विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग पाँच) खण्ड तीन
चौथो घटना: छलकपटद्वारा भेटीहरू प्रयोग गरेर ऋण तिर्नु
पहिले, जब म मुख्यभूमि चीनमा थिएँ, तब हामीले सहकर्मीहरू भेला हुने अलिक सुरक्षित स्थान खोज्नुपऱ्यो, त्यसकारण हामीले एउटा अतिथि सत्कारक परिवार खोज्यौँ। त्यो परिवार हामीलाई आतिथ्य गर्न इच्छुक थियो र उनीहरूले त्यो ठाउँ सुरक्षित राख्न मदत गरे। तर केही समय बितेपछि, त्यस परिवारले यस्तो सोच्न थाल्यो, “तिमीहरूले दीर्घकालीन रूपमा यहाँ भेला हुने योजना बनाइरहेका छौ जस्तो छ। तिमीहरू मेरो घरबाहेक अरू कुनै ठाउँमा भेला हुन सक्दैनौ, त्यसकारण मैले यस अवसरको फाइदा लिनुपर्छ। के मैले त्यसो नगर्नु मूर्खता हुँदैन र?” एकपटक हामी सहकर्मी भेलामा हुँदा, सबै सहभागी आइपुगिसकेका थिएनन्, तब कुनै पनि स्पष्ट कारणविना एक व्यक्ति अतिथि सत्कारक घरमा आयो, र बैठक कोठामा बसिरह्यो, जाँदै गएन। अतिथि सत्कारक आए र यो व्यक्ति ऋणको पैसा लिन आएको हो, र उसको परिवारले धेरै वर्ष पहिले यस व्यक्तिबाट पैसा सापट लिएर तिरेको छैन भनेर भने। यहाँ के भइरहेको थियो, तिमीहरूलाई के लाग्छ? यो व्यक्ति पहिले पनि आउन सक्थ्यो, वा ऊ पछि पनि आउन सक्थ्यो, तर ऊ ऋण उठाउन ठिक त्यही समयमा आयो। के यो संयोग मात्रै थियो कि कसैले जानाजानी यस्तो योजना बनाएको थियो? त्यसमा शङ्का नगरी बस्न सकिँदैनथ्यो। शङ्कालाग्दो कुरा भइरहेको थियो। त्यो के भइरहेको थियो? के त्यस परिवारका अभिप्रायहरू खराब भएर, तिनीहरूले जानाजानी त्यस व्यक्तिलाई बोलाएका थिए? (हो।) मैले भनेँ, “त्यसलाई तुरुन्तै यहाँबाट निकाल।” त्यो अतिथि सत्कारकले भन्यो, “उसलाई पैसा नदिउन्जेल ऊ जाँदैन।” मैले भनेँ, “तिमीहरू किन त्यसलाई पैसा तिर्दैनौ त?” अतिथि सत्कारकले पैसा भए पनि आफूहरूको ऋण नतिर्ने आशयले अनकनिँदै गुनगुन गर्यो—तिनीहरू निःशुल्क ऋण चाहन्थे। ऋण उठाउने व्यक्तिले पर्खिरह्यो र अरू केही सहकर्मी आइपुग्न लाग्दा पनि ऊ त्यहाँबाट गएन। त्यो अतिथि सत्कारकले के गर्ने योजना बनाएको थियो? के त्यो पूर्वनियोजित योजना थिएन र? (थियो।) पछि, मैले कसैलाई त्यस अतिथि सत्कारकलाई पैसा दिएर तुरुन्तै त्यो ऋण उठाउने व्यक्तिलाई त्यहाँबाट धपाइहाल्न लगाएँ। अतिथि सत्कारकलाई पैसा दिएपछि, त्यो ऋण उठाउने व्यक्ति आधा घण्टाभित्रै गइहाल्यो। सामान्य सुझबुझ चलाएर सोच्दा, त्यो ऋण उठाउने व्यक्ति फेरि फर्केर आउनुपर्दैनथियो, तर त्यो मामला अझै सकिएको थिएन। एक महिनापछि, सहकर्मी भेला हुनुभन्दा अगाडि त्यो ऋण उठाउने व्यक्ति फेरि आइपुग्यो। पछिल्लोपटक ऋणको एक भाग मात्रै चुकाइएको हो, सबै चुकाइएको थिएन भनेर अतिथि सत्कारकले भन्यो। यसो भन्नुको पछाडि उसको उद्देश्य के थियो? परमेश्वरको घरलाई फेरि पनि उसका लागि ऋण तिर्न लगाउनु। यस पटक पनि पछिल्लोपटक जस्तै भयो, अतिथि सत्कारकलाई पैसा दिएपछि, त्यो ऋण उठाउने व्यक्ति गइहाल्यो। त्यस बेलादेखि, जब हामी त्यहाँ भेला हुन जान्थ्यौँ, त्यो ऋण उठाउने व्यक्ति फेरि कहिल्यै आएन, किनभने हामीले अतिथि