विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग छ) खण्ड तीन

परमेश्‍वरले आखिरी दिनहरूमा धेरै काम गर्नुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, र मानिसहरूले यसको अनुभव गरेका छन्, र परमेश्‍वरको कामको हरेक चरण आफ्नै आँखाले देखेका छन्। यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ र यति धेरै मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुरा निर्विवाद छ, र कसैले पनि यसबारेमा प्रश्‍न गर्नु हुँदैन। देहधारी परमेश्‍वर जति नै साधारण र सामान्य हुनुभए पनि, मान्छेलाई उहाँ जति नै ध्यान दिन अयोग्य लागे पनि, मानिसहरूले उहाँका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्नुपर्छ। कतिपयले भन्छन्, “देहधारी परमेश्‍वर यति सानो र साधारण भएकाले, र त्यति महान् नभएकाले, हामीलाई कसरी उनको आदर गर्न लगाउन सकिन्छ? के त्यस्तो साधारण देह कुनै ठूलो काम गर्न सक्षम हुन सक्छ? के हामीले साँच्‍चै नै उनीबाट ठूला आशिष्‌हरू प्राप्त गर्न सक्छौँ? हामीलाई थाहा छैन; हामीले गर्न सक्‍ने भनेको उनलाई साधारण व्यक्तिका रूपमा लिनु मात्र हो।” अरू भन्छन्, “तिमीले गरेका कतिपय कुराहरूले हामीलाई अविश्‍वस्त तुल्याएका छन्, कतिपय कुराले हामीलाई धारणाहरू दिएका छन्, र कतिपय कुरा हाम्रो समझबाहिर रहेका छन्, र तिमीले हाम्रो निम्ति अस्वीकार्य कुराहरू भनेका छौ, त्यसकारण तिमीले स्वर्गको परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनौ—त्यसकारण हामी अन्तिमसम्‍मै तिमीसँग लड्नुपर्छ। यदि तिमीले हामीलाई सुसमाचार प्रचार गर्न लगाउँछौ भने, हामी त्यसो गर्नेछैनौँ, यदि तिमीले हामीलाई हाम्रो कर्तव्य निर्वाह गर्न लगाउँछौ भने, हामी त्यसो गर्नेछैनौँ, र यदि तिमीले हामीलाई सत्यता स्वीकार गर्न लगाउँछौ भने, हामी त्यसो गर्नेछैनौँ। तिमी जुन व्यक्ति हौ त्यो व्यक्तिसँग हामी अन्तिमसम्‍मै लड्नेछौँ—हेरौँ तिमीले हामीलाई के गर्न सक्छौ।” कुनै पनि हालतमा सत्यतालाई स्वीकार नगर्ने यी मानिसहरूको हृदयमा, परमेश्‍वरको कार्यलाई इन्कार गर्ने, र परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने कुरालाई इन्कार गर्ने, र उहाँको देहधारी शरीरलाई इन्कार गर्ने हजारौँ, लाखौँ कारण हुन्छन्। तर तिनीहरूका लागि त्यति स्पष्ट नभएको हुनसक्‍ने एउटा कुरा छ: तिनीहरूसँग जति नै धेरै कारण भए पनि, यदि तिनीहरूले यी सत्यताहरू स्वीकार गर्दैनन् भने, तिनीहरूले मुक्ति पाउने छैनन्। यदि तैँले मजस्तो व्यक्तिलाई स्वीकार गर्दैनस् वा तँ परमेश्‍वरको काममा समर्पित हुँदैनस् भने, ठीकै छ—म तँलाई जबरजस्ती गर्ने छैनँ। तर यदि तैँले परमेश्‍वरका यी वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र यिनलाई सत्यताको रूपमा अभ्यास गर्दैनस् भने, म इमानदारितासाथ तँलाई भन्छु: तैँले कहिल्यै पनि मुक्ति पाउने छैनस्, न त तँ कहिल्यै स्वर्गको राज्यको ढोकाभित्र प्रवेश नै गर्नेछस्। यदि तँ परमेश्‍वरका यी वचनहरू, यी सत्यताहरू, र मानवजातिलाई काम गर्दै मुक्ति दिनुहुने यस ख्रीष्‍टबाट तर्किन्छस् भने, तैँले जति नै धेरै धर्मसिद्धान्त बुझे पनि, वा तैँले जति नै धेरै कठिनाइ भोगे पनि, तैँले सत्यता प्राप्त गर्ने छैनस्; तँ फोहोरको टुक्रा मात्रै होस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको कारण जे भए पनि, र कर्तव्य निर्वाह गर्नु पछाडिको तेरो उद्देश्य जे भए पनि, तैँले मुक्ति पाउने छैनस्। अनि यदि तैँले मुक्ति पाउन सक्दैनस् भने, तैँले के आशिष् पाउन सक्छस् र? कतिपय मानिसहरूले स्वर्गको परमेश्‍वरसँग होड गर्छन्, कतिपयले पृथ्वीको परमेश्‍वरसँग होड गर्छन्, र परमेश्‍वरका वचनहरू र सत्यतासँग सङ्घर्ष गर्ने दुस्साहस गर्छन्, यहाँसम्‍म कि तिनीहरूलाई आफ्‍नो परिणाम र गन्तव्य कस्तो हुनेछ भनेर समेत चिन्ता हुँदैन। के यो दुष्टता होइन र? यी पतित मानिसहरू अत्यन्तै दुष्ट छन्। तिनीहरू प्रत्येक नै दुष्ट व्यक्ति हुन्। तिनीहरू सबै अविश्‍वासी, अवसरवादी, लाजहीन मानिसहरू हुन्, र यो ख्रीष्टविरोधीहरूको सार हो।

मैले परमेश्‍वरका वचनहरूप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति कस्तो हुन्छ भन्‍नेबारे भर्खरै सङ्गति गरेँ। जब ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूको निकट आउँछन्, तब तिनीहरूले तीभित्र सत्यता वा अभ्यासका सिद्धान्तहरू खोज्दैनन्। तिनीहरूले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने मार्ग कसरी प्राप्त गर्ने भनेर परमेश्‍वरका वचनहरूबाट बुझ्ने प्रयास गर्दैनन्, र तिनीहरूले अवश्य नै उहाँका अभिप्रायहरू सन्तुष्ट पार्ने व्यक्ति बन्‍न सकूँ भनेर परमेश्‍वरका अभिप्रायहरू बुझ्ने प्रयास गर्दैनन्। बरु, तिनीहरूले परमेश्‍वरका वचनहरूमा आफूले चाहेको गन्तव्य, साथै आफूले चाहेका विभिन्‍न फाइदाहरू खोज्न चाहन्छन्, जसमा तिनीहरूले आशिष्‌हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् र यो जीवनमा तिनीहरूले कसरी अझै बढी अनुग्रह प्राप्त गर्न सक्छन्, र तिनीहरूले आउने संसारमा सय गुणा बढी प्राप्त गर्न सक्छन् कि सक्दैनन्, भन्‍नेजस्ता कुराहरू समावेश हुन्छन्। परमेश्‍वरका वचनहरूमा तिनीहरूले खोजी गर्ने कुराहरू यिनै हुन्। त्यसकारण, तैँले यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कहिल्यै सत्यताको रूपमा लिँदैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र मानवजातिले स्विकार्नुपर्ने कुरा हुन् भनेर नै सोच्छन्। परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ कि, तिनीहरू आफूले चाहेका आशिष् र गन्तव्यहरू प्राप्त गर्नका लागि परमेश्‍वरका वचनहरू प्रयोग गर्न चाहन्छन्। तिनीहरू आफूले पछ्याउने कुराहरू प्राप्त गर्न र आफ्ना उद्देश्यहरू हासिल गर्नको लागि परमेश्‍वरका वचनहरूलाई फड्को