाहेका सम्भावना र आशिष्हरू प्रदान गर्नुहोओस्। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुअघि, हृदयभित्र आफ्ना सम्भाव्यताहरू, आशिष्हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू पूर्ण विश्वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्वरले अपेक्षा गर्नुहुने इमानदारी, साँचो विश्वास र बफादारी हुन्छ त? यस बिन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारी, विश्वास, वा इमानदारी देख्न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुअघि पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र इच्छाहरूको पूर्वसर्तका आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु हुन्छ। के भन्न सकिन्छ भने तिनीहरूले कर्तव्य निर्वाह गर्नका लागि तय गर्ने सर्तहरू यिनै हुन्: “यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्वरले मानवजातिका लागि तयार गरिएको छ भनेर भनेका सबै आशिष् र फाइदाहरू प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।” तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र इच्छाहरू लिएर परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही इमानदारिता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा भन्दा, यसलाई उत्साह भनेर पनि भन्न सकिन्छ। तर यसमा कुनै साँचो विश्वास वा बफादारी हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई इमानदारी भन्न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्हरू प्राप्त गर्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रति तिनीहरूका इच्छाहरूले भरिएको हुन्छ। त्यसकारण, बाहिरबाट हेर्दा के देखिन्छ भने, धेरै ख्रीष्टविरोधीले निष्कासित हुनुभन्दा पहिले, आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र तिनीहरूले औसत व्यक्तिले भन्दा बढी त्याग गरेका र कष्ट भोगेका हुन्छन्। तिनीहरूले समर्पित गर्ने कुरा र चुकाउने मूल्य पावलको जस्तै हुन्छ, र तिनीहरू पावलले भन्दा कम दौडधूप गर्दैनन्। यो कुरा सबैले देख्न सक्ने कुरा हो। तिनीहरूको व्यवहार अनि कष्ट भोग्ने र मूल्य चुकाउने तिनीहरूको सङ्कल्पका हिसाबमा हेर्दा त, तिनीहरूले केही पनि प्राप्त नगर्ने भन्ने त नहुनुपर्ने हो। तर परमेश्वर कुनै व्यक्तिलाई उसको बाहिरी व्यवहारका आधारमा होइन, उसको सार, उसको स्वभाव, उसले प्रकट गर्ने कुरा, र उसले गर्ने हरेक कुराको प्रकृति र सारका आधारमा हेर्नुहुन्छ। मानिसहरूले अरूको मूल्याङ्कन गर्दा र अरूसित व्यवहार गर्दा, तिनीहरू को हुन्, तिनीहरूले कति कष्ट भोग्छन्, र तिनीहरू कति मूल्य चुकाउँछन् भन्ने कुरा पूराको पूरा बाहिरी व्यवहारको आधारमा निर्धारित गर्ने गर्छन्, र यो गम्भीर गल्ती हो।
आफ्नो कर्तव्यलाई हेर्ने ख्रीष्टविरोधीहरूको मनोवृत्ति सुरुदेखि नै यस्तै रहेको छ। तिनीहरू महत्त्वाकाङ्क्षा, इच्छा, र लेनदेनको मानसिकता लिएर कर्तव्य निर्वाह गर्न परमेश्वरको घर आउँछन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा पहिले हृदयभित्र यिनै कुराको हिसाबकिताब र योजना गर्छन्। तिनीहरूको योजना के हुन्छ? तिनीहरूको हिसाबकिताबको चुरो कुरो र केन्द्रविन्दु के हुन्छ? तिनीहरूले आशिष्हरू प्राप्त गर्ने, असल गन्तव्य प्राप्त गर्ने उद्देश्य राखिरहेका हुन्छन्, र कतिपय मानिसले त विपत्तिबाट जोगिनेसमेत लक्ष्य लिइरहेका हुन्छन्। तिनीहरूको अभिप्राय यही हुन्छ। तिनीहरू बारम्बार परमेश्वरका वचनहरू छानबीन गर्छन्, तर तिनीहरू जीवनभरसम्म पनि परमेश्वरका वचनहरू सबै सत्यता हुन्, परमेश्वरका वचनहरूमा अभ्यासको मार्ग हुन्छ, र परमेश्वरका वचनहरूले मानिसहरूलाई शुद्ध पार्न, स्वभाव परिवर्तन गर्न, र मुक्ति प्राप्त गर्न मद्दत गर्न