सत्कारकको ऋण दुई किस्तामा चुक्ता गरिसकेका थियौँ। अतिथि सत्कारकलाई अग्रिम रूपमा यति धेरै पैसा मागेमा, हामीले तिर्न मान्दैनौँ भन्ने चिन्ता लागेको थियो, त्यसकारण उसले दुई किस्तामा मागेको थियो। यस पैसालाई कसरी हेर्ने? के परमेश्वरको घरले उसलाई सापटी दिएको थियो, कि उसले परमेश्वरको घरलाई चालबाजी गरेर त्यो आफूलाई दिन लगाएको थियो? (उसले परमेश्वरको घरमाथि चालबाजी गरेका थियो।) वास्तवमा, उसले परमेश्वरको घरलाई चालबाजी गरेर आफूलाई पैसा दिन लगाएको थियो। त्यसोभए, परमेश्वरको घरले उसलाई किन पैसा दियो? के हामीले उसलाई पैसा नदिएको भए पनि हुँदैनथ्यो र? आखिर, हामीले उसलाई पैसा नदिनु नै उचित र न्यायसङ्गत कुरा हुन्थ्यो, तर त्यसको मतलब सहकर्मीहरू भेला हुन पाउँदैनथे। त्यसोभए उसलाई पैसा दिनुको हाम्रो आधार के थियो? त्यो बेला, त्यस पैसालाई भाडाका रूपमा हेरिनुपर्छ भन्ने मेरो विचार थियो। यदि हामीले होस्टल वा खेलकुद भवन भाडामा लिएका भए, के हाम्रो पैसा खर्च हुनेथिएन र? हामी ती ठाउँमा भेला हुन पाउँदैनथियौँ र यो सुरक्षित पनि हुँदैनथ्यो। यहाँ हेर्दा, त्यस अतिथि सत्कारकले त्यो ठाउँ सुरक्षित राख्न मदत गर्छ, अनि हाम्रो सुरक्षाको पनि ग्यारेन्टी हुन्छ, त्यसकारण के परमेश्वरको घरले उसको ऋण तिर्न केही पैसा खर्च गर्नु उचित हुन्छ? (हुन्छ।) यति मात्र हो, पैसा सही तरिकाले दिइएको थिएन। तैपनि, ठूलो रातो अजिङ्गरको जस्तो देशमा यस्तो काम गर्नु प्रायः आवश्यक हुन्छ।
कति मानिसहरूमा दुष्ट मानवता हुन्छ, र तिनीहरू अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्न पूर्ण रूपमा इच्छुक हुँदैनन्। हामी हाम्रो ठाउँ सुरक्षित राख्न तिनीहरूलाई प्रयोग गर्छौँ, त्यसकारण हामीले तिनीहरूलाई परिस्थितिबाट केही फाइदा लिन दिनैपर्ने हुन्छ। तैपनि, के तिनीहरूले फाइदा लिइसकेपछि पनि अझै मुक्ति प्राप्त गर्न सक्छन्? अहँ, सक्दैनन्। परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भन्ने होइन, तर यस्ता व्यक्तिहरू मुक्ति प्राप्त गर्न सक्दैनन्। तिनीहरू जोकोहीलाई छल गर्छन् र जोकोहीबाट फाइदा लिन्छन्। जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्छन् र केही असल कार्यहरू बटुल्ने प्रयास गर्छन्, तब तिनीहरू सधैँ यसबाट कुनै न कुनै मनपर्दा कुरा ठगेर लिन चाहन्छन्, र तिनीहरू जोसँग अन्तरक्रिया गरे पनि, सधैँ फाइदा मात्रै लिने तर कहिल्यै घाटा नबेहोर्ने सिद्धान्त पालना गर्छन्। परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्दा तिनीहरूले पालना गर्ने सिद्धान्त यही हो। त्यसोभए, यी “असल कार्यहरू” कहाँबाट आएका हुन्छन्? यी असल कार्यहरू यी मानिसहरू आफैले तयार गरेका हुँदैनन्, बरु परमेश्वरको घरले यी कुराहरू किनेको र यिनका लागि पैसा तिरेको हुन्छ; तिनीहरू असल कार्यहरू तयार गर्दैनन्। तिनीहरू ठाउँ प्रदान गर्छन्, परमेश्वरको घरले पैसा खर्च गर्छ, र यसलाई भाडा मान्छ। असल कार्यहरूसँग यसको कुनै सम्बन्ध हुँदैन, र यो तिनीहरूको असल कार्य होइन। जब परमेश्वरको