मार्ने आधारको रूपमा प्रयोग गर्न चाहन्छन्। तिनीहरूको पछ्याइ, तिनीहरूले लिने मार्ग, र परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा हेर्दा, यी मानिसहरू अविश्‍वासी, अवसरवादीका हूलहरू हुन्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा आफूले चाहेका फाइदा र गन्तव्य भेट्टाउन सक्दैनन्, वा जब परमेश्‍वरका वचनहरू अध्ययन गर्ने क्रममा, सम्भावना र नियतिहरूसँग सम्‍बन्धित परमेश्‍वरका वचनहरू वा मानवजातिलाई दिनुभएका परमेश्‍वरका प्रतिज्ञाहरूले तिनीहरूलाई खिन्‍न पार्छन्, र तिनीहरूका इच्छाहरू सन्तुष्ट हुन सक्दैनन्, तब तिनीहरूले आफ्नो हातमा लिएका परमेश्‍वरका वचनहरूलाई रूखो रूपमा र हिचकिचाहटविना एकातिर हुत्त्याउँछन्, र परमेश्‍वरलाई त्याग्छन् र छोड्छन्, र आफूले चाहेको जीवन पछ्याउँछन्। तिनीहरू परमेश्‍वरको मुक्ति स्विकार्न उहाँको अघि आउँदैनन्। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरूले तिनलाई सत्यताको रूपमा लिँदैनन्, बरु आफ्ना व्यक्तिगत उद्देश्यहरू हासिल गर्न र आफ्ना व्यक्तिगत इच्छा र महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न परमेश्‍वरका वचनहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, तिनीहरूले आफ्नो परिणाम र गन्तव्यका लागि अथक रूपमा परमेश्‍वरका वचनहरूमा खोजी गर्छन्। तिनीहरूले विपत्तिहरूबारे परमेश्‍वरले के भन्‍नुहुन्छ, रहस्यहरूबारे र मानवजातिको विकासबारे के खुलासाहरू गर्नुहुन्छ, र उहाँको कामको बारेमा पर्दापछाडिका केही जानकारी के-के छन् भनेर खोजी गर्छन्। तिनीहरूले ख्याल गर्ने विषयवस्तु यही हो। तिनीहरूलाई यो दायराभन्दा बाहिरको कुनै पनि कुरामा चासो हुँदैन। तिनीहरूले भ्रष्ट मानवजातिप्रतिका परमेश्‍वरका केही मागहरूलाई समेत बारम्बार घृणा र प्रतिरोध गर्छन्। परमेश्‍वरले भ्रष्ट मानवजातिलाई गर्नुभएको खुलासाप्रति समेत तिनीहरू वितृष्ण गर्छन्। तिनीहरूले प्रायजसो परमेश्‍वरका वचनहरूमा प्रयोग गरिएको शब्दसंयोजन र बोलीको भावमा गल्तीहरू भेट्टाउँछन्, र तिनीहरूले परमेश्‍वरको विरुद्धमा प्रयोग गर्न सकिने कुराहरू खोज्ने प्रयास गर्छन्। उदाहरणका लागि, जब परमेश्‍वरले मानवजातिलाई “धन्दावाली” र “वेश्‍या” भनेर खुलासा गर्नुहुन्छ, तब तिनीहरूले भन्छन्: “यी कसरी परमेश्‍वरका वचनहरू हुन सक्छन्? परमेश्‍वरले यसरी बोल्दैनन्! परमेश्‍वरले त शिष्ट, कोमल, र सहृदयी शैलीमा बोल्नुपर्छ।” जब परमेश्‍वरका केही वचनहरू मानव धारणाहरू अनुरूप, मानव व्याकरण अनुरूप, र भ्रष्ट मानिसहरूको परम्परागत तर्क अनुरूप हुँदैनन्, तब तिनीहरूले सोच्छन्, “यी परमेश्‍वरका वचनहरू होइनन्, परमेश्‍वरले यसरी बोल्दैनन्! परमेश्‍वर अत्यन्तै सर्वोच्च, महान्, र अथाह छन्, त्यसैले कसरी उनका वचनहरू यति साधारण हुन सक्छन्? ती कसरी परम्परागत तर्कबाहिर जान सके? यदि परमेश्‍वरका वचनहरू सत्यता हुन् भने, तिनलाई यसरी बोलिनुपर्छ कि तिनलाई सबैले उच्च आदर, आराधना, र श्रद्धा गर्न सकून्। ती सब बुझ्न नसकिने किसिमका हुनुपर्छ—परमेश्‍वरका वचनहरू त्यस्तो हुनुपर्छ!” परमेश्‍वरका वचनहरूबारे तिनीहरूमा विभिन्‍न धारणाहरू, विभिन्‍न सीमाहरू, र विभिन्‍न मागहरूसमेत हुन्छन्। तिनीहरूका माग र सीमाहरूको आधारमा हेर्दा, ख्रीष्टविरोधीहरूको सार शैतानकै सार हो भनेर देख्‍न सकिन्छ। परमेश्‍वर र परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति भनेको अनुसन्धान गर्नु, प्रतिरोध गर्नु, आलोचना गर्नु, परमेश्‍वरको विरुद्धमा प्रयोग गर्ने कुराहरू खोज्नु, र गल्तीहरू पत्ता लगाउनु हो। तिनीहरूले परमेश्‍वरका वचनहरूको सत्यतामा कुनै प्रयत्‍न लगाउँदैनन्, न त तिनीहरू यसमा समर्पित हुन्छन्, न त यसलाई स्वीकार वा अभ्यास नै गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको सार शैतान र दुष्टात्माहरूको सार हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई जसरी लिन्छन्, परमेश्‍वरलाई पनि त्यसरी नै लिन्छन्। परमेश्‍वरका वचनहरूले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यताले उहाँको स्वभाव, उहाँको सार, र अझै बढी रूपमा, उहाँको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छन्। यी वचनहरू परमेश्‍वरको देह वा परमेश्‍वरको आत्माद्वारा व्यक्त गरिए पनि, र उहाँले जुनसुकै विषयवस्तु व्यक्त गर्नुभए पनि, यी वचनहरूले निश्‍चय नै परमेश्‍वरलाई प्रतिनिधित्व गर्छन्। त्यसैले, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू अनुसन्धान र विश्‍लेषण गर्नु र तीबारे धारणाहरू विकास गर्नु भनेको परमेश्‍वरबारे धारणाहरू विकास गर्नुजस्तै हो। तिनीहरूले परमेश्‍वरलाई सूक्ष्मजाँच गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्दैनन् र परमेश्‍वरका वचनहरू स्विकार्दैनन्, यसको मतलब तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र अवश्य नै परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर पनि विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरमा समर्पित हुन झनै सक्दैनन्। ख्रीष्टविरोधीहरूको सार यही हो।