सक्छन् भन्ने कुरा देख्न सक्दैनन्। तिनीहरूले जति नै आँखा च्यातेर हेरे पनि यी कुराहरू देख्न सक्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू जसरी पढे पनि, तिनीहरूले सबैभन्दा बढी वास्ता गर्ने र सबैभन्दा बढी महत्त्व दिने कुरा भनेको परमेश्वरका लागि त्याग गर्ने, समर्पित हुने, कष्ट भोग्ने, र मूल्य चुकाउनेहरूलाई उहाँले उपहारस्वरूप दिने आशिष् र प्रतिज्ञाहरूबाहेक अरू केही पनि हुँदैन। जब तिनीहरूले परमेश्वरका वचनहरूमा आफूले सबैभन्दा केन्द्रीय र महत्त्वपूर्ण ठानेका विषयवस्तु भेट्टाउँछन्, तब तिनीहरूलाई जीवनडोरी भेट्टाएजस्तै लाग्छ। तिनीहरूलाई ठूलो आशिष् प्राप्त गरिएला जस्तो लाग्छ, र आफू यस युगका सबैभन्दा आशिषित र भाग्यमानी मानिस हुँ भन्ने लाग्छ। त्यसकारण, तिनीहरू मनमनै आनन्दित हुन्छन्: “मैले यस जीवनमा राम्रो समय पाएको छु; युगौँदेखिका ती प्रेरित र अगमवक्ताहरू कसैले पनि आखिरी दिनहरूको ख्रीष्टलाई भेट्न पाएनन्। आज म आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याइरहेको छु, त्यसकारण मैले ठुला आशिष्हरू प्राप्त गर्ने यो अवसर गुमाउनु हुँदैन। यो इनाम र मुकुट पाउने मौका हो! गैरविश्वासीहरूले यो सौभाग्य पाउनेछैनन्, र तिनीहरूले यस जीवनमा जति नै राम्ररी आनन्द लिए पनि वा तिनीहरूको हैसियत जति नै उच्च भए पनि, ठुलठुला विपत्तिहरू आइपर्दा तिनीहरू सबै नष्ट हुनेछन्। त्यसकारण, मैले संसारका देहसुखहरू त्याग्नुपर्छ, किनभने मैले ती कुराहरूको जति नै धेरै आनन्द लिए पनि, ती क्षणिक र अल्पकालीन हुन्छन्। म भविष्यको बाटो हेर्नेछु र अझै ठूला आशिष् र इनामहरू, र अझै ठूलो मुकुट प्राप्त गर्नेछु!” त्यसकारण, तिनीहरू हृदयमा आफैलाई यस्तो चेतावनी दिन्छन्: “आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले जति धेरै कष्ट भोगे पनि वा जति धेरै दौडधूप गर्नुपरे पनि, म जेल परे पनि वा मैले यातना भोगे पनि, र मैले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, म लागिपर्नैपर्छ, लागिपर्नैपर्छ, त्यसपछि अझै धेरै लागिपर्नैपर्छ! म निराश हुनु हुँदैन, मैले सबै अपमान सहनैपर्छ र भारी बोझ लिनैपर्छ, र अन्तिम क्षणसम्म लागिपर्नैपर्छ। मलाई विश्वास छ, परमेश्वरले भनेको ‘अन्त्यसम्मै पछ्याउनेले अवश्य नै मुक्ति पाउनेछ’ भन्ने वचन मेरो जीवनमा पूरा हुनेछ।” के तिनीहरूले आफ्नो हृदयमा सोच्ने र विश्वास गर्ने कुनै पनि विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन्? (हुँदैनन्।) तीमध्ये कुनै पनि कुरा सत्यताअनुरूप हुँदैनन्, र तीमध्ये कुनै पनि कुरा परमेश्वरका वचनहरू वा परमेश्वरका अभिप्रायहरूअनुरूप हुँदैनन्—ती सबै तिनीहरूको व्यक्तिगत सम्भावना र नियतिका लागि गरिने हिसाबकिताब र योजनाहरू हुन्। हृदयको गहिराइभित्र तिनीहरूसँग परमेश्वरका वचनहरूमा उल्लिखित मानवजातिप्रतिको कुनै पनि मागप्रति कुनै चासो हुँदैन; तिनीहरू तिनलाई कुनै ध्यान दिँदैनन्। हृदयभित्र तिनीहरू परमेश्वरका वचनहरूमा गरिएको मानवताको खुलासा र तिनीहरूप्रतिका मापदण्डहरूप्रति घिन र प्रतिरोध महसुस गर्छन्, र तिनीहरू धारणाहरूसमेत विकास गर्छन्, त्यसकारण जब तिनीहरू यी वचनहरू देख्छन्, तब ती वचनहरूप्रति प्रतिरोध महसुस गर्छन् र तिनीहरूलाई असहज लाग्छ, र त्यसपछि तिनीहरू ती वचनहरूलाई बेवास्ता गरी त्यसै छोडिदिन्छन्। जब परमेश्वरका वचनहरूमा उल्लेख गरिएका मानवजातिप्रतिका अर्ती, सान्त्वना, ताकिता, कृपा र सहानुभूतिको कुरा आउँछ, तब तिनीहरू यी वचनहरू ढोँग हुन् भन्ने विश्वास गर्दै अधैर्य देखाउँछन् र स्विकार्न वा सुन्न मान्दैनन्। तिनीहरू हृदयमा परमेश्वरका न्याय र सजायका वचनहरू र मानिसहरूमाझ उहाँले गर्ने परीक्षाहरूको कामप्रति घिन र प्रतिरोध महसुस गर्छन्, र तिनीहरू