घरका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई ठाउँ दिने नाममा व्यक्तिले परमेश्वरको घरबाट पैसा वा सरसामान छलकपटद्वारा प्राप्त गर्छ, तब त्यो कस्तो व्यवहार हुन्छ? यस्तो व्यक्तिको चरित्र कस्तो हुन्छ? के उसको व्यवहार परमेश्वरद्वारा याद गर्न सकिने हुन्छ? मानिसहरूको हृदय र परमेश्वरको हृदयमा उसको चरित्रको स्थान कहाँ हुन्छ? असल कार्यहरू तयार गर्नु भनेको तैँले तयार गर्नुपर्ने कुरा हो—तँ आफ्नो गन्तव्यको खातिर असल कार्यहरू तयार गर्छस्, र तैँले गर्ने सबै कुरा अरूका लागि नभई, तेरो आफ्नै लागि हुन्छ। तैँले आफूले गर्नुपर्ने काम गरेर, पहिले नै इनाम प्राप्त गरिसकेको हुन्छस्, र आफूले पाउने अभिप्राय राखेको मनपर्दा कुरा प्राप्त गरिसकेको हुन्छस्, त्यसैले परमेश्वर आफ्नो हृदयमा तँलाई कसरी हेर्नुहुन्छ? तर तैँले आफ्नो हितका केही कुरा प्राप्त गर्न मात्र असल कुराहरू गर्छस् भने, सत्यता प्राप्त गर्न वा जीवन प्राप्त गर्नका लागि गर्दैनस्, परमेश्वरलाई सन्तुष्ट पार्नका लागि त झनै गर्दैनस् भने, के परमेश्वरले अझै पनि यस्ता मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ र? अहँ, उहाँले त्यसो गर्न सक्नुहुन्न। तिनीहरू थोरै असल कार्यहरू तयार गरेर आफ्नो सानो दायित्व र कर्तव्य निर्वाह गर्छन्, तैपनि हात फैलाएर परमेश्वरको घरबाट पैसा माग्छन्, परमेश्वरको घरबाट एकएक पैसा असुल्छन्, परमेश्वरको घरलाई छल गर्न र मनपर्दा कुराहरू प्राप्त गर्न हरकिसिमका तरिकाहरू सोच्छन्, र आफूलाई कहिल्यै घाटा नहुने सुनिश्चित गर्छन्, यस्तो लाग्छ मानौँ तिनीहरूले व्यापार गरिरहेका छन्। त्यसकारण, यो असल कार्य असल कार्य होइन—यो त दुष्ट कार्यमा परिणत भइसकेको छ, र परमेश्वरले यसलाई नसम्झने मात्र होइन, उहाँले त यी मानिसहरूको मुक्ति पाउने अधिकारसमेत समाप्त गर्नुहुनेछ र खोस्नुहुनेछ। त्यो अतिथि सत्कारकले परमेश्वरको घरलाई उसको ऋण तिर्न लगाउँदा, के यसको प्रकृति अलिक छलकपटपूर्ण थियो? ख्रीष्टविरोधीहरू यही गर्छन्। तिनीहरू आफूलाई पैसा चाहिँदा इमानदारी तरिकाले माग्दैनन्; बरु, तिनीहरू छलकपट प्रकृतिको उपाय अपनाएर विभिन्न कुराहरू धुत्ने मौका छोप्छन्। के परमेश्वरलाई चढाइएका भेटीहरू धुत्ने मानिसहरूलाई परमेश्वरले मुक्ति दिनुहुन्छ? (अहँ, दिनुहुन्न।) यदि यी मानिसहरूले पश्चात्ताप गरे र साँचो विश्वास गरे भने, के तिनीहरूले मुक्ति पाउनुपर्छ? (पाउनु हुँदैन।) किन? (यी मानिसहरूले परमेश्वरको घरप्रति छलकपटको व्यवहार गर्न सक्छन् भन्ने तथ्यको अर्थ तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ छैन भन्ने हो—तिनीहरू खाँटी अविश्वासी हुन्।) के अविश्वासीहरूले पश्चात्ताप गर्नेछन्? ख्रीष्टविरोधीहरू पनि रहेका यी अविश्वासीहरू पश्चात्ताप गर्दैनन्। तिनीहरूले गर्ने सबै कुराको केन्द्रमा तिनीहरूका आफ्नै हितहरू हुन्छन्, र तिनीहरूले मरे पनि कहिल्यै पश्चात्ताप गर्नेछैनन्। तिनीहरू न त आफूले कुनै गल्ती गरेको छु भनेर नै कहिल्यै स्विकार्छन्, न त दुष्कर्म गरेको छु भनेर नै स्विकार्छन्, त्यसैले तिनीहरू केको चाहिँ पश्चात्ताप गर्छन् त? पश्चात्ताप त मानवता भएका, विवेक र समझ भएका, अनि आफ्नो भ्रष्टता स्पष्ट रूपमा देख्न र स्विकार्न सक्ने मानिसहरूका लागि हो। त्यो अतिथि सत्कारक परिवारले सानो कर्तव्य निर्वाह गर्दा त्यसबाट केही मनपर्दा कुरा ठगेर लिनुपर्यो, र यस्तो अवसरसमेत छोडेनन्। तिनीहरू ठूला ठगाहा थिए। चौथो मामला यही हो।