कतिले भन्छन्: “देहधारी परमेश्‍वर अत्यन्तै महत्त्वहीन र अत्यन्तै साधारण छन्। उनका वचन र व्यवहारहरूले गर्दा ममा प्राय धारणाहरू पैदा हुन्छन्, र ती मेरा कल्पनाहरूसँग पटक्‍कै मिल्दैनन्। म त देहधारी परमेश्‍वर साधारण व्यक्ति मात्रै हुन् जस्तो देख्छु। उनले परमेश्‍वरलाई प्रतिनिधित्व गर्दैनन्, त्यसैले उनले आफ्नो वचन र काममा जति धेरै सत्यता व्यक्त गरे पनि, उनी परमेश्‍वरजस्तो छैनन्।” यी वचनहरू कहाँबाट आएका हुन्? तिनले केलाई प्रतिनिधित्व गर्छन्? के तिनले शैतानलाई प्रतिनिधित्व गर्दैनन् र? सुरुदेखि अन्त्यसम्मै, शैतानले कहिल्यै पनि परमेश्‍वरको पहिचान र हैसियतलाई स्वीकार गरेको छैन। यसले कहिल्यै पनि परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गरेको छैन र यसले अवश्य नै परमेश्‍वरका वचनहरूलाई पनि कहिल्यै स्वीकार गरेको छैन। त्यसकारण, जब शैतानले परमेश्‍वरसँग कुरा गर्छ, तब यसले समान स्थानमा बसेर कुरा गर्न चाहन्छ। यसले परमेश्‍वरसित जेजसरी बोल्छ, त्यो परमेश्‍वरलाई गिल्ला, निन्दा, र छल गर्नका लागि हुन्छ, र यसको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ हुँदैन। अनि ख्रीष्टविरोधीहरूले गर्ने कुराहरू र ख्रीष्टविरोधीहरूले बोल्ने शब्दहरू ठ्याक्‍कै शैतानका कुराहरूजस्तै हुन्छन्। तिनीहरूको सार उस्तै हुन्छ, यति मात्र हो कि शैतान मानवजातिका लागि अदृश्य छ, जबकि ख्रीष्टविरोधीहरू देख्‍न सकिने र मूर्तरूपका हुन्छन्; तिनीहरू मानव खाल ओढेका शैतानहरू हुन्। यदि तिनीहरू शैतान नभएका भए, तिनीहरूले यस्ता कुराहरू गर्न र भन्‍न सक्थेनन्। शैतानले प्रायजसो झूट बोल्छ, र परमेश्‍वरका वचनहरू पनि झूट हुन् भन्‍ने विश्‍वास गर्छ। शैतानले प्रायजसो मानिसहरूलाई छल गर्छ र त्यो कुटिल, छली, र दुष्ट छ, र परमेश्‍वर त्यसरी नै बोल्नुहुन्छ भन्‍ने यसले विश्‍वास गर्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, ख्रीष्टविरोधीहरूले सधैँ परमेश्‍वरका वचनहरूमा केही न केही थप्छन्, र आफ्नै अर्थ समावेश गर्छन् र स्वेच्छाचारी व्याख्याहरू गर्छन्। यति मात्र होइन, तिनीहरूले परमेश्‍वरका केही वचन तिनीहरूका वचनजस्ता प्रतिभाशाली छैनन्, तिनीहरूको स्तर र उच्च मापदण्डअनुरूप छैनन्, र भ्रष्ट मानवजातिलाई विजय गर्न पर्याप्त छैनन् भन्‍ने समेत सोच्छन्। त्यसैले, तिनीहरूले परमेश्‍वरका वचनहरूको माध्यम, भाव, र विषयवस्तुलाई केही मानिसहरूको सामु ल्याउन चाहन्छन्, ताकि तिनीहरूले तिनलाई विश्‍लेषण र मूल्याङ्कन गर्न, र अझै बढी रूपमा तिनलाई आलोचना र निन्दा गर्न सकून्। यसो गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? परमेश्‍वरलाई पछ्याउने क्रममा, तिनीहरूले परमेश्‍वरबाट आफूले चाहेका सम्भावना र नियति प्राप्त गर्न चाहन्छन्, र यो परमेश्‍वरबाट आफूले चाहेको गन्तव्य प्राप्त गर्ने प्रतीक्षा गर्छन्। तैपनि किन तिनीहरूले अझै यसरी व्यवहार गर्छन्? के यो आफैलाई थप्पड हान्‍नु होइन र? यसको एउटै मात्र कारण छ। त्यो के हो भने, तिनीहरूको नजरमा त्यस्तो परमेश्‍वरले बोल्‍नुभएका वचनहरू अत्यन्तै सामान्य र साधारण हुन्छन्—उहाँका कार्यहरू पनि अत्यन्तै साधारण हुन्छन्। त्यस्तो परमेश्‍वर तिनीहरूले भक्ति गर्न चाहेको, वा कल्पना गरेको परमेश्‍वर हुँदैन, र उहाँ तिनीहरूसँग मिल्दो हुनुहुन्न। यदि तिनीहरूले त्यस्तो परमेश्‍वरलाई पछ्याए भने, तिनीहरूको गन्तव्य, सम्भावना र नियति सबै भताभुङ्ग हुन सक्छन्। त्यसैले, तिनीहरू कठोरतासाथ त्यस्तो परमेश्‍वरको अवज्ञा गर्छन्। तिनीहरू उहाँको आलोचना गर्छन्, अवमुल्यन गर्छन्, र उहाँको काम तोड्ने, बाधा दिने, र बर्बाद गर्ने प्रयास गर्छन्, ताकि उहाँले यो काम गर्न नसक्नुहोस्। त्यसपछि तिनीहरूको उद्देश्य हासिल हुनेछ। कतिले भन्छन्: “यदि तिनीहरूले आफ्नो उद्देश्य हासिल गरे भने, के तिनीहरूको गन्तव्य हराउने छैन र?” यस्तो व्यक्तिले परमेश्‍वरको अस्तित्व स्विकार्दै-स्विकार्दैन, न त परमेश्‍वरको देहधारी देहलाई नै स्विकार्छ, उहाँको व्यवस्थापनको कामले मानवजातिलाई मुक्ति दिने तथ्य स्विकार्नु त झन् परै जाओस्। तिनीहरूले बस् बाजी र दाउ मात्र लाउँछन्। यदि यो परमेश्‍वरलाई साँच्‍चै ढालियो भने, तिनीहरूले आफूले चाहेको जेसुकै गर्न सक्छन् र तिनीहरूले परमेश्‍वरको घरमा यस्ता कठिनाइहरू भोग्‍नु पर्दैन। त्यसपछि, तिनीहरूले संसार, दुष्ट प्रचलनहरू, र तिनीहरूले भन्‍ने गरेको सामान्य जीवनमा फर्केर जान सहज मान्‍न सक्छन्। तिनीहरूले कुनै विपत्ति भोग्‍नु पर्दैन, तिनीहरूले कुनै पनि प्रकारको शोधन भोग्‍नु पर्दैन, र तिनीहरूले अवश्य नै परमेश्‍वरका वचनहरूको न्याय र सजाय पनि भोग्‍नु पर्दैन। यो सबै अस्तित्वमा रहन छोड्छ, र संसार सामान्य रूपमै जारी रहनेछ। तिनीहरूले सपनामा यही कुराको तृष्णा गर्छन्। के यी मानिसहरू खराब छैनन् र? तिनीहरू यति खराब हुनुको मूल जड के हो? (तिनीहरूको सार शैतान हो, त्यसैले तिनीहरू परमेश्‍वरलाई घृणा गर्छन्।) वास्तवमा, यी ख्रीष्टविरोधीहरूले, दुष्ट पिशाचहरूले आफ्नो हृदयको गहिराइमा, र आफ्नो आत्माभित्र यसलाई महसुस गर्न सक्छन्—परमेश्‍वरले तिनीहरूजस्ता मानिसहरूलाई कसरी हेर्नुहुन्छ, त्यो जान्दछन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ। तिनीहरू परमेश्‍वरसँग नमिल्‍ने हुन्छन्। तिनीहरूको मानवता र प्रकृति सार परमेश्‍वरले घृणा गर्नुहुन्छ। त्यसकारण, तिनीहरूले जति नै मेहनत गरे पनि र तिनीहरूले जति नै आशिष्‌हरू प्राप्त गर्न चाहे पनि, तिनीहरूको अन्तिम परिणाम तिनीहरूको इच्छामा निर्भर हुँदैन। तिनीहरूले कुनै पनि तथ्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू परमेश्‍वरसँग नमिल्‍ने हुन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूसँग नमिल्‍ने हुन्छन्। तिनीहरू ख्रीष्टसँग नमिल्‍ने हुन्छन्। त्यसैले अन्ततः तिनीहरू के हुन पुग्छन्? तिनीहरू सबै नष्ट हुने पक्‍का छ। तिनीहरूले यो परिणामबारे आफ्नो हृदयमा अलिअलि बुझेका हुन्छन्, तैपनि किन तिनीहरू अझै परमेश्‍वरको घरमा बस्छन्? तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने यस्तो राम्रो अवसर त्याग्‍न तयार हुँदैनन्, त्यसैले तिनीहरू बाजी लाउन चाहन्छन्, “यदि मैले यस्तो बाजी लाएँ भने, सायद मैले अझै पनि आशिष्‌हरू प्राप्त गर्न सक्छु। सायद म अझै पनि कसैले थाहा नपाउने गरी बाँच्न सक्छु। सायद यदि परमेश्‍वर होसियार भएनन् र उनले ध्यान दिएनन् भने, म स्वर्गको राज्यद्वारबाट खुसुक्‍क जान सक्छु।” “सायद” भन्‍ने यो आकाङ्क्षी सोच लिएर, तिनीहरू परमेश्‍वरको घरमा निरन्तर अल्झिरहन्छन्, तर परमेश्‍वरप्रतिको तिनीहरूका दृष्टिकोण र मनोवृत्ति कहिल्यै परिवर्तन हुँदैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई हेला गर्छन्, सत्यतालाई हेला गर्छन्, र सबै सकारात्मक कुराहरूलाई हेला गर्छन्।