तिनलाई स्विकार्न अनिच्छुक हुन्छन् र तीबाट टाढा बस्छन्। बरु यसको साटो, तिनीहरू मानवजातिका लागि परमेश्वरले दिएका प्रतिज्ञा वा आशिष्हरूसँग सम्बन्धित वचनहरूमा मात्रै ठूलो चासो देखाउँछन्, र तुरुन्तै स्वर्गको राज्यमा उचालिने र सबै कष्टबाट मुक्त पारिने इच्छा पूरा गर्नका लागि आशिष्हरू प्राप्त गर्ने आफ्नो अधीर इच्छा सन्तुष्ट पार्न तिनीहरू ती कुराहरू बारम्बार पढ्ने समेत गर्छन्। जब तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर लागिपर्न सक्दैनन्, र जब तिनीहरूले आशिष्हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा तिनीहरूलाई शङ्का हुन्छ, र तिनीहरूको “विश्वास” डगमगाउँछ वा जब तिनीहरूको इच्छाशक्ति दह्रिलो हुँदैन र तिनीहरू पछि हट्न चाहन्छन्, तब तिनीहरू यी वचनहरू पढ्छन् र ती वचनहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा बनाउँछन्। तिनीहरू आफ्नो कुनै पनि अध्याय वा खण्डमा परमेश्वरका वचनहरूको सत्यता मनन गर्ने प्रयास गर्दैनन्, र तिनीहरू परमेश्वरका वचनहरूको न्याय अलिकति पनि अनुभव गर्न चाहँदैनन्, झन् मानवजातिको भ्रष्ट सार खुलासा गर्ने परमेश्वरका वचनहरूद्वारा आफूलाई चिनेर मानवजातिको गहन भ्रष्टताको वास्तविकता स्पष्ट रूपमा देख्नु त परको कुरा हो। तिनीहरू मानवजातिप्रतिको परमेश्वरका अभिप्राय, मापदण्ड, र अर्तीहरूलाई पनि सुनेर नसुनेको जस्तो गर्छन्, तीप्रति कुनै ध्यान दिँदैनन् र तिनलाई अनादर र उदासीनताको मनोवृत्तिले लिन्छन्। तिनीहरू हृदयमा यस्तो विश्वास गर्छन्, “परमेश्वरले भन्ने र गर्ने कुरा त औपचारिकता मात्रै हो; यसलाई कसले स्विकार्न सक्छ र? कसले यसलाई बुझ्न सक्छ र? परमेश्वरका वचनहरूअनुसार कसले साँचो रूपमा अभ्यास गर्न सक्छ र? परमेश्वरका यी वचनहरू सबै अनावश्यक छन्। मानिसहरूले आफ्नो कर्तव्य निभाउने कार्यलाई आशिष्सँग साट्नु नै सबैभन्दा वास्तविक कुरा हो—योभन्दा वास्तविक कुरा अरू केही छैन।” त्यसकारण, तिनीहरू बारम्बार परमेश्वरका वचनहरूमा खोजी गर्छन्, र यो मार्ग भेट्टाएपछि आफ्नो कर्तव्य निर्वाह गर्नुलाई आशिष्हरू प्राप्त गर्ने एकमात्र मार्गका रूपमा लिन्छन्। यी कुराहरू नै ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा राख्ने अभिप्राय, उद्देश्य, र भित्री हिसाबकिताब हुन्। त्यसोभए, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा के-कस्ता खुलासा र प्रकटीकरणहरू प्रदर्शित गर्छन् जसबाट मानिसहरूलाई त्यस्ता मानिसहरूको सार पूर्ण रूपमा ख्रीष्टविरोधी सार हो भनेर देख्न मदत मिल्छ? ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु कुनै संयोग होइन—तिनीहरू अवश्य नै आफ्नै अभिप्राय र उद्देश्य, अनि आशिष्हरू प्राप्त गर्ने इच्छाद्वारा आफ्नो कर्तव्य पूरा गर्छन्। अनि अवश्य नै, तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूको उद्देश्य र मनोवृत्तिलाई तिनीहरूले दिनरात सोच्ने र चिन्ता गर्ने आशिष्हरू, असल गन्तव्य, एवम् असल सम्भावना र नियति प्राप्त गर्ने इच्छाबाट अलग गर्न सकिँदैन। तिनीहरू आफ्नो कामबाहेक अरू कुनै कुराबारे पनि नबोल्ने व्यापारीहरूजस्तै हुन्छन्। ख्रीष्टविरोधीहरूले जे गरे पनि त्यो सबै ख्याति, लाभ, र हैसियतसँग सम्बन्धित हुन्छ—त्यो सबै आशिष्हरू प्राप्त गर्नु अनि सम्भावनाहरू र नियतिसँग जोडिएको हुन्छ। भित्री रूपमा, तिनीहरूको हृदय त्यस्ता कुराहरूले भरिएको हुन्छ; र त्यही नै ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यस्तो प्रकृति सारको कारणले गर्दा नै अरूले तिनीहरूको अन्तिम परिणाम हटाइनु हो भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्।