पाँचौ घटना: परमेश्वरको घरका लागि काम गरेकामा तलब माग गर्नु
मुख्यभूमि चीनमा, केही काम तुलनात्मक रूपमा खतरनाक र जोखिमपूर्ण हुन्छन्, र ती काम गर्नका लागि केही दिमाग र निश्चित योग्यता भएका मानिसहरूको आवश्यकता पर्छ। त्यो बेला, यी योग्यताहरू भएको एक व्यक्ति थियो, त्यसकारण माथिबाट उसलाई केही काम गर्न लगाउने बन्दोबस्त भयो। उसले यो काम गरिरहेको बेला, यो काम गर्न थालेपछि, ऊ आफ्नो नियमित काममा हरेक दिन जान पाइरहेको छैन, र उसको परिवारलाई हातमुख जोड्न अलिक गाह्रो भइरहेको छ भन्दै अनुरोध गऱ्यो। परमेश्वरको घरले उसलाई दैनिक आवश्यकता पूरा गर्नका लागि केही पैसा दियो, र ऊ निकै खुसी भयो र उसलाई दिइएको काम उसले लियो; तैपनि, उसको कार्यसम्पादन औसत किसिमको मात्र थियो। केही समयपछि, उसको परिवारलाई जीवन धान्न कुनै समस्या थिएन, तर अर्को कुनै समस्या आयो र उसले यो कुरा परमेश्वरको घरलाई सुनायो, र परमेश्वरको घरले ऊ खाँचोमा नपरोस् भन्ने सुनिश्चित गर्न दैनिक आवश्यकता पूरा गर्नका लागि पैसा दियो। उसले मन नलागी-नलागी आफ्नो काम जारी राख्ने सहमति जनायो, तर उसले यो काम कति राम्ररी गर्यो त? काम पूरै भताभुङ्ग भएको थियो। यदि उसलाई कुनै काम गर्न मन लाग्यो भने, ऊ त्यो थोरै-थोरै गर्थ्यो, र यदि कुनै काम गर्न मन लागेन भने, गर्दै गर्दैनथ्यो। यसले काममा ढिलाइ गरायो र मण्डलीको काममा केही घाटा भयो, र अरू मानिसले यसलाई सुधार्नुपर्यो। पछि, परमेश्वरको घरले उसलाई सम्पर्क गर्यो, र उसलाई आफ्नो काममा मेहनत गर्नुपर्छ, र परमेश्वरको घरले उसलाई उसले सामना गरेका कुनै पनि कठिनाइहरू समाधान गर्न सहयोग गर्नेछ भनेर बतायो। उसले परमेश्वरको घरलाई आमनेसामने त केही भनेन, तर केही दाजुभाइ-दिदीबहिनीलाई एकान्तमा यसो भन्यो, “के मसँग खाने खर्चको कमी छ त? त्यो थोरै पैसाले कुन ठूलो समस्या समाधान गर्न सक्छ र? मैले यो काम गरेर परमेश्वरको घरको यस्तो ठूलो समस्या समाधान गरिरहेको छु। परमेश्वरको घरले मेरा पनि ठूला समस्याहरू समाधान गर्नुपर्छ। अहिले मेरो छोराको पढाइको फिस तिर्ने रकम मसँग छैन, र यो समस्या समाधान भएको छैन। मसँग यो थोरै पैसाको कमी भएको होइन।” उसले साँचो रूपमा सोचेका शब्दहरू यिनै थिए, तर उसले परमेश्वरको घरलाई सिधै भन्न सकेन; यो कुरा त उसले एकान्तमा रिस पोख्दाखेरि खुलासा भयो। यस्तो परिस्थिति कसरी समाधान गर्नुपर्छ? के परमेश्वरको घरले उसलाई प्रयोग गरिरहनुपर्छ कि अरू कसैलाई खोज्नुपर्छ? (अरू कसैलाई खोज्नुपर्छ।) किन? उसको चरित्र र सार पहिले नै खुलासा भइसकेको छ। परमेश्वरको घरले उसको परिवारको खाँचो पूरा गर्न सहयोग गरिदियोस् भन्ने