परमेश्‍वरले मानिसहरूलाई इमानदार हुन माग गर्नुहुन्छ। यो सुनेपछि कतिपयले सोच्छन्: “के यो अत्यन्तै न्यून मापदण्ड होइन र? हामीले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भइसकेको छ, तैपनि किन उहाँले हामीलाई अहिले ‘इमानदार बन’ भनेर भनिरहनुभएको छ? यदि यो परमेश्‍वरको वचन हो भने, यो गहन हुनुपर्छ, यो अझै उच्च हुनुपर्छ, अझै अबोधगम्य हुनुपर्छ, मानिसको पहुँचभन्दा अझै बाहिर हुनुपर्छ। हामीलाई आवश्यक पर्ने भनेका उच्च माग गरिएका मानकहरू हुन्, यी साधारण, महत्त्वहीन, र न्यून स्तरका आवश्यकताहरू होइनन्।” त्यस्ता मानिसहरूले सत्यता वास्तविकता के हो भन्‍ने कुरा बुझ्दैनन्। जब सत्यता नबुझ्ने मानिसहरूले यो प्रचार सुन्छन्, तब तिनीहरू व्याकुल हुन्छन्, तर सङ्गति र अनुभव प्राप्त गरेपछि, र केही समय यसबाट गुज्रेपछि, तिनीहरूले परमेश्‍वरका यी वचनहरू नै मानिसलाई चाहिने वचनहरू हुन् भन्‍ने महसुस गर्छन्। यी वचनहरू किन मानिसलाई चाहिने कुरा हुन्? मानिसलाई शैतानले गहन हदसम्म भ्रष्ट तुल्याएको छ, त्यसकारण कुनै पनि व्यक्ति इमानदार हुँदैन; यो संसार झुटले भरिएको छ, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूको हकमा पनि यही कुरा लागू हुन्छ। हरेक दिन मानिसहरूले एकपछि अर्को झुट बोल्छन्; तिनीहरूको बोली शैतानका झुट र छलले पुरै भरिएको हुन्छ। त्यसकारण मानिसको लागि परमेश्‍वरले इमानदार बन भन्‍ने यो सबैभन्दा सरल र सीधा माग अघि सार्नुभएको छ। समय र अनुभवसँगै, मानिसहरूले परमेश्‍वरका वचनहरूको बुझाइ, र उहाँका मापदण्ड र अभिप्रायहरूको समझ प्राप्त गर्छन्; उहाँका वचनहरूको अगुवाइ र निर्देशनमार्फत, तिनीहरूले उहाँका वचनहरू कति व्यावहारिक छन्, उहाँका हरेक वचनलाई कसरी बुझ्नुपर्छ र त्यसमा कसरी प्रवेश गर्नुपर्छ, उहाँका कुनै पनि वचनहरू कसरी खोक्रा छैनन्, उहाँका सबै वचनहरू कसरी मानवजातिलाई चाहिने कुरा हुन्, परमेश्‍वरले मानिसहरूलाई कसरी यति राम्ररी बुझ्नुहुन्छ र तिनीहरूलाई कसरी यति छर्लङ्गसित देख्‍न सक्नुहुन्छ, र उहाँले तिनीहरूको भ्रष्टतालाई कसरी यति राम्ररी बुझ्नुहुन्छ भन्‍ने कुरा क्रमिक रूपमा बुझ्दै जान्छन्। साधारण व्यक्तिले लिने मार्ग यही हो। तैपनि जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरले मानिसहरूलाई इमानदार हुन लगाउनुभएको यो वाक्यांश देख्छन्, तब तिनीहरूले यसलाई खिसी, गिल्ला, उपहास, र प्रतिरोधसमेतको मनोवृत्तिले हेर्छन्। तिनीहरूले यो वाक्यांशबारे आफ्‍नो राय विकास गरेपछि, यसलाई आफ्नो मनको पछाडितिर धकेल्छन्, र परमेश्‍वरप्रतिको तिनीहरूको अवहेलना बढ्छ, र तिनीहरूले उहाँलाई र उहाँको वचनलाई झन्झन् बढी हेय दृष्टिले हेर्छन्, यहाँसम्म कि तिनीहरूले अबदेखि उहाँको वचन अध्ययनसमेत गर्दैनन्। जब कतिपय मानिसहरूले आफ्नो छली स्वभाव कसरी प्रकट गरे, र कसरी पश्‍चात्ताप गरे र कसरी इमानदार हुने प्रयास गरे भन्‍नेबारे आफ्ना अनुभवहरू बताउँछन्, तब यी ख्रीष्टविरोधीहरूको मनमा प्रतिरोध, वाकवाकी, र अवहेलना पैदा हुन्छन्। तिनीहरूले ती मानिसहरूले भनेको कुरा स्विकार्न नमान्ने मात्र होइन, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गर्ने अनुभवात्मक ज्ञानप्रति प्रतिरोध र वाकवाकीसमेत हुन्छ, यहाँसम्म कि धेरै सङ्गति गर्ने र धेरै राम्रो ज्ञान भएका मानिसहरूप्रति तिनीहरूमा घृणा र तिरस्कार नै पैदा हुन्छन्। तिनीहरूले सोच्छन्, “तिमीहरू मूर्ख हौ। परमेश्‍वरले तिमीहरूलाई इमानदार बन्‍न भन्‍नुहुन्छ र तिमीहरू चुपचाप त्यसो गर्छौ। तिमीहरू कसरी यति आज्ञाकारी हुन सक्छौ? तिमीहरू किन मैले बताउने वचनहरू सुन्दैनौ? मलाई हेर त—तिमीहरूमध्ये कसैलाई पनि मेरो साँचो स्थिति के हो भन्‍ने थाहा छैन, म कति छली र धूर्त छु भन्‍ने कसैलाई थाहा छैन। अनि म तिमीहरूलाई ती कुराहरूबारे बताउने पनि छैनँ; के तिमीहरू ती कुरा सुन्न योग्य छौ भन्‍ने तिमीहरूलाई लाग्छ?” परमेश्‍वरको मागप्रति तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ; तिनीहरूले यसलाई स्विकार्न इन्कार गर्ने मात्र होइन, बरु उल्टै यसको प्रतिरोध र निन्दासमेत गर्छन्। के यी कुराहरू अविश्‍वासीहरूका प्रकटीकरणहरू होइनन् र? यी त खाट्टी अविश्‍वासीहरू हुन्। झट्ट हेर्दा, तिनीहरूले खुल्लमखुल्ला परमेश्‍वरको वचनलाई निन्दा गरेका हुँदैनन्, तिनीहरूले उहाँको वचनका पुस्तकहरू जलाउन भट्टीमा फ्याँकेका हुँदैनन्। बाहिरी रूपमा, तिनीहरूले हरेक दिन परमेश्‍वरको वचन पढ्छन् र प्रवचन सुन्छन्, र भेलाहरूमा सङ्गति गर्छन्, तर वास्तवमा, परमेश्‍वरको वचनप्रति तिनीहरूको हृदयको गहिराइमा गहन घृणा, प्रतिरोध, र इन्कार पैदा भएका हुन्छन्। अर्को शब्दमा भन्दा, तिनीहरूले परमेश्‍वरको वचनबारे धारणाहरू विकास गर्नेबित्तिकै, यसलाई पहिले नै इन्कार गरिसकेका हुन्छन्। कतिपयले सोध्छन्: “के परमेश्‍वरले यी वचनहरू बोल्‍नुभन्दा पहिले नै ख्रीष्टविरोधीहरूले यी वचन इन्कार गरिसकेका थिए र?” त्यो बेला, तिनीहरूले अझै यी वचनहरू इन्कार गरेका थिएनन्। यस्तो किन भयो? किनभने तिनीहरूसँग परमेश्‍वरबारे धेरै धारणा र कल्पनाहरू थिए, जसले गर्दा तिनीहरूले उहाँलाई आदर र सम्मान गर्थे, र उहाँलाई महान् व्यक्तिको रूपमा लिन्थे। तर जब परमेश्‍वरले आफ्ना वचनहरू व्यक्त गर्नुभयो, तब उहाँबारे तिनीहरूको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भयो, र तिनीहरूले यसो भने: “परमेश्‍वरले बोल्ने वचनहरू वास्तवमा अत्यन्तै साधारण छन्! ती अत्यन्तै सरल, सीधा, र