परमेश्वरले उहाँका वचनहरूमा हरप्रकारका मानिसहरूका लागि मागहरू तोक्नुभएको छ, र हरप्रकारका कर्तव्य र कामबारे मागहरू र स्पष्ट भनाइहरू प्रस्तुत गर्नुभएको छ। यी वचनहरू सबै मानवजातिका लागि परमेश्वरले दिएका माग हुन्, र यी मागहरू मानिसहरूले पालना गर्नुपर्ने, अनि अभ्यास गरी हासिल गर्नुपर्ने कुरा हुन्। परमेश्वरका वचनहरू र परमेश्वरका मागहरूप्रति ख्रीष्टविरोधीहरूमा कस्तो मनोवृत्ति हुन्छ? के तिनीहरू समर्पणको मनोवृत्ति अपनाउँछन्? के तिनीहरू नम्रतापूर्वक स्विकार्ने मनोवृत्ति अपनाउँछन्? अवश्य नै अपनाउँदैनन्। ख्रीष्टविरोधीहरूको स्वभाव हेर्दा, के तिनीहरू परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँदा, परमेश्वरका माग र परमेश्वरको घरका बन्दोबस्तहरूअनुसार राम्ररी निर्वाह गर्न सक्छन्? (अहँ, सक्दैनन्।) अवश्य नै सक्दैनन्। जब ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तब तिनीहरूको पहिलो विचार भनेको आफ्नो कर्तव्य निर्वाह गर्दा के-कस्ता सिद्धान्तहरू पूरा गर्नुपर्छ, र परमेश्वरको माग के छ, वा परमेश्वरको घरका नियमहरू के-के छन् भनेर खोजी गर्नु हुँदैन। बरु यसको साटो, तिनीहरूले सुरुमा त्यो कर्तव्य निर्वाह गरेपछि आफूलाई आशिष् वा इनाम दिइनेछ कि छैन भनेर सोध्छन्। यदि तिनीहरूले आशिष् वा इनाम पाउनेछन् भन्ने कुरा निश्चित छैन भने, तिनीहरू त्यो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन्; र तिनीहरूले कर्तव्य निर्वाह गरेछन् नै भने पनि, तिनीहरू झाराटारुवा हुन्छन्। ख्रीष्टविरोधीहरू आशिष्हरू प्राप्त गर्नका लागि मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू कर्तव्य निर्वाह गरेर आफूलाई प्रख्यात बनाउन र मानिसहरूको श्रद्धा पाउन सकिन्छ कि सकिन्न, र आफूले कर्तव्य निर्वाह गरेको कुरा माथिलाई वा परमेश्वरलाई थाहा हुन्छ कि हुँदैन भनेर समेत जिज्ञासु भई सोध्छन्। कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले विचार गर्ने कुराहरू यी मात्र हुन्। तिनीहरू सर्वप्रथम कर्तव्य निर्वाह गरेर के-कस्ता लाभहरू पाइन्छन् र आफूलाई आशिष् प्राप्त हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारित गर्न चाहन्छन्। तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। तिनीहरू कसरी परमेश्वरका अभिप्रायहरू ख्याल गर्ने र परमेश्वरको प्रेमको ऋण तिर्ने, र मानिसहरूले परमेश्वरको मुक्ति र खुसी प्राप्त गर्न सकून् भनेर कसरी सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिनेबारे कहिल्यै विचार गर्दैनन्, तिनीहरूले सत्यता बुझ्ने, वा आफ्नो भ्रष्ट स्वभाव समाधान गरेर मानव रूपमा कसरी जिउने भनेर खोजी गर्नु त झन् परको कुरा हो। तिनीहरू यी कुराहरूबारे कहिल्यै सोच्दैनन्। तिनीहरू आशिष् पाउन र लाभहरू प्राप्त गर्न सकिन्छ कि सकिँदैन, कसरी स्थिर पकड प्राप्त गर्ने, कसरी हैसियत पाउने, कसरी मानिसहरूबाट आदर पाउने, अनि मण्डली र भीडमा कसरी पृथक बन्ने र उत्कृष्ट बन्ने भनेर मात्रै विचार गर्छन्। तिनीहरू साधारण अनुयायी बन्न पटक्कै इच्छुक हुँदैनन्। तिनीहरू मण्डलीमा सधैँ प्रथम बन्न, अन्तिम निर्णय आफै गर्न, अगुवाहरू बन्न, र सबैलाई आफ्नो कुरा सुन्ने बनाउन चाहन्छन्। त्यसपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। तिमीहरू ख्रीष्टविरोधीहरूको हृदय यस्ता कुराहरूले भरिएको हुन्छ भन्ने कुरा देख्न सक्छौ। के तिनीहरू साँचो रूपमा परमेश्वरमा समर्पित हुन्छन्? के तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य सच्चा तरिकाले निर्वाह गर्छन्? (गर्दैनन्।) त्यसोभए, तिनीहरू के गर्न चाहन्छन्? (शक्ति हात पार्न।) ठिक भन्यौ। तिनीहरू भन्छन्, “म त बाहिरी संसारमा सबैलाई जित्न चाहन्छु। कुनै पनि समूहमा म नै पहिलो हुनुपर्छ। म दोस्रोमा आउन इन्कार गर्छु, र म कहिले पनि कसैलाई पछ्याउने व्यक्ति