मात्रै उसको चाहना थिएन, उसले त परमेश्वरको घरले उसको छोराको पढाइको फिस पनि तिरिदियोस् भन्ने चाहेको थियो, र पछि उसले श्रीमती बिरामी छे र उपचारको रकम परमेश्वरको घरले तिरिदियोस् भन्ने चाहन्छु भनेर पनि भन्यो। के उसले झन्-झन् बढी माग गरिरहेको थिएन र? उसले परमेश्वरको घरका लागि यो सानो काम गरेर ठूलो योगदान दिएको छु, र परमेश्वरको घरले उसलाई चाहिने सबै कुरा निसर्त दिनुपर्छ भन्ने सोचेको थियो। यदि उसले नियमित जागिर खाएको भए, के उसले छोरालाई विश्वविद्यालय पठाउन सक्थ्यो? के उसले श्रीमतीको उपचार गर्न सक्थ्यो? सक्थ्यो नै भनेर भन्न सकिँदैन। त्यसोभए, उसले परमेश्वरको घरमा यो सानो काम गरेर किन निरन्तर परमेश्वरको घरबाट पैसा माग्यो? उसले के सोचिरहेको थियो? यस मामलामा उसको दृष्टिकोण के थियो? उसले सोचेको थियो, ऊविना परमेश्वरको घरमा काम गर्ने अरू कोही हुनेछैन, त्यसकारण उसले मौका छोपेर परमेश्वरको घरबाट थप पैसा माग्ने कारणहरू खोज्नुपर्छ, यसलाई व्यर्थमा त्याग्नु हुँदैन, र उसले मौका गुमायो भने त्यो खेर जानेछ। के उसको तात्पर्य यही थिएन र? उसलाई लाग्यो, यो काम गर्नु भनेको जागिर खाएर पैसा कमाउनुजस्तै हो, त्यसकारण उसले परमेश्वरको घरबाट एकएक पैसा झार्नुपर्छ। त्यसपछि, जब उसले परमेश्वरको घरबाट एकएक पैसा झार्न सक्दिनँ भन्ने महसुस गर्यो, तब उसले आफ्नो काम गरेन। के यो परमेश्वरमा साँचो विश्वास गर्ने व्यक्ति हो त? (होइन।)
परमेश्वरमा साँचो विश्वास गर्ने मानिसहरूलाई कर्तव्य निर्वाह गर्ने क्रममा कष्ट भोग्न डर लाग्दैन। कति मानिसहरू त कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो परिवारमा आइपर्ने कठिनाइहरू बताउँदैनन्। गरिब क्षेत्रका कतिपय मानिस अतिथिसत्कारको कर्तव्य निर्वाह गर्छन्, र जब दाजुभाइ-दिदीबहिनीहरू आउँछन् र जब खानका लागि चामल हुँदैन, तब तिनीहरू बाहिर गएर पैसा सापटी लिन्छन्, तर पनि केही भन्दैनन्। यदि तिनीहरूले केही बताए भने, के परमेश्वरको घरले तिनीहरूलाई पैसा दिन सक्दैन र? (सक्छ।) परमेश्वरको घरले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्नका लागि चाहिने कुराहरू खरिद गर्न सक्छ। त्यसोभए, किन तिनीहरू केही भन्दैनन्? तैँले तिनीहरूलाई पैसा दिइस् भने, तिनीहरू इन्कार गर्छन्। तिनीहरू बाहिर गएर पैसा सापट लिएपछि, क्रमिक रूपमा त्यो पैसा आफै तिर्छन्। तिनीहरू परमेश्वरको घरबाट पैसा लिन चाहँदैनन्। ख्रीष्टविरोधीहरू यसको ठिक विपरीत हुन्छन्। तिनीहरूले कुनै पनि काम गर्नुभन्दा पहिले सर्तहरू तय गर्छन् र हात पसारेर मागहरू राख्छन्। तिनीहरूलाई हात पसार्न कसरी यति सजिलो हुन्छ? तिनीहरूले कसरी यस्तो “ढुक्कले” हात पसार्न सक्छन्? त्यस्ता मानिसहरूलाई कुनै लाज लाग्दैन, होइन र? केही पैसा मागेपछि, तिनीहरू अझै थप पैसा चाहन्छन्। तिनीहरूलाई पैसा दिइएन भने, तिनीहरूले कुनै काम गर्नेछैनन्—तिनीहरूले परिणाम नदेखेसम्म सिन्को भाँच्दैनन्: “तिमी मलाई जति पैसा दिन्छौ, म त्यति नै काम गर्नेछु। तिमी मलाई पैसा दिँदैनौ भने, मलाई अरू कुनै काम