बुझ्न सजिला छन्: म आफै पनि त्यस्ता शब्दहरू बोल्न सक्छु! के सबैले परमेश्‍वर महान् छन् भनेर भन्दैनन् र? त्यसोभए उसले हामीलाई किन इमानदार बन भनेर भन्छ? यदि परमेश्‍वर यति महान् छन् भने, यदि उनी साँच्‍चै नै सर्वोच्च छन् भने, उनले मानिसहरूलाई त्यस्ता साना र नीचा मागहरू दिनु हुँदैन!” जब तिनीहरूले परमेश्‍वरको वचन पढे, जब तिनीहरूलाई यो सतही लाग्यो, र यो मानिसहरूका धारणाहरूसँग मिल्दैन, वा परमेश्‍वरको भव्य स्वरूप र पहिचानसँग मिल्दैन भन्‍ने लाग्यो, तब तिनीहरूले परमेश्‍वरका वचनहरूबारे धारणाहरू विकास गरे। तिनीहरूले यी धारणाहरू विकास गर्ने क्रममा, तिनीहरूभित्र परमेश्‍वरका वचनहरूप्रति गहन घृणा पैदा भयो, र त्यसपछि परमेश्‍वरबारेका तिनीहरूका कल्पना र धारणाहरू सँगालेर राख्‍ने तिनीहरूको हृदयको गहिराइको बाँध पूर्ण रूपमा भत्कियो। यो भत्काइको परिणाम के हो? तिनीहरूले हृदयको गहिराइबाटै परमेश्‍वरको वचनलाई इन्कार र निन्दा गरे। त्यसैले, मानिसहरूले परमेश्‍वरको वचन प्रचार गर्दा ख्रीष्टविरोधीहरूको मनमा के कुरा आउँछ? तिनीहरू त रमिते मानिसहरूजस्तै हुन्छन्। जब तिनीहरूले कसैले परमेश्‍वरका वचनहरूको प्रशंसा गरेको वा परमेश्‍वरका वचनहरूबारे आफूले गरेको अनुभवबारे सङ्गति गरेको सुन्छन्, तब पनि यी ख्रीष्टविरोधीहरू रमिते नै बन्छन्, र तिनीहरूले हृदयको गहिराइबाट कहिल्यै “आमेन” भन्दैनन्। कहिलेकहीँ, तिनीहरूले मानिसहरूलाई यसो भन्दै गिल्लासमेत गर्छन्, “इमानदार भएर तिमीले के पायौ? तिमीले इमानदार हुने प्रयास गरिरहेको भए पनि, परमेश्‍वरले तिमीलाई मुक्ति दिनुहुनेछ भन्‍ने हुँदैन र तिमीले आशिष्‌ पाउनेछौ भन्‍ने पनि छैन। एकदमै थोरै मानिसहरूले मात्र आशिष्‌हरू प्राप्त गर्नेछन्। यदि मैले कुनै आशिष् प्राप्त गरिनँ भने, तिमीहरू कसैले पनि प्राप्त गर्नेछैनौ!” ख्रीष्टविरोधीको प्रकृति सार परमेश्‍वरको वचन र परमेश्‍वर स्वयम्‌प्रति विरोधी हुन्छ, र यसले गर्दा ख्रीष्टविरोधीहरूले परमेश्‍वरको वचन स्विकार्न सक्दैनन्, त्यसमा समर्पित हुनु त धेरै परको कुरा हो। यदि तिनीहरूले परमेश्‍वरको वचन स्विकार्दैनन् र तिनीहरू यसमा समर्पित हुँदैनन् भने, के तिनीहरूले यसको अनुभव प्राप्त गर्न सक्छन् त? सक्दैनन्, त्यसकारण तिनीहरूले कुरा गर्ने व्यक्तिगत ज्ञान के हो त? यो सबै कल्पना, अनुमान, धर्मसिद्धान्त, वा सिद्धान्तहरू मात्रै हुन्, वा कहिलेकहीँ तिनीहरूले अरूबाट टिपेका राम्रा शब्दहरू मात्रै पनि हुन्, र त्यसकारण, तिनीहरूबाट परमेश्‍वरका वचनहरूको कुनै अनुभव वा ज्ञान पैदा हुनु असम्भव हुन्छ। त्यसकारण, परमेश्‍वर र उहाँको वचनप्रतिको ख्रीष्टविरोधीहरूले राख्‍ने विभिन्‍न मनोवृत्तिहरूको कारण, र तिनीहरूको प्रकृति सारको कारण, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको १० वर्ष भए नि, २० वर्ष भए नि, वा अझै लामो समय भए नि, आजसम्म तैँले तिनीहरूबाट परमेश्‍वरको वचनको कुनै अनुभव कहिल्यै सुनेको वा देखेको हुँदैनस्, र तैँले तिनीहरूमा परमेश्‍वरबारे अलिअलि ज्ञान देख्‍नु त झनै परको कुरा हो। तिनीहरूका भाषणहरूमा, तैँले तिनीहरूसँग परमेश्‍वरबारे धारणा र गलतबुझाइहरू रहेको, र परमेश्‍वरको खुलासाद्वारा अन्तर्दृष्टि प्राप्त गरेपछि, अन्ततः तिनीहरू परमेश्‍वरलाई गलत रूपमा बुझ्न वा उहाँबारे धारणाहरू राख्‍न छोडेको अवस्थामा पुगेका छन् भन्‍ने कुरा सुन्‍नेछैनस्। तिनीहरूमा यो अनुभव हुँदैन, न त यो ज्ञान नै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको वचन अध्ययन गर्न जति नै धेरै प्रयास गरे पनि, तिनीहरूले सत्यता प्राप्त गर्न वा कुनै पनि व्यक्तिगत अनुभव वा ज्ञानबारे कुरा गर्न नसक्‍नुको कारण यही हो। तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले प्रायजसो उद्धृत् गर्ने परमेश्‍वरको वचनका केही चर्चित खण्डहरू पढ्ने र याद गर्ने कार्य मात्रै पछ्याउँछन्; तिनीहरू झारा टार्छन् र परिस्थितिअनुसार चल्छन्, त्यसपछि तिनीहरूले सधैँजसरी सोच्ने कार्यलाई जारी राख्छन्। तिनीहरूले परमेश्‍वरबारे तिनीहरूभित्र पैदा हुने धारणाहरूलाई, वा तिनीहरू र परमेश्‍वरबीच पैदा हुने द्वन्द्व र समस्याहरूलाई समाधान गर्दैनन्, चाहे यी कुराहरू जति नै महत्त्वपूर्ण किन नहोऊन्। यी धारणा र समस्याहरूले सधैँ तिनीहरूलाई पछ्याइरहन्छन्। तिनीहरूले यी समस्याहरू समाधान नगर्नुका परिणामहरू के-के हुन्छन्? तिनीहरूको हृदयको आक्रोश झन्झन् गहन हुँदै जान्छ, र परमेश्‍वरप्रतिको तिनीहरूको घृणा झन्झन् ठूलो हुँदै जान्छ। यसरी अघि बढिरहँदा, तिनीहरूले परमेश्‍वरमा जति लामो समय विश्‍वास गर्छन्, त्यति नै के-कस्ता परिणामहरू आउनेछन्? के यी सञ्चित द्वेष र धारणाहरूले तिनीहरूलाई आफ्नो सम्भावना, नियति, र आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय त्याग्‍ने तुल्याउन सक्छन्? (सक्दैनन्।) यदि यी समस्याहरू समाधान भएनन् भने, अन्तिम परिणाम के हुनेछ? (तिनीहरू विस्फोट हुनेछन्।) यो “विस्फोट” भन्‍ने शब्द निकै स्पष्ट छ। तिनीहरू कसरी विस्फोट हुनेछन्? त्यस्ता कति वटा तरिका छन्? (मलाई मैले पहिले पढेका परमेश्‍वरका केही वचनहरू याद आयो, “एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)।) तिनीहरू हत्यारा बन्‍नुको पृष्ठभूमि के हुन्छ? आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्छा टुक्रिएपछि, वास्तविकता बाहिर आउँछ, र तिनीहरूले यसो भन्छन्, “हामीमध्ये कसैलाई पनि सहज हुनेछैन, त्यसकारण मैले यो कुरा ढाकछोप गर्नु वा लुकाउनु जरुरी छैन—आशिष्‌हरू प्राप्त गर्नलाई मात्र म परमेश्‍वरमा विश्‍वास गर्छु। मैले आशिष्‌हरू प्राप्त गर्नेछैनँ भन्‍ने मलाई थाहा भएको भए, म धेरै पहिले नै गइसक्‍नेथेँ!” तिनीहरूले आफ्नो हृदयमा रहेका सबै शब्दहरू बोल्छन् र तिनीहरूलाई दोषी ठहरिनेबारे डर