बन्न चाहन्नँ। म अगुवा बन्न चाहन्छु र म रहेको मानिसहरूको समूहमा अन्तिम निर्णय आफै गर्न चाहन्छु। यदि मैले अन्तिम निर्णय गर्न पाउँदिनँ भने, म तिमीहरू सबैलाई मनाउने, तिमीहरू सबैलाई मेरो आदर गर्ने, र मलाई अगुवाका रूपमा छनौट गर्ने बनाउन सम्भव भएका सबै उपाय प्रयोग गरी हेर्नेछु। हैसियत पाएपछि, मैले नै अन्तिम निर्णय गर्न पाउँछु, र सबै जनाले मेरो कुरा सुन्नुपर्छ। तिमीहरूले मैले भनेबमोजिम काम गर्नुपर्छ, र तिमीहरू मेरो नियन्त्रणमा बस्नुपर्छ।” ख्रीष्टविरोधीहरूले जे-जस्तो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू आफूलाई उच्च पदमा, वरिष्ठताको पदमा राख्ने प्रयास गर्छन्। तिनीहरू साधारण अनुयायीका रूपमा रहेको आफ्नो स्थानप्रति सन्तुष्ट बन्न सक्दैनन्। अनि, तिनीहरू के कुरामा सबैभन्दा बढी उत्साहित हुन्छन्? मानिसहरूको अगाडि बसेर आदेश दिँदै र तिनीहरूलाई घुर्की लगाउँदै, उनीहरूलाई आफूले भनेअनुसार काम गर्न लगाउँदा। आफ्नो कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनेर तिनीहरू कहिल्यै विचार गर्दैनन्—आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट तुल्याउन सत्यता सिद्धान्तहरू खोजी गर्नु त झन् परको कुरा हो। बरु, तिनीहरू आफूलाई पृथक देखाउन, अगुवाहरूको नजरमा उच्च बन्न र बढुवा पाउनका लागि उपायहरू खोज्दै दिमाग खियाउँछन्, ताकि तिनीहरू आफै अगुवा वा सेवक बन्न सकून्, र अरूलाई नेतृत्व गर्न सकून्। तिनीहरूले सारा दिन यस्तै कुरा सोचिरहेका र आशा गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू अरूको नेतृत्वमा हिँड्न इच्छुक हुँदैनन्, न त तिनीहरू साधारण अनुयायी हुन नै इच्छुक हुन्छन्, झन् तिनीहरूले प्रसिद्धिविना आफ्नो कर्तव्य चुपचाप निर्वाह गर्न चाहनु त परको कुरा हो। तिनीहरूको कर्तव्य जे भए पनि, यदि तिनीहरू अगाडि र केन्द्रमा पर्न सक्दैनन् भने, यदि तिनीहरूले अरूभन्दा माथि पुगेर अरूलाई अगुवाइ गर्न सक्दैनन् भने, तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्नु न्यास्रो लाग्छ, र तिनीहरू नकारात्मक बनेर सुस्त बन्न थाल्छन्। अरूको प्रशंसा वा आराधनाविना, तिनीहरूलाई काम त्यति रोचक लाग्दैन, र कर्तव्य निर्वाह गर्ने तिनीहरूको इच्छा घटेर जान्छ। यदि कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले अगाडि र केन्द्रमा रहन र अन्तिम निर्णय गर्न पाउँछन् भने, तिनीहरू सशक्त महसुस गर्छन्, र कुनै पनि कष्ट भोग्नेछन्। कर्तव्यपालनको दौरान तिनीहरूले सधैँ व्यक्तिगत अभिप्रायहरू बोकेका हुन्छन्, र अरूलाई जित्ने आफ्नो जरुरत पूरा गर्न तिनीहरू सधैँ आफूलाई पृथक देखाउन, र आफ्नो इच्छा र महत्त्वाकाङ्क्षा पूरा गर्न चाहन्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, हरेक हिसाबमा प्रतिस्पर्धा गर्ने, अरूभन्दा अलग हुने, उत्कृष्ट बन्ने, र अरूभन्दा माथि उठ्ने प्रयास गर्दै अत्यन्तै प्रतिस्पर्धी हुनेबाहेक, आफ्नो वर्तमान हैसियत, इज्जत र प्रतिष्ठा कसरी कायम राखिराख्ने भनेर पनि विचार गरिरहेका हुन्छन्। यदि तिनीहरूको हैसियत वा प्रतिष्ठा खतरामा पार्ने कोही छ भने, तिनीहरूलाई ढाल्न र हटाउन तिनीहरू कुनै कसर बाँकी छोड्दैनन्, र कुनै कुरा बाँकी राख्दैनन्। तिनीहरू सत्यता पछ्याउन सक्ने, बफादारी र जिम्मेवारी बोधसाथ आफ्नो कर्तव्य निर्वाह गर्नेहरूलाई दमन गर्न घृणित माध्यमहरूसमेत प्रयोग गर्छन्। तिनीहरू उत्कृष्ट रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति डाहा र घृणाले भरिएका पनि हुन्छन्। तिनीहरू विशेषगरी अरू दाजुभाइ-दिदीबहिनीहरूले समर्थन र अनुमोदन गर्ने मानिसहरूलाई घृणा गर्छन्; तिनीहरू आफू लागिपरेको कुरा, र आफ्नो प्रतिष्ठा र हैसियतका लागि त्यस्ता मानिसहरू गम्भीर खतरा