गर्न लगाउने सोच्दै नसोच। यो मेरो लागि एउटा काम हो, र मेरो लागि कुनै फाइदा छैन भने म यो काम गर्दिनँ। म कर्तव्य निर्वाह गर्न आफूलाई जोखिममा पार्छु, त्यसकारण मेरो लागि केही हुनुपर्छ, र यो मेरो परिश्रमअनुसारको हुनुपर्छ। मैले घाटा बेहोर्नु हुँदैन!” त्यसैले, तिनीहरूलाई आफूले पाउनुपर्ने ठानेका कुराहरू माग्नैपर्छ, र तिनीहरूलाई यसका लागि बहाना बनाउनैपर्छ—तिनीहरूलाई यसका लागि आफ्नो दिमाग खियाउनैपर्छ, र यसका लागि हरेक तरिकाहरू सोच्नैपर्छ। तिनीहरूलाई यो दिन सकिन्छ भने त्यो अझै राम्रो हुन्छ, तर तिनीहरूलाई यो दिइएन भने, तिनीहरू सबै कुरा छोडेर जान्छन्, र तिनीहरूले कुनै घाटा भोगेका हुँदैनन्। त्यसबाहेक, तिनीहरू के सोच्छन् भने, परमेश्वरको घरले गर्ने यो सबै काम जोखिमपूर्ण हुन्छ, र यदि परमेश्वरको घरले तिनीहरूलाई मागेको कुरा दिएन भने, तिनीहरूले यसको रिपोर्ट गरिदेलान् भन्ने त्यसलाई डर हुन्छ, र योसँग अरू कोही उपयुक्त व्यक्ति हुँदैन, त्यसकारण यसले तिनीहरूलाई नै प्रयोग गर्नुपर्छ, र यदि यसले तिनीहरूलाई प्रयोग गर्यो भने, यसले तिनीहरूलाई पैसा दिनैपर्छ। के यसको प्रकृति अलिक छलकपटपूर्ण छैन र? के यो शोषण गर्ने किसिमको छैन र? के यस्ता मानिसहरू विश्वासीका रूपमा गनिन्छन्? यी परमेश्वरको घरका सदस्य नरहेका अविश्वासी हुन्—तिनीहरू मण्डलीका साथीसमेत होइनन्। विश्वासीहरू महान् मानिस हुन् भनेर देखेपछि, मण्डलीका साथीहरूले तिनीहरूलाई ढाकछोप गर्न, र केही काम गर्न मदत गर्छन्। यस्ता मानिसहरूले थोरै भए पनि आशिष् पाउन सक्छन्। तर यसविपरीत, ख्रीष्टविरोधीहरू मनपर्दा कुराहरू प्राप्त गर्नका लागि मात्रै परमेश्वरमा विश्वास गर्छन्। यदि तिनीहरूले मनपर्दा कुराहरू प्राप्त गर्न सकेनन् भने, कुनै कर्तव्य निर्वाह गर्दैनन्, कुनै दायित्व पूरा गर्दैनन्, र आफूलाई पटक्कै समर्पित गर्दैनन्। जब परमेश्वरको घरले तिनीहरूलाई कर्तव्य निर्वाह गर्न लगाउँछ, तब तिनीहरू सुरुमा यसले के-कस्ता मनपर्दा कुराहरू प्रदान गर्छ भनेर सोध्छन्, र यसले कुनै मनपर्दा कुरा प्रदान गर्दैन भने, तिनीहरू त्यो काम गर्दैनन्। तिनीहरू र गैरविश्वासी संसारका ठगाहाहरूबीच के भिन्नता छ? यी मानिसहरू अझै पनि मुक्ति पाउन, र परमेश्वरद्वारा आशिषित हुन चाहन्छन्। के तिनीहरूले असम्भव कुराहरू मागिरहेका छैनन् र? यदि यी मानिसहरू नीच चरित्रका र लाजपचेका होइनन् भने, तिनीहरूको हृदयले कसरी यस्तो विकृत कार्यशैलीहरू सोच्न सक्थ्यो र? तिनीहरू कर्तव्य निर्वाहप्रति कसरी यस्तो मनोवृत्ति राख्न सक्छन्? के तिमीहरू यी कुराहरू गर्न सक्छौ? (हो, हामीले पनि सक्छौँ।) कति हदसम्म? के कुनै सीमा छ? कुन बेला तँलाई यो अत्यन्तै गम्भीर छ, र तैँले यी कुराहरू गरिरहनु हुँदैन भन्ने लाग्नेथियो? (कहिलेकाहीँ मलाई हृदयमा धिक्कार महसुस हुन्छ, र मेरो विवेकले दोषी महसुस गर्छ। मैले गरेका कुराहरू अरूले खुलासा गर्लान् कि भन्ने कहिलेकाहीँ डर लाग्छ, त्यसकारण म ती कुरा गर्न छोड्छु।) मानिसहरूले जे गरे पनि, तिनीहरूको चरित्र अत्यन्तै महत्त्वपूर्ण