हुँदैन। तिनीहरूलाई किन दोषी ठहरिनेबारे डर लाग्दैन? तिनीहरू किन शिष्टताको सबै बहाना त्यागेर विस्फोट हुन सक्छन्? यस्तो किन हुन्छ भने, तिनीहरूले अबदेखि विश्‍वास गर्न चाहँदैनन् तर छोडिजान चाहन्छन्। तिनीहरूले आफ्नो उद्देश्यको खातिर यतिका वर्ष अपमान र कठिनाइ भोग्दै आएका हुन्छन्, र तिनीहरूले यी रणनीतिअनुसार अभ्यास गर्छन् र यी रणनीतिहरूलाई आफ्नो आत्मिक साथको रूपमा प्रयोग गर्छन्। आज जब तिनीहरूले आशिष्‌हरू प्राप्त गर्ने आफ्नो कुनै आशा छैन भन्‍ने देख्छन्, तब तिनीहरूलाई आफूले शिष्टताको सबै बहाना त्याग्‍नुपर्छ र खुलस्त यसो भन्‍नुपर्छ भन्‍ने लाग्छ, “म त अविश्‍वासी मात्रै हुँ। मलाई सकारात्मक कुराहरू मन पर्दैन। मलाई सांसारिक कुराहरू पछ्याउन मन पर्छ र मलाई दुष्ट प्रचलनहरू मन पर्छ। तिनीहरू त भन्छन् परमेश्‍वरका वचनहरू सत्यता हुन् र परमेश्‍वरका वचनहरूले मानिसहरूलाई परिवर्तन गर्न र मुक्ति दिन सक्छन्। तर मैले किन त्यो कुरा देखेको छैनँ? मैले किन त्यसलाई अनुभव वा महसुस गर्न सक्दिनँ? परमेश्‍वरको वचनले मानिसहरूको के कुरा परिवर्तन गरेको छ? मलाई त लाग्छ परमेश्‍वरका वचनहरू केही पनि होइनन्। सबैभन्दा ठोस फाइदाहरू भएको एउटा मात्र कुरा छ, र त्यो के हो भने, परमेश्‍वरलाई पछ्याउनेहरूले आशिष् पाउनेछन् र तिनीहरू स्वर्गको राज्य प्रवेश गर्नेछन्। यी वचनहरू साँचो हुन्। आशिष्‌हरू प्राप्त गर्नको लागि नभएको भए, म त परमेश्‍वरमा विश्‍वास गर्ने नै थिइनँ! परमेश्‍वर कहाँ छन्? यदि परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सक्छन् भने, उनलाई किन क्रूसमा टाँगियो त? उनले त आफूलाई समेत बचाउन सकेनन् त!” तिनीहरूले वास्तवमा आफूले सोचेकै कुरा बताउँछन्—के यसमा तिनीहरूको दुष्ट पक्ष प्रकट भएको हुँदैन र? वर्षौँदेखि जम्मा भएका धारणा र द्वेषहरू तिनीहरूबाट विस्फोट भएर निस्किन्छन्। ख्रीष्टविरोधीहरूले अन्ततः आफ्नो साँचो रङ्ग देखाउनु भनेको यही हो।

कतिपय ख्रीष्टविरोधीहरू यस्ता हुन्छन् जो प्राय यस्ता कुराहरू बोलिरहन्छन्: “परमेश्‍वरमाथिको मेरो विश्‍वासमा मैले मेरो परिवार र करियर त्यागेँ, धेरै मेहनत गरेँ, र धेरै कष्ट भोगेँ, र यसबाट मलाई के प्राप्त भयो? के परमेश्‍वर मानिसहरूलाई आशिष् दिने परमेश्‍वर होइनन् र? के परमेश्‍वर मानिसहरूलाई अनुग्रह गर्ने परमेश्‍वर होइनन् र? त्यसोभए मैले के पाएँ त?” परमेश्‍वरले मानिसलाई धेरै सत्यता प्रदान गर्नुभएको छ, र उहाँले यसको सट्टामा केही नमागी धेरै कुराहरू दिनुभएको छ; मानिसहरूले परमेश्‍वरको विरुद्धमा यति धेरै विरोध र विद्रोह गरे पनि, उहाँले यो कुरा याद गर्नुहुन्न, र उहाँ अझै पनि मानिसलाई मुक्ति दिन आउनुहुन्छ। मानिसले परमेश्‍वरबाट यति धेरै प्राप्त गरेको छ भन्‍ने कुरा ख्रीष्टविरोधीहरूले देख्‍न सक्दैनन्। तिनीहरूले “मैले के पाएँ त?” भन्दा वास्तवमा के भनिरहेका हुन्छन्? (आशिष्‌हरू।) ख्रीष्टविरोधीहरू सबै कुरा चाहन्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन सबै कुरा त्याग्‍न सक्छन्, र यसो गरेर तिनीहरूले आफूलाई सफल हुने मौका मिल्नेछ, र यो प्रयास सार्थक हुनेछ भन्‍ने सोचेका हुन्छन्। तिनीहरूले संसार र आफ्ना सम्भावनाहरू त्याग्छन्, र भविष्यमा सम्पूर्ण संसारको मालिक हुन चाहन्छन्। तिनीहरूले यसको सट्टा जे चाहन्छन्, त्यो तिनीहरूले त्यागेका कुराहरूभन्दा बढी मोलवाला हुनुपर्छ। त्यो ती कुराहरूभन्दा बढी मूल्यवान् हुनुपर्छ, र त्यसले तिनीहरूलाई अझै ठूला फाइदाहरू प्रदान गर्नुपर्छ, अनि मात्रै तिनीहरूले सट्टापट्टा गर्नेछन्। के ख्रीष्टविरोधीहरूले आफ्नो विस्फोटको बेला रिसको झोकले यी शब्दहरू बोल्छन् भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) तिनीहरूले अवश्य नै यी शब्दहरूलाई लामो समयसम्‍म रोकेर राख्छन्, अनि बल्‍ल यी विस्फोट हुन्छन्। त्यसपछि, ख्रीष्टविरोधीहरूले वर्षौँदेखि सोचिरहेका र पछ्याइरहेका सबै कुरा खुलासा हुन्छन्, र तिनीहरूका सबै बाहिरी मुखौटाहरू च्यातिन्छन्। तिनीहरूले भन्‍ने कुराको मुख्य बुँदा के हुन्छ? “मैले परमेश्‍वरमा विश्‍वास गरेको र उनलाई पछ्याएको वर्षौं भयो, तैपनि मैले के पाएँ त?” तिनीहरूले जे प्राप्त गर्न चाहन्छन्, त्यो कुरा सत्यता होइन। तिनीहरू सत्यता चाहँदैनन्। तिनीहरू जीवन चाहँदैनन्, तिनीहरू स्वभाव परिवर्तन चाहँदैनन्, तिनीहरू परमेश्‍वरको मुक्ति चाहँदैनन्। तिनीहरू आफूलाई सिद्ध मानिसहरू सोच्छन् र तिनीहरू यी कुराहरू प्राप्त गर्न चाहँदैनन्। तिनीहरूले यो संसारमा प्राप्त गर्न सकिनेभन्दा फाल्टो कुनै अर्को कुरा, र केही ठूला आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्। अर्थात्, तिनीहरू आफूले त्यागेका संसारका कुराहरूलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरूसँग साट्न चाहन्छन्। तिनीहरू परमेश्‍वरबाट सबैभन्दा ठूलो आशिष् प्राप्त गर्न चाहन्छन्। जब तिनीहरूले आफ्ना इच्छाहरू हासिल गर्न सकिँदैन, र सबै आशा हराएको छ भन्‍ने देख्छन्, तब तिनीहरूले आशा मार्नुपर्ने हुन्छ। तर जब त्यसो गर्ने समय आउँछ, तब तिनीहरूको स्वभावप्रति विचार गर्दा, के तिनीहरू त्यहाँ रोकिन सक्छन् त? सक्दैनन्। कति परिवारहरूमा सबैजना विश्‍वासी हुन्छन्, र तिनीहरूमाझ ख्रीष्टविरोधीहरू देखा पर्छन्। जब यी ख्रीष्टविरोधीहरूले आशिष्‌हरू प्राप्त हुनेछैन भन्‍ने देख्छन्, तब तिनीहरूले आफ्‍नो परिवारलाई विश्‍वास गर्नबाट रोक्न बाधा दिन थाल्छन्। के यी अझै पनि परिवार हुन्छन् त? बाहिरी शारीरिक वा रक्तसम्बन्धको हिसाबमा तिनीहरू नजिकका परिवार हुन्छन्। तर जब हामी हरेक सदस्यले पछ्याउने मार्ग हेर्छौँ, तब तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेको १० वर्षभन्दा बढी भएको भए नि, केही ख्रीष्टविरोधीहरूको रूपमा प्रकट हुन्छन्, र केहीचाहिँ सत्यता पछ्याइरहेका