हुन्छन् भन्ने ठान्छन्, र तिनीहरू हृदयमा यस्तो कसम खान्छन्, “कि तँ रन्छस् कि म रहन्छु, हामी दुवै अट्ने कुनै ठाउँ छैन, र यदि मैले तँलाई ढलाएर खतम पारिनँ भने, म आफूलाई माफी दिन सक्दिनँ।” तिनीहरू फरक विचार व्यक्त गर्ने, तिनीहरूलाई खुलासा गर्ने, वा तिनीहरूको हैसियत खतरामा पार्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति निर्दयी हुन्छन्: तिनीहरू उनीहरूको कमजोरी पत्ता लगाउन उनीहरूलाई आलोचना गर्न र दोष दिन, उनीहरूलाई बदनाम गर्न र ढाल्नका लागि आफूले गर्न सक्ने जुनसुकै उपाय सोच्छन्, र त्यसो नगरेसम्म तिनीहरू विश्राम गर्दैनन्। कुनै पनि व्यक्तिप्रति गर्ने तिनीहरूको व्यवहारमा एउटै मात्र मनोवृत्ति हुन्छ: यदि त्यस व्यक्तिले तिनीहरूको हैसियत खतरामा पार्छ भने, तिनीहरूले उसलाई ढाल्नेछन् र समाप्त पार्नेछन्। तिनीहरूका सबै कट्टर अनुयायीहरू तिनीहरूलाई चापलुसी गर्ने मानिस हुन्छन्, र तिनीहरूले जे-जस्ता खराब कुराहरू गरे पनि र तिनीहरूले मण्डलीको काम र परमेश्वरको घरका हितहरूमा जति नै धेरै हानि गरे पनि, उनीहरूले तिनीहरूलाई ढाकछोप गर्नेछन् र तिनीहरूको रक्षा गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सधैँ आफ्नै ख्याति, लाभ र हैसियत व्यवस्थापन गरिरहेका हुन्छन्, र आफ्नै स्वतन्त्र राज्य व्यवस्थापन गरिरहेका हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुको सार भनेको तिनीहरूको आफ्नै स्वतन्त्र राज्यका लागि र तिनीहरूको आफ्नै सम्भावना र नियतिका लागि लड्नु हो।
कतिपय ख्रीष्टविरोधीहरू सानो समूहमा एक दर्जन वा सोभन्दा बढी मानिसहरूलाई अगुवाइ गर्छन्, र कतिले त सिङ्गो मण्डली वा त्योभन्दा बढी मानिसहरूलाई अगुवाइ गर्छन्। तिनीहरूले जति धेरै मानिसहरूलाई नेतृत्व गरे पनि, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा यी मानिसहरूलाई नियन्त्रण गरिसकेका हुन्छन्, र तिनीहरूले राजाका रूपमा तिनीहरूमाझ शक्ति प्रयोग गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरले त्यस्ता कुराहरूलाई कसरी दोषी ठहराउनुहुन्छ र घृणा गर्नुहुन्छ भन्ने कुराप्रति चासो लिँदैनन्, तिनीहरू त आफूले आफ्नो हातमा भएको शक्तिलाई दह्रिलो गरी पक्रिराख्ने र आफ्नो अधीनमा रहेका ती मानिसहरूलाई कडाइसाथ नियन्त्रण गर्नेबारे मात्रै चासो लिन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको कर्तव्य निर्वाह गर्ने अभिप्राय र मनसायका आधारमा हेर्दा, तिनीहरूको सार क्रूर र दुष्ट हुन्छ। त्यसकारण कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले देखाउने व्यवहारका आधारमा भन्नुपर्दा, तिनीहरू कस्तो स्वभाव प्रकट गर्छन्? तिनीहरूको स्वभाव पनि क्रूर नै हुन्छ। यो क्रूर स्वभावलाई कसरी चित्रण गरिन्छ? तिनीहरूले कर्तव्य निर्वाह गर्दा कष्ट भोग्न र मूल्य चुकाउन सके पनि, तिनीहरूले निर्वाह गर्ने कुनै पनि कर्तव्य परमेश्वरका वचनहरूअनुसार निर्वाह गरिएको हुँदैन। तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कार्य बन्दोबस्तहरू पटक्कै लागू गर्दैनन्, झन् हरेक कामका लागि परमेश्वरको घरले तोकेका सिद्धान्तहरू खोजी गर्नु त परको कुरा हो। तिनीहरू आफ्नो व्यक्तिगत रुचि र शक्तिप्रतिको आफ्नो इच्छा मात्रै सन्तुष्ट पार्छन्, र सधैँ केही न केही गरिरहने आफ्नो व्यक्तिगत इच्छा पनि सन्तुष्ट पार्छन्। ख्रीष्टविरोधीहरू यी सबै केही सर्त हुन् जसलाई पूरा गरेर मुकुट पाउन सकिन्छ भन्ने विश्वास गर्छन्। तिनीहरू मनमनै कामना गर्दै सोच्छन्: “यदि मैले मूल्य चुकाउँदै, आफूलाई परित्याग र आफूलाई खर्च गर्दै यसरी काम गरेँ भने, परमेश्वरले अन्ततः मलाई अवश्य नै मुकुट र इनाम दिनुहुनेछ!” तिनीहरू परमेश्वरका वचनहरूमा मानवजातिका लागि जोड दिइएका र बारम्बार अघि