हुन्छ। कुनै लाज नभएको व्यक्तिले कुनै पनि किसिमको खराब काम गर्न सक्छ। तिनीहरू पूर्ण रूपमा दुष्ट व्यक्ति हुन्। तिनीहरूले गर्ने कुनै पनि कुराको कुनै सीमा हुँदैन, र तिनीहरू आफ्नो विवेकअनुसार काम गर्दैनन्। मानवतामा कुनै विवेक नभएका मानिसहरू कस्ता मानिस हुन्? तिनीहरू पशु र पिशाच हुन्, र परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। परमेश्वरले आफ्नो काम गरिरहनुभएको बेला उहाँको भेटी छलकपट गरेर लिने र परमेश्वरलाई चढाइएका भेटीहरू धुत्न सक्ने, र परमेश्वरको घरबाट पैसा माग्नेहरू असल मानिस होइनन्। तिनीहरू सोच्छन्, परमेश्वरको घरलाई छल गर्न सजिलो छ, र परमेश्वरको घरका कुराहरूको हेरचाह गर्ने जिम्मेवारी कसैको हुँदैन, र परमेश्वरको घरका कुराहरूको स्वामित्व कसैको हुँदैन, त्यसकारण तिनीहरूले ती कुराहरू आफूले चाहेअनुसार प्राप्त गर्न र छलकपट गरेर लिन सक्छन्। तिनीहरू यसो गरेर आफूले फाइदा प्राप्त गरेको छु भन्ने सोच्छन्। के यो फाइदा प्राप्त गर्न साँच्चै त्यति सजिलो छ? तैँले प्राप्त गरेको फाइदा त्यति ठूलो थिएन, तर यो प्राप्त गर्नुको परिणाम के हो? आफ्नो जीवन गुमाउनु हो।
यदि कुनै व्यक्तिमा साँच्चै नै केही मानवता र अलिकति विवेक छ भने के उसले यी कुराहरू गर्न सक्छ? तँ परमेश्वरमा विश्वास त गर्छस्, तैपनि तैँले उहाँलाई ठग्न र उहाँका भेटीहरू धुत्न सक्छस्। तँ कस्तो व्यक्ति होस्? तँ व्यक्तिसमेत होस् के त? पिशाचहरू मात्रै यस्ता कुराहरू गर्छन्। पशुहरू यी कुराहरू गर्दैनन्। कुकुरलाई नै हेर् न। कुकुरलाई यसको मालिकले हुर्काएको हुन्छ र यसले मालिकको घर रक्षा गर्छ। जब खराब व्यक्ति आउँछ, तब यसले चेतावनी दिन्छ र त्यसलाई आक्रमण गर्छ। यसले मालिकको सामान लिने जोकोहीलाई लखेट्छ। मालिकको घरका कुखुरा, हाँस र राजहंशहरू भाग्दा, यसले खोज्न सहयोग गर्छ। मालिकको घरका सुँगुरहरू झगडा गर्दा यसले छुट्याउने प्रयास गर्छ। कुकुरलाई मालिकले सुँगुर हेरचाह गराउन चाहन्छ भन्ने थाहा हुन्छ, त्यसैले यसले यो जिम्मेवारी पूरा गर्न सक्छ। कुकुरले आफ्नो मालिकसँग बहस गर्दैन र यसो भन्दैन, “मैले तपाईँका लागि सुँगुर हेरचाह गरेँ, तर पनि किन मलाई कुखुरा वा केही खानेकुरा दिनुहुन्न?” यसले कहिल्यै यसो भन्दैन। कुकुरले समेत मालिकको घरको रक्षा गर्न सक्छ, र मालिकका लागि कुनै इनाम नलिई आफ्नो दायित्व पूरा गर्न सक्छ, तर यी मानिसहरू पशुको स्तरमा समेत पुगेका हुँदैनन्। तिनीहरू एउटा सानो दायित्व पूरा गरेपछि, आफूलाई घाटा भएको छ भन्ने सोच्छन्, र केही जिम्मेवारी पूरा गरेपछि र केही मेहनत गरेपछि, तिनीहरूलाई असहज लाग्छ, र बन्दोबस्त असमान छ, र आफूलाई प्रयोग गरिएको छ भन्ने लाग्छ, त्यसकारण तिनीहरू यसलाई परिपूर्ति गर्न हरेक तरिकाहरू सोच्छन्। जब तँ परमेश्वरमा विश्वास गर्छस्, तब परमेश्वर तँलाई सुरक्षा दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ, र तँलाई धेरै सत्यता प्रदान गर्नुहुन्छ। तँ कसरी उहाँको अनुग्रहको ऋण तिर्ने विचारै गर्दैनस्? तर तैँले उहाँको ऋण तिर्नेबारे