र आफ्नो कर्तव्य राम्ररी निभाइरहेका हुन्छन्, र केहीले सामान्य मापदण्डअनुसार सत्यता पछ्याइरहेका हुन्छन्—यसरी तिनीहरूको प्रकृति सार प्रकट हुन्छ। अवश्य नै, तिनीहरूमध्ये सबैभन्दा खराब ख्रीष्टविरोधीहरू हुन्छन्, जसलाई मानिसले इन्कार गर्नुपर्छ र परमेश्‍वरको घरले निष्कासित गर्नुपर्छ। त्यसोभए, के यी परिवारहरू हुन् त? के वास्तविक परिवारहरू यस्तै हुन्छन् त? तिनीहरू एउटै प्रकारका मानिसहरूसमेत होइनन्! कतिपय मानिसहरू धेरै वर्षदेखि दियाबलसहरूसँग बाँचेका हुन्छन्, तैपनि तिनीहरूलाई परिवारका सदस्यहरू ठान्छन्। तिनीहरूले तिनीहरूलाई त्याग्न सक्दैनन् र तिनीहरू आफ्ना प्रियजनहरू हुन् भनेर मूर्ख रूपमा विश्‍वास समेत गर्छन्। यी कस्ता प्रियजनहरू हुन्? ख्रीष्टविरोधीहरूले आफूलाई प्रकट गरेपछि, तिनीहरू हरकिसिमका दुष्टतामा संलग्‍न हुन्छन्। तिनीहरूले आफ्‍नो परिवारका साँचो विश्‍वासीहरूलाई समेत सताउन सक्छन्। अझै खराब कुरा त, तिनीहरूले आफ्नो परिवारका सदस्यहरूलाई दुष्ट सरकारहरूको हातमा सुम्पन सक्छन्। कतिपय आमाबुबाले आफ्ना छोराछोरीलाई घात गर्छन्, र कतिपय छोराछोरीले आफ्ना आमाबुबालाई घात गर्छन्। तिनीहरूको सम्बन्ध जति नै नजिक वा घनिष्ठ भए नि, ख्रीष्टविरोधीहरूले नगर्ने कुरा केही पनि हुँदैन। ख्रीष्टविरोधीहरूले आफ्नै परिवारका साँचो विश्‍वासीहरूलाई घात गर्न र सताउन सक्‍नुको अर्थ, के तिनीहरू शत्रु हुन् भन्‍ने हुँदैन र? (हुन्छ।) मण्डलीमा एक-दुई जना ख्रीष्टविरोधीहरू देखा पर्नु भनेको विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको लागि खतरा हो। ख्रीष्टविरोधीहरूले आफूलाई आशिष्‌हरू प्राप्त हुनेछैन भन्‍ने देख्‍नेबित्तिकै, लत्तो छोड्छन्, जीउछाडा बन्छन्, असली रूप देखाउँछन्, र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनेबारे सोच्न थाल्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरू कमजोर र सानो कदका हुन्छन्, र तिनीहरूले सत्यता बुझ्दैनन्। ख्रीष्टविरोधीहरूले यी विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई इन्टरनेटमा देखिएका केही आधारहीन अफवाहहरू देखाउँछन्, त्यसपछि आफ्नै बढाइचढाइ गरिएका व्याख्याहरू थपेर आगोमा तेल हाल्छन्, र यसरी ती दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छन् र बहकाउँछन्, र अन्ततः तिनीहरूलाई बरबाद पार्छन्। अवश्य नै, कतिपय दाजुभाइ-दिदीबहिनीहरूमा समझशक्ति हुन्छ र तिनीहरूले तुरुन्तै ख्रीष्टविरोधीहरूलाई चिन्छन्। यदि तिनीहरूले ख्रीष्टविरोधीहरूलाई सार्वजनिक रूपमा निराकरण गरे भने यसले समस्या ल्याउनेछ, त्यसैले तिनीहरूलाई अलग गर्ने बुद्धिमानी उपाय खोजे पुग्छ ताकि तिनीहरूले अरूलाई बाधा वा पीडा दिन नपाऊन्। शैतानहरूलाई तह लगाउँदा, मानिसहरूले बुद्धिमानीपूर्वक काम गर्नुपर्छ।

ख्रीष्टविरोधीहरूले आफ्नो सम्भावना र नियतिको खातिर परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्। तिनीहरू आशिष् पाउने आफ्नो इच्छामा अडिग हुन्छन् र परमेश्‍वरको घरमा प्रवेश गर्दा आफ्‍ना महत्त्वाकाङ्क्षाहरू आफूसँगै लिएर आउँछन्, र त्यसपछि परमेश्‍वरको वचन पढ्ने, स्विकार्ने, र प्रचार गर्ने गर्छन्। तिनीहरूले आफ्नो सम्भावना र नियतिको खातिर परमेश्‍वरको घरमा सम्झौता गर्छन्, अपमान सहन्छन्, र हरकिसिमका कठिनाइहरू सहन्छन्। अनि धेरै वर्ष प्रतीक्षा गरेपछि र हेरेपछि, जब तिनीहरूको आशा चकनाचुर हुन्छ, तब तिनीहरूले आफ्नो सम्भावना र नियतिको कारण मण्डली र परमेश्‍वरको घर छोड्छन्, किनभने आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूका चाहना र अभिप्रायहरू पूरा हुन सक्दैनन्। त्यस्ता मानिसहरूको परिणाम के हुन्छ? तिनीहरू हटाइनेछन्। अनि किन तिनीहरू हटाइनेछन्? तिनीहरू उहाँको घर प्रवेश गरेको क्षणदेखि नै परमेश्‍वरले तिनीहरूलाई मुक्ति नदिने निर्णय गर्नुहुन्छ कि तिनीहरूका आफ्नै समस्याहरू हुन्छन्? (तिनीहरूका आफ्नै समस्याहरू हुन्छन्।) जब ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरमा प्रवेश गर्छन्, तब तिनीहरू गहूँबीच सामा उम्रेजस्तै घुलमिल हुन्छन्। कति मानिसहरूले सोध्छन्, “तर के परमेश्‍वरलाई यसबारेमा थाहा हुँदैन र?” परमेश्‍वरलाई यसबारेमा थाहा हुन्छ; परमेश्‍वरले यो सबै कुरा छानबीन गर्नुहुन्छ। यस्ता मानिसहरू परिवर्तन हुन सक्दैनन्। तिनीहरूले परमेश्‍वरका सबै वचन पढे नि, परमेश्‍वरले प्रकट गर्नुभएका रहस्यहरू, मानिसको गन्तव्य, र मानिसका विभिन्‍न भ्रष्ट स्वभावहरूबारे पढे नि, र अरू त्यस्तै वचनहरू पढे नि, त्यसको कुनै काम हुँदैन, किनभने तिनीहरूले सत्यता स्विकार्दैनन्। परमेश्‍वरले बोल्नुभएका वचनहरू सबै मानवजातिप्रति सम्बोधन गरिएका हुन्छन्। ती कसैबाट लुकेका हुँदैनन् र ती सबैलाई समान रूपमा प्रदान गरिन्छन्। सबैले परमेश्‍वरका वचनहरू पढ्न र सुन्न सक्छन्, तर अन्त्यमा, ख्रीष्टविरोधीहरूले ती कहिल्यै प्राप्त गर्नेछैनन्, किनभने तिनीहरू ख्रीष्टविरोधी, दियाबलस, र शैतानहरू हुन्। परमेश्‍वरको साथमा धेरै वर्ष बसेपछि पनि शैतान परिवर्तन भएन, त्यसकारण के ख्रीष्टविरोधीहरूको हकमा पनि त्यही कुरा लागू हुँदैन र? तैँले तिनीहरूलाई हरेक दिन परमेश्‍वरको वचन पढ्न लगाइस् भने पनि, तिनीहरूले त्यो प्राप्त गर्नेछैनन्, किनभने तिनीहरू ख्रीष्टविरोधीहरू हुन्, र तिनीहरूमा ख्रीष्टविरोधीको सार हुन्छ। ख्रीष्टविरोधीहरूलाई आफ्नै हित वा आफ्नो सम्भावना र नियति त्याग्‍न लगाउनु असम्भव हुन्छ। यो त सुँगुरलाई रूखमा चढ्न लगाउनुजस्तै हो। यो असम्भव काम हो। ख्रीष्टविरोधीहरू तुरुन्तै फाइदाहरू देख्‍न चाहन्छन्, र भविष्यमा अनन्त फाइदाहरू पनि देख्‍न चाहन्छन्। यदि तिनीहरूले यीमध्ये कुनै एउटा कुरा प्राप्त गर्न वा सन्तुष्ट पार्न सकेनन् भने, तिनीहरू तुरुन्तै शत्रु बन्‍नेछन्, र कुनै पनि