सारिएका मापदण्ड र सिद्धान्तहरूलाई कहिल्यै ध्यान दिँदैनन् वा गम्भीरतापूर्वक लिँदैनन्; तिनीहरू तिनलाई भनाइहरू मात्रै ठान्छन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “तिम्रा मापदण्डहरू जेसुकै भए पनि, मैले मेरो शक्ति वा मेरा पछ्याइहरू खुकुलो पार्नु हुँदैन, र मैले आफ्ना इच्छा वा महत्त्वाकाङ्क्षाहरू त्याग्नु हुँदैन। यदि मसँग यी कुराहरू भएनन् भने, कर्तव्य निर्वाह गर्नलाई मसँग कुन उत्साह वा उत्प्रेरणा हुन्छ र?” ख्रीष्टविरोधीहरूले कर्तव्य निर्वाह गर्दा देखाउने केही प्रकटीकरण यिनै हुन्। परमेश्वरका वचनहरूले जे भने पनि, र माथिबाट विभिन्न कामका माग गरिएको जे-जस्ता मानक र सिद्धान्तहरू तय भएका भए पनि, ख्रीष्टविरोधीहरूले सुन्दैनन् र ध्यान दिँदैनन्। माथिका वचनहरू जति नै विशिष्ट भए पनि, कामको यस पक्षका मागहरू जति नै कडा भए पनि, तिनीहरू नसुनेको वा नबुझेको बहाना गर्छन्, र तिनीहरूले अझै पनि उच्छृङ्खल र स्वेच्छाचारी ढङ्गले व्यवहार गरिरहेका हुन्छन् र बेलगाम आफ्नै अभिप्रायहरूअनुसार काम गरिरहेका हुन्छन्। तिनीहरू के विश्वास गर्छन् भने, यदि तिनीहरूले परमेश्वरका मापदण्डहरूअनुसार र माथिले तोकेका विधिहरूअनुसार काम गरे भने, आफ्नो हैसियत गुमाउनेछन्, र तिनीहरूले पाएको शक्ति हस्तान्तरित भई भङ्ग हुनेछ। तिनीहरू के पनि विश्वास गर्छन् भने, सत्यताअनुसार र परमेश्वरका वचनहरूमा उल्लेख गरिएका मागहरूअनुसार काम गर्नु भनेको आफ्नो शक्तिको अदृश्य आक्रमण र वञ्चिति हो—यो तिनीहरूको व्यक्तिगत प्रतिष्ठाप्रतिको आक्रमण हो। तिनीहरू यस्तो सोच्छन्: “म त्यति मूर्ख छैनँ। यदि मैले तिमीहरूका विचार स्विकारेँ भने, के म अयोग्य र नेतृत्व गर्ने प्रतिभा नभएजस्तो देखिनेछैनँ र? यदि मैले तिमीहरूका विचार स्विकारेँ भने, यदि मैले मेरो गल्ती स्विकारेँ भने, के मेरा दाजुभाइ-दिदीबहिनीहरूले पछि पनि मेरो कुरा सुन्नेछन् र? के मसँग अझै प्रतिष्ठा हुनेछ र? यदि मैले माथिका मापदण्डहरूअनुसार काम गरेँ भने, के मैले आफूलाई प्रदर्शन गर्ने मौका गुमाउनेछैनँ र? के त्यसपछि पनि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो आराधना गर्नेछन् र? के तिनीहरूले अझै पनि मेरो कुरा सुन्नेछन् र? यदि तिनीहरू कसैले नि मेरो कुरा सुनेनन् भने, यो कर्तव्य निभाउनुको के अर्थ हुन्छ र? म अझै यो काम कसरी गर्न सक्छु र? यदि समूहमा मेरो अख्तियार छैन र मेरो प्रतिष्ठा घट्यो भने, र यदि तिनीहरू सबैले परमेश्वरका वचनहरू सुन्छन् र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्छन् भने, के मेरो नेतृत्व खोक्रो हुनेछैन र? के म कठपुतली बन्नेछैनँ र? तब यी कुराहरू गर्नुपछाडि मेरो के उत्साह हुनेछ र? यदि मेरो नेतृत्व खोक्रो छ र मैले जे गरे पनि अर्थहीन हुन्छ भने, के मसँग अझै कुनै भावी सम्भावनाहरू हुनेछन् र?” ख्रीष्टविरोधीहरू कुनै पनि समूहमा अरू सबैभन्दा माथि हुन र यसरी आफ्नो भावी मुकुट र भावी इनामहरू प्राप्त गर्न चाहन्छन्। तिनीहरू के विश्वास गर्छन् भने, यदि तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूमाझ एक उत्कृष्ट व्यक्ति र अरूको अगुवा बने भने, तिनीहरू भावी मुकुट प्राप्त गर्ने, र भावी ठूला आशिष्हरू प्राप्त गर्ने हकदार हुनेछन्। त्यसकारण, ख्रीष्टविरोधीहरू कुनै पनि बेला आफूसँग रहेको शक्ति खुकुलो पार्दैनन् र कुनै पनि परिस्थितिमा आफ्नो सतर्कता कमजोर बनाउँदैनन्। यदि तिनीहरू अलिकति मात्र पनि सतर्क हुन छोडे भने, तिनीहरूलाई आफ्नो हातको शक्ति खोसिनेछ वा कमजोर पारिनेछ भन्ने डर लाग्छ। तिनीहरू कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो स्थानमा आफ्नो क्षमताअनुसार सक्दो गर्दैनन्, परमेश्वरका वचनका सिद्धान्तहरू र उहाँका आज्ञाहरूअनुसार