विचार नगरे पनि परमेश्वर यस मामलाबारे थप खोजीनिती गर्नुहुन्न। तैपनि, जब तँ एउटा सानो दायित्व पूरा गर्छस्, तब हिसाब बराबर गर्न परमेश्वरकहाँ जान्छस्। जब तँ एउटा सानो दायित्व पूरा गर्छस्, तब विभिन्न कुरा धुत्न र छलकपट गरेर केही लिन चाहन्छस्—तँ यसको परिपूर्ति गर्ने हरेक तरिकाहरू सोच्छस्। के तँ काल खोजिरहेको छैनस् र? के परमेश्वरले तँलाई दिएका कुराहरू धेरै छैनन् र? मानिसहरूका प्रकटीकरणहरूको सन्दर्भमा भन्दा, तिनीहरू के कुरा पाउन योग्य हुन्छन्? के मानिसहरू योग्य भएकै कारण तिनीहरूले आज आनन्द लिँदै आएका र पाएका कुराहरू पाएका हुन्छन् त? होइन। यी कुराहरू त परमेश्वरले तँलाई प्रदान गर्नुभएको र आशिष् दिनुभएको हो। तँलाई पहिले नै धेरै कृपा गरिएको छ। परमेश्वरले तँलाई कुनै पनि कुरा नमागी जीवन, सत्यता, र बाटो दिनुभएको छ। तैँले कसरी उहाँको अनुग्रहको ऋण चुकाएको छस्? जब तँ आफ्नो थोरै दायित्व र कर्तव्य निर्वाह गर्छस्, तब तँलाई भित्री रूपमा यो सहन गाह्रो हुन्छ र तँलाई घाटा भएको छ भन्ने लाग्छ, र यसलाई पूर्ति गर्न हरकिसिमका उपायहरू सोच्छस्। यदि तँ यसलाई पूर्ति गर्न चाहन्छस् भने, परमेश्वरले तँलाई यसको सट्टा केही दिन सक्नुहुन्छ, तर त्यो प्राप्त गरेपछि, के तैँले अझै पनि मुक्ति पाउन सक्छस् त? यस्तो कुनै दिन आउनेछ, जुन दिन यी मानिसहरूलाई सबैभन्दा महत्त्वपूर्ण र बहुमूल्य कुरा के हो भनेर थाहा हुनेछ। ख्रीष्टविरोधी सार भएका मानिसहरूले सत्यताको मूल्य कहिल्यै थाहा पाउनेछैनन्। जब तिनीहरूको परिणाम प्रकट हुने त्यो दिन आउनेछ, र जब सबै कुरा प्रकट र सार्वजनिक हुनेछ, तब तिनीहरूले थाहा पाउनेछन्। के त्यो बेला ढिला भइसकेको हुनेछैन र? सबै थोकको परिणाम नजिकै आइसकेको छ, र सबै थोक बितेर जानेछन्। परमेश्वरका वचनहरू र उहाँको सत्यता मात्रै अनन्तकालसम्म रहनेछन्। सत्यता धारण गरेका र परमेश्वरका वचनहरू अभ्यास गर्नेहरू उहाँका वचन र सत्यतासँगै रहिरहनेछन्। परमेश्वरका वचनहरूको मूल्य र शक्ति यही हो। तैपनि, ख्रीष्टविरोधीहरू यस तथ्यबारे कहिल्यै स्पष्ट हुँदैनन्, त्यसकारण तिनीहरू आफ्नो दिमाग खियाउँछन्, र परमेश्वरमा विश्वास गरेको बहाना बनाएर विभिन्न फाइदाहरूका लागि षड्यन्त्र गर्न हरकिसिमका तरिका र हरेक माध्यमहरू प्रयोग गर्छन्, र परमेश्वरका भेटीहरू लिन, र उहाँका भेटीहरू हिनामिना गर्न र हडप्न अझै भद्दा छलकपटका माध्यमहरू प्रयोग गर्छन्। यी सबै मानिसहरूका कार्य र व्यवहारहरू परमेश्वरको अभिलेखमा एकएक अक्षर गरी हुबहु लेखिएका छन्। जब तिनीहरूको परिणाम प्रकट हुने दिन आउँछ, तब परमेश्वरले यी विवरणहरूका आधारमा हरेक व्यक्तिको परिणाम निर्धारित गर्नुहुनेछ। यी सबै कुरा साँचो हुन्। तैँले विश्वास गरे पनि नगरे पनि, यी सबै कुरा प्रकट हुनेछन्। यो पाँचौँ घटना हो। यो मानिस कस्तो व्यक्ति हो? उसको चरित्र उच्च छ कि नीच छ? (नीच।) परमेश्वरको नजरमा, ऊ आदरणीय व्यक्ति होइन; ऊ नीच व्यक्ति हो। छोटकरीमा उसलाई “घटिया” भनिन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।