बेला छोडिजान सक्‍नेछन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूका भित्री अर्थहरू खोज्छन्, तिनका भाव र स्वर-शैली ध्यान दिएर सुन्छन्, र तिनीहरूले वास्ता गर्ने र प्राप्त गर्न चाहने ती विभिन्‍न फाइदाहरू मापन गर्न उहाँका वचनहरूको अर्थ र अभिप्राय अनुमान गर्ने प्रयास गर्छन्। जब तिनीहरूले यस्तो मनोवृत्ति लिएर परमेश्‍वरको वचनलाई हेर्छन्, तब के तिनीहरूले सत्यता बुझ्न सक्छन् त? (सक्दैनन्।) त्यसकारण, जुनसुकै अवस्थामा पनि, ख्रीष्टविरोधीहरू परमेश्‍वर र उहाँको वचनप्रति विरोधमा रहनेहरू, र घातक शत्रुहरू हुन्। कति मानिसहरू यसो भन्छन्: “फलाना-फलाना पहिले साह्रै राम्रा थिए। तिनीहरूले अहिले किन यस्तो व्यवहार गरिरहेका छन्? तिनीहरूलाई परमेश्‍वरको वचनबारे सङ्गति दिइएपछि, तिनीहरूले कुरा बुझेँ भनेर भने र आफ्नो कर्तव्य पूरा गर्न परिश्रम गर्ने प्रतिज्ञा गरे, तैपनि किन तिनीहरू परिवर्तन हुन सकेनन्?” म तँलाई सत्यता बताउँछु। तिनीहरू अहिले मात्र परिवर्तन हुन नसक्‍ने होइनन्—तिनीहरू त भविष्यमा पनि परिवर्तन हुन सक्‍नेछैनन्। यस्तो किन त? किनभने तिनीहरूसँग परिवर्तन हुने कुनै अभिप्राय हुँदैन। यसबारे विचार गर: यदि ब्वाँसोले खानलाई भेडा भेट्टाउन सकेन भने, भोकले मर्न लाग्दा भोक कम गर्न यसले कहिलेकहीँ केही घाँस र केही पानी खान सक्ला। तर के यसको अर्थ यसको प्रकृति परिवर्तन भएको छ भन्‍ने हुन्छ र? (हुँदैन।) त्यसकारण, जब केही समयको लागि ख्रीष्टविरोधीहरूले कुनै दुष्कर्म गर्दैनन् र केही असल व्यवहार देखाउँछन्, तब यसको अर्थ तिनीहरू परिवर्तन भएका छन् वा तिनीहरूले सत्यता स्वीकार गरेका छन् भन्‍ने हुँदैन। तिनीहरूलाई तिनीहरूको शक्ति र हैसियत छुने तरिकाले गम्भीर रूपमा काटछाँट गरिनेबित्तिकै, र तिनीहरूसँग कुनै आशा छैन—तिनीहरूलाई निश्‍चित रूपमा हटाइनेछ भनेर तिनीहरूले देख्‍नेबित्तिकै—तिनीहरू तुरुन्तै नकारात्मक बन्‍नेछन्, र आफ्नो काम त्याग्नेछन्, र तिनीहरूको मूलरूपको साँचो रङ देखा पर्नेछ। यस्ता मानिसहरूलाई कसले परिवर्तन गर्न सक्छ? परमेश्‍वर तिनीहरूलाई मुक्ति दिने योजना गर्नुहुन्न, बरु तिनीहरूलाई प्रकाश गर्न र हटाउन तथ्यहरू मात्रै प्रयोग गर्नुहुन्छ। त्यसकारण, शैतानका यी नोकरहरूलाई सबैले चिन्‍नु र इन्कार गर्नुपर्छ।

ख्रीष्टविरोधीहरूलाई चिन्‍नु दुष्ट मानिसहरू र शैतानलाई चिन्‍नुजस्तै हो, र ख्रीष्टविरोधीहरूलाई चिरफार गर्नु अदृश्य शैतान र दियाबलसहरूलाई चिरफार गर्नुजस्तै हो। आज हामीले चिरफार गरिरहेका ख्रीष्टविरोधीहरूलाई मानिसले देख्‍न सक्छ। तिनीहरूले के गर्छन् भनेर तैँले देख्‍न सक्छस् र के भन्छन् भनेर सुन्न सक्छस्; तैँले तिनीहरूका सबै प्रकटीकरणहरू देख्‍न र तिनीहरूका अभिप्रायहरू पत्ता लगाउन सक्छस्। तैँले आत्मिक क्षेत्रका शैतान वा दियाबलसहरूलाई देख्‍न वा छुन सक्दैनस्, त्यसकारण ती तेरो लागि सधैँ अवधारणा र पदवीनाम मात्रै हुनेछन्। तर आज हामीले चिरफार गरिरहेका ख्रीष्टविरोधीहरू फरक छन्। तिनीहरू जीवित दियाबलस र शैतानहरू हुन्। तिनीहरू देह र रगतका मूर्त दियाबलस र शैतानहरू हुन्। ती दियाबलस र शैतानहरूले आत्मिक क्षेत्रमा परमेश्‍वरको विरोध गर्छन् र उहाँलाई इन्कार गर्छन्, र तिनीहरूले परमेश्‍वरले बोल्नुभएको हरेक वचनप्रति वितृष्णा गर्छन्। तिनीहरू मण्डली आउँदा पनि तिनीहरूले अझै यी कुराहरू गर्छन्। तिनीहरूले पहिलेजस्तै अझै परमेश्‍वरका वचनहरूप्रति विरोध गर्छन्, वितृष्णा राख्छन्, र तिनलाई त्याग्छन्। तिनीहरूले प्रायः परमेश्‍वरका वचनहरूलाई समेत अवहेलना गर्छन्। यो परमेश्‍वरको मुखबाट आएको हो भने त सानो कुराले पनि तिनीहरूको हृदयमा धेरै प्रश्‍नहरू उठाउनेछ। तिनीहरूले यसबारे अनुसन्धान गर्नेछन्, यसलाई विश्‍लेषण गर्नेछन्, र आफ्नो मस्तिष्क प्रयोग गरेर यसलाई प्रशोधन गर्नेछन्। त्यसकारण, परमेश्‍वरका वचनहरू ख्रीष्टविरोधीहरूको लागि विश्‍वासको विषय हुँदैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरूमा कहिल्यै विश्‍वास गर्दैनन्। परमेश्‍वरका वचनहरू जति नै व्यावहारिक, साँचो, वा विश्‍वासयोग्य भए पनि, तिनीहरूले तिनमा विश्‍वास गर्दैनन्। त्यसैले, यी बुँदाहरूको आधारमा के ख्रीष्टविरोधीहरू परमेश्‍वरका शत्रुहरू होइनन् र? के तिनीहरूको अन्तर्निहित प्रकृति सत्यता विपरीत हुँदैन र? यस्ता मानिसहरू जन्मजातै परमेश्‍वरका शत्रुहरू हुन्छन्, तिनीहरू जन्मजातै सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिने वा सत्यताको रूपमा अङ्गाल्ने कहिल्यै गर्दैनन्। तिनीहरूको सार, परमेश्‍वरप्रतिको तिनीहरूको विभिन्‍न प्रकटीकरण, र परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको विभिन्‍न मनोवृत्तिको कारण, अन्ततः यस्ता मानिसहरू परमेश्‍वरका वचनहरूद्वारा निन्दित हुन्छन् र परमेश्‍वरद्वारा तिरस्कार गरिन्छन्। त्यसकारण, के तिनीहरूले आफूले पछ्याएको सबैभन्दा ठूलो फाइदा अर्थात्, तिनीहरूको सम्भावना र नियति प्राप्त गर्न सक्छन् त? कहिल्यै पनि सक्दैनन्। त्यसोभए, परमेश्‍वरले मानवजातिलाई दिनुहुने प्रतिज्ञा र आशिष्‌हरू, र उहाँले मानवजातिको लागि तय गर्नुभएको गन्तव्य उहाँले कसको बारेमा बताउनुभएको हो? के यी कुराहरूमा ख्रीष्टविरोधीहरूको कुनै भागीदारी हुन्छ? (हुँदैन।) परमेश्‍वरले बोल्नुभएको र मानवजातिलाई प्रतिज्ञा गर्नुभएको सुन्दर गन्तव्य परमेश्‍वरको मुक्तिका प्रापकहरूलाई प्रदान गरिन्छ, परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्ने र परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्विकार्ने मानिसहरूलाई प्रदान गरिन्छ। यो परमेश्‍वरप्रति शत्रुवत् रहने र परमेश्‍वरको वचनलाई छलीको छलको रूपमा लिने ख्रीष्टविरोधीहरूलाई प्रदान गरिँदैन।

अप्रिल ११, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्