राम्ररी कर्तव्य निर्वाह गर्दैनन् र परमेश्वरको गवाही दिँदैनन्। बरु, तिनीहरू आफूले प्राप्त गर्दै छु भनी विश्वास गरेको मुकुटलाई दह्रिलो गरी पक्रिरहनकै लागि त्यस्ता अवसरहरू प्रयोग गर्छन्। कतिपय ख्रीष्टविरोधीले परमेश्वरको घरका मापदण्डहरूलाई प्रावधानका रूपमा पालना गर्न सके पनि, त्यसले तिनीहरू सत्यता स्विकार्ने र परमेश्वरका वचनहरूमा समर्पित हुने मानिस हुन् भनेर देखाउन सक्दैन। यसको पछाडि के कारण छ? कतिपय ख्रीष्टविरोधी कर्तव्य निर्वाह गर्ने क्रममा सधैँ शक्ति हातमा लिन र यसप्रतिको आफ्नो इच्छा पूरा गर्न चाहन्छन्, र सधैँ हैसियत प्राप्त गर्न र हैसियतको पदमा बसेर मानिसहरूलाई भाषण र हुकुम दिन चाहन्छन्। तर कतिपय ख्रीष्टविरोधी फरक हुन्छन् र तिनीहरूलाई यस्तो चिन्ता हुन्छ: “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ। यसको अर्थ आफूलाई अगाडि सार्ने र गल्ती गर्नेले कष्ट भोग्नेछ। म त्यस्तो मूर्ख हुनेछैनँ। म जति नै सक्षम भए पनि, म तीस प्रतिशत मात्रै प्रयास लगाउनेछु, र बाँकी सत्तरी प्रतिशत आफूलाई बचाउने बाटोका रूपमा राख्नेछु—मैले थोरै कुरा आफ्ना लागि राख्नैपर्छ। परमेश्वरको घरले मलाई जे भने नि वा जे गर्न लाए नि, बाहिरी रूपमा म सहमत हुनेछु, र म अवरोध र बाधा ल्याउने व्यक्ति बन्नेछैनँ। जसले नेतृत्व गरे नि, म पछ्याउनेछु, र उसले जे भने नि म अनुमोदन गर्नेछु। मैले माथिले दिएका प्रावधानहरू पालना गरुन्जेल र तिनलाई उल्लङ्घन नगरुन्जेल, म ठिकठाक हुनेछु। जहाँसम्म परमेश्वरप्रति आफ्नो बफादारी समर्पित गर्ने र इमानदारीसाथ उहाँका लागि आफूलाई अर्पित गर्ने कुरा छ, यसो गर्नुपर्ने कुनै आवश्यकता छैन। म कर्तव्य निर्वाह गर्न अलिक मेहनत गर्नेछु, ठिक्क स्वीकार्य हुने गरी मात्रै गर्नेछु, र म मूर्ख हुनेछैनँ। मैले जे गरे नि, यो सबबाट केही पनि प्राप्त नगरी अन्त्यमा रित्तो हात नबन्नलाई मैले आफ्ना लागि केही न केही साँचेर राख्नैपर्छ।” यस्तो ख्रीष्टविरोधीले के विश्वास गर्छ भने, अरूले आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारीहरू लिनु र समस्याहरू समाधान गर्न सधैँ अग्रसरता देखाउनु मूर्खता हो, र तिनीहरू आफूचाहिँ त्यस्तो मूर्ख हुनु हुँदैन। तिनीहरूलाई हृदयमा के थाहा हुन्छ भने, यदि कसैले हैसियत पछ्याउँछ र आफ्नै शक्ति व्यवस्थापन गर्छ भने, ढिलोचाँडो तिनीहरूलाई खुलासा गरिनेछ, तर सत्यता अभ्यास गर्नलाई तिनीहरूले मूल्य चुकाउनुपर्छ, मेहनत गर्नुपर्छ, आफ्नो इमानदारी अर्पण गर्नुपर्छ, र बफादार हुनुपर्छ। तिनीहरूले धेरै कष्ट भोग्नुपर्छ, र त्यसैले तिनीहरू त्यसो गर्न इच्छुक हुँदैनन्। तिनीहरू सम्झौता गर्ने शैली अपनाउँदै न त अग्रसरता देखाउँछन् न त पछि नै हट्छन्, बरु बीचको बाटो पछ्याउँछन्। तिनीहरू यस्तो विश्वास गर्छन्: “मलाई जे गर्नू भनिन्छ त्यही गर्नेछु। म झारा टार्नेछु र यो कुरा यतिमै सीमित गर्नेछु, र मलाई अझै राम्रो काम गर्न लगाइयो भने, म त्यसो गर्नेछैनँ। यसलाई अझै राम्ररी गर्न मैले अझै बढी मूल्य चुकाउनुपर्छ र थप सामग्रीहरू जाँच गर्नुपर्छ—यो निकै थकाइलाग्दो हुनेछ! यदि परमेश्वरले मलाई त्यसरी काम गरेकामा थप इनाम दिनुहुन्छ भने त ठिकै छ, तर परमेश्वरका वचनहरूले थप इनामहरूबारे केही भनेका रहेनछन्। वास्तविकता यही भएकाले, मैले कष्ट भोग्नु र थकित हुनुपर्दैन; यसलाई सहजै लिनु नै राम्रो हुन्छ।” के त्यस्तो व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ? के त्यसले सत्यता प्राप्त गर्न सक्छ? के सत्यतातर्फ नलम्कने बरु झाराटारुवा वा नकारात्मक बन्ने र आफ्नो काममा सुस्त हुने मानिसहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्? अवश्य नै सक्दैनन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।